content
stringlengths
20
64.1k
नवीनबाबु गुरूङ चन्द्रमासअनुसार पहिलो साउने सोमबारको व्रत असार २५ गते सोमबारदेखि सुरु भएको छ ।, सौरमासअनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमासअनुसार दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख गरिएको छ।, पशुपतिनाथ मन्दिरमा चान्द्रमासअनुसार साउन लागेद...
एजेन्सी चीनको दक्षिणपूर्वी प्रान्त गुवाङदोङमा सोमबार चक्कु प्रहार गरी ६ जनाको हत्या गरिएको छ।, स्थानीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेअनुसार सोमबार बिहान लियाङजियाङको एक किन्डरगार्टेनमा चक्कु प्रहारको घटना भएको हो।, घटनामा ज्यान गुमाउनेमा किन्डरगार्टेनका शिक्षक, अभिभावक र तीन जना बालबालिका छन्। एक जना घाइते...
सेतोपाटी संवाददाता हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।, अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा साथै कोशी प्रदेशको मोरङ जिल्ला र आसपासका क्षेत्रहरूमा भारी वर्षा मापन भएको उसले जानकारी दिएको छ।, आज क...
सेतोपाटी संवाददाता नवलपरासी(पश्चिम) मा भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ परेका छन्। , रामग्राम नगरपालिका-१० मंझरिया बस्ने २५ वर्षीया मिरा चौधरीको हत्या गरेको आरोपमा उनकै देवर २७ वर्षीय चन्दन चौधरीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो। , जग्गाको विषयमा विवाद र झगडा हुँदा चन्दनले मोटरसाइकलको शकरले प्रहार गर्दा भ...
रोहित महतो धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-२ स्थित सिनरजोडाको बस्तीका साँघुरो गल्ली छिचोल्दै गएपछि एउटा कल भेटिन्छ। बस्तीको पुछारमा रहेको यो कल वरिपरि  बिहानदेखि रातिसम्म मान्छेको लाइन हुन्छ। , पिउन तथा घरायसी काममा प्रयोग गर्नका लागि सिंगो बस्तीले यहीँबाट पानी ओसार्छन्। महिला होस् वा पुरूष सबैले नुहाइधुवाई पनि यहीँ ग...
सेतोपाटी संवाददाता बैतडीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।, पञ्चेश्वर बाट महेन्द्रनगर जाँदै गरेको लु २ ख २०११ नम्बरको बस आज दिउँसो १ बजे मेलौली नगरपालिका-७ स्वाखानी पिपलको रुख नजिक दुर्घटना भएको हो।, जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार बस अनियन्त्रित भइ सडकबाट झन्...
सेतोपाटी संवाददाता पाकिस्तानकी सीमा र भारतका सुरजको प्रेम कहानी अहिले भारत र पाकिस्तानका मिडियामा चर्चाको विषय बनेको छ।, शुक्रबार नोयडाको एउटा अदालतले पक्राउ परेका उनीहरू दुबै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएपछि यो फिल्मी प्रेम कहानीले तत्कालका लागि सुखद मोड लिएको छ।, पाकिस्तानको कराँचीकी सीमा र भारत उत्तर प्रदेशका स...
सेतोपाटी संवाददाता गैरकानुनी रूपमा कतारबाट सुन ल्याएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गैरकानुनी रूपमा कतारबाट सुन ल्याउने १२ जना नेपालीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ।, उनीहरूले भन्सार छली गर्दै सुन ल्याएको आरोप छ।, नेपाल वायु सेवा निगमको जहाजबाट आइतबार ब...
सेतोपाटी संवाददाता पोखरा–मुग्लिन सडक विस्तार गर्न पोखराका सडक दायाँ-बायाँको संरचना भत्काउन थालिएको छ।, पोखरा महानगरपालिकाले सोमबार पृथ्वीचोकदेखि विजयपुर खोलासम्म सडक दायाँ-बायाँको संरचनामा डोजर लगाएर भत्काउन थालेका हो।, एसियाली विकास बैंक (एडिबी) को सहयोगमा पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडक विस्तार गरी ४ लेन ...
सेतोपाटी संवाददाता रुपन्देहीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ‍गिरोह नै पक्राउ परेको छ। इलाका प्रहरी कार्यालय बुटवलले चोरी गरिएका १४ वटा मोटरसाइकलसहित १३ जनालाई पक्राउ गरेको हो।, पक्राउ परेकाहरुमा रुपन्देहीको, बुटवल उपमहानगरपालिका वडा नं. ३ ज्योतीनगर बस्ने वर्ष १९ को तरुन राना, पश्चिम नवलपरासीको  रामग्राम १४ बस...
सेतोपाटी संवाददाता वान एक्स बेटिङमार्फत् सट्टेबाजी गराएको एवं विज्ञापन गरेको आरोपमा ११ जनाविरूद्ध अदालतमा मुद्दा दर्ता भएको छ। , सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार काठमाडौं जिल्ला अदालतमा ११ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। जसमध्ये १० जना पक्राउ परेका छन् भने एक जना फरार छन्। , कैलाली घर भई काठमाडौं ...
सेतोपाटी संवाददाता कञ्चनपुरमा डुबेर एक जनाको मृत्यु भएको छ। , बेदकोट नगरपालिका–१० नयाँ गाउँका ६० वर्षीय नवलसिंह रावलको आइतबार नदीमा डुबेर मृत्यु भएको हो।, बनकट्टी खोला र चौधर नदीको दोभानमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसी प्रकाश डाँगीले जानकारी दिए।, कञ्चनपुरमा डुबेर एक जनाको मृत्यु
सेतोपाटी संवाददाता रूपन्देहीको तिलोत्तमा नगरपालिकाले कुनै निश्चित ठाउँ र पसल तोकेर विद्यार्थी र अभिभावकलाई पोशाक खरिद गर्न बाध्य नबनाउन विद्यालय तथा क्याम्पसहरूलाई निर्देशन गरेको छ।, क्याम्पस तथा विद्यालयहरूले पोशाकको नाममा निश्चित व्यापारीसँग मिलेर विद्यार्थी र अभिभावकहरूलाई महंगोमा पोशाक खरिद गर्न लगाएको गुनासो आएको...
डा.जितेन्द्र ठाकुर झट्ट भारी उठाउने, धेरै ठूलो भारी उठाउने अनि बसाइको पोजिसन नमिलाउँदा मेरूदण्डको नसा च्यापिने समस्या हुन्छ।, मेरूदण्डको नसा च्यापिँदा सुरूमा ढाडमा दुख्छ। त्यसपछि खुट्टातिर दुःखाइ जान्छ। समस्या बढ्दै गएपछि खुट्टा झमझम गर्ने र निदाउने हुन्छ। धेरैजसो नसा च्यापिने समस्याको उपचार भनेको औषधि र थेरापी नै हो।...
रासस डोटीमा घर भत्किँदा एक जना महिलाको मृत्यु भएको छ।, शुक्रबार राति दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गंगा मालासीको मृत्यु भएको हो। , जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार गएराति एकतले घर भत्किँदा सुतिरहेकी मलासीको च्यापिएर मृत्यु भएको हो।, प्रहरी नायव निरीक्षक आनसिंह धामीको...
रासस ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ। डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गरेका हुन्।, गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमूना स्वीकृति भएपछि कम्पनीले गत जेठदेखि निर्यात सुरु गरेको वेभ नेपाल प्रालिका सञ्चालक विका...
सेतोपाटी संवाददाता मकवानपुरमा ट्रक जुधेर आगलागी हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।, आज बिहान १ः४५ बजे मनहरी गाउँपालिका-६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्वपश्चिम सडकखण्डमा हेटौंडाबाट चितवन जाँदै गरेको ना ६ ख ६६६७ र विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक ठोक्किएपछि आगलागी भएको थियो।, जिल्ला प्रहरी कार्याल...
सेतोपाटी संवाददाता डोटीमा घर भत्किदा एक महिलाको मृत्यु भएको छ।, शनिवार राती दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गङ्गा मलासीको घर भत्किएर च्यापिँदा मृत्यु भएको प्रहरीले जनाएको छ।, चार कोठा भएको एक तले घर भत्किँदा सोही घरमा सुतेकी मलासीको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको हो ।, घटनापछि रा...
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका तस्बिर’ मा प्रस्तुत गरेको छ।, आजको श्रृंखलामा हामीले असार १६ गते देखि असार २२ गतेसम्मका तस्बिर समेटेका छौं।, तस्बिरहरू:, काठमाडौंको चाल्नाखेलस्थित खेतमा धान रोप्दै गरेका स्थानीय किसानहरू। तस...
सेतोपाटी संवाददाता एसइईको पूरक परीक्षा साउन २६ र २७ गते हुने भएको छ।, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक सूचना प्रकाशित गरी पूरक परीक्षा साउन २६ र २७ गते हुने जनाएको छ।, अन्तिम ग्रेड ‘सी’ वा ‘सी’भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन्। बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक...
सेतोपाटी संवाददाता खोटाङको हलेसी तुवाचुङ नगरपालिका ९ सल्लेमा विद्यालयको अगुवाइ करिब ४ किलोमिटर सडक मर्मत गरिएको छ। , निरन्तरको वर्षातका कारण जीर्ण भएको सडक सल्लेपोखरी–महादेव खोला दोभान सडक जनता माध्यमिक विद्यालयको अगुवाइमा जनश्रमदानबाटै मर्मत गरिएको हो।, सल्लेपोखरीबाट जयरामपाखा हुँदै दोभानसम्मको सडक सहज रुपमा सवारी सञ...
सेतोपाटी संवाददाता पहिरो खस्दा मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ। , शनिबार अपराह्न सवा ४ बजे इच्छाकामना गाउँपालिका-६ कालिखोलामा पहिरो खसेको हो। पहिरो खसेसँगै राजमार्ग दुबै तर्फ अवरूद्ध भएको मुग्लिनका ट्राफिक इन्चार्ज सई चुडामणि पोखरेलले जानकारी दिए। , पहिरोले मानवीय क्षति नगरेपनि चौपायलाई पुरेको आशंका छ। यद्यपि ...
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।  , जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  हाल  कोशी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।, दिउँसो देशभर आंशिक  देखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भ...
सेतोपाटी संवाददाता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले ३० निर्माण व्यवसायीलाई कालोसूचीमा किन नराख्ने भनेर सात दिने लिखित स्पष्टीकरण सोधेको छ।, २५ निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूलाई कालो सूचीमा राख्न सार्वजनिक निकायहरूबाट लेखी आएकोले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण ...
सेतोपाटी संवाददाता नारायणगढ-मुग्लिन सडक फेरि अवरूद्ध भएको छ।, शनिबार अपराह्न इच्छाकामना गाउँपालिका- ६ कालीखोलामा सुख्खा पहिरो खसेर अवरूद्ध भएको सडक राति करिब १ बजे दुईतर्फी नै सञ्चालनमा आएको थियो। , तर, बिहान पौने ५ बजे इच्छाकामना गाउँपालिका-५ तीन नम्बर पुलमा पहिरो खसेपछि सडक पुन अवरूद्ध भएको छ।, जिल्ला ट्राफिक प्रहरी...
सेतोपाटी संवाददाता नारायणघाट- मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ।, आज बिहान पौने ५ बजे तीन नम्बर पुलमा पहिरो खस्दा सडक अवरूद्ध भएको थियो। झन्डै एक घन्टा लगाएर पहिरो पन्छाइएपछि अहिले दुइतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजकुमार तामाङले जानकारी दिए।, ‘पहिरो सानो थियो, पन्छाउन धेरै सम...
सेतोपाटी संवाददाता बुटवलको तिनाउ पुल नजिक एक युवक मृत फेला परेका छन्।, ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल ५ शान्ति टोल बस्ने २० वर्षीय सुमन विक आइतबार विहान मृत फेला परेका हुन्।, तिनाउ नदिमा डुबेको अवस्थामा युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।, अहिले शवलाई नदिबाट निकाली पोष्टमार्टमका लागि लुम्ब...
नवीनबाबु गुरूङ गायक रोविन तामाङलाई श्रद्धाञ्जली अर्पण गर्न आइतबार बिहान उनको शव संगीत तथा नाट्य एकेडेमीको प्रांगणमा राखिएको छ।, बिहानैदेखि उनलाई श्रद्धाञ्जली अर्पण गर्न एकेडेमी परिसरमा कलाकार र फ्यानहरूको बाक्लो उपस्थिति छ। उनको शव ११ बजेसम्म राखिने छ।, त्यसपछि अन्तिम संस्कारको लागि बिजेश्वरीस्थित शोभा भगवतीमा लैजाने ...
रासस सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ।, मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स  र १० वर्षीय दिपु  रहेको  जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारूले जानका...
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञानले बताइरहँदा आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ।, बाढी पूर्वानुमान महाशाखाले आइतबार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बा...
राजेश घिमिरे नेपाल सरकारले हाल काठमाडौंका दुई अस्पतालबाट मात्रै मुटुका बिरामीहरूले नि:शुल्क अप्रेसन गर्न सक्ने व्यवस्था गरेको छ। १४ वर्षभन्दा कम र ७५ वर्ष भन्दा बढी उमेरका मुटु रोगी तथा मुटुको बाथका सबै बिरामीको काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन...
सेतोपाटी संवाददाता डोटीमा जंगली बिषालु च्याउँ खादा ११ जना बिरामी परेका छन।, दिपायल सिलगढी नगरपालिका-५ मा बिषालु च्याउ खाएर ११ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय डोटीका एसपी राजेन्द्र धमलाले जानकारी दिए।, उनका अनुसार सिलगढी नगरपालिका-५ का  १८ वर्षीय अनमोल डुरा, ३९ को बाशु बोगटी, ६० वर्षीया गंगा डुरा, १४ वर्षीया एल...
भगवती पाण्डे बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालयको रुपमा स्थापित गर्दै बहुसंकाय क्याम्पसको रूपमा विकास गर्ने योजना अगाडि सारिएको छ।, क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को १३औं सभामा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोतीलाल पाण्डेले उक्त योजना अगाडि बढाएको बताएका हुन्।, जिल्ला समन्वय समिति रूपन...
सेतोपाटी संवाददाता नेपाल नर्सिङ काउन्सिलको परीक्षाको प्रश्नपत्र लिक गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। , काठमाडौं महानगरपालिका-१६ बनस्थलीस्थित सिद्धार्थ बनस्थली इन्स्चिट्युडबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।, शनिबार बिहान ९ बजेदेखि साढे ११ बजेसम्म सञ्चालन भएको न...
नवीनबाबु गुरूङ मिटरव्याजविरूद्ध कानून बनाउन माग गर्दै संघीय संसद भवन घेराउ भएको छ।, काठमाडौंको बानेश्वरस्थित संघीय संसद भवन अगाडि आइतबार मिटरव्याजपीडितहरूले मिटरव्याजविरूद्ध कानून छिटो बनाउन माग गर्दै घेराउ गरेका हुन्।, सरकारले मिटरव्याजविरूद्ध अध्यादेश ल्याए पनि संसदको दुवै सदनबाट प्रतिस्थापन विधेयक ६० दिनभित्र पारित...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका विभिन्न स्थानमा श्रृंखलावद्ध रूपमा सुनको सिक्री लुटपाट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटपाटमा प्रयोग भएका २ वटा चोरीकै मोटरसाइकलसहित ४ जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा रामेछापको लिखु- १ दुरागाउँ घर भएका ३२ वर्षीय रविन द...
रासस हिमाली जिल्ला मनाङको तिल्चे गाउँ अझै जोखिममा छ।, दुई वर्षअघि ०७८ असार १ गतेको भारी वर्षापछि मर्स्याङ्दी नदी र स-साना खोलाहरूमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको थियो।, त्यतिबेला दूधखोलामा आएको बाढीले नासोँ गाउँपालिका–६ र ७ स्थित तिल्चे गाउँको बस्ती जोखिममा परेको थियो।, बाढी आएको दुई वर्ष बितिसक्दा पनि वस्तिलाई सु...
एजेन्सी भारतको जम्मु-कश्मिरमा बाढीमा बगेर दुई सैनिकको मृत्यु भएको छ।, बिबिसी हिन्दीका अनुसार शनिबार जम्मु-कश्मिरको पुन्च क्षेत्रमा गस्तीमा गएका सैनिकहरू एउटा नदी तर्ने क्रममा बगेका थिए।, बाढीमा बगेका नायब सुबेदार कुलदीप सिंह र लान्स नायक तेलु रामको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको छ।, जम्मु-कश्मिरमा भारी वर्षाका...
सेतोपाटी संवाददाता ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार थप दुई जनालाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र तत्कालीन नापी अधिकृत ध्रुव अर्याल रहेको ब्युरोका  एसएसपी दिनेश आचार्यले जानकारी दिए।, सरकारको नामम...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुम्लामा खानेपानी ट्याङ्की बनाउँदा ६ लाख ४८ हजार ७ सय ८६ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृतमाथि मुद्दा दायर गरेको छ।, चंखेली गाउँपालिका वडा नम्बर २ देवकोटाबाडास्थित खानेपानी ट्याङ्की बनाउन आर्थिक वर्ष २०७८/०७९ मा मुख्यमन्त्री स्वरोजगार कार्यक्रम...
प्रकाश ढुंगाना ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्।, प्रहरीले आइतबार राउतलाई नियन्त्रणमा लिएको हो।, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोकी एआइजी किरण बज्राचार्यले सञ्चार सचिव राउतलाई पक्राउ गरिएको जानकारी दिइन्।, राउत २०७८ पुस २१ मा सचिव भएका थिए।...
सेतोपाटी संवाददाता चन्द्रागिरि नगरपालिकामा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्। , बिहीबार चन्द्रागिरि नगरपालिका-१ दहचोकको श्री कृष्ण माध्यमिक विद्यालयका शिक्षक एकराज पण्डितलाई प्रहरीले पक्राउ गरेको हो।, उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसपीका सीताराम रिजालले पुष्टि गरेका छन्। , पण...
रासस भारतको गोरखपुरमा 'लेडी डन' का नामले कुख्यात गीता तिवारीलाई भैरहवाबाट पक्राउ गरिएको छ।, उनलाई विभिन्न चोरीको घटनामा संलग्न रहेको आरोपमा रूपन्देही प्रहरीले पक्राउ गरेको हो। चोरी, लुट, हत्या लगायतका घटनामा संलग्न रहेको आरोपमा भारतीय प्रहरीको हिरासतमा रहेकी उनी धरौटीमा रिहा भएकी थिइन्।, रूपन्देही प्रहरी प्रमुख प्रहरी...
राजेश घिमिरे भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी प्रमुखको पद रिक्त भएको दुई महिना हुन लाग्यो। गत वैशाख २४ गते डा. देजकुमार गौतमको कार्यकाल सकिएपछि मन्त्रिपरिषदले नयाँ निर्देशक नियुक्ति गर्नुपर्ने हो।, तर आर्थिक वर्ष सकिनै लाग्दा पनि नयाँ निर्देशक नियुक्त नहुँदा अस्पताल लथालिंग बन्न थालेको छ।...
रासस ललितपुरको ग्वार्कोमा सार्वजनिक गाडीमा यात्रा गरिरहेका विष्णु अधिकारीले बोकेको झोलाबाट ७ हजार ४७ डलर (९ लाख २३ हजार १ सय ५७ रूपैयाँ) चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।, चोरी भएको जाहेरी परेपछि खोजतलास क्रममा दुई लाख नगदसहित सञ्जीव तामाङ, आइतमान तामाङ, सविना तामाङ र मंगललक्ष्...
नारायण खड्का सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा घाइते भएका बसधनीको पनि उपचारका क्रममा बिहीबार दिउँसो दाङको तुलसीपुरमा मृत्यु भएको छ।, बसधनी सल्यान छत्रेश्वरी गाउँपालिका–६ का ३७ वर्षीय महेन्द्र वलीको उपचारका क्रममा दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिए...
युनिक श्रेष्ठ १६ वर्षीया नाबालिगको बलात्कारको घटनामा ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) का सञ्चालक पक्राउ परेका छन्।, सञ्चालक राजुसिंह सुवाललाई बिहीबार बालुवाटारबाट पक्राउ गरेको ललितपुरका प्रहरी प्रमुख एसएसपी शिद्धिविक्रम शाहले बताए। , कम्पनीको प्रबन्धपत्रमा रूदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवाल सञ्चालक छन्। उनीहरूविरूद्ध ...
रासस ललितपुर जिल्ला अदालतका कर्मचारी र वकिलबीचको विवाद सहमतिमा टुंगिएको छ।, ललितपुर बार एसोसिएसनका पदाधिकारी र अदालतका कर्मचारीको रोहवरमा बिहीबार दुई पक्षबीच सहमति भएपछि विवाद सल्टिएको हो। सहमतिपछि जारी सूचनामा सबै विरोध कार्यक्रम स्थगन गरिएको जनाइएको छ।, अदालतका कर्मचारी प्रेमिका तामाङले आफूलाई कुटपिट तथा अभद्र व्यवह...
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर  आंशिक देखि सामान्य बदली  रही कोशी प्रदेशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा  भइरहेको छ।, दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रह...
सेतोपाटी संवाददाता कक्षा ११ मा छात्रवृत्ति कोटा निर्धारण गरेर त्यसको विवरण बुझाउन काठमाडौं महानगरपालिकाले निजी शिक्षण संस्थालाई निर्देशन दिएको छ।, कक्षा ११ मा भर्ना गरिने विद्यार्थीहरूलाई कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकोले सम्बन्धित शिक्षण संस्थालाई निर्देशन दिइएको काठमाडौं महानगरले सूचना प्रकाश...
सेतोपाटी संवाददाता कलाकार सारूक ताम्राकार मृत भेटिएका छन्।, उनी गएराति काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।, ३१ वर्षीय ताम्राकार घरको भर्‍याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाइ झुण्डिएको अवस्थामा मृत  भेटिएपछि...
विनोद सापकोटा इलाममा एक पुरुषले श्रीमतीको हत्या गरी आफैंले पनि आत्महत्या गरेका छन्। माईजोगमाई २ टारसिंहका पिताम्बर खतिवडाले ५२ वर्षीया राधिका खतिवडाको हत्या गरी आफैंले पनि आत्महत्या गरेका हुन्। , राधिका पिताम्बरका जेठी श्रीमती हुन् । , गएराति करिब साढे १० बजेतिर अचानक चिच्याएको आवाज सुनेपछि छिमेकीहरू घरमा गएका थिए। घर...
रासस अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुलमा क्षति पुर्‍याएको छ।, गएरातिको वर्षाले मेलम्ची तथा इन्द्रावती दुवै नदीको ह्युमपाइपमा क्षति भएको फट्टेका स्थानीय दशरथ दनुवारले जानकारी दिए। ‘फट्टेबाट अब सवारीसाधन चल्ने अवस्था छैन,’ उनले भने।, फट्टेको पुल क्षति हुँदा मेलम्ची नगरपालिका–७ र ८, हेल...
सेतोपाटी संवाददाता आज देशका ९ वटा नदीहरूमा पानीको बहाब उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।, कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई लगायतका नदीहरूको केही सहायक नदीहरूमा पानीको बहाब उल्लेख्य बढ्ने पूर्वानुमान् छ।, महाशाखाका अनुसार तमोर, त्रिवेणी, तामाकोशी, सुनकोशी, ‍त्रिशुली, सेती,भेरी, महाकाली र कन्काइ...
रासस वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याइने भएको छ।, मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आउँदा हाल सुरुङ बन्द गरिएको छ ।, नदीमा सफा पानी बग्न थालेपछि मात्र पानी काठमाडौँ ल्याउन सकिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी ...
सेतोपाटी संवाददाता १६ वर्षीया नाबालिग बलात्कार घटनामा ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) का अर्का सञ्चालक रूदिलबल्लव सिंह पक्राउ परेका छन्।, उनलाई आज बिहान ९:३० बजे कुपन्डोलबाट पक्राउ गरिएको ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए।, एसएसपी शाहकाअनुसार पक्राउ परेका सिंहलाई थप अनुसन्धानका...
रासस म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षामा उत्तीर्ण भएका छन्।    , माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसइई) मा दीपशिखा मावि कुहुँबाट परीक्षामा सहभागी भएका वडाध्यक्ष रोका२.६५ जिपिए ल्याएर उत्तीर्ण भएका हुन्।  , विसं २०५८ मा एसएलसी परीक्षा दिएका रोकाले अनुत्तीर्ण...
भगवती पाण्डे बचतकर्ताहरूको बचत रकम अपचलन गरेपछि तीन महिनादेखि बन्द रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले भाडामा लिएको भवन प्रहरीको रोहबरमा घरधनीले खाली गराएका छन्।, २०६९ असोज २८ गते सहकारी विभागबाट दर्ता प्रमाणपत्र लिई भक्तपुरको कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर सहकारीले देशभर व्यावसायिक नेटवर्क बनाउने ...
रासस बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।, ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरूद्ध पक्राउ पुर्जी जारी भएको नेपाल...
सेतोपाटी संवाददाता मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत दुई लाख घुससहित पक्राउ परेका छन्। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अधिकृत शेखर खनाललाई दुई लाख घुस लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।  , विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनको लागि उनले घुस माग गरेका थिए। , घुस म...
सेतोपाटी संवाददाता नेपालमा सवारी दुर्घटनाको अवस्था भयावह देखिएको छ।, नेपाल प्रहरीले आज सार्वजनिक गरेको तीन महिने कार्यप्रगतिमा उल्लिखित विवरणअनुसार तीन महिनाको अवधीमा ५८१ जनाको मृत्यु सवारी दुर्घटनाबाट भएको छ।, प्रहरीको रेकर्डमा चैत्र १५ गतेदेखि असार १५ सम्म ६ हजार ४२० सवारी दुर्घटनाका घटनाहरू दर्ज भएका छन्।, जसमा तीन...
सेतोपाटी संवाददाता चितवन राष्ट्रिय निकुञ्जभित्र एक सिंगे गैंडा मारेको अभियोग लागेका व्यक्ति २५ वर्षपछि पक्राउ परेका छन्।, निकुञ्जले उपलब्ध गराएको जानकारीअनुसार २०५५ सालको कात्तिक २८ गते गस्तीमा रहेका कर्मचारीहरुले चितवन राष्ट्रिय निकुञ्जको अमृते पोष्टबाट करिब १.५ किलोमिटर पूर्व पन्ना खोला नजिक खाल्डोमा पारी खाग काटेर ...
सेतोपाटी संवाददाता दुबईको बुर्ज खालिफामा काम गर्दागर्दै इञ्जिनियर बनेका विनोद कुमार विक एसइई उत्तिर्ण भएका छन्।, एसइई परीक्षाको बिहीबार प्रकाशित भएको नतिजा अनुसार उनले ३.५ जिपिए ल्याएर उत्तिर्ण भएका हुन्। , पोखराको पामे निवासी विनोद डेढ वर्षअघि मात्र मलेसियाबाट नेपाल फर्केका थिए।, मलेसियामा पनि उनले टावर बनाउन इञ्जिनि...
नवीनबाबु गुरूङ नेपाल समाजवादी विद्यार्थी युनियनले सरकारविरूद्ध प्रदर्शन गरेको छ।, शुक्रबार शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर र नयाँ शिक्षा ऐन जारी गर भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्।, उनीहरूले शिक्षा मन्त्रालयविरूद्ध शंख फुकेर र थाल बजाएर माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्।, तस्बिरहरू:, शिक्षा मन...
रासस गौरीगञ्ज गाउँपालिका–६ मा आज बिहान चट्याङ लागेर एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।, मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–६ स्थित खजुरगाछीका १५ वर्षीय विजय सरदार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, खेतमा काम गर्न जाने क्रममा पानीसँगै परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्...
सेतोपाटी संवाददाता सप्तरीमा श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन्। , जिल्लाको सम्भुनाथ नगरपालिका-५ मोहनपुर बस्ने ३२ वर्षीया किरणकुमारी चौधरीको हत्या भएको प्रहरीले जानकारी दिएको छ।, मंगलबार दिउँसो कोठामा बेहोस अवस्थामा भेटिएकी थिइन्। उनलाई तत्काल उपचारका लागि कठौनास्थित कृष्ण अस्पताल पुर्‍याइएपनि उनलाई  मृत घो...
सेतोपाटी संवाददाता चितवनको मेघौलीमा बस्तीमा पसेर आतंक मच्चाएको बाघलाई नियन्त्रणमा लिइएको छ।, बेहोस बनाउने औषधि राखिएको सुइँलाई बन्दुकमा लोड गरेर प्रहार गरी वन्यजन्तुलाई नियन्त्रणमा लिइन्छ। यो बाघले गएराति भरतपुर–२७ बुद्धनगर गाउँमा पसेर भैंसीलाई आक्रमण गरेको थियो।, घण्टौंसम्म बस्ती नजिकैको जंगलमा रुँगिराखेपछि स्थानीय ब...
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यही शुक्रबारभित्रै सार्वजनिक गर्ने तयारी गरेको छ।, बोर्ड अध्यक्ष महाश्रम शर्माले शुक्रबारभित्रै एसइईको नतिजा सार्वजनिक गर्ने गरी तयारी भइरहेको सेतोपाटीलाई बताए।, एसइईको नतिजा रूजु गर्ने र इन्ट्री गर्नेजस्ता काम भइरहेका छन्।, २०७९ चैतम...
सेतोपाटी संवाददाता नदीको बहाव बढेपछि मेलम्ची खानेपानीको सुरूङ बन्द गरिएको छ।, सुरूङभित्र धमिलो पानी पस्न थालेपछि आइतबारदेखि नै काठमाडौं पानी पथान्तरण रोकिएको मेलम्ची खानेपानी परियोजनाका प्रवक्ता राजेन्द्र पन्तले सेतोपाटीलाई जानकारी दिए।, ‘धमिलो पानी पठाउँदा सुरूङभित्र थेग्रिनी पस्ने र सफा गर्न गाह्रो हुने निष्कर्ष निस...
नवीनबाबु गुरूङ जुम्ला र दाङमा भएका जातीय विभेदका घटनाविरूद्ध काठमाडौंमा प्रदर्शन भएको छ। , बुधबार समाजवादी दलित मुक्ति संगठन नेपालले जुम्लामा अन्तरजातीय विवाह गरेको विरोधमा घर जलाइएको, दाङमा डेरा बाट निकालिएकोलगायत देशैभरि भएका जातीय विभेदका विरूद्ध माइतिघरमा खबरदारी कार्यक्रम गरेको हो।, आइतबार बिहान जुम्लाको तातोपानी...
सेतोपाटी संवाददाता  ललितपुर महानगरपालिकाका ६० हजार घरले घर नम्बर पाएका छन्। , महानगरले सडक सञ्जालमा आधारित मेट्रिक ठेगाना प्रणालीमा ६० हजार ९ सय ८८ घरलाई घर नम्बर दिएको महानगरका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर कुमार महर्जनले जानकारी दिए। , उनका अनुसार घर नम्बर वितरणको काम अहिले अन्तिम चरणमा पुगेको छ। अब १० प्रतिशत ...
सेतोपाटी संवाददाता निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हत्याका मुख्ययोजनाकार समिरमान बस्नेत र काले भन्ने अमरबहादुर रानालाई जन्मकैदको सजाय भएको छ।, बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेले बस्नेत र रानालाई हत्यामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको सूचना अधिकारी दीपक दाहालले जान...
सेतोपाटी संवाददाता महोत्तरीमा कुकुरलाई मोटरसाइकलले ठक्कर दिएको विषयमा विवाद हुँदा गोली चलेको छ।, मंगलबार साँझ पौने ६ बजे रामगोपालपुर नगरपालिका-१ बसबिट्टी बजारमा गोली चलेको थियो। गोली लागेर स्थानीय ४४ वर्षका श्रवण यादव घाइते भएका छन्। उनको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार जारी छ।, उनीमाथि गोली प्रहार गरेको आरोपमा प...
सेतोपाटी संवाददाता रूपन्देही कोटहीमाई गाउँपालिकाका इन्जिनियर अर्विन्दकुमार यादव ४५ हजार घुससहित पक्राउ परेका छन्।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इन्जिनियर यादवलाई बुधबार घुस रकमसहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। , वडा नम्बर ७ अन्तर्गतको सडक पिसिसी र ग्राभेल गर्ने कामको नापजाँच पछि भुक्तानी दिनको...
राजेश घिमिरे गत माघमा करेन्ट लगाएर गैंडाका माउ बच्चा मार्ने र खाग बिक्रीमा सहभागी व्यक्तिलाई बुधबार अदालतमा पेस गरिएको छ।, गत माघ ६ गते बिहान चितवन राष्ट्रिय निकुञ्जको नन्दभाउजु उपभोक्ता समितिमा पर्ने पश्चिम नवलपरासीको मध्यविन्दु नगरपालिका-२ सीतापुरमा दुई गैंडा मृत भेटिएका थिए।, क्रान्तिघाटदेखि दक्षिणतर्फ तीन सय मिटर ...
सेतोपाटी संवाददाता वानएक्स बेटको विज्ञापन गरेको आरोपमा पक्राउ परेका कलाकार र युट्युबरविरूद्धको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार सरकारी वकिल कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको एसपी सीताराम रिजालले जानकारी दिए।, काठमाडौं उपत्यका ...
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले गत बुधबारदेखि बसन्तपुरमा सवारी साधन प्रवेशमा रोक लगाएता पनि पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। , विश्व सम्पदा क्षेत्र बसन्तपुरमा २४ सै घण्टा सवारी साधन निषेध भनेर भनेता पनि विभिन्न सरोकारवाला निकायले सहयोग नगर्दा यो नियम शतप्रतिशत लागू गर्न नसकिएको सम्पदा अभियन्ता एवं महानगरप...
सेतोपाटी संवाददाता नागरिकतासम्बन्धी कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मिरा चौधरी पक्राउ परेकी छन्। , जिल्ला प्रहरी कार्यालय सप्‍तरीले बुधबार डाक्नेश्वरी-५ बस्ने चौधरीलाई पक्राउ गरेको एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए। , उनका श्रीमान महेन्द्र यादवविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। तर यादव हाल फरा...
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर  आंशिकदेखि सामान्य बदली रही कर्णाली, गण्डकी, बागमती, र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।, आज दिउँसो  कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भा...
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले बिहीबार १३ वटा जिल्ला भई बहने नदी, खोलाको जल सतह बढ्ने प्रक्षेपण गरेको छ।, उसले बिहान ७ बजे नियमित बुलेटिन निकालेर संखुवासभा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ जिल्ला भएर बहने नदीको जल सतह बढ्ने अनुमान गरेको हो।, त्यस्तै उसले ग...
रासस बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत फेला परेका छन्।, जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेको  बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए।, मृतक गुप्ता तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए।, घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिए...
रासस राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ।, बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।  , परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपु...
सेतोपाटी संवाददाता सत्तारूढ नेपाली कांग्रेसले जिल्ला सभापतिहरूको भेला आज बस्दैछ।, दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा क्रियाशील सदस्यता र कांग्रेस सदस्यताको वितरण, नवीकरण र अभिलेखीकरणको विषयमा छलफल हुने  बताइएको छ।, त्यस्तै विधान बमोजिम गर्नुपर्ने पार्टीका विभिन्न तहका सम्मेलनका विषय पनि बैठकको कार्यसूच...
रासस बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित चार जना पक्राउ परेका छन् । , प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर-११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो आठ सय १८ ग्राम हड्डीसहित उनीहरुलाई पक्राउ गरेको हो।, पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका–५ का...
सेतोपाटी संवाददाता बाँकेको नेपालगञ्ज कारागारमा एक युवकले जेल परेको १५ दिनमै कारागार भित्रै मृत फेला परेका छन्।, जिल्लाको जानकी गाउँपालिका– ६ का २३ वर्षीय निरजकुमार बानियाँ बिहीबार बिहान पाँच बजे कारागारको बाथरुममा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले सेतोपाटीलाई जानकारी दिए।, ...
निशा भण्डारी ललितपुरको लगनखेलस्थित सार्वजनिक जग्गामा व्यापारिक भवन बनाउन ललितपुर महानगरले निजी कम्पनीलाई ठेक्का दिएको भन्दै स्थानीय विरोधमा उत्रिएका छन्। , बिहीबार बिहान पुल्चोकस्थित महानगरपालिकाको भवन अगाडि स्थानीयले प्रदर्शन गरेका हुन्।, वडा नम्बर १२ लगनखेलमा प्रहरी चौकी र वडा कार्यालय रहेको भवनलाई हटाएर सार्वजनिक ज...
सेतोपाटी संवाददाता १६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबका दुई सञ्चालकविरूद्ध पक्राउ अनुमति लिएको छ। , जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट दुई जना कम्पनीका सञ्चालकविरूद्ध पक्राउ पुर्जी जारी गरेको स्रोतले बतायो। सञ्चालकहरू रुदिलबल्लव श्रेष्ठ र राजुस...
रासस धवलागिरि क्षेत्रको ‘लाइफ लाइन’का रूपमा रहेको मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ खण्ड अवरूद्ध बनेको छ। पर्वतको मोदी गाउँपालिका–६ स्थित महभिरमा सडकमाथिबाट पहिरो खस्दा गए रातिदेखि सडक अवरुद्ध बनेको हो। , भारी वर्षाका कारण भिरबाट ठूला–ठूला ढुङ्गासहितको पहिरो  खसेर सडक पुरिएको हो। अवरूद्ध सडक खुलाउनका लागि जेसिबी र सुर...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हनुमानढोका दरबार क्षेत्रको मौलिकता र सौन्दर्यको जगेर्ना गर्न सवारी आवतजावत रोकिएको बताएका छन्।, महानगरले केही दिन पहिले विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रमा सवारी छिर्न नदिने बताएका थियो।, मेयर बालेनले र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य बना...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित देशभर बिहानैदेखि वर्षा भइरहेको छ।, पछिल्लो ६ घन्टामा देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र लुम्बिनी, गण्डकी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, यसैबीच तिनाउको जल सतह निरन्तर बढ्ने ...
नारायण खड्का दस दिनपछि छुटेका शान्तिनगर गाउँपालिका- २ का वडाध्यक्ष सुनिल वलीले घोराहीमा पत्रकार सम्मेलन गरेका छन्।, दस दिन प्रहरी हिरासतमा बसेर सोमबार बेलुका छुटेका वलीले बेलुका अबेर नेपाल पत्रकार महासंघ दाङ शाखाको कार्यालयमा पत्रकार सम्मेलन गरि आफूले अनियमितता रोक्न खोज्दा सुनियोजित रूपमा फसाइएको भन्दै आफ्नो बचाउ गरे...
रासस वर्षासँगै आएको बाढी र पहिराका कारण बागलुङ–कुश्मीशेरा सडक अवरुद्ध भएको छ।, बागलुङ नगरपालिका–१० भकुण्डेको दव्ल्याङमा पहिरो खस्दा जिल्लाको दक्षिण क्षेत्र जोड्ने बागलुङ–कुश्मीशेरा सडक बन्द भएको हो।, सोमबार रातिदेखि सुरू भएको वर्षासँगै दव्ल्याङमा पहिरो खसेको हो। तीन वर्षअघिदेखि सुरु भएको पहिराले हिउँदमा सामान्य वर्षा ...
सेतोपाटी संवाददाता अर्घाखाँची पाणिनी गाउँपालिका–१ कोप्चेमा मंगलबार बिहान पहिराले घर भत्काउँदा ३ जना बालबालिकाको मृत्यु भएको छ।, १ जना बालकको उद्धार गरेर उपचारका लागि पाल्पा अस्पताल लगिएको गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले जानकारी दिए।, उनका अनुसार बिहान ६ बजे घरमाथिको ढिस्को भत्कँदा गंगा रास्कोटीको घर पुरिएको हो।, ...
रोहित महतो हरेक दिन बेलुकी जनकपुरधामस्थित गंगासागर डिलको चारैतर्फ रमाउँदै फोटो खिच्नेको भिड लाग्छ। नेपाल तथा भारतका विभिन्न ठाउँबाट आएका कोही पर्यटक परिवारसहित खेलिरहेका हुन्छन्। कोही बोटिङमा रमाउँछन्।, यो भिडमै अचेल देखिन्छिन् दस वर्षे चाँदनी गुप्ता। उनको भने यहाँ आउनुको उद्देश्य बेग्लै छ।, गंगासागरको उत्तर-पश्चिम डि...
सेतोपाटी संवाददाता दाङको तुलसीपुरको बुद्ध चोकमा शुक्रबार बिहान दुई मोटरसाइकल आपसमा ठोक्किँदा घाइते भएकामध्ये एक जना शिक्षकको उपचारका क्रममा मंगलबार निधन भएको छ। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ का ५८ वर्षीय खोपीराम अधिकारीको उपचारका क्रममा मंगलबार बिहान पौने ८ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्...
सेतोपाटी संवाददाता अविरल वर्षापछि झरेको पहिरोले पाल्पाका विभिन्न सडक अवरूद्ध भएका छन्।, वर्षाका कारण सडकमा पहिरो र लेदो झर्दा आवतजावत अवरूद्ध भएको हो।, सिद्धार्थ राजमार्गको तानसेन पोखरा सडकखण्डको चिदिपानी धैरेनीमा लेदो र गेग्रान सहितको पहिरो खस्दा सडक अवरूद्ध भएको छ।  , धैरेनी क्षेत्रमा डिभिजन सडक कार्यालय पाल्पाको डो...
सेतोपाटी संवाददाता भक्तपुरमा मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदलयात्रीको उपचारको क्रममा मृत्यु भएको छ।, चाँगुनारायण नगरपालिका-८ का ४२ वर्षीय ज्ञानेन्द्र लोचन घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी परिसर कार्यालय भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।, उनका अनुसार असार १३ गते कमलविनायकबाट जितपुर जाँदै गरेको बाग्मती प्...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले फिल्म हल, फन पार्कलगायतलाई ३० दिनभित्र  डिजिटल प्रणाली सञ्चालनमा ल्याउन र मनोरञ्जन करका लागि पहुँच दिन निर्देशन दिएको छ। , मंगलबार महानगरभित्रका मनोरञ्जन कर तिर्ने सबै संस्थाहरूलाई पत्र काटेर ३० दिनभित्र डिजिटल प्रणाली सञ्चालनमा नआएको भए सञ्चालनमा ल्याई सबै डिजिटल विवरणको पहु...
सरिशा अछामी रिमा कर्ण काठमाडौं, माइतीघर मण्डलमा बस्न थालेको आधा महिना भयो। उनी चौबीसै घन्टा त्यहीँ बस्छिन्।, जनकपुरकी २७ वर्षीया रिमा असार १ गतेदेखि यहाँ धर्ना बस्न थालेकी हुन्। उनी आरती साहको न्याय माग गर्दै यहाँ बसेकी छन्।, जेठ ७ गते आरती श्रीमानको घरमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन्। माइती पक्षले हत्या भएको दाबी ...
रासस बैतडीको पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा एक दम्पतीको संलग्नता भएको पुष्टि गर्दै जिल्ला अदालतले जन्मकैद गर्ने आदेश दिएको छ।  , शिक्षक विष्टको हत्यामा संलग्न पुचौडी नगरपालिका–३ का २३ वर्षीय प्रजा बोहरालाई जन्मकैद र उनकी २२ वर्षीया श्रीमती विमलालाई छ वर्ष कैदको आदेश न्यायाधीश ज...