content
stringlengths
20
64.1k
रासस मिथिलाञ्चलमा प्रसिद्ध १५ दिने लामो मिथिला मध्यमा परिक्रमा यात्रा भारतको विहार राज्यस्थित बिसौल पुगेको छ। , धनुषाको मिथिला बिहारी नगरपालिका-८ स्थित ऐतिहासिक महत्वको मिथिला बिहारी मन्दिरबाट झाँकी र कीर्तनसहित सुरू भएको मिथिला मध्यमा परिक्रमा यात्रा बुधबार १४ औँ दिन भारतको बिसौल पुगेको हो।, यात्रा बिहीबार साँझ जनकपु...
सेतोपाटी संवाददाता बिहार तथा आसपासका क्षेत्रमा बनेको निम्न चापीय प्रणालीका कारण देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, उक्त प्रणालीका कारण देशका पहाडी भागमा आंशिक बदली र अन्य भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले औंल्याएको हो।, देशभर तापक्रम बढ्ने क्रममा र...
सेतोपाटी संवाददाता देशभर थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप २७ जनामा संक्रमण पुष्टि भएको हो। , ४ हजार ७४७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, १ हजार ६५४ जनाको पिसिआर गर्दा  २२ र ३ हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनाम...
सेतोपाटी संवाददाता डेरी उद्योग तथा पसलहरूले दूधमा जथाभावी सोडा, चिनी, साल्टहरूको प्रयोग गरेर बिक्री गरेको पाइएमा सरकारले कारबाही गर्ने भएको छ। , काठमाडौंमा दुग्ध पदार्थको गुणस्तर तथा स्वच्छतासम्बन्धी अन्तर्क्रिया कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागले यस्तो बताएको हो। , उक्त अन्तर्क्रिया कार्यक्रममा बोल्द...
रासस बैतडीमा राष्ट्रिय परिचय पत्रको काम वडा तहबाटै हुने भएको छ। यसअघि जिल्ला प्रशासनमा हुँदै आएको परिचयपत्र विवरण संकलनको काम अब  वडा तहबाटै  गर्न लागिएको हो। , दुई चरणमा सञ्चालन हुने उक्त कार्यक्रम पहिलो चरणमा यही चैत ६ गतेदेखि सुरू हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।, दश स्थानी...
सेतोपाटी संवाददाता रौतहटमा स्कार्पियो गाडीको ठक्करबाट दुई जना पैदलयात्रुको मृत्यु भएको छ। , जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार बृन्दावन नगरपालिका वडा नम्बर ६मा स्कार्पियो गाडीले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो। दुर्घटना बुधबार बेलुकी साढे ८ बजे भएको हो।, बा १६ च ६१६३ नम्बरको गाडीले ...
राजु अधिकारी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सञ्चालक परिषद् (सिनेट) बैठक सरकारले चैत २० का लागि बोलाउने तय भएपछि प्रतिष्ठानमा फेरि नयाँ खेल सुरू भएको छ।, प्रतिष्ठानका सबै पदाधिकारी बिपीको अवस्था बिगार्न दोषी पाइएको भन्दै सबैलाई सिनेटबाट कारबाही गर्न हालसम्म गठित विभिन्न समितिको सुझाव थियो। तर, सरकारले...
सेतोपाटी संवाददाता नवलपरासीको सुनवल नगरपालिका-१३ मा निर्माण गरिएको २२०-१३२ केभी न्यू बुटवल सबस्टेसनको उद्घाटन गरिएको छ। , बिहीबार ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सबस्टेसनको उद्घाटन गरेकी हुन्।, मुलुकभित्र उत्पादित विद्युतको आन्तरिक खपत एवं द्विपक्षीय तथा क्षेत्रीय विद्युत व्यापार प्रवर्द्धनका लागि आन्तरि...
सेतोपाटी संवाददाता जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको आरोपमा एक जना युवालाई अदालतले दुई महिना कैद सजाय हुने फैसला सुनाएको छ।, धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडलाई लक्षित गरी सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको आरोपमा उच्च अदालत दीपायलले कैलाली बोराडाडीका ओमप्रकाश पाण्डेलाई दुई महिना कैद सजायको फैसला गरेको छ।, ...
सेतोपाटी संवाददाता झापाबाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। , मंगलबार धनकुटा पाख्रिवास नगरपालिका-३ का ३३ वर्षीया विनोद घिमिरेलाई पक्राउ गरेको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ। , प्रहरीका अनुसार घिमिरेलाई शंका लागि चेक गर्दा उनको साथबाट २३ ग्राम ब्राउन सुगर भेटिएको हो। घिमिरे भारतबा...
सेतोपाटी संवाददाता एक जना नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहलाई फेरि तनहुँको दमौली ल्याइएको छ।, जिल्ला प्रहरीले कार्यालय गैंडाकोटमा उनको बयान लिएपछि मंगलबार दमौली पठाइएको डिएसपी दिलीप गिरीले जानकारी दिए।, पीडित गायिकाका आफन्तले सुरूमा दमौली र पछि नवलपुरमा पनि शाहविरूद्ध जाहेरी दिएका ...
रोहित महतो सरस्वती माध्यमिक विद्यालय, कनकपट्टी, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७, विद्यार्थी संख्या करिब नौ सय। शिक्षक १६ जना। यही फागुन ३० गते सोमबार दिनको करिब दुई बजेतिर चर्को घाममा विद्यार्थीहरू घर फर्किंदै थिए।, दुई बजिनसक्दै विद्यालय परिसर सुनसान थियो। सबै कक्षाकोठामा ताल्चा लागिसकेको थियो। कार्यालयमा चार ज...
रासस आज मार्च १५ अर्थात् विश्व उपभोक्ता अधिकार दिवस।  , ‘सुरक्षित र समावेशी विद्युतीय कारोबार, उपभोक्ताको अधिकार’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ आज यो दिवस मनाइँदै छ।, सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिए...
सेतोपाटी संवाददाता देशभर थप ८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ८३ जनामा संक्रमण पुष्टि भएको हो। , ७ हजार ८८४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ४ हजार ७३४ जनाको पिसिआर गर्दा ५७ र ३ हजार १५० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जना...
सेतोपाटी संवाददाता स्थानीय तहको निर्वाचनको लागि प्रहरी प्रधान कार्यालयले एक लाख म्यादी प्रहरीको लागि भर्ना खोलेको छ।, मंगलबार एक सूचना जारी गर्दै प्रहरीले आउँदो वैशाख ३० गते हुने चुनावको लागि म्यादी प्रहरीको भर्ना खुलाएको हो। , काठमाडौं उपत्यकाको हकमा महानगरीय प्रहरी परिसर (काठमाडौं, ललितपुर, भक्तपुर) र जिल्ला प्रहरी ...
रासस अनुमति नलिई प्याराग्लाइडिङ गरिरहेका एक विदेशी नागरिकलाई पक्राउ गरिएको छ।, अष्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर पक्राउ परेका हुन्।, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट पक्राउ गरिएको हो।, उनले कानुन विप...
सेतोपाटी संवाददाता गृह मन्त्रालयले तीन जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवा गर्न सिफारिस गरेको छ। , मंगलबार बसेको बढुवा समितिको बैठकले तीन जनालाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कार्यरत वसन्तकुमार पन्त, केन्द्रीय अनुसन्धान ब्युरोमा...
रासस हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले गद्दी बैठकको तल्लो तलामा एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्वीर प्रदर्शनी सुरु गरेको छ। ,  , गद्दी बैठकसँगै फोटोग्राफरहरू दीर्घमान चित्रकार, गणेशमान चित्रकार र किरणमान चित्रकारले खिचेका १०० वर्षभन्दा पुराना तस्वीर पनि प्रदर्शनीमा राखिने भएको छ। ऐतिहासिक तस्वीरहरुको प्र...
सबिना श्रेष्ठ काठमाडौं महानगरपालिकाले वसन्तपुर डबलीमा आठवटा राष्ट्रिय झन्डा फहराउने भन्दै मापदण्डविपरीत निर्माण गरेको ढलान संरचना हटाउन सुरू गरेको छ।, युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत वसन्तपुरमा यस्तो संरचना निर्माण नगर्नू भनेर पुरातत्व विभागले भनेपछि र स्थानीयको दबाबपछि महानगरले उक्त संरचना हटाउन थालेको हो।, म...
सेतोपाटी संवाददाता किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना होटल सञ्चालकलाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-२ घर भई हाल मध्यपुरथिमी नगरपालिका-६ पुरानो ठिमीमा खाजा पसल सञ्चालन गर्दै आएका २८ वर्षीय प्रदीप मल्ल ठकुरी छन्।, होटलमा कार्यरत् १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अ...
दिपकजंग शाही केही महिनाअघिको कुरा हो, दैलेखकी १७ वर्षीया गुराँस (नाम परिवर्तन) आफ्ना किताब कापी र लुगा हालेको झोला बोकेर घरबाट निस्किन्। उनले घर छोड्दा एघार कक्षाको परीक्षा चल्दै थियो।, आमालाई साथीको घरमा पढ्न जाने भनेर मनाएकी थिइन्। आफैलाई भने तीन वर्षदेखि आफूमाथि भएको बलात्कार अब नसहने भनेर मनाएकी थिइन्।, यो कुरा उन...
सेतोपाटी संवाददाता सर्वसाधारणले गरिरहेको प्रदर्शनको भिडियो खिचेको भन्दै मोरङ प्रहरीले एक जना पत्रकार, दुई जना युटुबरसहित ११ जनालाई पक्राउ गरेको छ।, मोरङ सुन्दर हरैंचा-७ की डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीयबासीले राजमार्ग चक्काजाम गरेका थिए।, त्यहीक्रममा भिडियो खिच्ने पत्रकार सम्झना राई र अन...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माइतीघरमा आकाशे पुलको उद्घाटन गरेका छन्।, बुधबार मेयर शाक्यले माइतीघरस्थित आकाशेपुलको उद्घाटन गरेका हुन्। उनले आकाशे पुल निर्माण अभियान अन्तर्गत हरेक वर्ष महानगरले ८/९ करोड रूपैयाँ बजेट छुट्याएको र आवश्यक ठाउँ हेरेर पुल निर्माण पनि गरिरहेको बताए।, उन...
रोहित महतो धनुषाको मिथिला बिहारी नगरपालिका–३ स्थित माध्यमिक विद्यालय मिथिलेश्वर मौवाहीमा १३ सय ६९ जना विद्यार्थी छन्। तर दुई जना बालविकासकासहित शिक्षक १५ जनामात्र शिक्षक छन्।, माध्यमिक स्तरका दुई र निमावि स्तरका तीन जना छन्। त्यसैगरी प्रावि तहका ८ जना शिक्षकमात्र छन्। प्रावि तहमा टिच फर नेपाल र नगरपालिकाबीच भएको सम्झौ...
सेतोपाटी संवाददाता होलीका लागि काठमाडौं उपत्यकामा सुरक्षा दिन ३५ सयभन्दा बढी प्रहरी खटिने भएका छन्। , बिहीबार हुने होलीका विभिन्न कार्यक्रमलाई मध्यनजरमा राख्दै प्रहरीले सुरक्षा व्यवस्था तयार गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए। , केही वर्षयता कोरोना भाइरसक...
रासस डडेल्धुरामा गोली लागेर एक जनाको मृत्यु भएको छ।, मंगलबार राति गन्यापधुरा गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जंगली जनावर मार्नका लागि भरूवा बन्दुकको पासो थापेका गन्यापधुरा–४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालयका अनुसार दलबहादुरको डडेल्धु...
रासस मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार एक दम्पतीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। , मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा धनुषा जिल्ला अदालतबाट २२ वर्ष कैद र दुई लाख ५० हजार रुपैयाँ जरिवानाको सजाय पाएर फरार जनकपुुरधाम उपमहानगरपालिका–१३ का ४२ वर्षीय रामजी पासवान र एक लाख ५० हज...
सेतोपाटी संवाददाता विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक बिरामीको पेटबाट पेटीको ‘बक्कल’ र फलामको सिक्री निकालेको छ।, भोजपुर नगरपालिका-१२ टक्सारका २१ वर्षीय युवाको पेटबाट कम्मरमा बाँध्ने पेटीको बक्कल र फलामको सिक्री निकालिएको हो।, परिवारिक स्रोतका अनुसार ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैंले कम्मरमा लगाएको प...
सेतोपाटी संवाददाता काठमाडौंको बिजेश्वरी करिडोर क्षेत्रमा मोटरसाइकल र स्कुटर जुध्दा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा धादिङ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-१ बस्ने ३५ वर्षीय हरि दुवाडी रहेका छन्।, बुधबार बिहान बा ८५ प ५०६० नम्बरको मोटरसाइकल र बा ९४ प ६१२३ नम्बरको स्कुटर आपसमा ठोक्किएका थिए।, प्रहरीका अनुसार...
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा सोह्र करोड बढी बिगो माग्दै तीन जनाविरूद्ध मुद्दा दायर गरेको छ।, कर छलेको आरोपमा विभागले सौगात इन्टरनेशनलका प्रोप्राइटर दीपककुमार देउजा, खाता सञ्चालक मोहनप्रसाद भट्टराई र लेखापरीक्षक सुनिलमान शाक्यविरूद्ध बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो...
सेतोपाटी संवाददाता विराटनगरका उद्योगी महेश जाजुलाई ‘महामुर्ख’ उपाधिले सम्मान गरिएको छ।, होली पर्वको पूर्वसन्ध्यामा मारवाडी युवा मञ्चले मंगलबार राति एक कार्यक्रमका बीच ‘महामुर्ख’ उपाधि दिएको हो।, होली मिलन कार्यक्रमको आयोजना गरी जाजुलाई महामुर्ख उपाधि दिइएको मारवाडी युवा मञ्चले जनाएको छ।, मारवाडी समुदायमा होली पर्वको ब...
सेतोपाटी संवाददाता बाजुराबाट एकल महिलालाई जबर्जस्ती करणी गरी फरार रहेका एक जना पक्राउ परेका छन्। , जगन्नाथ गाउँपालिका-५ तल्लो काप्री बस्ने ३२ वर्षीय नेत्र भन्ने नवराज शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। , प्रहरीले उनलाई जगन्नाथ गाउँपालिकाको इलाकामा लुकीछिपी बसेको अवस्थामा फेला पारी ५ ...
सेतोपाटी संवाददाता प्रहरीले बैंकिङ कसूर मुद्दामा फरार महिलालाई पक्राउ गरेको छ। , भक्तपुर महानगरपालिका-६ घर भई सोही वडा नम्बर-११ मा बस्दै आएकी राधा माताङ्गीलाई पक्राउ गरेको सिआइबीले जानकारी दिएको छ। , प्रहरीले माताङ्गीलाई सूर्यविनायकमा लुकीछिपी बसिरहेको अवस्थामा सोमबार पक्राउ गरेको हो। , उच्च अदालत पाटनले गत पुस २० गते...
सेतोपाटी संवाददाता देशभर थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप ५८ जनामा संक्रमण पुष्टि भएको हो। , ५ हजार ४१८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ३ हजार ५३९ जनाको पिसिआर गर्दा ५० र १ हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा ८ मा सं...
सेतोपाटी संवाददाता आँखामा खुर्सानीको धुलो छर्केर सुन तथा नगद डकैती गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , डकैती गर्ने गिरोहका दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , दाङ घर भई काठमाडौं महानगरपालिका-१० शान्तिनगर बस्ने २८ ...
सेतोपाटी संवाददाता सुनसरीमा प्रहरीले मानव तस्करीको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।, भारतको बिहार सुपौलका ३२ वर्षीय मोहम्मद फिरोजलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए। , सीमा प्रहरी चौकी भन्टाबारीको प्रहरी टोलीले उनलाई  कोसी गाउँपालिका-८ स्थित नेपाल र भारत सीमाबाट पक्राउ गर...
सेतोपाटी संवाददाता निर्माणको क्रममा दुई पटकसम्म बाढीले बगाएको गुल्मीको मुसिकोटस्थित झेदी पुलको निर्माणको काम अझै सुरू हुन सकेको छैन।, मुसिकोट नगरपालिका वडा नं. ३ र ७ लाई जोड्ने गरी बडिगाढ खोलामाथि २०७३ सालमा पुल निर्माणको ठेक्का सम्झौता गरिएको थियो।, ठेक्का सम्झौता अनुसार ५८ मिटर लामो उक्त पक्की पुलको निर्माण कार्य २०...
सेतोपाटी संवाददाता संरक्षणमुखी नीतिका कारण काठमा आधारित उद्योग समस्यामा परेको वन पैदावार उद्योगीहरूले गुनासो गरेका छन्।, वन क्षेत्रलाई संरक्षण गर्ने सरकारी नीतिलाई आत्मसाथ गर्दा आफूहरूका उद्योग नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको उनीहरूको गुनासो छ।, वनलाई प्राकृतिक सम्पदाका रूपमा व्याख्या गरिँदा अहिलेको अवस्था आइपरेको ...
सेतोपाटी संवाददाता दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक कोरियन नागरिकलाई पक्राउ गरेको छ।, काठमाडौं महानगरपालिका-७ लाहुरेटोल बस्दै आएका ७३ वर्षीय दक्षिण कोरियाली नागरिक रेइ सी जुङलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , उनलाई ब्युरोको टोलीले सोम...
सेतोपाटी संवाददाता ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-१ स्थित कात्तिके सातपाखा सामुदायिक वनमा आइतबारदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएको छैन।, आगो फैलिँदै गएपछि मानव बस्तीहरू जोखिममा परेको उक्त सामुदायिक वनका अध्यक्ष श्रीप्रसाद घिमिरेले जानकारी दिए।, ‘अचानक आइतबारदेखि लागेको आगो नियन्त्रण गर्न गए रातिदेखि नै खटिरहेका...
सेतोपाटी संवाददाता हेटौडामा अन्तर्राष्ट्रिय गणित दिवस तथा पाई दिवस मनाइएको छ। , १४ मार्चमा भौतिक वैज्ञानिक अल्बर्ट आइन्सटाइनको जन्मदिनको अवसर पारी सो दिवस मनाइएको हो। , त्यस अवसरमा गणितमा विद्यार्थीको अभिरूचि जगाउने उदेश्यले नारायणी कलेज तथा तुलसी मेहर माध्यमिक विद्यालयले कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा बाग...
सेतोपाटी संवाददाता तनहुँमा सरकारी जग्गामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १३ जनामाथि मुद्दा चलाएको छ।, अख्तियारले सोमबार काठमाडौंस्थित विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। , हिमाली प्राथमिक विद्यालय तनहुँको विद्यालय व्यवस्थापन समितिको बैठकल...
सेतोपाटी संवाददाता प्रहरीले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।, सोमबार भक्तपुरबाट काभ्रेपलाञ्चोक मन्डनदेउपुर गाउँपालिका-४ घर भई हाल भक्तपुर ठिमी बस्दै आएका ३८ वर्षीय गान्दीप गौतमलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ।, प्रहरीका अनुसार गौतमले आफू विदेशी नागरिक भएको बताउँदै ठगी गरेको आरोप छ।, ...
सेतोपाटी संवाददाता विद्यालयहरूले आउँदो वैशाखमा विद्यार्थीका सबै प्रकारका परीक्षाहरू लिएर वैशाखमै नजिता प्रकाशन गर्नुपर्ने भएको छ।, चैतभर भने पठनपाठनलाई जारी राख्नुपर्ने शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले बताएको छ।, एसईई परीक्षा वैशाख ९ गतेदेखि सञ्चालन गर्ने तालिका छ। यसलाईसमेत मध्यनजर गर्दै ...
युनिक श्रेष्ठ धादिङ घर भई काठमाडौं बस्ने क्याप्टेन आनन्द थापा पाइलट हुन्।, अहिले उनी अल्टिच्युड एयर हेलिकप्टर कम्पनीमा कार्यरत छन्। उनी पाइलट भएको १६ वर्ष भइसक्यो। आठ वर्ष सेनामा पाइलट भएर काम गरेपछि आठ वर्षयता उनी प्राइभेट कम्पनीमा आबद्ध छन्। मेजर पदमा पुगेर उनले सेना छाडेका थिए। , क्याप्टेन थापा आफ्नो कामबाट नेपालका...
एजेन्सी रूसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको आज (मंगलबार) २० औं दिन हो।, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि विशेष सैन्य कारबाही भनेको यो आक्रमणका कारण २५ लाख बढी युक्रेनी नागरिकले देश छोड्नु परेको छ भने सयौं मानिसहरूले ज्यान गुमाएका छन्।, संसारका धेरै मुलुकले युक्रेनमाथि रूसी आक्रमणको विरोध गरेका छन्। अमेर...
रासस आफन्तको मृत्यु हुँदा हिन्दू संस्कारअनुसार किरिया बस्नु नौलो कुरा होइन। तर चितवनको भरतपुरस्थित वागीश्वरी आश्रमका एक योगी आफूले पालेको गाई मरेपछि किरिया बसेका छन्।, भरतपुर महानगरपालिका–१ देवघाट क्षेत्रमा अवस्थित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रका योगी निरञ्जननाथ किरिया बसेका हुन्। गौशालामा संरक्षणका लागि राखिएको स्...
नारायण खड्का काठमाडौंमा लुटेको सुन र एक लाख नगदसहित प्रहरीले एक युवालाई दाङबाट नियन्त्रणमा लिएको छ।, चाबहिलमा सुन व्यापारीको आँखामा खुर्सानीको धुलो हालेर सुन र नगद लुटपाट भएको थियो।, लुटपाटमा संलग्न रहेको आरोपमा घोराही उपमहानगरपालिका ८ घर भई घोराही १५ रतनपुरमा डेरा गरी बस्ने २४ वर्षीय राजेन्द्र सिंहलाई सुन र नगदसहित प...
भगवती पाण्डे २०३३ सालमा स्थापना हुँदा बुटवलको ‘नवीन औद्योगिक निम्न माध्यमिक विद्यालय’ का विद्यार्थीहरू टिनको छानोमुनिको टहरामा बसेर पढ्थे। बुटवलको देवीनगर, सुकुम्बासी बस्तीनजिकै रहेकोले उक्त विद्यालयमा पढ्न आउने अधिकांश विद्यार्थी पनि सुकुम्बासी बस्तीकै हुन्थे।, विद्यालय पोशाकको कुरै थिएन, विद्यार्थीका खुट्टामा चप्पल ...
रासस चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको रु २९ लाख रकम गुमेको छ।, ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यमबाट पीडितलाई रु ९० लाखको चिठ्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिँदा यसरी रु २९ लाख गुमाउनुपरेको हो।, उक्त सूचनाको प्रमाण ...
सेतोपाटी संवाददाता झापामा बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।  , इलाम सुर्योदय नगरपालिका-१ सिर्जना टोल बस्ने ३९ वर्षीय कमल राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए।, उनका अनुसार सोमबार कमल गाउँपालिका-५ सितापुरीस्थित पूर्वबाट पश्चिम जाँदै गरेको लु १ ख ८८...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका वडा नं.३० ले सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ। , मंगलबार काठमाडौं महानगरपालिका वडा नं.३० ले स्थापना गरेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री तथा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गरेका हुन्। , ज्ञानेश्वरमा ...
एजेन्सी चीनमा थप ५ हजार २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , मंगलबार त्यहाँ ५ हजार २८० जनामा संक्रमण पुष्टि भएको समाचार संस्था एएफपीले जनाएको छ।, सबैभन्दा धेरै संक्रमित जिलिन प्रान्तमा देखिएको छ। जिलिनमा मात्रै तीन हजार बढी संक्रमित थपिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। , चीनमा कोरोना संक्रमण ...
सेतोपाटी संवाददाता सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा  सर्लाहीको लालबन्दी नगरपालिका-१ नवलपुरमा निर्माण भएको १३२/३३ केभी सबस्टेसनको उद्घाटन भएको छ। सर्लाहीको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगलाई विद्युत उपलब्ध गराउन निर्माण गरिएको सबस्टेसन मंगलबार ऊर्जा, जलस्...
सेतोपाटी संवाददाता रूस-युक्रेन युद्धको असर नेपालले भारतबाट खरिद गर्ने बिजुलीको मूल्यमा पनि देखिएको छ।, युद्धयता बिजुलीको शुल्कमा ठूलो असर परिरहेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए।, 'युद्धअगाडि बिजुलीको मूल्य औसत प्रतियुनिट दुई रूपैयाँ ७० पैसादेखि तीन रूपैयाँ हाराहारी थियो। अहिले आएर सात र...
सेतोपाटी संवाददाता प्रहरीले लागुऔषधसहित दुई जनालाई काठमाडौंबाट पक्राउ गरेकाे छ।, महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटेकाे विशेष टोली लागुऔषधसहित दुई जनालाई काठमाडौं-१३ टंकेश्वरस्थित सडकखण्डमा पक्राउ गरेकाे हाे।, महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख प्रहरी नायब उपरीक्षक अनिल घिमिरेका अनुसार  पक्राउ पर्नेमा जिल्ला धा...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो दिनमा तापक्रम बढ्दो मात्रामा रहेकाले सजग हुन विज्ञले सुझाएका छन्।, सोमबारसम्म मौसम विज्ञान विभागको रेकर्ड अनुसार ३९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री तापक्रम रेकर्ड भएको तथा एउटा केन्द्रमा भने ४० डिग्री तापक्रम रेकर्ड भएको छ।, जलवायु विज्ञ डा. उप्रेतीले केही दिन तापक्रम वृद्धि निरन्तर ...
राजेश घिमिरे केही समयअघि चितवन राष्ट्रिय निकुञ्जभित्र माउतेको काम गर्ने एक व्यक्तिको बाघको आक्रमणबाट मृत्यु भयो।, बाबु गुमाएपछि उनका छोराले निकुञ्ज प्रशासनसँग जागिर मागे। तर पाएनन्। उनी जीवन निर्वाहका लागि जाली बोकेर माछा मार्न खोलातिर जान थाले।, एक दिन निकुञ्जका प्रतिनिधिले उनले माछा मार्न लगेको जाली खोसिदिए। बदला लि...
सेतोपाटी संवाददाता गैरकानुनी तरिकाले डलर सटही तथा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा राजश्व अनुसन्धान विभागले दुई जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।, विभागले मंगलबार ९ करोड ७४ लाख ६९ हजार ९८३ रुपैयाँ बिगो माग गर्दै दुई जनाविरूद्ध मुद्दा दायर गरेको हो।, मुद्दा दायर गरिएका व्यक्तिमा मोरङ रतुवामाई ...
सेतोपाटी संवाददाता मेची–महाकाली उल्टो पैदल यात्राको अभियानमा रहेका ३२ वर्षीय ऋषि परियारलाई दाङको राप्ती गाउँपालिको सिसहनीयाँमा स्वागत गरिएको छ।, नेपाली कांग्रेसका नेता तथा कार्यपालिका सदस्य सन्जिव छिनालले एक कार्यक्रमकाबीच ऋषिलाई सिसहनियाँ बासीको तर्फवाट स्वागत तथा आगामी यात्राका लागि शुभकामना दिएका हुन्।, स्वागत तथा ...
राजकुमार पराजुली काभ्रेपलाञ्चोक, फागुन २९, काभ्रेको पनौती नगरपालिकाको संरक्षित क्षेत्रमा पुरानो शैलीका घर बनाइँदैछ । यसका लागि नगरपालिकाले स्थानीयवासीलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग पनि गरेको छ । , आर्थिक सहयोग प्राप्त गर्नका लागि स्थानीयवासीलाई पुरातत्व विभागले दिएको मापदण्डानुसारको पुरानो शैलीका निजी आवास बनाउनुपर...
सेतोपाटी संवाददाता काठमाडौंबाट प्रहरीले जुवातास खेलिरहेको १० जनालाई पक्राउ गरेको छ।, बागलुङको खुङ्ला गाउँपालिका-८ का ३९ वर्षीय युवराज कँडेल लगायत १० जनालाई पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।, तारकेश्वर नगरपालिका-९ मनमैजुस्थित जगत डंगोलको घरमा तास खेलिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त बा...
सेतोपाटी संवाददाता आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।, नुवाकोटको ककनी गाउँपालिका-१ नयाँबस्तीकी ६५ वर्षिया कान्छी बलामीको हत्या गरेको आरोपमा ३३ वर्षीय भिमबहादुर बलामी पक्राउ परेका हुन्।, भीमबहादुरले घनले टाउकोमा हानेर आफ्नै आमाको हत्या गरेको प्रहरीले बताएको छ।, प्रहरीका अनुसार बलामीले आमाको हत्या गरी शव घर...
सेतोपाटी संवाददाता पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलबारीदेखि बन्दिपुर–१ को स्याउलीसम्म ३८४ रुख कटान गरिएको छ।, करिब दश किलोमिटर सडक दूरीअन्तर्गत एक हजार पाँच सय रुख कटान गर्नुपर्नेमा पहिलो चरणमा उक्त सङ्ख्याका रुख कटान गरिएको हो।, पोखराको चाइना पुलदेखि तनहुँको पूर्वी नाका मुग्लिनपुलसम्म कर...
सेतोपाटी संवाददाता राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको सहयोगमा १४३ औं समूहको ट्राफिक नियन्त्रण तालिम सुरु भएको छ। , महानगरीय ट्राफिक प्रहरी महाशाखामा सुरू भएको सो तालिमको उद्घाटन समारोहमा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले फौजी सङ्गठनमा विशेष महत्व राख्ने यस्ता व्यावसायिक तालिमले प्र...
राजेश घिमिरे वन्यजन्तुको बासस्थान तथा जैविक मार्गमा बन्ने पूर्वाधार वन्यजन्तुमैत्री बनाउनका लागि सरकारले निर्देशिका लागु गरेको छ। , लामो समय वन तथा वातावरण मन्त्रालयमा अड्किएको  ‘वन्यजन्तुमैत्री पूर्वाधार निर्माण सम्बन्धी मापदण्डसहितको निर्देशिका–२०७७’ पछिल्लो मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो।  , चितवनमा पूर्व–पश...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा परीक्षण गरिएकोमध्ये १ प्रतिशत भन्दा कममा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगिता मिश्राका अनुसार ७ हजार ९ सय ४७ जनाको परीक्...
मनिका विश्वकर्मा भाग्य लेख्ने कलमको खोजीमा, जति पैसा हुन्थ्यो यो गोजीमा, धन-पैसाले किन्न पाए, भाग्य लेख्ने कलम, आफैं बेची किन्ने थिएँ, भए यस्तो चलन..., यो गीत सुन्नुभएको छ? छैन भने युट्युबमा 'भाग्य लेख्ने कलम' खोज्दा सुरिलो महिला स्वरमा पश्चिमेली भाकामा सुन्न सक्नु हुन्छ। स्वर जति सुरिलो छ, गीतको मजबुन पनि त्यतिकै मार...
सेतोपाटी संवाददाता देशभर थप ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगिता मिश्राका अनुसार आइतबार थप ६५ जनामा संक्रमण पुष्टि भएको हो। , ७ हजार ९४७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार ३०६ जनाको पिसिआर र १ हजार ६४१ जनाको एन्टिजेन परीक्...
सेतोपाटी संवाददाता १८ महिने बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।, मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गणेशपुरकी ती बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई मोरङ प्रहरीले पक्राउ गरेको हो।, आइतबार जिल्ला प्रहरी क...
सेतोपाटी संवाददाता भन्सार छलेर ल्याइएको ठूलो परिमाणको मेडिकल सामग्री तथा खुद्रा मालवस्तु प्रहरीले बरामद गरेको छ। , पर्सा प्रहरीले शनिबार राति वीरगञ्ज महानगरपालिका-१४ गण्डक सडकखण्डबाट एक करोड ६० लाख मूल्य बराबरको सामान बरामद गरेको हो। , प्रदेश-१-२००१ख ९२५२ नम्बरको ट्रकलाई चेक गर्दा उक्त परिमाणको सामान बरामद भएको पर्सा ...
रासस बैतडीमा कालाजारका बिरामी भेटिएका छन्।, दोगडाकेदार गाउँपालिका-५ गोबडाका ३७ वर्षीया एक महिलामा कालाजारको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिए।, धनगढीमा उपचार गराउने क्रममा ती महिलामा कालाजार पुष्टि भएको हो।, जोशीका अनुसार कालाजार पुष्टि भएपछि ती महिलाको ...
सेतोपाटी संवाददाता बैंकिङ कसुरको मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आइतबार एक जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , रौतहट गौर नगरपालिका-१ भन्सारटोल घर भई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका-१२ कपन बस्ने ३३ वर्षीय अरविन्दकुमार जैसवाल ...
सेतोपाटी संवाददाता प्रहरीले मकवानपुरबाट गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। , हेटौंडा उपमहानगरपालिका-१६ बस्ने २९ वर्षीय चालक बुद्धिमान वाइबालगायत तीन जनालाई पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।, प्रहरीले उनीहरूलाई आइतबार मनहरी गाउँपालिका-७ मनहरी खोलाको बगरबाट १ सय ८० किलो गाँजासहित पक्राउ ग...
एजेन्सी पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामालाई कोरोनाभाइरसको संक्रमण भएको छ।, ओबामाले सामाजिक सन्जालमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्।, आफूलाई केही दिनदेखि घाँटीमा हल्का अप्ठेरो भएको भए पनि अरू अवस्था सामान्य रहेको उनले बताएका छन्। ओबामाले पत्नी मिसेलको कोरोनाको रिपोर्ट नेगेटिभमा आएको पनि जानकारी दि...
सबिना श्रेष्ठ काठमाडौंका विश्व सम्पदा क्षेत्रमा मापदण्डविपरीत संरचना निर्माण भइरहेको भन्दै युनेस्कोले 'खतरा सूची' मा राख्ने चेतावनी दिइरहेका बेला काठमाडौं महानगरपालिकाले वसन्तपुर डबलीमा ३५ फिट अग्लो राष्ट्रिय झन्डा राख्ने तयारी गरेको छ।, पुरातत्व विभागले सम्पदा स्थलको संरक्षण र व्यवस्थापनविपरीत यस्तो निर्माण नगर्नू भन...
रासस तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।, आइतबार दिउँसो बस र टाटा सुमो गाडी आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। , मृत्यु हुनेमा एक महिला र दुई पुरूष छन्। , मृतकको नामथर वतन नखुलेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।, दुर...
सेतोपाटी संवाददाता तुलसीपुर–घोराही चार लेन सडकको काममा ठगी तथा चेक अनादर मुद्दामा ठेकेदार अनुप पाण्डेलाई सातदिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ। , उच्च अदालत तुलसीपुरले आइतबार पाण्डेलाई सात दिन थुनामा राखेर घटना अनुसन्धान गर्न आदेश दिएको अदालतका सूचना अधिकारी भुपाल भण्डारीले जानकारी दिए । , शनिबार काठ...
सेतोपाटी संवाददाता सुनसरीमा प्रहरीले ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ।  , कोशी गाउँपालिका-८ का २२ वर्षीय मिथुनकुमार यादव र १९ वर्षीय प्रमोदकुमार सरदारलाई जिल्ला प्रहरी कार्यालय सुनसरी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। , प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गर...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्नाको प्रक्रिया सुरू गरेको छ।, प्रहरी प्रधान कार्यालयका अनुसार एक लाख संख्यामा म्यादी प्रहरीको आवेदन चैत पहिलो सातामा माग्ने गरी काम भइरहेको छ।, अहिले सम्बन्धित जिल्लाका मतदान केन्द्र कति छन्, तिनीहरूको विवरण लेखाजोखा भइरहेको छ।, ‘कु...
सेतोपाटी संवाददाता सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। , आइतबार राति दुधौली नगरपालिका-५ स्थित ठाकुरखोलाको तीन नम्बर पुलमा टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धिमणि नेपालले जानकारी दिए। , उनका अनुसार बाडेगाउँबाट बेहुली लिएर उदयपुरको कटारी जाँदै गरेको ना ३ ख ७...
नवीनबाबु गुरूङ यतिबेला फूलहरूको मौसम सुरू भएको छ। अझ भनौं बसन्त बहार सुरू भएको छ।  , राजधानी काठमाडौं सहरका सडक छेउछाउका विभिन्न प्रजातिका फूलहरू ढकमक्क फुल्न थालेको छ।  , बसन्त ऋतुको सुरूआती चरणमा फुलेका यी फूलहरूले सहरको सुन्दरता बढाएका छन्।, फूलको सुन्दरता र रसको निम्ति भमरा र माहुरीहरू फूलहरूमा झुम्मिरहेको सुन्दर ...
सेतोपाटी संवाददाता देशभर थप ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप ७७ जनामा संक्रमण पुष्टि भएको हो। , ७ हजार ९८१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ५ हजार ६०७ जनाको पिसिआर गर्दा ६२ र २ हजार ३७४ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जन...
सेतोपाटी संवाददाता काठमाडौंमा लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न ११ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।, कारोबारीको जालो खोज्दै जाँदा सशस्त्र प्रहरी बलमा कार्यरत् हवल्दार पनि फन्दामा परेका छन्।  , ११ जनालाई विभिन्न मितिमा ३२२.६ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।, पक्राउ...
सेतोपाटी संवाददाता साढे चार लाख बढी रकम लुटेर भागेका युवक पक्राउ परेका छन्। , दाङ घोराही उपमहानगरपालिका वडा नं. १३ की ४८ वर्षीया झुमा रोकाले बैंकबाट निकालेर घरतर्फ लैजाँदै गरेको चार लाख ६७ हजार सात सय २० रुपैयाँ लुटेको आरोपमा घोराही- ९ का २४ वर्षीय गणेशकुमार डाँगी पक्राउ परेका हुन्। , डाँगीको साथबाट लुटेर लगेको सबै रक...
एजेन्सी आम आदमी पार्टी (आप)ले भारतीय प्रान्त पन्जाबको विधान सभामा भारी बहुमत पाएपछि अहिले राजनीतिक वृत्तमा यसको चर्चा छ। , दिल्लीमा सरकार चलाइरहेको आपले पन्जाबमा पनि दुई तिहाइ बढी मत मात्र पाएको छैन, भुइँमान्छेहरूलाई विधान सभा सदस्य बनाएको छ।, आपबाट चुनाव जितेका ९२ मध्ये एक हुन्, लाभ सिंह उगोके। , इकोनोमिक्स टाइम्स इन...
सेतोपाटी संवाददाता मोरङबाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। , मोरङको गोविन्दपुर घर भई मेचीनगर नगरपालिका-१२ मा बस्दै आएका १८ वर्षीय अबिनारायण लिम्बूलाई पक्राउ गरेको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। , लिम्बूलाई प्रहरीले बिहीबार २१.३८ ग्राम ब्राउन सुगर र १ थान डिजिटल तराजुसहित पक्राउ गरेको ...
सेतोपाटी संवाददाता नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका पल शाहलाई सहयोग गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले उनका म्यानेजर कृष्णप्रसाद जोशीलाई नियन्त्रणमा लिएको छ।, घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका जोशीलाई प्रहरीले जिल्ला अदालत तनहुँबाट सात दिनको म्यादसमेत लिएको छ।, ‘अदालतबाट म्याद थप गरेर अनुसन्धान गर्...
सविता बुढा महिनावारीका कुरा- दोस्रो शृंखला, सम्पादकीय नोट: 'महिनावारीका कुरा' को पहिलो शृंखला २०७६ जेठदेखि २०७७ चैतसम्म प्रकाशन भयो। पहिलो शृंखलामा हामीले सिनेमा, संगीत, खेल लगायत समाजका विभिन्न क्षेत्रमा कार्यरत महिलाहरूको महिनावारी अनुभव लेखेका थियौं। एक वर्षको अन्तरालपछि हामी 'महिनावारीका कुरा' को दोस्रो शृंखला लिए...
सीबी अधिकारी सात दशक बढी लामो हवाई उडान इतिहास बोकेको नेपालको नागरिक उड्डयन क्षेत्रले निकै फड्को मारिसकेको छ। विशेष गरी हवाई पूर्वाधारमा निकै प्रगति हासिल भएको छ। देशको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७२ वर्षपछि अब दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि ...
सेतोपाटी संवाददाता चितवनको ईच्छाकामना गाउँपालिका-२ रमाइलो डाँडामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ।, प्रहरीका अनुसार शुक्रबार बेलुका करिब पाँच बजे प्रदेश २-०३-००२ प ५९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई डाँडाबाट करिब ५०० मिटर तल खस्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो।, मृत्यु हुनेमा मोटरसाइकल चालक ३४ ...
खिलानाथ ढकाल नेपालगञ्ज उपमहानगरपालिका-१७ की एकल महिला निर्मला कुर्मी बेपत्ता र उनको शंकास्पद मृत्यु प्रकरणको अनुसन्धान गर्न प्रहरी टोली नेपालगञ्ज पुगेको छ।, कुर्मी बेपत्ता र उनको शंकास्पद मृत्युबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक कमल थापाको नेतृत्वमा चार सदस्यीय टोली नेपालगञ...
सेतोपाटी संवाददाता विनाशकारी भुकम्पले राजधानीका सम्पदा भत्काएको ७ वर्ष हुन लागिसक्यो।, सरकारले औचित्य सकिएको भन्दै पुर्ननिर्माण प्रधिकरण खारेज गरिसक्यो। तर राजधानीको सम्पदा अझै पुननिर्माण भइरहेका छन्।, ललितपुरको ठेचो, बुङमती, पाटन, काठमाडौंको वसन्तपुर, जैसीदेवल, भक्तपुरको दरवारपरिसर र दत्तात्रय वरपर धमाधम मन्दिर पाटीप...
सेतोपाटी संवाददाता प्रहरीले भारतीय नागरिकको हत्यामा संलग्न दुई जना आरोपितलाई पक्राउ गरेको छ। , बाजुरा खप्तड छेडेदह गाउँपालिका-२ बस्ने २४ वर्षीय राजेन्द्र बुढा र सोही ठाउँमा बस्ने २० वर्षीय भुपेन्द्र बुढालाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।  , उनीहरूमाथि भारत उत्तर प्रदेश सहेजापुर ...
रासस काठमाडौं उपत्यकाको फोहर नुवाकोटको सिसडोलमा बिसर्जन गर्न जारी रहेको अवरोध आज पनि कायमै रहेको छ।, पछिल्लो मन्त्रिपरिषद् बैठकले नुवाकोटमा पर्ने सिसडोल र धादिङसँग सीमा जोडिएको क्षेत्र बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनको क्रममा उत्पन्न हुने प्रभाव न्यूनीकरण गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरे पनि आफू...
सेतोपाटी संवाददाता प्रहरीले मोरङको केराबारीबाट ६५ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा धनकुटा सहिदभूमि नगरपालिका-१ का ३१ वर्षीय दीपेश राई रहेका छन्।, को२३प ३८६१ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट गाँजा बरामद भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारूङले बताए।, इलाका प्रहरी कार्य...
सबिना श्रेष्ठ काठमाडौं ज्याठास्थित गुणाकर महाविहारको सार्वजनिक जग्गा (बहीलाछी) मा पुरातत्व विभागले शुक्रबारबाट उत्खनन सुरू गरेको छ।, सार्वजनिक जग्गा मासिने गरी वडा नम्बर २७ को भवन बनाउने तयारी गरिएको उक्त ठाउँमा स्थानीयको मागअनुसार उत्खनन गरिएको पुरातत्वविज्ञ उद्धव आचार्यले बताए।, पुरातत्व विभागका पूर्वकर्मचारी आचार्य...
नारायण खड्का ठकेदार अनुप पाण्डे ठगी मुद्दाको जाहेरी परेपछि पक्राउ परेका छन्।, काठमाडौंमा लुकिछिपी बसेका पाण्डेलाई शनिबार बिहान प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले सेतोपाटीलाई बताए।, पक्राउपछि पाण्डेलाई दाङ ल्याउने तयारी भइरहेको एसपी काफ्लेले जानकारी दिए। पाण्डेविरूद्ध विभिन्न व्यक्तिले झन्ड...
निशा भण्डारी वाङ्मय शताब्दी पुरूष संस्कृतिविद् सत्यमोहन जोशीको पाटन बखुंबहालस्थित घरमा रहेको 'सत्यमोहन जोशी लोकसाहित्य संग्रहालय' को उद्घाटन गरिएको छ।, लोक साहित्य परिषद्ले लोक साहित्यको संरक्षण र प्रवर्द्धनका लागि निर्माण गरेको उक्त भवनको आज उद्घाटन गरिएको हो।, दुई वर्षअघि उक्त भवनको शिलान्यास भएको थियो।, उक्त संग्रह...
सेतोपाटी संवाददाता शुक्रबार साझ घर नजिकैको घारीमा अचेत अवस्थामा भेटिएकी मोरङ सुन्दरहरैंचा-७ की २१ महिने नाबालिकाको शनिबार बिहान मृत्यु भएको छ।, घरबाट अपरान्ह ४ बजे हराएकी नाबालिका पाँच बजेतिर घरभन्दा १५० मिटर दुरी पश्चिममा अचेत अवस्थामा फेला परेकी थिइन्।, घरबाट हराएकी बालिकालाई खोजी गर्ने क्रममा घारीमा फेला पर्दा बालि...