content
stringlengths
20
64.1k
रासस गर्मी अत्यधिक बढेपछि गोरखा र तनहुँमा विद्यालयको पठनपाठन बन्द गरिएको छ।, गोरखाको पालुङटार नगरपालिकाले नगरक्षेत्र भित्रका सवै विद्यालयमा पठनपाठन बन्द गरेको छ। गर्मीले विद्यालयमा पठनपाठन गर्न नसकिने भएपछि नगरपालिकाले नगरक्षेत्रका ५३ वटै विद्यालय बन्द गर्ने निर्णय गरेको हो। ती सबै विद्यालय तीन दिन बन्द रहने पालुङटार ...
सेतोपाटी संवाददाता काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ स्थित तारेभिरमा मृत फेला परेका पुरूषको परिचय खुलेको छ। , शनिबार बिहान तारेभिरको जंगल छेउको खोल्सामा पुरूष मृत भेटिएको सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनको परिचय खुलेको हो। , घटनास्थलमा पुगेका प्रहरी निरीक्षक (इन्सपेक्टर) नरेन्द्र बो...
निशा भण्डारी यौनिक तथा लैंगिक अल्पसंख्यकले काठमाडौंमा ‘नेपाल प्राइड परेड’ गौरवयात्रा निकालेका छन्।, शनिबार शान्तिबाटिकाबाट सुरू भएको गौरव र्‍याली नारायणचौरमा समापन भएको थियो।, विश्वभर जुन महिनामा ‘प्राइड परेड’ भनेर गौरवयात्रा मनाउँछन्।, विशेषतः सन् १९६९ जुन महिनामा न्यूयोर्कको स्टोनवाल दंगापछि यो गौरव यात्रा मनाइन थाल...
सेतोपाटी संवाददाता प्रारम्भिक बाल विकासका लागि कर्णाली प्रदेश सभाका सदस्यहरूको सहकार्य समन्वय समूह (इसिडी ककस) मा पदाधिकारी तोकिएको छ।, गत चैत १३ गते पुनर्गठन गरिएको १३ सदस्यीय समन्वय समूहमा पदाधिकारी तोक्न बाँकी थियो।, शुक्रबार बसेको पहिलो बैठकबाट पदाधिकारी तोक्ने र पहिलो चरणमा गर्ने कामहरूको निर्णय गरिएको हो।, इसिडी...
डा.सुदिप केसी पिसाबमा रगत जस्तो देखियो भन्दैमा रगत नै हुन्छ भन्ने हुँदैन। सुरूमा हाम्रो ओपिडीमा कतिपय बिरामीहरू आत्तिएर समेत आउँछन्। त्यसैले हामीले सुरूमा रातो रंगको पिसाब गएको हो कि रगतै गएको हो भनेर हेर्नुपर्छ।, रंगहरू हालेको खानेकुरादेखि कतिपय औषधिहरूको सेवनले समेत यस्तो हुन्छ।, औषधिको कारणले गर्दा वा कुनै रोगकै का...
सेतोपाटी संवाददाता सुनकोशीमा सिटिइभिटीका बेपत्ता कर्मचारीको शव फेला परेको छ। , शनिबार बिहान ८ बजे पुर्वीनवलपरासी प्रगती नगरपालिका-७ बस्ने ५६ वर्षीय यमप्रसाद भुर्तेलको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ। , उनी सिटिइभिटीका योजना महाशाखाका निर्देशक थिए। गत जेठ १९ गते शुक्रबार सिन्धुलीको गोलन्...
सेतोपाटी संवाददाता मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन्। , हेटौँडा उपमहानगरपालिका–१ चाइना गेटका ७८ वर्षीय  कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया  नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। , जिल्ला प्रहरी कार्यालय मकवानपुरका  प्रहरी नायब उपरीक्षक  टेकबहादुर कार्कीका अनुसार दुवैजना ग...
सेतोपाटी संवाददाता धनुषामा प्रहरीको हिरासत कक्षको वाल भत्काएर भागेका फरार व्यक्ति पक्राउ परेका छन्। , शनिबार बिहान साढे १० बजे भारतबाट सितामढी आउँदै गरेका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए। , क्षिरेश्वरनाथ नगरपालिका-२ रमदैयाका २५ वर्षीय रोशन यादवलाई प्रहरीले पक्राउ गरेको हो। ,...
एजेन्सी कोलम्बियामा ४० दिनअघि भएको जहाज दुर्घटनामा परी बेपत्ता भएका चार जना बालबालिकाको उद्धार भएको छ। , मे १ मा भएको सेस्ना २०६ विमान दुर्घटनामा परेका हुइटोटो आदिवासी समूहका चार जना बालबालिकाको कोलम्बियन सेनाले शुक्रबार उद्धार गरेको रोयटर्सले जनाएको छ। , उनीहरूले अमेजन जंगलबाट १, ४, ९ र १३ वर्षका बालबालिकालाई उद्धार ...
सेतोपाटी संवाददाता महोत्तरीमा ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। , शनिबार दिउँसो पौने २ बजे बर्दिबास नगरपालिका-२ बुद्ध चोकस्थित औरहीमा ट्याक्टर पछाडिको टेलरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए।, ज १ त १७४३ नं. को ट्याक्टरमा ज.४ प....
नारायण खड्का दाङमा प्रहरीले मोटरसाइकल जुधाएर तस्करहरू समाएको छ। , घटना शुक्रबार मध्यान्ह पौने १२ बजेको हो। बाघको छाला र हड्डी २५ लाख रूपैयाँमा बेच्ने तस्कर समूहको तयारी थियो। कतैबाट सुराक पाएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी पुष्पराज मल्ल नेतृत्वमा नौ जनाको टोली खटिएको थियो। , डिएसपी आफैं मोटरसाइक...
सेतोपाटी संवाददाता हाल देशमा  पश्चिमी  वायुका साथै बंगालको खाडीको जलबाष्प युक्त हावा र बिहार आसपास भएको न्यून चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।, अन्य भूभागमा आंशिक देखि सामान्य बदली ...
रासस नेपालमा पछिल्लो समयमा तातो हावाको लहर (हिट वेभ) जारी छ।, यो तराईका जिल्लामा बढ्दो छ । तापक्रम वृद्धि हुँदा जनजीवन प्रभावित भएको छ भने कृषि बालीमा असर परिरहेको छ। यो क्रम अझै केही दिन जारी रहने मौसमविद्हरूले बताएका छन् । तराईका जिल्लामा ४० डिग्रीभन्दा माथि तापक्रम छ।, तातो हावाको लहर बढ्दा कतिपय स्थानमा तापक्रमले ...
सेतोपाटी संवाददाता रूपन्देहीको तिलोत्तमामा शनिबार राति सडक दुर्घटनामा १ जनाको मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका- ३ शान्तिकुञ्जमा  भएको त्यस दुर्घटनामा पाँच जना घाइते भएको प्रहरीले जानकारी दियो।, भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको स्कारपियो गाडी सिद्धार्थ राजमार्गअन्तर्गत तिलोत्तमा नगरपालिकाको शान्ति...
सेतोपाटी संवाददाता कैलालीको गेटामा सरकारले बनाउँने निर्णय गरेअनुसार मेडिकल विश्वविद्यालय संचालनमा ल्याउनुपर्ने मागसहित एक सातादेखि आन्दोलन भइरहेको छ।, आन्दोलनका क्रममा आइतबार सुदूरपश्चिममा आमहड्तालको घोषणा गरिएको छ। ,  ,  ,  ,  ,  ,  ,  ,  ,  , हड्तालका कारण गरिएको बन्दले लामो तथा छोटो दुरीका यातायाता सेवा ठप्प छन्।...
सेतोपाटी संवाददाता अत्यधिक गर्मीका कारण तराईको जनजीवन अस्तव्यस्त छ।, गर्मीकै कारण कैयौं विद्यालयमा पठनपाठन बन्द गरिएका छन्। असार महिना आउन लाग्दासमेत पानी नपरेपछि देशभरीकै तापक्रम बढेको हो।, पानी नपरेकै कारण किसानको खेती खेतबारीमै सुक्न थालेका छन्।, नेपालमा मौसमको यस्तो अवस्थाको अझै कति समय सामना गर्नुपर्ने हो? यो प्र...
सेतोपाटी संवाददाता कालीकोटमा जिप दुर्घटना भएको छ।, शनिबार राति साढे ११ बजे शुभकालिका गाउँपालिकाको चौकी बजारबाट हाउडी आउँदै गरेको लु १ च८४९८ नम्बरको डबल क्याप जिप वडा नम्बर ६ चिसापानीमा दुर्घटना भएको हो।, जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक  सुबराज बमका अनुसार जिप सडकबाट अन्दाजी डेढ सय मिटर त...
सेतोपाटी संवाददाता भारतमा स्कुटर दुर्घटना हुँदा कञ्चनपुर घर भएका एकै परिवारका ४ जनाको मृत्यु भएको छ। , शनिबार भारतको उत्तराखण्ड अन्तर्गत खटिमा टनकपुर सडकखण्डको चकरपुर र वनबासा जंगलबीचमा रहेको जुरियानालामा कारले ठक्कर दिँदा स्कुटरमा सवार एकै परिवारका ४ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।, उनीहरू चारै ज...
सेतोपाटी संवाददाता काठमाडौंको सिनामंगलमा लागुऔषध कारोबारीलाई पक्रन प्रहरीले गोली चलाएको छ।, काठमाडौं महानगरपालिका वडा-९ शम्भुमार्गमा लागुऔषध कारोबारीलाई पक्राउ गर्ने प्रहरीले गोली चलाएको हो। , लागुऔषध नियन्त्रण ब्युरोको टोलीले आइतबार बिहान ११:४१ बजे गोली चलाएको ब्युरोका प्रहरी उपरीक्षक एवं प्रवक्ता चक्रराज जोशीले जानक...
नवीनबाबु गुरूङ नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालयका कर्मचारीहरूलाई बजेटमा सम्बोधन नगरिएको भन्दै थाल बजाएर प्रदर्शन गरेको छ। , आइतबार काठमाडौंको बानेश्वरमा उनीहरूले थाल बजाएर सरकारको विरोध गरेका हुन्।, उनीहरूले सरकारको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका कर्मचारीहरूलाई बजेटमा सम्बोधन गरिनेछ भन्ने...
सविता बुढा गत जेठ १८ गते साँझबाट कैलालीकी २७ वर्षीया कौशी भनिने कविता बुढा हराएकी थिइन्। , भोलीपल्ट आफ्नी बुहारी घरबाट हराएको भन्दै उनकै ससुराले जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिएका थिए। , गौरीगङ्गा नगरपालिका–१ गोप्काका डिल्लीसिंह बुढाले बुहारी हराएको र खोजतलास गरिपाऊँ भनी निवेदन दिएपछि प्रहरीले तदारूकता देखाए...
सेतोपाटी संवाददाता प्रहरीले जेठ ३२ गते देशव्यापी रूपमा जेष्ठ नागरिकमाथि हुने दुर्व्यवहारसम्बन्धी जागरूकता दिवस मनाउने भएको छ।, आम मानिसमा जनचेतना जगाउन प्रहरीले पहिलोपल्ट जेष्ठ नागरिकमाथि हुने दुर्व्यवहारसम्बन्धी जागरूकता दिवस मनाउन लागेको केन्द्रीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बताए...
नवीनबाबु गुरूङ १२ ‌औं राष्ट्रिय जनगणनामा सार्वजनिक भएका जाति र भाषाको सन्दर्भमा सार्वजनिक गरिएको गलत तथ्यांक सच्याउन भन्दै राष्ट्रिय तथ्यांक कार्यालयअघि प्रदर्शन गरिएको छ।, किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति, किरात राई वान्तावा खिम, अथार मगरात कलाकार संघ, नेपाल आदिवासी जनजाति महासंघ लगायतले आइतबार दिउँसो प्रदर्शन...
नारायण खड्का भिडिओ बनाउने क्रममा चितुवाको आक्रमणमा परी बर्दियामा पाँच जना घाइते भएका छन्। , शनिबार बेलुका ४ बजेतिर बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ९ बनतरिया जाने बाटोको छेउमा दलिराम चौधरीको मकै बारीमा चितुवासँग भिडिओ खिच्ने क्रममा चितुवाले झम्टिँदा पाँच जना घाइते भएका प्रहरीले जनाएको छ। , चितुवा देखेपछि स्थानीय ...
सेतोपाटी संवाददाता काभ्रेमा हाइकिङ जाँदा भीरबाट खसेका युवकलाई प्रहरीले ८ घन्टापछि उद्धार गरेको छ।, शनिबार जिल्लाको बेथानचोक गाउँपालिकास्थित नारायणथान क्षेत्रमा हाइकिङ गएका २४ वर्षीय सुमन खड्का राति भीरबाट खसेका थिए। उनको आज बिहान ६ बजेमात्रै उद्धार भएको हो। , उनीसँगै गएका साथीले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्य...
रासस जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी चार दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्नका लागि सतर्कता अपनाउन अनुरोध गरेको छ।, देशभरिको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भूभागमा तापक्रम क्रमिक रूपमा बढ्ने देखिन्छ।, काठमाडाैं...
सेतोपाटी संवाददाता गर्मी बढेपछि तुलसीपुरका विद्यालय बन्द हुने भएको छ।, जेठ २६ देखि ३० गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जानकारी दिए।, गर्मी बढेका कारण बालबालिका बेहोस हुने र बिरामी हुने क्रम बढ्दै गएको गुनासोको आधारमा विद्यालय पाँच दिन बन्द गर्ने निर्...
सेतोपाटी संवाददाता यसपालिको मनसुनी दक्षिणी भारतको केरला आइपुगेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायु भारतको केरला आइपुगेको जानकारी दिएको छ।, मनसुनी वायु बादल लगाउने र पानी पार्ने वायु हो। , 'केरलामा मनसुनी वायुको प्रभाव सुरू भइसकेको छ। त्यहाँ बादलहरू बढ्ने र मनसुनी एक्टिभिटीहरू भएको दे...
रासस केही समयदेखि नेपालका विभिन्न हवाई टिकट बिक्री वितरण गर्ने कम्पनीलाई लक्ष्य गरी ह्याकरहरूले विदेशी टिकट इस्यु गरेको पाइएपछि नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको छ। , उनीहरूले फिसिङको माध्यमबाट लगइन नेम र पासवर्डमा अनधिकृत पहुँच पुर्‍याएर विदेशी टिकट इस्यु गरेको उजुरी परेपछि साइबर ब्युरोले अनुसन्धान थालेक...
सेतोपाटी संवाददाता प्युठानको झिमरूक गाउँपालिकाका अध्यक्षका छोराले हातपात गरेपछि कर्मचारीहरूले जिल्ला प्रशासन कार्यालयसँग सुरक्षा माग गरेका छन्। , अध्यक्ष पितबहादुर महतरा क्षेत्रीका छोरा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सं‌गठनका केन्द्रीय उपाध्यक्ष मिलनले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीहरूमा...
सेतोपाटी संवाददाता यस वर्ष नेपालका चार वटा ठाउँमा अहिलेसम्मकै उच्चतम तापक्रम मापन भएको छ। , बिहीबार चार वटा केन्द्र भएको ठाउँमा अहिलेसम्मकै सबभन्दा गर्मी भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। , विभागका अनुसार ओखलढुंगा, सुनसरीको धरान बजार, इलामको कन्‍याम चिया बगान र नवलपरासीको दुम्कौलीमा उच्चतम तापक्रम मापन भएको ह...
सेतोपाटी संवाददाता पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी-३ नयाँ मंगलबारेमा यात्रुवाहक बसले स्कुटरमा सवार एक यात्रुलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ।, बिहीबार दिउँसो सवा ३ बजे पश्चिमबाट पूर्व गइरहेको मे १ ख ३०७३ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्र-१-०१-०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिएको थ...
सबिना श्रेष्ठ ललितपुरस्थित सप्तपाताल पोखरीका पहरेदार पूर्ण स्थापितलाई जीवनमा अब यत्ति चाहना छ — सप्तपाताल पोखरीको काम चाँडोभन्दा चाँडो सकियोस्। अनि एकचोटि आफ्नै आँखाले टन्न पानी भरिएको सप्तपातालमा पहिलेजस्तै माछा पौडिरहेको हेरेर जान पाइयोस्!, ७८ वर्षीय पूर्ण उनै व्यक्ति हुन् जसले अतिक्रमणमा परेर मासिएको सप्तपाताल पोखर...
सेतोपाटी संवाददाता ललितपुर, गोदावरीको गुरूङे डाँडामा डढेलो लागेको छ।, बिहीबार राति ८ बजेदेखि गोदावरी नगरपालिका-४ स्थित गुरूङे डाँडामा डढेलो लागेको हो।, स्थानीयवासीले डढेलो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।, जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीका अनुसार दमकल जान नसक्ने ठाउँमा डढेलो लागेको हो।, खबर पाएपछि...
सेतोपाटी संवाददाता ललितपुरमा तीन जनामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। , जिल्ला प्रहरी परिसर ललितपुरले ज्यान मार्ने उद्योग कसूरमा ९ जनालाई पक्राउ गरेको एसपी नवराज कार्कीले जानकारी दिए। , महाँकाल गाउँपालिकाका सुमन घलान, अनिश बजगाई, नविन वाइबा, विनोद न्यासुर, सौरभ विक, विजय वाइबा, प्रकाश घ...
सेतोपाटी संवाददाता हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ।, कोशी प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्...
रासस कृषि ज्ञान केन्द्र तनहुँले बाँदरले हैरान पार्न थालेपछि वैकल्पिक बालीका रूपमा ‘बेसार खेती’लाई प्राथामिकता दिएको छ। बाँदरले अन्नबाली र फलफूल खाएर सताउन थालेपछि केन्द्रले बेसार खेती प्रवर्द्धन गर्न लागेको हो।, व्यास नगरपालिका–८ सोतीबेँसीका २० कृषकले दुई सय रोपनी जग्गामा बेसार खेतीको सुरुआत गरेका कृषि ज्ञान केन्द्रका...
रासस चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ। मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो।, मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पूजा गर्दै आएकामा बिहीबारदेखि मन्दिरभित्रैबाट पूजा गर्न खुला गरिएको छ।, विधिव...
रासस जिल्ला कारागार बागलुङमा क्षमता दोब्बर कैदीबन्दी राखिएको छ। कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्दा विभिन्न समस्या निम्तिएका छन्।, कारागारको क्षमता ५० पुरुष र २५ महिला अटाउने रहेकामा हाल एक सय ६६ कैदीबन्दी राखिएको छ। कारागारमा हाल एक सय ५४ पुरुष कैदीबन्दी, १० महिला कैदीबन्दी र दुई नाबालिग रहेका छन्।, कारागारमा ...
सेतोपाटी संवाददाता राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलोजिष्ट घुससहित पक्राउ परेका छन्। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौंमा प्रयोगशालामा कार्यरत (अधिकृत छैटौं तह) लेखनाथ भट्टराईलाई शुक्रबार पक्राउ गरेको हो।, उनले ५० हजार घुस लिइसकेकोऊ अवस्थामा रकमसहित पक्राउ गरेको अख्तियार प्रवक्ता ...
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले सामाखुसीमा खोला छोपेर राखेको स्ल्याबहरू निकालेको छ। , महानगरले सामाखुसी खोलामाथि खोला छोपेर राखिएको स्ल्याबहरू निकाल्न सुरू गरेको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। , उनका अनुसार ती खोला छोप्न स्ल्याबहरू राखिएको थियो,' उनले भने, 'अहिले खोलाको 'राइट अफ वे' खोल्ने क...
सेतोपाटी संवाददाता सिन्धुलीमा सर्पदंशबाट एक जनाको मृत्यु भएको छ। , दुधौली नगरपालिका-१० कुर्था बस्ने ६२ वर्षीया शिवकुमारी कार्कीको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिए। , उनका अनुसार शुक्रबार बिहान साढे ५ बजे घरको पेटीमा हिँड्नेक्रममा अचानक सर्पले डसेको हो। , उपचारको लागि...
सेतोपाटी संवाददाता घरजग्गा किनबेच सहजीकरण र ऋण मिलाइदिने भन्दै ठगेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ।, लाखौं रकम ठगेको आरोपमा एक जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार साँझ थापाथलीबाट पक्राउ गरेको एसपी सिताराम रिजालले जानकारी दिए।, उनका अनुसार सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-११ का २७ वर्षीय रामचन्द...
रासस यहाँका स्थानीय तहले बाल विवाह रोकथाम गर्न विवाह गर्दा अनिवार्य वडाको सिफारिस अनिवार्य गरेका छन्।, जिल्लाको तिला गाउँपालिकाले विवाह गर्दा अनिवार्य रुपमा वडाको सिफारिसको निर्णय गरेको छ।, विवाह गर्ने जोडीले वडापालिकाको सिफारिस लिएरमात्र विवाह गर्नुपर्ने छ। गाउँ कार्यपालिकाको बैठकको निर्णयबाट विवाह गर्न वडाको सिफारिस...
सेतोपाटी संवाददाता बाँकेमा स्रोत नखुलेको १४ लाख नगदसहित एक जना पक्राउ परेका छन्। , नेपालगन्ज उपमहानगरपालका-१६ चौलिका चोकबाट एक जना पुरूषलाई बिहीबार पक्राउ गरेको सशस्त्र प्रहरी बलले जनाएको छ। , डुडुवा गाउँपालिका-४ साहपुरूवा बस्ने ३५ वर्षीय उमाकन्त गुप्तालाई पक्राउ गरेको हो।, उनीबाट भे ६ प ३७४६ नम्बरको मोटरसाइकल र १४ ला...
सेतोपाटी संवाददाता महिलाको चरित्र हत्या गरेको आरोपमा साइबर ब्युरोले एक जना महिलालाई पक्राउ गरेको छ।, स्याङ्जाको पुतलीबजार नगरपालिका-१३ गिजिनडाँडा बस्ने ४२ वर्षीया ज्ञानु थापालाई एक महिलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ गरिएको ब्युरो प्रवक्ता एसपी पशुपतिकुमार रायले जानकारी दिए।, जिल्ला प्रहरी कार्यालय स्याङ्जाको सहय...
रासस यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ। केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो हावाको लहर (लु) जारी रहने देखिएकाले थप रेकर्ड ब्रेक हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन्।, उनका अनुसार यस वर्ष यही जेठ २४ गतेसम्मको तथ्याङ्कमा सबैभन्दा बढी ४३ दशमलव आठ डिग्री ...
मन्दिरा घिमिरे अमेरिकामा 'कम्युनिटी वर्क' मा स्नातक पढिरहेकी सृच्छा प्रधान नेपाल फर्किने बाटो खोज्दै थिइन्।, धेरै समयसम्म उनले विभिन्न कारण खोजिरहिन्। त्यही बेला मिस नेपाल हुँदै थियो। यो पनि एक राम्रो कारण हुन सक्ने उनलाई लाग्यो। यसलाई धेरै गम्भीरताका साथ भने लिइनन्।, उनी स्नातक अन्तिम वर्षमा पढ्दै थिइन्। हजुरबुबाले उ...
रासस सुगम जिल्लाका रुपमा चिनिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–३ ढोडेनीका बासिन्दा पानीका लागि खोला धाउन वाध्य छन्। उनीहरु एक गाग्री पानी लिन दुई घण्टा उकालोओरालो हिँडेर खोला आउजाउ गर्दै आएका छन्।, बिहान उज्यालो हुनेबित्तिकै गाग्री बोकेर पानी लिन जानेहरु दुई घण्टा डोकोमा एक गाग्री पानी बोकेर घर फ...
रासस काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यू भएको छ।, काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको बा४ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको हो। , ठक्करबाट गम्भीर घाइते उनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार...
सेतोपाटी संवाददाता हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, अहिले बिहान देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा  रहेको छ महाशाखाले बताएको छ।, दिउँसोपख  देशका पहाडी भूभागमा आंशिक बदल...
सेतोपाटी संवाददाता ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा ठगी गरेको आरोपमा प्रहरीले तीन जना पूर्वकर्मचारीलाई पक्राउ गरेको छ। , जिल्ला प्रहरी परिसर ललितपुरले ठगी गरेको आरोपमा तीन जनालाई मंगलबार पक्राउ गरेको प्रवक्ता एवं एसपी नवराज कार्कीले जानकारी दिए। , पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरपालिका-४ घर भई भक्तपुर ठिमी बस्ने ३४...
सेतोपाटी संवाददाता काठमाडौंको ठमेलमा एक जना युवतीको हत्या भएको छ। , मंगलबार काठमाडौं महानगरपालिका-२६ ठमेल भगवती बहालमा बस्ने युवतीको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। , चितवनको राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको हो।, उनीमाथि कुटपिट गरी हत्या गरेको ...
सेतोपाटी संवाददाता नेकपा एमालेका नेता महेश चौधरीको निधन भएको छ। , बुधबार मध्यान्हमा दाङस्थित राप्ति विज्ञान स्वास्थ्य प्रतिष्ठानमा उनको निधन भएको हो। , केही महिना अगाडि काठमाडौंको बानेश्वरस्थित भेनस अस्पतालमा अस्पतालमा उनको हर्नियाको अपरेशन गरिएको थियो। उपचारपछि दाङ फर्किएका उनको केहीदिन यता खुट्टा चल्न छाडेको थियो। ,...
एजेन्सी क्यानडाको जंगलमा लागेको डढेलो छिमेकी अमेरिकामा पनि वायु प्रदुषण बढेको छ।, आइक्यूएयरका अनुसार बुधबार अमेरिकाको न्युयोर्क सहर संसारकै सबैभन्दा प्रदुषित वायु भएको सहर भएको छ।, मंगलबारदेखि नै न्युयोर्कको वायु खतराको तहमा पुगेको छ। , द न्युयोर्क टाइम्सका अनुसार मिनिसोटादेखि म्यासाच्युसेट्ससम्म अमेरिकी राज्यहरूले वा...
रासस कालीकोट सदरमुकाम मान्ममा अनधिकृत रूपमा बनाइएका संरचना हटाइने भएका छन्।, खाँडाचक्र नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइका संरचना हटाउने भएको हो।, खाँडाचक्र–१ ले एक सूचना जारी गर्दै अव्यवस्थित ढंगले बनाइएका घर, टहरा, घुम्ती र सार्वजनिक क्षेत्रमा राखिएका सामग्री हटाउन आग्रह गरेको छ।, जिल्ला प्रशासन कार्यालयमा बसेक...
नवीनबाबु गुरूङ विगत केही दिनदेखि काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको छ।, पछिल्लो केही दिनयता आकाश खुला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महसुस भएको छ। अचाक्ली गर्मी बढेकोले मान्छेहरूको आवतजावत पनि पातलिएको छ। मान्छेहरू गर्मी छल्नका लागि विभिन्न उपाय अपनाइरहेका छन्। , जल तथा ...
सेतोपाटी संवाददाता भरतपुरमा काने भनिने अनिल परियारको हत्या लगत्तै फरार रहेका व्यक्ति एक वर्षपछि पक्राउ परेका छन्। , चितवनको साविक दिव्यनगर गाविस-७, हालको भरतपुर महनागरपालिका- २६ बस्ने ३८ वर्षीय अजय सिंह भन्ने अशोक भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।, २०७९ सालको वैशाख २५ गते साँझ साढे ७ बजे भरतपुर महानगरपालिका-७ ...
नारायण खड्का गत वैशाख २९ गते बिहान साढे ११ बजे दाङको तुलसीपुर उपमहानगरपालिका–१४ गोठ्वाका १४ वर्षीय विनोद चौधरी रा १ त ४८९८ नम्बरको ट्र्याक्टर बसे।, विनोद सोही ट्र्याक्टरमा लेबर काम गर्थे।, प्रहरीका अनुसार स्थानीय खोलाबाट अनधिकृत रूपमा निकालिएको बालुवा बोकेर गोठ्वाबाट ग्वारखोलातर्फ उक्त ट्र्याक्टर जाँदै थियो।, चोरीको म...
सेतोपाटी संवाददाता बारामा शिशुको हत्या गरी फरार रहेका आरोपित बुवा पक्राउ परेका छन्। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जना पुरूषलाई पक्राउ गरेको प्रवक्ता एवं एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। , प्रहरीले बारा देवताल गाउँपालिका-४ तिप्रडी टोल बस्ने २५ वर्षीय नुर आलम अन्सारीलाई पक्राउ गरेको हो।, उनलाई प्रह...
सेतोपाटी संवाददाता अन्तर्राष्ट्रिय कल/एसएमएस बाइपास गरेको आरोपमा प्रहरीले चिनियाँसहित दुई जनालाई पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार दुई जनालाई पक्राउ गरेको प्रवक्ता एसपी संजयसिंह थापाले जानकारी दिए।  , ललितपुर महालक्ष्मी नगरपालिका-५ टिकाथली खरिबोट बस्ने ३२ वर्षीय चिनियाँ नागरिक झाओ जियङपेङ...
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकलको पछाडिबाट खसेर एक महिलाको मृत्यु भएको छ।, मोटरसाइकलबाट खसेर भजनी नगरपालिका –८ की ५० वर्षीया जानकीदेवी डगौराको मृत्यु भएको प्रहरीले जनाएको हो।, उनी सोही ठाउँका ओमप्रकाश डगौराले चलाएको बा.५६ प.४६२१ नम्बरको मोटरसाइकलको पछाडि सवार थिइन्।, जानकीदेवी भजनी नगरपालिका–३ ठेकीपुलदेखि भजनी ग...
रासस भक्तपुरका दुई ठाउँमा बुधबार सुनका गरगहना र नगद गरी १८ लाखभन्दा बढीको चोरी भएको छ। मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा नगद र गरगहना चोरी भएको हो।, चाँगुनारायण नगरपालिका–५ छालिङ भीमसेन टोलकी निर्मला वनको घरबाट दिउँसै ढोकाको ताला फुटाइ करिब ११ लाख रूपैयाँ बराबरको सुनको विभिन्न गहना र नगद ३१ हजार चोरी भएको जिल्ला प...
विनोद सापकोटा झापाको कनकाई नगरपालिकाले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण सुरू गरेको छ।, नगरपालिकाको सभाहलमा बुधबार एक कार्यक्रम आयोजना गर्दै नगरका २८ भूमिहीन घरपरिवारलाई धनीपुर्जा वितरण गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले बताए।, जग्गाधनी प्रमाण पुर्जा हातमा लिएपछि अ...
मन्दिरा घिमिरे सात वर्षदेखि पर्वतारोहणमा काम गरिरहेका ङिमा टसी शेर्पाको मोबाइलमा गत सोमबार विदेशी नम्बरबाट कल आयो। विदेशबाट कसैले आफूलाई फोन गर्ला भन्ने नसोचेका बेला मोबाइल स्क्रिनमा देखिएको नम्बरले उनी सुरूमा अचम्ममा परे।फोन उठाए।, उताबाट फोन गर्ने मान्छे अंग्रेजीमा बोल्यो- नयाँ जीवन दिएकोमा धेरै धेरै धन्यवाद छ! हामी...
रासस जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपिओ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–३ खोले भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक स्याङ्जाको वालिङ–४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।, स्याङ्जाको सिरु...
सेतोपाटी संवाददाता हाल देशमा  पश्चिमी  वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, बिहीबार देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाले नियमित बुलेटिनमार्फत जानकारी दिएको छ। , कोशी, गण्डकी तथा कर्णाली प्रद...
रासस भक्तपुरको सूर्यविनायकमा स्वास्थ्यकर्मी पाँच महिनादेखि तलवविहीन छन्।, सूर्यविनायक नगरपालिकाभित्रका स्वास्थ्य शाखाका कर्मचारी, नगरपालिकाभित्र सञ्चालित विभिन्न स्वास्थ्यचौकी, उपस्वास्थ्य चौकी, नगर अस्पताल र सहरी स्वास्थ्य संस्थाका कार्यरत एक सयभन्दा बढी स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलव पाएका छैनन्।, चालु आर्थिक व...
सेतोपाटी संवाददाता संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ।, वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिन भएकाले खन्न रोक लगाइएको कार्यालयले जानकारी दिएको छ।, ‘सडक पनि थप बिग्रदै जाने भएकोले यह...
सेतोपाटी संवाददाता कालीकोटमा जिप दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु भएको छ।, बिहीबार रास्कोटबाट सदरमुकाम मान्मा जान लागेको ग ३ च ४६१० नम्बरको जीप दुर्घटना हुँदा ४३ वर्षीय मनबहादुर शाही र उनकी श्रीमती ३६ वर्षीया मनकुमारी शाहीको  मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रवक्ता डिएस...
रासस सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ। ६५ शङ्कास्पद बिरामीको चेकजाँच गर्दा उनीहरूमा दादुरा देखिएको  हो। , वीरेन्द्रनगर र चिङ्गाडका दुई-दुईजना तथा गुर्भाकोटका एकजनामा दादुरा भेटिएको स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए। उनका अनुसार कालीकोटमा पनि तीन जनामा दादुरा देखिएको छ।, दादुर...
सेतोपाटी संवाददाता जहाजमा चुरोट तानेको आरोपमा प्रहरीले एक जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।, बुधबार राति ७ बजे दक्षिण कोरियाबाट काठमाडौं आएको जहाजमा चुरोट तानेको आरोपमा एक जनालाई पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डिआइजी अर्जुन चन्द ठकुरीले जानकारी दिए।...
रासस मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर रामकेवल साहको निधन भएको छ।, करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय साहको आज बिहान निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ। , उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिए। , उपकुलपति साहको काठमाडौँमा उपचार सम्भव नभएपछि भारतक...
सेतोपाटी संवाददाता भारतको मध्य प्रदेशमा खाल्डोमा सय फिट तल खसेकी एक बालिकाको उद्धार प्रयास भइरहेको छ।, भारतीय सञ्चारमाध्यमहरूका अनुसार सेहोर जिल्लाको मुंगावाली गाउँमा मंगलबार दिउँसो खेल्ने क्रममा साढे २ वर्षकी ती बालिका खाल्डोमा खसेकी थिइन्। सुरूमा उनी सतहबाट ४० फिट तल अड्किएकी थिइन्। उद्धार गर्न प्रयोग भएका मेसिनको भ...
सेतोपाटी संवाददाता प्रेसको स्टिकर टाँसेर राजस्व छलेका सामान ओसारेको आरोपमा दुई जनालाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ। , आइतबार राति ९ बजे ललितपुर महानगरपालिका-२६ चिबहालबाट राजस्व छलेका २० लाख बराबरका सामानसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए। , पक्राउ पर्नेमा च...
सेतोपाटी संवाददाता नवलपरासीको रामग्राम नगरपालिका १४ पर्सावलकी एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन्।, आफ्ना भारतीय साथीको सहयोगमा हशिवुन निशाले आफ्ना २९ वर्षीय श्रीमान अब्दुल नसिम खाँको बिहीबार राति हत्या गरेको प्रहरीले जनाएको छ।, मोबाइलको डाटा केबलले घाँटी कसेर हत्या गरिएका खाँको शव प्रहरीले भोलिपल्ट बिहान फेला ...
सेतोपाटी संवाददाता बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपी मदन राई धरौटीमा छुटे पनि शुभद्रा मदन फाउन्डेसन (शुभम)मा जान नपाउने भएका छन्। , खोटाङ जिल्ला अदालतका न्यायाधीश शुभाषबाबु पुरीको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो। उनी ४ लाख धरौटी बुझाएर छुटिसकेका छन्। , यस मुद्दाको फैसला नहुञ्जेलसम्म भने उनलाई आफ्नो फाउन...
सेतोपाटी संवाददाता प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफूलाई टर्चर दिएको भन्दै एक जना महिला पत्रकारले उजुरी दिएकी छन्।, काठमाडौंबाट सञ्चालित एक अनलाइनमा कार्यरत ती पत्रकारले फेसबुक म्यासेन्जरबाट मध्यरातमा कल र म्यासेज गरी साइबर अपराध गरेको भन्दै बस्नेतविरूद्ध प्रहरीको साइबर ब्युरोमा गत बिहीबार उजुरी दिएक...
सेतोपाटी संवाददाता अनलाइन माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , आइतबार साइबर ब्युरोले एक जनालाई भक्तपुरबाट पक्राउ गरेको प्रवक्ता एवं एसपी पशुपतिकुमार रायले जानकारी दिए। , पक्राउ पर्नेमा जुम्ला तिला गाउँपालिका-९ रासा घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका-२ दुवाकोट मोड बस्ने २३ वर्ष...
सरिशा अछामी काठमाडौंको सोह्रखुट्टेस्थित विद्यालयको छात्रवासमा १२ वर्षीय बालक मृत फेला परेपछि मृतकका आफन्तले विद्यालय बन्द गरेका छन्। , इटरनल लाइट पब्लिक स्कुल (इलिप्स)को छात्रवासमा बस्ने धादिङ नेत्रावती डबजोङ गाउँपालिका-५ का अभिषेक तामाङ गत बिहीबार मृत फेला परेका थिए। कक्षा ५मा अध्ययनरत तामाङ झुन्डिएको अवस्थामा मृत फे...
सेतोपाटी संवाददाता यौन दुर्व्यवहारको आरोप लागेका मदन राई धरौटीमा रिहा भएका छन्। , सोमबार जिल्ला अदालत खोटाङका न्यायाधिश सुवासबाबु पुरीको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। , उनीसँग चार लाख धरौटी मागिएको थियो। , अहिले धरौटी बुझाएर छुटिसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जिल मुकारङले जानकारी दिए।, खोटाङ...
रासस तनहुँको भानु नगरपालिका–१ बस्ने २१ वर्षीय प्रवीण गुरूङको हत्या अभियोगका अभियुक्त राजु अछामीलाई जन्मकैदको फैसला भएको छ।, तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिशचन्द्र ढुंगानाको सोमबारको इजलासले अभियुक्त भानु नगरपालिका–६ का राजुलाई जन्मकैदको फैसला सुनाएको हो।, साथै अभियुक्तबाट पीडितका परिवारलाई ५० हजार रूपैयाँ क्षतिपूर्...
शोभा शर्मा काठमाडौं जिल्ला अदालतको इजलासमा सोमबार सरकारी वकिल प्रेमराज घिमिरेले हरिभक्त महर्जनको बयानको एउटा अंश सुनाए — सन्देश शर्मा र केशव दुलाललाई सहकारीमा डिपोजिट गर्ने पैसा पठाउने भनेकाले आफ्नो बैंकको खाता दिएको थिएँ। त्यसपछि त पैसा ह्वारह्वार्ती आउन थाल्यो।, काठमाडौंका जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपाने मुसुम...
सेतोपाटी संवाददाता नवलपरासीको प्रतापपुर गाउँपालिकामा एक दम्पतीको बीभत्स हत्या भएको छ। , प्रतापपुर वडा नं. ८ पथलहनी बस्ने ५५ वर्षीय तीलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको बीभत्स हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।, सोमबार राति टाउकोमा धारिलो हतिय...
रासस नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय पठनपाठन बन्द गर्ने सूचना टाँस गरेको थियो।, उपमहानगरपालिकाको सूचनालाई बेवास्ता गर्दै बिदा नगर्ने संस्थागत विद्यालयमा नेपालगञ्ज उपमहानगरपालिकाले आइतबारदेखि नगर प्रहरी परिचालन गरेको छ। , उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशा...
एजेन्सी अमेरिकाको खुफिया संस्था फेडरल ब्युरो अफ इन्भेष्टिगेसन (एफबिआई) मा जागिर खाएर तत्कालीन सोभियत संघ र पछि रूसका लागि जासुसी गर्ने रोबर्ट हान्सेन जेलमा मृत भेटिएका छन्।, द न्युयोर्क टाइम्सका अनुसार ७९ वर्षीय हान्सेन सोमबार कोलोराडोस्थित जेलमा मृत भेटिएका हुन्।, उनी आफ्नो कोठामा अचेत भएपछि जेलका कर्मचारीले उनलाई बच...
मनिका विश्वकर्मा पारलैंगिक महिला छुटकनु चौधरीले ७५ वर्षको उमेरमा नागरिकता पाएकी छन्।, जन्मको लैंगिकता पुरूष भए पनि उनी आफूलाई महिला भनेर चिनाउँछिन्। पारलैंगिक महिलाकै रूपमा नागरिकता लिने मन उनलाई थियो, मिलेन।, आफूलाई छुटकनु चौधरी भनेर चिनाउने उनको नागरिकता राम डगौरा नाममा बनेको छ। तैपनि उनी खुसी छन्।, 'महिलाकै लुगा लग...
सेतोपाटी संवाददाता हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, अहिले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ महाशाखाले बताएको छ।, दिउँ...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले नियम अनुसार छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने विद्यालयको सूची सार्वजनिक गरेको छ।, काठमाडौं महानगरपालिकाले गत जेठ १० गते १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न र त्यसको विवरण वेबसाइटमा प्रकाशित गर्न भनेको थियो।, त्यसअनुसारको विवरण पेश नगर्ने ३४२ वटा विद्यालयको सूची...
सेतोपाटी संवाददाता सुनकोशी नदीमा गाडी खस्दा बेपत्ता भएका सिटिइभिटीका तीन जना कर्मचारी पाँच दिनसम्म पनि फेला परेका छैनन्।, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक (डिएसपी) चिरञ्जिवी दाहालले बेपत्ताहरू र गाडीको निरन्तर खोजी कार्य भइरहेको रहेको जानकारी दिए।, जेठ १९ गते शुक्रबार बिहान सुनकोशीमा सिटिइभिटीको ...
रासस पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन्।,  , कोषका कर्मचारीले मंगलबार कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका थिए।, कर्मचारीले घटनाबारे प्रहरी वृत्त गौशालालाई खबर गरेको प्रवक्ता रेवतीरमण अधिकारीले जानक...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका भोटाहिटीस्थित एक मिठाइ पसलमा ताल्चा लगाएको छ। , मंगलबार महानगर प्रहरीले भोटाहिटीमा रहेको आर के मिठाइ पसलमा ताल्चा लगाएको काठमाडौं महानगरपालिकाले जनाएको छ। , नक्सामा गोदाम भनेर उल्लेख गरेको ठाउँमा मिठाइ पसल सञ्चालन गरिएको हुँदा पसलमा ताल्चा लगाएको महानगर प्रहरीले जनाएको छ।  , मह...
सेतोपाटी संवाददाता धनुषामा दुई वटा भैंसी चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।, प्रहरीले सोमबार चोरिएको दुई वटा भैंसीसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए। , मिथिला विहारी नगरपालिका-७ तारापट्टी टोलबाट ३७ वर्षीय बलि मुखियालाई प्रहरीले पक्राउ गरेको हो। , उनले...
सेतोपाटी संवाददाता कैलालीमा सामुदायिक वनमा गाडिएको अवस्थामा महिलाको शव फेला परेको छ।, गौरीगंगा नगरपालिका–१ की २७ वर्षीया कविता बुढाको गाडिएको अवस्थामा शव फेला परेको हो।, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कुलदिप चन्दका अनुसार उनको सोमबार साँझ घरदेखि करिब २ किलोमिटर टाढा केदारेश्वर सामुदायिक वनमा शव ग...
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस आज सकिएको छ। , सरकारी वकिलका तर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस सुरू गर्ने जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।, उनले भने, ‘सरकारी वकिलतर्फको बहस सकिएको छ, अब प्रतिवादीतर्फ...
सेतोपाटी संवाददाता काठमाडौंमा भएको शिक्षक सेवा आयोगको परीक्षा दिएर घर फर्किन लागेका एक दम्पतीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ।, चन्द्रागिरि नगरपालिका-४ थानकोटमा गत शनिबार दिउँसो अन्दाजी ३ बजे ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो।, ना ५ ख ५३२२ नम्बरको ट्रकले प्र ३-०२-००१ प ८८२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा धाद...
सेतोपाटी संवाददाता सुनकोशी नदीमा बेपत्ता भएका सिटिइभिटीका दुई जना कर्मचारीको शव फेला परेको छ। , मं‌गलबार सवा ६ बजे सुनकोशी नदीबाट गाडी र दुई जनाको शव बाहिर निकालेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , सशस्त्र प्रहरीको बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्स्पेक्ट...
सेतोपाटी संवाददाता सिन्धुलीस्थित सुनकोशी नदीमा खसेको सिटिइभिटीका कर्मचारी चढेको गाडी अन्दाजी ३० फिट गहिराइबाट निकालिएको छ।, मंगलबार सवा ६ बजे नदीबाट गाडी र दुई जनाको शव सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारी निकालेको हो।, उक्त गाडी भित्रै दुई जना कर्मचारीको पनि शव फेला परेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्‍ता ड...
सेतोपाटी संवाददाता धनगढीमा २८ वर्षअघि अहिलेसम्मकै उच्चतम तापक्रम मापन भएको थियो।*, अहिले गर्मी बढिरहेका बेला धनगढीमा सबभन्दा बढी गर्मी कहिले भएको थियो भन्ने चासो बढेको छ।, जल तथा मौसम विभागका अनुसार धनगढीमा अहिलेसम्मकै सबभन्दा धेरै तापक्रम ४६.४ डिग्री सेल्सियस मापन भएको थियो।, यो २८ वर्षअघि मापन भएको थियो। सन् १९९५ जु...
रासस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को संक्रमण दर घटदै गएपछि स्वेच्छिक रूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ।, मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा समिरकुमार अधिकरीले एक सूचना जारी गर्दै संक्रमण दर घट्दै गएपछि कोभिड–१९ को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको बताए। यसअघिसम्म मास...