content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ।, दिउँसो पहाडी  भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौस...
सेतोपाटी संवाददाता काठमाडौंको सिनामंगलबाट प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ। , शनिबार साँझ चार दिने भारत भ्रमण सकेर काठमाडौं फर्किँदै गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध नाराबाजी गर्नेहरूलाई नियन्त्रणमा लिएको हो।, जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालका अनुसार अहिले ११ जनालाई नियन्त्रणमा...
रासस पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ तामनगरमा शनिबार भएको सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ।, बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल तामनगरस्थित कोरियन टेक्निकल कलेजनजिक एकआपसमा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले जनाए...
सेतोपाटी संवाददाता सुनकोशी नदीमा गाडी खस्दा बेपत्ता भएका सिटिइभिटीका ३ जना कर्मचारी अझै फेला परेका छैनन्।, ३ दिनसम्म खोजी गर्दा पनि बेपत्ताहरू र गाडी फेला नपरेको हो।, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले खोजी कार्य जारी रहेको जानकारी दिए।, गत शुक्रबार सुनकोशीमा सिटिइभिटीको गाडी र त्...
रासस ताप्लेजुङको सिरिजंघा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन्।, सुरक्षा गस्तीका क्रममा सिदिङ्वा गाउँपालिकाबाट फर्किने क्रममा रहेका उदयपुरको त्रियुगा नगरपालिका–७ का ४१ वर्षीय वरिष्ठ प्रहरी हवल्दार दीपक शाह शंकर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी क...
रासस पृथ्वी राजमार्गको पोखरा-मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्ड कालोपत्र गर्न सुरू गरिएको छ। आयोजनाको पूर्वीखण्डको परीक्षणपछि कालोपत्र गर्न सुरू गरिएको हो।, तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसय क्षेत्रमा कालोपत्र गर्ने काम भइरहेको पोखरा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए। उनक...
युवराज श्रेष्ठ जुम्लाको कनकासुन्दरी-१ का धिराबहादुर बुढा र गणना भण्डारी सानैदेखि जोखिमयुक्त उच्च हिमाली क्षेत्रमा अभ्यस्त थिए। उच्च हिमाली गाउँमा जन्मे हुर्केको भएर आफूहरूका लागि हिउँ र हिमाली अप्ठ्यारा सामान्य भएको उनीहरू बताउँछन्।, ‘तलतिर पानी पर्दा हाम्रो गाउँमा हिउँ पर्छ,’ गणनाले भनिन्, ‘हाम्रो ठाउँ र अन्नपूर्ण आध...
सेतोपाटी संवाददाता कैलालीमा मोटरासाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ।, टीकापुर नगरपालिका-७ मा से ४ प ५८८२ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको हो।, मृत्यु हुनेमा भजनी नगरपालिका-८ सोनाफाँटाका ६० वर्षीय सोमैया चौधरीको रहेको प्रहरीले जनाएको छ।, शुक्रबार राति ठक्करबाट गम्भीर घाइते भएका उनको उपच...
एजेन्सी भारतको पूर्वी राज्य ओडिसामा शुक्रबार भएको रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या २७५ पुगेको छ। सयौं घाइतेहरू अझै अस्पतालमा रहेकाले मर्नेहरूको संख्या बढ्न सक्ने बताइएको छ।, शुक्रबार तीन वटा रेल ठोक्किएर ठूलो संख्यामा भएको मानवीय क्षतिप्रति विश्वभरका नेताहरूले दु:ख व्यक्त गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल...
रासस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ७५३ वटै स्थानीय तह र देशका सबै अस्पताललाई कूल शय्याको १० प्रतिशत छुट्याइ विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गराउन निर्देशन दिएको छ। , मन्त्रालयका उपसचिव एकदेव खनालले ७५३ वटै स्थानीय तह र सबै सरकारी, सामुदायिक तथा निजी अस्पताललाई आज छुट्टाछुट्टै पत्राचार गरी कूल शय्...
सेतोपाटी संवाददाता पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।, आइतबार साँझ ५ बजे रैनादेवी छहरा गाउँपालिका-८ सत्यवतीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप दुर्घटनामा परेको हो। अत्यधीक लोड भएकाले जीप अनियन्त...
सेतोपाटी संवाददाता दाङमा अटो रिक्सा र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।, आइतबार दिउँसो साढे ३ बजे राप्ती गाउँपालिका-४ श्रीनाराण चोकमा अटो रिक्सा र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको हो। , घोराहीबाट पूर्व चन्द्रौटा जाँदै गरेको भे १२ प ७५९४ नम्बरको मोटरसाइकल र पश्चिम आउँदै गरेको रा १ ह ५६०१ नम्बरको अटो र...
शोभा शर्मा खोटाङको दिक्तेलस्थित 'शुभद्रा मदन फाउन्डेसन (शुभम)'का संस्थापक मदन राईले बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोग लगाउँदै सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको छ। , मदन राईविरूद्ध सरकारी वकिल कार्यालयले आइतबार मुद्दा दायर गरेको खोटाङ जिल्ला अदालतका श्रेष्तेदार रामाकान्त यादवले जानकारी दिए। राईको थ...
रासस पाल्पाको रैना देवीछहरा गाउँपालिका–८ सत्यवतीस्थित किउरेछेडाँमा भएको जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुगेको छ। अहिले मृतक सबैको पहिचान खुलेको छ।, दुर्घटनामा ११ जना घाइते भएका छन्।,        , रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु१च ९०२४ नम्बरको जीप आइतबार साँझ सो स्थानामा दुर्घटना भएको हो।, दुर्...
सेतोपाटी संवाददाता नयाँ कानुनअनुसार जन्मसिद्ध नागरिकका सन्तान तथा आमाको नामबाट नागरिकता वितरण सुरू भएकै दिन सर्वोच्च अदालतले नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि विराटनगरमा त्यसविरूद्ध प्रदर्शन भएको छ।, नयाँ कानुनअनुसार झापामा आइतबारबाट नागरिकता वितरण सुरू भइसकेको थियो भने मोरङ र सुनसरी प्रशासनले नागरि...
रासस कालीकोटमा शिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ। जिल्लाको नरहरिनाथ गाउँपालिका–५ रुप्साका १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो। , जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय एक शिकारीको गोली लागेर सहकारी घाइते भएका थिए।, घाइते सहकारीको प्राथमिक स्वास्थ्य चौकी कुमाल गाउँमा उपचार सम्भव नभएप...
सेतोपाटी भारतको बिहारस्थित भागलपुर जिल्लामा गंगा नदीमाथि बन्दै गरेको पुल भत्किएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार पुल भत्किँदा मानवीय क्षति भने भएको छैन।, यो पुल आइतबार साँझ ६ बजेतिर भत्किएको हो। पुल भत्किँदै गरेको भिडिओ स्थानीयवासीले खिचेका छन्।, बन्दै गरेको पुल भत्किएको विषयमा बिहार सरकारले छानबिनको आदेश दिएको छ।...
सेतोपाटी संवाददाता मुलुकको अधिकांश भूभागमा आज पनि तापक्रम घट्ने सम्भावना न्यून छ।, पहाडी भूभागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेपनि अन्य स्थानमा तत्काल पानी पर्ने नदेखिएकाले  तापक्रम करिब यथावत् नै रहने मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए।, आज कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्...
रासस संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ।, संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५...
रासस पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन थालिएको छ। , सो बजारमा रहेको सडक मापदण्डभित्रका घरटहरा भत्काउन सुरु गरिएको हो। मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णु पाण्डेका अनुसार डुम्रे बजारका पाँच घर भत्काउने काम भइरहेको छ। डुम्रे बजार बन्दीपुर...
रासस कोरोना भाइरसको सङ्क्रमण शून्यमा झरेको छ। , स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा सात सय ६० जनामा गरिएको परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ। , अहिलेसम्म १७ जना सक्रिय सङ्क्रमितछन्। , कोही पनि सङ्क्रमितलाई सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटरमा राख्नुपरेको छैन। , यही जेठ महिना...
सेतोपाटी संवाददाता राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल कार्यान्वयन गर्न सर्वोच्च अदालतले रोक लगाएको विरोधमा धनुषाको महेन्द्रनगरमा चक्काजाम भएको छ।, नश्लीय सोचका कारण राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता ऐन कार्यान्वयन नगर्न सर्वोच्चले आदेश दिएको भन्दै नागरिकताविहीन संघर्ष समितिले सोम...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस गरेको छ।, सोमबार बसेको बढुवा समितिको बैठकले ४६ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवा सिफारिस गरेको हो। , बढुवा सिफारिसको पहिलो नम्बरमा जिल्ला प्रहरी कार्यालय धादिङ अपराध नियन्त्रण तथा अनुसन्धान शाखाका रञ...
रासस मेलम्ची खानेपानी आयोजनाले अम्बाथानस्थित आयोजनास्थलको वैकल्पिक पथान्तरण प्रणालीको ‘गेट’ मर्मत गरेको छ।, मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा र धमिला पानी हुँदा पनि काठमाडौँ उपत्यकामा पानी नियमित ल्याउनका लागि मर्मत गरिएको मेलम्ची खानपानी विकास समितिले जनाएको छ।, प्रणालीअन्तर्गत गेट नम्बर १ ले पानी सुरुङको भित्र पठा...
एजेन्सी आइतबार दिउँसो अमेरिकाको राजधानी वासिङ्टन डिसीका वासिन्दाले एउटा अनौठो आवाज सुने। त्यो आवाज यति ठूलो थियो त्यसले उनीहरूका घरसमेत हल्लाएको थियो।, मानिसहरू के भयो भनेर घरबाट बाहिर निस्किएका थिए।, द न्युयोर्क टाइम्सका अनुसार स्थानीय समयअनुसार दिउँसो तीन बजेतिर अमेरिकी सेनाका दुई वटा लडाकु जहाज सुपरसोनिक गतिमा उडेक...
एजेन्सी भारतको पूर्वी राज्य ओडिसामा फेरि अर्को रेल दुर्घटनामा परेको छ।, टाइम्स अफ इन्डियाका अनुसार ओडिसाको बारगढ जिल्लामा सोमबार बिहान एउटा मालवाहक रेलका पाँच डिब्बा लिकबाट बाहिर गएका हुन्।  उक्त रेल एउटा फ्याक्ट्रीको चुनढुंगा बोकेर  गुडिरहेको थियो। , दुर्घटनामा अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। सुरक्षा...
सेतोपाटी संवाददाता इलाममा  बुबाको हत्या अभियोगमा छोरा पक्राउ परेका छन्।, पक्राउ पर्नेमा  इलामको माइ नगरपालिका वडा-२ चेप्टीका ३२ वर्षीय दीपक कुमाल छन्। , बाबु लोकबहादर कुमालको हत्या अभियोगमा दीपक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रदीप सुवेदीले जानकारी दिए।, उनका अनुसार जेठ ८ गते ...
राजेश घिमिरे बाँकेमा पाँच जनाको ज्यान लिएको नरभक्षी बाघ चितवनको कसरास्थित कठघरामा छ। फागुन १७ गते राप्तीपीडित सामुदायिक वनबाट नियन्त्रणमा लिइएको यो बाघलाई  चितवन राष्ट्रिय निकुञ्जको कसरा ल्याएर 'इनक्लोजर' (कठघरा) मा राखिएको हो।, त्यसअघि यसले घाँस, दाउरा काट्न वन गएकी राप्तीसोनारी–४ की लीला विष्ट, राप्तीसोनारी–६ की चाँ...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न र असहायको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएका छन्।, शुक्रबार शहीद  गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडियकेयर अस्पतालको अनुगमनपछि पत्रकारहरूसँगको कुराकानीमा मन्त्री बस्नेतले आर्थिक अवस्था कमजोर भएका बिरामीको निःशुल्क उ...
रासस नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित आज तीन जनाको बयान आज जिल्ला अदातल काठमाडौंमा जारी छ।, बिहान ११ बजेदेखि पूर्वगृहमन्त्री खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल तथा हरिभक्त महर्जनको बयान सुरू भएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। , उनका अनुसार ...
सेतोपाटी संवाददाता सिन्धुलीमा बेपत्ता प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का कर्मचारी खोज्न सशस्त्र प्रहरीको गोताखोर परिचालन  गरिएको छ।, सिटिइभिटीको गाडी सुनकोशी नदीमा खस्दा ३ जना बेपत्ता भएका छन्। एक जनाको उद्धार गरिएको छ।, स्काभेटर र नेपाल प्रहरी सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा खोजी कार्य भइर...
सेतोपाटी संवाददाता सुनसरीको इटहरी उपमहानगरपालिकाले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण प्रक्रिया थालेको छ।, सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रूपान्तरण गर्न सकिने व्यवस्था गरेपछि उपमहानगरले सम्याति इलेक्ट्रो व्हिल्स प्रालिसँग सम्झौता गरेको मेयर हेमकर...
सरिशा अछामी अवैध बाटो हुँदै अमेरिका हिँडेका दाङका एक युवकलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले केही समयअघि उद्धार गर्‍यो।, युवकका परिवारले ब्युरोमा उजुरी दिएपछि प्रहरीले उद्धार गरेको थियो। प्रहरीलाई आश थियो- फर्केर आएका युवकले अमेरिका पठाउँछु भनेर आफूलाई अलपत्र पार्ने एजेन्टविरूद्ध बयान दिनेछन्। तर त्यस्त...
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनिएको ठगी प्रकरणमा १८ प्रतिवादीको बयान सकिएको छ।, शुक्रबार पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र हरिभक्त महर्जनको बयान लिइएको थियो।, ३० जना प्रतिवादी भएको यो मुद्दामा १८ प्रतिवादीको बयान सकिएको र अब आइतबारदेखि थुनछेक बहस सुरू...
सेतोपाटी संवाददाता झापाको दोमुखास्थित कनकाई नहरमा पौडी खेल्न गएका एक युवकको डुबेर मृत्यु भएको छ।, कनकाई नगरपालिका वडा नम्बर २ का १९ वर्षीय सलीम गुरागाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापा ले जनाएको छ।, अपराह्न ४ बजे तिर कनकाई नहरमा उनी पौडी खेल्न गएका थिए। , घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झिलझ...
रासस जुम्लामा शुक्रबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा जिल्लाको तिला गाउँपालिका–५ स्थित चुलाकोट गाउँका १६ वर्षीय विकास सुनार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए।, सुनारको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला...
सेतोपाटी संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले बिहे गरेकी छन्।, सोबिताले गृहेन्द्र घिमिरेसँग सामान्य तरिकाले बिहे गरेकी रास्वपाका एक सांसदले जानकारी दिए। , उनका अनुसार गृहेन्द्र माओवादीका पार्टी सदस्य हुन्। चितवनका गृहेन्द्र माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निकट रहेको पनि उनले ब...
सेतोपाटी संवाददाता नेपालमा जातजातिको संख्या १४२ पुगेको छ।, जनगणना २०७८ को जातजाति सम्बन्धी तथ्यांकअनुसार एक दशकमा १७ वटा जातजातिको संख्या बढेको हो।, जनगणना २०६८ मा १२५ जातजाति थिए।, जातजाति, भाषा तथा धर्मसँग सम्बन्धित यी तथ्यांक उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञ समूहसँग परामर्श लिएर प्रकाशित गरिएको तथ्यांक का...
रासस धनकुटामा जंगली च्याउ खाएर एक महिला र उनकी सात वर्षीय छोराको मृत्यु भएको छ।, सहिदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा डेरा गरी बस्ने २८ वर्षीया मुना राई र उनका छोरा सचिन राईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।, उनीहरूलाई जिल्ला अस्पताल धनकुटामा उपचार ...
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा अझै केही दिन गर्मी बढ्ने बताएको छ।, मौसमविद् विनु महर्जनका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय नभएकाले तत्काल पानी पर्ने सम्भावना नरहेकाले अझै केही दिन गर्मी बढ्नेछ।, हिजो काठमाडौ उपत्यकाको अधिकतम त...
सेतोपाटी संवाददाता सुनकोशीमा बेपत्ता सिटीइभिटीका कर्मचारी अझै भेटिएका छैनन्।, शुक्रबार सिटिइभिटीका कर्मचारी सवार जिप सुनकोशीमा खस्दा तीन जना बेपत्ता भएका थिए।, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालका अनुसार अबेरसम्म नभेटिएपछि स्थगित गरिएको खोजीकार्य आज बिहानैबाट सुरू गरिएको छ।...
रासस पाथीभरा मन्दिरमा एक सय दिनमा ६६ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ।, इलामको रोङ गाउँपालिकामा रहेको मन्दिरको स्वामित्व गत फागुनदेखि नयाँ समितिले लिएपछि आम्दानी सार्वजनिक गर्न सुरु गरिएको हो।, समितिका अनुसार फागुनमा २१ लाख ७० हजार दुई सय ९४, चैत महिनामा २० लाख ६४ हजार सात सय ४३ र वैशाखमा १८ लाख ८५ हजार एक सय पाँच भेटी...
सेतोपाटी संवाददाता मोरङको सुन्दरहरैचा नगरपालिका-२ स्थित श्री माध्यमिक विद्यालयका कर्मचारी विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा फेला परेका छन्।, जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता  डीएसपी रन्जनकुमार दाहालका अनुसार आज बिहान विद्यालयका लेखापाल  ४० वर्षीय मनिल ढकाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका हुन्।, बिहा...
डा. नुतन शर्मा गर्भावस्थालाई पहिलो तीन महिना, बीचको तीन महिना र पछिल्लो तीन महिना गरी तीन तहमा विभाजन गरिन्छ।, गर्भ रहेको थाहा पाउनासाथ चिकित्सकलाई भेट्नुपर्छ। सुरूमै अल्ट्रासाउण्ड गर्‍यो भने बच्चा कहाँ रहेको छ भन्ने थाहा हुन्छ। कुनै पनि औषधी नसोधिकन खानु हुँदैन। फोलिक एसिड नामको औषधी खानुपर्छ। सामान्यत: गर्भको योजना ...
सेतोपाटी संवाददाता भक्तपुरमा गाडीबाट खसेर एक महिलाको मृत्यु भएको छ। , शनिबार बिहान साढे ७ बजे भक्तपुर नगरपालिका-१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरा जाँदै गरेको ‘हात्ती गाडी’ पछाडि सवार एक महिलाको लडेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। , बा २१ च ५३०१ नम्बरको गाडीब...
रासस सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयका बालबालिकालाई विद्यालयमै दिवा खाजा खुवाउनुपर्ने निर्णय गरेसँगै विद्यार्थी नियमित पठनपाठनमा आउन थालेका छन्। केही दिन पहिले नगर कार्यपालिकाको बैठकबाट विद्यालयमै खाजा खुवाउनुपर्ने निर्णय गरिएको थियो।, यसअघि खाजावापतको रकम अभिभावकलाई दिने गरिएको थियो। अहिले विद्यालयले साप्...
नवीनबाबु गुरूङ नेपाल एकीकरणको केन्द्र विन्दु गोरखा दरबार नामैले ऐतिहासिक छ। , गोरखाको सदरमुकाम पोखरीथोक बजारको टुप्पोमा रहेको गोरखनाथ र गोरखा कालिका देवीको मन्दिर संगै रहेको गोरखा दरबार आफैंमा धार्मिक, ऐतिहासिक र भौगोलिक रूपमा पनि महत्वपूर्ण मानिन्छ। यो प्राकृतिक रूपले पनि निकै सुन्दर ठाउँमा छ। त्यसैले गोरखा दरबार अन्...
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका तस्बिर’ मा प्रस्तुत गरेको छ।, आजको श्रृंखलामा हामीले जेठ १३ गते देखि जेठ २० गतेसम्मका तस्बिर समेटेका छौं।, तस्बिरहरू:, गणतन्त्र दिवसको अवशरमा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानले गरेको ‘राष्ट्...
रासस बाजुरामा रूखबाट खसेर एक जनाको मृत्यु भएको छ।, शनिबार बडिमालिका नगरपालिकामा रूखबाट खसेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ ढम्कनेका ४२ वर्षीय देवबहादुर धामी छन्। , रुखको स्याउला काट्ने क्रममा धामी रुखबाट खसेका थिए। उनको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी ...
रासस राष्ट्रिय जनगणना २०७८ का अनुसार कर्णाली प्रदेशमा शिशु मृत्युदर ६.४ प्रतिशत रहेको देखिएको छ।, तीन लाख ५२ हजार नौ सय ८३ विवाहित महिलाले हालसम्म आठ लाख ५२ हजार तीन सय २२ बच्चा जन्माएका छन्। तीमध्ये ६.४ प्रतिशत अर्थात् ५४ हजार ५४८ शिशुको मृत्यु भएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ। मृत्यु हुनेमा बालिकाभन्दा बाल...
सेतोपाटी संवाददाता हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सामान्य छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। अन्य भूभागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।, मौसमविद् सञ्जीव अधिकारीका अनुसार स्थानीय व...
सेतोपाटी संवाददाता बजेटमा आफ्ना माग नसमेटिएको भन्दै विद्यालयमा कार्यरत कर्मचारीहरू आन्दोलित बनेका छन्। , सरकारले नीति तथा कार्यक्रममा विद्यालयका माग सम्बोधन गरे पनि बजेटमा नसमेटिएपछि विद्यालय कर्मचारी आन्दोलित बनेका हुन्।, बुधबार शिक्षा पत्रकार समूहमा पत्रकार सम्मेलन गर्दै नेपाल विद्यालय कर्मचारी परिषद्ले आन्दोलनका का...
रासस स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय मातहतका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका छन्।, उनले मन्त्रिस्तरीय निर्णय गर्दै आठ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन्।, मन्त्री बस्नेतका प्रेस सल्लाहकार रामचन्द्र दुलालका अनुसार मन्त्रालय मातहतका विभिन्न विभाग र अस्पतालका निर्देशकको जि...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरूमा शय्या उपलब्धताको स्थिति वेबसाइटमा राखेर सार्वजनिक गर्न निर्देशन दिएका छन्।, बुधबार काठमाडौं महानगरपालिकाले विश्व धूमपान रहित दिवस २०८० को अवसरमा आयोजना गरेको सुर्तिजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनमा स्थानीय सरकारको भूमिका विषयक...
रासस आज २३औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।, राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकाय, पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी सङ्घ लिमिटेड, नेपाल डेरी एशोसिएसन, डेरी उद्योग सङ्घ, केन्द्रीय पशुपक्षी मत्स्य सहकारी सङ्घलगायत सरोकारवाला निकायले विश्व दूध दिवसक...
रासस दुई दिनदेखि बढेको गर्मीका कारण सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा दिइएको छ।, सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको सबै स्थानीय तहमा अत्यधिक गर्मी बढेका कारण जिल्लाका तीन स्थानीय तहको विद्यालयमा बिदा दिइएको हो।, सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाले २०८० जेठ १८ गते बिहीबारदेखि २४ गते बुधबारसम्मका लागि ...
रासस खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित बिर्तास्थित स्वास्थ्यचौकी भवन छ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन । निर्माण थालेको आठ वर्ष वित्दा पनि भवन अधुरै छ। , विसं २०७४ कात्तिक २० भित्र सक्ने गरी युएस–नाना जेभीले २०७२ कात्तिक २० गते भवन निर्माणको सम्झौता गरेको थियो। यसबीचमा निर्माणका लागि छ पटक म्य...
विनोद सापकोटा केही दिन यता झापामा अत्यधिक गर्मी बढ्न थालेपछि विद्यालय बन्द हुन थालेका छन् ।, जिल्लाका शिवसताक्षी, मेचीनगर र कचनकवल गाँउपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।, शिवसताक्षी र मेची नगरले आजदेखि लागु हुने गरी दुई दिन र कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयको पठनपाठन बन्द गर्ने सूचना जारी गरेका छन्...
सेतोपाटी संवाददाता ललितपुर महानगरले पाटन दरबार क्षेत्रमा पर्यटकका लागि स्मार्ट शौचालय निर्माण सुरु गरेको छ ।, बुधबार महानगर प्रमुख चिरीबाबु महर्जनले शौचालयको शिलान्यास गरेका हुन्। उक्त शौचालयमामा स्तनपान कक्ष समेत रहने ललितपुर महानगरका पूर्वाधार महाशाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले जानकारी दिए।, यो श...
रासस बागलुङ बलेवा विमानस्थल कालोपत्र गरेर रङरोगनले चिटिक्क परेको एक वर्ष बढी भयो।, धावनमार्ग कच्ची हुँदा निरन्तर सञ्चालन हुन नसकेको यो विमानस्थल कालेपत्र गरिसक्दा पनि विमान कहिले सञ्चालन हुन्छ भन्ने अत्तोपत्तो छैन।, विसं २०२२ मा स्थानीयले श्रमदान गरी तयार गरेको विमानस्थल २०४८ सालसम्म सञ्चालनमा थियो। विसं २०४८ मा बागलु...
रासस तनहुँमा तीन युवकविरुद्ध ज्यान कसुरसम्बन्धी मुद्दा दर्ता गरिएको छ।, म्याग्दे गाउँपालिका–६ का २५ वर्षीय प्रेमबहादुर कुमाल र २८ वर्षीय सन्तोष थापा तथा म्याग्दे–३ का २६ वर्षीय शुसन रानाविरुद्ध मुद्दा दर्ता गरिएको हो ।, गत आइतबार म्याग्दे गाउँपालिका–६ अकलास्थित म्याग्दे खोलामा साथिहरुसित करेन्ट लगाएर माछा मार्ने क्रमम...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बलले थप २० जनालाई गोताखोरको प्रशिक्षण दिएको छ।, चितवनको कुरिन्टारस्थित सशस्त्र प्रहरी बल, नेेपाल विपद व्यवस्थापन तालिम शिक्षालयले २० जनालाई  गोताखोरको प्रशिक्षण दिएको हो। , प्रशिक्षणको समापन बिहीबार कुरिन्टारको त्रिशूली नदी किनारमा गरिएको थियो।, सशस्त्रका १९ जना र नेपाल प्रहरीका एक जन...
सेतोपाटी संवाददाता प्रेमिकाले विवाहको प्रस्ताव अस्वीकार गरेपछि कपिलवस्तुमा एक युवाले प्रेमिकासहित दुई जनाको हत्या गरेका छन्।, प्रहरीका अनुसार रूपन्देहीको कंचन गाउँपालिका वडा नं. २ का २२ वर्षीय मोहन थारूले कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ६ मटेरियाकी १८ वर्षीय अन्जनी थारु र ७० वर्षीय बमबहादुर थारूको हत्या गरेका हु...
शोभा शर्मा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेको नागरिकतासम्बन्धी विधेयकले जन्मसिद्ध नागरिकका सन्तान र प्रवासमा बस्ने नेपालीलाई न्याय दिएको छ। नेपाली महिलालाई भने यसले दोस्रो दर्जाका नागरिकको हैसियत जारी राखेको छ।, यो कानुनले तीन वटा अवस्थामा महिलालाई पुरूषलाई भन्दा कम अधिकार भएका नागरिकको हैसियत प्रदान...
सरिशा अछामी अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगमा साढे २१ हजार मिटरब्याज पीडितले निवेदन दिएका छन्।, आयोगले वैशाख १७ गतेदेखि जेठ १४ गतेसम्म पीडितलाई निवेदन दिन आह्रान गरेको थियो।, सात प्रदेशबाट २१ हजार ५ सय ४८ मिटरब्याज पीडितले निवेदन दिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए।, ‘मधेश प्रदेशका आठ ...
सुसन चौधरी कसैको घरमा चोरी भए के गर्ने? अन्जान व्यक्तिले जबरजस्ती करणी गरे कहाँ जाने? सवारी दुर्घटनामा परी चालकको मृत्यु भयो तर अर्को पक्ष फरार भए कसलाई गुहार्ने?, यस्ता आपराधिक घटना जुनसुकै बेला जसमाथि घट्न सक्छ।, यी घटना आइपरी हाले हामी सबैभन्दा पहिले प्रहरीमा जानुपर्छ। प्रहरीले घटनाको प्रकार हेरेर मुद्दा दर्ता गर्छ...
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १७ मध्ये १५ जना अभियुक्तको बयान सकिएको छ।, काठमाडौं जिल्ला अदालतमा आज टोपबहादुर रायमाझी, आङटावा शेर्पा र शमसेर मियाँको बयान सकिएको जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताए।, उनका अनुसार भोलि पूर्व गृहमन्त्री बालकृष्ण खाण र भुटानी शरणार्थीका नेता टेक...
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्। , यस प्रकरणमा प्रतिवादी रहेका हरिभक्त महर्जन बिहीबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका हुन्। उनकी श्रीमती लक्ष्मीलाई प्रहरीले जेठ १२ गते नै पक्राउ गरेको थियो। , प्रहरीका अनुसार उनीहरूको खाता प्रयोग भएको देखिएको थियो। योसँगै पक्राउ पर्नेक...
सेतोपाटी संवाददाता झापामा मिटरब्याजीविरूद्ध १०२ जना पीडितहरूले निवेदन दर्ता गराएका छन्। , जिल्ला प्रशासन कार्यालय झापामा पीडितले लिखित उजुरी गरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।, सहायक प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद न्यौपानेका अनुसार नेपाल सरकारले वैशाख १७ गतेदेखि जेठ १४ गतेसम्म दुई पटक म्याद थपेर उजुरी द...
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।, गोदावरी नगरपालिका– २ तेधरीमा मोटरसाइकलको ठक्करबाट इशारादेवी धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार ठक्करबाट घाइते धामीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा बुधबार राती मृत्यु भएको हो।, धामीलाई ठक्कर दिने से ४ प २५६...
सेतोपाटी संवाददाता आज देशभरको मौसम सामान्यतया सफा रहनेछ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव आंशिक रहेकाले  र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामन्य बदली भई अन्य स्थानको मौसम सफा रहने जानकारी दिएको छ।, पहाडी भूभागका एकदुई स्थान बाहेकका भूभागमा वर्षाको सम्भावना...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने लामो, मध्यम र छोटो दुरीका सवारी साधन गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्न आग्रह गरेको छ।, जभाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको भन्दै म...
नवीनबाबु गुरूङ भारतको 'अखण्ड भारत' नक्सामा नेपालको भूमि समेटिएको विरोधमा काठमाडौं प्रदर्शन गरिएको छ।, लैनचौरस्थित भारतीय दूतावासअघि राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले विरोध जनाएको हो।, उनीहरूले 'भारतीय विस्तारवाद मुर्दावाद', 'कालापानी लिपुलेक हाम्रो हो' लगायत प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन्। , तस्बिरहरू:, ...
सेतोपाटी संवाददाता दाङमा बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् , घोराही उपमहानगरपालिका-१६ का ३४ वर्षीय मार्शल रोका गत मंगलबार पक्राउ परेका हुन्। , तुलसीपुरकी एक महिलाले रोकाविरूद्ध किटानी जाहेरी दिएपछि गत मंगलबार राति उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वीरबहादुरा वली...
सेतोपाटी संवाददाता काठमाडौंको नयाँ नैकापमा एक महिला मृत फेला परेकी छन्।, शुक्रबार बिहान चन्द्रागिरि नगरपालिका १४ नयाँ नैकापस्थित एक घरमा महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।, उनका अनुसार महिला बन्द कोठाभित्र मृत अवस्थामा फेला परेकी हुन्।, प्रहरीका अनुसार मृतक ३९ वर्षीया...
रासस मध्यपहाडी  राजमार्गअन्तर्गत गोलञ्जोर  गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ। आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन्।, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्  (सिटिइभिटी)का कर्मचारी सवार बा १ झ ७४६७ नम्ब...
नवीनबाबु गुरूङ काठमाडौंको स्वयम्भुमा रहेको स्तूपको गजुर अहिले मर्मत भइरहेको छ।, गत फागुनमा आएको हावाहुरीले स्तूपको गजुर ढलेको थियो।, बाँदरले हल्लाएर कमजोर बनेको गजुर हावाहुरीको जोडले ढलेको स्थानीयले बताएका छन्।, गजुर ढलेर झरेपछि पुरातत्व विभाग, त्यहाँका पुजारी र स्वयम्भु व्यवस्थापन समितिको रोहबरमा गजुरको मर्मत सुरू भए...
सेतोपाटी संवाददाता प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्  (सिटिइभिटी) को गाडी सुनकोशी नदीमा खस्दा ३ जना बेपत्ता भएका छन्। एक जनाको उद्धार गरिएको छ।, सिन्धुलीको गोलञ्जोर  गाउँपालिका वडा नम्बर ७ लौकुनबाट गाडी सुनकोशी नदीमा खसेको हो। सिटिइभिटीको बा १ झ ७४६७ नम्बरको गाडी शुक्रबार बिहान करिब ११:३० बजे नदीमा खसेको हो...
सेतोपाटी संवाददाता सिन्धुलीमा सर्पदंशबाट २ जना बालकको मृत्यु भएको छ। , दुधौली नगरपालिका वडा नम्बर १ कुर्थौलीमा सर्पदं‌शबाट २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। , मृतक सोही ठाउँका १३ वर्षीय ग्रीस पहाडी र उनका ३ वर्षीय भाइ ग्रीष्म पहाडी छन्। , सोमबार राति उनीहरू आफ्नी २९ वर्षीया आमा गंगा पहाडी...
सेतोपाटी संवाददाता महोत्तरीमा एनएमबी बैंकमा लुटपाट भएको छ। , मंगलबार मध्याह्न साढे १२ बजे महोत्तरी गाउँपालिका- २ स्‍थित एनएमबी बैंकको शाखा कार्यालयमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए। , चार जना अज्ञात व्यक्तिहरूले आएर बैंक लुटेको उनले बताए। उनीहरूले हतियार समेत बोकेका थिए। , यक...
रासस ‘हाम्रो वनमा वन्यजन्तु बढेका छन्। घरपालुवा जनावर र मान्छे नै वन्यजन्तुले मारेका छन्। तर पनि हामीलाई डर लाग्दैन खुसी लाग्छ’, यो भनाइ हो बाँकेको राप्ती पीडित तथा गुलरी सामुदायिक वनका वन हेरालु धनीराम थारूको।, उमेरले ५६ वर्ष लागेका उनले भने, ‘पहिला–पहिला वन उजाड हुन्थ्यो, हामीलाई निकै नै न्यास्रो लाग्थ्यो। तर अहिले ...
सरिशा अछामी शनिबार दिउँसो नागरिकताविहीन संघर्ष समितिले नागरिकता विधेयक २०७९ छिटो प्रमाणीकरण गराउन माइतीघर मण्डलमा प्रदर्शन गरे।, ‘संविधानको हक लागु गर,ʼ ‘नागरिकता विधेयक २०७९ छिटो प्रमाणीकरण गरʼ लेखिएका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन्।, आइतबार पनि संघर्ष समितिले राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिकता विधे...
सेतोपाटी संवाददाता गुणस्तर तथा नापतौल कार्यालय, वीरगञ्जका पूर्ववरिष्ठ निरीक्षक शशीभूषण कुमार यादवविरूद्ध झन्डै साढे ४ करोड रुपैयाँ बराबरको भ्रष्टाचारको मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यादवविरूद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। , उनले आफ्नो नोकरी अवधि...
मनिका विश्वकर्मा उनले ढाडमा धनुष बाँधेका थिए। सेतोमा विशेष किसिमको पहेँलो बुट्टा भएको फेटा र मयुरको प्वाँखको लहरले शिर सजाएका थिए। कम्मरमा पहेँलो पटुका बाँधेका थिए।, यसरी साकेला नृत्यको पोशाकमा सजिएर उनी हँसिलो मुहारका साथ स्टेजमा खडा भए। , उनी हुन् विजय राई छाङ्छा।, विजयसँगै आइन् यशोदा गुरूङ। लगत्तै प्राविधिकहरूले गी...
सेतोपाटी संवाददाता नेकपा (माओवादी केन्द्र) ले दुवै खुट्टा गुमाएर पनि सगरमाथाको कीर्तिमानी आरोहण गर्न सफल हरि बुढामगरलाई सम्मान गरेको छ। , मंगलबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले उनलाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान गरेका हुन्। , त्यस अवसरमा महराले अपांगता भए...
दिपकजंग शाही जाजरकोटको छेडागाड नगरपालिका–२, सुयडाकी विपना बुढा ९ कक्षामा पढ्छिन्। यो  वर्षको पढाइ सुरु भएयता उनले खेल्ने र घरको काम सघाउने समय पाएकी छैनन्। दिनभरको थकानले सम्साँझै निद्रा लाग्छ। जसरी भए पनि राति ८ बजेसम्ममा होमवर्क (गृहकार्य) सक्नुपर्छ। कहिलेकाहीँ त सबै त होकवर्क पूरा हुँदैन।, बिदाको दिनबाहेक घरको काम ...
रासस बाँकेको राप्तीसोनारी गाउँपालिका–८ ठुडिया खोला नजिकै मंगलबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।, धनगढीबाट पूर्वतर्फ जाँदै गरेको मे१ख ३३३५ नम्बरको बसले काठमाडौंबाट कोहलपुरतर्फ आउँदै गरेको बा१३च ८२५३ नम्बरको कारलाई ठक्कर दिँदा कार चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, कोहलपुर, बाँकेल...
सेतोपाटी संवाददाता सर्बिया पठाइदिन्छु भन्दै १२ लाख ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई ठगी आरोपमा पक्राउ गरेको एसपी मिलन केसीले जानकारी दिए। , सर्लाही हरिवन नगरपालिका-५ घर भई काठमाडौं-३२ तिनकुने बस्ने २७ वर्षीय निरोज बुढाथोकी पक्राउ परेका हुन्। , उनले...
सेतोपाटी संवाददाता महोत्तरीमा रहेको एनएमबी बैंकको शाखाबाट दिनदहाडै पैसा लुटपाट भएको छ। , मंगलबार मध्याह्न साढे १२ बजे महोत्तरी गाउँपालिका वडा नम्बर २ महोत्तरी बजारमा रहेको एनएमबी बैंकको शाखा कार्यालयबाट लुटपाट भएको हो। , जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलिपकुमार गिरीका अनुसार ४ जनाले पेस्तोल देखाएर बैंक लुटप...
सेतोपाटी संवाददाता काठमाडौंबाट पोखरा जाँदै गरेको बस अनियन्त्रित भई पल्टिँदा २१ जना घाइते भएका छन्। , चितवनको ईच्छाकामना-५ पानीधारास्थित पृथ्वी राजमार्गमा ग १ ख ७७०१ नम्बरको बस पल्टिएको हो।, बसमा सवार ३० जना यात्रुमध्ये २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दियो।, घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ। ...
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा थप तीन जनाको बयान सकिएको छ। , म‌ंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले तीन जनाको बयान लिएको सरकारी वकिल कार्यालय प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले बताए। , इन्द्रजित राई, नरेन्द्र केसी र सन्देश शर्माको बयान सकिएको हो। , रा...
सेतोपाटी संवाददाता फ्रान्स पठाइदिन्छु भन्दै ४० लाख ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई ठगी आरोपमा पक्राउ गरेको सूचना अधिकारी एसपी मिलन केसीले जानकारी दिए। , दोलखा बैतेश्वर नगरपालिका-३ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका-१३ सल्लाघारी बस्ने ५० वर्षीय सु...
नारायण खड्का बाँकेमा मंगलबार भएको दुर्घटनामा परी उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी माइली भाइबुहारीको मृत्यु भएको छ।, ५३ वर्षीया सञ्जु खाती खड्काको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा बेलुकी ८ बजेतिर मृत्यु भएको सुर्खेतका एसपी योगेन्द्र थापाले जानकारी दिए।, पेसाले डाक्टर रहेकी सञ्जु कर्णाली प्रदेश अस्पतालका निर्देशक...
रासस वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दै छन्। , प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको दल राख्ने गरिन्छ। यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ। यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ । , आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीक...
सेतोपाटी संवाददाता सवारी दुर्घटनामा ज्यान गुमाएकी डाक्टर सञ्जु खाती खड्काको शव सुर्खेत लगिएको छ।, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले सञ्जुको शव गएराति गृह जिल्ला सुर्खेत पुर्‍याइएको जानकारी दिए।, सुर्खेत जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्र थापाले घर परिवारका सदस्यबाट जाहेरी आएप...
रासस अनुचित लेनदेन (मिटरब्याज)  पीडित १०२ जनाले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका  छन्।, गत वैशाख १७ देखि जेठ १४ गतेसम्म दुई पटक म्याद थपेर सरकारले उजुरी दर्ताका लागि सूचना जारी गरेपछि पीडितले धमाधम निवेदन दिन थालेका हुन्।, तीन जना विपक्षीले समेत जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएको सहायक प्रमुख जिल्...
सेतोपाटी संवाददाता देशभर  पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, कोशी प्रदेशका पहाडी भूभागमा बदलीको अवस्था रहेको र मधेश प्रदेशका केही भूभागमा आंशिक बदलीको अवस्था रहेको मौसमविद् सजिना श...
रासस पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गए राति ट्रकले ठक्कर दिदाँ साइकलयात्रीको मृत्यु भएको छ।, ट्रकको ठक्करबाट राप्ती–४ का ६५ वर्षीय हरि पाण्डेको ज्यान गएको हो।, लोथरबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र०३–००१ख १८६३ नंको ट्रकले साइकलयात्री पाण्डेलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जन...
नवीनबाबु गुरूङ वैदिक सनातन धर्मावलम्बीले आज निर्जला एकादशी मनाएका छन्।, आजको दिन तुलसी पुजा र मठमा तुलसीको दल (बीऊ) राखिन्छ।, आज राखिएको बीऊ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ । , निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानी समेत नपिई व्रत गर्नाले चिताएको फल विश्वास छ।  , तस्बिरहरूः, ...
रासस उन्नाइस वर्षीया अप्सरा स्याङ्ताङलाई पाटेबाघको बारेमा राम्रो जानकारी छ। उनी बाघको बानीव्यवहार, आहारविहार र बासस्थानका बारेमा पनि जानकार छिन्।, बाघको बारेमा आफूलाई थाहा भएका कुराहरू सडक नाटकमार्फत मानिसहरूलाई पनि बुझाउँदै आएकी छन्। सडक नाटक प्रस्तुत गर्न थालेपछि उनले बाघको बारेमा अझै धेरै ज्ञान पाएकी छन्।   , स्नात...