content
stringlengths
20
64.1k
सविता बुढा कैलालीको गौरीगंगाका अरुण चौधरी (नाम परिवर्तन)लाई केही महिनाअघि ह्वाट्स एपमा नचिनेको नम्बरबाट मेसेज आयो।, उनलाई भारतीय टेलिभिजन च्यानलको ‘कौन बनेगा करोडपति’ शोमा चिट्ठा विजेता बनेर २५ लाख जितेको भनेर भिडिओ मेसेज आएको थियो।, उनले त्यो कुरा पत्याएनन्। फेरि टिभी शोका प्रस्तोताले बधाई दिएको, उनको नाम पनि लेखिएको...
सेतोपाटी संवाददाता प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुर मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरेको छ। , नुवाकोट शिवपुरी गाउँपालिका-८ का ४० वर्षीय लबराज ओलीलाई बुधबार शिवपुरी गाउँपालिका-६ गुर्जुभञ्ज्याङ्गबाट पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार महतोले जानकारी दिए। , ओलीलाई उच्च अदालत पाटनले गत वर्ष फा...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको २१ हजार ८ सय ८ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ५८१६ पिसिआर परीक्षणबाट र  २२०१ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्ट...
सेतोपाटी संवाददाता अमेरिकी ब्रान्डको नक्कल गरी कम गुणस्तरको मास्क बनाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। , महानगरीय प्रहरी परिसर काठमाडौंले बुधबार दिउँसो त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्सबाट चार जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , पक्र...
रासस एक वर्षदेखि सम्पर्कविहीन भएका नेपाली श्रीमान खोज्दै भारतको चेन्नईदेखि एक भारतीय महिला दुई छोरीसहित बागलुङ आएकी छन्।, सन् २००२ मा बागलुङ जिल्लाको जैमिनी नगरपालिका कुश्मिसेरा–१ टाहरास्थित प्रकाश शर्मासँग भारतमा विवाह गरेकी भारतीय नाम भानमोझी (नेपाली नाम मीना शर्मा) अहिले श्रीमानको खोजी र न्यायको लागि बागलुङ आएकी छन...
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी चढेको सरकारी गाडी तोडफोड भएको छ।, घरबाट कार्यालयतर्फ जाँदै गर्दा आज काँडाधारीमा अज्ञात समूहले गाडी तोडफोड गरेका हुन्।, ढुंगा प्रहार गरेर गाडीको सिसा फुटाउनुका साथै आक्रमणको प्रयाससमेत भएकोमा आयोगले भर्त्सना गरेको छ।, आक्रमण र तोडफोड गर्नेलाई क...
डा. सन्तकुमार दास अहिले हामी तेस्रो लहरको मध्यतिर अर्थात् लगभग 'पिक'मा छौं। यो धेरै बढ्न थालेको दुई साता भएको छ। जुन रफ्तारमा मान्छेहरू संक्रमित भइरहेका छन्, त्यसलाई आधार मान्दा पिकमा आएको जस्तो देखिन्छ।, काठमाडौंमा विगत दुई हप्तामा देखिएको संक्रमण दरलाई आधार मान्न सकिन्छ। चिकित्सकहाँ धेरै मान्छे आउँछन्। जसलाई कोभिडको...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ हजार १ सय ४३  जना संक्रमित थपिएका छन्। , काठमाडौंमा २४०२, भक्तपुरमा २२० र ललितपुरमा ५२१ संक्रमित थपिएका छन्।, यस्तै काठमाडौं उपत्यकामा ५४ हजार ८६३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ३८८५९, ललितपुरमा १०३९० र भक्तपुरमा ५६१४ सक्रिय संक्रमित छन्।, नेपालमा पछि...
विवेक राई काठमाडौं उपत्यकामा सवारी साधन चलाउन लगाइएको जोर-बिजोर प्रणालीको सर्वत्र आलोचना भएपछि भोलि तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूले यसबारे थप निर्णय लिन छलफल गर्ने भएका छन्।, कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रण गर्ने भनेर माघ ८ गतेदेखि सवारी साधनमा जोर-बिजोर लागू गरिए पनि त्यसले झन् भीडभाड बढाएको भ...
रासस कोदोको ढिँडो र बाँकोको गुन्द्रुकले परिचित बागलुङको बरेङमा रहेको सिग्दी सामुदायिक होमस्टे कोरोना महामारीका कारण थलिएको छ।, वि.सं २०७६ सँगै सञ्चालनमा आएको होमस्टे नौ महिनामै बन्द भएपछि पुनःसञ्चालनमा आउन नसकेको होमस्टे सञ्चालक समितिका अध्यक्ष हिराबहादुर थापाले बताए। , उक्त होमस्टे सञ्चालन भएको छोटो समयमै चर्चामा आएक...
डा. मनिषा रावल लगभग एक महिनाअगाडि स्वास्थ्य मन्त्रालयले गरेको प्रक्षेपणअनुसार माघको दोस्रो साता कोभिडबाट दैनिक १५ देखि २० हजार संक्रमित हुन्छन् भन्ने थियो।, अहिले समुदायमा संक्रमण बढ्दै गएको छ। त्यसैले अबको एक महिना हामी सबैका लागि चुनौतीपूर्ण हुन्छजस्तो लाग्छ।, मध्य माघ भइसकेको र चिसो याम भएकाले रुघामर्कीको पनि मौसम ...
सेतोपाटी संवाददाता कारागारबाट भागेपछि प्रहरीले भारत पुगेर पक्राउ गरी ल्याएका तुलसीपुर कारागारका तत्कालीन नाइके यमराज परियारलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको छ। , बुधबार भएको थुनछेक बहसबाट मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र शर्माले जानकारी दिए।  , जिल्ला न्...
सेतोपाटी संवाददाता मोरङको धनपालथान ७ बोर्डिङ टोलस्थित उखुबारीमा गाडिएको अवस्थामा फेला परेको दुई शवमध्ये एक जनाको पहिचान खुलेको छ। ,  हत्या गरेपछि खाल्डो  खनेर गाढेको अवस्थामा दुई जना पुरूषको शव फेला परेकोमध्ये एक जना पुरूषको पहिचान खुलेको हो।, बिहीबार दिउँसो खनेर निकालिएको शव सुनसरीको धरान ३ घर भई भक्तपुरमा बस्दै आएका...
खिलानाथ ढकाल काठमाडौं शंखरापुर नगरपालिका-३ मा एकतले पक्की घर छ। मध्य माघको ठिहीले चिसिँदै गएको राजधानी।, बौद्धबाट झन्डै ३५ किलोमिटर ढाटा माथि रहेको शंखरापुर ठन्डीले प्रभावित थियो नै।, ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फूलकुमारी थिङ बुधबार राति खाना खाएर सुतेका थिए।, केही दिनयता काठमाडौं अझ चिसिँदो छ। च...
सेतोपाटी संवाददाता मोरङको बेलबारी बस्ने महिलालाई सुन्दरहरैंचा नगरपालिका-४ बलियास्थित श्रेष्ठ होटल एण्ड फेमिलीमा जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा होटल सञ्चालक ३५ वर्षीय अर्जुनकुमार श्रेष्ठ, २५ वर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर-३ का २५ वर्षीय सुन्धान्सु दर्जी रहेका छन्।, उनीहरूले ग...
सेतोपाटी संवाददाता कालीगण्डकी नदीमा ३१ हजार माछाका भुरा छाडिएको छ। प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवम् संरक्षण केन्द्र हेटौंडा मकवानपुरले रहु र नैनी जातका माछाका भुरा कालीनदिमा छाडेको हो।, गैंडाकोट नगरपालिका प्रमुख मेयर छत्रराज पौडेलसहितले बिहीबार नदीमा माछाका भुरा छोडेका हुन्।, गैंडाकोट नगरपालिका वडा नम्बर ३ को ढो...
रासस  , नेपाल प्रहरीले विदेशी मास्कको नक्कल गरी कम गुणस्तरको मास्क बनाएर बिक्री गर्ने गरेको तथ्य फेला पारेको छ । काठमाडौंको त्रिपुरेश्वरमा नक्कली मास्क बिक्री भइरहेको भन्ने सूचनाका आधारमा खोजी गर्दा उक्त तथ्य फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ,  , नेपाल प्रहरीले विदेशी मास्कको नक्कल गरी कम गुणस्तरको मास्क...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले भेरोसेल खोपको अभाव भएको भन्दै माघ १४ देखि १७ गतेसम्म ६० वर्षभन्दा माथिका व्यक्तिलाई थप मात्रा खोप (बुस्टर) भेरोसेल लगाउने कार्यक्रम स्थगित गरेको छ।, यसअघि शनिबारबाहेक माघ १४ देखि माघ १७ गते सोमबारसम्म कोभिसिल्ड र भेरोसिलको बुस्टर डोज लगाउने भन्दै महानगरले सूचना प्रकाशित गरेको ...
रासस दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ।, कुखुरा व्यवसायीसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि उनीमाथि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छानविन सुरु गरेको सेती प्राविधिक शिक्षालयका शिक्षक तीर्थराज अवस्थीले बताए।, शिक्षालय प्रमुख यादव...
रासस लम्जुङमा भूकम्पको धक्का महसुस गरिएको छ।, क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर गए राति १०ः३४ मा दुई दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।, भूकम्प सानो गएकाले कतिपयले भने थाहा नपाएको बताएका छन्।, जेठ ५ गते आएको भूकम्पले केही व्यक्तिको मृत्य...
नारायण खड्का घोराही कारागारका तत्कालीन नाइके यमराज परियार गत पुस ८ गते दिउँसो प्रहरीकै मोटरसाइकलमा फरार भए।, उनलाई गर्भवती प्रेमिकाको हत्यामा जिल्ला अदालतबाट २० वर्ष कैद सजाय सुनाइएको थियो।, राजपुर गाउँपालिका-३ का २९ वर्षीय यमराज छालाको उपचार गराउने बहानामा प्रहरी जवान धनबहादुर चौधरीसँग मोटरसाइकलमा बाहिर गएका थिए।, बि...
रासस शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधार्न निजी क्षेत्रसँग सहकार्य गरिने बताएका छन्।, कोराना महामारीमा शैक्षिक क्षेत्रको व्यवस्थापन र सुधारबारे निजी लगानीका विद्यालयका छाता संस्थाका प्रतिनिधिसँग बिहीबार सुझाव लिने क्रममा मन्त्री पौडेलले संविधानमा उल्लेख भएको समाजवादोन्मुख राज्य ...
रासस दार्चुलाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ।, बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ। व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन बिताउनुपरेको छ। एक सुरक्षाकर्मीले कष्टकर जीवन बिताउनुपरेको बताएका छन्।, ‘सशस्त्र प्रहरी गुल्म बाहिर निस्कन सकिने अवस्था छैन’, ती सुरक्षाकर्मीले भने,‘हिउ...
रासस जिल्ला प्रहरी कार्यालय भोजपुरले खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ।, प्रहरीले दुई मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि दुवै चालकलाई नियन्त्रणमा लिएको हो।, सदरमुकाम नजिकैको दुम्सिकास्थित को१ख ६२३२ र ना६ख ७४७८ नम्बरको ट्रकमा ब्राउन सुगर लुकाएर लग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको ज...
रासस मुग्लिङ- पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँ खण्डमा धमाधम रूख कटान भइरहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ खण्डमा सडकका दायाँ-बायाँ रहेका रूख कटानलाई तीव्र पारिएको हो। , मुग्लिङ पोखरा सडक चार लेन बनाउने योजना अन्तर्गत सडक क्षेत्रभित्र पर्ने रूख हटाउन थालिएको मुग्लिङ पोखरा सडक योजना (पूर्वी खण्ड) का प्रमुख नर...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ हजार ९ सय  जना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २०४१, भक्तपुरमा २९३ र ललितपुरमा ५६६ संक्रमित थपिएका छन्।, यस्तै काठमाडौं उपत्यकामा ५५ हजार ८०९ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ४००१२, ललितपुरमा १००६९ र भक्तपुरमा...
भानुभक्त तीन करोड नेपाली जनता!, यो वाक्य नेपाली नेताका भाषण, चिया पसलका गफगाफदेखि सामाजिक सञ्जालका भिडिओहरूमा सुन्न थालेको धेरै वर्ष भइसक्यो। २०६८ को जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ६४ लाख थियो। त्यसैलाई आधार मानेर जनसंख्या बढेर ३ करोड पुगिसक्यो होला भनेर धेरैले ‘तीन करोड नेपाली जनता’ भनिदिन्थे।, २०७८ मा हुने जनग...
खिलानाथ ढकाल गत पुस ११ गते राजश्व अनुसन्धान विभागको टोली काठमाडौं-५ कालोपुल पुगेको थियो। डलर विनिमय (सटही)मा संलग्न व्यक्तिको खोजी सिलसिलामा टोली त्यहाँ गएको थियो।, टोली कालोपुलबाट सानो गौचरणतर्फ जाने बायाँतर्फको एनआइसी एसिया बैंक अगाडि रुँगेर बस्यो।, बैंक अगाडिको बाटोमा बा ३३ प ४५१९ नम्बरको स्कुटरमा एक युवा बसिरहेका ...
एजेन्सी भारतको बिहारमा आन्दोलनमा रहेका विद्यार्थीले रेल जलाएका छन्। , बिबिसी हिन्दीका अनुसार रेलवे भर्ती बोर्डले गरेको परीक्षाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीले बुधबार रेल जलाएका हुन्। , हजारौं संख्यामा विद्यार्थीहरूले तीन दिन देखि आन्दोलन गर्दै आएका छन्। बुधबार पनि विद्यार्थी र प्रहरीहरूबीच भीडन्त भएको थियो। , आक्...
सेतोपाटी संवाददाता नेपालको बाह्रौं तथा बि.सं. २०७२ मा जारी भएको नेपालको संविधान पछिको पहिलो राष्ट्रिय जनगणना २०७८ सार्वजनिक भएको छ। २०७८ भदौ ३० सुरू भएको जनगणना मंसिर ९ गते सम्पन्न भएको थियो।, अघिल्लो जनगणनाको तुलनामा यस पटकको जनगणनामा महिलाको जनसङ्ख्या थप बढ्दो देखिएको छ। राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुस...
सेतोपाटी संवाददाता गोरखाको मनकामना केन्द्र रहेर भूकम्प गएको छ।, आज अपरान्ह ४ बजेर ५४ मिनेटमा मनकामना केन्द्र रहेर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।, भूकम्पको धक्का गोरखा, चितवन, धादिङलगायत क्षेत्रमा महशुस गरिएको थियो।, केन्द्रका अनुसार ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।, ०७२ म...
सेतोपाटी संवाददाता प्रहरीले बिल बिजकभन्दा बढी खुद्रा मालवस्तु बोकेको ट्रक नियन्त्रणमा लिएको छ।, मंगलबार राति पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका-८ भारतीय राजदूतावास चोकको सडकबाट ना४ख ८३३४ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।, राति साढे ९ बजे वीरगञ्जबाट उक्त ट्रक बुटवलका लागि जाँदै थियो। ट्रक रोकेर चेकजाँच गर्दा भन्सार क...
रासस सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ।, आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप दिइसकेको छ भने ६१ प्रतिशतले दुवै मात्रा...
सेतोपाटी संवाददाता मुलुकको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव भोलिसम्म जारी रहने मौसमविद्ले जानकारी दिएका छन्।, आज देशको पहाडी भु-भागमा मौसम आंशिक बदली हुनेछ भने तराईमा हुस्सु र कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , मौसमविद् गंगा नगरकोटीका अनुसार क्रमशः दैनिक सुधार हुँदै आएको मौसममा पर्सि...
सेतोपाटी संवाददाता काठमाडौंको गोंगबुमा ३४ वर्षीय महिलामाथि सामूहिक बलात्कार गरेको घटनामा पक्राउ परेका ९ जना आरोपित पुर्पक्षका लागि थुनामा गएका छन्। , काठमाडौं जिल्ला अदालतले बुधबार नौ जना आरोपितलाई पुर्पक्षको लागि कारागार कार्यालय, जगन्नाथदेवलमा पठाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले...
सेतोपाटी संवाददाता नेपाली सेनाको टोली पर्सा राष्ट्रिय निकुञ्जबाट दुई सय किलो गाँजासहित अन्य विभिन्न विस्फोटक पदार्थ बरामद गरेको छ।, मंगलबार सिद्धिबक्स गणबाट खटिएको टोलीले लालभित्ती शितलपुरस्थित चुरे इलाकाबाट गाँझासहित विस्फोटक पदार्थ बरामद गरेको हो।, बरामद सामानमा भरूवा बन्दुकको गोली ३९ थान, बारूद २ सय ग्राम, बम पटाका...
सेतोपाटी संवाददाता झापाको मेचीनगर नगरपालिकाकी उपमेयर चढ्ने गरेको सरकारी गाडीको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ।, उपमेयर मीना उप्रेती भने उक्त गाडीमा सवार थिइनन्।, बा १ झ १७२ नम्बरको स्कारपियोले मे ९ प ७९२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मेचीनगर ७ का सन्तोष राजवंशी गम्भीर घाइते भएका थिए।, बु...
खिलानाथ ढकाल अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित १८ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।, एक अर्ब २४ करोड ३५ लाख २६ हजार ६४३ बराबरको राजश्व चुहावट गरेर भ्रष्टाचार गरेको कसुरमा घिमिरेसहितका व्यक्तिमाथि अख्तियारले बुधबार मुद्दा दायर गरेको हो।, य...
सेतोपाटी संवाददाता बैतडीमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।, बिहीबार बिहान महेन्द्रनगरबाट छुटेकाे ना ७ ख २५७० नम्बरको बस मेलौली नगरपालिका-२ मा दुर्घटनामा परेकाे थियाे।, साे दुर्घटनामा कञ्चनपुरको दैजी बस्ने ३१ वर्षीया पुजा भट्ट, बैतडीको मेलौलीका ४८ वर्षीय कमलापति भट्ट, साेहि नगरपालिकाका ३४ वर्षीय दुर्गादत्त भट्ट...
सेतोपाटी संवाददाता राष्ट्रिय जनगणना २०७८ को प्रारम्भीक नतिजा अनुसार काठमाडौं उपत्यकाको जनसंख्या पछिल्लो १० वर्षमा ४ लाख ७९ हजार ३१८ ले बढेको छ।  यो सँगै उपत्यकाको कुल जनसंख्या २९ लाख ९६ हजार ३४१ पुगेको छ।, मुलुकभर महिलाको संख्या बढी भए पनि काठमाडौं उपत्यकामा भने महिलाको संख्या कमि छ। उपत्यकामा पुरूषको संख्या १५ लाख १९...
सेतोपाटी संवाददाता मंगलबार बिहान  रूपन्देहीको देवदहमा मृत फेला परेका महिला र बालिकाको पहिचान नखुल्दै बुधबार साँझ तिनाउ नदीमा अर्को एक महिलाको बेवारिसे शव फेला परेको छ। , रूपन्देहीसँग जोडिएको पाल्पाको तिनाउ गाउँपालिकामा वडा नम्बर ३ स्थित विद्युत गृहको ड्यामनजिक तिनाउ नदीबीचमा अन्दाजी ६०/६५ वर्षकी महिला मृत फेला परेको प...
रासस इलाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप जिप अनियन्त्रित भई सडकदेखि करिब पाँच सय मिटर तल झरेको छ।, मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा पिकअप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिए।, उनकाअनुसा...
सेतोपाटी संवाददाता बालाजुमा ग्यासको बुलेटमा च्यापिएर चालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा भारत कलकत्ताका ४५ वर्षीय दिलीप चौधरी रहेको प्रहरीले जनाएको छ।, दुई वटा ग्यास बुलेको बीचमा च्यापिँदा उनको बिहीबार बिहान मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, काठमाडौं-१६ बालाजु औद्योगिक क्षेत्रमा दुई वटा ग्यास बु...
रासस कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमति भएको छ।, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, विमानस्थल प्रमुख रामकृष्ण भट्ट तथा गेटा विमानस्थल निर्माण तथा बस्ती व्यवस्थापन समन्वय समितिका संयोजक लोकराज भट्टबीच बुधबार सात बुँदे सहमति भएको हो।, विम...
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्रीको निजी सुरक्षाकर्मी रहेका प्रहरी हवल्दार मृत फेला परेका छन्।, आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका निजी सुरक्षाकर्मी (पिएसओ) रहेका प्रहरी हवल्दार रमेशदत्त जोशी मृत फेला परेका हुन्।, जोशी धनगढी ३ मा रहेको आफ्नै घरमा मृत फेला परेका छन्।, परिवारका अन्य स...
सेतोपाटी संवाददाता काठमाडौंको शंखरापुर नगरपालिकामा निस्सासिएर श्रीमान-श्रीमतीको मृत्यु भएको छ।, महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार शंखरापुर नगरपालिका-३ मा गएराति निस्सासिएर दम्पतीको मृत्यु भएको हो।, ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीया फूलकुमारी थिङकोको मृत्यु भएको हो।, उनीहरू आफू बसेको घरको कोठामा मृत अवस्थामा फ...
रासस बर्सेनि वर्षातको समयमा मानवबस्ती पस्ने नारायणी नदीमा चार अर्ब ७२ करोड रुपैयाँ बराबरको तटबन्ध निर्माण सुरू गरिएको छ।, तटबन्ध निर्माणका लागि पहिलो खण्डको बोलपत्र आह्वान भइसकेको छ। बाँकी चार खण्डको आउँदो दुई साताभित्र बोलपत्र आह्वान गर्ने गरी काम अघि बढाइएको छ। , सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यका अनुसा...
सेतोपाटी संवाददाता रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। , गरुडा नगरपालिका-४ मा बुधबार ११ बजे मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।, उनका अनुसार ना ६२ प ३३९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो। , मृत्...
राजेश घिमिरे नारायणगढको पुल्चोकबाट छ किलोमिटर पूर्वतर्फ बराण्डाभार वन क्षेत्रमा विस्तार हुँदै गरेको सडकको खाल्डोमा फसेर आइतबार एकसिंगे गैंडा मर्‍यो। चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट निस्किएको गैंडा पूर्व–पश्चिम राजमार्ग क्रस गर्न खोज्दा नालीसँगैको खाल्डोमा फसेको थियो।, यो घटनापछि वन क्षेत्रसँग जोडिएर बने...
सेतोपाटी संवाददाता नेपाल औषधि उत्पादक संघले अहिले कुनै पनि औषधि अभाव नभएको भन्दै नआत्तिन सर्वसाधारणलाई आग्रह गरेको छ।, अहिलेको अवस्थामा कुनै पनि औषधिको अभाव हुन नदिन उद्योगीहरूले अहोरात्र कार्य गरिरहेको र स्वदेशमा बन्ने कुनै पनि औषधिको अभाव हुन नदिने प्रतिवद्धता समेत संघले गरेको छ।, केही सञ्चार माध्यमले नेपालमा बन्ने ...
सेतोपाटी संवाददाता निर्माणाधीन छ लेनको गोन्द्राङ–पुलचोक सडकमा बनाइएको नालीमा फसेर गैंडाको मृत्यु भएपछि सरकारले त्यसको छानबिन गर्न कार्यदल गठन गरेको छ ।, टिकौली जंगल नजिकै सडक नालीको छेउमा खनेर छाडिएको खाल्डोमा फसेर आइतबार एउटा भाले गैंडाको मृत्यु भएको थियो।, निकुञ्जको मध्यवर्ती क्षेत्रमा सडक विस्तारको क्रममा खनिएको खा...
सेतोपाटी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमा नै निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन्।, आज अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेका मन्त्री पौडेलले यो अथवा त्यो बहाना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिए।,  , ‘कतिपय खुलेका आयोगमा परीक्षा...
सबिना श्रेष्ठ सहरको कथा: पनौती, पनौतीका मान्छेलाई तपाईं फ्रान्सेलीहरूबारे सोध्नुहोस्, उनीहरूको अनुहारमा उज्यालो छाउँछ। फ्रान्सेलीहरूले पनौतीका लागि जे गरे, त्यसनिम्ति उनीहरू सधैं कृतज्ञ छन्।, फ्रान्ससँग पनौतीको यो प्रेम एकोहोरो होइन। फ्रान्सेलीहरूलाई पनि पनौतीसँग अगाध प्रेम छ।, यो प्रेम नै हो, जसका कारण फ्रान्सको एउटा...
सेतोपाटी संवाददाता बैतडीबाट हराइरहेकी बालिका पर्सामा फेला परेकी छिन्। माघ ७ गतेदेखि बेपत्ता भएकी बालिका वीरगञ्ज महानगरपालिका-१६ स्थित शंकराचार्य गेटमा फेला परेकी हुन्।, भारत लैजान लागिएको अवस्थामा ती बालिकाको सोमबार उद्धार गरिएको पर्सा प्रहरीले जनाएको छ।, माइती नेपालको समन्वयमा बालिकालाई उद्धार गरिएको पर्सा प्रहरी प्र...
सेतोपाटी संवाददाता ठमेल होस्टलमा अनलाइनबाट जुवा खेलाउँदै गरेका दुई जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बाग्लुङ थाईवाङ घर भई हाल काठमाडौं-२६ बस्ने ठमेल होस्टलका सञ्चालक राकेशकुमार क्षेत्री र भारत दिल्ली तिलकनगर घर भई हाल काठमाडौं-२६ बस्ने भारतीय नागरिक जसपाल सिंह छन्।, महानगरीय प्रहरी वृत्त लैनचौरबा...
सेतोपाटी संवाददाता चार वर्षीय छोरासहित बेपत्ता बागलुङको गलकोट नगरपालिका-७ मल्मकी धनकुमारी बस्नेत विक भारतको राजधानी नयाँ दिल्लीमा भेटिएकी छिन्।, घरदेखि हराएको दुई सातापछि विक आइतबार दिल्लीमा भेटिएको उनका श्रीमान् राजेन्द्रले जानकारी दिए।, श्रीमती र छोरा सक्षमलाई लिएर आफू नेपाल फर्किरहेको उनले बताए। खोजी गर्दा भारत गएक...
सेतोपाटी संवाददाता देशमा पश्चिमी  न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम र गण्डकीमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली छ।, साथै सुदूरपश्चिमका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान...
रासस जङ्गली बँदेलको आक्रमणबाट बैतडीमा एक वृद्धको मृत्यु भएको छ।, अन्य तीनजना घाइते भएका छन्।, दोगडाकेदार गाउँपालिका–१ घोरडीका ७७ वर्षीय मनोरथ जोशीको मृत्यु भएको हो।, उनको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मंगलबार मृत्यु भएको प्रहरी निरीक्षक दर्शन खड्काले बताए।, सोमबार साँझ बँदेल धपाउन खोज्दा उनीहरुमाथि आक्रमण भएको थि...
सेतोपाटी संवाददाता कोरोना संक्रमितको संख्या वृद्धि भएसँगै सुदूरपश्चिम विश्वविद्यालयले वार्षिक परीक्षा स्थगित गरेको छ।, विश्वविद्यालयले माघ महिनाभरि हुने सबै परीक्षा स्थगित गरेको हो।, मंगलबार बसेको परीक्षा बोर्डको बैठकले यही माघ १६ गतेदेखि सुरु हुन लागेको स्नातक तहको व्यवस्थापन सङ्कायका पहिलो, दोस्रो र तेस्रो वर्षका पर...
सेतोपाटी संवाददाता झापाको दमक-३ स्थित दुम्सेमा मंगलबार राति हात्तीको आक्रमणबाट एक बृद्धको ज्यान गएको छ।, दमक ३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको ८ बजेतिर हात्तीको आक्रमणबाट मृत्यु भएको सो वडाका वडाध्यक्ष नवीन बरालले जानकारी दिए।, अधिकारी मकैमा पानी सिँचाइ गर्नका लागि नजिकैको पैनी (कुलो) मा गएका थिए। त्यहीबेला हात्तील...
सेतोपाटी संवाददाता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागले एक कर्मचारीलाई सेवाबाट हटाएको छ।, लगातार ९० दिनसम्म कार्यालय उपस्थित नभएको भन्दै गण्डकी प्रदेश संग्रहालयका कर्मचारी विशालबाबु डुम्रेलाई सेवाबाट हटाइएको हो।, स्याङ्जा घर भएका डुम्रे खरिदार थिए।, बिदा स्वीकृत नगराई लगातार ९० दिनसम्म...
सेतोपाटी संवाददाता शिक्षक सेवा आयोगले शिक्षक पदको बढुवाका लागि दरखास्त आह्वान गरेको छ।, आयोगले सामुदायिक विद्यालयहरूमा प्राथमिक, निम्नमाध्यमिक, माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रिक्त शिक्षक पदहरूमा बढुवाका लागि आवेदन मागेको छ।, आन्तरिक प्रतियोगितात्मक परीक्षा (२५ प्रतिशत) र कार्यसम्पादन मूल्यांकनका आधारमा हुने ब...
भेषराज बस्नेत/रासस कपास विकास समितिले बर्दियाको कुम्भरमा अतिक्रमित ५५० हेक्टर जग्गाको खोजी सुरु गरेको छ। बर्दियाको बारबर्दिया नगरपालिका–१० र बढैयाताल गाउँपालिका–९ कुम्भरस्थित कपास फार्मको उक्त जग्गा द्वन्द्वको समयमा २०५८ सालदेखि अतिक्रमणमा परेको हो।, उक्त जग्गामध्ये १३८ बिघा १५ कठ्ठा सरकारले मुक्त कमैयालाई वितरण गरेको...
रासस झापामा सवारी दुर्घटनामा परी प्रत्येक तीन दिनमा एकजनाको मृत्यु हुने गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयको चालु आर्थिक वर्ष २०७८–७९ को पुस मसान्तसम्मको तथ्यांकले त्यही पुष्टि गर्छ।, चालु आवको पुस मसान्तसम्ममा सवारी दुर्घटनामा परी ६३ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयका निरीक्षक निशेष चापागाईंले जानकारी द...
रासस जङ्गली हात्तीको आक्रमणबाट झापाको दमक–३ दुम्सेमा गए राति एक वृद्धको मृत्यु भएको छ।, दमक–३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो।, वडाध्यक्ष नवीन बरालका अनुसार मकै लगाएको खेतमा पानी हाल्न कुलोमा गएका बेला अधिकारीलाई हात्तीले आक्रमण गरेको हो।, आक्रमणबाट उनको घटनास्थलमै ज्यान गएक...
मनिका विश्वकर्मा सेतोपाटी फलोअप, खुट्टामा छिरबिरे प्वाल परेका कालो चप्पल। मोबिल लतपतिएका हातमा नटको झुप्पा। खुकुलो जिन्स पाइन्टसँगै नाकबाट बगिरहेका सिँगान उनले माथि ताने।, काठमाडौं, बुद्धनगरमा रहेको वर्कसपमा काम गर्छन् उनी। भक्तपुर, बालकोटबाट करिब बीस मिनेट साइकल चलाएर आइपुग्छन्। वर्कसपमा साहु र उनी मात्रै। पाँच हजार ...
रासस पर्सामा १२ वर्षीय बालकको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका पाँच जनामाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दाअन्तर्गत अनुसन्धान थालेको छ।, गत पुस २३ गते पर्साको जगरनाथपुर गाउँपालिका–६ सन्ठीका नागेन्द्रप्रसाद कुर्मीका १२ वर्षीय छोरा मन्टुको हत्या गरेको आरोपमा प्रहरीले सोही गाउँका पाँच जनालाई पक्राउ गरेको थियो।, ...
सेतोपाटी संवाददाता नेपालको जनगणनामा लिपुलेक-लिम्पियाधुराको जनसंख्या पनि समेटिएको छ।, बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजामा नेपालको पछिल्लो जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ। यो २०६८ सालको  तुलनामा झन्डै २७ लाख बढी हो।, नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ। यो सन् १...
सेतोपाटी संवाददाता नेपालको जनसंख्या वृद्धिदर पछिल्लो ८० वर्षमै कम भएको छ।, बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजामा नेपालको पछिल्लो जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ। यो २०६८ सालको  तुलनामा झन्डै २७ लाख बढी हो।, नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ। यो सन् १९९८पछिको स...
सेतोपाटी संवाददाता पहिरोमा परेर दाङमा एक जना युवाको मृत्यु भएको छ।, पहिरो झरेर अवरूद्ध सडकमा मोटरसाइकल गुडाउन नमिलेपछि डोर्‍याउने क्रममा: घोराही उपमहानगरपालिका १४ का ३५ वर्षका नरबहादुर घर्ती (सुदीप) को मृत्यु भएको हो।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता झलकप्रसाद शर्माका अनुसार मंगलबार कपुरकोटबाट तुलसीपुर आउँदै...
रासस पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ विशाल चोकमा आज बिहान एक ट्रकमा आगजनी भएको छ। कुखुराको दाना बोकेर पूर्वतर्फ गइरहेको ना ५ ख १९११ नंको ट्रकमा आगजनी भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार कसले र किन ट्रकमा आगजनी गरेको भ...
सेतोपाटी संवाददाता पछिल्लो १० वर्षमा सबैभन्दा बढी जनसंख्या वृद्धिदर लुम्बिनी प्रदेशमा रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ। , २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा अनुसार प्रदेशगत रुपमा वार्षिक जनसंख्या वृद्धिदर हेर्दा ७ वटा प्रदेशमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२५ प्रतिशत प्रतिवर्ष छ। १० वर्षमा ६ लाख २४ हज...
सेतोपाटी संवाददाता राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार मधेश प्रदेसको जनसंख्या सबैभन्दा बढी रहेको छ।, २०७८ मा जनसंख्याको आकारको हिसाबले दोस्रोमा बागमती प्रदेश, तेस्रोमा लुम्बिनी प्रदेश, चौथोमा प्रदेश १, पाँचौमा सुदूरपश्चिम, छैठौंमा गण्डकी अन्तिममा कर्णाली प्रदेश छन्। , गत जनगणनाको तुलनामा मधेश प्रदेश र लुम...
सेतोपाटी संवाददाता पछिल्लो १० वर्षमा तराईको जनसंख्या २३ लाख ४७ हजार १२३ ले बढेको छ। , बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार भौगोलिक क्षेत्र अनुसार तराईमा जनसंख्या वृद्धि भएको देखिन्छ। , तराईमा हाल जनसंख्या १ करोड ५६ लाख ६५ हजार ८२८ पुगेको छ। २०६८ मा तराईमा १ करोड ३३ लाख...
सेतोपाटी संवाददाता जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार विदेशिने महिलाहरूको संख्या ७१ प्रतिशतले वृद्धि भएको छ।, १० वर्ष अघिको तुलनामा विदेशिने महिलाहरूको संख्या बढेको हो। , केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजाअनुसार अहिले विदेशिने महिलाहरूको संख्या ७१.०९ प्रतिशतले बढेको ह...
सेतोपाटी संवाददाता नेपालको जनसंख्या २०७८ मा दुई करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ। , बुधबार केन्द्रीय तथ्यांक विभागले जारी गरेको जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या दुई करोड ९२ लाख पुगेको हो। , दस वर्ष अघि २०६८ सालमा गरेको जनगणनामा नेपालको जनगणना २ करोड ६४ लाख ९४ हजार ५०४ थियो। , त्यसको तुलनामा न...
सेतोपाटी संवाददाता कोरोना भाइरसको जोखिम बढेको भन्दै पोखरा महानगरपालिकाले पाँच दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ।, महानगरपालिकाले एक सूचना जारी गर्दै बुधबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा माघ १६ गतेसम्म बन्द रहने जानकारी दिएको हो।, कार्यालयका केही कर्मचारीहरूलाई कोरोना संक्रमण पुष्टि भएको र केही कर्मचारी...
नृपेन्द्रबहादुर मल्ल मुगुको छायाँनाथ रारा नगरपालिकाको एक विकट गाउँमा पहिलो पटक गाडी पुगेको छ।, गाउँमा गाडी आएपछि स्थानीय बासिन्दा खुसी भएका छन्।, छायाँनाथ रारा नगरपालिका–६ लिउडी गाउँमा गाडी पुगेपछि स्थानीय बासिन्दाले खुसीयाली मनाएका थिए।, कोटिला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको छ किलोमिटर ट्याक खुलेसँगै गाडी लगिएक...
सेतोपाटी संवाददाता ललितपुरको सुनाकोठीबाट चोरिएको बालकुमारी माईको मूर्ति खोजीका लागि लागि पाँच सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ। , प्रहरी नायव निरीक्षक दीपक भारतीको संयोजकत्वमा उक्त अनुसन्धान टोली गठन गरिएको प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धी विक्रम शाहले जानकारी दिए। ‘प्राविधिकसहित अनुसन्धानका लागि टोली ...
हेमन्त केसी उपल्लो डोल्पा एक भूगोलमात्र होइन, सीमारक्षा गर्ने बिनाबर्दीका सिपाहीहरूको खास ठाउँ पनि हो।, वर्ष दिनमा आधा वर्ष हिउँले ढाक्ने र आधा वर्ष मात्र चलायमान हुने उपल्लो डोल्पामा जोखिमताकै बीचमा पनि जीवन चलाउनुपर्ने बाध्यता छ।, काठमाडौँबाट विभिन्न मुलुकमा जान छिटो र सुलभ हुनसक्छ तर उपल्लो डोल्पा पुग्न ठूलो खर्च ल...
रासस स्याङ्जा जिल्लास्थित सेवा प्रदायक निकायमा आउने सेवाग्राहीलाई खोप कार्ड अनिवार्य गरेसँगै जिल्लामा खोप लगाउनेहरुको संख्या बढेको छ।, जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा दुई दिन खोप अभियान सञ्चालन गरिएकामा अहिले तीनवटा स्वास्थ्य संस्थामा नियमित खोप अभियान जारी राखिएको स्वास्थ्य कार्यालयकी प्रमुख बसुन्धरा शर्माले बताइन...
रासस शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान आजदेखि पुनः सञ्चालन हुने भएको छ।, अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि खोप अभियान पुनः सञ्चालन गर्ने बताइन्।, आज ब...
रासस कोरोना भाइरस संक्रमणको तेस्रो लहरमा संक्रमित बढ्दै जाँदा कास्कीमा सार्वजनिक सेवा प्रदायक कार्यालयको सेवा कटौती भएको छ।, सेवाग्राहीका भीड बढी हुने जिल्लाका अधिकांश कार्यालयले कार्यरत कर्मचारी संक्रमित भएपछि सेवा स्थगन गरेका छन्।, केही कार्यालयको सेवा पूर्ण बन्द गरिएको छ भने केहीले आंशिक सञ्चालन गरेका छन्।, स्थानीय...
सेतोपाटी संवाददाता बारामा बेहुली लिन हिँडेको रथ पल्टिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १४ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए।, मृत्यु हुनेमा आदर्श कोटवाल गाउँपालिका-३ की १५ वर्षीया निलमकुमारी राम र सिम्रौनगढ नगरपालिका-७ की २३ वर्षीया शैलकुमारी राम छन्।, सोमब...
विजय राउत जुम्लाका किसान यस याममा स्याउ बगैंचा व्यवस्थापन कार्यमा जुटेका छन्। पुसको पहिलो सातादेखि माघको अन्तिम हप्तासम्म यहाँका किसानलाई स्याउ बगैंचा व्यवस्थापनमा भ्याइनभ्याई हुने गर्दछ।  , तातोपानी गाउँपालिका-४ का  किसान सत्यदेवी पाण्डेले स्याउ बोटको काँटछाँट तथा यसको व्यवस्थापनमा आफूहरू जुटेको जानकारी दिइन्।, बगैंच...
एजेन्सी भारतमा लगातार पाँचौ दिन कोरोना संक्रमण घटेको छ। पछिल्लो २४ घन्टामा २ लाख ५५ हजार ८ सय ७४ कोरोनाका नयाँ संक्रमित फेला परेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। , यसअघि लगातार ५ दिनसम्म तीन लाख भन्दा बढी संक्रमित भेटिएका थिए।, सोमबार ३ लाख ६ हजार ६४ जनामा कोरोना पोजेटिभ देखिएको थियो।, यो सँगै...
सेतोपाटी संवाददाता सुदूरपश्चिममा चार जना संक्रमितमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। , प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण देखिएका १ सय ४६ स्वाब नमूना काठमाडौंमा परीक्षण गर्दा भारतबाट फर्केका चार जनामा सो भेरियन्ट देखा परेको हो।, तीमध्ये कञ्चनपुरका २ जना, बझाङ र डोटीका एक/एक जना रहेका छ...
रासस कोरोना भाइरस संक्रमणको तेस्रो लहर आएसँगै सूर्यविनायक नगरपालिकाले आफ्ना नगरबासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याउने भएको छ।, अक्सिजन प्लान्टसहित सञ्चालन गर्ने अस्पतालका लागि पाँच वटा भवनलगायतका आवश्यक पूर्वाधार निर्माण सम्पन्न भएकाले नगरपालिका अब अस्पताल सञ्चालनको त...
रासस पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, देशको पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्...
एजेन्सी मंगलबार तीन वटा मध्य एसियाली मुलुकहरूमा एकैचोटी बिजुली गएको छ।, समाचार संस्था रोयटर्सका अनुसार उज्बेकस्तान, कजाखस्तान र किर्गिजस्तानका विभिन्न सहरमा मंगलबार बिजुली अवरूद्ध भएको हो।, पूर्वसोभियत युनियनका सदस्य यी तीन मुलुकको विद्युत प्रणाली आपसमा जोडिएको छ। कजाखस्तान हुँदै बिजुलीको लाइन रूससँग मिसिएको छ।  आफ्नो...
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले विदेशी मुद्दा अपचलन गरेको आरोपमा चार जनाविरूद्ध  काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। , विभागले विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ सम्बन्धी कसुरमा चार जनाविरूद्ध सोमबार मुद्दा दायर गरेको विभागका उपनिर्देशक तथा प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए। , एक महिनाअघि...
नारायण अधिकारी कुनै बेला साइकलको जिल्ला भनेर चिनिने चितवनमा यतिबेला स्वास्थ्य र सोखका लागि साइकल प्रयोग हुन थालेको छ । पछिल्ला दिनमा आवश्यकताले भन्दा पनि स्वस्थ रहन र सोखका लागि साइकल प्रयोग गर्नेहरु बढ्दै गएका हुन् । , त्यसो त चितवनमा कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा यसको प्रयोग भइरहेको व्यवसायी बताउँछन्। क...
सेतोपाटी संवाददाता काठमाडौंको कपनबाट दुई जना ब्राउन सुगरसहित पक्राउ परेका छन्। , महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले सोमबार अपरान्ह साढे ५ बजे बूढानीलकण्ठ नगरपालिका-१० कपन रुद्रमती चोकबाट दुई जनालाई पक्राउ गरेको हो। , धनकुटा घर भई बूढानीलकण्ठ-११ गैरीगाउँ बस्ने २९ वर्षीया रेनुका तामाङ र धनुषा घर भई बूढानीलकण्ठ ...
रासस नेपालमा  कोरोना भाइरस विरूद्धको मोडर्ना खोप १६ लाख ६० हजार डोज आएको छ।, विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधा अन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमबार साँझ आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए।, मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूह...
सेतोपाटी संवाददाता उच्च अदालत पाटनबाट बैंकिङ कसूर मुद्दामा ४० लाख जरिवाना रुपैयाँ र १० दिन कैद तोकिएका तोरणबाबु श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।, उच्च अदालत पाटनले २०७७ जेठ २७ गते श्रेष्ठलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम १० दिन कैद र ४० लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो।, सोही फैसला कार्यान्वयनका क्रममा ...
सेतोपाटी संवाददाता साथीको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  , मोरङको कटहरी गाँउपालिका-३ का ३८ वर्षीय शेखर राजवंशीलाई आइतबार प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। , प्रहरीका अनुसार शनिबार राति कटहरी गाँउपालिका-३ स्थित रिङरोडको नहरमा २८ वर्षीय झप्पु भनिने अशोक ऋषिदेवको शव फे...
सेतोपाटी संवाददाता रूपन्देहीको देवदहस्थित घोडाह जंगलमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ।, पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत देवदह नगरपालिका वडा नं १० घोडाह जंगलको राजमार्ग किनारमा उत्तानो परेको अवस्थामा ती महिलाको शव फेला परेको थियो। महिलासँगै अन्दाजी सात-आठ वर्षको बालिकाको पनि शव भेटिएको छ।, यद्यपि उ...
रासस भोजपुरको आमचोक गाउँपालिकाले ३० विपन्न परिवारलाई घर निर्माण गरिदिएको छ।, गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका परिवार पहिचान गरी एक परिवारका लागि तीन लाख रुपैयाँ खर्च गरेर घर बनाइदिएको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिए।, विपन्न परिवार परिवार खोजी तथा पहिचानको लागि समिति गठन गरेर काम गरिएको उनको भनाइ थियो।,...
युनिक श्रेष्ठ नेपाल राष्ट्र बैंकले 'क्रिप्टोकरेन्सी' अवैध रहेको जनाउँदै यसको कारोबार गर्नेलाई कारबाहीको चेतावनी दिँदै आइतबार सूचना जारी गर्‍यो।, क्रिप्टोकरेन्सी भनेको डिजिटल मुद्रा हो जसको मूल्यमा उतारचढाव आइरहन्छ। यो मुद्राको कारोबार संसारको कुनै निकायले नियमन गर्दैन। नेपाल लगायत धेरै देशमा यस्तो मुद्राको कारोबार गर्...
रासस जिल्ला प्रशासन कार्यालय महोत्तरीले ‘नो खोप कार्ड, नो सर्भिस’ व्यवस्था लागु गरेको छ।  , कोरोना नियन्त्रण गर्न प्रशासनले यस्तो प्रावधान कार्यान्वयनमा ल्याएको हो।, सोही क्रममा जिल्लाको प्रत्येक कार्यालयमा ‘नो मास्क नो इन्ट्री’ कार्यक्रम लागू गरिएको छ भने जिप्रकामा ‘नो खोप कार्ड, नो सर्भिस’ प्रावधान लागु गरिएको सहायक...