content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ५७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको १२ हजार ६९२ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ८५८७ पिसिआर परीक्षणबाट ११८४  र  ४१०५ एन्टिजेन परीक्षणबाट ७७३ ज...
सेतोपाटी संवाददाता संस्कृतिविद् सत्यमोहन जोशीको छातीमा निमोनियाको संक्रमण देखिएको छ।, गत राति स्वास्थ्यमा समस्या आएपछि मंगलबार बिहान १२: ५४ बजे उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो।, ‘उहाँको छातीमा निमोनियाको संक्रमण देखिएको हुँदा सो नियन्त्रणको लागि एन्टिबायोटिक सुरू गरिएको छ’, मंगलबार अपरान्ह प्रेस विज्ञप्ति जारी...
रासस गण्डकी प्रदेशमा जिपिएससहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइने भएको छ। , प्रदेश स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा प्रेषण केन्द्र स्थापना गरी एम्बुलेन्स सञ्चालनमा ल्याउन लागिएको हो।, यसका लागि स्वास्थ्य निर्देशनालय र रेडक्रस सोसाइटीबीच सम्झौता प्रारम्भ भएक...
सेतोपाटी संवाददाता स्रोत नखुलेको ७० लाख नगदसहित एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। , मंगलबार दिउँसो स्रोत नखुलेको रकमसहित बालाजु बाइपासबाट एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए। , नुवाकोट घर भई ककनी गाउँपालिका-३ मा बस्ने २९ वर्षीय नवराज ढ...
सुशिला रेग्मी पूराना धार्मिक सम्पदा मास्ने क्रम बढी रहेको छ। आधुनिक खालका घर भवन बन्ने क्रम धमाधम भइरहेको छ। ऐतिहासिक महत्व बोकेका धार्मिक सम्पदाको संरक्षण नहुदा गाउँघरमा हराउन पुगेका छन्।, ऐतिहासिकता झल्काउने धार्मिक सम्पदा भएपनि महत्वलाई पहिचान गर्न नसक्दा अस्तित्व नै नरहने गरी हटाउन थालिएको छ। पाल्पा रामपुरमा रहेको...
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडा मारेर फरार भएका एक व्यक्ति २३ वर्षपछि पक्राउ परेका छन्।, २०५५ सालको कात्तिक २८ गते निकुञ्जको अमृते पोष्टबाट करिब डेढ किलोमिटर पूर्वतर्फ खाडलमा गैंडा पारी मारेर खाग चोरी गरेको अभियोगमा निकुञ्जले १२ जनाविरूद्ध मुद्दा चलाएको थियो। उनीहरूमध्ये फरार रहेका चितवनको ...
सेतोपाटी संवाददाता भारतको इन्दिरा गान्धी खुला विश्वविद्यालय (इग्नु) बाट अध्ययन गरेर फर्किएका विद्यार्थीहरू समकक्षता पाउनुपर्ने भन्दै त्रिविविरुद्ध आन्दोलनमा उत्रिएका छन्।, विद्यार्थीहरुले मंगलबार दिउँसो माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। समकक्षता संघर्ष समितिका संयोजक तथा अनेरास्ववियुका केन्द्रिय सदस्य सुधन महतका अन...
सेतोपाटी संवाददाता केही दिनयता रोकिएका वर्षा र हिमपात फेरि सुरू हुने भएको छ। , मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि शुक्रबारसम्म देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना छ। , हाल देशमा पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली भई सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्र...
सेतोपाटी संवाददाता वाङ्मय शताब्दी पुरूष एवं संस्कृतिविद् डा सत्यमोहन जोशीको स्वास्थ्य अवस्था सुधारोन्मुख हुँदै गएको अस्पतालले बताएको छ। छातिमा समस्या भएपछि मंगलबार दिउँसो उनलाई ग्वार्काेस्थित किष्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो। , छातीमा निमोनिया देखिनाका साथै हुनुपर्ने जति अक्सिजन स्याचुरेसनको मात्रा काम भएर स्वासप...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले कमलपोखरीको उद्घाटन गर्ने तयारी गरेको छ। , पुनर्निर्माणको अन्तिम चरणमा रहेको कमलपोखरी अबको १५ दिनभित्र उद्घाटन गर्ने तयारी रहेको महानगरका प्रमुख विद्या सुन्दर शाक्यले जानकारी दिए। कमलपोखरी सौन्दर्यकरण योजना अनुरुप ९ वटा चैत्यको आज विधिगत रूपमा प्रतिस्थापन गर्दै प्रमुख शाक्यले ...
सेतोपाटी संवाददाता सुनसरीको कोसी गाँउपालिका-६ स्थित पूर्व-पश्चिम राजमार्गमा स्कार्पियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, मंगलबार राति भएको दुर्घटनामा पाँच जना घाइते रहेको प्रहरीले जनाएको छ।, मृत्यु हुनेमा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-५ का ५० वर्षीय दिलीप मण्डल छन्।, यस्तै, घाइतेहरूमा कंकालिनी नगरपालिका-५ ...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेको नाम लिएर ठगी गरेको आरोपमा एक पक्राउ परेका छन्।, प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं. २ का २५ वर्षीय कमल घर्ती मगर दाङका प्रहरी प्रमुख एसपी काफ्लेको नाम लिएर सर्वसाधारणबाट अनुचित लाभ लिएको गुनासो आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश क...
रासस संखुवासभाको खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। , तुम्लिङटारदेखि वीरगञ्जतर्फ जाँदै गरेको ट्रक दुर्घटना हुँदा गोरखा नगरपालिका-४ का चालक मिलन मग्रातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए। , आज बिहान ७ बजे प्र.२–०–३००१ ख ४३० नम्बरक...
सेतोपाटी संवाददाता चन्द्रागिरिमा हिउँ खेल्न गएका पाँच जना हराएपछि उद्धार गरिएको छ।, महानगरीय प्रहरी वृत्त थानकोटले हराइरहेका एकै परिवारका पाँच जनालाई गए राति उद्धार गरेको हो।, चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ महादेवस्थानका उनीहरू आइतबार हिउँ खेल्न गएका थिए। बेलुकीसम्म पनि घर नफर्केपछि उनीहरूको खोजी गरिएको थियो।, ५ जन...
रासस सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुई जनाको हत्या भएको छ।, आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीय ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्याल...
सेतोपाटी संवाददाता रूपन्देहीको बुटवलमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा परि दुई जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ।, सोमबार बिहान करिब ५ बजे बुटवल उपमहानगरपालिका १२, तामनगरस्थित कोरियन टेक्निकल कलेज अगाडि कार र ट्रक ठोक्किँदा दुर्घटना भएको हो।, ईलाका प्रहरी कार्यालय र...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका भित्र रहेका विद्यालयमा पढ्ने विद्यार्थीले आजदेखि कोरोनाविरूद्ध दोस्रो मात्राको खोप लगाउन पाउने भएका छन्।, १२ वर्षदेखि १७ वर्ष उमेरका विद्यार्थीले आजदेखि फागुन ५ गतेसम्म फाइजरको दोस्रो मात्रा खोप लगाउन पाउने भएका हुन्।, शनिबारबाहेक अन्य दिनमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म ख...
सेतोपाटी संवाददाता नवनियुक्त शाखा अधिकृतहरूले पदस्थापनाका लागि निकाय/कार्यालय छनौट गर्नुपर्ने भएको छ।, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत विवेक विडारीका अनुसार शाखा अधिकृतहरूलाई कार्यालय छनौट गर्न मंगलबारसम्मको समय दिइएको छ।, माघ १८ को निर्णयअनुसार नियुक्त भएका शाखा अधिकृतले मंगलबार अपरान्ह ५ बजे...
सेतोपाटी संवाददाता सरकारले कोरोनाबाट आक्रान्त बनेको जनजीवनलाई थप सहज बनाएको छ।, काठमाडौं उपत्यकालगायतका कोरोनाको जोखिम भएका विभिन्न स्थानमा सवारीसाधनमा लागेको जोरबिजोर प्रणाली हटेको छ।, फिल्महल, जिमखाना, खेलकुद गतिविधि र मठ मन्दिर जस्ता आर्थिक तथा भौतिक गतिविधिलाई सञ्चालन गरेर जनजीवनलाई थप सहज बनाएको हो। , पछिल्लो समय...
सेतोपाटी संवाददाता पर्सामा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आमा-छोरीको मृत्यु भएको छ।, जिराभवानी गाँउपालिका-४ भवानीपुरका ३० वर्षीया विद्यादेवी थारू र उनकी छोरी ४ वर्षीया अन्या कुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले जानकारी दिए।, आइतबार सुपौलीबाट पाण्डेपुरतर्फ जाँदै ...
सेतोपाटी संवाददाता रूकुम पश्चिममा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ। , जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर ९ का ५२ वर्षीय बिने बटाला सोमबार मृत फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी ध्रुबकुमार श्रेष्ठले सेतोपाटीलाई बताए। , बटाला वडाकै राडी बजारमा बिहे भोज खान गएका व्यक्ति हुन्।, ‘उहाँले यसअघि पनि मदिरा से...
रासस ताप्लेजुङमा विद्युतको पोलबाट खसेर आज एक कर्मचारीको मृत्यु भएको छ।, पोलमा चढेर बिजुली बनाउने क्रममा पोलबाट झरेर नेपाल विद्युत प्राधिकरण, ताप्लेजुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको हो।, प्रहरीका अनुसार मृत्यु हुनेमा वितरण केन्द्रमा प्राविधिक कर्मचारीका रूपमा कार्यरत फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइ...
सेतोपाटी संवाददाता दाङ प्रहरीले साढे सात किलो बढी चरेशसहित दुई व्यक्ति पक्राउ गरेको छ। , पक्राउ पर्नेमा रूकुम पूर्वको भूमे गाउँपालिका वडा नं. ९ चुनबाङ  घर भई हाल दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ नयाँ बसपार्कमा डेरा गरी बस्ने ५० वर्षीय दलबहादुर कामी र भूमे-९ घोराही १८ गिठेपानी बस्ने ५९ वर्षीय कर्णबहादुर पुन छन्। ...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७० जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ११ हजार ३६५ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार १०२२ पिसिआर परीक्षणबाट र ५४८ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्ट...
मन्दिरा घिमिरे २०७२ सालको संविधान बनेपछि देश विधिवत् रूपमा संघीयतामा गयो। संघीय व्यवस्थाअनुसार २०७४ मा स्थानीय निर्वाचन भयो। २० वर्षपछि भएको उक्त स्थानीय चुनाव २०५४ सालमा भएको चुनावजस्तो थिएन।, चुनावपछि ‘गाउँ-गाउँमा सिंहदरबार’ आएको चर्चा भयो। नेपालीको मनमा सिंहदरबारका दुई छाप छन्। एक, यो निकै भव्य छ। तिहारमा देउसी भैल...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ४३७ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३५०, ललितपुरमा ५९  र भक्तपुरमा २८ संक्रमित थपिएका छन्।, यस्तै काठमाडौं उपत्यकामा १९ हजार १०४ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ९३९६, भक्तपुरमा २६७२ र ललितपुरमा ७०३६ सक्रिय संक्रमित छन्।, नेपालमा प...
रासस झण्डै दुई महिनादेखि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज ठप्प छ ।, विश्वविद्यालयमा रिक्त डिन, सहायक डिन, निर्देशक, सहायक परीक्षा नियन्त्रकलगायतका पदको नियुक्तीप्रति असन्तुष्ट भएका विद्यार्थी सङ्गठनले गत पुसमा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थि...
रासस वैदेशिक रोजगारीका लागि मलेसियाको जोहार बरुमा रहेका कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका–१२ दुवाहाका अन्दाजी २५ वर्षीय राजेन्द्रबहादुर चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ।, नौ दिनअघि मोटरसाइकलमा जाँदै गरेका चौधरीको दुर्घटनामा परेर मृत्यु भएको हो। मृतकको शव जोहारको अस्पतालमा राखिएको छ।, चौधरी मलेसियाको मेट्रोनिक ...
सेतोपाटी संवाददाता नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।, पश्चिमी वायुकाे प्रभावका कारण  देशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ।, महाशाखाका अनुसार आज प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सा...
युनिक श्रेष्ठ चिसो मौसममा झरी पर्नेबित्तिकै काठमाडौं उपत्यका वरिपरिका डाँडामा हिउँ पर्छ। हिउँ परेपछि नरमाउनु पनि कसरी!, न्यानो कपडा, बाक्लो जुत्ता र पञ्जा लगाएर नजिकैको कुनै गन्तव्यमा हिउँ खेल्न जानेको लर्को नै लाग्छ। अचेल यसरी हिउँ खेल्न चाहनेहरू कि त फुल्चोकी जान्छन् कि चन्द्रागिरि। अलि टाढा पुग्नुपरे नगरकोटसम्म पुग...
सविता बुढा डेढ वर्षअघि बेलौरीपारि लालझाडीका ६० वर्षीय सादुराम राना दोदा नदी तर्ने क्रममा बगेर बेपत्ता भए।, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयबासीले खोजी गरे तर सादुराम पनि फेला परेनन् ।, गत वर्षातमा मजदुरी गरेर फर्किंदै गरेका एकजना स्थानीयवासी दोदा तर्दै गर्दा उनको साइकल नदीले बगायो। आफू जसोतसो जोगिए।...
सेतोपाटी संवाददाता बेलायत सरकारले कोभ्याक्समार्फत उपलब्ध गराएको कोराना भाइरस विरुद्धको खोप एस्ट्राजेनेकाको सोमबार ८ लाख ६२ हजार ८० मात्रा नेपाल आइपुगेको छ।, बेलायत सरकारले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने २१ लाख ७४ हजार मात्रामध्येको खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्...
रासस नेपालको एकमात्रै शिकार आरक्ष ढोरपाटन शिकार आरक्षमा हिउँले कठ्याङ्ग्रिएर एक रतुवा (मृग) को मृत्यु भएको छ।, शिकार आरक्ष क्षेत्रको माथिल्लो बुकी तथा जङ्गल क्षेत्रमा बाक्लो हिमपात भएपछि जाडो छल्न ढोरपाटन उपत्यका झरेको रतुवा हिउँमा फसेर मरेको हो।, ढोरपाटन शिकार आरक्ष कार्यालयको उत्तरतर्फको जंगलमा मृत रतुवा हिउँले पुरि...
एजेन्सी भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या ६३ हजारमा झरेको छ।, महामारीको तेस्रो चरण सुरू भएपछिको पछिल्लो एक महिनापछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम भएको यो लगातार दोस्रो दिन हो। यसअघि आइतबार पनि १ लाख भन्दा कम संक्रमित फेला परेका थिए।, कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थाल...
नारायण न्यौपाने सरकारले मुलुकको पहिचान अभिवृद्धि र सम्बन्ध विस्तारलाई खेलकुद विधासँग जोडेर लैजाने सोच अघि सारेको छ। स्वच्छ, व्यावसायिक र प्रविधिमैत्री खेलकुद विकास र विस्तार गर्ने सोचका साथ स्वस्थ, सक्षम र अनुशासित नागरिक तयार गरी अन्तर्राष्ट्रिय जगत्मा राष्ट्रको सम्मान अभिवृद्धि गर्दै पहिचान स्थापित गर्ने लक्ष्य राखि...
सेतोपाटी संवाददाता प्रहरीले कपिलवस्तुबाट पाँच हजार किलो केराउ बरामद गरेको छ।, सोमबार राति प्रहरीले यशोधरा गाउँपालिका-७ मर्यादपुरबाट भारतको इटवातर्फ जाँदै गरेको भारतीय ट्रक नियन्त्रणमा लिएको हो।, भारत गइरहेको युपी ५५ टी २२९५ नम्बरको ट्रक चेकजाँच गर्दा उक्त परिमाणको केराउ बरामद भएको कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब...
रासस हवाईमार्गबाट पवित्र तीर्थ गोसाइँकुण्ड जाने तीर्थयात्रु हिउँहुरीका कारण प्रभावित भएका छन्। हेलिकोप्टरबाट गोसाइँकुण्ड जाने तीर्थयात्रीको बुकिङअनुसार कार्यतालिका बनाइए पनि उड्ने समयमा प्रायःजसो अत्यधिक मात्रामा हिउँहुरी चल्न थालेपछि निर्धारण गरिएका उडान पटक–पटक स्थगन गर्नुपरेको हेलिकोप्टर कम्पनीहरूले जनाएका छन्।, एय...
रासस गएको चार महिनादेखि पहिरो गएर अवरुद्ध भएको मेची राजमार्ग खुलेको छ। पहिरो झरेर छिनेको इलाम सदरमुकामस्थित धोबीधारा नजिकैको सडक मर्मतपछि सोमबार साँझदेखि खुलेको हो। मर्मत भएको सडक कच्चीरूपमा खोलिएको, एकतर्फी सडक सञ्चालनमा आएको बताइएको छ। पहिरो झरेको माथिल्लो भागको भित्तो कोपरेर सवारीसाधन गुड्ने गरी सडक निर्माण गरिएको ...
सेतोपाटी चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोष्ट नजिकै काभ्रेताल छेउमा अन्दाजी दुई वर्षको गैंडा मृतावस्थामा फेला परेको छ। , बाघको आक्रमणबाट गैंडा मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।, गैंडाको खुर सुरक्षित रहेको र उमेरका कारण खाग पलाउने अवस्था नरहेको उनले बताए। निकुञ्जमा चालू आर्थिक वर्षमा दुई...
रासस हुम्लाको अन्तरजिल्ला जोड्ने हवाई सेवा पाँचौं  दिनपछि सञ्चालनमा आएको छ। सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको हो। विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, विमानस्थल सुरक्षा गार्डमा खटिएका सुरक्षाकर्मी, जडीबुटी व्यवसायीलगायतको सक्रियतामा हिउँ फालेपछि हवाईजहाज सञ्चालनमा आएको हो।, पाँच द...
सेतोपाटी संवाददाता गोरखामा हिउँ खेल्न गएका दुई जना किशोर बेपत्ता भएका छन्। , पाँच दिनदेखि दुई जना किशोर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए। , बारपाक सुलिकोट गाउँपालिका-१ का १६ वर्षीय करण घले र २ का सञ्जय घले माघ २० गते देखि बेपत्ता छन्। उनीहरू दुबै जना साथी...
दुर्गा देवकोटा/रासस कैलालीकी रुपा हिजोआज सम्मानजनक व्यवहारका कुरा गर्छिन्।, १३ वर्षको उमेरमा विवाह गरेकी रुपाका श्रीमान् जागिरे हुन्। तीन सन्तानकी आमा उनले श्रीमानबाट कहिल्यै राम्रो व्यवहार पाइनन्।, पतिले उनलाई कहिल्यै राम्रो बोलिबचनसम्म गरेनन्। सन्तान नहुर्कुञ्जेल रुपाले यी व्यवहार सहेर बसिन्। सन्तान हुर्किसकेपछि उनल...
रोहित महतो फागुन १ गतेदेखि नेपालमा रेल चल्ने भएको छ।, जनकपुरदेखि जयनगरसम्म रेल चलाउन लागिएको हो। औपचारिक रूपमा रेल उद्घाटन गरेपछि मात्रै यात्रु बोक्न थालिनेछ।, अहिले सर्वसाधारणलाई सचेतनाका लागि रेल चलाउन लागिएको छ। दिनमा एक पटक रेल चलाउने तयारी छ।, यात्रु नबोकी फागुन १ देखि दिनमा एकपटक रेल चलाउन लागिएको रेल्वे कम्पनीक...
सेतोपाटी संवाददाता काठमाडौँ महानगरपालिकाले माघ २४ देखिदेखि आगामी फागुन ५ गतेसम्म कोरोनाविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ।, जिल्ला खोप समन्वय समिति काठमाडौँको माघ २० को निर्णयअनुसार फाइजरको दोस्रो मात्रा खोप लगाउने सूचना सार्वजनिक गरेको हो।, महानगरको स्वास्थ्य विभाग प्रमुख बलराम त्...
रासस प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ।, यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिनेछ।, विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा गर्ने गरेको यसवर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले घरघरमा नै ...
रासस जुम्लास्थित तातोपानी गाउँपालिका ८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर मृत्यु भएको छ।, हिमपातबाट ३८ वर्षीय जैकुवाँरा शाहीको मृत्यु भएको स्थानीयवासी देवीलाल शाहीले जानकारी दिए।, उनकाअनुसार गाउँकै पाटनमा सेतक चिनी (खिरौंला) कोर्न गएको बेला उनको माघ २१ गते मृत्यु भएको हो।, ‘पाटनमा सेतक चिनी कोर्न गएको दिन म...
रासस प्रहरीले झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिक लाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा भारतको दार्जीलिङस्थित चुनिलाल गाउँका २५ वर्षीय मोहम्मद सुल्तान र २७ वर्षीय रञ्जित गणेश छन्।, उनीहरुलाई १५ ग्राम ब्राउनसुगरसहित शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन...
सेतोपाटी संवाददाता कोभिड–१९ र यसका कारण नेपालमा परेको प्रभावबीच रगत अभाव हुन नदिन शनिबार काठमाडौंको बसन्तपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। , सामाजिक उत्तरदायित्व वहन गर्दै लायन्स क्लव, रोटरी क्लव, किवानिज क्लव, र अप्टिमिस्ट क्लवको संयुक्त आयोजनामा भएको कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए।, कोरोना संक्रमणका का...
नारायण खड्का इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्याललाई शनिबार बेलुकी ९ बजेतिर फोन आयो। फोनमा टेकबहादुर विक बोले। उनी तुलसीपुर ८ दुधेनाका हुन्।, उनले सल्यान कालिमाटी वडा नम्बर ४ का ४० वर्षका खिमबहादुर वली (नवीन) तुलसीपुरबाट अपहरणमा परेको डिएसपीलाई जानकारी गराए र खोजी गरिदिन भने। वली एक मन्दिरका कर्मचारी ...
रासस म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी जोड्ने बैकल्पिक सडक निर्माण भएको छ।, अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी र टिकोटदेखि ठुलाखर्क, प्यारीभारानी ताल हुँदै सडक सञ्जाल जोडिएको हो।, यसबाट घोडेपानी, घराम्दी, टिकोटका बासिन्दाको साथै घोडेपानी घुम्न जाने पर्यटकलाई आवत जावतमा ...
सेतोपाटी संवाददाता गत बिहीबार र शुक्रबार परेको हिमपातले यहाँको हवाई सेवा अवरूद्ध भएको छ। यहाँको विमानस्थलमा बाक्लो हिउँ जमेको  छ।, मौसममा सुधार आएसँगै हिउँ शनिबारदेखि नै पन्छाउन सुरु गरिएको सिमकोट विमानस्थलले जनाएको छ। साढे दुई फिटसम्म  हिउँ जमेपछि जिल्लाको एकमात्रै विमानस्थल चार दिनदेखि ठप्प छ। , हिमपातले चार दिनदेखि...
रासस भारी हिमपातका कारण सिद्विचरण राजमार्ग  अवरुद्ध बनेको छ। गत बिहीबार रातिदेखि सोलुको उच्च भागमा हिमपात हुँदा तीनदिनदेखि राजमार्ग बन्द भएको हो।, सडक अवरुद्ध हुँदा हिमाली जिल्ला सोलुमा सवारी आवागमन ठप्प बनेको छ। सडकमार्गबाट जिल्ला भित्रिने मुख्य नाका पत्ताले क्षेत्रमा बाक्लो हिउँ जम्दा शुक्रबार बिहानदेखि सवारी आवागमन...
रासस कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकोप्टर पठाउने तयारी गरेको छ। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेका उनीहरुको तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकोप्टर पठाउन लागेका हुन्। मुख्यमन्त्री शाहीले हेलिकोप्टर जाजरकोट र जुम्लाको सीमाम...
रासस हिमपातका कारण बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग चार दिनदेखि अवरुद्ध भएको छ। सो राजमार्गको खोडपे, दुदिलाखान, ढोल्यामोड र श्रीभावरलगायतका स्थानमा जमेको बाक्लो हिउँ परेपछि यातायातका साधन आवत जावत गर्न रोकिएको थियो।  , राजमार्ग अवरुद्ध हुँदा काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीबाट छुटेका र बझाङबाट बाहिरी ...
सेतोपाटी संवाददाता विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्र भित्र रहेको ऐतिहासिक भिमसेन मन्दिरको पुनर्निर्माण सकिएको छ।, भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिमार्फत समुदायको अगुवाईमा तीन वर्ष भित्रमा मन्दिर पुनर्निर्माण सम्पन्न भएको हो।  , मन्दिर पुनर्निर्माणमा ४ करोड ९३ लाख रकम खर्च भएको समितिले जनाएको छ। , प...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५६६ जनामा कोरोना पुष्टि भएको हो।, जसमध्ये काठमाडौंमा ४१०, ललितपुरमा १२४ र भक्तपुरमा ३२ जना संक्रमित थपिएका हुन्। , योसँगै उपत्यकामा २१...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाभित्र यातायातमा लागु जोर-बिजोर हटाउन सिफारिस गरिएको छ।, कोरोना संक्रमणदर घट्दै गएको भन्दै सिसीएमसीको आज बसेको बैठकले जोर-बिजोर हटाउन सिफारिस गरेको हो।, अहिले निजी सवारी साधन र ट्याक्सीहरूमा जोर-बिजोर प्रणाली लागु थियो।, आफूले ट्याक्सीलगायत सवारीमा रहेको जोर-बिजोर प्रणाली हटाउन सरकारस...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरू (सिडिओ) छलफल गर्न बैठक बस्ने भएका छन्।, आइतबार ५ बजे बैठक बस्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। , बैठकमा काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका सिडिओहरू सहभागी भई आदेश जारी गर्ने उनले बताए।  , उपत्यकामा नि...
रासस गएको बिहीबार रातिदेखि परेको भारी हिमपातले यहाँका अग्ला डाँडा सेताम्मे बनेका छन्। जिल्लाको लेखफाँट, शालिजा, बनौं, भुकताङ्ले, देउपुर, पञ्चासे, डहरेदेउराली, क्याङ, चिसापानी, गोल्र्याङलगायत ठाउँमा भारी हिमपात भएको छ। शुक्रबार दिनभरजसो वर्षा र हिमपात भयो । शनिबार बिहानदेखि मौसममा सुधार आएसँगै हिउँ खेल्न जानेको लर्को न...
सेतोपाटी संवाददाता नेपालमा थप १३ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार पछिल्लो २४ घण्टामा थप १३ सय ८६ जनामा कोरोना पुष्टि भएको हो। , ९ हजार २५१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , ६ हजार ४४३ जनाको पिसिआर गर्दा ११८३ ...
नारायण खड्का तुलसीपुर उपमहानगरपालिका-१८ बेलझुण्डीस्थित गाई संरक्षण केन्द्रका १४ गाई एकै दिन मरेका छन्। , शुक्रबार १४ र शनिबार थप एउटा गरी दुई दिनमा १५ वटा गाई मरेका छन्।   , योगी आदित्यनाथ फाउन्डेसन केन्द्रका गाईहरू धमाधम मरेपछि जिल्लास्थित सरकारी अधिकारीहरूले चासो व्यक्त गरेका छन्।  , केन्द्रका अध्यक्ष अनिल बिष्टले आ...
सेतोपाटी संवाददाता लमजुङमा पुनः भूकम्पको धक्का महसुस गरिएको छ। जिल्लाको दोर्दी गाउँपालिका–८ बन्सार केन्द्र विन्दु भएर आज हपराह्न ३ः२७ बजे तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।, जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको स्थानीयवासीले बताएका छन्। जिल्ल...
सेतोपाटी संवाददाता बाँकेमा भएको एउटा अपहरणपछि हत्या आरोपित प्रतिवादी दस वर्षपछि पक्राउ परेका छन्। , नेपालगंज उपमहानगरपालिका-१० भृकुटी नगरका ३० वर्षीय सौभाग्य मल्ल दस वर्षपछि पक्राउ परेका हुन्। , बाँके प्रहरीको समन्वयमा मल्ल गोरखाबाट शुक्रबार पक्राउ परेका थिए। उनलाई पक्राउपछि बाँके ल्याएर आइतबार प्रहरीले सार्वजनिक गरेक...
वासुदेव पौडेल/रासस कला, संस्कृति र अनुपम प्रकृतिका कारण स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बन्दै गएको कास्कीको पर्यटकीय गाउँ सिक्लेस जाडो याममा हिउँ खेल्ने गन्तव्यका रूपमा पनि विकास हुने देखिएको छ।, जाडो याममा लगातर पानी परेसँगै हिउँ पनि पर्न थालेसँगै यस ठाउँलाई जाडोको याममा पोखराबाट नजिकै रहेको हिउँ खेल्ने गन्तव्यका ...
सेतोपाटी संवाददाता कोभिड–१९ को तेस्रो लहरको प्रभाव कम हुँदै गएको सन्दर्भमा बन्द शिक्षालय पुनः सञ्चालनका लागि गृहकार्य शुरू भएको छ।, शिक्षालयसँगै विभिन्न सेवा क्षेत्रको सञ्चालन र सहजीकरणबारे कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमी) ले आज शिक्षा क्षेत्रका अधिकारी र सरोकार भएकाहरुसँग गरेको छलफलमा उक्त गृहकार्य भएको हो। प...
सेतोपाटी संवाददाता सुनसरीको लौकहीमा बस र ट्रक एक आपसमा ठोकिएर आगलागी हुँदा कम्तिमा १६ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये केहीको जलेर मृत्यु भएको प्रहरीले आशंका गरेको छ।, भोक्राह नरसिंह गाउँपालिका र कोशी गाँउपालिकाको सीमामा पर्ने खुनिया पुलमा शुक्रबार राति ९ बजे भएको दुर्घटनामा भएको हो।, प्रहरीका अनुसार शुक्रबार रात...
सेतोपाटी संवाददाता राहदानी विभागको अनलाइन फारम किर्ते गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरस्थित विभागको हाता बाहिर अनलाइन फारम किर्ते गरी सेवाग्राहीहरूबाट रकम असुलेको आरोपमा तीन जनालाई पक्राउ गरेको हो। , उनीहरूलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले बिहीबार पक्राउ गरेको ...
रासस माघे झरी परेर चिसो वातावरण बने पनि माधवनारायणका बर्तालुलाई दोस्रो तीर्थयात्राका लागि रोकेन। राजधानीकै अग्ला पहाडमा हिउँ परिरहेका बेला माघे झरीमा भिज्दै बर्तालु साँखुस्थित शालिनदीबाट पैदल यात्रा गरी आज बेलुकी पनौती पुगेका छन्। दिउँसो साँखुबाट बर्तालु पैदल यात्रा शुरु गर्दा साँखु माथिका कात्तिके, नगरकोटलगायत डाँडाम...
सेतोपाटी संवाददाता हिमपात र वर्षा गराउने पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव नेपालमा जारी छ। जसका कारण यतिबेला प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्र...
सेतोपाटी संवाददाता प्यूठानमा बेहुली लिएर गएको जिप दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार दुर्घटनामा परि ६ जनाकाे मृत्यु भएकाे छ। बेहुलासहित ७ जना गम्भीर घाइते भएका छन्।, नाैबहिनी गाउँपालिकाकाे लुङबाट बेहुली लिएर गाैमुखी गाउँपालिकाकाे लिवाङ जाँदै गरेकाे ग १ ज ५०९२ नम्बर को जिप ओखरपाटामा शनिबार बिहान ३...
रासस यातायात मजदुरहरुले सार्वजनिक यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिनुपर्ने माग गरेका छन् । नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर सङ्घ, नेकपा (एमाले) निकट नेपाल यातायात मजदुर सङ्गठन, नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल यातायात मजदुर सङ्घले शुक्रबार राष्ट्रिय सभा, विधायन व्यवस्थापन समितिका सभापति प...
सेतोपाटी संवाददाता प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको  जिप  दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। , प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार मृत्यु हुनेमा ५ महिला र २ पुरुष गरि ७ जना छन्।, मृतक कसैको पनि पहिचान नखुलेको उनले सेतोपाटीलाई जानकारी दिए। भुसालका अनुसार बेहुलासहित ६ जना घाइतेको उपचार भइरहे...
नारायण खड्का प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको  जिप दुर्घटनामा ज्यान गुमाउने आठ जनामध्ये बाबु छोरीको पहिचान खुलेको छ। , प्यूठानका प्रहरी प्रमुख सत्यनारायण थापाका अनुसार जिल्लाको नौंमुखी गाउँपालिका वडा नं. ६ जिनावबाङका ३९ वर्षीय बुवा वसन्त खड्का र उनकी ११ वर्षीया छोरी एलिसा खड्काको मृत्यु भएको छ। , यी बाहेक अन्य...
नारायण खड्का प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको  जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या आठ पुगेको छ। , जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार पाँच महिला र तीन पुरूष गरि आठ जनाको मृत्यु भएको हो।, ‘अहिलेसम्म अस्पतालमा दुई जनालाई मात्रै ल्याउन सकिएको थियो र अस्पताल ल्याइएका दुबै जनालाई मृत...
राजेश घिमिरे सेवाग्राहीको भीडले जिल्ला प्रशासन कार्यालय, चितवनको नागरिकता फाँटको झ्याल छोपिन थालेको छ। कोरोना संक्रमणको त्रासले केही दिन जिल्ला प्रशासनले अति आवश्यक सेवामात्र दिएको थियो।, यो हप्ता नागरिकता, राहदानी लगायतका सेवा पनि दिन थालेपछि कार्यालयमा एकाएक चाप बढेको छ।, जिल्ला प्रशासन कार्यालयमा देखिएको यस्तो भीडल...
नारायण खड्का प्यूठानमा बेहुला बेहुलीसहित जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाएका छन्।, दुर्घटनामा परि एकै परिवारका श्रीमान, श्रीमती र छोरीसहित ८ जनाको मृत्यु भएको हो। , मृत्यु हुनेमा जिल्लाको गौमुखी गाउँपालिका वडा नं. ६ जिनाबाङका ३९ वर्षीय वसन्त खड्का, उनकी ३९ वर्षीया श्रीमती वसन्ती खड्का र उनीहरूकी ११ व...
राजु विश्वकर्मा/रासस जनकपुरधाम नगरपालिकाले सञ्चालन गरेको अधिकांश योजना निर्धारित समयमै सम्पन्न हुन थालेका छन्। , जनप्रतिनिधिको निरन्तरको निगरानी र कर्मचारीको सक्रियताका कारण जनकपुरधाम नगरपालिकाद्वारा सञ्चालित सडक, पुल र सहिद गेटलगायतका भौतिक पूर्वाधार निर्माण योजना समयमै सम्पन्न हुन थालेका हुन्।, मुलुकका अधिकांश स्थान...
प्रा.डा गौरव राज ढकाल मेरूदण्डको नशा च्यापिने रोग धेरैलाई हुनसक्छ। , कुरकुरे हड्डी पछाडि सरेर नशामा दबाब सृजना भएपछि नशा च्यापिने हुन्छ। यो बाहेक नशा च्यापिनुका अरू कारण पनि हुन्छ।, कहिलेकाही क्यान्सरले गर्दा नशा च्यापिन्छ भने कहिलेकाही संक्रमण अनि उमेर बढ्दै जाँदा यस्तो हुन्छ।, नशा च्यापियो भने बिरामीलाई, ढाँड, गर्धन...
सेतोपाटी संवाददाता मोरङ उखुबारी हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका वडा नं.३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवान्गन्ज गाउँपालिका वडा नं ६ जिरोगौवा बस्ने १८ वर्षीय एक जना युवक छन्।, प्रहरीका अनुसार उनीहरू 'लो प्रोफाइल'का मान्छे हुन्।...
सेतोपाटी संवाददाता ०७२ सालको भूकम्पपछि देशभर पुनर्निर्माणको लहर आयो।, बस्ती-बस्तीमा नयाँ नयाँ घर बने। तर ललितपुरको पाटनको बस्ती भूकम्प गएको छ वर्षपछि पनि अझै टेकोमा अडिएको छ।, ऐतिहासिक पुरातात्विक महत्व बोकेको पाटनको पुराना बस्तीहरू मंगलबजार, बंगलामुखी, गावाहाल, नटोल, पाटन ढोकाका टोलमा घरमा लगाइएको टेको हटेको छैन। कति...
युनिक श्रेष्ठ माघ १३ गते मोरङको धनपालथान गाउँपालिका-७ बोर्डिङ टोलस्थित उखुबारीमा किसानले खाल्डा देखे। उखु काट्न गएका किसानले खाल्डा देखेपछि प्रहरीलाई खबर गरे। , खनेर हेर्दा त्यहाँ एक जना पुरूषको शव भेटियो। भोलिपल्ट ३० मिटर पर अर्को खाल्डो देखियो। त्यो खाल्डोमा पनि अर्का पुरूषको शव गाडिएको थियो।  , खाल्डामा गाडिएकाहरू ...
सेतोपाटी संवाददाता सबै नागरिकको पहुँचमा कोभिडविरूद्धको खोप पुर्‍याउनका लागि खोप कार्ड नभएकाहरूलाई सार्वजनिक सेवा नदिने नीति लिनुपरेको सरकारले स्पष्ट पारेको छ।, शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले कोभिड विरूद्धको खोप लिन मानिसहरू नआउने क्रम बढेपछि सरकारले उनीहरूलाई खोपको दायरामा अनिवार...
सेतोपाटी संवाददाता विद्युत प्राधिकरण वितरण केन्द्र गोठलापानी बैतडीमा कार्यरत एक जना कर्मचारी मृत फेला परेका छन्।, कार्यालयमा मिटर रिडिङको काम गर्दै आएका दशरथचन्द नगरपालिका–२ का अन्दाजी ४३ वर्षीय मानसिंह रावत मृत फेला परेको प्रहरीले जनाएको छ।, उनी शुक्रबार साँझ सोही ठाउँको सैरेने गडामा पल्टेको अवस्थामा मृत फेला परेको ज...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ४६३ संक्रमित थपिएका छन्।, जसमध्ये काठमाडौंमा ३१६, ललितपुरमा १०४  र भक्तपुरमा ४३ संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २५ हजार ९९५ सक्रिय संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा १३०८६, ललितपुरमा ९३२६ र भक्तपुरमा ३५८३ सक्रिय संक्रमित छन्।...
रासस गृहमन्त्री बालकृष्ण खाणले मेलम्ची खोलामा निर्माण भएको पुल (बेलिब्रिज) उद्घाटन गरेका छन्।, गत साउन १६ र १७ मेलम्ची खोलामा आएको बाढीले चनौटेबजारस्थित पुल बगाएको थियो।, हेलम्बु गाउँपालिका-२ र ७ जोड्ने सो पुल नेपाली सेनाले बनाएको हो।, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले कात्तिक ४ गते स्थानीय चनौटे...
रासस पाल्पाको तानसेनमा चिसोले एक जनाको मृत्यु भएको छ। अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ रीठाको रूख निवासी ५२ वर्षीय गणेश परियारको चिसोले मृत्यु भएको हो। , तानसेन नगरपालिका–६ बसपार्क नजिकै घोप्टो परी बेहोस अवस्थामा स्थानीयवासीले देखेका थिए। परियार चिसोका कारण बेहोस भएर लडिरहेको अवस्थामा स्थानीयले प्रहरीलाई खबर गरी उद्द...
रासस शनिबार स्याङ्जामा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। , जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज बिहान ८ः३० बजे बिरुवा गाउँपालिका–३ धोबादीमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।, बिहान बिरुवाबाट खालीतर्फ जाँदै गरेको ग१ज ५९३९ नंको जीप धोबादीस...
नारायण खड्का प्युठानमा शनिबार बिहान बेहुली लिएर आउँदै गरेको जीप दुर्घटनामा पर्‍यो।, जिल्लाको नौबहिनी गाउँपालिकाको लुङ बाउनेबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप ओखरपाटामा सडकबाट १५० मिटर तल खसेर दुर्घटनामा परेको हो।, दुर्घटनामा नेपाली कांग्रेस गौमुखी गाउँपालिकाका उपसभापति वसन्त ख...
रासस दिदीको छोराको बिहेमा रूकुम पश्चिम हिँडेकी रोल्पा नगरपालिका–४ लिवाङकी टीका आचार्य कष्टपूर्ण यात्रा गर्दै ४ घण्टा ढिला माइत पुगिन्। बिहेजस्तो अत्यावश्यक काममा हिँडेकी उनलाई विवाहको साइतमा नपुगिने हो कि भन्ने चिन्ता थियो।, सदरमुकाम लिवाङबाट परिवर्तन गाउँपालिका–६ इरिवाङ हिँडेकी मेलिना थापाको यात्रा निकै कष्टकर रह्यो।...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय १४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ८ हजार ५१३ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, मन्त्रालयका अनुसार ११०३ पिसिआर परीक्षणबाट र ६११ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि...
सेतोपाटी संवाददाता पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्रभित्र अनधिकृत रूपमा सञ्चालनमा रहेका अस्थायी टहरा हटाउने भएको छ।, पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले कोषको ऐन, कानुन र निर्णयबाहेक अनधिकृत रूपमा बनाइएका अस्थायी टहरा हटाउने निर्णय कार्यान्वयन गर्न लागिएको जानकारी दिए।, उनले शनिबार न्यूज एजेन...
नारायण खड्का प्युठानमा सवारी दुर्घटनामा ज्यान गुमाएका आठ जनाको जात अनुसार अलग/अलग चिता जलिरहेको छ। , आ–आफ्नो थर र रितिरिवाज अनुसार दुर्घटनामा मृत्यु भएका आठ जनाको अलग/अलग अन्तिम संस्कार गरिएको हो।, गौमुखी गाउँपालिका वडा नं. ६ का ३२ वर्षीय खिमबहादुर खत्रीको झिम्रुक खोला अन्तर्गत शालिविसौना घाटमा चिता जल्दैछ। , त्यस्तै ...
सेतोपाटी संवाददाता भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले चितवन जिल्लाको इच्छाकामना गाउँपालिको गाउँव्लकमा रहेका भूमिहीनहरुलाई आज लालपूर्जा वितरण गरेकी छन्। मन्त्री श्रेष्ठले गाउँपालिकाको ३६ परिवारलाई लालपूर्जा वितरण गरेकी हुन्। , मन्त्री श्रेष्ठले देशभरका गाउँव्लकमा रहेका नागरिकलाई जग्गा वितरण गर...
भगवती पाण्डे प्युठानको नौबहिनी गाउँपालिका-६ लुङका सुदन जिसी भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसको डिलक्स एसी वार्डमा आइतबार बिहान ओहोर-दोहोर गरिरहेका थिए। मेडिकल कलेजको तेस्रो तलामा रहेको उक्त वार्डको बेडमा सुदनकी श्रीमती सावित्रा, बहिनी रिमा र नवविवाहित बहिनीज्वाइँ दानबहादुर खड्कालाई लस्करै सुताइएको थियो।, ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ट्याक्सी र निजी सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली हटेको छ। , आइतबार बसेको तीन जिल्ला प्रमुख अधिकारीको बैठकले भोलिदेखि लागु हुने गरी उपत्यकामा जोरबिजोर प्रणालीलाई हटाउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिसालले जानकारी दिए। , यसअघि प्रशासन कार्यालयले...
सेतोपाटी विगत केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आज रातिदेखि क्रमिक सुधार हुँदै जाने भएको छ।, आज रातिबाट सो प्रणाली कमजोर हुँदै जाने सम्भावना रहेकाले आइतबारदेखि मौसममा सुधार हुने देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् प्रतिभा मान्नधरले जानकारी दिइन्।, ‘आइतबारदेखि दुई–तीन दिन मौस...
सेतोपाटी संवाददाता फागुन १ गतेदेखि काठमाडौं उपत्यकामा शैक्षिक संस्था सञ्चालन गर्न पाउने भएको छ।, आइतबार बसेको तीन प्रमुख जिल्ला अधिकारीको बैठकले विश्वविद्यालय, विद्यालय, कलेज, ट्युसन सेन्टर लगायत शैक्षिक संस्था फागुन १ गतेदेखि सञ्चालन गर्न सकिने निर्णय गरेको हो। , तर विद्यालय सञ्चालन गर्दा १२ वर्ष पुरा भएका विद्यार्थी...
सेतोपाटी संवाददाता कञ्चनपुरमा मिलको पट्टामा बेरिएर एक बालिकाको मृत्यु भएको छ।, शुक्रबार दिउँसो कृष्णपुर नगरपालिका–१ पहरियास्थित बैजनाथ राइस एण्ड फ्लोर मिलको पट्टामा बेरिएर कुमगाडाकी ११ वर्षीया ललिता खत्रीको घटनास्थलमै मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर सा...
सेतोपाटी संवाददाता सल्यानमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।, बिहीबार बेलुका बनगाड कुपिण्डे नगरपालिका–७ लाम्साराकी ४० बर्षीया रामकली कामीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।, घटनास्थलमा प्रहरी पुगेको छ। चट्याङ लागेर भएको थप क्षतिको विवरण आएको छैन।, सल्यानमा बिहीबारदेखि चट्याङ र व...
सेतोपाटी संवाददाता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ।, हिमपातले गर्दा राजमार्गहरू अवरूद्ध भएका छन्।, बैतडीको दशरथचन्द राजमार्गअन्तर्गत देहिमाण्डौ क्षेत्रमा सडकमा हिउँ जमेको छ।, हनुमानध्वज गुल्ममा कार्यरत नेपाली सेनाको टोलीले हिउँ हटाउने काम गरेका छन्।, यस्तै जुम्लामा भा...