content
stringlengths
20
64.1k
नारायण खड्का सल्यान दार्माका धनबहादुर सार्कीले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायलासिस सेवा गराउनका लागि नाम दर्ता गरेको वर्ष दिन पुग्दै थियो। , आफ्नै जिल्लामा सेवा पाउन नसके पनि सार्कीलाई सल्यानबाट दाङको तुलसीपुरमा त सेवा पाइन्छ भन्ने विश्वास थियो। तर, उनले पाउन सकेनन्। आवश्यक जनशक्ति र उपकरण अभावक...
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिकाले संस्थागत विद्यालयहरूलाई कुनै पनि प्रकारको शुल्क वृद्धि नगर्न निर्देशन दिएको छ। , बुटवलभित्रका संस्थागत विद्यालयका प्रधानाध्यापकहरूसँग बुधबार भएको छलफलका क्रममा उपमहागरपालिका प्रमुख खेलराज पाण्डेयले संस्थागत विद्यालयहरूले मनपरी शुल्क लिएको गुनासो आएको भन्दै नगरले तय गरेको भन्दा...
सेतोपाटी संवाददाता सवारी ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन्।, इलाका प्रहरी कार्यालय बुटवलका अनुसार २०६० साल भदौ २९ गते बुटवल उपमहानगरपालिका वडा नं. ८ शान्तिपथमा बालिकालाई ठक्कर दिएपछि फरार रहेका ट्याक्टर चालक ईन्द्रप्रसाद थारु २० वर्षपछि मंगलबार पक्राउ परेका हुन्।, थारुले चलाएको लु १ त ५३०६ नं.क...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यका प्रहरी कार्यालयले सुरक्षित उपत्यका, हाम्रो प्रतिबद्धता अभियान सुरू गरेको छ। , प्रहरीको आर्थिक वर्ष २०८०/०८१को कार्ययोजना अन्तर्गत काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन अभियान सञ्चालन गरेको हो। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नयाँ आर्थिक वर्ष सुरूहुनुअघि नै कार्ययोजना प्रस्तुत गर...
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिकामा कार्यरत स्वास्थ्य स्वयंसेविकाहरूले गत आर्थिक वर्षमा नियमित सेवा दिए बापत पाउनुपर्ने यातायात खर्च रकम नपाएको गुनासो गरेका छन्।, यसअघिका निर्वाचित जनप्रतिनिधिले स्वास्थ्य स्वयंसेविकाहरूलाई मासिक १ हजार रुपैयाँको दरले यातायात खर्च उपलब्ध गराउने निर्णय अहिले कार्यान्वयन नगरेको भन्...
राजेश घिमिरे बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले दस प्रतिशत शय्या र पार्किङ शुल्क निःशुल्क गर्न प्रदेशका सबै अस्पतालहरूलाई निर्देशन दिएको छ।, स्वास्थ्यमन्त्री उत्तम जोशीको उपस्थितिमा सोमबार बसेको बैठकले प्रदेशका सबै अस्पतालहरूलाई विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दस प्रतिशत निःशुल्क कार्यान्वयन गरी व...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुन ट्याक्सीबाट जफत भएपछि  भन्सार विभागले छानबिन गर्ने भएको छ। , विमानस्थलको भन्सार जाँचपासमा संलग्न व्यक्तिहरूलाई निलम्बन गरी छानबिन गर्ने तयारी गरेको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए। , छानब...
रासस राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा यही साउनमा सार्वजनिक गर्ने भएको छ।, गत वैशाख २६ गतेदेखि सुरू भई जेठ ५ गते सम्पन्न कक्षा १२ को नतिजा बोर्डले परीक्षा सम्पन्न भएको तीन महिनाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिरहेको हो।, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले साउन महिनाभित्रै कक्षा...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको छ।, राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय विभागबाहिर कार्गो निरीक्षण गर्ने क्रममा सुन फेला परेको हो।, भन्सार स्रोतका अनुसार १६० टुक्रा सुन फेला परेको छ। राजस्व अनुसन्धान विभागले भने सुनको परिणा...
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।, हाल  देशभर  आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेश, लुम्बिनी र ब...
सेतोपाटी संवाददाता मनसुनजन्य विपद् (बाढी-पहिरो)का कारण ३ वटा राजमार्ग अवरूद्ध बनेका छन्। १५ वटा एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ।, आज बिहान ८ः३० बजेसम्मको अद्यावधिक तथ्यांकअनुसार केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिम गणेशचोक-ताप्लेजुङ-ओलाङचुङ्गगोला जोड्ने मेची राजमार्गको हेवाखोलामा अवरूद्ध छ। त्यो राजमा...
रासस रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा पाँच हजार जम्मा गरिदिने भएको छ। आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ।, यही साउन १ गतेदेखि लागू हुने गरी सो कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिए। यही साउन १ ग...
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दुई-तीन दिन कम पानी पर्ने पूर्वानुमान गरेको छ।, यसअघि नै महाशाखाले यस वर्षको मनसुनमा औसतभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको थियो।, अहिले मनसुन सक्रिय हुने समयमा वर्षा मत्थर भएको हो।, मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित भएकाले ...
सेतोपाटी संवाददाता  त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको विदेशी मुद्रासहित चार जना पक्राउ परेका छन्।, विमानस्थल प्रहरी प्रवक्ता एसएसपी  दीप शमशेर जबराका  अनुसार बुधबार राति ११ बजे स्रोत नखुलेको अमेरिकी डलर लगायत अन्य देशका मुद्रासहित चार जनालाई पक्राउ गरिएको हो।, पक्राउ पर्नेहरूमा बुटवलका अनिश थापा र गुल्मीका सन्तोष पन...
रासस चितवनमा डेङ्गुबाट दुई हजार ३०६ जना सङ्क्रमित भएका छन्। आर्थिक वर्ष २०७९/८० मा जिल्लामा डेङ्गुबाट चार जनाको मृत्यु भएको छ।, जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार गत आवमा जिल्लाका विभिन्न अस्पतालमा १४ हजार ७२८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय २४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो।, चित...
सेतोपाटी संवाददाता मनसुनको न्यून चापीय रेखा सरदरको स्थानभन्दा दक्षिणतिर सर्दा बुधबारदेखि कम वर्षा हुने देखिएको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मौसमको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपासै छ ।, पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। यसले तराई-मधेसतिर कम पानी पर्ने सम्भ...
रासस राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन्। , विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ।, पक्राउ परेकाको पहिचान खुलाइएको छैन। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस...
सेतोपाटी संवाददाता ललितपुरमा मंगलबार बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।, ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका-५ लेले सौर भञ्ज्याङका २६ वर्षीय राजु सिङताङको करेन्ट लागेर मृत्यु भएको हो।, मर्निङ वाकमा गएका राजुले घर नजिकैको बाटोमा लत्रेको बिजुलीको तारमा टेक्दा करेन्ट लागेको थियो।, करेन्ट लागेका उनको मृत्यु...
रासस काभ्रेपलाञ्चोक जिल्ला अदालतले आर्थिक वर्ष २०७९/८० मा मुद्दा फछ्र्याैटको लक्ष्य पूरा गरेको छ। बितेको आवमा दुई हजार तीन सय १३  मुद्दा फछ्र्याैटको लक्ष्य लिएकामा दुई हजार तीन सय १४ मुद्दा फछ्र्याैट गरेको अदालतले जनाएको छ।, ती मुद्दा फछ्र्याैट एवं कार्यान्वयनका क्रममा आठ सय ७६ वर्षको कैद असुल गरिएको छ। उक्त आवमा असुल...
सेतोपाटी संवाददाता बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, दशरथचन्द नगरपालिका– ६ सनकट्यामा ट्र्याक्टर दुर्घटना हुँदा कैलाली घर भएका ३१ वर्षीय चालक सुलेन चौधरीको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।, सोमबार साँझ दशरथचन्द नगरपालिका–२ बाट गि...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका १८ वटा नगरपालिकाको फोहोर बिसर्जनमा मंगलबार पनि अवरोध भएको छ।, काठमाडौं महानगरपालिकासहित उपत्यकाका स्थानीय तहको फोहोर फाल्ने ठाउँ बञ्चरेडाँडाबासी आज पनि आन्दोलित छन्।, ‘बाटामा ५०–६० जना स्थानीय आज पनि सडकमा छन्,’ काठमाडौं महानगरपालिकाका वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले भन...
रासस दासप्रथाको अवशेषका रूपमा रहेको कमैया प्रथा मुक्तिको २३ वर्ष पूरा भएको छ। यद्यपि अझै पनि पुनर्स्थापना भने हुन नसकेको मुक्त कमैयाहरू गुनासो गर्दै आएका छन्। , जमिन्दारहरूको घरमा दासकै जस्तो जीवन बिताइरहेका कैलाली, कञ्चनपुर, बर्दिया, बाँके र दाङका कमैयालाई सरकारले २०५७ साल साउन २ गते मुक्त भएको घोषण गरेको थियो। तत्का...
सन्जिब बगाले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा हिजो (साउन १) गतेदेखि बिहान ८ बजेबाट नै बिरामीलाई ओपिडी सेवा सुरू भएको छ।, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का  कार्यकारी निर्देशक डाक्टर सन्तोष पौडेलले पहिलो दिनको सेवा धेरै प्रभावकारी भएको बताए। अस्पतालमा हुने भीडलाई व्यवस्थापन गर्न आफूहरू सफल हुने उन...
अक्षर काका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरूद्ध संसदीय सुनुवाइ विशेष समितिमा उजुरी हालेर चर्चामा आएका श्रीकृष्ण भट्टराईले उनको नियुक्तिपछि 'नैतिकता देखाउँदै' जिल्ला न्यायाधीशबाट राजीनामा दिएका थिए। , जसको विरूद्ध उजुरी दिएको हो उसकै मातहत काम गर्न नैतिकताले नदिएको भन्दै राजीनामाको बाटो रोजेका भट्टराई आफूले भने दोस्र...
युनिक श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेको इलेक्ट्रिक सिगरेट (भेप) साटेर सुन बेचबिखन गर्ने समूहका पाँच जना पुर्पक्षका लागि थुनामा पठाइएका छन्। , सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासले पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले ...
भगवती पाण्डे बैंकिङ कसुर मुद्दामा पक्राउ परेका लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजय यादव सम्बन्धित व्यक्तिलाई रकम बुझाएपछि रिहा भएका छन्।, यादवले तीन वर्ष पहिले सापटी लगेको १२ लाख २८ हजार रुपैयाँ फिर्ता नदिएको भन्दै रूपन्देहीको सियारी गाउँपालिका-१ का उमाशंकर यादवले जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेका थिए।, मुद्द...
रासस पछिल्लो समय डेंगी संक्रमण बढेको पाइएको छ। पानी लगातार पर्न थालेपछि डेंगी संक्रमण उच्च भएको हो।, इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता संक्रमण बढेको बताए।, उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन। सोही कारण संक्रमण दैनिक बढिरहेको...
सेतोपाटी संवाददाता बाजुरामा एक कर्मचारी मृत फेला परेका छन्।, मंगलबार बिहान बुढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख अन्दाजी ५५ वर्षीय जैलाल दानी मृत फेला परेका हुन्।, उनी सोही नगरपालिका–२ को निवास अगाडि रहेको कुर्सीमा मृत  फेला परेको प्रहरीले जनाएको हो।, उनी मृत अवस्थामा फेला परेको खबरपछि प्रहरी टोली घटनास्थलमा खटिएको ज...
सेतोपाटी संवाददाता लागुऔषध गाँजा लिनलाई नाबालिकाको प्रयोग गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।, प्रहरीले आइतबार काठमाडौं महानगरपालिका-२६ बाट पर्सा धोबीनी गाउँपालिका-५ का २७ वर्षीय फैज उल्लास साहलाई पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्युरोका एसपी चक्रराज जोशीले जानकारी दिए। , उनले अमेरिकाबाट आएको गाँजा लिनका लागि १६ वर्...
सेतोपाटी संवाददाता रोल्पामा जंगली च्याउ खाँदा ७ वर्षीया बालिकाको मृत्यु भएको छ। , लुंग्री गाउँपालिका-५ बुझिङकी ७ वर्षीया रोशनी विकको मंगलबार बिहान पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम सारु मगरले सेतोपाटीलाई बताए। उनको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। , यस्तै उनकै परिवारका चार जना...
सेतोपाटी संवाददाता धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, सोमबार साँझ धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा सुदूरपश्चिम प्रदेश ०१००९ प ७३८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो।, सोही ठाउँ बस्ने मोटरसाइकल चालक २१ वर्षीय राजु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो।, दुर्घटनामा गम्भीर घाइत...
मन्दिरा घिमिरे असार १४ गते काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेसबुकमा स्टाटस राख्दै महानगरभित्रका संस्थागत विद्यालयका शिक्षकलाई सामुदायिक विद्यालय सरह तलब सुविधा दिन निर्देशन दिए।, शिक्षा ऐनमा संस्थागत विद्यालयका शिक्षकलाई पनि सरकारले तोकेको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख भएकाले सोही अनुसार मेयर बालेन...
सेतोपाटी संवाददाता ककनी गाउँपालिकाले फोहोर बोकेका गाडीबाट प्रवेश शुल्क उठाउने निर्णय स्थगित गरेको छ।, सर्वोच्च अदालतले दिएको आदेशको कार्यान्वयन गर्ने भन्दै ककनीले काठमाडौंबाट बञ्चरेडाँडा जाने फोहोरका टिपरसँग प्रवेश शुल्क नउठाउने भएको हो।, 'ककनी गाउँपालिकाले फोहोरमैला ढुवानी गर्ने सवारीसाधनबाट वातावरण तथा प्राकृतिक स्र...
सेतोपाटी संवाददाता दोलखा, गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भएको छ।, उनको हृदयघातका कारण आइतबार दिउँसो १ः३० बजे उपचारका क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले सेतोपाटीलाई जानकारी दिए।, ‘उहाँलाई हिजो साँझदेखि असहज भएको थियो। दोलखाको अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौंको शहीद गंगा...
सेतोपाटी संवाददाता मकवानपुरमा एक सय किलो गाँजासहित एक जना पक्राउ परेका छन्। , आइतबार बिहान साढे २ बजे हेटौंडा उपमहानगरपालिका-४ कर्रास्थित सडकबाट एक सय किलो ६०० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी टेक कार्कीले जानकारी दिए। , प्रहरीले गोरखा पालुङटार नगरपालिका-३ बस्ने ३७ वर्षीय दुर्गा द...
सेतोपाटी संवाददाता राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले कृषि मन्त्रालयको नाम परिवर्तन गर्न माग गरेका छन्।, आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कृषि मन्त्रालयको नाम कार्यकर्ता मन्त्रालय राख्नुपर्ने बताए।, उनले मन्त्रालयबाट जाने बजेट कार्यकर्ताहरूले पाएर दुरूपयोग गरिरहेको दाबी गरेका छ...
सेतोपाटी संवाददाता बाढीले हेवाखोलाको पुल बगाएको २८ दिनपछि आइतबारदेखि पाँचथर र ताप्लेजुङ बेलिब्रिजमार्फत् मेची राजमार्गमा जोडिएका छन्। , आइतबारदेखि हेवाखोलामा बेलिब्रिज सञ्चालनमा आएपछि राजमार्ग हुँदै यातायातका साधन चल्न सुरू भएका छन्।, बेलिब्रिजबाट एकतर्फी मात्र मात्र सवारी आवत जावत हुने भन्दै जिल्ला प्रहरी पाँचथरले पा...
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका १७ जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।, आइतबार अदालतले थप ५ दिन अनुसन्धान गर्न समय दिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए। , प्रहरीले यस प्रकरणमा १७ जनालाई पक्राउ गरिसकेको छ। बालुवाटारस्थित ललिता निवास...
रासस जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पा लुङ्ग्री गाउँपालिका-५ काला पोखराका ३३ वर्षीया भीमा गुरूङ र उनका छोराहरू ११ वर्षीय सुशील गुरूङ तथा ६ वर्षीय प्रेम गुरूङ रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।, जङ्गली च्याउ खाई बिरामी परेपछि उपचारका लागि प्राथमिक...
सेतोपाटी संवाददाता काठमाडौंबाट फोहोर बोकेर जाने गाडीसँग प्रवेश शुल्क लिने ककनी गाउँपालिकाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।, फोहोर मैला व्यवस्थापन संघको तर्फबाट धनप्रसाद आचार्यले आइतबार सर्वोच्चमा रिट दिएका हुन्।, यसअघि ककनी गाउँपालिकाले काठमाडौंबाट फोहोर बोकेर जाने गाडीसँग प्रवेश शुल्क उठाउने विधेयक पारित...
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान को आसपास अवस्थित रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर आंशिक देखी सामान्य बदली रही गण्डकी प्रदेशका केही साथै कोशी, बागमती र  कर्णाली प्रदेशका थोरै लगायत बांकी प्रदेशका एक-दुई स्थान...
रासस मेची राजमार्गअन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपामा आइतबार साँझ ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, दुर्घटनामा परेर दुई जना गम्भीर घाइते भएका छन्।, मृत्यु हुनेमा हिलिहाङ गाउँपालिका–७ बस्ने ३८ वर्षीय लक्ष्मी तामाङ छन्।, घाइते हुनेहरूमा चालक हिलिहाङ गापा–७ बस्ने ४५ वर्षीय ज्ञानु भन्ने पारसमणि थापा ...
सेतोपाटी संवाददाता नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केशव तुलाधरको ललिता निवास प्रकरणमा पनि कनेक्सन देखिएको छ। , ललिता निवास जग्गा प्रकरणमा उनको शंकास्पद भूमिका देखिएपछि आइतबार उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई बुझाइएको छ। , नक्कली भुटानी शरणार्थी प्रकरणमा तुलाधरविरूद्ध काठमाडौं ज...
रासस जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिनाका अवधिमा अवैधरुपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ।, अनधिकृतरुपमा मेडिकल पसल सञ्चालन गरेर उपचार गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए।, ‘वर्षौंदेखि अनधिकृतरुपमा सञ्चालन...
सेतोपाटी संवाददाता संघीय सरकारले व्यवस्थापनमा चासो नदिएको र काठमाडौं महानगरपालिकासहितका स्थानीय तहले अव्यवस्थित तवरले फोहोर फालेको भन्दै नुवाकोटको ककनी गाउँपालिकावासी र धादिङ धुनीबेसी १ नम्बर वडावासीले विसर्जनमा रोक लगाएका छन्।, उनीहरूले सोमबार बिहानैदेखि ककनी गाउँपालिका र धुनीबेसीको सीमानामा अवरोध गरेका हुन्।, स्थानी...
सेतोपाटी संवाददाता प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' की पत्नी सीता दाहालको निधनसँग जोडेर असंवेदनशील कुरा लेखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, नेपाल प्रहरी साइबर ब्युरोले आइतबार बुटवल देवीनगरबाट शेरबहादुर राना मगरलाई पक्राउ गरेको स्रोतले बतायो।, मगरले प्रधानमन्त्री पत्नी सीता दाहालको निधनबारे सामाजिक ...
भगवती पाण्डे लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजय यादवलाई प्रहरीले पक्राउ गरेको छ। बाँकेको डुडुवा गाउँपालिका १ होलियाबाट यादवलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।, यादवविरूद्ध जिल्ला अदालत रूपन्देहीमा बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा अदालतले यादवको नाममा पक्राउ पुर्जी जारी ग...
सेतोपाटी संवाददाता रूपन्देहीको तिलोत्तमा ११ गाईघाटमा अज्ञात समुहबाट जेसिभी र ट्याक्टरमा आगजनी गरिएको छ।, आइतबार राति अज्ञात समूहले गरेको आगजनीबाट जेसिभी र ट्याक्टर जलेर नष्ट भएका छन्। इलाका प्रहरी कार्यालय मंगलापुरका अनुसार स्थानीय गोविन्द अधिकारीको घरमा पार्किङ गरी राखिएको ना १ क ५०८७ नम्बरको जेसिभी र लु ३ क ३३७७ नम्...
रासस कर्णाली प्रदेश सरकारले ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’को अवसरमा सार्वजनिक बिदा दिएको छ।, प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै यहाँका सबै सरकारी तथा सार्वजनिक संस्थानमा आज सार्वजनिक बिदा दिइएको जनाएको छ।, कर्णाली प्रदेश सरकारको विसं २०७९ चैत २९ गते बसेको मन्त्रिपरिषद् बैठकले गरे...
सेतोपाटी संवाददाता मकवनपुरका तीन स्थानीय तहले आजदेखी मादक पदार्थ तथा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने भएका छन्।, मनहरि गाउँपालिका, हेटौडा उपमहानगरपालिका र बकैया गाँउपालिकाले आजदेखी यस्तापदार्थ  निषेध गर्न लागेका हुन्।, मनहरि गाँउपालिकाले यस्ता पदार्थको बेचबिखन र प्रयोगमै प्रतिबन्ध लगाउने तयारी गरेको गाउँपालिकाका अ...
नवीनबाबु गुरूङ साउने सोमबारका अवसरमा आज बिहान पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ। , तिथिअनुसार अघिल्लो सोमबार नै साउने सोमबार भए पनि साउन महिना भने आजदेखि सुरू भएको हो।, साउने सोमबारमा धेरै हिन्दु महिलाहरू व्रत बस्ने, मन्दिर गएर पूजाआजा गर्ने गर्छन्।, हेर्नुस् तस्बिरहरू:,  ,  , पशुपतिमा साउ...
सेतोपाटी संवाददाता कास्कीमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ।, कास्कीबाट लमजुङ जाँदै गरेको ग १ ख ७६८६ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ग १५ प ८४८३ नम्बरको मोटरसाइकललाई रूपा गाउँपालिका-३ पोल्याङमा बिहान ७:४८  ठक्कर दिएको थियो।  , दुर्घटनामा परी मोटरसाइकलमा सवार लमजुङको मध्यनेपाल गाउँपालिका-६,...
रासस वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आजदेखि बहिरङ्ग सेवा(ओपिडी) बिहान ८ बजेदेखि सुरु भएको छ। यसअघि बिहान ९ बजेदेखि ओपिडी सेवा सञ्चालन हुँदै आएको थियो।, वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले बिरामीलाई सहज सेवा दिने उद्देश्यले ओपिडी सेवा बिहान ८ बजेदेखि सुरु गरिएको जानकारी दिए।, दुबै अस्पतालमा टिकटको समय बिहान...
सेतोपाटी संवाददाता नाबालिगलाई ठमेलको एलओडी क्लबमा प्रवेश गराएको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंले क्लबका म्यानेजर सहदेव सेढाई र रिसेप्सनिस्ट सपना ढुंगानालाई असार २६ गते पक्राउ गरेको हो। पक्राउ परे पनि ढुंगानालाई जिम्मा जमानीमा छाडिएको छ। सेढाई अहिले पनि प्रहरी हिरासतमै छन्।,...
सेतोपाटी संवाददाता सप्तकोशी किनारमा युवतीहरूबीच कुटाकुट भएको छ।, सुनसरीको बराहाक्षेत्र नगरपालिका-१० मा युवतीहरूबीच कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको हो।, कुटपिटमा संलग्न रहेको आरोपमा एक जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईका अनुसार १९ वर्षीया प्रिति...
नारायण खड्का दुई जना दाजुभाइ खोटो संकलन गर्न चार महिनादेखि घना जंगलमा बस्दै आएका छन्।, रोल्पाको रून्टीगढी गाउँपालिकाका-१ गौरीगाउँका २२ वर्षीय सुरेश बुढा मगर र १७ वर्षीय नवीन बुढा मगर चार महिनादेखि जंगलमै बसेर खोटो संकलन गरिरहेका छन्।, उनीहरू दाङको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिका-८ स्थित गोगनपानी सामुदायिक वनअन्तर्ग...
दिपकजंग शाही देश विद्युतमा लोड सेडिङमुक्त भयो भनिएको पाँच वर्षभन्दा धेरै भयो। यता कर्णालीको प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भने विद्युत कटौती नभएको दिन नै हुँदैन। छिनछिनमा बिजुली बन्द हुन्छ। कहिलेकाहीँ धेरै घण्टामा मात्र आउँछ।, यस्तै छिनछिनमा जाने र घण्टौं नआउने बिजुलीले सताएका एक व्यापारी हुन्– निम बुढा। निम ...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका भित्रका व्यावसायिक भवनहरूले पार्किङ शुल्क लिन नपाउने भएको छ। , सोमबार फेसबुकमा स्ट्याटस राख्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले निजी मार्ट, रेष्टुरेन्ट, सपिङ कम्प्लेक्स, मल, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाले सेवाग्राहीलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनु प...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले महानगरभित्र सवारी साधन पार्किङ शुल्क तोकेको छ।, सोमबार महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरभित्र दुई पाङग्रे र चार पाङग्रे सावरी साधनको शुल्क निर्धारण गरिएको बताएकी हुन्। , 'महानगरभित्र दुई पाङ्ग्रेको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रेको ७५ रुपैयाँ शुल्क निर्धारण गरिए...
मन्दिरा घिमिरे संघीय सरकारको राजस्व अघिल्लो वर्षको तुलनामा १० प्रतिशतले घट्दा काठमाडौं महानगरपालिकाले भने आन्तरिक राजस्व बढाएको छ। स्रोत साधनको हिसाबले सबैभन्दा बलियो यो महानगरपालिकाले अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढी आन्तरिक राजस्व उठाएको हो। , आर्थिक वर्ष २०७८/०७९ मा जम्मा ४ अर्ब ४६ करोड रुपैयाँ आन्तरिक राजस्...
सेतोपाटी संवाददाता काठमाडौं जिल्लामा बैंकिङ कसुरका अपराध बढेका छन्। , आर्थिक वर्ष २०७८/०७९ को तुलनामा २०७९/०८० मा बैंकिङ कसुरका अपराध बढेका हुन्। सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्षको समीक्षा गर्दै एसएसपी दानबहादुर कार्कीले बैंकिङ कसुरका अपराध बढेको जानकारी दिए।, उनका अनुसार ०७८/...
नवीनबाबु गुरूङ काठमाडौ‌ंको चन्द्रागिरिस्थित भालेश्वर मन्दिरमा सोमबारदेखि आरती सुरू भएको छ।, साउनको पहिलो सोमबार पारी मन्दिरमा आरती गर्न सुरू गरिएको हो।, चन्द्रागिरि हिल्सका अनुसार मन्दिरमा यसअघि आरती गर्ने गरिएको थिएन। तर अब साउनको हरेक सोमबार राति विशेष आरती गर्ने भएको हो। , तस्बिरहरू:, चन्द्रागिरिको भा...
रासस जुम्लाको पातारासी गाउँपालिका–२ स्थित  दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन्। , यही असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ती भेडाबाख्रा मरेका छन् भने ७० हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए।, चट्याङले ४२ बाख्रा र आठ भेडा मरेको पातारासी गाउँपालिका भेटेरीनरी शाखाका प्रमु...
सेतोपाटी संवाददाता नक्सालस्थित बालमन्दिरभित्र भेल पस्दा अनाथ बालबालिका बसेको कोठा जलमग्न बनेको छ।, गएरराति अविरल वर्षात्का कारण बालमन्दिरभित्र भेल पसेको र बालबालिकाले आश्रय लिइरहेको कोठा पानीले भरिएको नेपाल बाल संगठनकी निमित्त प्रमुख कार्यकारी निर्देशक सबिता लम्सालले जानकारी गराइन्, बालमन्दिरमा अहिले सय हाराहारी बालबा...
सेतोपाटी संवाददाता  बाढी- पहिरोका कारण २ राजमार्ग अवरूद्ध, १५ वटा एकतर्फी, अविरल वर्षापछि आएको बाढी-पहिरोका कारण अहिले दुई वटा राजमार्ग पूर्णतया अवरूद्ध छन्। १५ वटा एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ।, तानसेन-रिडी-कोरला, डुम्रे-बेशीसहर-चामे,  कोशी राजमार्ग अन्तर्गत रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले...
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका तस्बिर’ मा प्रस्तुत गरेको छ।, आजको श्रृंखलामा हामीले असार २४ गते देखि असार २९ गतेसम्मका तस्बिर समेटेका छौं।, तस्बिरहरू:, गत सोमबार परेको वर्षाले जलमग्न भएको काठमाडौंको कपन क्षेत्र। तस्बिर: न...
सेतोपाटी संवाददाता चार्जमा रहेको फोन उठाउँदा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, शुक्रबार दिउँसो ३ बजे गौरीगन्ज गाउँपालिका-१ टुनु बस्तीकी ५५ वर्षीया सिला बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। , सिला खेतमा काम गरेर घर फर्किएकी थिइन्। फोन आएपछि मोबाइल उ...
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाले कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाब सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा रहेको छ।, वर्षाका कारण सुनकोशी, नारायणी, सेती, कालिगण्डकी, महाकाली, पश्चिम राप्ती नदीमा पा...
रासस बागलुङमा एक जना पुरूषको शव फेला परेको छ।, गलकोट नगरपालिका–५ भैँसेस्थित खरबारीमा ताराखोला गाउँपालिका–५ सानो हिलेका ४० वर्षीय झलिराम पुन मगरको शव फेला परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ।, प्रहरीका अनुसार शनिबार बिहान ८ बजे खरबारीको बाटो नजिकै स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतक पुन श्रीमतीस...
हरिप्रसाद बास्तोला ‘हरियो वन, नेपालको धन’ भन्ने नारा वर्षौंदेखि सुन्दै आइरहेका छौं। तर पनि वन जंगलबाट पाउनुपर्ने लाभ प्राप्त भएको छैन । जङ्गलमा ठूलो सङ्ख्यामा काठ कुहिने गरे पनि सर्वसाधारणहरू बजारमा विदेशबाट आएका काठ तथा फर्निचरसँगै आल्मुनियम, युपिभिसी एवम् फलामको प्रयोग गर्न बाध्य छन्।, विदेशी काठ एवम् आल्मुनियम र यु...
रासस काठमाडौँको महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा फार्मेसीका कर्मचारी मृत फेला परेको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी परिसरका अनुसार हिजो बिहान उक्त सेन्टरका फार्मेसी इञ्चार्ज अमृत पोखरेल मृत भेटिएका थिए।, उनको परिवारले किटानी जाहेरी दिएकाले सोही आधारम...
सेतोपाटी संवाददाता आर्थिक वर्ष २०७९/८० मा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय ४९ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।, काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको चेकिङको क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चालकहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि सम्बन्धित प्...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, विपन्न, बेवारिसे तथा असहायहरूको उपचारका लागि १० प्रतिशत बेड नि:शुल्क गर्न परिपत्र गरेको छ। , मन्त्रालयले स्थानीय, प्रादेशिक र संघीय स्तरका सामुदायिक तथा निजी अस्पतालहरूलाई १० प्रतिशत बेड नि:शुल्क गर्न परिपत्र गरेको हो। , केही अस्पतालहरूले गरिब, विपन्न लगायतला...
रासस झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित दशगजामा रहेको सीमा स्तम्भ बाढीले बगाएको छ।, निरन्तर वर्षासँगै कमलखोलामा आएको बाढीले दशजगामा रहेको १४०/१५ नम्बर अंकित सीमा स्तम्भ (पिलर) बगाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।, शुक्रबार दिउँसो आएको बाढीले उक्त सीमा स...
शोभा शर्मा बाल यौन दुर्व्यवहारका अभियुक्त मदन राईले बालिकाका काठमाडौंस्थित संरक्षक र साक्षीहरूलाई ज्यान मार्ने धम्की दिएका छन्।, आफ्ना पार्टनरहरूसँगको ‘प्राइभेट भिडियो’ बाहिरियो भने चार जनालाई मारिदिन्छु भन्दै राईले दिएको धम्कीको अडिओ कल रेकर्ड सेतोपाटीलाई प्राप्त भएको छ।, राईले आफूविरूद्ध प्रहरीमा उजुरी दिएकी बालिकाक...
भगवती पाण्डे बुटवलको सिद्धबाबाधाम विकास समितिमा दाताहरूबाट संकलित रकममा अनियमितता भएका रसिदहरू सार्वजनिक भएका छन्। , बुटवल उपमहानगरपालिका वडा नं. ३ तल्लो सिद्धबाबामा रहेको धाम विकास समितिमा दाताहरूले सेवा शुल्क वापत दिएको रकममा नै अनियमितता हुने गरेको देखिएको हो।, तल्लो सिद्धबाबा धाम विकास समितिले विवाह, व्रतबन्ध जस्त...
रासस भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति भएको छ।, नेपालको बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले बैतडीसँग जोडिएको झुलाघाट नाका खोल्नेबारे उक्त सहमति भएको हो। , यसअघि झुलाघाट नाका बिहान ७ बजे मात्रै खुल्ने गरेको थियो। बैतड...
प्रा.डा. विजयप्रसाद पौडेल अल्सर हुने मुख्य कारण 'हेलिकोब्याक्टर पाइलोरी' हो। यो ब्याक्टेरियाको कारणले आमाशयमा अल्सर हुन्छ। ठूलो आन्द्रामा अल्सर हुने अरू कारण हुन्छन्। कहिलेकाहीँ मुखमा विभिन्न कारणले अल्सर हुन्छ।, आमाशयमा सुरूमा संक्रमण भएपछि सुन्निएको हुन्छ। सुरूआती चरणमा उपचार गरिएन भने अल्सर (घाउ) बढ्दै जान्छ। दुख्न...
रासस गोरखाको आरुघाट गाउँपालिका–२ छापठोट्नेरीस्थित सुकुन्द्र खोलामा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको छ।, धार्चे गाउँपालिका–२ केरौजा घर भएका १५ वर्षीय कबिन्स गुरुङको पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिए।, मान...
सेतोपाटी संवाददाता झापाका दुई अलगअलग स्थानमा नदी र खोलामा डुबेर शनिबार दुई जनाको मृत्यु भएको छ।, प्रहरीका अनुसार एक जना पुरूषको कनकाई नदीमा र एक बालकको गौरादहको कृस्ने खोलामा डुबेर मृत्यु भएको हो।, कनकाईमा डुबेका पुरूषको पहिचान खुलेको छैन।, कृस्ने खोलामा डुबेर मृत्यु हुनेमा गौरादह-२ हासखोरा निवासी १३ वर्षीय बालक एन्जल...
रासस मकवानपुरको मनहरि गाउँपालिकाभित्रका १९ वटा सामुदायिक स्कुलका प्रधानाध्यापकले संयुक्त रूपमा राजीनामा दिएका छन्।, राजीनामा दिनेहरूमा मनहरि गाउँपालिकाभित्र रहेका १८ वटा प्राथमिक विद्यालय र एक माध्यमिक विद्यालयका प्रधानाध्यापकहरू छन्।, प्रधानाध्यापकहरूले सामूहिक राजीनामा साउन १ गतेदेखि लागू हुने गरी दिइएको पत्रमा उल्ल...
सेतोपाटी संवाददाता कैलालीमा नहरमा डुबेर एक बालिका बेपत्ता भएका छन्।, शनिबार साँझ साढे ५ बजे लम्कीचुहा नगरपालिका–३ बल्चौरकी अन्दाजी ६ वर्षीय रितिसा चौधरी सोही ठाउँको रानीजमरा कुलरीया सिचाई आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी हुन्।, घटनाबारे स्थानीयले टेलिफोन मार्फत् प्रहरीलाई जानकारी गराएका थिए।, घटनास्थलम...
रासस हाल देशमा मानसुनी वायुको प्रभावका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।, महाशाखाका मौसमविद सञ्जीव अधिकारीका अनुसार त...
निशा भण्डारी गथामुग: चह्रेको दिन पाटनमा मिप्वा: लाखे नाच सुरू भएको छ। , शनिबार परेको चह्रेमा ललितपुरको पाटनमा मिप्वा: लाखे नाच देखाइएको हो। , काठमाडौं उपत्यकामा गथामुगः चह्रेदेखि लाखे नाच सुरू हुन्छ। यो नाच पाटनमा सोमबारसम्म देखाइन्छ।, येँया पुन्ही अर्थात् इन्द्रजात्रासम्म भने विभिन्न पर्वहरूमा देखाइन्छ। यो एक महिनाको...
सेतोपाटी संवाददाता हाल देशमा मनसुनी वायुको प्रभाव छ भने मनसुनको न्यून चापीय सरदर स्थान को आसपास अवस्थित रहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहेको छ । , मधेश प्रदेश बाहेकका अन्...
सेतोपाटी संवाददाता सर्पले डसेर डोटीमा एक वृद्धाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालयका डोटीका अनुसार के.आई.सिंह गाउँपालिका –४ की ७२ वर्षीया निरन्जनादेवी भट्टको मृत्यु  भएको हो।, बिहीबार दिउँसो घरको आँगनमा बसेर छोरीसँग फोनमा कुरा गरिरहेको बेलामा उनलाई सर्पले डसेको प्रहरीले जानकारी दिएको छ।, भट्टलाई उपचारका लागि दिप...
नवीनबाबु गुरूङ सरकारले लामो समयदेखिका बाँकी बिलको भुक्तानी नदिएपछि निर्माण व्यवसायी आन्दोलित भएका छन्।, असार मसान्त आइसक्दा पनि सरकारले लामो समयदेखिको बाँकी बिलको रकम भुक्तानी नगरेको, ठेक्काको म्याद थप नगरेको लगायतका विरोधमा निर्माण व्यवसायी आन्दोलित भएका हुन्।, नेपाल निर्माण व्यवसायी महासंघको नेतृत्त्वमा विभिन्न मागह...
नवीनबाबु गुरूङ काठमाडौंमा विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाइएको छ। , १८७१ सालमा आजकै दिन जन्मिएका भानुभक्त आचार्य नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि थिए। उनले वाल्मीकि रामायणको अनुवाद गरेका थिए। , उनको मोतिराम भट्टले नेपाली साहित्यमा चिनारी थप्ने काम गरेका हुन्।, उनले प्रश्नोत्तर (१९१०), भक्तमाला (१९१०),...
सेतोपाटी संवाददाता बैतडीमा बाजेको कुटपिटबाट गम्भीर घाइते भएका २ वर्षीय नातीको उपचारका क्रममा मृत्यु भएको छ।, पुर्चौडी नगरपालिका–६ मुडेलीधारका ५० वर्षीय गणेश साउँदको कुटपिटबाट गम्भीर घाइते भएका २ वर्षीय रेशम साउँदको बिहीबार राती उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको हो।, जिल्ला प्रहरी कार्यालय ...
सेतोपाटी संवाददाता झापामा बिहिबार राती भएका छुट्टाछुट्टं दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।, पूर्वपपश्चिम राजमार्ग अन्तर्गत कमल र शिवसताक्षीलाई जोडने कमल खोलाको पूलमा प्र१–०१–००२ ह २६७ नम्बरको अटो रिक्सा र मे ७ प ८५९४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुदा मोटरसाइकलमा सवार बुद्धशान्तिका ४० बर्षिय उपेन्द्र स...
सेतोपाटी संवाददाता रौतहटमा धारिलो हतियार प्रहार गर एक पुरुषको हत्या भएको छ।, देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित करकस टोलका ३६ वर्षीय जग्गनाथ साह कानुको हत्या भएको प्रहरीले जनाएको छ।, आफ्नै घरमा ओछ्यानमा सुतिरहेको बेला आज बिहान करिब साढे ३ बजे उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक (इन्सप...
राजु विश्वकर्मा भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन गर्ने तयारी भएको छ। जयनगरबाट धनुषाको कुर्थासम्म गत २०७८ चैत २० गतेदेखि सञ्चालन हुँदै आएको रेल सेवालाई यही असार ३१ गतेदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालन गर्न लागिएको छ।, जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १...
रासस विपत्तिको कुरा सुन्नेबित्तिकै सरोजकुमार खनाल झस्याङ्ग हुन्छन्। उनले बाढी पहिरोबाट ११ जना परिवारका सदस्य गुमाउनुपर्ला भनेर कहिलै सोच्नु भएको थिएन।, मकवानपुर जिल्लाको तत्कालीन पालुङ गाविस–९ फेदीगाउँमा बाढीपहिरोको परिवेशलाई सम्झँदा उनी भक्कानिन्छन्। , फेदीगाउँमा एक सातासम्म पानी पर्दा पनि घुम ओडेर गोठालो जाने गरेका ...
सेतोपाटी संवाददाता सप्तकोशी नदीमा ट्रक खसेको छ।, आज बिहान कोशी ब्यारेजको पुलमा यात्रुवाहक बस र ट्रक जुधेर ट्रक सप्तकोशीमा खसेको हो।, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार राईका अनुसार शुक्रबार बिहान ७:४५ बजे मे १ ख १७६५ नम्बरको बससँग ठक्कर खाएको मे १ ख ३००७ नम्बरको ट्रक पुलको ...
रासस बाघको आक्रमणबाट कञ्चनपुरको बेलौरीमा एक महिला घाइते भएकी छिन्।, बाघको आक्रमणमा परी बेलौरी नगरपालिका–९ डाडाकुण्डाकी २५ वर्षीया बिन्दु डगौंरा घाइते भएकी हुन् ।, बिहीबार साँझ लालझाडी गाउँपालिका–६ चान्देउस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा डगौंरालाई बाघले आक्रमण गरेको बेलौरी–९ का वडाध्यक्ष किसन रानाले जानकारी ...
रासस नेपाल–भारत सीमावर्ती नाका जमुनाहाबाट सशस्त्र प्रहरीले रु २० लाखसहित एक जनालाई पक्राउ गरेको छ।, नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित शर्मा गल्लीबाट शुक्रबार साँझ स्रोत नखुलेको २० लाखसहित २० वर्षीय सोहेल कुरेशीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।, सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बाँकेका सूचना अधिकारी प्रहरी ना...
सेतोपाटी संवाददाता बर्दी लगाएर टिकटक भिडिओ बनाउने २०८ जना  प्रहरी कारबाहीमा परेका छन्।, प्रहरी प्रधान कार्यालयले ‍बर्दी लगाएर  भिडिओ बनाउने र सामाजिक सञ्जालमा राख्ने प्रहरीलाई कारबाही गरेको हो।, २०७७ सालदेखि चालु आर्थिक वर्षको असार २२ गतेसम्म २०८ जना प्रहरीलाई कारबाही गरिएको प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महा...
रासस पाँचथरको हेवा खोलामा बेलिब्रिज समयमै नबनेपछि ताप्लेजुङमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव भएको छ।, बाढीपहिराले हेवा खोलामा रहेको मोटरेबल पुल बगाएपछि अहिलेसम्म बेलिब्रिजको निर्माण सम्पन्न नहुँदा मेची राजमार्ग अवरुद्ध बनेपछि ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्तिमा सहज नहुँदा ग्यास र पेट्रोलियम पदार्थको ...
सेतोपाटी संवाददाता नेपाली सेनाले विभिन्न पदमा गरी झन्डै ४ सय जनाका लागि नयाँ विज्ञापन खोलेको छ।, सैनिक मुख्यालय भद्रकालीका अनुसार मेडिकल, इन्जिनियरिङ, हवाई इन्जिनियरिङ, लेखा, समाचार सम्पादक/वाचक, हवाई सम्भार, ग्राउन्ड ह्यान्डलिङलगायत विभिन्न पदका लागि दरखास्त आह्वान गरिएको हो।, ती पदहरूमा साउन २७ गतेसम्म नियमित शुल्क ...
सेतोपाटी संवाददाता भक्तपुरमा १५ दिनदेखि हराएकी महिला मृत भेटिएकी छन्।, सुर्यविनायक नगरपालिका-७ गुन्डुबस्ने ३८ वर्षीया माया नगरकोटी बिहीबार साँझ मृत भेटिएकी हुन्।, असार १३ गतेदेखि हराइरहेकी महिला गुन्डुकै जंगलमा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) बसन्त पाठकले जानकारी दिए।, ‘शव काठमा...