content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता आइतबारदेखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।, नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले दिएको जानकारीअनुसार मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा आज बिहान फेला परेको हो। उक्त भग्नावशेषको तस्बिर सेनाले पठाएको छ।, सम्पर्कविहीन जहाज ... |
सेतोपाटी संवाददाता कबड्डी-४ सिनेमाको फिल्म प्रोमोसनमा जाँदा अभिनेत्री मिरूना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका-२ घर भएका २४ वर्षीय फुर्वा तामाङ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले ज... |
रासस सोमबार औंशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औंशी आज बिहान मौन स्नान गरी मनाइएको छ।,
,
सोमबार औंशी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकांक्षा पूरा हुने शास्त्रीय मान्यता छ।, ज्येष्ठ कृष्ण औंशीका दिन आज परेको सोमबारे औंशी यस वर्षको पहिलो सोमबारे औंशी हो।, धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग नि... |
सेतोपाटी संवाददाता आइतबार बिहान पोखराबाट जोमसोम जान लाग्दा हराएको तारा एयरको जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिकाको सानोशरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। जहाज दुर्घटनामा परी धनुषाका सात जनाको मृत्यु भएको छ। धनुषाको मिथिला नगरपालिका-११ लोटाका एकै परिवारका ६ जना वृद्धवृद्धासहित ७ जनाको मृत्यु भएको हो।,... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन आदेश दिएसँगै तीव्र प्रतिक्रिया उत्पन्न भएको छ।, संसदको रोष्टमदेखि सरकारका मन्त्री र सांसदहरूले अदालतको फैसलामाथि टिप्पणी गरिरहेका छन्।, कतिपय वातावरणसम्बन्धी विज्ञहरूले अदालतको आदेशको तारिफ गरेका छन् भने कतिपयले विरोध जनाएका छन्। सर्वो... |
सेतोपाटी संवाददाता तारा एयरले वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउनुपर्दा स्तब्ध भएको बताएको छ।, उक्त कम्पनीले आज एक विज्ञप्ति जारी गरी जेठ १५ गते बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एइटी–डिएचसी–६ ट्वीनवटर वायुयान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नं २ स्थित सानसुरे भिरमा दुर्घटनाग्रस्... |
सेतोपाटी संवाददाता सौन्दर्य प्रतियोगितामा भाग लिएकी किशोरीमाथि बलात्कार गरेको आरोपमा मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। , काठमाडौं जिल्ला अदालतले उनीमाथि अनुसन्धान गर्न सात दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिने... |
सेतोपाटी संवाददाता गोरखाको एकै परिवारका चार जनाको मुस्ताङमा जहाज दुर्घटनामा परेर निधन भएको छ।, आइतबार बिहान ९:५५ बजे पोखराबाट मुस्ताङको जोमसोमतर्फ उडेको तारा एयरको जहाज १०:०७ बजेदेखि सम्पर्कविहीन थियो।, सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा उक्त जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।, गोरखाको ... |
प्रशन्न पोखरेल बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ७ का विशाल घर्ती मगर वैशाखदेखि मुस्ताङ थासाङको लेकमा बस्दै आएका छन्।, उनी वैशाखको पहिलो सातादेखि मुस्ताङको थासाङ वडा नम्बर २ को सानुसरे क्षेत्रका खर्कमा बस्दै आएका थिए।, उनी यार्सागुम्बा संकलन गर्न त्यस क्षेत्रमा पुगेका हुन्।, आइतबार पनि उनीसहित साथीहरू यार्सागुम्बा ... |
सेतोपाटी संवाददाता आइतबार बिहान १०:०७ मिनेट जाँदा सम्पर्कविहीन भएको तारा एयरको जहाज दुर्घटना भएको अवस्थामा फेला पर्यो। , सोमबार बिहानै यार्सागुम्बा खोज्न गएको टोलीले जहाज दुर्घटना भएको अवस्थामा फेला पारेपछि प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुग्यो। , अहिलेसम्म १६ जनाको शव संकलन भइसकेको जिल्ला प्... |
नारायण खड्का बाँके नेपालगन्ज उपमहानगरपालिका-२ दैलेखी बंगलाका २० वर्षीय सुन्दर हरिजनको शव दस दिनदेखि अस्पतलामै छ। सुन्दरको शव नेपालगन्जस्थित मेडिकल कलेजमा राखिएको छ।, रोल्पा कारागारमा बन्दी जीवन बिताइरहेका उनको शव जेठ ४ गते बुलेकी पौने सात बजे कारागारको शौचालयमा झुन्डिएको अवस्थामा परेको थियो।, तर कारागारको रेकर्डमा नेप... |
सेतोपाटी संवाददाता जंगली जनावरको चोरी शिकार गर्न गएका एक जनाको गोली लागेर मृत्यु भएको छ। , लमही नगरपालिका वडा नं. १ का २३ वर्षीय भाकबहादुर पुनको गोली लागेर मृत्यु भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए। , शुक्रबार राति करिब सात जनाको समूह जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. ८ र लमह... |
सेतोपाटी संवाददाता रोल्पामा एक १६ वर्षीय किशोरको रूखबाट लडेर मृत्यु भएको छ। , गंगादेव गाउँपालिका वडा नं. ५ उदिनढुंगाका १६ वर्षीय थलराज वलीको रूखबाट लडेर मृत्यु भएको हो। , रोल्पा प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेका अनुसार वली शुक्रबार बेलुका ७ बजेतिर घर नजिकैको रूखमा घाँस काट्न चढेको समयमा लडेर गम्भीर घाइते भएका थिए। ,... |
राजु अधिकारी किराँत समुदायको प्रमुख चाड साकेला उभौली धरानमा धुमधामका साथ मनाइएको छ। ढोल झ्याम्टासहित उपस्थित हजारौं किराँत सर्वसाधारणले साकेला सिली नाचेर साकेला उभौलीलाई बिदा गरेका छन्। , धरान-११ मा रहेको साकेला पार्कमा भेला भएका सर्वसाधारणले साकेला उभौलीको बिदाइमा साकेला सिली नाचेर खुसी साटेका छन्। , वैशाख पूर्णिमाबा... |
सेतोपाटी संवाददाता काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित टौदह पोखरीका माछाहरू मरेका छन्। , शनिबार बिहान एकैपटकमा पोखरीमा ३०-४० वटा माछा मरेको अवस्थामा फेला परेको श्री कर्कट नागराज नागरानी बासस्थान समाज टौदहका अध्यक्ष जयराम कार्कीले जानकारी दिए। , माछाहरू समयअनुसार नै मरेको हुनुपर्ने उनको भनाइ छ। आफू बिहान टौदहमा घुम्न ज... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ८ जनामा संक्रमण पुष्टि भएको हो। , एक हजार ९६९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ११९ जनाको पिसिआर र ८ सय ५० जनाको एन्टिजेन परीक्षण गरिएको थ... |
सेतोपाटी संवाददाता देशका तीन प्रदेशमा अहिले बिहान मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले देशमा आंशिकदेखि सामान्य बदली रहेको छ।, महाशाखाका अनुसार देशको बागमती, गण्डकी ... |
सेतोपाटी संवाददाता जंगली जनावरको चोरी शिकार गर्न गएका ६ जना ६ नाल भरूवा बन्दुरकसहित पक्राउ परेका छन्।, शनिबार चार जनालाई चार नाल भरूवा बन्दुकसहित पक्राउ गरेको प्रहरी फेरि थप दुई जनालाई दुई नाल भरूवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए।, लमही नगरपालिका वडा नं. १ का २८ वर्षीय मि... |
सेतोपाटी संवाददाता पहिरो खस्दा अवरूद्ध बनेको नारायणगढ-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ। , चितवनको इच्छाकामना गाउँपालका-६ चारकिलोस्थित मुग्लिन-नारायणगढ सडकखण्डमा शनिबार सवा ५ बजे पहिरो खसेको थियो। पहिरो खस्दा सडक अवरूद्ध भएको थियो। , अवरूद्ध बनेको सडक साढे ६ बजेदेखि एकतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय... |
सेतोपाटी संवाददाता गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ६ चुम्चेतमा लघुजलविद्युत् आयोजना निर्माण गरेर दुई सय ७० घरधुरीमा बिजुलीको सेवा पुर्याइएको छ।, यहाँ ७० किलोबाट क्षमताको विद्युत् उत्पादन गरेपछि स्थानीयले बिजुली सेवा पाएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए।, कादुरी एग्रीकल्चरल एन्ड एसोसिएशन ब्रिटिस गोर... |
सेतोपाटी संवाददाता पोखराबाट जोमसोम उडेको तारा एयरको एउटा जहाज सम्पर्कविहीन भएको छ।, आइतबार बिहान पोखराबाट उडेको तारा एयरको ९ एनएइटी टि्वनअटर जहाज सम्पर्कविहीन भएको हो।, ‘१० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा ल्यान्ड हुनुपर्ने थियो। मुस्ताङ जिल्लाभित्र छिरेपछि सम्पर्कविहीन भएको जानकारी आएको छ,’ मुस्ताङका प्रहरी प्रमुख... |
सेतोपाटी संवाददाता मोरङको कटहरीमा एक जना व्यक्तिको शव फेला परेको छ।, कटहरी गाउँपालिका–१ महेशपुरमा आइतबार बिहान कटहरी–२ आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठको शव फेला परेको हो।, मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले दिएको जानकारीअनुसार शरीरमा चोट पनि देखिएका कारण शंकास्पद देखिएको र अनुसन्धान सुरु भएको छ।, ‘हत्या ... |
रासस नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध भएको छ।, इच्छाकामना गाउँपालिका-६ नाम्दीखोला नजिकै शनिबार साँझ ५ः३० बजेको समयमा सुक्खा पहिरो खसेर सडक अवरूद्ध भएको हो।, जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोमा परी एक जना घाइते भएका छन्। बोलेरोमा सवार एक व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ।, घाइतेलाई उपचारका लागि भरतपुरतर्... |
सेतोपाटी संवाददाता पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ।, आइतबार बिहान पोखरा विमानस्थलबाट उडेको नाइन एन एइटी जहाज सम्पर्कविहीन भएको हो।, यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा १९ जना यात्रु थिए। तीमध्ये दुई जना तेस्रो मुलुकका, चार जना भारतीय र १३ जना नेपाली रहेको उनले जानक... |
सेतोपाटी संवाददाता तारा एअरको नाइन एन- एइटी जहाज पोखराबाट जोमसोमतर्फ जाने क्रममा आइतबार बिहान हराएको छ।, फ्लाइटराडारको तथ्याङ्कअनुसार जहाज हराउनुअघि १२ हजार ८ सय २५ फिटको अल्टिच्युडमा उडिरहेको थियो। जहाज युटिसी टाइम ४ बजेर २२ मिनेटमा हराएको थियो। जुन नेपाली समय अनुसार बिहान १० बजेर ७ मिनेट हुन्छ।, जहाज बिहान ९ बजेर ५५... |
सेतोपाटी संवाददाता पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजको सम्पर्कविहीन भएको छ।, पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार तारा एयरको नाइन एन एइटी जहाज ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो।, १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण हुनुपर्ने जहाज १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको देखिन्छ।, फ्लाइटराडार... |
सेतोपाटी संवाददाता नागरिक उड्डयन प्राधिकरणले सम्पर्कविहीन जहाजको अवस्थाबारे थाहा भएमा खबर गर्न स्थानीयलाई अनुरोध गरेको छ।, स्थानीयहरूले घटना भएको अनुमान लगाएको सुनिएसँगै प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले खोज तथा उद्धार केन्द्रको सम्पर्क नम्बर ०१–४११३००० मा सम्पर्क गर्न अनुरोध गरेका हुन्।, ‘अहिले स्थलमार्गबाट ख... |
सेतोपाटी संवाददाता नेपाली सेनाले तारा एयरको सम्पर्कबिहीन जहाज खोज्न पैदल टोली परिचालन गरेको छ। , सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालका अनुसार दुर्घटना भएको आशंका गरिएको ठाउँमा नेपाली सेनाको पोष्ट रहेको घासाबाट पैदल टोली परिचालन गरिएको छ।, पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज आज सम्पर्कविहीन भएको हो।, स्थान... |
सेतोपाटी संवाददाता तारा एअरको नाइन एन-एइटी जहाज पोखराबाट जोमसोमतर्फ जाने क्रममा आइतबार बिहान सम्पर्कविहीन भएपछि खोजीका लागि दुइटा हेलिकप्टर परिचालन गरिएको छ।, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले नेपाली सेनाको एक र एउटा निजी कम्पनीको हेलिकप्टर परिचालन गरिएको सेतोपाटीलाई बताए।, नेपाली सेनाको हेलिकप्टर काठमा... |
सेतोपाटी संवाददाता आइतबार बिहान समिट एयर र तारा एयरका जहाज सँगसँगै पोखराबाट जोमसोमका लागि उडेका थिए।, समिटको जहाज अघि थियो भने ताराको ९एन एइटी जहाजपछि थियो।, जोमसोम विमानस्थलका प्रमुख पुष्कल शर्माका अनुसार सँगै सँगै आइरहेका दुई जहाजले मुस्ताङको आकाशमा पुगेपछि जोमसोम विमानस्थलमा सम्पर्क गरेका थिए।, ‘समिटको जहाज ल्यान्ड... |
सेतोपाटी संवाददाता तारा एअरको नाइन एन-एइटी जहाज पोखराबाट जोमसोमतर्फ जाने क्रममा आइतबार बिहान सम्पर्कविहीन भएपछि खोजीका लागि पठाइएको हेलिकप्टर मुस्ताङ फर्किएको छ।, फिस्टेल एयरको हेलिकप्टर जहाज खोजीका लागि पठाइएकोमा मौसम खराब भएकोले मुस्ताङ नै फिर्ता आएको हो।, नेपाल नागरिक उड्डयन प्राधिकरणले मौसम सफा भएपछि फेरि हेलिकप्ट... |
सेतोपाटी संवाददाता पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन छ। तारा एयरको ९ एन एइटी जहाज मुस्ताङको आकाशमा पुगिसकेपछि १० बजेर ७ मिनेटमा अन्तिम पटक जोमसोम विमानस्थलको टावरसँग सम्पर्कमा आएको थियो।, जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए। जहाजमा चालक दलका दुई जना अन्य सदस्य र १९ यात्... |
सेतोपाटी शल्यक्रियामा लापरबाही भएको ठहरपछि अमेरिकामा अध्ययन गर्ने एक नेपाली विद्यार्थीले ११ करोड १० लाख अमेरिकी डलर क्षतिपूर्ति पाउने भएका छन्। यो १३ अर्ब ७६ करोड रूपैयाँ बराबर हुन्छ।, अमेरिकाको मिनियसोटास्थित अदालतले नेपाली विद्यार्थी अनुज थापालाई उक्त रकम बराबर क्षतिपूर्ति तिर्न त्यहाँको सेन्ट क्लाउड अर्थोपेडिक अस्प... |
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथाः, नीलमलाई एक दिन अचानक धरानको 'स्टार रेडियो' ले संवादका लागि बोलायो। उनले आफूले गोप्य राखेको कुरा त्यही दिन रेडियोमार्फत सार्वजनिक गरिन्। , रेडियोमा बोलेपछि उनलाई घर जान डर लाग्यो। एसएसली परीक्षापछि उनी प्रायः घरबाहिरै थिइन्। रेडियोमा बोलेको सातौं दिनमा मात्रै ... |
सेतोपाटी संवाददाता प्रहरीले ललितपुरको बालकुमारीबाट पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ। , सर्लाही लालबन्दी नगरपालिका-१५ का २० वर्षीय सुरेन्द्र थिङ र ४० वर्षीय वीरबहादुर बम्जनलाई पक्राउ गरेको ललितपुर प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए। , उनका अनुसार बिहीबार दिउँसो उनीहरूलाई बालकुमारी... |
सेतोपाटी संवाददाता काठमाडौंको कोटेश्वरमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। , रामेछाप गोकुलगंगा गाउँपालिका-१ का ३७ वर्षीय आशाबहादुर नेवारको मृत्यु भएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। मृतक स्कुटर चालक हुन्। , उनका अनुसार बिहीबार दिउँसो काठमाडौं महानगरप... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गरी सरकारले गरेको निर्णय बदर गरिदिएको छ।, बरिष्ठ अधिवक्ता प्रकाशमणी शर्मा, पूर्वसचिव रञ्जुहजुर पाँडे क्षेत्री, आनन्द भण्डारी लगायतले २ वर्षअघि दिएको रिटमा फैसला गर्दै ्सर्वोच्चको बृहत् इजलासले निजगढमा विमानस्थल बनाउने गरी सरकारले गरेको निर्णय... |
नारायण खड्का नेपाली कांग्रेसको ‘रूख’ चुनाव चिन्हमा भोट हालेको आरोपमा सल्यानमा नेपाली कांग्रेसका व्यक्तिमाथि कुटपिट भएको छ।, मध्यरातमा एक जना महिला माथि नेकपा एमालेका कार्यकर्ताले कांग्रेसका नेतामाथि आक्रमण गर्नुको साथै एक महिलामाथि करणीको प्रयाससमेत भएको खुल्न आएको प्रहरीले जनाएको छ। , कुटपिटबाट त्रिवेणी गाउँपालिका वड... |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंको त्रिपुरेश्वरबाट जबरजस्ती करणी मुद्दाका आरोपितलाई पक्राउ गरेको छ। , सुनसरी इटहरी उपमहानगरपालिका-५ स्थित ब्लुमिङ लोट्स इंग्लिस स्कुलका फरार प्रिन्सिपल ३६ वर्षीय राज खड्कालाई पक्राउ गरेको प्रहरी उपरीक्षक शयामकुमार महतोले जानकारी दिए। , उनका अनुसार फरार भई लुकीछिपी टोखा नगरपालिकास्थि... |
शोभा शर्मा श्रीमतीको हत्या गर्ने सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालाको कैद सजाय घटाइदिने आफ्नै राय सर्वोच्च अदालतले उल्ट्याइदिएको छ।, यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र तेजबहादुर केसीको इजलासले गरेको सजाय घटाइदिने फैसलाविरूद्ध महान्यायाधीवक्ता कार्यालयले पुनरावलोकनको निवेदन दिएको थियो।, उक्त पुनरावलोक... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार २१ जनामा संक्रमण पुष्टि भएको हो।, ३ हजार ६२८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार २५ जनाको पिसिआर र एक ६०३ जनाको एन्टिजेन परीक्षण गरिएको थि... |
सेतोपाटी संवाददाता सौन्दर्य प्रतियोगिताका नाममा सहभागी प्रतियोगीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा झापाको दमकमा आयोजक संस्थाका प्रमुख पक्राउ परेका छन्। , सौन्दर्य प्रतियोगितामा सहभागीले उनीविरूद्ध उजुरी दिएपछि दमक प्रहरीले दमक–५ का लालबहादुर शंकर पक्राउ गरेको हो।, ‘उनीविरूद्ध उजुरी आएपछि हामीले मंगलबार नियन्त्रणमा लिएर... |
रासस दोलखमा टिपरको ठक्करबाट मृत्यु भएको एक वृद्धको शव चार दिनपछि, बिहीबार मात्र आफन्तले बुझेका छन्। दोलखाको गौरिशंकर गाउँपालिका–७ मार्वुमा टिपरको ठक्करबाट मृत्यु भएको लालबहादुर बिकको शव चार दिनपछि आफन्तले जिम्मा लिएका हुन्।, मृतकका परिवारसँग बिहीबार भएको छलफलबाट टिपर चालकलाई कानुनी कारबाही गरिने र मृतकका परिवारलाई क्ष... |
सेतोपाटी संवाददाता प्रहरीले उदयपुरमा हजुरआमाको हत्या गरेको आरोपमा नातिलाई पक्राउ गरेको छ। , उदयपुर कटारी नगरपालिका-७ रिस्कु बस्ने २६ वर्षीय नाति रोहित दनुवारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मोहन थापाले जानकारी दिए। , उनका अनुसार बिहीबार बिहान रोहितले जग्गाको अंश विषयमा वादविवाद गरेका थि... |
रासस भक्तपुर नगरपालिकामा बिहीबारदेखि मेलम्चीको पानी वितरण सुरू गरिएको छ।, भक्तपुरको कटुञ्जेस्थित खानेपानी ट्याङ्कीबाट भक्तपुर नगरपालिकाको वडा नम्बर १ देखि ५ सम्म मेलम्चीको पानी वितरण गरिएको हो।, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) भक्तपुर शाखा प्रमुख सुरेन्द्र हिमाल... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप अभियान ३२ वटा वडामा सञ्चालन गरेको छ।, जेठ १४ गतेसम्म नगरभित्रका खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा तथा बुस्टर डोज दिइने महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए।, उनकाअनुसार मोडर्ना र फाइजर खोप दिइनेछ।, महानगरले १८ वर्षभन... |
सेतोपाटी संवाददाता प्रहरीले सामाजिक सञ्जालको दुरूपयोग गरी युवतीको चरित्र हत्या गर्ने एक जनालाई पक्राउ गरेको छ। , विराटनगर महानगरपालिका-१७ घर भई धरान उप-महानगरपालिका-३ का ३१ वर्षीय मोहम्मद कासीमलाई पक्राउ गरेको साइबर ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिए। , उनका अनुसार कासीमले सामाजिक सञ्जालमा फेक... |
रासस समयमा पाठ्यपुस्तक प्राप्त नहुँदा उदयपुरको विद्यालयमा पठनपाठनमा समस्या भएको छ।, नयाँ शैक्षिकसत्र सुरूआत भएसँगै अहिले जिल्लाको विद्यालयमा भर्ना अभियान जारी छ। , भर्ना भएका बालबालिकाको हातमा अध्ययन गर्ने पाठ्यपुस्तक प्राप्त हुन नक्दा पठनपाठनमा समस्या भएको हो। बालबालिका विद्यालय पुगेर उपस्थित भई घर फर्किन थालेका छन्... |
सेतोपाटी संवाददाता भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहाल सवारी दुर्घटनामा परेकी छन्।, शुक्रबार दिउँसो उनी चढेको गाडी ललितपुरको स्टाफ कलेज नजिकै दुर्घटनामा परेको हो।, उनी सवार प्रदेश ३-०१-०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको र दाहाललाई सामान्य चोट लागेको छ। , टाउकोमा चोट लागेकी रेनुलाई ... |
सेतोपाटी संवाददाता प्रहरीले सामाजिक सञ्जालको दुरूपयोग गरी युवतीको चरित्र हत्या गरेको आरोपमा प्रहरी जवानलाई पक्राउ गरेको छ।, रौतहट दुर्गा भवानीपुर गाउँपालिका-४ का २७ वर्षीय कृष्ण कुमार यादवलाई पक्राउ गरेको साइबर ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द अर्यालले जानकारी दिए। उनी प्रहरी चौकी बटेश्वर धनुषामा दरबन्दीमा प्रहर... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १२ जनामा संक्रमण पुष्टि भएको हो। , तीन हजार ३८७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार २३८ जनाको पिसिआर र एक हजार १ सय ४९ जनाको एन्टिजेन पर... |
सेतोपाटी संवाददाता रूपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपो आगलागीबाट ठूलो दुर्घटना हुनबाट जोगिएको छ।, आयल निगममा ट्यांकरबाट डिपोमा तेल खन्याउने क्रममा दुइटा ट्यांकरमा अचानक आगलागी भएको थियो।, ईलाका प्रहरी कार्यालय मंगलापुर अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरमा बिहान ११:४० मा लागेको आगो ११:५५ मा निय... |
एजेन्सी भारतको लद्दाखमा बस दुर्घटना हुँदा सात जना सैनिकको मृत्यु भएको छ। , तुर्तुक क्षेत्रमा बस दुर्घटना हुँदा सात जना सैनिकको मृत्यु भएको भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ।, शुक्रबार २६ जवान बोकेको बस सडकबाट चिप्लिएर श्योक नदीमा खसेको थियो। उक्त बस नदीमा खस्दा सात जनाको मृत्यु भएको हो। , दुर्घटनामा... |
सेतोपाटी संवाददाता जलवायु परिवर्तनले कृषि उत्पादनमा देखिएको समस्या र यसका समाधानका उपायबारे किसानलाई पर्याप्त जानकारी दिनुपर्ने विज्ञहरूले बताएका छन्।, यसका लागि स्थानीय सरकारहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने जलवायु परिवर्तन र कृषिका विज्ञहरूले बताएका छन्।, किसानले दुःख गरेअनुसार कृषि उत्पादन भइरहेको छैन।, सामुदायिक... |
रासस विश्वका धेरै मुलुकमा देखापरेको मंकीपक्स रोगको जोखिम नेपालमा पनि छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मंकीपक्सका संक्रमित फेला नपरेको बताए।, नेपालमा संक्रमण नदेखिए पनि सचेत हुनुपर्ने उनले बताए।, यो रोग भाइरसबाट सर्ने एक किसिमको सरुवा रोग हो। संक... |
सेतोपाटी संवाददाता प्रहरीले ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। , चाँगुनारायण नगरपालिका-७ का ७२ वर्षीय केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका-८ का ५८ वर्षीय ईश्वर गाइजुलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , प्रहरीले शुक्रबार उनीहरूलाई भक्तपुर नगप... |
युवराज श्रेष्ठ पोखरा महानगरपालिकाले फेवातालसहित पोखराका नौवटै तालहरूको मापदण्ड आधाभन्दा बढी घटाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। फेवाताल संरक्षणका मुद्दामा लामो समयदेखि लडेका अधिवक्ताहरू खगेन्द्र सुवेदी, सरोजनाथ प्याकुरेल, कृष्णहरि खड्का र दीपेन्द्र प्रसाद घिमिरेले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्... |
सेतोपाटी संवाददाता प्रहरीले धाक-धम्की दिएर पीडितलाई सात करोड रूपैयाँ माग गरेको आरोपमा एक जना पत्रकारसहित सात जनालाई पक्राउ गरको छ। , शुक्रबार दिउँसो अपराध महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट सात जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , पक्राउ पर्नेमा उद... |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट श्रीमतीको हत्यामा संलग्न रञ्जन कोइरालालाई पक्राउ गरेको छ। , श्रीमतीको हत्यामा संलग्न कोइरालालाई शुक्रबार बानेश्वरबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। उनी सशस्त्र प्रहरी बलका पूर्वडिआइजी समेत हुन्। , श्रीमतीको हत्या ... |
रासस मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरको सूर्यविनायकमा सफलतापूर्वक परीक्षण गरिएको छ।, आयोजनाले सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिहरूले सूर्यविनायक पाण्डुबजारस्थित मेलम्चीको खानेपानी ट्यांकीको साँचो खोलेर शुक्रबार नगरपालिकाभित्रका दुई हजार ५ सय घरका धारामा पानी छोडी परी... |
विमलबहादुर विष्ट/रासस विभिन्न सरकारी र गैरसरकारी संस्थाको पहलमा छाउ गोठ भत्काइँदा डोटी दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला वर्ष २२ की सविता बलायरलाई अब त मान्छे भएर बाँच्न पाइएला कि भन्ने आश जागेको थियो।, महिनावारीअर्थात् रजस्वला भएको बेला राख्न बनाइएका गोठहरूमा बस्दा अनेक समस्यासँग जुधेका उनीजस्तै यहाँका महिलाका अनुहार... |
नेहा हुमागाईँ मैनाली फोलिक एसिड भनेको एउटा भिटामिन हो। गर्भधारण गर्ने योजना बनाउनुभन्दा तीन महिना अगाडिदेखि फोलिक एसिड खानुपर्छ।, यसको सेवनले बच्चालाई मेरूदण्ड र मस्तिष्क सम्बन्धी रोगबाट बचाउँछ। , त्यति मात्र हैन, यसले गर्भमा रहेको शिशुमा हुने सक्ने बिकारलाई कम गर्नसमेत सहयोग गर्ने हुँदा चिकित्सकहरु गर्भवती महिलालाई फ... |
सेतोपाटी संवाददाता सुनौलो रङ लगाएको फलामको ढिक्कालाई सुन भनी ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।, रूपन्देहीको सैनामैना नगरपालिका वडा नं १० शितलापुरस्थित होटलबाट र कञ्चन गाउँपालिका १ हात्तीबजारबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले ठगी मुद्दामा अनुसन्धान सुरू गरेको छ।, बुटवल उपमहानगरपालिका वडा नं.१७ बस्ने ४... |
दिपकजंग शाही अन्तरजातीय प्रेम सम्बन्धको कारण मारिएका जाजरकोटका नवराज विकको आज दोस्रो वार्षिकी हो। घरमा परिवार र नातागोता मात्र छैनन्, अधिकारकर्मी समेत पुगेका छन्।, नवराजका बुवा मुनलाल विकले हिजैदेखि तयारी गरेको वार्षिकी सकाएर आफ्नो दैनिक कार्यतालिका पछ्याइसके। तर उनले बिहान चियाबाहेक केही पनि खाएका छैनन्।, ‘छोरो मारिए... |
सेतोपाटी संवाददाता विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एक शिक्षक पक्राउ परेका छन्।, पक्राउ पर्नेमा जनार्दन अधिकारी रहेका छन्। उनी कलेजका को-अर्डिनेटर हुन्।, उनीविरूद्ध मंगलबार तीन जना विद्यार्थीले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी वृत्त गौशलाले जनाएको छ।, पीडित विद्यार... |
सेतोपाटी संवाददाता काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन्।, मंगलबार बिहान कलेजका विद्यार्थीहरू आन्दोलित भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले जानकारी दिए। , विद्यार्थीहरूमाथि दुर्व्यवहार भएको भन्ने खबर... |
सेतोपाटी संवाददाता उच्च अदालत पाटनले उपचारमा लापरबाही गरेको भन्दै ग्रान्डी अस्पताललाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ। , आफ्नो बच्चाको उपचारका क्रममा लापरबाही गरेको भन्दै सन्जीव न्यौपाने र एकता घिमिरेले ग्रान्डी अस्पतालविरूद्ध दिएको मुद्दामा न्यायाधीशद्वय सुवास पौडेल र हरिप्रसाद पौडेलको इजलासले सोमबार... |
सेतोपाटी संवाददाता मंगलबार दिउँसो प्रहरी वृत्त गौशाला गेट अगाडि विद्यार्थीहरूले चाबहिलस्थित सेन्ट लरेन्स कलेजको टिसर्ट जलाए।, शिक्षकले छात्राहरूमाथि गरेको यौन दुर्व्यवहारको आक्रोश उनीहरू पोखिरहेका थिए।, बिहान ६ बजेदेखि सुरू भएको आन्दोलन दिनभरि नै चल्यो। शिक्षक तथा व्यवस्थापन संकायका संयोजक जनार्दन अधिकारीले छात्रामाथि... |
नवीनबाबु गुरूङ अन्तरजातीय प्रेमको कारण नवराज विकसहित छ जना मारिएको दिनलाई ‘जात व्यवस्थाविरूद्धको विद्रोह दिवस’को रूपमा मनाइएको छ।, मंगलबार काठमाडौंस्थित माइतीघर मण्डलमा उक्त घटनालाई ‘जात व्यवस्थाविरूद्धको विद्रोह दिवस’ भन्दै दलित संघर्ष नेपाल, बृहत नागरिक आन्दोलन र प्रतिरोध जनआन्दोलनको सहआयोजनामा, जात व्यवस्था उन्मूल... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १६ जनामा संक्रमण पुष्टि भएको हो। , २ हजार ९२० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , १ हजार ९९८ जनाको पिसिआर र ९ सय २२ जनाको एन्टिजेन परीक्षण गरिएको ... |
सेतोपाटी संवाददाता सुदूरपश्चिम लोक सेवा आयोगले स्वास्थ्य सेवातर्फ चौथो तहका प्राविधिक पदमा दरखास्त आह्वान गरेको छ।, दुई सय ६६ जना माग गर्दै आज दरखास्त खुला गरिएको हो। इच्छुकले यही जेठ ३१ भित्र दरखास्त पेश गरिसक्नुपर्नेछ। अनलाइनबाट दरखास्त दिन सकिनेछ।, प्रदेश निजामती सेवाका स्वास्थ्य सेवातर्फ चौथो तहका प्राविधिक पदमा र... |
सेतोपाटी संवाददाता सेन्ट लरेन्स कलेजका छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा अर्का शिक्षक पनि पक्राउ परेका छन्। , विद्यार्थीहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यार्थीहरू आन्दोलित भएका थिए। त्यसपछि प्रहरीले आरोपित जनार्दन अधिकारीलाई पक्राउ गरेको हो। त्यस्तै अर्का शिक्षक राजनकुमार पौडेललाई पनि पक्राउ गर... |
शोभा शर्मा कानुन मन्त्रालयले बलात्कारका घटनामा उजुरी दिने हदम्याद खुकुलो बनाउने तयारी गरेको छ।, कानुनमन्त्री गोविन्द शर्माले कानुन आयोगलाई हदम्याद खुकुलो बनाउनेबारे प्रतिवेदन दिन भन्दै सोमबार चिठी लेखेका छन्। शर्माले मंगलबार सेतोपाटीसँग कुरा गर्दै हदम्याद खुकुलो बनाउने गरी कानुन संशोधन गर्ने तयारी थालिएको बताए। , 'हाम... |
सेतोपाटी संवाददाता तनहुँमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। , भिमाद नगरपालिका-२ बस्ने ४० वर्षीया पवित्रा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। मृतक स्कुटरको पछाडि सवार थिइन्।, उनका अनुसार मंगलबार बिहान व्यास नगरपालिका-५ तल्लो गुणादी सिर्दीस... |
सेतोपाटी संवाददाता रोल्पामा भएको अटो दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ।, अटो चालक रोल्पा नगरपालिका वडा नम्बर २ का २९ वर्षीय महेश कवरको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए।, उनकाअनुसार अटो दुर्घटनामा अन्य तीन यात्रु घाइते छन्। यीमध्ये एक जना गम्भीर घाइते छन् भने दुई जना उपचारपछि घर फर्क... |
एजेन्सी अमेरिकाको टेक्सस राज्यस्थित एउटा विद्यालयमा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा शिक्षकसहित कम्तीमा २१ जनाको ज्यान गएको छ।, सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्ने टेक्सासको युभाल्ड सहरस्थित इलेमेन्टरी स्कुलमा पसेर एक १८ वर्षिय किशोरले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ जनाको ज्यान गएको समाचार संस्था... |
विनोद सापकोटा झापाको धरमपुरमा यात्रुबहाक बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।, मृत्यु हुनेहरू नेपाल प्रहरीका कर्मचारी र म्यादी प्रहरी रहेको खुलेको छ। उनीहरू निर्वाचन सुरक्षामा खटिएर फर्कंदै थिए।, जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मोरङको पथरी शनिश्चरे नगरपालिका ८ का प्रकाश राई र भोजपुरको सडानन्द न... |
सेतोपाटी संवाददाता झापामा यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।, झापाको शिवसताक्षीमा बुधबार बिहान भएको दुर्घटनामा प्रदेश नम्बर १ ०२०४० प ७१४९ नम्बरको पल्सर मोटरसाइकलमा सवार दुई जनाको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, पश्चिमबाट पूर्व आउँदै गरेको बसले ठक्कर दिँदा मोटरसा... |
सेतोपाटी संवाददाता इलाका प्रहरी कार्यालय कोहलपुरको थुनुवा कक्षमा रहेका एक जना थुनुवा मृत फेला परेका छन्।, कोहलपुर नगरपालिका वडा नं. १२ का ४७ वर्षीय कृष्णलाल कुँवर बुधबार बिहान मृत फेला परेका हुन्।, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले थुनुवा कक्ष परिसरकै शौचालयको भेन्टिलेटरमा आफ्नै ... |
रासस दोलखाको गौरीशंकर गाउँपालिका–३ झ्याकुका एक युवकको शंकास्पद मृत्यु भएको छ।, नेपाली कांग्रेस वडाध्यक्षमा उम्मेदवारी दिएका दिलबहादुर बस्नेतका २४ वर्षीय छोरा यानबहादुरको शंकास्पद मृत्यु भएको हो।, मंगलबार बेलुकादेखि सम्पर्कविहीन भएका यानबहादुर घर नजिकै आज बिहान मृतावस्थामा फेला परेको स्थानीयवासी जिपछिरिङ शेर्पाले बताए।... |
सेतोपाटी संवाददाता गोरखाको धार्चे गाउँपालिकास्थित खोर्ला र तातोपानीको बीचमा पर्ने लुस्याङमा सुख्खा पहिरो खस्दा बाटो अवरूद्ध भएको छ।, स्थानीय सुशील गुरूङका अनुसार गए राति सुख्खा पहिरो खसेको हो। यो मनास्लु पदमार्गअन्तर्गत पर्ने क्षेत्र हो।, ‘सुख्खा पहिरो खसेपछि आवतजावत रोकिएको छ,’ उनले भने, ‘गाउँपालिकाले पहिरो हटाउन नेप... |
सेतोपाटी संवाददाता बैंकिङ कसुर मुद्दामा बिगो रकम एक करोड १० लाख भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , सर्लाही हरिपुर नगरपालिका-१ घर भई काठमाडौं नागार्जुन नगरपालिका-१० स्युचाटार ... |
सेतोपाटी संवाददाता महिनावारी दिवसको अवसर पारेर काठमाडौंमा बृहत् साइकल र्याली हुने भएको छ। , बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यही जेठ १४ गते शनिबार महिनावारी दिवसको अवसर पारेर काठमाडौंको बसन्तपुरदेखि ललितपुरको मंगलबजारसम्म साइकल र्याली गरिने जानकारी गराइएको हो। , ‘विद्यालयमा महिनावारी’ भन्ने सन्देशका साथ वातावरण... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीका अनुसार बुधबार ५ जनामा संक्रमण पुष्टि भएको हो। , २ हजार ७१७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , १ हजार ८८९ जनाको पिसिआर र ८२८ जनाको... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको लामोसाँघु-जिरी सडकखण्डअन्तर्गत दुई किलोमा एम्बुलेन्स दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ।, सुनकोशी गाउँपालिका वडा नम्बर ७ स्थित दुई किलोमा गए राति बा २० च ६३२७ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई सडक छेउको एक घरमा छिरेको थियो।, ‘घुम्ती मोड्न नसकेर एम्बुलेन्स सडक छेउको घरमा पुग... |
सेतोपाटी संवाददाता मुगुबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।, बुधबार म १ ख ६६० नम्बरको बस राति ८ बजे दैलेखको आठविस नगरपालिका-२ सिस्ने नजिक दुर्घटनामा परेको हो। बस सडकबाट कर्णाली नदीमा खसेको छ।, जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी भुवनेप्रसाद साहका अनुसार बसमा सवार ४ जनाको मृत्यु... |
रासस पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगञ्जका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन्।, ढुवानी व्यवसायी सङ्घ वीरगञ्जका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै उनीहरुले ढुवानी सेवा बन्द गरेका हुन्।, पेट्रोलियम पदार्थमा अत्यधिक मूल... |
रासस बाँकेको कोहलपुर नगरपालिका–११ स्थित साझा चोकमा भारतीय ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा बुधबार एक जनाको मृत्यु भएको छ।, नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको तीव्र गतिमा रहेको युपी ३२ टिएन ४३४४ नम्बरको भारतीय ट्रकले सोही दिशातर्फ जाँदै गरेको भे१च ४९४१ नम्बरको अटोरिक्सालाई ठक्कर दिँदा कोहलपुर–१३ का अटो चालक २९ वर्षीय... |
सेतोपाटी संवाददाता मोरङको मिक्लुङ सामुदायिक वन उपभोक्ता सामूहका तत्कालीन अध्यक्षसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाँच जनाविरूद्ध बुधबार काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। , समूहका तत्कालीन अध्यक्ष सन्तोषकुमा... |
सेतोपाटी संवाददाता मुगुबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना हुँदा मृत्यु भएका ४ जनाको पहिचान खुलेको छ।, बुधबार मुगुबाट नेपालगञ्ज जाँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठविस नगरपालिका–२ सिस्नेस्थित कर्णाली राजमार्गमा दुर्घटनामा परेको थियो।, दुर्घटनामा दैलेखको दुल्लु नगरपालिका–९ का करिब ३२ वर्षीय प्रेम सुनार र ३६ वर... |
सेतोपाटी संवाददाता कैलालीमा ट्याक्टर र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।, आइतबार बिहान ७ बजे गौरीगंगा नगरपालिका-३ कुचैनीस्थित पूर्वपश्चिम राजमार्गमा ट्याक्टर र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दियो। , सु.प.प्र ०१-००८ प १७८३ नम्बरको स्कुटरकी ३० वर्षीया चालक सबिता कंडे... |
सेतोपाटी संवाददाता सिराहामा बाबु छोराको हत्या भएको छ। , अर्नमा गाउँपालिका वडा नम्बर १ महनौरस्थित घरमा आइतबार बिहान करिब ३ बजे बाबु-छोराको हत्या भएको हो।, उनीहरूको शव घरभित्रै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए। , घरमा ६० वर्षीय चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्त... |
रासस सार्वजनिक बिदाका दिनमा सञ्चालन गरिएका सरकारी सवारी साधनलाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सार्वजनिक बिदाका दिनमा सार्वजनिक निकायले कार्यालयका सवारी साधन सञ्चालन नगर्ने गृह मन्त्रालयको निर्देशनानुसार कार्यान्वयन गर्ने क्रममा शनिबार पाँच सवारी साधन नियन्त्रणमा लिएको हो।, जिल्ला प्रहरी कार्य... |
सेतोपाटी संवाददाता गुल्मीमा कक्षा ९ मा पढ्ने छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना शिक्षकलाई पक्राउ गरेको छ। , शिक्षकहरूलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालले जानकारी दिए।, सत्यवती गाउँपालिकाको हसरामा रहेको सत्यवती माध्यमिक विद्यालयमा कार्यरत शिक्षक प्रकाश भट्ट... |
सेतोपाटी संवाददाता ओखलढुंगामा १८ वर्षीया किशोरी अर्धचेत अवस्थामा फेला परेकी छन्।, आइतबार बिहान करिब ६ बजे मानेभञ्ज्याङ गाउँपालिका-५ स्थित घर गाउँको बाटोमा एक किशोरी अर्धचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शुकदेव खनालले जानकारी दिए।, उनका अनुसार घरभन्दा डेढ किलोमिटर टाढा सडकमा फेला परे... |
सेतोपाटी संवाददाता अन्तरजातिय प्रेमको कारण नवराज विकसहित छ जना मारिएको दिनलाई ‘जात व्यवस्थाविरूद्धको विद्रोह दिवस’को रूपमा मनाइने भएको छ।, जात व्यवस्था उन्मुलन मोर्चाले जेठ १० गते ‘जात व्यवस्थाविरूद्धको विद्रोह दिवस’को रूपमा घोषणा गरेको हो। , दुई वर्षअघि अन्तरजातिय प्रेम गरेको कारण नवराज विकसहित, लोकेन्द्र सुनार, सन्द... |
रासस भरतपुरमा कार्यालयको बोर्ड झिक्ने क्रममा विद्युत सर्ट भएर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। , भरतपुर–१० कटहर चोक बस्ने अन्दाजी ३६ वर्षीया सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए। , शिखर इन्स्युरेन्स कम्पनीको शाखा कार्यालयमा कार्यरत सुवेदीको मृत्यु भएको हो। सोही स्... |
सेतोपाटी संवाददाता ओखलढुंगामा अर्धचेत अवस्थामा फेला परेकी एक किशोरीमाथि बलात्कार भएको हुनसक्ने आशंका गरिएको छ। , अहिले उनको थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो। , आइतबार बिहान ५ बजे मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ५ स्थित सडकमा १८ वर्षीया किशोरी फेला परेकी थिइन्।, अर्धचेत अवस्थामा फेला परेकी उनको थप उप... |
दिपकजंग शाही केही दिनअघि सुर्खेतको भेरीगंगा नगरपालिका–३, डुंग्रीखोलाका शेरबहादुर वली अटोरिक्सा चढेर विद्यालयबाट घर फर्किँदै थिए। अटोरिक्सामा अर्का एक जना पनि जान खोजे। सुरूमा उनले शेरबहादुरलाई अलिक कडा स्वरमा ठाउँ सर्न भने। , शेरबहादुर सरेपछि ती व्यक्ति अटोमा बसे। उनले शेरबहादुरलाई अनायासै सोधे, 'कहाँ गीत गाएर आयौ त भ... |
रासस जाजरकोटको बारेकोट गाउँपालिका–९ सक्लामा ढुंगाले लागेर आइतबार एक बालकको मृत्यु भएको छ।, बारेकोट–७ सुवाकोट मामाघर जाने क्रममा राजु विकका दुई वर्षीय छोरा रोहितको घटनास्थलमै मृत्यु भएको स्थानीय धनजीत महरले जानकारी दिएर, महरका अनुसार रोपाछरास्थित भिरमा बाख्राले खसालेको ढुंगा लागेर रोहितको मृत्यु भएको हो। ,
ढुंगाले लाग... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.