content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता काठमाडौंको सामाखुसीस्थित एक मेनपावर कम्पनीमा गएका युट्युबरसहित केही व्यक्तिहरू कुटिएका छन्। , प्रहरीका अनुसार मंगलबार दिउँसो टोखा नगरपालिका-१४ स्थित ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिमा केही व्यक्तिहरूले कुटपिट गरेका हुन्। , कुटपिटबाट तीन जना घाइते समेत भएको महानगरीय प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरी... |
सेतोपाटी संवाददाता झापाको विर्तामोडस्थित बिएन्डसी अस्पतालले कोरोना परीक्षण र उपचारका क्रममा निर्धारित शुल्कको सीमा मिचेर मनखुसी असुली गरेको पाइएको छ।, बिएन्डसी एमालेका केन्द्रीय सदस्य रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अस्पताल हो।, उक्त अस्पतालले कोरोना परीक्षण र उपचारमा जथाभावी असुली गरेको पीडित बिरामी र तिनका आफ... |
एजेन्सी नाइजेरियाका मोहम्मद अवाल मुस्तफा भर्खर नौ वर्षका भए। उनलाई नाइजेरियामा संसारकै कान्छा अर्बपति भनेर चिनिन्छ।, सामाजिक सञ्जालका सेलिब्रिटी मुस्तफालाई धेरैले मोम्फा जुनियर भन्छन्। मोम्फा आफ्नै निजी हवाईजहाजमा संसार घुम्छन्। उनीसँग थुप्रै बंगला र सुपरकारहरू पनि छन्।, इन्स्टाग्राममा उनका ३९ हजार ४ सय जना फलोअर्स छन... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १९०७ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४०४, भक्तपुरमा १९५ र ललितपुरमा ३०८ संक्रमित थपिएका हुन्।, यसैगरी काठमाडौं उपत्यकामा ४४ हजार ५३१ सक्रिय संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २९५२०, ललितपुरमा ९७२३ र भक्तपुरमा ५२८८ सक्रिय संक्रमित छन... |
सेतोपाटी संवाददाता नेपाल संस्कृत विश्वविद्यालयमा विद्यावारिधि गर्ने शोधार्थीहरूले विभेद गरेको भन्दै आन्दोलनको चेतावनी दिएका छन्।, विश्वविद्यालय अनुदान आयोगले आह्वान गरेको छात्रवृत्ति तथा अनुदानका प्रस्ताव लिएर कार्यालयमा पुगेका शोधार्थीलाई आयोगका कर्मचारीले विश्वविद्यालयबाट आधुनिक विषय (स्नातकोत्तर तहमा ५ औं वर्षमा अ... |
सेतोपाटी संवाददाता मोरङमा एक व्यक्ति आमाको हत्या आरोपमा पक्राउ परेका छन् । , पथरी शनिश्चरे नगरपालिका–२ का ४८ वर्षीय कमल श्रेष्ठलाई आमाको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।, श्रेष्ठलाई ९० वर्षीया आमा जगमाया श्रेष्ठको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । यही माघ १२ गतेदेखि घरैबाट एक्कासी हराएकी भनिएकी बृद्धाला... |
रासस तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।, मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ। आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ।, प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मना... |
रासस नारायणहिटी दरबार संग्रहालयभित्र बुधबारदेखि सुरू गर्ने भनेको सतीश्राप मुक्ति महायज्ञ कोरोना भाइरस संक्रमणका कारण हाललाई स्थगित गरिएको छ।, माघ १९ गतेदेखि २९ गतेसम्म नारायणहिटी दरबार संग्रहालयभित्रको पूजा कोठामा ‘सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ’ गर्न समितिको बैठकले पुस १२ गतेको बैठकले स्वीकृति दिएको थियो।, कोर... |
अशोक घिमिरे अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ।, आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन।, विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै अमेरिकी डलरको सटही दर बढेका कारण निगमको घाटा न्यूनीकरणमा चुनौती थ... |
सेतोपाटी संवाददाता पुल निर्माण गर्न राखिएका सामग्री चोर्दाचोर्दै प्रहरीले झापाको गौरादहबाट एक जनालाई पक्राउ गरेको छ।, ट्याक्टर लिएर पुगेका ४० वर्षका रतन साहलाई छडलगायत सामग्री चोर्दाचोर्दै प्रहरीले पक्राउ गरेको हो।, गए राति साहलाई ट्याक्टरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।, गौरादह ९ को दुधे बैगुन्धुरा भित्री सड... |
सेतोपाटी संवाददाता तुलसीपुर–घोराही चार लेन सडक विस्तार परियोजनामा निर्माण व्यवसायीका रूपमा काम गरेका अनुप पाण्डेले आफूलाई ठगी आरोप लगाइनु गैरन्यायिक हुने बताएका छन्।, कुनै संस्थासँग भएको सम्झौतालाई त्यसका प्रतिनिधिसँग जोडेर ठगीको आरोप लगाउनु गैरन्यायिक भएको उनले मंगलबार निकालेको विज्ञप्तिमा उल्लेख छ।, पाण्डेविरूद्ध गत... |
सेतोपाटी संवाददाता बुधबार रातीदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश भुभागमा बदली, हिमपात र असिना/चट्याङसहितको वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बि... |
राजेश घिमिरे सडक निर्माणमा राष्ट्रिय निकुञ्ज र सडक विभागको दोहोरी, चितवनमा सडक विस्तारका क्रममा नालीसँगैको खाल्डोमा फसेर एउटा गैँडा मरेपछि वन क्षेत्रमा बन्ने संरचनाहरू वातावरणमैत्री हुनुपर्छ भन्ने आवाज जोडतोडका साथ उठेको छ।, अघिल्लो स्टोरी ,(हेर्नुहोस्: ,जनावर हिँड्न बनाइएका अन्डरपास डम्पिङ साइट बन्दै,), मा हामीले वन ... |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंको भद्रकालीबाट नक्कली प्रहरी सहायक निरीक्षकलाई पक्राउ गरेको छ। , सडकमा सवारी जाँच गर्ने क्रममा भक्तपुर सूर्यविनायक–८ डोलेश्वरका २६ वर्षीय सोनाम तामाङका साथबाट प्रहरी सहायक निरीक्षकको पोशाक तथा दज्र्यानी चिन्हसमेत लगाएको ८ वटा पासपोर्ट साइजको फोटो फेला परेको छ। , उनीमाथि प्रहरीवृत्त ... |
रासस म्याग्दीको बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष (आइसियू) प्रयोगमा आउन सकेको छैन्। करोडौं खर्चेर जडान गरिएका ती महत्वपूर्ण उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नभएर थन्किएका हुन्। गम्भीर प्रकृतिका बिरामीलाई जिल्लामै सर्बसुलभ उपचारको ब्यवस्था मिलाउन गण्डकी प्रदेश सरकारले विसं २०७६ असारमा अस्पतालम... |
रासस कञ्चनपुरमा आइतबार स्कुटर दुर्घटना हुँदा एकको मृत्यु भएको छ।, भीमदत्त नगरपालिका-३ का ४५ वर्षीय पुरन चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले जानकारी दिए।, बिचपुरीबाट नौलाखेततर्फ जाँदै गरेको से ७ प ७१४६ नम्बरको स्कुटर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरी निरीक्षक भट्टले ... |
एजेन्सी पाकिस्तानमा एक जना किशोरले इन्टरनेटमा खेलिने गेम पब्जीका कारण आमा, दाइ र दुई बहिनीको हत्या गरेको खुलेको छ।, पाकिस्तानी समाचार पत्र ,द डनका अनुसार, पन्जाब प्रान्तको राजधानी लाहोरमा केही दिनअघि एउटै परिवारका चार जनाको गोली हानी हत्या भएको थियो।, ४५ वर्षकी नहिद मुबारक, उनका २० वर्षका छोरा तैमुर सुल्तान, छोरीहरू १... |
भगवती पाण्डे कञ्चनजंघा र त्रिवेणी (परिवर्तित नाम) गत माघ ८ गते आफूले काम गर्दै आएको प्रोजेक्टका लागि लुम्बिनी गएका थिए।, काम सकिँदासम्म दिन ढल्किसकेको थियो। घर पुग्न उनीहरूलाई २० मिनेट गाडीको यात्रा गर्नुपर्थ्यो। बिहान लुम्बिनी जाँदा सार्वजनिक सवारीमा गएका उनीहरूसँग घर फर्किने अर्को विकल्प पनि थिएन।, लुम्बिनीमा दिनैभर... |
रासस बागलुङको बागलुङ नगरपालिकाले पुलको नामकरण गर्ने व्यक्तिलाई पुरस्कार दिएको छ। , बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने सिङ्गल स्पान (एक टापुबाट अर्को टापु जोड्ने) पुलको नामकरण गर्नेलाई बागलुङ नगरपालिकाले पुरस्कृत गरेको हो। , नगरपालिकाले पुलको नामकरण गरेका बागलुङ नगरपालिका-५ मालिकाका घनश्याम सापकोटालाई २५ हज... |
सेतोपाटी संवाददाता पछिल्ला केही दिन यता नेपालमा कोरोना सङ्क्रमण ओरालो लाग्न थालेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १३ हजार १ सय ४५ जनाको परीक्षण गर्दा ३ हजार ५ सय ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।, पछिल्लो एक सातादेखि नेपालमा कोरोना संक्रमणदर निरन्तर घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या म... |
सेतोपाटी संवाददाता काठमाडौंमा अनलाइन जुवा खेलेको आरोपमा प्रहरीले ७४ जनालाई पक्राउ गरेको छ। , महानगरीय प्रहरी परिसर काठमाडौंले अनलाइन जुवामा संलग्न ७४ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , आइतबार साँझ ७ बजे काठमाडौं महानगरपालिका-६ बौद्धस्थित प्लटिङ नजिकैबाट उनीहरूलाई पक्राउ गरेको हो। , को... |
रासस सर्लाहीका छात्रछात्रालाई आजदेखि कोरोना विरूद्धको मोडर्ना खोप लगाइने भएको छ।, १२ देखि १७ वर्ष उमेर समूहका छात्रछात्रालाई दोस्रो मात्रा खोप लगाउन आजदेखि यही माघ २१ गतेसम्म विद्यालय खुलाइने छ। , जिल्ला कोरोना संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले विद्यार्थीलाई मोडर्ना खोपको दोस्रो डोज लगाउन पाँच दिन विद्याल... |
सेतोपाटी संवाददाता गत शुक्रबार पक्राउ परेका बिइङ ह्युमनका सञ्चालक सन्तोषचन्द्र बख्रेलले अन्य सामग्री पनि भन्सार छलेर नेपाल भित्र्याउने गरेको खुलेको छ। , महानगरीय अपराध महाशाखाले अपरेसन चलाएर राजश्व छलेर विदेशी ब्रान्डेड मदिरा काठमाडौंमा बिक्री वितरण गरेको आरोपमा चार जनालाई पक्राउ गरेको थियो।, पक्राउ पर्नेमा पर्सा घर भ... |
सेतोपाटी संवाददाता काठमाडौंको मित्रपार्कमा एक युवकको शव फेला परेको छ। , काठमाडौं महानगरपालिका-७ मित्रपार्कस्थित ओह्रालोमा ती युवकको शव फेला परेको हो। आइतबार राति उक्त स्थानमा केही युवाहरूले झगडा गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।, प्रहरी पुग्दा युवकको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्... |
सेतोपाटी संवाददाता प्रहरीले ब्राउन सुगरसहित सात जनालाई पक्राउ गरेको छ।, सुनसरी धरान उपमहानगरपालिका-१३ बाट ३१ ग्राम ब्राउन सुगरसहित सात जनालाई पक्राउ गरेको १ प्रदेश नम्बर प्रहरी कार्यालय विराटनगरले जनाएको छ।, उनीहरूलाई सोमबार संघीय प्रहरी इकाई कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानको टोलीले पक्राउ गरेको हो।, प्रहरी... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मौज्दात खोप र खोप लगाइसकेकाहरूको विवरण पेश गर्न निर्देशन दिएको छ।, कोरोनाविरूद्ध मोज्दात खोप र खोप लगाएका सबै व्यक्तिको विवरण अनिवार्य पेश गर्न मन्त्रालयले आज सूचना निकालेर आग्रह गरेको हो।, माघ २१ गते शुक्रबार अपरान्ह ३ देखि ४ बजेभित्रमा खोप लगाइसकेकाहरूको विवरण र ... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा बन्चरो प्रहार गरी बुवाको हत्या गर्ने छोरा पक्राउ परेका छन्।, आइतबार राति १० बजे अंशसम्बन्धी घरायसी विवाद हुँदा लालझाडी गाउपालिका-२ कञ्जका २५ वर्षीय रामविलास रानाले बुवाको हत्या गरेका थिए।, उनले घरका अन्य सदस्यको आँखै अगाडि एक्कासि बन्चरो प्रहार गरेर ४२ वर्षीय बुवा फगु रानाको हत्या गरेको प... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।, सोमबार दिउँसो भीमदत्त नगरपालिका-८ जिमुवामा सुपप्र ०२०००३ प ८९३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर रूखमा ठोक्किँदा दुर्घटनामा परेको थियो।, दुर्घटनामा सोही नगरपालिका-७ हल्दुखाल बस्ने १८ वर्षीय मोटरसाइकल चालक राजेश बमको मृत्यु भएको प्रहरीले ... |
जमुनावर्षा शर्मा सन् २०१७ मा पर्यटकीय नगरी पोखरामा निर्माण सुरू भएको राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ जुलाई १० मा सम्पन्न हुनुपर्ने सम्झौता थियो।, चिनियाँ ठेकेदार कम्पनी सिएएमसिईले तोकिएको समय सीमाभन्दा ६ महिनाअघि निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने बताउँदै आए पनि विश्वव... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १६ हजार ८८ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ३४७२ पिसिआर परीक्षणबाट र १८२० एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १७२२ संक्रमित थपिएका छन्।, जसमध्ये काठमाडौंमा १३६१, भक्तपुरमा ९० र ललितपुरमा २७१ संंक्रमित थपिएका हुन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४७ हजार ४०७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३२०१७, ललितपुरमा ९९०७ र भक्तपुरमा ५४८३ सक्रिय संक्रमित छन्।, ने... |
रासस पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, व्यास नगरपालिका–५ बस्ने अनिल बाचे मगर र विकास विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।, लु १ ख ९८३२ नम्बरको ट्रकले ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको... |
रासस सरकारले तोकेको मापदण्डविपरीत इच्छुमती (टुकुचा) खोला दायाँ/बायाँ जग्गा नछोडी संरचना निर्माण गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले घरजग्गा एवं घरबहाल करसमेत नतिरेको काठमाडौं महानगरपालिकाले जनाएको छ।, काठमाडौं महानगरपालिका-११ भद्रकाली प्लाजास्थित कम्पनीका नाममा रहेको कित्ता नं २३९५ को सात रोपनी जग्गा भाड... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिका र महानगरीय प्रहरी परिसर जावलाखेलबीच सहरी सुव्यवस्थापनको लागि सिसिटिभी प्रणाली जडान तथा सञ्चालनका लागि सम्झौता भएको छ। , सोमबार ललितपुरमा एक कार्यक्रमबीच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र महानगरीय प्रहरी परिसर, जावलाखेलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल... |
सेतोपाटी संवाददाता कोरोनाविरूद्ध खोप लगाउन एक स्वयंमसेविकाले वृद्धालाई बोकेर खोप केन्द्रसम्म लगेकी छन्।, गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ मा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंमसेविका लीला थापाले गाउँकै वृद्धा देवकली टन्डनलाई बोकेर खोप केन्द्र लगेकी हुन्।, देवकली ७९ वर्षकी भइन्। उनी हिँडेर खोप केन्द्र ज... |
नारायण खड्का तुलसीपुर घोराही फोर लेन सडक बिस्तारको जिम्मा लिएका अनुप पाण्डेविरूद्ध पौने ६ करोड बढी ठगी गरेको भन्दै प्रहरी प्रशासनमा उजुरी परेको छ।, पीडितमध्ये १६ जनाले जिल्ला प्रशासन कार्यालयमा र एक जनाले जिल्ला प्रहरी कार्यालयमा पाण्डेविरूद्ध ठगी मुद्दा दिएका छन्।, प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले माघ १४ गतेसम्... |
सेतोपाटी संवाददाता जंगली हात्ती दिनहुँ गाउँ पस्न थालेपछि बुद्धशान्ति गाउँपालिकाका सर्वसाधारणले जीउधनको सुरक्षा गरिदिन प्रशासन गुहारेका छन्।, हात्ती पीडितहरूले आज जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय झापामा सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।, ज्ञापनपत्रमा विगत छ महिनादेखि स्थानीय आदर्श नमूना सामुदायिक ... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण सर्वेक्षणका लागि सुपरिवेक्षक र गणक माग गरेको छ।, महानगरअन्तर्गत गरिब परिवार पहिचान गर्न इच्छुकले सात दिनभित्र आवेदन दिन सक्नेछन्।, २१ जना सुपरिवेक्षक र २१० जना गणक माग भएको महानगरले बताएको छ।, सुपरिवेक्षकका लागि कम्तीमा स्नातक तह पास गर... |
सेतोपाटी संवाददाता दंगीशरणमा एक व्यक्तिको करेन्ट लागेर एक युवाको मृत्यु भएको छ।, दंगीशरण गाउँपालिका वडा नं. ७ बाँकाका ३६ वर्षीय भूपेन्द्र डाँगीको करेन्ट लागेर मृत्यु भएको हो।, डाँगी शुक्रबार बेलुका ६ बजेतिर घरमा मृत अवस्थामा फेला परेका थिए। विद्युतको नाङ्गो तारमा छुन पुग्दा डाँगीको मृत्यु भएको देखिन आएको प्रहरीले जनाए... |
सेतोपाटी संवाददाता कैलालीको एक होटलमा बस्दै आएका युवा मृत फेला परेका छन्।, गौरीगंगा नगरपालिका राजीपुरमा रहेको एक होटलमा घोडाघोडी नगरपालिका वडा नम्बर १ का करिब ३५ वर्षका साधन डान मृत फेला परेको प्रहरीले जानकारी दिएको छ।, केही समयदेखि होटलमा बस्दै आएका उनी शनिबार मृत अवस्थामा फेला परेका थिए। कोठाभित्र खाटमा घोप्टो परेको... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा एक हजार ८ सय २० जना संक्रमित थपिएका छन्। , काठमाडौंमा १४०४, भक्तपुरमा १११ र ललितपुरमा ३०५ संक्रमित थपिएका छन्।, यस्तै, काठमाडौं उपत्यकामा ५२ हजार ७६४ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३७०३४, ललितपुरमा १०१२५ र भक्तपुरमा ५६०५ सक्रिय संक्रमित छन्।, नेपालमा प... |
रासस पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।, बसमा सवार १३ जना घाइते भएका छन्।, सिरहाको बरियारपट्टीबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ ख ७५३ नम्बरको रात्रिबसले विपरीत दिशाबाट जादै गरेको ना२९प ४४९८ नम... |
रासस कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले एकहप्ताका लागि आफ्नो सेवा प्रवाह स्थगनको समय बढाएको छ।, प्रशासनले आज सार्वजनिक सूचना जारी गर्दै यही माघ २१ गतेसम्मका लागि अत्यावश्यक सेवा (शान्ति सुरक्षा, मुद्दा, आन्तरिक प्रशासन र आकस्मिक राहदानी) बाहेकका अन्य नियमित सेवा स्थगन ... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १४ हजार ५ सय ६२ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ३३१८ पिसिआर परीक्षणबाट र १५८६ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्... |
सेतोपाटी संवाददाता चार वर्षीया बालिका बलात्कार आरोपमा कैलाली प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ।, मोहन्याल गाउँपालिका वडा नम्बर ७ का १४ वर्षका किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।, बालिकाको आफन्तले दिएको जाहेरीका आधारमा ती किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।, बालिका र किशोरको स्वास्थ्य परीक्षणसमेत गरिसकिएको... |
सेतोपाटी संवाददाता ललितपुरको सुनाकोठीको बालकुमारी माईको मूर्ति चोरी भएको एक हप्ता बितेको छ। , गत आइतबार ललितपुर महानगरपालिका-२७ स्थित बालकुमारी मन्दिरबाट मूर्ति हराएको थियो। तर एक हप्ता बित्दा पनि मूर्ति भेटाउन सकेको छैन। , मूर्ति नभेटाएपछि बालकुमारी गुठीले विशेष सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घो... |
सेतोपाटी संवाददाता गत वर्ष चैत ८ गते।, नेपालका राष्ट्रिय मिडियाको ध्यान इलामको माई नगरपालिका-१० लुम्बाकस्थित एउटा सामान्य घरमा थियो। भिरालो जमिनमा अडिएको त्यो घरको भौतिक बनावट वरिपरिका अरू घरजस्तै सामान्य थियो। त्यही घरमा कैयौं हिउँद र बसन्त काटेकी धनमाया तिम्सिनाको प्रतीक्षा भने असामान्य थियो।, त्यो दिन उनको ४० वर्ष ... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा प्रहरीले २२ किलो चरेससहित मोटरसाइकल बरामद गरेको छ।, इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले शनिबार राति २२ किलो एक सय ५० ग्राम लागुऔषध चरेश बरामद गरेको हो।, बेलौरी नगरपालिका–३ बुटाबारीस्थित युपी ३१ एपी २२५६ भारतीय नम्बरको मोटरसाइकलमा हरियो कट्टामा बाँधेर राखेको अवस्थामा चरेश बरामद ... |
युनिक श्रेष्ठ चार सेन्टिमिटरका स-साना चार वटा क्युब गत बुधबार अमेरिकाबाट काठमाडौं आइपुगे। ती क्युबलाई अहिले बत्तीसपुतलीस्थित नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)को कार्यालयमा राखिएको छ।, सोसाइटीका लागि ती साना क्युब कुनै ऐतिहासिक वस्तुभन्दा कम छैनन्। किनकी ती क्युब अन्तरिक्ष पुगेर काठमाडौं आइपुगेका हुन्। यति मात्रै होइ... |
सेतोपाटी संवाददाता म्याग्दीको भाइरल तोरीबारीमा घुम्न जान रोक लगाइएको छ। , जिल्ला प्रशासन कार्यालय म्याग्दीले बेनी नगरपालिका-१ रत्नेचौरमा पिच सडकको दायाँबायाँ रहेको तोरीबारीमा घुम्न जान रोक लगाएको हो। , कोरोनाभाइरसका संक्रमित फेरि बढ्न थालेपछि भीडलाई नियन्त्रण गर्न आइतबारदेखि तोरीबारीमा प्रहरी परिचालन गरिएको बेनी-१ का ... |
रासस ऐतिहासिकस्थल व्यास नगरपालिका–११ तनहुँसुरमा हालै मात्र कालोपत्र सम्पन्न भएको सडक ‘भाइरल’ बनेको छ।, सडकको बीच भागमा रहेको रूखलाई संरक्षण गरेर कालोपत्र गरिएको सडकले केही समययता चर्चा कमाएको छ।, सामाजिक सञ्जालमा उक्त सडकले चर्चा कमाएसँगै तनहुँसुर पुग्ने सर्वसाधारणको सङ्ख्या बढेको छ।, सडककै कारण यतिबेला तनहुँसुरमा आन्... |
सेतोपाटी संवाददाता बजारमा हल्ला थियो- सस्तो मूल्यमा ब्रान्डेड रक्सी पाइन्छ। , यो हल्लालाई कसैले महानगरीय अपराध महाशाखालाई सूचनाको रूपमा दियो। सस्तोमा भन्नाले बजारको मूल्यभन्दा प्रतिबोतल एक हजार रुपैयाँ जति कम। सस्तोमा पाइने रक्सीहरूमा रेड लेबल, ब्ल्याक लेबल, एब्सोलुट भोड्का, चिभास रिगललगायत थिए। , त्यो सूचना पाएपछि मह... |
रासस देशभर कोरोनाको तेस्रो लहर फैलिरहँदा नागढुंगाको निर्माण सुस्त भएको छ। यहाँ कार्यरत १२७ जनामा सङ्क्रमण देखिएपछि केही दिनयता निर्माण नियमित गतिभन्दा केही सुस्त भएको हो। , सङ्क्रमण देखिएका व्यक्तिमा पनि अहिले जटिल स्वास्थ्य समस्या भने छैन। कामदार निर्माणस्थलमा नै ‘आइसोलेशन’ मा बसिरहेको र अरू कर्मचारी आ–आफ्नो घरमा नै ... |
सेतोपाटी संवाददाता नेपालमा थप ३५४० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ३५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। , १३ हजार १४५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।, ९९१० जनाको पिसिआर परीक्... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले धरौटी घटाइदिएपछि राजश्व ठगीको आरोप लागेका बाराका उमाशंकर रायभर रिहा भएका छन्।, २८ करोड राजश्व छलीको आरोपमा पक्राउ परेका उमाशंकरलाई उच्च अदालत पाटनले ७५ लाख धरौटीमा मागेको थियो। उक्त धरौटी बुझाउन नसकेर उमाशंकर थुनामै थिए।, शुक्रबार सर्वोच्च अदालतले उनको धरौटी घटाएर २५ हजार बनाइदिएको... |
सेतोपाटी संवाददाता कोरोना भाइरस परीक्षण गरेको नतिजा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई जानकारी अपिल गरेको छ।, प्रयोगशाला बाहिर गरिएका कोभिड-१९ परीक्षणको नतिजाको जानकारी इमेलमार्फत जानकारी गराउन मन्त्रालयले आग्रह गरेको हो।, ‘कोभिड-१९ बढिरहेको सन्दर्भमा महामारी व्यवस्थापनका लागि संक्रमितहरूको यकिन तथ्यांक प्राप्त हुनु ... |
सेतोपाटी संवाददाता जैमिनी नगरपालिका–७ जैदीको चौरगाउँमा सडक निर्माण गर्दा पुराना योजनामा क्षति पुगेको छ। , जैदीको चौरगाउँमा सडक पुर्याउन चालू आर्थिक वर्षमा चार लाख रूपैँया बजेट विनियोजन गरिएको थियो। सडक निर्माण हुँदा गाउँलेको घरसम्मै गाडी पुग्छ।, सडक निर्माण गर्दा चौरमा रहेको खेतमा पुर्याएको सिँचाइ कुलो भत्किएको छ।... |
युवराज श्रेष्ठ भुटानको गेलेपुमा आयोजित फुटबल प्रतियोगितामा भाग लिन जाँदा पशुपति खनाल र जयनारायण हुमागाईंले मित लगाएका थिए।, त्यसयता उनीहरूको मित्रता अटुट छ - चाहे त्यो देशबाट निकाला हुँदा होस् वा तेस्रो देश पुनर्वास क्रममा अमेरिका पुग्दा।, खनाल अहिले ७३ वर्षका भए। उनी अमेरिकाको पेन्सिलभेनिया बस्छन्। ७० वर्ष लागेका हुम... |
रासस काभ्रेका पाँच हजारभन्दा बढी भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हटाइएको छ। निजी आवास पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा सूचीकृत भई स्थानीय निकायसँग सम्झौता नगरी आवास नबनाउनेको नाम लाभग्राहीको सूचीबाट हटाइएको हो । , तत्कालीन प्राधिकरणले २०७२ सालको गोर्खा भूकम्पले निजी आवासमा क्षति पुर्याइ पुनःनि... |
सेतोपाटी संवाददाता एसएस फाउन्डेसनले डोटीको झिमे मालिका माध्यामिक विद्यालयलाई ८ सय वटा स्कुल झोला सहयोग गरेको छ।, डोटीको केआई सिंह गाउँपालिका-४ मा अवस्थित विद्यालयलाई फाउन्डेसनले झोला सहयोग गरेको हो।, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले राजनीतिज्ञ रणबहादुर बलायरलाई सहयोगको झोला हस्तान्तरण गर... |
रासस झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ।, जिल्लामा चालु आर्थिक वर्ष २०७८/०७९ को पुस मसान्तसम्म यस्ता पाँच जनमाा कुष्ठरोग फेला परेका छ।, नेपाल कुष्ठरोग जिल्ला कार्यक्रम प्रमुख परशुराम पोखरेलले बुद्धशान्ति गाउँपालिकामा दुई, झापा गाउँपालिका, दमक र बिर्तामोड नगरपालिकामा एक/एक... |
सविना कार्की राम्रा सामुदायिक स्कुल, कक्षाकोठा केही सानाजस्ता देखिए पनि उज्याला छन्। एउटा कक्षामा ३० जनासम्म विद्यार्थी अटाउँछन्। कोठाका भित्तामा पाठ्यवस्तुसँग सम्बन्धित सामग्रीहरू सजाइएका छन्। एउटा कोठामा सानो पुस्तकालय पनि छ।, केही कक्षाकोठामा इन्टरनेटको प्रयोगले डिजिटल माध्यमबाटै पठनपाठन हुन्छ। सबै कक्षाकोठा विद्या... |
सेतोपाटी संवाददाता प्रहरीले कोठाभित्र मकल, हिटर बालेर नसुत्न अनुरोध गरेको छ। , महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार एक सूचना जारी गर्दै कोठा भित्र हिटर, मकल, फलामका चुलो, कराईहरूमा दाउरा/ कोइला बालेर नसुत्न अनुरोध गरेको हो। , 'चिसो बढिरहेको हुँदा यसबाट जोगिन अपनाइने हिटर, कोइला बाली कोठा तातो बनाउने कार्यबाट कोठाको... |
सेतोपाटी संवाददाता काठमाडौंको गुह्येश्वरीदेखि थापाथली पुलसम्मको बागमती नदी र सडकबीचको किनारामा दुवैतर्फ अनधिकृत रुपमा बनेका स्थायी तथा अस्थायी संरचना हटाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ।, समितिले ती नदी किनारा छेउमा रहेका सुकुम्बासी बस्तीबाहेकका स्थायी संरचना हटाउन ७ दि... |
रासस काठमाडौंमा मोटरसाइकल कार र बसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। , आइतबार दिउँसो काठमाडौं महानगरपालिका-६ बौद्धमा मोटरसाइकल कार र बसमा ठोक्किएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। , प्र-३-०१-०२२ च ५१९५ नम्बरको कार र बा ३ ख ४८१० नम्बरको बसमा बा ३४ प ५६५७ नम्बरको मोटरसाइकल ठोक्किएको हो। , सो दुर्घटनामा मोटरस... |
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनलायले २ वर्षअघि करारमा सेवा लिन आवेदन पेश गरेका १ सय ४३ स्वास्थ्यकर्मीको दस्तुर फिर्ता गर्ने भएको छ।, २०७६ सालको फागुन २८ र ३० गते निर्देशनालयले विभिन्न ४८ पदमा सेवा करारमा लिन विज्ञापन आह्वान गरेको थियो।, आवेदन परे पनि लगत्तै कोरोनाभाइरसको महामारी फैलिएपछि परीक... |
रासस प्रहरीले एक किलो आठ ग्राम अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय, कास्की तथा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त टोलीले पोखरा महानगरपालिका-३० पावरहाउसमा जाँचका क्रममा रमेश सुनारलाई सुनसहित पक्राउ गरेको हो। , काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको माइक्रो बसमा सवार पोखरा-१५ रामबजारका २... |
राजु अधिकारी गत बुधबार मोरङ, धनपालथान गाउँपालिकाको उखुबारीमा एउटा अप्रत्यासित घटना भयो।, उखु काट्ने क्रममा किसानले एउटा खाल्डो देखे। उनीहरूले तुरून्तै प्रहरीलाई खबर गरे।, प्रहरीले उक्त खाल्डोमा पुरिएको अवस्थामा एउटा शव फेला पार्यो। हत्या गरेर गाडिएको अवस्थामा फेला परेको उक्त शव कसको हो भन्ने पहिचान चाहिँ खुल्न सकेन।,... |
तारानाथ आचार्य/रासस राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर बागलुङ खण्ड कालोपत्रको काम सुरू हुन केही समय लाग्ने भएको छ। नेपाली सेनाले ट्र्याक खोलेर हस्तान्तरण गरेको दुवै खण्ड कालोपत्रका लागि प्रक्रिया सुरु गर्न समय लागेको हो ।, राष्ट्रिय चासोको सडक भए पनि स्तरोन्नति र कालोपत्रको काममा ढिलाइ भएको हो। मालढुङ्गादेखि बल... |
हरि बास्तोला/रासस सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सञ्चालन गरेको डढेलो र वन्यजन्तु आक्रमण बीमा पीडित परिवारका लागि सहारा बनेको छ। वनमा लाग्ने डढेलो नियन्त्रण तथा वन्यजन्तुको आक्रमणका कारण ज्यान गुमाएका परिवार र घाइते व्यक्तिले महासंघले गरेको बीमामार्फत प्राप्त रकमबाट उपभोक्ताले केही हदसम्म भए पनि राहतको महसुस गरेक... |
सेतोपाटी संवाददाता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।, जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही पहाडी भू–... |
राजेश घिमिरे स्थानीय तहहरूले दूग्ध उत्पादक किसानलाई राहत दिने भनेर उत्पादित दूधमा अनुदान दिने गरेका छन्। जिल्लाका स्थानीय तहहरू कुनैले किसानलाई प्रतिलिटर ३ रुपैयाँ, कुनैले २ रुपैयाँ अनुदान दिने गरेका छन्।, रत्ननगर नगरपालिकाले भने दूधमा नभई गाईमै अनुदान दिन थालेको छ। यस नगरपालिकाले विपन्न किसानलाई पचास प्रतिशत अनुदानमा... |
सेतोपाटी सडक विस्तारका क्रममा निर्माणाधीन नालीको खोंचमा परेर गैंडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरिएको छ।, चितवन राष्ट्रिय निकुञ्जले इन्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पुर्जी जारी गरेको हो।,
,
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले अनुसन्धान अधिकृत तोक... |
सेतोपाटी संवाददाता नेपाल पर्वतारोहण संघ (एनएमए)ले कुष्ट रोगबाट ग्रसित दुई सय जनालाई न्यानो कपडा र स्वास्थ्य सामाग्री वितरण गरेको छ। , एनएमएले जापानको ‘द निप्पोन फाउन्डेसन’ को आर्थिक सहयोगमा सञ्चालन गरिरहेको परियोजनाअन्तर्गत दक्षिणकाली नगरपालिका वडा नम्बर २ स्थित खोकना आरोग्य आश्रममा रहेका कुष्ट रोगबाट ग्रसित व्यक्तिहर... |
सेतोपाटी संवाददाता ब्ल्याकमेलिङ गरी महिलालाई दु:ख, हैरानी दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , नेपाल प्रहरीको साइबर ब्युरोले कास्की रुपा गाउँपालिका-७ सिस्नेरी बस्ने ३१ वर्षीय मुक्ति भन्ने मुक्तिनाथ खनाललाई पक्राउ गरेको हो। , शुक्रबार वैदेशिक रोजगारबाट स्वदेश फर्किने क्रममा: उनलाई महानगरीय प्रहरी विमानस्थल... |
सेतोपाटी संवाददाता खोलानालाबाट गैरकानुनी रूपमा ढुंगा-गिट्टी-बालुवा उत्खनन् गरेको आरोपमा प्रहरीले २१ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।, पर्सा प्रहरीले शुक्रबार बिहान वीरगञ्ज महानगरपालिका-३२ भेडैयाबाट ती ट्याक्टर नियन्त्रणमा लिएको हो।, गैरकानुनी रूपमा उत्खनन् गरी बिक्री वितरण गर्न ल्याइएको सूचनाको आधारमा वीरगञ्ज-१६ नगवा... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ८२७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १९ हजार ८ सय ६९ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ४८०७ पिसिआर परीक्षणबाट र २०२० एन्टिजेन परीक्षणबाट संक्रमण पुष... |
सञ्चिता घिमिरे राष्ट्रिय गौरवको हुलाकी राजमार्गको निर्माण लक्ष्य लिइएको समय (आव २०७९/८०) सम्ममा सम्पन्न नहुने देखिएको छ। , निर्धारित समय सकिन डेढ वर्षभन्दा कम बाँकी हुँदा अझै कतिपय खण्डमा रेखांकन नै टुंगो लाग्न सकेको छैन भने झन्डै ७० वटा पुलको डिजाइन हुन पनि बाँकी नै छ।, वन क्षेत्रबाट रेखांकन हुने गरी डिजाइन भए पनि त्... |
सेतोपाटी संवाददाता ५३ लाख भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नुवाकोटका एक वडासचिवसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। , अख्तियारले शुक्रबार काठमाडौंको विशेष अदालतमा पञ्चकन्या गाउँपालिका-२ का वडासचिवसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको सहायक प्रवक्ता वेदप्रसाद भण्ड... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ हजार ९ सय ४० जना संक्रमित थपिएका छन्। , काठमाडौंमा २१५३, भक्तपुरमा २६८ र ललितपुरमा ५१९ संक्रमित थपिएका छन्।, यस्तै काठमाडौं उपत्यकामा ५४ हजार ३५ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३८०२२, ललितपुरमा १०३१९ र भक्तपुरमा ५६९४ सक्रिय संक्रमित छन्।, नेपालमा पछिल... |
सेतोपाटी संवाददाता प्रहरीले पर्साबाट ८१ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-९ विश्रामपुरका ६० वर्षीय गणेश कलवार र ३४ वर्षीय सन्तोष कलवार छन्। कलवारलाई उनकै घरबाट बिहीबार राति पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।, उनले घरबाट गाँजा बिक्री... |
सेतोपाटी संवाददाता बैंकिङ कसुरको मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाको टोलीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।, बाजुरा बुढीनन्दा नगरपालिका-१ घर भई काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-७ बस्दै आएका ४४ वर्षीय विष्णु... |
रासस डोटी जिल्ला अस्पतालका कार्यालय सहयोगी मृत फेला परेका छन्।, दिपायल सिलगढी नगरपालिका–७ उडीतोला घर भएका ४५ वर्षीय कार्यालय सहयोगी भक्त कोली मृत फेला परेको जिल्ला अस्पतालका सूचना अधिकारी अमर भाटले जानकारी दिए। , उनका अनुसार कार्यालय सहयोगी कोली जिल्ला अस्पताल जाने बाटोको चोकमा शुक्रबार मृत फेला परेका हुन्।, मृतक कोली... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले नयाँ आदेश जारी गरेका छन्। , शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी प्रशासनले नयाँ आदेश जारी गरेको हो। , कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को सिफारिस अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासन कार्यालयले नयाँ आदेश जारी गरेका हुन्... |
सबिना श्रेष्ठ सहरको कथा: पनौती, नेपाल भाषामा 'यः' को अर्थ मनपर्ने र 'मरि' को अर्थ रोटी हो। नेवाः समुदायको मनपर्ने रोटी हिजोआज काठमाडौं उपत्यकाकै प्रिय परिकार बनेको छ। त्यसमाथि मास्टरसेफ सन्तोष साहले काठमाडौंको यो रोटीलाई विश्वव्यापी पहिचानसमेत दिलाएका छन्।, पनौती कथा शृंखलाको आजको अंकमा हामी कुरा गर्दैछौं य:मरिको, जुन... |
सविता बुढा जब जब धनगढी-राजघाट जोड्ने मोहना नदीमाथि बन्न लागेको पुल देख्छिन् कञ्चनपुरको रैकवार बस्ने बिनादेवीको मन पोल्न थाल्छ। ५ वर्षअघि छोरी उनले छोरी गुमाएकी थिइन्।, छोरीलाई व्यथाले च्यापेपछि मोहनापारि धनगढीका अस्पतालमा लैजान राति ११ बजेतिर हतारिँदै उनी मोहना किनारमा पुगेकी थिइन्।, ‘राति डुंगा चलाउने मान्छे पाइएन, प... |
विवेक राई पछिल्लो तीन दिनदेखि नेपालमा कोरोना संक्रमण दर निरन्तर घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार तीन दिनमा संक्रमण दर १२ प्रतिशतले घटेको छ।, सोमबार संक्रमण दर ४८.६७ प्रतिशत रहेकोमा आज ३६.७६ प्रतिशतमा झरेको छ। शुक्रबार कुल २१ हजार ८०८ जनाको परीक्षण गरिएकोमा ८ हजार १७ जनामा संक्रमण पुष्टि भ... |
सेतोपाटी संवाददाता नेपाल प्रहरी र थानकोट जेसिजले साताव्यापी निःशुल्क मास्क वितरण र जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। , समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चन्द्रागिरि नगरपालिकाको सहकार्यमा हाल नेपालमा तीव्र रूपमा बढ्दै गइरहेको कोरोना संक्रमण दरलाई न्यूनीकरण गर्नको लागि महानगरीय प्रहरी वृत्त थानकोट र थानकोट ... |
सेतोपाटी संवाददाता बैंकिङ कसुरमा फरार रहेका आरोपितलाई प्रहरीले पक्राउ गरेको छ। , महानगरीय प्रहरी परिसर काठमाडौंले धनुषा जनकपुरधाम उपमहानगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-१० बानेश्वर बस्ने ४९ वर्षीय कमलकुमार सिंहलाई पक्राउ गरेको हो।, उनलाई प्रहरीले बिहीबार काठमाडौं महानगरपालिका-३२ काँडाघारीबाट पक्राउ गरेको प्रहरी ... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले नागरिकता दुरूपयोग गरेर राजश्व छली गरेको अभियोग लागेका उमाशङ्कर रायभरलाई २५ हजार धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ।, न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सपना प्रधान मल्लको संयुक्त इजलासले आज राजश्व चुहावटमा प्रत्यक्ष हानी नोक्सानी गर्ने कार्यमा संलग्नता नदेखिएको र रायभरको नाममा... |
डाक्टर आकृति कोइराला हाँसो सबैको लागि अपरिहार्य छ। यसलाई अझै राम्रो बनाउन कस्मेटिक उपचार गरिन्छ। , कस्मेटिक उपचारले सौन्दर्य बढाउनुका साथै दाँतलाई स्वस्थ्य र बलियो बनाउँछ। , दाँतको बिचमा ग्याप छ भने त्यो ठाउँमा खाने कुरा अड्किने, गिजा सुन्निने र किराले खाने समस्या हुनसक्छ। यस्तो ग्याप भर्ने हो भने खाने कुरा अड्किने सम... |
सेतोपाटी संवाददाता सडक विस्तारका क्रममा नाली बनाउन खनिएको खाल्डोमा परेर चितवनमा एकसिङ्गे गैंडा मरेको घटनामा निर्माण व्यवसायीलाई कारबाही अघि बढाइएकोमा नेपाल निर्माण व्यवसायी महासङ्घले आपत्ति जनाएको छ।, एकसिङ्गे गैंडा मरेपछि निर्माण व्यवसायीलाईसमेत आरोपित गरी गैरकानुनी रूपमा कारबाही अगाडि बढाइएकोप्रति गम्भीर ध्यानाकर्षण... |
सेतोपाटी संवाददाता सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरूद्धको ‘बुस्टर’ डोज दिन थालेको छ।, भाइरसविरूद्धको खोप लगाएको ६ महिना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।, स्वास्थ्यमन्त्री विर... |
सेतोपाटी संवाददाता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ। , धरान उपमहानगरपालिका-९ की ७६ वर्षीया महिलाको कोरोनाका कारण शनिबार बिहान मृत्यु भएको प्रतिष्ठानले जनाएको छ। , ती महिला मधुमेहकी बिरामी थिइन्। कोरोना पोजेटिभ देखिएपछि शुक्रबार अस्पतालमा भर्ना भएकी थिइन्। , कोरो... |
सेतोपाटी संवाददाता सरसफाइ सम्बन्धी न्यूनतम् मापदण्डसमेत पालना नगरेको भन्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले सुनसरीको एउटा पानी उद्योग शिलबन्दी गरेको छ। , इनरुवा-२ स्थित जयप्रकाश जल उद्योगमा कार्यालयले शिलबन्दी गरेको हो। ‘जेपी’ ब्राण्डको प्रशोधित पानी उत्पादन गर्ने उद्योगले सरसफाइलमा न्यूनतम् म... |
सेतोपाटी संवाददाता झापाको कनकाई नगरपालिका-७ दुर्गापुरमा बाबुले चलाएको ट्याक्टरले किचेर शनिबार दिउँसो दुई वर्षीया छोरीको मृत्यु भएको छ।, मृत्यु हुनेमा सोही वडाका बालकृष्ण दुलालकी छोरी आरोषी दुलाल रहेकी छिन्।, घरमा पार्किङ गरेर राखेको मे१त ७५९ नम्बरको ट्याक्टर बालकृष्णले स्टाट गर्ने क्रममा ट्याक्टरमुनि खेल्दै गरेकी आरोष... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई आजदेखि खोप लगाउन थालेको छ। , खोप कार्यक्रमका लागि कामपाले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई तोकेको छ।, महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार यसअघिको अभियानमा छुटेका उक्त उमेर ... |
सेतोपाटी संवाददाता काठमाडौंको कीर्तिपुर नगरपालिकाको भवनमा एक पुरूष मृत फेला परेका छन्।, बिहीबार बिहान एक पुरूष नगरपालिकाको भवनमा मृत फेला परेको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले सेतोपाटीलाई जानकारी दिए। , मृत्यु हुनेमा रामेछापको मन्थली नगरपालिका-१२ घर भई काठमाडौं बस्दै आएका अन... |
रासस सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको सुरूङ मार्गमा दुर्घटना हुँदा एक मजदूर बेपत्ता भएका छन्। , आज हानथुलुङ दूधकोशी गाउँपालिका ३ पञ्चन क्षेत्रको सुरूङ मार्गमा जाने क्रममा ‘बकेट’ चुँडिदा एक जना मजदूर हराइरहेको र एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ।, ब... |
एजेन्सी भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरसको संक्रमण कम हुँदै गएपछि प्रतिबन्धहरू हटाइएका छन्।, बिहीबार दिल्ली विपद् व्यवस्थापन निकाय (डिडिएमए)ले सप्ताहन्त कर्फ्यु हटाउने निर्णय गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।रात्रिकालीन कर्फ्यू भने जारी छ।, यस्तै पसलहरू खोल्न लागु गरिएको जोर-बिजोर प्रणाली पनि हटाएको छ। , द... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.