content
stringlengths
20
64.1k
रासस नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले प्रहरी नियमावलीको पछिल्लो संशोधनले तल्लो तहमा काम गर्ने प्रहरी कर्मचारीमा उत्प्रेरणा र नैतिक बल थपिएको बताएका छन्।, प्रहरी प्रधान कार्यालयमा पत्रकारहरूसँग मंगलबार कुराकानी गर्दै उनले पछिल्लोपटक प्रहरी नियमावली संशोधन गरी थप गरिएका तीन पदले २० वर्षद...
सेतोपाटी संवाददाता कोरोना संक्रमित बढेसँगै प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिरमा भक्तजनलाई रोक लगाइएको छ।, भक्तजनलाई माघ ७ गते शुक्रबारदेखि मन्दिरमा पूजाआजाका लागि रोक लगाउने निर्णय भएको छ।, मन्दिरमा भिडभाड हुने भएको र त्यहाँ कोरोना सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गर...
रासस सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ।, सरकारले खोप कार्ड अनिवार्य गरेसँगै केही मानिसको खोप लगाएको कार्ड हराएकोले नयाँ प्रतिलिपि बनाउनुपर्ने हुन्छ।, पहिले लगाएको खोप कार्डका आधारमा बुस्टर डोज दिइने भएकाले खोप कार्ड अनिवार्य नै चाहिन्छ।, त्यस...
सेतोपाटी संवाददाता पश्चिमी वायुको सामान्य प्रभावले आज बिहान तराईका थोरैजसो स्थानमा हुस्सु-कुहिरो लाग्नुका साथै अन्य क्षेत्रको मौसम सामान्य रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नम्बर १ र मधेस प्रदेशलगायत पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ।, महाशाखाका अनुसार आज मुलुकक...
सेतोपाटी संवाददाता झापामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।, कचनकवल ४ केचना बजारमा दुइटा मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु र ३ जना घाइते छन्।, ट्राफिक प्रहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको भारतीय बिआर ३७ सी ९००८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बिआर ३७ इ १८९४ नम्बरको मोटरसाइकल आ...
सेतोपाटी संवाददाता टिपरले मोटरसाइकललाई ठक्कर दिँदा कोटेश्वरमा एक युवाको मृत्यु भएको छ।, मृत्यु हुनेमा २७ वर्षीय प्रकाश लिम्बु छन्। मोरङ पथरी घर भएका उनी भक्तपुर सल्लाघारी बस्दै आएका थिए।, मंगलबार राति ११ बजे तीनकुनेबाट कोटेश्वर जाँदै गरेको प्रदेश-३-०२६प १८२४ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिएको हो।, ना १ क ४५०२ नम्...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ३९३९ संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ संक्रमित थपिएका छन्।, यस्तै, काठमाडौं उपत्यकामा १९ हजार ३८७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १३९८६, ललितपुरमा ३५५५ र भक्तपुरमा १८४६ सक्रिय संक्रमित छन्।, नेप...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ७३४ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार पिसिआर परीक्षणबाट ५ हजार ७४७  र एन्टिजेन परीक्षणबाट ९८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घण्टामा १७ हजार ४६५ जनामा कोरोना परीक्षण गरिएको थियो।, देशभर ३० हजार ८ सय  ...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी प्रभाग बलम्बुस्थित प्रहरीको नियन्त्रणमा रहेका एक युवाको मृत्यु भएको छ।, ब्राउन सुगरसहित समातिएका युवाको गत पुस २९ गते मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , सुनसरी बराह नगरपालिका-३ चतरा घर भई चन्द्रागिरि नगरपालिका-११ स्थित सतुंगल...
नारायण खड्का ठूलोले सानोलाई खान्छ, सानोले आफूभन्दा मसिनोलाई आहारा बनाउँछ। सृष्टिको चक्र नै यही हो।, यो सृष्टिचक्रमा मानिस मात्र यस्तो प्राणी हो, जो आफ्नो सुरक्षाको खातिर आफूभन्दा कमजोरलाई ढाल बनाउँछ। आफ्नो बचाउको निम्ति अर्काको सहारा लिन्छ वा भनौं, आफ्नो ज्यान जोगाउन अर्काको ज्यान खतरामा पार्न तयार हुन्छ।, यही स्वार्थ...
सेतोपाटी संवाददाता सरकारले भोलिदेखि ललितपुरमा कोरोनाविरूद्ध बुस्टर डोज खोप दिने भएको छ।, ललितपुर महानगरपालिकाको सामान्य प्रशासन महाशाखाका प्रमुख सागर थापाका अनुसार ललितपुरका विभिन्न ८ स्थानबाट बुस्टर खोप दिन लागेको हो। , महानगरपालिकाले मंगलबारदेखि बिहीबारसम्म कोरोना भाइरसविरूद्धको बुस्टर खोप दिने विज्ञप्तिमा उल्लेख गर...
सबिना श्रेष्ठ सहरको कथा: पनौती, चारैतिर डाँडाहरू, बीचमा झुरूप्प बस्ती। टाढाबाट हेर्दा यस्तो लाग्छ, यो सहर पिपलको पातमा बसेको छ। दुई खोला (पुण्यमती र रोशी) को बीचमा रहेको यो सहर गोप्य ठाउँमा लुकाएर राखेको खजानाजस्तो छ।, यो सहर काठमाडौं उपत्यका हो पनि, होइन पनि।, यदि साँगा भञ्ज्याङलाई सीमा मान्ने हो भने यो काठमाडौं उपत्...
सेतोपाटी संवाददाता उदयपुरमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , सोमबार दिउँसो अपराह्न ५ बजे कटारी नगरपालिका-८ बिजुलेस्थित सिद्धिचरण राजमार्गमा बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए। , पाँच जना घाइते समेत भएका छन्। , क...
सेतोपाटी संवाददाता सल्यान बागचौर नगरपालिकाका लेखापालमाथि बाटो ढुकेर आक्रमण गरेको आरोपमा एक जना पक्राउ परेको प्रहरीले बताएको छ।, बागचौर नगरपालिकाका लेखापाल प्रदीप डाँगीमाथि आइतबार पौने ५ बजेतिर बालकन्या माध्यमिक विद्यालयनजिकै कुटपिट तथा आक्रमण भएको थियो।, कार्यालयको काम सिलसिलामा बागचौर-७ कोटबारा पुगेर फर्किने क्रममा ब...
सेतोपाटी संवाददाता जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासमा कार्यरत तीन न्यायाधीश, रजिष्टार र अरू कर्मचारी गरी २५ जनालाई कोरोना संक्रमण देखिएको छ।, न्यायाधीश सीताराम मण्डल, साधुराम सापकोटा, लेखनाथ पौडेल र आफूसहितको परीक्षण गर्दा आजै सबैमा कोरोना संक्रमण देखिएको रजिष्टार गजेन्द्र बहादुर सिंहले जानकारी दिए।, ठूलो संख्यामा सं...
सेतोपाटी संवाददाता सल्यानमा श्रीमतीसँग झगडा हुँदा आवेगमा आएर श्रीमानले आफूहरूले पालेका  गाई-गोरू मारेका छन्।, कपुरकोट गाउँपालिका-५ सिस्नेरी ३६ वर्षीय शेरबहादुर महतराले श्रीमतीसँग झगडा भएपछि पालेका गाई र गोरूमाथि कोदालोले प्रहार गरी मारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। , घटना ...
सेतोपाटी संवाददाता ललितपुरमा मंगलबारदेखि कोरोनाविरूद्ध बुस्टर डोज खोप दिने भएको छ।, ललितपुर जिल्लाका विभिन्न पालिकामा रहेका अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा बुस्टर डोज दिन लागेको हो। , स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिश विष्टका अनुसार मंगलबारदेखि सुरू हुने खोप अभियान बिहीबारसम्म जारी रहनेछ।, स्वास्थ्य क्षेत्रम...
रासस कोरोना भाइरसको संक्रमण तीव्र भए पनि पशुपतिनाथ मन्दिर, सार्वजनिक यातायात, बजारलगायत स्थलमा मानिसको भिड भने घटेको छैन।, कोरोनाको संक्रमण तीव्र भए पनि धार्मिकस्थलमा भिड नघट्दा जोखिम बढ्न थालेको छ।, आइतबार पाँच हजारभन्दा कममा कोरोना संक्रमण देखिएकामा आज भने छ हजार ७३४ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्राल...
सेतोपाटी संवाददाता काठमाडौंका १९ अस्पतालहरूबाट कोरोनाविरूद्ध बुस्टर डोज खोप उपलब्ध हुने भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका १९ अस्पताललाई खोप केन्द्र तोकेको छ।, गत माघ २ देखि अग्रपंतिमा काम गर्नेलाई खोप दिन थालिएको थियो।, काठमाडौँ उपत्यकाका १९ ठाउँबाट ‘बुस्टर’ डोज लगाउन थालिएको मन्त्रालयका सहप्रवक्त...
रासस पछिल्लो समय देशभर कोरोनाको सङ्क्रमण बढ्दै गएपछि हुम्लाको सिमकोट विमानस्थलमा हेल्थडेस्क र होल्डिङ सेन्टर स्थापना गरिएको छ । हुम्लाबाट अन्तरजिल्ला पुग्ने छोटो हवाईयात्राको माध्याम भएकाले विमानस्थलमा हेल्थडेस्क स्थापना गरिएको हो ।, सोमबारदेखि सिमकोट विमानस्थलमा सिमकोट गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा ...
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय सुर्खेतले डिजिटल राहदानी सेवा प्रारम्भ गरेको छ। उक्त सेवाको प्रारम्भ सोमबार प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले गरे।, उनले वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेत निवासी २० वर्षीय गिर्वाणबाबु कोइरालालाई डिजिटल राहदानी प्रदान गरे। उक्त कार्यक्रममा प्रजिअ रिजालले भने, ‘सुरूका...
नारायण खड्का बाँके राष्ट्रिय निकुञ्जमा बाघ समात्न छ दिनदेखि जारी अभियान सोमबार बेलुकी स्थगन गरिएको छ। यसबाट बाघको आहारा निम्ति जंगलमा बाँधेर राखिएका दुइटा पाडाको ज्यान बालबाल जोगिएको छ।, ती पाडालाई छ दिन जंगलमा बाँधेर राख्दा पनि बाघ खान नआएपछि खोजी अभियान स्थगन गरिएको हो।, बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत श्या...
एजेन्सी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परि २६ जनाको ज्यान गएको छ। मृत्यु हुनेमध्ये पाँच महिला र चार जना बालबालिकासमेत रहेका अफगानिस्तानी मिडियाले जनाएका छन्।, अफगानिस्तानको पश्चिमी प्रान्त बडघिसलाई केन्द्रबिन्दु बनाएर सोमबार गएको ५.५ रेक्टर स्केलको भूकम्पमा परी ७०० भन्दा बढी घर भत्किएका छन्। दर्जनौं व्यक्ति घाइ...
रासस समूहबाट निकालिएका ध्रुवे, रोनाल्डो र गोविन्दे नामले चिनिने मत्ता (भाले) हात्ती समय–समयमा मात्तिने गरेका छन्।, यी तीन हात्तीले धेरै जिउधनको क्षति गरिसकेका छन्। मुख्यरूपमा वर्षमा दुईपटक यी मात्तिने गर्दछन्।, हात्तीका विषयमा विद्यावारिधि गरिरहेका अशोक राम पुस–माघ र जेठ–असार गरी वर्षमा दुईपटक भाले हात्ती मात्तिने बता...
सेतोपाटी संवाददाता नक्कली मोबिल बनाएर बिक्री वितरण गरेको आरोपमा रौतहटबाट दुई जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा राजदेवी नगरपालिका-९ का २८ वर्षीय राणारौशन सिंह र ४२ वर्षीय हरेन्द्रकुमार सिंह छन्।, गौर नगरपालिका-५ मा राणारौशनले सञ्चालन गरेको  जय शिव शक्ति अटोमोबाइल पसलमा नक्कली मोबिल फेला परेको प्रहरी नायब उपरीक्षक स...
एजेन्सी छिमेकी मुलुक भारतमा कोरोनाभाइरसको तेस्रो लहर चलिरहेको छ। पछिल्ला १५ दिनमा भारतमा कोरोनाको संक्रमण फेरि तीव्र गतिमा फैलिइरहेको छ।, सन् २०२२ को पहिलो दिन २७ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएकोमा जनवरी १५ मा एकैदिन २ लाख ७१ हजार मानिसमा संक्रमण भएको थियो। त्यसपछिका दुई दिनमा भने भारतमा संक्रमण घटेकोजस्तो देखि...
रासस बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ।, जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो। , साथै उनीहरूलाई जनही पाँच/पाँच हजार रुपैयाँ जरिवानाको फैसला भएको तनहुँ अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरल...
रासस वि.सं २०७९ का लागि नेपाल पञ्चांग निर्णायक समितिले १४ वटा पात्रो (पञ्चांग) लाई स्वीकृति दिने निर्णय गरेको छ।, आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बंगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि र  खप्तड तारानाथ पञ्चांग गरी १४ पात्रो (पञ्चांग) लाई स्वीकृति दिने ...
रासस हेलम्बुको चनौटे रातोपुलमा बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ।, नेपाली सेनाको श्री इञ्जिनियरिङ विभागले पुल निर्माणको जिम्मा पाएलगत्तै दैनिक ६० जना सैन्य जनशक्तिले दुई महिनाभित्र नै पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ।,  , लम्ची खोलामा गत असार १ गते गएकोे बाढीले हेलम्बु र मेलम्ची क्षेत्रका ११ ...
विनोद सापकोटा पूर्वीद्वार काँकडभिट्टा नाकाबाट अत्यावश्यक कामबाहेक भारतलगायत तेस्रो मुलुक जान र त्यहाँबाट नेपाल आउन स्थानीय प्रशासनले सर्वसाधारणलाई रोक लगाएको छ।, कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पश्चिम बंगालका सहरहरूमा तीव्र रूपमा फैलन थालेपछि नाकामा कडाइ गरिएको हो।, भारतको पश्चिम बंगाल नेपालसँग सीमा जोडिएको राज्...
रासस लमजुङ र छिमेकी जिल्ला तनहुँ जोड्ने डुम्रे-बेंसीशहर सडक दुई लेनको बनाउन थालिएको छ।, छिमेकी जिल्ला तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण गर्न लागिएको उक्त सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको डुम्रे–बेंसीशहर-चामे सडक आयोजनाका इञ्जिनियर पुरूषोत्तम अधिकारीले बताए। , उनले भने, ‘डुम्रे बजारबाट २२०...
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः, उनी जन्मिँदा घरमा खुसीयाली छाएको थियो। पहिलो सन्तान नै 'छोरा' भएपछि तामाङ परिवार दंग परेका थिए। , सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-२ मा हुर्किँदै गर्दा उनलाई भने आफू अलग भएको महसुस हुन थाल्यो। सबैले छोराको रूपमा हेर्न चाहे पनि उनलाई छोरी बन्न मन हुन्थ्यो। के...
सेतोपाटी संवाददाता उदयपुरमा गाडीबाट खस्दा एक जनाको मृत्यु भएको छ। , मंगलबार बिहान ९ बजे उदयपुरगढी गाउँपालिका-५ स्थित गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए। , ना ३ ख ७९४४ नम्बरको गाडी भित्री सडकखण्ड हुँदै उदयपुरगढीबाट गाईघाट जाँदै थियो। त्यही...
विवेक राई डेढ महिनामै संसारभर फैलिएको ओमिक्रोन भेरियन्टको लहर सेलाउन नपाउँदै वैज्ञानिकहरूले यो अन्तिम नभएको र फेरि नयाँ भेरियन्ट आउनसक्ने चेतावनी दिएका छन्।, पछिल्लो समय कोरोना भाइरसमाथि भएका विभिन्न अध्ययनका आधारमा वैज्ञानिकहरूले ओमिक्रोनपछि अर्को भेरियन्टको लहर आउन सक्ने निष्कर्ष निकालेका हुन्।, अब आउने नयाँ भेरियन्...
सेतोपाटी संवाददाता खल्ती एप्सको नक्कली कर्माचारी बनेर अनलाइन ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाले ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले जानकारी दिए। , पर्सा छिपहरमाई गाउँपालिका-२ का १८ वर्षीय निरञ्जनकुमार गुप्ता र करण यादवलाई प्रहरीले प...
युवराज श्रेष्ठ प्रमुख दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रका भ्रातृ संस्थाले पोखराका सार्वजनिक जग्गा वर्षौंदेखि कब्जा गरेको पाइएको छ। एमाले र कांग्रेसका भ्रातृ संगठनले ती जग्गामा बनाइएका भवन भाडामा लगाएर व्यापार गरिरहेको समेत भेटिएको छ।, पोखराको पृथ्वी चोकस्थित बस बिसौनीबाट उत्तरतर्फ हङकङ बजार जाने साँ...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६१ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२५६२ पिसीआर परीक्षणबाट ४ हजार ५३४ र २५६९ एन्टिजेन परीक्षणबाट ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, मन्त्रालयका गत २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु ...
एजेन्सी 'मेरो भारतमा कोही छैन, इमरान खानलाई मेरो भिसा दे भन न।', 'तिमी पाकिस्तान आऊ, म तिम्रो बिहे गरिदिन्छु।', यो दाजुभाइ बीचको सानो कुराकानीको अंश हो जब उनीहरू स्वतन्त्र भएपछि पहिलो पटक भेटे। , मोहम्मद सिद्दीक र मोहम्मद हबीबको यो दुर्लभ भेट लाखौँ व्यक्तिहरूले वर्षौंदेखि देखेको सपना हो जो-जसलाई आजादीले आफ्नो परिवारसँ...
सेतोपाटी संवाददाता बारामा बालिकामाथि जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय बाराले ९ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक जनालाई र प्रमाण नष्ट गरेको आरोपमा अर्का एक जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए। , पक्राउ पर्नेमा आदर्श...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ३३४७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। , आइतबार उपत्यकामा मात्रै थप ३३४७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए। , त्यसमध्ये काठमाडौंमा २५४५, ललितपुरमा ४७४ र भक्तपुरमा ३२८ जना संक्रमित थपिएका हुन्।, यस...
सेतोपाटी संवाददाता इलामको पर्यटकीय अन्तुमा रहेको अन्तु भ्यालीको चिया कारखानामा आगलागी भएको छ। , आइतबार दिउँसो ३ बजेदेखि सूर्योदय नगरपालिका-४ अन्तुमा रहेको चिया कारखानामा आगलागी साँझ ७ बजे सम्म पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।, आगलागीबाट सबै संरचना जलेर ध्वस्त हुँदा करोडौंको क्ष...
पूर्णप्रसाद मिश्र/रासस प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ।, पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पह...
रासस नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा ११ हजार ९० लाई मास्क वितरण गरेको छ।, प्रहरीले कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि सुरु गरेको ‘तपाईंको मास्क खोई?’ अभियानअन्तर्गत पछिल्लो २४ घण्टामा उक्त व्यक्तिलाई माक्स वितरण गरेको हो।, कोरोनाबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गर्दै प्रहरीले संक्...
सेतोपाटी संवाददाता सरकारले काठमाडौंमा कोरोनाविरूद्ध बुष्टर मात्रा खोप दिन सुरू गरेको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार काठमाडौंका विभिन्न १७ स्थानबाट सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिने भएको हो। , तत्कालका लागि अग्रपंक्तिमा काम गर्ने...
रासस पोखरालाई काठमाडौँसँग जोड्ने पृथ्वीराजमार्ग विस्तार तथा स्तरोन्नति गर्ने योजनाको प्रारम्भिक काम रुख कटानबाट अघि बढेको छ।, एशियाली विकास बैंक(एडीबी)को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी चार लेनको फराकिलो र स्तरीय बनाउनका लागि मुग्लिन–पोखरा सडक योजनाले काम अघि बढाएको हो।,...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिले जथाभावी सवारी पार्किङ निषेध गरेको छ।, महानगरलाई सवारी जामरहित अभियान अनुसार महानगरपालिकाले अव्यवस्थित रूपमा जथाभावी सवारीसाधन पार्किङ गर्नेलाई सचेत गराएर ‘ठाउँको ठाउँ’ जरीवाना तिराउँदै आएको छ।, पछिल्लो १ महिनादेखि सुरू गरेको अभियान सफल भएको र यसलाई निरन्तरता दिने महानगरपालिकाले ...
रासस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ की ६१ वर्षीया नन्दकली कँडेलको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ।, सुर्खेत बाङ्गेसिमलदेखि मुख्य बजारमा आउँदै गरेको क ०२००१ प ८९५० नम्बरको मोटरसाइकलले आइतबार रेडियो नेपाल प्रादेशिक कार्यालय सुर्खेत नजिक ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कनकबहादुर शाहीले बताए।, ...
रमेश गिरी/रासस माघ महिनाभर बिहानी चिसोको पर्वाह नगरी भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा बालकदेखि वृद्धसम्मले चिसो पानीमा डुबुल्की मार्दै माधवनारायण मेलाको व्रत शुभारम्भ गरेका छन्। नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको एक महिने माधवनारायण व्रत एवं मेला आजदेखि भक्तपुरमा सुरु भएको हो।, हरेक वर्ष पौषशुक्ल पूर्णिमाद...
सेतोपाटी संवाददाता प्रहरीले मोरङबाट प्रतिबन्धित औषधीसहित दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सुनवर्सी गाउँपालिका-६ का ३२ वर्षीय श्रवणकुमार ताजपुरिया र ३० वर्षीय कार्तिक चन्द दास रहेका छन्।, आइतबार उनीहरू सवार प्र.१-०२-०४५प ७८६९ नम्बरको मोटरसाइलबाट उनीहरूलाई प्रतिबन्धित औषधीसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक जना...
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।, आइतबार बेलुकी लम्कीचुहा नगरपालिका ४ बलियामा से ६ प ८७८६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५५ वर्षीय मनसरा न्यौपाने घाइते भएकी थिइन्।, उनलाई उपचारका लागि काेहलपुर मेडिकल कलेज लगिएको थियाे।, उपचारको क्रममा उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ...
सेतोपाटी संवाददाता प्रहरीले सुनसरीबाट एक सय किलो गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।, बर्जु गाउँपालिका-५ तिनमुहान दक्षिण शाखा नहरबाट प्रहरीले गाँजासहित तीन जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा बिहार कटहरिया जिल्ला देवीपुर-१० घर भएका ५० वर्षीय जितेन्द्र राय, देवीपुर-१९ का २६ वर्षीय मिठु राय र पूर्णिया...
सेतोपाटी संवाददाता काठमाडौंको गुर्जुधारामा धारिलो हतियार प्रहार गरी एक पुरूषको हत्या भएको छ। , आइतबार दिउँसो चन्द्रागिरि नगरपालिका-१२ गुर्जुधारामा एक पुरूषमाथि धारिलो हतियार प्रहार गरी हत्या भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , मृतक चन्द्रागिरि नगरपालिका-८ मातातीर्थ घर...
सेतोपाटी संवाददाता दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ का ४० वर्षका विकास पुनलाई प्रहरीले पक्राउ गरेको छ।, ठगी मुद्दामा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार पक्राउ गरेको हो।, कपिलबस्तुको बाणगंगा ४ का तिलक थापाले ४९ लाख ५० हजार ठगी गरेको भन्दै गत पुसमा विकासविरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी ...
सेतोपाटी संवाददाता सरकारले १६ वर्ष उमेर माथिका सबै नागरिकलाई चैतसम्म खोप लगाइसक्ने भएको छ।, ओमिक्रोन संक्रमण नियन्त्रण र रोकथामका लागि आदेश जारी गर्दै सरकारले घुम्ती खोप सेवामार्फत आगामी चैत मसान्तभित्र १६ वर्ष माथिका सबै नागरिकलाई पूर्ण मात्रा खोप लगाइसक्ने जनाइएको छ।, '१६ वर्ष माथिका उमेर समूहका सबै व्यक्तिलाई खोप क...
सेतोपाटी संवाददाता प्रहरीले महोत्तरीबाट स्रोत नखुलेको ३० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।, प्रहरीले मटिहानी नगरपालिका-८ बाट स्रोत नखुलेको नगद सहित सोही नगरपालिका-३ का २३ वर्षीय सहाउदिन राइनलाई आइतबार दिउँसो पक्राउ गरेको हो।, भारतबाट नेपाल आउँदै गरेको ज६प ६९४४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा १ हजार दरको...
सेतोपाटी संवाददाता कोरोना महामारीमा खटेका स्वास्थ्यकर्मीलाई नि:शुल्क औषषि र उपचार लगायतको व्यवस्था मिलाउन राष्ट्रिय स्वास्थ्यकर्मी संघले सरकारसँग माग गरेको छ।, अस्पताल र स्वास्थ्य संस्थामा काम गरिरहँदा संक्रमित भएका स्वास्थ्यकर्मीलाई व्यवस्थित आइसोलेसनको व्यवस्था गर्नुपर्ने, संक्रमित स्वास्थ्यकर्मीको नि:शुल्क औषधि उपच...
सेतोपाटी संवाददाता महोत्तरीमा स्रोत नखुलेको ३० लाख रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , मटिहानी नगरपालिका-८ स्थित चौकीबाट खटिएको टोलीले आइतबार दिउँसो साढे ३ बजे एक जनालाई ३० लाख रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।, प्रहरीले वडा नम्बर ३ बर्दाहा बस्न...
दिपकजंग शाही सुर्खेतको भेरीगंगा नगरपालिका-६ र ७ मा विद्युत सेवा सुरू भएको छ।, सामुदायिक विद्युतीकरण विभाग र भेरीगंगा नगरपालिकाको संयुक्त लगानीमा यी वडामा पुस २२ गतेदेखि राष्ट्रिय प्रसारण लाइनमार्फत् विद्युत पुगेको हो।, उक्त वडाका लेखझिङ्नी, ठूलाखाली, कैनपानी, सामाखोरीया, सृजनाटोलका घरहरूमा राष्ट्रिय प्रसारण लाइन पुर्‍...
सेतोपाटी संवाददाता सोलुखुम्बुमा छिमेकीलाई दाउराले टाउकोमा प्रहार गरी हत्या गरेको आरोपमा एक पक्राउ परेका छन्। , सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका-१ बुम्रेका ५२ वर्षीय दानु शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय वाङदी शेर्पालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए...
सेतोपाटी संवाददाता प्रदेश २ को स्थायी राजधानी तोक्न मतदान प्रक्रिया सुरु भएको छ।, सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष संसदीय समितिले  राजधानीका लागि गरेको पहिलो प्रस्तावमा गोप्य मतदान सुरु भएको हो।, राजधानी सम्बन्धी दल तथा सांसदले प्रदेशसभा सचिवालयमा दर्ता गराएको ६ वटा प्रस्तावलाई परिमार्जन गर्दै संसदीय समि...
सेतोपाटी संवाददाता कोभिड–१९ को सङ्क्रमण बढेसँगै देशभरका विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय पर्वतमा पनि कार्यान्वयन गर्न शिक्षा विकास तथा समन्वय एकाई पर्वतले आग्रह गरेको छ। जिल्लाका अधिकांश क्षेत्रमा विद्यालय खुला गरेर स्वास्थ्य मापदण्ड बिनानै कक्षा सञ्चालन भइरहेपछि कार्यालयले पुनः ध्यानाकर्षण गराएको हो।, का...
सविता बुढा कैलालीको लम्कीका जिद्दे वड गएको पुस ७ गते दुई छोरा लिएर कमाउन भारत गएका थिए। उनी नेपालबाट जाने बेलामा कोरोनाको नयाँ लहर आउने चर्चा थियो। त्यसैले उनले यहीँबाट कोभिड विरूद्धको खोप लगाएर गएका थिए।, खोप लगाएपछि काम गर्न पाइने आसामा त्यहाँ पुगेका उनले २१ दिनपछि घर फर्किनुपर्‍यो।, महाराष्ट्रमा पुगेर उनले आफू र छो...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा २२१९ संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५९१, भक्तपुरमा १४२ र ललितपुरमा ४८६ संक्रमित थपिएका छन्।, यसैगरी, काठमाडौं उपत्यकामा १२८१४ सक्रिय संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ९०६१, ललितपुरमा २३८२ र भक्तपुरमा १३७१ सक्रिय संक्रमित छन्।, ने...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन्।, यो हिजोको भन्दा कम संक्रमित संख्या हो। हिजो एकैदिन ५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका थिए। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार पिसिआर परीक्षणबाट ३ हजार ७०३  र एन्टिजेन परीक्षणबाट ९३३ जनामा कोरोना संक्रमण पुष्टि...
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। , शनिबार दिउँसो गाेदावरी नगरपालिका-१  स्थित अत्तरिया- धनगढी छ लेन सडकमा दुर्घटना हुँदा साेही ठाउँका १८ वर्षीय गणेश बलायरकाे मृत्यु भएको प्रहरीले जनाएको  छ। , से-५ प-७१९ र सुपप्र-०१० प-५८१५ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएकाे थियो।...
रासस संघीय सरकारले महत्वका साथमा सुरूआत गरेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ।, स्कुलमा पढाइ भइरहेकै बेलामा विद्यार्थीलाई स्वास्थ्य समस्या पर्दा विद्यालयमा उपचार हुने भएकाले प्रभावकारी रहेको पाइएको हो।, कालीकोटको खाँडाचक्र नगरपालिकाको वडा नं ३ ताडीको जनजीवन माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्यय...
सेतोपाटी संवाददाता पुस २३ गते सर्लाहीको बरहथवामा मृत अवस्थामा फेला परेकी महिलाको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, हरिवन नगरपालिका-१०, ताइवानका २७ वर्षीय सन्तोष साह, २७ वर्षीय मुकेश ब्लोन र २२ वर्षीय रोहित हजरालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूलाई इलाका प्रहरी कार्यलय बरहथवाले शनिबार पत्रकार सम्मेलन ...
रासस तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायले नयाँ वर्षका रूपमा समुदायका लागि नयाँ नेतृत्व गर्दै माघी पर्व मनाएका छन्।, थारू समुदायले नयाँ वर्षमा स्नान, दान गर्नुका साथै मीठा खानेकुरा खानुका साथै वर्षभर विभिन्न कामको नेतृत्व गर्ने गाउँको अगुवा चुनेरसमेत माघी पर्व मनाउने परम्परा बसालेका छन्।, स्थानीयस्तरमा लोकतन्त्रको...
सेतोपाटी संवाददाता झापाका दुई पालिकाले अव्यवस्थित बसोबास र भूमिहीनको लगत संकलन र नापजाँचका लागि राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेका छन्।, झापाको शिवसताक्षी नगरपालिका र दमक नगरपालिकाले आयोगसँग सझौता गरेका हुन्।, पुस २७ मा दमक र २८ गते शिवसताक्षी नगरले सम्झौता गरेको शिवसताक्षी नगरका सहायक सूचना अधिकारी डिल्ली नेपालले ब...
शुरबहादुर सिंह/रासस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदी गाउँमा निस्सासिएर एकाघरका चार जनाको मृत्यु भएको छ।, शिवालय गाउँपालिका–४ जाजरकोट स्थायी घर भएका ३५ वर्षीय कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज र नौ वर्षीय अर्का छोरा चीरञ्जीवी र कल्पाकै दाजुको पाँच वर्षीय छोरा सम्राट घरमै मृत अवस्थामा भेटिएको जिल्ला प्रहर...
पूर्णप्रसाद मिश्र/रासस विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २४औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ।, ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नाराका साथ दिवस मनाउन लागिएको हो।, भूकम्पले नभई कमजोर संरचनाले मानवीयलगायत क्षति गर्ने भएकाले भूकम्प प्रतिरोधी संरचना बन...
सेतोपाटी संवाददाता नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नास्ट गान तयार गरी पेश गर्न इच्छुकहरूलाई आग्रह गरेको छ।, आज सूचना निकालेर नास्टले नाष्टको काम कर्तव्य, भूमिका, विज्ञान प्रविधि एवं नव-प्रवर्तनसम्बन्धी र यसमार्फत् देशको समृद्धिबारे पूर्णभाव प्रष्फूटन हुने गरी नास्ट गान तयार गर्न इच्छुकहरूलाई आग...
सेतोपाटी संवाददाता मोटरसाइकलमा सवार रहेकी कैलालीकी एक महिलाको पुलबाट खोलामा खसेर मृत्यु भएको छ।, गए राति धनगढी उपमहानगरपालिका १६ पथरीस्थित गोकंनरी खोलाको पुलबाट ४० वर्षीया ऐतवारी राना खसेकी थिइन्।, सु.प.प्र. ०१ ००९ प ५९७९ नम्बरको उक्त मोटरसाइकल ३८ वर्षीय रजेश रानाले चलाएका थिए। मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेक...
सेतोपाटी संवाददाता सरकारले आजदेखि कोरोनाविरूद्ध बुष्टर मात्रा खोप दिने भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले पत्राचार गर्दै आजदेखि खोप दिन भनेको छ।, सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रहरू र ७७ वटै स्वास्थ्य कार्यालयला...
रासस म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीदेखि रिसिनचौतारी जोड्ने सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको छ।, बेनी–जोमसोम सडकको बैसरीदेखि रिसिनचौतारी जोड्ने छोटो दूरीको सडक निर्माण भएपछि यात्रा अवधि छोटिएको हो।, स्थानीय दुर्गाबहादुर केसीले सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएक...
एजेन्सी भारतमा कोरोना संक्रमण तिब्र रूपमा फैलिइरहेको छ। पछिल्लो २४ घन्टामा भारतमा २ लाख ६८ हजार ८ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, यस्तै पछिल्लो २४ घन्टामा ४०२ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ। यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ८५ हजार ७ सय ५२ पुगेको छ।, कोरोना भाइरसको न...
रासस सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको छ।, वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ।, २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम हुँदै आएकामा आजदेखि अनलाइनबाट मात्र पुनः श्रम स...
राजेश घिमिरे चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्ती 'ध्रुवे'को आक्रमणबाट नेपाली सेनाका एक अमल्दारको मृत्यु भएको छ।, निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दल गणअन्तर्गतको ध्रुव पोष्टमा कार्यरत अमल्दार गुप्तबहादुर थापामाथि शनिबार साँझ ध्रुवे हात्तीले आक्रमण गरेको थियो। साइकलमा रात्री गस्तीमा निस्किएका सैनिकहरूमाथि पौने ७ बजेति...
सेतोपाटी संवाददाता काठमाडौंको कलंकीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। , शनिबार राति सवा ७ बजे कलंकी चोकमा दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जानकारी दिएको छ।, मोटरसाइकलमै सवार अर्का एक जना भने घाइते छन्। , बा ६ ख १४५९ नम्बरको बसले बागमती प्रदेश-‍...
सेतोपाटी संवाददाता धादिङमा पहिरोमा पुरिएर बेपत्ता भएका एक जनाको शव फेला परेको छ। , बिहीबार बिहान साढे ७ बजे रूबिभ्याली गाउँपालिका-१ लिङ्जोमा खसेको पहिरोमा तीन जना पुरिएका थिए। , त्यसमध्ये एकजनाको शव शनिबार अपरान्ह पौने ५ बजे फेला परेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायब उपरीक्षक (डिएसपी) जागेश्वर भण्डारीले जानक...
रासस रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ। शुक्रबार दुवै देशका अधिकारीबीच भएको पहिलो चरणको वार्तामा समझदारीको मस्यौदा एक साताभित्र तयार गर्ने सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।, नयाँनयाँ रोजगार गन्तव्यको खोजीमा जुटेको सरकारले रोजगारी, प...
सेतोपाटी संवाददाता सडक निर्माणको लागि खनिएको खाडलमा परेर बुटवलमा एक जना युवकको मृत्यु भएको छ।, बुटवल र तिलोत्तमाको सीमाक्षेत्र योगिकुटिदेखी मगरघाटसम्मको सडक बिस्तारको क्रममा खनेको खाडलमा परेर गुल्मी छत्रकोट ३ का शोभाखर पन्थको मृत्यु भएको प्रहरीले जनाएको छ।, लामो समयदेखि फोटोग्राफर र कला क्षेत्रमा क्रियाशील पन्थ सवार ल...
रासस संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालिका निमित्त प्रमुख कार्यकारी अधिकृत माइक बोल्सोभरलाई नेपाल छोड्न रोक लगाइएको छ।, क्यासिनो सञ्चालन गरेबापत उनले नेपाल सरकारलाई रु १३ करोड राजस्व तिर्नुपर्ने देखिए पनि हालसम्म नतिरी भाग्न लागेकाले मन्त्री आले...
सेतोपाटी संवाददाता काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजमा प्राविधिक समस्या भएपछि पुनः काठमाडौं फर्काइएको छ। , बिहान १० बजेको उडानबाट पोखराका लागि प्रस्थान गरेको उक्त जहाजमा उडेको केही समयपछि प्राविधिक समस्या आएपछि तत्कालै जहाजलाई काठमाडौं फर्काइएको गुण एयरलाइन्सकी निक्की अवालेले सेतोपाटीलाई जानकारी दिइन...
सेतोपाटी संवाददाता संयुक्त अरब इमिरेट्सको अलबसामा अलपत्र अवस्थामा रहेको आफ्नो छोराको शव नेपाल ल्याउन आर्थिक सहयोग गरिदिन सिन्धुपाल्चोक खाडीचौरका भुजेल दम्पतीले आग्रह गरेका छन्। , हाल काठमाडौंको काँडाघारीमा अस्थायी रूपमा बसोबास गर्दै आएका श्याम बहादुर भुजेल र उनकी श्रीमती बुद्धीमाया भुजेलले छोराको शव नेपाल ल्याउन आर्थि...
सेतोपाटी संवाददाता धादिङमा पहिरोमा पुरी बेपत्ता भएका तीन जनाको खोजतलास गर्न थप जनशक्ति परिचालन भएको छ। , बिहीबार बिहान करिब साढे ७ बजे रूबीभ्याली गाउँपालिका-१ पुरूमा खसेको पहिरोमा पुरिएकाहरूको खोजी गर्न थप जनशक्ति परिचालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए। शुक्रबार पनि ब...
सेतोपाटी संवाददाता भारतीय ट्रकको ठक्करबाट रूपन्देहीको भैरहवामा एक जनाको ज्यान गएको छ।, भैरहवास्थित बुद्धचोकमा ४२ एटी ४३५२ नम्बरको भारतीय ट्रकले लु १८ प ५७१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ओमसतिया गाउँपालिकास्थित–१, खुन्साका ४१ वर्षीया जीवराज बस्यालको मृत्यु भएको हो।, सडक पार गर्नेबेला तीव्र गतिमा आएको ट्रकले मोटरसाइ...
सेतोपाटी संवाददाता संखुवासभामा शंकास्पद वस्तु फेला परेको छ। , चैनपुर नगरपालिका वडा नम्बर ६ स्थित बसपार्क नजिकै शंकास्पद वस्तु फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए। , उनका अनुसार सो वस्तु बिहीबार अपरान्ह ४ बजे फेला परेको हो। एउटा बट्टामा टेपले टालेको अवस्थामा सो वस्तु फे...
रासस भारतसँग सीमा जोडिएको बैतडीमा सरकारी सेवा लिनका लागि खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने छ।, कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जिल्लामा सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोनाविरूद्धको खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने भएको छ।  , गृह मन्त्रालयको निर्देशनअनुसार आगामी माघ ७ गतेदेखि सरकारी कार्यालयमा सेवा...
रासस म्याग्दीको बेनी अस्पतालको निर्माणाधीन पचास शय्या क्षमताको भवनका ठेकेदार आठ महिनापछि काममा फर्किएका छन्।, सम्बन्धित कार्यालयले कारबाही प्रक्रिया अघि बढाउनाका साथै नागरिक समाज, राजनीतिक पदाधिकारी, प्रशासनिक क्षेत्र र सञ्चार क्षेत्रबाट भएको दबाबका कारण ठेकेदार काममा फर्किएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहा...
विवेक राई नेपालमा पछिल्लो समय कोरोनाको संक्रमण फेरि उकालो लागेको छ। दैनिक हजारौं मानिस संक्रमित भइरहेका छन्। सरकार पछिल्लो संक्रमण ओमिक्रोन भेरियन्टले बढेको हो भनेर औपचारिक रूपमा भनिसकेको छैन तर ट्रेन्ड हेर्दा अहिले ओमिक्रोनकै कारण संक्रमण तीव्र भइरहेको देखिन्छ।, पछिल्लो डेढ सातायता संक्रमण पुष्टि भएका कोरोनाका बिरामी...
रासस नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लाले झन्डै तीन महिनापछि खाद्यान्न वितरण सुरू गरेको छ। आजदेखि सुरू गरिएको खाद्यान्न वितरणमा एक व्यक्तिले चार किलोग्राम मात्रै चामल पाउने भएको छ। ,     , समयमै चामल ढुवानी नहुँदा अनुदानको खाद्यान्न पाउनबाट बञ्चित हुँदा यहाँका नागरिक मर्कामा पर्दै आएका छन्।, प...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८७ जना कोरोना संक्रमित थपिएका छन्।, धेरै समयपछि एकैदिन ५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका हुन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार पिसिआर परीक्षणबाट ४ हजार २०४  र एन्टिजेन परीक्षणबाट ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घण्टामा ...
मनोज सत्याल इन्द्रजीत साफी र निरजकुमार कामतका बुवा-आमा नेपाली नागरिक हुन्। तर उनीहरू दुबैसँग नेपालको नागरिकता छैन। नेपालको संविधानले २०७२ सालअघि नेपालको नागरिकता लिएका बुबा र आमाका सन्तानले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यवस्था गरेको छ। उनीहरूलाई कानुन नभएको भन्दै राज्यले अनागरिक बनाएको छ।, इन्द्रजीत स...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा २६०७ संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ संक्रमित थपिएका छन्।, यस्तै काठमाडौं उपत्यकामा १० हजार ८११ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ७६२५, ललितपुरमा १९३५ र भक्तपुरमा १२५१ सक्रिय संक्रमित छन्।, नेपाल...
प्रभाकर गौतम ऐना छ र त मान्छे शताब्दीऔंदेखि आफ्नो अनुहार हेरेर मनैमन मस्किन पाएको छ। सुर्खेतबाट प्लस-टुको पढाइ सकेर काठमाडौं आउनुअघि संगीत पुरी पनि ऐनामा आफ्नै रूप हेरेर मख्ख पर्थिन्। तर जसै काठमाडौं आइन् उनलाई एलर्जीले सताउन थाल्यो।, उनका दिदी र साथीहरू मेकअप गरेर सिँगारिन्थे। अरू सिँगारिएको देख्दा उनलाई पनि 'राम्री'...
सेतोपाटी संवाददाता काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले सिंहदरबार भित्रै दुर्व्यवहार गरेका छन्।, शिक्षा मन्त्रालयमा शुक्रबार भएको सर्वपक्षीय बैठक सकेर बाहिरिने क्रममा नोबेल मेडिकल कलेजका अध्यक्षसमेत रहेका शर्मामाथि सोही कलेजका विद्यार्थीले कालोमोसो दलेर दुर्व्यवहार गरेका हुन्।, दुर्व्यव...
सेतोपाटी संवाददाता दाङ र बाँकेबाट लेनदेन मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका छन्। , दाङको घोराही उपमहानगरपालिका वडा नं. १८ का २८ वर्षीय राजेन्द्र गुप्ता पक्राउ परेका छन्। दाङ जिल्ला अदालतले २०७७ पुस २९ गते लेनदेन मुद्दामा दुई वर्ष कैद तोकेको थियो। , लुकीछिपी बसेको भन्ने गोप्य सूचनाका आधारमा घोराही-१५ तुलसीपुर चोक...
राजकुमार थापा पाटन अस्पताल र  बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर (सि.एम.एल) को औषधि निःशुल्क पाइन्छ।, यी दुई अस्पतालमा करिब १५ सय बिरामीले निःशुल्क औषधि पाइरहेका छन्। यो औषधि अस्पताललाई माक्स फाउण्डेशनले सहयोग गरेको हो। , यसले विश्वका १०० मुलुकमा निःशुल्क औषधि दिँदै आएको छ। पाटन अस्पतालमा २००२ बाट ...
सेतोपाटी संवाददाता प्रहरीले बागबजारबाट १० लाख बराबरको भन्सार छलीको सामान बरामद गरेको छ। , प्रहरीले शुक्रबार बागबजारबाट भन्सार छलेर ल्याइएको उक्त रकम बराबरको कोट, पाइन्ट, कुर्ता, सुरुवाल लगायत सामान बरामद गरेको हो। , विशेष सूचनाको आधारमा बागबजारबाट सामानसहित छ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक...