content
stringlengths
20
64.1k
रासस हुलाकी राजमार्गअन्तर्गत महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित सडकमा गए राति पिकअप भ्यानले ठक्कर दिँदा एक साइकल यात्रीको मृत्यु भएको छ।, मृत्यु हुनेमा सम्सी गाउँपालिका–४ गैँढाभेटपुर बस्ने ४० वर्षीय वीरेन्द्र राउत बरई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।, गए राति हुलाकी सडकखण्डको स...
रासस काठमाडौं गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन्। नगरपालिकाले सूचना जारी गर्दै विद्यालय खुल्ने जानकारी दिएको हो। , नगरपालिकाले नगर भित्रका सबै विद्यालय भौतिक दूरीसहित स्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न अनुरोध गरेको छ।, मापदण्ड पूरा गरे/नगरेको अनुगमन गर्ने नगरपालिकाका शिक्षा, स्...
रासस बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।, गए रातिदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ।, राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ।, राजमार्ग अवरुद्ध भएपछि दजनौँ सवारीसाधन तथा यात्रु अह...
सेतोपाटी संवाददाता गए रातिदेखि परेको अविरल वर्षाका कारण त्रिभुवन राजपथको सिमभञ्ज्याङ र अघोरमा बाक्लो हिउँ पर्नाले आज बिहान २ बजेदेखि हेटौंडा-काठमाडौंतर्फको यातायात अवरूद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ।, बिहीबार राति परेको हिउँ करिब ६ इन्च बाक्लो भएको र पानी परिररहेकाले मौसममा सुधार नआएसम्म हिउँ  पन्छाउन...
रासस बागलुङका ६२ देखि ६४ वर्षभित्रका ज्येष्ठ नागरिकलाई आजदेखि कोभिड-१९ विरूद्धको बुस्टर डोज दिन थालिएको छ।, सो उमेर समूहका झण्डै तीन हजार ५०० जनाले खोपको थप मात्रा पाउने छन्। , खोपको दोस्रो मात्रा लगाएको ६ महिना पुगेका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले बताए...
सेतोपाटी संवाददाता मधेश प्रदेशका चार जिल्लामा कोरोना भाइरस (कोभिड-१९) विरूद्ध घुम्ती खोप सेवा कार्यक्रम सुरू भएको छ।, अस्ट्रेलियाली सरकारको सहयोग, आड्रा नेपाल र बागमती सेवा समाजको साझेदारीमा धनुषा, महोत्तरी, सर्लाही र रौतहटमा घुम्ती खोप सेवाको प्रदेशका सामाजिक विकासमन्त्री नवल किशोर साहले शुभारम्भ गरेका हुन्।, खोप नलग...
राजेश घिमिरे नारायणगढ–मुग्लिन सडक खण्ड विस्तार भएको दुई वर्ष भयो। करिब तीन अर्ब रूपैयाँ खर्चिएर सडक फराकिलो बनाइए पनि पुल निर्माणको काम भने अझै सकिएको छैन।, यो सडकमा पर्ने १९ वटा पुलमध्ये चार वटाको काम पूरा भएको छ। बाँकी १५ वटामध्ये अहिले दस वटा निर्माण भइरहेका छन्। यीमध्ये केही अन्तिम चरणमा छन्। चार वटाको भने निर्माण...
सेतोपाटी संवाददाता गए रातिदेखि परेको अविरल वर्षाका कारण चन्द्रागिरि डाँडोमा हिमपात भएको छ। राजधानीको  पर्यटकीय क्षेत्रको रुपमा रेहेको उक्त स्थानमा आज बिहानैदेखि हिमपात भएको हो।, चन्द्रागिरि रिसोर्ट, भालेश्वर मन्दिर, केवलकार स्टेशनलगायत क्षेत्रमा हिउँले ढाकेको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले ...
सेतोपाटी संवाददाता काठमाडौंबाट प्रहरीले ठगी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौं महानगरपालिका-१५ स्वयम्भूका ४८ वर्षीय पंचमान महर्जनलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले बिहीबार स्वयम्भूबाट पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , उनी कालिम...
सेतोपाटी संवाददाता बझाङमा हिउँमा ट्याक्टर चिप्लिएर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ।, शुक्रबार थलारा गाउँपालिका-३ चाखुरीमा गुडिरहेकाे ट्याक्टर उकालोमा हिउँका कारण चिप्लिएर दुर्घटना भएको हो।, चिप्लिएर दुर्घटना हुँदा साेही गाउँपालिका-२ का अन्दाजी ३० वर्षीय लालबहादुर दाहालकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङ...
सेतोपाटी संवाददाता नेपालमा आधा जनसंख्याले कोरोनाको दुबै डोज खोप लगाएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार एक करोड ४९ लाख २७ हजार ८ सय ९८ जनाले दुबै डोज लगाएका छन्। त्यो भनेको कुल जनसंख्याको ५१.१ प्रतिशत हो। , यसैगरी एक करोड ७३ लाख २ हजार ७ सय ८७ जनाले पहिलो डोज लगाएका छन्। जुन कुल जनसंख्याको ६८.४...
सेतोपाटी संवाददाता मधेश प्रदेशमा बिहीबार रातिदेखि सुरू भएको हावाहुरीले च्यापिएर तीन जनाको मृत्यु भएको छ।, हावाहुरीले रूख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।, धनुषाको सबैला नगरपालिका—१२ स्थित फकिरचन्द उच्च माविको प्रांगणमा रहेको रूख ढल्दा ८ वर...
सेतोपाटी संवाददाता सडक निर्माण हुन नसक्दा लामो समय आलोचना खेप्दै आएको रूपन्देहीको तिलोत्तमा नगरपालिका मंगलापुरदेखि कान्छीबजारसम्मको सडक कालोपत्रे हुने भएको छ।, बुटवल-बेलहिया ६ लेन सडकखण्डको मंगलापुर चोकदेखि पूर्व ५ किलोमिटर सडक निर्माणको लागि शुक्रबार ग्लोबल टेण्डर आह्वान गरिएको हो।, तिलोत्तमा नगरपालिकाका प्रमुख बासुद...
सेतोपाटी संवाददाता १८ करोड राजश्व चुहावट गरेको आरोपमा राजश्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। विभागले मंगलबार अदालतमा चार जनाविरूद्ध मुद्दा दायर गरेको हो। , काठमाडौं महानगरपालिका-७ चुच्चेपाटी बस्ने ब्रिङ मिडिया डिस्ट्रिब्युसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी, व्यवस्थापक सुमन क्षेत्री, सुरे...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय २६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ११ हजार ७३ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ६६५५ पिसिआर परीक्षणबाट १६०२ र ४४१८ एन्टिजेन परीक्षणबाट ९२४ जनाम...
सेतोपाटी संवाददाता पोखरा विश्वविद्यालयले दुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालनगर्ने भएको छ।, शुक्रबार पोखरामा विश्वविद्यालयका पदाधिकारी र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलेलसँगको नीतिगत छलफलपछि विश्वविद्यालयले दुुई महिनाभित्र शिक्षण अस्पताल सञ्चालनगर्ने निर्णय गरेको हो। , विश्वविद्यालयले गण्डकी प्रदेश ...
सेतोपाटी संवाददाता नेपाली लेखक रामचन्द्र खत्रीको ग्राफिक उपन्यास ‘जस्टिस’ प्रकाशनका लागि अमेरिकामा सुरु भएको क्राउड फन्डिङमा एक सातामै लक्ष्यको आधा रकम जुटेको छ । , उपन्यासका लागि शुक्रबारदेखि क्राउड–फन्डिङ प्लेटफर्म किकस्टार्टरमा अभियान सुरु भएको थियो । एक महिनासम्मको समावधि राखेर सुरु गरिएको यो अभियानको प्रारम्भिक ल...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७४५ जना कोभिड संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५७०, भक्तपुरमा ५५ र ललितपुरमा १२० जना कोरोनाका नयाँ संक्रमित थपिएका हुन् ।, काठमाडौंमा १६ हजार ३, ललितपुरमा ९ हजार ३५१ र भक्तपुरमा ३८२९ जना गरि उपत्यकामा सक्रिय संक्रमितको सं...
सेतोपाटी संवाददाता सिन्धुलीबाट भ्लगर चेतन कार्की पक्राउ परेका छन्।, गोलन्जोर गाउँपालिका-७ खुर्कोटस्थित राजमार्गस्थित प्रहरी चेक पोइन्टबाट प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोज लामाले जानकारी दिए।, उनलाई प्रहरीले ब्राउनसुगर र गाँजासहित १९ गते पक्राउ गरेको हो। , काठमाडौं महानगरपा...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण दर घट्दै गएको बताएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले नेपालमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो अवस्था रहेको जानकारी दिइन्। , शुक्रबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्द...
रासस चितवन भरतपुर महानगरपालिका-२९ स्थित नारायणगढ–मुग्लिन सडक खण्डमा आज टिपर र मारुती भ्यान एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।, मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा ११ च ५७८८ नं को मारूती भ्यान र विपरीत दिशाबाट गइरहेको लु २ ख १७०१ नं को टिपर एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो। , ...
खिलानाथ ढकाल वर्षौंदेखि परिचय पत्र हातमा बोकेर जग्गा पाउने आशमा बसिरहेका मोरङका भूमिहीन सुकुम्बासी र भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरूको सपना साकार हुँदैछ।, राष्ट्रिय भूमि आयोगले जग्गा दिलाउन स्थानीय सरकारसँग सम्झौता गरेसँगै उनीहरूको सपना पूरा हुने परिस्थिति बनेको हो।, स्थानीय तह र जनप्रतिनिधिहरूका अनुसार मोरङमा रह...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा निजी सवारी साधन चलाउनका लागि लगाइएको जोर-बिजोर प्रणाली आजसम्म कायम हुने भएको छ। , काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जोर-बिजोर प्रणाली भोलिसम्म यथावत रहेको जानकारी दिएका छन्।, उपत्यकाका तीन वटै सिडिओ कार्यालयले माघ १४ गते निजी सवारी साधनमा जोर-बिजोर लागू गरिएको...
रासस बागलुङ बजारस्थित अस्पताल रोडका एक घरधनीले नयाँ घर निर्माणका लागि जग खन्ने क्रममा सडकमा क्षति पुर्‍याए।  , डोजर प्रयोग गरेर घरको जग खन्दा भर्खर मात्रै कालोपत्र गरेको सडक उप्कियो, अहिले चार तलाको घर सम्पन्न भइसक्यो तर सडकको खाल्टा जस्ताको तस्तै छ। खाल्टोमा पानी जमेर यात्रुलाई सास्ती पुगेको छ। , सडकमा क्षति पुर्‍याए...
रासस रूकुम (पूर्व) को पुथाउत्तरगङ्गा गाउँपालिकामा कृषि सडक खन्ने क्रममा भएको विवाद लामो समयपछि मिलेको छ।, लुम्बिनी प्रदेश सरकारबाट बजेट आए पनि दुई गाउँको बिचमा विवाद हुँदा सडकको काम अघि बढ्न सकेको थिएन। , गाउँपालिकामा बसेको सर्वपक्षीय बैठकले दुई सडकमा देखिएको विवाद मिलाएको छ।, पुथा उत्तरगङ्गा गाउँपालिकामा गर–गरघाट–रन्...
रासस हिमपातका कारण अवरूद्ध बनेको बैतडीको दशरथचन्द राजमार्ग नेपाली सेनाले खुलाएको छ।  , बिहीबारदेखि अवरूद्ध बनेको राजमार्गअन्तर्गत सतबाँझ-गोठलापानी खडकखण्ड नेपाली सेनाले हिउँ पन्छाएपछि आज मध्याह्नपछि खुलेको हो।  , उक्त सडकखण्डको हिउँ पन्छाउन हनुमानध्वज गुल्मबाट उपसेनानी बालाराम बुढाथोकीको  नेतृत्वमा ६० जना नेपाली सेना,...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले सोमबार देखि लागु हुनेगरी नयाँ आदेश जारी गरेको छ। , आइतबार तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरू बसेको बैठकले नयाँ आदेश जारी गरेको हो। , आदेशले कोरोना भाइरसको संक्रमणलाई मध्यनजरमा राख्दै केही पूराना आदेशहरूलाई परिमार्जन गरेको छ...
सेतोपाटी संवाददाता नाबालिका ब्ल्याकमेल गरी बलात्कार गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई पुर्पक्षका लागि थुनामा पठाइएका छन्। , फेसबुकमार्फत् चिनजान गरी नाबालिकालाई साथी बनाएर पछि ब्ल्याकमेल गरी बलात्कार गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई आइतबार पुर्पक्षका लागि जेल चलान गरेको हो। , काठमाडौं जिल्ला अदालतले काभ्रे पनौत...
सेतोपाटी संवाददाता सुर्खेतमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, बिहीबार दिउँसो वीरेन्द्रनगर–११ धुलियाबीटमा स्थानीय २२ वर्षका भुवन बुढाको करेन्ट लागेर मृत्यु भएको हो।, घरमा जोडेको बिजुलीको तर बाँसमा राखेर अग्लो बनाउन खोज्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। तार अग्लो बनाउन प्रयोग गरिएको बाँस ख...
सेतोपाटी संवाददाता झापाको काँकडभिट्टास्थित एसएस फुटवेयरमा आज बिहानदेखि लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन।, बिहीबार बिहान ११ बजेर ३० मिनेट जाँदा सो उद्योगमा लागेको आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन।, मेचीनगर-६ का श्याम पिन्टुको जुत्ता उद्योगमा विद्युत सर्ट भई लागेको आगो साढे ३ घण्टा बितिसक्दा पनि पूर्ण र...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै एक करोड बराबरको सुन र मोबाइलसहित तीन जना पक्राउ परेका छन्। , प्रहरीले बुधबार विमानस्थलको आगमन टनेल गेटबाट तीन जनालाई नियन्त्रणमा लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा  प्रहरी कार्यालयले जानकारी दिएको छ। , पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका-१० सो...
सेतोपाटी संवाददाता कोभिड–१९ विरुद्धको खोप अभियानमा नेपालका १८ वर्ष माथिको ७० प्रतिशत व्यक्तिहरुलाई पूर्ण खोप लगाएका छन्।, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ७० प्रतिशत वयस्क जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकोमा नेपाललाई बधाई पनि दिएको छ।, ‘७० प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन...
सेतोपाटी संवाददाता काठमाडौं टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिका संचालक भीम गुरुङ ठगी आरोपमा पक्राउ परेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको 'मार्शल टोली' ले बिहीबार गुरुङलाई पक्राउ गरेको हो। , संयुक्त अरब इमिरेट्स (युएई)को ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपाल...
सेतोपाटी संवाददाता उदयपुरमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ। , त्रियुगा नगरपालिका-७ स्थित नहरमा ३ वर्षीय बालकको डुबेर मृत्यु भएको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। , दोलखा घर भई त्रियुगा नगरपालिका-७ मा बस्दै आएका मधुसुधन अधिकारीको छोरा लेखनाथ अधिकारीको मृत्यु भएको हो।   , प्रहरीका अनुसार अधिकारी बिहीब...
सविता बुढा धनगढी उपमहानगरपालिकामा पर्ने शिवगंगा नदीमा पुल बनाउन ठेक्का स्वीकृत गरेको साढे चार वर्षभन्दा बढी भयो।, तीन वर्षमा काम पूरा गर्ने कबोल गरेको ठेकेदारले कुल लागतको २२ प्रतिशत रकम लगिसक्यो तर अझै काम सुरू भएको छैन। , सरकारले २०७४ साल असार ३ गते पप्पु एड्भेन्चर जेभीलाई धनगढी उपमहानगर–१६ को पथरी र वडा नम्बर १७ को...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १५०९ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२४९, भक्तपुरमा ७७ र ललितपुरमा १८३ संंक्रमित थपिएका हुन्।, काठमाडौं उपत्यकामा ३५ हजार ७४८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २१७३६, ललितपुरमा ९३६० र भक्तपुरमा ४६५२ सक्रिय संक्रमित छन्।, नेपालमा पछ...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १७५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १२ हजार ६०५ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार २७४२ पिसिआर परीक्षणबाट र  ४३३ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भ...
सेतोपाटी संवाददाता दाङबाट पौने तीन लाख रकमसहित आठ जुवाडे पक्राउ परेका छन्। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं. ५ का ३२ वर्षीय निराजन मल्ल, ४० वर्षीय प्रमोदकुमार खड्का, ४५ वर्षीय उत्तम डाँगी, ३२ वर्षीय रमेश रावत, बबई गाउँपालिका वडा नं. ४ का...
राजु अधिकारी चिकित्सा शिक्षा आयोगले दिएको गाइडलाइन अनुसार विद्यार्थी भर्ना लिएर पठनपाठनमा सहभागी गराउन काठमाडौं विश्वविद्यालयले गरेको आग्रह नोवेल मेडिकल कलेजले लत्याएको छ। , विराटनगरस्थित नोवेल काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेज हो। नोवेललाई  काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले विद्यार्...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिका र काठमाडौं विश्वविद्यालयबीच शिक्षा क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ।, समझदारी पत्रमा महानगरपालिका प्रमुख चिरीबाबु महर्जन र विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले बिहिबार हस्ताक्षर गरेका छन्। , ललितपुर निवासी विद्यार्थीलाई ललितपुरमा रहेका काठमाडौं विश्वविद्यालयका कलेज...
सेतोपाटी संवाददाता प्रहरीको सई हुँ भन्दै रातिमा लुटपाट गर्नेलाई प्रहरीले पक्राउ गरेको छ। , पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका वडा नं. १७ कर्जाहीका २५ वर्षीय छ्याक्ले भनिने अनिल पुन छन्। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार पुनले माघ १७ गते राति १० बजेतिर घोराही १५ आर्मी ब्यारेक नजिकको सडक...
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले पश्चिम तराईमा बिहिबार असिनासहितको वर्षा भएको छ। बुधबार बाँक्लो हुस्सु र कुहिरोले चिसिएको सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशको तराई क्षेत्रमा बिहीबार दिउँसो असिनासँगै वर्षा भएको हो।, वर्षाले यहाँको चिसो झन बढेको छ भने असिनाले अन्नबालीमासमेत क्षति पुर्‍याएको छ।  , पहाडी जिल...
सेतोपाटी संवाददाता झारफुक गर्दा बालिकाको मृत्यु भएको घटनामा पक्राउ परेकी ‘माता’ पुर्पक्षका लागि जेल चलान भएकी छन्। , महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार हत्या आरोपित झारफुक गर्ने माता नागार्जुन नगरपालिका-१ रानीवन पानीट्याङ्की बस्ने ४८ वर्षीया उमा ठकुरीलाई थुनामा पठाइएको हो। उनीसँगै एक नाबालिकलाई पनि सुधार गृहमा पठ...
रासस पशुपति क्षेत्र विकास कोषले आफ्नो जग्गा भनी बोर्ड राखेको स्थानभन्दा माथिको टहरामा २०५२ सालदेखि बस्दै आएका मिमबहादुर तामाङ सुरूको एक वर्ष स्थानीय अष्टलाल श्रेष्ठलाई भाडा तिरेको दाबी गर्छन्।, कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित उक्त जग्गामा दोस्रो वर्षदेखि त्यहाँ बसेवापत् श्रेष्ठको खेतबारीमा काम गरेर भाडाको पै...
सेतोपाटी संवाददाता ललितपुरको ठेंचोमा एक जनाको शव गाडिएको अवस्थामा फेला परेको छ। , गत माघ १३ गते मोरङको धनपालथान- ७ बोर्डिङ टोलस्थित उखुबारीमा दुई शव फेला परेको थियो। सोही घटनामा बेपत्ता रहेका एक जनाको शव ललितपुरमा फेला परेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , उनका अनुसार फेला पर्ने...
सेतोपाटी संवाददाता बाँके र दाङमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पाँच युवक पक्राउ परेका छन्। , पक्राउ पर्नेमध्ये बाँकेका चार र दाङका एक युवक छन्। , पक्राउ पर्नेमा नेपालगञ्ज उपमहागनरपालिका वडा नं. ७ गगनगंजका २८ वर्षीय आदित्य श्रेष्ठ, सोही ठाउँका २६ वर्षीय अंकित श्रेष्ठ र सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा ...
सेतोपाटी संवाददाता भक्तपुरमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , बिहीबार दिउँसो साढे १ बजे चाँगुनारायण नगरपालिका-७ खरिपाटीमा मिनी टाटा ट्रकले, ,मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , खरिपाटी भद्रकालीस्थित प्रदेश नम्बर ३-००१ प १४ ७७ नम्...
सेतोपाटी संवाददाता हुम्लामा बिहानैदेखि हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ। हिमपातका कारण हवाईउडान समेत अवरुद्ध भएको छ । , नेपालगञ्ज र सुर्खेतबाट उडानमार्फत गरिँदै आएको खाद्यन्न हिमपातका कारण बन्द भएको छ। हिमपातपछि सरकारी तथा गैरसरकारी कार्यालयको सेवा प्रभावित बनेको छ। , यसैबीच सहायक प्रमुख जिल्ला अधिकारी दशरथ र...
सेतोपाटी संवाददाता उच्च अदालत सुर्खेतको आदेश बमोजिम जिल्ला वन क्षेत्र समन्वय समितिले काँक्रेविहार संरक्षित क्षेत्रको पुनः नक्सांकन थालेको छ। डिभिजन वन कार्यालयले पुनः नापीका लागि पाँच सदस्यीय प्राविधिक टोली खटाएको छ।, प्राविधिक टोलीले सर्भेको काम सुरू गरिसकेको छ। काँक्रेविहार संरक्षित क्षेत्रको क्षेत्रफलसम्बन्धी विवाद...
रासस नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ। माघको पहिलो हप्ता उच्च रहेको सङ्क्रमणको दर क्रमशः घट्दै गएको छ।, सङ्क्रमणदर घट्दै गएपछि निको हुनेको दर पनि बढेको छ। माघ ८ गते कूल परीक्षण गरिएकामध्ये ५०.८ प्रतिशतमा रहेको सङ्क्रमण माघ १९ गते आइपुग्दा ३१.४ प्रतिशत रहेको छ। माघ ८ गते २० हजार १८७ परीक्षण गर्दा १० हजार...
डा. सुदीप श्रेष्ठ, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ क्यान्सर रोगको अवस्था भयावह छ। प्रत्येक वर्ष विश्वमा दुई करोड क्यान्सरका बिरामी थपिन्छन्। त्यसमध्ये झन्डै एक करोडको मृत्यु हुन्छ।, नेपालको सन्दर्भमा हेर्ने हो भने सन् २०२० को तथ्यांकअनुसार झन्डै २० हजार क्यान्सर पीडित हुन्छन्। तीमध्ये १३ हजारको मृत्यु हुन्छ।, क्यान्सर बढ...
सेतोपाटी संवाददाता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले शनिबारसम्म मौसम प्रभावित हुने भएको छ।, बिहीबार साँझदेखि नै देशका अधिकांश ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको थियो।, काठमाडौं उपत्यकामा पनि बिहीबार साँझदेखि मध्यम वर्षा भइरहेको छ।, काठमाडौंमा आज बिहान पनि मध्यम वर्षा भएको छ। देशका धेरै स्थ...
रासस रूकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ। जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो। हिमपातका कारण चिसो निकै बढेको छ। चिसोेको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ। यस वर्ष पटक–पटक भएको हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ ।, जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाको अधिका...
रासस उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ७ मा नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ।, दोलखा स्थायी घर भई उदयपुरको त्रियुगा नगरपालिका–७ बस्दै आएका मधुसुदन अधिकारीका तीन वर्षीय छोरा लेखनाथ अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी उदयपुरले जनाएको छ।, त्रियुगा नदीको नहरमा बिहीबार दिउँसो खेल्न गएका बालक डुबेका थिए।, अभि...
सेतोपाटी संवाददाता पशुपति क्षेत्र विकास कोष, सञ्चालक परिषदले गोठाटारस्थित जग्गामा बनेका छाप्रालगायत संरचना हटाउन निर्देशन दिएको छ।, १५ दिनभित्र त्यस्ता छाप्रा र संरचना नहटाएमा कोषले आफैँ हटाउने र त्यसबाट हुने क्षति व्यक्ति स्वयमले व्यहोर्नुपर्ने कोषको भनाइ छ।, कोषको जग्गामा बनेका छाप्रा भत्काउन पटकपटक सूचना निकाले पनि...
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकासहित मुलुकभर हल्का वर्षा भइरहेको छ। यो सँगै देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुन थालेको छ। , यसैक्रममा बिहीबार रातीदेखि काठमाडौं वरपरका चन्द्रागिरी, फुलचोकी, शिवपुरीलगायतका डाँडामा हिउँ परेको छ।, यसअघि गत ,माघ ६ गते ,र ,पुस १४ गते, पनि हिउँ परेको थियो।...
रासस म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले जनप्रतिनिधिको हैसियतमा सुविधावापत पाएको रु २० लाखभन्दा बढी रकम सामाजिक काममा खर्चिएका छन्।, विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णता दिन सुविधावापत पाएको रक...
रासस धनुषाको कुर्थाबाट भारतको जयनगरसम्म रेल सेवा हुने खबरले यतिबेला धनुषाका एक दर्जन गाउँका स्थानीयवासी हर्षित भएका छन्।, रेलमा चढ्ने वर्षाैँदेखिको आफूहरुको सपना अब बल्ल पूरा हुने भएपछि धनुषाको जनकपुरधाम उपमहानगरपालिका, औरही गाउँपालिका र जनकनन्दनी गाउँपालिका सहितको विभिन्न स्थानीय तहका एक दर्जन गाउँका स्थानीयवासीमा खु...
सेतोपाटी संवाददाता प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।  , मोरङ विराटनगर महानगरपालिका-६ का ४० वर्षीय सीताराम लुइँटेललाई मंगलबार पक्राउ गरेको प्रदेश नम्बर-१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। , प्रहरीका अनुसार प्रहरीले खोज्दै जाँदा लुइँटेललाई गाउँघरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो...
दिलकुमार लिम्बू ताप्लेजुङ मिक्वाखोला गाउँपालिकाकी भगिमाया लिम्बू अहिले ७७ वर्षमा प्रवेश गरिन्। , आधा उमेर गइसकेपछि मात्र उनले गाडी देख्न पाइन्।, जमानामा उनी ताप्लेजुङदेखि सुनसरीको धरानसम्म पैदल हिँडेरै पुगेकी थिइन्। अहिले घरको आँगनबाटै दैनिक १०–१२ गाडी ओहोरदोहोर गरेको हेर्दै उनी विगतका दिन सम्झिरहन्छिन्।, ‘खानेकुरा लि...
खिलानाथ ढकाल मोरङ पथरी शनिश्चरे नगरपालिका-२ की ९० वर्षीया जगमाया श्रेष्ठ गएको मंगलबार (माघ ११ गते) अपराह्नसम्म घर वरिपरि नै डुलिरहेकी थिइन्।, सधैं बिहानै उठेर गाउँ छिमेकमा पुग्थिन्। उमेर वृद्ध भए पनि उनी फुर्तिली र जाँगरिली थिइन्।, त्यसदिन अपराह्न उनी आफ्नो घरबाट बीस मिटर पूर्व रहेको माइला छोराको घरमा पुगेकी थिइन्।, म...
रासस कोरोना संक्रमण बढेसँगै बन्द गरिएका भरतपुर अस्पतालको सेवा पुनःसञ्चालन गरिने भएको छ।, अस्पतालले स्थगित गरेको ओपिडी सेवा र नियमित शल्यक्रिया यही बिहीबारदेखि पुनः सञ्चालन गर्न लागेको हो। माघ ९ गतेदेखि यी सेवा स्थगित गरिएको थियो।  , अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्ण पौडेलका अनुसार कोरोना जोखिमका कारण बन्द ...
सेतोपाटी संवाददाता प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का सबै स्थगित परीक्षाहरू सञ्चालन हुने भएको छ।, परीक्षा नियन्त्रण कार्यालयले मंगलबार सूचना जारी गर्दै स्थगित भएका सबै परिक्षाहरू पुन: सुचारू गर्ने जानकारी दिएको हो। , परीक्षा फागुन ६ गतेदेखि हुने भएको छ।   , सिटिइभिटीले सम्पूर्ण परीक्षा कोभिड-१...
रासस नदी निकटका तीर्थस्थलको संसारभरि प्रसिद्धि सुनिन्छ। मुलुककै कैयन नदी काखका तीर्थस्थलको देशभरमा चर्चा हुन्छ। तर महोत्तरीको प्राचीन श्रीसिद्धनाथ महादेव मन्दिर नदीकै कारण अस्तित्वको संकट झेल्दैछ।, अहिले भङ्गाहा नगरपालिका-५ सिद्धपुरमा पर्ने रातु र बडहरि नदीको संगममा रहेको यो अति प्राचीन शिवालय रेखदेख र सम्भार नपाएर अस...
सेतोपाटी संवाददाता झापामा प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।  , बिर्तामोड नगरपालिका-५ पञ्चकन्याका २४ वर्षीय सुनिल लिम्बुलाई सोही स्थानबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। , प्रहरीले लिम्बुलाई मंगलबार बेलुकी २९ ग्राम ब्राउन सुगर, दुई हजार नगद र २ थान मोबाइलसहित पक्राउ गरेको हो। , घ...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ११ हजार ५८२ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार २२०५ पिसिआर परीक्षणबाट र  १४३२ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि ...
रासस म्याग्दीको ग्रामीण क्षेत्रमा वैदेशिक रोजगारी, सेवा सुविधाका लागि ठूला सहर र जिल्लाबाहिर बसाइँसराइ गर्नेको सङ्ख्या ह्वात्तै बढेपछि ग्रामीण क्षेत्र खाली हुँदै गएका छन्।, संघीयताको प्रयोग ग्रामीण क्षेत्रसम्म पुगे पनि शिक्षादीक्षा, रोजगारी तथा अन्य विभिन्न कारणले सहर बजारमा झर्नेको संख्या नरोकिएसँगै ग्रामीण बस्तीमा प...
सेतोपाटी संवाददाता झापामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। , बिर्तामोड नगरपालिका-६ बुट्टाबारी चोकस्थित पूर्व-पश्चिम राजमार्गमा दुर्घटना हुँदा मेची नगरपालिका-८ का २७ वर्षीय बमबहादुर लेप्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। , दुर्घटना बुधबार बिहान साढे १० बजे भएको हो।, पश्चिमबा...
सेतोपाटी संवाददाता ‘मेरो डिभी परेको छ, तर कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ छैन।’, केही दिनअघि एक प्रहरीले भक्तपुर ठिमीस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडको ल्याबका एक बिचौलियासँग भने। , महानगरीय अपराध महाशाखालाई उनले नक्कली पिसिआर रिपोर्ट बनाइरहेका छन् भन्ने सूचना पहिले नै आएको थियो।  वास्तविकता जान्न भनेर प्र...
सेतोपाटी संवाददाता नेपालमा ८७.५ प्रतिशत कोरोना संक्रमितमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ नमुनाको जिन सिक्वेन्स गर्दा २१ वटामा ओमिक्रोन र ३ वटामा डेल्टा भेरियन्ट पुष्टि भएको छ।, मन्त्रालयकी प्रवक्ता डाक्टर संगता मिश्राका अनुसार नेपालमा ओमिक्रोन भेरियन्ट हरेक प्रदेशमा पाइए...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ११२३ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा ८६८, भक्तपुरमा ८५ र ललितपुरमा १७० संंक्रमित थपिएका हुन्।, यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्ट...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण स्थगित गरेका विभिन्न संकायका परीक्षाहरू फागुन १ गतेदेखि सुरू गर्ने भएको छ।, त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज सूचना निकालेर परीक्षाको तालिका प्रकाशित गरेको छ।, विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ चार वर्षे वीएस्सी चौथो वर्षको नियमित तथा आंशिक परीक...
सेतोपाटी संवाददाता नक्कली प्रहरी सहायक निरीक्षक (असई) हुँ भन्दै हिँडेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , महनगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौं महानगरपालिका-२८ भद्रकालीस्थित चेकपोइन्टबाट एक जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, बुधबार बिहान भक्तपुर सूर्यविनायक नगरपालिका-८ डोल...
सेतोपाटी संवाददाता तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसार आज (बुधबार) देशभर मनाइएको छ। , काठमाडौंसहित देशभरका विभिन्न स्थानमा तामाङ समुदायहरुले ल्होसार पर्व मनाएका हुन्। गत काठमाडौंको टुँडिखेलमा हरेक वर्ष ल्होसारको रौनकता छाउने भए पनि यस वर्ष भने कोरोना महामारीलाई मध्यनजर गर्दै सांस्कृतिक कार्यक्रम हुन सकेन। , गत वर्...
सेतोपाटी संवाददाता गत माघ १२ गते केन्द्रीय तथ्यांक विभागले जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्‍यो।, प्रारम्भिक नतिजामा विभागले स्थानीय तहहरूको प्रारम्भिक जनसंख्या पनि समावेश गरेको छ।, विभागको त्यही प्रारम्भिक जनसंख्यालाई आधार मानेर अहिले विभिन्न मानिसहरूले दुइटा प्रश्न उठाएका छन्: हाम्रो स्थानीय तहको जनसंख्य...
रासस सुर्खेतको पर्यटकीय महत्वको मंगलगढी–काँक्रेबिहार सडकको स्तरोन्नति सुरू गरिएको छ।, स्थानीयको अवरोध, बन्दाबन्दीलगायत कारणले गत वर्षदेखि रोकिएको स्तरोन्नति कार्य थालिएसँगै सडक क्षेत्रभित्रका ३६ घरटहराहरू भत्काइएका छन्।, वीरेन्द्रनगर-९ का वडाध्यक्ष सुरेश मानन्धरले सडक क्षेत्रभित्रको मापदण्डमा पर्ने आंशिक र पूर्ण गरी ३...
एजेन्सी नियमित विद्युत आपूर्तिको कमीका कारण अफगानिस्तानको राजधानी सहर काबुलमा कम्तीमा ५८० उद्योगहरूको नियमित उत्पादन बन्द हुने अवस्थामा पुगेको बताइएको छ ।, अफगानिस्तानी उद्योग तथा खानी कक्ष (एआईएमसी) शेरबाज कामिन्जाडाले बुधबार स्पुतनिकसँग भने, ‘उद्यमहरू नियमित हुन नसक्दा करिब चार हजार ५०० कामदारहरूले आफ्नो रोजगारी गुम...
सेतोपाटी संवाददाता खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, बुधबार बिहान रावाबेशी गाउँपालिका-५ भदौरेस्थित सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, ढुंगा बोक्न जाँदै गरेको प्रदेश २-०३-००१त ३२९४ नम्बरको ट्याक्टर सडक साइडमा कोल्टे परी दुर्घटना हुँदा रावाबेशी-५ का रोशन बिकको मृत्यु भएको ह...
सेतोपाटी संवाददाता लोक सेवा आयोगले कोरोनाका कारण स्थगित विभिन्न पदको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ ।, आयोगले यसअघि माघ ६ गत सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि स्थगित परीक्षाहरु आगामी फागुन ६ गतेदेखि हुने भएको हो।, आयोगले  सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र आयोगबाट स्वीकृत संक्रम...
रासस नदी कटानका कारण उच्च जोखिममा रहेका पश्चिम म्याग्दीका सात स्थानमा नियन्त्रणको काम अझै सुरुआत नहुँदा स्थानीयवासी चिन्तित भएका छन्।, बेनी नगरपालिका–२ बगरफाँट, वडा नं ३ दूधेखोला, वडा नं ४ सिङ्गा, तातोपानी, मसार, तोराखेत तथा मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार संरक्षणको लागि नदी कटान नियन्त्रणको काम अझै थालिएको छैन...
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट लागुऔषधसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, सुनसरीको धरानबाट काठमाडौं आउँदै गरेको ना ७ ख ३२५५ नम्बरको बस जाँच गर्ने क्रममा लागुऔषधसहित सप्तरीका ४६ वर्षीय शिवचरण दासलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, उनले बोकेको झोलाबाट ...
सेतोपाटी संवाददाता जिल्लाका तीन पालिकामा आजदेखि सुकुम्बासीको जग्गा नापिने भएको छ। राष्ट्रिय भूमि आयोगले जग्गा नापिको काम सुरु गर्न लागेको हो। , आयोगले जग्गा नाप्नु पूर्व तीन पालिका भरतपुर महानगरपालिका, कालिका र माडी नगरपालिकाका अमिन तथा सर्वेक्षकलाई बुधबार प्रशिक्षण दिएको थियो।, आयोगका जिल्ला अध्यक्ष बद्रि तिमिल्सीनाक...
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ। , बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती, मध...
रासस दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ।, जिल्ला प्रहरी कार्यालयका अनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको हो।, ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ।, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनु...
सेतोपाटी संवाददाता झापाको जुत्ता उद्योगमा आगलागी भएको छ। , जिल्ला प्रहरी कार्यालयका अनुसार मेचीनगर नगरपालिका-६स्थित एक उद्योगमा बिहीबार बिहान पौने १२ बजे आगलागी सुरू भएको हो।, श्याम खेताङले संचालन गरेको एसएस फुटवेर जुत्ता उद्योगमा आगलागी भएको प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए।, स्थानीयबासीले जुत्त...
सेतोपाटी संवाददाता बर्दियामा बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्।, बासगढी नगरपालिका-३ स्थित पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रारा चाउचाउ कम्पनी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।    , बिहीबार बिहान सवा ३ बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीले बताए। , कालिकोटबाट म...
राजेश घिमिरे कोरोना संक्रमित भएर उपचार गराएका बिरामीहरूले चितवनका मेडिकल कलेजहरूले आफूसँग उपचार खर्च लिएर सरकारसँग पनि शोधभर्नाका लागि दाबी गरेको गुनासो गरेका छन्।, सरकारले गत वैशाखदेखि असार १५ गतेसम्म कोरोना संक्रमित बिरामीको नि:शुल्क उपचार गर्ने सम्झौता चितवनका दुई मेडिकल कलेजहरूसँग गरेको थियो।, उक्त सम्झौताअनुसार च...
सेतोपाटी संवाददाता जापानले नेपालमा कोरोना खोप भण्डारण क्षमतालाई विस्तार गर्नका लागि अनुदान सहायता उपलब्ध गराएको छ।, युनिसेफसँगको सहकार्यमा जापानले ९ वटा वाक इन कुलर्स, ३८ वटा सोलार ड्रिभन भ्याक्सिन रेफ्रिजेनेटर, एक हजार १०९ वटा भ्याक्सिन क्यारियर्स र ५३ वटा कोल्ड बक्स उपलब्ध गराएको हो। , नेपालका लागि जापानी राजदूत किक...
युवराज श्रेष्ठ हाँस प्रजातिको सानो र सुन्दर चरा हरिहाँस (कटन पिग्मी गुज) अचेल पोखराको खास्टे तालमा देखिँदैन।, साइबेरियाबाट नेपाल आएपछि यो चरा यतै बस्न थालेको थियो। अहिले हरिहाँस कैलालीको घोडाघोडी तालमा मात्र देखिने पन्छी समाज पोखराका अध्यक्ष मनशान्त घिमिरे बताउँछन्।, कपासको भुवाजस्तो प्वाँख भएको हरिहाँसले शिरमा कालो म...
भगवती पाण्डे भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान)का लागि फागुन ९ गते विमान अवतरण गर्ने गरी तयारी गरिएको आइसिबी टु अन्तर्गतको निर्माण कम्पनी एरोथाइले बताएको छ।, भर्खरैमात्र निर्माण कार्य सम्पन्न भएको विमानस्थलमा जडान गरिएका उपकरण र ग्राउण्डको परीक्षणका लागि तीन चार दिनयता...
एजेन्सी छिमेकी मुलुक भारतमा सरकारले नै डिजिटल मुद्रा निकाल्ने भएको छ। मंगलबार लोकसभामा नयाँ बजेट प्रस्तुत गर्दै वित्त मन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२२ मा नै डिजिटल मुद्रा ल्याउने प्रस्ताव गरेकी हुन्।, इकोनोमिक टाइम्सका अनुसार ब्लकचेन प्रविधि प्रयोग गरेर रिजर्भ बैंक अफ इन्डिया (आरबिआई)ले डिजिटल मुद्रा निकाल्न...
सेतोपाटी संवाददाता बैतडीमा एक महिला मृत फेला परेकी छन्।, सोमबार राति १ बजे दोगडाकेदार गाउँपालिका–२ की अन्दाजी ४२ वर्षीय चन्द्रा महरा मृत फेला परेको प्रहरीले जनाएको हो।, प्रहरीका अनुसार उनी सोमबार बिहानदेखि घरबाट सम्पर्कविहीन थिइन्।, स्थानीयले उनको खोजी गर्दा सोही ठाउँको मान्छे नबसेको छिमेकीको घरमा मृत फेला परेको जिल्ल...
सेतोपाटी संवाददाता नवलपुरमा एक अटो चालक मृत अवस्थामा फेला परेका छन्। , मंगलबार बिहान करिब ९ बजे कावासोती नगरपालिका-१३ नवलपुरमा ५२ वर्षीय अटो चालक माधवप्रसाद गिरि मृत अवस्थामा फेला परेका हुन्। उनी सोही वडाका हुन्।, दलदल भएको ठाउँमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए...
सेतोपाटी संवाददाता डा गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाका भाइ प्रभु शमशेरले गैरकानुनी असुली र अवैध स्रोतको आम्दानीबाट घरजग्गा जोडेको भन्दै पुरक उजुरी दिएका छन्।, उनले दुई वर्ष यता काठमाडौंको ठमेलस्थित १०८५ कित्ता नम्बरको आठ आना घर जग्गा र गोठाटारस्थित १२४ र ३३ कित्ता नम्बरको साढे तीन रोपनी जग्गा जोडेक...
सेतोपाटी संवाददाता मंगलबार छिमेकी मुलुक भारतकी वित्त मन्त्री निर्मला सीतारमणले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गरिन्। सीतारमणले लोकसभामा पेस गरेका बजेटका दुई कुराले धेरैको ध्यान तानेको छ।, बजेटमा वित्त मन्त्री सीतारणमले भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले डिजिटल मुद्रा निकाल्ने प्रस्ताव गरेकी छन् भने क्रि...
रासस 'घट्दै छन्, रूख छैन आश्रय तथा पाइन्न खाने फल, छैनन् जंगल बस्नलायक घटे तिम्रा सुरक्षास्थल , घट्दै सन्तति लोपउन्मुख हुने पीडा छ छातीभरि, चारो खोज्न अनेक जोखिम बढे बाँच्छ्यौ चरी के गरी।', (वासुदेव पाण्डेय, बाँच्छ्यौ चरी के गरी), तालैतालको बगैंचा सहर लेखनाथका खास्टे, दिपाङ र न्युरेनीमा विगतमा जस्तो जलचरा अहिले देख्न ...
भगवती पाण्डे रूपन्देहीको मणिग्राम र मोतिपुर जोड्न तिनाउ नदीमाथिको पक्की पुल ११ वर्षपछि निर्माण पूरा हुने आशा पलाएको छ। , दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०६७ असार २५ गते एलिट कन्स्ट्रक्सन प्रा.लि.सँग ठेक्का सम्झौता भएको थियो।, तिनाउ नदीले विभाजन गरेको मणिग्राम र मोतिपुर जोड्न उक्त पुल निर्माण थालिएको थियो।...
रासस कैलाली र बझाङ जिल्ला अदालतले बलात्कार मुद्दामा गरेका फैसला दिपायलको राजपुरस्थित उच्च अदालतले उल्टाइदिएको छ। , पीडित एक महिलाको जाहेरीले नेपाल सरकार वादी र राजु बोहरा प्रतिवादी भएको बहुविवाह र जबरर्जस्ती करणी मुद्दामा बझाङको जिल्ला अदालतले प्रतिवादीलाई सफाइ दिएको थियो।, घरमा श्रीमती हुँदाहुँदै ती महिलालाई प्रलोभनम...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १७ हजार ६७४ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ३६५७ पिसिआर परीक्षणबाट र  १९२६ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि ...
सेतोपाटी संवाददाता सुदूरपश्चिमको दार्चुला र भारतलाई जोड्न महाकाली नदीमाथि मोटरेबल पुल बन्ने भएको छ।, मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ र काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले पुल निर्माणसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।, सचिव श्रेष्ठका अनुसार पुल बनाउने सबै ज...