content
stringlengths
20
64.1k
राजेश घिमिरे नेपाल विद्युत् प्राधिकरणले औद्योगिक फिडरहरूमा विद्युत् कटौती गर्न थालेपछि उद्योग सञ्चालनमा समस्या भएको सञ्चालकहरूले बताएका छन्।, प्राधिकरणले मकवानपुर र चितवनका औद्योगिक फिडरमा केही दिनदेखि नियमित रूपमा विद्युत् कटौती गरिराखेको छ। चितवन र हेटौंडाका उद्योगहरूमा सोमबार अपरान्ह ४ बजेबाट मंगलबार बिहान सवा ६ बज...
नवीनबाबु गुरूङ रूसले युक्रेनमाथि गरेको आक्रमणविरूद्ध काठमाडौंमा प्रदर्शन भएको छ।, रूसले युक्रेनमाथि गरेको आक्रमण मानवतामाथि निर्मम प्रहार भएको भन्दै तत्काल युद्ध रोक्न मानव अधिकार तथा शान्ति समाजले आग्रह गरेको छ।, रूस युक्रेनमाथि आक्रमण बन्द गर, रूसी आक्रमणको कारण ३६ लाख बढी शरणार्थी- रूसले गरेको मानवता विरूद्धको अपरा...
सेतोपाटी संवाददाता त्रिवि सेवा आयोगको कार्यालयका प्रोफेसर टेकनाथ ढकालसहित ६ जनामाथि भ्रष्टाचार आरोमा मुद्दा दायर भएको छ।, परीक्षा परिणाम फेरबदल गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार ढकालसहितका व्यक्तिमाथि मुद्दा दायर गरेको हो।, मुद्दा दायर भएकामा सहप्राध्यापक केशव घिमिरे, राजेश्वर न्यौपाने, इन्दिरा घ...
सेतोपाटी संवाददाता नाबालिग गायिकामाथि बलात्कार आरोपमा पुर्पक्षका लागि कारागारमा रहेका पल शाहले उच्च अदालत पोखरामा निवेदन दिएका छन्। , जिल्ला अदालत तनहुँले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन दिएको आदेश बदर गरी पाउँ भन्दै उनका कानुन व्यावसायी उच्च अदालत पुगेका हुन्। , शाहका कानुन व्यवसायी निवेदन लिएर मंगलबार उच्च अदालत ...
सेतोपाटी संवाददाता सोमबारमात्रै लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका अनन्तराम घिमिरेले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन्।, लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का प्रक्रियामा मिलेमतोको पुष्टि गर्दै पदबाट राजीनामा दिएका घिमिरेले आफूलाई ज्यान मार्ने सम्मको धम्की आएको ...
सेतोपाटी संवाददाता काठमाडौंको लगन टोलमा कुटपिटबाट घाइते भएका एक पुरूषको उपचारको क्रममा मृत्यु भएको छ। , काठमाडौं महानगरपालिका-२१ लगन टोल बस्ने ५८ वर्षीय पृथ्वीवीर डंगोलको कुटपिटबाट मृत्यु भएको महानगरीय प्रहरी वृत्त जनसेवाले जनाएको छ। घटना चैत २ गते साँझको हो। , सोही ठाउँको सबलबहाल बस्ने ४७ वर्षीय विकास पोडेले उनीमाथि ...
खिलानाथ ढकाल गोल्डम्यान इन्भेष्टमेन्ट कम्पनीले संस्थागत सेयर संकलन भन्दै रकम संकलनको योजना ल्याएपछि नेपाल धितोपत्र बोर्ड नै सशंकित बनेको छ।, गोल्डम्यानले तीन वर्षभित्र पब्लिक सेयरमा जाने भन्दै अहिलेदेखि संस्थागत पुँजी संकलनका लागि आकर्षक योजना सार्वजनिक गरिसकेको छ।, कम्पनीले धितोपत्र बोर्ड र कम्पनी ऐनमा संलग्न नभइकनै ...
सेतोपाटी संवाददाता देशका विभिन्न भागमा लागेको डढेलोका कारण नेपालभर वायु प्रदुषण ह्वात्तै बढेको छ।, वातावरण विभागका अनुसार मंगलबार दिउँसो सबैभन्दा धेरै वायु प्रदुषण पोखरामा छ। त्यहाँको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २१७  भने सिमरामा १७८ र भरतपुरमा १६३ छ।, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको एक्युआई १५२ छ। हावामा प...
नारायण खड्का हप्ता दिनअघिदेखि प्रतीक्षा गरेपछि यही चैत पहिलो साता एक दिन डा. सुलक्ष्मी कटवाललाई भेट्ने साइत जुर्‍यो। उनी इलामकी स्थायी बासिन्दा हुन्। चिकित्सा पेसाको सिलसिलामा १६ वर्षअघि दाङको तुलसीपुर आइपुगेकी थिइन्। यति लामो समय उनी तुलसीपुरस्थित राप्ती आँखा अस्पतालमा कार्यरत छिन्।, डा. सुलक्ष्मी नेत्ररोग अर्थात आँख...
नवीनबाबु गुरूङ बसन्तपुरको गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिएको छ।, विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि केही दिन गद्दी बैठक हल सर्वसाधारणका लागि खुला गरिएको थियो। भूकम्पसँगै बन्द रहेको गद्दी बैठक सात वर्षपछि सर्वसाधारणका लागि खुला गरिएको हो। , हनुमानढोका दरबार संग्रहालय विकास समितिले गद्दी बैठकको तल्लो तलामा एकीकरणद...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो  २४ घन्टामा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ४२ जनामा संक्रमण पुष्टि भएको हो। , मन्त्रालयका अनुसार ५ हजार ४७१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , ४ हजार ३२२ जनाको पिसिआर र १ हजार १४९ जनाको...
सेतोपाटी संवाददाता रूपन्देहीको तिलोत्तमा नगरपालिकाका सडक किनार रंगीचंगी फूलहरूले ढकमक्क बनेको छ।, तिलोत्तमा नगरपालिकाले बुटवल बेलहिया ६ लेन सडकखण्डको मुख्य डिभाइडर र सर्भिस लेनतर्फको डिभाइडरमा पनि विभिन्न प्रकारका फूल तथा बिरूवा लगाएको छ।, बसन्त ऋतुको आगमनसँगै अरू वनस्पतिले नयाँ पात फेरेसँगै फूलहरू पनि फक्रिन थालेका ह...
रासस निर्माण सम्पन्न भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेको जनकपुर–जयनगर रेलमार्गको यही चैत १९ गते शनिबार उद्घाटन हुने भएको छ।, प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा सो रेलमार्गको उद्घाटन गर्ने कार्यक्रम तय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।, दुवै देश...
नवीनबाबु गुरूङ पश्चिम सेती जलविद्युत आयोजना निर्माण गर्न भन्दै माइतीघर मण्डलमा प्रदर्शन भएको छ। , बोलन्या थली अभियानले मंगलबार मण्डलमा एक लाख चिठी डोकोमा राखेर प्रदर्शन गरेको हो। अभियानले सुदूरपश्चिमका नौ जिल्लाका घरमा गएर दुई वर्षयता एक लाख चिठी संकलन गरेको थियो।, त्यसलाई लिएर निर्माण छिटो गर्न भन्दै माइतीघर आएर प्रद...
सेतोपाटी संवाददाता दरबारमार्गस्थित होटल अलोफ्टद्वारा सञ्चालित वाल्डो क्यासिनोबाट दुई नेपाली पक्राउ परेका छन्।, पक्राउ पर्नेमा सुनसरीको साबिक बक्लौरी गाविस-२ का ४६ वर्षीय मदन कार्की र सर्लाही साबिक ढुंग्रेखोला गाविस-२ का ३३ वर्षीय बबिरमान भोलन रहेका छन्।, मंगलबार राति साढे ११ बजे उनीहरूलाई क्यासिनोबाट पक्राउ गरिएको महा...
सेतोपाटी संवाददाता अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनले सन् २०२१ को नेपालको मानवअधिकारको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ।, एम्नेस्टी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा नागरिकको अधिकार सङ्कुचित गरिएको उल्लेख छ।, नागरिकको अभिव्यक्ति स्वतन्त्रता र गोपनीयताको अधिकारलाई कुण्ठित गर्...
सेतोपाटी संवाददाता धनुषाको विदेह नगरपालिकास्थित तिनकौरीया चोकमा स्थानीय व्यापारी र प्रहरीबीच  आइतबार झडप भएको छ।, पान पसलमा आगलागी भएको घटनाको विरोधमा स्थानीय व्यवसायी र बजार व्यवस्थापन समितिले सडक अवरूद्ध पारेर प्रदर्शन गर्ने क्रममा झडप भएको हो।, झडपमा एकजना प्रहरी र एकजना स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय धन...
रासस चितवनमा दुलर्भ एकसिङे गैंडा मृत फेला परेको छ।, माडी नगरपालिका वडा नम्बर १ बनकट्टास्थित रिउ खोलाको पुलबाट करिब ३०० मिटर उत्तरमा मृत गैंडा भेटिएको हो।,  , चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आइतबार बिहान करिब ७ बजे २९ वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको हो।, गैंडाको खाग र खुर सुरक्...
सेतोपाटी संवाददाता गैरआवासीय नेपाली संघ (एनआरएनए) र बिबी फाउन्डेसनको संयुक्त पहलमा एक करोडको पुरस्कार महावीर पुन तथा राष्ट्रिय अविष्कार केन्द्रलाई प्रदान गरिने घोषणा गरिएको छ।, नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्‍याएको योगदानको कदरस्वरूप संघ तथा बिबी फाउन्डेसनद्वारा संयुक्त रूपमा एक करोडको...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो  २४ घन्टामा थप २३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगीता मिश्राका अनुसार आइतबार २३ जनामा संक्रमण पुष्टि भएको हो। , ५ हजार २२२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , मिश्राका अनुसार ३ हजार ७८० जनाको पिस...
दिपकजंग शाही निर्माण सुरु भएको करिब ९ वर्षपछि सञ्चालनमा आएको सुर्खेत सिटी बसपार्कबाट भाडा असुल्न नगरपालिकालाई कठिन परेको छ। बसपार्क सञ्चालनको जिम्मा लिएको कम्पनी पिआर कन्स्ट्रक्सनले सात महिनायताको भाडा तिरेको छैन।, वीरेन्द्रनगर नगरपालिका मातहतको उक्त बसपार्क सञ्चालनको जिम्मा भक्तपुरको पीआर कन्स्ट्रक्सनले लिएको थियो। उ...
एजेन्सी मध्य अमेरिकी मुलुक एल साल्भाडोरमा शनिबार एकैदिन ६२ जनाको हत्या भएको छ। एकैदिन यति धेरै मानिस मारिएपछि त्यहाँ संकटकाल घोषणा गरिएको समाचार संस्था एएफपीले जनाएको छ। , ‘यो शनिबार, मार्च २६ को दिन राज्यमा ६२ जना मारिएका छन्,’ नेसनल सिभिल प्रहरीले ट्विटरमा लेखेको छ। यी हत्याका पछाडि विभिन्न ग्याङको हात रहेको आरोपलगा...
सेतोपाटी संवाददाता महोत्तरीबाट ५५ लाख नगदसहित दुई जना पक्राउ परेका छन्। , आइतबार बिहान पौने १० बजे औरही नगरपालिका-१ औरहीबाट दुई जनालाई सो रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए। , बर्दिबास-जलेश्वर सडकखण्डमा ज ९ प ८२४७ नम्बरको मोटरसाइकललाई रोकेर प्रहरीले चेक गरेको थियो।...
मनिका विश्वकर्मा तपाईंहरूले धेरै प्रेम कथा पढ्नुभयो होला। धेरैका प्रेम कथा देख्नुभयो होला! अनि आफ्नै प्रेम कथा पनि बुन्नुभयो होला!, तैपनि आज हामी तपाईंहरूलाई प्रेम कथा नै सुनाउँदै छौं। यो कथा तपाईंहरू सबैले पक्कै पढ्नुभएको छैन। किनकी यो कथा तपाईं हाम्रो होइन।, यो कथा हो चितवन राष्ट्रिय निकुञ्जमा बस्ने प्रेमिल जोडीको। ...
सेतोपाटी संवाददाता ललितपुरको पुल्चोकबाट चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ। , आइतबार दिउँसो पौने ३ बजे ललितपुर महानगरपालिका-३ पुल्चोकस्थित महानगर भवन अगाडिबाट एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहले जानकारी दिए। , गोप्य सूचनाको आधारमा खटिएको प्रहरीको टोलीले बा ...
सेतोपाटी संवाददाता बालिका बलात्कारको आरोपमा कैलालीमा एक जना पक्राउ परेका छन्।, शुक्रबार घोडाघोडी नगरपालिका वडा नम्बर ६ का  ५० वर्षीय कल्लु दमाई बलात्कारकाे आराेपमा पक्राउ परेका हुन्।, उनीमाथि १२ वर्षीया बालिका बलात्कार गरेको आरोप छ।, घर नजिकैको बारीमा घाँस काट्न गएका बेला बलात्कार गरेको उजुरीपछि उनलाई पक्राउ गरिएको प्...
रासस ड्युटीमा खटिएका प्रहरी हवल्दार बिरामी भएपछि हेलिकप्टरमार्फत् उद्धार गरिएको छ।, अपि हिमाल गाउँपालिका-३ पाथामा आइतबार नेकपा (एमाले) को चुनावी सभाको सुरक्षामा खटिएका प्रहरी हवल्दार ईश्वरबहादुर थापाको अत्यधिक पेट दुख्ने समस्या भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको हो।, हेलिकप्टरमार्फत् उद्धार गरिएका थापा...
सेतोपाटी संवाददाता उदयपुरमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ।, आइतबार उदयपुरगढी गाउँपालिका-१ सिखरपुरस्थित गौरबहादुर मगरको घरमा विद्युत सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए।, आगलागी हुँदा उनकी ६६ वर्षीय श्रीमती शिवमाया मगरको जलेर मृत्यु भएको हो। गौतमका अनुसा...
एजेन्सी चीनको आर्थिक राजधानी मानिने सांघाई शहरमा लकडाउन घोषणा गरिएको छ।, कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि अधिकारीहरूले सोमबार बिहानदेखि लागू हुने गरी लकडाउन घोषणा गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।, सांघाईमा दुई चरणमा लकडाउन हुनेछ। सहरको पूर्वी क्षेत्रमा आजदेखि अप्रिल १ सम्म र पश्चिमी क्षेत्रमा अप्रिल १ देखि ...
सेतोपाटी संवाददाता बुहारीमाथि एसिड आक्रमण गरेको आरोपमा ससुरा र जेठाजू पक्राउ परेका छन्।, पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१३ श्रीपुर बस्ने ३२ वर्षीय जेठाजू रामबाबु साह र ससुरा ५० वर्षीय जवाहिर साह रहेका छन्।, बुहारी २८ वर्षीया कविता पटेलमाथि एसिड प्रहार गरेको आरोपमा दुबैलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रहरी...
रासस महोत्तरीको बर्दिबास–११ खयरमाराको उपल्लो भेगस्थित तीन तलेमा गएको पहिरो अध्ययन थालिएको छ।  , गत बुधबार राति गएको पहिरोबारे स्थलगत अवलोकन गरेपछि भूगर्भविद्ले थप अध्ययनको आवश्यकता औंल्याएका हुन्।, ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसका उपप्राध्यापक इञ्जिनियरिङ भूगर्भशास्त्री प्रकाशचन्द्र घिमिरे र वातावरणविज्ञ सर...
एजेन्सी अफगानिस्तानमा तालिबानले महिलाहरूलाई एक्लै हवाइजहाजमा यात्रा गर्न रोक लगाएको छ। , सोमबार तालिबानले एकल यात्रा गर्ने महिलाहरूलाई उडानमा रोक लगाएको समाचार संस्था एएफपीले जनाएको छ। , तालिबानले पुरूष आफन्तबिना एक्लै यात्रा गर्ने सम्पूर्ण महिलालाई रोक्न अफगानिस्तानस्थित काबुल एयरलाइन्सलाई आदेश दिएको उड्डयन अधिकारीहर...
सञ्चिता घिमिरे/रासस विस्तारका क्रममा रहेको ललितपुरको ढोलाहिटी–लेले सडक चैतसम्ममा पनि नसकिने देखिएको छ।, अन्तिम पटक कोभिडका कारण चैत मसान्तसम्मका लागि अवधि थप गरिएको भए पनि स्थानीयस्तरमा समन्वय हुन नसक्दा अझै निर्माण पूरा नहुने देखिन्छ। , केही दिन पहिले मात्रै सुनाकोठी सडकको चाँडो मर्मतको माग गर्दै कलाकार मदनकृष्ण श्रे...
रासस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक वर्ष तीन महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइड विरूद्धको खोप लगाउने भएको छ। , मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार देशभरि नै एक वर्ष तीन महिनादेखि १५ वर्षमुनिका बालकालिकालाई आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म टाइफाइड विरूद्धको खोप लगाइने भएको हो। , मन्त...
दिपकजंग शाही , उसका साथीहरू कहाँ कहाँ उडिगए। ऊ जंगलमा यताउता आफ्ना पखेटा फिँजाउँदै छट्पटाउँछ। समूहमा बस्ने ऊ दुई महिनादेखि एक्लै बाँच्न बाध्य छ।, ऊ हो हिमाली गिद्ध।, दुर्लभ पंक्षी मानिने एउटा हिमाली गिद्ध अहिले सुर्खेतको काँक्रेबिहार जंगलमा छ। आफ्नो समूहबाट छुटेपछि एक्लै परेको यसलाई केही समय डिभिजन वन कार्यालय सुर्खे...
सेतोपाटी संवाददाता काठमाडौंको कलंकीबाट लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ। , महानगरीय प्रहरी वृत्त कालिमाटीबाट आइतबार राति खटिएको टोलीले काठमाडौं महानगरपालिका-१४ कलंकीबाट तीन जनालाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा भारत लखनउ घर भई कलंकी बस्ने १८ वर्षीय मोहमद गुफरान, १८ वर्षीय अह्यान अन्सारी र ललितपुर मह...
सेतोपाटी संवाददाता खोटाङमा प्रहरीले ‘पुल्ली’ उत्खनन् गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।, आइतबार प्रहरीले पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए। , पक्राउ पर्नेमा पाचँथर फिदिम नगरपालिका-९ बस्ने ५१ वर्षीय गोकुल आङ्दाङबे, २४ वर्षीय अशोक आङ्दाङबे, २६ वर्षीय झ...
राजेश घिमिरे चितवनको माडीस्थित कुसुमखोलामा बनाइएका टहराहरू चितवन राष्ट्रिय निकुञ्जले भत्काइदिएको छ।, माडी नगरपालिकाको वडा नम्बर ९ मा पर्ने कुसुमखोलामा बनाइएका २० वटा भन्दा बढी साना टहराहरू निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीले अगो लगाएर भत्काइदिएका हुन्।, यही ठाउँमा २०७७ सालको साउनमा पनि हात्तीसहित पुगेको चितवन निकुञ्जक...
नवीनबाबु गुरूङ काठमाडौँको नरदेवीमा रहेकी ङतभुलु अजिमा (नरदेवी श्वेतकालीमाई) को नाच सुरू भएको छ। लिच्छविकालदेखि नचाइँदै आएको १२ वर्षे ङतभुलु अजिमा आइतबार भएको हो।, ङतभुलु अजिमा भनिने नरदेवीले सबैको रक्षा गर्ने र असत्यमाथि जित्ने विश्वासका साथ नाच आयोजना हुँदै आएको छ। नाचमा कुमारी, भैरव, बाराही, गणेश, महालक्ष्मी, नारायण...
सेतोपाटी संवाददाता प्रहरीले बाराबाट ठूलो परिमाणमा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सर्लाही पर्सा गाउँपालिका वडा नम्बर २ संग्रामपुरका २० वर्षीय मिथिलेशकुमार मण्डल रहेका छन्।, मण्डललाई बिहीबार राति १० बजे बारा जितपुर-सिमरा उपमहानगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गबाट पक्राउ गरिएको बारा प्रहरी प्र...
सेतोपाटी संवाददाता बारामा महिलामाथि एसिड आक्रमण भएको छ। शुक्रबार राति ८ बजे वीरगञ्ज महानगरपालिका-१३ की २८ वर्षीया सीता पटेलमाथि बारामा एसिड आक्रमण भएको हो।, कलैया उपमहानगरपालिका-२३ कोरिया टोलस्थित माइतीघर आउने क्रममा पटेलमाथि दुई जनाले एसिड प्रहार गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए।, मोट...
सेतोपाटी संवाददाता चल्दा चल्दैको पिङ भा,च्चिएर कपिलवस्तुमा १४ जना घाइते भएका छन्। , कपिलवस्तुको बाणगंगास्थित बुद्ध रंगशालामा जारी १२ औं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औधोगिक मेलामा सञ्चालन गरिएको डुंगा पिङ शुक्रबार साँझ भाचिएको हो। घाइतेमध्ये ३ जना गम्भीर घाइते छन्।, शुक्रबार साँझ साढे ६ बजेतिर चल्दै गरेको डुं...
सेतोपाटी संवाददाता भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ।, प्रहरीका अनुसार शुक्रबार राति भएको दुर्घटनामा परी भक्तपुर चाँगुनारायण नगरपालिका–८ का रमेश तिमिल्सिनाको मृत्यु भएको हो। , शुक्रबार राति ८ बजे भक्तपुरको सिर्जनानगरस्थित बस पकेटमा राधेराधेबाट सल्लाघारीतर्फ आउँदै गरेको बा ४ ख २००१ नम्बरको ब...
सेतोपाटी संवाददाता विमला तुम्खेवा सञ्चारिका समूह नेपालको अध्यक्षमा निर्वाचित भएकी छन्। शुक्रबार मध्यरातमा घोषणा भएको मत परिणामअनुसार तुम्खेवालेले प्रतिद्वन्द्वी कमला पन्थीलाई २ मत अन्तरले हराउँदै अध्यक्षमा बाजी मारेकी हुन्।, तुम्खेवाले ८५ मत प्राप्त गर्दा उनकी प्रतिद्वन्द्वी कमला पन्थीले ८३ मत प्राप्त गरिन्।, त्यस्तै,...
सेतोपाटी संवाददाता काठमाडौंको कलंकीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, शुक्रबार साँझ पौने ७ बजे कलंकीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, चार वटा सवारीसाधन दुर्घटनामा परेको उनले बताए। कलंकीबाट बल्खुतर्फ आउँदै गरेको बागमती प...
सेतोपाटी संवाददाता पर्साबाट सशस्त्र प्रहरीले दुई वटा ट्रक नियन्त्रणमा लिएको छ। भन्सार प्रज्ञापन पत्रबिना मालसामान ढुवानी गरेको आरोमा सशस्त्र प्रहरीले शुक्रबार बेलुका ट्रक नियन्त्रणमा लिएको हो।, नियन्त्रणमा लिएका ट्रकमा ना७ख ३४१० र ना५ख ९२८० छन्। प्लाष्टिक ब्याग, लुगा, भुजा, मेसिनरी सामान, फ्रिज, एसी, हार्डवेयरका सामान...
डा. करिष्मा पाण्डे महिलामा सेतो पानी बग्नु सामान्य प्रक्रिया हो। तर सधैं यो सामान्य भन्ने हुँदैन। सेतो पानी के-कारणले बग्छ त्यसबारे बुझ्नपर्छ। , भर्खर जन्मेको नानीको पनि कहिलेकाहीँ रगत मिसिएको डिस्चार्ज देखिन सक्छ। त्यो आमाको हर्मोनको कारणले हुन सक्छ। बिस्तारै ठूलो हुँदै गएपछि आफैं ठिक हुन्छ।, जब नानीहरू १२-१३ वर्षका ...
सेतोपाटी संवाददाता देशको संघीय राजधानी रहेको काठमाडौंमा गगन चुम्बी घरहरू बन्नेक्रम तिब्र छ। पछिल्ला केही वर्षदेखि होटल तथा अपार्टमेन्टका ठूला र अग्ला संरचना बनेसँगै उपत्यकाको चित्र पनि फेरिएको छ।, उपत्यकाको धेरै क्षेत्रमा बस्ती विस्तारहुँदा हरिया फाँटहरु मासिएर आधुनिक शहरमा बदलिएको छ।, उपत्यका फैलिनेसँगै अग्लिन पनि था...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरीले पर्साबाट तीन किलो अफिमसहित एक महिलालाई पक्राउ गरेको छ।, शनिबार बिहान प्रहरीले वीरगञ्ज महानगरपालिका-१५ भेडियाहीबाट बारा जितपुर सिमरा उपमहानगरपालिका-७ की ४० वर्षीय रिनादेवी रामलाई पक्राउ गरेको हो।, नेपालबाट भारततर्फ जाँदै गरेकी रामको साथबाट प्रहरीले ६ पोका अफिम बरामद गरेको हो।, सशस्त्...
सेतोपाटी संवाददाता शनिबार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले प्रदेश नम्बर १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।, उक्त प्रणालीको प्रभावले प्रदेश नम्बर १ तथा बागमती प्रदेशको पहा...
सेतोपाटी संवाददाता जनकपुरबाट अपहरणमा परेकी पाँच वर्षीया बालिकालाई प्रहरीले उद्धार गरेको छ।, बिहीबार साँझ जनकपुरधाम उपमहानगरपालिका-१६ पुलचौकबाट अपहरणमा परेकी ध्रुव मण्डलकी चार वर्षीया छोरीलाई प्रहरीले २४ घण्टाभित्र अपहरणमुक्त गराएको हो।, खोजतालासको क्रममा शुक्रबार साँझ विदेह नगरपालिका ८ स्थित बफैय गाउँबाट बालिकाको उद्ध...
सेतोपाटी संवाददाता दाङमा डुबेर दुई जनाको मृत्यु भएको छ। राप्ती गाउँपालिका-१ माथिल्लो भालुबाङको राप्ती नदीमा नुहाउने क्रममा एक युवकको मृत्यु भएको छ।, मृतक अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका-८ लापे का अन्दाजी २५ बर्षीय शुक्रराज घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालय घोराहीले जनाएको छ।, विदेशबाट तीन महिना पहिले मात्रै ...
सेतोपाटी संवाददाता नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थापना गरेको शष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार २०७८ टक्सार म्यागेजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकीलाई प्रदान गर्ने निर्णय गरिएको छ।, पुरस्कारको राशी ५० हजार ५१ रुपैयाँ रहेको छ। सो पुरस्कारबाट यसअघि धर्मेन्द्र झा, शिव गाउँले, तारानाथ दाहाल र विनय कसजू पुरस्क...
सेतोपाटी संवाददाता देशभर थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ८ जनामा संक्रमण पुष्टि भएको हो। २ हजार ६५५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, एक हजार ६९६ जनाको पिसिआर गर्दा ८ र ९ सय ५९ जनाको एन्टिजेन परीक्षण गर्दा  शून्यमा संक्र...
सेतोपाटी संवाददाता चिनियाँ विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री नारायण खड्काबीच भेट भएको छ।, परराष्ट्र मन्त्रालयका अनुसार शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री यी र परराष्ट्र मन्त्री  खड्काबीच भेट भएको हो।, दुई पक्षीय औपचारिक वार्ताअघि मन्त्रीद्वय...
सेतोपाटी संवाददाता शनिबार पृथ्वी राजमार्गमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ३८ जना घाइते भएका छन्।, चितवनको इच्छाकामना गाउँपालिका-३ स्थित पानीधारा भन्ने ठाउँमा काँकडभिट्टाबाट काठमाडौं गइरहेको बा५ख ७९४२ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई सडकमा पल्टिएको थियो।, बसमा सवारमध्ये ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्य...
सेतोपाटी संवाददाता श्रीमतीलाई आगो लगाएर घाइते बनाएको आरोपमा कपनबाट एक जना पक्राउ परेका छन्।, सिरहा लहान नगरपालिका-७ का ४२ वर्षीय प्रवीन चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।, सुतिरहेको अवस्थामा चौधरीले ३० वर्षीया श्रीमतीलाई तारपिनको तेल खन्याएर आगो लगाएको महानगरीय प्रभाग कपनले जनाएको छ।, घाइतेको साँखुस्थित ...
सेतोपाटी संवाददाता नेपाल दुई वटा हात्ती लिएर भारत गइरहेका दुई माउतेसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१८ का ६० वर्षीय बुद्धिराम महतो, ४० वर्य राजु कुमाल र पर्सा पकहामैनपुर गाउँपालिका-५ का ३५ वर्षीय सफरोज आलम रहेका छन्।, पर्सा पकहामैनपुर गाउँपालिका-५ बाट शनिबार मध्याह्न उ...
सेतोपाटी संवाददाता किसानलाई ठगी गरेको आरोपमा सल्यान प्रहरीले हाते ट्याक्टरसहित व्यापारीलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा रोल्पा जिल्लाको गंगादेव गाउँपालिका वडा नम्बर ३ का गंगाराम खत्री रहेका छन्।, कृषि किङ र किसानको हाते ट्याक्टर उपलब्ध गराउने सहमति रहेकोमा अर्कै कम्पनीको हाते ट्याक्टर दिएको आरोपमा उनलाई पक्राउ गरिए...
नारायण खड्का घोराही उपमहागरपालिका-८ स्थित स्यानी गाउँकी शोभा चौधरीको सूर्यमुखी फूलबारीमा टन्न मान्छेहरू थिए। वरिपरि खेतमा लहलह गहुँका बोटहरू बीचमा छ सूर्यमुखीको खेती। बुधबार दिउँसोको कुरा हो, चर्को घामको प्रवाह नगरी कसैले भिडिओ खिच्दै थिए, कसैले फोटो अनि सबभन्दा बढी त टिकटक बनाउन नाच्नेहरू!, घोराहीको कपासेंबाट जिमकला ...
राजेश घिमिरे मेघौली विमानस्थल अगाडिको जानकी माध्यमिक विद्यालयको आसपासमा भेटिएका प्रायः किशोर, किशारी, बालबालिकाको अनुहारमा गोहीको चित्र कोरिएको थियो। शनिबार मध्यान्न त्यहाँ पुग्दा केही किशोरीहरू अरूको गालामा रंग पोतेर गोहीको आकार निकाल्दै थिए भने यसका लागि लाइनमा बस्नेको संख्या पनि ठूलै थियो।    , मेघौलीमै घर भएकी एलि...
सेतोपाटी संवाददाता ललितपुरको बल्खुमा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरी जवानको मृत्यु भएको छ।, आइतबार बिहान साढे २ बजे बल्खुबाट सातदोबाटो आउनेक्रममा मोटरसाइकल दुर्घटना भएर एक जना प्रहरी जवानको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहले जानकारी दिए। , बा ८३ प ८९८५ नम्बरको मोटरसाइ...
सेतोपाटी संवाददाता देशभर थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप ३५ जनामा संक्रमण पुष्टि भएको हो। ५ हजार २६८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ३ हजार ८८१ जनाको पिसिआर गर्दा ३२ र १ हजार ३८७ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा ...
एजेन्सी चीनमा गत सोमबार दुर्घटनामा परेको चाइना इस्टर्न एयरलाइन्सको जहाजमा रहेका सबै १३२ जना मानिसको मृत्यु भएको घोषणा गरिएको छ।, शनिबारसम्मको खोजीमा कोही पनि जीवित नभेटिएपछि शनिबार साँझ चिनियाँ अधिकारीहरूले १२३ यात्रु र ९ जना चालक दलका सदस्यको मृत्यु भएको घोषणा गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।, गत सोमबार चीनक...
रासस बर्दियामा पाटेबाघ मृत फेला परेको छ।, आज अपराह्न ३ बजे मधुवन नगरपालिका–६ कालिका सामुदायिक वनमा अन्दाजी पाँच/छ वर्षको पाटेबाघ मृतावस्थामा फेला परेको हो।, एक–दुई दिनअघि बाघ–बाघबीचको लडाइँ भएको र प्राकृतिक कारणले पाटेबाघको मृत्यु भएको हुनसक्ने डिभिजन वन कार्यालयका प्रमुख रामबहादुर बिडारीले बताए।, थप अनुसन्धान भइरहेको...
रासस सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवास्थित दलित बस्तीमा आगलागी हुँदा १३ घर जलेर नष्ट भएका छन्।, आगलागीबाट करिब रु २६ लाख बराबरको क्षति भएको जनाइएको छ।, जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार साँझको आगलागीमा घरभित्र राखिएको ग्याँस सिलिण्डर पड्किँदा स्थानीय ३५ वर्षीय अरबिन्दप्रसाद कुशवाह घाइते भएका थिए।, सर्लाहीका प्...
सेतोपाटी संवाददाता ठगी तथा बैंकिङ कसुर मुद्दामा पक्राउ परेका ठेकेदार अनुप पाण्डे १४ दिनपछि छुटेका छन्। उनी शुक्रबार बेलुका छुटेका हुन्।, नेकपा एमाले घोराही उपमहानगरपालिका इञ्चार्ज तथा जिल्ला किमिटी सदस्य गेहेन्द्र बस्नेतले पाण्डेविरूद्ध एक करोड ४४ लाख ठगी गरेको भन्दै जाहेरी दिएपछि उनलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरे...
सेतोपाटी संवाददाता पोखरामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।, पोखरा महानगरपालिका-१४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्लेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।, प्रहरीका अनुसार बिहीबार पोखरा महानगरपालिका–२७ विजयपुरमा ग २२ प ००७ नम्बरको स्कुटरले पैदल यात्रीलाई ठक्कर दिएर ग १ क ९९६ नम्बरको स्कुल...
युवराज श्रेष्ठ जिल्ला अदालत तनहुँले  नाबालिग गायिकाले फसाउने नियतले आफूमाथि बलात्कारको आरोप लगाएको भन्ने  पलशाहपक्षको बहसलाई अस्वीकार गर्दै उनलाई  पुर्पक्षका लागि थुनामा पठाएको छ।, बुधवार र बिहीबार भएको थुनछेक बहसमा पलका कानुन व्यवसायीको मुख्य जिकिर थियो- घटनाको १० महिनापछि उजुरी गर्नुको उद्देश्य नै फसाउका लागि हो।, उ...
सेतोपाटी संवाददाता जिल्ला अदालत तनहुँले नाबालिग गायिकामाथि अभिनेता पल शाहले गरेको बलात्कार घटनामा पीडित पक्ष  र प्रतिवादीको परिवारउपर अमर्यादित टिप्पणी नगर्न आमसञ्चार माध्याम, कानुन व्यवसायी र सर्वसाधारणलाई अनुरोध  गरेको छ। , पल शाहलाई नाबालिका बलात्कारको अभियोगमा पुर्पक्षको लागि थुनामा पठाउँदा र उनका म्यानेजर कृष्ण ज...
युवराज श्रेष्ठ नाबालिग गायिकामाथि बलात्कार मुद्दामा हिरासतमा रहेका पल शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। , थुनछेक बहस सकिएपछि बिहीबार जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको अदालतका अधिकृत हरिशचन्द्र गौतमले जानकारी द...
सेतोपाटी संवाददाता दाङमा सासुको हत्या अभियोगमा बुहारी पक्राउ परेकी छन्। शान्तिनगर गाउँपालिका वडा नं. ७ राउतराकी ६५ वर्षीया सासु कमिनी कुँवरको हत्या अभियोगमा बुहारी २३ वर्षीया कुमारी कुँवर पक्राउ परेकी हुन्।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार सासु कमिनी चैत ८ गते दिउँसो साढे १...
सेतोपाटी संवाददाता काठमाडौंको गुर्जुधारामा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते भएका छन्। , चन्द्रागिरि नगरपालिका-१२ गुर्जुधारा दुरसञ्चारस्थित सडकमा स ७ प ३५८७ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ३-०२-००३ प ४७०७ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्। , दुई मोटरसाइकलमा सवार चार जना घाइते छन्। , उनीहरूको ओम समाज अस्पतालमा उपच...
युवराज श्रेष्ठ बलात्कार आरोपित अभिनेता पल शाह (पूर्णविक्रम शाह) को मुद्दामा तनहुँ जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ।  , जिल्ला अदालत तनहुँमा बुधबार र बिहीबार भएको थुनछेक बहसमा पलका कानुन व्यवसायीहरूले एकतर्फी प्रेम अस्वीकार गर्दा फसाइएको जिकिर गरेका छन्।, पलका पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले अभियु...
रासस कर्णालीमा मिर्गाैला प्रत्यारोपण सेवा सुरुआत गरिने भएको छ। यस सम्बन्धी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच बिहीबार सम्झौता भएको हो ।, उक्त सम्झौतापत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र कर...
सेतोपाटी संवाददाता कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ।, भक्तपुरमा रहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र कर्णाली प्रदेश अस्पतालबीच बिहीबार सम्झौता भएको हो।, केन्द्रका निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठ र कर्णालीको प्रदेश अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काबीच समझदारी ...
सेतोपाटी संवाददाता प्रहरीले महोत्तरीबाट कान्तिपुर डेन्टल प्रालिका सञ्चालक सञ्जयकुमार महतोलाई पक्राउ गरेको छ।, इलाजसम्बन्धी कसुरमा दुई वर्षदेखि फरार रहेका महतोलाई प्रहरीले बिहीबार बेलुका पक्राउ गरेको हो।, धनुषा बटेश्वर गाउँपालिका-३ स्थायी घर भएका महतोलाई बर्दिबास बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले ...
सेतोपाटी संवाददाता पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनो कम्पनीलाई पाँचदिने अल्टिमेटम दिएको छ।, विभागले पाँच दिनभित्र ९० करोड ५५ लाख ७६ हजार बक्यौता बुझाउन अल्टिमेटम दिएको हो।, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बक्यौता रकम असुल गराउन अल्टिमेटम दिन बुधबार मन्त्...
सेतोपाटी संवाददाता धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ।, बुढानिलकण्ठ नगरपालिका-१३ स्थित चुनिखेल बस्ने २१ वर्षीय भक्तबहादुर थापाले २४ वर्षीया श्रीमती लक्ष्मी तामाङमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैना...
रासस झापाको मेचीनगर नगरपालिका–६ की ७० वर्षीया लीलामाया कार्की १२ दिनदेखि बेपत्ता छिन्।, आमा बेपत्ता भएको १२ दिन बितिसक्दा समेत प्रहरीले खोजीकार्यमा चासो नदेखाएको भन्दै परिवार र स्थानीयवासीले गुनासो गरेका छन्।, परिवारका सदस्यले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर आमाको खोजीमा प्रहरीबाट सहयोग नपाएको गुनासो गरेका हुन्।, ...
सेतोपाटी संवाददाता मानव बेचबिखन तथा ओसारपसार उद्योगमा पक्राउ परेका व्यक्ति पुर्पक्षका लागि कारागार चलान भएका छन्। , मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ घर भई काठमाडौं महानगरपालिका-४ स्थित डेरा गरी बस्ने ३९ वर्षीय मोती लामा कारागार चलान भएका हुन्।, उनलाई बिहीबार जिल्ला अदालत काठमाडौंले कारागार चलान गरेको महानगरीय प्रहरी...
सेतोपाटी संवाददाता बैंकिङ कसुर मुद्दामा फरार भएका एक व्यक्ति पक्राउ परेका छन्।, पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-८ घर भई हाल जितपुर सिमरा उपमहानगरपालिका-२ बस्दै आएका ६८ वर्षीय कृष्णबहादुर थापा छन्।, महानगरीय अपराध महाशाखाको टोलीले थापालाई जितपुर सिमरा-४ बाट पक्राउ गरेको हो।, थापालाई उच्च अदालत पाटनले २०७७ साल मंसि...
सेतोपाटी संवाददाता बर्दियाबाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। , बढैयाताल गाउँपालिका-२ सितापुर बस्ने २५ वर्षीय सुनिल राना मगरलाई पक्राउ गरेको लुम्बनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ। , प्रहरीले उनलाई चेक गर्ने क्रममा ९ सय १० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ। , प्रहरीले मगरलाई बढ...
रासस सर्लाही सदरमुकाम मलङ्गवामा विद्युतीय पोल गाड्ने क्रममा करेन्ट लाग्दा एक मजदुरको मृत्यु भएको छ।, मृत्यु हुनेमा बाराको फेटा गाउँपालिका-१ त्रिवेणीका २५ वर्षीय  शिवजी महतो रहेको प्रहरीले जनाएको छ।, मलङ्गवा नगरपालिका–४ विश्वकर्मा चोकमा आज पोल गाड्ने क्रममा महतोलगायत अन्य  तीन मजदुरलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्य...
सेतोपाटी संवाददाता काठमाडौंको ठमेलमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एमाले युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन्।, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनलाई शुक्रबार बिहान २ बजे पक्राउ गरेको हो। कालीकोट घर भई ठमेल बस्ने बमलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको...
रासस तानसेन नगरपालिका–५ स्थित बतासेडाँडामा अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइएको छ।, ढुंगाखानी क्षेत्र तानसेन तम्घास सडकको दायाँ–बायाँतर्फको भू–भाग रातारात अतिक्रमण गरी बनाइएका १३ वटा टहरा डिभिजन वन कार्यालयले जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा भत्काएको हो। , अन्य सार्वजनिक क्षेत्रमा बनेका घरटहरा पनि भत्काउन २४ घण्...
समिक्षा अधिकारी प्राचीन नेवार बस्ती पनौतीमा पुरानै शैलीका घर बनाइने भएको छ। पुरातत्व विभागले संरक्षित क्षेत्रभित्र राखेको उक्त क्षेत्रमा पुरानै शैलीका घर बनाउन पनौती नगरपालिकाले आर्थिक सहयोगसमेत गर्ने भएको छ।, नगरको मौलिकता कायम राख्न र नगरलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने आधार बनाउँदै घर बनाउन आर्थिक सहयोग योजना ल...
रासस रत्नराजमार्गको नेपालगञ्ज–कोहलपुर सडकखण्डको अतिक्रमित संरचना हटाउन सुरू भएको छ।, डिभिजन कार्यालय नेपालगञ्जले कोहलपुर–जमुनाह सडकखण्डको १६ किलोमिटरमा दुवैतर्फ २५ मिटर अतिक्रमित क्षेत्र हटाउन सुरू गरेको कार्यालय प्रमुख होमबहादुर एसीले जानकारी दिए।, उनका अनुसार, बिल्डअप एरियामा भने यसअघिकै निर्णयबमोजिम २१ मिटरसम्मका स...
सेतोपाटी संवाददाता देशभर थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप १८ जनामा संक्रमण पुष्टि भएको हो।, ४ हजार ३४२ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ८२२ जनाको पिसिआर र १ हजार ५२० जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्र...
सेतोपाटी संवाददाता मोरङको लेटाङमा लगाइएको कर्फ्यू बिहीबार बिहान ६ बजे (भोलि) देखि हटाइने भएको छ।, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बुधबार साँझ एक सूचना जारी गरेर बिहीबार बिहानदेखि कर्फ्यू हटाउने जानकारी दिएका हुन्।, लेटाङको शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले आफ्नै छात्रामाथि दुर्व्यवहार गरेको विरोधमा ...
सेतोपाटी संवाददाता कालिगण्डकी नदीमा नुहाउन गएका एक व्यक्ति डुबेर बेपत्ता भएका छन्।, बेपत्ता हुनेमा धनकुटा पाख्रिबास नगरपालिका-६ फलाटेका ३३ वर्षीय मोहन बस्नेत छन्।, तानसेन नगरपालिका-१४ अर्थुङ्गास्थित नदीमा नुहाउने क्रममा बुधबार मध्याह्न उनी बेपत्ता भएको प्रहरीले जनाएको छ।, बस्नेत सात महिनादेखि कालिगण्डकी करिडोरमा जेसिब...
सेतोपाटी संवाददाता यातायात कार्यालयहरूले आजदेखि नियमित सेवा दिने भएका छन्।, सर्भरमा विद्युत् आपूर्ति प्रणाली परिवर्तन गर्न कार्यालयको सेवा बन्द रहने सूचना जारी भएको थियो।, तर बुधबार नै निकालिएको दोस्रो सूचनामा विभागले आजदेखि नियमित सेवा दिइने बताएको छ।, सर्भरमा विद्युत् प्रणाली परिवर्तन गर्न बुधबार अपरान्ह ५ बजेदेखि ब...
रासस चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ।, तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए।, शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो।, भन्सार विभागबाट आज रिपोर्ट ...
सेतोपाटी संवाददाता ताप्लेजुङ केन्द्र भएर बुधबार चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपराह्न ४:३९ मिनेटमा भूकम्प गएको हो।, महाभूकम्पपछि नेपालमा चार रेक्टर स्केलका ५०० भूकम्प गइसकेको छ। रासस, ताप्लेजुङ केन्द्र बनाएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प
एजेन्सी अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले छात्राहरूलाई ६ कक्षामाथि पढ्न नदिने भएको छ।, तालिबानले अफगानिस्तानाको नयाँ शैक्षिक सत्रदेखि लागु हुनेगरी ६ कक्षा माथिका छात्रालाई पढ्न शैक्षिक संस्था खोल्न नदिने निर्णय गरेको समाचार संस्था एपी न्युजले जनाएको छ। , विद्यालय खोल्न तथा महिलाहरूलाई अधिकार दिन अन्तर्राष्ट्रियस्...
सबिना श्रेष्ठ गायिका एवं संगीत अनुसन्धाता पुष्पा पलाञ्चोकेले एकदिन कीर्तिपुरका महिलाहरूलाई सोधिन्, 'तपाईंहरूलाई दाफा भजन गाउने र बाजा बजाउने इच्छा छैन?', पुष्पाको प्रश्नलाई उनीहरूले गम्भीरतापूर्वक लिएनन्।, बरू ठ्ट्यौली पारामा उल्टै सोधे, 'के अब हामी खिँ (बाजा) झुन्ड्याउँदै हिँड्ने? पुरुषहरूले जसरी 'हआआआ...गरेर गीत गाउ...
सेतोपाटी चन्द्रागिरि नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बीमा बोर्डको उच्च प्राथमिकता प्राप्त सो कार्यक्रम कार्यान्वयन गर्ने चन्द्रागिरि काठमाडौं उपत्यकाभित्र दोस्रो नगरपालिका भएको छ। , हाल नगरपालिकाले १५ शय्याको थानकोट नगर अस्पताल, एक सहरी स्वास्थ्य केन्द्र...
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी आयोजनाको पानी चैत मसान्तभित्र काठमाडौं ल्याउने योजनासाथ खानेपानी मन्त्रालयले काम गरिरहेको छ।, अस्थायी रूपमा संरचना निर्माण गरेर मन्त्रालयले मेलम्चीको पानी काठमाडौं ल्याउन काम गरिरहेको हो। मेलम्ची खानेपानी विकास समितिका अनुसार अहिले हेडवर्क्स र सुरूङ सफा गर्ने काम भइरहेको छ।, गत असार...
सेतोपाटी संवाददाता जोरपाटी-साँखु सडकखण्ड कालोपत्र गर्न माग गर्दै थलीबासीले आज बिहानैदेखि सडक बन्द गरेका छन्।, सडकमा बाँस तेर्साएर उनीहरूले प्रदर्शनसमेत गरेका छन्।, थली-साँखु सडक संघर्ष सरोकार समितिका संयोजक मनिष सिंखडाले सडक कालोपत्र गर्न दबाब दिइएको सेतोपाटीलाई बताए।, ‘सडक हिउँदमा धुलो र बर्खामा हिलो भएर हैरान छ,’ उन...
रासस हेटौँडा उपमहानगरपालिका–१९ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, राक्सिराङ गाउँपालिका–८ बस्ने २८ वर्षीय सागर स्याङ्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।, बिहान २ बजे भुन्द्रुङबाट बस्तीपुर हाईवेतर्फ आउँदै गरेको ना६त १८४५ नम्बरको खाली ट्य...