content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता काठमाडौंको बालाजुमा बसको ठक्करबाट मृत्यु हुने दुबैको पहिचान खुलेको छ। , मृत्यु हुनेमा रसुवा घर भई तार्केश्वर नगरपालिका-१० मनमैजुका १८ वर्षीय विकास तामाङ र काठमाडौं-१६ का अन्दाजी ५० वर्षीया दुर्गा थापा मगर रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। ...
सेतोपाटी संवाददाता नेपालमा थप ५७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  ९ हजार ७८९ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , ७ हजार २८ जनाको पिसिआर परीक्षण र २ हजार ७६१ जनाको एन्टिजेन परीक्षण गरिएको थिय...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप १९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। , काठमाडौंमा मात्रै १६२, ललितपुरमा २५ र भक्तपुरमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ। , योसँगै उपत्यकामा ७ हजार १...
सेतोपाटी संवाददाता निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भोलिबाट १५ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) हुने भएको छ। , विमानस्थलमा १० दिनसम्म क्यालिब्रेसन फ्लाइट हुने नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ। , राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको विमानस्थमा क्यालिब्रेसन फ्लाइट गर्न थाई ए...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा नेविसंघले गरेको तालाबन्दीको विरोधमा प्राध्यापकहरूले विरोध प्रदर्शन गरेका छन्। , विश्वविद्यालयका प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा ताला लगाएको दुई सय दिन बितिसकेको भन्दै तालाबन्दी हटाउन माग गर्दै बिहीबार विरोध प्रदर्शन गरेक...
रासस ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागरकुमार राईसहितको टोली कञ्चनपुरमा निमार्णाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कामको स्थलगत निरीक्षणका लागि महेन्द्रनगर आइपुगेको छ।, जलस्रोत तथा सिँचाइ सचिव राई र सिँचाइ विभागका महानिर्देशक सुशील आचार्यको टोलीले यहाँका सिँचाइ आयोजनाको स्थलगत निरीक्षण गरेको हो।, मन्त्...
सेतोपाटी संवाददाता बैतडीमा एक विवाहित महिला बलात्कृत भएकी छिन्। मेलौली नगरपालिकाकी ३० वर्षीया महिला बलात्कृत भएकी हुन्।, महिला बलात्कृत भएपछि पीडित पक्षले बिहीबार मेलौली-१ का २६ वर्षीय करनसिंह नेगीको नाममा किटानी जाहेरी दिएको छ। आरोपित व्यक्ति फरार रहेको र खोजी कार्य भइरहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर...
राजेश घिमिरे गणेश आधारभूत विद्यालयले कक्षा चारका विद्यार्थीलाई विज्ञान विषयको परीक्षामा एउटा प्रश्न सोधेको थियो- 'बुट्यान भनेको के हो?', एक विद्यार्थीले उत्तर पुस्तिकामा लेखे- 'बुट्यान भनेको मान्छे झुन्डिने ठाउँ हो।', ती विद्यार्थीले यसै यस्तो उत्तर दिएका होइनन्। गत माघमा मात्रै उनले आफ्नै गाउँमा रूखमा झुन्डिएर आत्महत...
सेतोपाटी संवाददाता भन्सार छलेर ल्याई भण्डारण गरिएको गोदाममा प्रहरी र राजश्व अनुसन्धान कार्यालयले छापा मारेको छ।, रूपन्देही प्रहरी र राजश्व अनुसन्धान कार्यालयको टोलीले बिहीबार दिउँसो बुटवल उपमहानगरपालिका-५ विकास पदबाट ठूलो परिमाणमा भन्सार छलेको सामान बरामद गरेको हो।, गोदामबाट भन्सार छलेको जुत्ता-चप्पल बरामद भएको जिल्ला...
सीबी अधिकारी/बिमल विष्ट (रासस) राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही)मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ २ गते (बुद्ध पूर्णिमा)देखि व्यावसायिकरूपमा सञ्चालनमा आउने भएको छ।, आजदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) शुरु हुन लागेको उक्त विमानस्थलमा जेठ पहिलो सातादेखि ...
राजु अधिकारी सप्तकोशी डेभलपमेन्ट बैंकमा भएको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ हिनामिना प्रकरणमा बैंकका तत्कालीन सिइओसहितका १२ जनाविरूद्ध मुद्दा दायर हुने भएको छ।, मोरङ प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ। सरकारी वकिलको कार्यालयले तत्कालीन सिइओ नविन सुवेदीसहितका १२ जनाविरू...
सेतोपाटी संवाददाता नेपालमा हाल कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार यसअघि नेपालको मौसममा आंशिक प्रभाव पारिरहेको पश्चिमी वायुबाट विकसित न्यून चापीय प्रणाली बिहीबार साँझ नेपालबाट बाहिरिएको हो। , यो सँगै पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्य...
रासस पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । माछा मार्ने क्रममा तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको हो ।, बिहीबार साँझ करिब ७ बजेको समयमा तिनाउ–२ स्थित दोभान खोलामा माछा मार्ने क्रममा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयल...
राजकुमार पराजुली पाँचखाल नगरपालिकामा विकास गरिने ‘स्मार्ट सिटी’को सिङ्गापुरको निर्माण कम्पनीसँग सम्झौता गरिएको छ।, यसका लागि नगरपालिकासँग गत साउनमा सम्झौता गरेको काठमाडौंस्थित इन्फ्राक्स्चर बैंक लिमिटेड (निफ्रा) ले सिंगापुरको सुरबाना जुरोङ (एसजे) समूहको सदस्य एसएमइसी इनटरनेशनल प्रालि (एसएमइसी)बीच स्मार्ट सिटी निर्माणा...
रासस कोरोनाका कारण स्थगन गरिएको रत्ननगर महोत्सव यही फागुन १५ गतेदेखि सञ्चालन हुने भएको छ।, गत पुस २७ गतेदेखि सञ्चालन गर्ने भनिएको महोत्सव कोरोनाका कारण अन्तिम समयमा स्थगन गरिएको थियो  उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठका अनुसार स्थगन गरिएको महोत्सव फागुन १५ गतेदेखि २३ गतेसम्म सञ्चालन गर्न लागिएको ...
सेतोपाटी संवाददाता दाङमा सासूको हत्या आरोपमा बुहारीसहित दुई जना पक्राउ परेका छन्। , घोराही उपमहानगरपालिका वडा नं. १९ खोलीगाउँकी ५५ वर्षीया इन्द्रकुमारी घर्तीको हत्या आरोपमा २३ वर्षीया बुहारी वसन्ती घर्ती र उनकी २२ वर्षीया साथी दुर्गा घर्ती पक्राउ परेका हुन्। , जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार फागुन ४ गत...
सेतोपाटी संवाददाता काठमाडौंको ढुंगेअड्डामा शंकास्पद बस्तु फेला परेको छ।, कलंकी र ढुंगेअड्डाको बीच सडकमै शंकास्पद वस्तु फेला परेपछि राती २ बजे प्रहरीलाई खबर गरिएको थियो।, प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो। त्यसपछि नेपाली सेनाको टोलीले बिहान उक्त शंकास्पद बस्तुलाई डिस्पोज गरेको प्रहरीले जनाएको छ।...
सेतोपाटी संवाददाता नयाँ सारथी लघुवित्त वित्तीय संस्था शाखा कार्यालय पर्साको पाँच करोड ३४ लाख ५५ हजार ४७९ रुपैयाँ कर्जा ठगीमा शाखा प्रबन्धकसहित चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।, नक्कली ऋणीको नाममा कर्जा निकालेर ठगी गरेको आरोप लागेका शाखा प्रबन्धक रौतहट चन्द्रपुर नगरपालिका-४ का ४१ वर्षीय भोजेन्द्रलाल ठाकुर...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गठन गरेको कोभिड-१९ विरुद्ध खोप छानबिन समितिले ५६ हजार ९०८ मात्रा खोप खेर गएको जनाएको छ।, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई समितिका संयोजक डा. गुणराज लोहनीले बुझाएको प्रतिवेदनमा माघ २१ गतेसम्म ५६ हजार ९०८ मात्रा खोप खेर गएको उल्लेख छ।, मन्त्री खतिवडाला...
सेतोपाटी संवाददाता ‘युरेनियम’जस्तो पदार्थ कारोबार गरेको आरोपमा नेपाली कांग्रेस ललितपुरका नेता नवराज महतसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।, ६० वर्षीय महतसहित ८ जनालाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले हायात होटलको कार पार्किङ क्षेत्रबाट सोमबार बेलुका पक्राउ गरेको हो।, काठमाडौं महानगरपालिका-६ बौद्धस्थित हायात रिज...
सेतोपाटी संवाददाता दैलेखको महाबु गाउँपालिका-४, फागुमा बोलेरो मंगलबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, दैलेख बजारदेखि गडिगाउँ जाँदै गरेको बाग्मती प्रदेश ०१- ०२६च ५२६६ नम्बरको जीप फागुमा दुर्घटना भएको हो।, जीप दुर्घटनामा गडिगाउँका ४० वर्षीय रामबहादुर हमालको मृत्यु भएको प्रहरी चौकी गैडाबाजले जनाएको छ।, प्रहरी ...
सेतोपाटी संवाददाता पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदैछ।, पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज ब्रत समापन गर्न लागेका हुन्। त्यसै दिनदे...
सेतोपाटी संवाददाता सात दलीय मोर्चाले आह्वान गरेको बन्दका क्रममा काठमाडौं उपत्यकाबाट ४१ जनालाई पक्राउ गरिएको छ।, प्रहरीका अनुसार  काठमाडौं, भक्तपुर र ललितपुरबाट ४१ जनालाई बुधबार बिहान पक्राउ गरिएको हो।, काठमाडौंबाट २६, ललितपुरबाट १२ र भक्तपुरबाट तीन जना पक्राउ परेका छन्।, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहर...
सबिना श्रेष्ठ सहरको कथा: पनौती, यो शृंखला लेख्ने क्रममा म पाँचपटक पनौती पुगेँ। तीनपटक बाह्रवर्षे मकर मेला चलिरहँदा र दुईपटक मेला सुरू हुनुभन्दा अगाडि।, सुरूको दुईचोटि पनौती जाँदा म त्यहाँको व्यापार व्यवसाय देखेर छक्क परेकी थिएँ। दिउँसोको समयमै प्राय: पसल बन्द हुन्थे। चहलपहल हुनुपर्ने मध्यसहर दिउँसै चकमन्न देखिन्थ्यो। ...
सेतोपाटी संवाददाता समयभित्र खोप लगाउन नसक्दा झन्डै ५७ हजार कोरोना खोप खेर गएको भेटिएको छ।, हराएको खोप छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदनमा ५६ हजार ९०८ वटा खोप म्याद गुज्रिएर प्रयोग गर्न नमिल्ने रहेको उल्लेख छ।, खेर गएको खोपमध्ये सबभन्दा बढी मोडर्ना खोप रहेको छ। तथ्यांक अनुसार २५ हजार ५६२ मोडर्ना खोप खेर गएको...
सेतोपाटी संवाददाता सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करी (प्र्यांक)को नाममा सर्वसाधारणको भिडिओ बनाउँदै हिँडेको आरोपमा प्रहरीले एक जना युट्युबरलाई पक्राउ गरेको छ।, ‘नेपाली प्र्यांकस्टर’ नाम युट्युब च्यानल सञ्चालन गर्ने झापा, बिर्तामोड नगरपालिका-४ का २७ वर्षीय आकाश सेडाईलाई प्रहरीले पक्राउ गरेको हो।, भक्तपुर कौशलट...
रासस नेपाली सेनाले यही फागुन २१ गते ‘दोस्रो लिस्तिकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस’ प्रतियोगिता आयोजना गर्ने भएको छ। , नेपाल–तिब्बत लडाइँका क्रममा प्रयोग भएको सिन्धुपाल्चोकस्थित धार्मिकस्थल लिस्तिमाई मन्दिर र दुगुनागढीलाई समावेश गरी सेना दिवसका उपलक्ष्यमा उक्त दौड प्रतियोगिता गर्न लागिएको हो।, दुगुनागढीको ऐतिहासिक र ल...
रासस चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन् केन्द्रमा हुर्काइएका १५ वटा घडियाल गोही आज कसरास्थित राप्ती नदीमा छाडिएको छ। पाँच भाले र १० पोथी गोही नदीमा छाडिएको हो। यीसँगै यस वर्ष ८७ वटा गोही नदीमा छाडिएको हो।,      , यसै साता थप केही गोही नदीमा छाड्ने निकुञ्जको तयारी छ।, यस आर्थिक वर्षमा १०० हाराहारी गोही छा...
सेतोपाटी संवाददाता युवतीको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , नेपाल प्रहरीको साइबर ब्युरोले रूपन्देही बुटवल उपमहानगरपालिका-११ देवीनगर बस्ने २५ वर्षीय एलिस भन्ने राजन श्रेष्ठलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए। , श्रेष्ठलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। श्...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६४, भक्तपुरमा १२ र ललितपुरमा २५ संक्रमित थपिएका छन्।, नेपालमा थप ६३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , पछिल्लो २४ घण्टामा थप ६३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्...
सेतोपाटी संवाददाता कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले ३७ वर्षपछि पक्राउ गरेको छ।, ललितपुरको गोदावरी नगरपालिका-१० बस्ने सुनबहादुर तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बुधबार पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, २०४१ चैत १२ गते राति तामाङले चापागाउँ सल्यान गाउँका घटेरो कान्...
सेतोपाटी संवाददाता दाङमा बुवाको हत्या आरोपमा छोरा पक्राउ परेका छन्। , पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं. ३ चिराघारीको बेलडाँडा निवासी १९ वर्षीय गोपाल मगर हुन्।, उनले चक्कु प्रहार गरेर आफ्ना ६३ वर्षीय बुवा कर्णबहादुर मगरको हत्या गरेको आरोप छ।  , घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक ...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वन अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। , बुधबार काठमाडौंस्थित विशेष अदालतमा जिल्ला वन कार्यालय, रसुवाका तत्कालीन जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रसहित तीन जनाविरूद्ध मुद्दा दायर गरेको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। , म...
सेतोपाटी संवाददाता नेपालमा थप ६३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , पछिल्लो २४ घण्टामा थप ६३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ९ हजार ७५६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , ६ हजार ७८२ जनामा पिसिआर गर्दा ५४८ जनामा र २ हजार ९७४ जनाको एन्टिजेन परीक्षण...
राजु अधिकारी नोबेल मेडिकल कलेज विराटनगरमा आफूहरूको जीवन नै असुरक्षित रहेको बताउँदै एमबिबिएस प्रथम वर्षका १४ जना विद्यार्थीले सुरक्षित स्थानमा सरूवा गरेर पढ्ने व्यवस्था मिलाइदिन सरकार गुहारेका छन्।  , नोबेल कलेज व्यवस्थापनले व्यक्तिगत रूपमा आफूहरूलाई र अभिभावक समेतलाई पटक-पटक धम्क्याएको आरोप लगाउँदै ती विद्यार्थीले सुर...
सेतोपाटी संवाददाता रूपन्देही प्रहरीले अवैध रूपमा ओसारपसार गरेको ४३ क्युबिक फिट काठ बरामद गरेको छ।, इलाका प्रहरी कार्यालय रुद्रपुर र सामुदायिक वन उपभोक्ता समूहको सहकार्यमा काठ बरामद गरिएको प्रहरीले जनाएको छ।, बुधबार बिहान ११ बजे कञ्चन गाउपालिका-१ गजेडीको भित्री सडकमा लु४त १९३८ नम्बरको ट्याक्टरबाट काठ बरामद भएको रूपन्दे...
राजेश घिमिरे नागरिकताको प्रमाणपत्र बनाउन जिल्ला प्रशासन धाउँदा धाउँदा हैरान भएपछि एक जना किशोरी राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामालाई भेट्न पुगिन्। हालैमात्र नर्सिङ विषयको परीक्षा उत्तीर्ण गरेकी उनले नागरिकता नभएका कारण पेसाका लागि लाइसेन्स पाउन सकेकी थिइनन्।, सबै कुरा सुनेपछि उपमेयर लामा राप्ती नगरपालिका–६ स्थित...
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जको सिसुवार मध्यवर्ती सामुदायिक वनमा बाघको आक्रमणबाट दुई गैँडा मरेका छन् । एउटा माउ र बच्चा गैँडा बाघको आक्रमणमा परेर मरेका हुन् ।,  , निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी २२ वर्षको पोथी गैँडा र चार महिनाको पोथी बच्चा आज मृतावस्थामा फेला परेका हुन्।, ...
सेतोपाटी संवाददाता रूपन्देही प्रहरीले ८ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा सैनामैना नगरपालिका-१० फूलबारीकी की ३० वर्षीया हिमाकली रेश्मी छन्।, उनको घरमा तलासी गर्दा ८ किलो गाँजा बरामद भएको रूपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले बताए।, बरामद गाँजा र रेश्मीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको केस...
सेतोपाटी संवाददाता प्रहरीले सोमबार साँझ हायात होटलको पार्किङबाट बरामद भएको ‘युरेनियम’ जस्तो पदार्थ परीक्षणका लागि नाष्ट र भू-गर्भ विभागमा पठाउने भएको छ। , सोमबार साँझ हायात होटलको कार पार्किङ गर्ने स्थानबाट प्रहरीले दुई किलो आठ सय ग्राम ‘युरेनियम’ जस्तो पदार्थसहित आठ जनालाई पक्राउ गरेको थियो। , महानगरीय प्रहरी वृत्त ब...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले ढलौटका मूर्ति चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ।, महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले ढलौट चोरेर ठमेलबाट डल्लुतर्फ जाँदै गरेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका– ५ का १८ वर्षीय सुदीप नेपाली र रसुवा गोसाइँकुण्ड गाउँपालिका– ५ का १८ वर्षीय रमेश बागदासलाई आज पक्राउ गरेको हो।, ...
सेतोपाटी संवाददाता काठमाडौंको नयाँ बजारबाट नक्कली नोटसहित चार जना पक्राउ परेका छन्। , बुधबार दिउँसो ३ बजे काठमाडौं महानगरपालिका-१६ नयाँ बजार मेडिकल चोकबाट प्रहरीले चार जनालाई एक हजारका नक्कली नोटसहित पक्राउ गरेको हो। , महानगरीय अपराध महाशाखा टोलीले पाएको गोप्य सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको प्रहरी...
सेतोपाटी संवाददाता महानगरीय प्रहरी परिसर भक्तपुरले एउटा चाँदीको थाल र २३ वटा मूर्ति पुरातत्व विभागलाई बुझाएको छ। , पुरातात्विक महत्वका मूर्ति तथा सामान फेला पारी परिसरले सोमबार पुरातत्व विभाग अभिलेखालयलाई बुझाएको प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , उनका अनुसार प्रहरीले ती सामान भक्तपुरका विभिन्न स्थानबाट...
एजेन्सी भारतको गृह मन्त्रालयले थप ५४ चिनियाँ एपलाई प्रतिबन्ध गर्न प्रस्ताव गरेको छ। , देशको सुरक्षामा खतरा हुन सक्ने भन्दै सोमबार ५४ वटा चिनियाँ एपलाई प्रतिबन्ध लगाउन सिफारिस भएको सूचना प्रविधि मन्त्रालयले जनाएको छ।, ‘यी ५४ एपहरूले प्रयोगकर्ताको संवेदनशील डाटा लिएको आरोप छ। यी एपले रियल टाइम डाटा लिएर दुरूपयोग गरी विप...
सेतोपाटी संवाददाता बैंकिङ कसुरमा फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , तनहुँ ब्यास नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-२६ सोह्रखुट्टे बस्ने ३२ वर्षीय सुरज गुरूङ र सिन्धुपाल्चोक बाह्रबिसे घर भई...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप ७४७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ८ हजार ६९६ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ४८२ पिसिआर परीक्षणबाट र २६५ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।, प...
सेतोपाटी संवाददाता गृह मन्त्रालयले याक एन्ड यति होटल लिमिटेड बन्द गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र पठाएको छ। , सोमबार मन्त्रालयले होटद बन्द गर्न आवश्यक कारबाहीका प्रशासनलाई पत्र पठाएको सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले सेतोपाटीलाई जानकारी दिए। , मन्त्रालयले प्रशासन कार्यालयलाई होट...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा २२६ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १८१, ललितपुरमा ३० र भक्तपुरमा १५ संक्रमित थपिएका छन्।, योसँगै उपत्यकामा हाल सक्रिय संक्रमितको संख्या ८ हजार ८०१ छ। काठमाडौंमा मात्रै ४ हजार ९०१, ललितपुरमा २ हजार ७१० र भक्तपुरमा १ हजार १९० सक्रिय संक्रम...
रासस काठमाडौं उपत्यकाको फोहोर विसर्जनका लागि तत्काल दीर्घकालीन समाधानको खोजी गर्न नसके आगामी दिनमा थप समस्या सिर्जना हुने बताइएको छ।, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पासाङल्यामु राजमार्ग निर्माणमा ढिलासुस्ती र लापरबाही भएको भन्दै पीडित स्थानीयले आइतबारदेखि सडक अवरूद्ध गर्दै ल्याण्ड फिल साइटमा फोहोर...
प्रकाश सिलवाल त्रिभुवन विश्वविद्यालले कोराना महामारीको क्रममा भएका बन्दाबन्दीको अलावा चालु शैक्षिक सत्रको गत पुससम्ममा झण्डै डेढ सय दिन तालाबन्दीको मार खेपेको छ।, विभिन्न विद्यार्थी तथा प्राध्यापक संघसंगठनका नाममा उक्त अवधिमा जम्मा १४९ दिन विश्वविद्यालयमा तालाबन्दी भएको छ। गत माघ ६ गतेदेखि हालसम्म एउटा विद्यार्थी संगठ...
सेतोपाटी संवाददाता पाल्लामा सोमबार अपराह्न जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।, प्रहरीका अनुसार तिनाउ गाउँपालिका-२ जलथरीस्थित कच्ची सडकमा जीप दुर्घटना भएको हो।, घाइते हुनेमा तिनाउ गाउँपालिका-२ की ३१ वर्षीया सीता सोमई, २८ वर्षीया सीमा पल्ली, ४५ वर्षीया लीला सोमई, ५२ वर्षीया समकली लुइँटेल, २६ वर्षीया गीता बगाले, ...
सेतोपाटी संवाददाता प्रहरीले सिरहाको गोलबजारबाट २८ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा गोलबजार नगरपालिका वडा नं. १ का ३६ वर्षीय युवराज सिंह ठकुरी, वडा नं. २ का २१ वर्षीय शत्रुधन साह र महेशपुरपतार गाउँपालिका वडा नं. १ का ३२ वर्षीय दीपु साह छन्।, सोमबार दिउँसो युवराजको घरमा लुकाइछिपाई गाँजा बिक्री व...
पूर्णप्रसाद मिश्र/रासस पनौतीमा १२ वर्षे मेला लाग्ने समय पहिले नै निश्चित हुन्छ। यो वर्ष मेला लागेपछि अर्को मेला २०९० सालमा लाग्छ। यस्तै यो वर्ष मेला लाग्ने पनि विसं २०६६ मै थाहा थियो।, जसअनुसार २०७४ सालमा निर्वाचित पनौती नगरपालिकाका जनप्रतिनिधिले मेलालाई भव्य बनाउन तयारी गरेका थिए। विसं २०७६ देखि नै तयारी थाल्ने निर्ण...
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ।, उक्त मौसमी प्रणालीको प्रभावले मंगलबार देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रह...
रासस दाङको टरिगाउँ विमानस्थल विस्तारका लागि ‘खुत्रुके’ अभियान सञ्चालन गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले उक्त अभियान सुरु गरेको हो ।, विमानस्थल विस्तार गर्न राज्यले कुनै चासो नदेखाएको भन्दै आफूहरूले नै विमानस्थल विस्तार गरेर देखाउने भन्दै यो अभियान सञ्चालन गरिएको सङ्घका अध्यक्ष रामप्रसाद चालिसेले बताए। ‘राज्यले...
सेतोपाटी संवाददाता टिपरको ठक्करबाट साइकलमा सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। , टिपरले ठक्कर दिँदा राप्ती गाउँपालिका-२ की ३२ वर्षीया डिला पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। , मंगलबार बिहान साढे ६ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका-१ पाखापानीमा पूर्वब...
सेतोपाटी संवाददाता बुटवल, फागुन ३ , रूपन्देहीको बुटवल उपमहानगरपालिका–१२ मिलनपार्कमा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, तीन जना चढेको लु ६० प ३६५२ नंको मोटरसाइकल अनियन्त्रित भई पर्खालमा ठोक्किँदा रुपन्देहीको गैडहवा गाउँपालिका–९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही स्थानका २० वर्षीय रा...
सेतोपाटी संवाददाता इलामस्थित माइखोलामा डुबेर एक जना बालिकाको मृत्यु भएको छ।, माइजोगमाई गाउँपालिका-४ स्थित माइखोलामा डुबेर सोही ठाउँकी ९ वर्षीया अरिना राईको मृत्यु भएको हो।, प्रहरीका अनुसार सोमबार अपराह्न ४ बजे माइखोलामा माछा मार्ने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको हो।, उपचारको लागि लैजाने तयारी गर्दा गर्दै राईको घ...
सेतोपाटी संवाददाता भक्तपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवाको मृत्यु भएको छ।, मृत्यु हुनेमा भक्तपुर नगरपालिका-१० कमलविनायक बस्ने ३४ वर्षीय देवेन्द्र कार्की रहेको प्रहरीले जनाएको छ।, सोमबार राति भक्तपुर-९ च्यामासिंह चोकनजिक बा३ख ४७६५ नम्बरको बसले बा६१प ६६१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कार्कीको मृत्यु भएको ह...
रासस चार दिनदेखि बन्द नेपाल-भारत सीमानाका आजदेखि खुलेको छ। , भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४ (फागुन २ गते) मा भएको  विधानसभा  निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएको थियो।, बन्द रहेको नाका खुलेसँगै आवतजावत पनि सुरू भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निर...
सेतोपाटी संवाददाता साहित्यकार तारानाथ (ताना) शर्माको निधन भएको छ। उनको मंगलबार बिहान आफ्नै घरमा निधन भएको हो।, शर्मालाई मुटु रोग, रक्तचापलगायत समस्या थिए। उनी ८७ वर्षका थिए।, मदन पुरस्कार पुस्तकालयले उनको निधनप्रति श्रद्धान्जली व्यक्ति गरेको छ।, शर्माले २०२६ सालमा  मदन पुरस्कार पाएका थिए। ‘बेलाइततिर बरालिँदा’ कृतिका ल...
रासस निर्माण सम्पन्न भएर प्रयोगविहीन भएको आधुनिक बागलुङ बसपार्कको सञ्चालनका लागि बागलुङ नगरपालिकाले छलफल थालेको छ।, बागलुङ नगरपालिका–४ उपल्लाचौरको दावगह्रामा निर्माण भएको आधुनिक बसपार्क सञ्चालनका लागि नगरपालिकाले सरोकारवालासँग छलफल गरेको हो। , सोमबार जिल्ला प्रशासन, प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय, उ...
रासस नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नयाँ भवनको एक समारोहबीच शिलान्यास गरिएको छ।, अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण थालिएको हो।, सोमबार भवनको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिन्। अस्पतालले १४ करोड ३५ लाख रुपैयाँ खर्च गरेर सुविधासम्पन्न भवन बनाउन लागेको हो...
सेतोपाटी संवाददाता काठमाडौंको हायात होटलको पार्किङबाट युरेनियमजस्तो देखिने पदार्थसहित आठ जना पक्राउ परेका छन्।, प्रहरीले सोमबार साँझ साढे पाँच बजे हायात होटलको पार्किङ क्षेत्रबाट नेपाली र भारतीयहरूलाई पक्राउ गरेको हो।, उनीहरूको साथबाट दुई किलो ८ सय ग्राम युरेनियमजस्तो देखिने पदार्थ बरामद भएको प्रहरी स्रोतले बताएको छ।,...
सेतोपाटी संवाददाता नेपालमा थप ६८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , पछिल्लो २४ घण्टामा थप ६८० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ७ हजार ९५ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , ४ हजार २५६ जनामा पिसिआर गर्दा ४९८ जनामा र २ हजार ८३९ जनाको एन्टिजेन परीक्षण ...
सेतोपाटी संवाददाता केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २४ वर्षपछि बलात्कार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। , संखुवासभा मकालु गाउँपालिका-१ घर भई काठमाडौंको इचंगुनारायण बस्ने ४० वर्षीय मिङ्तेम्बा शेर्पालाई प्रहरीले सोमबार पक्राउ गरेको ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। उनलाई प्रहरीले ठ...
युवराज श्रेष्ठ सराङकोटमाथि प्याराग्लाइडिङ फनफनी घुमाइयो। हावामा खेल्दा पनि हस्की जातको कुकुर ‘पर्ल’ डराएन। बरू पर्लका प्रशिक्षक मोहन पुन डराए। प्याराग्लाइडिङ फनफनी घुमाउन (एक्रोब्याट) रोक्न पाइलटलाई भनिरहे। मोहनभन्दा पर्ल सुरो देखियो।, पहिलो पटक प्याराग्लाइडिङमा कुकुर उडाउन पाइलट हरि गिरी पनि डराएका थिए। तालिम प्राप्त...
रासस नेपालमा अझै ५० प्रतिशत बाल क्यान्सर बिरामी उपचारको पहुँच बाहिर छन्। बर्सेनि एक हजार ५०० हाराहारीमा यस्ता बिरामी हुने र तीमध्ये आधामात्रै उपचारका पहुँचमा आउने जनाइएको छ।, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशभरका १२ क्यान्सर परीक्षण हुने अस्पतालको तथ्यांक संकलन गर्दै आएको छ।, अस्पतालका बाल क्यान्सर रोग विशे...
राजु अधिकारी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डाक्टर सञ्जीवकुमार शर्मा त्यसबेला स्तब्ध भए, जब आफ्नै नेतृत्वको एउटा ‘रिसर्च’ को नतिजा उनी नियाल्दै थिए।, चार वर्षदेखि नेपालको सर्पदंश समस्याबारे अनुसन्धान गरिरहेका उनको टिमको नतिजाले भन्थ्यो, ‘नेपालको तराई क्षेत्रमा मात्रै हरेक वर्ष सरदर ३ हजार मानिस...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप २०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार उपत्यकामा थप २०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। काठमाडौंमा १७०, ललितपुरमा २४ र भक्तपुरमा १५ संक्रमित थपिएका हुन्। , योसँगै अहिले उपत्यकामा ७ हजार ९०५ सक्रिय संक्रमित रहेको ...
दिपकजंग शाही सुर्खेतम ६ वर्षअघि सञ्चालन भएर पनि बन्द भएको प्याराग्लाइडिङ फेरि सुरू भएको छ। २०७१ देखि ०७२ सालसम्म कहिलेकाहिँ सुर्खेतको आकाशमा प्याराग्लाइडिङ गरिन्थ्यो।, सिद्धपाइलाको डाँडाबाट उडान गरी वीरेन्द्रनगर उपत्यकको खुलामञ्चमा अवतरण गर्ने गरिएको थियो। फाट्टफुट्ट दुई वर्ष चलेको प्याराग्लाइडिङ त्यसबेला विविध कारण ब...
सेतोपाटी संवाददाता गण्डकी सरकारले भोलि बुधबार सार्वजनिक बिदा दिएको छ।, मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश सरकार स्थापना भएको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।, गण्डकी सरकार २०७४ फागुन ४ गते निर्माण भएको थियो।, चौथो स्थापना दिवसमा गण्डकी प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ-संस्था, शिक्षण सं...
सेतोपाटी संवाददाता बालाजुमा दुई पैदलयात्रुलाई ठक्कर दिएर फरार रहेका बस चालकलाई प्रहरीले पक्राउ गरेको छ। , धादिङ सिद्धलेख गाउँपालिका-४ का २९ वर्षीय चालक प्रदिप थपलियालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका उनुसार थपलियालाई शुक्रबार धादिङबेशीबाट पक्राउ गरेक...
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका २० घडियाल गोही आज कसरास्थित राप्ती नदीमा छाडिएको छ।, दुई भाले र १८ पोथी गोही नदीमा छाडिएको हो। यीसँगै यस वर्ष १०७ गोही नदीमा छाडिएको हो।, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गोही नदीमा छोड्ने कार्यको शुभारम्भ गर्दै संरक्षण एक स...
रासस झापाको भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीमा काली मन्दिर पुनःनिर्माण गरिएको छ।, धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एक करोड ५० लाखको लागतमा काली मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम पौडेलले जानकारी दिए।, विसं २०२१ मा बाँसको टाटीबेरा गरी स्थापित काली मन्दिर २०२७ सालमा थप व्यवस्...
सेतोपाटी संवाददाता काठमाडौंको कीर्तिपुरमा बुवामाथि कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , बिहीबार अपराह्न साढे ५ बजे कीर्तिपुर नगरपालिका-६ पाण्डेछापस्थित मादक पदार्थ सेवन गरी दुई छोराले आफ्नै बुवामाथि कुटपिट गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी द...
खिलानाथ ढकाल गृह मन्त्रालयले नेपाल प्रहरीमा गरेको तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दरबन्दी प्रस्ताव मन्त्रिपरिषदमा अलपत्र परेको छ।, मन्त्रालयले केही समयअघि नै नेपाल प्रहरीमा तीन जना एआइजी थप्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो।, अर्थ मन्त्रालयको सहमति लिइकन गृहले पठाएको प्रस्ताव एक सातायता मन्त्रिपरिषदमा...
नारायण खड्का रूकुम पश्चिमको सर्केना प्रहरी चौकी खोलागाउँका प्रहरी जवान स्वयमं प्रकाश हमाल र दलबहादुर बुढा मंगलबार बिहान दश बजेतिर पैदल गस्तिमा निस्किए। , बाटोमा उनीहरूले एक जना जेष्ठ नागरिक हिँड्न नसकेर भुँइमै थुचुक्क बसेको अवस्थामा भेटे।, उनी चौरजहारी नगरपालिका वडा नं. ११ का १०२ वर्षीय जसबीर वली थिए। हमालले वलीलाई सो...
सेतोपाटी संवाददाता पौष शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत बुधबार रातभर जाग्राम बसी आज बिहान पवित्रस्थलमा फूलपाती विसर्जन गरेर समापन गरिएको छ । , पौष शुक्ल पूर्णिमादेखि नै सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन...
कृष्ण दबाडी/रासस पोखरा, फागुन १,  कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलाका पुष्पराज गौतम गाउँपालिकाको कार्यालय जानुपर्दा पोखरा भएर जाने–आउने गर्छन्। गाउँपालिकाको केन्द्र लाहाचोकमा आवत जावत गर्दा  हिउँदयाममा सेती नदीमा अस्थायी संरचनाबाट वारपार गर्न सकिने भए पनि बर्खा लागेपछि सार्दिखोलावासीका दुःखका दिन सुरु हुन्...
सेतोपाटी संवाददाता आजबाट जयनगर-कुर्था रेलमार्गमा रेल चल्ने भएको छ। तत्कालका लागि यात्रु बिनाको रेल चलाउन लागिएको हो। आजदेखि उद्घाटन नभएसम्म नियमित ‘ड्रायरन’ गर्न लागिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए। , जनकपुरदेखि जयनगरसम्म रेल चलाउन लागिएको हो। औपचारिक रूपमा रेल उद्घाटन गरेपछि मात्रै यात्र...
रासस भारतीय सीमासँग जोडिएको बाँकेको राप्तीपारिका बासिन्दालाई स्वास्थ्यकर्मीले गाउँमै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।, राप्ती सोनारी गाउँपालिका–४ अन्तर्गत पर्ने भारतीय सीमा क्षेत्रमा रहेका गुर्दनगौडी, महेशपुर, खयरभट्टी, बासखोली र चुनभट्टीलगायत गाउँका १०९ लाई कोरोनाविरुद्धको खोप दिइएको गाउँपालिका स्वास्थ्य श...
रासस सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलिब्रिज भाँचिएको छ।, मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरूण नदीमा निर्माण गरिएको बेलिब्रिज भाँचिएको हो। शनिबार दिउँसो निर्माण सामग्री बाकेको ‘लो वेट’ ट्रक तार्ने क्रममा बेलिब्रिज भाँचिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए।, प्रजिअ खतिव...
सेतोपाटी संवाददाता कोभिड–१९ को तेस्रो लहर ‘ओमिक्रोन’को जोखिम बढेको भन्दै बन्द भएका शैक्षिक संस्थाहरू आजबाट खुल्ने भएका छन्।, यसै अनुसार अधिकांश शैक्षिक संस्थामा आजबाट भौतिक रूपमै विद्यालय तथा कलेजमै पठनपाठन सुरू हुन लागेको हो।, माघको पहिलो सातामा सरकारले विद्यालय तथा कलेजमा करिब एक महिना भौतिक रुपमा पठनपाठन नगर्न नगरा...
एजेन्सी पाकिस्तानमा इस्लाम धार्मिक ग्रन्थ कुरानको अपमान गरेको भन्दै एक जनाको निर्मम हत्या गरिएको छ।, डन समाचार पत्रका अनुसार पाकिस्तानको पन्जाब प्रान्तको खानेवाल जिल्लाको विकट गाउँमा शनिबार एक पुरूषको हत्या भएको हो।, समाचारमा उल्लेख भएअनुसार ती पुरूषले सुरूमा कुरानका केही पाना च्यातेको र पछि तिनलाई जलाएको आरोपमा स्थान...
सेतोपाटी संवाददाता कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बार, सिनेमा हललगायत व्यवसाय आजबाट खुल्ने भएका छन्।, कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को सिफारिस अनुसार डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्...
निशा भण्डारी ललितपुरको ठेँचोका नेवारी बस्तीमा आइतबार माधवनारायणको जात्रा देखाइएको छ। श्रीस्वस्थानी व्रतकथामा आधारित माधव नारायण जात्रा मनाइएको हो।, हरेक पुस शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म हरेक दिन ठेचो बस्तीमा भजन किर्तनसहित टोल घुमिन्छ। शुक्ल द्वादशी र माघ शुक्ल त्रयोदशीको दिन भने विशेष झाँकी सहित...
नवीनबाबु गुरूङ आइतबारदेखि देशभरिका शिक्षण संस्था फेरि खुलेका छन्।  कोरोनाभाइरसको तेस्रो लहर फैलिएपछि सरकारले शिक्षण संस्था  बन्द गरेको थियो। , ओमिक्रोनको संक्रमण मत्थर हुँदै गएपछि आइतबारदेखि विद्यालय, कलेज र विश्वविद्यालयको पढाइ र परीक्षा सुरू भएको हो। , यो बीचमा सरकारले विद्यालय बन्द गरेर १२ वर्षमाथिका विद्यार्थीलाई ...
रोहित महतो जनकपुर-जयनगर व्यवसायीक रूपमा रेल सञ्चालन हुनु अगाडि ट्रायल सुरू भएको छ। ट्रयाक क्लियर गर्नुका साथै रेलको प्राविधिक अवस्था बुझ्न आइतबारबाट रेलको ‘ड्राइ रन’ सुरू गरेको हो।, आइतवार दिउँसो धनुषाको जनकनन्दनी गाउँपालिकास्थित इनरूवा रेल स्टेशनमा पार्किङ गरी राखिएको रेल जनकपुरधामस्थित कुर्था स्टेशनसम्म पुगेर इनर्वा...
सेतोपाटी संवाददाता बुटवलको एभरेस्ट बोर्डिङ स्कुलको बस दुर्घटना भएको छ।, बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतिनगरमा बस दुर्घटना हुँदा १० जना विद्यार्थी घाइते भएका छन्। , एभेरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस ज्योतिनगरको ओरालोमा ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।, बसको ब्रेक भएपछि बसका चालक कृष...
मनिका विश्वकर्मा तपाईं फिल्म हेर्नुहुन्छ नि! फिल्म सुरू भएपछि तपाईंका आँखा कहाँ कहाँ डुल्छन्! , अधिकांश दर्शकका आँखा तिनका मुख्य पात्रको अनुहारमा जान्छ। कथाअनुसार पात्रको अनुहार मिल्ने हुनुपर्छ। कुनै युवतीलाई 'आमा' भूमिकामा अभिनय गराउनु छ भने उनको अनुहारमा आमाकै झल्को दिनुपर्छ। र, यो काम गर्छन् मेकअप आर्टिस्टले।, कलाक...
सेतोपाटी संवाददाता प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। , सभामुख सापकोटाले बैठक बोलाएको प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए। , उनका अनुसार बैठक सोमबार दिउँसो २ बजे सिंहदरबारमा बोलाएका हुन्।, आइतबार सत्तारूढ दल तीन दलका ९८ जना सासंदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरूद्ध महाअभ...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार किलो ८४० सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन्। , शनिबार बिहान विमानस्थल भन्सार कार्यालयले सुनसहित झाङ्ग लीलाई पक्राउ गरेको प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए। , ली हिमालयन एयरलाइन्सको उडान नम्बर एच ९५६६ मार्फत् शनिबार बिहान साढे ९ बजे दुबईबा...
प्रलाद आचार्य दोलखाको भिमेश्वर भीमेश्वर मन्दिरमा भीमा एकादशी मेला लागेको छ। , एघार लघुरूद्री, होम यज्ञ र रातभर बत्ती बालेर भीमेश्वर मन्दिरमा भीमा एकादशी पर्व मनाइएको हो। , मेलाका लागि भीमेश्वर मन्दिरलाई फूल तथा बत्तीले सजाइएको थियो। भक्तजनहरू आफ्नो मनोकामना पूरा गर्न, आ-आफ्ना ब्यवसाय, बालीनाली फस्टाओस् भनेर भीमेश्वरमा...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप १५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आइतबार थप १५० जनामा संक्रमण पुष्टि भएको हो। , काठमाडौंमा ९७ जना, ललितपुरमा ४४ र भक्तपुरमा ९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। , योसँगै उपत्यकामा हाल सक्रिय संक्रमितको संख्य...
सेतोपाटी संवाददाता ललितपुरबाट प्रहरीले एक हजार ५३५ थान लागु ‍औषधसहित दुई जनालाई पक्राउ गरेको छ।, ललितपुर महानगरपालिकाको सानेपा कालोपुल नजिकैबाट दुई जनालाई शुक्रबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक (एसपी) शिद्दीबिक्रम शाहले जानकारी दिए। , पक्राउ पर्नेमा सर्लाही डुमरिया नगरपालिका-२ घर भई हाल ...
सेतोपाटी संवाददाता कपिलवस्तुमा प्रहरीले सात थान भरूवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा वाणगंगा नगरपालिका-९ चौवाका ६० वर्षीय रामसमुज थारू, अर्घाखाँचीका शितगंगा नगरपालिका-१४ बस्दै आएका ५० वर्षीय वीरबहादुर सोमै मगर र २८ वर्षीय खिमबहादुर मगर छन्।, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरिक्ष...
सेतोपाटी संवाददाता नेपालमा थप ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , आइतबार थप ५२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।, १० हजार ११५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार ३७ जनाको पिसिआर गर्दा ४२७ र ४०७८ जनाको...
सेतोपाटी संवाददाता बिना सुनुवाइ चार दशकसम्म भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिनाले ८ लाख रुपैयाँ क्षतिपूर्ति पाएका छन्।, कलकत्ता उच्च अदालतले तिम्सिनालाई तत्काललाई पाँच लाख भारू क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको थियो।, कलकत्तास्थित नेपाली महावाणिज्यदूत ईश्वर पौडेलले आइतबार झापाको काँकडभित्ताम...
रासस सरकारले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि सुख्खा बन्दरगाह एवं एकीकृत जाँच चौकीको निर्माण, सञ्चालन र व्यवस्थापन गर्न नेपाल इन्टरमोडल यातायात विकास समिति स्थापना गरेको छ।, दुई दशक अगाडि स्थापना भएको समितिले वैदेशिक व्यापार प्रवर्द्धन तथा सहजीकरण क्षेत्रमा गैरभन्सारजन्य अवरोध न्यूनीकरण एवं व्यापारिक कारोबारजन्य...