content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता भक्तपुरमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, शनिबार राति ९ बजे सूर्यविनायक नगरपालिका-७ गुण्डु तीनधारेमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। , गुण्डुबाट पाण्डुबजार जाँदै गरेको बा ९३ प ५८८१ नम्बरको स्कुटर आफैं अनियन्त्रित भए... |
नारायण खड्का अछाम पञ्चदेवल विनायक नगरपालिका वडा नं. ७ का २३ वर्षीय महेन्द्र बिक असार १२ गते दाङको घोराही आए।, डेरामा बसेर कोरियन भाषा पढ्न उनी श्रीमती र दुई बच्चासहित उनी घोराहीमा पुगेका थिए।, साथीहरूसँग सम्पर्क भएकाले उनी अछामबाट घोराही आएका हुन्।, हुम्लाको अदानचुली गाउँपालिका- ३ का २३ वर्षीय अंगराज नेपाली पनि घोराही... |
सेतोपाटी संवाददाता ललिता निवासको जग्गामा तारबार लगाउन काठमाडौं महानगर प्रहरी ललिता निवास पुगेको छ। , आइतबार दिउँसो ललिता निवासको जग्गामा तारबार लगाउन नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोली बालुवाटारस्थित ललिता निवास पुगेको हो। , सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउन लागिएको महानगरपालिकाले जनाएको छ। , केह... |
सेतोपाटी संवाददाता काठमाडौं नापी कार्यालय मनमैजुका नापी सर्वेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा दुई जनाविरूद्ध मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।, अख्तियारले उनीहरूलाई एक लाख ७५ हजार घु... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले ललिता निवास भित्रका अस्थायी संरचना हटाउन अल्टिमेटम दिएको छ। , ललिता निवासभित्र भएका सबै अस्थायी संरचना हटाउन २४ घन्टे मौखिक अल्टिमेटम दिइएको मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजागाईंले जानकारी दिए। , 'आज महानगर प्रहरीको टोली त्यहाँ गएको थियो। त्यहाँ भएका सबै अस्थायी स... |
राजेश घिमिरे सर्लाही लक्ष्मीपुरका १९ वर्षीय नजारूल मन्सुरको सोमबार बिहान ८ बजे मलेसिया जाने उडान छ।, वैदेशिक रोजगारीमा जान शनिबार साँझ घरबाट बिदा भएर काठमाडौंतर्फ निस्किएका उनी राति १ बजेतिर नारायणगढ कटेका थिए। केही मिनेटमा जब उनी जुगेडी पुगे, गाडी रोकियो। आइतबार बिहान साढे १० बजे उनी त्यही ठाउँमा भेटिए।, ‘भोलि बिहानै... |
सेतोपाटी संवाददाता मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोला (३ नम्बर पुल) को पहिरो पन्छाउन आइतबार साँझसम्म लाग्ने भएको छ।, गएराति ११ बजे पहिरो खस्दा अवरूद्ध भएको सडक खुलाउन बिहानैदेखि स्काभेटर परिचालन गरिएको भए पनि पन्छाउन नसकिएको चितवन ट्राफिक प्रहरी प्रमुख राजकुमार तामाङले जानकारी दिए।, ‘अहिले दुई वटा स्काभेटर र ... |
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय बर्दियाले ३ जना प्रहरीलाई कारबाही गरेको छ। , इलाका प्रहरी कार्यालय ढोढरीको हिरासतबाट २ जना थुनुवा भागेपछि आइतबार ३ जनालाई कारबाही गरेको एसपी सुधीरराज शाहीले जानकारी दिए। शुक्रबार बिहान सवा ६ बजे ढोढरीको हिरासतबाट दुई जना थुनुवा फरार भएका थिए। , त्यस घटनामा प्रहरीको कमजोरी देखि... |
सेतोपाटी संवाददाता शनिबार रातिदेखि अवरूद्ध भएको नारायणगढ-मुग्लिन सडक आइतबार साँझदेखि दुईतर्फी सञ्चालनमा आएको छ।, चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीले आइतबार साँझदेखि सडकमा दुईतर्फी गाडी चल्न थालेको जानकारी दिए।, तुहिन खोला नजिकै सडकमा झरेको पहिरो हटाएपछि सडक खुलेको हो।, यो पनि पढ्नुस्, नारायणगढ-मुग्लिन सडक: अध... |
सेतोपाटी संवाददाता बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा थप तीन जना पक्राउ परेका छन्। , नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले आइतबार थप तीन जनालाई पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए। , पक्राउ पर्नेमा काठमाडौं महानगर वडा नम्बर ५का तत्कालीन वडासचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र ... |
सेतोपाटी संवाददाता नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ ।, चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा आज बिहान २ बजे पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो। , पहिरोले एउटा ट्रक पल्टिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनका प्रवक्ता प्रहरी वरिष्ट नायब निरीक्षक सुरेन्द्र विष्टका अनुसार पहिरोमा ... |
सेतोपाटी संवाददाता ललितपुर जिल्ला अदालतकी नायब सुब्बा प्रेमिका तामाङलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका वकिल अमिर लामिगछाने साधारण तारेखमा रिहा भएका छन्। , जिल्ला प्रशासन कार्यालय ललितपुरले आइतबार उनलाई साधारण तारेखमा रिहा गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए।, लामिछानेले तामाङमाथि गरेक... |
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।, दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान... |
सेतोपाटी संवाददाता ललितपुरको इमाडोलबाट प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गत शुक्रबार ललितपुर महागनर-४ इमाडोलबाट एक जनालाई पक्राउ गरेको हो। , पक्राउ पर्नेमा मकवानपुर घर भई इमाडोल बस्ने ४२ वर्षीय प्रशान्त भन्ने पासाङ बमजन छन्। उनीबाट प्रहरीले ५... |
सेतोपाटी संवाददाता पहिरोले अवरूद्ध नारायणगढ-मुग्लिन सडक पुनः सञ्चालनमा आएको छ।, चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गएराति २ बजे पहिरो खसेपछि सडक अवरूद्ध भएको थियो।, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रवक्ता सुरेन्द्र विष्टका अनुसार बिहान ६ बजेदेखि पहिरो पन्छाउन थालिएको थियो।, ‘पहिरो पन्छाउने क... |
रासस झापाको मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ। , मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताए।, पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा आज बिहान साहलाई सडकमा हात्तीले कुल्चेर मारेको उनले जानकारी दिए। सिलगुढी निवासी उहाँ एक वर्षअघिदेख... |
सेतोपाटी संवाददाता जुम्लामा अन्तर्जातीय विवाह गरेपछि केटी पक्षले केटापक्षको घरमा आगजनी गरेका छन्। , आइतबार बिहान तातोपानी गाउँपालिका-४ गिदीखोलास्थित भरत नेपालीको घरमा आगजनी भएको हो। उक्त घरमा आगजनी गरेको आरोपमा प्रहरीले सोही ठाउँका २२ वर्षीय हिक्मत गिरीलाई पक्राउ गरेको छ। , उनलाई आइतबार राति नै पक्राउ गरिएको जिल्ला प्... |
डम्मर बुढामगर बागलुङ बजार नजिकै छ खहरे गाउँ। दशक अगाडिसम्म गाउँमा ढुङ्गाले बान्की मिलाएर छाएको छानो, सेतो कमेरो र माटोले पोतिएका घर थिए। सहरबाट नजिक सुन्दर गाउँ भएकाले घुम्न आउने मोहित हुन्थे।, राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमै पर्ने भए पनि खहरे गाउँलाई आधुनिकताले छोएको थिएन। मौलिक कला, संस्कृति र सम्पदा सं... |
रासस हिमाली जिल्ला जुम्लाका गाईभैँसीमा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ। तिला गाउँपालिका-२ का धनबहादुर नेपालीले गाउँभरका गाईभैँसीमा लम्पी स्किन रोग देखिएको जानकारी दिए।, लम्पी स्किन रोगको सङ्क्रमणबाट लिही गाउँका करिब ३० वटा गाईगोरु मरिसकेका छन्। रोगलाई नियन्त्रण गर्नेका लागि गाउँपालिकालाई आवश्यक औषधि उपचारको व्यव... |
सेतोपाटी संवाददाता साहित्यकार विजय खरेलको ७७ वर्षको उमेरमा निधन भएको छ।, अमेरिकी समयअनुसार आइतबार विहान ३ बजे उपचारको क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।, एक महिनाअघि पारिवारिक भेटघाटका लागि साहित्यकार खरेल अमेरिका गएका थिए।, झापाको मेचीनगर वडा नं. ६ काँकरभिट्टा निवासी खरेलका छोरा प्रयास र बुहारी अमे... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले निजी विद्यालयले लिने छात्रवृत्ति परीक्षा आफैं लिने भएको छ।, महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले कक्षा ११ का विद्यार्थीलाई निजी विद्यालयले वितरण गर्ने छात्रवृत्तिको लागि महानगरले नै परीक्षा लिएर विद्यार्थी छनौट गर्ने बताए।, काठमाडौं महानगरपालिका शिक्षा ऐन २०७५ तथा शिक्षा... |
रासस राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९ मा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी सुरु गरेको छ।, अहिले नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी ... |
युनिक श्रेष्ठ ललिता निवास जग्गा प्रकरणमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ।, सिआइबीले समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको हो।, सिआइबीका एसएसपी दिनेश आचार्यले थप २ जनालाई सोमबार काठमाडौंबाट पक्राउ गरिएको सेतोपाटीलाई बताए।, ललिता निवासको जग्गा व्यक्तिका नाममा... |
नवीनबाबु गुरूङ काठमाडौं उपत्यकाका विभिन्न ठाउँका सडकपेटीमा फूलसहितका गमला राखिएका छन्।, बिजुलीबजार, पुतलीसडक, बागबजारलगायत क्षेत्रमा फूलसहितका गमला राखिएको हो।, काठमाडौं महानगरले सहर सुन्दर बनाउन र हरियाली प्रबर्द्धनका लागि फूलसहितका गमला राख्न थालेको छ।, साथै सडक पेटीहरूमा पनि महानगरले वृक्षारोपण गरेको छ।, तस्बिरहरू:... |
सेतोपाटी संवाददाता कैलालीमा कारागारमा रहेका कैदीलाई ब्राउन सुगर दिन गएका एक जना पक्राउ परेका छन्।, धनगढी उपमहानगरपालिका- १ स्थित रहेको जिल्ला कारागारमा जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका ३१ वर्षका करण बमलाई भेट्न आएका भीम बोगटी पक्राउ परेका हुन्।, डोटी बोगटान नगरपालिका–६ घर भई हाल धनगढी चटकपुरमा नास्ता पसल ग... |
सेतोपाटी संवाददाता प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई पक्राउ गरेको छ।, प्रहरी वृत बानेश्वरको टोलीले शुक्रबार अपराह्न उनलाई बानेश्वरबाट पक्राउ गरेको हो।, रौनियारविरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा ठगीसम्बन्धी उजुरी परेको थियो। सोही उजुरीका आधारमा रौनियारलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता कुबेर... |
सेतोपाटी संवाददाता बिहीबार मध्याह्नबाट अवरूद्ध नारायणगढ-मुग्लिन सडक खण्ड पुन: सञ्चालनमा आएको छ।, सो सडकको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि सडक अवरूद्ध भएको थियो।, अवरूद्ध सडक खण्ड केहीबेर अघि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। , डिभिजन ... |
निशा भण्डारी वर्षाको मौसम सुरू भएसँगै किसानहरूलाई रोपाइँको चटारो छ। किसानहरू खेत खन्ने, बिउ बिजन छर्ने, उमार्ने तयारीमा जुटिरहेका छन्।, सहर वरपर रहेका विभिन्न तटीय क्षेत्रमा पनि रोपाइँ भैरहेको देख्न सकिन्छ।, ललितपुरको खोकनामा यतिबेला धमाधम रोपाइँ भैरहेको छ।, तस्बिरहरू:,
तस्बिरमा हेर्नुस् खोकनामा र... |
सेतोपाटी संवाददाता बालुवाटार प्रकरणमा पक्राउ परेका तीन जनालाई त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना गरिएको छ।, प्रहरीका अनुसार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालय डिल्लीबजारका कर्मचारी धर्मप्रसाद गौतमलाई टिचिङ अस्पतालमा भर्ना गरिएको हो।, केन्द्र... |
सेतोपाटी संवाददाता नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरूद्ध भएको छ।, इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान फेरि पहिरो खसेपछि सडक अवरूद्ध भएको हो।, तीन किलोमा सुख्खा पहिरो खसेपछि बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो ।, पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा पुनः प... |
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।, दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ... |
डा.प्रमोद लामिछाने हड्डी खिइने भनेको उमेर बढ्दै जाँदा देखिने समस्या हो। कुनै चोटपटक लागेको थियो भने जोर्नीहरू भएको भागमा कतै खिइने कतै पलाउने भएर साँघुरो हुने अथवा जोर्नी बांगो हुने हुन्छ। त्यसलाई हामी हड्डी खिइने भन्छौं। त्यो प्राय: ढाडमा घुँडामा कट्टीमा र जोर्नीहरूमा हुन्छ।, कतै खिइएर ठूलो हुन्छ भने कतै हड्डी पलाएर ... |
सेतोपाटी संवाददाता तिनाउ नदीमा जलसतह केही घटेको छ। , रूपन्देही, पाल्पा, नवलपुर र आसपासका क्षेत्रमा भारी वर्षा भएपछि तिनाउले आज बिहान ८ बजे खतराको तह पार गरेको थियो।, जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार बिहान ८ बजे तिनाउको जलसतह ७.२२ मिटर मापन भएको थियो।, बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार म... |
सेतोपाटी संवाददाता शुक्रबार बिहान सवा ६ बजेतिर बर्दियाको इलाका प्रहरी कार्यालय ढोढरीमा हल्लाखल्ला भयो।, प्रहरी हिरासतबाट फुत्केर थुनुवा भागेको प्रहरीले थाहा पाएको थियो। उनीहरू हिरासत कक्ष खोलेर भागेका थिए। अरू पनि भाग्न सक्छन् भनेर प्रहरी परिचालन गरी हिरासत बन्द गरिएको थियो। , घटनाबारे तत्कालै जिल्ला प्रहरी कार्यालय ब... |
सेतोपाटी संवाददाता भक्तपुरमा ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।, सूर्यविनायक नगरपालिका-९ पलासेस्थित ३३ वर्षीय रामकुमार सार्कीको शुक्रबार उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। , रामकुमारको कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको ... |
सेतोपाटी संवाददाता दुई दिनदेखि लगातार परेको वर्षापछि आएको पहिरोले पाल्पाका विभिन्न स्थानमा सडक अवरूद्ध भएका छन्।, सिद्धार्थ राजमार्गको तानसेन पोखरा सडकखण्डको चिदिपानी धैरेनीमा लेदोसहित खसेको पहिरोले सडक अवरूद्ध भएको छ।, राम्दी देखि रामपुर जाने कालीगण्डकी करिडोर क्षेत्रको सेरामा पहिरो खसी सडक अवरूद्ध छ।, लेदो हटाउन २ व... |
सेतोपाटी संवाददाता तिनाउ नदीमा जलसतहले खतराको तह पार गरेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार रूपन्देही, पाल्पा, नवलपुर र आसपासका क्षेत्रहरूमा भारी वर्षा भएकाले तिनाउ नदीमा बाढी आएको छ।, शनिबार बिहान ८ बजे तिनाउले खतराको तह पार गरेको हो। बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा बिहान... |
सेतोपाटी संवाददाता रौतहटमा घरमै आमा छोरी मृत फेला परेका छन्।, शनिबार बिहान जिल्लाको मौलापुर नगरपालिका-४ स्थित पतौरा टोलमा २४ वर्षीया कविताकुमारी साह र उनकी २० महिनाकी छोरी आरोही मृत फेला परेका हुन्। , घरबाहिर कविता र घरभित्र पंखामा झुण्डिएको अवस्थामा उनकी २० महिने छोरी मृत भेटिएको रौतहटका डिएसपी उमाशंकर यादवले बताए।,... |
सेतोपाटी संवाददाता धनगढीमा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ। , धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३८ वर्षीया दिलसरा सार्कीको शनिबार बिहान साढे तीन बजे छतबाट खसेर घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको हो। , जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी निरीक्षक खगेन्द्र साउदका अनुसार सार्की छतमा बनाइएको ... |
रासस मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरि गाउँपालिका-३ स्थित लामिटार सामुदायिक वनमा शनिबार ३३ किलोको अजिंगर फेला परेको छ।, अजिंगरले हाँडीखोलाको लामिटार जंगलमा बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएका छन्।, 'अजिंगरले बोका मारेको जानकारी पाएपछि अजिंगरलाई नियन्त्रणमा लिएर निकुञ्... |
सेतोपाटी संवाददाता रोटरी क्लब अफ क्यापिटल बुटवलले बिरुवा उपहार दिने अभियान सुरू गरेको छ। , बुटवलका अध्यक्ष भएका विश्वदिपक नेपालले शनिबार आयोजित कार्यक्रममा क्लबका सदस्यहरूलाई कुरिलो र खुर्सानीका बिरूवा उपहार दिएका हुन्। जुलाइ १ देखि सुरू भएको २०२३/२४को कार्यकालमा उनले बिरूवाको उपहार दिएर अभियान थालेका हुन्। , नेपाल कृ... |
सेतोपाटी संवाददाता धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौं फर्किएको छ। , शनिबार दिउँसो साढे ३ बजे काठमाडौंबाट उडेको थियो। ७८ यात्रु बोकेर उडेको जहाज धनगढी पुग्नै लाग्दा काठमाडौं फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। , ‘जहाजको हाइड्रोलिकमा समस्या आ... |
सेतोपाटी संवाददाता गत चौबिस घन्टादेखि पाँच जिल्लाका विभिन्न भूभागमा भारी वर्षा भइरहेको छ।, जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार स्याङ्जा, दाङ, नवलपुर, रूपन्देही, पाल्पा र ती आसपासमा लगातार भारी वर्षा भइरहेको छ। , महाशाखाले गएराति दखि नै ती जिल्लाका विभिन्न स्थानहरूमा भारी वर्षा भइरहेकाले उक्त ज... |
रासस मुलुकमा जारी मनसुनी वायुको प्रभावले केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली छ।, लुम्बिनी प्रदेशको थोरै स्थानमा र कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।, रातिक... |
रासस विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यको जीर्णोद्धार सुरू गरिएको छ।, हावाहुरीका कारण गत फागुनमा चैत्यको गजुर झरेपछि यसको जीर्णोद्धार सुरू गरिएको हो। पुरातत्व विभाग, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति र काठमाडौं महानगरपालिकाको प्राविधिक टोलीले विस्तृत अध्ययन गरेको थियो।, काठमाडौं–१५ मा पर्ने उक्त स्थलम... |
नारायण खड्का दाङको पिर्थली कुइरे सोता जलाशय सिँचाइ योजनाबाट तीन सय बिगाहा जमिनमा सिँचाइ सुविधा पुगेको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा पर्ने यो जलाशयबाट किसानका खेतबारीमा पानी पुर्याउन लिफ्टिङ प्रविधिको प्रयोग गरिएको छ।, योजना उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर डाँगी जलाशयको निर्माणपछि किसानहरू खुसी भएको ब... |
रासस पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड शुक्रबार साँझ २८ घण्टापछि सञ्चालनमा आयो। तर अझै पनि ढुंगा खस्न भने रोकिएको छैन।, माथिबाट खसेका ढुंगा लागेर पल्टिएका मोटरसाइकल, सिसा फुटेका गाडीका तस्बिर सामाजिक सञ्जालमा छरिएका छन्। केही मानिसहरू ढुंगा खस्दै गर्दा सवारीसाधन छोडेर भाग्दै गरेका भिडिओ पनि पनि देखिएका छन... |
सेतोपाटी संवाददाता अनुदानमा पाएको मुर्रा राँगा लिन नेपालबाट चार जनाको टोली भारत जाने भएको छ।, पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले मुर्रा राँगा लिन असार अन्तिमतिर चार जनाको टोली भारत जान लागेको जानकारी दिए।, 'मिति तय भइसकेको छैन। सायद यही महिनाको अन्तिमतिर जानुहुन्छ होला। मनोनयनको प्रक्रिया टुंगिसकेको छ,' ढकाल... |
सेतोपाटी संवाददाता सहकारीमा बचतकर्ताहरूले जम्मा गरेको रकम हिनामिना पारेर सम्पर्कविहीन भएका आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्तीलाई रूपन्देही प्रहरीले पक्राउ गरेको छ।, बुटवलको अमरपथमा कार्यालय रहेको सहकारीलाई समस्याग्रस्त बनाएर घर्ती सम्पर्कविहीन भएका थिए। , उनीविरूद्ध सहकारीका बचतकर्ताहरूले लि... |
भगवती पाण्डे प्रसादी दिने बहानामा महिला दर्शनार्थीमाथि यौनजन्य दुर्व्यवहार गर्ने पाल्पाको भैरवस्थान मन्दिरका मुख्य पुजारी निलम्बित भएका छन्।, पाल्पाको प्रसिद्ध भैरवस्थान मन्दिरका मुख्य पुजारी जीतनाथ योगीलाई मन्दिर व्यवस्थापन समितिले बिहीबार निलम्बन गरेको हो।, योगीले मन्दिर दर्शनको लागि जाने महिला दर्शनार्थीहरूलाई प्रस... |
सेतोपाटी संवाददाता पहिरो खसेर चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ।, बिहीबार साढे १२ बजे इच्छाकामना गाउँपालिका-६ मुग्लिन-नारायणगढ सडकखण्डको तीन नम्बर पुल नजिकै पहिरो खसेको हो। , पहिरो खसेर अहिले सडक अवरूद्ध भएको मुग्लिनका ट्राफिक प्रहरी इन्चार्ज सई चुडामणि पोखरेलले जानकारी दिए। पहिरो पन्छ्याउने काम भइरहेको ... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले वसन्तपुरमा सवारीसाधन प्रवेशमा रोक लगाएको छ।, विश्व सम्पदा क्षेत्र वसन्तपुरमा कुनै पनि सवारीसाधन प्रवेश गर्न नपाइने भन्दै बुधबार महानगरले 'भिआइपी' को गाडीलाई समेत प्रवेश गर्न दिएन।, सवारीसाधन प्रवेश गर्न रोक लगाएको भिडिओ हाल सामाजिक सञ्चालमा चर्चामा छ।, विशिष्ट व्यक्तिको गाडी ... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ। , भीमदत्त नगरपालिका–२ उल्टाखामका ६७ वर्षीय देवीलाल शाहको बुधबार राति १ः४५ बजेको समयमा घरको छतबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको हो। , शुक्लाफाँटा नगरपालिका–१० मा भतिजा नाता पर्ने दानबहादुर शाहको घरमा छतमा सुत्नलाई देवीलाल गएका थिए।, सुत्नलाई छतमा ... |
सेतोपाटी संवाददाता सरकारले विपद्का बेला उद्धार र सहयोगमा मानवीय व्यवहार गर्न आग्रह गरेको छ। , विपद् प्रतिकार्यमा खटिने नाममा असामाजिक गतिविधि नगर्न पनि सरकारले सचेत गराएको छ। , बिहीबारदेखि सुरू भएको दोस्रो विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै गृहसचिव दिनेश भट्टराईले विपद्का समयमा उद्धार र र... |
रासस रूपन्देहीका विभिन्न स्थानमा बम विस्फोटका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेका तीनै जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ। , जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले आज भैरहवामा पत्रकार सम्मेलन गरी घटनामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको हो।, प्रहरीले पक्राउ गरी सार्वजनिक गरेका अ... |
रासस नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा बिहीबार दिउँसो गएको पहिरोसँगै निरन्तर ढुंगा खसेपछि पन्छाउन सकिएको छैन।, सुख्खा पहिरोसँगै ढुंगा खसिरहेकाले शुक्रबार बिहानदेखि मात्र पहिरो पन्छाइने भएको छ। यसले रातभरि सडक अवरूद्ध हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक राम... |
दिपकजंग शाही उमेरले ३३ वर्ष पुगेका किरणकिशोर सापकोटा राम्रोसँग हिँडडुल गर्न सक्दैनन्। नजिकै जानुपरे सामान्य छडी टेक्छन्। टाढा जाँदा स्कुटर चलाउँछन्।, उनको कम्मरमुनिको भाग कमजोर छ।, किरणको यो अवस्था दुई वर्ष उमेर हुँदादेखि नै आएको हो। हिँड्ने उमेर भइसक्दा दुवै खुट्टा चल्न छाडे। आमाबाले अस्पताल लगे, पोलियो भएको थाहा भयो... |
रासस मनसुनी वायुको प्रभावले देशभर बदली रहनुका साथै केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भ... |
रासस आज धान दिवस मनाइँदै छ। , विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।कृषिप्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो।त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ ।, किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्... |
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।, दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ... |
सेतोपाटी संवाददाता कपिलवस्तुमा नाइट बस दुर्घटना भएको छ।, बझाङबाट काठमाडौं आउँदै गरेको ना ६ ख १३३९ नम्बरको नाइट बस आज विहान ५ बजे कपिलवस्तुको शिवराज नगरपालिका-३ देउराली मोडमा दुर्घटना भएको हो।, दुर्घटनामा परी ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मिन बहादुर घलेले जानकारी दिए। उनका अनुसार ... |
सेतोपाटी संवाददाता आज तीन जिल्ला आसपासका नदीहरूमा जलसतहले सतर्कता तह पार गर्ने आकलन गरिएको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले रूपन्देही, कपिलवस्तु र पाल्पा आसपास भई बहने नदीहरूमा बाढीको उच्च जोखिम रहेको जनाएको छ। आज तिनाउ, पश्चिम राप्ति, बबई र साना सहायक नदीहरूमा जलसतह सतर्कता तहमा पुग्न सक्ने ... |
रासस काठमाडौँ–हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्र्गत ललितपुरको भट्टेडाँडास्थित बागमतीको पुल नजिकै आज बिहान पहिरो जाँदा काठमाडौँ–हेटौँडा यातायात अवरुद्ध भएको छ।, मकवानपुरको सिमानाबाट करिब दुई किलोमिटर उत्तरतर्फ बागमती पुल नजिकै गएको पहिरो मौसममा सुधार आएपछि मात्र हटाउन सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन... |
रासस पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन। आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन।, चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि सडक बन्द भएको हो। त्यसपछि सुक्खा पहिरो खसे क्रम जारी छ।, पन्छाउने तयारी ग... |
रासस निरन्तरको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ।, पर्वतको जलजला गाउँपालिका–७ धाइरिङको केराबारीमा सडकमाथिवाट आएको पहिराले पुरिएर गए रातिदेखि सडक अवरुद्ध बनेको हो।निरन्तर वर्षा भएका कारण अहिलेसम्म पहिरो पन्छाउने काम सुरु हुनसकेको छैन।, वर्षा रोकिएपछि ... |
सेतोपाटी संवाददाता वर्षाका कारण आएको बाढी र पहिरोले देशभरिका विभिन्न राजमार्गमा अवरोध भएको छ।, पहाडी भू-भागका धेरैजसो सडकमा पहिरो खसेर सडक अवरूद्ध भएको नेपाल प्रहरीले जनाएको छ।, प्रहरी प्रधान कार्यालयले कोशीदेखि सुदूरपश्चिमसम्मका विभिन्न जिल्लामा सडक अवरूद्ध रहेको जानकारी दिएको छ।, कहाँ-कहाँ छ सडक अवरोध, कोशी प्रदेशः,... |
रोहित महतो मिथिला नगरपालिका–६ स्थित ढल्केवरका प्रमोद साहको घर धुलाम्मे छ। दिनको चार-पाँचपटक बढार्नुपर्छ। बढारेको केही बेरमै घरआँगन खरानीले ढाकिन्छ।, धोएर सुकाएका कपडा खरानीले छपक्कै छोपिन्छन्। , यसका कारण हो उनको घरसँगै रहेको 'पशुपति प्लाई उद्योग'। यो उद्योगबाट निस्किने धुवाँ, धूलो र खरानीले प्रमोदको परिवार हैरान छ।, ... |
रासस विषालु च्याउ खाँदा ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ।, बारीमा पलाएको च्याउ खाँदा चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो। च्याउ खाँदा कल्पनाका श्रीमान पर्शुराम खतिवडा सिकिस्त बिरामी भएका छन्।, यही असार ७ गते बारीमा पलाएको च्याउ पकाएर खाँदा दुवै जना बिरामी परेका थिए। जङ्गली च्य... |
सेतोपाटी संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमाले अध्यक्ष ओलीलाई माछा र केरा आयात रोक्न मद्दत मागेका छन्।, राष्ट्रिय धान दिवस मनाउन एउटै विमानमा चितवन पुगेका अध्यक्ष ओली र सभापति लामिछानेले विमानस्थलमै संक्षिप्त कुराकानी गरेका थिए।, त्यहीबेला लामिछानेले आत्मनिर्भर चितवनको योजना सुनाएका थिए।, ... |
सेतोपाटी संवाददाता हेटौंडामा बस दुर्घटना हुँदा ५२ जना घाइते भएका छन्।, शुक्रबार नारायणघाटबाट जनकपुर जाँदै गरेको ना ६ ख ९८०४ नम्बरको बस हेटौंडा उपमहानगरपालिका-११ नवलपुरमा दुर्घटना भएको हो।, दुर्घटना हुँदा बसमा सवार सबै घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामचन्द्र घिमिरेले जानकारी... |
रासस सङ्खुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ।, टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज खनालले जानकारी दिए।, चैनपुर नगरपालिका–११, दुम्कट्टामा बिहीबार साँझ शव फेला परेको सङ्खु... |
सरिशा अछामी चार महिनाअघि नुवाकोटका २२ वर्षीय एक युवकले 'कछुवा बिक्रीमा छ' भन्दै फोटोसहित एक अनलाइन प्लेटफर्ममा विज्ञापन गरे।, त्यही ठाउँका १५ वर्षीय अर्का किशोरले उक्त पोस्ट सेयर गरे।, बिस्तारै त्यो विज्ञापन सामाजिक सञ्जालमा फैलियो। त्यसमा नेपाल प्रहरीको आँखा पर्यो। प्रहरीले तत्कालै ती युवक र किशोरको खोजी गरी दुवै जन... |
रासस रामेछापका लिखुतामाकोशी गाउँपालिकाका प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रस हिमाल सफल आरोहण गरेका छन्।, उनले बिहीबार बिहान ९ बजे रूसमा रहेको उक्त हिमालको सफल आरोहण गरेका हुन्। एलब्रसको चुचुरोमा पुगेर उनले नेपालको राष्ट्रिय झण्डा फहराएका थिए।, उक्त हिमाल पाँच हजार ६४२ मिटर अग्लो छ ।, सातै महादेशका ... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले खुलामञ्चमा बनाइएका कंक्रिट संरचना हटाएको छ। , दरबार हाई स्कुल बनाउने क्रममा चिनियाँहरूले बनाएको कंक्रिट संरचना हटाइएको अकुपाइ टुँडिखेलका अभियान्ता विजय श्रेष्ठले जानकारी दिए। , उनका अनुसार एक सातादेखि खुलामञ्चका कंक्रिट संरचना हटाउने काम भइरहेको छ। , 'खुलामञ्चको पश्चिमतिर भएक... |
रासस बिहीबार मध्याह्नबाट अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड थप पहिरो नखसे साँझसम्ममा सञ्चालनमा आउने भएको छ। सो सडकको इच्छाकामना गाउँपालिका–५ को तीन किलोमा बिहीबार दिउँसो १ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।, डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलका अनुसार आज बिहान ८ः३० बजेदेखि दुवै तर्फबाट पहिरो पन... |
नवीनबाबु गुरूङ अविरल वर्षापछि पहिरोले पृथ्वीराजमार्गमा सवारी साधनको जाम भएको छ।, साना-ठूला पहिरा खस्दा पृथ्वी राजमार्ग भई काठमाडौं भित्रने र काठमाडौंबाट गन्तब्यका लागि छुटेका सवारी साधन सञ्चालनमा समस्या भइरहेको छ।, पृथ्वी राजमार्गको धादिङस्थित आदमघाट-बेनिघाट सडकखण्डमा शुक्रबार दिनभरजसो सवारी जाम हुँदा यात्रुलाई सास्ती... |
सेतोपाटी संवाददाता ठगी आरोपमा प्रहरीले एक जना धर्म गुरूलाई पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्युरोले शिवसुत गौरी भक्त भन्ने धर्म गुरूलाई पक्राउ गरेको प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। , उनी दोलखा घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका-४ गठ्ठाघर बस्ने ४८ वर्षीय पुरूषोत्तम काफ्ले हुन्। तर उनले आफूलाई शिवसु... |
सेतोपाटी संवाददाता मंगलबार एकाएक भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ पक्राउ परेको खबर बाहिरियो।, केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो। , काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा उनी पक्राउ परेका हुन्। उनी पक्राउ परे पनि ब्युरोले आधिकारिक रूपमा जानका... |
सेतोपाटी संवाददाता ललिता निवास प्रकरणमा अदालतबाट 'स्टे अर्डर' लिएका तीन जना कर्मचारीलाई केन्द्रीय अनुसन्धान ब्युरोले कागज गराएर छाडेको छ। , मंगलबार समातिएका सात जनामध्ये तीन जना कर्मचारीले सर्वोच्च अदालतबाट पक्राउ नगर्न 'स्टे अर्डर' लिएको खुलेको थियो। , 'स्टे-अर्डर' लिनेमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख ... |
सेतोपाटी संवाददाता ललिता निवास प्रकरणमा मंगलबार समातिएका सात जनामध्ये तीन जना कर्मचारीले सर्वोच्च अदालतबाट पक्राउ नगर्न 'स्टे अर्डर' लिएको खुलेको छ। , 'स्टे अर्डर' लिनेमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी रहेको केन्द्रीय अनुसन्धान ब्युरो प्रवक... |
सेतोपाटी संवाददाता काठमाडौंको नक्सालबाट प्रहरीले एक जना बेहुलालाई पक्राउ गरेको छ।, मंगलबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-१ नक्सालस्थित एक पार्टी प्यालेसको मण्डपबाटै ती बेहुलालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए।, सुनसरी दुहवी नगरपालिका वडा नम्बर ६ स्थायी घर भई हाल काठमा... |
सेतोपाटी संवाददाता पश्चिम नवलपरासीको सुनवलमा एक युवाले आफ्नै आमाको हत्या गरेका छन्।, सुनवल नगरपालिका वडा नं. १३ बिचैपुरका २५ वर्षीय शिवकुमार मुसहरले आफ्नै ५० वर्षीया आमा बुद्धिरानी मुसहरको हत्या गरेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले मुसहरले सोमबा... |
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आँशिक देखि सामान्य बदली रहि कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।, आगामी चौबिस घन्टामा कोशी, बागमती , गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थ... |
रासस पाँचथरमा विषाक्त च्याउ खाँदा नौ जना बिरामी परेका छन्।, कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरु बिरामी परेका हुन्। कुम्मायक गाउँपालिका–१ मा मङ्गलबार विशाक्त च्याउ खाँदा चार जना बिरामी परेका छन्।, कुम्मायक–१ भदौरेका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी विशाक्त च्याउ खाई बिरामी परेका ... |
सेतोपाटी संवाददाता पशुपतिनाथ मन्दिर परिसरमा अख्तियारसहितको टोली पुगेको छ। पशुपतिको शिवलिङ्गबाट आइतबार निकालिएको जलहरी आज अपराह्नपछि पुनर्स्थापित गर्ने तयारी गरिएको छ।, ‘हामी पशुपति परिसरमै छौं। अपराह्नपछि जलहरी प्रतिस्थापन गर्ने तयारी छ,’ पशुपति प्रांगणमा रहेका कोषका एक पदाधिकारीले सेतोपाटीलाई बताए।, आइतबार अख्तियारले... |
सेतोपाटी संवाददाता मनसुनी वर्षाका कारण देशभरका साना-ठूला नदीहरूमा जलसतह बढेको छ। पूर्वी भूभागहरूमा बाढी पहिरोले जनधनको क्षतिसमेत भएका छन्।, जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्व राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तहभ... |
सेतोपाटी संवाददाता बाँके प्रहरीले भन्सार छली गरेर ल्याउँदै गरेको चिनी र सोयाबिनको तेल ठूलो परिमाणमा बरामद गरेको छ। , नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरबाट भे १ ख ३३४८ नम्बरको ट्रकलाई चेक गर्ने क्रममा १७ लाख ५२ हजार बराबरको भन्सार छली गरी भित्र्याउँदै गरेको चिनी, सोयाबिनको तेल र सुर्ती बरामद गरिएको जिल्ला प्रहरी प्र... |
सेतोपाटी संवाददाता सिन्धुलीको सुनकोशी गाउँपालिकाले सासू–बुहारी अन्तरक्रिया कार्यक्रमका लागि एक लाख बजेट विनियोजन गरेको छ।, गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ मा सो कार्यक्रमका लागि बजेट छुट्याएको हो। समाजमा सासू र बुहारीलाई हेर्ने गलत दृष्टिकोणमा परिर्वतन ल्याउन उक्त कार्यक्रम राखिएको गापा उपाध्यक्ष कपिलकुमार कोइर... |
रासस मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा पुनः यातायात अवरुद्ध बनेको छ। , यातायात नियमित गर्न मङ्गलबारबाट सञ्चालनमा ल्याइएको डाइभर्सनमा गए राति आएको बाढीले क्षति पुर्याएपछि यातायात पुनः अवरुद्ध बनेको हो। , हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो। बाढीले डाइभर्सनमा क्षति पुर्याएपछि यातायात सञ... |
एजेन्सी दक्षिण कोरियाका नागरिकको उमेर बुधबारदेखि कम्तीमा एक वर्ष कम भएको छ।, समाचार संस्था रोयटर्सका अनुसार बुधबारदेखि लागु भएको उमेर गणनाको नयाँ कानुनअनुसार कोरियालीको उमेर घटेको हो।, कोरियामा धेरैले परम्परागत चलनअनुसार उमेर गणना गर्थे। जसअनुसार कुनै मान्छेको उमेर गर्भदेखि नै गणना हुन्थ्यो। जुनसुकै महिनामा जन्मिएका म... |
सेतोपाटी संवाददाता पशुपतिको शिवलिङ्गबाट आइतबार निकालिएको जलहरी पुनर्स्थापित गरिँदै छ।, पशुपति विकास कोषका एक पदाधिकारीले अहिले पुनर्स्थापित गर्ने काम भइरहेको बताए।, बाहिर गेटमा सुरक्षाकर्मी तैनाथ गरेर जलहरी राखिँदै छ। दर्शनार्थीलाई प्रवेश निषेध गरिएको छ। यसअघि बुधबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा अख्तियारसहितको टोली ... |
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आँशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।, दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रही बागमती, गण्डकी, लुम्... |
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जले शनिबारदेखि जंगल ड्राइभ र डुंगा सफारी बन्द गर्न लागेको छ। , चितवन निकुञ्जले सूचना जारी गर्दै वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथहरू बिग्रिने, जंगलमा भएका स–साना खोला, खोल्सीमा भलबाढी आउने, रूख लडेर बाटो अवरूद्ध हुने औंल्याएको छ। त्यस्तै उसले मानवीय क्षतिसमेत हुनसक्ने कारणले... |
रासस मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ।, इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएक... |
नवीनबाबु गुरूङ मुस्लिम धर्मालम्बीहरु आज धुमधामका साथ बकर ईद अर्थात् ईदजोहा पर्व मनाइरहेका छन्।, सो धर्मालम्बीहरुले ईदपछिको ठूलो पर्व बकरिदमा कुर्वानी गर्ने अर्थात् बलिदानीको पर्वका रुपमा मनाउने गर्छन्।, बकर ईदका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।, इस्लामहरूको सबैभन्दा ठूलो धार्मिकस्थल साउदी अरबको मक्का र मदि... |
रासस प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ।, एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल ए... |
रासस दैलेखको आठबीस नगरपालिका–५ मा ड्यामबाट खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ।, सोही ठाउँमा निमार्णाधीन अवस्थामा रहेको भित्रिखोला सिँचाइ आयोजनाको ड्याम भत्किएर खसेको ढुङ्गाले लाग्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।, निमार्णाधीन अवस्थामा रहेको ड्याम वर्षातका कारण भत्किँदा ड्यामबाट खसे... |
भगवती पाण्डे पाल्पाको भैरवस्थान मन्दिरका मूल पुजारीले दर्शनका लागि जाने महिला तथा किशोरीहरूमाथि यौनजन्य हिंसा हुने गरेको पाइएको छ।, रिव्दीकोट गाउँपालिका वडा नम्बर ४ मा रहेको यो मन्दिरका मुख्य पुजारी जितनाथ योगीले दर्शनका लागि आउने किशोर उमेरदेखिकै महिलामाथि यौनजन्य दुर्व्यवहार गरेको पाइएको हो।, दर्शन गर्न आएका महिला त... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकामा संस्थागत विद्यालयहरूको शिक्षकलाई सामुदायिक सरह तलब सुविधा दिन निर्देशन दिएका छन्।, शिक्षा ऐनमा संस्थागत विद्यालयका शिक्षकलाई पनि सरकारले तोकेको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख भएकाले सोही अनुसार गर्न निर्देशन दिएका हुन्।, ‘काठ... |
रासस चार लेनमा विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्ड घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेकोछ। यसले गर्दा यात्रुले सास्ती भोग्दै आएका छन्।, जिल्लाको कावासोतीदेखि दाउन्नेसम्म पानी पर्नासाथ राजमार्ग बन्द हुने स्थिति कायम रहेको छ। यस खण्डको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सनका कारण पानी पर्नास... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.