content
stringlengths
20
64.1k
रासस ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन पोखराका पर्यटन व्यवसायीले माग गरेका छन्। पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आइतबार आयोजित वैदेशिक मुद्राको प्रयोग र समस्या विषयक अन्तक्र्रियामा व्यवसायीले ठूला दरका भारतीय नोट नचल्दा पर्यटक मर्कामा परेको बताए।, बजारमा सय रुपैयाँभन्दा बढीका भारतीय नोट प्रचलित विनिमय दरभन्दा घटीमा...
रासस जिल्लाको करिब ३५ हजार पशुमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिएको छ।, गत वैशाख पहिलो साता धुलिखेल नगरस्थित रविगाउँको पशुमा देखिएको सो रोग सङ्क्रमण हालसम्म काभ्रेपलाञ्चोकको १३ वटै स्थानीय तहमा फैलिसकेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।, जिल्लामा पहिलोपटक धुलिखेल–२ रविगाउँमा देखिएको ‘लम्पी स्...
सेतोपाटी संवाददाता मनसुनी वायुको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहेका छन्। वर्षाका कारण सानाठूला नदीहरूमा पानीको बहाब बढिरहेको छ।, जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापन अनुसार कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ति, कमला, बागमती, पूर्वी राप्ती र यसका ...
सेतोपाटी संवाददाता काठमाडौंको भोटेबहालमा इनारमा डुबेर दुई युवकको मृत्यु भएको छ।, आज बिहान साढे ८ बजे उनीहरू इनारमा डुबेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।, मृत्यु हुनेहरूमा झापाका ३६ वर्षीय दिपने लिम्बू र  सिन्धुलीका  २२ वर्षीय जितेश गुरूङ रहेका छन्। , एसपी...
रासस ललितपुरका एक व्यक्ति ३० लाख सापटी लिएर एक करोड २६ लाख बुझाउँदा पनि ऋण चुक्ता नभएपछि अहिले प्रहरीको शरणमा पुगेका छन्।, ती पीडितको उजुरीका आधारमा यसरी अनुचित लेनदेन (मिटरब्याज) मा संलग्न रहेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका २६ घर भई हाल नरिपोट बस्ने ४६ वर्षीय ज्ञानेन्द्र महर्जनलाई पक्राउ गरेको छ ।, उनलाई आज ल...
सेतोपाटी संवाददाता सिराहामा खानेपानी संस्थामा काम गर्ने सुरक्षा गार्डको हत्या भएको छ। , सोमबार बिहान ७ बजे मिर्चैया नगरपालिका-७ स्थित मिर्चैया साना सहरी खानेपानी संस्थामा एक पुरूषको शव फेला परेको हो। वडा नम्बर ८ घर भई सोही संस्थामा सुरक्षागार्डको काम गर्ने ६० वर्षीय किशोरी राय कुर्मीको शव फेला परेको हो। , इलाका प्रहरी...
राजेश घिमिरे चितवन राष्ट्रिय निकुञ्जमा गरिएको एक अध्ययनले वन्यजन्तुले आहारासँगै प्लास्टिकजन्य वस्तु पनि खाने गरेको देखाएको छ।, सन् २०२०, २०२१ र २०२२ मा निकुञ्जको कोर (भित्री) क्षेत्र र मध्यवर्ती वनको सीमा क्षेत्रमा गरिएको अध्ययनले वन्यजन्तुले घाँससँगै प्लास्टिक पनि खाने गरेको देखाएको हो।, सिसोबाना ट्रोपिकल बोटानिकल गा...
सविता बुढा मैनादेवीको बिहे भएको १५ वर्ष भयो। बिहे हुँदा नाबालिग थिइन्, जम्मा १७ वर्षकी।, बझाङकी उनको परिवारले खेतीकिसानी गरेर गुजारा चलाउँथ्यो। कमाइ खासै राम्रो थिएन। श्रीमान वर्षको तीन महिना काम गर्न भारत जान्थे। नौ महिना आफ्नै खेतबारीमा हुन्थे। घरमा मैनादेवीका दम्पती र ससुरा थिए।, मैनादेवीका पनि दिन घरधन्दा, खेतबारी...
सेतोपाटी संवाददाता नागरिकता नपाएर काठमाडौंमा आन्दोलनरत २६ वर्षीय नीरजकुमार कामतले नागरिकताको प्रमाणपत्र लिएका छन्।, उनले मोरङ जिल्ला प्रशासन कार्यालयबाट सोमबार नागरिकता लिएका हुन्। आइतबार नै वडा कार्यालयबाट सिफारिस एवं आवश्यक कागजात लिएर उनी सोमबार प्रशासन कार्यालय पुगेका हुन्। , उनका अनुसार कार्यालयमा नागरिकता लिनेको...
सरिशा अछामी सात वर्षअघिको कुरा हो।, कैलालीको जानकी गाउँपालिका-८ मा रहेको जंगलमा गोली चल्यो। प्रहरी र काठ तस्करबीच भिडन्त भयो।, त्यो क्षेत्रमा निकै सक्रिय रहेका काठ तस्करलाई नियन्त्रणमा लिन प्रहरीले लामो समयदेखि अनुसन्धान गरिरहेको थियो। त्यो दिन काठ तस्करी भइरहेको सूचना पाएपछि प्रहरी जंगल पुगेको थियो। तस्करलाई नियन्त्र...
सेतोपाटी संवाददाता उद्योग विभाग, त्रिपुरेश्वर काठमाडौंका शाखा अधिकृत कुमारी तारा घिमिरे र कार्यालय सहयोगी दिपा थापाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई जनाविरूद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। , उनीहरूले कम्पनीको ट्रेडमार्क दिन सह...
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन्।, पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेको काठमाडौं परिसरका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।, उनका अनुसार बुढाथोकीलाई काठमाडौंको गल्फुटारबाट पक्राउ गरिएको हो। , उनको खाता प्रयोग भएको देखिएकोले उनलाई अनुसन्धानको दायरामा ल्याइएको एसएसपी कार्की...
सेतोपाटी संवाददाता अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार साँझ चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।, पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका वडा-९ घर भई हाल काठमाडौं वडा-१ बस्ने २४ वर्षीय राजा चौधरी, जितपुर सिमरा उपमहानगरपालिका...
नवीनबाबु गुरूङ वर्षायाम लागेसँगै किसानहरूलाई खेत खन्न र धान रोप्नका लागि चटारो थपिएको छ।  यसै पनि असार महिनालाई मानो रोपेर मुरी फलाउने महिनाको रूपमा लिइन्छ। , देशको उच्च पहाडी भेगमा भने यतिबेला कोदाे रोप्ने बेला भएको छ। अधिकांश ठाउँमा असारमा धान अर्थात् खेत रोपीसके पश्चात् पाखाबारीमा कोदो रोप्न थालिन्छ। तर यतिबेला उत्...
रासस काभ्रेपलाञ्चोकको पचास प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ। जिल्ला स्वास्थ्य कार्यालयले करिब दुई साताको अवधिमा जिल्लाका छ स्थानीय तहका खानेपानी आयोजनाका पानी परीक्षणबाट सबै खानेपानी दूषित भएको पुष्टि भएको जनाएको हो।, कार्यालयद्वारा सदरमुकामस्थित धुलिखेल तथा प्रमुख सहर बनेपा, पनौती, पाँचखाल, भम्लुलगायत ...
रासस धवलागिरि गाउँपालिका–१ गुर्जामा अझै सडक यातायातको सुविधा पुगेको छैन। म्याग्दीका ४५ वडामध्ये सडक नपुगेको वडा गुर्जामात्र हो। गुर्जा पुग्न धवलागिरि गाउँपालिकाको वडा नं २ लुलाङबाट पूरै दिन जङ्गल, भिर र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपर्छ। घोडा, खच्चर र भरियामार्फत सामान ढुुवानी गर्नुपर्छ।, यस्तो दुर्गम र विकट बस्तीम...
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, आज देशभर आंशिकदेखि सामान्य बदली रहने बताइएको छ। कोशी,  बागमती, गण्डकी र कर्णाली  प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ–गर्जनचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भा...
विनोद सापकोटा झापाको शिवसताक्षी नगरपालिकामा दुईवटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।, पश्चिमबाट पूर्वतर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुनेमा मोरङ उर्लाबारीका ४० वर्षिय गुरूचरण चौधरी र १७ वर्षीय...
रासस एक महिलाले विदेशी नागरिक बनेर आठ लाख रूपैयाँभन्दा बढी रकम ठगी गरेकी छिन्।, प्रेम गर्छु भन्दै फसाएर रकम ठगी गर्ने व्यक्ति ललितपुरको गोदावरी नगरपालिका–८ बस्ने ४० वर्षीया चण्डिका पोखरेल भएको खुल्न आएको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले  सामाजिक सञ्जालबाट चिनजान गरी मन पराउँछु, माया गर्छु र ...
सेतोपाटी संवाददाता शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मालाई प्रहरीले पक्राउ गरेको छ।, उनीमाथि निक्षेपकर्ताहरूको १४ अर्ब रूपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ।, शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गएराति पक्राउ गरेको हो।, भारतको मुम्बईमा लुकिछिपी बसिरहेको अवस्थामा पक्र...
सेतोपाटी संवाददाता हात्तीले आक्रमण गर्दा झापाको हल्दिबारीमा एक जना पुरूषको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार बिहान ४ बजे भद्रपुर नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ५३ का गिरेन कर्मकारको मृत्यु भएको हो।, एकाबिहानै उनी च्याउ टिप्न त्यसतर्फ गएका थिए। हल्दिबारी गाउँपालिका-२ को देउनिया खोलाको पुलबा...
विनोद सापकोटा विराटनगरबाट सामान लिएर विर्तामोडतर्फ जाँदै गरेको प्रदेश १—०२—००१ प नम्बरको ट्रक मंगलबार बिहान झापाको शिवसताक्षीमा दुर्घटना भयो।, उक्त ट्रकले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको विवाहको जन्ती सवार प्रदेश १ -०१-००१ च ७४८२ नम्बरको कारलाई ठक्कर दिएको थियो।, कारमा सवारमध्ये २ जनाको मृत्यु भयो। अन्य ६ जना गम्भीर घ...
सेतोपाटी संवाददाता काठमाडौंको बसुन्धारास्थित तिलंगाटारमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ। , मंगलबार बिहान सवा ८ बजे तिलंगाटार क्षेत्रमा शंकास्पद वस्तु फेला परेको थियो।, एउटा बट्टामा तार निकालेर राखेको अवस्थामा फेला परेको उक्त वस्तुलाई निष्कृय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम र...
सेतोपाटी संवाददाता बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार बिहान उनीहरूलाई नियन्त्रणमा लिएको हो।, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङसँगै ६ जनालाई पक्राउ गरिएको सिआइबी स्रोतले जानकारी दिएको छ।, मा...
सेतोपाटी संवाददाता भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ पक्राउ परेका छन्।, मंगलबार ललिता निवास प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गुरूङलाई पक्राउ गरेकाे सिआइबी स्रोतले जानकारी दियो।, ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उनी आरोपित थिए। , भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन...
सेतोपाटी संवाददाता बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको प्रकरणमा प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार बिहान उनीसहित ७ जनालाई पक्राउ गरेको हो। शाह २०७३ फागुन ५ गतेदेखि २०७५ चैत २८ गतेसम्म आयुक्त थिए।, यसअघि भाटभटेनी सुपरम...
राजेश घिमिरे अस्ट्रेलिया बसोबास गर्दै आएकी चितवनकी एक महिलाले दन्तरोग विशेषज्ञ डा. सरू थापाको ह्वाट्सएपमा म्यासेज पठाइन्।, म्यासेजमा उनको छोरालाई दाँतले दिएको पीडाको बारेमा लेखिएको थियो। पन्ध्र दिनअघि मात्रै नेपालबाट अस्ट्रेलिया लगेका छोरा दाँत दुखेर छट्पटाइरहेका रहेछन्। अस्पताल लगेर देखाउँदा उपचारमा नौ हजार डलरसम्म ख...
सेतोपाटी संवाददाता अलिबाबाका संस्थापक ज्याक मा नेपाल आएका छन्।, हङकङ बिजनेश एभिएसनको जहाज चार्टर्ड गरी उनी मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन्।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीसहितको सात जनाको टोली काठमाडौंको नक्सालस्थित मेरियट होटलमा पुगेका छन्। , ५ जना चिनियाँ नागरिक, एक जना डेनमार्कका र एक जना अमेरिकी न...
प्रा.डा.श्यामराज रेग्मी कोलस्ट्रोल भनेको शरीरमा जम्मा हुने बोसोजस्तै पदार्थ हो। धेरैजसो कोलस्ट्रोल कलेजोले उत्पादन गर्छ। खासगरी दूध, मासु लगायतका पदार्थबाट कोलस्ट्रोल बढ्छ।, कोलस्ट्रोल बढेको आफैं थाहा हुँदैन किनकि यो बढे पनि पोल्दैन र दुख्दैन। रगतको परीक्षण गरेपछि मात्रै थाहा हुने हो। कोलस्ट्रोल रक्तनलीको भित्तामा गएर...
सेतोपाटी संवाददाता सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ बितिजोरमा बाढीपहिराबाट ३१ घरमा क्षति पुगेको छ।, बाढीले खेतसमेत बगाएको छ । आज बिहान आएको बाढीले पाक्न लागेको मकै र रोपाइ गर्न राखिएको धानको ब्याडसमेत बगाएको छ।, बाढीपहिराबाट पशुचौपाया र कखुरा पनि नष्ट गरेको वडाध्यक्ष दौलत कार्कीले जानकारी दिए।, लगातारको वर्षापछि खसेको...
रासस सवारीचालक अनुमती पत्रको प्रयोगात्मक परीक्षामा सहभागी नक्कली परीक्षार्थीलाई प्रहरीले आज पक्राउ गरेको छ।, यातयात व्यवस्था कार्यालय बागलुङले आज माझीबस्तीमा लिइरहेको प्रयोगात्मक परीक्षा ‘ट्रायल सेन्टर’मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई पक्राउ गरेको हो। , पर्वको कुश्मा नगरपालिका पकुवा घर भई...
रासस म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन्।, अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन्।, अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज विहान १ बजेतिर परेको चट्याङले लागेर ४५ भेडा मरेका जानकारी दिए।, 'बिहानै कृषकले ४५ भेडा मरेको ज...
सेतोपाटी संवाददाता रूकुम पश्चिममा कर्णाली प्रदेश सभा सांसद कल्याणी खड्का चढेको गाडी दुर्घटनामा परेको छ। , शनिबार दिउँसो ३ बजे चौरजहारी नगरपालिका-३ माओवादी पार्टी कार्यालय नजिकै चौरजहारी बजारबाट कोटजहारी जाँदै गरेको सरकारी गाडी दुर्घटनामा परेको हो। , कर्णाली प्रदेश ०२-००१ झ ००४४ नम्बरको गाडीमा प्रदेश सभा सदस्य कल्याणी ...
सेतोपाटी संवाददाता बर्दियाको मधुवन नगरपालिका–८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ।, मृत्युहुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डिएसपी) हिक्मतबहादुर बोहराले बताए।  गौरीको असार ६ गते र कमलाको ७ ग...
सेतोपाटी संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूलाई अन्य दलले लडाउन सक्ने तागत नभएको बताएका छन्।, शनिबार काठमाडौंमा आयोजित पार्टीको धादिङ–काठमाडौं सम्पर्क भेलामा बोल्दै उनले अन्य दलमा रास्वपालाई लडाउने तागत नभएको बताएका हुन्। , ‘मैले बारम्बार भन्ने गरेको छु साथीहरूलाई लेखेर पनि रा...
रवीन्द्र काफ्ले ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापासहित ताप्लेजुङका व्यवसायी, नागरिक सङ्घसंस्थाका प्रतिनिधिको टोली शनिबार पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमामा अवस्थित हेवाखोला आइपुग्यो।, टोलीले हेवाखोलामा बाढीले बगाएका संरचनाको अवलोकन गर्नुका साथै डाइभर्सनसहितका संरचना निर्माणबारे चास...
रासस जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाको रामचालुमा शनिबार राति जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।, जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको जीप दुर्घटना हुँदा धम्जाका १८ वर्षीय विजय विकको मृत्यु भएको प्रहरीले जनाएको छ।, विकको घटनास्थलमै मृत्यु भएको प्रहरीक...
सेतोपाटी संवाददाता दाङमा चट्याङले लागेर दुई जना पुरूषको मृत्यु भएको छ। , दंगीशरण गाउँपालिका वडा नं. ३ का ३७ बर्षीय विरेन्द्र भनिने रामनारायण चौधरी र वडा नं. ६ का ३२ बर्षीय शमिर केसीको चट्याङबाट मृत्यु भएको हो। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार चौधरीको शनिबार साँझ ६ बजेर ४० मिनेट ज...
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा सामान्य देखि पूर्णतया बदली  रहेको छ।, त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा सर्पदंशवाट एक बालिकाको मृत्यु भएको छ ।, मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ हरिपौरीकी १३ बर्षीया दिक्षा वली रहेकी छन्।, इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पर्वत केसीका अनुसार वलीलाई दिउँसो २ बजेतिर आफ्नै घरमा सुतिरहेको समयमा सर्पले डसेको थियो...
रासस बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।, ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको ६ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो।, चट्याङ लागेर चित्रबहादुरकी श्रीमती यमकुमारी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रह...
विनोद सापकोटा पूर्णबहादुर तिम्सिना अरूले बोलेको त्यति धेरै सुन्दैनन्। ७१ वर्षीय उनको कान छेउमा गएर बोलायो भने मात्र सुन्छन्। अनि सकेको जवाफ र दोहोरो कुराकानी गर्छन्।, झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ हल्दिबारीका पूर्णबहादुर आठ वर्षदेखि घरमा एक्लै छन्। उनलाई सघाउने कोही छैन। आफैं पकाउने, खाने, भाँडाबर्तन धुने, घ...
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले पाँच जिल्ला आसपास भएर बहने नदीहरूमा बाढी आउने उच्च जोखिम रहेको जानकारी दिएको छ।, महाशाखाले सार्वजनिक गरेको बुलेटिन अनुसार आज बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डडेलधुरा आसपास भई बहने ससाना नदीहरूमा आकस्मिक बाढीको जोखिम उच्च रहेको छ।, आज महाकाली नद...
रासस शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।, लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डअन्तर्गत ढोरपाटन नगरपालिका–२ खप्तरिबाङमा माथिदेखि झरेको पहिराले सडक अवरुद्ध भएको हो।, शनिबार राति गएको पहिराका कारण बुर्तिबाङबाट पोखरा, काठमाडौँ, बुटवललगायतका ठाउँमा जाने र ग्रामीण क्षेत्रबाट बुर्तिबाङ आउन...
सेतोपाटी संवाददाता पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।, पोखरा महानगरपालिका-२३ हर्पनका ४९ वर्षीय देवबहादुर विकको घरमै चट्याङ लागेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।, शनिबार राति साढे ११ बजेको समयमा ढुङ्गामाटोले बनेको एकतले कच्ची घरको ढोका लगाउने क्रममा चट्याङकाे प्रहारबाट विक बेहोस हुनुभएको थियो।, घट...
सेतोपाटी संवाददाता हेटौँडा उपमहानगरपालिका–२ चौकीटोलमा गए राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।, भैँसेबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२प ६४४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको बागमती प्रदेश०३–००१ख ८५१ नम्बरको टिपरले ठक्कर दिँदा सो स्कुटरमा  पछाडी सवार हेटौँडा–१ जरुवाटोल बस्ने वर्ष २५...
सेतोपाटी संवाददाता कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्वमेयर सुरेन्द्रबहादुर विष्टसहित १२ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले पूर्वमेयर विष्टसहित १२ जनाविरूद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर भएको प्रवक्ता भोला दाहालले जानकारी दिए। , पूर्वमेयर विष्ट, तत्कालीन प्रमुख प...
सेतोपाटी संवाददाता काठमाडौंमा स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ। , शनिबार दिउँसो कागेश्वरी मनोहरा नगरपालिका-७ स्थित शुभ श्री वेक्वेट ब्लु हेमनको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको हो। , सोही नगरपालिका-६ मुलपानी बस्ने १९ वर्षीय प्रभाश अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ। , पौडी खेल्ने क्रममा डुबेर अच...
दिपकजंग शाही कर्णाली प्रदेशको कुल जनसंख्यामध्ये ४० प्रतिशत बालबालिका छन्। प्रदेशको कुल जनसंख्या १६ लाख ८८ हजार ४१२ छ।, २०७८ सालको जनगणना तथ्यांकअनुसार यसमध्ये ६ लाख ७७ हजार ४८ जना बालबालिका छन्। यसमा पनि बालकको संख्या बढी छ। तीन लाख ४५ हजार ४२९ जना बालक छन् भने तीन लाख ३१ हजार ५५६ जना बालिका छन्।, प्रदेशका तीन लाख चार...
सेतोपाटी संवाददाता रूपन्देहीमा सुन जस्तो देखिने दुई किलोको धातुसहित एक जनालाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ।, सशस्त्र प्रहरी बल नेपाल बिओपी बयरघाट रूपन्देहीले एक जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। , लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ कालिदहबाट कार र चालक दाङ ...
रासस बाङ्गेचौरदेखि उपल्लाचौर जाने सडक विस्तारको काम भइरहेको छ। सडक निर्माण मापदण्ड अनुसार उपल्लोचौरसम्म सडक विस्तार गर्दा एकदर्जन चौतारी र वरपिपल मासिनेछन्।, बागलुङ नगरपालिका–१ रामरेखाको बाङ्गेचौर नजिकै रहेको एक सय ५० वर्ष पुरानो चौतारीसँगैको वरपिपल यसैसाता सडक विस्तारका क्रममा ढलाइएको छ। उक्त चौतारी यस क्षेत्रको पुरा...
सेतोपाटी संवाददाता धनगढीमा एक जनाको शव फेला परेको छ।, बिहीबार दिउँसो धनगढी उपमहानगरपालिका– १४ एचगाउँमा सोही ठाउँका ३९ वर्षीय मानबहादुर चौधरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी निरीक्षक खगेन्द्र साउँदका अनुसार चौधरीको शव गाउँको शाखा सडकको नालामा पल्टिएको अवस...
रासस जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले बिहीबार झापाको गौरादहबाट नियन्त्रणमा लिएको छ।, यसरी पक्राउ पर्नेमा सुनसरी, इटहरी–१९ का साजन चौधरी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।, गौरादह–२ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी पुगेको थियो। जेठी श्रीमतीको उजुरीका आधारमा...
रासस नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा लोपोन्मुख डंगर जातका गिद्ध मृत फेला परेका छन्।, जिल्लाको कावासोती नगरपालिका–३, स्थित नमूना सदरमुकामको केरूंगे खोला नजिक चारवटा गिद्ध मृत पेला परेको संरक्षणकर्मी डिबी चौधरीले बताए। बिहीबार साँझ गिद्ध मृत अवस्थामा फेला परेका हुन्।, गिद्ध विषाक्त मासु खाएका कारण मरे...
सेतोपाटी संवाददाता जेठ ३१ गते नेपाल प्रवेश गरेको मनसुनी वायु पश्चिमतर्फ फैलने क्रममा छ।  , बिपरजोय चक्रवात र न्यूनचापीय क्षेत्रको असरका कारण नेपाल भित्रिएको एक सातासम्म मनसुन पश्चिमसम्मै फैलन सकेको थिएन।, अब एकदुई दिनभित्रै मनसुन देशभर फैलने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।  , मौस...
सेतोपाटी संवाददाता गोरखाको मनकामनामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।, कोटगाउँबाट १९ जना जन्ती बोकेर पोखरीडाँडा जाँदै गरेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जीप सहिद लखन गाउँपालिका ३ सिलिङमा शुक्रबार बिहान सवा एक बजे दुर्घटना भएको हो।, जिल्ला प्रहरी कार्यालयका नायव प्रहरी उ...
रासस भेरी अस्पताल नेपालगञ्जमा झन्डै डेढ सातादेखि रेबिज विरुद्धको खोप अभाव भएको छ।, अस्पतालले निःशुल्क उपलब्ध गराउँदै आएको खोप नपाएपछि बिरामीले अस्पताल बाहिरबाट खोप किनेर ल्याउन बाध्य भएको पीडितका आफन्तले बताएका छन्।, भेरी अस्पताल, नेपालगञ्जले एक सूचना प्रकाशन गर्दै अस्पतालबाट निःशुल्क उपलब्ध हुँदै आएको एन्टी रेबिज खोप...
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले पछिल्लो ३ घण्टा रौतहट, सर्लाही, चितवन, दाङ, बाँके, बर्दिया, कैलालीमा मध्यम तथा भारी वर्षा भएको बताएको छ।, ती जिल्ला भएर वहने नदीहरूको जलसतह बढ्ने हुँदा तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ।, त्यस्तै नवलरासी पूर्व नवलरासी पश्चिम, कञ्चनपुर, डडेलधु...
डा. शिलु श्रेष्ठ ‘ह्याण्ड (हात) सर्जरी भनेको यस्तो विधा हो, जसमा माथि पाखुरादेखि औंलाहरूसम्मको कुनै पनि समस्याहरूको बारेमा उपचार गर्ने विषय पर्छ।, हामीकहाँ सबैभन्दा धेरै चोटपटक लागेर हातमा समस्या आउँछ। अर्को जन्मजात समस्याहरू हुन्छन्। जन्मजात औंला जोडिएको, सानो ठूलो भएको, चुडिएको लगायतका हुन्छन्।, त्यस्तै, उमेरसँगै हा...
रासस लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रविन्दु भएर आज बिहान ५ बजेर ५५ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको हो ।, भूकम्पको धक्का लमजुङ, तनहुँ र गोरखा जिल्लामा महसुस गरिएको थिय...
सेतोपाटी संवाददाता गोरखाको मनकामनामा शुक्रबार बिहान जीप दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ।, मृत्यु हुनेमा सहिद लखन गाउँपालिका–५ का वर्ष २४ का वीरबहादुर थापा, सोही वडाका २५ वर्षका प्रवीण थापा, १८ वर्षका नीरज थापा, वर्ष १७ की नवीना थापा रहेको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक लिलाराज लामिछानेले...
सेतोपाटी संवाददाता जीप दुर्घटनामा ५ जनाको मृत्यु भएपछि शहिद लखन गाउँपालिकाले शोक बिदा दिएको छ।, वडा नम्बर ५ का चार जना र वडा नम्बर ४ को एक जनाको मृत्यु भएपछि सम्पूर्ण कार्यालय र शैक्षिक संस्था बन्द रहने गाउँपालिकाले जानकारी दिएको छ।, ‘शहिद लखन गाउँपालिका–५ पोखरीडाँडाबाट शहिद लखन गाउँपालिका–३ सिलिङ कोटगाउँमा विवाहको टि...
सेतोपाटी संवाददाता ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ विलन्दुमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएकाे छ। पहिरामा परि छोरा बेपत्ता भएका छन्।, मृत्यु र बेपत्ता हुनेमा रणबहादुर गुरूङको परिवार रहेको वडाध्यक्ष खड्ग बरालले जानकारी दिए।, उनका अनुसार गएराति ११ बजे पहिरो जाँदा रणबहादुरसहित उनकी २९ वर्षकी पत्नी शिवमाया ग...
सेतोपाटी संवाददाता ओखलढुंगामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा बेपत्ता १० वर्षका बालखको पनि शव भेटिएको छ।, चम्पादेवी गाउँपालिका–८ विलन्दुमा गएराति पहिरो जाँदा रणबहादुर गुरूङको घर पहिराले बगाउँदै परिवारका सबै सदस्य बेपत्ता थिए।, बिहान बाबु रणबहादुर, पत्नी शिवमाया, १८ महिनाकी छोरी कविताको शव भेटिएको थियो। केही बेरअघि ...
सेतोपाटी संवाददाता अनसनरत उपप्राध्यापक प्रेम चलाउनेले आजदेखि  अनसन स्थगित गर्ने भएका छन्।, बिहीबार सर्वोच्च अदालतले उनीमाथि आक्रमण गर्नेविरूद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि आज दिउँसो १ बजेदेखि अनसन स्थगित गर्ने  भएका हुन्।, सर्वोच्चले न्याय दिएकाले अनसन स्थगित गर्न लागेको चलाउनेले ...
रासस संखुवासभामामा बाढी पहिरोबाट विस्थापित १६ परिवारलाई राहत वितरण गरिएको छ।, बाढी पहिरोका कारण जिल्लाका विभिन्न स्थानका २१ परिवार विस्थापित भएका थिए। जिल्ला विपद् व्यवस्थापन समितिले बाढी पहिरोबाट विस्थापितलाई राहत वितरण गरेको हो।, बाढी पहिरोमा परी विस्थापित भएका १६ परिवारलाई राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय ...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका १२ जना नगर प्रहरी कारबाहीमा परेका छन्।, महानगरले १२ जना नगर प्रहरीलाई विभागीयकारबाही गरेको काठमाडौंका मेयर बालेनका प्रेस सहजकर्ता सुरेन्द्र बजागाइले जानकारी दिए।, उनका अनुसार नगर प्रहरीहरूले ड्युटी आवरमा निर्देशन दिए विपरित काम गरेको हुँदा कारबाही गरिएको हो। , 'उहाँहरूलाई अहि...
सेतोपाटी संवाददाता गोरखाको मनकामनामा भएको जीप दुर्घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरका छन्।, शहिद लखन गाउँपालिका–३ मा गएराति सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।, ‘गोरखा जिल्लाको सहिदलखन गाउँपालिका–३ मा सवारी दुर्घटना हुँदा ५ जनाको दुखद् निधनको खबरले मर्माहत भएको छु। दुर्घट...
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले  मनसुन देशभर फैलिएको बताएको छ।, उसले नियमित बुलेटिनमार्फत् मनसुन देशभर विस्तारित भएको बताएको हो।, ‘आजबाट मनसुन प्रणाली नेपालभर फैलिएको छ। नेपालमा यस वर्षको मनसुन औसत मिति भन्दा एक दिन ढिला गरी जेठ ३१ गते कोशी प्रदेश, मधेश र गण्डकी प्रदेशको पूर्वी...
सेतोपाटी संवाददाता पहाडी भेगमा क्षमताभन्दा बढी यात्रु ओसारिएको भन्दै सांसदहरूले ध्यानाकर्षण गराएका छन्।, गोरखाको मनकामना भएको दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए। यसबारे गोरखा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूले आवाज उठाएका हुन्।, सांसद राजेन्द्र बजगाईंले जीपमा १७ जना हालिएको भन्दै नियमन ...
सेतोपाटी संवाददाता जन्मसिद्ध नागरिकका सन्तानलाई महोत्तरीमा आजैबाट नागरिकता वितरण सुरु भएको छ।, सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई शुक्रबार निरन्तरता नदिने आदेश दिएपछि शुक्रबारदेखि नागरिकता वितरण सुरु गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपकक...
सेतोपाटी संवाददाता प्रहरीले अवैधलागुऔषधकारोबार गर्ने १२ जनालाई काठमाडौं उपत्यका र विभिन्न जिल्लाहरूबाट पक्राउ गरी सार्वजनिक गरेको छ।, शुक्रबार लागू औषध नियन्त्रण ब्यूरोले पत्रकार सम्मेलन गरी लागू औषध कारोबारमा संलग्न पाँच विदेशी नागरिकसहित १२ जनालाई सार्वजनिक गरेको हो।, व्युरोले जेठ २८ गतेदेखि चलाएको अपरेसनमा पक्राउ प...
रासस वीर अस्पतालमा आजदेखि बिरामीका लागि निःशुल्क शय्याको व्यवस्था गरिएको छ।, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले आजदेखि बिरामीका लागि सात सय साधारण शय्यामा लाग्ने शुल्क निःशुल्क गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए। , उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर ...
रासस नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ।, गैँडाकोट–३ स्थित तात्रीबासको सिँचाइ पोखरीमा डुबेर आज दुई बालकको मृत्यु भएको वडाध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए। , पोखरीमा डुबेका करिब १३/१४ वर्षका दुई बालकको सनाखत हुनसकेको छैन।, गर्मी छल्नका लागि बालक पोखरीम...
रासस पाँचथरमा बाढी र पहिराका कारण चार स्थानीय तहका एक सय १९ घर परिवार प्रभावित भएका छन्।, सुरक्षा निकायले सङ्कलन गरेको तथ्याङ्कअनुसार बाढी पहिराका कारण जिल्लाका एक सय १९ परिवारका पाँच सय ७४ जना नागरिक प्रभावित बनेका हुन्।, बाढी र पहिराका कारण १४ घर पूर्णरूपमा विस्थापित भएका छन् । पूर्ण विस्थापित हुने जिल्लावासीको सङ्ख...
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले  देशभर सामान्यदेखि  पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कर्णाली र सुदूर पश्चिम प...
रासस पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडक माथिबाट ढुङ्गा खस्दा मध्यपहाडी राजमार्गको पोखरा–पर्वत खण्ड अवरुद्ध भएको छ। , गए रातिदेखि परेको भारी वर्षाका कारण बिहानपख भिरबाट सडकमा ढुङ्गा खसेर पुरिएको हो। अवरुद्ध सडक खुलाउनका लागि जेसिबी र सुरक्षाकर्मीलाई परिचालन गर्ने तयारी भइरहेको पर्वतका ट्राफिक प्रहरी प्रमुख सुम...
नवीनबाबु गुरूङ अहिले बानेश्वरस्थित संघीय संसद् भवन पछाडिका बाटोमा जानुभयो भने रंगीचंगी भित्ता देख्न सक्नुहुन्छ। ती मार्गमा केही साता अघिदेखि विभिन्न रङ पोतिएका छन्।, यी मार्गका भित्ताहरू काठमाडौं महानगरपालिका वडा नम्बर ३१ ले रंगरोगन गरेको हो। , सहर सौन्दर्यीकरणका लागि सबै घरका भित्तामा अहिले 'स्याम्पलिङ' गर्न एकैनासे ...
सेतोपाटी संवाददाता आज बिहानैदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।, मनसुन देशभर फैलिएसँगै देशका विभिन्न भूभागहरुमा मध्यमदेखि भारी वर्षा भइरहेको छ।, जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले कास्की र मकवानपुर जिल्लाका भूभागहरूमा भीषण वर्षा भइरहेको छ। यी क्षेत्र भएर बहने नदीहरूको सतह बढ्ने ...
रासस गएको शनिबार राति पहिरोमा परेर बेपत्ता बनेका ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेका तीन जना अझै नभेटिएपछि उनीहरुका आफन्तले कुशको शव बनाई दाहसंस्कार गरेका छन्।, बेपत्ता बनेका एकै परिवारका तीन जनालाई शुक्रबार बिहानसम्म खोजी गर्दा पनि नभेटिएपछि दिउँसो कुशको शव बनाएर आफन्तले दाहसंस्कार गरेका हुन्।, बेपत्ता भएदे...
रासस कञ्चनपुरमा चालु आर्थिक वर्षको ११ महिनामा लागुऔषध कारोबार र दुर्व्यसनमा संलग्न १२ महिलासहित दुई सय ५५ जना पक्राउ परेका छन्।, पछिल्लो समय लागुऔषध कारोबारको उच्च जोखिममा रहेको कञ्चनपुरमा खुला सिमानाका कारण यहाँ दैनिक लागुऔषधसहित युवा–युवती पक्राउ परिरहेका छन् । गत साउनदेखि जेठ मसान्तसम्म यहाँ २६ किलोग्राम चरेस, चार ...
सेतोपाटी संवाददाता बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, आज बिहान ८ बजे  गलकोटबाट  सदरमुकाम जाँदै गरेको ग १ च ९४८५ नम्बरको जीप मध्यपहाडी लोकमार्गमा पर्ने काठेखोला गाउँपालिका- ५ ठूलढुंगामा  दुर्घटना भएको हो।, जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी  मदन केसीका अनुसार जीप सडकबाट पाँच सय मिटर तल खसेको छ।, ...
नवीनबाबु गुरूङ आज अन्तर्राष्ट्रिय योग दिवस। हरेक वर्ष जुन २१ गते अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ।, दिवसका अवसरमा आज बिहानै टुँडिखेलमा योग अभ्यास गरिएको छ।, संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो।, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदील...
रासस सङ्खुवासभामा अविरल वर्षासँगै आएको बाढी–पहिरोले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ।, लगातारको वर्षाले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको हो। वर्षासँगै आएको बाढी पहिरोले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी –किमाथाङ्का सडक ठप्प भएको हो।, गए राति वर्षासँगै आएको...
सेतोपाटी संवाददाता ताप्लेजुङमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ। , सिरिजङ्गा गाउँपालिका-३ का ३८ वर्षीय लक्ष्मण चाम्लिङ राईले ३१ वर्षीय श्रीमती निशा राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन लिम्बुले जानकारी दिए।, मंगलबार राति लक्ष्मणले मापसे गरी श्रीमती निशासँग झगडा गरेका थि...
रासस विपद् व्यवस्थापनमा सम्बद्ध सबै निकायलाई उपलब्ध स्रोत, साधन र जनशक्तिसहित तयारी अवस्थामा रहन जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले आग्रह  गरेको छ।, मनसुन सुरु भई जिल्लामा विपद्का घटना भइरहेकाले खोज, उद्धार र राहतका कार्यलाई ढिलो हुन नदिन तयारी हुनुपर्ने निष्कर्षसहित सबै निकायलाई अनुरोध गरिएको जिल्ला विपद् व्यव...
एजेन्सी होन्डुरसको महिला कारागारमा दंगा भड्किँदा ४१ जनाको मृत्यु भएको छ।, मंगलबार कारागारभित्र रहेको दुई ग्याङबीच झडप भएको बिबिसीले जनाएको छ। जसमध्ये एउटा पक्षले कारागारमा आजगनी समेत गरेको थियो। , कारागारमा आगलागी भएपछि कतिपयको मृत्यु भएको हो। कतिपयको भने गोली लागेर समेत मृत्यु भएको छ। , उपसुरक्षामन्त्री जुलिसा विलानु...
सेतोपाटी संवाददाता पोखरा विश्वविद्यालय र नेपाललाई प्रतिनिधित्व गर्दै सात जना पोखरा विश्वविद्यालयका विद्यार्थीको टिम अस्वाथामा हल्ट प्राइज रिजनलका लागि दुबई प्रस्थान गरेका छन्।, अन क्याम्पस पोखरा विश्वविद्यालयको विजेता बन्दै रिजनलका लागि  टिम अस्वाथामा दुबई प्रस्थान गरेको हो।, दुबईको हल्ट इन्टरनेशनल वजनेस स्कुलमा हुने ...
राजेश घिमिरे दुई दशकअघि चितवन राष्ट्रिय निकुञ्जभित्रको पदमपुर बस्तीबाट स्थानान्तरण भएर आउँदा शान्ति महतोको परिवारले धेरै सपना देखेको थियो।, उनीहरू हरेक दिन वन्यजन्तुको आक्रमण र बर्सेनि राप्ती नदीको बाढीले आजित थिए। बसाइँ सरेपछि कम्तिमा ती दुःखबाट पार पाउने आश थियो।, सौराहापारिको उक्त बस्ती सरकारले पदमपुर स्थानान्तरण आ...
रासस एक अध्ययनका अनुसार पृथ्वीको सरदर तापमान एक दशमलव पाँचदेखि दुई डिग्री सेन्टिग्रेड बढेको अवस्थामा हिन्दकुश हिमालय क्षेत्रको ३० देखि ४० प्रतिशत हिउँ लोप हुने खतरा रहेको देखिन्छ।, नेपालसहित आठ राष्ट्र सदस्य रहेको अन्तर–सरकारी निकाय अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले मंगलबार सार्वजनिक गरेको एक अध्...
सेतोपाटी संवाददाता लुम्बिनी प्रदेशमा सार्वजनिक सवारीसाधनको अन्तर प्रदेशीय रूट अनुमति लिन अब बुटवल जानुपर्ने बाध्यता अन्त्य भएको छ। , लुम्बिनी प्रदेश सरकारले अबदेखि जिल्लास्थित सबै यातायात व्यवस्था कार्यालयबाट रूट अनुमति लिने व्यवस्था मिलाइएको हो। मंगलबारदेखि सबै कार्यालयबाटै रूट अनुमति दिन थालिएको हो। , यसअघि अन्तर प्...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छन्।, उनले महानगरका मेयर बालेन शाहको कार्यशैली र पद्धतिमा आफ्नो विचार मेल नखाएको भन्दै शिक्षा सल्लाहकार पदबाट राजीनामा दिएकी हुन्।, उनले मेयर बालेनको काम गर्ने पद्धति अलोकतान्त्रिक भएको र यसमा आफ्नो असन्तुष्टि भएको पनि बताइन्।, 'ब...
मन्दिरा घिमिरे ‘अब हामीलाई हरेक शुक्रबार स्कुलमा बाहिरबाट मिसहरू आएर कसरी मेकअप गर्ने सिकाउनुहुन्छ नि ममी,’ आमाले पुलुक्क छोरीको अनुहार हेरिन्, कुरा सुनिरहिन्। , ‘अबदेखि शुक्रबार बुकको भारी ब्याग पनि लग्नुपर्दैन, होमवर्क पनि हुँदैन ममी!’ उनी मुसुक्क हाँसिन्।, स्कुलमा किताबको पढाइ नहुने र नयाँ कुरा सिक्न पाउने खबरले हौ...
सबिना श्रेष्ठ त्यति बेला प्रविधिको विकास भएको थिएन। न मान्छे पढेलेखेका थिए। सीप र दक्षता भने मानिसमा भरपुर थियो। त्यही भएकाले उनीहरू नौला प्रयोग गरिरहन्थे। त्यसलाई हाम्रो वरिपरि रहेका कला, सम्पदा, संस्कृतिमा खुला संग्रहालय जसरी हेर्न र अनुभव गर्न सक्छौं।, त्यसैको उदाहरण हो, पाटनमा रहेको नरसिंह मन्दिर।, यो मन्दिरको विश...
सेतोपाटी संवाददाता प्रहरीले एक दर्जन भन्दा बढी ठगी मुद्दाका फरार रहेका व्यक्‍तिलाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपमा एक जनालाई पक्राउ गरेको एसपी मिलन केसीले जानकारी दिए। , प्युठानका ४२ वर्षीय गोपाल भन्ने इश्वरीप्रसाद पोखरेललाई पक्राउ गरेको हो। , उनले विभिन्‍न सामाजिक संजालको प्रय...
सेतोपाटी संवाददाता हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ  भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव छ। , हाल मधेश, लुम्ब...
सेतोपाटी संवाददाता दाङको तुलसीपुर उपमहानगरपालिका–९ नमूना नगरस्थित अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थामा उपभोक्ताले तालाबन्दी गरेका छन्। , आर्थिक अनियमितता भएको भन्दै उपभोक्ताले बुधबार तालाबन्दी गरिदिएका हुन्। , संस्थाका सचिव दशरथ वलीले भने गलत कुरालाई राजनीतिक रूपमा उछाल्न खोजिएको तर्क गरे।, ‘हिजो हामीसँग चुना...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले रोक लगाएको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) लाई शैक्षिक मेला गर्न बाटो खुला भएको छ। , बुधबार उच्च अदालत पाटनका न्यायाधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले अन्तरिम आदेश जारी गर्दै महानगरलाई उक्त मेला नरोक्न आदेश दिएको उच्च अदालतकी प्रवक्ता मन्दिरा शा...
सेतोपाटी संवाददाता रूकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।, जिल्लाको मुसिकोट नगरपालिकाको माछ्मी बाट डिग्रे मन्दिरतर्फ जाँदै गरेको भे १ च २७९६ को डबल क्याप जीप बिहान साढे ६ बजे बागबजारमा दुर्घटना भएको हो।, दुर्घटनामा घाइते भएका ८ जनामध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। गम्...
रासस ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिराका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ। बाढीपहिराका कारण बाटो घाटो अवरुद्ध भएकाले विद्यालय जान अवस्था नहरेकाले सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको हो।, गत शुक्रबार, बनिवार र आइतबार निरन्तर वर्षाका कारण बाढीपहिर...