content
stringlengths
20
64.1k
रासस कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ।, मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको  घाँसा, काभ्रेभिरलगायतका स्थानमा सडक चक्लाबन्दी गर्न लागिएका कारण आजदेखि उक्त सडकखण्ड दैनिक पाँच घण्टा बन्द गर्ने निर्णय गरिएको जानकारी दि...
सेतोपाटी संवाददाता धनगढीमा घाँटीमा चाेटपटक लागेकाे अवस्थामा सडक नालीमा पहिचान नखुलेका एक जना पुरूषकाे शव फेला परेकाे छ।, साेमबार बिहान धनगढी उपमहानगरपालिकामा -५ काे जाँई सडककाे नालीमा अन्दाजी ३३ वर्षीय पुरूषकाे शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। , ‘हत्या गरेर त्याे ठाउँमा फालेकाे हुनसक्छ, मृतकको प...
खिलानाथ ढकाल ललितपुरको कोन्ज्योसोम गाउँपालिका-४ नल्लुकी २२ वर्षीया सुष्मा स्याङताङले शनिबार बच्चा जन्माएकी थिइन्।, प्रसूति गृहले सुष्मा र शिशुलाई आइतबार मात्रै डिस्चार्ज दिएको थियो। उनीहरू आइतबार नै नल्लु पुगेका थिए।, स्याङताङ परिवार आइतबार बेलुका खाना खाएर एकैठाउँ सुतेका थिए। कोही खाटमा, कोही भुइँमा सुतेका थिए।, बेलु...
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले भन्सार छलेको आरोपमा चार जनाविरूद्ध आइतबार मुद्दा दायर गरेको छ।, विभागले पर्सा पटेर्वा घर भई हाल बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने सन्तोषचन्द्र बख्रेल, कागेश्वरी मनहरा नगरपालिका-६ का शैलेश पन्त, पर्सा ठोरी घर भई हाल काठमाडौं-५ बस्ने रविन पाख्रिन र सर्लाही बरथहवा घर भई हाल का...
सेतोपाटी संवाददाता सप्तरीमा बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , डाक्नेश्वरी नगरपालिका-३ हटेल बस्ने १९ वर्षीय चन्दनकुमार साहलाई पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।, साहले १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ। , बालिकालाई घर नजिकै प...
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट बैंकिङ कसूरमा एक जनालाई पक्राउ गरेको छ। , बारा पचरौता नगरपालिका-८ घर भई महाराजगंज बस्दै आएका ५३ वर्षीय रामएकवाल चौधरीलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , प्रहरीले चौधरीलाई आइतबार लाजिम्पाटबाट पक्राउ गरेको हो। , चौधरीलाई प...
सेतोपाटी संवाददाता चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। , ललितपुर उपमहानगरपालिका-२१ बस्ने २९ वर्षीय दिपु भन्ने विकास महर्जनलाई पक्राउ गरेको साइबर ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए। , उनका अनुसार महर्जनले नाबालिकाको अश्लिल तस्बिर र उनीबारे अश्लिल स्टाटस फेसबुकमा...
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरण काठमाडौं ग्रीड महाशाखा पाटन ललितपुर सब-स्टेसन प्रमुख सोमप्रसाद पहाडीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पहाडीविरूद्ध सोमबार १ लाख ४० हजार बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो। , अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलील...
सेतोपाटी संवाददाता देशभर थप ८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप ८८ जनामा संक्रमण पुष्टि भएको हो। , ८ हजार ६३८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार १४५ जनाको पिसिआर गर्दा ६६ र २ हजार ४९३ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनाम...
सेतोपाटी संवाददाता नेपाल प्रहरीको साइबर ब्युरोले सेलेब नेपालका सञ्चालकलाई पक्राउ गरेको छ। , गुल्मी घर भई बुटवल महानगरपालिका-१३ बस्ने २१ वर्षीय राहुल थापालाई पक्राउ गरेको ब्युरो प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए। उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। , थापाले सेलेब नेपाल नामको युट्यु...
सेतोपाटी संवाददाता प्रहरीले ठगी गरेर फरार रहेको आरोपमा एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ। , काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने ४८ वर्षीय संजय बानियालाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , प्रहरीले आइतबार काठमाडौं महानगरपालिका-१ दरबारमार्गबाट बानियालाई पक्राउ ...
सेतोपाटी संवाददाता विभिन्न जब सेन्टरहरू स्थापना गरेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले ९ जनालाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको छ।, कोटेश्वर, नयाँ बानेश्वर, चाबहिल, बालाजुलगायत स्थानबाट प्रहरीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो।, महानगरीय अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा नयाँ बानेश्वरस्थित सोसाइटी व...
डा. निमेश पौडेल हामीमध्ये कतिपयलाई गाडी सम्झने बित्तिकै रिंगटा लाग्ने हुन्छ। अझै धेरैजसोलाई त गाडीमा यात्रा गर्दा अत्यधिक वान्ता भएर शरीर शिथिल बन्छ। यो आममानिसको साझा समस्या हो। , गाडीमा यात्रा गर्दा एकातिर मस्तिस्कले कुनै गतिबिधि भएको छैन भन्छ तर गतिबिधि भइरहेको हुन्छ। यस्तो अवस्थामा रिंगटा लाग्छ। पेटमा अफ्ठ्यारो हु...
नारायण खड्का सल्यानको छत्रेश्वरी गाउँपालिकाले धार्मिक पर्यटन प्रवर्द्धनका लागि डेढ करोड बढी लगानीमा शंख पार्क निर्माण गरेको छ। , निर्मित शंखको आकृति नेपालकै सबभन्दा ठूलो आकारको भएको दाबी गरिएको छ।, श्रीस्वस्थानी व्रतकथामा सल्यानको शंखमूलको वर्णन गरेको पाइन्छ। नजिकैको पहाड छाया क्षेत्रमा सतिदेवीका सबै अंगहरू पतन भएपछि ...
सेतोपाटी संवाददाता बुढानिलकण्ठ नगरपालिका-४ चण्डेश्वरी बनस्थली बस्ने जुम्ला तातोपानी गाउँपालिका-७ घर भएका ३२ वर्षीय मानबहादुर रावतको हत्या भएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-५ का २३ वर्षीय याकुव चौधरी र सोही ठाउँ बस्ने सर्लाही बरहथवा नगरपालिका-८ घर भएका १६ वर्षीय किशोर...
सेतोपाटी संवाददाता आज देशभर १०० भन्दा कम कोरोना संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ९१ जनामा संक्रमण पुष्टि भएको हो। , ६ हजार २२० जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। २ हजार ६६२ जनाको पिसिआर गर्दा ६७ र ३ हजार ५५८ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा संक्र...
सेतोपाटी संवाददाता पाँचखाल नगरपालिकामा सहरी विकास कार्यक्रम आयोजना गर्न ५० करोड बजेट विनियोजन गरिएको छ।, सहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गत पाँचखाल नगरलाई उक्त बजेट विनियोजन गरिएको हो।, मन्त्रालयले सो कार्यक्रमका लागि छनोट गरिएको देशका ४४ नगरमध्ये पाँचखाल नगर पनि परेको हो। पाँचखाललाई प्राप्त पचास ...
दिपकजंग शाही प्रहरीले नियन्त्रणमा लिएका कालीकोटका एक युवकको सुर्खेतमा मृत्यु भएको छ।, शुक्रबार राति नेपालगञ्जबाट सुर्खेत आउँदै गरेका कालीकोटको तिलागुफा नगरपालिका–३ का मिनी हमाल भनेर चिनिने कृष्ण हमाललाई मादक पदार्थ सेवन गरेको भन्दै वीरेन्द्रनगरको सुब्बाकुनाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।, नियन्त्रणमा लिएका हमालको...
सेतोपाटी संवाददाता नोबेल मेडिकल कलेजमा अध्ययनरत् पीडित विद्यार्थीहरूले आफूहरूलाई तत्काल अन्य सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गर्न माग गरेका छन्।, शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी विद्यार्थीहरूले नोबेलले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा अतिरिक्त शुल्क असुल गर्न खोजेकाले स्...
रासस मुस्ताङको थासाङ गाउँपालिकास्थित मानापाथी हिमालबाट खसेको हिमपहिरोमा परेर १५ वटा चौरी मरेका छन्।, छिप्लुङ खर्कमा खसेको हिमपहिरोमा थासाङ गाउँपालिका–२ कोवाङकी सुशीला गौचन र नरप्रसाद गौचनको संयुक्त गोठमा रहेका १५ वटा चौरी मरेका हुन्।, शनिबार बिहानको हिमपहिरोमा परेर अझै १० वटा चौरी हराएका कृषक गौचनले बताए।, ‘चौरी बास ब...
सेतोपाटी संवाददाता निगालो काट्न जाँदा चिप्लेर भिरबाट लडेका गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राकका पुरबहादुर गुरूङ (माइला) को हेलिकप्टरबाट उद्धार गरिएको छ।, शनिबार लाप्राक गाउँको पारिपट्टी रोका झर्नानजिकै निगालो काट्न गएका बेला गुरूङ लडेर घाइते भएका थिए।, घाइते गुरूङको हेलिकप्टरमार्फत् उद्धार गरेर उपचारका लागि...
सेतोपाटी संवाददाता जनकपुरमा गोली प्रहारबाट एक युवक घाइते भएका छन्। , जनकपुरधाम उपमहानगरपालिका–१९ बेंगा शिवपुरमा शनिबार राती गोली प्रहार हुँदा १८ वर्षीय मुकेश मुखिया घाइते भएका हुन्।, कमला नगरपालिका–८ बस्ने मुकेश मामा भोगी मुखियाले सञ्चालन गरेको किराना पसलमा बसिरहेको अवस्थामा शनिबार राती साढे ८ बजे उनीमाथि गोली प्रहार ...
विनोद सापकोटा धरानको एक होटलमा महिलालाई हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।, धरान १८ बुद्धचोकस्थित एक होटलको १०९ नम्बरको कोठामा ३९ वर्षकी सुमित्रा तामाङ मृत फेला परेकी थिइन्।, उनको हत्या भएको आशंकामा प्रहरीले हत्यामा संलग्नलाई खोजि गरेको थियो।, तामाङ मृत फेला परेको पाँच दिनपछि उनको हत्यामा संलग...
सेतोपाटी संवाददाता प्रहरीले तीन लाख ८५ हजार तीन सय ३० रूपैयाँसहित जुवातास खेल्नेहरूलाई पक्राउ गरेको छ।, ललितपुरको महालक्ष्मी नगरपालिका ४ इमाडोल सेतीपाखाबाट शनिबार बेलुकी नगदसहित जुवातास खेल्नेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, एकबहादुर रानाको टहराभित्र जुवातास खेलेको सूचनापछि प्रहरी पुगेको थियो। गोरखा घर भई हाल इमा...
सेतोपाटी संवाददाता तनहुँको दमौली बजारस्थित एक घरमा आगलागी भएको छ।, ब्यास नगरपालिका ४ स्थित एक पसलमा आज बिहान १०:२५ बजेतिर लागेको आगो नियन्त्रणमा आउन सकेको छैन।, जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार भुपाल हार्डवेयर पसलमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।, स्थानीय बासिन्दा र प्रहरीले आगो नियन्त्रणमा लिने प्...
सेतोपाटी संवाददाता प्रहरीको नियन्त्रणमा रहेका युवकको मृत्यु प्रकरणमा आफन्तले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।, सुर्खेत जिल्ला प्रशासन कार्यालयसँगको चार बुँदे सहमतिपछि मृतकका आफन्तले आन्दोलन नगर्ने भएका हुन्।, पीडित परिवारसँग आइतबार सहमति भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए।, प्रजिअ रि...
सेतोपाटी संवाददाता नेपालगन्जबाट झन्डै सात लाख रकमसहित १२ जुवाडे पक्राउ परेका छन्। , गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले शनिबार राति ११ बजेतिर नेपालगन्जस्थित सिटी प्यालेस होटेलबाट ६ लाख ९४ हजार पाँच सय बढी रकमसहित १२ जुवाडेलाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा नेपालगन्जका मनोज बिक, अनिल घरारी, रामप्रसाद गौतम, दीपक थाप...
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले बारा-पर्सा औद्योगिक करिडोरका उद्योगलाई १३२ केभी प्रसारण लाइनबाट विद्युत आपूर्ति लिन आह्वान गरेको छ। उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्ने अभियानअन्तर्गत प्राधिकरणले बारा-पर्सा औद्योगिक करिडोरमा, सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत माग गर्ने उद्योगलाई १३२...
डाक्टर विभूति शाह महिलाको लागि महिनावारी नियमित प्रक्रिया हो। धेरै महिलालाई महिनावारीले मानसिक समस्या गरिरहेको हुन्छ। अहिले महिलाहरू काममा धेरै व्यस्त छन्। उनीहरूको खाने, सुत्ने ठेगान छैन। जसले गर्दा महिनावारीमा गडबडी आएको छ। खानपिन सरसफाई र नियमित ध्यान योगामा समेत महिलाहरूको ध्यान पुग्न सकेको छैन।, धेरै महिलामा महिन...
सेतोपाटी संवाददाता रूपन्देहीको तिलोत्तमामा निर्माण गरिएको स्केट पार्क तथा सामुदायिक केन्द्र सञ्चालनमा आएको छ। तिलोत्तमा नगरपालिका-४ डिंगरनगरस्थित तिनाउ नदी उकास क्षेत्रमा स्केट एड नेपाल फाउण्डेसनले पार्क निर्माण गरेको हो।, तिलोत्तमा नगरपालिकासँगको अनुमतिमा करिब १० कठ्ठा क्षेत्रमा निर्माण गरिएको पार्कमा ४० लाख लगानी भए...
रासस कालीकोट जिल्लामा संस्कृत माध्यमबाट अध्ययन गराउन स्थापना गरिएको विद्यालयमा संस्कृत शिक्षककै अभाव भएको छ।, खाँडाचक्र नगरपालिका–१ मा रहेको सरस्वती गुरूकूल आधारभूत विद्यालयमा संस्कृत पढाउने गुरूको अभाव भएको हो। , विसं २०७० सालमा महायज्ञ लगाएर त्यसबाट उठेको दानबाट माघ २८ गतेदेखि संस्कृत गुरूकूल विद्यालय स्थापना गरिएको...
रासस काठमाडौँको बनस्थलीस्थित ढुङ्गेधारामा रहेको तरकारी बजारमा आइतबार बिहान आगलागी भएको छ। बिहान १ बजेतिर आगलागी भएकोमा २ बजेतिर नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ।, उक्त आगलागीबाट ७० वटा तरकारीका स्टल जलेर नष्ट भएको छन्। काठमाडौँ महानगरपालिका-१६ बनस्थली नजिकै रहेको ढुङ्गेधारास्थित तकदिर रत्न शाक्...
सेतोपाटी संवाददाता तनहुँको दमौली बजारस्थित भुपाल हार्डवेयरमा लागेको आगो निभाउन काठमाडौंबाट सिम्रिक एअरको हेलिकोप्टर पठाइएको छ।, आज बिहान करिब १० बजेदेखि ब्यास नगरपालिका ४ स्थित हार्डवेयरमा लागेको आगो अझै नियन्त्रणमा लिन सकिएको छैन।,  बिजुली सर्ट भएर आगो लागेको अनुमान छ।, तनहुँका सांसदसमेत रहेका श्रममन्त्री कृष्णकुमार ...
सेतोपाटी संवाददाता दाङको घोराहीबाट होटेल सञ्चालकसहित दश जुवाडे पक्राउ परेका छन्। , उनीहरूको साथबाट दुई लाख २१ हजार तीन सय बढी रकम बरामद भएको छ। , पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका-५ का ३० वर्षीय कृष्णबहादुर रावल, घोराही –१३ का ३९ वर्षीय मानबहादुर खड्का, घोराही – १६ का ३५ वर्षीय रमेशबहादुर कुँवर, घोराही – १३ क...
सेतोपाटी संवाददाता नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाह (पूर्ण विक्रम शाह) लाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ।, यसअघि सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि भन्दै समय माग गरेको थियो।, जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी य...
सेतोपाटी संवाददाता आज देशभर १०० भन्दा कम कोरोना संक्रमित फेला परेका छन्। , आइतबार थप ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगीता मिश्राले जानकारी दिइन्।, मिश्राका अनुसार ४ हजार ९ सय २९ जनाको कोरोना परीक्षण गर्दा ६८ जनामा संक्रमण पुष्टि भएको हो।, मिश्राले २ हजार ६६२ जनाको पिसिआर र १ ...
सेतोपाटी संवाददाता जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।, हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। बिहान उच्च पहाडी भूभागमा आंशिकदेखि सामान्य बदल...
सविना कार्की राम्रा सामुदायिक स्कुल, एउटा सामुदायिक विद्यालय १७ वर्षमा राष्ट्रिय स्तरमा चार पटक सर्वोत्कृष्ट भएर पुरस्कृत भयो। यही बीचमा एक पटक तेस्रो भयो। उक्त अवधिमै यही विद्यालय तीन पटक क्षेत्रीय स्तरमा सर्वोत्कृष्ट ठहरियो। दुई पटक बागमती प्रदेश स्तरमा उत्कृष्ट ठहरियो।, यसरी १७ वर्षमा दस पटक उत्कृष्ट ठहर भएर पुरस्क...
रासस केही समय पहिले बाँकेमा पाँच जनाको ज्यान लिएको नरभक्षी बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ।, बिहीबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षाकर्मीसहितको टोलीले बाघलाई चितवन राष्ट्रिय निकुञ्जको खोरमा ल्याएर छाडेको हो। विशेष हेरविचार गर्ने चिकित्सकसहित बाघलाई खोरमा राखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आच...
रासस जिल्ला अस्पताल ताप्लेजुङको उपचारकक्षभित्रै भालु पसेको छ।, गए राति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ। राति साढे ११ बजेको समयमा उपचारकक्षमा भालु देखिएको थियो।, बिरामी नभएको उपचार कक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर थुनिएको र अहिले सोही कोठामै नियन्त्रणमा रहेको अस्पतालका चिकित्सक सो...
रासस नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा दुर्लभ एकसिंगे गैँडा मृतावस्थामा फेला परेको छ।, कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैंडा मृत फेला परेको निकुञ्जले जनाएको छ। , निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेश तिवारीले स्थानीयल...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ। , शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धुमपान निषेधित क्षेत्र घोषणा गरेको हो।, कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्...
सेतोपाटी संवाददाता प्रहरीले गैंडा मारेर खाग चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ।  , चितवन कालिका नगरपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-१६ बनस्थली बस्दै आएका ४० वर्षीय राजन प्रजालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेश राज मैनालीले जानकारी दिए। , महानगरीय प्रहरी वृत्त बालाजुबाट स...
रासस दार्चुलामा नेपाल–भारत जोड्ने गरी मोटरेबल पुल निर्माण सुरू हुने भएको छ।, महाकाली नगरपालिका-८ अस्खेडा बगर र भारततर्फ बलुवाकोट नजिकको थार्चुम बगर जोड्ने महाकाली नदीमाथि पुल बनाउन लागिएको हो। , यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार ‘कनेक्टिभिटी’लाई सुदृढ बनाउनाका साथै दुवैतर्फको स...
सेतोपाटी संवाददाता प्रहरीले मानव बेचबिखन तथा ओसारपसार गरेको कसूरमा एक जनालाई पक्राउ गरेको छ। , मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ घर भई हाल काठमाडौं महानगरपालिका-४ बस्दै आएका ४४ वर्षीय मोती लामालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी)  दिनेशराज मैनालीले जानकारी दिए। , महानगरीय प्रहरी वृ...
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्को चोकमा स्कुटरको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। पैदल हिँडिरहेकी ६ वर्षिया अनुष्का जैसवाललाई नम्बर नखुलेको स्कुटरले बिहिबार राति करिब ७ बजे ठक्कर दिएको थियो।, स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका क्रममा ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा मृत्यु भएको ललितपुर प्रहरी...
रासस सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका-१२ को खहरेस्थित केराबारीमा जेसिबी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।, दुर्घटनामा परी जेसिबीका सहचालक महोत्तरी जिल्ला बर्दिबास नपा ६ बस्ने १८ वर्षीय रोहित आलेमगरको मृत्यु भएको हो।, निर्माणाधीन मध्यपहाडी लोकमार्गमा काम गर्ने क्रममा आज बिहान बा२क ६६१...
रासस राष्ट्रिय मानव अधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ।, अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुनसक्ने आयोगले जनाए...
रासस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएको छ।, बिहीबार र आज शुक्रबार दुई दिन भएको उक्त फ्लाइटका कारण अन्य उडानहरू भने नियमित हुन सकेका थिएनन्। , आज पनि दुई घण्टा उक्त क्यालिब्रेसन फ्लाइट भएको थियो।, उक्त उडानका कारण आज पन...
सेतोपाटी संवाददाता देशभर थप १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप १२६ जनामा संक्रमण पुष्टि भएको हो। , ८ हजार ९३३ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार ९१ जनाको पिसिआर गर्दा १११ र १ हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १५ ...
सेतोपाटी संवाददाता नायिका रेखा थापा, ऋचा शर्मालगायत नायिकाहरूलाई युट्युबमा तथानाम गालीगलौज गरेको भन्दै प्रहरीमा रेखा थापाकी दिदी तारा राणाले निवेदन दिएकी छन्।, 'उहाँको निवेदन आएको छ', नेपाल प्रहरीको साइबर ब्युरोका एसएसपी नबिन्द अर्यालले सेतोपाटीसँग भने, 'तथानाम गाली गरेको भन्दै निवेदन आएको छ। अध्ययन गरिरहेका छौं।', स्...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले लुटपाटमा संलग्न आठ जनालाई पक्राउ गरेको छ।, प्रहरीको महानगरीय अपराध महाशाखाले काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित समृद्ध फार्मेसीका सञ्चालक राजेन्द्र साँखीलाई लुटपाट गरेको आरोपमा आठ जनालाई शुक्रबार पक्राउ गरेको हो।, पक्राउ पर्नेमा जुम्लाका २६ वर्षीय देवीप्रसाद धिताल, धादिङका ३० वर्ष...
युवराज श्रेष्ठ बलात्कार आरोपित अभिनेता पल शाह (पूर्णविक्रम शाह) प्रकरणमा पीडित नाबालिग गायिकाले राज्यबाट संरक्षण पाउनुपर्नेमा उल्टो पटकपटक समस्या झेल्दै आएकी छन्।, उनले कास्की प्रहरीमा एक महिनाअघि नै उजुरी दिन जाँदा प्रहरीले उजुरी लिएन। अहिले पल शाह पक्राउ परिसक्दा पनि प्रहरी कार्यालयको ढोकैमा पीडितविरूद्ध भइरहेका नार...
एजेन्सी पाकिस्तानको पेशावर सहरस्थित एक मस्जिदमा शुक्रबार आत्मघाती बिस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ।, पाकिस्तानी समाचार पत्र द डनका अनुसार कोचा रिसालदार क्षेत्रको सिया मस्जिदमा भएको बिस्फोटमा परी ५० जना बढी घाइते भएका छन्।, बिस्फोटमा दुई जना आत्मघाती संलग्न रहेको बताइएको छ। उनीहरूले मस्जिदको सुरक्षामा रहेका...
सेतोपाटी संवाददाता दैलेखमा निस्सासिएर दुई जनाको मृत्यु भएको छ।, ठाँटीकाँध गाउँपालिका–१ पिपलचोकका हरिकला बादी र उनका छोरा रमेश वादी घरभित्र मृत फेला परेका हुन्।, बिहीबार राति भान्सा कोठामा सुतिरहेका उनीहरू शुक्रबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।, ‘खरले छाएको घरभित्र भान्सामा चुलोदेखि करिब...
रासस मदन भण्डारी राजमार्गको धरान–झापा खण्डको सडक निर्माण कार्य हालसम्ममा १२ प्रतिशत मात्र भएको मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकले जनाएको छ।, धरानदेखि पूर्वमेचीसम्मको करिब १२५ किमी सडकखण्डमध्ये ६३ किलो मिटरको ठेक्का व्यवस्थापन भइसकेको कार्यालयका सूचना अधिकारी सजित शर्माले बताए।, सर्दुखोलादेखि बेलडाँगीसम्म ५३ किल...
सेतोपाटी संवाददाता महाशिवरात्रीका अवसरमा बिहीबार पोखरा- २० मौजामा स्थानीय युवा क्लबले साँस्कृतिक कार्यक्रम आयोजना गर्‍यो।, कार्यक्रममा सहभागी हुन पुगेका लामडाँडाका ३७ वर्षीय चोकेन्द्र गुरूङसँग लामडाँडाकै २९ वर्षीय प्रकाश गुरूङ, लामाखेतका २५ वर्षीय  निशान गुरूङ र डिलबहादुर गुरूङले  विवाद गरे। , उनीहरूबीच सुरूआतमा चोकेन...
रासस काठमाडौंको बुढानीलकण्ठबाट सम्पर्कविहीन भएका तीन बालिका मसाज सेन्टरमा भेटिएका छन्।, यही १६ गत विद्यालय जाने भनी घरबाट निस्किएका उनीहरू काठमाडौंको बौद्धस्थित मसाज सेन्टरमा काम गर्दै गरेको अवस्थामा फेला परेका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।,  , बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलस्थित बसपार्कनजिकै डेरा गरी ब...
सविता बुढा महिनावारीका कुरा- दोस्रो शृंखला, सम्पादकीय नोट: 'महिनावारीका कुरा' को पहिलो शृंखला २०७६ जेठदेखि २०७७ चैतसम्म प्रकाशन भयो। पहिलो शृंखलामा हामीले सिनेमा, संगीत, खेल लगायत समाजका विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूको महिनावारी अनुभव लेखेका थियौं। एक वर्षको अन्तरालपछि हामी 'महिनावारीका कुरा' को दोस्रो शृंखला लिए...
सेतोपाटी संवाददाता नेपालमा पहिलो पटक मानिसमा मुटुको कृत्रिम भल्व राखिएको छ। शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले एक ८० वर्षीयमा महिलाको मुटुमा कृत्रिम भल्व राखेको हो।, केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले मुटुको एओर्टिक भल्व साँधुरो भएपछि उक्त भल्वको स्थानमा नयाँ कृत्रिम भल्व राखिएको जानकारी दिए।, उनले नेपालमा...
सेतोपाटी संवाददाता महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउनुभएका साधुसन्तलाई रुद्राक्ष माला, शिवनामी एवं दक्षिणासहित बिदाइ गरिएको छ।, महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै बिदाइ गरेका हुन्।, संस्थानले बिहीबार र शुक्रबा साधुसन्तलाई बि...
सेतोपाटी संवाददाता यस वर्षको प्रि–मनसुन सुरू भएको छ।, नेपालमा ‘विन्टर’ अर्थात् हिउँद याम सकिएर ‘प्रि–मनसुन’ सुरु भइसकेको मौसमविद्ले बताएका छन्। , अंङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ । , प्रि–मनसुन भनेको हिउँद सकिएको र मनसुन अर्थात् वर्षा याम सुरु हुनुभन्दा अघिको समय हो।  , योसँगै अब...
सेतोपाटी संवाददाता बाँकेमा मान्छेलाई आक्रमण गर्ने एउटा पाटे बाघलाई नियन्त्रणमा लिइएको छ।, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ स्थित सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिइएको हो।, पछिल्लो समय गत फागुन ८ मा बाघले राप्ती सोनारी ७ का ३० वर्षीय वकिल गद्दीलाई आक्रमण गरेको थियो।, साथै फागुन ७ मा राप्ती सोनारी ६ का ६० वर्षका...
सेतोपाटी संवाददाता जुवा खेलेको आरोपमा प्रहरीले ललितपुरबाट २५ जनालाई पक्राउ गरेको छ। , महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहका अनुसार जुवा खेल्दै गरेको अवस्थामा २५ जनालाई पक्राउ गरिएको हो। , मंगलबार राति महालक्ष्मी नगरपालिका-४ ओचुहाइटस्थित बिनोदकुमार श्रेष्ठले संचालन गरेको ओचु ब्याडमिन्टन क्...
सेतोपाटी संवाददाता जबरजस्ती करणी मुद्दामा पक्राउ परेका मुगुका एमाले सांसद मोहन बानियाँलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ। , बाँके जिल्ला अदालतले बुधबार घटनाको अनुसन्धान गर्न पाँच दिन म्याद थप गरेको हो। , शिवरात्रीको बिदाका कारण पूर्व-मन्त्री समेत रहेका बानियाँलाई बुधबार मात्रै अदालत पेश गरिएको जि...
सेतोपाटी संवाददाता सम्पादकीय नोट: हामीले सहरको कथा शृंखलाअन्तर्गत काठमाडौंबाट ३२ किलोमिटर दुरीको पनौतीबारे १२ वटा स्टोरी प्रकाशन गरिसकेका छौं।, यसमध्ये ११ वटा स्टोरी सेतोपाटी संवाददाता सबिना श्रेष्ठको रिपोर्टिङमा आधारित छन् भने शृंखलाको अन्तिम स्टोरी पनौतीमाथि लामो अनुसन्धान गरेका फ्रान्सेली मानवशास्त्री जेरार्ड तोफाँ...
रासस लामो समयको प्रतीक्षापश्चात पूर्व-पश्चिम हुलाकी राजमार्गअन्तर्गत सिरहा र सप्तरीको सीमा जोडिएको बलान नदीमा पुल निर्माण भएपछि स्थानीयबासी हर्षित बनेका छन्।, हुलाकी सडकअन्तर्गत सिरहा र सप्तरीलाई जोड्ने बलान नदी पुल निर्माण भएर सञ्चालनमा आएपछि आवागमनमा सहज भएसँगै स्थानीयबासीमा उत्साह बढेको हो।, विगत एक दशकदेखि निर्माण...
सेतोपाटी संवाददाता एसएस फाउन्डेशनले दोलखाको आठ विद्यालयका विद्यार्थीलाई दुई हजार १००  झोला हस्तान्तरण गरेको छ।, बैतेश्वर मावि, नाम्दु, शैलुङ्गेश्वर आधारभूत विद्यालय, झोर,मानेडाँडा प्रावि, भीमेश्वर, गर्जाङढुङ्गा मावि, जिरी, कुटीडाँडा मावि, मकैवारी,  क्षमावती मावि, भीमेश्वर, शान्ति आदर्श मावि, बिगु र बुलुङ्ग खानी प्रावि...
रासस काठमाडौं महानगरपालिका-६ सरस्वती नगरमा बा६४प १३९६ नं को मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ। , मोटरसाइकल आफैं अनियन्त्रित भई पैदलयात्रीलाईसमेत ठक्कर दिँदा उक्त दुर्घटना भएको हो।, दुर्घटनामा मोटरसाइकल चालक आरुबारी बस्ने ओखलढुङ्गा घर भएका ३० वर्षीय शिवराज कार्की र पैदलयात्री गोपीकृष्ण बस्ने ओखलढुङ्गा हर्...
ध्रुबसागर शर्मा/रासस पूर्खाको जीवनशैली र तत्कालीन समयको पहिचान दिने टुकी र दियालो बाल्ने परम्परा लोप हुन थालेको छ। जिल्लाका गाउँगाउँमा तीव्रगतिमा भइरहेको विद्युत् विस्तार र वैकल्पिक ऊर्जाको प्रयोगसँगै ती परम्परा हराउँदै गएको हो। , डेढ दशकअघिसम्म जिल्लाका ग्रामीण क्षेत्रमा देखिने आरन पनि पछिल्लो समय विस्थापित भएका छन्।...
सेतोपाटी संवाददाता देशभर थप १२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप १२७ जनामा संक्रमण पुष्टि भएको हो। , ६ हजार ८७४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ४ हजार ६७२ जनाको पिसिआर गर्दा १२३ र २ हजार २०२ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जन...
सेतोपाटी संवाददाता रूपन्देहीको तिलोत्तमा नगरपालिकाले अतिथिहरूको लागि अतिथि गृह र सभाहल निर्माण गरेको छ।, नगरपालिकाले वडा नं. ९ केवलानीमा १६ कोठाको अतिथि गृह र सभाहल निर्माण गरेको हो।, हाल सभा हलमा कोरोना अस्थायी अस्पताल तथा अतिथि गृहमा अस्पतालमा खटिने स्वास्थ्यकर्मीको आवास व्यवस्थापन गरिएको नगरपालिकाका प्रमुख वासुदेव ...
सेतोपाटी संवाददाता नियमित परीक्षा सञ्चालनको माग गर्दै राजर्षि जनक विश्वविद्यालयमा विद्यार्थीले तोडफोड गरेका छन्।, परीक्षा दिन पुगेका बिबिए प्रमथ वर्षका पहिलो सेमेस्टरका विद्यार्थीले बिनासूचना परीक्षा सारिएको भन्दै बुधबार दिउँसो कलेजमा तोडफोड गरेका हुन्।, विश्वविद्यालयले पटक/पटक सूचना निकालेर परीक्षा नलिएपछि आक्रोशित भ...
रासस नेपालको चौधौदेखि १७ औं शताब्दीका पुरातात्विक सम्पदा स्वदेश ल्याइएको छ।, चोरी गरी अमेरिका पुर्‍याइएका सम्पदाले सयौं वर्षपछि उत्पत्तिस्थलमा आइपुगेको छ।, अमेरिकाबाट ल्याइएको तीन थान सम्पदा एक समारोहका बीच आज पुरातात्विक विभागलाई हस्तान्तरण गरिएको छ। हस्तान्तरण समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमब...
सेतोपाटी संवाददाता बाराको कोल्हवी नगरपालिकाका एक वडा सचिवविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कोल्हवी-११ वडा कार्यालयमा कार्यरत वडा सचिव विनोदप्रसाद साहविरूद्ध काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। , उनका अनुसार भ्रष्टाचारको म...
सेतोपाटी संवाददाता सिंगापुर एयरलाइन्सको जहाजमा काठमाडौंबाट जापान जान लागेका एक व्यक्ति पक्राउ परेका छन्।, अवैध तरिकाले जापानिज येन लुकाएर लैजान लागेको अवस्थामा ती व्यक्तिलाई पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।, पक्राउ पर्नेमा स्याङजा मिर्मी गाउँपालिका-६ का ४८ वर्षीय रेश्मराज भ...
सेतोपाटी संवाददाता काठमाडौंको बिशालनगरस्थित मोबाइल पसलमा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , सुरज इलेक्ट्रोनिक्स मोबाइल पसलको झ्याल फुटाएर सामान चोरी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , गोरखा गण्डकी नगरपालिका-५ घर भई का...
नारायण खड्का बाँकेमा मान्छेलाई आक्रमण गर्ने पाटेबाघ चितवन पठाइएको छ।, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ स्थित सामुदायिक वनबाट ,बुधबार नियन्त्रणमा लिएको, उक्त बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा थुनेर राख्ने बाँके निकुञ्जका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए।, ‘अन्यन्त्र बाघ राख्न ठाउँ नभएकाले हामीले चितवन पठा...
सेतोपाटी संवाददाता ११ जनाको संयुक्त लगानीमा गरिएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ।, जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी नैन्हीको टोलीले बुधबार महोत्तरीको एकडारा गाउँपालिका-३ मा खेती गरिएको गाँजा नष्ट गरेको हो।, आठ कठ्ठा जमिनमा लगाइएको चार हजार १ सय बोट गाँजा फडानी गरी जलाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएक...
नवीनबाबु गुरूङ बौद्ध धर्मावलम्बी तथा शेर्पा समुदायले नयाँ वर्षको रूपमा आज ग्याल्पो ल्होसार देशभर विभिन्न कार्यक्रम गरी मनाएका छन्।, काठमाडौं उपत्यकाका बौद्ध, स्वयम्भू लगायतका शेर्पा समुदाय र उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज धुमधामसँग ग्याल्पो ल्होसार मनाउने परम्परा छ। शेर्पा समुदाय एवं महायान बौद्ध धर्...
रासस पर्वतमा गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण  सुरू गरिएको छ।, जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा परिचयपत्र वितरण गर्न सुरू भएको हो। गरिबीको रेखामुनि परेका परिवारको तथ्यांक संकलन गरी उनीहरूलाई परिचयपत्र वितरण गर्न थालिएको स्थानीय तहले जनाएका छन्।, अहिले जिल्लाका सात वटै स्थानीय तहमा गणक तथा सुपरीवेक्षक प...
रासस काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसलाई आगामी पाँच वर्षका लागि स्नातकोत्तर तहमा नेपाल भाषा पठनपाठन गर्न आर्थिक सहगोग गरेको छ।, बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्य र क्याम्पस प्रमुख प्रा डा जीवनधर ज्ञवालीले यस विषयको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।, हस्ताक्षरपछि प्रमुख शाक्यले क्याम्पस प्रमुख ...
रासस झापाको अर्जुनधारा नगरपालिका–५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ।, केही महिना अघिदेखि शारीरिकरुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो।, उनका बुबा सेवुलालका अनुसार आकाश घर छाडेर जतासुकै हिँड्ने, जे भेट्यो त्यही खाने र मानसिक सन्तुलन गुमाएको जस्तो व्यवहार देखाउन...
सेतोपाटी संवाददाता राष्ट्रिय भूमि आयोगले मोरङको सुन्दर-हरैंचा नगरपालिकामा जग्गाको नापजाँच सुरू गरेको छ।, बुधबारदेखि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने प्रक्रिया सुरू गरेको हो।, सुन्दर-हरैंचा नगरपालिका वडा-१० बाट सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच सुरू ग...
सुसन चौधरी सामाजिक सञ्जालमा अहिले एउटा जोडीको बिहेको भिडिओ भाइरल छ।, यो जोडी हो अमेरिकाको भर्जिनिया बस्ने किरण पछाई र अनुजा दाहाल। उनीहरूले नेपाली परम्परागत शैलीमा भर्जिनियामै बिहे गरेका हुन्।, भिडिओमा बेहुली अनुजाले बेहुला किरणको खुट्टा ढोगेपछि किरणले पनि अनुजाको खुट्टा ढोग्छन्।, 'बिहेमा दुहलीले दुलाहाको खुट्टा ढोग्न...
डाक्टर अरूण शाही ठूलो आन्द्राको क्यान्सर भन्नाले ठूलो आन्द्राको कोषिकाहरू अनियन्त्रित भएर विभाजित हुनुलाई जनाउँछ। , संसारमा क्यान्सर रोगले मृत्यु हुनेमा यो रोग फोक्सोको क्यान्सरपछि दोस्रो नम्बरमा र सबैभन्दा धेरै पहिचान हुने क्यान्सरमा तेस्रो नम्बरमा पर्छ। , नेपालमा पनि ठूलो आन्द्राको क्यान्सर भएकाहरुको संख्या दिन दिनै...
सेतोपाटी संवाददाता बाँकेको खजुरा बजारमा शंकास्पद बस्तु फेला परेको छ।, उक्त शंकास्पद बस्तु निक्रिय बनाउन नेपाली सेनालाई बोलाइएको प्रहरीले जनाएको छ।, खजुरा गाउँपालिका वडा नम्बर ३ स्थित खजुरा बजारको पृथ्बी चोकमा आज बिहान प्रेसर कुकरमा शंकास्पद बस्तु देखिएपछि निक्रिय बनाउने तयारी रहेको डिएसपी मधुसुदन न्यौपानेले बताए।, ‘शं...
सेतोपाटी संवाददाता संखुवासभाको चैनपुर नगरपालिका–७ बालेश्वर गुफाबाट रतुवा मृग मारेको आरोपमा एक जना पक्राउ परेका छन्।, सभापोखरी गाउँपालिका घर भई हाल चैनपुर–७ फलाटे बस्ने ३५ बर्षीय दिलबहादुर श्रेष्ठलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योजराज खतिवडाले जानकारी दिए।, अस्थायी प्रहरी चौकी पि...
निशा भण्डारी प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ।, पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्र...
सेतोपाटी संवाददाता महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रीमा पशुपतिनाथ क्षेत्र वरपरको ट्राफिक व्यवस्थापन मिलाएको छ। पशुपति क्षेत्रमा पूजाआजमा आउने भक्तजन एव दर्शनार्थीहरुको भिडभाडलाई मध्यनजर गरेर ट्राफिक व्यवस्थापन गरेको हो।, अन्य नियमित दिनझैँ चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्बाध रुपमा सवारी साधन चलाउने व...
रासस कर्णाली नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन्।, कैलालीको मोहन्याल गाउँपालिका–७ का अन्दाजी ३२ वर्षीय धर्म भण्डारी नदीमा डुबेर बेपत्ता भएका प्रहरीले जनाएको छ।, सोमबार पौडी खेल्ने क्रममा ती युवक डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, बेपत्ता भण्डारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्या...
सेतोपाटी संवाददाता धरानको एउटा गेष्ट हाउसमा महिलाको शव फेला परेको छ। हत्या गरिएको अवस्थामा पाँचथर मिक्लाजुङ गाउँपालिका-१ घर भएकी अन्दाजी ४० वर्षकी सुमित्रा तामाङको शव फेला परेको हो।, इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरका अनुसार ती महिलासँगै बसेका पुरुष भने फरार छन्।, धरान उपमहानगरपालिका-१७...
रासस स्वास्थ्यका लागि पानी अपरिहार्य मानिन्छ तर दाङको एक स्वास्थ्य चौकीका बिरामीले पानी खान पनि पाउँदैनन्।, तुलसीपुर उपमहानगरपालिका-१३ फूलबारीस्थित स्वास्थ्य चौकीमा अहिलेसम्म पनि  खानेपानीको व्यवस्था  छैन।, वि.सं २०३१ देखि त्यस क्षेत्रमा सञ्चालित उक्त स्वास्थ्य  चौकीमा पानी नहुँदा बिरामीले पनि पानी घरबाटै ल्याउनुपर्ने...
राजेश घिमिरे सेनाको कोतबाट हतियार चोरी गरेको अभियोगमा ३० महिना जेल बसेपछि निर्दोष साबित भएका सैनिक जवान लवकुमार गुरूङले सेनाका चार जना अधिकृतविरूद्ध आइतबार किटानी जाहेरी दिएका छन्।, गुरूङले सरकारी वकिलको कार्यालय भरतपुरमा पुगेर घटना हुँदा कालीबहादुर गणमा कार्यरत महासेनानी राजेन्द्रमणि गिरी, सेनानी दीपेन्द्र श्रेष्ठ, स...
दिपकजंग शाही कर्फ्यूपछि सुर्खेतको वीरेन्द्रनगर बजार शान्त बनेको छ। एमसिसीको विरोधमा सोमबार भएको प्रदर्शनमा सहभागी केही समूह उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सोमबार बेलुका सवा ८ बजेदेखि मंगलबार बेलुका ७ बजेसम्मका लागि कर्फ्यू जारी गरेको छ।, वीरेन्द्रनगरमा रहेका विभिन्न पार्टी कार्यालयहरू र प्रहरी बीचमा प्र...
नवीनबाबु गुरूङ नेपाली सेनाले भव्यरूपमा सेना दिवस मनाएको छ। , शिवरात्रि तथा सेना दिवसका अवसरमा मंगलबार सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको भव्य कार्यक्रममा सेनाले बढाइँ तथा सैनिक कला प्रदर्शनी गरेको छ।, समारोहमा राइफल तथा तोपबाट बढाइँ कवाज, त्रिभुवन आर्मी क्लबका खेलाडी र राष्ट्रिय सेवा दलका क्याडेटलगायत विभिन्न युनिटबाट...
सेतोपाटी संवाददाता महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनले दर्शन गर्नेक्रम जारी छ।, बिहान आठ बजेसम्म भक्तजनले सहज रूपमा लाइनमा बसेर दर्शन गर्न पाएका थिए। आठ बजेअघि २० मिनेटदेखि आधा घण्टामा भक्तजनले मन्दिरभित्र प्रवेश गरेर बाहिर आएका पशुपति क्षेत्र विकास कोषले जनाएको छ।, बिहान चिसोमा कम भक्तजन भएकाले चाँडै जा...
रासस महाशिवरात्रिका अवसरमा गृहमन्त्री बालकृष्ण खाणले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गरेका छन्।, पूजा आराधना एवं दर्शनका लागि गृहमन्त्री खाण बिहान पशुपतिनाथ गएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।, पूजा आराधनापछि उनले पशुपति क्षेत्रको सुरक्षा अवस्थाका बारेमा पनि जानकारी लिएका थिए। महाशिवरात्रिका अवसरमा बिहा...
रासस बाँकेको खजुरामा आज बिहान फेला परेको बम नेपाली सेनाले निष्क्रिय पारेको छ।, खजुरा गाउँपालिका–३ स्थित खजुरा बजारको मुख्य चोकमा प्रेसर कुकरमा 'नो एमसिसी' लेखेर राखिएको अवस्थामा फेला परेको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए। , उनका अनुसार बजारको ...
राजेश घिमिरे के तपाईं नारायणगढ–बुटवल सडकमा यात्रा गर्नुभएको छ? गर्नुभएको छ भने अवश्य पनि तपाईंको यात्रा कष्टकर भयो होला।, यदि पहिलो पटक यात्रा गर्दै हुनुहुन्छ भने मानसिक रूपमा तयार भएर निस्कनुहोला, तपाईंले गर्न लागेको यात्रा सहज हुनेवाला छैन।, निर्माणका क्रममा भत्किएको बाटो र पक्की पुल निर्माणका लागि बनाइएका डाइभर्सनक...