content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता मोरङमा परिवारका सदस्यबाटै आफन्त मारिने क्रम बढेको छ।, नयाँ वर्षको पहिलो दिन बिहीबार बेलबारीमा छोराले बाबुको हत्या गरेको घटना सार्वजनिक भएको थियो। लगत्तै मोरङकै जहदा गाउँपालिकामा पतिले पत्नीको हत्या गरेको घटना सार्वजनिक भएको छ।, जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठका अनुसार जहदा... |
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकल र एम्बुलेन्स ठाेक्किँदा एक जनाको मृत्यु भएको छ। , बिहीबार राति ८ बजे टीकापुर नगरपालीका-४ मौरनीयास्थित खक्रौलाबाट टिकापुर जाँदै गरेको से २ प २५८४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको भे १ च २४०९ नम्बरको एम्बुलेन्स ठोक्किएका थिए।, दुर्घटनामा मोटरसाइकल पछाडि सवार जानकी गाउँ... |
सेतोपाटी संवाददाता बीबीसी मास्टरसेफको फाइनलिस्ट बनेर नेपाली परिकारलाई विश्वभर चिनाउन सफल शेफ सन्तोष साहलाई नेपाल सरकारले सम्मान गरेको छ। , सातौं संविधान दिवसको अवसरमा नेपाल सरकारले उनलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गरेको हो। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार पदक हस्तान्तरण गरिन्। , सिरहाको कर्जन्हामा जन... |
सेतोपाटी संवाददाता जनकपुर-जयनगर रेल सञ्चालन हुन थालेसँगै बर्दिबासका स्थानीयले भने आन्दोलन थालेका छन्।, बर्दिबास नगरपालिका-१४ मा बन्न लागेको रेल्वे स्टेशन क्षेत्रका स्थानीयहरूले आन्दोलन थालेका हुन्।, त्यो क्षेत्रमा बन्न लागेको रेल्वे स्टेशनको जग्गामा मुआब्जाको विवाद छ। सरकारले धेरै कम मुआब्जा घोषणा गरेर जग्गा अधिग्रहणक... |
सेतोपाटी संवाददाता स्वयम्भूमा युवकको शव भेटिएको छ। , स्वयम्भूको भगवान पाउ नजिक जंगलमा २५/२६ वर्षीय युवकको शव भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार युवकको अनुहारमा चोट लागेको छ।, प्रहरीलाई शुक्रबार बिहान सात बजेतिर खबर भएको थियो। खबर पुग्नासाथ कुकुरसहितको प्रहरी घटनास्थल गएको थियो।, घटनाबारे अनुसन्धान भइरहेको महान... |
नारायण खड्का दाङको तुलसीपुरमा एक जना किसानले पालेका झन्डै ६ सय बोइलर कुखुरा एकैसाथ मरेका छन्।, तुलसीपुर उपमहानगरपालिका-९ कट्कुँइयाका केशरबहादुर वलीले सल्ली वनमा पालेका ६ सय कुखुरा चैत ३० गते दिउँसो एकै साथ मरेका हुन्।, पीडित वलीले पानी ट्यांकीमा कसैले विषादी हालिदिएका कारण आफ्ना कुखुरा एकै साथ मरेको आशंका व्यक्त गरे।,... |
सेतोपाटी संवाददाता विभिन्न पाँच बुँदे माग राख्दै वरिष्ठ चिकित्सक गोविन्द केसीले सरकारको ध्यानाकर्षण गराएका छन्।, आफूले राखेका माग पूरा नभए कुनै पनि बेला सत्याग्रह सुरू गर्ने चेतावनी केसीले दिएका छन्।, केसीले आफ्नो पहिलो मागमा दरबन्दी अनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालहरूको दरबन्दी बेड संख... |
रासस नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति नलिई प्रकाशन भएका पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेन्डर) लाई स्पष्टीकरण सोध्ने भएको छ।, समितिको बैठकले पहिलो पटक मौखिक रुपमा स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।, मन्त्रिपरिषद् बैठकले २०७७ पुस २० गते स्वीकृत गरेक... |
सेतोपाटी संवाददाता ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न थालिएको छ। बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र गन गत सातादेखि सुरु भएको हो। पाथीभरा सडक खण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म ११ किलोमिटर सडक कालोपत्र सुरु गरिएको हो। सडक कालोपत्र गर्ने कार्यका लागि कन्ट... |
एजेन्सी भारतको झारखण्डमा ४६ घन्टापछि केबलकारमा अड्किएका सबैको उद्धार भएको छ।, झारखण्डको देउघर जिल्लास्थित त्रिकुट पहाडमा रहेको रोपवेमा चलिरहेका दुई केबलकार आइतबार साँझ ठोक्किएपछि अन्य केबलकार पनि जहाँको त्यहीँ रोकिएका थिए। यो सँगै केबलकारमा रहेका ४७ जना अड्किएका थिए।, भारतीय वायु सेनाको हेलिकप्टर, नेसनल डिजास्टर रेस्... |
सेतोपाटी संवाददाता ओखलढुंगामा प्रहरीहरू चढेको बलेरो जिप दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको छ।, मृत्यु हुनेमा प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशी रहेका छन्।, बुधबार बिहान ओखलढुंगाबाट विराटनगर जाँदै गरेको बा१७च १०९४ नम्बरको बलेरो मानेभञ्ज्याङ गाउँपालिका-६ हर्कपुर भन्ने ठाउँमा भीरबाट तल ख... |
सेतोपाटी संवाददाता विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय रौतहटका प्रधानाध्यापक घुस रकमसहित पक्राउ परेका छन्।, प्रधानाध्यापक राकेशकुमार ठाकुरलाई तीन लाख रकम घुस लिइसकेको अवस्थामा बुधबार बिहान पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।, ठाकुरसहित दीपेन्द्र सर्जिकल पसलका सञ्चालक दीपेन्द्रकुमार ... |
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेकपा (माओवादी केन्द्र) को चुनावी पोस्टरबाट आफ्नो फोटो हटाउन भनेका छन्।, आफूलाई जानकारी नै नदिइकन चुनावी पोस्टरमा फोटो राखिएको कुलमानले बताए।, ‘मलाई थाहै थिएन। पार्टीको चुनावी पोस्टरमा त्यसरी मेरो फोटो राख्न मिल्दैन,’ कुलमानले सेतोपाटीसँग भ... |
सेतोपाटी संवाददाता बझाङमा जीप दुर्घटना हुँदा जीप चालककाे मृत्यु भएको छ।, बुधबार छबिसपाथिभेरा गाउँपालिकाकाे भाडेबजार नजिकैबाट जीप दुर्घटना हुँदा साेही गाउँपालिका- ३ नम्बर वडाका स्थानीय जय सार्कीकाे मृत्यु भएको हाे।, घरबाट माेरीबगर बजारमा सामान लिन आउनेक्रममा उनले चलाइरहेको जीप दुर्घटनामा परेकाे हाे।, प्रहरीका अनुसार उ... |
सेतोपाटी संवाददाता बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्त अस्पतालबाट फरार भएका छन्।, केन्द्रीय कारागार हुँदै वीर अस्पतालमा भर्ना भएका राजेश तिरूवा मंगलबार राति भागेका हुन्। कारागार व्यवस्था विभागका प्रवक्ता झंकनाथ ढकालका अनुसार सिन्धुपाल्चोक जिल्ला कारागारबाट उनलाई शुक्रबार जिल्ला अस्पताल लगिएको थियो।,... |
सेतोपाटी संवाददाता कंगो अपरेसनमा ज्यान गुमाएका सैनिक प्युठ अनिल गुरूङको शव नेपाल ल्याइएको छ। , उनको शव मंगलबार कंगोबाट फिर्ता ल्याइएको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ।, चैत २२ गते कंगोमा सञ्चालन भएको अपरेसन बालीको क्रममा विद्रोहीको फायरबाट घाइते भएका गुरूङको बुनियाँस्थित अस्पतालको उपचारको क्रममा मृत्यु ... |
राजेश घिमिरे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहिलेकाहीँ घरबेटीका कारणले पनि आलोचनामा पर्छन्।, काठमाडौंमा प्रचण्डका नाममा घर छैन। पछिल्ला केही वर्षदेखि प्रचण्ड ललितपुरको खुमलटारमा भाडाको घरमा बस्छन्। त्यो घर निर्माण कम्पनी सैलुङ कन्स्ट्रक्सनका मालिक शारदाप्रसाद अधिकारी... |
सुरेन्द्र भण्डारी/रासस कारागार (जेल)बाट छुटेकाहरू नै विभिन्न आपराधिक गतिविधिमा संलग्न हुने गरेको पाइएको छ।, विभिन्न मुद्दामा जेल परेका व्यक्ति कैद भुक्तानपछि छुट्ने र पुनः आपराधिक गतिविधिमा संलग्न हुने गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, ‘लागुऔषध मुद्दाका कारोबारीदेखि विस्फोटक पदार्थ राख्दै जनजीवन त्रसित बन... |
रासस जिल्ला प्रशासन कार्यालय मनाङले वर्षौंदेखि अलपत्र दुई मोटरेबल पुल निर्माण तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई गत फागुनमा निर्देशन दिएको थियो। , जिल्लाको ङिस्याङ गाउँपालिका–४ हुम्डे र मुङ्जेमा मस्र्याङ्दी नदीमाथि निर्माणाधीन मोटरेबल पुल निर्माण सुरू भएको वर्षौं बितिसक्दा पनि सम्पन्न नभएपछि प्रशासनले सम्बन्धित नि... |
सेतोपाटी संवाददाता बाँकेमा प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। , कोहलपुर नगरपालिका-१२ का ३० वर्षीय मुन्ना भन्ने जगत केसीलाई पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।, मंगलबार कोहलपुर नगरपालिका रोहिनी खोलास्थित सडक खण्डमा ब्राउन सुगर कारोबार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले... |
सेतोपाटी संवाददाता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले आफ्ना कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूको नि:शुल्क रूपमा स्वास्थ्य बीमा गरेको छ।, नेपाल सरकार स्वास्थ्य बीमा बोर्डअन्तर्गत प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको अनिवार्य स्वास्थ्य बीमा गरिएको हो।, प्रतिष्ठानले ३५६ जनाको अनिवार्य स्वा... |
सेतोपाटी संवाददाता पाँचथरको फिदिममा आफ्नै १२ वर्षीया छोरीलाई करणी गरेको आरोपमा बुवा पक्राउ परेका छन्।, फिदिम नगरपालिका-५ मा आफ्नै बुवाले १२ वर्षकी छोरी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।, ४३ वर्षीय बुवाले आफ्नै १२ वर्षकी छोरीलाई बलात्कार गरेर फरार भएका थिए। बालिकाकी आमाले प्रहरीमा उजुरी दिएपछि उ... |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट अवैध पैसासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। , भारतीय नागरिक कन्हैया लाललाई पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए। ,
,
मंगलबार इन्डिगो एयरको उडानमार्फत् काठमाडौंबाट भारतको दिल्ली जान ... |
सेतोपाटी संवाददाता ओखलढुंगा दुर्घटनामा थप एक जना प्रहरी जवानको मृत्यु भएको छ। , घाइते भएका ६ जना प्रहरीलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइएको थियो। त्यसमध्ये एक जना प्रहरी जवानको मृत्यु भएको हो। , खोटाङ घर भई सोलुमा कार्यरत प्रहरी जवान रूपक विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक सु... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बुधबार १९ जनामा संक्रमण पुष्टि भएको हो। , अधिकारीका अनुसार ४ हजार ७१५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , ३ हजार ३४... |
भगवती पाण्डे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २०७९ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन हुने भनिएको परीक्षण उडान रोकिएको छ।, आगामी जेठ २ गते बुद्धपूर्णिमाको अवसर पारी व्यवसायिक रूपमा उडान सुरू गर्ने तयारी गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वैशाख १ गते नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले परीक्षण उडान ग... |
सेतोपाटी संवाददाता प्रहरीले भारतबाट आइरहेका दुई वटा गाडीबाट ४० लाख रुपैयाँ बराबरको सामान बरामद गरेको छ। , झापा प्रहरीले बुधबार विर्तामोड नगरपालिका-४ भद्रपुर रोडबाट कपडा, मोटरगार्ड, मोटरपार्ट्स लगायत सामग्री बरामद गरेको हो। ,
डब्लुबी७४पी १४५५ नम्बरको कार र को१ज २४४० नम्बरको पिकअप गाडीबाट भन्सार छलेका सामान बरामद गरेको ... |
सेतोपाटी संवाददाता कर्तव्य ज्यानमुद्दाको कसुरमा सप्तरी प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा रूपनी गाउँपालिका-५ का २१ वर्षीय रामप्रवेश खंग, सोही ठाउँका २० वर्षीय दीपककुमार खंग र २१ वर्षीय जयराम खंग छन्।, उनीहरूलाई प्रहरीले मंगलबार पक्राउ गरेको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्ष माधवप्रसाद काफ्लेल... |
सेतोपाटी संवाददाता दुबईबाट नेपाल आएका तीन जना नेपाली सुनसहित पक्राउ परेका छन्।, पक्राउ पर्नेमा रसुवा नौकुण्ड गाउँपालिका-१ का ३२ वर्षीय सुकुराम लामा, नौकण्ड गाउँपालिका-६ का २७ वर्षय पेम्बा थोक्रा र २२ वर्षीय बुद्धिमान तामाङ रहेका छन्।, उनीहरूको साथबाट साथबाट जनहीँ ९९.९६ ग्राम गरी २९९.८८ ग्राम सुन फेला परेको विमानस्थलस्... |
सेतोपाटी संवाददाता दहचोक–सिस्ने खोला सुरूङ मार्ग आयोजनाका कारण खानेपानीको मुहान सुकेको भन्दै स्थानीयले तोडफोड गरेका छन्।, खानेपानीको मुहान सुकेको भन्दै नागढुंगा सुरूङमार्ग आयोजनाकाे कार्यालयमा स्थानीयले तोडफोड गरेका हुन्।, दुई साताअघि पनि स्थानीयले प्रदर्शन गरेका थिए तर खानेपानीको व्यवस्था गरिदिने लिखित प्रतिबद्धतापछि... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २२ जनामा संक्रमण पुष्टि भएको हो। , ५ हजार १४४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , ३ हजार ९७२ जनाको पिसिआर र १ हजार १७२ जनाको एन्टिजेन परीक्षण गर... |
अजयकुमार साह/रासस जनकपुरधाममा विनयतारा फाउन्डेसन क्यान्सर सेन्टर (बिटिएफसिसी) ले २०० शय्याको अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको छ। , आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विनयतारा फाउण्डेसन (अमेरिका) सँगको सहकार्यमा विनयतारा फाउन्डेसन क्यान्सर सेन्टर (बिटिएफसिसी) ले अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएक... |
सविता बुढा कैलालीमा श्रीमानको हत्या गरेपछि एक जना महिला पाँच घन्टा हिँडेर आफैं प्रहरी चौकी पुगेकी छन्।, जिल्लाको दुर्गम मोहन्याल गाउँपालिका-१ मा पर्ने कर्णाली किनारको राक्सा गाउँकी ३३ वर्षीया थुमा थापा मगर सोमबार बिहान इलाका प्रहरी कार्यालय पन्डौन पुगेकी हुन्। , उनले प्रहरीलाई आफूले श्रीमानको हत्या गरेको बताएकी थिइन्।... |
सेतोपाटी संवाददाता काठमाडौंबाट साढे २३ लाख बराबरका भन्सार छलेका कपडासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं महानगरपालिका-२४ असनस्थित स्थानीय व्यापारीसहित दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , पक्राउ पर्नेमा काठमाडौं-१४ बाफल बस्ने ३८ वर्षीय... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएको छ।, दोधारा चाँदनी नगरपालिका–१० की ४५ वर्षीया बालदेवी खड्काको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।, आइतबार घरकाे आँगनमा पानी तान्ने मोटर चलाउँदा उनलाई करेन्ट लागेको थियाे।, घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएक... |
सेतोपाटी संवाददाता महानगरीय प्रहरी परिसर काठमाडौंले ५० हजार रुपैयाँ नगद फेला परेको हुँदा सम्बन्धित धनीले प्रमाणसहित दाबी गर्न अनुरोध गरेको छ। , तार्केश्वर नगरपालिका-१ नयाँ बस्ती आनन्द टोल रमाइलो डाँडास्थित तनहुँ छाप्दी बाराही किराना स्टोर अगाडि आइतबार दिउँसो ५० हजार रुपैयाँ फेला परेको थियो। , सोही ठाउँमा बस्ने ४० वर्ष... |
सेतोपाटी संवाददाता बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। , कोल्हबी नगरपालिका-२ स्थित तामागढी साझेदारी वनमा एक जनामाथि बाघले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। , सोमबार बिहान वनमा चार जना घाँस काट्न गएका थिए। त्यसक्रममा जितपुर सिमरा उपमहानगरपालिका-१... |
रासस पासाङल्हामु राजमार्गका स्थानीयबासीको अवरोधका कारण १० दिनदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य सोमबारदेखि पुनः शुरु भएको छ।, पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको ठेकेदारले काम शुरु गरेसँगै अवरोध हटेपछि फोहर व्यवस्थापनमा सहज कार्य शुरु भएको हो।, अहिले फोहर व्यवस्थापनका लागि समय निर्धारण गरिएको ... |
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा मंगलबारदेखि पुनः पानी पठाइने भएको छ। , मंगलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्यद्वार ३८ नम्बरको ढोका खोली सुरूङमा पानी पठाएर आयोजना पुनः सञ्चालन गरिने भएको हो।, असार १ र साउन २७ गते सिन्धुपाल्चोकको मेलम्चीखोलामा आएको बाढीले आयोजनामा क्षति ... |
रासस जिल्ला प्रहरी कार्यालय मनाङमा कार्यरत सहायक प्रहरी हवल्दार नारायण थापा मगरको मृत्यु भएको छ।, गोरखा घर भएका ३२ वर्षीय थापाको सोमबार बेलुकी उपचारका क्रममा सामुदायिक अस्पताल लमजुङमा मृत्यु भएको हो।, कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले उपचारका क्रममा थापाको मृत्यु भएको बताए।, उनकाअनुसार थापालाई उच्च रक्त... |
सेतोपाटी संवाददाता अटोमेटिक पेस्तोलसहित जनकपुरबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, रामानन्द चोकबाट अस्पताल रोडतर्फ जाँदै गर्दा प्रादेशिक अस्पताल अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको हो।, पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका वडानम्बर–९ घर भई जनकपुरधाम–४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिस्वा नग... |
भगवती पाण्डे बुटवलका टिकाराम पौडेल २०६४ सालयताका तीन वटा निर्वाचनमा सहभागी भए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचन, २०७० सालको अर्को संविधानसभा र २०७४ सालमा भएका तीन वटै निर्वाचनमा उनी बुटवल सिद्धेश्वरी मतदान केन्द्रबाट मतदानमा सहभागी भएका थिए। , न्यून दृष्टि भएका कारण मतदान अधिकृतको सहयोगमा मतदानमा सहभागी भएका टिकार... |
सेतोपाटी संवाददाता प्रहरीले विराटनगरबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेहरूमा सुनसरी बर्जु गाउँपालिका-१ बस्ने ३८ वर्षीय सुरज ऋषिदेव, ३८ वर्षीया शिवकुमारी ऋषिदेव, भारत सहरसा मानगढ ग्राम पञ्चायत बस्ने २९ वर्षीय विसुनदेव मुखिया र सोही ठाउँका २७ वर्षीय अविनाश मुखिया रहेका छन्।, उनी... |
सेतोपाटी संवाददाता भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चार महिनाकी बालिकाको मृत्यु भएको छ।, मृत्यु हुनेमा पाँचखाल नगरपालिका-१ की लोसाङ डोल्मा तामाङ रहेकी छिन्।, बालिकालाई उपचारका लागि न्युरो अस्पताल लगिएकोमा उपचारको क्रममा बिहान ९ बजे मृत्यु भएको थियो।, प्रदेश-०२-०२१प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान आफैं दुर्घटना ... |
एजेन्सी भारतको झारखण्डमा आइतबारदेखि केबलकारमा अड्किएका १५ व्यक्तिको अझै उद्धार हुन सकेको छैन।, भारतीय सञ्चारमाध्यमहरूका अनुसार झारखण्डको देउघर जिल्लाको त्रिकुट पहाडमा रहेको रोपवेमा चलिरहेका दुई केबलकार आइतबार साँझ ठोक्किएका थिए। त्योसँगै अन्य केबलकार पनि जहाँको त्यहीँ रोकिएका थिए।, केबलकारमा अड्किएकाहरूको मंगलबार बिहा... |
रासस पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा निर्माणाधीन एसियाको पहिलो तीनमुखे झोलुंगे पुलको काम अन्तिम चरणमा पुगेको छ। , स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र गुल्मीमा रुरुक्षेत्र गाउँपालिका–१ रिडी जोड्ने पुलको काम अन्तिम चरणमा पुगेको हो।, कालीगण्डकी नदीको ... |
सेतोपाटी संवाददाता चोर बाटो हुँदै अमेरिका पुगेका ८ जना नेपालीलाई नेपाल फर्काइएको छ।, अमेरिकी सरकारले विमान चार्टर्ड गरेरै उनीहरूलाई नेपाल डिपोर्ट गरेको हो। अध्यागमन विभागका अनुसार उनीहरूलाई गल्फ स्ट्रिम जहाजको भिएन ७४० एसएसले केही दिनअघि नेपाल छोडेको थियो।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्क प्रमुख... |
सेतोपाटी संवाददाता खोलामा डुबेर झापामा एक जना महिलाको मृत्यु भएको छ।, शिवसताक्षी नगरपालिका वडा नम्बर ११ बच्चाबरगी ६० वर्षीय सञ्चमाया विकको झरना खोलामा डुबेर मृत्यु भएको स्थानीय शिक्षक ज्ञानेन्द्र बहादुर विश्वकर्माले बताए। खोलाको दहमा करिब २ फिट पानी जमेको थियो।, स्थानीयका अनुसार नानीलाई विद्यालय पुर्याएर आउँदा विक दहम... |
सेतोपाटी संवाददाता मेलम्ची नदीको पानी पुन: सुरूङमा पठाइएको छ। मंगलबार अम्बाथानस्थित १ नम्बर डाइभर्सन गेटबाट सुरूङमा पानी पठाइएको हो।, खानेपानी मन्त्री उमाकान्त चौधरीले १ नम्बर गेटबाट पानी पठाएर ३८ नम्बर गेट खोली मेलम्ची खानेपानी आयोजनाको दोस्रोपटक उद्घाटन गरेका हुन्।, सुरूङमा प्रतिसेकेन्ड २६५ लिटर पानी हालिएको मेलम्ची... |
नवीनबाबु गुरूङ चैतको चर्को घाम गर्मी र सुख्खा मौसमबीच किसानहरू खेतमा व्यस्त छन्।, यतिबेला चैते धान रोप्ने चटारोमा किसानहरू छन्। चैतमा रोपेर असारमा भित्र्याउने धान रोप्न धादिङका किसानहरू व्यस्त छन्।, अधिकांश ठाउँमा रोपाइँ सकिए पनि पृथ्वी राजमार्ग अन्तर्गत धादिङको महादेववेशी वरपर चैते धान रोप्दै गरेको मनमोहक दृश्य देख्न... |
सेतोपाटी संवाददाता आफ्नो छोरालाई परीक्षामा उपस्थित नै नगराई पास गराउन खोज्ने शिक्षकसहित चार जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।, जुम्लाको चन्दननाथ माध्यामिक विद्यालयको प्रावि तहमा कार्यरत शिक्षक कलानन्द माझी, कर्णाली म... |
सेतोपाटी संवाददाता मानव हड्डीसहित विराटनगरमा एक जना पक्राउ परेका छन्।, सशस्त्र प्रहरीको सीमा सुरक्षा बल रानीको टोलीले भारतको विहार पुर्णिया जिल्लाको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिन्हालाई पक्राउ गरेको हो।, प्रहरीले मंगलबार विराटनगर–१५ स्थित रानी नाकाको १ नम्बर ढाटबाट सिन्हालाई मानव अंगसहित पक्राउ गरेको हो।, ... |
सेतोपाटी संवाददाता नेपाली नयाँ वर्ष २०७९ को अवसरमा अस्ट्रेलियामा आतिसबाजी गरिने भएको छ । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित लेनक्स गार्डेन्समा आतिसबाजीसहित नयाँ वर्ष मनाउन लागिएको हो ।, सनातन समाज अस्ट्रेलियाले क्यानबेरामा आतिसबाजी गर्दै नयाँ वर्ष मनाउन लागेको हो। अध्ययन, रोजगारलगाय... |
सेतोपाटी संवाददाता तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दाङमा १ जनाको मृत्यु हुनुका साथै २ जना घाइते भएका छन्।, छोराले चलाएको मोटरसाइकलमा पछाडि बसेकी आमाको मृत्यु भएको हो। चालक दाजु र पछाडि बसेकी बहिनी घाइते भएका छन्।, घोराहीको कटुकीदेखि नारायणपुर बजारतर्फ आउँदै गरेको रा १ प ८३८६ नम्बरको मोटरसाइकल घोराही उपमहागनरपालि... |
सेतोपाटी संवाददाता चैत ६ गते मोरङको लेटाङमा भएको प्रहरी र गाउँलेबीच हिंसात्मक झडपमा ज्यान गुमाउने प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोलीबाट भएको पोस्टमार्टम रिपोर्ट आएको छ। , अहिलेसम्म उनको मृत्यु ‘घाँटीमा धारिलो हतियार प्रहारबाट भएको’ प्रहरीले बताउँदै आएको थियो। तर, पोस्टमार्टम रिपोर्टमा भने उनको मृत्यु गोली लागेर... |
सेतोपाटी संवाददाता चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ।, असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ।, त्रेतायुगमा आजकै दिन भारतको अयोध... |
एजेन्सी बिहारमा ६० फिट लामो फलामको पुल चोरी भएको छ। , रोहतास जिल्लाको विक्रमगञ्ज उपखण्ड क्षेत्रमा रहेको ६० फिट लामो पुल शुक्रबार चोरी भएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ। , प्रहरीका अनुसार चोरहरूले पिकअप भ्यान, ग्यास कटर, जेसिबी र सवारी साधन लिएर आएका थिए। उनीहरूले पूरै पुल काट्न तीन दिन लगाएको र क... |
सेतोपाटी संवाददाता नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन फारम अझै एक महिना नखुल्ने भएको छ।, फारम भरेर परीक्षा लिएकाहरूको ट्रायल गरेपछि मात्रै नयाँ फारम खोल्ने तयारी गरिएको हो।, यातायात व्यवस्था विभागका अनुसार अब जेठ १ गतेदेखि नयाँ आवेदन खोल्ने तयारी छ। त्यसअघि अहिलेसम्म परीक्षा गरिएकाको ट्रायल सक्ने योज... |
रासस व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दी खोलाको पुल बगाएको नौ महिनापछि बेलिब्रिज जडान गरिएको छ। गत वर्ष असारमा छाब्दी खोलामा आएको बाढीले पक्की पुल बगाएको थियो। , पुल बगाएपछि व्यास, बन्दीपुर र ऋषिङ गाउँपालिकाका बासिन्दा मारमा परेका थिए।, नेपाली सेना र स्थानीबासीको सहयोगमा तत्काल कल्भर्ड हाली आवतजावतको व्यवस्था मिलाइएक... |
सेतोपाटी संवाददाता झापाको गौरादह नगरपालिका–५ मा आइतबार दिउँसो चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। , मृत्यु हुनेमा स्थानीय कार्की चोककी ४० वर्षीया मनमाया थापा हुन्।, घरमा बसिरहेका बेला चट्याङ लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरादहको जनाएको छ। ... |
सेतोपाटी संवाददाता दाङमा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ। , तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का ८ वर्षीय योगेश बस्नतेको उपचारका लागि छिमेकी देश भारतको लखनऊतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार यूपी–४२– बिट... |
सेतोपाटी संवाददाता आज रामनवमी पर्व देशभर भगवान् श्रीरामलाई पूजाअर्चना गरी मनाइँदै छ।, त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन जन्मिएका भगवान श्रीरामचन्द्रको सम्झना गर्दै देशभरका राम मन्दिरमा आज भगवान श्रीरामको पूजाअर्चना गरी यो पर्व मनाइँदै छ।, काठमाडौंमा बत्तिसपुतलीस्थित श्रीराम मन्दिरमा पूजा आराधनाका लागि भक्तजनहरुको घु... |
एजेन्सी नेपालसँग सीमा जोडिएको भारतको विहारमा एउटा फिल्मी घटनाले अहिले चर्चा पाइरहेको छ। , विहारको नालन्दा जिल्लामा छोरा बनेर जमिनदार दम्पतीलाई ठगेको आरोपमा एक जनालाई जेल सजाय सुनाएको छ।, द वायरका अनुसार यो घटनाको शिलशिला सुरू हुन्छ सन् १९७७मा। त्यतिबेला मुर्गावान गाउँका जमिनदार कामेश्वर सिंहका एक्ला छोरा कन्हैया सन् १... |
नवीनबाबु गुरूङ ८ रात ९ दिनसम्म मनाइने भक्तपुरको ऐतिहासिक बिस्केट जात्रा आजबाट सुरू भएको छ। जात्रा वैशाख ५ गतेसम्म चल्ने छ।, पहिलो दिन आज भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरू गरियो। भैरवनाथको रथमा तलेजुका पुजारी उत्तमाङ्गराज राजोपाध्याय र तलेजुका नाइकेले खड्ग, तरबार, निशान राखिसकेपछि गुठी संस्थानबाट ल्याएको सरकारी... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ४ जना कोरोना संक्रमित थपिएका छन्। , आइतबार २ हजार ७ सय ४० जनाको कोरोना परीक्षण गर्दा ४ जनामा मात्र संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। , १ हजार ८ सय जनाको पिसिआर परीक्षण गर्दा ३ जनामा र ९ सय ४० जनाको एन्टिजेन परीक्षण गर्दा १ जना... |
सेतोपाटी संवाददाता प्रहरीले मकवानपुरबाट गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। , आइतबार मनहरी गाउँपालिका- ६ स्थित सडकखण्डबाट ३५ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।, पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-१ बस्ने १९ वर्षीय सरोज तामाङ, सोही नगरपालिका-११ बस्ने २५ वर... |
सेतोपाटी संवाददाता काठमाडौंको खुसिबु नयाँबजारस्थित पार्टी प्यालेसमा लागेको आगो झन्डै डेढ घण्टापछि नियन्त्रणमा आएको छ। , आइतबार साँझ ५ बजेतिर पार्टी प्यालेसको भण्डार कोठा र भान्साकोठामा अचानक लागेको आगो साढे ६ बजेतिर नियन्त्रणमा आएको महानगरीय परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , ... |
रासस नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई ५९० थान हतियार तथा एम्युनिशन उपलब्ध गराएको छ।, सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्माले इन्सास राइफल ५०० नाल र लाइट सपोर्ट वेपन (एलएसडब्लु) ९० नाल एवं सोको एम्युनिशनसहित सामग्री सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई हस्तान... |
रासस नयाँ वर्षको आगमनसंँगै सुरु भएको तान्त्रिक विधिबाट मनाइने भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे लिच्छवीकालीन बिस्केट जात्रा आजदेखि सुरु भएको छ । , नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिनसम्म सञ्चालन हुने बिस्केट जात्राको आज पहिलो दिनमै ढुङ्गा हानाहान भएको छ। भक्तपुरका बासिन्दा... |
सेतोपाटी संवाददाता युवाहरूलाई स्वदेशमै सम्भावनाको खोजी गर्न, समस्याहरू पहिचान र समस्यालाई उद्यमशीलताको माध्यमबाट समाधानका लागि प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम ‘काठमाडौं युथ कनक्लेभ’ सम्पन्न भएको छ।, शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा पाँच हजार बढी युवा विद्यार्थीको प्रतक्ष्य सहभागिता रह... |
सेतोपाटी संवाददाता झापामा गए राति ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।, बिर्तामोडस्थित रामचोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक बिर्तामोड २ बेलडाँगीका ३२ वर्षीय संगम बजगाईंको मृत्यु भएको प्रहरीले जनाएको छ।, पूर्वतर्फ जाँदै गरेको ना ६ ख ६४५६ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको बा १५ प ८२०२ नम्बरको बुलेट ... |
नारायण खड्का कारको ठक्करबाट नेपालगञ्जमा गए राति तीन जनाको मृत्यु भएको छ।, बिपी चोक नजिकै सडकमा हिडिरहेकालाई कारको ठक्कर दिएको थियो। , कारको ठक्करले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ की ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र पाँच वर्षकै अलि इद्रिसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ... |
सेतोपाटी संवाददाता नेपाली सेनाको बलाधिकृत विभागअन्तर्गत सैनिक कल्याणकारी महानिर्देशनालय जंगी अड्डाले उपप्राध्यापकदेखि वेटरसम्म माग गर्दै आवेदन खुला गरेको छ।, सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायमा रिक्त रहेका पदमा खुला प्रतिस्पर्धाबाट करार सेवामा पदपूर्ति गर्न लागिएको जंगी अड्डाले सूचना निकालेर उल्लेख... |
भगवती पाण्डे अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थामा गर्नुपर्ने उद्धारको अभ्यास गरिएको छ।, आपतकालीन अवस्थामा विमान अवतरण गराउनुपर्दा र जहाज दुर्घटना पश्चात उद्धारलाई कसरी व्यवस्थित र छिटो छरितो बनाउन सकिन्छ भनेर तयारीको लागि उद्धार अभ्यास गरिएको हो।, अन्तर्र... |
सेतोपाटी संवाददाता सप्तरीमा पोखरीमा नुहाउने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका-२ का ८ वर्षीय देवराज यादव रहेका छन्।, मामाघर राजगढ गाउँपालिका-४ मा गएका उनको स्थानीय पोखरीमा नुहाउने डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।, पोखरीबाट उद्धार गरेर गजेन्द्रनारायण सिं... |
सेतोपाटी संवाददाता मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिल झा घुससहित पक्राउ परेका छन्।, सेवाग्राहीसँग पाँच लाख घुस लिँदै गर्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयले जनाकपुरको भानुचोकबाट उनलाई पक्राउ गरेको हो।, जग्गा सम्बन्धी मुद्दा पक्षमा गरिदिने भन्दै घुस मागेको आरोपमा उनलाई सोमबार बिहान प... |
सेतोपाटी संवाददाता कैलालीमा श्रीमतीले श्रीमानको हत्या गरेकी छिन्।, आइतबार राति मोहन्याल गाउँपालिका-१ राक्सा बस्ने बर्ष ३३ की थुमा थापामगरले ४४ वर्षीय श्रीमान् नारायण बुढामगरको हत्या गरेकी हुन्।, उनले घरायसी विवादका कारण हँसियाको प्रयोग गरी श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ।, श्रीमानको हत्या गरेर थुमाले सोमबार बि... |
सेतोपाटी संवाददाता पोखराबाट तीर्थयात्री लिएर अर्घाखाँची गएको बस दुर्घटनामा परेको छ।, सुपादेउराली दर्शनका लागि गएको बस अर्घाखाँचीमा दुर्घटनामा परेको हो।, पोखरा ३१ बेगनासतालस्थित साना किसान कृषि सहकारीबाट तीर्थयात्री लिएर सुपादेउराली दर्शनका लागि आएको ग २ ख ६८० नम्बरको बस दुर्घटनामा परेको हो।, पोखराबाट प्युठानको स्वर्गद... |
सेतोपाटी संवाददाता पशुपति क्षेत्र विकास कोषले नेपाल भारत मैत्री धर्मशालामा ताला लगाएको छ।, बतास समूहले छोड्न नमानेपछि कोषले शुक्रबार गएर धर्मशालामा ताला लगाएको हो। धर्मशालाका दुई वटा मुख्य गेटमा ताला लगाइएको कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले बताए।, ‘सदस्यसचिव, कार्यकारी निर्देशकसहितका पदाधिकारी गएर धर्मशाला छोड्न अनुरो... |
सेतोपाटी संवाददाता प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी निरीक्षकहरूको सरूवा गरेको छ।, स्थानीय निकायको चुनावको मुखमा प्रधान कार्यालयले ६७३ जना प्रहरी निरीक्षकको सरूवा गरेको हो।, शुक्रबार प्रधान कार्यालय मानव स्रोत विभागले प्रहरी निरीक्षक सरूवाको सूची सार्वजनिक गरेको छ।, नियमित सरूवा रोकेर शक्ति केन्द्रहरूको दब... |
सेतोपाटी संवाददाता रूपन्देहीको तिलोत्तमामा शुक्रबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।, भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु २२ प ६९२५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिँदा मोटरसाइकलमा सवार सैनामैना नगरपालिका वडा नम्बर ३ का ३० वर्षीय कृष्ण चन्द्र खनालको मृत्यु भएको प्रहरीले जनाएको छ।, ... |
रासस बागलुङको बडिगाड गाउँपालिका–४ जलजलाका शशिराम विक २८ वर्षदेखि चैते दसैं मेलामा चोयाका सामग्री डाला, नाग्ला र डाली बेच्न बागलुङ बजार नजिकै रहेको कालिका मन्दिर परिसरमा आउँछन्। , बिहीबारदेखि सुरू भएको चैते दसैं मेलामा उनले जम्मा ४० थान मात्रै डाला बिक्रीका लागि ल्याएका छन्। बर्सेनि डालाको व्यापार घट्दै गएपछि विकलाई ड... |
नवीनबाबु गुरूङ वरिष्ठ चिकित्सक गोविन्द केसी तथा नागरिक अभियन्ताहरूले प्रधानमन्त्री निवास बालुवाटारअगाडि मौन विरोध गरेका छन्।, केसी र अभियन्ताहरूले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि निरन्तर हमला गरेकोविरूद्ध शान्तिपूर्ण विरोध गरेका हुन्।, जिम्मेवार नागरिक र मानवताका हैसियतले पुटिनको अमानवीय व्यवहारसँग मौन र... |
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १२ जनामा संक्रमण पुष्टि भएको हो। , ४ हजार ३४९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ७२८ जनाको पिसिआर र १ हजार ६२१ जनाको एन्टिजेन परीक्षण ... |
नारायण खड्का दाङको तुलसीपुरस्थित तुलसी बाल हस्पिटल प्रा.लि.का नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. किशोर खत्रीले बालबालिकालाई मौसमी ज्वरो (भाइरल फिबर) बाट जोगाउन खोप लगाउनुपर्ने सल्लाह दिन्छन्।, लगभग तीन हजार मूल्य पर्ने एउटा खोप लगाए वर्ष दिनसम्म त्यसले काम गर्ने हुँदा बालबालिकालाई मौसरी ज्वरोबाट जोगाउन उक्त खोप लगाउनु... |
राजेश घिमिरे चितवनका चार जना शिक्षकहरू बाल यौन दुर्व्यवहारको आरोपमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुगेका छन्।, चैत ६ गते यता चितवनमा बाल यौन दुर्व्यवहारका पाँच वटा जाहेरी दर्ता भएकामा चार वटा घटनामा चार जना शिक्षकहरू अनुसन्धानको दायरामा आएका हुन्।, जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनु... |
मन्दिरा घिमिरे २२ औं पटक लोकसेवाको परीक्षा दिएर नेपाल विद्युत प्राधिकरणको अधिकृत बनेका कञ्चनराज गिरीले राजीनामा दिएका छन्।, गत कात्तिकमा अधिकृत बनेका गिरी कालीगण्डकी ए जलविद्युत आयोजनामा प्रशासन प्रमुखको रूपमा काम गरिरहेका थिए।, सरकारी जागिर खाएको ६ महिनामै गिरीले बिहीबार राजीनामा दिएका हुन्। आयोजना प्रमुखलाई गिरीले ब... |
सेतोपाटी संवाददाता चट्याङ लागेर तेह्रथुममा एक बालिकाको ज्यान गएको छ।, आठराई गाउँपालिका-६ चुहानडाँडा फुङसेङकी १० वर्षीया मीना कन्दङ्वाको मृत्यु भएको हो।, शुक्रबार ललिता थोप्राको घरमा साँझ चट्याङ पर्दा छिमेकी बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।, पूजामा गएकी उनी चट्याङ पर्दा गम्भीर घाइते भएकी थिइन्। उपचारको लागि जिल्... |
सेतोपाटी संवाददाता बढ्दो शहरीकरणले उपत्यकाको नेवारी बस्तीहरु मासिदै गएका छन्।, यस्तै ,२०७१,* सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुतात्विक महत्वका धरोहरहरुलाई त तहसनहस बनायो।, काठमाडौं उपत्यका अर्थात नेवार यी दुवै पर्याय र परिपुरक हुन्। नेपालको इतिहासमा नेवारहरुको योगदान अतुलनीय छ।, ऐतिहासिक पुतात्विक महत्व... |
सेतोपाटी संवाददाता हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। , आज दिउँसो प्रदेश १ को पहाडी भूभागका क... |
सेतोपाटी संवाददाता बाघको आक्रमणबाट एक जना बेपत्ता भएका छन्।, पूर्वी चितवनको खैरहनी नगरपालिका-१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९:०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरेको हो... |
रासस जिल्ला बर्डफ्लु रोग नियन्त्रण समिति तनहुँले चितवनबाट कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाएको छ। बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट यहाँ कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन रोक लगाइएको हो ।, आज दिउँसो १२ बजेदेखि लागू हुने गरी एक हप्तासम्मका लागि चितवनबाट भित्रिने जिउँदो कुखुरा, चल्ला, अण्डा र सुली ल्याउन ... |
दिपकजंग शाही शुक्रबार आफ्नो घरजग्गाको लालपुर्जा पाएपछि सुर्खेतको भेरीगंगा नगरपालिका–८ की ६७ वर्षीय रामकली खत्रीले भनिन्, ‘अब त बाकसमा पैसा राखेर ताला लगाएको जस्तो भयो।’, बाकसमा राखेर ताल्चा लगाएको पैसा बाकस नै चोरी नभएसम्म जति सुरक्षित हुन्छ, अब लालपुर्जा हात परेपछि आफ्नो घरजग्गा पनि त्यसैगरी सुरक्षित भएको महसुस रामकल... |
रोहित महतो बिहानै ८ बजेदेखि साँझ पाँच बजेसम्म गायत्री पासवान फोहोरकै थुप्रोमा समय बिताउँछिन्।, उनको काम विभिन्न सहरबाट ल्याइएको फोहोर प्लास्टिक सुकाउनु, काम नलाग्ने चिज छानेर निकाल्नु र थ्रेसिङ गर्नु हो। घरपरिवार चलाउन उनी जनकपुर–जलेश्वर सडकखण्डमा पर्ने महोत्तरी गाउँपालिका–५ स्थित पियूष प्लास्टिक उद्योगमा काम गर्छिन्।... |
रासस संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ। , होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई बतास समूहको होटल आनन्दका कर्मचारीले गेटमै रोकेपछि कोषले गेटमै ताल्चा लगाएर बन्द गराएको हो। होटल बन्द गराउन... |
सेतोपाटी संवाददाता सरकारले आगामी आइतबार रामनवमी पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।, यही चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार आइतबारका लागि सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।, यसअघि राम नवमीको अवसरमा मधेश प्रदेश सरकारले प्... |
रासस बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो । उनको शव जितपुरघाटमा भेटिएको हो । , जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः०५ ... |
रासस बाँकेका सिख समुदाय ३२३औँ खाल्सा साजना दिवस एवं वैशाखी पर्वको तयारीमा जुटेका छन्। विगतका वर्षमा कोरोना महामारीका कारण प्रभावित बनेको वैशाखी पर्व यो वर्ष धूमधामका साथ मनाउने तयारी भइरहेको नेपालगञ्जको गुरुद्वारा गुरु नानकसिंह सभाका प्रधान राजेन्द्रसिंह सरदारले बताए।, उनका अनुसार वैशाखी पर्वका अवसरमा वैशाख २ गते भण्ड... |
रासस बलेवा, चैत २६, ‘चैते दसैँ बागलुङको मेलैमा, लाइदेउ माया भेटभाको बेलैमा !’ , टीका क्षेत्री प्रकृतिले धेरै वर्ष पहिला बजारमा ल्याएको यो गीतले चैते दसैँको सम्झना गराउँछ । यस्तै मौलिक र चर्चित भाकाको गीत बागलुङमा लाग्ने चैते दसैँ मेलालाई लक्षित गरेर बनेका हुन्।, चैत शुक्ल पक्षमा मनाइने चैते दसैँ पर्व र योसँगै बागलुङमा... |
सेतोपाटी संवाददाता हाम्रो जन्मभूमि सामाजिक संस्था सिन्धुपाल्चोकले आफ्नो पहिलो स्थापना दिवस मनाएको छ।, सामाजिक कार्य गर्ने उद्देश्यका साथ एक वर्षअघि सिन्धुपाल्चोकको चौतारामा स्थापना भएको संस्थाले शनिबार ललितपुर टिकाथलीमा आफ्नो स्थापना दिवस मनाएको हो।, स्थापना दिवसको अवसरमा संस्थाले सामाजिक क्षेत्रमा कार्यरत् पाँच जनाला... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.