content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता प्रहरीलाई देख्‍दा पेस्तोल फ्याँकेर भागेका एक जना पुरूषलाई प्रहरीले पक्राउ गरेको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंले बैंकिङ कसुरका फरार प्रतिवादीलाई पेस्तोलसहित पक्राउ गरेको एसपी सिताराम रिजालले जानकारी दिए। , पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-३ बस्ने ३२ वर्षीय रमेश बानिया छन्।, बैंक...
सेतोपाटी संवाददाता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा नर्सिङ पढाइ सुरू भएको छ। , प्रतिष्ठान स्थापनाको पाँच वर्ष पछि पहिलो पटक नर्सिङको पढाइ सुरू भएको बिहीबार प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ।, बिएससी नर्सिङ तर्फ २० र बिएनएस तर्फ २० जना विद्यार्थी छन्। दुवै विधामा १५ जना सरकारी छात्रबृत्ति प्राप्त गरेका र...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले उपत्यकाबाहिर चल्ने लामो, मध्यम र छोटो दूरीका सवारीसाधन गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्ने व्यवस्थापन गर्न कार्यदल गठन गरेको छ।, बिहीबार मेयर बालेन शाहको अध्‍यक्षतामा बसेको बैठकले जगतमान श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे‍...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले नेपाल प्रहरीलाई सिसिटिभी प्रणाली जडान गर्न साढे तीन करोड दिएको छ। , बिहीबार महानगरका मेयर चिरीबाबु महर्जन र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी लालमणि आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। , महानगरलाई स्मार्ट सिटी बनाउने उद्देश्यले स्मार्ट लाइट जडान गरि...
सेतोपाटी संवाददाता काठमाडौंको गुर्जुधारामा ट्रकलाई ओभरटेक गर्नेक्रममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , बिहीबार बिहान सवा १० बजे चन्द्रगिरि नगरपालिका-१२ गुर्जुधारामा ट्रकलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। , ना.५ ख ५७७७ नम्बर...
सेतोपाटी संवाददाता दाङमा यात्रुवाहक जीप दुर्घटना भएको छ।, शुक्रबार बिहान तुलसीपुरदेखि रोल्पाको ओत जाँदै गरेको रा १ ज ५५६ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिका-३ शिरखोलामा दुर्घटना भएको हो।, मल्लले जिप  सडकबाट ६० मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।, दुर्घटनामा  दस जना...
सेतोपाटी संवाददाता हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ  भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुकोआंशिक प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  छ।, आज दिउँसो ...
सेतोपाटी संवाददाता वानएक्स बेटको प्रचार गरेबापत पक्राउ परेका कलाकारहरूले ४० लाखसम्म लिएको खुलेको छ। , बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जना कलाकारलाई पक्राउ गरेको हो। जसले प्रतिबन्धित वानएक्स बेटिङ गर्न प्रचार गरेको आरोप छ। , कार्यालयका प्रमुख एसएसपी मनोजकुमार केसीका अनुसार उनीहरूले रकम भ्युज, सब्...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरदेखि रोल्पाको ओतका लागि छुटेको जिप दुर्घटनामा परी चालकको मृत्यु भएको छ। , रोल्पाको गंगादेव गाउँपालिका वडा नं. १ का चालक अन्दाजी ३२ वर्षीय विष्णु पुनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन्। , दुर्घटनाका अन्य चार जना घाइतेलाई थप उपचारका ल...
रासस अत्यधिक वर्षाका कारण आएको बाढीले ताप्लेजुङमा मोटरेबल पुल बगाएको छ।, गएरातिको अविरल वर्षाले सिरिजंगाको खेवाङ र सिदिङ्वाको मेहेल जोड्ने तावाखोलामाथिको मोटरेबल पुल बगाएको हो। स्थानीयहरुका अनुसार एक महिना अघिदेखि मात्रै सञ्चालनमा सो पुल गएरातिको बाढीले आधा भाग बगाएको हो।, बाढीले सिरीजङ्घा गाउँपालिका–८ याम्फुदिनमा दुई...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्भमा रहेको भ्रूणको लिंग पहिचान गर्नु कानुनीय हिसाबले दण्डनीय अपराध रहेको सूचना टाँस गर्न अस्पताल र स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ।, मन्त्रालयले सचिवस्तरीय निर्णय गरेर मातहतका अस्पताललाई निर्देशन दिएको हो।, जनसंख्यामा लैंगिक असमानता देखिन थालेको र विभेदपू...
सेतोपाटी संवाददाता महिला प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप लागेका  प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पाललाई गृह मन्त्रालयले निलम्बन गरेको छ। , एसएसपी पाललाई निलम्बन गरिएको गृहको पत्र शुक्रबार बिहान  प्रहरी प्रधान कार्यालय पुगेको प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुबेर कडायतले जानकारी...
नवीनबाबु गुरूङ मगर समुदायले  टुँडिखेलमा भूमि (भुम्या) पर्व धुमधामका साथ मनाइरहेका छन्।, असार १ देखि एक हप्तासम्म मनाउने यो पर्वमा समुदायले प्रकृतिको पूजा र नाचगान गरी मनाउने गर्छन्।, हरेक वर्षको वर्षा ऋतु लाग्नुभन्दा पहिले मगर समुदायले बाढी,पहिरो, हुरी बतासजस्तो दु:ख दिने प्राकृतिक प्रकोपबाट बच्नलाई र राम्रो खेतीपातीक...
सेतोपाटी संवाददाता यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले नेपालगञ्जमा पहिलोपटक गौरव यात्रा मनाएका छन्।  , पश्चिम तारा नेपालको आयोजना र यौनिक तथा लैङ्गिक अल्पसंख्यक महासंघ नेपाल, भिजिवल ईम्प्याक्ट र युवा नेपालको सहयोगमा समुदायले गौरव यात्रा मनाएका हुन्।, समुदायका युवाहरूले त्रिभुवन चोक, न्युरोड, सेतु विक चोक हुँदै धम्बोझ...
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले नयाँ बसपार्कभन्दा बाहिर रहेका टिकट काउन्टर हटाउन सुरू गरेको छ।, उसले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै नयाँ बसपार्कबाट मात्रै काठमाडौं बाहिर जाने र भित्रने सवारीहरू सञ्चालन गर्न भनेको भनेको थियो।, त्यही अनुसार शुक्रबार बिहानैबाट महानगरका प्रहरीहरूले टिकट काउन्टर हटाउन सुरू ग...
रासस सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ।, कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो। लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो।  , जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी द...
सेतोपाटी संवाददाता झापामा सशस्त्र प्रहरीका हवल्दारसहित चार जनामाथि कुटपिट गरेको घटनामा प्रहरी निरीक्षक नमप्रभाव राईसहित तीन जना निलम्बनमा परेका छन्।, सशस्त्र प्रहरी निरीक्षक नमप्रभाव राई र जवानहरू रामसुन्दर तामाङ तथा जीवन बाँस्तोलालाई निलम्बन गरिएको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , सशस्त्र प्रहरी ...
डा. प्रसन्ना कार्की मस्तिष्क पक्षघात भनेको दुई किसिमको हुन्छ। एउटा इस्केमिक स्ट्रोक हो भने अर्को हेमोरेजिक स्ट्रोक हो।, स्केमिक स्ट्रोकमा इस्केमिक स्ट्रोकमा रगत जमेर मस्तिष्कको धमनी बन्द हुन्छ। त्यस्तो अवस्थामा मस्तिष्क सुख्खा हुँदै जान्छ।, हेमोरेजिक स्ट्रोक भनेको मस्तिष्कमा रगतको नसा फुटेर रगत जम्मा भएको अवस्था हो।, ...
रासस दुई बालिकालाई अपहरण गरेको अभियोगमा राजविराज नगरपालिका–२ घर भई हाल सुनसरीको कोशी गाउँपालिका बस्दै आएका ३६ वर्षीय नवीनप्रसाद देवलाई तीन वर्ष कैद सजाय भएको छ।, सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले देवलाई तीन वर्ष कैद सजायका साथै रु ३० हजार जरिवाना तिराउने फैसला गरेको हो। देवले पीडितलाई रु ५०...
सबिना श्रेष्ठ केही दिनअघिसम्म देशभरको तापक्रम उच्च विन्दुमा थियो। अत्यधिक गर्मीले तराईका कतिपय विद्यालय बन्द गरिए। कति किसानका बालीनाली सखाप भए।, सूर्यको तापसँग पौंठेजोरी खेल्दै शीतल प्रदान गर्ने पानी पनि आकाशबाट थुप्रै दिन परेन। यस्तो खडेरीमा पानी कसरी पार्ने त?, मान्छेले परम्परागत शैली अपनाए। अर्थात् एउटा भाले र एउट...
सेतोपाटी संवाददाता बेटिङ अनलाइन साइटमार्फत सट्टेबाजीको कारोबार गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। , बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेका पाँच जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।, पक्राउ पर्नेमा कैलली घर भई काठमाडौंको मैजुबहाल बस्ने २९ वर्षीय दिनेश खड्का, उनकी २८ वर्...
विवेक राई गाईवस्तुमा देखिने लम्पी स्किन रोग देशको ७१ जिल्लामा फैलिएको छ। देशव्यापी फैलिएको यो रोगका कारण अहिलेसम्म साढे ९ हजार गाईभैंसीको मृत्यु भएको छ।, ताप्लेजुङ, सोलुखुम्बु, दोलखा, धादिङ, मनाङ र मुस्ताङमा भने यो रोग फैलिन बाँकी छ।, पशु सेवा विभागले दिएको जानकारी अनुसार लम्पी सबभन्दा बढी कर्णालीमा फैलिएको छ। त्यहाँम...
सेतोपाटी संवाददाता झापामा सादा पोशाकमा खटिएका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षकको टोलीले निरीक्षण गर्नेक्रममा सशस्त्रकै प्रहरी हवल्दारसहित चार जनामाथि कुटपिट गरेका छन्। , मंगलबार राति करिब ८ बजे कोशी प्रदेश बाहिनीबाट इन्स्पेक्टर नमप्रभाव राईसहित तीन जनाको टोलीले प्रहरी हवल्दारसहित चार जनामाथि कुटपिट गरेका हुन्। , सश...
नवीनबाबु गुरूङ नेपाल विद्यार्थी संघ आबद्ध त्रिचन्द्र क्याम्पस लगायत उपत्यकाका विभिन्न क्याम्पसका विद्यार्थीले प्रदर्शन गरेका छन्।, 'उच्च शिक्षा ऐन', 'संघीय शिक्षा ऐन' लगायतका ऐनलाई संसदमा प्रस्तुत गर्न र संसदीय शिक्षा समितिमा आवश्यक छलफल गरी ऐन पारितका लागि मार्गप्रशस्त गर्न भन्दै उनीहरूले सरकार र शिक्षामन्त्री समक्षस...
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा उक्त दुर्घटना भएको हो। , से ७ प ५४८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मंगलबार राति मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। , चालक धनगढी उपमहानगरपालिका–१७ का ४५ वर्षीय धनिराम चौधरीक...
सेतोपाटी संवाददाता धनुषा नगराइन नगरपालिका-२ का वडाध्यक्ष र वडासचिव पक्राउ परेका छन्। , अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले बुधबार वडाध्यक्ष वुलन यादव र वडासचिव अमृत नारायण मिश्रलाई पक्राउ गरेको हो। , ७० हजार घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। , उनीहरू...
सेतोपाटी संवाददाता लजजुङमा जुवा खेल्ने ७ जना पक्राउ परेका छन्। , दोर्दी गाउँपालिका-४ शेरास्थित ए वान रेष्टुरेन्टबाट मंगलबार एक लाख एक हजार ६२५ रुपैयाँसहित ७ जनालाई पक्राउ गरेको हो।, रेष्टुरेन्टमा जुवा खेलिरहेको भन्ने सूचना जिल्ला प्रहरी कार्यालय लमजुङले पाएको थियो। उक्त सूचनाको आधारमा खटिएको विशेष टोलीले सात जनालाई पक...
सेतोपाटी संवाददाता तनहुँमा बोराभित्र मृत फेला परेकी युवतीलाई आफ्नै श्रीमानले हत्या गरेको खुलेको छ। , जिल्ला प्रहरी कार्यालय तनहुँले हत्या आरोपमा भानु नगरपालिका-५ मैबल घर भई व्यास नगरपालिका-४ स्थित डेरामा बस्ने २० वर्षीय मनोज विष्टलाई पक्राउ गरेको हो।, मृतक व्यास-१२ माइती भएकी उनकै २२ वर्षीया श्रीमती रंगिला भुजेल हुन्।...
सबिना श्रेष्ठ, मनिका विश्वकर्मा र शोभा शर्मा सम्पादकीय नोट: ,यो एउटा स्टोरीमा खासमा तीनवटा स्टोरी छन्। पहिलोमा पीडितहरूको बयान छ, भिडिओ पनि छ। दोस्रोमा, जफत गरेर टेकुमा राखिएका साइकलको कथा छ। अर्काका सम्पत्ति ती साइकल कसरी कवाड बनाइन्छ भन्ने पनि छ। अनि महानगरपालिका प्रहरीहरूको भनाइ छ। तेस्रो स्टोरीमा हामीले साइकलमा फल...
सविता बुढा बालु थापा १६ वर्षकी भइन्। उनको महिनावारी सुरू भएको तीन वर्ष भयो। हरेक महिनावारी नजिकिँदै गर्दा उनलाई चिन्ताले सताउँछ।, उनको घरनजिकै छ सानो गोठ। चार खम्बा जमिनबाट थोरै अग्लो टाँण बनाएर माटो छापिएको छ। खरको छानो र बेरा छ। कुचुक्क परेको कोठामा झ्याल-ढोका छैन।, हरेक महिनावारीमा बालु (परिवर्तित नाम) यही साँघुरो ...
सेतोपाटी संवाददाता पूर्वगृहमन्त्री बालकृष्ण खाण र हज समितिका अध्यक्ष शमशेर मिया पक्षका वकिलहरूको बहस सकिएको छ।, काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा खाण र मियाका वकिलहरूले बहस गर्न सकाएका हुन्। , खाणका वकिलहरूले मंगलबारदेखि बहस गरेका थिए। उक्त बहस बुधबार दिउँसोसम्म सकाएका हुन्। , बार अध्यक्...
सेतोपाटी संवाददाता करेन्ट लागेर मकवानपुरमा दुई जनाको मृत्यु भएको छ।, बुधबार दिउँसो ३ बजे बकैया गाउँपालिका- ८ तल्लोबिरेफाटस्थित मकैबारीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेक कार्कीले जानकारी दिए।, प्रहरीका अनुसार मृत्यु हुनेमा गोठडाँडा बस्ने वर्ष ६० वर्षीय खर्कबहादुर थिङ र ५० वर्षीय प...
सेतोपाटी संवाददाता पर्साबाट सशस्त्र प्रहरी बलले २५ लाख रूपैयाँ बराबरका भन्सार छलेर ल्याएका सामान बरामद गरेको छ। , बुधबार वीरगन्ज महानगरपालिका- १० आदर्शनगर इलाकाबाट २५ लाख २५ हजार ६ सय रूपैयाँ बराबरको सामान बरामद गरेको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , दुइटा ठेलामा लोड गरी भारतबाट नेपालतर्फ ल्याउँदै...
सेतोपाटी संवाददाता बुधबार नेपाल भित्रिएको मनसुनको प्रभाव पूर्वी र मध्य भूभागमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , अन्य भूभागमा भने पश्चिमी वायुको आंशिक प्रभाव छ। , महाशाखाका अनुसार अहिले  कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली भएको छ।  बाँकी भू-भागमा आंशिक ब...
सरिशा अछामी सट्टेबाजी खेलाएर करोडौंको कारोबार गरेको आरोपमा पक्राउ परेका पाँच जनालाई प्रहरीले सार्वजनिक गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वानएक्स बेटमा सट्टेबाजी खेलाउने पाँच जनालाई बुधबार सार्वजनिक गरेको हो।, पक्राउ पर्नेमा कैलली घर भई काठमाडौंको मैजुबहाल बस्ने २९ वर्षीय दिनेश खड्का, उनकी २८ वर्षीय...
सेतोपाटी संवाददाता पहिराका कारण कान्ति लोकपथ अवरूद्ध भएको छ।, आ‍ज विहान ललितपुरको भट्टेडाँडा र मकवानपुरको सिस्नेरीमा पहिरो जाँदा लोकपथ  अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय  मकवानपुरका प्रवक्ता डिएसपी  टेकबहादुर कार्कीले जानकारी दिए। , भट्टेडाँडाको पहिरो भने बिहान १० बजेसम्म हटाइसकिएको र सिस्नेरीमा पहिरो हटाउने कार्य भ...
रासस कञ्चनपुरको दोधारा चाँदनीमा अवैधरुपमा औषधि पसल सञ्चालन गर्ने नौ भारतीय नागरिक पक्राउ परेका छन् ।, कञ्चनपुर प्रहरीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो। , दोधारा चाँदनी नगरपालिकाभित्र अवैधरुपमा औषधि पसल सञ्चालन गरी औषधि बिक्री वितरण गर्दैआएका सूचना पाएपछी उनीहरूलाई पक्राउ गरिएको  कञ्चनपुरका प्रहरी निरीक्षक (इन्सपेक्ट...
सेतोपाटी संवाददाता प्रतिबन्धित अनलाइन बेटिङ एप 'वान एक्स बेट'मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जनालाई पक्राउ गरेको स्रोतले जनाएको छ।, प्रहरी स्रोतका अनुसार वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा पक्राउ पर्नेमा...
सेतोपाटी संवाददाता काभ्रेमा श्रीमानको कुटपिटबाट घाइते भएकी दलित वडा सदस्यको मृत्यु भएको छ। , नमोबुद्ध नगरपालिका-११ की दलित वडा सदस्य ४५ वर्षीया ज्ञानु विकको मृत्यु भएको हो।, उनका ४८ वर्षीय श्रीमान शम्भु विकले जेठ २९ गते मापसे गरी कुटपिट गर्दा ज्ञानु गम्भीर घाइते भएकी थिइन्।, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डि...
नवीनबाबु गुरूङ काठमाडौंको बानेश्वरमा नक्कली भुटानी शरणार्थी प्रकरणविरूद्ध प्रदर्शन गर्ने १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। , बिहीबार बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए। यसमा तीन जना महिला पनि छ...
सेतोपाटी संवाददाता वानएक्स बेटको प्रचारमा संलग्न रहेको आरोपमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार र युट्युबरहरूलाई पक्राउ गरेको हो। , जसमा गोरखा घर भई बनस्थलीले ३५ वर्षीय हास्यकलाकार 'बल्छी ध्रुवे' मरिचमान श्रेष्ठ, धनकुटा घर भई भक्तपुर बस्ने २८ वर्षीय...
मनिका विश्वकर्मा आफूले आफूलाई नचिन्नु! म के हुँ भन्ने थाहा नपाउनु! यस्तो पनि हुन्छ र!, धनगढीका कुमार चौधरीलाई यस्तै भएको थियो। यसो हुनु उनका लागि असामान्य घटना थियो।, कुमारले फेसबुक चलाउन थालेको धेरै वर्ष भयो। फेसबुकमा साथी बन्ने–बनाउने क्रममा एक युवक फेला परे। उनीहरूबीच बोलचाल सुरू भयो। दिनदिनै कुरा हुन थाल्यो।, 'बोल...
सेतोपाटी संवाददाता झापामा प्रहरी निरीक्षकले आफ्नै प्रहरी कर्मचारी कुटपिट गरेको घटनामा सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा केन्द्रीय छानबिन समिति गठन भएको छ।, मेचीनगर नगरपालिका-४ स्थित नेपाल-भारत सीमा नकलबन्दामा मंगलबार राति सशस्त्र प्रहरी निरीक्षक नमप्रभाव राईल...
निशा भण्डारी काठमाडौंको माइतीघरमा विद्यालयका कर्मचारीहरूले प्रदर्शन गरेका छन्। , बिहीबार भद्रकाली हुँदा कर्मचारीहरूले मार्चपास गर्दै प्रदर्शन गरेका हुन्। उनीहरूले माइतीघरमा नाराबाजी समेत गरेका छन्।  नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिले रिले अनशन समेत गर्ने बताएको छ। , उनीहरूले जेठ २९ गतेदेखि असार १ गतेसम्म ...
सेतोपाटी संवाददाता दाङमा ट्याक्टर दुर्घटनापछि चालक बनेर हिरासतमा बस्न गएका व्यक्ति र ट्याक्टर धनी धरौटीमा छुटेका छन्।, मंगलबार जिल्ला अदालत दाङले तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरीका २४ बर्षीय रेशम चौधरीलाई एक लाख ५० हजार र ट्रयाक्टर धनी तुलसीपुर-१४ गोठुवाका २८ बर्षीय दिनेश वलीलाई ५० हजार धरौटीमा छोड्न आदेश दिएको हो।, ...
सेतोपाटी संवाददाता नेपाल-भारत विश्वमैत्री संघ काठमाडौंको नयाँ नेतृत्व चयन भएकाे छ। , बुधबार साँझ अबेर सम्पन्न प्रथम महाधिवेशनबाट ज्योति रत्न बजाचार्यको अध्यक्षतामा ३७ सदस्यीय नयाँ नेतृत्व चयन भएको संघले जनाएको छ। , संघमा जनक राज पराजुली दिप सह-अध्यक्ष, युवराज श्रेष्ठ वरिष्ठ उपाध्यक्ष , सुदर्शन अधिकारी प्रथम उपाध्यक्ष,...
रासस जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी पाँच दिनसम्म तातो हावा (लू)को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।, तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो। , ‘आगामी पाँच दिनसम्म देश...
सेतोपाटी संवाददाता हाल देशमा  पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ। बाँकी भूभागमा आंशिक बद...
रासस तीनतिर जोगबुढा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ।, जोगबुढापारि रहेको भारतसँग सिमाना जोडिएको सानो बस्ती कुतियाकवर सामान्य बाढीमा पनि डुब्ने गरेको छ। , ‘बर्खा लाग्यो कि हामीलाई बाढीकै चिन्ता हुने गर्छ’, दोधारा चाँदनी नगरपालिका–१० का म...
रासस नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणको काम सुरू गर्ने विषयमा अन्योलता बढ्दै गएको छ।, जिल्लाको सदरमुकाम कावासोतीमा रहेको एक सय ८७ बिघा जग्गामा सङ्घ र प्रदेश मातहतका जिल्लामा रहने सबै कार्यालय एकै स्थानमा निर्माण गर्ने गरी अघि बढाइएको योजना सुरू गर्ने विषयमा नै अहिले अन्योलता सिर्जना भएको ...
सेतोपाटी संवाददाता काठमाडौंको भोटेबहालबाट जुवा खेल्ने १३ जना पक्राउ परेका छन्। , सोमबार राति प्रहरीले काठमाडौं महानगरपालिका-११ भोटेबहाल शान्तिमार्गस्थित एक घरबाट १३ जनालाई प्रहरीले पक्राउ गरेको हो। , विशेष सूचनाको आधारमा खटिएको प्रहरी वृ‌त्त कालिमाटीको टोलीले डेरा गरी बस्ने बागलुङका ५२ वर्षीय दिनेश शेरचनसहित १३ जनालाई...
रासस जुम्लाको तिला गाउँपालिका-१ स्थित रारा बजारमा निर्मित अस्थायी पुलबाट चिप्लिएर एक युवक तिला नदीमा बेपत्ता भएका छन्। , आज बिहान ६ बजेतिर सो गाउँपालिका-६ का अन्दाजी १७ वर्षका मोहन रोकाया उक्त अस्थायी पुलबाट चिप्लिएर तिला नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए। , बे...
सेतोपाटी संवाददाता काठमाडौंमा हतौडा प्रहार गरी भाइले दाइको हत्या गरेका छन्।, सोमबार राति १२ बजे काठमाडौं महानगरपालिका-२३ ओमबहाल माथेमा चोकमा भाइले दाइको हत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। , घरायसी विवाद हुँदा २५ वर्षीय सुरज शाक्यले हतौडा प्रहार गरी ४५ वर्षीय सूर्य शाक्यको हत्य...
सेतोपाटी संवाददाता तनहुँमा एक जना महिलाको शव फेला परेको छ। , मंगलबार अन्दाजी १० बजे व्‍यास नगरपालिका-१० मा एक जना महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी अवदेश विष्टले जानकारी दिए।, उनका अनुसार शव बोराभित्र फेला परेको हो।, घटनास्थलमा डिएसपीको नेतृत्वमा अनुसन्धान टोली खटिएको छ। , शवको पहिचान नखुलेको एसपी वि...
नारायण खड्का नेपाल संस्कृत विश्वविद्यालयको १२ वर्षदेखि रोकिएको दीक्षान्त समारोह बुधबार हुने भएको छ।, पाँचौं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा भइसकेको विश्वविद्यालय प्रशासनले जानकारी दिएको छ।, दीक्षान्त समारोहमा अध्यक्षता ग्रहण गर्नका लागि सम्बोधन गर्न प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल 'प्रचण्ड' दाङको तुलसीप...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले दुइटा विद्यालयमा लगाएको ताला खोलेको छ।, मंगलबार विद्यार्थी संगठनले ठूलो भर्‍याङस्थित संस्कृति इन्टरनेशनल स्कूल र बाँसबारीको रहेको युलियन्स स्कुलमा लगाएको ताला नगर प्रहरीले खोलेको महानगरपालिकाले जनाएको छ। , यस्तै विद्यालयले नियमको पालना नगरेको पाइए महानगरमा उजुरी गर्न महानगरका...
सेतोपाटी संवाददाता नक्कली प्रोफाइल बनाएर महिलाको चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , साइबर ब्युरोले पर्वत कुश्मा नगरपालिका-१४ बस्ने ४२ वर्षीय रामकुमार सुनारलाई पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए।, उनलाई प्रहरीले पोखराबाट आइतबार पक्राउ गरी काठमाडौं ल्याएको हो। , उनले एक महिलाको ना...
सेतोपाटी संवाददाता माइतीघर मण्डलमा नागरिकता माग्दै धर्नामा बसेका युवकले आत्मदाहको प्रयास गरेका छन्।, ७ दिनदेखि धर्नामा बसेका २५ वर्षीय निरज कामतले आफ्नो शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेको प्रहरीले जानकारी दिए। , काठमाडौं जिल्लाका जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले उनको स्वास्थ्य पर...
रासस संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र आफ्नो कार्यालयअन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन सबै मन्त्रालय, आयोग र सचिवालयलाई पत्राचार गरेको छ।, मन्त्रालयका उपसचिव कमानसिंह थापामगरद्वारा हस्ताक्षर गरिएको उक्त पत्रमा राजपत्रांकित र रापअनंकित छुट्टाछुट्टै स्थायी कर्मचारीको दरबन्दी पठाउन प...
सेतोपाटी संवाददाता धनुषामा प्रेमीले एक महिलाको विभत्स हत्या गरेको खुलेको छ।, विवाह गर्न कर गरेपछि धनुषाको मिथिला विहारी नगरपालिका ८ तारापट्टीकी ४१ वर्षीया उषा दासको हत्या गरी घर पछाडि रहेको पोखरी छेउमा खाल्डो खनेर गाडिएको प्रहरीले जनाएको छ।  , बाराको कलैया नगरपालिका १८ घर भई जनकपुरस्थित घर बनाउने मिस्त्रीको काम गर्दै ...
नवीनबाबु गुरूङ नागरिकताविहीन संघर्ष समितिले नागरिकता माग्दै प्रदर्शन गरेका छन्।, नागरिकता विधेयक प्रमाणीकरणको मुद्दा आज हेर्दाहेर्दैमा राखिएपछि उनीहरूले न्याय माग्दै माइतीघरदेखि हिँडेर टुँडिखेल परिक्रमा गरेका थिए।, ‘सर्वोच्च अदालत हामीलाई न्याय दे’, नागरिकताबाट बन्चित नेपाली समाज एक हौं, जन्मसिद्ध र एकल आमाका सन्तानला...
रासस विभिन्न मिति र स्थानबाट कानुनबमोजिम जफत भएका, प्राप्त हुन आएका, बरामद भएका वा बेवारिसे अवस्थामा फेला परेका ६ हजार दुई सय ६८ थान हातहतियार मंगलबार नष्ट गरिएको छ।, कानुनबमोजिम नष्ट गरिएका हतियारमा भरूवा बन्दुक ६ हजार एक सय ८९ थान, विभिन्न प्रकारका पेस्तोल ६४ थान, म्याग्नम १ थान, एयर गन एक थान र नाम नखुलेको १३ थान भ...
सेतोपाटी संवाददाता ललितपुर महानगरले चोक-चोकमा हाइ मास्ट स्मार्ट सडक बत्ती (अग्ला बत्ती) जडान गर्ने काम गरिरहेको छ। , महानगरले महानगरका विभिन्न १२ वटा चोकमा अग्ला बत्ती जडान गरिरहेको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले जानकारी दिए। , उनका अनुसार अहिलेसम्म ४ वटा स्थानमा अग्ला बत्तीहरू जडान भइसकेका छन्। , ‘विद्...
सेतोपाटी संवाददाता पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि मोसो दलेर दुर्व्यवहार गर्ने नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ता पक्राउ गर्न प्रहरी परिचालित भएको छ। , ‘विश्वविद्यालयमा अराजकता भएको’ भन्दै नेविसंघका कार्यकर्ताले आयोगका अध्यक्षमाथि सोमबार मोसो दलेर दुर्व्यवहार गरेका थिए। सुनसरीको त...
रासस हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले तीन दिनमा पूर्वाधार निर्माण गरेर दैनिक थप १० लाख लिटर पानी वितरण गरेको छ।, बोर्डका अध्यक्ष प्रताव विष्टको अनुसार सुक्खायामसँगै हेटौंडामा पानीको समस्या बढ्न थालेपछि बोर्डले पूर्वाधार निर्माण गरेको हो।, मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसे ब्यारेकअगाडिको राप्ती खोलामा ‘समवेल’ नि...
रासस आज विश्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।, हरेक वर्षको जुन १४ का दिन विश्वभरका देशले विश्व रक्तदाता दिवस मनाउने गर्छन्। यस दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ। रक्तदातालाई धन्यावाद दिनका रुपमा पनि मनाउने गरिन्छ।, ...
सेतोपाटी संवाददाता काठमाडौंको जडिबुटीमा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।, मंगलबार राति सवा ९ बजे काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्।, बा २ ख ३४३६ नम्बरको टिपरले बागमती प्रदेश-०२-...
सेतोपाटी संवाददाता सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका तराईका भूभागमा अझै केही दिन तातो हावा चल्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, महाशाखाले नियमित बुलेटिनमार्फत असार १ गतेसम्म सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका तराईका जिल्लाको तामक्रम नघट्ने प्रक्षेपण गरेको छ।, ‘आगामी ...
रासस बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ।, सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मङ्गलबार रातिको बाढीले बगाएको हो। पुल बगाएपछि बेनी–जोमसोम सडकमा सिधा सवारी आवतजावत बन्द भएको अन्...
सेतोपाटी संवाददाता जाजरकोटको कुशे गाउँपालिका–९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लगाएको छ।, बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो ।, 'बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी यस वडाले न्यूनीकरणका लागि सम्पूर्ण टोल बस्तीमा विवाहपूर्व वडाबाट सिफारिस लिई विवाह कार्य अगाडि ...
सेतोपाटी संवाददाता हाल देशमा  पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ। , जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र  चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। अन्य भूभागमा मौसम सामान्यतया सफा छ। , दिउँसो प...
रासस तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ।, मङ्गलबार बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा रहेको ढलको पानीका लागि बिछ्याइएको ह्युमपाइपमा बोराभित्र फेलापरेकी अन्दाजी २५–३० वर्षीया महिलाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।, प्र...
सेतोपाटी संवाददाता अर्कैको नामबाट लोकसेवा आयोगको लिखित परीक्षा दिने दुई जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।, लोकसेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं.१३८१२ / ०७६–०७७ (मधेश) एकीकृत तथा संयुक्त, खरिदार वा सो सरहको बुटवल केन्द्रमा संचालन भएको लिखित परीक्षामा अर्कैको नाममा परीक्षा दिने र दिलाउने दुबै जनालाई प्रहरी...
सेतोपाटी संवाददाता काठमाडौंमा वर्षा भएको छ। , आइतबार मध्यरातमा सामाकोशी, लाजिम्पाट, बालाजु, बौद्ध लगायतका केहि स्थानहरूमा केहीबेर पानी परेको हो। , मौसमविद् राजु प्रधानाङ्गका अनुसार काठमाडौं उपत्यकाका केही स्थानहरूमा मेघगर्जनसहित पानी परेको  छ। , उपत्यकासहित कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका पहाडी भूभागहरूमा प...
सेतोपाटी संवाददाता हाल देशको मौसमा पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको बताइएको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखी मौसम सामा...
सेतोपाटी संवाददाता लामो समयदेखि पानी नपरेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दुम्कौलीमा ‘इन्द्र पूजा’ गरिएको छ।  , देवचुली नगरपालिका–१ स्थित दुम्कौलीको नारायणी नदी किनारस्थित दिव्यधाम मन्दिरमा स्थानीयले सामूहिकरूपमा इन्द्रको पूजा गरेका हुन्। जेठको अन्तिम हुँदा पनि पानी नपर्दा खडेरीका कारण खेतबारीमा लगाइएको तरकारी तथा...
रासस सूर्यविनायक–धुलिखेल सडक निर्माणमा पुरातात्विक वस्तु नष्ट नगर्न परिपत्र, पुरातत्व विभागले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई परिपत्र गरेको छ।, विभागले अरनिको राजमार्गअन्तर्गत बनेपाको भैँसेपाटी क्षेत्रम...
सेतोपाटी संवाददाता विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले यस वर्षको मनसुनबाट १२ लाख ५४ हजार १८१ जनसंख्या प्रभावित हुने अनुमान गरेको छ। मनसुनबाट २ लाख ८६ हजार ९९८ घरधुरी प्रभावित हुने उसले बताएको छ।, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मातहतको त्यस समितिले मनसुनजन्य गतिविधिबाट मधेस ...
रासस तनहुँमा लम्पी स्किनविरुद्ध पशुलाई खोप लगाउन सुरु गरिएको छ।, म्याग्दे गाउँपालिकाले पशुलाई रोगबाट बचाउनका लागि पहिलो पटक खोप लगाउन थालिएको हो।, पछिल्लो समय जिल्लाभर सो रोग फैलिएपछि गाउँपालिकाले सातवटै वडामा पालिएका पशुलाई खोप लगाउने कार्य सुरु गरेको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. विनय शाहले बताए।, उनका अनुसा...
सेतोपाटी संवाददाता बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ। , राष्ट्रिय भूकम्प तथा मापन अनुसन्धान केन्द्रका अनुसार सोमबार बिहान ७ बजेर ३८ मिनेटमा बाजुरा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।, केन्द्रका अनुसार बाजुरामा मात्रै पछिल्लो एक महिनामा ३ वटा कम्पन महसुस गरिएको छ।, गत वैशाख २८, जेठ ८ र सोमबार बिह...
सरिशा अछामी बिहीबार दिउँसो एक बजे तिलगंगा आँखा प्रतिष्ठान भवन 'ख' को चौथो तलामा चिकित्सकहरूको छलफल थियो। 'आँखा दानलाई संस्कार' बनाउने विषयमा छलफल केन्द्रित भयो।, छलफलमा चिकित्सकहरू बारम्बार एक व्यक्तिको नाम दोहोर्‍याइरहेका थिए- सविन बोगटी।, हाल २८ वर्षका सविनको जन्मजात आँखाको दृष्टि गुमेको थियो।, बिहीबार छलफलमा जुटेका...
सेतोपाटी संवाददाता नेपाल नेत्रज्योति सङ्घ, गेटा आँखा अस्पतालले सुदूरपश्चिका विभिन्न स्थानीय तहसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ। , ती दुई निकायले डोटीको दुई र अछाम जिल्लाका एक स्थानीय तहमा आँखा शिविर सञ्चालन गरेको हो।, ती आँखा शिविरमार्फत एक हजार एक सय ४१ बिरामीको निःशुल्क आँखा परीक्षण गरी १८८ जनाको ...
रासस जलेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका पानीका स्रोत कम भएपछि ट्याङ्करबाट पानी वितरण गर्न थालेको छ।, पछिल्लो समय यहाँका धारा, चापाकल र अन्य पानीका स्रोतबाट पानी आउन छाडेको छ । जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले नगरको विभिन्न वडामा ट्याङ्करबाट पानी वितरण भइरहेको जानकारी दिए।  , बाह्र वडा रहेको जलेश्वर नगर...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना जर्मन नागरिक पक्राउ परेका छन्।, लागु औषध चरेशसहित सोमबार बिहान विमानस्थलबाट पक्राउ गरेको लागु औषध नियन्त्रण ब्युरोका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए।, उनीबाट अन्दाजी ६ किलो चरेश बरामद भएको हो। ती नागरिकले सुटकेशमा फल्सबटम बनाएर लुकाएर ल्याएका थिए...
रासस काठमाडौं उपत्यकामा बागमती र त्यसका सहायक नदी सफा बनाउनका लागि यहाँका पहाडमा १९८ वटा पोखरी बनाइने भएको छ। , अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वर्षामा पानी हुने र हिउँदमा रिचार्ज भएर छाड्न पनि मिल्ने गरी पोखरी बनाउने योजना ल्याइएको समितिका सूचना अधिकारी कमल अर्यालले बताए। , अहिले उपत्यकाका नदीमा वर्...
रासस हुम्लाको मध्यभेगमा पर्ने सर्केगाड गाउँपालिका–७ रोडीकोटका ३२ वर्षे धनकौरा शाहीको हेलिकप्टरबाट उद्धार गरिएको छ।, तीन दिनदेखि उच्च रक्तश्रावबाट थलिएकी उहाँको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको हो।, गर्भवती शाहीको शरीरबाट अत्यधिक रक्तस्रावका कारण अवस्था गम्भीर ...
सेतोपाटी संवाददाता काठमाडौंको अनामनगरस्थित सार्वजनिक जग्गामा काठमाडौं महानगरले डोजर चलाएपछि स्थानीयहरूले विरोध गरेका छन्। , सोमबार काठमाडौंको अनामनगरस्थित गोरखा एफएम चोकमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले डोजर चलाएपछि स्थानीयहरूबीच विवाद सिर्जना भएको हो।, एक पक्ष स्थानीयहरू वर्षौंदेखि सार्वजनिक जग्गाको सुरक्षा ग...
सेतोपाटी संवाददाता सिन्धुलीमा कमलामाई खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। , सोमबार बिहान करिब १० बजे कमलामाई नगरपालिका-१३ माथिल्लो रानीबास बस्ने ६९ वर्षीय पूर्णबहादुर दाहालले कमलामाई खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए। , दाहाल र उनका ६८ वर्षीय छिमेकी कर्णबहादुर का...
नारायण खड्का पढ्नलाई उमेरले छेक्छ र! मनमा अठोट भएपछि जुन उमेरमा पढे पनि हुन्छ। त्यसैले त २७ वर्ष उमेरकी लक्ष्मी पुनमगर एक कक्षामा पढ्दै छिन्।, लक्ष्मी घोराही उपमहानगरपालिका–१८, रझेनास्थित कटुवाखोला किनारको चेतना स्कुल गएको दुई वर्ष भयो।, लक्ष्मी प्यूठानको स्वर्गद्वारी नगरपालिका–१ को एक गरिब परिवारमा जन्मिइन्। घरमा गाई...
भगवती पाण्डे बुटवलको ढकाल एग्रोभेटमा शिल गरिएको ४९ बोरा रासायनिक मल हराएपछि बजार अनुगमन टोलीको भूमिकामाथि नै आशंका उत्पन्न भएको छ।, बुटवलको नेपालगञ्ज रोडमा रहेको उक्त एग्रोभेटमा प्रतिबन्धित विषादी र मल  बेचविखनको लागि राखिएको भन्दै गत जेठ १९ गते शिल गरिएको थियो।, बजार अनुगमनको लागि गएको टोलीले एग्रोभेटमा कागजी रूपमा श...
सेतोपाटी संवाददाता प्युठानमा कार दुर्घटना हुँदा आठ जना गम्भीर घाइते भएका छन्। , सोमबार पौने ४ बजे स्वार्गद्वारी मन्दिरमा दर्शन गरी फर्किएको कार स्वर्गद्वारी नगरपालिका- ४ उपल्लो भिङ्रीमा दुर्घटना भएको हो।, लु १ च ६३४५ कार सडकको घुम्तीबाट खसेको हो।  कार सडकबाट ३५ देखि ४० मिटर तल खसेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी क...
सेतोपाटी संवाददाता प्युठानको भिंग्रीमा कार दुर्घटनामा परी घाइते भएका आठ जनाको मृत्यु भएको छ। , गम्भीर घाइते आठ जनालाई जिल्ला अस्पताल बिजुवार पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी सुवास खड्काले सेतोपाटीलाई बताए। , मृत्यु हुनेमा चार बालबालिका, दुई महिला र दुई पुरूष छन्। , लुम्बिनी प्रदेश...
सेतोपाटी संवाददाता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल नर्भिक अस्पतालमा भर्ना भएकी छन्। , सोमबार उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ। , प्रधानमन्त्री प्रचण्ड पनि अस्पतालमा पुगेका छन्। , सीता दाहाल लामो समयदेखि पिएसपीले ग्रस्त छिन्।, दाहालको उपचार प्रधानम...
सेतोपाटी संवाददाता काठमाडौंको एक होटलमा युवायुवती मृत फेला परेका छन्। , सोमबार बिहान साढे ११ बजेतिर टोखा नगरपालिका-९स्थित गोंगबु लक्ष्मीनगर होटल ग्रीन नेपालमा युवायुवती झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।, उनीहरू उक्त होटलको दोस्रो तलामा रहेको १०५ नम्बरको ...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले दुइटा अस्पताल सिल गरेको छ। , सोमबार महानगरपालिकले बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र जडिबुटीमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। , उनका अनुसार अनुगमनका क्रममा बिना दर्ता सञ्चालन गरिएको अस्पताल सिल गरिएको...
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका चार अभियुक्तको थुनछेक बहस सकेको छ।, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका स्वकीय सचिव नरेन्द्र केसी,  गोविन्द चौधरी र रामशरण केसीको थुनछेक बहस सकिएको जिल्ला अदालत काठमाडौंले जनाएको छ।, उनीहरूसहित १२ अभियुक्तको बयान सकिएको छ।, हिजोसम्...
सेतोपाटी संवाददाता प्युठानको भिंग्रीमा कार दुर्घटनामा परी ज्यान गुमाउने आठै जना दाङका रहेका छन्। , सोमबार पौने ४ बजे स्वर्गद्वारी नगरपालिका-४ भि‌ं‌ग्रीस्थित सडकघुम्तीमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो। उक्त दुर्घटनामा ज्यान गुमाउने सबैजना दाङका हुन्। , जिल्ला प्रहरी प्रमुख डिएसपी सुवास खड्काका अनुसार तुलसीपुर उ...
डम्मर बुढामगर काठेखोला गाउँपालिका–३ धम्जाकी ८५ वर्षीया चन्द्रकुमारी भण्डारीलाई हिजोआज दिन बिताउन निकै गाह्रो भइरहेको छ।, बूढेसकाल लागेकाले उनी गाह्रो काम गर्न सक्दिनन् । घरको सामान्य काम गरेर दिन बित्दैन। दुःख, सुखका कुरा गर्ने वरपरका छरछिमेकीका घर सुनसान बन्दै गएका छन्।, छिमेकी धमाधम बसाइँसराइ गरी बजार झर्न थालेपछि च...
सेतोपाटी संवाददाता जिल्ला प्रशासन कार्यालयहरूमा मिटरब्याज सम्बन्धी उजुरी दर्ता भएको संखया १८ हजार पुगेको छ। , मिटर ब्याज जाँचबुझ आयोग गठन भएसँगै जिल्ला प्रशासन कार्यालयहरूमा मिटरब्याजीविरूद्ध मुद्दा दर्ता हुन थालेको थियो। , वैशाख १७ गते दर्ता भएको उक्त आयोगले काम थालेसँगै शुक्रबारसम्म १८ हजार ७१ वटा उजुरी परेको गृह मन...
रासस बैतडीमा महाकाली किनारमा आज एक पुरूषको शव फेला परेको छ। , शिवनाथ गाउँपालिका–२ खैरेनी नजिक महाकाली नदी किनारमा पहिचान हुन नसकेको एक पुरूषको शव फेला परेको हो।, स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। , प्रहरी निरीक्षक खत्रीको नेतृ...