content
stringlengths
20
64.1k
रासस सप्तरीको सुरुंगा नगरपालिका–३ मा सोमबार आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन्। आगलागी हुँदा स्थानीय शनिचर महतोका तीनवटै घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।, विद्युतमा समस्या आई आगलागी भएको आशंका गरिएको छ। उक्त आगलागीबाट अन्तपात, लत्ताकपडा, फर्निचर, भाँडाकुँडासहित सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जना...
एजेन्सी संयुक्त राज्य अमेरिकामा आफ्ना एक कर्मचारीको इच्छाविपरित जन्मदिन मनाइदिएको कम्पनीले ४ लाख ५० हजार अमेरिकी डलर जरीवाना तिर्नुपर्ने भएको छ।, आफू कार्यरत कम्पनीले आफ्नो इच्छाविपरीत जन्मदिन मनाइदिएको भन्दै केभिन बर्लिङले अदालतमा मुद्दा हालेका थिए।, यही वर्ष मार्चको अन्त्यतिर दुई दिनको सुनुवाइपछि जुरीले उनलाई ४ लाख ...
सेतोपाटी संवाददाता कैलालीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, गौरीगंगा नगरपालिका ४ का छम्मनप्रसाद सापकोटाको मृत्यु भएको हो। उनी ट्रक चालक रहेको प्रहरीले जनाएको छ।, ट्रकमा रहेका गोविन्द गुरूङ भने घाइते छन्। उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ।, गएराति  मोहन्याल गाउँपालिका ५ सिंहासन सामुदायिक वनस...
सबिना श्रेष्ठ जनकपुर डायरी- १, चार वर्षअघि सम्पदाको पहिलो रिपोर्टिङ गर्दा मैले पाटन दरबार स्क्वायरको चार चक्कर लगाएको थिएँ। मनमनै सोचेको थिएँ– यो मेरो पहिलो र आखिरी सम्पदा रिपोर्टिङ हो।, मलाई पाटन दरबार स्क्वायरको विश्वनाथ मन्दिरबारे लेख्न भनिएको थियो। जबकि म विश्वनाथ मन्दिर कुन हो भन्ने नै चिन्दैन थिएँ।, मन्दिर चिन्न...
सेतोपाटी संवाददाता दाङको घोराहीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, बुधबार बिहान साढे १० बजेतिर घोराही उपमहानगरपालिका-१४ कपासे स्थित घोराही-तुलसीपुर सडकखण्डमा दुर्घटना भएको हो।, दुर्घटना हुँदा ट्याक्टरका मिस्त्री घोराही-१० उत्तर अम्रुई बस्ने २२ वर्षीय सुदन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा मनाइने भाटभटेनी जात्रा मंगलबार राति टुँडालदेवीको खट भाटभटेनी मन्दिर ल्याइएको छ।, खट भाटभटेनी मन्दिरमा ल्याएर जुधाई अहिले त्यहीँको द्यो छेँ अर्थात् देउताको घरमा राखिएको छ। यो खटमा टुँडालदेवीलाई तीन दिनपछि मात्र फर्काइने जनाइएको छ। यसअघि मंगलबार दिउँसो...
सेतोपाटी संवाददाता राजश्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा छ जनाविरूद्ध मुद्दा दायर गरेको छ। , विभागले आइतबार उच्च अदालत पाटनमा ४२ करोड ४ लाख ७६ हजार ७४६ रुपैयाँ बराबरको राजश्व चुवाहट गरेको भन्दै मुद्दा दायर गरेको हो। , पर्सा वीरगन्ज महानगरपालिका- २८ का रामेश्वर पण्डित भन्ने रामेश्वर तिवारी, काभ्रे पाँचखाल...
दिपकजंग शाही सुर्खेतमा केन्द्रीय कार्यालय रहेको मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह वैशाख ६ गते हुने भएको छ।, दीक्षान्त समारोहका लागि अधिकांश तयारी पूरा भइसकेको विश्वविद्यालयको प्रचारप्रसार उपसमितिले जनाएको छ।, प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले दीक्षान्त समारोहको अध्यक्षता गर्ने...
युवराज श्रेष्ठ बलात्कार अभियोगमा थुनामा रहेका पल शाह (पूर्ण विक्रम शाह)ले बलात्कार नगरेको भन्दै पीडित नाबालिगले बयान दिएकी छन्।, जिल्ला अदालत तनहुँले लिएको बकपत्रमा नाबालिग गायिकाले बलात्कार अस्विकार गरेकी छन्। , ‘हामीसँग जाँदा बलात्कार हो भनेकी थिइन्, अदालतले बकपत्र गर्दा होइन मात्र भनिन्,’ जिल्ला न्यायाधिवक्ता रामचन...
रासस मुस्ताङमा एक जना भारतीय तीर्थयात्रीको मृत्यु भएको छ।, भारतका तिलङ्गाना राज्यको मराहपुराम रापर्थी नगरका ६० वर्षीया मुठैया यामसानीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी राजकुमार तामाङले जानकारी दिए। , उनका अनुसार आइतबार मुक्तिनाथ मन्दिर जाने उकालोमा सिँढी चढ्दै गर्दा यामसानीको बेहोस भएकी थिइन...
सेतोपाटी संवाददाता सोमबारदेखि वीणा उल्कावर्षा हुने भएको छ। , वैशाख ५ गते देखि १२ गतेसम्म वीणा उल्कावर्षा हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। , उनका अनुसार यो उल्कावर्षा भोलिदेखि हुने भएपनि वैशाख ९ गते राति भने सक्रिय हुनेछ। , ‘मौसमले साथ दिए वैशाख ९ गते राति नेपाली आकाशमा उल्कावर्षा...
सेतोपाटी संवाददाता महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी अस्पतालबाट डिस्चार्ज भएकी छन्। , काठमाडौंको वीर अस्पतालमा पाँच दिन टाउकोमा जमेको रगतको उपचार पछि आइतबार साँझ डिस्चार्ज भएर पुलचोकस्थित मन्त्री निवास फर्किएकी हुन्।, डिस्चार्जपछि अस्पतालबाट बाहिरिने क्रममा मन्त्री रेग्मीले स्वास्थ्य अवस्था सुधारो...
सेतोपाटी संवाददाता नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले स्थानीय तह निर्वाचनका लागि सुरक्षा स्थितितको निरन्तर मूल्याङ्कन गर्न निर्देशन दिएका छन्। , वैशाख ३० गते हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनालाई प्राप्त जिम्मेवारीहरू उचित ढंगले गर्न निर्देशन दिएका हुन...
रासस पूर्वी अफगानिस्तानको दुई प्रान्त खोस्ट र कुनारमा पाकिस्तानी सैनिक हवाई हमलामा परी मृत्यु हुनेको संख्या कम्तीमा ४७ पुगेको अधिकारीहरूले आइतबार बताएका छन्।, खोस्टका सूचना तथा सँस्कृति निर्देशक शबीर अहमद उस्मानीले शनिबार भएको हमलाका बारेमा भने, 'खोस्ट प्रान्तको डुरन्ड लाइन नजिकै पाकिस्तानी सेनाद्वारा हवाई आक्रमणमा अध...
निर्मला घिमिरे त्रिभुवन विमानस्थलमा रहेको अध्यागमन कार्यालयले 'अनअराइभल' भिसामा नेपाल आउने पर्यटकलाई साथमा दुई सय अमेरिकी डलर नगद बोकेरै आउन आग्रह गरेको छ। कोरोनाका कारण थलिएको नेपाली पर्यटन क्षेत्रमा भर्खर-भर्खर विदेशी पर्यटक आउन थालेका बेला अध्यागमन कार्यालयले यस्तो आग्रह गरेपछि आलोचना भएको छ।, विमानस्थल अध्यागमन का...
सेतोपाटी संवाददाता नक्कली सुनको कारोबार गरेको आरोपमा गोरखामा तीन जना पक्राउ परेका छन्।, संखुवासभा चिचिला गाउँपालिका १ का ५२ वर्षीय जुर्णबहादुर गुरूङ, बाराको जितपुर-सिमरा उपमहानगर ९ का ४४ वर्षकी जुना तामाङ र सिन्धुली गोलञ्जोर गाउँपालिका १ का ४१ वर्षका गान्दिप बस्नेत पक्राउ परेका छन्।, उनीहरूलाई गोरखा नगरपालिका ६ हरमटार...
एजेन्सी उत्तर अफ्रिकी मुलुक ट्युनिसिया नजिकैको समुद्रमा एउटा मालवाहक पानीजहाज डुबेको छ।, समाचार संस्था रोयटर्सका अनुसार ७५० देखि १ हजार टनसम्म इन्धन बोकेको उक्त जहाज गत शुक्रबार ट्युनिसियाको सीमानजिकैको समुद्रमा डुबेको हो।, इक्वेटोरियल गिनीबाट माल्टा जान लागेको उक्त जहाज खराब मौसमका कारण डुबेको बताइएको छ। ट्युनिसयाका ...
एजेन्सी छिमेकी मुलुक भारतमा लगातार ११ सातासम्म ओह्रालो लागेको कोरोना संक्रमण फेरि बढ्न थालेको छ।, टाइम्स अफ इन्डियाका अनुसार यो साता (अप्रिल ११-१७) अघिल्लो साताको तुलनामा कोरोना संक्रमण ३५ प्रतिशतले बढेको छ। भारतको राजधानी दिल्ली, उत्तर प्रदेश र हरियाणामा संक्रमण ह्वात्तै बढेको छ।, अघिल्लो साता भारतमा ४९०० संक्रमित थप...
रासस सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिका–११ इन्द्रावती नदीमा एक युवतीको शव फेला परेको छ।, करिब २५/३० वर्षको जस्तो देखिने ती युवतीको शव आइतबार फेला परेको हो।, दाहिने हातमा ट्याटु खोपेकी गहुँगोरो वर्णको ती युवतीको उचाइ ५ फिट ४ इञ्च रहेको प्रहरीले जनाएको छ।, उनको शव कालो पाइन्ट र सेतोमा बुट्टा भएको सर्ट लगाएको अवस्थ...
एजेन्सी दक्षिणमा अफ्रिकामा भारी वर्षापछि आएको बाढी र पहिरोमा परी कम्तीमा ४४३ जनाको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएका छन्।, समाचार संस्था रोयटर्सका अनुसार क्वाजुलु-नातान प्रान्तमा बाढीले तबाही मच्चाएको हो।, उक्त प्रान्तमा केही दिनदेखि भारी वर्षा भएको थियो। बाढी र पहिरोमा परी लाखौं मानिस विस्थापित भएका छन् भने पानी...
सेतोपाटी संवाददाता देशभर थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , सोमबार १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। ४ हजार ६९१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। , पछिल्लो २४ घण्टामा ३ हजार ६०० जनाको पिसिआर र एक हजार ९१ जनाको एन्टिजेन परीक्षण गरिएको...
निर्मला घिमिरे अनअराइभल भिसामा नेपाल आउने विदेशीहरूका लागि विद्युतीय भुक्तानीमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम थपिने भएको छ। , प्राविधिकहरूमार्फत आजै विमानस्थलको अनअराइभल कक्षमा एटिएम मेसिन जडान हुने विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। , 'यहाँ प्रभु बै...
दिपकजंग शाही समूहबाट छुटेर सुर्खेतमा एक्लिएको हिमाली गिद्धलाई नवलपरासी पठाइएको छ।, उक्त गिद्धको थप उपचार तथा व्यवस्थापनका लागि नवलपरासीमा रहेको जटायु रेष्टुरेन्टलाई जिम्मा लगाइएको हो।, साढे २ महिनाअघि समूहबाट छुटेको यो हिमाली गिद्धलाई सुर्खेतको वीरेन्द्रनगरस्थित काँक्रेबिहार जंगलमा राखिएको थियो। जंगलमा राखिएको गिद्धको...
सेतोपाटी संवाददाता राप्ती नदीमा माछा मार्ने क्रममा बिष्फोट हुँदा पाँच जना घाइते भएका छन्।, नदीमा बिष्फोटक पदार्थ प्रयोग गरेर माछा मार्न खोज्दा बिष्फोट भएर एक बालकसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ।, बिस्फोटबाट लमही नगरपालिका वडा नम्बर ८ का ४८ वर्षीय प्रदीप चौधरी, २७ वर्षीय आनन्दकुमार भण्डारी, ९ वर्षीय बालक सुश...
सविता बुढा धनगढी उपमहानगरपालिका–१४ की कौशिला दर्जीलाई साँझबिहानको चुलो कसरी जलाउने भन्ने चिन्ता छ। आजकाल उनको घरमा खाद्यान्न सकिएको छ। खाद्यान्नको गर्जो टार्न उनी बिसञ्चो हुँदा पनि मजदुरी गर्न जान्छिन्। उनी अर्काको खेतबारीमा काम गर्न र निर्माणस्थलमा गिट्टी, बालुवा, इँटा इत्यादि बोक्न जान्छिन्।  , राम्रो काम पाएका दिन ...
सेतोपाटी संवाददाता कान्तिपुर टेलिभिजनको तीनकुनेस्थित कार्यालय परिसर अगाडि पत्रकारहरूले धर्ना दिएका छन्। , श्रमजीवी पत्रकारहरूलाई निष्कासन गर्ने, दबाबपूर्ण बिदामा राख्ने, तलबभत्ता कटौती गर्ने, अनुचित सरूवा गर्ने, नियमित पारिश्रमिक नदिने लगायत समस्या बढ्दै जान थालेपछि नेपाल पत्रकार महासंघले विरोध कार्यक्रम घोषणा गरेको थ...
रासस सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ।, आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए।, वैशाख ९ गते राति ९ बजेदेखि सूर्योदयसम्म उल्क...
सेतोपाटी संवाददाता झापाबाट प्रहरीले ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। , मेलम्ची नगरपालिका-१० सिन्धुपाल्चोक घर भई झापा विर्तामोड नगरपालिका-८ बस्दै आएका २८ वर्षीय सविन गोले तामाङ र आठराई गाउँपालिका-७ तेह्रथुम घर भई विर्तामोड-८ बस्दै आएका २७ वर्षीय धनवीर बराललाई पक्राउ गरेको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले ज...
सेतोपाटी संवाददाता बाँकेमा आगलागीबाट ११ घर र ४ गोठ जलेर नष्ट भएका छन्। , राप्ती सोनारी गाउँपालिका वडा नं. २ टिकुलीपुर नयाँ बस्तीमा आगलागीबाट १५ घर/गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए। , आगलागीबाट ९७ लाख बराबरको धनमाल जलेर नष्ट भएको मल्लले बताए। जसमध्ये स्थानीय स...
सेतोपाटी संवाददाता अस्पताल भर्ना भएका संस्कृतिविद् सत्यमोहन जोशीलाई स्वास्थ्यमा थप समस्या आएपछि आइसियूमा सारिएको छ।, बिहीबार अपरान्ह ४ बजेतिर छातीमा असजिलो भएर इमर्जेन्सीमा आएको र जाँचपश्चात मूत्र प्रणालीको संक्रमण र मुटुको चालमा समेत गडबडी देखिएकोले उनलाई अस्पताल भर्ना गरिएको थियो।, शुक्रबार राति ११ बजेदेखि मुटुको चा...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४० ग्राम सुन, म्याकबुक तथा आइफोनसहित एक जनालाई पक्राउ गरेको छ। , सोमबार जजिरा एयरको उडानबाट दुबईबाट कुवेत हुँदै काठमाडौं आएका एक व्यक्तिबाट सो सामान बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दि...
सेतोपाटी संवाददाता साइकलमैत्री सहर बनाउने उद्देश्यले ललितपुरका सडक साइकलमैत्री बनाइए पनि अहिले सबै साइकल लेनहरू 'अतिक्रमण'मा परेका छन्। , अहिले यी साइकल लेनको अवस्था हेर्दा सबैको हेपाइ र पेलाइमा परेको देखिन्छ। , ललितपुर महानगरपालिकाको धेरै महत्व दिएर बनाएको सातदोबाटो, लगनखेल, सुन्धारा, पुल्चोक, भनिमण्डल, झम्सिखेल र कु...
भगवती पाण्डे ‘दाइ म मर्न चाहन्नँ, म यहाँ बस्न नि सक्दिनँ, प्लिज दाइ हजुरको बोझ नि हुन चाहन्नँ, प्लिज दाइ मलाई यहाँबाट निकाल्न हेल्प गर्नु, म निस्किन्छु।’, चैत्र ३० गते राति ९ बजेर ३० मिनेटदेखि ३२ मिनेटको बीचमा बहिनी अमृता खत्री टण्डनले पठाएका यी म्यासेज हेरेपछि दाइ पुष्पक खत्रीले बहिनीमाथि केही नराम्रो भइरहेको छ भन्ने...
रासस महोत्तरीको मनरासिस्वा नगरपालिका–३ स्थित वनमा गएराति एक महिलाको शव फेला परेको छ।, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी गाउँपालिका–५ पोखरभिण्डा बस्ने सोगारथ साहकी पत्नी ५९ वर्षीया जिवशीदेवी शुक्रबार साँझ ५ बजे घाँस काट्न वनमा गएकी र रातिसम्म नफर्केपछि खोजतलास गर्दै ...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो  २४ घन्टामा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ९ जनामा संक्रमण पुष्टि भएको हो। , ४ हजार ४३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ९८६ जनाको पिसिआर र २ हजार ५७ जनाको एन्टिजेन परीक्षण गरिएक...
रासस गर्मी बढेसँगै आगलागीका घटनामा समेत वृद्धि हुन थालेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घन्टामा मुलुकका विभिन्न जिल्लाका ३२ स्थानमा आगलागी भएको छ।, प्राधिकरणले आज जारी गरेको सूचनाअनुसार ती आगलागीमा परेर एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। आगलागीमा ...
सेतोपाटी संवाददाता दार्चुलामा एक युवकको शव फेला परेको छ।, शैल्यशिखर नगरपालिका ४ काडापारीका १९ वर्षीय जगदीश ठगुन्नाको शव फेला परेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार शनिबार शव फेला परेको हो। उनको हत्या भएको हुन सक्ने अनुमान छ। शव पोस्टमार्टमका लागि गोकुलेश्वर...
सेतोपाटी संवाददाता कञ्चनपुरमा एक महिलाकाे मृत्युपछि प्रहरीले धामीझाँक्रीसहित ७ जनालाई नियन्त्रणमा लिएको छ।, बेतकाेट नगरपालिका-६ की अन्दाजी ४३ बर्षीय रञ्चुली साउँदकाे शंकास्पद मृत्यु भएको भन्दै प्रहरीले उनीहरूलाई शनिबार नियन्त्रणमा लिएको जनाएको हाे।, घटनाबारे स्थानीयले जानकारी प्राप्त भएपछि अनुसन्धानका क्रममा उनीहरूलाई...
रासस बालकको मृत्यु भएको विषयलाई लिएर विपी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बन्द गरिएको छ।, पीडित पक्षले दोषीलाई कारबाहीको माग गर्दै आज बिहानैदेखि राजमार्ग बन्द गराएका हुन्।, स्थानीयवासीले राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा अवरोध सिर्जना गर्दा राजमार्गमा कुनै पनि सवारीसाधन गुड्न सकेका छैनन्।, राजमार्ग बिह...
सेतोपाटी संवाददाता बझाङमा जिप दुर्घटनामा परेर एक जनाकाे मृत्यु भएको छ।, गए राति १२ बजे सुर्माबाट धनगढीतर्फ आइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जिप देउलेकमा दुर्घटनामा परेकाे थियाे।, दुर्घटनामा परेर सुर्माका बिनोद बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, नौ जना सवार रहेकाे उक्त जिपमा रहेका तीन जना घाइते भएका...
रासस/एएफपी चीनको नयाँ अन्तरिक्ष स्टेशनमा छ महिनापछि शनिबार तीन अन्तरिक्ष यात्री पृथ्वीमा अवतरण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। यसको सीसीटीभीले रेकर्ड गरेको प्रत्यक्ष भिडिओ चीनले सार्बजनिक गरेको छ।, यो अन्तरिक्ष यात्रीको अहिलेसम्मकै सबैभन्दा लामो मिसनमा सफलता हो। अन्तरिक्ष यात्रीको पृथ्वीमा अवतरणपछि ची...
सेतोपाटी संवाददाता अध्यागमन विभागले अनअराइभल भिसा लिने पर्यटकलाई साथमा २०० अमेरिकी डलर बोकेर आउन भनेको छ। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्प शाहीका अनुसार एक साताअघि पर्यटकलाई यस्तो आग्रह गरिएको जानकारी दिए।, विमानस्थलमा रहेको एउटामात्र एटिएम कार्डमा धेरै भिडभाड हुने भएकाले भिजा कार्ड र  मास्टर कार्डब...
सेतोपाटी संवाददाता काठमाडौंको बुढानीलकण्ठबाट दुई वटा चितुवाको छालासहित चार जना पक्राउ परेका छन्। , बुढानीलकण्ठ नगरपालिका-८ गल्फुटार र काठमाडौं महानगरपालिका-३ को सीमानाबाट चार जनालाई छालासहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए। , पक्राउ पर्नेमा गुल्मी चन्द्रकोट गाउँपालिका...
सेतोपाटी संवाददाता स्याङ्जामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। , आइतबार बिहान सवा १० बजे वालिङ नगरपालिका-१२ मा जिप सडकबाट तल खस्दा चार जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए। , डाँडाखर्कबाट वालिङ बजार आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जिप अनियन्त्रित भई ...
सेतोपाटी संवाददाता धादिङमा माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , आइतबार बिहान साढे ७ बजे बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटस्थित राजमार्गमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। , पोखराबाट आउँदै गरेको बा ४ ख २७०४ नम्बरको यात्रुबाहक हायस गाडीले बा च ७०३६ नम्बरको कारलाई ...
सेतोपाटी संवाददाता स्याङ्जामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।, आइतबार बिहान सवा १० बजे वालिङ नगरपालिका-१२ मा जिप सडकबाट खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजीवबहादुर बस्नेतले जानकारी दिए। , डाँडाखर्कबाट वालिङ बजार आउँदै गरेको ग १ ज ७३९९ नम्बरको जिप अनियन्त्रित...
रासस कोभिड–१९ को संक्रमण दिनप्रतिदिन सामान्य बन्दै गएपछि नेपाल भ्रमणका लागि आउने पर्यटकको संख्या दिनहुँ बढ्न थालेको छ। , अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या दैनिक दुई हजार पुगेको छ।, सन् २०२२ को अप्रिल १ देखि १० तारिखसम्मको तथ्याङ्क हेर्दा दैनिक लगभग दुई...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुक्लाका लागि उडेको समिट एअरको जहाज बीचबाटोबाटै काठमाडौं फर्केको छ।, जहाजको इन्जिनमा समस्या आएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै जहाज फर्काइएको हो।, एनएएमपी जहाज आज बिहान ११:५ मिनेटमा काठमाडौंबाट लुक्लाका लागि उडेको थियो। जहाज उडेको १५ मिनेटम...
रासस निर्माण कार्य सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग यही वैशाख ८ गतेदेखि सञ्चालनमा आउने भएको छ। , संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग चाँडो सञ्चालनमा ल्याउन निर्देशन दिएस...
रासस जिल्ला ग्रामीण भेगका गृहिणीहरू इन्धनका लागि ‘गुइँठा’ (गाईभैँसीको गोबर पथारेर बनाइने दाउरा) को जोहोमा छन्।, गाईवस्तु पाल्नेले आफ्नै गोठको र नपाल्नेले चरनका चौरमा गोबर खोज्न निस्कनु यहाँका गृहिणीको दैनिकी नै हो। गोबर पथारेर फरक–फरक आकारका इन्धन प्रयोजनका ‘गुइँठा’, ‘चिपरी’ र ‘गोरहा’ बनाइन्छन्।, प्रायः जसो जिल्लाका स...
नवीनबाबु गुरूङ काठमाडौंमा भ्रष्टाचारविरूद्धको कार्टुन प्रदर्शन कार्यक्रम सुरू भएको छ। , आइतबारदेखि काठमाडौंको नेपाल आर्ट काउन्सिल, बबरमहलमा प्रदर्शनी सुरू भएको हो। , यो प्रदर्शनी वैशाख ६ गते मंगलबार सम्म हुनेछ। कार्यक्रमको आयोजना कार्टुनिस्ट क्लब अफ नेपालले गरेको हो। , आफूहरू अखबारको कोलमबाट बाहिर निस्केर प्रदर्शनी हल...
रासस सदरमुकाम खलङ्गामा गर्मी बढेसँगै व्यासी सौका समुदाय ‘कुञ्चा’ सर्ने तयारीमा जुटेका छन्। छ महिना सदरमुकाम खलङ्गा र छ महिना व्यासको छाङ्गरु र तिङ्करमा बसोबास गर्ने व्यासी यही वैशाख दोस्रो साता ‘कुञ्चा’ सर्ने तयारीमा छन्।, कुञ्चा व्यासी सौका समुदायको भाषा हो। यसलाई नेपालीमा बसाइँसराइ गर्नु भनिन्छ। व्यास गाउँपालिका-१ क...
रासस बिस्का जात्राको आठौँ दिन आइतबार भक्तपुरमा द्यो स्वगं पूजा (सगुन जात्रा) मनाइएको छ।, आइतबार बिहानैदेखि परम्परागत बाजागाजा धिमेबाजा, बाँसुरी बाजा र भजन खलःहरूले नगरका शक्तिपीठ तथा विभिन्न देवीदेवताको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो।, जात्राका क्रममा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोशाक हाकु पटासी र दा...
नारायण अधिकारी चितवन राष्ट्रिय निकुञ्जमा रहेको गिद्ध प्रजनन केन्द्र बन्द हुने भएको छ।, गिद्धको संख्या बढ्दै गएको र प्रजनन केन्द्रमा प्रजनन प्रभावकारी हुन नसकेपछि केन्द्र बन्द गर्न लागिएको हो।, सन् २००८ मा निकुञ्जमा प्रजनन केन्द्र स्थापना गरिएको थियो। अन्डा र गिद्ध ल्याएर सुरू गरिएको केन्द्रमा हालसम्म १८ वटा बच्चा हुर्...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १२ जनामा संक्रमण पुष्टि भएको हो। , ३ हजार ४८९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ४५० जनाको पिसिआर र सात सय ३९ जनाको एन्टिजेन परीक्षण गरिए...
सेतोपाटी संवाददाता काठमाडौंको स्वयम्भूमा मृत अवस्थामा फेला परेका पुरूषको सनाखत भएको छ। , गत शुक्रबार बिहान सवा ५ बजे काठमाडौं महानगरपालिका-१५ स्वयम्भू भगवानपाउँस्थित रेम्पोछे गुरूको मूर्ति नजिकै एक पुरूषको शव फेला परेको थियो। उनको अनुहारमा चोट लागेको अवस्थामा फेला परेको थियो। , अहिले ती पुरूषको सनाखत भएको जिल्ला प्रहर...
सेतोपाटी संवाददाता नवलपुरको कलेजमा छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। , आइतबार गैंडाकोटस्थित जनक कलेजका एक शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको र कलेजले शिक्षकलाई कारबाही नगरेको भन्दै विद्यार्थीहरू प्रदर्शनमा उत्रिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले जानका...
सेतोपाटी संवाददाता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयस नेपाल आउने भएका छन्।, स्वास्थ्य सचिव रोशन पोखरेलका अनुसार गेहब्रेयससहितको टोली वैशाख ८ गते नेपाल आइपुग्नेछ।, उनी तीन दिने सद्भाव भ्रमणका लागि नेपाल आउन लागेका हुन्।, नेपालमा रहँदा गेहब्रेयसले विभिन्न महत्वपूर्ण भेटघाट ...
रासस म्याग्दीका दुई गाउँका बालबालिकालाई कक्षा १ मा पढ्नका लागि दैनिक चार घण्टा हिँड्नुपर्ने बाध्यता छ। रघुगंगा  गाउँपालिका–६ ठाँटी र मूलपानीका बालबालिका दिनहुँ यसरी विद्यालय ओहोरदोहोर गर्न बाध्य छन्। , झोलाभरि किताब र कापी बोकेर दैनिक चार घण्टा हिँडेर विद्यालय जान र घर फर्किन उनीहरूलाई निकै सकस हुने गरेको छ।, बालबालिक...
एजेन्सी उत्तर कोरियाका शासक किम जोङ उनले ५० वर्ष टेलिभिजनमा समाचार पढेर रिटायर्ड भएकी समाचार वाचिकालाई दुई तले घर उपहार दिएका छन्। , उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरूले ७९ वर्षीया री चुन-हीलाई उनले घर दिएको भिडिओ सार्वजनिक गरेका छन्। उक्त भिडिओमा उनले रीको हात समातेर उनलाई घरभित्र घुमाएको देखिन्छ। , यही साता उत्तर...
रासस महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी अस्पताल भर्ना भएकी छन्। टाउकोमा चोट लागेपछि मन्त्री रेग्मीलाई उपचारका लागि वीर अस्पताल भर्ना गरिएको हो। , मन्त्री रेग्मी सुत्ने क्रममा टाउको अकस्मात भित्तामा ठोक्किएर चोट लागेको थियो। टाउको ठोक्किएसँगै ज्वरो आउने र टाउको अत्यधिक दुख्ने समस्या भएपछि उनी एक हप्त...
सेतोपाटी संवाददाता सुनसरीमा टेम्पो र बस आपस‍मा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। , धरान उपमहानगरपालिका–१७ का ३५/४० वर्षीय खड्क विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए। मृतक टेम्पो चालक हुन्। , शुक्रबार बिहान भेडेटारबाट को २ ह ७०४१ नम्बरको ट्याम्पो धरानतर...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो २४ घन्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १४ जनामा संक्रमण पुष्टि भएको हो। , मन्त्रालयका अनुसार ३ हजार ९०३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , ३ हजार ३० जनाको पिसिआर र ८ सय ७३ जनाको एन्...
रासस काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रह गरेको छ।  , वर्गीकरण नगरिएका फोहोर, फोहोर बोक्ने गाडीसम्म ल्याए पुनःघरमा नै फर्काएर  कारबाहीस्वरूप प्रतिव्यक्ति ५०० रुपैयाँ जरिवानासमेत गर्ने जनाइएको छ।  , कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यसरी छुट्याइएको फोहोर व्यवस्थापन...
सेतोपाटी संवाददाता चितुवाको छालासहित तीन जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। , काठमाडौं महानगरपालिका-२६ स्थित मित्रनगरबाट तीन जनालाई बुधबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , काठमाडौंको गुर्जुधारा बस्ने २३ वर्षीय अर्जुन थिङ, मकवानपुर थाहा नगर-१२ बस्ने...
सेतोपाटी संवाददाता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबारदेखि  नि:शुल्क प्रसूति सेवा सुरू भएको छ।, नवनियुक्त प्रतिष्ठानको उपकुलपति डा. विकास लामिछानेले पूर्ण रूपमा आमा सुरक्षा कार्यक्रम नि:शुल्क गरिएको जानकारी दिए। , पूर्वनिर्धारित योजना अनुसार नै अस्पतालमा प्रसूति सेवा नि:शुल्क गरिएको लामिछानेले बताए। , यसअघि...
युनिक श्रेष्ठ कैलालीका २५ वर्षीय अर्जुन दास गत पुस २ गते शुक्रबार घर फर्किएनन्। जानकी गाउँपालिका-९ का उनी साँझ साथीहरूसँग हिँडेका थिए। तर भोलिपल्ट शनिबार बिहानसम्म पनि उनी फर्किएनन्।, आफ्ना श्रीमान् कहाँ गए श्रीमती धर्मालाई थाहा थिएन। उनले बिहानै गएर छिमेकमा सोधिखोजी गरिन्। कसैले पनि अर्जुन कहाँ गए भन्न सकेनन्। , त्यह...
सेतोपाटी संवाददाता दाङ तुलसीपुरकी एक सात महिनाकी गर्भवतीको मृत्यु भएपछि माइती पक्षले श्रीमानविरूद्ध आत्महत्या दुरुत्साहन मुद्दा दिएका छन्। , इलाका प्रहरी कार्यालय तुलसीपुरले माइती पक्षले ज्वाइँविरूद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गर्न ल्याएको जानकारी दिएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ की २६ वर्षीया उर्मि...
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः, कोरोना संक्रमणको समय थियो। चितवनको नारायणगढमा नवीना गुरुङलाई अचानक ज्वरो आयो। उनी नजिकैको सरकारी अस्पताल गइन्। , उनलाई देखेर डाक्टर छक्क परे। शरीर पुरुषको छ, पोसाक र हाउभाउ महिलाको। डाक्टरले कोरोना संक्रमणको कारण देखाएर परीक्षण हुन नसक्ने बताए। नवीनाले त्यहीँ...
सेतोपाटी संवाददाता रूपन्देहीको तिलोत्तमामा बुधबार राति शंकास्पद रूपमा मृत्यु भएकी अमृता खत्री टण्डनको समाचार संकलनको लागि गएका पत्रकारमाथि प्रहरीले दुर्व्यवहार गरेको छ।, उक्त घटनापछि मृतक अमृताको माइती पक्षले छानबिनको माग गर्दै इलाका प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेको समाचार संकलनको लागि गएका बुटवलका पत्रकारहरू शरणक...
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मानपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई प्रदान गरेकी छन्।, गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषितमध्ये सुकीर्तिमय राष्ट्रदीप तृतीय...
शेरबहादुर सिंह/रासस कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा सुक्खा बन्दरगाह बन्ने चर्चा डेढ दशकअघिदेखि सुरू भए पनि कामको गति भने अहिले बढेको छ।, वि.सं २०६४ मा सरकारले दोधारा–चाँदनीको कञ्जभोजमा सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव अघि सारेको हो।  , स्थानीयवासीले उठीबास हुने, मुआब्जालगायत विषयमा आशंका व्यक्त गर्दै उक्त क्षेत...
सेतोपाटी संवाददाता संस्कृतिविद् सत्यमोहन जोशीलाई अस्पताल भर्ना गरिएको छ।, बिहीबार अपरान्ह ४ बजेतिर छातीमा असजिलो भएर इमर्जेन्सीमा आएको र जाँचपश्चात मूत्र प्रणालीको संक्रमण र मुटुको चालमा समेत गडबडी देखिएकोले भर्ना गरिएको किस्ट अस्पतालका निर्देशक  प्राडा सुरज बज्राचार्यले जानकारी दिए। , उनको स्वास्थ्यको निरीक्षण मेडिसि...
सेतोपाटी संवाददाता बिबिसी मास्टरसेफका विजेता सेफ सन्तोष साहलाई सरकारले सम्मान गरेको छ। नेपाली परिकारलाई विश्वभर चिनाएका साहलाई सातौं संविधान दिवसको अवसरमा सुप्रबल जनसेवाश्री पदक प्रदान गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार पदक हस्तान्तरण गरिन्।, राष्ट्रपतिबाट पदक थाप्न राष्ट्रपति भवन जाँदा साह दौरा सुरुवाल...
सेतोपाटी संवाददाता लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा छविराज पोखरेल नियुक्त भएका छन्।, यसअघिका कार्यकारी अधिकृत अनन्तराज घिमिरेले राजीनामा दिएपछि रिक्त रहेको पदमा लुम्बिनी प्रदेश सरकारले पोखरेललाई नियुक्त गरेको हो।, लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणको लागि गरिएको ठेक्का प्रक्र...
सेतोपाटी संवाददाता सप्तरीमा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ। , जिल्ला प्रहरी कार्यालयका अनुसार बोदेबरसाइन नगरपालिका-१० अमरैया टोल बस्ने ५ वर्षीय शैलेश यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।, शुक्रबार अपराह्न ४ बजे शत्रुधन, मिन्टु र ओम यादव तीन दाजुभाइको संगोलमा रहेको बाँसको टाटी,...
सेतोपाटी संवाददाता पर्सामा ६ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक पुरूषलाई पक्राउ गरेको छ। , जिल्ला प्रहरी कार्यालय पर्साले बालिकामाथि बलात्कार गरेको आरोपमा बारा प्रसौनी गाउँपालिका-५ घर भई पर्सा वीरगञ्ज महानगरपालिका-१६ बस्ने ५५ वर्षीय पलट चौधरीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानका...
रासस दोलखाको भीमेश्वर नगरपालिका–५ तामाकोसीमा करेन्ट लागेर मृत्यु भएका व्यक्तिको शव आज आफन्तले बुझेका छन्। , बिहीबार दिउँसो तामाकोसी बजारमा तार मर्मत गर्ने क्रममा नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी महोत्तरी जिल्ला डाँडागाउँ गाउँपालिका-२ का २० वर्षीय असल्ल अन्सारीको करेन्ट लागेर मृत्यु भएको थियो।, नेपाल विद्युत ...
सेतोपाटी संवाददाता पाल्पाको रैनादेवीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। रैनादेवी छहरा गाउँपालिका वडा नं. ६ बल्डेङगढीमा शुक्रबार दिउँसो उक्त बस दुर्घटनामा परेको हो।, जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार लु १ च ४९०२ नम्बरको बस पानीडाँडाबाट जुठापौवातर्फ जाँदै गर्दा शुक्रबार दिउँसो दुर्घटनामा परेको थिय...
रासस प्रहरीले २१ वर्षअघि सुर्खेत जिल्ला कारागारबाट सुरूङ खनेर फरार भएका प्रतिवादीलाई पक्राउ गरेको छ। , सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सुर्खेतको बराहताल गाउँपालिका–८ का ४७ वर्षीय भक्तबहादुर शाहीलाई प्रहरीले आज पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी शाहीलाई अदालत उपस्थित गराइसकेको जनाएको छ।  , प...
एजेन्सी अमेरिकाको न्युयोर्कस्थित ब्रुकलिनको एक सबवे स्टेशनमा आक्रमण गरी भागेका व्यक्ति २९ घन्टापछि पक्राउ परेका छन्।, द न्युयोर्क टाइम्सका अनुसार प्रहरीको व्यापक खोजीपछि आक्रमणका एकमात्र आरोपी ६२ वर्षीय फ्रान्क आर जेम्स पक्राउ परेका हुन्। उनी आक्रमण भएको स्थानबाट पाँच माइल टाढा रहेको सूचना सुरक्षाकर्मीले पाएका थिए। उन...
सेतोपाटी संवाददाता बारामा भरूवा बन्दुक लागेर एक जनाको मृत्यु भएको छ।  , जितपुर-सिमरा उपमहानगरपालिका-१६ डकाह टोलका २८ वर्षीय सागर सिंजाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। , उनकाअनुसार मगर दुधौरा खोलामा माछा मारेर फर्किएका थिए। त्यसक्रममा नजिकै सपरू घारीमा सिकारील...
सेतोपाटी संवाददाता मोरङ प्रहरीले बुधबार राती विराटनगर १८ को नेपाल-भारत सीमा क्षेत्रबाट ठूलो परिमाणमा गाजा बरामद गरेको छ।, गाडीभित्र धानको भुस, अदुवासहितको सामानमा लुकाएको अवस्थामा एक सय १० केजी गाजा बरामद भएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए।, इलाका प्रहरी कार्यालय बुधनगरको टोलीले चेकजाँचका क्रममा को १...
पूर्णप्रसाद मिश्र/रासस नयाँ वर्षको सूर्याेदयसँगै मानिसको भीड शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको प्राकृतिक मनमोहकतातर्फ अघि बढिरहेको छ।, यही निकुञ्जको बीचमा रहेको राजधानीको सभ्यताको स्रोत बागमतीको उद्गमस्थल बागद्वारमा प्रत्येक वर्ष वैशाख १ गतेका दिन स्नान मेला लाग्छ।, मेला भर्न आज बिहानैदेखि भक्तजनको भीड निकुञ्जतर्फ...
सेतोपाटी संवाददाता बारामा स्कार्पियो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , जितपुर सिमरा उपमहानगरपालपिका-११ बस्ने २५ वर्षीय लोकनाथ सेढाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। उनी चालक हुन्।  , बिहीबार बिहान जितपुर सिमरा उपमहानगर-२१ पूर्व-पश्चिम लोकराजमार्ग सड...
सेतोपाटी संवाददाता भक्तपुरको सूर्यविनायक नगरपालिका दधिकोटमा बिहीबार सखारैदेखि बिस्केट जात्रा रौनक छाएको छ।, विशेषतः नेवार समुदायले मनाउने जात्रामा सबै समुदायका स्थानीय सहभागी भएर शुभकामना साटासाट गरिरहेका छन्।  , स्थानीय चँखुतिर्थमा बिहानैदेखि जात्रालुको भिड लागेको हो। उनीहरू त्यहाँ नुहाएर विभिन्न देवदेवीको दर्शन गरि ...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरी बल (एपिएफ)ले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सूचना प्रकाशन गरेको छ। , एक एआइजीको पद खाली भएसँगै बढुवा हुनको लागि मूल्यांकन फारम भरी तीन दिनभित्र गृह मन्त्रालयको बढुवा समितिको सचिवालयमा पेस गर्न भन्दै सूचना प्रकाशन गरेको हो।, एपिएफका महानिरीक्षक पुष्पराम केसीले बुधबार...
सेतोपाटी संवाददाता जलवायु परिवर्तनले पारेका प्रभावहरुको सम्बन्धमा जनचेतना फैलाउने उद्देश्यका साथ शुभयात्रा विश्व साइकल अभियानको आरम्भ गरिएको छ । , जलवायु परिवर्तनले पारेका प्रभावको बारेमा जनचेतना फैलाउने उद्देश्य राखेर शुभप्रसाद शर्माले शुभयात्रा विश्व साइकल अभियान मार्फत् विश्वका १५० देशमा साइकलमार्फत् भ्रमण गर्ने भए...
सेतोपाटी संवाददाता नवलपरासी पूर्वमा यात्रुबाहक बस र ट्रक ठोक्किँदा २६ जना घाइते भएका छन्।  , बिहीबार बिहान साढे १० बजे विनयी त्रिवेणी गाउँपालिका-२ विश्वकर्मा मन्दिरनजिकै पूर्व-पश्चिम राजमार्गमा दुर्घटना हुँदा २६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। , पश्चिमबाट पूर्व आ...
सेतोपाटी संवाददाता पाँचथरको हिलिहाङ गाउँपालिका–६ भारपामा पार्किङ गरिएको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ।, आगजनीबाट स्काभेटरको इञ्जिनको सम्पूर्ण भाग जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।, हिलिहाङ–३ का वडाध्यक्ष एवं नेकपा (एमाले) हिलिहाङका अध्यक्ष मदन गौतमसहित हिलिहाङकै भीम लिङ्देन र प्रेम राई ...
राजेश घिमिरे गत असोज २८ गते भरतपुर महानगरपालिका–४ का भीमबहादुर विकको मृत्यु भएपछि चितवनमा दलित आन्दोलन एकाएक चुलियो। , दलित भएकै कारणले भीमबहादुरको हत्या भएको दाबी गर्दै दलितसँग सम्बन्धित संघ, संघठन आन्दोलित भए। अन्य जिल्लाका दलित अधिकारकर्मीहरू पनि यहाँ आएर आन्दोलनलाई चर्काउन सघाए।, बुवाको मृत्यु भएकै दिन छोरा किसान ...
रासस म्याग्दीको मालिका गाउँपालिका–२ रुममा विद्युतका पोल गाडिएर तार झुण्ड्याएको तीन वर्ष भए पनि अहिलेसम्म बिजुली बल्न सकेको छैन। , नेपाल विद्युत प्राधिकरणले रुममा विद्युतका पोल र तार गाडेको तीन वर्ष बित्दा पनि बिजुली बल्न नसकेको हो।, प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुंगा जोड्ने प्रसारण...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो  २४ घन्टामा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४ जनामा संक्रमण पुष्टि भएको हो। , मन्त्रालयका अनुसार ३ हजार ३४२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार २६२ जनाको पिसिआर र १ हजार ८० जनाको एन...
सेतोपाटी संवाददाता चौकीदार को बन्ने विषयमा सुनसरीस्थित झुम्का कारागारमा झडप हुँदा ६ जना घाइते भएका छन्।, कारागारको ‘ए’ ब्लकका कैदीबन्दीबीच बुधबार झडप हुँदा पाँच जना घाइते भएका हुन्।, ‘ए’ ब्लकका चौकीदार जोन नाल्बो लिम्बुलाई कारागार व्यवस्थापन विभागले भीमफेदी कारागार सरूवा गरिएको थियो।, लिम्बुको ठाउँमा चौकीदार बन्ने विष...
सेतोपाटी संवाददाता ललितपुरमा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। , बुधबार कोन्ज्योसोम गाउँपालिका-५ भारदेउ स्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए। , जयबहादुर लोप्चनको ढुंगा र माटोले बनेको दुई तले कच्ची घरमा बिजुलीको तार सर्ट भ...
सेतोपाटी संवाददाता रूपन्देहीमा एक महिलाको शव फेला परेपछि माइती पक्ष तथा स्थानीयले प्रदर्शन गरेका छन्।, तिलोत्तमा नगरपालिका-२ ड्राइभर टोल बस्ने २९ वर्षीया अनिता क्षेत्री टण्डनको बुधबार राति सवा ९ बजे शव फेला परेको थियो। , उनको हत्या भएको भन्दै माइती पक्षले प्रदर्शन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नव...
नवीनबाबु गुरूङ आजदेखि विक्रम संवत् २०७९ साल सुरू भएको छ। आज वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर आपसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ।, कोरोना कहरका कारण २ वर्षसम्म नेपालीहरूले हर्सोल्लासका साथ नयाँ वर्ष मनाउन पाएका थिएनन्। यसपटक भने मानिसहरूले नयाँ वर्ष धुमधामका साथ मनाएका छन्।  मानिसहरू सार्वजनिक स्थानमा भेल...
सेतोपाटी संवाददाता धनुषामा ट्यांकरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।, दूध बोक्ने ट्यांकरले ठक्कर दिँदा वडा नम्बर १ चित्रपुरका १५ वर्षका विवेककुमार महतोको मृत्यु भएको प्रहरीले जनाएको छ। , बटेश्वर गाउँपालिका वडा नम्बर २ कार्तिककुमर बजारमा बिहीबार साँझ ट्यांकरले मोटरसाइकललाई ठक्कर दिएको थियो।, दुग्ध संस्थान ढल्क...
सेतोपाटी संवाददाता भक्तपुरको मध्यपुरथिमीमा शुक्रबार हर्षोल्लासका साथ भुयुसिन्ह जात्रा मनाइएको छ।, विस्केट जात्राभित्रैकै एक जात्राका रूपमा मनाइने यस जात्राका अवसरमा शुक्रबार बिहानै बालकुमारी र कालिका (बालाखु) को खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो। बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश...
सेतोपाटी संवाददाता कैलालीमा आफ्नै शरीरमा आगाे लगाउँदा एक जनाकाे मृत्यु भएको छ।, बिहीबार बेलुकी १० बजे कैलारी गाउँपालिका -२ मझेराका २९ वर्षीय अम्मर चौधरीले मादक पदार्थ सेवन गरी आफ्नै शरीरमा आगो लगाएका थिए।, उनले प्रज्वलनशील पदार्थ छर्केर आगो लगाएको अनुमान छ। आगोबाट उनी घाइते भएका थिए। , उनलाई सेती प्रादेशिक अस्पताल धनग...