content
stringlengths
20
64.1k
एजेन्सी भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोरोना पुष्टि भएको छ। , उनले मंगलबार एक ट्वीट गर्दै आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। , आम आदमी पार्टी (आप) प्रमुखसमेत रहेका उनी घरमै आइसोलेशनमा बसेका छन्।  उनले पछिल्ला केही  दिनमा आफूसँग सम्पर्कमा रहेकाहरुलाई आइसोलेट गर्...
सेतोपाटी संवाददाता प्रहरीले इटहरीबाट ७२ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।, इटहरी उपमहानगरपालिका-२० बाट सोमबार बिहान गाँजासहित धनकुटा सहिदभूमि गाउँपालिका-१ का २४ वर्षीय भूपेन्द्र राई र ३३ वर्षीय सन्जीप राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।, तरहरा प्रहरी चौकीनजिकैको जंगलमा चेकजाँच गर्ने क्...
रासस नाक र कानसम्बन्धी समस्याले थला परेका हुम्लाका दुई बिरामीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।, उत्तरी नाम्खा गाउँपालिका–४ का ५० वर्षीय लामु तामाङ र २५ वर्षीय पाल्जोर तामाङको उद्धार गरिएको हो।, उत्तरी क्षेत्रमा बाक्लो हिमपात हुनुका साथै गाउँमा उपचार सम्भव नभएपछि उनीहरूले आफ्नै खर्चमा काठमाडौँबाट हेलिकोप्टर मगाएर थप...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले मापदण्डविपरित घरभन्दा बाहिर राखिएका ट्रस हटाउन सुरू गरेको छ। हावाहुरी आउँदा ट्रस खसेर दुर्घटना हुनसक्ने भन्दै महानगरले टस हटाउन आग्रह गर्दै सूचना निकालेको थियो। , सूचनासँगै हरेक घर-घरमा माइकिङ गर्दै पत्रसमेत पठाएर ट्रस हटाउन आग्रह गरेको थियो। , महानगरपालिकाले यसरी सूचना दिएर प...
राजु अधिकारी आन्दोलनमा नजाऊँ थाम्नै नसक्ने अनावश्यक शुल्कको बोझ, आन्दोलनमा जाऊँ कलेजले 'नोटिस' मा लिएर जुनसुकै बेला बदला लिइदेला भन्ने त्रास। , विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबिबिएस पहिलो वर्षमा भर्ना भइसकेका ८० जना हाराहारीका विद्यार्थीले यही दुविधाबीच आन्दोलनको बाटो रोजेका छन्।, कक्षा सुरू भएको दोस्रो साता भइसक...
एजेन्सी अफ्रिकाको टापु मुलुक मोरिससमा जहाजको शौचालयभित्र एक जना नवजात शिशु फेला परेका छन्।, बिबीसीका अनुसार जनवरी १ मा माडागास्करबाट आएको एयर मोरिससको जहाजको नियमित चेकिङ गर्ने क्रममा शौचालयको डस्टबिनमा नवजात शिशु भेटिएका हुन्। विमानस्थलका अधिकारीहरूले शिशुलाई तत्कालै अस्पताल लगेका थिए। अहिले उनको अवस्था सामान्य छ।, ब...
रासस कपिलवस्तुमा ट्रयाक्टर पल्टिँदा दुई जनाको घटनास्थलमा मृत्यु भएको छ।, जिल्लाको बुद्धभूमि नगरपालिका-३ रनगाईमा लु४त २४०२ नंको ट्रयाक्टर आज बिहान दुर्घटना भएको थियो। , बालुवा लोड गर्न मजदुर लिएर हिँडेको ट्रयाक्टर सडकदेखि करिब २० मिटर तल खसेको थियो।, मृत्यु हुनेमा स्थानीयबासी ४८ वर्षीया शिवकुमारी थारू र १६ वर्षीया फूलक...
रासस जाजरकोट–जुम्ला जोड्ने सुरूङ मार्ग निर्माण हुने भएको छ।, जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टा र जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी जोड्ने सुरूङ मार्ग निर्माण हुने भएको हो।, यसका लागि सम्भाव्यता अध्ययनका लागि सडक विभागको गुणस्तरीय खोज तथा विकास केन्द्र (क्यूआरडिसी)ले सूचना जारी गरिसकेको छ।, सुरूङमार्गको सम्भा...
सेतोपाटी संवाददाता सरकारले आजदेखि कोभिड १९ विरूद्धको अतिरिक्त खोप दिने निर्णय गरेको छ। , कोभिड १९ विरूद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिलाई आजदेखि सरकारले बुस्टर डोजका रूपमा अतिरिक्त खोप लगाउने निर्णय गरेको हो।, स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार मध्यम तथा गम्भीर रूपमा ...
नारायण खड्का दाङको तुलसीपुरमा फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङ नामक कम्पनीका जिल्ला संयोजक सुरेश घले र केन्द्रीय कार्यालयका प्रबन्धक युवराज उपाध्याय पक्राउ परेका छन्। , कम्पनीका नाममा सर्वसाधारणबाट  लाखौं रकम उठाएर ठगी गरेको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ...
राजेश घिमिरे जाडोमा कठ्यांग्रिएका चितवनको राप्ती नगरपालिका–१३ का चेपाङ परिवारलाई विभिन्न संस्था तथा व्यक्तिहरूले सहयोग गरेका छन्। , केही दिनअघि सेतोपाटीमा ,कपडा नहुँदा अगेनाको छेउमा रात कटाउने परिवार,को समाचार प्रकाशन भएको थियो।, उक्त समाचार पढेपछि देश, विदेशमा रहेका विभिन्न संस्था तथा व्यक्तिहरूले चितवनका पहाडी क्षेत...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको ५० लाख रूपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, शनिबार दिउँसो पौने २ बजे विमानस्थलबाट ५० लाख रूपैयाँ बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। सौर्य एयरलाइन्सको उडान नम्बर एसएयू ७२४ मा स्रोत नखुलेको रकम रहेक...
रोहित महतो पूर्व-पश्चिम राजमार्गस्थित धनुषाको पोर्ताहा पुलमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको छ।, धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहा पुलमा टायर बालेर बाटो अवरूद्ध गरेका कार्यकर्तालाई हटाउने क्रममा प्रहरीले गोली चलाउँदा करिब आधा दर्जन घाइते भएका छन्।, प्रहरीको गोली लागेर नथु यादव, राम दयाल मण्डल, ...
सेतोपाटी संवाददाता अर्कैको नाममा लिखित परीक्षा दिँदै गरेका दुई जना नक्कली परिक्षार्थी पक्राउ परेका छन्। , सशस्त्र प्रहरी बलमा रिक्त रहेको प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका दुई जना शनिबार पक्राउ परेका हुन्। , पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका-६ बस्ने १८ वर्...
एजेन्सी दक्षिण अफ्रिकाको संसद भवनमा आगलागी भएको छ।, समाचार संस्था एएफपीका अनुसार आइतबार बिहान केपटाउनस्थित संसद भवनमा आगलागी भएको हो।, ससंद भवनको छतबाट सुरू भएको आगलागी अरू भागमा पनि फैलिएको र नियन्त्रणको प्रयास भइरहेको समाचार उल्लेख गरिएको छ।, आगो निभाउन दर्जनौं अग्नि नियन्त्रक पुगेका छन्। भवनभित्र कोही मानिस छन् कि ...
सेतोपाटी संवाददाता पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।, लु २ ख ७२७९ नम्बरको बस दुर्घटनामा आठ जना घाइते रहेको प्रहरीले जानकारी दिएको छ। शव बोकेको बस दुर्घटनामा परेको हो। वुटवलको बेलबासबाट पाल्पाको रिडीतर्फ शव बोकेर जाँदै गरेको गरेका मलामीहरू दुर्घटनामा परेका हुन्।, रिब्दीकोट २ लगुवा भन्ने ठ...
रासस पूर्वी चितवनको कालिका नगरपालिका– २ मा रहेका चार मन्दिरमा चोरी भएको छ। वडा कार्यालय परिसरमा रहेका ती मन्दिरमा शनिबार राति एकैपटक चोरी भएको हो।, पदमपुर प्रहरी चौकीका अनुसार परिसरमा रहेको कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण र सिद्धिदाता भगवती मन्दिरको ढोका तथा सत्तल फोरेर मन्दिरमा रहेको दान पेटिकाको ...
सेतोपाटी संवाददाता सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। , शनिबार राति ईश्वरपुर नगरपालिका-३ बयलवास भक्तिपुर सडकखण्डस्थित सागरनाथ जंगलबाट बयलवास जादैँ गरेको बा १९ प ७१९७ मोटरसाइकल दुर्घटना भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) माधवप्रसाद बुढाथोकीले जानकारी दिए। , दुर्घटना हुँदा ईश्वरपुर-१० का २२ वर्ष...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को ओमिक्रोन भेरियन्ट सम्बन्धी थप सतर्क रहन अनुरोध गरेको छ। , आइतबार मन्त्रालयको स्वास्थ्य सेवा विभागले स्थानीय तह, स्वास्थ्य कार्यालय र निर्देशनालयहरूलाई पत्र लेख्दै सतर्कता अपनाउन भनेको हो। , ‘थप संक्रामक भेरियन्ट ओमिक्रोन नेपालमा समेत भित्रिनुले सबै निका...
रासस मोटरसाइकल दुर्घटनामा परी सप्तरीमा दुई जनाको मृत्यु भएको छ।, कञ्चनपुर-फत्तेपुर भित्री सडक खण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका-४ तुलसी टोलमा आज (आइतबार) दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, मृत्यु हुनेमा सप्तरी कञ्चनरुप नगरपालिका- ७ का सुभास बस्नेत र उदयपु...
सेतोपाटी संवाददाता दाहसंस्कारको लागि बुटवलबाट मलामी लिएर गएको बस दुर्घटनामा परि मृत्यु हुनेमध्ये ६ जनाको पहिचान खुलेको छ।, बुटवल १७ रानीगञ्जका बीरबहादुर बिकको शव अन्त्येष्टीको लागि गुल्मीको रिडी लैजाँदै गर्दा मलामी चढेको बस दुर्घटनामा परेको थियो।, ३६ जना मलामी बोकेर गएको लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँप...
नारायण खड्का घोराही कारागारका जेलर युवराज परियारलाई मुद्दा चलाउन कारागार व्यवस्था विभागले अनुमति नदिएको हुँदा उनी प्रहरी हिरासत छुटेको  खुलेको छ।, कारागारका नाइके यमराज परियार पुस ८ गते फरार हुनुमा जेलर युवराजको पनि मिलेमतो र संलग्नताको आशंकापछि  पुस १२ गते सात जना पक्राउ परेका थिए।, सरकारी कर्मचारीलाई मुद्दा चलाउन सम...
रासस जाडो बढ्दै गएपछि काभ्रेपलाञ्चोकको स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिन थालेका छन्। चार दिन अघिको वर्षाले चिसो बढ्दै गएपछि जिल्लाका तीन स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिइसकेका छन्।, तेमाल गाउँपालिकाले यसै साताको वर्षाका कारण जाडो बढ्दै गएको जनाउँदै आजदेखि एक हप्ताका लागि आफ्नो क्षेत्रको सामुदायिक...
रासस अत्यावश्यक औषधि मध्येको सिटामोल यतिबेला हुम्लाको सर्केगाड गाउँपालिका- ४ स्थित साया स्वास्थ्यचौकीमा पाइँदैन।, नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा पर्दै आएका छन्। साया स्वास्थ्यचौकीमा बिरामी उपचारका लागि जाँदा सामान्य सिटामोलसमेत नपाउने गरेको गुनासो गर्न थालेका छन्। मौसमी ज्वरोका कारण...
सेतोपाटी संवाददाता नेपालमा थप २१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २१६ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ७ हजार ६३१ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ५ हजार ९६२ जनाको पिसिआर परीक्षण र १ हजार ६६९ जनाको एन्टिजेन परीक्षण ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा थप १३७ जना संक्रमित थपिएका छन्। , आइतबार काठमाडौं उपत्यकामा आइतबार १३७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।  , काठमाडौंमा ११८, भक्तपुरमा ६ र ललितपुरमा १३ गरी १३७ जना थपिएका हुन्।, योसँगै काठमाडौं उपत्यकामा २ हजार ९० सक्रिय संक्रमित छन्। काठमाडौंम...
एजेन्सी फ्रान्समा नयाँ वर्ष २०२२ को अवसरमा ८७४ कार जलाइएका छन्। , शुक्रबारमात्रै ८७४ कार जलाइएको बिबिसीले जनाएको छ। फ्रान्सेली गृह मन्त्रालयका अनुसार यो संख्या सन् २०१९को भन्दा निकै कम हो।, फ्रान्समा नयाँ वर्षको पूर्वसन्ध्या कारहरू जलाउनु परम्पराजस्तै बनेको छ।, यसरी कारहरू जलाएपछि उनीहरूलाई रोक्ने र निगरानीमा राखेर पक...
राजु अधिकारी एमबिबिएस पहिलो वर्षको कक्षा सुरू भएको दुई हप्ता बित्दा पनि विराटनगरस्थित नोबेल मेडिकल कलेजका ८० भन्दा बढी विद्यार्थी कक्षा प्रवेश गर्न पाएका छैनन्।, चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा चार लाखभन्दा बढी रकम विद्यार्थीबाट असुल्ने ध्येयमा रहेको नोबेलले आइतबार पनि ११ जना विद्यार्थीलाई मात्रै कक्षामा सहभा...
भगवती पाण्डे आइतबार वुटवलबाट मलामी बोकेर गएको बस पाल्पामा दुर्घटना भयो। यो समाचार एकाएक आगोसरि फैलियो।, शवको अन्तिम संस्कार लागि गुल्मीको रिडी हिँडेको मलामी बोकेको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका २ लगुवामा दुर्घटनामा परेको थियो।, मलामी बोकेको बस दुर्घटनामा परेसँगै बुटवल उपमहानगरपालिका १७ रानीगञ्जव...
रासस शीतलहर सुरू भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संंस्था बन्द गर्ने भएको छ।, गाउँपालिकाले आइतबार सूचना जारी गरी यहीँ पुस २४ गतेसम्म  संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ।  , यसैबीच वीरगञ्ज महानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडालगायतका सामग्री उपलब्ध गराएको छ । महानगरपालिकाले ...
सेतोपाटी संवाददाता बर्दियामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। , आइतबार राजापुर नगरपालिका- बस्ने ५४ वर्षीया भुसिया थारूको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए।, थारू दशगजा नजिकै बाख्रा चराउन गएकी थिइन्। त्यसैक्रममा हात्तीले आक्रमण गर...
रासस ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नम्बर ५ पापुङमा पाँच दिनदेखि हिउँमा फसेका बाबुछोराको उद्धार हुन सकेको छैन।, आइतबार बिहान दुई पटक अल्टिच्युट एयरको हेलिकप्टर उद्धारका लागि गए पनि ठाउँ पहिचान गर्न नसकेपछि उद्धार भएन।, करिब ५५ वर्षका लाक्पा टासी र उनका १५ वर्षीय छोरा पासाङ शेर्पा गत बुधबार हिउँमा फसेका थिए।, ‘च...
सेतोपाटी संवाददाता हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन। सोमबार बिहान उपत्यका र तराईका भूभागमा हुस्सु-कुहिरो लागेको छ। दिउँसो देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।  , यस्तै मंगलबार सुदूरपश्चिम र कर्णालीमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ। , राति सुदूरपश्...
एजेन्सी भारतमा पछिल्लो २४ घन्टामा ९६ नयाँ ओमिक्रोन संक्रमित भेटिएका छन्। यो सँगै कुल ओमिक्रोन संक्रमितको संख्या १५२५ पुगेको छ। , केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतका २३ राज्यमा ओमिक्रोनको संक्रमण फैलिएको छ। जसमध्ये महाराष्ट्रमा सबैभन्दा बढी ४६० जनामा ओमिक्रोन देखिएको छ भने दिल्लीमा ३५१ जनामा संक्रमण देखिएको छ...
सेतोपाटी संवाददाता रुकुम पश्चिमका एक युवाले मादक पदार्थ सेवनगरी श्रीमतीको हत्या गरेका छन्।, रूकुम पश्चिम बाफिकोट गाउँपालिका– ९ स्थित झुला पिपल टोलका दलजीत खनाल (दिपक)ले श्रीमती कमला खड्का (२६ को घाटी थिचेर हत्या गरेका हुन्।, गत शुक्रबार राती रक्सी सेवन गरेर आएका खनालले श्रीमतीको घाटी थिचेर हत्या गरेको रूकुम पश्चिमका प...
रासस गत वर्ष सरकारले ४२ परिवार मुक्तहलियालाई सुरक्षित आवास कार्यक्रमअन्तर्गत महेन्द्रनगरको पुनर्वास नगरपालिका–९ सीताबस्तीमामा पुनर्स्थापना गर्‍यो। १२ धुर जग्गा र दुईकोठे पक्की भवन उनीहरूलाई हस्तान्तरण गरे पनि बस्तीमा खानेपानी, बिजुलीलगायतका पूर्वाधार अझै पूरा भएको छैन।, ‘४२ परिवार मुक्तहलिया भएको यो बस्तीमा दुइटा नल्क...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १५४ कोरोना संक्रमित थपिएका छन्।, जसमध्ये काठमाडौंमा ११४, भक्तपुरमा ८ र ललितपुरमा ३२ गरी १५४ छन्।, यसैगरी काठमाडौं उपत्यकामा १८३४ सक्रिय संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ७०५, ललितपुरमा ६१८ र भक्तपुरमा ५११ सक्रिय संक्रमित छन्।, नेपालमा थप २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्...
सेतोपाटी संवाददाता नेपालमा थप २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २३५ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ९ हजार ८४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ७ हजार ८८५ जनाको पिसिआर परीक्षण र ११९९ जनाको एन्टिजेन परीक्षण गरिएक...
रासस नवलपुरको मध्यबिन्दु-१२ मा आज बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।, बाघको आक्रमणबाट मध्यबिन्दु-१२, अरुणखोला निवासी ३९ वर्षीया बरिसा सारूको मृत्यु भएको हो।, बिहान स्थानीय वनमा साग टिप्न गएकी सारूलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पन्तले बताए। सारूसँगै गएका अन्यले घटनाबारे जानक...
मनोज सत्याल गत बुधबारदेखि काठमाडौंमा पटक-पटक झ्यापझ्याप बत्ती गयो। कतिपय ठाउँमा बुधबार दिनभरि नै बत्ती आएन। झरी परेसँगै बढेको चिसोले काठमाडौंमा एक्कासी बिजुलीको माग बढेको थियो तर मान्छेले चाहिएको बेला बिजुली बाल्न पाएनन्। विद्युत आपूर्तिमा समस्या देखिएपछि सामाजिक सञ्जालमा नेपाल विद्युत प्राधिकरण र प्रमुख कार्यकारी प्र...
सेतोपाटी संवाददाता गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ स्थित माछाखोलामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। , शुक्रबार दिउँसो पौने १२ बजे आरूघाटबाट माछाखोलामा सिमेन्ट-रड बोकेर लैजाँदै गरेको बा ५ ख ६५६६ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए। ...
सेतोपाटी संवाददाता सर्लाहीको ईश्वरपुर नगरपालिकामा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा हटाइएको छ।, मंगलबार दिउँसो ३ बजेदेखि जारी गरेको निषेधाज्ञा आज बेलुकी ७ बजेदेखि हटाइएको प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतमले जानकारी दिए।, प्रहरी भ्यानको ठक्करबाट आइतबार राति ईश्वरपुर नगरपालिका-७ मा इलाका प्रहरी कार्यालय केशरगञ...
विनोद सापकोटा धेरै मानिस उत्तम जागिर, मध्यम व्यापार ठान्छन्। व्यापारभन्दा जागिर रोज्ने मानिस धेरै छन्।, जागिरले नै शान, मान र दाम तीन वटै चिज पाइने हुँदा अन्य पेशा व्यवसायमा त्यति धेरैको मन जाँदैन।, तर, अहिले पहिलेको जस्तो छैन। जागिरभन्दा व्यवसायप्रति युवाहरूको आकर्षण बढ्दो छ। सरकारी तथा गैरसरकारी जागिर छोडेर आफ्नै लग...
एजेन्सी आजदेखि सन् २०२२ सुरू भएको छ। मध्यरात १२ बजे विश्वभर नयाँ वर्ष सन् २०२२ लाई भव्य स्वागत गरिएको छ।, पछिल्लो वर्ष विभिन्न कारणले चर्चामा रह्यो।, विश्व नै प्रभावित भएको कोरोना महामारीको सामना मात्र नगरी यसविरुद्धको खोपको विकास भयो।, मानव जीवनमा आइपर्ने ठूलठूला संकट जस्तै कोरोना महामारीलाई विश्वका सञ्चामाध्यमले प्र...
सेतोपाटी संवाददाता ग्रेग्रोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरू भएको छ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्‌को सुरूआत भएको भन्ने भनाइ छ।, पोप ग्रेग्रोरीले जुलियन पात्रो अनुसारको सन्‌लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेग्रोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । ...
सेतोपाटी संवाददाता काठमाडौंको नरेफाँट स्थित तरकारी बजार सडकखण्डबाट लागुऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , शुक्रबार बिहान साढे १० बजे काठमाडौं महानगरपालिका-३२ नरेफाँट तरकारी बजारस्थितबाट एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , अवैध लागुऔषधको कार...
सेतोपाटी संवाददाता दाङको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्व चुन्न शनिबार बिहानदेखि मतदान सुरु भएको छ। , बिहान पौने आठ बजेदेखि सुरु भएको मतदानको समय बेलुका साढे चार बजेसम्म निर्धारण गरिएको छ। , नेतृत्वको लागि नौ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता यमकान्त भण्डारीको एउटा प्यानल र नेपाल...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन्। , पक्राउ पर्नेमा तीन महिला र दुई पुरूष छन्। तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ की १९ वर्षीया मन्दिरा थापा, सोही वडाकै १९ वर्षीया दिपु नेपाली, तुलसीपुर ६  बरुवागाउँका २९ वर्षीय रूद्रमणि पोखरेल शर्मा, सोही ठाउँकी २४ वर्षीया...
डा.प्रियादर्शनी योञ्जन सुगर (मधुमेह, डाइभिटिज) भएको बिरामीले आफ्नो दैनिकी बिहान सबेरै उठेर सुरू गर्नुपर्ने हुन्छ। , अहिले चिसोको मौसम छ। चिसो बढिरहेको छ। सकेसम्म सात बजेभन्दा अगाडि उठ्नुपर्छ। सम्भव भए साढे ५, ६ बजेसम्म उठेको राम्रो।, उठेपछि सुरूमा एक गिलास तातो पानी पिउने। त्यसपछि जिउ तन्क्याउनुपर्छ। सुत्दाखेरी मांसपे...
सेतोपाटी संवाददाता प्रहरीले शुक्रबार राति लागुऔषधसहित चार युवालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका-६ बस्ने २७ वर्षीय शत्रुधन मुखिया, सर्लाही जिल्लाको लालबन्दी नगरपालिका-४ बस्ने १७ वर्षीय वीरेन्द्र मुखिया, १८ वर्षीय सुरेश मुखिया र बरहथवा नगरपालिका-७ बस्ने १४ वर्षीय सुमन श्रेष्ठ रह...
सेतोपाटी संवाददाता घोराही कारागारका जेलर युवराज परियार रिहा भएका छन्। प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जेलर परियार शुक्रबार नै अदालतको आदेशले रिहा भएको सेतोपाटीलाई बताए।, पक्राउ परेका तीन प्रहरीसहित अन्य ६ जना भने थुनामै छन्। ‘म त हिजो फिल्डमा थिएँ, अदालतले छोड्न आदेश दिएछ,’ प्रजिअ रेग्मीले भने, ‘त्यही त होला सा...
सेतोपाटी संवाददाता गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा भूकम्प गएको छ।, शनिबार बिहान १० बजेर १३ मिनेट जाँदा जिल्लाको दोर्दी गाउँपालिका-८ बन्सारलाई केन्द्रबिन्दु बनाएर दुई दशमलव नौ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।, जिल्लाको विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भए ...
सेतोपाटी संवाददाता पर्सा प्रहरीले ६० लाख रुपैयाँ बराबरको भन्सार छलीका सामग्री लोड गरिएको ट्रकसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं. २ का ३३ वर्षीय नसरुदिन मियाँ रहेका छन्।, ट्रकमा लोड गरिएका सम्पूर्ण सामग्रीको बिल देखाउन नसकेपछि मियाँलाई ट्रकसहित नियन्त्रणमा लिइएक...
सेतोपाटी संवाददाता विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रकी जीवित देवी कुमारी घरमा साढे छ वर्षअघिको भूकम्पले क्षति पुर्‍यायो।, भूकम्पको केही दिनमै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले कुमारी घरको निरीक्षण गरे। पश्चिमतिरको भाग जीर्ण बनिसकेको देखेर उनले कुमारी घरलाई पुनःनिर्माणको सूचीमा राख्न निर्देशन पनि...
सेतोपाटी संवाददाता नेपालमा थप ३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ३८२ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा २० हजार ९५९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ५ हजार ७ जनाको पिसिआर परीक्षण र १५९५२ जनाको एन्टिजेन परीक्षण गरिएको...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा २८५ कोरोना संक्रमित थपिएका छन्।, जसमध्ये काठमाडौंमा २४४, भक्तपुरमा ९ र ललितपुरमा ३२ गरी २८५ छन्।, यसैगरी काठमाडौं उपत्यकामा २०७३ सक्रिय संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा ९५९, ललितपुरमा ६१२ र भक्तपुरमा ५०२ सक्रिय संक्रमित छन्।, नेपालमा थप ३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्...
सेतोपाटी संवाददाता पत्रकार केपी ढुंगानालाई ‘अनलाइन जर्नालिज्म अवार्ड’ प्रदान गरिएको छ। शनिबार अनलाइन पत्रकार संघको ११औं साधारणसभामा ढुंगानालाई पुरस्कार प्रदान गरिएको हो।, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ढुंगानालाई पुर...
सेतोपाटी संवाददाता नार्गाजुन नगरपालिका–२, इचंगुस्थित त्रितेन नोर्बुचे गुम्बामा मृतात्माको शान्ति र विश्व शान्तिको कामनासहित धार्मिक अनुष्ठान सुरु भएको छ। यसरी बोन धर्माबलम्बी ‘कुन्रीग लेसी ग्युङा’मा सहभागि भइरहेका छन्।  , शान्ति तथा पूण्य प्राप्तिको कामनासहित गरिने पूजापाठ सातासम्म चल्छ। यस अनुष्ठानमा शनिबारदेखि होम स...
सेतोपाटी संवाददाता आज देशभर मौसम सफा रहनेछ। पश्चिमी वायुको सामान्य प्रभावले केही समय बादल लागे पनि तत्काल हटेर घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल देशका प्रदेश १ र बागमती प्रदेशका पहाडी  तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य वदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागहरुमा आंशिक बदली रहेको मह...
नवीनबाबु गुरूङ किरात समुदायले शनिबार काठमाडौंको टुँडिखेलमा उधौली पर्व साथ साकेला नाचेर मनाएका छन्।, किरात समुदायले अन्नबाली भित्र्याएको खुसियाली र चिसो बढेसँगै लेकबाट बेसी झर्ने परम्पराको सांकेतिक पर्वका रूपमा उधौली पर्व मनाउने चलन छ।, किराती समुदाय, विशेषगरी सुनुवार, राई, लिम्बू र याख्खाहरूले मंसिर पूर्णिमाको दिनदेखि...
सेतोपाटी संवाददाता नेपाली सेनाले दुई सय २९ जना क्याडेट अधिकृत माग गर्दै आवेदन खुला गरेको छ।, छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले आज सूचना निकालेर २२९ जना अधिकृत क्याडेट माग गरेको हो।, खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको निर्देशनालयले जनाएको छ।, www.nepalarmy.mil.np, वेबसाइटबाट...
सेतोपाटी संवाददाता नेपालमा थप २४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २४१ जना संक्रमित थपिएका हुन्।, पछिल्लो २४ घण्टामा ८ हजार ८९७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।, ६ हजार ८१४ जनाको पिसिआर परीक्षण र २०८३ जनाको एन्टिजेन परीक्षण गरिएक...
सेतोपाटी संवाददाता ५० ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना पक्राउ परेका छन्। , त्रिभुवन विमानस्थल भन्सार कार्यालयले सिरहाका २१ वर्षीय मोहम्मद इजराइल मियाँलाई पक्राउ गरेको प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए। , उनलाई बुधबार बेलुकी विमानस्थलबाट नियन्त्रणमा लिइएको हो। उनी साढे ७ बजे कता...
सेतोपाटी संवाददाता उपत्यकाको छुट्टाछुट्टै स्थानमा बिहीबार दुई व्यक्ति मृत फेला परेका छन्। एक जना भक्तपुरमा र अर्का एक जना ललितपुरको चोभारमा मृत भेटिएका हुन्।, प्रहरी प्रधान कार्यालयका अनुसार भक्तपुरको मध्यपुरथिमी नगरपालिका–२ सानोथिमीस्थित नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको कम्पाउण्डमा वृद्धा मृत भेटिएकी छन्। मृत्यु ...
राजु अधिकारी चिकित्सा शिक्षा आयोगले तोकेभन्दा लाखौं बढी शुल्क विद्यार्थीबाट असुल्ने प्रयासमा रहेको नोबेल मेडिकल कलेजको कदमको विपक्षमा उभिने विद्यार्थी पढाइबाटै बञ्चित भएका छन्। , चिकित्सा शिक्षा आयोगको शुल्क सीमा पालना गर्ने र विद्यार्थीहरूबाट कुनै पनि अतिरिक्त शुल्क नलिने वचन स्थानीय प्रशासनलाई दिएर विद्यार्थी आन्दोल...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा १४५ कोरोना संक्रमित थपिएका छन्।, जसमध्ये काठमाडौंमा १०९, भक्तपुरमा ११ र ललितपुरमा २५ गरी १४५ छन्।, यस्तै काठमाडौं उपत्यकामा १८९१ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ७७६, भक्तपुरमा ५१० र ललितपुरमा ६०५ सक्रिय संक्रमित छन्।, नेपालमा थप २४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको...
सेतोपाटी संवाददाता मनाङको नासों गाउँपालिका–४ ओडारका ५३ वर्षीय आच्छ्यु गुरूङ बुधबार बिहानै गोठ गए। जंगलको बाटो हुँदै गोठ जाँदा उनीसहित ३ जना थिए।, गोठमा पुग्दा हिमपात बाक्लो भइसकेको थियो, जाडो बढेर उनीहरू फर्कन थाले। आच्छ्यु छिटोछिटो हिँड्न सकेनन्। उनीसँगै गएका दुई जना छिटो हिँडर गाउँ फर्किए। आच्छ्यु साँझसम्मै फर्केनन्...
सेतोपाटी संवाददाता मनाङको नासों गाउँपालिका-४ ओडारका ५३ वर्षीय आच्छ्यु गुरुङ बुधबार बिहानै गोठ गए।, जंगलको बाटो हुँदै गोठ जाँदा उनीसहित तीन जना थिए। गोठमा पुग्दा हिमपात बाक्लो भइसकेको थियो।, जाडो बढेर उनीहरू फर्कन थाले। आच्छ्यु छिटोछिटो हिड्न सकेनन्। उनीसँगै गएका दुई जना छिटो हिँडर गाउँ फर्किए। आच्छ्यु साँझसम्मै फर्केन...
रासस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा सावधानी अपनाउन अपिल गरेको छ।, मन्त्रालयले बिहीबार सूचना जारी गर्दै केही दिनदेखि देशभर चिसो बढेको र जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगा...
रासस नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को अन्तर्राष्ट्रिय उडानमा रहेको न्यारो बडी ए ३२० जहाज जहाज प्राविधिक समस्याका कारण ग्राउण्डेड भएको छ।, उक्त जहाज काठमाडौँ–ल्हासा उडानका क्रममा पार्किङ गर्ने क्रममा इञ्जिनमा समस्या आएको निगमले जनाएको छ।, निगमका प्रवक्ता अर्चना खड्काले विज्ञप्ति जारी गर्दै ग्राउण्डेड जहाजलाई उ...
सेतोपाटी संवाददाता गोरखाको लाप्राकस्थित गुप्सीपाखामा हिउँ परेको छ।, यहाँ भूकम्प प्रभावित लाप्राकीलाई एकीकृत बस्तीमा राख्न पाँच सय ७३ वटा घर बनाइएका छन्।, गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बनाएका यी घरमा लाप्राकीहरू स्थायी रूपमा बसोबास भने गरिसकेका छैनन्। , हेर्नुस् भिडिओ:, लाप्राकीहरू पुरानै गाउँ लाप्राकमा छन्। गुप्स...
सेतोपाटी संवाददाता सर्लाहीको ईश्वरपुर नगरपालिका अन्तर्गत बयलवास बजार क्षेत्रमा लगाइएको निषेधाज्ञा शुक्रबार पनि जारी रहनेछ।, प्रहरीको जीपले ठक्कर दिएर एक जनाको ज्यान गएपछि स्थिति तनावग्रस्त भएको थियो। सम्भावित दुर्घटना रोक्न स्थानीय प्रशासनले थप एक दिनका लागि निषेधाज्ञा लागू गरिएको हो।, जिल्ला प्रशासन कार्यालय सर्लाहील...
रासस म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा गएको हिमपहिरो प्रभावित क्षेत्रमा पुगेर नेपाली सेनाको टोली फर्किएको छ।, गुर्जाको सुकेलट्टेमा हिउँपहिरामा पुरिएर ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता छन्।, बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धी छन्त्याल र लालबहादुर बिक हिउँमा फसेर अलपत्र परेका थिए।, काठम...
सेतोपाटी संवाददाता शुक्रबार बिहान देशभर आंशिक बदली रहि  धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।, मौसम पूर्वानुमान महाशाखामा अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव छ।, दिउँसो देशभर आंशिक बदली रहने मौसम पूर्वानुमान महाशा...
सेतोपाटी संवाददाता बाक्लो हुस्सुका कारण शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन्।, विमानस्थल स्रोतका अनुसार भिजिबिलिटी नभएका कारण उडान र अवतरण हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले स्रोतले जानकारी दिएको छ।, विमानस्थलका अनुसार अन्तर्राष्ट्रिय उडान र अवतरण...
रासस राजमार्ग विस्तारका क्रममा नेपाल टेलिकमको अप्टिकल फाइबर काटिँदा दिनहुँजसो नेटवर्कको समस्या हुन थालेको छ।, नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर क्षेत्रमा नारायणगढ–बुटवल सडक विस्तारका क्रममा पटक–पटक अप्टिकल फाइबर काटिँदा नेटवर्कको समस्या भएको हो।, बिहीबारमात्रै अरुणखोला क्षेत्रमा बाटो विस्तारका क्रममा अप्टिकल फाइबर...
रासस त्रिभुवन राजपथअन्तर्गत पर्ने सीमभञ्ज्याङमा बाक्लो शीतलहर परेका कारण यातायात अवरुद्ध भएको छ।, बिहीबार साँझ हिउँ पन्छाएर यातायात सञ्चालनमा ल्याइएको भए पनि अढाइ घण्टापछि बाक्लो शीतलहर परेका कारण पुनः यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले बताए।, उनकाअनुसार दामनबाट सिमभ...
चन्द्रकला भण्डारी ‘हाङ्ग्रोले पाङ्ग्रो निल्छ’ भन्ने उखान पूर्वी पहाडमा निकै चर्चित छ। यही उखानको सहाराले चरा खोजकर्ता देवेन्द्र खरेललाई दुर्लभ पंक्षी रुफ्स नेक्ड हर्नबिल (नेपाली नाम–हङरायो) को कीर्तिमानी तस्बिर खिच्न सफलता मिलेको छ।, पहाडमा पाइने पाङ्ग्रो एक प्रकारको लहरे वनस्पतिको फल हो। जो ज्यादै कडा र चराले खान नसक...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण सुरू भएको छ। शुक्रबार बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण भिजिविलिटी नपुगेर बन्द भएको विमानस्थल केहीबेर अघि खुलेको हो।, विमानस्थल स्रोतका अनुसार आकाशमा घुम्दै गरेका जहाजलाई क्रमशः अवतरण गराउन थालिएको छ। यसक्रममा कतारको दोहाबाट काठमाडौं आए...
एजेन्सी अमेरिकामा एक महिलाले कोरोनाभाइरसको संक्रमण भएपछि जहाजको शौचालयमा पाँच घन्टा बिताएकी छन्।, द गार्डियनका अनुसार गत डिसेम्बर २० मा मारिसा फोतिओ सिकागोबाट आइसल्यान्ड जाने जहाज चढेकी थिइन्। जहाजमा यात्रा गर्नुअघि उनले दुई पटक परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको थियो।, जहाजमा उडिरहेको बेला उनको घाँटी दुख्यो। अप्ठेर...
एजेन्सी दक्षिण अफ्रिकाले ठूलो क्षतिबिनै ओमिक्रोन भेरियन्टको लहर पार भएको बताएको छ।, द न्युयोर्क टाइम्सका अनुसार बिहीबार दक्षिण अफ्रिकाको सरकारले ओमिक्रोनको लहरबाट मृत्युदरमा सामान्य वृद्धिमात्र भएको जनाएको छ।  अमेरिका र युरोपमा ओमिक्रोनले संक्रमण तीव्र रूपमा बढिरहेका बेला दक्षिण अफ्रिकाले आशालाग्दो तथ्यांक सार्वजनिक ग...
दिपकजंग शाही शरीरमा देउता चढेको निहुँमा महिलालाई पैतला चटाउने सुर्खेतका तीन जना पुरूष (धामी) माथि प्रहरीले अनुसन्धान सकेको छ। उनीहरुलाई आज सरकारी वकिल समक्ष पेश गर्न लागिएको छ।, ईलाका प्रहरी कार्यालय छिन्चुको हिरासतमा राखेर उनीहरूमाथि अनुसन्धान गरिएको थियो। अनुसन्धान सकिएपछि अब अदालती प्रक्रिया सुरु गर्न लागिएको जिल्ल...
सेतोपाटी संवाददाता भक्तपुरमा चार तले घरबाट खसेर एक किशोरीको मृत्यु भएको छ। , भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायक बस्ने हरिनारायण सितिखुकी १५ वर्षीया छोरी सुनेनाको घरको चार तलाबाट खसेर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , उनका अनुसार शुक्रबार बिहान सवा ६ बजे...
रासस पुस्तौंदेखि ऐलानी जग्गामा जीवन बिताउँदै आएको सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ का रामदेव सदाको परिवार अहिले चिन्तामा छ।, स्थानीयबासी रमानन्द चौधरीले सदा परिवार बसिरहेको जग्गा खाली गर्न भनेपछि उनीहरूलाई समस्या भएको हो।, ‘वर्षौंदेखि यही ऐलानी जग्गामा बसेर जीवन गुजारा गर्दै आएका छौं’, सदाले भने, ‘अहिले आएर चौधरीले यो...
खिलानाथ ढकाल सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि कारागार चलान भएका छन्। , ठगी तथा संगठित अपराध मुद्दा लागेका तामाङलाई बुधबार जिल्ला अदालत काठमाडौंले जेल चलानको आदेश दिएको हो। , उनीसँगै पक्राउ परेका सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ पनि जेल चलान भएको जिल्ला अदालतका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले ...
सेतोपाटी संवाददाता सिमराबाट काठमाडौं आउँदै गरेको मालबाहक ट्रक त्रिशुली नदीमा खसेको छ।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार लु१ख ६०५० नम्बरको ट्रक अपराह्न ५ बजे मुग्लिन-नारायणगढ सडकबाट त्रिशुली नदीमा खसेको हो।, सनफ्लो नामको तेल बोकेर काठमाडौं गइरहेको ट्रक जलबीरेनजिक त्रिशुली नदीमा खसेको चितवनका प्रहरी उपरीक्षक ओम अधि...
सेतोपाटी संवाददाता बुधवार मुलुकभर वर्षा भएसँगै पहाडी तथा हिमाली भूभागमा हिमपात भएसँगै चिसो बढेको छ। , बिहीबार थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , ‘देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागको थोरै स्थानह...
सेतोपाटी संवाददाता आज गुरूङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ।, ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् ।, ‘तम...
सेतोपाटी संवाददाता देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ।, बुधबार रातिदेखि देशका अधिकांश स्थानमा वर्षा भएको थियो। बिहीबार पनि वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, वर्षा र हिमपातले गर्दा जनजीवन कष्टकर भएको छ। सडकहरू अवरूद्ध हुँदा यात्रुले दु:ख पाएका छन्। कतिपय ठाउँमा कालोपत्र गरिएका सडक...
सेतोपाटी संवाददाता नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा संजय चौधरीले उम्मेदवारी घोषणा गरेका छन्। , चौधरी बुक डिपो धनगढीका सञ्चालकसमेत रहेका चौधरी नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार हुन्। , आगामी पुस २८ र २९ गते चितवनको सौराहामा आयोजना हुन लागेको महासंघको छैठौ महा...
नारायण खड्का नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा एकै परिवारका चार जनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्तीका अनुसार कालीकोटको खाँडाचक्र नगरपालिका-६ का धनप्रसाद भट्टराईका परिवारका चार जना बिहीबार बिहान मृत फेला परेका हुन्।, २४ वर्षीय धनप्रसादसँगै उनकी आमा कोपिला, दिदी नन्द...
रासस बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।, गए राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो।, भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट राजेश शर्माका अनुसार चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु भने भारतमा रहेक...
सेतोपाटी संवाददाता बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ।, नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई चिसाले अन्य स्वास्थ्य समस्या हुने देखिएको हुँदा यही पुस २१ गत...
एजेन्सी भारतमा एक हिन्दुवादी धार्मिक नेतालाई प्रहरीले पक्राउ गरेको छ।, एनडिटिभीका अनुसार महात्मा गान्धीलाई गाली गरेको आरोपमा कालीचरण महाराजलाई छत्तीसगढ प्रहरीले बिहीबार बिहान मध्यप्रदेशको खजुरावबाट पक्राउ गरेको हो।, कालीचरणले रायपुरमा भएको धर्म संसदमा महात्मा गान्धीलाई गाली गर्दै उनलाई गोली हान्ने नाथुराम गोड्सेको प्र...
सेतोपाटी संवाददाता भक्तपुरमा बुधबार राति कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। , राति पौने ११ बजे मध्यपुर थिमी नगरपालिका-४ स्थित चारदोबाटोमा बा ४ च ५७६ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको हो। , दुर्घटनामा कारका चालक सिन्धुली कमलामाई नगरपालिका १२ का २५ वर्षीय सविन घिसिङ र धनुषा जनकपुर उपमहानगरपालिका-१५ का २२...
सेतोपाटी संवाददाता हिजोआज काठमाडौं उपत्यकाभित्र विद्युत् अनियमित हुन थालेको छ।, सिंहदरबार क्षेत्र, बानेश्वर, स्वयम्भू, अनामनगर, कीर्तिपुर, गौशाला क्षेत्रमा विद्युत् अनियमित भइरहेको गुनासा आएका छन्।, ललितपुरको इमाडोल, टीकाथली, चापागाउँ क्षेत्रमा पनि विद्युत् अनियमित भएको छ।, पछिल्लो दुई, तीन दिनदेखि विद्युत् झ्यापझ्याप...
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी आयोजनाको भौगर्भिक अध्ययन गर्न जाँदा हिमपातमा फसेको एसियाली विकास बैंक (एडिबी)का भूगर्भविदसहितको टोलीको उद्धार गरिएको छ।, भौगर्भिक विज्ञसहितको १५ जनाको टोली बुधबार मेलम्ची खानेपानीको माथिल्लो भाग भ्रेमाथाङमा हिमपातमा फसेको थियो।, श्री एयरको हेलिकप्टरले १५ जनालाई नै उद्धार गरेको सिन्ध...
सेतोपाटी संवाददाता चितवनमा गतवर्षको तुलनामा मानवअधिकार उल्लंघनका घटनामा कमी आएको एक तथ्यांकले देखाएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनले तयार पारेको वार्षिक तथ्यांकले चितवन जिल्लामा अघिल्लो वर्षको तुलनामा यस वर्ष १८ वटा घटना कम भएको देखाएको छ।, इन्सेक चितवनका संयोजक दिपेन्द्र अधिकारीकाअनुसार चितवनमा सन् ...
सुदीप श्रेष्ठ दुई सय चालीस मिनेट — त्यो सन्तोष साहको जिन्दगीकै सबभन्दा यादगार दुई सय चालीस मिनेट थियो।, गत वर्ष बिबिसी मास्टरसेफ च्यालेन्जका उपविजेता रहेका सन्तोष यसपालि फेरि प्रतिस्पर्धामा ओर्लेका थिए। उपाधि जित्ने अधुरो ख्वाब पूरा गर्ने हुटहुटीले उनलाई दोस्रोचोटि प्रतिस्पर्धामा ओरालेको थियो।, कतिले त उनलाई भने पनि, ...
सेतोपाटी संवाददाता चर्चित र्‍यापर आशिष राना पक्राउ परेका छन्। , 'लाउरे' नामले परिचित उनलाई पोखराको न्युरोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए। , उनलाई लागुऔषध मुद्दामा पक्राउ गरेको प्रहरीले जनाएको छ। उनी हिजो बेलुकी पक्राउ परेका हुन्।, ‘एक जना लाउरे भन्ने आशिष रानाल...