content
stringlengths
20
64.1k
सबिना श्रेष्ठ सहरको कथा: पनौती, पनौती सहरको बनोट त्रिभुज आकारको छ।, दुई खोला (पुण्यमती र रोशी) को बीचमा रहेको यो सहरलाई कसैले पिपलको पातमा बसेको भन्छन्। कसैले माछाजस्तो छ भन्छन् त कोही यःमरिजस्तो देख्छन्।, आकाशका बादल हेर्दै दिमागले कल्पने आकारजस्तै। एउटै बादलको आकारलाई फरक मान्छेले फरक देखेजस्तै।, जसले जस्तो देखे पनि...
सेतोपाटी संवाददाता संस्कृतिविद् सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज भएका छन्। , उनलाई गत मंगलबार किस्ट अस्पतालमा भर्ना गरिएको थियो।, ६ दिनपछि सोमबार उनी अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए। , उनको स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो।, उनको छातीमा निमोनिया ...
एजेन्सी उत्तरपूर्वी चीनमा सार्वजनिक बसमा भएको बिस्फोटमा परी एक जनाको भएको छ भने दर्जनौं मानिस घाइते भएका छन्।, साउथ चाइना मर्निङ पोष्टका अनुसार राजधानी बेइजिङमा विन्टर ओलम्पिक भइरहेका बेला लिआओनिङ प्रान्तको राजधानी सेन्याङमा बिस्फोटको घटना भएपछि चिनियाँ अधिकारीहरूले  गम्भीर अनुसन्धान थालेका छन्।, गत शनिबार साँझ भएको ब...
सेतोपाटी संवाददाता गोरखामा हिउँ खेल्न गएका दुई किशोर १० दिनपछि मृतक फेला परेका छन्।, स्थानीयबासी र प्रहरीको संयुक्त खोजी टोलीले आइतबार मृतकको शव फेला पारेको हो।, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालका अनुसार उनीहरूको शव धार्चे गाउँपालिका-१ कुन्द्रामा खोंचमा भेटिएको हो। , बारपाक सुल...
रासस चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ। यसका लागि स्वास्थ्य तथा जनसङ्ख्यालाई जर्मन विकास बैंक (केएफडब्लु) को एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्नेछ। , सो सहयोगमा मन्त्रालय, नगर प्रमुख घनश्याम गिरी र बैंकका प्र...
सेतोपाटी संवाददाता झापामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जना श्रीमानलाई पक्राउ गरेको छ। , भद्रपुर नगरपालिका-१ लाहुरे चोकका ३४ वर्षीय अमरबहादुर तामाङलाई प्रहरीले सोमबार हत्या आरोपमा पक्राउ गरेको हो। , उनले आफ्नी ३४ वर्षीया श्रीमती अनिता लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बिहान साढे ५...
सेतोपाटी संवाददाता मोरङमा आमाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, उर्लाबारी नगरपालिका-४ आइतबारे बस्ने ३५ वर्षीय गंगाप्रसाद भण्डारीलाई प्रहरीले पक्राउ गरेको १ प्रदेश नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।, उनीमाथि आफ्नै आमाको हत्या गरेको आरोप छ। आइतबार घरायसी विवाद हुँदा ७० वर्षीय...
राजेश घिमिरे राष्ट्रिय भूमि आयोगले चितवनका तीन स्थानीय तहमा अहिले जग्गाको नापी गरिरहेको छ।, बद्रीप्रसाद तिमिल्सिना अध्यक्ष रहेको जिल्ला समितिले भरतपुर महानगरपालिका, माडी र कालिका नगरपालिकामा दलित सुकुम्बासी, भूमिहीन सुकुम्बासीले भोगचलन गर्दै आएको जग्गा नापी गर्दै निस्सा प्रदान गरिरहेको छ।, अध्यक्ष तिमिल्सिनाकाअनुसार भ...
सेतोपाटी संवाददाता सोलुखोला जलाधारा क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालन आएको छ।, नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा निर्माण सम्पन्न भएको प्रसारण लाइनलाई सोमबार बिहान ११:३...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा २६५ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा २०३, ललितपुरमा ४५ र भक्तपुरमा १७ संक्रमित थपिएका छन्।, यस्तै काठमाडौंमा ११ हजार ५४३ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ६६६९, ललितपुरमा ३४४८ र भक्तपुरमा १४२६ सक्रिय संक्रमित छन्।, नेपालमा पछिल्लो २...
सेतोपाटी संवाददाता केही साता सम्पर्कविहीन भएर काठमाडौं फर्किएका व्यापारी अमित अग्रवालले आफ्नो सुरक्षाका लागि काठमाडौं प्रशासनमा निवेदन दिएका छन्।, शुक्रबार पत्रकार सम्मेलन गर्दै अग्रवालले आफ्नो जिउज्यानको सुरक्षा खतरामा रहेकाले प्रशासनसँग सुरक्षा मागिएको बताए।, ‘व्यवसायिक कारोबारमा संलग्न विभिन्न व्यक्तिहरूले कानुनविप...
खिलानाथ ढकाल अमित र उनका भाइ अभिषेक अग्रवालको कारोबार बिग्रेको २०७२ सालदेखि नै थियो। जतिबेला उनीहरूले नवलपरासी जिल्लामा सागर डिस्टिलरी नमको मदिरा उद्योगको इजाजत दिएका थिए।, २०७३ सालमा उद्योग स्थापना गरे तर अर्को वर्ष उद्योगको इजाजत नवीकरण भएन। २०७७ सालदेखि त कोरोना संक्रमणले गर्दा उद्योग चल्ने कुरै थिएन।, बैंकबाट ऋण ल...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको २० हजार ९८९ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ६६६ पिसिआर परीक्षणबाट र ४६२ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि...
सेतोपाटी संवाददाता ठगी मुद्दामा पक्राउ परेका दाङ घोराहीका विकास पुन दुई लाख धरौटी बुझाएर तारेखमा छुटेका छन्। , कपिलवस्तु वाणगंगा ४ का तिलक थापाले साढे ४९ लाख ठगी गरेको भन्दै पुनविरूद्ध दिएको मुद्दाका आधारमा उनी माघ २ गते काठमाडौंमा पक्राउ परेका थिए। , पक्राउपछि दाङ ल्याइएका पुनलाई जिल्ला न्यायाधीश हिमलाल बेलबासेको इजल...
सेतोपाटी संवाददाता काठमाडौंको फर्पिङमा एक पुरूषको हत्या गरेको आरोपमा प्रहरीले एक ‘अघोरी’लाई पक्राउ गरेको छ।, हत्या आरोपमा प्रहरीले दक्षिणकाली नगरपालिका-६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडि बस्ने ३५ वर्षीय शिव गिरी (अघोरी)लाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानका...
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट भालुको पित्तसहित एकजनालाई पक्राउ गरेको छ।, केन्द्रीय अनुसन्धान ब्युरोले लमजुङ दोर्दी गाँउपालिका-८ खिन्चोक बस्ने ३५ वर्षीय मनबहादुर सिलुवाल क्षेत्रीलाई बिहीबार पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार महतोले जानकारी दिए।, उनका अनुसार क्षेत्रीले टोखा नगरपालिका-९ आनन्द टोलबाट...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा मध्यरातमा भएको आगलागीबाट  झन्डै सात करोड बराबरको धनमाल जलेर नष्ट भएको छ। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार पीडितले दिएको निवेदनमा सात करोड जति क्षति भएको उल्लेख छ। , जुत्ता चप्पलको गोदाम र कस्मेटिकको समेत गोदाम रहेका कारण दुबैको गरी सात करोड बरा...
सेतोपाटी संवाददाता चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका-९ घर भई काठमाडौं-१६ बस्ने २२ वर्षीया अमिता नेपाली, नुवाकोट बेलकोटगढी नगरपालिका-८ घर भई काठमाडौं-१६ स्थित राजश्री ज्वेलर्सका सञ्चालक ४१ वर्षीय राजु सुनार छन्।, महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार उनीहरूला...
सेतोपाटी संवाददाता असन्तुष्ट व्यवसायीले सुर्खेत उद्योग वाणिज्य संघको कार्यालयमा तालाबन्दी गरेका छन्। शुक्रबार आफ्ना मागहरू सम्बोधन नभएको भन्दै व्यवसायहीरूले कार्यालयमा तालाबन्दी गरेका हुन्।, व्यवसायीहरूलाई संघभन्दा बाहिर राखेर कार्यसमितिको लागि चुनाव घोषणा गरेको गुनासो व्यवसायीहरूको छ। चरणबद्ध आन्दोलनको घोषणा गर्दै शु...
सेतोपाटी संवाददाता नेपाल डेरी एशोसियशन र डेरी उद्योग संघले दूधको मूल्य लिटर १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन्।, निजी क्षेत्रबाट दूध बिक्री गर्ने यी दुई डेरी उद्योगले यहाँ शुक्रबार पत्रकार सम्मेलन गरी सरकारले निर्धारण गरेको दूधको मूल्य आफूहरूलाई मान्य नहुने भन्दै यही फागुन १ गतेदेखि लागू हुने गरी दूधको प्रतिलिटर ...
सेतोपाटी संवाददाता आजदेखि ३ दिनसम्म मौसम सफा रहने  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शनिबारदेखि कम्तिमा मंगलबारसम्म कतै पनि वर्षा र हिमपातको सम्भावना देखिएको छैन।, महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव भने जारी छ। यतिबेला मुलुकका केही पहाडी भेगमा आंशिक बदली छ भने तराईका थोरै...
सेतोपाटी संवाददाता आयोजनाको छनोट र कार्यान्वयनका सम्बन्धमा स्पष्ट कानुनी प्रावधान नहुँदा राष्ट्रिय गौरवका परियोजनाको अवस्था अनिश्चित बन्न पुगेको पाइएको छ।, आवश्यकताका आधारमा भन्दा पनि लहडका कारण कतिपय आयोजना छनोट गरिँदा लामो समयसम्म परियोजनाले गति लिन नसकेको तथा बजेट समेत प्रभावकारी रूपमा खर्च हुन सकेको छैन।, अर्थ मन्...
युनिक श्रेष्ठ ललितपुर, सुनाकोठीमा शुक्रबार बिहानैदेखि चहलपहल थियो। बाजागाजाको तालमा स्थानीयहरू कुनै उत्सव मनाइरहेझैं देखिन्थे।, यो सुनाकोठीको जात्राको याम होइन। तर स्थानीयको मुड जात्राको भन्दा कम पनि थिएन।, सुनाकोठीमा उत्सवको रौनक ल्याउने काम बालकुमारीले गरेकी थिइन्। आजभन्दा बीस दिनअघि, माघ ९ गते, सुनाकोठीको बालकुमारी...
डा केदार खड्गी एक्सरे भनेको रेडिएसनको एउटा प्रकार हो। जसलाई विकिरण पनि भनिन्छ। रोगको निदानको उद्धेश्यका लागि शरीरको कुनै अंगमा रेडियसन पठाएर त्यो अंगको 'इमेज' तयार पार्ने एउटा मोडालिटी हो।, कुनै पनि भाँचिएको हड्डीको अवस्था के कस्तो छ भन्ने पहिचान गर्न समेत एक्सरे गरिन्छ। निमोनिया पत्ता लगाउन पनि एक्सरे गरिन्छ। शरीरको ...
सेतोपाटी संवाददाता पर्वतको कुश्मा नगरपालिका-४ डम्डारेखोला बस्ने एक व्यक्तिले धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।, बागलुङ जिल्ला बागलुङ नगरपालिका-६ घर भई हाल कुश्माबजारस्थित डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले अन्दाजी ४१ वर्षीया श्रीमती सीताको हत्या गरेका हुन्।, शुक्रबार बिहान १० बजेको...
सेतोपाटी संवाददाता जहदा गाउँपालिका-४ स्थित लोहन्द्रा खोलाको पुलमुनि घाइते अवस्थामा भेटिएका एक व्यक्तिको मृत्यु भएको छ।, मृत्यु हुनेमा ३५ वर्षीय राजेश ऋषिदेव रहेका छन्। शुक्रबार बेलुका करिब ७ बजे उनी घाइते अवस्थामा भेटिएका थिए।, सीमा प्रहरी चौकी पोखरियाबाट खटिएको प्रहरी टोलीले ऋषिदेवको उद्धार गरी कोसी अस्पताल विराटनगर ...
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ।, शुक्रबार प्रधान कार्यालयले तीन जिल्लाका प्रहरी उपरीक्षकहरूको काज सरुवा गरेको हो।, चितवन जिल्लामा नवराज अधिकारीलाई काज खटाइएको छ। चितवनका एसपी ओम अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ।, यस्तै, महोत्तरीमा प...
सेतोपाटी संवाददाता स्थापनाको ११९ वर्षपछि भक्तपुर अस्पतालमा पहिलोपटक बालबालिकाका लागि आइसियू सेवा आइतबारदेखि सुरू हुने भएको छ।, अस्पतालमा वर्षौंदेखि प्रसूति वार्ड सञ्चालनमा रहे पनि बालबालिकाका लागि आइसियू सेवा नहुँदा आकस्मिक अवस्थामा आमा र बच्चालाई अन्य अस्पताल रिफर गर्नुपर्ने अवस्था थियो। अब सो अवस्थाको अन्त्य हुने भए...
सेतोपाटी संवाददाता बाँके र बर्दियामा डाँका चोरी गर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन्।, पक्राउ पर्नेमा भारत रुपैडियाहाका २६ वर्षीय डब्लु मनिहार र बाबाजंगको बाबाकुटीका २८ वर्षीय निजामुद्दिन कबडिहा रहेका छन्।, उनीहरूलाई इलाका प्रहरी कार्यालय खुद्रा खजुरा बाँकेबाट खटिएको प्रहरी टोलीले शनिबार कटुवा पेस्तोलसहित नियन्त्र...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ६ हजार ६५४ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ४९१ पिसिआर परीक्षणबाट र ३४५ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो...
रासस काभ्रेपलाञ्चोकको धार्मिकस्थल पनौतीमा लागेको एकमहिने मकर मेलाका कारण आज भक्तपुरको सवारी आवागमन अस्तव्यस्त भएको छ।, मेलाको आज अन्तिम दिन बिहानैदेखि मेला भर्न जानेहरूले प्रयोग गरेको सवारी साधनको घुइँचो लागेपछि अरनिको राजमार्ग खण्डको भक्तपुरको सल्लाघारीबाट पनौतीसम्मको सार्वजनिक तथा निजी सवारी आवागमन अस्तव्यस्त बनेको ...
सेतोपाटी संवाददाता झापाको दमक-८ स्थित त्रिगङ्गा कृषि सहकारी संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र खनाल ८० लाख बढी रकम लिएर तीन महिनाअघिदेखि फरार रहेका खुलासा भएको छ।, दमक-८ निवासी ५२ वर्षीय खनाल गत मङ्सिरदेखि नै सहकारीसहित विभिन्न सात व्यक्तिको ८० लाख बढी ऋण रकम लिएर फरार भएको बाहिरिएको हो।, उनी गत मङ्सिर २९ गतेसम्ममा क...
रासस चन्द्रागिरि नगरपालिकाले दक्षिण कोरियाको दुई नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने भएको छ।, साथै मौसमी कामदार, कृषि प्रविधि, सांस्कृतिक, ऐतिहासिक तथा अन्य विषयमा अनुभव आदानप्रदान पनि हुने भएको छ। , नगरप्रमुख घनश्याम गिरी र नेपाल सांस्कृतिक केन्द्र कोरियाका संस्थापक ह्वाई क्यु होबीच काठमाडौंमा सम्पन्न द्विपक्षीय भे...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा २०७ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौंमा १६६, ललितपुरमा ३१ र भक्तपुरमा १० संक्रमित थपिएका हुन्।, यसैगरी काठमाडौं उपत्यकामा १० हजार ६७७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ६०४८, ललितपुरमा ३२८० र भक्तपुरमा १३४९ सक्रिय संक्रमित छन्।, नेपालमा...
रासस हावाहुरीका कारण अवरूद्ध हुम्लाको हवाई सेवा पुनः आजदेखि नियमित भएको छ।, नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले हावाहुरीले अवरूद्ध हवाई सेवा नियमित भएको जनाएको छ।, हावाहुरीले एक दिन उडान अवरूद्ध भएको थियो। , हुम्लामा मौसम राम्रो भए पनि नेपालगञ्जमा हुस्सु लाग्दा शनिबार ढिलो गरी हवाई सेवा थालिएको हो।, समिट, सीता र तार...
सेतोपाटी संवाददाता भोलिदेखि शैक्षिक संस्था खुल्ने भएका छन्।, कोभिड -१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर शैक्षिक संस्था खोल्न पाउने निर्णय गरेको थियो। सोही निर्णय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहमा सर्कुलर गरेको हो।, 'विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य ...
सेतोपाटी संवाददाता कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरू गरिएको छ। , निकुञ्ज क्षेत्रमा भएको बाघको संख्या पत्ता लगाउनको लागि सर्वेक्षण कार्य सुरू गरिएको हो। राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको शुक्लाफाँटा क्षेत्र, त्यसैगरी लालझाडी र जोगबुढा क्षेत्रमा बाघ स...
अमृत भादगाउँले ऐतिहासिक सम्पदाले भरिपूर्ण पनौतीमा बाह्रवर्षे मकर मेलाको रौनक छ। यही मौकामा तिर्थारूहरूलाई लक्ष्य गरेर पनौतीका स्थानीय कलाकार जयराम मानन्धरले लायकू (दरबार) क्षेत्रमा छ्वाली कला प्रदर्शन गरिरहेका छन्।, पनौतीको त्रिवेणीघाटमा नुहाउँदा शरीर र मनका रोग नाश हुन्छन् भन्ने विश्वासले मेला भर्न आउनेहरू जयरामका कल...
सेतोपाटी संवाददाता चितवनको सरकारी कोभिड-१९ परीक्षण ल्याबका पूर्वकर्मचारीले नक्कली पिसिआर रिपोर्ट तयार पारेर बिक्री गर्ने गरेको भेटिएको छ।, भरतपुरस्थित देव अस्पतालका हेल्थ असिस्टेन्स सन्दीप सापकोटासँग मिलेर कोभिड ल्याबका पूर्वकर्मचारी प्रकाश न्यौपानेले नक्कली रिपोर्ट तयार पारेको भेटिएको हो।, नक्कली रिपोर्टमा उनीहरूले भ...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ६९ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ११ हजार ८८० जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार १०१३ पिसिआर परीक्षणबाट र ३५६ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्ट...
सेतोपाटी संवाददाता नाबालकको कानको मुन्द्रा लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौंमा नाबालकको सुन लुटपाट गर्ने र लुटिएको सुन किन्नेलाई पक्राउ गरेको हो। , लुटेको आरोपमा गोकर्णेश्वर नगरपालिका-४ गोकर्ण बस्ने ३८ वर्षीय न...
सेतोपाटी संवाददाता काठमाडौंबाट नवलपरासी पुगेका एक पुरूषको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।, कपिलवस्तु शुद्धोधन गाँउपालिका-१ उच्डीहवा घर भई काठमाडौं महानगरपालिका-२७ असनमा बस्ने ३५ वर्षीय विजय चौधरीको हत्या आरोपमा ६ जनालाई पक्राउ परेका हुन्। , पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले बिहीबार...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ३२९ संक्रमित थपिएका छन्।, जसमध्ये काठमाडौंमा २३५, ललितपुरमा ६४  र भक्तपुरमा ३० संक्रमित थपिएका छन्।, यस्तै काठमाडौं उपत्यकामा १२ हजार ६५ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ७१७०, ललितपुरमा ३४३१ र भक्तपुरमा १४६४ सक्रिय संक्रमित छन्।,  , काठमाडौं उपत्यकामा थपिए ३२९ संक्रमित, सक...
राजेश घिमिरे चितवनमा निर्माणाधीन सडकको खाल्डोमा फसेर एकसिंगे गैंडाको मृत्यु भएको विषयमा गठित छानबिन समितिले चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीहरूलाई समेत कारबाहीको सिफारिस गरेको छ।, वन विभागका उप–महानिर्देशक डा. राजेन्द्र केसी संयोजकत्वको छानबिन समितिले वन तथा वातावरण मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा गैंडाको मृत्युमा ...
नारायण खड्का दाङको तुलसीपुरस्थित जुत्ता चप्पलको गोदाममा मध्यरातमा लागेको आगो बिहान साढे ६ बजेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले बिहान साढे ६ बजेसम्म पनि आगो पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छैन । , तुलसीपुर उपमहानगरपालिका- ५ ‘ङ’ लाईनस्थित ‘इरम फुटवेयर’ ज...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सवै क्याम्पसलाई आगामी फागुन १ गतेदेखि स्थगित गरिएका परीक्षा र कक्षा सम्भव भएसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न निर्देशन दिएको छ। , त्रिविको कार्यकारी परिषद्को बैठकले कोरोना भाइरस सङ्क्रमणले  रोकिएका परीक्षा सञ्चालन र सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न...
रोहित महतो करिब ६ वर्षअघि सहिदनगर नगरपालिका–४ ननुपट्टिकी मनिषा मुखिया र गणेशमान चारनाथ नगरपालिका–१० स्थित डुमरियाका सञ्जित मुखिया वैवाहिक बन्धनमा बाँधिए।, गर्भवती हुँदै पहिलो श्रीमतीको मृत्यु भएपछि सञ्जितले दोस्रो विवाह गरेका थिए। तर विवाह भएको ४ वर्षपछि पनि मनिषाले बच्चा जन्माउन सकिनन्।, गाउँ–गाउँ पुगेर उनले धामी झाँ...
सेतोपाटी संवाददाता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले वांमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका छन्।, ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेजमा केही दिनदेखि उपचार गराइरहेका जोशीलाई बिहिबार मन्त्री आलेले भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।, जोशीको ...
सेतोपाटी संवाददाता कोरोनाको तेस्रो लहरसँगै दर्शनार्थीका लागि बन्द भएको पशुपतिनाथ मन्दिर आजबाट खुला भएको छ।, काठमाडौं जिल्ला प्रशासन कार्यालयको २३ गतेको निर्णयअनुसार मन्दिरमा ५० जनाभन्दा बढी नहुने गरी पूजा र ध्यान गराउने प्रावधान भएकाले आझबाट मन्दिर खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।, दर्शनार्थी र भक्तजनक...
सेतोपाटी संवाददाता मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ।, सोही प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपात हुनसक्ने सम्भावना रहेको छ।, देशमा पश्चिमी वायुको सामान्य प्रभाव अझै रहेकाले यत...
नारायण खड्का दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित जुत्ता-चप्पल गोदाममा आगो लाग्दा ५ जनाको ज्यान गएको छ।, इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यराती भएको आलगागीमा परि ५ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार अहिले केहीबेर अगा...
नारायण खड्का दाङको एक जुत्तापसलमा आगलागी हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ। , तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर जुत्ता-चप्पल गोदाममा शुक्रबार बिहान २ बजेतिर आगो लाग्दा ५ जनाको निसास्सिएर ज्यान गएको हो।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार मृत्यु हुनेमा ४...
राजेश घिमिरे चितवनको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजबीच देखिएको जग्गा भाडा विवाद थप लम्बिने देखिएको छ। भरतपुर अस्पतालले सम्झौताभन्दा बढी रकम मागेको भन्दै पुरानो मेडिकल कलेज जिल्ला अदालत पुगेको थियो।, भरतपुर अस्पताललाई विपक्षी बनाई हालेको मुद्दामा चितवन अदालतले आंशिक दाबी पुग्ने फैसला गरेको छ। क्षतिपूर्तिको सट्टा क...
रासस उत्तरी रसुवाको चिलिमेस्थित गोङ्गाङ माथिको तातोपानी मूल पुनः सुकेको छ । गानुगोला, टाउको दुख्ने, शरीर चिलाउने र दमजस्ता रोगको समस्या भएका व्यक्तिले औषधिका रूपमा प्रयोग गर्दै आएको पानीमूल सुकेपछि नुहाउन तथा लामो समय डुबेर बस्ने आधारविहीन भएको हो ।, विसं २०७२ को भूकम्पसँगै विलय भएको तातोपानीको मूल पाँच वर्षपछि गत भदौ...
सेतोपाटी संवाददाता धनगढीमा जन्ती बोकेको ट्याक्टर  दुर्घटनामा परेको  छ।, बिहीबार राति १२ बजेतिर धनगढीको मनेहराबाट जन्ती बोकेर भजनी जाँदै गरेको सुप प्र ०१००२ प५३७२ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो।, दुर्घटनामा १३ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको उपचार जारी छ भने ११ जना डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ।, बि...
युनिक श्रेष्ठ ललितपुरको सुनाकोठीबाट चोरिएको बालकुमारी मन्दिरको मूर्ति २० दिनपछि फेला परेको छ। , शुक्रबार बिहान पौने ८ बजे ललितपुर महानगरपालिका-१५ स्थित हात्तीवन गैरीगाउँको करूणा मन्दिर बाहिर पेटीमा उक्त मूर्ति फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्धिबिक्रम शाहले सेतोपाटीलाई जानकारी दिए। , शाहक...
रासस हुम्लाको उत्तरी उच्च हिमाली भागमा अवस्थित नाम्खा गाउँपालिका-६ लिमी दुई सातादेखि बाह्य सञ्चार सम्पर्कमा छैन। त्यहाँस्थित वर्ल्डलिंक कम्युनिकेशनले काम नगरेपछि सेवा प्रवाहमा समस्या भएको हो।, करिब दुई सातादेखि इन्टरनेटले काम नगरेपछि त्यस क्षेत्रका सेवाग्राही मर्कामा रहेको वडाध्यक्ष पाल्जोर तामाङले बताए।, वर्ल्डलिंक क...
सेतोपाटी संवाददाता पाल्पा रम्भा गाउँपालिका-२ सुरुडाँडामा मोटरसाइकल दुर्घटनामा इन्जिनियर रविन दमै छिनालको मृत्यु भएको छ।, पूर्वी रुकुमको भूमे गाउँपालिका-४ घर भई हाल रम्भा गाउँपालिका बस्दै आएका २३ वर्षीय छिनालको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो।, रम्भा-१ हुँगीबाट ताहुँतर्फ आउने क्रममा लु६७प ४७८७ नम्बरको मोटरसाइकल अनि...
सेतोपाटी संवाददाता गत माघ ९ गते हराएको बालकुमारी मन्दिरको मूर्ति ललितपुरमा भेटिएपछि बाजागाजासहित सुनाकोठी लगिँदै छ। , स्थानीयले मूर्ति भेटेको खुसीयालीमा बाजागाजासहित जावलाखेलबाट पैदल यात्रा गर्दै बालकुमारी मन्दिरमा मूर्ति प्रतिस्थापना गर्न लागेको हो।, महानगरीय प्रहरी परिसर ललितपुरले शुक्रबार मूर्ति भटेपछि मुचुल्का उठा...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले फागुन १ देखि १८ वर्ष माथिका सबै नागरिकलाई बुस्टर डोज दिने बताएका छन्।, कार्यकाल सम्हालेको १२५ दिनमा मन्त्रालयमा भएको प्रगतिबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै उनले उक्त कुरा बताएका हुन्। , ‘बिहीबार बसेको खोप सल्लाहकार समितिको निर्णय अनुसार १८ वर्ष उमेर...
सेतोपाटी संवाददाता उच्च सरकारी वकिल कार्यालय पोखराका तत्कालीन सह-न्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। , पदमा बस्दा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले थापाविरूद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको हो। , निलम्बित सह-न्यायाधिवक...
रासस डोटीको जोरायल गाउँपालिका- १ गोगनपानीमा एक किशोर मृत फेला परेका छन्।, विवाहबाट घर फर्किरहेका डडेल्धुराको आलिताल गाउँपालिका-१ भुसुका १६ वर्षीय किशोर भानु नाथ मृत फेला परेको प्रहरीले जनाएको छ। , यही माघ २३ गते राति बिहेमा गएका नाथ आज गोगनपानी सडक नजिकै मृत भेटिएका र घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयको ट...
रासस विराटनगर महानगरपालिकाको-१९ बैजनाथपुरमा बसोबास गरिरहेका ऋषिदेव समुदाय कष्टकर जीवन बिताउन बाध्य छन्। कुनै सीप र रोजगार नभएका कारण ती समुदायको दैनिकी सञ्चालनमा सकस त छ नै, शिक्षा र अर्थिक अभावका कारण  उनीहरूको दैनिकी थप कष्टकर बन्दै गएको छ।, आर्थिक एवं सामाजिक रूपमा निकै पछाडि परेका यी समुदायमा कोही पनि एसइईसम्म पढे...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा मुलुकभर २ हजार ४ सय १ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  सोही अवधिमा ७ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ३ सय ५६ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।, मन्त्रालयका अनुसार ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप १०१७ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ८९०, ललितपुरमा १०२ र भक्तपुरमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, पछिल्लो २४ घण्टामा मुलुकभर २ हजार ४ सय १ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  सोही अवधिमा ...
सेतोपाटी संवाददाता काठमाडौंको गोकर्णेश्वरमा एक पुरूषको शव फेला परेको छ। , गोकर्णेश्वर नगरपालिका-१ ओख्रेनीस्थित बागमती नदीमा बुधबार दिउँसो १ बजे शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , मृतक गोकर्णेश्वर नगरपालिकाकै स्थानीय २७ वर्षीय शिशिर भण्डारी छन्। उनी २० गतेदेख...
सेतोपाटी संवाददाता कमलपोखरीमा बुधबार ९ वटा चैत्य राखिएका छन्। काठमाडौं महानगरको वडा १ मा रहेको कमलपोखरीको सौन्दर्य बढाउने गुरूयोजनाअनुसार राखिएका चैत्यको महानगरका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित अधिकारीले विधिपूर्वक पूजा गरेका थिए।, यसअघि पोखरीमा चैत्य राखिएको थिएन। , पूजापछि प्रतिक्रिया दिँ...
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाख ९ गतेबाट सञ्चालन हुने भएको छ।, बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार आगामी वैशाख ९ बाट २० गतेसम्म भौतिक उपस्थितिमै परीक्षा सञ्चालन हुने भएको छ।, शर्माका अनुसार परीक्षा तालिका भोलि (बिहीबार) सार्वजनिक हुनेछ।, बोर्डका अनुसा...
सेतोपाटी संवाददाता तीन किलो चाँदी जस्तो देखिने धातुसहित एक जना पक्राउ परेका छन्। , दक्षिणकाली नगरपालिका-५ स्थित काठमाडौं प्रवेश नाकाबाट मंगलबार एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , वीरगंजबाट काठमाडौं आउँदै गरेको ना १ ज ६२५३ नम्बरको टाटा सुमोका यात्रुल...
खिलानाथ ढकाल काठमाडौं उपत्यकाका पाँचतारे होटलका रेष्टुरेन्ट, सपिङ मलदेखि हाइप्रोफाइल घरानामा मदिरा बिक्री गर्ने जमल र दरबारमार्गको ग्रीनलाइन रिटेल सपमा तीन सातायता चार वटा बैंकले ताला लगाएका छन्।, अर्बभन्दा बढीको विदेशी ब्रान्डेड मदिरा स्टक रहेको ग्रीनलाइन सपका सञ्चालकहरू फरार भएपछि बैंकहरूले ताला लगाएका हुन्। स्टक सा...
सेतोपाटी संवाददाता झापामा ट्रकले किच्दा एक जनाको मृत्यु भएको छ। , बुधबार दिउँसो १ बजे दुर्घटना हुँदा शिवसताक्षी नगरपालिका-१ बस्ने ५३ वर्षीया हिमादेवी दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, गौरादह नगरपालिका-१ गौरादह-पाडाजुङी सडकखण्डमा उत्तरबाट दक्षिण जाँदै गरेको प्रदेश १-०१-०१४ प ३३२६ मोटरसाइकलबाट...
खिलानाथ ढकाल ग्रीनलाइन सेन्टर प्रालिका सञ्चालकका आफन्त फेरि प्रहरीमा पुगेका छन्। सञ्चालक अमित अग्रवाल, अभिषेक अग्रवाल, बुवा ओमप्रकाश अग्रवाल पसल बन्द गरेर एक महिनादेखि फरार छन्। , यसअघि उनीहरू हराएको भन्दै निवेदन दिएकी ओमप्रकाशकी छोरी रजनी अग्रवाल बुधबार प्रहरीमा पुगेकी हुन्।, उनी महानगरीय प्रहरी वृत्त कमलपोखरीमा पुगे...
सेतोपाटी संवाददाता धनुषाबाट स्रोत नखुलेको १३ लाखबढी रकमसहित एक जना पक्राउ परेका छन्।, सशस्त्र प्रहरीको छोलीले जनकपुर उपमहानगरपालिका-९ का ४२ वर्षीय सरोजकुमार सिंहलाई पक्राउ गरेको हो।, धनुषाको विदेह नगरपालिका-९ बाट उनलाई मंगलबार सशस्त्र प्रहरीले १३ लाख ४० हजार रुपैयाँसहित पक्राउ गरेको हो।, सशस्त्र प्रहरीका अनुसार मोटरसा...
सेतोपाटी संवाददाता कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर माघ २८ गते शुक्रबारदेखि खुला हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ।, कोषले बुधबार जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ २३ गतेको आदेशानुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्...
सेतोपाटी संवाददाता नेकपा एमालेका नेता तथा मुगुका सांसद मोहन बानियाँविरुद्ध जुम्लाकी एक महिलाले बाँके प्रहरीमा जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी छिन्।, ४० वर्षीया ती महिलाले गत सोमबार बाँकेस्थित होटल अप्सरामा बिहानी पख आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएको जिल्ला प्रहरी प्रव...
सेतोपाटी संवाददाता बझाङको थलारा गाउँपालिका-१ का ५० वर्षीय दत्त गिरी गत मंसिर ३ गतेसम्म घर नजिकैको झोलुङ्गे पुलबाट आफ्नो खेतबारीमा उत्पादन भएका कृषिउपज  बजार पुर्‍याउने र त्यहाँबाट उपभोग्य सामान किनमेल गरी ल्याउने गर्थे। , उनी मात्र होइन्, थलारा गाउँपालिका साविकको दङ्गाजी गाविस-१ का स्थानीयवासी र डोटी जिल्लाको छपालीका ...
सेतोपाटी संवाददाता यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाख ९ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर २० गते सम्पन्न गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।, कोरोना भाइरस सङ्क्रमणका कारण विगत दुई वर्ष एसइईको आन्त...
सेतोपाटी संवाददाता आज बिहिबारदेखि मुलुकभर मौसम सुधार हुने मौसमविद्ले बताएका छन्। , जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली कमजोर भइसकेको छ।, बासीका अनुसार आज काठमाडौंसहित देशका अधिकांश स्थानमा घाम देखिने सम्भावना रहेको छ।, ‘मुलुकमा वर्षा र हिमपात...
मनोज सत्याल काठमाडौंको सार्वजनिक यातायात व्यवस्थापन गर्न मेट्रो रेल सञ्चालन गर्नुपर्ने विषय उठ्दै आएको छ। कतिपय विज्ञले यसको सम्भाव्यता औंल्याइरहेका छन् भने कतिपयले लागत बढी हुने तर्क गरेका छन्।, यसै सन्दर्भमा हामीले केही समयदेखि काठमाडौंमा मेट्रो सञ्चालनको सम्भाव्यताबारे विभिन्न अध्ययन समितिको निष्कर्ष र यातायात विज्...
विश्वनाथ ठाकुर नेपालमा पुरूषभन्दा महिलाको जनसङ्ख्या बढेको भए पनि सर्लाहीमा महिलाको जनसङ्ख्या घटेको छ। केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार सर्लाहीमा पुरुषभन्दा महिलाको जनसङ्ख्या घटेको हो।, प्रारम्भिक नतिजा अनुसार सर्लाहीमा पुरुषभन्दा महिलाको जनसङ्ख्या नौ हजार ४०४ ले घटी हो। सर्लाहीको कुल ...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली पिसीआर रिपोर्ट बनाउने दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– १३ चौबीसकोठीमा अवस्थित देव अस्पतालमा कार्यरत स्वास्थ्य सहायक (हेल्थ एसिस्टेन्ट) २८ वर्षीय सन्दीप सापकोटा र रत्ननगर नगरपालिका–६ का २६ वर्षीय प्रकाश न्यौपाने रहेका छन् ।, अस्पताल...
रासस घरेलु हिंसामा परेकी तनहुँको भानु नगरपालिका–१ नयाँबस्तीकी ७३ वर्षीया मीनाकुमारी गन्धर्वको मानवअधिकार समूहको पहलमा उद्धार गरी उपचार थालिएको छ।, छोरा विक्रम गन्धर्वले मङ्गलबार साँझ घरमै मरणासन्न हुनेगरी कुटपिट गरेपछि इन्सेक अभियानसँग आबद्ध मानवअधिकार समूहकी सदस्य तुलसी गैह्रेको पहलमा वृद्धाको उद्धार गरी उपचार थालिएक...
रासस पाल्पाको बगनासकाली गाउँपालिका–२ पोखराथोकमा आगो ताप्ने क्रममा महिलाको जलेर मृत्यु भएको छ।, मृत्यु हुनेमा सोही स्थानकी ७२ वर्षीया गौकुमारी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले आगो ताप्ने क्रममा हात र खुट्टा जलेपछि उपचारका क्रममा मृत्यु भएको बताए।, श्रेष्ठलाई युन...
सेतोपाटी संवाददाता जनकपुरमा बच्चा चोरेर भाग्दै गरेको आरोपमा  एक महिला पक्राउ परेकी छन्।, बुधबार साँझ ६ बजे जनकपुरधाम उपमहानगरपालिका–६ स्थित माहाराज सागर पोखरी छेउबाट मोहम्द अमिर राइनका ७ महिने शिशु अख्तर राइनलाई एक महिलाले लिएर भागेकी थिइन्।, प्रहरीका अनुसार अमिरकी ६ वर्षीया छोरीले भाइलाई खेलाइरहेका बेला रातो साडी लगा...
खिलानाथ ढकाल गत पुस २२ गतेदेखि सम्पर्कविहीन भएका ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालकहरू काठमाडौं फर्किएका छन्।, काठमाडौं उपत्यकामा ब्रान्डेड मदिराको व्यापार गर्ने ग्रिनलाइन सेन्टर प्रालि सञ्चालक अमित अग्रवाल र अभिषेक अग्रवालले बिहीबार काठमाडौं प्रहरीलाई सम्पर्क गरेका छन्।, ‘हामीहरू काठमाडौं फर्किएका छौं। त्यसरी जानु हुँ...
सेतोपाटी संवाददाता धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , बुधबार राति साढे ९ बजे काठमाडौं महानगरपालिका-१५ ठाडो भर्‍याङमा एक जनामाथि धारिलो हतियार प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , वीरेन्द्रनगर नगरपालिका-७ का ४...
सेतोपाटी संवाददाता उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , उदयपुरगढी गाउँपालिका-७ नागबेलीस्थित मदनभण्डारी लोकमार्गमा ट्याक्टर दुर्घटना भएर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए। , बिहीबार बिहान करिब १० बजे भएको दुर्घटनामा परी १९ जना घा...
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसइईको परीक्षा प्रदेश सरकारलाई दिनेगरी कानुन निर्माण गरिरहेको बताएका छन्।, बिहीबार शिक्षा पत्रकार नेपाल (इजोन) ले काठमाडौंमा आयोजना गरेको परीक्षासम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले एसइईको परीक्षा गर्ने जिम्मा प्रदेश सरकारलाई दिने...
सुशीला रेग्मी/रासस ‘हरियो वन, नेपालको धन’ भन्ने आहान व्यवहारमा सार्थक हुन नसकेको चासो र चर्चा बढिरहेका अहिलेका अवस्थामा वनको उपयोग र संरक्षण गर्ने उपभोक्ता र सरकारबीच द्वन्द्व बढ्दै गएको छ।, सरकार वनमा करको दायरा बढाउँदै छ भने त्यसको विरोधमा उपभोक्ता उत्रिएका छन्।, वन ऐन २०४९ तथा वन नियमावली २०५१ अनुसार सामुदायिक वन व...
रासस बाजुरा बूढीनन्दा नगपालिकामा जंगली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा बूढीनन्दा-३ चोलुका १५ वर्षीय सुरेन्द्र विष्ट छन्। सोमबार दिउँसो छाप्रा डोरा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला उनलाई बँदेलले आक्रमण गरी घाइते बनाएको थियो।  , घाइते विष्टको प्राथमिक स्वास्थ्य चौकी कोल्टीमा लैजाने क्रममा ब...
सेतोपाटी संवाददाता महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप क्षेत्रको अनुगमन गरेकी छन्।, भुकटीमण्डपभित्र रहेका व्यापारीले स्टल भाडासमेत नतिरेको पाइएपछि मन्त्री रेग्मीले मंगलबार दिउँसो हङकङ बजारसहित भाडामा लिएका अन्य भवनहरुको अनुगमन गरेकी हुन्।, त्यसक्रममा धेरैले भाडा नतिरेको पाइएको उनले बताइ...
सेतोपाटी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलि बुधबारसम्म कोरोना भाइरसविरूद्धको खोपको विवरण उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ। , कोभिड-१९ विरूद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिले तोकिएको समयसीमाभित्र केही जिल्ला र स्थानीय तहले विवरण नबुझाएकाले सो निर्देशन दिएको हो।, छानबिन समितिले छ जिल्लाका स...
सेतोपाटी संवाददाता काठमाडौंमा प्रहरीले ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ। , प्रहरीले बूढानीलकण्ठ नगरपालिका-१० कपन आकाशेधाराबाट २२.८ ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।  , पक्राउ पर्नेमा कपनका २२ वर्षीय पासाङ छिरिङ शेर्पा, भोजपुर घर भई तार्केश्वर न...
रासस सेती प्राविधिक शिक्षालय दिपायलमा भएको अनियमितताका विषयमा छानबिन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुदूरपश्चिम प्रदेशका उप-निर्देशक देवसिंह धामीको नेतृत्वमा समिति गठन भएको छ। , उक्त शिक्षालयमा आर्थिकलगायत अन्य विभिन्न विषयमा नियमितता भएको भन्ने उजुरी परेपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परि...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो एक सातादेखि कोरोना संक्रमण दर निरन्तर ओरालो लागिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार एक सातामै संक्रमण दर १८ प्रतिशतले घटेको छ। , मन्त्रालयको तथ्यांक अनुसार माघ १८ गते संक्रमण दर ३१.५८ प्रतिशत रहेकोमा सोमबार संक्रमण दर जम्मा १३.८१ प्रतिशत थियो। यो तथ्यांकले संक्...
रासस मुख्य आयस्रोतका रूपमा रहेको तातोपानी कुण्ड बन्द हुँदा म्याग्दीको बेनी नगरपालिका–४ स्थित सरस्वती मावि सञ्चालनमा समस्या भएको छ।, प्राकृतिक तातोपानीको कुण्डमा स्नान गर्न आउने बिरामीहरूले तिर्ने शुल्क र चन्दाबाट विगत १२ वर्षदेखि निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराइँदै आएको थियो।, कोरोना भाइरसको महामारीका कारण पछिल्...
सेतोपाटी संवाददाता संस्कृतिविद् सत्यमोहन जोशी अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्। , उनलाई मंगलबार बिहान किस्ट अस्पतालमा भर्ना गरिएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले सेतोपाटीलाई जानकारी दिए। , उनको स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएको पाठकले बताए। , ‘उहाँको स्वासप्रस्वासमा समस्या आएपछि अस्पताल भर...
सेतोपाटी संवाददाता ५० वर्षीय ईश्वरीप्रसाद पोखरेललाई प्रहरीले कपिलवस्तु शिवराज नगरपालिका-५ बाट सोमबार पक्राउ गरेको थियो।, बागमती प्रदेश ०१-०२६ च ४००१ को कारमा सवार पोखरेललाई वडा प्रहरी कार्यालय चन्द्रौटाको चेक प्वाइन्टमा प्रहरीले पक्राउ गरेको थियो।, ठगी गरेको उजुरी परेपछि कपिलवस्तु प्रहरीले पोखरेललाई केही समयदेखि खोजी ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४ सय ५१ जनामा कोरोना पुष्टि भएको हो।, जसमध्ये काठमाडौंमा ३ सय ३८, ललितपुरमा ७० र भक्तपुरमा ४३ जना संक्रमित थपिएका हुन्।, योसँगै उपत्यकामा १६ हजार ८ सय २९ सक्रि...
सेतोपाटी संवाददाता बैंकिङ कसुरको मुद्दामा फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एक महिलालाई मंगलबार पक्राउ गरेको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए। , नुवाकोट विदुर नगरपालिका-११ घर भई काठमाडौंको टोखा नगरपालिका-३ धनेश्वर बस्ने ४१ वर्षीया अम्बिका बुढाथोकी पक्राउ परेक...