content
stringlengths
20
64.1k
युवराज श्रेष्ठ जिल्ला अदालत तनहुँमा पल शाहविरूद्धको बलात्कार मुद्धामा बिहीबार पनि बहस जारी छ।, पीडितका पक्षमा बुधबार ९ जना कानुन व्यवसायीले बहस गरेका थिए। पलका पक्षबाट बुधबार २ जनाले बहस गरेका थिए भने बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेको बहस टुङ्गिएको छैन।, जिल्ला अदालतका स्रेष्तेदार मीनबहादुर कुँवरका अनुसार आज बिहान ११ ...
एजेन्सी भारतको कर्नाटक उच्च अदालतले वैवाहिक बलात्कारको मुद्दामा फैसला गर्दै विवाह बर्बर जनावरलाई खुला छोड्ने लाइसेन्स नभएको बताएको छ।, टाइम्स अफ इन्डियाका अनुसार न्यायाधीश एम नागाप्रशन्नको एकल इजलास बुधबार आफ्नै श्रीमती भए पनि महिलाको मन्जुरीबिना शारिरीक सम्बन्ध राख्नु बलात्कार हुने बताएको हो।, श्रीमतीको इच्छाविपरीत श...
सेतोपाटी संवाददाता त्रिभुवन विमानस्थलको राडारमा समस्या देखिएपछि उडानहरू प्रभावित भएका छन्।, बिहीबार बिहानै विमानस्थलको राडारमा समस्या देखिएको थियो। विमानस्थल कार्यालयका अनुसार अहिले त्यो समस्या समाधान भइसकेको छ।, त्रिभुवन विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार बिहान ६ बजे राडारमा समस्या आएपछि उडान केही सम...
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ नहुने बताएका छन्। , बिहीबार पत्रकार सम्मेलन गर्दै उनले लोडसेडिङ नहुने र हुन पनि नदिने बताएका हुन्।, भारतबाट आयात गर्ने बिजुली पाउन मुस्किल भएपछि केही दिनयता उद्योगहरूले भनेजति बिजुली पाउन सकेका छैनन्। , उद्योगहरूमा बिजुली आपूर्ति ब...
सेतोपाटी संवाददाता काठमाडौंको चोभारमा निर्मित सुख्खा बन्दरगाह चैत महिनाभित्रै सञ्चालनमा आउने भएको छ ।, असार महिनामै निर्माण सम्पन्न भएको चोभार सुख्खा बन्दरगाहमा भन्सार कार्यालय, बैंक तथा अन्य पूर्वाधार स्थापना भएपछि सञ्चालनमा आउन लागेको हो। , बिहीबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै इन्टरमोडेल यातायात विकास समितिका क...
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले भारतबाट प्रतियुनिट ३८ रुपैयाँमा बिजुली किन्ने भएको छ।, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतीय बजारमा बिजुलीको भाउ निकै बढेकाले नेपालको मागलाई धान्न महंगोमा बिजुली किन्न लागिएको बताए।, बिहीबारमा प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले बिजुली ल्याउन ...
सेतोपाटी संवाददाता काठमाडौंको शंखमूलमा एक युवकमाथि खुकुरी प्रहार गरेको घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाले खुकुरी प्रहार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , बुधबार काठमाडौं महानगरपालिका-३१ स्थित शंखमूलमा एक युवकमाथि खुकुरी प्रहार भएको थिय...
रासस प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका संगठनमा रहँदा प्राप्त गरेका तालिम, ज्ञान, सीप र अनुभव नेपाली माटोमै लगाउन भूपू सैनिकलाई आह्वान गरेका छन्।, धनगढीस्थित भवानी दल गण तेघरी ब्यारेकमा आयोजित भूपू सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उनले राष्ट्र र समाजलाई दिएको योगदान कहिल्यै खेर नजाने भएकाले परिश्रम र देशभक्तिक...
सेतोपाटी संवाददाता भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले चितवनको भरतपुर महानगरपालिकाको  गाउँब्लकमा रहेका भूमिविहीनहरूलाई आज जग्गा धनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरेका छन्।  , भरतपुर महानगरपालिकाको वडा नं. २९ को गाउँब्लकमा रहेका भूमिविहीनहरूलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले ग...
सेतोपाटी संवाददाता बुटवलको जितगढीमा बिहीबार भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।, बिहीबार दिउँसो करिब १ बजेतिर बुटवल उपमहानगरपालिका वडा नम्बर १३ स्थित जितगढीमा स्कुटर र मोटरसाइकल एक आपसमा ठक्कर खाएपछि सडकमा पल्टिएका युवालाई बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।  , जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्र...
सेतोपाटी संवाददाता सौराहामा बाघको छाला किनबेचमा संलग्न रहेको भनेर फैसला गरिएका एक व्यक्ति १६ वर्षपछि पक्राउ परेका छन्। , चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले २०६२ सालको असोज १४ गते सौराहा नजिकैबाट १ थान बाघको छाला र ४१ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेका थिए।, पक्राउ परेका गोरखाको सर्दिबास–३ का सुरेन्द्र गुरूङ, स...
सेतोपाटी संवाददाता महिलालाई बलात्कार गरेर गहना लुटपाट गरेकाे आराेपमा बझाङमा दुई जना पक्राउ परेका छन्।, गत चैत ४ गते केदारस्युँ गाउँपालिका–५ की एक महिलालाई जबरजस्ती करणी गरेर गरगहना लुटेको आरोपमा प्रहरीले भारतीय दुई नागरिकलाई पक्राउ गरेकाे हाे।, पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल प्रान्त माल्दाका २९ वर्षीय विजय राजवंशी...
सेतोपाटी संवाददाता दैलेखमा जीप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्।, दैलेख बजारबाट चामुण्डा विन्द्रासैनी नगरपालिका जाँदै गरेको लु २ च ४५५४ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारका अनुसार घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ।, ...
खिलानाथ ढकाल तीन वर्षभित्र सक्ने योजनासहित नागढुंगा-मुग्लिन सडकको टेण्डर प्रक्रिया अघि बढेको छ।, सडक विभाग अन्तर्गतको विकास सहायता महाशाखाका अनुसार विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानीमा नागढुंगा-मुग्लिन सडकको टेण्डर गरिएको हो।, ९५ किलोमिटर नागढुंगा-मुग्लिन सडकलाई चार लेनसम्म विस्तार गरी स्तरोन्नति गर्ने गरी विभाग...
युवराज श्रेष्ठ जिल्ला अदालत कास्की र वडा प्रहरी कार्यालय बैदामको गेट सडकको वारीपारी छ।, पोखरा शहरबाट बग्ने फिर्के खोलाले यी दुबै कार्यालयका कम्पाउण्ड छोएको छ। जिल्ला अदालत परिसरको पूर्वतर्फ प्रहरीले लागु औषध नष्ट गर्ने ठाउँ बनाएको छ।, लागुऔषधको खोजीमा रहेका पोखरा–१५ टुटुङ्गाका २७ बर्षीय दाबा (अर्जुन परियार) बुधबार मध्...
सेतोपाटी संवाददाता कलंकीमा कारले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा चालकसहित ६ जना घाइते भएका छन्।, कालीमाटीबाट कलंकीतर्फ आउँदै गरेको बा ५ च ५४४० नम्बरको कारले रोकिराखेको स्कुटर र गुडिरहेको २२० पल्सरको मोटरसाइकललाई ठक्कर दिँदा २ चालक र ४ पैदलयात्रु घाइते भएको महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीले जनाएको छ।, सुर्खेत घर...
सेतोपाटी संवाददाता नेपालगञ्जमा एक पुरूषको शव शंकास्पद रूपमा फेला परेको छ। , बिहीबार बिहान नेपालगन्ज उपमहानगरपालिका-३ स्थित विमानस्थलको पूर्वी गेटबाहिर एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए। , उनका अनुसार मृतक ३० वर्षीय बालकृष्ण वली हुन्। उनको शव प्ल...
सविता बुढा दार्चुलाको महाकाली नगरपालिकाका केही भू-भाग २०७० सालमा आएको बाढीले महाकाली नदीपारि पुर्‍याइदिएको थियो। नदीको धार फेरिएपछि नेपालको भू-भाग भारततिर गएको थियो।, त्यसपछि सीमाबारे भारतसँग स्थानीयको विवाद बढ्दै गयो।, स्थानीय सुरेश ठगुन्नाका अनुसार महाकाली-५ स्थित गल्खै भन्ने ठाउँ त्यो बाढीपछि भारततिर गयो।, ‘यहाँ सि...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्त लिन आउनेले बस्नका लागि पैसा तिर्नु पर्ने कुराको चौतर्फी विरोध भएपछि आगमन कक्षबाहिर नि:शुल्क बस्न मिल्ने छुट्टै कक्ष बनाइने भएको छ।, विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले त्यसका लागि आइएमएस ग्रुपलाई मौखिक रूपमा भनिसकेको जानकारी दिए।, 'मैले उहाँहरूलाई बोला...
सेतोपाटी संवाददाता भक्तपुरको लोकन्थलीमा मोटरसाइकल र शव वाहन ठक्कर खाँदा आगलागी भएको छ।, बुधबार बिहान साढे ९ बजे मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित आकाशेपुल मुनी शववाहनले मोटरसाइकललाई ठक्कर दिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , ठक्कर दिँदा मोटरसाइकलमा आगोलागी भएको ह...
सेतोपाटी संवाददाता निजी गाडीले यात्रु बोकेको विरोधमा सुर्खेतमा बन्द गरिएको सार्वजनिक यातायात सेवा खुलेको छ।, बुधबार बिहानैदेखि सुर्खेतका यातायात व्यवसायीले सार्वजनिक यातायात सेवा बन्द गरेका थिए।, जिल्ला प्रशासन कार्यालय, प्रहरी, ट्राफिक र यातायात व्यवसायीबीच सहमति भएपछि १० बजेदेखि गाडी सञ्चालनमा आएका छन्।, ‘उहाँहरुले ...
एजेन्सी विश्वका प्रमुख १० प्रदूषित सहरभित्र नेपाल परेको छ। राजधानी सहरमा भने काठमाडौं छैठौं स्थानमा परेको छ।, वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले मंगलबार सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्ट अनुसार नेपाल दसौं प्रदुषित मुलुकमा परेको हो।, बंगलादेश विश्वकै सबैभन्दा प्रदूषित देश भएको छ। प्र...
सेतोपाटी संवाददाता सडक निर्माणका क्रममा झरेको सुख्खा पहिरोले स्काभेटर पुरिएपछि राप्ती लोकमार्गअन्तर्गत दाङ-सल्यान सडकखण्ड अवरूद्ध भएको छ।, सल्यानको कपुरकोट ३ चोरखोला नजिक छाँगामा सडक निर्माण गर्ने क्रममा मंगलबार बेलुकी खसेको पहिरोले बा २ क ८०७७० नम्बरको स्काभेटर पुरिएको हो।, पहिरोमा परेर स्काभेटर चालक हिमनाथ योगी सामा...
सेतोपाटी संवाददाता भारतीय बजारमा बिजुलीको भाउ बढेपछि नेपाल विद्युत प्राधिकरणलाई आयात गर्नका लागि बिजुली किन्न मुस्किल परिरहेको छ।, प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार कोइलाको अभाव र पेट्रोलियम पदार्थको भाउ बढेकाले भारतीय बजारमा बिजुलीको भाउ  पाँच गुणासम्म बढेको छ। एक महिनाअघि रूसले युक्रेनमाथि आक्रमण गरेपछि सं...
सेतोपाटी संवाददाता बहिनी बलात्कार आरोपमा बझाङमा दाजु पक्राउ परेका छन्।, आफ्नै १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय दाजुलाई प्रहरीले पक्राउ गरेको हो।, आइतबार बेलुकी घाँस काट्न गएकी बालिकामाथि मोबाइल र पैसाको लोभ देखाएर बलात्कार भएको उजुरी आएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बालि...
एजेन्सी सोमबार दुर्घटनामा परेको चाइना इस्टर्न एयलाइन्सको जहाजको ब्ल्याक बक्स खोज्ने काम बुधबार रोकिएको छ।, सिसिटिभीका अनुसार दुर्घटनास्थलमा भइरहेको वर्षाका कारण खोजी रोक्नु परेको हो।, वर्षासँगै दुर्घटनास्थलमा सानो पहिरो पनि खसेकाले खोजी कार्यमा जटिलता थपिएको छ। सोमबार दिउँसो कुनमिङदेखि ग्वान्जाओ उडेको बोइङ ७३७-८०० एनज...
रासस लमजुङका आठ स्थानीय तहमध्ये आगो नियन्त्रणका लागि बेंसीसहर नगरपालिकासँग मात्र दमकल छ। , अन्य पालिकाले सोही नगरपालिकाकै दमकल कुर्नुपर्ने बाध्यता छ।, टाढा-टाढा आगलागी हुँदा जान समय लाग्ने गरेकाले पनि समस्या हुने गरेको छ भने दमकल रहेको नगरभित्रका पसल तथा कुनै घरमा आगलागी भएका बेलामा कहिले दमकल ढिलो पुग्ने त, कहिले बेल...
सेतोपाटी संवाददाता काठमाडौंको शंखमुलमा एक युवकमाथि खुकुरी प्रहार भएको छ। , बुधबार दिउँसो शंखमुल पुल नजिकै दुई जनाबीच झगडा हुँदा एक जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, उनीहरू दुबै जना चिनजानकै मानिसहरू रहेको मैनालीले बताए।, घाइतेको टाउको र हातमा चोट लागेको प्र...
एजेन्सी भारतको हैदरावाद आगलागीमा परी ११ जनाको मृत्यु भएको छ। , बुधबार बिहान सिकंदराबादको बोयागुडाको गोदाममा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको बिबिसी हिन्दीले जनाएको छ। , कबाडी गोदाममा आगलागी भएको हो। , स्थानीयका अनुसार आगो लाग्दा १२ जना कामदार थिए। तीमध्ये एक जना कामदार मात्र बाँच्न सफल भएको बिबिसीले उल्लेख  ग...
सेतोपाटी पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ।, उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ।, केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको...
एजेन्सी भारतको पश्चिम बंगालमा जिउँदै जलाएर आठ जनाको हत्या भएको छ। , बिरभूम जिल्लाको रामपुरहटस्थित बगुटी गाउँका उपप्रधान भडु शिखको सोमबार राति हत्या भएपछि त्यहाँ हिंसा भड्किएको टाइम्स अफ इन्डियाले जनाएको छ।, शिख तृणमूल कंग्रेस(टिएमसी)का नेता हुन्। पश्चिम बंगालमा टिएमसीको सरकार छ। , ‘यो घटनामा आठ जना मारिएका छन्। सात जन...
सेतोपाटी संवाददाता यात्रुबाहक बसमा छुटेको साढे ३ लाख नगद प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाएको छ। , सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ सुन्दरटोल बस्ने ५३ वर्षीय दासाङ शेर्पाको नगद छुटेको थियो। , मंगलबार जोरपाटी चोकबाट नारायणटार जाने क्रममा यात्रुबाहक बसमा साढे ३ लाख छुटेको भन्...
रासस इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय जुम्लाले निर्देशन दिएको छ।, आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त सबै हतियार बुझाउन प्रशासनले निर्देशन दिएको हो।, प्रशासनले एक सूचना जारी गर्दै एक महिनाभित्र आ-आफ्नो नजिकको प्रहरी कार्यालयमा...
सेतोपाटी संवाददाता मोरङको लेटाङमा महिला प्रहरी जवानको मृत्यु भएको घटनामा छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा समिति गठन भएको छ। , बुधबार १ नम्बर प्रदेश प्रहरी कार्यालयले एसएसपी राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा छानबिन समिति गठन भएको हो। , उनको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको कार्यालयका प्रवक्...
सेतोपाटी संवाददाता काठमाडौंको चोभारमा टाटा सुमो गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। , महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो। , ना १ ज ६३५४ नम्बरको गाडीले बा ९२ प २३१ नम्बरको पल्सर बाइकलाई ठक्कर दिएको हो। ...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले लेटाङ घटनाको छानबिनका लागि प्रहरी मुख्यालय काठमाडौं, १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोली परिचालन गरेको छ। , आइतबार मोरङको लेटाङमा हिंसात्मक झडप हुँदा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो।, आक्रमणकारीले घाँटीमा छुरा प्रहार गर्दा गम्भीर घाइते उनको उपचारका...
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली आपूर्तिमा देखिएको समस्या बुधबार राति १२ बजेदेखि समाधान हुने बताएका छन्।, सेतोपाटीसँग कुराकानी गर्दै घिसिङले मंगलबार राति अचानक भारतको बिहारबाट बिजुली आउन रोकिएपछि बुधबार बिहान केही औद्योगिक क्षेत्रमा बिजुली कम आपूर्ति भएको बताए।, प्र...
सेतोपाटी संवाददाता धनुषामा ट्रकको चक्काले किच्दा एक जना बालिकाको मृत्यु भएको छ। , मिथिला नगरपालिका-३ हरियरपुर बस्ने दुई वर्षीया स्नेहा थापा मगरको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। , प्रहरीका अनुसार मंगलबार ना ४ ख २३८९ नम्बरको ट्रकको चक्काले किच्दा मगरको घटनास्थलमै मृत्यु भएको हो। , चालक नि...
एजेन्सी सोमबार दिउँसो दुर्घटनामा परेको चाइना इस्टर्न एयरलाइन्सको जहाजको ब्ल्याक बक्स भेटिएको छ।, खोजी कार्यमा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले बुधबार दिउँसो ब्ल्याक बक्स भेटिएको जनाएको छ।, सोमबार दुर्घटनामा परेको चाइना इस्टर्न एयलाइन्सको जहाजको ब्ल्याक बक्स खोज्ने काम बुधबार रोकिएको छ।  , बुध...
सेतोपाटी संवाददाता नेपाल पर्वतारोहण संघको आज हुने भनिएको  ३१औं वार्षिक साधारणसभा स्थगित भएको छ।, उच्च अदालत पाटनले हिजो अल्पकालीन अन्तरिम आदेश दिएपछि साधारणसभा स्थगित गरिएको हो।, अदालतको आदेशलाई सम्मान गर्दै अर्को सूचना जारी नभएसम्मका लागि साधारणसभा स्थगित गरिएको संघका महासचिव कुलबहादुर गुरुङले जानकारी दिए।, संघको निय...
सेतोपाटी संवाददाता काठमाडौंको चोभारमा टाटा सुमो गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन्। , महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार गाडीले मोटरसाइकललाई ठक्कर दिएको हो। , ना १ ज ६३५४ नम्बरको गाडीले बा ९२ प २३१ नम्बरको पल्सर बाइकलाई ठक्कर दिएको हो। , मोटरसाइकलमा सव...
सेतोपाटी संवाददाता देशभर थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ३८ जनामा संक्रमण पुष्टि भएको हो। , ५ हजार ३७६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ३ हजार ८५५ जनाको पिसिआर गर्दा  ३४ र १ हजार ५२१ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनाम...
युवराज श्रेष्ठ नाबालिगमाथि बलात्कार मुद्दा लागेका पल शाह (पूर्णविक्रम शाह) र उनका म्यानेजर कृष्ण जोशीविरूद्ध तनहुँ जिल्ला अदालतमा बुधबार बहस भएको छ।, जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासमा बहस भइरहेको जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले बताए। बुधबार पीडितका तर्फबाट बहस भएको र बिहीबार पीडक पक्षका कानुन व्यव...
विवेक राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्त लिन आउनेले आगमन कक्षमा बसेबापत शुल्क तिर्नुपरेपछि अहिले त्यसको आलोचना भइरहेको छ। , नयाँ आगमन कक्षको सञ्चालनको जिम्मा पाएको 'आइएमएस ग्रुप' ले आगमन कक्षमा बस्न चाहनेका लागि पचास र सय रुपैयाँ शुल्क तोकेको छ। जसमा सुपरियर कक्षका लागि पचास र डिलक्स कक्षका लागि सय रुपैयाँ...
सेतोपाटी संवाददाता प्रहरीले बैंकिङ कसुरको आरोपमा गीतकार दर्पण राईलाई पक्राउ गरेको छ। , सोलुखुम्बु सोताङ गाउँपालिका-३ घर भई काठमाडौं बस्दै आएका गीतकार दर्पण राईलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार प्रहरीले राईलाई बुधबार भैंसेपाटीबाट पक्राउ गरेको ...
सेतोपाटी संवाददाता मंगलबार साँझबाट लगातार बिजुली अवरूद्ध भएपछि उद्योगीहरूले नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएका छन्।, नेपाल उद्योग परिसंघ प्रदेश १ ले बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पत्र लेख्दै विद्युत अवरूद्धबारे ध्यानाकर्षण गराएका हुन्। , पत्रको बोदार्थ प्रधानमन्त्री, मन्...
सेतोपाटी संवाददाता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चैत १५ गतेदेखि स्वास्थ्य बीमा गरेका बिमितहरूको नि:शुल्क उपचार नगर्ने घोषणा गरेको छ।, बीमामार्फत् प्रतिष्ठानले गरेको खर्चको भर्पाई सरकारले समयमै नगरेका कारण प्रतिष्ठानमा आर्थिक कठिनाइ उत्पन्न भएको जनाउँदै बिपीले अब बीमाबाट उपचार नगर्ने बताएको हो।, प्रत...
युनिक श्रेष्ठ झापा बिर्तामोडको ग्रिन हिल मल्टी ट्रेडर्स प्रालिका प्रोप्राइटर लक्ष्मी थापा छुर्पी व्यापारी हुन्। , उनले छुर्पी व्यापार गर्न थालेको ६ वर्ष भइसक्यो। विभिन्न किसानहरूबाट संकलन गरी उनी अरू निर्यात गर्ने कम्पनीहरूलाई छुर्पी बेच्छन्।, उनलाई हालै इलाम चिज उद्योगबाट दुई हजार किलो छुर्पीको अर्डर आएको थियो। अर्डर...
युवराज श्रेष्ठ जिल्ला अदालत कास्कीका कार्यालय सहयोगीले बुधबार बिहान कार्यालय जाँदा फरक दृश्य देखे।, प्रमुख जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले हेर्ने १ नम्बर इजलासको ढोका खुला थियो। भट्टराई बस्ने ६ नम्बर फाँटका दुइटा ढोका पनि खुला थिए। ढोकाभित्र दराज र टेबलका घर्रा खोलेर कागजपत्र गिजोलेको दृश्य कार्यालय सहयोगीले देखे...
सेतोपाटी संवाददाता एमसिसी परियोजनाअन्तर्गत सब-स्टेशन बनाउन नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा खाली गर्नुपर्ने भएको छ।, मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति काठमाडौंले अधिग्रहण गरिसकिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न भनेको छ।, आज सूचना निकालेर एमसिए नेपालले अधिग्रहण गरिएका जग्गामा सब-स्टेशन निर्माणका लागि तारबार...
सेतोपाटी संवाददाता भूपेन्द्र बडुवालको हत्या प्रकरणमा फरार रहेका तीन जनालाई पक्राउ गरिएको छ। , जिल्ला प्रहरी कार्यालय कैलालीले उच्च अदालत दिपायलबाट पुर्पक्षको लागि पठाउन आदेश भएका तीन जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए। , बर्दिया ठाकुरबाबा नगरपालिका-३ बस्ने २६ वर्षीय सन्तोष भन्ने सबिन...
नारायण खड्का रूकुम घर भई तुलसीपुरमा बस्दै आएका एक युवकलाई बेपत्ता भएको दुई दिनपछि प्रहरीले जंगल क्षेत्रबाट उद्धार गरेको छ।, रूकुम पश्चिमको बाफिकोट गाउँपालिकाको झुला घर भई हाल तुलसीपुर-४ मा परिवारसहित बस्दै आएका २४ वर्षीय जनक देवकोटाबेपत्ता भएको खबर प्रहरीले चैत ६ गते साढे ४  बजेतिर पाएको थियो।, प्रहरीका अनुसार देवकोटा...
सेतोपाटी संवाददाता आज गणेश चौथी। वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुले आजका दिन विशेष गरेर भगवान श्री गणेशको पूजा आराधना गरी मनाउने प्रचलन छ।, भगवान गणेशको जन्मदिन चतुर्थी पर्ने भएकोले आजको दिनमा गणेशको पूजा गरेर मंगल चौथी मनाउने परम्परा रहेको छ।, नेपालमा पनि विभिन्न गणेश मन्दिरहरुमा आज मेला लाग्ने गर्दछ।, काठमाडौं...
सेतोपाटी संवाददाता काठमाडौंबाट प्रहरीले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं महानगरपालिका-१६ बस्ने ५४ वर्षीया बिमला श्रेष्ठलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , प्रहरीले श्रेष्ठलाई सोमबार काठमाडौं महानगरपालिका-१६ बालाजुबाट पक्राउ गर...
रासस दुर्लभ एक सिंगे गैंडा स्थानान्तरणका लागि अध्ययन सुरू गरिएको छ।  , चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य  गैंडा स्थानान्तरणका लागि अध्ययन थालिएको हो।, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा अध्ययन समिति बनाएको छ।, यो समितिले गैंडासँगै बाह्रसिंगे स्थानान्तरणका ...
सेतोपाटी संवाददाता नेत्रविक्रम चन्द विप्लव समूहमा रहेर आपराधिक गतिविधि गरेको आरोपमा प्रहरीले मणिक लामालाई पक्राउ गरी हिरासतमा राखेको छ।, एमसिसीको विरोध गर्ने बहानामा पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टनजिक तीन वटा प्रेसर कुकर बम राखेको आरोपमा लामालाई प्रहरीले हिरासतमा लिएको हो।, लामा एमाले सांसद नविना लामाका बुवा हुन्।...
सेतोपाटी संवाददाता श्रीलंकामा सरकारले पेट्रोल पम्पहरूमा  सेना पठाउन आदेश दिएको छ।  , हिन्दुस्तान टाइम्सका अनुसार सरकारले सेनालाई पेट्रोल पम्पहरूमा पठाउन आदेश दिएको हो। अहिले श्रीलंकामा ७० वर्षयताकै सबैभन्दा खराब इन्धन संकट भइरहेको छ। , मंगलबार श्रीलंकाका सयौं पेट्रोल पम्पमा सैनिक परिचालन भएका छन्। सेनाले हरेक पेट्रोल ...
सेतोपाटी संवाददाता नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपमा पल शाहविरूद्ध जिल्ला अदालत तनहुँमा पनि मुद्दा दर्ता भएको छ। , मंगलबार सरकारी वकिल कार्यालयमार्फत् शाहविरूद्ध बलात्कार मुद्दा दायर भएको स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। , सोमबार जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन सर...
सेतोपाटी संवाददाता प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ। , हरिनगरा गाउँपालिका-१ का ३६ वर्षीय शम्सेर आलमलाई पक्राउ गरेको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। , सोमबार प्रहरीले आलमलाई सुनसरीबाट पक्राउ गरेको हो। , प्रहरीका अनुसार आलमलाई  उच्च अदालत मोरङले २०७५ फागुन २७ गते ३ महिना कैद र ...
सेतोपाटी संवाददाता ठेकेदारले सडक निर्माण नगरेको भन्दै ललितपुर सुनाकोठीका स्थानीयबासीले सडक अवरूद्ध गरेका छन्। , मंगलबार बिहानैदेखि सुनाकोठी-चापागाउँ जाने सडक स्थानीयले अवरूद्ध गरेको ललितपुर महानगरपालिका-२७ का वडाध्यक्ष बाबुराज महर्जनले जानकारी दिए। , झन्डै डेढदेखि दुई किलोमिटरको बाटो पनि शारदाप्रसाद अधिकारीको शैलुङ कन...
सेतोपाटी संवाददाता देशभर थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  मंगलबार थप ४४ जनामा संक्रमण पुष्टि भएको हो। , ६ हजार ५९४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ४ हजार ४९५ जनाको पिसिआर गर्दा  ३५ र २ हजार ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जना...
एजेन्सी ६४ वर्षीय सद्गुरूले बेलायतको लन्डनदेखि नयाँदिल्लीसम्मको मोटरबाइक यात्रा सुरू गरेका छन्। , सोमबार उनी लन्डनको पार्लियामेन्ट स्क्वायरबाट मोटरबाइकमा भारतका लागि हिँडेको एनडिटिभीले जनाएको छ। , बिएमडब्ल्यू के १६०० जिटीमा चढेर भारत आउन लागेका हुन्। उनी ‘माटो बचाऊ’ भन्ने जनचेतनामूलक अभियानअन्तर्गत उनी मोटरबाइकमा भारत...
एजेन्सी सोमबार चीनमा दुर्घटनामा परेको चाइना इस्टर्न एयलाइन्सको जहाजको ब्ल्याक बक्स र यात्रुको खोजी कार्य आज पनि जारी छ।, दुर्घटनाको २४ घन्टा बितिसक्दा पनि जहाजमा रहेका यात्रु र चालक दलका सदस्यको शव पनि फेला परेको छैन। दुर्घटनापछि जहाज र वरपरको जंगलमा आगलागी भएकाले सबै जना जलेको हुन सक्ने अनुमान गरिएको छ।, समाचार संस्थ...
सेतोपाटी संवाददाता नेपालको पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन्। , मौसमविद् डा. धर्मराज उप्रेतीले भारतबाट समुद्री आँधी सुरू भएको र त्यसको प्रभाव स्वरूप नेपालको पूर्वी भेगमा हावाहुरी र पानी पर्ने सम्भावना रहेको बताए।, मंगलबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मौसमविद् उप्रेतीले ...
रासस बर्दियाको मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ। , डिभिजन वन कार्यालय बर्दियाका अनुसार सोमबार बेलुका बाघ मृत फेला परेको हो।, कुहिएको अवस्थामा फेला परेकाले उक्त बाघ करिब एक हप्ता अगाडि नै मरेको हुनसक्ने अनुमान गरिएको छ।, जंगलमा कुहिएको जस्तो गन्ध आएपछि खोजी गर्दा बाघ मृत फे...
एजेन्सी सोमबार चीनमा चाइना इस्टर्न एयरलाइन्सको जहाज दुर्घटनामा परेपछि उक्त जहाज निर्माता कम्पनी बोइङलाई अर्को धक्का लागेको छ।, लगातार बोइङ ७३७ म्याक्स मोडलका दुइटा जहाज दुर्घटनामा परेपछि तीन वर्षदेखि अमेरिकी जहाज निर्माता कम्पनीले समस्या भोगिरहेको छ।, २०१९ मार्चमा इथियोपियन एयरलाइन्सको बोइङ ७३७ म्याक्स जहाज दुर्घटनामा...
सेतोपाटी संवाददाता ठेकेदारले सडक निर्माण नगरेको भन्दै ललितपुर सुनाकोठीका स्थानीयबासीले सडक अवरूद्ध गरेका छन्। , मंगलबार बिहानैदेखि सुनाकोठी-चापागाउँ जाने सडक स्थानीयले अवरूद्ध गरेको ललितपुर महानगरपालिका-२७ का वडाध्यक्ष बाबुराज महर्जनले जानकारी दिए। , सडक कालोपत्र गर्न माग गर्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ पनि प्रदर...
सेतोपाटी संवाददाता झापाको शिवसताक्षीमा विद्यार्थी सवार बसलाई पछाडिबाट आएको मालबाहक ट्रकले ठक्कर दिँदा ४ विद्यार्थीसहित ६ जना घाइते भएका छन्।, पूर्व-पश्चिम राजमार्गको झिलझिले डुडामारी सडक खण्डमा स्थानीय भानु माध्यमिक विद्यालयको बसलाई तीव्र गतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको नेपाली कांग्रेस शिवसताक्षीका उपसभापति सन्...
सेतोपाटी संवाददाता कैलालीमा खतरा लेखेर सडकमा राखिएको प्रेसर कुकरभित्र गहना फेला परेका छन्।, मंगलबार बिहान गोदावरी नगरपालिका-१ बनखेतस्थित नवीन साहुको घरअगाडि खतरा लेखिएको प्रेसर कुकरभित्र सुनका गहना फेला परेका हुन्।, गेटअगाडि शंकास्पद वस्तु फेला परेपछि साहुका घरपरिवार र छिमेकीले प्रहरीलाई  जानकारी गराएका थिए।, सूचना पा...
नारायण खड्का दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ नयाँ गाउँस्थित हरि रिजालको ड्रागन फ्रुटको फार्ममा फागुन २७ गते बेलुका ६ बजे बम फेला पर्‍यो। जतिखेर रिजाल काठमाडौंमा थिए। , फार्मभित्र बम रहेको खबर रूकुम पश्चिमको बाफिकोट गाउँपालिकाको झुला घर भई हाल तुलसीपुर ४ स्थित रिजालकै फार्ममै श्रीमती र छोरीका साथ बस्दै आएका २४ वर...
सेतोपाटी संवाददाता एक जना महिला प्रहरीको ज्यान जाने गरी प्रहरी र सर्वसाधारणबीच हिंसात्मक झडप भएपछि मोरङको लेटाङमा जारी गरिएको कर्फ्यू केही खुकुलो भएको छ। , जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङको चार किल्ला सिमानाभित्र अनिश्चितकालीन कर्फ्यू जारी राख्ने निर्णय गरेको हो।, मंगलबारको जिल्ला सुरक्षा समितिको बैठकले दिनको ६ घ...
सेतोपाटी संवाददाता निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको महाधिवेशन आज हुँदैछ।, प्याब्सनको १५औँ राष्ट्रिय महाधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ।, यसअघिका सहअध्यक्ष डिके ढुंगाना अध्यक्षमा सर्वसम्मत चयन भइसकेका छन्।, अरू केही पदमा पनि निर्विरोध चयन भएका छन्।, प्याब्सनमा २७ प...
रासस इलाममा अवैधरूपमा ओसारपसार भइरहेको दुई हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ।, रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट रु १९ लाख बराबरको छुर्पी बरामद गरिएको हो।, प्रदेश१–०१–००१च ९२१९ नम्बरको बोलेरो जिपबाट उक्त छुर्पी बरामद गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ।, मङ्गलबार प्रहरी चौकी क...
सेतोपाटी संवाददाता याक एन्ड यती र हायात रिजेन्सी होटलका सञ्चालक राधेश्याम सराफको निधन भएको छ। , भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उनको उपचारकै क्रममा मंगलबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।, ९२ वर्षिय सराफ विगत एक महिनादेखि नयाँदिल्लीमा उपचाररत थिए।, उनको शव चार्टर्ड विमानबाट काठमाडौं ल्याएर आजै प...
सेतोपाटी संवाददाता १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा वीरगञ्जबाट एक जना व्यक्ति पक्राउ परेका छन्।, पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-९ विश्रामपुरका ३५ वर्षीय सन्देश महतो कोइरी रहेका छन्।, वीरगञ्ज महानगरपालिका-१५ भीष्वा बस्दै आएका कोइरीलाई प्रहरीले सोमबार पक्राउ गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको ...
सेतोपाटी संवाददाता भन्सार छलेर ल्याइएका मालवस्तु लोड भएको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।, पर्सा प्रहरीले मंगलबार दिउँसो वीरगञ्ज महानगरपालिका-८ घन्टाघरबाट ना३ख ४३५९ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।, प्रज्ञापन पत्रबिना हार्डवेयर र खुद्रा मालवस्तु लोड गरी जनकपुर जाँदै गरेको उक्त ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहर...
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले वन रक्षक पदमा आवेदन माग गरेको छ।, आज सूचना निकालेर आयोगले तहविहीन वन रक्षक पदका लागि एक सय ६७ जना माग गरेको हो।, वन रक्षक, नेपाल वन जनरल फरेस्ट्रीमा खुला, महिला, आदिवासी जनजाति, मधेशी, दलित, अपांग, पिछडिएको क्षेत्रबाट आवेदन माग भएको छ।, सबैभन्दा धेरै खुलातर्फ ९२ जन...
सेतोपाटी संवाददाता प्रहरी सहायक निरीक्षक (जनपद) को परीक्षामा चिट चोर्नेहरूलाई कारबाही गरिएको छ।, लोक सेवा आयोगले लिएका प्रसनि परीक्षामा अमर्यादित गतिविधि गरेको पाइएको भन्दै परीक्षार्थीहरूलाई कारबाही गरिएको हो।, ०७८ फागुन ९ र फागुन ११ मा चलेका परीक्षामा चिट चोर्ने सात जनालाई कारबाही गरिएको छ।, खोटाङका श्रीकास राई, पोखर...
सेतोपाटी संवाददाता निजी सवारी साधनले यात्रु बोकेको विरोधमा सुर्खेतका यातायात व्यवसायीहरुले सार्वजनिक यातायात सेवा बन्द गरेका छन्।, व्यवसायीले आज अघोषित रूपमा गरेको बन्दले यात्रु मर्कामा परेका छन्।, निजी सवारी साधनले मनपरी भाडा लिएर यात्रु बोक्ने गरे पनि प्रशासनले नियमन नगरेको भन्दै यातायात व्यवसायीहरूले विरोध गरेका छन...
नवीनबाबु गुरूङ काठमाडौं उपत्यकामा तपाईँ तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ भने होसियार रहनुहोला।, अब महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसरी गाडी हाँक्नेविरुद्ध बिहान, दिउँसो र राति जुनसुकै बेला कारबाही गर्ने भएको छ।, तीव्र गतिमा सवारी साधन सञ्चालन गर्दा दुर्घटना बढ्न सक्नेतर्फ ध्यान दिँदै महाशाखाले ‘लेजर स्पिड ग...
सेतोपाटी संवाददाता स्थानीय निकायको निर्वाचनका लागि एक दिनमा ३० हजार आवेदन परेको छ।, प्रहरी प्रधान कार्यालयले चैत ६ देखि ११ गतेसम्म म्यादी प्रहरीको भर्ना खोलेको छ।, भर्ना खुल्ला गरिएको पहिलो दिन आइतबार ३० हजार २९९ आवेदन परेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले बताए।, म्यादी प्रहरी भर्नाका लागि हर...
सेतोपाटी संवाददाता चितवनको माडीस्थित एक विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।, माडी-१ मा रहेको सोमेश्वर उच्च माविमा कक्षा-९ मा अध्ययनरत नाबालिका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सोही विद्यालयका शिक्षक सुरज लामिछाने पक्राउ परेका हुन्। , माडी-५ का ३७ वर्षीय लामिछाने उक्त विद्...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। , ३८ वर्षीय भारतीय नागरिक सुभम मेरालाई पक्राउ गरेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए। , मेरालाई आइबार  विमानस्थलको आगमन टनेलमा पक्राउ गरेको हो।,...
रासस पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको शिलान्यास भएको तीन वर्ष पूरा हुँदा १३ प्रतिशत मात्र काम भएको छ।, वि.सं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रूपन्देहीबाट सडक विस्तारको शिलान्यास गरेका थिए।, सडक विस्तारको काम सम्झौता भएको मितिले ४२ महिनाभित्र सम्पन्न गर्नेगरी सम्झौता ...
सेतोपाटी संवाददाता सल्यान छत्रेश्वरी गाउँपालिका वडा नं. ६ स्थित शंखमूल पार्कको उद्घाटन गरिएको छ। , नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आइतबार शंखपार्कको उद्घाटन गरेका हुन्।, गाउँपालिकाको डेढ करोड बढी लगानीमा पार्क निर्माण गरिएको हो। सतिदेवीको अन्तिम अंग पतन भएपछि शिव भगवानले यही शंखमूलको पानीमा स्नान गरी कैलाश ...
एजेन्सी चीनमा सोमबार दिउँसो यात्रुवाहक हवाइजहाज दुर्घटनामा परेको छ।, युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।, जहाज दुर्घटना भएपछि जंगलमा आग...
एजेन्सी भारतको राजधानी नयाँदिल्लीबाट कतारको दोहाका लागि उडेको कतार एयरवेजको जहाज सोमबार पाकिस्तानको कराँचीमा आकस्मिक अवतरण गरिएको छ।, द हिन्दु समाचार पत्रका अनुसार कतार एयवेजको फ्लाइट नम्बर क्युआर ५७९को जहाज स्थानीय समयअनुसार ३:४० मा दिल्लीबाट उडेको थियो। बिहान ७ बजेतिर आपतकाल घोषणा गरेर उक्त जहाज कराँची डाइभर्ट भएको ...
सेतोपाटी संवाददाता बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु र पाँच जना घाइते भएका छन्। , सुर्नया गाउँपालिका-३ की २५ वर्षीया दुर्गा चन्दको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।, आइतबार राति पाटन नगरपालिका–६ दशरथचन्द राजमार्ग अन्तर्गत से १ ख १२४२ नम्बरको मिनी ट्रक दुर्घटना...
सेतोपाटी संवाददाता टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि सुर्खेतको वीरेन्द्रनगर प्रवेश गर्ने मुख्य नाका छिन्चु बजार तनावग्रस्त बनेको छ।, चैत ५ गते दिउँसो लेकवेशी नगरपालिका–५ नेटाकी लक्ष्मी पुलामी मगरको टिपरको ठक्करबाट मृत्यु भएको थियो।, वीरेन्द्रनगरबाट छिन्चुतर्फ जाँदै गर्दा वीरेन्द्रनगर–११ धुलियाबीट नजिक उनी सवार भे ७...
सेतोपाटी संवाददाता टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि आफन्तले बन्द गराएको सुर्खेतको छिन्चु बजार र सुर्खेत-नेपालगञ्ज राजमार्ग खुलेका छन्।, सहमतिको नजिक पुगेपछि आफन्तले बजार र यातायात खोलेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ।, ‘यहाँ जिल्ला प्रहरीमा सबै पक्षबीच छलफल भएको थियो। लगभग सहमति भइसकेपछि उहाँहरूले आन्...
एजेन्सी चीनमा सोमबार यात्रुवाहक हवाइजहाज दुर्घटनामा परेको छ।, युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा एउटा पहाडी जंगलमा दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्।, चीनको नागरिक उड्डयन प्राधिकरणले जहाजमा १२३ जना यात्रु र ९ जन...
सेतोपाटी संवाददाता नाबालिग बलात्कार उजुरी परेपछि तनहुँ प्रहरीको हिरासतमा रहेका नायक पल शाह विरूद्धको अनुसन्धान सकिएको छ।, तनहुँ प्रहरीले अनुसन्धान पूरा गरेर रायसहित जिल्ला सरकारी वकिलको कार्यालयमा मिसिल बुझाएको जिल्ला न्यायाधीवक्ता रामचन्द्र शर्माले जानकारी दिए। , ‘प्रहरीबाट रायसहित अनुसन्धान मिसिल आएको छ, हामीले अध्य...
सबिना श्रेष्ठ सम्पादकीय नोट: हामीले सहरको कथा शृंखलाअन्तर्गत काठमाडौंबाट ३२ किलोमिटर दुरीको पनौतीबारे १२ वटा स्टोरी प्रकाशन गरिसकेका छौं। यसमध्ये ११ वटा स्टोरी सेतोपाटी संवाददाता सबिना श्रेष्ठको रिपोर्टिङमा आधारित छन् भने शृंखलाको अन्तिम स्टोरी पनौतीमाथि लामो अनुसन्धान गरेका फ्रान्सेली मानवशास्त्री जेरार्ड तोफाँले आफ्...
राजु अधिकारी आफूसँगै दिनरात कर्तव्य पालनामा खटिने साथीलाई अन्तिम बिदाइ गर्नुपर्दा प्रहरी जवान उर्मिला श्रेष्ठका सहकर्मीहरू सोमबार भावुक देखिन्थे। कोशी अस्पताल परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव राखिँदा भेला भएका प्रहरीहरू मलिन अनुहार लिएर कार्यक्रममा सहभागी थिए।, मोरङको लेटाङ तनावमा ज्यान गुमाएकी उर्मिलालाई प्...
एजेन्सी सोमबार दुर्घटनामा परेको चाइना इस्टर्नको जहाजमा रहेका १२३ यात्रु र ९ जना चालक दलका सदस्य सबैको मृत्यु भएको आशंका गरिएको छ।, साउथ चाइना मर्निङ पोष्टका अनुसार दुर्घटनास्थलमा पुगेका स्थानीयले जहाजका केही टुक्राटाक्री मात्रै फेला पारेकाले सबै मारिएको हुन सक्ने बताएको छ। चिनियाँ अधिकारीहरूले भने अहिलेसम्म मृतकको संख...
युवराज श्रेष्ठ घरजग्गा बिक्री गर्न नमानेको भन्दै छोराले आफ्नै आमाको हत्या गरेका छन्।, आमाको हत्या गर्न साथीलाई एक लाख रुपैयाँ दिने प्रलोभन समेत दिएको प्रहरी अनुसन्धानमा खुलेको छ।, पोखरा–१२ शितलादेवीमा घरमै सुतिरहेको अवस्थामा छोरा ओमबहादुर नेपालीले आफ्नी ६७ वर्षीया आमा नौमाया नेपालीको हत्या गर्न साथी कुमार गुरूङलाई एक ...
सविता बुढा कुरा यही फागुन १९ गतेको हो। राति साढे ११ बजेको थियो। बैतडीको पञ्चेश्वर गाउँपालिकाकी अनिता धानुकलाई उनका भतिजाले डडेल्धुरा अस्पताल पुर्‍याए।, उनलाई सुत्केरी व्यथाले च्यापेको थियो तर बच्चा जन्मिन सकेको थिएन। जिल्ला अस्पताल बैतडीबाट रिफर भएर ल्याइएकी धानुक प्रसव पीडाले अर्धचेत अवस्थामा थिइन्। तीस वर्ष उमेरकी ध...
रासस नेपाल पञ्चांग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन भएका तीन वटा पात्रो (पञ्चांग) लाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको छ।, समितिले गठन गरेको बजार अनुगमन उपसमितिले हालसम्म नेपाल पञ्चांग, ज्वाला पञ्चांग र मुक्तिनाथ पञ्चांग स्वीकृति नलिई प्रकाशन गरेर बजारमा बिक्री वितरण भइरहेको अवस्थामा फेला पारेको थियो...
सेतोपाटी संवाददाता देशभर थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थप ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  , ४ हजार ७५२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, २ हजार ९७८ जनाको पिसिआर र १ हजार ७७४ ज...
सेतोपाटी संवाददाता राहदानी विभागले इ-पासपोर्ट वितरण सेवालाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल गरेको छ। , राहदानीको उच्च माग र त्यसलाई कसरी व्यवस्थापन गर्ने विषयमा विभागले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, राहदानी विभागका महानिर्देशक, निर्देशक तथा प्राविधिक कर्मचारीहरू र...