content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता ६ करोड २५ लाख ठगी गरेको आरोपमा प्रहरीले दुई जना सञ्चालक समितिका अध्यक्षलाई पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्युरोले ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , पक्राउ पर्ने काठमाडौं महानगरपालिका-३१ पुरानो बानेश्वरको भरोसा नेपाल बहुउद्देश्य...
खिलानाथ ढकाल सोमबार राति १०:४५ मा नेपाल वायुसेवा निगमको वाइडबडी जहाज कतार उड्न लागेको थियो।, क्याप्टेन विजय लामा नेतृत्वको टोलीले उडानको तयारी गरिरहेको थियो। त्यहीबेला एक जना युवक विमानभित्रको बिजनेस क्लासको सिटमा बिना कागजात पुगेका थिए।, विमानस्थल स्रोतका अनुसार ती युवक थिए, रौतहटका १८ वर्षीय हस्पम आलम। उनी टिकट र पा...
सेतोपाटी संवाददाता झापामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। , मेचीनगर नगरपालिका-८ का १९ वर्षीय श्याम मगरको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ। सोही ठाउँका १७ वर्षीय बलबहादुर मगर घाइते भएका छन्।, श्याम र बलबहादुरलाई मंगलबार राति मे १०प २२३२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थ...
राजु विश्वकर्मा/रासस जयनगर–कुर्था रेल मार्गमा नियमित रेल सेवा सञ्चालनका लागि नेपाल रेल्वे कम्पनी लिमिटेड उद्घाटनको पर्खाइमा छन्। , सो मार्गमा चल्ने रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने भएपछि नेपाल रेल्वे कम्पनी उद्घाटनको मिति कुरेर बसेका हु...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले विदेशी मुद्रासहित एक भारतीय नागरिक पक्राउ गरेको छ। , ४५ वर्षीय सतिस पर्सोत्तम सजननीलाई विभिन्न देशको मुद्रासहित पक्राउ गरेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए।, सजननी बुधबार दिउँसो साढ...
सेतोपाटी संवाददाता सामान्य लक्षणमा उपचार नगर्दा कलेजोको दीर्घरोग हुने गरेको चिकित्सकले बताएका छन्। सुरूआती चरणका लक्षणलाई बेवास्ता गर्दा पछि गम्भीर समस्या आउने गरेको उनीहरूको भनाइ छ। , भरतपुर अस्पतालका  हेपाटोलोजिष्ट डा. रुपेश श्रेष्ठ कलेजो रोगका सामान्य लक्षण देखिने वित्तिकै उपचार गर्ने हो भने गम्भीर समस्या आउनबाट रो...
रासस हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा आज बिहानदेखि हिमपात भएको छ।, यसबाट हवाई सेवा समेत अवरुद्ध हुन पुगेको छ। नेपालगञ्ज र सुर्खेतबाट उडान हुने सम्पूर्ण हवाई सेवा बन्द भएका यहाँस्थित विमानस्थलले जनाएको छ।, सदरमुकाम सिमीकोटमा पुस–माघ जस्तै अत्यधिक चिसो बढेपछि जनजीवन अस्तव्यस्त भएको छ। , त्यस्तै  हिमपातका कारण  सदरमुका...
सेतोपाटी संवाददाता देशभर थप ३१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगिता मिश्राका अनुसार बुधबार थप ३१२ जनामा संक्रमण पुष्टि भएको हो। , ८ हजार ६९३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ५ हजार १०३ जनाको पिसिआर गर्दा २५६ र ३ हजार ५९० जनाको एन...
नवीनबाबु गुरूङ महाशिवरात्रिलाई लक्षित गरी पशुपतीनाथ मन्दिर परिसरमा सरसफाइलगायत सजावटको कामलाई तिब्रता दिइएको छ।, भित्ताहरूमा शिव भगवानका बिभिन्न चित्रकला बनाइएका छन् भने परिसर भित्रका विभिन्न संरचनाहरमा रंग लगाउने काम भइरहेको छ। , यही फाल्गुन १७ गते मंगलबारको दिन परेको शिवरात्रीका लागि अहिले देखि नै तयारी गरिएको हो । ...
सेतोपाटी संवाददाता सोलुखुम्बुमा घोडाबाट लडेर एक बालिकाको मृत्यु भएको छ। , मृत्यु हुनेमा खुम्बु पासाङल्हामु गाउँपालिका-४ की ८ वर्षीया सोनाम छुटिन शेर्पा छिन्। , उनीसँगै घोडामा सवार ९ वर्षीया बालिका मिङमा कान्छी शेर्पा सामान्य घाइते रहेको प्रहरीले जनाएको छ। , बुधबार बिहान दुबै जना मामाको घोडामा चडेर घर जाँदै थिए। सोही ग...
सेतोपाटी संवाददाता अभिनेता पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ।, १७ वर्षीया एक गायिका आफैं पुगेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरूद्ध जाहेरी दिएकी हुन्।, गण्डकी प्रदेश प्रहरीका अनुसार शाहविरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गएको छ।, शाहमाथि बालिकालाई प्रेम सम्बन्धमा पारेर जबरजस्ती...
सेतोपाटी संवाददाता श्रद्धाञ्जली अर्पण गर्न गायक तथा कलाकार जयनन्द लामाको शव भोलि राष्ट्रिय नाचघर जमलमा राखिने भएको छ। , कलाकार दिपाश्री निरौलाले फेसबुकमार्फत् श्रद्धाञ्जली अर्पण गर्न लामाको शवलाई राष्ट्रिय नाचघर जमल राखिने जानकारी दिएकी हुन्। , भोलि बिहान १० बजेदेखि श्रद्धाञ्जली दिइने उनले बताएकी छन्। निरौलाले गायक ला...
सेतोपाटी संवाददाता नक्कली जग्गा धनीपुर्जा देखाएर जग्गा बैना गरी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखा काठमाडौंले ओखलढुंगा चम्पादेवी गाउँपालिका-८ घर भई बुढानिलकण्ठ नगरपालिका-११ कपन बस्ने ३९ वर्षीय हितबहादुर बुढाथोकीलाई पक्राउ गरेको हो। उनलाई बुधबार पक्राउ गरिएको महाशाखाका प्रवक्ता...
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः, अछाममा हुर्केका मनोज शाही कक्षामा केटाहरूको लहरमा बस्थे। बेन्चमा खजमज्ज भएर बस्दा उनलाई सकस हुन्थ्यो। केटासँग छोइएला भनेर बेन्चमै खुम्चिन्थे। उनलाई केटाहरूसँग लाज लाग्थ्यो।, अर्को लहरमा केटीहरू बसेको देख्दा उनी सोच्थे- म त्यहाँ सजिलो गरी बस्थेँ होला।, साथीहरू...
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारी साधन चलाउने चालकलाई तत्काल कारबाही गर्न पाउने भएको छ।, यातायात व्यवस्था विभागले नक्कली लाइसेन्स बोकेर सवारी साधन चलाउने चालकलाई कारबाही गर्न मोबाइल एप्समार्फत तत्कालै जाँच गर्न मिल्ने गरी प्रविधिको विकास गरेसँगै त्यस्ता चालकलाई तत्...
सेतोपाटी संवाददाता बैतडीमा टिपर दुर्घटनामा परी मृत्यु हुनेकाे संख्या चार पुगेकाे छ।, दुर्घटनामा घाइते भएका पाटन नगरपालिका-३ का १२ वर्षीय राजु पन्तको मृत्यु भएको प्रहरीले जनाएको  हाे।, उनकाे उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटाेमा मृत्यु भएको प्रहरीले जनाएको छ।, पाटन नगरपालिका ३ गुरुडाबाट पाटनतर्फ आइरहेकाे बा ३ ख ४८...
सेतोपाटी संवाददाता तनहुँमा ट्रकमा एक्साभेटर लोड गर्ने क्रममा करेन्ट लाग्दा सहचालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा तनहुँ ऋषिङ गाउँपालिका-५ सतङ्गुका २४ वर्षीय सोमबहादुर मगर छन्।, प्रहरीका अनुसार एक्साभेटर लोड गर्ने क्रममा हाइटेन्सन लाइनको तारले भेटेर उनी घाइते भएका थिए। घाइते भएका मगरलाई उपचारका लागि लक्ष्मीसिटी अस्पताल...
सेतोपाटी संवाददाता प्रहरीले ललितपुरको सुनाकोठीस्थित अखाद्य बिस्कुट उत्पादन गर्ने कम्पनीमा छापा मारेको छ। , ललितपुर महानगरपालिका-२७ सुनाकोठीमा स्पर्श फुड प्रोडक्ट एण्ड प्याकेजिङ कम्पनी प्रा.लि. र श्री तारा फुड्स एण्ड स्पाइसी प्याकेजिङ प्रा.लिमा छापा मारेको हो। , महानगरीय अपराध महाशाखाको टोलीले छापा मारेको प्रहरी उपरीक्...
सेतोपाटी संवाददाता हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार दिउँसो बागमती प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।, प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिम...
सेतोपाटी संवाददाता आफ्नी १४ वर्षीय छोरीलाई बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत दैलेखले ४३ वर्ष कैद सजाय सुनाएको छ।, जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको शुक्रबारको ईजलासले दैलेख सदरमुकाम नजिकैका ३९ वर्षीय ती बाबुलाई ४३ वर्ष कैद र एक लाख रूपैयाँ क्षतीपुर्तिको फैसला गरेको हो।, अदालतले छोरीलाई हाडनाता करणी गरेको कसूरमा २...
रासस पाल्पाको रिब्दीकोट गाउँपालिकाले जटिल प्रकारका रोगीलाई उपचारका लागि आर्थिक सहयोग गर्दै आएको छ। मृटु, मिर्गौला तथा क्यान्सरपीडित व्यक्तिका लागि पालिकाले यातायात खर्चवापत छ हजार नगद सहयोग गर्दै आएको हो।, गाउँपालिकाले मुटुरोगी २१, मिर्गौलारोगी १९, क्यान्सरपीडित १५ गरी कूल ५५ र अर्थाीक अभावका कारण उपचारमा समस्या भएका ...
रासस चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रलाई कोभिड–१९ विरुद्धको पूर्ण खोप अभियान सुरु गरेको छ।, यस नगरपालिकाको वडा नं १ देखि ९ नं वडाकै १२ वर्षभन्दा माथि उमेरका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको पहिलो र दोस्रो खोप पूरा गराएर कोरोनाविरुद्धको पूर्णखोपयुक्त पालिका घोषणा गर्न अभियान सुरु गरेको नगरपालिकाका प्रमुख सो...
केदार मगर/रासस जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्रे गरिएपछि विसं २०७६ असार ३ गते परीक्षण उडान भरेकै दिन उद्घाटन गरिएको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणको छ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्रे गरिएको लामीडाँडा विमानस्थल प्रतिनिधिसभा सदस्य एवं नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले...
रासस गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पुनः भूकम्प गएको छ।, गए राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका–१०  बाँझखेत केन्द्रविन्दु बनाएर ३.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।, अनुसन्धान केन्द्रका अनुसार लमजुङ भूकम्पको जोखिम रहेको र यहाँ भूकम्प जाने क्रम चल...
सेतोपाटी संवाददाता मध्यपश्चिम विश्वविद्यालयले विद्यावारिधिको पहिलो उपाधि दिएको छ।, व्यवस्थापन संकायअन्तर्गत सञ्चालित विद्यावारिधि कार्यक्रममा प्रथम ब्याचका शोधार्थी पूर्णमान श्रेष्ठले मध्यपश्चिम विश्वविद्यालयको पहिलो विद्यावारिधि उपाधि पाएका हुन्।, सुर्खेतको वीरेन्द्रनगर–५ का  श्रेष्ठ मध्यपश्चिम विश्वविद्यालयकै केन्द्...
सेतोपाटी संवाददाता सुनसरीको धरान–४ को जंगलमा बीभत्स अवस्थामा भेटिएको शवको सनाखत भएको छ ।, मृतक झापा दमक ५ का ४३ वर्षीय दिपक सिग्देल भएको सुनसरी प्रहरी प्रमुख एसपी सन्जयसिंह थापाले सेतोपाटीलाई जानकारी दिए । , फागुन ४ गते साँझ पौने ७ बजे सुनसरी धरान-४ स्थित धरान-धनकुटा सडकखण्डको जेठामाने गोलाइस्थित खर्दु सामुदायिक वन क्...
सेतोपाटी संवाददाता प्रहरीले कल बाइपासमा संलग्न भएको आरोपमा नयाँ बानेश्वरबाट एक चिनियाँ नागरिकसहित ३७ जनालाई पक्राउ गरेको छ।, प्रहरीले सोमबार राति नयाँ बानेश्वरको एक ठाउँबाट प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।, केही समययता कल बाइपास भइरहेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोली त्यहाँ पुगेको थ...
सेतोपाटी संवाददाता ललितपुरको जावलाखेलस्थित भोटो देखाउने ठाउँमा सवारी पार्क गर्न निषेध गरिएको छ।, ऐतिहासिक स्थानमा जथाभावी सवारी पार्किङ गर्नुका साथै खुद्रा पसल राखेर सहर प्रदूषित भएको भन्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आजबाट सवारी पार्क गर्न निषेध गरेको बताए।, ‘ऐतिहासिक र धार्मिक महत्व बोकेको स्थानमा ...
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरि नगरपालिका बलम्बुस्थित एक खोलामा १४ वर्षीय बालकको शव फेला परेको छ। , मंगलबार बिहान साढे ८ बजे बालकको शव फेला परेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , उदयपुर घर भई चन्द्रागिरि- १२ बस्ने दीपकुमार राउतका १४ वर्षीय छोरा अनिष राउतको मृत्यु भएको ह...
रासस बैतडीको पाटन नगरपालिकाले आज शोक बिदा दिएको छ। सोमबार अपरान्ह यहाँ भएको टिपर दुर्घटनामा तीन विद्यार्थीसहित चार जनाको मृत्यु भएपछि नगरपालिकाले शोक बिदा दिएको हो।, दुर्घटनामा विद्यार्थीको मृत्यु भएकाले यहाँका शैक्षिक संस्थामा शोक बिदा दिइएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद भट्टले जानकारी दिए...
सेतोपाटी संवाददाता धरानको जंगलमा विभत्स हत्या गरिएको अवस्थामा फेला परेको घटनामा प्रहरीले शंकास्पद तीन जनालाई पक्राउ गरेको छ। , मंगलबार जिल्ला प्रहरी कार्यालय सुनसरीले तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक सन्जयसिंह थापाले जानकारी दिए। , ‘हामीले शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘परिवारकै सदस्य सम...
रासस हिमाली जिल्ला मनाङमा पुल निर्माण गर्ने ठेक्का पाएको ठेकेदारले छ वर्षसम्म पनि निर्माण नगरेपछि स्थानीयबासी आफैंले काठको पुल बनाएका छन्।, छ वर्षअघि असारमा द क्याराभान कम्पनीले दूधखोलामा पुल निर्माण गर्ने ठेक्का पाएको थियो। तर ठेक्का लिएर वर्षौंसम्म काम नगरी ठेकेदारले आलटाल गरेर झुलाइदिएपछि स्थानीयबासीले खोलामा काठको...
राजेश घिमिरे चितवन राष्ट्रिय निकुञ्ज स्थापनाको समयमा राप्ती नदीमा यति धेरै माछा थिए कि, मारेर साध्यै थिएन। थारू समुदायका मानिस हरेक चाडको पहिलो दिन माछा मार्न जाने चलन थियो। उनीहरू माछा ओसारेर भ्याउँदैनथे। स-साना कुलामा पनि माछा प्रसस्तै भेटिन्थे।, चितवनको कसरानजिकै राप्ती नदीमा यही फागुन ८ गते गोही छाडेपछि पटिहानी मध...
रासस बागलुङको बडिगाड गाउँपालिका–७ मा सडक खन्ने क्रममा आज बिहान सुक्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ। , मृत्यु हुनेमा बडिगाड गाउँपालिका–७ का गोपीराम विक रहेको प्रहरीले जनाएको छ।, इदिखोलादेखि गोठान जोड्ने मोटरबाटो खन्दै गरेको दृश्य हेर्न गएका विकको सडक माथिबाट खसेको सुक्खा पहिराले परिएर मृत्यु भएको जिल्ला प्...
रासस केही वर्षअघिसम्म पूर्वाधार विकासमा पछाडि परेको मधेश प्रदेशमा पछिल्लो समय तीव्र गतिमा पूर्वाधार निर्माण भएका छन्।, भौतिक पूर्वाधारको विस्तारसँगै प्रदेशबासी पनि खुसी भएका छन्।  , प्रदेश सरकार गठन भएको चार वर्षको अवधिमा मधेश प्रदेशले सडक विस्तार तथा स्तरोन्नति, प्रशासकीय संरचना, विद्यालय, स्वास्थ्य सेवा, कृषि, सिँचा...
सेतोपाटी संवाददाता बाराबाट पर्यटकीय इलाम घुम्न यात्रु लिएर आएको बस दुर्घटनामा परेको छ। दुर्घटनाबाट एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। , इलाम नगरपालिका-१० स्थित मेची राजमार्गमा बस दुर्घटना भएको हो। दुर्घटनामा परेर अन्य ४ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बस अन...
सेतोपाटी संवाददाता काठमाडौं प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बुद्धनगरकी जानकी श्रेष्ठलाई भेट्न जाने भएका छन्। , बुद्धनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा जानकीको पसलमा क्षति पुगेको थियो। , त्यसैबारे बुझ्न प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र प्रहरी वरिष्ठ उपरीक्षक ...
नारायण खड्का बाँकेमा आइतबार दिउँसो बाघले फेरि एक युवकमाथि आक्रमण गरेको छ।  , बाँके राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ झगडियाका ३० वर्षीय वकिल गद्दी बाघको आक्रमणबाट गम्भीर घाइते भएका छन्।, उनको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले सेतोपाटीलाई  बताए। , स्थानीय मन...
सेतोपाटी संवाददाता पोखरामा आइतबार दिउँसो ठूलो असिना पानी परेको छ। असिनाले पोखराका सडक सेताम्य देखिएका छन्।, प्रि-मनसुन अवधिमा नेपालमा पहाडी क्षेत्रमा हावाहुरीसँगै असिना पानी पर्ने गर्छ।, हेर्नुस् तस्बिरहरू, तस्बिर सौजन्य: अजित बरालको फेसबुक।, पोखरामा असिना पानी (तस्बिरहरू)
सेतोपाटी संवाददाता नुवाकोटमा बस दुर्घटना हुँदा ५६ जना घाइते भएका छन्। , किस्पाङ गाउँपालिका-३ किटनी बगर नजिकै बस दुर्घटना हुँदा ५६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) रामप्रसाद शाहले जानकारी दिए। , उनका अनुसार आइतबार बिहान कृष्णा गाउँपालिका-१ साल्मेबाटबाट जाँदै  गरेको बागमती प्रदेश ३-...
सेतोपाटी संवाददाता देशभर थप २६२  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार आइतबार थप २६२ जनामा संक्रमण पुष्टि भएको हो। , पछिल्लो २४ घण्टामा ९ हजार ८१५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। , ६ हजार ५७२ जनाको पिसिआर परीक...
सेतोपाटी संवाददाता काठमाडौंको बानेश्वरमा भएको एमसिसीविरूद्धको प्रदर्शनमा ३० राउन्ड रबर बुलेट प्रहार भएको छ। , आइतबार दिउँसो बसेको प्रतिनिधि सभा बैठकमा एमसिसी टेबल भएपछि संसद भवन बाहिर प्रदर्शन जारी थियो। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। , त्यसक्रममा प्रहरीले ३० राउन्ड रबरको गोली हानेको महानगरीय प्रहरी ...
सेतोपाटी संवाददाता महोत्तरीमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानसहित दुई जनालाई पक्राउ गरेको छ। , जिल्ला प्रहरी कार्यालय महोत्तरीले श्रीमतीको हत्या गरेको आरोपमा भारत सीतामढी ग्राम पञ्चायत भासर मघहा-७ अनारवन गाउँका ३७ वर्षीय अजय महतो कोइरी र सर्लाही मलंगवा नगरपालिका-९ का ३४ वर्षीय प्रमोद राउतलाई पक्राउ गरेको...
युवराज श्रेष्ठ पोखरामा आइतबार असिनाले सडक अवरुद्ध भयो। मानिसहरु हिँडडुल गर्न सकेनन्। बजार अस्तव्यस्त पारिदियो। मानिस बाहिर निस्कन सकेनन्।, साँझदेखि शहर सामान्य अवस्थामा फर्कियो। असिनाको अस्तव्यस्तता समाप्त भए। यही असिनाले किसानका बाली पनि सामाप्त पारिदियो।, पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियाले भने, ‘असिनाल...
सेतोपाटी संवाददाता देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आजको मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।, मौसमविद्का अनुसार उ...
सेतोपाटी संवाददाता कपिलवस्तु वाणगंगा नगरपालिका-१० की यशोदा लोनियाको हत्या आरोपमा प्रहरीले उनका देवरलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा ४० वर्षीय शम्भु लोनिया छन्।, यशोदाको गत मंसिर १० गते हत्या भएको थियो। सुत्ने कोठामा भुइँमा उनको शव फेला परेको थियो।, एकल महिला रहेकी यशोदालाई देवर शम्भुले घाँटी थिचेर हत्या गरेको प्रार...
सेतोपाटी संवाददाता रोल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नं. २ सिर्पका ३७ वर्षीय अमृतबहादुर वलीको मृत्यु भएको प्रहरीले जनाएको छ।, वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले सेतोपाटीलाई बताए। , दुर्घटनामा परी टिपर चालक दाङको राप्ती गाउँपालिक...
मन्दिरा घिमिरे उनका चाउरी परेको हात दिनदिनै सडक छुन्छन्। कहिले गाडामा राखेर फोहोर बोक्छन्, कहिले छेउछाउका झारपात उखेलआखल पार्छन्। उनका हातले समाएका धेरै साबेल, झाडु र ठेला बिग्रिएर कता-कता पुगे। उनका हात भने ३९ वर्षदेखि ललितपुरका सडक सफा-सुग्घर पार्न लागिरहेका छन्।, लुरे खड्का ७६ वर्षका भए। उनको आधाभन्दा बढी जिन्दगी स...
रासस घोराही उपमहानगरपालिका-१६ करौतीडाँडामा फोहरबाट ग्यास उत्पादन गर्न सुरूआत  गरिएको छ।  , नेपाल ऊर्जा विकास कम्पनी प्रालिद्वारा सञ्चालित सो प्लान्टबाट अहिले दैनिक ३०० घनमिटर ग्यास उत्पादन हुने गरेको छ। , प्लान्ट व्यवस्थापक हरिशरण श्रेष्ठले भने, ‘अहिले फोहर कम राखिएको छ। यसले गर्दा ग्यास उत्पादन कम भएको हो। केही समयपछ...
सेतोपाटी संवाददाता तुलसीपुरमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई युवा पक्राउ परेका छन्। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ न्युरोडका ३३ वर्षीय भुपलाल विक र तुलसीपुर १८ हेमन्तपुरका २६ वर्षीय देवराज देवकोटा पक्राउ परेको  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए। , प्रतिबन्धित लागु...
सेतोपाटी संवाददाता ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आफन्त तथा स्थानीयले घोराही-लमही सडकखण्ड अवरूद्ध गरेका छन्। , दुर्घटनामा परी घोराही उपमहानगरपालिका वडा नं. ३ का १९ वर्षीय अर्जुन खड्काको मृत्युपछि आफन्त तथा स्थानीयले दोषीलाई कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै घोराही-लमही सडकखण्ड अवरूद्ध गरेका हुन्। ,...
सेतोपाटी संवाददाता सुनसरीमा विभत्स हत्या गरिएको अवस्थामा फेला परेको शवको पहिचान अझै खुल्न सकेको छैन। , जिल्ला प्रहरी कार्यालय सुनसरीले मृतकको पहिचान नखुलेको भन्दै स्केच सार्वजनिक गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। , फागुन ४ गते साँझ पौने ७ बजे सुनसरी धरान-४ स्थित धरान धनकुटा सडकखण्डको जेठाम...
सेतोपाटी संवाददाता बाँकेमा ओभर स्पिडको ट्रक पल्टिएर च्याप्दा ड्युटीमा रहेकी एक जना महिला प्रहरी जवानको मृत्यु भएको छ। , कोहलपुरमा चोकमा ड्युटीमा रहेकी इलाका प्रहरी कार्यालय कोहलपरमा कार्यरत ३६ वर्षीया प्रहरी जवान कविता बिसीको ना ३ ख ६४३६ नम्बरको ट्रक कोहलपुर चौराहमा पल्टिँदा च्यापिएर मृत्यु भएको हो। , जिल्ला प्रहरी का...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ब्रान्डेड मदिराको व्यापार गर्ने ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन्।, महानगरीय प्रहरी परिसर काठमाडौंले चेक बाउन्स मुद्दामा अग्रवाललाई शनिबार पक्राउ गरेको हो।, उनलाई हिरासतमा राखी थप अनुसन्धान गर्न आइतबार जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थपिएको म...
राजेश घिमिरे भरतपुर अस्पतालमा जन्मिएकी छोरीलाई पहिलो पटक काखमा राख्दा बिष्णुबहादुर मल्ल दंग थिए। श्रीमती सुकमायालाई व्यथा लागेपछि अस्पताल पुर्‍याइहाले पनि अप्रेसन गर्नु परेको थिएन। कपडाले बेरिएकी छोरीलाई स्वास्थ्यकर्मीले बिष्णुको जिम्मा लगाइदिएका थिए। , बिष्णुले जब शरीरमा बेरिएको कपडा निकालेर हेरे, छोरीका दुबै हात थिए...
रासस पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मनाङमा भारी हिमपात भएको छ।, आइतबार बिहानदेखि माथिल्लो मनाङमा भारी हिमपात भएको हो।, करिब १५ दिनअघि भएको हिमपातपछि अवरूद्ध सडक खुलाउन नपाउँदै आइतबारदेखि पुनःहिमपात भएको छ। आइतबारदेखि हिमपातपछि यातायात सञ्चालन हुन सकेको छैन। , यहाँको सडकको हिउँ हटाउन नपाउँदै हिमपात भएसँगै समस्या...
सेतोपाटी संवाददाता भक्तपुरमा घरबाट खसेर एक जनाको मृत्यु भएको छ। , सोमबार बिहान भक्तपुर नगरपालिका-१ सल्लाघारी यातायात कार्यालय नजिकै बस्ने वृद्ध आफ्नै घरबाट खसेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , आफ्नै घरको पहिलो तलाबाट अचानक खस्दा ७८ वर्षीय दिपककुमार भुसाल गम्भीर घाइते...
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट बैकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।  , नुवाकोट लिखु गाउँपालिका-४ घर भई हाल काठमाडौं तारकेश्वर नगपालिका-७ बस्ने ३७ वर्षीय विनोद थापालाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए। , उनका अनुसार आइतबार थापालाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको ...
सेतोपाटी संवाददाता सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इञ्चार्ज विनोदकुमार यादवविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार यादवविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। , उनले केन्द्रको छाप आफूखुसी बनाएर नक्कली पिसिआर रिपोर्ट बनाइदिने गरेको पुष्टि भएपछि मुद्दा ...
रासस स्थानीयबासीको अवरोधका कारण यही फागुन १ गतेदेखि काठमाडौं उपत्यकाको फोहर उठाउन सकिएको छैन।, नौ दिनसम्म फोहर उठ्न नसक्दा सहरका चोक दुर्गन्धित भएको छ।  , हाल फोहर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण काठमाडौं उपत्यकाको १८ स...
रासस बागमती प्रदेशमा कोरोना संक्रमणविरूद्धको खोप दिइने अभियानअन्तर्गत हालसम्म प्रदेशभरिमा ९६ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाइसकेका छन्।, प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले कोरोना संक्रमणविरूद्धको खोप लगाइसकेको र योक्रम जारी रहेको मन्त्रालयबाट जानकारी पाइएइको छ।, हेटौंडाबाट खोप अभियान सुरू भएको प...
सेतोपाटी संवाददाता नेपालमा थप ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , पछिल्लो २४ घण्टामा थप ३८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ८ हजार १४० जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , ५ हजार २२५ जनामा पिसिआर गर्दा २४७ जनामा र २ हजार ९१५ जनाको एन्टिजेन परीक्षण...
सेतोपाटी संवाददाता १८ जिल्ला न्यायाधीशको लागि भएको लिखित परीक्षामा तीन जना मात्र उत्तीर्ण भएका छन्। , आन्तरिक खुल्ला, खुल्ला र आरक्षण गरी १८ जिल्ला न्यायाधीशको पदको लागि न्याय सेवा आयोगले विज्ञापन गरेको थियो। , उक्त पदका लागि ११६ जनाले परीक्षा दिएका थिए। जसमा जम्मा तीन जनाले मात्र लिखित परीक्षामा नाम निकालेका हुन्।, ल...
रासस महाकाली करिडोरको शून्य बिन्दुबाट १४ किलोमिटर क्षेत्रसम्म पर्ने वन क्षेत्रमा रूख कटानको सहमति नपाउँदा निर्माणको काम प्रभावित भएको छ।, कञ्चनपुरको ब्रह्मदेवदेखि १४ किलोमिटर उत्तर करिडोरको ट्रयाक खोल्न सात महिनाअघि निर्माण कम्पनीसँग सम्झौता भए पनि वनबाट रूख कटानको सहमति नमिलेको महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजन...
सेतोपाटी संवाददाता दैलेख-सुर्खेत सडक खण्डबाट सिधै दैलेखको दुल्लु नगरपालिका जोड्ने मोटरेबल पुल निर्माण सुरू गरिएको छ।, सडक खण्डमा पर्ने चुप्रास्थित कइलकुनामा बन्न लागेको मोटरेबल पुलको शुक्रबार शिलान्यास गरिएको छ।, दैलेख निर्वाचन क्षेत्र २ (क) का सांसद सुशील थापा, दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारी लगायतका जनप्रतिन...
सेतोपाटी संवाददाता देशभर ४३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ९ हजार ९१ जनाको कोरोना परीक्षण गरिएको थियो। , ५ हजार १३३ जनाको पिसिआर गर्दा २७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६२ ...
सविता बुढा महिनावारीका कुरा- दोस्रो शृंखला, सम्पादकीय नोट: 'महिनावारीका कुरा' को पहिलो शृंखला २०७६ जेठदेखि २०७७ चैतसम्म प्रकाशन भयो। पहिलो शृंखलामा हामीले सिनेमा, संगीत, खेल लगायत समाजका विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूको महिनावारी अनुभव लेखेका थियौं। एक वर्षको अन्तरालपछि हामी 'महिनावारीका कुरा' को दोस्रो शृंखला लिए...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार उपत्यकामा ८९ जनामा कोरोना पुष्टि भएको हो।  , काठमाडौंमा ६८ जना, ललितपुरमा १९ जना र ललितपुर २ जनामा संक्रमण भएको हो। , योसँगै उपत्यकामा ५ हजार ७८५ जना सक्रिय संक्रमित छन्। , काठमाडौंमा ३ ...
सेतोपाटी संवाददाता भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एरोनटिकल रेडियो अफ थाइल्याण्ड (एरो थाई) कम्पनीको जहाज आएसँगै शुक्रबार क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण उडान) सुरू भएको छ।, थाइल्याण्डबाट आएको जहाजले शुक्रबार मध्यान्हबाट क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान) सुरू गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय वि...
सेतोपाटी संवाददाता विवेकशील साझा पार्टीकी बागमती प्रदेशकी पूर्वसंयोजक रञ्जु दर्शनाले किशु कुइँकेलसँग इन्गेजमेन्ट गरेकी छन्।, शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा फोटो राख्दै आफूहरूले इन्गेजमेन्ट गरेको उनले जानकारी दिएकी हुन्।, आजदेखि जीवनको अर्को सुन्दर यात्राको सुरू भएको उनले बताएकी छन्।, ट्वीटरका फोटो पोस्ट गर्दै उनले भ...
सेतोपाटी संवाददाता बुढानिलकण्ठ नगरपालिका-३ स्थित बुढानिलकण्ठ माध्यमिक विद्यालयका सुरक्षागार्ड रेशमबहादुर नेपालीलाई चक्कु प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बुढानिलकण्ठ-५ मा डेरा गरी बस्ने १९ वर्षीय निमा लामा छन्। मकवानपुर सिक्रेनी गाउँपालिका-१२ स्थायी घर भएका लामालाई प्रहरीले पक्राउ...
सबिना श्रेष्ठ सहरको कथा: पनौती, २०५३ जेठ १० गते पनौती पहिलोपटक युनेस्कोको सम्भावित विश्व सम्पदा सूचीमा परेको थियो।, करिब २६ वर्ष भइसक्दा पनि सम्भावित सूचीबाट माथि उक्लेर विश्व सम्पदा स्थलमै सूचीकृत हुने पनौतीको सपना पूरा हुन सकेको छैन।, यो श्रृंखलाका पछिल्ला अंकहरूमा हामीले पनौतीका सांस्कृतिक र ऐतिहासिक पक्षबारे चर्चा...
सेतोपाटी संवाददाता विर्तामोड बसपार्क र दमकस्थित सिवान चर्चमा बमजस्तो देखिने शंकास्पद प्रेसर कुकर राख्ने समूहका ९ जना पक्राउ परेका छन्।, प्रहरीले फरक-फरक मिति र विभिन्न स्थानबाट पक्राउ परेका ९ जनालाई झापाले सार्वजानिक गरेको हो।, पक्राउ पर्ने झापा गौरादह नगरपालिका-२ का ३८ वर्षीय सुमनकुमार कार्की बम आतंक मच्चाउने समूहका ...
सेतोपाटी संवाददाता ओखलढुंगाको मोलुङ गाउँपालिका-४ स्थित भीरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ।, मृत्यु हुनेमा मोलुङ-४ घले गाउँकी ३८ वर्षीया मीना सुनुवार छिन्।, शुक्रबार अपराह्न पौने ४ बजे गुठी पाताल जंगलबाट घाँस काटेर घर फर्कंदै गर्दा भीरबाट लडेर उनी घाइते भएकी थिइन्।, प्रहरीका अनुसार सुनुवारलाई तत्काल उपचारको लागि ...
सेतोपाटी संवाददाता सुनसरी, मोरङ र इलामका छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा शुक्रबार तीन जनाको मृत्यु भएको छ।, प्रहरीका अनुसार शुक्रबार बेलुका ७ बजे सुनसरीको दुहबी नगरपालिका-८ स्थित कोसी राजमार्गमा को२०प ९८९६ नम्बरको मोटरसाइकल दुर्घटना भएको छ।, मोटरसाइकल अनियन्त्रित भएर सडकको डिभाइडरमा ठोक्किँदा गम्भीर घाइते भएका चाल...
सेतोपाटी संवाददाता बाँकेमा घास-दाउराका लागि जंगल गएका एक वृद्धको बाघले आक्रमण गर्दा मृत्यु भएको छ।, प्रहरीका अनुसार राप्ती सोनारी गाउँपालिका-६ का ६० वर्षीय धनबहादुर चलाउनेको शनिबार बिहान मृत्यु भएको हो।, चलाउने सोही वडाको राप्तीपीडित सामुदायिक वनमा घाँस र दाउरा काट्न गएका थिए। उनलाई बिहान ८ बजे बाघले आक्रमण गरेको जिल्...
विजेशराज घिमिरे क्यान्सर, टाउकोदेखि खुट्टासम्म शरीरका जुनसुकै भागमा हुने रोग हो। क्यान्सर के कारणले हुन्छ भन्ने ठ्याक्कै थाहा हुन्न। , शरीरमा सेलभित्र एउटा डिएनए हुन्छ। त्यो डिएनए भित्र खराबी पैदा हुन्छ। त्यसले राम्रो शेल पैदा गर्नुको सट्टा नराम्रो खालको सेल पैदा हुन्छ। त्यो सेल आफ्नो तरिकाले बढ्दै जान्छ। त्यसले वरिपर...
सेतोपाटी संवाददाता भक्तपुरमा आफ्नै घरको भर्‍याङबाट लडेर एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा  भक्तपुर मध्यपुर ठिमी न.पा.२ सानोठिमी स्थित मगरगाँउमा बस्ने ७८ वर्षीय शिवराम श्रीमालीको रहेका छन्।, आफ्नै एक तल्ले घरको भर्‍याङबाट अचानक लड्दा घाइते भएपछि उनलाई कोरियन अस्पताल भक्तपुर लगिएको थियो।, शुक्रबार राति ९:४५ बजे उनल...
सेतोपाटी संवाददाता भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।, मृत्यु हुनेमा उदयपुर घर भई मध्यपुर ठिमी नगरपालिका-२ बस्ने ४० वर्षीय गणेश मगर, उदयपुर कटारी-९ का ३५ वर्षीय सुरज तामाङ  छन्।, नाम थर नखुलेका अर्का एक व्यक्तिको शव खोलामा फेला परेको प्रहरीले जनाएको छ। , महानगरीय प्रहरी परिसर भक...
सेतोपाटी संवाददाता नेपालमा थप ३५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , पछिल्लो २४ घण्टामा थप ३५० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ७ हजार ९६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , ३ हजार ५३८ जनामा पिसिआर गर्दा १९८ जनामा र ३ हजार ५५८ जनाको एन्टिजेन परीक्षण ...
सेतोपाटी संवाददाता लामो समयदेखि खुखुराको आहारा (दाना) उत्पादन गर्दै आएको काठमाडौंको टोखा नगरपालिका-६ स्थित टोखारोडमा रहेको सगरमाथा पोल्ट्रीफिड प्रालिलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कारबाही गरेको छ।, तोकिएको मापदण्ड तथा गुणस्तरहीन दाना बनाएको भेटिएपछि विभागले सगरमाथा पोल्ट्रीफिडलाई कारबाही गरेको हो।, उद्योग...
भगवती पाण्डे बालबालिकालाई स्कुल बसबाटै अपहरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा रूपन्देही सैनामैना नगरपालिका-५ का ३५ वर्षीय खेमबहादुर पौडेल छन्।, पौडेललाई झापा अनारमनी विर्तामोडबाट पक्राउ गरी बालबालिकालाई सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।, सैनामैना-६ दुधराक्ष...
सेतोपाटी संवाददाता प्रजातन्त्र दिवसको अवसर पारेर शनिबारदेखि सूर्यविनायक नगरपालिकाले जगातीमा सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याएको छ।, कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शैयाको उक्त अस्पताल सञ्चालनमा ल्याएको हो।, अस्पतालका लागि पाँच वटा भवनलगायत आव...
रासस बागमती मनोहरा दोभान क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर उठाइएको छ।, बागमती सफाइ महाअभियानको ४५८ औं हप्तामा आज बागमती मनोहरा दोभानमा सफाइ गरी पाँच मेट्रिक टन फोहर उठाइए पनि व्यवस्थापन भने हुन नसकेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए।, विगत केही दिनदेखि काठमाडौं महानगरपालिकाले राजधानीबाट फोहर उठाउन नसक्द...
नारायण खड्का प्रेमीसँग योजना बनाएर पतिको हत्यापछि पत्नीले नै प्रहरीमा खोजी गरिदिन प्रहरीमा निवेदन दिएको घटना सार्वजनिक भएको छ। , दाङको राप्ती गाउँपालिका वडा नं. ३ वसन्तपुरकी ५० वर्षीया उमादेवी चौधरीले आफ्ना पति ५४ वर्षीय लप्टेन चौधरी हराएको भन्दै प्रहरीमा खोजी गरिदिन भन्दै निवेदन दिएकी थिइन्। , फागुन ५ गतेको निवेदनमा ...
सेतोपाटी संवाददाता कञ्चनपुरमा भालुको पित्त र यार्सागुम्बासहित एक जना पक्राउ परेका छन्।, जुम्लाको कनिकासुन्दरी गाउँपालिका-३ का ५७ वर्षीय बिर्ख धामी शनिबार १५० ग्राम तौल भएको भालुको पित्त र २५ ग्राम यार्सागुम्बासहित पक्राउ परेका हुन्।, विशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्याल...
रासस स्थानीय तहले राष्ट्रिय योजनालाई कार्यान्वयन गर्न सहजीकरण गरिदिएमा कति महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिँदो रहेछ भन्ने पछिल्लो उदाहरण ‘नागढुंगा–नौबिसे सुरूङमार्ग आयोजना’ भएको छ। , चन्द्रागिरि नगरपालिकाले सडक पूर्वाधारका क्षेत्रमा बहुप्रतिष्ठित सो आयोजनालाई अगाडि बढाउन सुरूआती चरणदेखि निरन्तर स्थानीय तहमा आवश्यक सह...
सेतोपाटी संवाददाता रोल्पामा आइतबार बिहान पिकअपले पैदल यात्रुलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। , पिकअपको ठक्करबाट गम्भीर घाइते सुनिल स्मृति गाउँपालिका वडा नं. २ का ७७ वर्षीय लालबहादुर भुसालको सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। , जिल्ला प्रहरी कार्यालय रोल्पाका ...
सेतोपाटी संवाददाता भक्तपुरमा टिपरले ठक्कर दिएर ८ वर्षीया बालिकाको मृत्यु भएको छ। , काभ्रे महाभारत गाँउपालिका-२ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने सूर्यबहादुर मगरकी ८ वर्षीया छोरी बिनिता मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , उनका अनुसार घा...
सेतोपाटी संवाददाता दाङमा फेला परेको प्रेसर कुकर बम डिस्पोज गरिएको छ।, पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका-७ को सडक किनारमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाले आइतबार बिहान ११ बजेतिर डिस्पोज गरेको हो।, जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार प्रेसर कुकरमा ‘नो एमसिसी’ लेखिएको थियो। बस शनिबार रात...
नवीनबाबु गुरूङ  काठमाडौंको बानेश्वरमा प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहराले हानेको छ। , आइतबार १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारले एमसिसी टेबल गर्न लागेको छ। त्यसैको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहराले हानेको हो। , यस्तै प्रदर्शनकारीहरूले पनि प्रहरीमाथि ढुंगा हानेका छन्।, आइतबार बिहान ब...
सेतोपाटी संवाददाता महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा बुधबार बेलुकी एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।, स १ च १३९३ नम्बरको एम्बुलेन्सले साइकललाई पछाडिबाट ठक्कर दिँदा महोत्तरीकै गौशाला नगरपालिका–११ का ३५ वर्षीय तेजनारायण महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।, एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजमा क...
सेतोपाटी संवाददाता काठमाडौंको बालाजुमा बसको ठक्करबाट दुई जना पैदल यात्रुको मृत्यु भएको छ।, बिहीबार बिहान करिब ६ बजे बालाजुको गंगा हलअगाडि मिनीबसले पैदल यात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका उनीहरूलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।, मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम न...
एजेन्सी दक्षिण अमेरिकी मुलुक ब्राजिलमा भारी वर्षका कारण आएको लेदोसहितको पहिलो र डुबानका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको छ।, समाचार संस्था रोयटर्सका अनुसार रियो द जेनेरियोबाट माथि पहाडी क्षेत्रमा अवस्थित इम्पेरियल सिटी भनिने पेट्रोपोलिस सहरमा मंगलबार भारी वर्षा भएको थियो। अरू बेला फेब्रुअरी महिनाभरि पर्ने औसत पानी एक...
एजेन्सी भारतको उत्तरप्रदेशको कुशीनगरमा इनारमा खसेर १३ जनाको मृत्यु भएको छ। , बुधबार राति साढे आठ बजे कुशीनगरमा इनारमाथि राखिएको स्ल्याब फुटेको थियो। त्यसपछि स्ल्याबमाथि उभिरहेका १३ जनाको खसेर मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। मृत्यु हुनेमा धेरैजसो महिला तथा बालिका छन्। , उनीहरू कुशीनगरको नौरंगियामा विवाहसँग सम्बन्...
सेतोपाटी संवाददाता धनगढीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, बुधबार साँझ मोहना-अत्तरिया ६ लेन सडकमा धनगढी आउँदै गरेको से ५प ३९४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर डिभाइडरमा ठोक्किएको थियो।, दुर्घटनामा परी मोटरसाइकल चालक कैलालीको गोदावरी नगरपालिका-५ का अन्दाजी ३१ वर्षीय दलबहादुर भट्टराईको ...
सेतोपाटी संवाददाता सुनसरीको धरान-४ मा पर्ने जंगलमा एक युवकको शव विभत्स अवस्थामा फेला परेको छ। , कोशी राजमार्गको भेडेटार सडक खण्ड नजिकैको जंगलमा घाँस काट्न गएका गाउँलेले बुधबार थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।, सुनसरी प्रहरी प्रमुख एसपी सन्जयसिंह थापाका अनुसार घाँस काट्न गएका गाउँलेले जेब्रा झोलामा मान्छेको खुट्टा ...
रासस झापाको भद्रपुर नगरपालिका-१० स्थित चन्द्रगढीमा काली मन्दिर पुनःनिर्माण गरिएको छ। धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले एक करोड ५० लाखको लागतमा काली मन्दिरको पुनर्निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम पौडेलले जानकारी दिए।, २०२१ मा बाँसको टाटीबेरा गरी स्थापित काली मन्दिर २०२७ सालमा थप व्यवस्थित ग...
नारायण खड्का बाँके-बर्दियामा पाटे बाघको गणना गर्ने काम अन्तिम चरणमा पुगेको छ।  , बाँकेमा पाटे बाघ गणनाका लागि बिहीबार अन्तिम पटक क्याम्प स्थान्तरण गर्न लागिएको छ।, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले निकुञ्ज अन्तर्गतको ‘डी’ ब्लकमा बाघ गणनाका लागि बिहीबार अन्तिम क्याम्प सार्न लागिएको सेतोपा...
रासस आङ सिरिंगै हुने भीरपाखा। वस्तुभाउ उकाली–ओराली गराउँदासमेत समस्या। जिल्लाकै बढी भौगोलिक रूपमा भिरालो जमिन भएको पालिका हो, बागलुङको तमानखोला गाउँपालिका। , अहिले त्यही आङ सिरिङ्गै हुने भिरमा बाह्रै महिना सवारी गुड्दै आएका छन्। तमानखोला गाउँपालिका–६ स्थित नर्जाखानीकी कली छन्त्यालले यस्तो भिरपाखामा मोटर गुड्लान् भनेर ...