content
stringlengths
20
64.1k
विवेक राई शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ जना मानिसमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी गरायो। योसँगै नेपालमा ओमिक्रोन भेरियन्ट संक्रमितको संख्या २७ पुगेको छ। , मन्त्रालयले ओमिक्रोन संक्रमितहरूको स्वास्थ्य अवस्थाबारे भने कुनै जानकारी गराएको छैन।, अहिले नयाँ भेटिएका २४ जना ओमिक्रोन संक्रमितमा कस्ता ख...
सेतोपाटी संवाददाता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले तराईका केही भूभागमा हुस्सु-कुहिरो लागेको छ।, दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। , देशका उच्च पहाडी...
दिपकजंग शाही सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघर चोकदेखि कालुङचोक जोड्ने सडकको बीच भागको तल्लो छेउमा संग्रहालय छ। बाटैमा भएको प्रदेशस्तरीय संग्रहालयमा त्यति छिटो आँखा भने धेरैको लाग्दैन।, पछिल्लो समय युट्युबलगायतका अनलाइन माध्यम वा सामाजिक सञ्जालमा स्टोर गरिएका र प्रत्यक्ष प्रस्तुत गरिएका सामग्रीले प्रदर्शनीमा राखिएका...
विनोद सापकोटा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हिँड्ने सडकमा स्थानीयवासीले ढाट लगाएका छन्।, झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ झिलझिलेमा ५० करोडको लागतमा निर्माण भएको वाटर किङ्डम पार्कको उद्घाटनका लागि पूर्वप्रधानमन्त्री ओली आइतबार आउने कार्यक्रम छ।, पूर्व-पश्चिम राजमार्गको झिलझिलेबाट दक्षिण चार सय मिटर सडकमा पर...
सेतोपाटी संवाददाता छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश २ का जिल्लाहरूमा पनि देखिन थालेको छ।, गत मङ्सिरको अन्तिम सातासम्म प्रदेश २ मा स्थिर देखिएको कोरोना भाइरस सङ्क्रमणको ग्राफ विस्तारै बढ्दै जाँदा जोखिम बढेको छ। यो प्रदेशको विभिन्न जिल्लामा पछिल्लो दुई दिनको अवधिमा ९९ को गर...
नारायण खड्का बाँकेमा फेरि बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ।, जिल्लाको राप्ती सोनारी गाउँपालिका-४ प्रसौनीकी ५३ वर्षीया लिला विष्टको बिहीबार दिउँसो बाघको आक्रमणबाट मृत्यु भएको हो।, जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जलहन सामुदायिक वनमा मध्यान्ह १२ बजेतिर घाँस काट्न गएकी विष्टलाई बाघले झम्टिएर लगे...
रासस डिभिजन वन कार्यालयले चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई प्रतिपरिवार दश लाख रुपैयाँ राहत प्रदान गरेको छ। , आर्थिक वर्ष २०७७/७८ को हालसम्ममा जिल्लामा चितुवाको आक्रमणमा परी दश जनाले ज्यान गुमाएका थिए।, उनीहरूको परिवारलाई दश लाख रुपैयाँका दरले राहत वितरण गरिएको सहायक वन अधिकृत काशीराज पण्डितले जानकारी दिए।, च...
रासस कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ चित्रपुरमा रहेको बालविकास केन्द्रका बालबालिका चिसो भुइँमा बसेर बढ्न बाध्य भएका छन्।, वनहरा नदीको बगरमा वर्षौं पहिले बनाइएको टहरामा सञ्चालित बालविकास केन्द्रमा अध्ययनरत बालबालिका फर्निचरको अभावमा चिसो भुइँमा बसेर पढ्न बाध्य भएका हुन्।, दुर्गम विपन्न बस्तीका बासिन्दाले विद्यालय ट...
रासस हेटौंडा जिल्ला खोप समन्वय समितिले जिल्लामा कोभिड-१९ विरूद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ।, जिल्लामा हालसम्म ५३ प्रतिशतले मात्र कोभिड विरूद्धको खोप लगाएका जनाउँदै समितिले निरन्तर खोप कार्यक्रम अगाडि बढाउने निर्णय गरेको हो। , प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतमा हालै सम्पन्न सो समितिको बैठकले खोप क...
एजेन्सी भारतमा एउटै फ्लाइटमा आएका १२५ यात्रुमा कोरोना संक्रमण देखिएको छ। , बिहीबार एउटै फ्लाइटमा सवार १२५ यात्रुमा संक्रमण पुष्टि भएको टाइम्स अफ इन्डियाले जनाएको छ।  , इटालीबाट अमृतसर विमानस्थलमा अवतरण गरेको विमानमा सवार यात्रुमा संक्रमण देखिएको विमानस्थलका निर्देशक भिके सेठले बताए। सो विमान चार्टर्ड गरिएको थियो।, त्य...
सेतोपाटी संवाददाता धम्क्याएर २० लाख रुपैयाँ मागेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , महानगरीय अपराध महाशाखाले एक जनालाई बुधबार काठमाडौंको कलंकीबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , प्रहरीले धम्की दिई २० लाख मागेको आरोपमा बारा निजगढ नगरपालिका-११ घर भई काठमाडौंको चन्द्रागिरि नगरपालिका...
सेतोपाटी संवाददाता बाँकेस्थित जानकी मन्दिरबाट मूर्ति चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। , बुधबार राति १२ बजेतिर नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ स्थित रामजानकी मन्दिरबाट मूर्ति लगायतका विभिन्न सामान चोरी गर्ने स्थानीय २५ वर्षीय असरफ बागबानलाई पक्राउ परेका हुन्। , बागबानको साथबाट मन्दिरबाट चोरी गरिएका भगवानक...
कृष्ण अधिकारी सन् १९४४ मा इटालीमा जन्मेका विश्वप्रसिद्ध पर्वतारोही, अन्वेषक र यात्रा लेखक रेनहोल्ड मेसनर यतिबेला नेपाल भ्रमणमा छन्।, विश्वका आठ हजार मिटर (२६ हजार फिट) माथिका सबै १४ वटै हिमशिखर आरोहण गरी विश्व कीर्तिमान कायम गरिसकेका उनी नेपाली कला, संस्कृति र पर्यटनलाई अति माया गर्ने व्यक्तित्व हुन्।, ७७ वर्षीय मेसनर...
सेतोपाटी संवाददाता नेपालमा दुई महिनायता कोरोना संक्रमितको संख्या बढेको छ।, गत कात्तिक २३ गते ५३३ संक्रमित थपिएकोमा त्यसयता क्रमिक रूपमा संक्रमित संख्या घटेको थियो। पछिल्लो २४ घण्टामा भने संक्रमित संख्या ५४० पुगेको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ५४० जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ३१० संक्रमित थपिएका छन्।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२१, भक्तपुरमा ३० र ललितपुरमा ५९ गरी ३१० जना थपिएका हुन्।, यस्तै, काठमाडौंमा २४७६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १३०२, भक्तपुरमा ५५३ र ललितपुरमा ६२१ सक्रिय संक्रमित छन्।, नेपालमा दुई महिनायता क...
सेतोपाटी संवाददाता ३३ किलो सुन प्रकरणका चुडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेती धरौटीमा छुटेका छन्।, जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले बिहीबार उप्रेतीलाई दुई लाख धरौटीमा छाडन आदेश दिएको हो।, थुनछेक बहसपछि लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोक...
सेतोपाटी संवाददाता सुर्खेतमा निर्माण गरिएको सुर्खेत सभाहल वीरेन्द्रनगर नगरपालिकलाई हस्तान्तरण गरिएको छ।, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत संघीय आयोजना कार्यान्वयन ईकाई सुर्खेतले २७ करोड रुपैयाँ लागतमा निर्माण गरिएको सभाहल बिहीबार नगरपालिकालाई हस्तान्तरण गरिएको हो।, सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको उपस्थि...
रासस स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच भेटघाट भएको छ।, मन्त्रालयमा आज आयोजित भेटमा दुई देशबीच पारस्परिक सहयोग र कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि निर्वाह गर्नसक्ने भूमिकाबारे छलफल भएको थियो। , मन्त्री खतिवडाले कोभिड–१९ निवारणका लागि नेपाललाई आवश्यक सामग्री...
राजेश घिमिरे चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ मुछिएको माछाको मूल्य विवादमा सहमति भएको छ। , बिहीबार प्रजिअ तामाङ, भरतपुरकी मेयर रेनु दाहाल र सरोकारवालाहरूको बैठकमा प्रजिअ तामाङले आफूबाट गल्ती भएको भन्दै आत्मआलोचना गरेका थिए। , ‘उहाँले म त्यहाँ सिडिओको रूपमा नभई एउटा ग्राहकको रूपमा गएको थिएँ। मबाट कमजोरी भएको ...
सेतोपाटी संवाददाता कैलालीमा मापसे गरेका  चालकले  ट्रक चलाउँदा अनियन्त्रित भएपछि घरमा ठोक्किएको छ ।, बिहीबार साँझ अतरिया बजारमा विष्णु पेट्रोल पम्पमा डिजेल भरेर महेन्द्रनगर जाँदै गरेको ना६ख ४६१९ नम्बरको  सिमेन्ट बोकेको ट्रक अनियन्त्रित भएपछि गोदावरी नगरपालिका-१ का बलराम भट्टको दुई तले पक्की घरमा ठोक्किएको हो।, ट्रक घरम...
सेतोपाटी संवाददाता मेची-महाकाली विद्युतीय रेलमार्गको काँकरभिट्टा-इनरुवा खण्डअन्तर्गत झापाको जग्गा अधिग्रहण तथा मुआब्जा क्षतिपूर्ति निर्धारणका लागि आवश्यक प्राविधिक काम तत्काल सम्पन्न गर्ने निर्णय भएको छ।, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा जिल्लास्थित राजनीतिक दल तथा सरोकारवाला निकायका प्...
सेतोपाटी संवाददाता मकवानपुरबाट ४५ किलो लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, बिहीबार दिउँसो १ बजे मनहरी गाउँपालिका-९ स्थितबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए।, राक्सिराङ गाउँपालिका-२ बस्ने ४२ वर्षीय भक्तबहादुर थापा मगर र ४१ वर्षीय हिरालाल गुरूङ पक्राउ पर...
सेतोपाटी संवाददाता इजरायली सरकारले महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई उच्च प्रविधिको ल्याब सहयोग गरेको छ। , बिहीबार आविष्कार केन्द्रमा पुगेर नेपालका लागि इजरायली राजदूत हनान गोडेरले आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई ल्याब हस्तान्तरण गरेका हुन्। , ल्याबमा बसेर विश्वका विभिन्न देशका विज्ञ तथा...
सेतोपाटी संवाददाता विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण देखिएपछि तुलसीपुरका तीन सामुदायिक विद्यालय बन्द भएका छन्।, तुलसीपुर बजारको सेन्टर मावि तुलसीपुर, तुलसीपुर-४ को गुरुजजुर नमूना मावि र तुलसीपुर-८ को अश्वारा मावि बन्द भएका हुन्।, बिहीबार बुलुका तुलसीपुरका मेयर घनश्याम पाण्डेको अध्यक्षतामा बसेको स्वास्थ्यकर्मीसहित स...
सेतोपाटी संवाददाता बिहानैबाट देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ र प्रदेश २ का एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ।, जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना...
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिकतर्फ परीक्षाफल प्रकाशित गरेको छ।, असोज ११ देखि १८ गतेसम्म सञ्चालन भएको कक्षा ११ को ग्रेड वृद्धि तथा आंशिक परीक्षार्थीहरूको परीक्षाफल बिहीबार प्रकाशन भएको हो।, परीक्षामा २४ हजार ७२४ जना विद्यार्थी सहभागी थिए। जसमा ग्रेड वृद्धितर्फ २१ हजार ८१६ र आंशिकतर्फ दुई...
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले २६ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरूवा गरेको छ।, एसएसपी मसाउद आलम खाँलाई नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा सरूवा गरिएको छ।, साथै एसएसपी भीमप्रसाद ढकाललाई अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरूवा गर्दा श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी विपद व्यव...
सेतोपाटी संवाददाता ट्याक्टरको ठक्करले कैलालीमा पैदल यात्रीको मृत्यु भएको छ।, गोदावरी नगरपालिका ९ धनचौरीस्थित भित्री सडकमा ट्याक्टरले ठक्कर दिँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ मौरीफाटाका करिब ४० वर्षका करन भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ।, बिहीबार बेलुकी रा १ त ४६५३ नम्बरको ट्याक्टरले भट्टराईलाई ठक्कर दिएको थ...
सेतोपाटी संवाददाता राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बिहिवार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। बस्नेतलाई युवा तथा खेलकुद मन्त्री महेश्वरराज गहतराजले मन्त्रालयमा सपथ गराएका हुन्।, सपथ ग्रहण लगत्तै बस्नेत सानोठिमीस्थित परिषद कार्यालयमा पुगेर पदवहाली गरेका थिए। सो अवसरमा उपाध्यक्ष बस्नेतल...
रासस बाँकेको निकुञ्ज वरिपरिको वन क्षेत्रमा बाघले आतङ्क मच्चाएको छ। पछिल्ला तीन महिनामा मात्रै बाघले तीन जनाको ज्यान लिएको छ।, बाघको आक्रमणबाट बिहीबार पनि राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृत्यु भएको छ। यसअघि बाँके निकुञ्जको गाभर र नरैनापुरमा दुई जनाको बाघको आक्रमणबाट मृत्यु भइसकेको छ। बाँके ...
सेतोपाटी संवाददाता धनगढीमा ट्रकको ठक्करबाट घाइते भएकी श्रीमाया गुरूङको मृत्यु भएको छ।, पार्किङ गर्ने क्रममा: बिहीबार ट्रकले श्रीमायालाई ठक्कर दिँदा उनी घाइते भएकी थिइन्। उनको माया मेट्रो अस्पतालमा उपचारका क्रममा: मृत्यु भएको प्रहरीले जनाएको छ।, धनगढी उपमहानगर ३ त्रिनगर भन्सारमा सु.प.प्र.०१-००१ख २८५६ नम्बरको ट्रकले उनल...
सेतोपाटी संवाददाता काठमाडौंको बौद्धस्थित एक घरको कोठाभित्र युवा-युवती मृत फेला परेका छन्।, गएराति काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धको राधाकृष्ण मन्दिरस्थित एक घरको कोठामा युवक र युवती मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, संखुवासभाका २५ वर्षीय अनिस जिमी र...
एजेन्सी पछिल्लो समय भारतमा कोरोना संक्रमण तिब्र रूपमा फैलिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ९० हजार ९ सय २८ नयाँ संक्रमित फेला परेका छन्। यो अघिल्लो दिनको तुलनामा ५६.५ प्रतिशतले बढी हो। , केन्द्रीय स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा सक्रिय संक्रमितको संख्या बढेर २ लाख ८५ हज...
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निर्माणाधीन आयोजनाहरू जतिसक्दो छिट्टो सम्पन्न गर्न पहल सुरू गरेको छ।, काठमाडौं उपत्यकाभित्रको विद्युतको बढ्दो माग धान्न र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन प्राधिकरणले निर्माणाधीन आयोजनाहरू एक वर्षभित्रै...
रासस दाङ घोराही-९ का खुसीराम चौधरी यतिखेर निकै व्यस्त छन्। नजिकिँदो माघी पर्वका लागि आवश्यक दाउरा संकलन र दुनाटपरी बनाउने पात टिप्न उनी दैनिक जङ्गल धाउन थालेका छन्।, ‘तीन दिन भयो, जङ्गलबाट दाउरा काटेर ल्याएँ। अब पात टिप्न थालेको छु। दुनाटपरी लगाउनुछ’, उनले भने, ‘माघीमा पाहुना धेरै आउँछन्, माघीमा चाहिने मासु र अन्नको प...
रासस कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका-१ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ।, मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ को सडक निर्माण गरेका मजदूरले ज्याला नपाएपछि वडा कार्यालयमा तालाबन्दी गरेका हुन्। , गत असार मसान्तमा मजदूरले भुक्तानी पाउनुपर्ने भए पनि हालसम्म ज्याला पाएका छैनन्।, मुख्यमन्त्री रो...
सेतोपाटी संवाददाता ​वीरगंज महानगरपालिका-१६ रजयन्ती चोकबाट स्रोत नखुलेको नगद ६ लाख ५४ हजार रुपैयाँसहित दुई जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेहरूमा भारत मोतिहारी पूर्वीचम्पारण ढाका थाना विश्रामपुर-७ बस्ने जादोलाल साह र सोही ठाउँ चैनपुर बस्ने विगन साह रहेका छन्।, प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहर...
सेतोपाटी संवाददाता अतिरिक्त शुल्क विवाद कायम रहेको विराटनगरस्थित नोवेल मेडिकल कलेज तनावग्रस्त बनेको छ। , एमबीबीएस प्रथम वर्षका विद्यार्थीको पक्षमा समर्थन जनाउन नोवेल पुगेका विभिन्न विद्यार्थी संगठनका नेता कार्यकर्ताले नोवेलमा तोडफोड गरेका छन् । , अतिरिक्त शुल्क नबुझाएको भन्दै नोवेल मेडिकल कलेजले ८० हाराहारी विद्यार्थी...
राजेश घिमिरे धुर्मुस–सुन्तली फाउन्डेशनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको अभियानबाट हात झिकेपछि सरकारी निकायले उक्त रंगशालामा भएको कामको मूल्यांकन गर्न सुरू गरेको छ। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले रंगशाला निर्माणको काम अघि बढाउन नसक्ने जानकारी ...
एजेन्सी हिन्दु परम्पराअनुसार आमाबुवाको मृत्युपछि दाहसंस्कार छोराले नै गर्ने चलन छ। अझ मृतकको शवलाई काँधमा राखेर आर्यघाटसम्म छोराले नै लैजानु पर्ने मान्यता छ।, पछिल्लो समय छोरा नहुने अभिभावकको मृत्युपछि छोरीले अन्तिम संस्कार गरेका थुप्रै उदाहरण छन्। बेलाबखत छोराछोरी दुबै मिलेर दाहसंस्कार गरेका घटनाहरू पनि बाहिरिने गर्छ...
सेतोपाटी संवाददाता नेपालमा थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४३५ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १० हजार २६७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार ७१५ जनाको पिसिआर परीक्षण र ३ हजार ५५२ जनाको एन्टिजेन परीक्षण...
सेतोपाटी संवाददाता माउन्टेन बाइकर मंगल लामाले ग्रेट हिमालयन ट्रेल (जिएचटी) को १७ सय किलोकिटर यात्रा गर्दैछन्। पुर्वको कञ्चन्जंगादेखि पश्चिमको हुम्ला हिल्सासम्म हुने यो यात्रा आउँदो अप्रिल १ देखि उनी एक्लैले गर्न लागेका हुन्।, लामाले माउन्टेन बाइकरको रुपमा यात्रा गर्नुअगाडि उनी साइकल पसलमा मेकानिकको रुपमा काम गर्थे। बि...
सेतोपाटी संवाददाता काठमाडौंको तिलगंगामा बसले स्कुटरलाई ठक्कर दिएर भागेका चालक पक्राउ परेका छन्। , प्रहरीले बुधबार अपराह्न ४ बजे काठमाडौं महानगरपालिका बालाजुको बोहराटारबाट मयूर यातायातका चालक नुवाकोट दुप्चेश्वर घर भएका २६ वर्षीय श्रीमान तामाङलाई पक्राउ गरेको हो। , उनलाई प्रहरीले लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा २५३ संक्रमित थपिएका छन्।, जसमध्ये काठमाडौंमा २०९, भक्तपुरमा १८ र ललितपुरमा २६ गरी २५३ जना थपिएका हुन्।, यस्तै काठमाडौं उपत्यकामा २३११ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ११८८, भक्तपुरमा ५२८ र ललितपुरमा ५९५ सक्रिय संक्रमित छन्।, नेपालमा थप ४३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्ट...
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निमित्त वन निर्देशक हेमराज विष्टविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विष्टविरूद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा बुधबार मुद्दा दायर गरेको हो। , पदमा बस्दा विष्टले ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ बराबरको सम्पत्ति गैरका...
सेतोपाटी संवाददाता चेकिङमा खटिएको प्रहरी टोलीलाई घुस दिन खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , मंगलबार राति चन्द्रागिरि नगरपालिका-७ बाट चितवन इच्छाकामना गाउँपालिका-५ का २४ वर्षीय रोशन श्रेष्ठ र मोटरसाइकल पछाडि सवार चन्द्रागिरि-९ मच्छेगाउँका ५४ वर्षीय केशव गोपालीलाई प्रहरीले पक्राउ गरेको हो।, महानगरीय प्र...
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले हालै सिरहा प्रमुखबाट हेडक्वाटर तानिएका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई निलम्बन गरेको छ।, कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवसँग लफडा गरेको आरोप  लागेका पाण्डेलाई प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ निलम्बन गरेको हो।, उनीमाथि अनुसन्धान जारी रहेकाले तीन महिनाका लागि ...
रासस दैलेखको भगवतीमाई गाउँपालिका बेस्तडादेखि दैलेख बजार आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। , भगवतीमाईको मुकाम वेस्तडादेखि सदरमुकाम आउँदै गरेको लु २ च ४८२९ नं को बोलेरो नारायण नगरपालिका-११ लोहोरेमा आज बिहान दुर्घटनामा परेको हो।, दुर्घटनामा परी बोलेरो चालक भगवतीमाई-१ ...
रासस त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिहरूले त्रिविको शैक्षिक गुणस्तर खस्किएको बताएका छन्।, यसो हुनुमा विश्वविद्यालयका पदाधिकारी र प्राध्यापक जिम्मेवार रहेको उनीहरूको आरोप थियो।, त्रिवि एलुम्नाई एशोसिएसनको बुधबार कीर्तिपुरमा आयोजित तेस्रो वार्षिक साधारण सभाका क्रममा पूर्वउपकुलपतिहरू महेशनाथ उपाध्याय, केदारभक्त माथ...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले कामदार भिसामा पोर्चुगल पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग ४० लाख ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।, महानगरीय अपराध महाशाखाको टोलीले पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको आरोपमा कोटेश्वरस्थित युनिवर्ल्ड इन्टरनेशनल टुर्स एण्ड ट्राभल्सका सञ्चालक बाग्लुङका २८ वर्षीय अमृत सोतीमगर र व्यवस्थाप...
सेतोपाटी संवाददाता प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण सवार गाडी दुर्घटनामा परेको छ।, सप्तरीको विष्णुपुर गाउँपालिका-६ स्थित विष्णुपुर चोकमा अनियन्त्रित बुधबार साँझ गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ।, सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार ज१झ ४०६ नम्बरको गाडी अनियन्त्रित भ...
सेतोपाटी संवाददाता प्रदेश नम्बर २ की आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण सवार गाडी दुर्घटनामा परेको छ। , बुधबार अपराह्न सवा ४ बजे विष्णुपुर गाउँपालिका- ६ स्थित चोकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। ज १ झ ४०६ नम्बरको स्कार्पियो गाडी आफैं अनियन्त्...
सेतोपाटी संवाददाता निलम्बनमा परेका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले प्रहरी प्रधान कार्यालयले आफूलाई सरूवा गरेपछि पनि कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादव समूहबाट आफूलाई भौतिक कारबाहीको धम्की आएको बताएका छन्। , आइतबार साँझ प्रहरी प्रधान कार्यालयले पाण्डेलाई सिराहा जिल्लाबाट आकस्मिक सरूवा गरेको थियो। , उनले सो...
रासस पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा आगलागी हुँदा तीन घर जलेका छन्।, बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागी फैलँदा गए राति रामजीत राई र मनबहादुर राईका घर जलेका हुन्।, आगलागीमा तीन घरमा रहेको आइएमईको कार्यालयसहित आधा दर्जन बढी पसल जलेको स्थानीय खगेन्द्र राईले जानकारी दिए।, आगलागी नियन्त्रणक...
सेतोपाटी संवाददाता पश्चिमी वायुको प्रभावले बुधबार बेलुकादेखि सुदूरपश्चिम, कर्णाली, गण्डकी तथा लुम्बिनी प्रदेशमा हल्का वर्षा भइरहेको छ।, जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती प्रदेशमा सामान्य वर्षा भइरहेको मौसमविद् सजना शाक्यले सेतोपाटीलाई जानकारी दिइन्। , ‘अहिले सुदूपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका अध...
रासस विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिराहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ।, बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो।, घरमा चिसोले कठ्याङ्ग्रिएर बेहोस भएकी सदालाई उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेकै बेला मृत्यु भएक...
एजेन्सी भारतमा कोरोना संक्रमित तिब्र रूपमा बढिरहेको छ। पछिल्लो ८१ दिनपछि पुनः भारतमा सक्रिय संक्रमित संख्या २ लाख नाघेको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।, पछिल्लो २४ घण्टामा भारतमा ५८ हजार ९७ नयाँ संक्रमित थपिएका छन्। महाराष्ट्र, पश्चिम बंगाल र नयाँ दिल्लीमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा फैलिरहेको ...
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, बिहीबार लम्कीचुहा नगरपालिका–७ भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से ३ प ६१३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएको थियो।, दुर्घटना हुँदा सोही ठाउँको चाकावाडी बस्ने मोटरसाइकल चालक २७ वर्षीय रमेश चौधरीको मृत्यु भएको ...
रासस नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा हावाबाट निकालिएको बिजुली अहिले बन्द भएको छ।, हावाबाट पङ्खालाई घुमाएर टर्वाइनको माध्यमले ब्याट्री चार्ज भई बिजुली निकालिँदै आएकामा टर्वाइनमा समस्या देखिएपछि सिङ्गो गाउँ नै अँध्यारो भएको छ।, हुप्सेकोट गाउँपालिका–५ रुद्रपुरको धौवादी डाँडामा हावाबाट बिजुली निकालेर गाउँलाई उज्यालो बना...
सेतोपाटी संवाददाता झापाको मेचीनगरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। , मेचीनगर नगरपालिका-७ स्थित इन्द्रेणी टोलको एक घरमा भएको आगलागीमा ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, मृत्यु हुनेमा शरद राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए। ध...
राजेश घिमिरे चितवनको भरतपुर महानगर फलफूल तथा तरकारी बजार क्षेत्रपुरमा भारतबाट आयातित माछा प्रतिकिलो ३ सयदेखि ४ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ।, भारतका विभिन्न स्थानबाट हप्तौं दिन लगाएर ल्याइएका माछा क्षेत्रपुरमामात्रै होइन जिल्लामा सञ्चालन हुने हाटबजारदेखि सडक किनारमै बसेर पनि खुल्लेआम बिक्री गर्ने गरिएको छ। , स्था...
सेतोपाटी संवाददाता नेपालमा थप ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३९३ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ३२९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार ७९४ जनाको पिसिआर परीक्षण र १ हजार ५३५ जनाको एन्टिजेन परीक्षण...
सेतोपाटी संवाददाता नेपालगञ्जको परस्पुरकी निर्मला कुर्मीको अपहरण तथा  शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी कसूरमा गहिरो अनुसन्धान गरी संलग्न सबैलाई पक्राउ गर्न माग गर्दै आन्दोलनरत १४ महिलाको नेतृत्व गर्दै आएकी रूबी खानले आमरण अनसन फेरि सुरू गरेकी छन्। , बाँकेको महिला अधिकार मञ्चकी अध्यक्षसमेत रहेकी खानले सोमबार राति १२ ब...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा २२२ संक्रमित थपिएका छन्।, जसमध्ये काठमाडौंमा १५६, भक्तपुरमा २१ र ललितपुरमा ४५ गरी २२२ जना थपिएका हुन्।, यस्तै काठमाडौं उपत्यकामा २२०८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १०९९, ललितपुरमा ५९५ र भक्तपुरमा ५१४ सक्रिय संक्रमित छन्।, नेपालमा थप ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्ट...
सेतोपाटी संवाददाता ३३ किलो सुन प्रकरणका चुडामणि उप्रेती ‘गोरे’का भाइलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ। , मंगलबार साढे ३ बजेको फ्लाइटबाट काठमाडौं आइपुगेका मोरङ उर्लाबारी नगरपालिका-७ घर भएका रमेश उप्रेतीलाई प्रहरीले पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ। , ३३ किलो सुन तस्करी गरेको बाहिरिएप...
सेतोपाटी संवाददाता सरकारले आजदेखि लगाउने भनेको कोभिड १९ विरूद्धको अतिरिक्त खोप स्थगित गरेको छ।, कोभिड १९ विरूद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिलाई आजदेखि सरकारले बुस्टर डोजका रूपमा दिन लागेको अतिरिक्त खोप हाललाई स्थगित गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय...
सेतोपाटी संवाददाता नेपालगञ्जको परस्पुरकी निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी कसुरमा गहिरो अनुसन्धान गरी संलग्न सबैलाई पक्राउ गर्न माग गर्दै आन्दोलनरत १४ महिलाको नेतृत्व गर्दै आएकी रूबी खानले आजैदेखि थालेको आमरण अनसन तोडेकी छन्।, सरकारले माग पूरा गर्ने सहमति जनाएपछि उनको अनसनसँगै ४२ दिनदेखि मा...
रासस बर्दियाको राजापुर नगरपालिका–१० ढुण्डिपुर गाउँमा जङ्गली वयस्क हात्ती मृत अवस्थामा फेला परेको छ।, नेपाल–भारत सिमाना नजिक राजापुर–१० ढुण्डिपुर गाउँको गहुँ तोरी खेतमा मंगलबार जङ्गली हात्ती मृत अवस्थामा फेला परेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख रवीन कडरियाले बताए।, रोग वा अन्य मृत्युका बारेमा थप अनुसन्...
रासस जिल्ला अस्पताल पाल्पामा आकस्मिकबाहेकको सेवा बन्द भएको छ। अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकको सेवा बन्द भएको हो। , निमित्त मेडिलकल सुपरिटेन्डेण्टसहित १० कर्मचारीको पिसीआर परीक्षण गर्दा नौ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले जान...
रासस नेपाल रेल्वे कम्पनीको नक्कली नियुक्ति पत्र दिई ठगी गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।, आफूलाई लोकसेवा आयोग तथा नेपाल रेल्वे कम्पनीको पदाधिकारी भएको भन्दै सर्वसाधारणलाई नक्कली नियुक्तिपत्र दिएर ठगी गरेको आरोपमा मंगलबार ती युवक पक्राउ परेका हुन्।, महोत्तरीको पिपरा गाउँपालिका–७ निवासी ३२ वर्षीय स...
सेतोपाटी संवाददाता आज (बुधबार) देखि देशका विभिन्न भागमा मौसम बदली हुने भएको छ। मंगलबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गरेको न्यूनचापीय प्रणालीको प्रभावले अधिकांश भु-भागमा, आंशिकदेखि सामान्य बदली रहेको छ। , यो प्रभाव शनिबारसम्म रहने मौसमविद्ले जनाएका छन्। मौसमी प्रभावका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्र...
एजेन्सी भारतमा कोभिड–१९ महामारीको तेस्रो लहर तिब्र रूपमा फैलिएको छ। विशेषगरी राजधानी नयाँ दिल्ली र मुम्बईमा व्यापक मात्रामा कोरोना संक्रमण फैलिएको छ। , पछिल्लो २४ घन्टामा भारतमा कोरोनाका ३७ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्। यो संख्या एक साताअघिको तुलनामा चार गुणा,*, बढी हो। गत बुधबार भारतमा ९ हजार १ सय ९५ जनामा...
रासस केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ। , मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुर रहेका छन्।, यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रम...
युनिक श्रेष्ठ दोलखाकी कृतिकाको मंगलबार दिउँसो काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पतालमा पोस्टमार्टम हुँदै थियो।, त्यही बेला मृतक कृतिकाका बुवा कल्याण कार्की महानगरीय प्रहरी वृत्त, गौशालामा थिए।, कल्याणलगायत आफन्तहरू वृत्तमा कानुनी कारबाहीका लागि पुगेका थिए। उनलाई आफ्नी छोरीको काजकिरियासँगै दोषीलाई कठघरामा उभ्याउनु पन...
रासस चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलाको तयारी तिव्र पारिएको छ। मेला व्यवस्थित गर्न तीनवटै जिल्लामा गरी ७५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ।, देवघाट मेला व्यवस्थापन मूल समितिको मङ्गलबार भरतपुरमा बसेको बैठकले मेलालाई सभ्य र भव्यरुपमा सम्पन्न गर्...
सेतोपाटी संवाददाता दाङको तुलसीपुर क्षेत्रमा केही दिनदेखि फेरि कोरोना संक्रमित बढेका छन्।, पछिल्ला तीन दिनमा २५ संक्रमित फेला परेका हुन्।, मेट्रो अस्पतालमा मंगलबार आरटी एन्टीजेन्ट बिधिबाट परीक्षण गर्दा तुलसीपुर उपमहानगर ८ को आश्वारा माबिका थप ११ जनामा संक्रमण पुष्टि भएको छ।, सोमबार यस विद्यालयका विद्यार्थी र शिक्षक गरी...
सेतोपाटी संवाददाता निर्मला कुर्मीको अपहरण, शरीर बन्धक गरी हत्या प्रकरणमा आमरण अनसनमा बसेकी रुवी खानले आजबाट अनसन तोडेकी छन्।, महिला अधिकार मञ्चले बुधबार माइतीघरमा पत्रकार सम्मेलन गरि एक विज्ञप्ति जारी गर्दै जारी आन्दोलन स्थगित गर्ने र खानले आजैको मितिदेखि अनसन तोड्ने जनाएको छ। सरकारसँग मंगलबार चार बुँदे सहमति भएपछि उन...
सेतोपाटी संवाददाता नेपाली सेनाले गोरखादेखि काठमाडौंसम्म पदयात्रा सुरू गरेको छ।, गोरखादेखि काठमाडौंसम्म रहेको एकीकरण मार्ग हुँदै सेनाले पदयात्रा गर्न लागेको हो।, तीन सय औं पृथ्वीजयन्तीको अवसरमा गोरखा दरबारदेखि काठमाडौंको हनुमानढोका दरबारसम्म सेनाले पदयात्रा गर्न लागेको हो।, सेनाको गोरखास्थित रिपुमर्दन दल गणका सेनाले आज...
एजेन्सी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अधिकारीले हाल संसारभरि फैलिइरहेको कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टले स्वास्थ्यमा गम्भीर असर पार्दैन भन्नेबारे थप तथ्यहरू आइरहेको बताएका छन्।, समाचार संस्था रोयटर्सका अनुसार  मंगलबार जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै डब्लुएचओका इन्सिडेन्ट म्यानेजर अब्दी महामुदले थप अध्ययनहरूले...
सेतोपाटी संवाददाता ललितपुरको कुपन्डोलमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, गए राति १ बजे कुपण्डोलबाट थापाथलीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले बताए।, बा ९५ प ५३५४ नम्बरको मोटरसाइकल कुपण्डोल हनुमानथान नजिकै दुर्घटना हुँदा च...
सेतोपाटी संवाददाता नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले कोरोनाले दुई वर्षको चुनौतिपूर्ण समयपछि नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा स्वागत गर्न पाउँदा उत्साहित भएको बताएकी छिन्।, ‘स्टडी इन अष्ट्रेलिया’ भन्ने मूल नाराका साथ राजधानीमा आयोजना प्रथम अष्ट्रेलियन शैक्षिक मेला २०२२ को उद्घाटन गर्दै उनले कोरोनाको ...
सेतोपाटी संवाददाता त्रिवि केन्द्रीय गणित विभाग, नेपाल स्वास्थ्य अनुसन्धान  परिषद र स्यान्डीयागो स्टेट युनिभर्सिटी अमेरीकाबीच नेपालमा संक्रामक रोगको अनुसन्धानमा गणितीय ज्ञान र सिपको प्रयोग गरी सहकार्यात्मक अनुसन्धानको लागि हस्ताक्षर भएको छ।, मंगलबार नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा प्रदीप ज्ञवाली र गणित ...
नवीनबाबु गुरूङ तोकिएकोभन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। , काठमाडौं मेडिकल कलेज (केएमइसी) ले तोकेभन्दा बढी शुल्क लिएको भन्दै शुल्क वृद्धि तत्काल फिर्ता लिन मागसमेत गरेका छन्।, हाम्रो भविष्य सुनिश्चित गर, लुटतन्त्र बन्द गर, मेडिकल माफिया मुर्दावाद लगायत नारा लेखिएका ब्यानर र प्लेकार्ड ब...
सेतोपाटी संवाददाता जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृतसहित १३ जनाविरूद्ध मुद्दा दर्ता गरी अनुसन्धान सुरू गरिएको छ।, आइतबार बिहान पक्राउ निमित्त प्रशासकीय अधिकृत दलबहादुर घर्ती, भेरी नगरपालिका-६ का वडाध्यक्ष तथा कांग्रेसका नगर सभापति शशि बुढा, वडा नम्बर-४ का वडा सचिव...
एजेन्सी संसारकी सबैभन्दा जेष्ठ व्यक्ति केन तानाकालाई आफ्नो ११९औं जन्मोत्सव मनाएकी छन्।, क्योदो समाचार एजेन्सीका अनुसार आइतबार तानाकाले जापानको एउटा नर्सिङ होममा आफ्नो बर्थडे मनाएकी हुन्। कोरोनाभाइरस रोक्न लगाइएका प्रतिबन्धका कारण तानाकाले नर्सिङ होमका कर्मचारीहरू सँगमात्रै बर्थडे मनाएकी हुन्।, सन् १९०३ जन्मेकी तानाकाल...
रासस डडेल्धुराको परशुराम नगरपालिका-७ सादनीका हर्कबहादुर बोहरा आइतबार बेलुकी सादनी खोलाको डिलमा अवस्थित चिया पसलमा भेटिए। , सादनी खोलामा बनिरहेको मोटरेवल पुलको अवलोकन गरिरहेका उनी २०३८ सालमा दार्चुलाबाट डडेल्धुरा भित्री मधेशको सादनी बसाइ सरी यहाँ आएका हुन्।, उनले विगतका तुलनामा यहाँको बस्तीमा विकासले गति लिन थालेकाको भ...
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगमबीच एक आपसमा सहकार्य गर्ने समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ।, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र सचिव महेश्वर न्यौपानेको उपस्थितिमा सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकार...
रासस ‘कोभिड- १९ विरूद्धको खोप, हाम्रो खोप, हाम्रो सुरक्षा, खोप लगाउ सुरक्षित बनौं’ भन्ने नाराका साथ पर्सा जिल्लामा आजदेखि ‘कोभिडविरूद्धको खोप अभियान पुनः सञ्चालन गरिएको छ।, यसअघि सञ्चालन गरिएको अभियानमा पहिलो मात्रा लिइसकेकालाई दोस्रो मात्रा वा छुटेका १८ वर्ष उमेरमाथिका सबै व्यक्तिलाई पहिलो मात्रा खोप लगाउने उद्देश्यल...
नारायण खड्का दाङको घोराहीका १७ गुलरियाका २१ वर्षीय गणेश पौडेलको मृत्यु-प्रकरणमा १६ जना प्रतिवादीमध्ये केही साधारण तारेखमा र केही धरौटीमा छुटेका छन्। , दाङ जिल्ला अदालतले नवीन गिरीलाई एक लाख ५० हजार रुपैयाँ र अजय न्यौपाने, नयन गौतम, हिमाल थापा, मनिष सेजवाल र लंकबहादुर बुढाथोकीलाई जनही ५० हजार रुपैयाँ धरौटीमा पुर्पक्षमा...
रासस हिमपहिरामा परेर बेपत्ता भएका मनाङका एक किसान चार दिनपछि मृतावस्थामा भेटिएका छन्।, मनाङको नासों गाउँपालिका–४ ओडारका ५३ वर्षीय आजुङ लाटा भनिने आच्यों गुरूङ आइतबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ।, चार दिनदेखि हिमपहिरामा परेर हराइरहेका गुरूङको शव गाउँमाथिको जङ्गलमा हिउँले पुरिएको अवस्थामा भेटिएको ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप १८४  जना संक्रमित थपिएका छन्। , जसमध्ये काठमाडौंमा १४०, भक्तपुरमा १६ र ललितपुरमा २८ गरी १८४ जना थपिएका हुन्।, यस्तै, काठमाडौंमा २१३० सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १०४४, भक्तपुरमा ५०२ र ललितपुरमा ५८४ सक्रिय संक्रमित छन्। , नेपालमा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पु...
एजेन्सी बेलायतको एक बैंकको प्राविधिक त्रुटीले ७५ हजार जनाको खातामा रकम जम्मा भएको छ। , द न्युयोर्क टाइम्सका अनुसार स्यानट्यान्डर युके बैंकबाट १७ करोड ५० लाख अमेरिकी डलर (२० अर्ब  ७४ करोड रुपैयाँ) ७५ हजार जनाको खातामा जम्मा भएको थियो। गत क्रिसमसका बेला झुक्किएर रकम विभिन्न व्यक्तिको खातामा पुगेको हो।, प्राविधिक गल्तीले...
सेतोपाटी संवाददाता नेपालमा थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३२६ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा १२ हजार ४९८ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ९ हजार ७०० जनाको पिसिआर परीक्षण र २ हजार ७९८ जनाको एन्टिजेन परीक्षण...
रासस म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा निर्माणाधीन घरबाट खसेर आज एक जनाको मृत्यु भएको छ।, तीन तला माथिबाट खसेर सख्त घाइते भएका अन्नपूर्ण गाउँपालिका-७ हिस्तानका अन्दाजी ३२/३३ वर्षीय कृष्ण पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बेनी अस्पताल पुर्‍याउँदा चिकित्सक...
सेतोपाटी संवाददाता रूकुम पूर्वमा सडक निर्माणमा खटिएका १४ मजदुरको एक हप्तापछि सकुशल उद्धार भएको छ। , जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ घुसदुङमा सडक निर्माणको काममा खटिएका १४ जना मजदुर हिउँदे वर्षासँगै हिउँ परेपछि ओडारमा बसेर ज्यान जोगाउँदै आएका थिए। , आइतबारमात्रै मजदुरहरू हिउँमा फसेको जानकारी आएपछि हेलिकप्...
रासस ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबु-छोरा आज गाउँ फर्किएका छन्।, हिमपात हुन छोडेसँगै जमेको हिउँ पनि बाक्लिँदै गएपछि उनीहरू गाउँ आउन सफल भएका हुन्। , अन्दाजी ५०/५५ वर्षका लाक्पाटाँसी र उनका १४/१५ वर्षीय छोरा पासाङ शेर्पा गत बुधबारदेखि हिउँमा फसेका थिए। चौरी गोठ सार्ने क्रममा हिउ...
सेतोपाटी संवाददाता प्रहरीले यातायात व्यवस्था कार्यालय चन्द्रागिरी-५ गुर्जुधाराबाट १६ जनालाई पक्राउ गरेको छ।, ‘बिचौलिया’को काम गरेको आरोपमा उनीहरूलाई सोमबार मध्याह्न कार्यालय अगाडिको सडकखण्डबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।, कार्यालयमा आउने सेवाग्राहीलाई छिटो र छरितो तरिकाले काम लगाइदिने भनी ...
सेतोपाटी संवाददाता घोराही कारागारका नाइके यमराज परियार फरार प्रकरणमा दाङ जिल्ला अदालतले प्रहरी जवानसहित एक युवतीलाई पुर्पक्षका जेल चलान गर्न आदेश दिएको छ।, जिल्ला न्यायाधीश हिमलाल बेल्वासेको इजलासले कैदी भगाउन सहयोग गरेको भन्दै प्रहरी जवान धनबहादुर चौधरी र उनीसँगै होटलको कोठामा बसेकी तुलसीपुर उपमहानगरपालिका वडा नं. १०...
सेतोपाटी संवाददाता पश्चिमी वायुको सामान्य प्रभावले हाल देशका पश्चिमी तथा मध्य तराईका जिल्लाहरूमा बाक्लो हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, अन्यत्र भने मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ। , महाशाखाका अनुसार आज (मंगलबार) दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य ब...
सेतोपाटी संवाददाता प्रदेश २ का ६ जिल्लामा अनिश्चितकालीन आमहडतालको घोषणा गरेको सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले दुई वटा ट्रकमा आगजनी गरेका छन्।, सोमबार बिहान सिरहाको मिर्चैया र साँझ धनुषाको गणेशमान चारनाथ नगरपालिकामा राउतका कार्यकर्ताले ट्रकमा आगो लगाएका हुन्।, ठाउँ-ठाउँमा सडक अवरुद्ध गरेर प्रर्दशन गरिरहे...