content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ शंकास्पद वस्तु (बम) राखेको भन्दै अज्ञात व्यक्तिले पटकपटक फोन गरेपछि आज बिहान यात्रुहरूलाई समेत बाहिर निकालेर 'सर्च' गरियो।, शंकास्पद वस्तु फेला नपरेपछि बिहान ११:१० बजेदेखि विमानस्थल पुन: सञ्चालनमा ल्याइएको छ।, विमानस्थलमा ९ देखि ... |
सेतोपाटी संवाददाता ‘म्यादी हुँ’ भन्दै टिकटकमा भाइरल बनेका किशोर पक्राउ परेका छन्। , कपिलवस्तु जिल्ला प्रहरी कार्यालयले म्यादी पोशाक दुरूपयोग गरेको भन्दै बाणगंगा नगरपालिका-१ पिपरा बस्ने १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेसी शाहका अनुसार पक्राउ परेका किशोर म्यादी प्रहरी ... |
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टोखाका खरिदारविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।, मालपोत कार्यालय टोखाको मुद्दा फाँटमा कार्यरत खरिदार विनोद तिवारीविरूद्ध बुधबार काठमाडौं विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। , उनका अनुसार ति... |
नवीनबाबु गुरूङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा कुनै शंकास्पद वस्तु फेला नपरेको प्रहरीले जनाएको छ। विमानस्थल स्रोतका अनुसार अज्ञात व्यक्तिले बिहान टेलिफोन गरी डोमेस्टिक टर्मिनलमा बम रहेको जानकारी गराएका थिए ।, त्यसलगत्तै आन्तरिक उडानका सबै यात्रुहरूलाई बाहिर निकालेर नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको ... |
सेतोपाटी संवाददाता ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई अवरोध पुर्याएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।, ललितपुर महानगरपालिका-१३ स्थित कार्यालय परिसरमा सेवाग्राहीको काममा अवरोध पुर्याउने, अभद्र व्यवहार गरेको भन्दै प्रहरीले १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका ... |
सेतोपाटी संवाददाता बुद्ध एयरको जहाजको टायर पड्किएपछि बिहान ११ बजेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान अवतरण रोकिएको छ।, भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट काठमाडौंको लागि उडान गर्न रनवेमा रनिङ गरेको उडान नं ८५६ को जहाजको टायर पड्किएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी सहायक निरीक्षक होम बहादुर मिदुन मगरले... |
सेतोपाटी संवाददाता प्युठानमा बुवाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। , नौबहिनी गाउँपालिका-४ खबाङ खप्रेटा बस्ने ८३ वर्षीय बुवा जंगबहादुर सुनारको हत्या गरेको आरोपमा ३० वर्षीय छोरा तुलेलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो। , मादक पदार्थ सेवन गरेका तुलेले सामान्य झगडामा बुवामाथि ढुंगा प्रहार गरे... |
सेतोपाटी संवाददाता बुटवल उपमहानगरपालिकाका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवारहरूले विकासका लागि सात संकल्पसहित चुनावी मैदानमा होमिएका छन्। , वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि अहिलेको नेतृत्वले सुरू गरेका महत्वपूर्ण आयोजनालाई निरन्तरता दिँदै मुख्यतः सात योजनालाई अघि सारेको हो।, ‘हामीले धेरै कुरा भनेर हो... |
सेतोपाटी टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका क्लिक’ मा प्रस्तुत गरेको छ।, आजको शृंखलामा हामीले वैशाख ११ देखि १६ गतेसम्म खिचिएका केही महत्वपूर्ण तस्बिर समेटेका छौं।, काठमाडौंको स्वयम्भू परिसरमा विदेशी पर्यटकहरू। कोरोना महामारीपछि पहिल... |
सेतोपाटी संवाददाता काठमाडौंको बालाजुबाट १६ लाख नगदसहित दुई जना पक्राउ परेका छन्। , शनिबार बिहान पौने ३ बजे काठमाडौं महानगरपालिका-१६ माछापोखरी कुमारीस्थानस्थित सडकबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , चितवन भरतपुर महानगरपालिका-११ घर भई तनहुँ बन्दिपुर... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ५ जनामा संक्रमण पुष्टि भएको हो। , २ हजार २१४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , १ हजार ६६ जनाको पिसिआर र ११४८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। ,... |
सेतोपाटी संवाददाता घाँस काट्न जंगल गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ।, चितवनको खैरहनी नगरपालिका-१३ बैरियाका ६५ वर्षीय नारायण दाहाललाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको हो।, आइतबार बिहान ८ बजे जंगल गएका दाहाल १० बजेतिर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवन... |
सेतोपाटी संवाददाता देशका विभिन्न भागमा आज (आइतबार) पनि वर्षा हुने भएको छ। आज दिउँसो सातवटै प्रदेशका विभिन्न भागमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भूभागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको छ। , यी तीन... |
रासस जिल्ला प्रहरी कार्यालय बागलुङले सुनखरी (जडीबुटी)सहित एक महिलालाई पक्राउ गरेको छ।, प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ की देवी केसीलाई जिल्ला प्रहरी कार्यालय बागलुङको प्रहरी टोलीले २५० किलो सुनाखरीसहित बागलुङ नगरपालिका–१ मालढुंगाबाट पक्राउ गरेको हो।, शंकास्पद रूपमा फेला परेकी केसीबाट १० वटा बोरामा रहेको खैरो रङको स... |
रासस इलाममा एक महिलाको शव गाडेको अवस्थामा फेला परेको छ।, इलाम नगरपालिका–८ सिङफ्रिङमा शव गाडेको अवस्थामा शनिबार फेला परेको हो।, तीन दिनदेखि बेपत्ता स्थानीय अन्दाजी ३१ वर्षीय बिनिता काफ्लेको शव गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।, महिला हराएपछि आफन्त र स्थानीयले खोजी गर्न थालेका थिए... |
सेतोपाटी संवाददाता चितवनमा एक सिंगे गैंडाको आक्रमणबाट एक जना पुरूष घाइते भएका छन्। , भरतपुर महानगरपालिका–२८ गोलाघाटका ३७ वर्षीय मनबहादुर कुमाललाई गैंडाले आक्रमण गरेको हो।, बिहान ९ बजेतिर मिस्त्री काम गर्न जाँदै गर्दा घरबाट चार सय मिटर अगाडि मकैबारीमा कुमाललाई गैंडाले आक्रमण गरेको हो। , उनको भरतपुर अस्पतालमा उपचार भइरह... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २० जनामा संक्रमण पुष्टि भएको हो। , ३ हजार २२२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ५०८ जनाको पिसिआर र ७ सय १४ जनाको एन्टिजेन परीक्षण गरिएको थ... |
सेतोपाटी संवाददाता बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।, निसीखोला गाउँपालिका-४ का ५१ वर्षीय डिलमणि थापाको मृत्यु भएको प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए। , उनका अनुसार आइतबार थापाको निसीखोला भिरबाट लडेर मृत्यु भएको हो।, प्रहरीका अनुसार घरायासी कामका लागि बाँस खोज्न घरदेखि एक किलोमिटर टाढाको जंगलमा पुग... |
नारायण खड्का रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट नेपाली कांग्रेसका आठबिसकोट नगरपालिका–८ का वडाध्यक्ष पदका उम्मेदवारसहित चार जना घाइते भएका छन्। , कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार चन्द्रबहादुर बुढा, वडा सदस्य उम्मेदवार रणबहादुर बोहरासहित कांग्रेस कार्यकर्ता मनबहादुर बुढा र अमर बोहरा घाइते भ... |
एजेन्सी मुम्बईबाट पश्चिम बंगालको दुर्गापुरतर्फ जाँदै गरेको स्पाइसजेट बोइङ बी ७३७ विमान एउटा ठूलो आँधीमा फस्यो।, घटनापछि विमानमा सवार करिब ४० यात्री घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। जसमध्ये १० जनाको स्थिति गम्भीर छ।, ठूलो आँधीबीच पाइलटले विमानलाई सुरक्षित अवतरण गराएका थिए। विमान अवतरण लगत्तै घाइतेलाई तत्का... |
सेतोपाटी संवाददाता प्रहरीले रूपन्देहीबाट विभिन्न हात-हतियारसहित चार जनालाई पक्राउ गरेको छ। , देवदह नगरपालिका-६ सताकखोलाका ३६ वर्षीय गणेश राना, ४६ वर्षीय कृष्णबहादुर कामु, ४९ वर्षीय सुनबहादुर आले र ३६ वर्षीय चेत बहादुर दर्लामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। , उ... |
नवीनबाबु गुरूङ ‘वर्षा र सहकालका देवता’ मानिने रातो मच्छिन्द्रनाथको मूर्तिको रथारोहण गरिएको छ। , हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकाली मच्छिन्द्रनाथलाई रथमा विराजमान गराउने चलअनुसार आइतबार रथारोहण गरिएको हो।, लोकेश्वरसमेत भनिने रातो मछिन्द्रनाथको मूर्तिलाई रथमा राखेपछि ललितपुरमा जात्रा पर्व सुरू भएको मा... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित मुलुकका केही स्थानमा आज बिहानैदेखि पानी परिरहेको छ।, मेघ गर्जनसहित पानी परेको हो।, हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।, देशभर आंशिक... |
सेतोपाटी संवाददाता काठमाडौंको बबरमहलमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, गए राति भएको दुर्घटनामा परेर डडेल्धुराको अमरगढी नगरपालिका-५ घर भई हाल काठमाडौंको कोटेश्वर बस्ने करिब २६ वर्षीय केबिन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएकको छ।, उनको उपचारको क्रममा वीर अस्पतालमा गए राति २ बजे मृत्यु भएको हो।, बानेश्वर... |
सेतोपाटी संवाददाता मोरङको कानेपोखरीमा आइतबार साँझ ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ। , मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१६ का अन्दाजी २९ वर्षीय रुपक श्रेष्ठ छन्। , प्रहरीका अनुसार ना ३ ख ६७६ नम्बरको ट्रकले आइतबार साँझ साढे ६ बजे श्रेष्ठ सवार प्रदेश १–०२–०४९ प नम्बरको मोटरसाइकललाई काने... |
रासस मनाङका बासिन्दालाई अहिले यार्सागुम्बा सङ्कलन गर्न चटारो छ।, जेठ दोस्रो सातादेखि सङ्कलन गर्ने समय भएपनि मनाङवासी तीन साता अघि नै यार्सागुम्बा खोज्न व्यस्त भएका हुन्। , जडीबुटी सङ्कलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले यार्सागुम्बा सङ्कलन गर्न अनुमति दि... |
रासस चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीबाट घडियालका ५१९ वटा अण्डा सङ्कलन गरिएको छ। ती नदी किनारमा भेटिएका १६ वटा गुडबाट अण्डा सङ्कलन गरिएको हो। , निकुञ्जभित्र रहेको गोही प्रजनन् केन्द्र हेर्दै आउनुभएका सरोजमणि पौडेलका अनुसार राप्तीका १० गुड र नारायणीका छ गुडबाट अण्डा सङ्कलन गरिएको हो। ती दुई नदीम... |
सेतोपाटी संवाददाता काठमाडौंको स्वयम्भूमा हत्या गरी फरार आरोपित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, सिन्धुली दुधौली नगरपालिका-१ डकाहा बस्ने २६ वर्षीय प्रकाश तिमिल्सिना र फिक्कल गाउँपालिका-१ घर भई काठमाडौंको बनस्थली बस्ने २९ वर्षीय राजेश सुनुवार पक्राउ परेका हुन्। , उनीहरूमाथि ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभू घर भएक... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ९ जनामा संक्रमण पुष्टि भएको हो। , ४ हजार २५५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , ३ हजार ३३३ जनाको पिसिआर र ९ सय २२ जनाको एन्टिजेन परीक्षण गरिएको थिय... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित बागमती र गण्डकी प्रदेशमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं, पोखरालगायत गण्डकी र बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ।, स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चाप... |
सेतोपाटी संवाददाता सरकारले कोरोना संक्रमणदर बढ्न थालेको भन्दै स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको छ।, पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढ्न थालेकोले पूर्ण रूपमा स्वास्थ्य शतर्कता अपनाउन आग्रह गरेको हो।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले पछिल्लो समय भारतमा कोराना संक्रम... |
सेतोपाटी संवाददाता फास्ट ट्रयाकमा लोडर दुर्घटनामा परी तीन जना चिनियाँ नागरिकको मृत्यु भएको छ। , मकवानपुरको बकैया गाउँपालिका-११ भेटेपाखास्थित फास्ट ट्रयाकको निर्माणस्थलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले सेतोपाटीलाई जानकारी दिए। , सोमबार साँझ करिब ५ लोडर ब्याक गर्ने ... |
सेतोपाटी संवाददाता सरकारले अहिलेसम्म २ लाख ३० हजारभन्दा बढी विद्युतीय राहदानी जारी गरेको बताएको छ।, बिहीबार परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अहिलेसम्म २ लाख ३० हजार ५२७ थान विद्युतीय राहदानी जारी भइसकेको जानकारी दिइन्। , उनले ६९ जिल्ला प्रशासन कार्यालय, १४ वटा इ... |
भगवती पाण्डे राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ए-३३० वाइडबडी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गरेको छ।, दिउँसो ३ बजे उड्ने भनेको वाइडबडी दुई घण्टा डिले भएर ५:०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज ५:५५ बजे ल्याण्ड भएको हो। यसअघि जहाज रनवेबाट फर्क... |
सेतोपाटी संवाददाता सुनसरीमा बसले मोटसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। , हरिनगरा गाउँपालिका-४ नुनिया टोल बस्ने ४९ वर्षीय प्रदीप साहको मृत्यु भएको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ। मृतक मोटरसाइकल चालक हुन्। , बिहीबार नुनिया टोलस्थित हुलाकी राजमार्गमा दुर्घटना भएको हो। को २३ प ६६६७ नम्बरको म... |
भगवती पाण्डे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रन वेबाट नेपाल एयरलाइन्सको वाइडबडी फर्किन सकेको छैन। , रनवे बाट ट्याक्सी वेमा आउने लिंक रोडभन्दा केही अगाडि गएर रोकिएको छ। त्यहाँबाट मोड्दा डोमेस्टिक एप्रोनमा जान्छ तर त्यहाँ रोकिन ठाउँ पुग्दैन।, रन वेबाट तानेर ल्याउने तयारी गरिएको विमानस्थल प्रशासन अधिकृत विनोद सिंह ... |
सेतोपाटी संवाददाता प्रहरीले ललितपुरबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। , बर्दिया बारबर्दिया नगरपालिका-१ जमुनिया घर भई काठमाडौं महानगरपालिका-३१ नयाँ बानेश्वर बस्दै आएका ३४ दिनेशभक्त वलीलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , उनका अनुसार वलीले... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १५ जनामा संक्रमण पुष्टि भएको हो। , ५ हजार ८७५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , ४ हजार ८८२ जनाको पिसिआर र ९९३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो... |
सेतोपाटी संवाददाता मुस्ताङमा तिर्थयात्री बोकेको बसले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।, बिहीबार वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ मा दुर्घटना हुँदा स्थानीय पैदलयात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामकुमार यानीले जानकारी दिए। , उनका अनुसार विराटनगरबाट तिर्थायात्री बोकेर आएक... |
सेतोपाटी संवाददाता हुम्लामा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ। , सर्केगाड गाउँपालिका-६ घर भई सिमकोटमा बसेका ४४ वर्षीय जसबहादुर रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिए। , उनका अनुसार बुधबार मतदान केन्द्रमा सबैलाई खटाइएको थियो। उनले हिजो साथीको डेरामा बस्न गएको बत... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले नगरभित्रका बिरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको छ।, महानगरको पूर्व योजना अनुसारनै नगरभित्र निःशुल्क एम्बुलेन्स, दमकल, शववाहन सुरू गरेको महानगरपालिकाका निवर्तमान मेयर चिरीबाबु महर्जनले बताए।, महानगरले २४ सैं घण्टा दमलकसँगै एम्बुलेन्सले प... |
मन्दिरा घिमिरे काठमाडौंको प्रमुख पर्यटकीय स्थल हो चोभार। डेटिङदेखि चलचित्र र म्युजिक भिडिओ सुटिङका लागि पनि धेरैको रोजाइमा पर्छ चोभार डाँडा। पिकनिक खाने र मञ्जुश्री गुफा हेर्न पुग्नेको पनि चोभारमा घुइँचो हुन्छ।, चोभार जानुभयो भने अब तपाईं घोडामा चढेर घुम्न पनि सक्नुहुन्छ।, भोट्टी र बब्ली नामका कालो र खैरो घोडाले दिनद... |
राजेश घिमिरे राजमार्गमा गुडिरहेको ट्रक कब्जामा लिएर खुद्रा सामान र लत्ताकपडा चोरी गर्ने गिरोहका केही व्यक्तिलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ। , वीरगञ्जबाट आउँदै गरेका दुइटा ट्रकमा लोड गरिएका खुद्रा सामान र लत्ताकपडा बुधबार पूर्व–पश्चिम राजमार्गको नयाँ बस्ती भन्ने ठाउँमा लुटिएका थिए।, ट्रकका चालकले घटनाको विषयमा ... |
सेतोपाटी संवाददाता ललितपुरमा मेलम्चीको पानी वितरण सुरू भएको छ।, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ललितपुर शाखाका अनुसार खुमलटारस्थित नयाँ पानी पोखरीबाट रिङरोड भित्र मेलम्चीको पानी वितरण गर्न सुरू भएको हो। , काठमाडौ उपत्यका भित्र पुरानै पाइप र धाराबाट पानी वितरण गरिरहेको केयूकेएलले ललितपुरमा भने नयाँ पाइपलाइ... |
एजेन्सी दक्षिण अमेरिकी मुलुक कोलोम्बियाको राजधानी बोगोटाका बासिन्दाले अहिले एउटा अनौठो समस्या सामना गरिरहेका छन्।, समाचार संस्था रोयटर्सका अनुसार बालसिलास नदीमा उत्पन्न भएको फिँज उडेर सहरका सडक र घरमा आइपुगेको छ।, पानी प्रदुषणका कारण बनेको फिँजको गन्ध निकै कडा छ। स्वास्थ्यलाई खतरापूर्ण भएकाले मानिसहरू फिँज नछोइकन हटाउ... |
रासस काठमाडौँ उपत्यकामा ट्राफिक जरिवना क्युआर कोर्डमार्फत तिर्न सकिने भएको छ।, उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने चालकको सहजताका लागि ‘क्युआर स्क्यान पे फाइन एण्ड विथड डकुमेन्ट’ सुविधाको थालनी गरेको हो।, कुमारी बैंक लिमिटेडको सहकार्यमा बिहीबारदेखि सुरु गरिएको उक्त सेवाको कार्यालयका प्रमुख, प्र... |
रासस धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डायलासिस कक्ष सञ्चालनमा आएको छ।, प्रतिष्ठानमा यसअघि रहेका आठ शय्याको कक्षलाई विस्तार गरी बिहीबारदेखि २० शय्याको डायलासिस कक्ष सञ्चालनमा ल्याइएको हो । , अस्पतालमा बिहीबार आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले उक्त कक्षको उद्घाटन गर... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १४ जनामा संक्रमण पुष्टि भएको हो। , २ हजार ७७१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , १ हजार ७७८ जनाको पिसिआर गर्दा १३ र ९९३ जनाको एन्टिजेन परीक्षण ग... |
भगवती पाण्डे बुटवलको ड्रिम प्रोजेक्टको रूपमा निर्माण सुरू गरिएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माणको काम अन्तिम चरणमा पुगेको छ।, आकाशबाट हेर्दा चन्द्र-सूर्य अंकित नेपालको झण्डा आकारमा निर्माण गरिएको सम्मेलन केन्द्र डिजाइन गरिएजस्तै आकर्षक देखिएको छ।, पूर्वपश्चिम राजमार्गको दक्षिणतर्फ बुटवल रामनगरमा सम्मे... |
राजेश घिमिरे चितवनको गड्यौलीकी सुजिता भण्डारीको मृत्यु सम्बन्धमा आत्महत्या दुरूत्साहन मुद्दा खेपेका सचिन भनिने सुकदेव भण्डारीले अभियोगबाट सफाइ पाएका छन्।, न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले बिहीबार उनलाई सफाइ हुने फैसला सुनाएको हो।, राप्ती-३ की २३ वर्षीया सुजिताको आत्महत्या दुरूत्साहनका कारण मृत्यु भएको भनी चितवन... |
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ३ सय ३२ ग्राम सुनसहित पाँच जना पक्राउ परेका छन्। , दुबईबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको विमान भित्र सरसफाइ गर्ने क्रममा विमानको शौचालय भित्र फोहरसँगै रहेको सुनका विस्कुटहरू लिएर बाहिर निस्कने क्रममा उनीहरू पक्राउ परेका हुन्।, पक्राउ पर्नेमा पाँचथर याङ... |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।, वीरगञ्ज महानगरपालिका-५ घर भई ठेंचो बस्दै आएका ३३ वर्षीय विकास तामाङ र मोरङ रतुवामाई नगपालिका-९ घर भई शान्तिनगर बस्दै आएका २० वर्षीय विक्रम मिश्रलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाद ... |
विवेक राई बिहीबार राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी 'एयरबस ३३०' जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो। देशकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको जहाजले 'अप्रेसनल पफर्मेन्स टेस्ट फ्लाइट' गरेको हो। , बिहीबार साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज ५... |
रासस कोरोना कहरले थला पार्दैनथ्यो भने संसारभरका पर्यटक यतिबेला नेपालका विभिन्न सहरमा पुगिरहेका हुने थिए।, काठमाडौंको ठमेल, कास्कीको लेकसाइड, चितवको सौराहा, रूपन्देहीको लुम्बिनीमा हजारौं पर्यटकले नेपालको बारेमा प्रशंसा गरिरहेका भेटिन्थे। कोही ‘ह्वाइट वाटर र्याफ्टिङमा रमाइरहेका भेटिन्थे। कोही सराङ्कोटमा प्याराग्लाइडिङक... |
रासस गाउँका अरू युवाझैं काम र दामको खोजीमा रामपुरका युवा भुपिन्द्र श्रेष्ठ विदेश हानिए र झण्डै १३ वर्ष पराइ भूमिमा बिताए।, वैदेशिक रोजगारको सिलसिलामा दुबईमा रहेका उनी यतिबेला भने छुट्टीमा गाउँमा छन्।, उनलाई विदेशी भूमिमा काम गर्ने रहर त छैन तर, देशमै बसेर गर्ने उद्यम पनि उनलाई सुझेको छैन।, घरव्यवहार चलाउन र छोराछोरीको... |
एजेन्सी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई कोरोना संक्रमण भएको छ। , ह्यारिसले मंगलबार आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालबाट जानकारी दिएकी थिइन्। , एक साता लामो क्यालिफोर्निया भ्रमणबाट फर्किएपछि कोभिड-१९ परीक्षण गर्दा ह्यारिसमा संक्रमण पुष्टि भएको हो। उनको एन्टिजेन परीक्षण गरिएको थियो। , Today I tested positi... |
सेतोपाटी संवाददाता वैशाखको मध्य महिनामा सौर्यमण्डलका चार वटा प्रमुख ग्रहहरू एकसाथ नांगो आँखाले हेर्न सकिने भएको छ। , विपी कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी र विज्ञान संग्राहलयका कार्यकारी निर्देशक डाक्टर सनतकुमार शर्माका अनुसार सौर्यमण्डलका प्रमुख चार ग्रहहरू नेपालको आकाशबाट एकैसाथ खाली आँखाले अवलोकन गर्न सकिनेछ... |
एजेन्सी भारतको तमिलनाडु राज्यको तंन्जापुर जिल्लाको एक मन्दिरको रथ यात्राका क्रममा करेन्ट लागेर २ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ।, रथ यात्राको समयमा हाइ भोल्टेज तारको बिचमा रथ पुगेपछि करेन्ट लागेको थियो। घटनामा परी १५ जना घाइते भएका छन्।, मृत्यु हुनेको संख्या बढ्न सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन्। , तन्जाप... |
सेतोपाटी संवाददाता बुटवलमा तीन सय ८३ तोला सुन र नगद पाँच लाख चोरी भएको छ।, बिपी चोकमा रहेको नन्दराम सुनारको सुनचाँदी पसलबाट करिब पाँच करोड मूल्यबराबरको गरगहना र नगद पाँच लाख चोरी भएको छ।, उक्त पसलबाट तीन सय ६० तोलाका तयारी गहना र २३ तोला काँचो सुन चोरी भएको व्यवसायीहरूले आज पत्रकार सम्मेलन गरेर बताएका छन्।, घटनाबारे प... |
सिबी अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप व्यवस्थापन गर्न नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानतर्फ उडान समयावधि बढाएर १८ घण्टा पुर्याएको छ।, विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान गर्न लागिएको महानिर्देशक इञ्जी... |
सेतोपाटी संवाददाता काठमाडौंको म्हेपीमा नगद र गरगहना गरी जम्मा १८ लाख बराबरको सामान चोरी भएको छ। , काठमाडौं महानगरपालिका-१७ म्हेपीस्थित तीन तले घरमा मंगलबार साँझ चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ घर भएकी महिलाको डेरामा चोरी भएको... |
भगवती पाण्डे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले परीक्षण उडान गर्ने भएको छ।, आगामी जेठ २ गते परेको बुद्ध पूर्णिमाको दिन अन्तर्राष्ट्रिय उडानको तयारी गरिएको विमानस्थलमा यसअघि वैशाख १ गते नयाँ वर्षको दिन गर्ने भनिएको परिक्षण उडान रोकिएको थियो।, बिहीबार भने नेपाल वायुसेवा नि... |
सेतोपाटी संवाददाता सप्तरीमा विवाहमा गएकाहरूबीच कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ। , खडक नगरपालिका-४ पन्सेरा टोलका २७ वर्षीय सन्तलाल पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। , सोमबार राति पन्सेरा टोलमा सन्तलाल र अन्य अपरिचित व्यक्तिहरूबीच झडप भएको थियो। , विव... |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट बैकिङ कसुर मुद्दाका फरार एक जनालाई पक्राउ गरेको छ।, काभ्रेपलाञ्चोक पनौती-११ घर भई सुन्धारा बस्दै आएका ३९ वर्षीय सुमन नेपालीलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , उनका अनुसार नेपालीलाई बुधबार बबरमहलबाट पक... |
सेतोपाटी संवाददाता नेपालले भारतबाट आयात गर्ने बिजुली आपूर्तिमा फेरि समस्या भएको छ। भारतको खुला बजारबाट प्रतिष्पर्धी दरमा नेपालले बिजुली नपाउने र बिहार राज्यबाट आउने बिजुली पनि रोकिएपछि नेपालमा मागअनुरूप बिजुली पुर्याउन समस्या भएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।, ‘बिहारले पनि हामीलाई... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार बुधबार ११ जनामा संक्रमण पुष्टि भएको हो।, ५ हजार ८९१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , चार हजार ११९ जनाको पिसिआर र एक हजार ७... |
मनिका विश्वकर्मा गत शुक्रबार जावलाखेल सदर चिडियाखानामा नयाँ जनावर देखिए। पाँच वर्षअघि नै यहाँ आएका भए पनि तिनलाई सर्वसाधारणका लागि त्यो दिनदेखि मात्र औपचारिक प्रदर्शनीमा राखिएको हो।, ती जनावर हुन् चिम्पान्जी, चम्पा र चिम्पु नामका। फराकिलो फलामे घरमा हाहु गर्दै कराइरहेका यी भालेपोथी चिम्पान्जीलाई हामीले पनि त्यही दिन द... |
सेतोपाटी संवाददाता उद्योगमा केही दिनदेखि राति विद्युत आपूर्तिमा डिस्टर्ब छ। विद्युत पाएको बेला दिइरहेका छौं। भएन पनि अघिल्लो दिन बेलुका ६ बजे भोलि यो यो हुन्छ भनेर जानकारी गराउँछौ। यति यति बजे काट्छौं भन्न सक्दैनौं किनभने कति विद्युत ल्याउन सकिन्छ भन्ने टुंगो नै हुँदैन।, कुनैबेला स्वीकृति लोडअनुसार नै २४ सै घन्टा विद... |
भगवती पाण्डे गुल्मी मजुवाका डिलबहादुर सुनारको सानैदेखिको सपना थियो बुटवलमा ठूलो सुनचाँदी पसल चलाएर बस्ने।, उनी सानो छँदा नै बुवा नन्दबहादुरले गाउँघरमै सुनचाँदीका गरगहनाको पसल चलाएका थिए।, गाउँघरमा खेतीपातीको लागि सामान्य जग्गाजमिन थियो। खानलाउन जग्गा जमिनबाटै पुगे पनि घरपरिवारको अन्य खर्चपर्च र भैपरी आउने कामहरूको लाग... |
रासस सप्तरीको खडक नगरपालिकाका गाउँलेको कुटपिटबाट बुधबार एक युवकको मृत्यु भएको छ। खडक–४ पंसेराका रामआशिष पासवानका २७ वर्षीय छोरा सन्तलाल पासवानको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। कुटपिटका आरोपितमध्ये स्थानीय दिलीप चौधरी पक्राउ परेका प्रहरीले जनाएको छ। , घटनाको अनुसन्धान भइरहेको र फरार अन्य आरोपितको खोजी भइरहेको जि... |
रासस म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।, दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले बताए।, किसानको घटनास्थलमै मृत्यु भएको... |
सेतोपाटी संवाददाता पाल्पाको प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत एक जना बिरामीले हाम फालेर आत्महत्या गरेका छन्।, लडेर घाइते भएका पाल्पाको रामपुर ७ कठानका गंगाबहादुर सोमैले लुम्बिनी मेडिकल कलेजको पाँचौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन्।, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थ... |
सेतोपाटी संवाददाता गृह मन्त्रालयले अनुगमनको नाममा परीक्षा हलमा पटक/पटक प्रवेश नगर्न र फोटो/ भिडिओ नखिच्न अनुरोध गरेको छ। , बुधबार मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै अहिले अनुगमनको नाममा परीक्षा हलमा प्रवेश नगर्न अनुरोध गरेका हुन्। , परीक्षा हलमा प्रवेश गरी वातावरणलाई अस्वस्थ ... |
सेतोपाटी संवाददाता गर्भवती महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको नागढुंगाबाट एक जना बलात्कार आरोपितलाई बुधबार पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।, कैलाली लम्कीचुहा नगरपालिका-२ मोतीपुर घर भई काठमाडौंको चन्... |
सेतोपाटी संवाददाता चितवनको भरतपुरस्थित कमलनगर चोकका घरमा आगलागी भएको छ।, गए रातिदेखि नै लागेको आगो बिहान नियन्त्रणमा लिइएको छ।, आगलागी नियन्त्रण गर्न दमकलसहित नेपाल प्रहरी परिचालन गरिएको चितवन प्रहरीले जनाएको छ। आगलागीबाट पाँचभन्दा बढी पसलमा क्षति पुगेको छ।, मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। के कारणले आगलागी भ... |
सेतोपाटी संवाददाता गत चैत ३० गते राति शंकास्पद मृत्यु भएकी तिलोत्तमाको जानकीनगरकी अमृता खत्री टण्डनको अझै अन्त्येष्टि हुन सकेको छैन।, माइती पक्षको सहमतिपछि वैशाख ४ गते उनको पोष्टमार्टम गरिए पनि उनको अन्त्येष्टि हुन सकेको छैन।, रूपन्देही प्रशासनले निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाएपछि मृतकका माइती पक्ष पोष्टमार्टमक... |
सेतोपाटी संवाददाता चितवनको नारायणगढस्थित कमलनगर चोकका केही पसलमा गए राति दुई बजेबाट लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा आएको छ।, जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार कमलनगरस्थित तुलसिराम सापकोटाको घरको पहिलो तल्लामा रहेका पसलहरुमा आगलागी भएको थियो।, आगोले विष्णुप्रसाद लामिछानेले सञ्चालन गरेको एक्प्रेस मोवाइल पसल, विष... |
सिबी अधिकारी/रासस मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज वाइडबडी ए–३३० जहाजले उडान भर्दैछ।, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी जहाजले गौतमबुद्ध विमानस्थलमा ‘अप्रेसनल पर्फमेन्स टेस्ट फ्लाइट’ गर्न लागेको हो।, उक्त प्रयोजन... |
सेतोपाटी संवाददाता भरतपुरमा दूध बोक्ने ट्यांकरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।, मध्यान्ह १२ बजेतिर भरतपुर-११ शान्तिमार्गस्थित पदमपुर-भरतपुर सडक खण्डमा ट्यांकरले साइकललाई ठक्कर दिएको हो।, भोजाडबाट विशालचोकतर्फ आउँदै गरेको बा २ क ४५७५ नम्बरको ट्यांकरले सोही दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकल चालक बार... |
सेतोपाटी संवाददाता गायक प्रमोद खरेल चढेको कार दुर्घटनामा परेको छ। , दाङको तुलसीपुरमा हुने कार्यक्रमका लागि जाने क्रममा कार दुर्घटनामा परेको हो।, बिहीबार बिहान फेसबुकमार्फत् आफू दुर्घटनामा परी घाइते भएको जानकारी दिए। , ‘हिजो साँझ काठमाडौंमा रेकर्डिङ सकेर नेपालगञ्जको फ्लाइटबाट दाङको तुलसीपुरमा हुने कार्यक्रमको लागि राति... |
सेतोपाटी संवाददाता भक्तपुरमा पर्खाल माथिबाट हाम फाल्दा एक जनाको मृत्यु भएको छ। , मोरङ सुन्दर हरैंचा नगरपालिका-९ बिराटचोक घर भई हाल थिमी नगरपालिका-५ कमेरेटार बस्दै आएका ७४ वर्षीया मनमाया तिमिल्सिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , उनका अनुसार घरनजि... |
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला अदालतले महिलाको चरित्र हत्या गरेको भन्दै ७० हजार रुपैयाँ धरौटी माग गरेको छ। , अदालतले काठमाडौं महानगरपालिका-१६ पकनाजोल बस्ने २६ वर्षीय अकिल अख्तरसँग ७० हजार धरौटी माग गरेको हो।, उनीविरूद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता भएको थियो। , जिल्ला प्रहरी परिसर काठमाडौंले अख... |
रासस बागलुङको भकुन्डे र बौरअन्तर्गत ओझेलमा परेका पर्यटकीयस्थलहरूलाई समेटेर बागलुङ बजार–भकुन्डे–बौर पर्यटक पदमार्ग पहिचान भएको छ।, विश्व भेगन अर्गनाइजेसनले ग्रामीण रहनसहन र संस्कृति अध्ययन गर्न र यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुर्याउने उद्देश्ले सो पदमार्ग पहिचान गरेको हो। सो पदमार्ग छ दिनको हुनेछ। , पदमार्गमार्... |
सेतोपाटी संवाददाता दमक स्पाइन क्लवले पूर्वमा स्पाइन इन्जुरीकी सहज उपचारको लागि अभियान सुरू गर्ने भएको छ।, दमक स्पाइन क्लवले आफ्नो अभियान अन्तर्गत शनिबार दमकमा गरेको इस्टन स्पाइन कोर्ष नामक १ दिने गोष्ठीसमेत सम्पन्न गरेको छ।, गोष्ठीमा देशभरबाट ९० चिकित्सक भेला भएका थिए।, देशभरिबाट यतिधेरै चिकित्सक पहिलोपटक जम्मा भएको द... |
सेतोपाटी संवाददाता मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा गए राति भीषण आगलागी भएको छ। स्थानीय राजन प्रजापतिको ग्रिनवेयर स्यानिटरी गोदाममा भएको आगलागीमा मानवीय क्षति नभए पनि करोडौंको सामान जलेर नष्ट भएको छ। , मध्यराति जुद्ध बारुणयन्त्र भक्तपुर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज बिहान मात्रै आगो नियन्त्... |
सेतोपाटी संवाददाता सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी ४ वटा हिमाल सफाई गर्ने टोली आधार सविर पुगेको छ।, नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान २०२२’ मा खटिएका नेपाली सेना तथा सेवा प्रदायकका टोली योजनानुसार आ-आफ्नो आधार शिविर पुगेका हुन्। , सफाइ अभियान अन्तर्गत सगरमाथा/ल्होत्सेमा खटिएका टोली वैशाख १ ... |
सेतोपाटी संवाददाता ललितपुरको मलपोखरीस्थित एक फर्निचर उद्योगमा लागेको आगो झन्डै चार घण्टापछि नियन्त्रणमा आएको छ। , ललितपुर महानगरपालिका - ३ मलपोखरी अफनडोलस्थित निशु फर्निचर उद्योगमा लागेको आगो झन्डै चार घण्टापछि नियन्त्रणमा आएको प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए। , शाहका अनुसार सोमबा... |
सेतोपाटी संवाददाता हाल प्रदेश १ मा आंशिक बदली हुँदा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। हाल देशको पहाडी भू-भागमा स्थानमा स्थानीय वायु प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, महाशाखाका अनुसार सोमबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र ग... |
सेतोपाटी संवाददाता गोरखा भूकम्पको सातौं स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। , विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, रसुवा, गोरख... |
सेतोपाटी संवाददाता काठमाडौंको कोटेश्वरको डेरा कोठामा चार राउन्ड गोली र नक्कली सुन फेला परेको घटनामा फरार रहेका दुई पक्राउ परेका छन्। , प्रहरीले यस घटनामा फरार रहेका दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , काठमाडौं महानगरपालिका-३२ कोटेश्वर नरेफाँटस्थित एक ... |
सेतोपाटी संवाददाता काठमाडौंमा श्रीमानले आगो लगाएर जलाउँदा घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ। , बुढानिलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा नजिकै रहेको एक टहरामा गत चैत ११ गते श्रीमानले श्रीमतीमाथि आगो लगाएका थिए। , सिरहा लहान नगरपालिका-७ का ४२ वर्षीय प्रविन चौधरीले आफ्नी ३० वर्षीया श्रीमती अस्मिता चौधरीमाथि ... |
रासस नेपालको पूर्वीपहाडी जिल्ला ताप्लेजुङको उत्तरी क्षेत्र ओलाङचुंगोला केन्द्रविन्दु भएर भूकम्प गएको छ। , राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः१७ बजे ताप्लेजुङ जिल्लाको ओलाङचुंगोला केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको हो।, उक्त भूकम्प २०७२ सालमा आजैका दिन (वैशाख १२) आएको गोरखा भूक... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २१ जनामा संक्रमण पुष्टि भएको हो। ४ हजार ७७५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , तीन हजार ६४२ जनाको पिसिआर र एक हजार १३३ जनाको एन्टिजेन परीक्षण गरिए... |
सेतोपाटी संवाददाता काठमाडौंमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक जना माथि भ्राष्टाचारको मुद्दा दायर गरेको छ। , भन्सार जाँच पास परीक्षण कार्यालयमा कार्यरत देवीबहादुर थापाविरूद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपत्र दायर गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। , उनका अनुस... |
रासस बिहेमा बाँडिएको चकलेट टिप्न जाँदा सर्लाहीको बसबरिया गाउँपालिकामा एक बालिकाको मृत्यु भएको छ।, सर्लाहीको बसबरिया गापा–४ धनगढामा आज चकलेट टिप्न जाँदा डिजेसहितको रथले किचिएर गोडैता नगरपालिका–१० सिसौटिया निवासी प्रेम पण्डितकी करिब ७ वर्षीया छोरी लक्ष्मी पण्डितको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। , बसबरिया गापा... |
रासस कर्णाली प्रदेशमा पर्ने भित्री मधेसबाट हिमाली भेगसम्म औलो रोगको सङ्क्रमण रहेको पाइएको छ।, आर्थिक वर्ष २०७८/७९ प्रदेशमा यो रोगका ३२ बिरामी र यहाँका विभिन्न स्थानीय तहका छ वडा उच्च जोखिममा छन्।, स्वास्थ्य सेवा निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत श्यामलाल आचार्यका अनुसार हुम्लाको ताजाकोट गाउँपालिका वडा नम्बर २... |
सेतोपाटी संवाददाता भक्तपुरको मध्यपुर थिमि नगरपालिका–४ चारदोबाटो चोकमा सोमबार राति टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।, चारदोबाटो चोकमा नयाँथिमीबाट कोरियन अस्पताल तर्फ जाँदै गरेको बा ४ ख ८५८१ नम्बरको टिपरले गठ्ठाघरबाट नयाँथिमी तर्फ आउँदै गरेको बा प्र.०२–०२३ प ७७६९ ... |
एजेन्सी संसारकै सबैभन्दा बढी उमेरकी महिला बितेकी छन्।, जापानको स्वास्थ्य मन्त्रालयका अनुसार ११९ वर्षकी काने तानाकाको वैशाख ६ गते निधन भएको हो। उनी सन् १९०३ जनवरी २ मा जन्मिएकी थिइन्।, गिनिज वर्ल्ड रेकर्डले तानाकाको निधनले स्तब्ध भएको जनाएको छ। सन् २०१९ जनवरीमा गिनिज बुकले तानाकालाई संसारकी सबैभन्दा बढी उमेर भएकी जिवित... |
रासस अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुर थिमि चार दोबाटोमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार गम्भीर घाइते भएका छन्।, मध्यपुरथिमी नगरपालिका-४ चारदोबाटो चोकमा नयाँथिमिबाट कोरियन अस्पतालतर्फ जाँदै गरेको बा ४ ख ८५८१ नम्बरको टिपरले गठ्ठाघरबाट नयाँथिमितर्फ आउँदै गरेको बाप्र०२–०२३प ७७६९ नम्बरको स... |
रासस चिटिक्कको विद्यालय भवन, त्यससँगै नयाँ निर्माण गरिएको विज्ञान प्रयोगशालाको छुट्टै भवन र नजिकै रहेको शौचालय पनि नयाँ देखिन्छ। , शौचालयमा धाराको टुटी जोडेर राखिए पनि टुटीबाट पानी भने कहिल्यै झर्दैन। यो अवस्था काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–६ कोलातीस्थित जनता माध्यमिक विद्यालयको हो।, सो क्षेत्रकै सबैभन्दा जेठो... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.