content
stringlengths
20
64.1k
रासस पछिल्ला समय कोरोना भाइरसको तेस्रो लहरसँगै देशभर संक्रमित हुनेको संख्या बढेको छ।, आम नागरिकसँगै कोरोनाविरूद्ध अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीसमेत संक्रमित हुने क्रम बढेको छ।, गण्डकी प्रदेशमा मात्र तीन साताका अवधिमा ३०० का हाराहारीमा चिकित्सक र नर्सलगायतका स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्।, कोरोनाका बिरामी...
सेतोपाटी संवाददाता बाँके र सुर्खेतको सिमाना बबईमा रहेको हेल्थ डेस्क छिन्चुमा सारिएको छ।, बबईमा पर्याप्त ठाउँ नभएकाले कर्णाली प्रदेश सरकारले भेरीगंगा नगरपालिकासँग समन्वय गरी छिन्चुमा हेल्थ डेस्क सारेको हो।, भेरीगंगा नगरपालिका–१२ तोलीखोला पुलको पारिपट्टि हेल्थ डेस्क स्थापना गरिएको हो। तेस्रो मुलुक, भारत तथा नेपालका केही...
सेतोपाटी संवाददाता कैलालीमा ट्रकसँग विंगर ठोक्किँदा १६ जना घाइते भएका छन्।, सोमबार बिहान गोदावरी नगरपािलका-१ मा अत्तरियाबाट धनगढीतर्फ आइरहेको ना ४ ख १९१५ नम्बरको ट्रकसँग पछाडीबाट आइरहेको सु.प.प्र.०२००१ ख ११६६ नम्बरको विंगर ठोकिएको प्रहरीले जनाएको छ।, विंगरमा सवार रहेका सबै घाइते भई विभिन्न अस्पतालमा उपचाररत् रहेको जिल...
सेतोपाटी संवाददाता काठमाडौंमा जोरबिजोर प्रणाली नमान्ने १८५ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। , काठमाडौंमा आइतबार जोर मितिको दिन पनि बिजोर सवारी साधन चलाउने १८५ सवारी साधनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। सो संख्या बिहान १० बजेसम्मको हो।, त्यसमध्ये १५९ वटा दुई पांग्रे र २६...
सेतोपाटी संवाददाता नेपालको राइड सेयरिङ कम्पनी पठाओले आफ्नो एपबाटमात्रै सेवा लिन र दिन आग्रह गरेको छ। , सोमबार एक विज्ञप्ति जारी गर्दै पठाओका चालक र यात्रु दुबैले अफलाइन सेवा नदिन र नलिन भनेको हो।, शनिबार मध्यराति एक जना पठाओ राइडरलाई बन्धक बनाएर धापाखेल पुर्‍याइ मोटरसाइकल लुटपाट गरेका थिए। पछि दुई जना मिलेर ती पठाओ रा...
रासस जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा आधार शिविरमा विभिन्न क्षेत्रका नेतृत्वदायी भूमिका खेलेका महिलाहरूले पदयात्रा (ट्रेकिङ) गर्ने भएका छन्। , आगामी मार्च ८ तारिख अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ भन्ने नारासाथ विभिन्न विधाका प्रतिष्ठित २७ महिलाले ...
सेतोपाटी संवाददाता अवैध विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक पक्राउ परेका छन्।  , अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान क्षेत्रमा जाँच गर्ने क्रममा अवैध मुद्रा भेटिएपछि भारतीय नागरिक इसाक खान र इब्राहीम खानलाई आइतबार प्रहरीले पक्राउ गरेको विमानस्थल कार्यालयले जनाएको छ।, फ्लाई दुबईको जहाज...
रासस वन्यजन्तु करिडोरमा लापरबाहीपूर्ण तरिकाले सडक विस्तारको काम गर्दा गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।, सडक विस्तार गर्दा गर्नुपर्ने आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी डिभिजन सडक कार्यालय भरतपुरले काम गराउँदा गैंडा मरेको हो।  ,  , निकुञ्जको वरण्डाभार वन क्षेत्रमा निर्माणाधीन नालीको खाडलमा परेर आइतबार ...
सेतोपाटी संवाददाता धनकुटामा श्रीमतीको हत्या गरी घरभित्रै गाडेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। , धनकुटा नगरपालिका-४ छारागाउँकी ५२ वर्षीया सीता श्रेष्ठको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए। , उनका अनुसार सीता पुस १६ गतेदेखि बेपत्ता थिइन्। घरायसी विवाद भएपछि उन...
सेतोपाटी संवाददाता घोराही कारागारका फरार नाइके यमराज परियार भारतमा पक्राउ परेका छन्।, भारतबाट आजै उनलाई घोराही ल्याइनेछ। उनलाई पक्राउ गरिएको एक प्रहरी अधिकृतले जानकारी दिए।, परियार पुस ८ गते दिउँसो प्रहरीको मोटरसाइकल लिएर फरार भएका थिए।, जिल्ला प्रहरी कार्यालयले सोमबार बेलुका पत्रकार सम्मेलन आयोजना गरेको छ।, तर एसपी स...
सेतोपाटी संवाददाता मोरङमा १२ दिनदेखि हराइरहेका एक युवकको शव फेला परेको छ।, मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दन जिसीले केराबारी गाउँपालिका-८ का २६ वर्षीय बाबुराम भट्टाराईको शव आइतबार दिउँसो फेला परेको जानकारी दिए।, उनको शव ढलेको सालको रूखमूनि घोप्टो परेको अवस्थामा भेटिएको हो।, आइतबार दुई जना गोठालाले खोर्साने केराबार...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ३१९ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणबाट ८ हजार ५४ र एन्टिजेन परीक्षणबाट २२६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घण्टामा २१ हजार २०१ जनामा कोरोना परीक्षण गरिएको थियो। , देशभर ८...
रासस निर्माणका हिसाबले नेपालको दोस्रो सुरूङमार्ग सिद्धबाबा सुरूङमार्गको निर्माण आगामी महिना सुरू हुने भएको छ। , सिद्धार्थ राजमार्गको सबभन्दा जोखिम खण्डका रूपमा रहेको सिद्धबाबा खण्डमा सुरूङसँगै ‘रकसेड’ निर्माण गर्न लागिएको छ।, बर्सेनि पहिराका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा क्षति कम गराउनका लागि सुरूङ निर्माण गर्...
विवेक राई यदि तपाईं कोरोना संक्रमण भएर 'होम आइसोलेसन' मा बसिरहनुभएको छ भने तपाईंलाई कति दिन घरभित्रै बस्नुपर्छ भन्ने लाग्दो हो।, त्यसमाथि अहिले आइसोलेसनमा पाँच दिन बसे पुग्छ भन्ने कुरा आइरहँदा यसले तपाईंलाई झन् अलमल बनाइरहेको होला।, यही जिज्ञासा हामीले संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदीलाई सोधेका छौं।, डाक्टर सु...
सेतोपाटी संवाददाता मंगलबारदेखि टेकु अस्पातलमा पुनः कोभिड-१९ विरूद्धको खोप सञ्चालन हुने भएको छ। , शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई कोभिड १९ संक्रमण देखिएपछि कोभिड विरूद्धको खोप अभियान आजदेखि एक साताका लागि  स्थगित गरिएको थियो। , काठमाडौं महानगरपालिका, स्वास्थ्...
नारायण खड्का सवारी ज्यान मुद्दामा चालको चरम लापरवाही भन्दै अदालतले दश लाख धरौटी माग गरेको छ। , घोराही उपमहानगरपालिका वडा नं. १३ का ४३ वर्षीय चालक नरबहादुर पुनले चरम लापरवाही गरेको ठहर गर्दै उच्च अदालत तुलसीपुरले पुनसँग दश लाख रूपैंया धरौटी माग गरेको अदालतका शाखा अधिकृत गोकर्ण वलीले सेतोपाटीलाई बताए। , गत भदौ १६ गते ने...
भगवती पाण्डे दुई वर्षअघिसम्म लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा धेरै सटरहरू थिए। ७३ वटा व्यावसायिक सटरहरू अस्पतालले भाडामा लगाएको थियो।, तिनमा रहेका फार्मेसी र क्लिनिकबाट अस्पताल विकास समितिले ७ करोड बढी आम्दानी गर्थ्यो। यो आम्दानीभन्दा भारी  थियो अस्पतालले यिनकै कारण कमाएको बदनामी।, किनभने सरकारी अस्पतालमा काम गर्ने ...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ हजार ६ सय ७६  जना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३६३४, भक्तपुरमा ४५५ र ललितपुरमा ५८७ संक्रमित थपिएका छन्।, यस्तै काठमाडौं उपत्यकामा ५२ हजार ८४२ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३८५८१, ललितपुरमा ९०५१ र भक्तपुर...
रासस भक्तपुरका औषधि पसल एवं फार्मेसीमा सिटामोल अभाव भएको छ।, घर-घरमा ज्वरो तथा रूघाखोकीका बिरामी थपिँदै गएपछि सिटामोलको माग बढे पनि आपूर्ति नहुँदा सिटामोलको अभाव भएको छ।, भक्तपुरमा फार्मेसी सञ्चालक रुद्र न्यौपानेले सिटामोलको माग धेरै भएको तर आपूर्ति भने शून्यजस्तै भएकाले सिटामोलको अभाव भएको बताए।, प्रमुख जिल्ला अधिकार...
पूर्णप्रसाद मिश्र सरकारले तोकेको मापदण्डविपरीत सरकारी कार्यालय र कम्पनीले नै इच्छुमती (टुकुचा) खोला दायाँबायाँ जग्गा नछाडी संरचना निर्माण गरिरहेका छन्। , मन्त्रिपरिषद्ले विसं २०६५ मंसिर १ गते काठमाडौं उपत्यकाभित्रका नगरपालिका र नगरोन्मुख गाविसहरूमा गरिने निर्माणसम्बन्धी मापदण्ड २०६४ मा संशोधन गरेको थियो।, संशोधनअनुसार...
एजेन्सी सिरियामा बम आक्रमणमा परी खुट्टा गुमाएका बुवाले पाखुरा र गोडा नभएका छोरालाई  उचालिरहेको एउटा तस्बिर गत वर्ष निकै भाइरल भएको थियो।, टर्कीका फोटोग्राफर मेहमेत अल्सानले खिचेको उक्त तस्बिरमा वैशाखी टेकेर मुन्जिर एल नेजेल आफ्ना छोरा मुस्ताफालाई उठाइरहेका थिए। यो तस्बिर टर्की र सिरियाको सीमानजिकै खिचिएको थियो। पछिल्ल...
सेतोपाटी संवाददाता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्वभर फैलिएको कोभिड-१९ भाइरसको ओमिक्रोन भेरियन्टले नयाँ भेरियन्ट बनाउने जोखिम रहेकोले निरन्तर सावधानी अपनाउन आग्रह गरेको छ।, सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेलले ओमिक्रोन भाइरस जत...
सेतोपाटी काठमाडौंको पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिलाई चढ्ने र ओर्लने सुविधा प्रदान गरिने भएको छ।, महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि फरक क्षमता भएका व्यक्तिलाई सार्वजनिक सवारी साधनमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्नको लागि पुरानो बसपार्कमा ठाउँको व्यवस्था गरेको हो।, महाशाखाका प्रमुख, प्रहरी वरि...
रासस राष्ट्रिय योजना आयोगमातहतको केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा तयार गरेको छ।, सो जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो।, नेपालको संविधान, २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा यही...
रासस रक्षा मन्त्रालयका नवनियुक्त सचिव किरणराज शर्मालाई नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, अपरेसनल गतिविधि, कल्याणकारी कार्यलगायतका विषयमा औपचारिक रूपमा जानकारी गराइएको छ।, उनको सम्मानमा नेपाली सेनाद्वारा जङ्गी अड्डामामा  आयोजित कार्यक्रमा मुलुकको  वर्तमान वस्तुस्थिति लगायतका विषयमा प्रस्तुतिकरणमार्फत जानकारी...
नारायण खड्का दाङको घोराही कारागारबाट एक महिनाअघि भागेका कैदी यमराज परियारलाई प्रहरीले ३२ दिनपछि पक्राउ गरी सोमबार सार्वजनिक गरेको  छ। , दाङको राजपुर गाउँपालिका वडा नं. ३ का २९ वर्षीय परियार पुस ८ गते उपचारको बहाना बनाई प्रहरीकै मोटरसाइकल लगेर भाग्न सफल भएका थिए।, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुक...
सेतोपाटी संवाददाता ओखलढुंगामा गुडिरहेको यात्रुबाहक जिपमा माथिबाट ढुंगा खस्दा तीन जनाले ज्यान गुमाएका छन्। , ओखलढुंगाको सिद्धिचरण नगरपालिका नारायणथानमा आइतबार करिब ९ बजेतिर बाटो खन्दा माथिबाट लडाएको ढुंगाले सडकमा गुडिरहेको को १ ज ३५६९ नम्बरको बोलेरोलाई किचेको प्रहरीले जनाएको छ।, मानेभन्जाङ गाउँपालिका-१ मोलिकाबाट ओखलढुं...
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंको टोखाबाट कस्तुरीको बिना जस्तो देखिने वस्तुसहित चार जनालाई पक्राउ गरेको छ। , महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले शनिबार टोखा नगरपालिका-३ भत्केको पुल नजिकमा अवैध रूपमा वन्यजन्तु ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरेको बताए। , उनका अनु...
राजकुमार पराजुली/रासस ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदामा सूचीकृत हुन मन्त्रिपरिषद् निर्णयको पर्खाइमा रहेको छ। सूचीकृत हुनुपूर्व आवश्यक सम्पूर्ण प्रशासनिक प्रक्रिया सकेर एक वर्षअघि नै मन्त्रिपरिषदमा ‘फाइल’ गरेको नगरपालिकाले जनाएको छ । , पनौती नगरपालिका–७ विश्व सम्पदामा सूचीकृत गर्न स...
सञ्चिता घिमिरे महाकाली राजमार्गको विकल्पका रुपमा गत वर्षबाट दार्चुलामा निर्माण सुरु भएको घोरेटो बाटो चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ। व्यास गाउँपालिकाको छाङ्गरु तिङ्कर जोड्ने गरी घोरेटोको निर्माण सुरु गरिएको हो । , सरकारले महाकाली राजमार्ग सम्पन्न गर्न लामो समय लाग्ने देखिएकाले तत्कालका लागि स्थानीयवासीको ...
सेतोपाटी संवाददाता भक्तपुरमा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको छ। , सूर्यविनायक नगरपालिका-४ दधिकोट गाम्चास्थित घरको कोठामा निस्सासिएर तीन महिने बालकको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , दुई जना गम्भीर अवस्थामा समेत रहेको पाण्डेले बताए।, रामेछाप मन्थली नग...
रासस राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्ने गरी तयारी सुरु गरेको छ।, बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो।, बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसइई वैशाखमा र कक्षा १२ को परीक्षा ...
राजेश घिमिरे चितवनमा बन्दै गरेको सडकको नालीमा परेर एक गैंडा मरेको छ। , जिल्ला बन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार नारायणघाट-हेटौंडा सडक खण्डको गोन्द्राङ भन्ने ठाउँमा नालीमा परेको भाले गैंडा आइतबार दिउँसो मरेको हो। उक्त सडक ६ लेनको बन्दै छ। , खनालका अनुसार नालीमा खसेको गैंडा चितवन राष्ट्रिय निकुन्ज...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणबाट ५ हजार ५९८ र एन्टिजेन परीक्षणबाट ८६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घण्टामा १७ हजार ४३७ जनामा कोरोना परीक्षण गरिएको थियो। जसमध्ये १३...
सेतोपाटी संवाददाता काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा खोप अभियान कार्यक्रम स्थगित भएको छ ।, अस्पतालका ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोभिड–१९ को संक्रमण भएपछि अस्पतालले खोप अभियान स्थगित गरेको हो।, आइतबार अस्पतालले एक विज्ञप्ति जारी गर्दै भोलि (सोमबार) देखि अर्को आइतबारसम्म ...
युनिक श्रेष्ठ प्राणनाथ महर्जन ललितपुर महानगरपालिका-२७ सुनाकोठीका स्थानीय बासिन्दा हुन्।, सुनाकोठीको बालकुमारी मन्दिर नजिकै प्राणनाथको घर छ। सो मन्दिरको व्यवस्थापन बालकुमारी गुठीले गर्छ। गुठीमा ६०० बढी गुठीयार छन्। प्राणनाथ पनि एक गुठियार हुन्। , गुठीले मन्दिरको हेरचाह र पूजाआजा गर्ने जिम्मा आफ्ना सदस्यमध्ये सबैभन्दा ज...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयले यही माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ।, सबै क्याम्पस तथा विभागले माघ १० भित्र अनलाइन कक्षाको रूटिन बनाइसक्नुपर्नेछ भने रूटिन डिन कार्यालयमा पठाउनुपर्नेछ।, त्रिवि रजिष्ट्रार कार्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले आज सूचना ...
सेतोपाटी संवाददाता ललितपुर महानगरले ऐतिहासिक, सांस्कृतिकसँगै धार्मिक महत्वका जात्रा, नाच संरक्षणका लागि अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग गरेको छ। , आर्थिक अभावमा यी अमूर्त सम्पदाको अस्तित्व संकटमा नपरोस् भन्दै महानगरले अक्षयकोष स्थापनाका लागि सहयोग गरेको हो। , यसै क्रममा महानगरले शनिवार कात्तिक नाचको अक्षय कोषका लाग...
सेतोपाटी संवाददाता नेपालमा कोरोना संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको छ । , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार दिएको जानकारी अनुसार संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो। , राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लोपटक गरिएक...
युनिक श्रेष्ठ पठाओ राइडरलाई लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , महानगरीय प्रहरी वृत्त सातदोबाटोले लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धिबिक्रम शाहले जानकारी दिए। पक्राउ पर्नेमा सिन्धुलीका २१ वर्षीय सुमन तामाङ र खोटाङको हलेसीका २६ वर्षीय ...
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमडी/एमएसको प्रवेश परीक्षाबाट नक्कली परीक्षार्थीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्युरोले शनिबार काठमाडौंका परीक्षा हलबाट तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , प्रहरीले नक्कली परीक्षार्थी, बिचौलियाक...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाको ७ वटा ट्राफिक कार्यालयमा मेसिनबाट ट्राफिक नियम उल्लंघन गरेबापत चालकले जरीवाना तिर्न पाउने भएका छन्।, यसअघि महानगरीय ट्राफिक प्रहरी महाशाखामा सुरू भएको यो सेवा आइतबारदेखि गौशाला, कोटेश्वर, गठ्ठाघर, थापाथली, मालीगाउँ र दरबारमार्गबाटसमेत तिर्न पाउने गरि विस्तार गरिएको महानगरीय ट्राफि...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले अत्यावश्यकबाहेक अन्य सबै सेवा ५ दिनका लागि स्थगित गरेको छ।, महानगरपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिसमेत कोभिङ १९ को नयाँ भेरिएन्ट (ओमिक्रोन)बाट संक्रमित भएकाले अत्यावश्यकबाहेक सबै सेवा भोलि सोमबारदेखि ५ दिनसम्मका लागि स्थगित भएको हो।, ‘अधिकांश कर्मचारी संक्रमित भई नियमित...
सेतोपाटी संवाददाता काठमाडौंमा टेलिकमका तार चोरी गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।, प्रहरीले शनिबार टेलिकमका तार चोरी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , बझाङ घर भई काठमाडौंको गैरिधारा बस्ने २३ वर्षीय प्रेमबहादुर बोहरा, ...
राजेश घिमिरे पूर्वबाट आउँदा टिकौली जंगल सकिने ठाउँमा आइतबार दिउँसो साढे दुई बजेतिर चहलपहल बढ्दै थियो।, भरतपुर महानगरपालिका प्रवेशस्थल गोद्राङमा प्रहरी बिटबाट करिब ५० मिटर पर मान्छेहरु सडकछेउको नालीतिर मोबाइल ढल्काएर फोटो/भिडिओ खिच्न व्यस्त देखिन्थे।, सडक विस्तार क्रममा बन्दै गरेको नालीभित्र बढेमानको जीव एकसिंगे गैंडा ...
सेतोपाटी संवाददाता दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , तुलसीपुर उपमहानगरपालिका-१२ का अरुण देवकोटाकाे दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए। , सोही मोटरसाइकलमा सवार चितवन भरतपुर महानगरपालिका-७ बस्ने ३५ वर्षीय रामप्रसाद सापकोटा घाइते छन्। ...
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंको सिनामंगलमा एक पुरूषमाथि कैँची प्रहार गरी घाइते बनाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। , महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले मोरङ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका बस्दै आएका ३३ वर्षीय विनोद आचार्यलाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) दिने...
सेतोपाटी संवाददाता मोरङको सुन्दरहरैंचा नगरमा एक महिला अपहरणपछि सामूहिक बलात्कारको शिकार बनेकी छन्। , सुन्दरहरैंचास्थित आफन्तकोमा बस्दै आएकी ३१ वर्षीया महिलामाथि गत शुक्रबार अपहरणपछि बलात्कार भएको हो। इटहरीस्थित एक स्वास्थ्यकर्मीको घरमा घरेलु कामदार रहेकी उनी काम सकेर फर्कने क्रममा अपहरणमा परेकी थिइन्। , इहटरीबाट शुक्र...
रमेश लम्साल राष्ट्रिय गौरवको आयोजनाकारुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितले अब ह्रास कट्टीबापतको रकम तिर्नु नपर्ने भएको छ।, आयोजना प्रभावितले ह्रास कट्टीबापतको रकम तिर्नु परेको भन्दै लामो समयदेखि गुनासो गर्दै आएका थिए।, आयोजना प्रभावितको माग सम्बोधन गर्दै सरकारले अबदेखि डुबान क्षेत्रमा रहेका परिवारले घर...
रासस भक्तपुरमा कोरोना सङ्क्रमितको ‘ग्राफ’ उकालो लागेको छ।, पछिल्लो समय जिल्लामा दैनिक ५०० भन्दा धेरै सङ्क्रमित थपिएका छन्।, स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ सङ्क्रमित थपिए।, त्यस्तै यही माघ ८ गते शनिबार ९६८, ७ गते ६२७, ६ गते ५६४ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालयमा प्...
सेतोपाटी संवाददाता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।, हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ।, स...
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले देशका अधिकांश भेगमा बदली हुनाका साथै कतिपय प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाले आगामी २४ घण्टाका लागि सचेन रहन आग्रह गर्दै  वर्षा र हिमपातका कारण चिसो अझै बढ्ने क्रम रहेकाले त्यसबाट बच...
सेतोपाटी संवाददाता भुम्लु गाउँपालिका-८ इन्द्रावती नदी र सुनकोसी नदीको दोभानस्थित किनारमा आफ्ना लुगा-जुत्ता छाडेर एक जोडी बेपत्ता भएका छन्।, एक दिनको फरकमा हप्ताअघि घरबाट बेपत्ता भएका विवाहिता उनीहरूको बाहिरी बस्त्र शुक्रबार बिहान दोभानस्थित बगरको ढुङ्गामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, कार्यालयका प्रहर...
रासस वालिङ नगरपालिकाले कोभिड-१९ को परीक्षण, भोजन तथा औषधिलाई निःशुल्क गरेको छ। , नगरपालिकाले वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा निर्माण गरेको आइसोलेसन सेन्टरमा कोभिड-१९ संक्रमणका कारण भर्ना भएर बसेका बिरामीलाई खाना, नास्ता तथा औषधि निःशुल्क उपलब्ध गराएको नगरप्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिलीपप्रताप ख...
सेतोपाटी संवाददाता नेपाली सेनाको पश्चिम कमान्डले सञ्चालन गरेको हवाई सेवाले धेरै सर्वसाधारणको ज्यान बचाएको छ। विकेन्द्रित संरचनामा गएको सेनाले पछिल्लो समय पश्चिम कमान्डअन्तर्गत सुर्खेतको वीरेन्द्रनगरबाट हवाई सेवा सुरु गरेपछि धेरैको ज्यान बचेको हो।, कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनीका दुई जिम्मामा पश्चिम कमान्डले काम गर...
सेतोपाटी संवाददाता विगत पाँच दिनमा महोत्तरी जिल्लाका विभिन्न स्थानबाट स्रोत नखुलेको ५० लाखसहित पाँच जना पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले विगत पाँच दिनमा स्रोत नखुलेको ४६ लाख चार हजार २०० र १५ लाख ३६ हजार बराबरको चेक, दुई हजार जाली नोट र करिब तीन लाख नक्कली नोट बनाउने कागज...
सेतोपाटी संवाददाता कोभिड महामारीकाबीच मौसममा देखिएको प्रभावका कारण कोभिडजस्तै लक्षण भएका मानिसहरूको सङ्ख्यामा वृद्धि देखिएको चिकित्सकहरूले बताएका छन्।, काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा कोभिड सङ्क्रमण पुष्टि हुने क्रम दिनानुदिन बढ्दो क्रममा छ।, यसले मौसमी फ्लू वा रुघाखोकी लागेका मानिसहरू डराएका र परीक्षण गर्न...
सेतोपाटी संवाददाता सुनसरीमा तरबार प्रहार गरी श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ परेका छन्।, पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका-१ उराव टोलका ३२ वर्षीय लालुप्रसाद उराव रहेका छन्।, ३० वर्षीया श्रीमती चन्द्रकलालाई तरबार प्रहार गरी उनले शुक्रबार राति हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।, तरबार प...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५४ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार पिसिआर परीक्षणबाट ८ हजार २१२  र एन्टिजेन परीक्षणबाट २०४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घण्टामा २० हजार १८७ जनामा कोरोना परीक्षण गरिएको थियो।, देशभर ७२ हजार ८ सय...
रासस मेलम्ची नगरपालिका-३ हैबुङमा ढुंगाले थिचेर एक जनाको ज्यान गएको छ।, बर्दिया घर भएका अन्दाजी ४० वर्षीय शेरबहादुर श्रेष्ठको ज्यान गएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।, आज दिउँसो ३ बजे हैबुङ पाटीभञ्याङ सडक स्तरोन्नति गर्ने क्रममा माथिबाट आएको ढुङ्गाले थिचेर स्काभेटर चालकको ज्यान गएको इलाका प्रहरी कार्यालय मे...
सेतोपाटी संवाददाता २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रूपन्देहीबाट एक व्यक्ति पक्राउ परेका छन्।,  लुम्बिनी सांस्कृतिक नगरपालिका-९ का २६ वर्षीय सुवास यादवलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो।, ती महिलालाई लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ पिपरास्थित खाली खेतमा जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।, ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ५३०६ संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३७६२, भक्तपुरमा ४३४ र ललितपुरमा १११० संक्रमित थपिएका छन्।, यस्तै काठमाडौं उपत्यकामा ४७ हजार २४ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३४१५९, भक्तपुरमा ४६४५ र ललितपुरमा ८२२० सक्रिय संक्रमित छन्।, नेपा...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न काठमाडौंका विद्यालयलाई निर्देशन दिएको छ।, केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन...
सेतोपाटी संवाददाता नेपाल प्रहरी र थानकोट जेसिजले नि:शुल्क मास्क वितरण र जनचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको छ।, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हाल नेपालमा तीव्र रूपमा बढ्दै गरेको ओमिक्रोन कोरोना संक्रमण दरलाई न्यूनीकरण गर्नको लागि महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट जेसिजको संयुक्त आयोजनामा 'सप्ताहव्या...
सेतोपाटी आगामी सोमबारसम्म देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ।, जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिमबाट शनिबार, आइतबार र सोमबार क्रमशः नेपालभर प्रभाव पार्ने सम्भावना रहेको छ...
सेतोपाटी संवाददाता चीन सरकारले नेपाललाई २० लाख सिरिञ्ज उपलब्ध गराएको छ।, अनुदानमा उक्त सिरिञ्ज चीनले उपलब्ध गराएको हो।, कोभिड–१९ महामारी विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन चीन सरकारले २० लाख सिरिञ्ज उपलब्ध गराएको हो।, उक्त परिमाणको सिरिञ्ज शनिबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको काठमाडौंस्थित चिनियाँ दूतावासले...
रासस काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढिरहेकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ।, केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो।, कोरोना...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) ले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ।, सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले पूर्ण बैठकपछि प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च, उच्च र जिल्ला, विशेष तथा न्यायाधीकरण गरी देशभरका अदालतमा आइतब...
रासस दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय जग्गा अतिक्रमणको चपेटामा परेको छ।, विश्वविद्यालयको देउखुरी क्षेत्रमा रहेको एक हजार ३३६ बिघा र तुलसीपुरस्थित बेलझुण्डीमा रहेको करिब २५ बिघा जग्गा अतिक्रमणमा परेको छ।, विश्वविद्यालयको दाङका चार स्थानीय तहमा जग्गा छ। तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका तथा गढवा र ...
रासस जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ।, सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको माघ ७ र नवजात शिशुको माघ ५ मृत्यु भएको हो।, अस्पतालका अनुसार उनको शल्यक्रिया गरेर सुत्केरी गराइएको थियो। टीकाका ससुरा धनसिंह सार्कीका अनुसार सुत्केरी व्यथाले च्यापेपछि उनलाई जिल्ला अस्पतालम...
सेतोपाटी संवाददाता बेनी, माघ ९, आन्द्राको क्यान्सर रोगबाट ग्रसित भएर भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेकी बेनी नगरपालीका–२, बगरफाँट, म्याग्दीकी २० वर्षीया विनिता शर्माको उपचारमा आर्थिक अभाव भएकाले उनको परिवारले सहयोगको अपिल गरेको छ।, विनिता क्रियाशील पत्रकार ध्रुबराज शर्माकी सुपुत्री हुन्। , ‘उपचारको समय धेरै लाग...
एजेन्सी भारतमा लगातार तेस्रो दिन कोरोनाका नयाँ सङ्क्रमितको सङ्ख्यामा कमी देखिएको छ।, भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ३ लाख ९ हजार ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, यस बीचमा २ लाख ४८ हजार २ सय २० जना संक्रमित निको भएका छन्। पछिल्लो २४ घन्टामा थप ५०७ जना सङ्क्रमितले ज्यान गुमाएका छन्।, यसअघि शु...
रासस झापाको कचनकवल गाउँपालिका–५ स्थित स्टार इँटा उद्योगमा एक भारतीय महिला मजदुरको मृत्यु भएको छ।, इँटाभट्टाको चिम्नी लिप्ने क्रममा शनिबार दिउँसो इँटा र माटोले च्यापिएर पश्चिम बङ्गालकी ३५ वर्षीया अमिना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए।, इँटा र माटोले च्या...
सेतोपाटी संवाददाता ललितपुरको सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको छ।, गए राति उक्त मूर्ति चोरी भएको हो।, मूर्ति चोरी भएको घटना बिहानमात्रै थाहा भएको थियो।, मन्दिरका पूजारी पूजाआजाका लागि जाँदा मूर्ति नदेखेपछि चोरी भएको घटना बाहिरिएको थियो।, मन्दिरको मूर्ति चोरी भएको पूजारीले बताएपछि वडाध्यक्षले प्रहरी...
रासस जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेकका अन्य सेवा हाललाई स्थगन गरेको छ।, कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना सङक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो।, प्रमुख जिल्ला अधिकारी जगन्ननाथ पन्तका अनुसार आइतबारदेखि शान्ति सुरक्षाका मुद्दा, फोटोसहितको मतदाता नामावल...
रासस छाडा चौपायालाई व्यवस्थित गर्न थालेपछि जिल्लामा फाटफुट मात्रामा गिद्ध देखा पर्न थालेका थिए।, छाडा चौपायाले किसानको बाली खाएर नोक्सान गरिदिने, सडक अवरुद्ध गरेर दुर्घटना निम्त्याउने, सडक, बस्ती फोहोर गर्न थालेपछि व्यास नगरपालिकाको सक्रियतामा व्यास–१० शिशुवा भतेरीमा गौ-संरक्षण केन्द्र स्थापना गरिएको छ।, नेपाल विद्युत...
एजेन्सी पछिल्लो समय संसारभरि कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टले जनजीवन प्रभावित भएको छ।  संक्रमण बढेको छ भने सरकारहरूले प्रतिबन्धात्मक नियमहरू लागु गरेका छन्।, न्युजिल्यान्डमा भने ओमिक्रोन भेरियन्टले संक्रमण बढेपछि प्रधानमन्त्री ज्यासिन्डा आर्डेनको विवाह नै रोकिएको छ।, समाचार संस्था रोयटर्सका अनुसार आइतबार संवाददाताहरू...
सेतोपाटी संवाददाता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।, कोरोना संक्रमण पुष्टि भएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको पारिवारिक थियो।, सीताकी छोरी गंगाले आमालाई तीन दिनदेखि अस्पतालमा राखेर उपचार गरिएको बताएकी छन्।, ‘चिकित्सकका अनुसार ममीको स्वास्थ्य अव...
नवीनबाबु गुरूङ जोर-बिजोर प्रणाली लागु गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा थप कडाइ गरेको छ। , कोरोनाभाइरसको जोखिम न्यूनीकरणका लागि भन्दै उपत्यकाका तीनै प्रशासन कार्यालयले शनिबारदेखि जोर-बिजोर प्रणाली लागू गरेका छन्।, महाशाखाले जोर-बिजोर प्रणालीको पूर्णपालना गराउन विभिन्न ठाउँमा चेकप्वाइन्टहरू राखी...
सेतोपाटी संवाददाता शुक्रबार झिसमिसे साँझ पर्दै थियो, नेपाल प्रहरीको कन्ट्रोल रूमको १०० नम्बरमा घण्टी बज्यो। फोनमा बोलिरहेको युवतीको आवाज डरले कापिरहेको सुनिन्थ्यो। , फोनमा बोलिरहेको युवती समस्यामा छन् भन्ने आवाज सुन्नेबित्तिकै प्रहरीले लख काटिसकेको थियो। नभन्दै उनले आफूमाथि दुई जना युवकले जबर्जस्ती गरिरहेकोले तत्काल उ...
सेतोपाटी संवाददाता काठमाडौंका विभिन्न ठाउँमा गुणस्तरहीन मह उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, काठमाडौं-२७ ज्याठाका ३८ वर्षीय नरबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।, मह उत्पादन गर्ने ठाउँबाट ७ हजार ६ सय तयारी तथा कच्चा मह बरामद गरिएको महानगरीय अपराध महाशाखा प्रमुख प्रहरी वर...
सेतोपाटी संवाददाता मोरङको कानेपोखरी-रंगेली सडक खन्ड अन्तर्गत कानेपोखरी गाउँपालिका २ स्थित गेउरीया पुलमा पछिल्लो समय दैनिकजसो दुर्घटना भइरहेको छ।, ठेकेदारको लापरबाहीले २ वर्षमा निर्माण सम्पन्न हुनुपर्ने पुल निर्माण ८ वर्षमा पनि नहुँदा दैनिकजसो दुर्घटना हुने गरेको छ। , पछिल्लो १ वर्षको अवधिमा उक्त ठाउँमा दर्जन बढी मोटरस...
सेतोपाटी संवाददाता ललितपुरको टुटेपानीस्थित होस्टेलमा एक युवक मृत अवस्थामा फेला परेका छन्। , ललितपुर महानगरपालिका-११ टुटेपानीस्थित रोहित पौडेलले एक भाडामा लिएर सञ्चालन गरेको रोयल ब्वोइज होस्टेलमा एक युवक मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए। , सप्तरी राज...
एजेन्सी संसारकै सबैभन्दा ठूलो तातो मरूभूमि सहारामा पछिल्लो समय हरेक वर्षजसो हिउँ पर्न थालेको छ।, बिबिसीका अनुसार केही दिनअघि पनि सहारामा हिउँ परेको छ। पश्चिम अफ्रिकामा पर्ने ९२ लाख स्क्वायर किलोमिटर क्षेत्रफल भएको मरूभूमिको केही भागमा हिउँ परेको हो। मरूभूमिको बालुवामा हिउँ पर्दा आकर्षक प्याट्रन बनेको देखिन्छ।, सहारामा...
गोपालप्रसाद बराल/रासस ‘अहा...! आब अपन कञ्चनवन सेहो राजधानीमेँ समटागेल, कुछ होइत बुझाइय’ (आहा..! अब हाम्रो कञ्चनवन पनि राजधानी क्षेत्रभित्र समेटिएछ, केही हुन्छ कि क्या हो?) गत सोमबार प्रदेशसभा–२ ले प्रदेशको नाउँ ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’ निर्णय गरेको सुनेका भङ्गाहा नगरपालिका–९ हरिणमरीका ७० वर्षीय हरिनारायण यादवले रा...
सेतोपाटी संवाददाता पूर्वाञ्चल विश्वविद्यालयका सबै परीक्षाहरू स्थगित भएको छ।, कोरोना संक्रमणले गर्दा पूर्वनिर्धारित सबै परीक्षाहरू हालका लागि स्थगित गरिएका हुन्।, परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले आज सूचना निकालेर सबै संकायअन्तर्गत विभिन्न शैक्षिक कार्यक्रम (वर्ष/सेमेष्टर) मा सञ्चालनमा रहेका र सञ्चालन हुन बाँकी परी...
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीडभाडजन्य गतिविधिहरूलाई निरूत्साहित गर्नका लागि सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरिएको बताएको छ। , काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले शुक्रबार रातिदेखि उपत्यकामा चल्ने सवारी साधनहरूमा जोरबिजोर प्रणाली लागु ग...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ७०३ जना कोरोना संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार पिसिआर परीक्षणबाट ८ हजार ८१५  र एन्टिजेन परीक्षणबाट १८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनामा कोरोना परीक्षण गरिएको थियो।, देशभर ६५ हजार ३ स...
सेतोपाटी संवाददाता लागुऔषध र लेनदेन मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परेका छन्। , लागुऔषध मुद्दाका फरार प्रतिवादी घोराही उपमहानगरपालिका वडा नं. ३ का ४० वर्षीय टेकबहादुर नेपाली पक्राउ परेका छन्। , जिल्ला अदालतबाट लागुऔषध मुद्दामा वैशाख १५ गते दुई वर्ष कैद र एक लाख जरिवाना तोकिएपछि नेपाली फरार रहँदै आएका थिए। , गोप्य ...
एजेन्सी जापानमा कोरोनाभाइरस विरूद्धको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ। जापानको स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि फाइजर खोप लगाउने निर्णय शुक्रबार गरेको हो।,  कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र बालबालिकामा जोखिम धेरै देखिएपछि सरकारले यस्तो निर्णय गरेक...
सेतोपाटी संवाददाता सर्वसाधारणको लापरबाहीले स्वास्थ्यकर्मीहरूमा कोभिड संक्रमण बढ्ने भन्दै सबैलाई सावधानी अपनाएर काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण गराएको छ। , स्वास्थ्यकर्मीहरूमा कोभिड संक्रमणको दर बढ्न गई स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर गर्ने भन्दै आम नागरिकहरूलाई स्वास्थ्यका मापदण्ड पूर्ण प...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि निजी तथा सार्वजनिक सवारी साधनलाई जोरबिजोर प्रणाली लागू गरेको छ। , कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण तीव्र गतिमा फैलिरहेको भन्दै रोकथाम गर्न काठमाडौं, ललितपुर र भक्तपुर तीन वटै जिल्लामा यो प्रणाली लागू गरेको हो।, जोर-ब...
रासस सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिसहित २३ कर्मचारीलाई एकै पटक कोरोना भाइरस संक्रमण भएपछि सेवा प्रभावित बनेको छ। , कार्यालयका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रमुखसहितलाई कोरोना संक्रमण भएपछि कार्यालयले नियमित रूपमा दिँदै आएको सेवा प्रभावित भएको हो।, नगरपालिका कार्यालय मात्रै नभई विभिन्न वडाका वडाध्यक्षस...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ५२९९ संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४२७९, भक्तपुरमा ४५३ र ललितपुरमा ५६७ संक्रमित थपिएका छन्।, यस्तै काठमाडौं उपत्यकामा ४२ हजार ५६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३०६८८, ललितपुरमा ७१४५ र भक्तपुरमा ४२२३ सक्रिय संक्रमित छन्।, नेपाल...
सेतोपाटी संवाददाता बैंकिङ कसुर मुद्दामा फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्युरोले दोलखा भिमेश्वर नगरपालिका-३ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-३ मा बस्ने ४३ वर्षीय जितेन्द्रबहादुर रिजाललाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए। उनलाई प्रहरीले बिहीबार काठम...
डा. सञ्जयकुमार यादव चितवन मेडिकल कलेजमा अहिलेसम्म ६ जनाको कलेजो प्रत्यारोपण भयो। यहाँ भाइले दाइलाई, दिदीले भाइलाई, छोरीले आमालाई, श्रीमतीले श्रीमानलाई कलेजो काटेर दिएको खबरले धेरैको मन छोयो।, काठमाडौं उपत्यका बाहिर कलेजो प्रत्यारोपण हुने यहीँ मात्रै हो। सन् २०२१ मा यो अस्पताल देशमै सबैभन्दा बढी कलेजो प्रत्यारोपण गर्ने...
सेतोपाटी संवाददाता प्रहरीले छिन्नमस्ता गाउँपालिकाबाट तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सप्तरी तिरहुत गाउँपालिका-५ का २७ वर्षीय राजकुमार मेहता, १९ वर्षीय सिन्धु सदा र अग्निसाइर कृष्णसवरण गाउँपालिका-६ का २५ वर्षीय बैजु साह रहेका छन्।, उनीहरूलाई बिहीबार राति १० बजे छिन्नमस्ता गाउँपालिका-१ बरहीबाट पक्...
रासस काठमाडौंका विभिन्न क्षेत्रमा शुक्रबार तीन व्यक्ति मृत फेला परेका छन्। , बुढानीलकण्ठ नगरपालिका–२ भङ्गाल डेरा गरी बस्ने महोत्तरी बर्दिवासकी ४५ वर्षीया सविता थापा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । , यस्तै काठमाडौं महानगरपालिका–१९ ढोकाटोलस्थित सडकपेटीमा एक पुरुष र पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष काठमाडौं...
सेतोपाटी संवाददाता नेपालमा फेरि अर्को न्यून चापीय प्रणालीको प्रभाव पर्ने भएको छ । देशको पश्चिमी भागबाट प्रवेश गर्न लागेको अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशैभर क्रमशः सोमबारसम्म पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, मौसमविद् गंगा नगरकोटीका अनुसार आज काठमाडौं उपत्यकामा दिउँसो तिर बादल लाग्ने र साँझ छ...
विवेक राई चार वर्षअघि स्थानीय तहको चुनाव भयो। जनप्रतिनिधि आएपछि गाउँ-गाउँमा डोजरको संख्या बढ्यो। डोजरले खोस्रेर बाटो बनाए। बाटोसँगै ‘विकास’ गाउँ पस्यो।, बहुराष्ट्रिय र राष्ट्रिय कम्पनीले उत्पादन गरेका सामान बोकेर गाडीहरू गाउँ पुगे। गाउँ जाँदा गह्रुंगा भएर जाने गाडी फर्किँदा रित्तै हुन्छन्। देशका धेरै गाउँमा अहिले पनि ...