content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता नाबालिकालाई जबरजस्ती करणी गरी फरार रहेका एक आरोपितलाई प्रहरीले पक्राउ गरेको छ।, प्रहरीले बलात्कार गरेको आरोपमा पनौती नगरपालिका-१ घर भई ललितपुर पाटन बस्ने २१ वर्षीय सुजन श्रेष्ठलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, उनलाई प्रहरीले शुक्रबार पक...
सेतोपाटी संवाददाता रूपन्देही प्रहरीले एकै दिन २२ लाख रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।, राजश्व छलेर भारतबाट ल्याइएको उक्त बराबरको सामान बिहीबार मध्यराति र शुक्रबार बिहान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।, प्रहरीका अनुसार शुक्रबार बिहान तिलोत्तमा नगरपालिका-१२ शिवपुरबाट ३१ बोरा चि...
सेतोपाटी संवाददाता नारायणगढ-मुग्लिन सडक खण्डमा स्कार्पियो दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। , इच्छाकामना गाउँपालिका-६ स्थित तीन नम्बर पुलबाट बा १३ च ४३६५ नम्बरको स्कार्पियो अनियन्त्रित भई पल्टिएको थियो।, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरको स्कार्पियो अनियन्त्रित भई पल्टिएर अन्दाजी ५०/६० मिटर तल त्रिशूली नदीको किनारा...
सेतोपाटी संवाददाता तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीमा शुक्रबार साँझ भएको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ।, ग १ ज ६५५५ नम्बरको जीप दुर्घटनामा परी चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।, मृत्यु हुनेमा बन्दीपुर–६ धरमपानी बस्ने नौ महिने बालिका आरुबी थापा, स...
सेतोपाटी संवाददाता सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ।, माघ १ गतेदेखि उत्तरायण शुरू हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ।, यसैले आजको दिन देवघाट, त्रिशुली, काली...
सेतोपाटी संवाददाता नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन्। दुवै देशका अधिकारीबीच शुक्रबार भएको वार्तामा नेपालबाट श्रमिक पठाउने र बेलायतले उनीहरूलाई रोजगारीका अवसर प्रदान गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। , बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर...
पूर्णप्रसाद मिश्र ‘सर्वाङ्गीण विकासका लागि योग’ भन्ने नाराका साथ सातौँ राष्ट्रिय योग दिवस देशभर भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।, नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढ्न थालेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस भर्चुअल माध्यमबाट गर्न निर्देशन गरेको छ । योगको नियमित अभ्यास गर्नेमा रोग प्र...
सेतोपाटी संवाददाता सरकारले भोलिदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिने भएको छ।, अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि ‘बुस्टर’ मात्राको खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ज...
सेतोपाटी संवाददाता १० किलो चरेससहित पर्साबाट एक महिला पक्राउ परेकी छिन्।, पर्साबाट रक्सौलतर्फ हिँडिरहेकी महिलालाई प्रहरीले चरेससहित पक्राउ गरेको हो।, पक्राउ पर्नेमा रौतहट पिपरिया परोवा नगरपालिका-९ की रञ्जु देवी छन्। प्रहरीको नियमित चेकजाँचको टोलीले उनलाई वीरगञ्ज-१६ शंकराचार्य गेटबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओ...
सेतोपाटी संवाददाता तनहुँको बन्दीपुर गाउँपालिका-६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जीप दुर्घटनाले गाउँ शोकमा डुबेको छ।, साराङघाटबाट धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेको ग१ज ६५५५ नम्बरको जीप दुर्घटनामा छ जनाको मृत्यु भएपछि बन्दीपुर शोकमा डुबेको हो।, माघे सङ्क्रान्ति पर्वको अघिल्लो दिन भएको ...
रोहित महतो धनुषाको सबैला नगरपालिकामा खोप वितरणमा लापरबाही भएको देखिएको छ।, वडा नम्बर ५ स्थित मखनाहा स्वास्थ्य चौकीमा खोप कार्डै नदिई स्थानीयलाई खोप लगाइएको पाइएको हो।, स्वास्थ्य चौकीकी इन्चार्ज रम्भा यादवका अनुसार पछिल्लो चरणमा मात्रै साढे तीन सय भन्दाबढी व्यक्तिलाई सादा पेपरमा खोप लगाइएको लेखेर दिइने गरिएको छ।, ‘हामी...
सेतोपाटी संवाददाता माघ महिनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यु, चाकु खाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ।, सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात् माघ १ गते मकर (माघे) सङ्क्रान्तिका नाममा पनि वैदिक सनातन हिन्दू धर्मावलम्बीले सनातनदेखि कूल परम्पराअनुसार यो पर्व मनाउँदै आएक...
सेतोपाटी संवाददाता भरतपुर अस्पतालले कोभिड-१९ को संक्रमण दर बढ्दो क्रममा रहेको भन्दै सामान्य बिरामीलाई सकेसम्म अस्पताल नआउन आग्रह गरेको छ।, प्रेस विज्ञप्ति जारी गरी अस्पतालले जिल्लामा कोभिड-१९ संक्रमणको उच्च प्रकोप देखिएको उल्लेख गरेको छ।, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा.कृष्णप्रसाद पौडेलले विज्ञप्तिमा काठमाडौ...
विवेक राई डेढ हप्तायता काठमाडौंका अस्पतालहरूमा भर्ना भएका कोरोना संक्रमितमध्ये अधिकांश खोप लगाएका रहेको पाइएको छ।, कोभिड-१९ केन्द्रीय अस्पतालमा उपचाररत ४१ जना संक्रमितमध्ये २५ जना खोप लगाएका छन्। , अस्पतालका उपनिर्देशक डाक्टर प्रज्वल श्रेष्ठले अहिले भर्ना भएकाहरूमा धेरै बिरामीहरू खोप लगाएको रहेको जानकारी दिए।, 'डेढ हप...
सेतोपाटी संवाददाता 'प्रहरीको सिआइडी हुँ' भन्दै ठगी गरेको आरोपमा घोराहीका एक युवा पक्राउ परेका छन्। , घोराही उपमहानगरपालिका वडा नं. १५ का ४५ वर्षीय रामबहादुर बस्नेत पक्राउ परेको प्रहरीले जनाएको छ। , बस्नेतले बुधबार जिल्ला मालपोत कार्यालय नजिकैको एक पसलमा गएर दुइटा ब्ल्यांकेट लिएका थिए। तर, पसलेले त्यसको पैसा माग्दा बस्...
सेतोपाटी संवाददाता धादिङमा खसेको सुख्खा पहिरोमा पुरिँदा बेपत्ता भएका तीन जनाको खोजी गर्न सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ। , बिहीबार बिहान साढे ७ बजे रूबी भ्याली गाउँपालिका वडा नम्बर १ पुरूमा खसेको पहिरोमा पुरिएकाहरूको खोजी गर्न सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ गएको ...
विवेक राई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको तेस्रो लहरले हुने क्षतिलाई विश्लेषण गर्दै गम्भीर बिरामीको संख्या १५ हजार पुग्नसक्ने प्रक्षेपण गरेको छ।, मन्त्रालयले पुसदेखि आउने वैशाखसम्मको कोरोनाको अवस्था आकलन गर्दै माघको दोस्रोदेखि तेस्रो साताका बीचमा संक्रमण उत्कर्षमा पुग्ने देखिएको बताएको छ।  माघमा मात्र...
रासस जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम ठेकेदार कम्पनीले अलपत्र पारेको भन्दै स्थानीयले विरोध जनाएका छन्।, दिक्तेल बजारको मानव अधिकार चोकदेखि त्रिवेणी चोकसम्मको सडक ढलान गर्ने ठेक्का लिएको सूर्य विकास जेभीले काम अलपत्र छाड्दा हिँडडुल गर्नदेखि व्यापार–व्यवसायमा असर पुगेको भन्दै स्थानीयले विर...
रासस अमेरिका जाने लोभमा पर्दा दुई व्यक्तिको ३४ लाख रुपैयाँ रकम डुबेको छ भने आफैं मानव बेचबिखनको जालोमा फस्न पुगेका छन्। उनीहरू अहिले न्याय पाऊँ भनी प्रहरीको शरणमा पुगेका छन्।, उक्त मानिस बेचबिखन गरेको आरोप लागेका दाङ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका बस्ने एक दम्पतीमध्ये श्रीमती सुधा देवकोटा पक्राउ परे पनि श्री...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्।, बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरूको कुरा सुनेर लकडाउन गरे पनि अब आवश्यक ठाउँ हेरेरमात्रै लकडाउन गरिने बताएका हुन्।, उनले यसअघिका लकडाउनले देशको...
सेतोपाटी संवाददाता महाराजगञ्जस्थित टिचिङ अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ।, अस्पतालका निर्देशक डाक्टर दिनेश काफ्लेले चिकित्सक, आवासीय चिकित्सक, नर्स र अन्य कर्मचारी गरेर ६० जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको जानकारी दिए। , उनले अहिले पोजेटिभ आएका सबै स्वास्थ्यकर्मी होम आइसोलेसनमा रहेको ज...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १९१६ संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ संक्रमित थपिएका छन्।, यस्तै काठमाडौं उपत्यकामा ८३९६  सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५८४२, ललितपुरमा १५९१ र भक्तपुरमा ९६३ सक्रिय संक्रमित छन्।, नेपालमा पछिल...
सेतोपाटी संवाददाता स्वास्थ्य मन्त्री विरोध खतिवडाले माघको दोस्रो हप्तामा ६० वर्ष माथिका र त्यसपछि आम नागरिकलाई बुस्टर डोज उपलब्ध गराउने बताएका छन्।, बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले विज्ञहरूले बुस्टर डोज लगाएपछि तेस्रो भेरियन्टबाट बच्न सहज हुने बताएकोले आउँदो माघ पहिलो हप्ताबाट अ...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५५३ जना कोरोना संक्रमित थपिएका छन्।, धेरै समयपछि एकैदिन ३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका हुन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार पिसिआर परीक्षणबाट २ हजार ९२२  र एन्टिजेन परीक्षणबाट ६३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घण्टामा ...
सेतोपाटी संवाददाता इन्टरपोलबाट रेड नोटिस जारी भएका हत्याका फरार आरोपित १७ वर्षपछि पक्राउ परेका छन्। , उदयपुर बेलका नगरपालिका-६ का ४० वर्षीय गोविन्द मगरलाई साउदी अरेबियाबाट १७ वर्षपछि पक्राउ गरी बुधबार नेपाल ल्याएको नेपाल प्रहरीले जनाएको छ।, २०६१ मंसिर १३ गते मानबहादुर तामाङको हत्या गरेको आरोप मगरमाथि छ। , हत्या गरेको ...
सेतोपाटी संवाददाता सल्यानको कुमाख गाउँपालिकाले अत्यावश्यक बाहेकका सेवाहरू बन्द गरेको छ।, गाउँपालिकाका अध्यक्ष दिलमाया बुढामगर र स्वास्थ्य शाखाका संयोजकलाई कोरोना पोजेटिभ देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो।, माघ २ गतेसम्मका लागि गाउँपालिकाको कार्यालयबाट दिइने अत्यावश्यक बाहेकका सेवाहरू बन्द गरिएको गाउँपालि...
सेतोपाटी संवाददाता यति एयरलाइन्स र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी) बीच दिगो विकास लक्ष्य प्राप्ति सम्बन्धि सम्झौता भएको छ।, बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एयरलाइन्स र यूएनडीपीबीच दिगो विकास लक्ष्य प्राप्ती सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो। , सम्झौता पत्रमा एयरलाइन्सको तर्फबाट यति एयरला...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिजुलीको पोल सार्न घुस लिएका नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ।, ललितपुरको गोदावरी नगरपालिकाका एक स्थानीयले आफ्नो जग्गामा गाडेको बिजुलीको पोल सारिदिन भन्दा प्राधिकरणको पाटन सव-स्टेशनका प्रमुख सोमप्रसाद पहाडीले एक लाख ४० हजार रुपैयाँ घु...
सेतोपाटी स्याङ्जा एक नगरपालिकाका वडाध्यक्ष र वडा सदस्यले नागरिकता बनाइदिन्छु भनी एक लाख ३५ हजार रुपैयाँ घुस लिएको फेला परेको छ।, स्याङ्जाको भिरकोट नगरपालिका-९ का वडा अध्यक्ष भीमबहादुर गुरूङ र वडा सदस्य कुलबहादुर गुरूङले सेवाग्राहीसँग नागरिकता बनाइदिन्छु भनेर घुस लिएको पाइएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ...
सेतोपाटी संवाददाता दाङमा अबदेखि बेलुका सात बजेसम्म मात्रै होटल तथा रेष्टुराँ सञ्चालन गर्न पाइने भएको छ। , बिहीबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा घोराहीमा बसेको कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना भाइरसको संक्रमण जोखिम बढेको भन्दै यस्तो नियम जारी गरेको हो। , माघी पर्वको अवसरमा आयोजना हुने ...
सेतोपाटी संवाददाता पुस महिनाको दिन, साँझको समय, तीन डिग्री सेल्सियसमा तापक्रम, हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरीका अधिकांश होटल पसलको ढोका ५.३० बजे नै बन्द हुनुका साथै सडकमा चहलपहल ह्वात्तै घट्छ। , अझ सरकारी कार्यालय र कर्मचारीको कुरा गर्ने हो भने बेलुकीको खाना खाएर सुत्ने तरखरमा हुन्छन्। तर जिल्ला प्रशासन क...
एजेन्सी पश्चिम बंगालमा ट्रेन दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा परी २० जनाभन्दा बढी घाइते भएको एनडिटिभीले जनाएको छ। , बिहीबार अपरान्ह ५ बजे गुवाहाटी-बिकानेर एक्सप्रेस ट्रेन पश्चिम बंगालको जलपाइगुरी जिल्लाको मेनगुरी नजिकै दुर्घटना भएको हो। ट्रेन आफ्नो ट्रयाकबाट बाहिर गएर पल्टिएको हो।, दुर्घटनामा कम्तीमा...
सेतोपाटी संवाददाता तनहुँमा फरुवा र खुर्पा प्रहार गरी एक जनाको हत्या भएको छ।, बिहीबार बिहान पोखरा महानगरपालिका-८ का ३३ वर्षीय किरणकुमार गुरुङको हत्या भएको हो।, ब्यास नगरपालिका-११ दरैपधेरास्थित भित्री सडकमा गुरुङको शव फेला परेको हो। प्रहरी नायब उपरीक्षक युवराज खड्काका अनुसार उनको टाउको र घाँटीमा फरुवा र खुर्पा प्रहार गर...
सेतोपाटी संवाददाता अटो रिक्सा चालकको हत्या आरोपमा पर्सा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। , भारत बिहार वैशाली ग्रामपञ्चायत घर भई वीरगन्ज-३ छप्कैया बस्दै आएका ४५ वर्षीय मुख्तार मियाँको पुस २१ गते हत्या भएको थियो। , उनको शव नारायणी बयोधा अस्पतालको पछाडिपट्टी नहरमा फेला परेको थियो।, हत्यामा संलग्न भएको आरोपमा प्रहरीले...
सेतोपाटी संवाददाता प्रहरीले सुनसरीबाट चार जनालाई पेस्तोलसहित पक्राउ गरेको छ।, प्रहरीले बुधबार साँझ र बिहीबार बिहान गरी चार जनालाई पेस्तोलसहित पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार साँझ इनरुवा-३ महेन्द्रचोकबाट कटुवा पेस्तोल र एक थान गोलीसहित हरिनगर गाउँपालिका-७ का २० वर्षीय सबिर मियाँ पक्राउ प...
रासस पर्वतको विहादी गाउँपालिकास्थित सेतीवेणीस्थित विश्वकै ठूलो शालिग्राम शिलामा माघे सङ्क्रान्ति मेला लगाउन रोक लगाइएको छ।, पवित्र कालीगण्डकी किनारमा रहेको शालिग्राम शिलामा वर्षेनी ठूलो मेला लाग्ने गर्दछ । बढ्दो कोभिड सङ्क्रमणका कारण मेला लगाउन रोक लगाइएको हो।, पछिल्लो केही दिनयता कोरोना सङ्क्रमण बढ्दै गएको र गृह मन्त...
सेतोपाटी संवाददाता सल्यानको सिद्धकुमाख गाउँपालिका वडा नं. ३ ढोरचौरस्थित निराजन माविले गाउँमा बाटो खनेको छ।, निर्माणपछि शिलालेखमा त्यसको नामा ‘स्वर्ग जाने बाटो’ भनेर राखिएको छ।, विद्यालयका प्रधानाध्यापक धर्मराज घर्तीले निर्माणपछि आफैंले उक्त नाम राखेको सेतोपाटीलाई बताए।, ‘सालखोली डाँडाबाट फलाटे खोला मसान घाटसम्म जाने क...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ।, प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले उच्च अदालतले ४० लाख बिगो ठहर हुने फैसला गरेपछि फरार खोटाङ कपिलासगढी गाउँपालिका-९ वर्तन घर भई हाल जोरपाटी बस्दै आएका ३२ वर्षीय प्रकाश राईलाई आज दिउँसो पक्राउ गरेको हो।, बैंकिङ कसुर मुद्दामा उच...
सेतोपाटी संवाददाता दाङमा रोकिराखेको ट्रयाक्टरमा पछाडिबाट अटो रिक्सा ठोकिँदा एक जनाको मृत्यु भएको छ। चालक गम्भीर घाइते छन्।, घाइतेमध्ये अटोमा सवार दंगीशरण गाउँपालिका ४ का ५० वर्षीय दीपक बुढाथोकीको उपचारका क्रममा मृत्यु भएको छ। , अटो चालक दंगीशरण ३ हेकुलीका  २७ वर्षीय मनिष चौधरी गम्भीर घाइते भएका छन्। , घाइते दुवैलाई तु...
रासस जिल्ला प्रशासन कार्यालय दार्चुलाले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ।, प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश गरेको हो।, प्रशासनले आदेश गरे पनि जिल्लामा कोरोनाविरूद्ध लगाइने खोपको भने अभाव छ।, बिहीबार जिल्लाक...
सेतोपाटी संवाददाता धनकुटाको धनकुटा नगरपालिका-२ नागढुङ्गास्थित कोसी राजमार्गमा शुक्रबार बिहान टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा टिपर चालक प्युठान मानदवी गाउँपालिका-१ का २७ वर्षीय भुवन फेडी मगर र सहचालक दाङ बबई गाउँपालिका-३ का २१ वर्षीय नविन विक रहेका छन्।, बिहान ५ बजे धनकुटाबाट वसन्तपुरतर्फ जा...
सेतोपाटी संवाददाता सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बिहीबार बिहान धोबीखोला करिडोरको अनुगमन गरेकी छन्। , मन्त्री झाँक्रीसहित मन्त्रालयका सचिव, काठमाडौं उपत्यका प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिको टोलीले बिहानै गएर उक्त क्षेत्रको निरीक्षण गरेको हो।, टोलीले बाटोको अवस्था, ढल, फोहोर, अव्यवस्थित न...
राजेश घिमिरे तपाईंहरूलाई याद छ आफू कक्षा पाँचको परीक्षामा पास भएपछि ६ कक्षामा जाने दिन गन्दै बसेको? नयाँ किताब, कपी, कलम बोकेर नयाँ कक्षामा कहिले पाइला टेकौं झैं भएको? , तर हाम्रै देशमा यस्ता विद्यार्थी छन् जो पास त हुन्छन् तर त्यस्तो नयाँ खुसी अनुभव गर्न पाउँदैनन्। , चितवनका पहाडी क्षेत्रमा केही यस्ता विद्यालय छन् जह...
सेतोपाटी संवाददाता ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना अबदेखि मेसिनमा नगद जम्मा गरी तिर्न मिल्ने भएको छ। , बुधबार महानगरीय ट्राफिक महाशाखाले प्रभु-पेको किअस्क मेसिनबाट रकम भुक्तानी गर्न सकिने व्यवस्थाको सुरूआत गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले जानकारी दिए।, महाशाखाका प्रहरी वरिष्ठ उपरी...
सेतोपाटी संवाददाता नेपाल अहिले कोरोनाभाइरसको तेस्रो लहरको सम्मुखमा छ। केही दिनयता कोरोनाका संक्रमित ह्वात्तै बढेका छन्। ओमिक्रोन भेरियन्टको त्रासबीच संक्रमण तीव्र रूपमा फैलिन थालेपछि सरकारले प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरेको छ।, मंगलबारमात्र नेपालमा २ हजार ४ सयभन्दा बढी संक्रमित थपिएका छन्। संक्रमितको संख्या आउने ...
सेतोपाटी संवाददाता कपिलवस्तुमा श्रीमतीको हत्या गरी फरार रहेका आरोपित श्रीमान सात वर्षपछि पक्राउ परेका छन्। , जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारत सिद्धार्थनगर तहसिल नौगढ ग्राम धन्सा बस्ने ३० वर्षीय मुलायम भन्ने सिकन्दर चमारलाई मंगलबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए।, उनीमाथि कपिलवस्...
एजेन्सी दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाको अहिले अचाक्ली गर्मी बढेको छ।  , समाचार संस्था ,रोयटर्स,का अनुसार मंगलबार अर्जेन्टिनाको तापक्रम बढेर ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको हो। जसले गर्दा देशका विभिन्न भागमा 'हिट वेभ' चल्न थालेका छन्।, तापक्रम बढेपछि बिजुलीको आपूर्तिमा पनि समस्या देखिएको छ। बिजुली अनियमित भएपछि ...
राजेश घिमिरे नवलपुरको पर्सौनी ढोकडीका किसान टकबहादुर कुमाल यतिखेर भरतपुर अस्पतालको स्पाइल इन्ज्युरी वार्डको बेड नम्बर ९ मा आराम गरिराखेका छन्।, उनको टाउको सर्लक्कै सेतो पट्टीले बेरिएको छ। ढाड र काँधमा टेप लगाइएको छ। बुहारी टेकमाया उनको स्याहारमा व्यस्त छिन्।, पुस २४ गते शनिबारको घटनाले उनलाई अस्पतालसम्म ल्याइपुर्‍याएक...
विवेक राई सरकारले कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा व्यहोरेको क्षतिलाई मध्यनजर गर्दै देशभर ८ हजार क्षमताका होल्डिङ सेन्टर बनाउने भन्यो। तर अहिलेसम्म ती होल्डिङ सेन्टर तयार भएका छैनन्।, गत जेठमै सरकारले हरेक प्रदेशमा एक हजार क्षमताका होल्डिङ सेन्टर बनाउने जिम्मा नेपाली सेनालाई दिएको थियो। सेनाले बोलपत्र आह्वान गर्द...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १४९८ संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११२८, भक्तपुरमा १३४ र ललितपुरमा २३६ संक्रमित थपिएका छन्।, नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन्।, धेरै समयपछि एकैदिन ३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका हुन्। , स्वास्...
सेतोपाटी संवाददाता कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ। , गाउँ कार्यपालिकाको बैठकले थारु बाहुल उक्त पालिकामा पुस ३०, माघ १ र २ गते बिदा दिने निर्णय गरेको सूचना अधिकारी यगम कलेलले बताए। , तीन दिन सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थामा तीन दिन...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन्।, धेरै समयपछि एकैदिन ३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका हुन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार  पिसिआर परीक्षणबाट २ हजार ४४८  र एन्टिजेन परीक्षणबाट ६२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घण्टामा १...
रोहित महतो प्रदेश २ सरकारले मन्त्रिपरिषदको पहिलो बैठकबाटै मधेस आन्दोलनमा सहिद भएका प्रत्येक सहिद परिवारका एक जनालाई रोजगारी दिने निर्णय गर्‍यो।, तर अहिलेसम्म आधाभन्दा बढी सहिद परिवारले न रोजगारी पाए न घाइतेले उपचार।, जागिर दिन माग गर्दै पटक-पटक मधेस भवन घेराउ, धर्ना बस्नेदेखि ती परिवारले सरकारविरूद्ध प्रदर्शनसँगै धर्न...
सेतोपाटी संवाददाता अछाममा मिलमा सल बेरिँदा एक महिलाको मृत्यु भएको छ। , चौरपाटी गाउँपालिका-४ पायलकी ५१ वर्षीया सुन्तला बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, साँफेबगर-१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएपछि मेसिनमा उनको शरीर पसेको थियो।, उक्त मेसिनमा उनको शरीरको दुई टुक्रा भएको प्रहरीले जनाएक...
सेतोपाटी संवाददाता स्याङ्जामा १६ महिने बालकको हत्या भएको छ। , बुधबार दिउँसो सवा १ बजे वालिङ नगरपालिका-१० स्थित भकुण्डेमा ३३ वर्षीय जितेन्द्र गुरूङले एक बालक र बालिकामाथि चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। , भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरूङका १६ ...
सेतोपाटी संवाददाता नेपालको राहदानी विश्वकै सबैभन्दा कमजोर सूचीमा परेको छ।, विश्वव्यापी नागरिकता तथा आवास परामर्शदाता कम्पनी हेन्ली एण्ड पाटनर्स (बेलायत) ले बुधबार सार्वजनिक गरेको सूची अनुसार नेपालको राहदानी विश्वका खराब १० राष्ट्रमा परेको छ।, अन्तर्राष्ट्रिय हवाई संघ (आईएटीए) को तथ्यांकका आधारमा सन् २०२२ मा गरिएको १११...
सेतोपाटी संवाददाता कोरोना संक्रमण तिब्र रूपमा फैलिएको भन्दै प्रशासनले बेला जात्रामा रोक लगाएपछि एक महिनासम्म चल्ने शाँखुस्थित शालीनदी मेला यस वर्ष नहुने भएको छ।, माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको प्रकोपलाई ध्यानमा राखेर परापूर्वदेखि...
सेतोपाटी संवाददाता नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सर्लाहीका दुई स्थानीय तहका विपन्न समुदायलाई जाडोको कपडा वितरण गरेको छ। , अनेरास्ववियूको उपत्यका विशेष प्रदेश कमिटीको पहलमा निःशुल्क जाडोका कपडासहित लत्ताकपडा वितरण गरिएको हो ।, अनेरास्ववियूकी केन्द्रीय महासचिव आरती लामा न...
रासस काठमाडौंमा दुईसहित विभिन्न जिल्लामा आज आठ व्यक्ति मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, काठमाडौंसहित सङ्खुवासभा, नवलपरासी (पश्चिम), ताप्लेजुङ, तेह्रथुम, सिराहा, नवलपरासी (पूर्व) मा मानिस मृत फेला परेका हुन्। , प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित गेष्ट हाउसमा सिन्धुपाल्चोक मेलम्ची न...
सेतोपाटी संवाददाता हाल मुलुकमा पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभावले अधिकांश स्थानमा पानी परेको छ। कर्णाली प्रदेशदेखि एक नम्बर प्रदेशका अधिकांश स्थानमा बिहान पानी परेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पुर्वामानुमान महाशाखाले जनाएको छ।, यो प्रणाली कमजोर भइसकेकाले आज दिउँसोब...
सेतोपाटी संवाददाता स्याङ्जाको वालिङ नगरपालिका- १० भकुण्डेमा डेरा बस्दै आएका ३३ वर्षीय जीतेन्द्र गुरूङले सोही घरमा अर्को कोठामा बस्ने १६ महिने शिशुको हत्या गरेका छन्।, जीतेन्द्र बस्ने घरकै अर्को कोठामा बस्ने रनमाया गुरूङका १६ महिने छोरा साइमन गुरूङलाई चक्कु प्रहार गरेर हत्या गरेका हुन्। , चक्कु प्रहारबाट शिशुको घाँटी, ...
रासस युवतीको हत्या गर्ने एक पुरूषलाई इलामबाट २० वर्षपछि पक्राउ गरिएको छ। सूर्योदय नगरपालिका–३ साविक पशुपतिनगर गाविस–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो। , मनकुमार २०५८ साल माघ ६ गते साँझको समयमा घाँटी रेटी सोही ठाँउकी १८ वर्षीया रोजिना राईको हत्या गरेर फरार थिए।, इलामका प्रहरी प्रमुख महेन...
सेतोपाटी संवाददाता पोखरा उद्योग वाणिज्य संघले विवादित व्यवसायिक समूह बतास अर्गनाइजेसनमाथि कारबाही नगर्न चेतावनी दिएको छ।, संघका महासचिव सुरेन्द्रमान बिजुक्छेले बुधबार जारी गरेको विज्ञप्तिमा बतास समूहले राज्यप्रदत्त अधिकारभित्र रहेर व्यवसाय चलाएको दाबी गर्दै सरकारी रवैया गलत भएको उल्लेख गरिएको छ।, संघले नारायणहिटी राजद...
सेतोपाटी संवाददाता नेपाल प्रहरीको प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआइजी) मुकुन्दराज आचार्यलाई जिम्मेवारी दिइएको छ।, प्रहरी प्रधान कार्यालयमा कार्यरत् डिआइजी आचार्यलाई बुधबारदेखि लागू हुने गरी प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको हो।, प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार अर्को निर्णय नहुञ्जेलका लागि अस्थायी रूपमा ...
नारायण अधिकारी कोरोनाको तेस्रो लहर सुरु हुँदासमेत अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदाय खोप लगाउन मान्दैनन्। जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेको पाइएको छ। जिल्लाका सात पालिकामध्ये छ पालिकामा चेपाङ्ग समुदायको बसोबास छ।, जिल्लाको इच्छाकामना गाउँपालिका तथा कालिका, राप्ती, खैरहनी...
एजेन्सी छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तिब्र रूपमा बढिरहेको छ। पछिल्लो १६ दिनमै भारतमा ३९ गुणाले संक्रमित थपिएका छन्। , डिसेम्बर अन्तिममा दैनिक संक्रमण ६ हजार ३ सय ५८ रहेको भारतमा दुई सातामै ३९ गुणाले तिब्र रूपमा सक्रिमत थपिएका हुन्।, पछिल्लो २४ घन्टामा भारतमा करिब साढे २ लाख जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भए...
सेतोपाटी संवाददाता धादिङमा बिहीबार बिहान सुख्खा पहिरो आउँदा तीन जना पुरिएका छन्।, जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीका अनुसार रूबीभ्याली गाउँपालिका वडा नम्बर १  पुरू भन्ने स्थानमा बाटो खनिरहेको डोजरलाई सुख्खा पहिरोले पुरेको हो।, रूबी भ्याली गाउँपालिकाका अध्यक्ष चेरूङ तामाङका अनुसार डोजरले ...
रासस शुक्लाफाँटा नगरपालिकाका थारु समुदायले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिनुपर्ने माग अघि सारेका छन्।, उनीहरुले सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण गराएका हुन्।, आदिवासी जनजाति संघ र नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध पदाधिकारीले यही पुस ३०, आगामी माघ १ र २ ग...
सेतोपाटी संवाददाता भक्तपुरमा ट्याटु खोपाउन गएका एक पुरूषको मृत्यु भएको छ। , बुधबार मध्यपुरथिमी नगरपालिका-१ लोकन्थली घर भई काठमाडौंको कोटेश्वर बस्ने ३३ वर्षीय बिराज खड्काको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , उनी गएराति साढे ९ बजे लोकन्थली मनहरा आँखा अस्पताल नजि...
सेतोपाटी संवाददाता पछिल्लो समय कोरोना विरूद्धको खोप लगाउने मानिसको संख्या बढेसँगै काठमाडौंमा केही निजी अस्पतालबाट पनि खोप लगाउन पाइने भएको छ।, स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार सरकारी अस्पातालबाहेक ६ वटा निजी अस्पतालबाट पनि कोभिडविरुद्धको खोप उपलब्ध हुनेछ।, यसअघि काठमाडौंमा ११ खोप केन्द्र थिए। सशस्त्र प्रहरी बल अस्...
सेतोपाटी संवाददाता बुटवलको प्लान बि डान्स क्लबमा आगलागी भएको छ।, बुटवल मिलनचोकस्थित सिद्धार्थ कटेजनजिकै निर्माणाधीन उक्त क्लबमा शुक्रबार दिउँसो १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ।, ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिको दमकल आइसकेको र तिल...
सेतोपाटी संवाददाता आफू अपहरणमा परेको दाबी गरेका बैतडीका एक जना शिक्षक स्थानीयको हत्या गरी भागेको खुलेको छ।, सुर्नया गाउँपालिका-६ का डम्मर अवस्थीलाई ढुंगाले हानेर हत्या गरेपछि भाग्नका लागि २३ वर्षीय शिक्षक हरिश अवस्थीले आफू अपहरणमा परेको नाटक गरेको प्रहरीसमक्ष बताएका छन्।, प्रारम्भिक अनुसन्धानबाट उनले नै डम्मरको हत्या ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १२८६ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९८०, भक्तपुरमा ८५ र ललितपुरमा २२१ संक्रमित थपिएका छन्।, यसैगरी काठमाडौं उपत्यकामा ५३१० सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३५२१, भक्तपुरमा ६९९ र ललितपुरमा १०९० सक्रिय संक्रमित छन्।, नेपालमा धेरै सम...
सेतोपाटी संवाददाता नेपालमा एक साता नबित्दै कोरोना भाइरसका सक्रिय संक्रमित दोब्बरले वृद्धि भएको छ।, गत मंगलबार ५ हजार ९४ जना संक्रिय संक्रमित रहेको नेपालमा मंगलबार त्यो संख्या ९ हजार ५ सय २२ पुगेको छ। , पछिल्लो एक सातायता दैनिक संक्रमितको संख्या लगातार बढेसँगै सक्रिय संक्रमितको संख्या बढेको हो। आज एकै दिन ,२ हजार ४ सय ...
रासस कालीकोटमा १९ हजार ४०२ बालबालिकालाई कोभिड-१९ विरूद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको छ।,  लक्ष्यभन्दा ३७२  थप बालबालिकालाई सो खोप लगाइएको हो।, यही पुस १२ गतेदेखि सञ्चालन गरिएको खोप अभियान जिल्लाका नौवटा स्थानीय तहका ८२ वटा वडाका विभिन्न १४२ वटा विद्यालय तथा स्वास्थ्य संस्था सञ्चालन गरिएको जिल्ला जनस्वास्थ्य क...
सेतोपाटी संवाददाता नेपालमा धेरै समयपछि एकैदिन २ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार  पिसिआर परीक्षणबाट १९८१ र एन्टिजेन परीक्षणबाट ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घण्टामा १५ हजार ३३ जनामा कोरोना परीक्षण गरिएको थियो।, मंगलबार देशभर ९ हजार ५ स...
रासस कर्णाली प्रदेश लोक सेवा आयोगले पहिलो पटक विज्ञापन खुलाएको छ।, स्थायी पदपूर्ति गर्न आयोगले आज कर्मचारीको विज्ञापन खोलेको हो।, आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो।, प्रद...
सेतोपाटी संवाददाता सुर्खेतको वीरेन्द्रनगर-१४ गोठीकाँडामा रहेको बयलकाँडा गढीमा पृथ्वीनारायण शाहको सालिक राखिएको छ।, ३०० औं पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले शाहको पूर्णकदको सालिक राखेको हो। उक्त सालिकको मंगलबार अनावरण गरिएको छ।, सेनाको कालीबक्स गण (ई) तथा नयाँ सबुज गणको सहकार्यमा राखिएको उक्त सालिकका पश्चिम कमाण्ड ह...
नारायण खड्का दाङमा एक सहकारी संस्थाको पाँच करोड बढी आर्थिक हिनामिना गरेको आरोपितमध्ये दुई जना कर्मचारीबाट दाङ जिल्ला अदालतले जनही ५०/५० लाख रुपैयाँ धरौटी माग गरेको छ। , अर्का एक जना व्यक्ति भने २५ लाख धरौटी बुझाएर तारेखमा रिहा भएका छन्।, सहकारीका पदाधिकारीमध्ये किरण भण्डारी र अर्का पदाधिकारी रुकमाङगत ज्ञवालीलाई जनही ५...
सिद्धराज भट्ट पछिल्ला दिनमा कोरोना संक्रमण दर बढेसँगै सुदूरपश्चिम प्रदेशमा सीमा नाकाबाट भित्रिने नागरिकको सहज व्यवस्थापन गर्न चुनौती देखिएको छ।, भित्रिने कतिपय व्यक्तिबाट अटेरी स्वभाव देखाउँदै धम्क्याउनेसम्मका व्यवहार भइरहँदा सहज रूपमा व्यवस्थापन गर्ने काममा चुनौती देखिएको सीमामा खटिएका प्रहरी कर्मचारीले बताएका छन्।, ...
सेतोपाटी संवाददाता कोरोना संक्रमणको दर बढ्दै जान थालेपछि बाँके प्रशासनले राजनीतिक सभा, सम्मेलन र मेला, महोत्सव लगाउन रोक लगाएको छ। , प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले मंगलबार एक अपिल जारी गर्दै सार्वजनिक स्थलमा हुने सबै प्रकारका राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी मेला, भेला र महोत्सवहरू सञ्चालनमा रोक लगाइए...
विवेक राई सरकारले खोप अभियानलाई तीव्र बनाउने भने पनि अहिले पनि एक करोड बढी डोज खोप स्टोरमै थन्किएर बसेको पाइएको छ।, खोप शाखाका अनुसार अहिले देशभरका विभिन्न खोप स्टोरहरूमा लगाउन बाँकी एक करोड बढी डोज खोप छन्। , शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले हिजोमात्र प्रदेशसहित गरेर ९२ लाख २३ हजार लगाउन बाँकी खोप रहेकोमा...
रासस पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउने अवलोकनकर्ताले अनिवार्य रूपमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ। , चिडियाखानाका सूचना अधिकारी लीना चालिसेका अनुसार पछिल्लो समय कोरोनाको त्रास बढ्दै गएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन...
रासस कोरोना संक्रमणलाई रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि म्याग्दीमा तत्काल शैक्षिक संस्था बन्द नहुने भएका छन्।, कोरोनाको संक्रमण दर बढ्न थालेपछि सिसिएमसिसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका विद्यालय बन्द गराउने निर्णय गरेको थियो। आज सदरमुकाम बेनीमा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको...
खिलानाथ ढकाल गत शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० लाख रुपैयाँसहित कर्मचारी पक्राउ परेपछि सौर्य एयरलाइन्स राजश्व अनुसन्धान विभागको छानबिनमा परेको छ।, स्रोतका अनुसार त्यो पैसा कुन स्रोतबाट आएको अहिलेसम्म सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले कागजात दिइसकेका छैनन्।, उनले सो रकम सौर्य एयरलाइन्सकै टिकट बिक्...
सेतोपाटी संवाददाता बर्दिया प्रहरीले १० जुवाडेलाई नगदसहित पक्राउ गरेको छ।, बाँसगढी नगरपालिका-७ बड्की देउडाका दुलिचन थारूको घरबाट प्रहरीले मंगलबार १० जना जुवाडेलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा बाँसगढी नगरपालिका-७ का दुलिचनसहित आइतबारी थारू, श्यामप्रसाद थारू, रामकुमार थारू, भागिराम कुमाल, सीताराम थारू, उपेन्द्र खड्का...
रासस भक्तपुरका करिब ६ हजार विद्यार्थीले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन्। खोप अभियानअन्तर्गत १२ देखि १७ वर्ष उमेर समूहका भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले खोप लगाएका हुन्।, विद्यार्थीको सहजतालाई ध्यानमा राखी जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा विद्यालयमा नै खोप केन्द्र राखी खोप ...
सेतोपाटी संवाददाता झापामा जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)  बैठकले जिल्लाका संस्थागत र सामुदायिक सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ। यो निर्णय माघ १४ गतेसम्म लागू हुने जिल्ला प्रसाशन कार्यालय झापाले जनाएको छ।, मंगलबार बसेको बैठकले २५ जनाभन्दा बढी भेला हुनेगरी कुनै पनि भेला, मेला र महोत्सव आय...
सेतोपाटी संवाददाता ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा बाह्रवर्षे मकर मेला लाग्न दुई दिन बाँकी छ।, मकर सङ्क्रान्तिदेखि माघ महिनाभर चल्ने उक्त मेलामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा मात्र स्नान गर्न पाइने भएको छ।, जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त...
सेतोपाटी संवाददाता धनगढीमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ।, मन्त्री आले चढेको सु.प. प्रदेश ०१-००१झ ३३३ नम्बरको गाडी मंगलबार राति धनगढी विमानस्थलनजिकै सडकमा दुर्घटनामा परेको हो।, सो गाडीलाई बा४च १३७७ नम्बरको कारले ठक्कर दिएको कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले ज...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले काठमाडौंको नागढुङ्गाबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।, वीरगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश २-००३-००१ ख ३६२२ नम्बरको यात्रुबाहक बस चेकजाँचका क्रममा लागुऔषधसहित भारत बिहारका २० वर्षीय प्रेमकुमार महतोलाई सोमबार महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले पक्राउ गरेको हो।, उनलाई ...
सेतोपाटी संवाददाता पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा बुधबार बिहान ट्याक्टरको ठक्करबाट कलेज गइरहेका एक विद्यार्थीको मृत्यु भएको छ।, बिहान करिब ५: ३० बजेको समयमा प्रदेश १-०१-०१२ प ७१५२ नम्बरको मोटरसाईकलबाट नेपाल दर्शन कलेज गइरहेका उर्लाबारी ७ का निश्चल बानियाँलाई को २ त ८२९६ नम्बरको ट्य...
सेतोपाटी संवाददाता बुधबार देशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। , मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेकाले प्रदेश नम्बर-१ र प्रदेश नम्बर-२ सहित देशका पहाडी भूभागमा सामान्य बदली छ। बाँकी स्थानहरूमा आंशिक बदली रहेक...
रासस जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न सुरु गरेको छ । , कोरोना भाइरस सङ्क्रमण फेरी बढ्दै गएपछि भक्तपुरमा स्वास्थ्य मापदण्ड पालनलाई कडाइ गरिएको र आजदेखि माइकिङ सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए।, घर बाहिर...
एजेन्सी भारतमा एकैदिन कोरोनाभाइरसका झन्डै दुई लाख संक्रमित थपिएका छन्।, पछिल्लो २४ घन्टामा भारतभरि एक लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको बिबिसी हिन्दीले जनाएको छ। योसँगै भारतमा ९ लाख ५५ हजार बढी सक्रिय संक्रमित पुगेका छन्।, भारतमा पछिल्लो समय कोरोनाभाइरसको तेस्रो लहर चलिरहेको छ। डिसेम्बर अन्तिमसम्म भारतमा दै...
एजेन्सी मंगलबार पूर्वी एसियाली मुलुक कम्बोडियामा एउटा मुसाको मृत्यु भयो। मुसाको मृत्यु भएको केहीबेरमै संसारभरका प्रतिष्ठित सञ्चारमाध्यममा यो समाचारको विषय बन्यो।, मागावा नामको त्यो मुसाले बाँचुञ्जेल निकै ठूलो काम गरेको थियो। समाचार संस्था रोयटर्सका अनुसार सन् २०१४ मा अफ्रिकी मुलुक तान्जेनियामा जन्मिएको मागावालाई काम ग...
रासस म्याग्दीमा कोभिड–१९ विरूद्धको पूर्ण खोप ५८ हजारभन्दा बढीले लगाएका छन्।, गत वर्षको माघ १४ गतेदेखि जिल्लामा कोरोनाविरूद्धको खोप अभियान सञ्चालन भएको थियो।, हालसम्म जिल्लामा ५८ हजार ३४३ जनाले कोरोनाको पहिलो र दोस्रो मात्राको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिए। , जिल्लामा १८ वर्...
सेतोपाटी संवाददाता कैलालीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोहन्याल गाउँपालिका–२ बेलघारीका ५२ वर्षीय बलासिंह घर्ती मगर छन्।, उनी बुधबार घरदेखि नजिकै रहेको जंगलमा बाख्रा चराउन गएका बेला भिरबाट लडेका थिए। , उनको शव लडेको ठाउँबाट २ सय मिटर तल फेला परेको प्रहरीले जनाएको छ ।,  , कैलालीमा भिरबाट लडेर एक ...
नारायण खड्का बाँकेमा आतंक सृजना गरेको नरभक्षी बाघको नियन्त्रणको लागि  पाडो जंगलमा राख्न थालिएको छ। , मंगलबार रातभर राप्ती सोनारी गाउँपालिका वडा नं. ६ अन्तर्गतको शिद्धेश्वरी सामुदायिक वन क्षेत्रमा एउटा पाडो राखिएको भए पनि बाघ नआएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी गणेश खड्काले सेतोपाटीलाई बताए। , ‘बाघ लोभ्याउन ...
रासस माघेसङ्क्रान्ति नजिकिएसँगै महोत्तरीका थारू र मगर समुदायको बस्तीमा चहलपहल बढेको छ। प्राचीन मिथिला क्षेत्रको बोलीचालीमा यो पर्वलाई ‘तिलासक्रायत’ भनिन्छ। यसपालि यो पर्व शनिबार परेको छ।, थारू बस्तीमा अहिले पर्वका लागि सबै माछाको सिद्रा, खसी, हाँस, कुखुरासहितको जोहोमा लागेका छन् । बाक्लो हुस्सुले डम्म ढाकेर चिसो निकै ...