content
stringlengths
20
64.1k
रासस चितवनको खैरहनीमा कारको ठक्करबाट एक युवकको मृत्यु भएको छ।, कालिका नगरपालिका वडा नम्बर ४ घर भई हाल खैरहनी नगरपालिका वडा नम्बर ८ बस्ने २१ वर्षीय विश्वास गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।, पूर्वपश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिका वडा नम्बर ९ सिमलटाँडीमा बुधबार भारतीय कारको ठक्करबाट घाइते गुरुङको उपचारका क्र...
सेतोपाटी संवाददाता प्रहरीले एक सय ९७ तोला २८ लाल चाँदीसहित एक जनालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका–११ स्थायी घर भई गैंडाकोट नगरपालिका–५ बस्ने २४ वर्षीय कुमार विक छन्।, कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनलाई भरतपुर महानगरपालिका–११ स्थित भोजाड–पदमपु...
नवीनबाबु गुरूङ मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा तारा एयरको जहाजमा दुर्घटना हुँदा निधन भएकाहरूको शव परिवारलाई जिम्मा लगाइएको छ।, शवको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमर्टम गरिएको थियो। पोस्टमर्टम कार्य सकिएकोले शव पहिचान गरी  परिवार तथा आफन्तजनलाई जिम्मा लगाइएको हो। कोहीले शव लगिसकेका छन् भने कोही लैजा...
सेतोपाटी संवाददाता सिराहामा प्रहरीले इनारभित्र एक युवकको शव फेला पारेको छ। , सिराहाको गोलबजार नगरपालिका-२ टुर्कियाका ४८ वर्षीय ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए। , प्रहरीका अनुसार श्रीमतीलाई औषधि लिन जाने क्रममा उ...
सेतोपाटी संवाददाता रूपन्देहीको सैनामैना झिमझिमियामा घाइते अवस्थामा फेला परेको चितुवाको बिहीबार मृत्यु भएको छ।, केही दिनयता सैनामैनाको सालझण्डी, रामापुर लगायतका क्षेत्रमा डुलिरहेको चितुवा बिहीबार सख्त घाइते अवस्थामा फेला परेको थियो।, इलाका प्रहरी कार्यालय सैनामैनाका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीका अनुसार उक्त चितुवा ...
सेतोपाटी संवाददाता काठमाडौंका मेयर बालेन शाहले रियालिटी शोमा निर्णायकको भूमिकालाई निरन्तरता दिएका छन्।  , काठमाडौंको मेयरमा निर्वाचित भएपछि पनि बालेनले र्‍याप गायनमा आधारित ‘नेपहपको श्रीपेच’ रियालिटी शोमा निर्णायक भूमिकामा निरन्तरता दिएको शोका निर्देशक निकेश खड्काले जानकारी दिए। , उनले बालेन कार्यालयको काममा निकै व्यस...
सेतोपाटी संवाददाता निजी क्षेत्रको वायु सेवा प्रदायक संस्था तारा एयरलाइन्सले पोखरा-जोमसोम उडान एक साताका लागि स्थगित गर्ने निर्णय गरेको छ। , ‘हामीले एक साताका लागि पोखरा-जोमसोमको उडान बन्द गर्ने निर्णय गरेका छौं’, तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले ,सेतोपाटी,सँग भने,‘एक सातासम्म पोखरा-मुस्ताङ टिकट बन्द गरिएको छ।’, य...
सेतोपाटी संवाददाता दोलखामा प्रहरीले नदी किनारमा एक पुरूषको शव फेला पारेको छ। , तामाकोसी गाउँपालिका-५ किर्नेटार स्थित तामाकोसी किनारमा बिहीबार पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशील केसीले जानकारी दिए। , उनका अनुसार तामाकोसी किनारमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।, फेला प...
नारायण ढुंगाना गत वर्षको भिषण वर्षासँगै सिन्धुपाल्चोकको हेलम्बुका पहाड खसेर आएको कल्पनीय बाढीले ठूलो क्षति ब्यहोरेकी मेलम्ची नगरपालिका–११ की मैया दुलाललाई वर्षा सुरू हुनै लागेकाले फेरि चिन्ता बढेको छ। उही पुरानै शैलीमा मेलम्ची उर्लिने पो हो कि भने चिन्ता उनलाई छ।, आकासमा कालो बादल देख्नासाथ उनलाई त्यही त्रासदीपूर्ण दि...
रासस चाँगुनारायण नगरपालिकाले नगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउने घोषणा गरेको छ।, नगर प्रमुख जीवज खत्रीको अध्यक्षतामा बसेको पहिलो कार्यपालिकाको बैठकले नगरपालिकाभित्र स्थायी बसोबास गर्ने नागरिकलाई आगामी साउन १ गतेदेखि उपचारको क्रममा रगतको आवश्यक परेमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शखामार्फत निःशुल्क रगत उपलब्ध गराउने ...
सेतोपाटी संवाददाता पछिल्लो समय शैक्षिक परामर्श सेवाका लागि शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर खोलिएका कन्सल्टेन्सीले वैदेशिक रोजगार व्यवसायमा जोडिएर करोडौं रकम ठगी गर्ने गरेको पाइएको वैदेशिक रोजगार विभागले बताएको छ।, कन्सल्टेन्सीहरूले रोजगारमा पठाइदिने भन्दै लाखौं रूपैयाँ असुली गरी सञ्चालक फरार हुने गरेका उजुरी बढेको व...
सेतोपाटी संवाददाता सरकारले ल्याएको केन्द्रीय बजेटमा दलित र सिमान्तकृत समुदायलाई नसमेटिएको सरोकारवालाहरूले बताएका छन्। जागरण मिडिया सेन्टरले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरूले यस्तो बताएका हुन्।, सरकारले ल्याएको बजेटमा सिमान्तकृत समुदाय र दलित समुदायलाई नसमेटिएको भन्दै उनीहरूले असन्तुष्टि जनाए...
नारायण खड्का नेपालगञ्जमा सहमतिबाट मात्रै राजा वीरेन्द्रको शालिक स्थापना गर्न दलहरू सहमत भएका छन्।, जिल्ला प्रशासन कार्यालय बाँकेको आव्हानमा शुक्रबार दिउँसो भएको सर्वदलीय  बैठकले सबैको सहमतिमा मात्र सालिक राख्ने निर्णय भएको हो। , राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेकका दलहरूको उपस्थितिमा भएको बैठकले सामाजिक सद्‌भावमा खलल ...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंहले सरूवा-बढुवा हुन भ्रातृ संगठनका नेता भेट्ने प्रहरीहरूको रेकर्ड राख्न थालेको बताएका छन्। , बिहीबार महानिरीक्षक भएको एक महिना पूरा भएको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कतिपय मिडियामा यस्ता कुराहरू आएपछि त्यसब...
सेतोपाटी संवाददाता मकवानपुरको हेटौंडामा गाडीले ठक्कर दिँदा ड्युटीमा खटिएको प्रहरीको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी हवल्दार कर्णाकर  भट्टको मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।, ‘दुर्घटना भएको हो,’ उनले भने, ‘यसबारे अनुसन्धान भइरहेको छ।’, बुधबार राति हवल्दार...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १४ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार ५९५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ४१३ सय जनाको पिसिआर र एक हजार एक सय ८२ जनाको एन्टिजेन परी...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंहले सामाजिक सञ्जालबाट मानसिक यातना दिने विषयमा जाहेरी परे अनुसन्धान हुने बताएका छन्। , बिहीबार प्रहरी प्रधान कार्यालयमा कार्यकालको एक महिना पुगेको अवसरमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा प्रहरीले जाहेरी लिनुपर्ने बताएका छन्। जाहेरी आएपछि प्रह...
प्रशन्न पोखरेल त्रिभुवन विश्वविद्यालयले अर्थशास्त्रको मास्टर्स डिग्रीको प्रश्नपत्र बनाउँदा लापरबाही गरेको देखिएको छ। , मानविकी संकायअन्तर्गत डिन कार्यालयले पोहोर र यसपालि हुबहु प्रश्न सोधेर मूल्यांकन प्रक्रियामा लापरबाही गरेको गुनासो विद्यार्थीहरूले गरेका छन्।, बुधबार भएको ‘पब्लिक इकोनोमिक्स’ को परीक्षामा त्रिविले पोह...
सेतोपाटी संवाददाता प्रहरीले विराटनगरबाट ४० लाख रुपैयाँ बराबरको अवैध सामानसहित भारतीय ट्रयाक्टरलाई नियन्त्रणमा लिएको छ। , मोरङ विराटनगर महानगरपालिका-४ बाट बिआर ४४ जिबी २६२७ नम्बरको ट्र्याक्टरसहित सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। , प्रहरीले भारत जोगवनी-१० टिकुलीया बस्ने ३४ वर्षीय श्याम चौध...
राजेश घिमिरे गत वैशाखमा एक जना १७ वर्षीया बालिका आफूमाथि बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय पुगिन्। उनले आफूमाथि भएको घटना बेलिबिस्तार लगाएर जाहेरी लेखिन्। कार्यालयमा दर्ता गरिन्।, तर केही दिनपछि उनै बालिका त्यही कार्यालय पुगेर भन्न थालिन् ‘मलाई कसैले केही गरेको छैन। मैले दिएको जाहेरी फिर्ता लिइदिनुपर्‍यो।’, उ...
सेतोपाटी संवाददाता दाङको घोराहीबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित युवायुवती पक्राउ परेका छन्।, पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १४ का २४ वर्षीय पुजन राज कँवर र घोराही – १५ की २२ वर्षीया विष्णु बुढा मगर छन्।, जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार सोमबार राति करिब पौने दश बजेको समयम...
नवीनबाबु गुरूङ मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा दुर्घटनाग्रस्त भएको तारा एयरको जहाजमा परेर निधन भएकाको बाँकी शव ल्याइएको छ।, दुर्घटनास्थलमा रहेका दुई र कोवाङमा रहेका १० गरी १२ शवलाई आज हेलिकप्टरमार्फत् काठमाडौंको त्रिभुवन विमानस्थल ल्याइएको हो। त्यसपछि शव पोस्टमर्टमका लागि महाराजगन्जस्थित शिक्षण अस्पता...
सेतोपाटी संवाददाता प्रधान सेनापति प्रभुराम शर्मा असार १३ गतेदेखि अमेरिका भ्रमणमा जाने भएका छन्।, अमेरिकाको औपचारिक निमन्त्रणामा उनी अमेरिका जान लागेको सेनाले जनाएको छ। उनी असार १७ गतेसम्म अमेरिकामा रहनेछन्।, भ्रमणले नेपाली सेना र अमेरिकी सेनालगायत दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध एवं विद्यमान द्वीपक्षीय सहयोग तथा सहका...
रासस ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेको आरोपमा धनुषा प्रहरीले एक जना वडा सदस्यलाई पक्राउ गरेको छ।, ज्यान मार्ने उद्योग मुद्दामा फरार सूचीमा रहेको जनाउँदै प्रहरीले धनुषाको शहीदनगर नगरपालिका–९ को वडा सदस्यमा हालै निर्वाचित राजेश बिराजीलाई पक्राउ गरेको हो।,     , कार्यपालिका सदस्य छनोट गर्नका लागि मतदान गर्न आएको बे...
सेतोपाटी संवाददाता कबड्डी-४ की अभिनेत्री मिरूना मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका युवक मंगलबार धरौटीमा रिहा भए। , मगरले पक्राउ परेका युवकलाई फसाएको भन्दै सामाजिक सञ्जालमा विरोध र काठमाडौंको चाबहिलस्थित केएल टावरमा प्रदर्शनसमेत भएको थियो। पक्राउ पर्नेमा मुगुको मुगूम कार्मारोङ गाउँपालिका-२ घर भएका २४ वर्षी...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ९ जनामा संक्रमण पुष्टि भएको हो। , ३ हजार ४७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ८५ जनाको पिसिआर र ९ सय ६२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।...
सेतोपाटी संवाददाता म्यानमारको राजधानी याङ्गुनमा मंगलबार बम बिस्फोट भएको छ। बिस्फोटमा परी कम्तीमा एक जनाको मृत्यु भएको र अरू नौ जना घाइते भएको प्रहरी श्रोतले जानकारी दिएको छ।, अत्यन्त व्यस्त राजधानी याङ्गुनमा रहेको बसपार्कनजिकै स्थानीय समयअनुसार दिउँसो ३ः२० बजे बिस्फोट भएको प्रहरीले एएफपीलाई जानकारी दिएको छ।, 'दिउँसो क...
सेतोपाटी संवाददाता कबड्डी-४ की अभिनेत्री मिरूना मगरमाथि भएको अभद्र व्यवहारको घटनामा दुई पक्षबीच मिलापत्र भएको छ। , मंगलबार मिरूना मगर र आरोपित मुगुका फुर्पा तामाङ पक्षबीच छलफल भएको थियो।, छलफलपछि आरोपित फुर्पा तामाङले गल्ती स्वीकार गर्दै अभिनेत्रीसमक्ष माफी मागेका थिए। , त्यस्तै अभिनेत्री मगरले पनि उनलाई भाइ सम्झेर मा...
सेतोपाटी संवाददाता न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नागार्जुन नगरपालिका-९ स्युचाटार बस्ने ४५ वर्षीय विकास भट्टराई खत्रीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , उनलाई प्रहरीले मंगलबार स्युचाटारबाट पक्र...
रासस भरतपुर महानगरपालिका–११ मा जंगली जनावरको आक्रमणबाट मंगलबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय कैलाश टोल निवासी ५१ वर्षीय चाथर कुमाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, कार्यालयका अनुसार निगुरो र च्याउ टिप्न नवजागृति सामुदायिक वनमा गएका कुमाललाई जंगली जनावरले आक्रमण गरेको थियो। जंगली जनावरको ...
सेतोपाटी संवाददाता पछिल्लो २ साता याता लगातार परिरहेको पानीले कतै नेपालमा मनसुन सुरू भएको होइन? भन्ने जिज्ञासा लाग्नु स्वभाविक हो। , नेपालमा सामान्यतया मनसुन जुनको दोस्रो साताबाट सुरु हुने भए पनि हरेक वर्ष ठिक यही समयमा मनसुन सुरु हुन्छ भन्ने हुँदैन। यो मितिभन्दा केही दिन अगाडि र केही दिन पछाडि पनि हुनसक्ने मौसमविद्हर...
रासस ठगीको आरोप लागेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजू श्रेष्ठ फरार भएका छन्।, भक्तपुरको सुडालस्थित सरकारी जग्गा र विभिन्न व्यक्तिको नाममा रहेको निजी जग्गासमेत जग्गाधनीको अनुमति बिना बिक्रीका लागि बैना लिई ठगी गरेको अभियोग लागेपछि वडाध्यक्ष श्रेष्ठ फरार भएका हुन्। प्रहरीले ...
सेतोपाटी संवाददाता मेलम्ची खोलामा आउने बाढीबाट हुन सक्ने क्षतिबाट जोगाउन मेलम्ची खानेपानी आयोजनाको सुरूङको ढोका बन्द गरिएको छ। , यही वैशाखदेखि काठमाडौंबासीका घरघरमा वितरण गरिएको मेलम्चीको पानी सुरूङको ढोका बन्द गरेसँगै यो बर्खाभर नआउने भएको छ। बर्खापछि मेलम्चीको पानी पुन: काठमाडौं ल्याइनेछ।, मेलम्चीमा पानीको सतह बढ्दो...
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा आयोगले एमबीबीएसलगायत चिकित्सा शिक्षाका स्नातक तह पठनपाठनका लागि शुल्क वृद्धि गरेको छ।, आयोगको मंगलबारको बैठकले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी ३.६ प्रतिशतले शुल्क वृद्धि गर्ने निर्णय गरेको हो।, आयोगको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ। प्रधानमन्त्री शेरबहादुर देउवाकै सहमतिमा ...
सेतोपाटी संवाददाता चितुवाको आक्रमणबाट गोरखाको पालुङटारमा तीन जना घाइते भएका छन्।, मंगलबार साँझ ७ बजे पालुङटार नगरपालिका वडा नम्बर ४ रानीटारमा स्थानीय दुई जनालाई चितुवाले आक्रमण गरेको थियो।, चितुवाको आक्रमणबाट स्थानीय बासिन्दा घाइते भएको खबर पाएपछि पुगेका प्रहरीलाई पनि आक्रमण गरी घाइते बनाएको छ।, प्रहरी सहायक हवल्दार स...
सेतोपाटी संवाददाता बिदा नलिई लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेकी सशस्त्र प्रहरीकी इन्स्पेक्टर डाक्टर अञ्जु गुरूङलाई गृह मन्त्रालयले स्पष्टीकरण सोधेको छ।, डाक्टर गुरूङ गत चैत १ गतेदेखि कार्यालयमा अनुपस्थित छिन्।, बिना सूचना लामो समयदेखि अनुपस्थित रहेको, सम्पर्क स्थापित गर्न नसकिएको र पदीय जिम्मेवारी तथा आचरणविपरीत ...
सेतोपाटी संवाददाता आज बिहान काठमाडौंबाट 'स्टल सेक्टर'मा उडान हुन नसकेको यति एयरले बताएको छ।, उडान हुने गन्तव्यहरुको मौसम राम्रो भए पनि इनरुटको मौसम कसले दिने भन्ने अन्यौल रहेका कारण मौसमको जानकारी प्राप्त नभएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए।, ‘कन्ट्रोल टावर मौसम विभागलाई देखाउँछ, एयरलाइन्सहरुलाई मौसम...
रोहित महतो सिरहाको अर्नमा गाउँपालिकामा एक साताअघि भएको बाबुछोराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका बुहारीसहित तीन जनालाई पक्राउ गरेको छ । , आफ्नै घरमा सुतिरहेको अवस्थामा गत जेठ ७ गते राति अर्नमा गाउँपालिका-१ महनौरस्थित पाल टोलका ६० वर्षीय चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमारको धारिलो हतियार प्रहार ...
सेतोपाटी संवाददाता चितवनमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ।, पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा आज भएको दुर्घटनामा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकरीले बताए। उनको सनाखत हुन सकेको छैन।, ठक्कर दिने सवारी साधनको नम्बर र किसिम खुल्न सकेको छैन। ...
रासस दार्चुलाको महाकाली नगरपालिका–७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको मृत्यु भएको छ । , वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट वडा सदस्यमा निर्वाचित कोलीको मृत्यु भएको नगरप्रमुख नरसिंह चैसिरले बताए।, पेटसम्बन्धी समस्याका कारण जिल्ला अस्पताल लैजाँदै गर्दा कोलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका ...
सेतोपाटी संवाददाता हरेक व्यक्तिलाई सवल बनाउने पत्रकारिता अबको आवश्यकता भएको नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले बताएका छन्।  , अप्टिमिस्ट इन्टरनेशनल नेपालले मंगलबार राजधानीमा आयोजना गरेको ‘कन्स्ट्रक्टिभ जर्नलिज्म’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले सवल र शसक्त नागरिक निर्माणतर्फ मिडियाले ...
सेतोपाटी संवाददाता कीर्तिपुरमा एक जना युवकको हत्या भएको छ। , आइतबार अपरान्हमा कीर्तिपुर नगरपालिका ढल्पाको सडकमा एक युवकको हत्या भएको प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक पुरूषोत्तम पाण्डेले जानकारी दिए। , कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जना युवकलाई पक्राउ समेत गरिसकेको छ। , उदयपुर घर भई कीर्तिपुरको...
सेतोपाटी संवाददाता काठमाडौंबाट झापाको भद्रपुरतर्फ जाँदै गरेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको छ।, जहाजको टायरमा केही समस्या देखिएपछि उडान भरेको केही समयमै पुनः काठमाडौं फर्काएर सुरक्षित अवतरण गराएको बुद्ध एयरका प्रवक्ता दीपन्द्र कर्णले जानकारी दिए।, ‘जहाजमा ...
सेतोपाटी संवाददाता संखुवासभाको चैनपुरमा माटोको ढिस्कोले दुई जना मजदुर पुरिएका छन्। , बुधबार मध्यान्ह करिब १२ बजेतिर चैनपुर नगरपालिका-१ नुनढाकीस्थित गुफापोखरी जाने सडकको माटोको ढिस्कोले दुई जना मजदुर पुरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। , सडक छेउमा ग्याबियन वाल र...
सेतोपाटी संवाददाता संखुवासभाको चैनपुरमा माटोको ढिस्कोले पुरेका दुई जना मजदुरको मृत्यु भएको छ। , बुधबार दिउँसो करिब १२ बजे चैनपुर नगरपालिका-१ नुनढाकी स्थित गुफापोखरी जाने सडकको माटोको ढिस्कोले दुई जना मजदुर पुरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। , सुनसरी धरान उपमहा...
रासस पर्सा जिल्लाका निजी विद्यालय आबद्ध रहेका दुई वटा संगठनले एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थीलाई उक्त विद्यालयको सहमति (हस्तान्तरण प्रमाणपत्र) बिना अन्य विद्यालयमा भर्ना नलिने सहमति भएको छ।, प्याब्सन पर्सा र एन-प्याब्सन पर्साका अनुसार हाल  शैक्षिक सत्र आरम्भ भएको बेला स्कुलको शुल्क तिर्न नसकेका अभिभावकले ...
सेतोपाटी संवाददाता मुगुमा यार्सा संकलनको सुरक्षार्थ खटिएका एक जना प्रहरीको लेक लागेर मृत्यु भएको छ।, मुगम कार्मारोङ गाउँपालिका–२ ठूलीकोशी रिमार लेकमा यार्सा संकलनमा खटिएका सहायक हवल्दार राजबहादुर सिंहको मृत्यु भएको हो।, कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार उनलाई मंगलबार बिहानदेखि टाउको दुख्नुका साथै श्वासप्रश्वासमा...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १५ जनामा संक्रमण पुष्टि भएको हो। , चार हजार ८ सय ४२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , तीन हजार नौ सय २९ जनाको पिसिआर र ९ सय १३ जनाको एन्टिजेन परी...
सेतोपाटी संवाददाता मुस्ताङमा दुर्घटनाग्रस्त तारा एयरको जहाजमा सवार रहेका २२ मध्ये २१ जनाको शव फेला परेको छ।, थासाङ गाउँपालिका-२ सानुसरेमा आइतबार जहाज दुर्घटनामा परे पनि सोमबार बिहान फेला पारिएको थियो।, मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले २१ जनाको शव फेला परेको सेतोपाटीलाई जानकारी दिए। सो जहाजमा तीन जना...
सेतोपाटी संवाददाता ललितपुरको लेलेमा मोटरसाइकल दुर्घटनामा परी एक जना पुरूषको मृत्यु भएको अवस्थामा शव फेला परेको छ। , गोदावरी नगरपालिका-६ स्थित फैडोलको खोंचमा पुरूषको शव फेला परेको ललितपुर जिल्ला परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहले जानकारी दिए।, मृतक वडा नम्बर ११ चापागाउँका अन्दाजी ३४ वर्षीय विज्ञान देसा...
सेतोपाटी संवाददाता नेपालका माउन्टेन बाइकर मंगल कुमार लामाले १७ सय किलोमिटर साइकल यात्राको तेस्रो चरण पार गरेका छन्। अप्रिल १ अर्थात् चैत १८ गतेबाट पुर्वको कञ्चनजंगा, बेस क्याम्पदेखि सुरू गरेको यात्राको ४० औं दिन (मार्च २८) लास्ट रिसोर्टमा एक कार्यक्रम गर्दै लामाले तेस्रो चरण पार गरेको जानकारी दिएका हुन्। , तीन चरणको य...
सेतोपाटी संवाददाता गत शुक्रबार एक भारतीय जोडी छोराछोरीसहित नेपाल घुम्न आयो। काठमाडौं आएको जोडीको नेपालमा घुमाउने जिम्मा पाएको थियो, कैलाश भिजन ट्रेक्सले।, शुक्रबारको रात काठमाडौंमा बिताएका भारतीय शनिबार पोखरा गए। उनीहरूको गन्तव्य जोमसोम थियो। उनीहरू मुक्तिनाथको दर्शन गर्न आएका थिए। हजारौं किलोमिटर टाढाबाट आएका उनीहरू ...
सविना कार्की राम्रा सामुदायिक स्कुल, काठमाडौंको कुनै सामुदायिक विद्यालयमा कति जिल्लाका विद्यार्थी पढ्लान्! , संघीय राजधानी भएकाले देशभरका मानिसको बसोवास हुने नै भयो। यहीअनुसार यहाँका विद्यालयमा धेरै जिल्लाका विद्यार्थी जम्मा हुने नै भए तर कति जिल्लाका!, कलंकीस्थित जनपथ माध्यमिक विद्यालयमा ६५ जिल्लाका विद्यार्थी छन्।, ...
सेतोपाटी संवाददाता अर्घाखाँचीमा प्रहरीले जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जनालाई पक्राउ गरको छ। , मालारानी गाउँपालिका-७ भेडीखोराका ३८ वर्षीय कमल महतलाई पक्राउ गरेको जिल्ला प्रहरी कर्यालय अर्घाखाँचीले जनाएको छ। , शुक्रबार दिउँसो महतले ७ वर्षकी नाबालिकालाई फकाएर चकलेट खाने बहानामा गोठमा लगेका थिए। महतले नाबालिकालाई ज...
सेतोपाटी संवाददाता श्रीमतीको हत्यामा संलग्न सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालालाई केन्द्रीय कारागार सुन्धारामा जेल चलान गरिएको छ। , गत शुक्रबार बानेश्वरबाट पक्राउ परेका कोइरालालाई सोमबार जेल चलान गरिएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , श्रीमतीको हत्या गर्न...
रासस गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमका दुई प्रादेशिक अस्पतालसँग सहकार्य गरी सञ्चालन गरिने भएको छ। , आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत रहने गरी महाकाली प्रादेशिक अस्पताल र सेती प्रादेशिक अस्पतालसँग सहकार्यमा गेटा मेडिकल कलेज सञ्चालनका लागि व्यवस्था मिलाउने घोषणा गरिएको हो।, कैलाली...
सेतोपाटी संवाददाता दैलेखको विद्यालयमा व्यवस्थापन गर्ने भन्दै भ्रष्टाचार गरेको आरोपमा तीन जनाविरूद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ।, आठबिस  नगरपालिका-८ का वडा अध्यक्ष तथा गणेश आधारभूत विद्यालय विशालाका विद्यालय व्यवस्थापन समितिका सदस्य मुक्तिप्रसाद उपाध्याय, गणेश आधारभूत विद्यालय व्यवस्थापन समितिका...
सेतोपाटी संवाददाता प्रहरीले काभ्रेपलाञ्चोकबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। , रामेछाप सुनापाती गाउँपालिका-५ घर भई भक्तपुर नगरपालिका-८ लिवाली बस्दै आएका ४६ वर्षीय कृष्णभक्त मानन्धरलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए। , प्रहरीले सोमबार मानन्धरलाई ...
सेतोपाटी संवाददाता तारा एयर जहाज दुर्घटना सम्बन्धमा अनुसन्धान गर्न दुर्घटना जाँच आयोग गठन भएको छ। , संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ। , वरिष्ठ एरोनटिकल इन्जिनियर रतिश चन्द्र लाल सुमन यस आयोगका जाँच इन्चार्ज छन्। , क्याप्टेन दिपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन...
युनिक श्रेष्ठ मुस्ताङमा आइतबार बिहान दुर्घटना भएको तारा एयरको जहाज पाइलट प्रभाकर घिमिरेले चलाएका थिए। , जहाजमा सहायक पाइलट उत्सव पोखरेल  एयर होस्टेस कृष्मी थापा मगर पनि थिए। उनीहरू १९ जना यात्रुलाई लिएर मुस्ताङको जोमसोम जाँदै थिए।  , जोमसोम पुग्न केही मिनेटमात्र बाँकी रहेका बेला बिहान १०:०७ बजे जहाज सम्पर्कविहीन भयो। ...
निशा भण्डारी आइतबार बिहान मुस्ताङमा तारा एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाउने १० जनाको शव काठमाडौं ल्याइएको छ।, सोमबार साँझ नेपाली सेनाको हेलिकप्टरमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव ल्याइएको हो। शवको पोष्टमर्टमको लागि टिचिङ अस्पताल लगिएको विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए।...
नारायण खड्का आइतबार बिहान मुस्ताङमा दुर्घटना भएको तारा एयरको जहाजमा रहेका १४ जनाको शव फेला परेको छ। बाँकीको खोजी कार्य जारी छ।  , यो खबरले रूकुम पश्चिमको चौरजहारी नगरपालिका-३ लापुते गाउँ यतिबेला शोकमा डुबेको छ।, मुस्ताङमा तारा एयरको जहाज दुर्घटनामा परेका २५ वर्षीय पाइलट उत्सव पोखरेल अब फर्केर आउने छैनन् भन्ने सुनेर ला...
सेतोपाटी संवाददाता प्रहरीले ठगी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। , भिजिट भिसामा नेपालबाट दुबई पठाएर ठगी गरेको आरोपमा पाँच जनालाई नेपालको विभिन्न स्थानबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए। , पक्राउ पर्नेमा लम्जुङ राईनास नगरपालिका-३ का ४७ वर्षीय मधुबिलास ब...
सेतोपाटी संवाददाता आज काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रको मौसममा सामान्य बदली रहेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, भारतको  उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेकाले मौसममा बदली भइरहेको हो।, प्रदेश–१, बागमती र गण्डकी प्रदेशका केही स्थानमा...
युवराज श्रेष्ठ आइतबार दिउँसो पोखरा विमानस्थलको प्रतीक्षालयमा एउटी युवती घरीघरी रोइरहेकी थिइन्। छेउमा उभिएका अरूका पनि आँखा रसाएका थिए। , प्रतीक्षालयमा पर्खिरहेका आँखाहरू जहाजकी एयरहोस्टेस कृष्मी थापालाई खोजिरहेका थिए। तीमध्ये केही कृष्मीजस्तै एयरहोस्टेस थिए।, आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजको घन्टौ...
निर्मला घिमिरे पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको जहाज प्रतिकूल मौसमका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले सोमबार भएको संसदको अन्तर्राष्ट्रिय समितिमा खराब मौसमका कारण जहाज दुर्घटना भएको प्रारम्भिक अध्ययन प्राप्त भएको ...
सेतोपाटी संवाददाता पोखरा विमानस्थल भित्र धावनमार्ग नजिकै रहेको सडकमा तेल बोकेको ट्यांकर पल्टिएको छ।, आयल निगमको डिपोबाट तेल हाल्न जाने क्रममा विमानस्थलमै ‘रिफ्युलर’ ट्यांकर पल्टिएको हो ।, धावनमार्ग वरिपरिको सडकमा तेलको ट्यांकर पल्टिएपछि उडान तथा अवतरणका कार्य रोकिएका छन्। , विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले से...
सेतोपाटी संवाददाता मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा दुर्घटनाग्रस्त भएको तारा एयरको जहाजमा परेर निधन भएकाहरूको थप शव काठमाडौं ल्याउने तयारी गरिएको छ।, नेपाली सेनाको हेलिकप्टरबाट सोमबार १० वटा शव काठमाडौं ल्याइएको थियो। दुर्घटनास्थलमा रहेका चार शवलाई आज बिहानै मुस्ताङकै कोवाङमा झारिएको छ। कोवाङमा रहेका श...
सेतोपाटी संवाददाता आफ्नै घरमा श्रीमानबाट शारीरिक यातना पाएकी एक महिलाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। , चितवनको खैरहनी नगरपालिका–१० की गीता माझी गत बिहीबार साँझ श्रीमानबाट कुटिएकी थिइन्।, प्रत्यक्षदर्शीकाअनुसार श्रीमानले उनको मलद्वारबाट लौरो छिराएर यातना दिएका थिए। उपचारमा संलग्न डाक्टर दीपेन्द्र न्यौ...
कमल खत्री मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ।, तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ।, विमानमा सवार सबै जनाको शव भेटिएको मुस्त...
रासस सप्तरीमा एक महिलालाई जिउँदै जलाएर हत्या गरेको अभियोगमा उनकै देवर पक्राउ परेका छन्।, बोदे बर्साइन नगरपालिका–१ धनगढीका २१ वर्षीय परमेश्वर साहलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, घटनापछि फरार रहेका आरोपित केही दिनदेखि घरमै बस्न थालेको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको हो।, गत माघ २१ गते खाना...
रासस मानव बेचबिखन तथा जबर्जस्ती करणीको घटनामा संलग्न रहेको आरोपमा एक महिलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।, सङ्खुवासभा खाँदबारी नगरपालिका–१० घर भई हाल वीरगञ्ज महानगरपालिका–१६ मा कार्की होटल सञ्चालन गर्दै आएकी ४२ वर्षीया लक्ष्मी बुढाथोकी (कार्की), मोरङ जिल्ला कटहरी गाउँँपालिका–४ घर भई हाल पर्सा वीरगञ्ज –८ बस्ने...
सेतोपाटी संवाददाता पोखरा विमानस्थलमा जहाज उडान र अवतरण पुन: सुरू भएको छ।, धावनमार्ग नजिकै रहेको सडकमा तेल बोकेको ट्यांकर पल्टिएपछि आज बिहान विमानस्थल बन्द गरिएको थियो।, आयल निगमको डिपोबाट तेल हाल्न जाने क्रममा विमानस्थलमै ‘रिफ्युलर’ ट्यांकर पल्टिएको थियो।, विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले 'पेरिमिटर रोड' को नज...
सेतोपाटी संवाददाता मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ सानुसरेमा दुर्घटनाग्रस्त भएको तारा एयरको जहाजमा परेर निधन भएकाहरू सबैको शव फेला परेको छ।, दुर्घटनास्थलमा रहेका दुई र कोवाङमा रहेका १० गरी १२ शवलाई आज हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी छ।, ‘दुर्घटनास्थलमा सबै शव फेला परेको छ। सोमबार १० शव काठमाडौं लगियो। अब...
सेतोपाटी संवाददाता कैलालीमा श्रीमान-श्रीमतीको शव फेला परेको छ। , मंगलबार बिहान गोदावरी नगरपालिका-७ बस्ने ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५५ वर्षीया पद्मा ऐरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए। , उनका अनुसार हेमबहादुरको शव झुन्डिएको र श्रीमती पद्माको शव हत्य...
सेतोपाटी संवाददाता कबड्डी ४ की अभिनेत्री मिरुना मगरविरूद्ध चाबहिलस्थित केएल टावरमा प्रदर्शन भएको छ।, मंगलबार बिहान करिब १० बजेदेखि उनीविरूद्ध केही युवाले प्रदर्शन गरेका हुन्। , कबड्डी-४  सिनेमाको फिल्म प्रोमोसनमा जाँदा अभिनेत्री मगरमाथि दुर्व्यवहार गरेको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको थियो। आइतबार दिउँसो साढे ...
सेतोपाटी संवाददाता नापी कार्यालय भैरहवाका अमिन टेक बहादुर रायमाझीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ।, अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले रायमाझीलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको जनाएको छ।, सिद्धार्थनगर नगरपालिका वडा नम्बर-१२ स्थित जग्गाको हाल साविक गरिदिने भन्दै सेवाग्राहीबाट ३० हजार घुस लिँदै ...
सेतोपाटी संवाददाता प्रहरीले बैंकिङ कसुर मुद्दामा एक करोड  जरिवाना तोकेको फरार प्रतिवादी पक्राउ गरेको छ। , कागेश्वरी मनोहरा नगरपालिका-१ का ४८ वर्षीय रामेश्वर चौलागाईंलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , प्रहरीले चौलागाईंलाई बिहीबार काठमाडौं...
सेतोपाटी संवाददाता कबड्डी-४ की अभिनेत्री मिरूना मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका युवक धरौटीमा रिहा भएका छन्।, मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम...
रासस जिल्ला प्रशासन कार्यालय बैतडीले रातिको समयमा पनि सेवा दिन थालेको छ।, सरकारले हप्ताको दुई दिन बिदा दिन थालेसँगै कार्यालयमा सेवाग्राहीको भिड बढ्न थालेपछि रातिको समयमा पनि सेवा दिन थालेको हो।  , पहिलाको तुलनामा आजभोलि नागरिकता लिनेको निकै भिड बढेकाले रातिसम्म पनि सेवा दिइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी...
सविता बुढा चुरे पहाडको फेदबाट सुरू हुन्छ कैलालीको समथर भू-भाग। कृषिमा निर्भर जनसंख्या ठूलो भए पनि सुकुम्बासी, भूमिहीन र ऐलानी जग्गामा बस्नेहरू यहाँ धेरै छन्। अन्न फलाउन जमिन नभएपछि खेती गर्ने समयमा कमाइको उपाय खोज्दै  भारत पस्छन्।, लम्कीचुहा नगरपालिका–६, बाघमाराका पूर्णप्रसाद खनालको आउँदो हप्ता भारत जाने साइत छ। उनले ...
सेतोपाटी संवाददाता मेलम्ची खानेपानी आयोजनाले बर्खाभर पानी काठमाडौंमा नपठाउने भएको छ।, मेलम्ची खोलामा पानी धमिलो हुन थालेको र बाढी आएर सुरूङमा क्षति पुर्‍याउन सक्ने भएकोले पानी पथान्तरणको कार्य रोक्ने तयारी गरिएको छ।, ‘मेलम्चीको पानी ल्याउने कार्य बर्खाभर बन्द गर्ने तयारी छ। हामी औपचारिक सूचना निकालेरै जानकारी दिन्छौं,...
सेतोपाटी संवाददाता कैलालीको मोहना नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। , धनगढी उपमहानगरपालिका-३ बिसालनगर बस्ने १० वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए। , उनका अनुसार धनगढी उपमहानगरपालिका-३ स्थित आइतबार दिउँसो उनीहरू नुहाउन...
सेतोपाटी संवाददाता तारा एयरको हराइरहेको जहाजको खोजी कार्य जारी राखिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ।, न्याउरेकोट, कोवाङ, लेते, धोडेपानी र टिटितालमा खोजी जारी राखिएको प्राधिकरणले जनाएको छ।, आज बिहान ९:५५ बजे पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको जहाज १०:७ बजे सम्पर्कविहीन भएको थियो।, नेपाली सेना, नेपाल प्र...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १२ जनामा संक्रमण पुष्टि भएको हो। , ३ हजार ३५६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ३६६ जनाको पिसिआर र ९ सय ९० जनाको एन्टिजेन परीक्षण गरिएको थ...
नारायण खड्का लुम्बिनी प्रदेशका ग्रामीण तथा पर्यटन मन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेश सरकारले दाङ तुलसीपुरस्थित टरिगाँउ एयरपोर्टको धावनमार्ग विस्तार गर्ने बताएका छन्।, आइतबार प्राविधिकसहित एयरपोर्टको अनुगमनपछि चौधरीले अहिलेसम्म टरिगाँउ एयरपोर्ट विस्तारका लागि धेरै खर्च लाग्छ भनेर गलत कुरा फैलाइएको भन्दै ४०/५०...
सेतोपाटी संवाददाता सम्पर्कविहीन भएको तारा एयरको जहाज मानापाथी हिमालको फेदीमा दुर्घटनामा परेको स्थानीयले बताएका छन्।, सैनिक प्रवक्ता सहायक रथि नारायण सिलवालले मानापाथी हिमालको फेदीमा जहाज दुर्घटना भएको जानकारी आएपछि सेनाका खोजी टोली त्यतैतिर लागेको बताए।, ‘स्थानीयले खबर गरेपछि जमिनबाट सैनिक टोली त्यतातिर लागेको छ। त्यह...
सेतोपाटी संवाददाता लमजुङमा टिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।, आइतबार दिउँसो सवान ३ बजे मध्यनेपाल नगरपालिका-७ मध्यपहाडी लोकमार्गस्थित सिपी खोला भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए। , बा ४ ख ७७८१ नम्बरको टिपर सडकबाट अन्दाजी ३० मिटर तल खसेको प्रहरी निर...
सेतोपाटी संवाददाता सदर चिडियाखाना, जावलाखेलले गत वैशाख ९ गतेदेखि दुइटा चिम्पान्जीलाई औपचारिक प्रदर्शनीमा राख्यो। पाँच वर्षअघि अफ्रिकाबाट तस्करी गरी नेपाल ल्याइएका यी चिम्पान्जीको सुरक्षाका निम्ति चिडियाखानामा राखिएको थियो।, प्रहरीले फेला पार्दा यी चिम्पान्जी ३ महिना र छ महिना उमेरका थिए। यिनीहरूको नाम चम्पा र चिम्पु र...
सेतोपाटी संवाददाता सप्तरीमा स्कारपियो गाडीले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। , बोदे बर्साइन नगरपालिका-५ जाँजरका ६० वर्षीय सुवेदार मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। , आइतबार हुलाकी राजमार्ग अन्तर्गत जाँजरमा पूर्वतर्फ आउँदै गरेको प्र २-०१-००१ च ००२२ नम्बरको स्कारपियो गाडीले पैदलयात...
सेतोपाटी संवाददाता पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको सम्पर्कविहीन जहाज खोजीका लागि सोमबार बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएका छन्।, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख डिएसपी रामकुमार दानीले आज बिहान ५ बजेदेखि जहाज खोजीका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको सेतोपाटीलाई बताए...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यका लगायतका क्षेत्रमा सोमबार बिहानैदेखि हल्का वर्षा भइरहेको छ।, सोमबार बिहानैदेखि काठमाडौं, ललितपुर, भक्तपुरका साथै अन्य क्षेत्रहरूमा पनि वर्षा हल्का वर्षा भइरहेको मौसम विभागले जनाएको छ।, विभागका अनुसार बागमती प्रदेशसहित गण्डकी, मधेश र प्रदेश १ का थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।,...
सेतोपाटी संवाददाता आइतबार बिहान १० बजेदेखि हराइरहेको तारा एयरको जहाज अहिलेसम्म पनि फेला पर्न सकेको छैन। , दिनभर नै खोजी गर्दा पनि सम्पर्कबिहीन भएको तारा एयरको जहाज कहाँ गयो भन्ने पत्ता लगाउन सकेका छैनन्। , आइतबार साँझसम्म पनि नभेटिएपछि नेपाली सेना लगायतको टोलीले खोजी कार्य स्थगित गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी...
सेतोपाटी संवाददाता पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज खोज्न हिँडेको नेपाली सेनाले उद्दार गर्ने कार्य स्थगित गरेको छ।आइतबार दिउँसोबाट खोजी तथा उद्धार गर्न खटिएको टोलीले रात परेकाले खोजी स्थगित गरेको हो।, टोलीले भोलि बिहानैबाट खोजी काम पुनः सुरू गर्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए। , ‘ख...
सेतोपाटी संवाददाता लमजुङस्थित मध्यपहाडी लोकमार्गमा आइतबार दिउँसो भएको टिपर दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुलेको छ। , गोरखा नगरपालिका-१२ का २४ वर्षीय रवीन्द्र सेडाइँ, तनहुँ व्यास नगरपालिका-७ कलेस्तीका ४५ वर्षीय उत्तम न्यौपाने र सल्यान कमाख गाउँपालिकाका २२ वर्षीय पारस शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्र...
सेतोपाटी संवाददाता सरकारले शैक्षिकसत्र सुरू हुनुभन्दा अगाडि सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गर्ने भएको छ।, अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षदेखि शैक्षिकसत्र सुरू हुनुभन्दा अगाडि सबै विद्यार्थीको स्वास्थ्य परीक्षण गरिने जानकार...
सेतोपाटी संवाददाता नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले तारा एयरको दुर्घटनाग्रस्त जहाज फेला परेकोले त्यसतर्फ सेनाहरू गएको बताएका छन्।, उनकाअनुसार मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।, ‘सानोसरे भन्ने स्थानमा जहाज दुर्घटनाग्रस्त भएको अवस्थामा फेला परेको छ,’ उनल...
सेतोपाटी संवाददाता तारा एयरको जहाज दुर्घटनामा परेका १४ जनाको शव फेला परेको छ। , नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार जहाजमा सवार २२ मध्ये हालसम्म १४ जनाको शव फेला परेको हो। , ‘हालसम्म हाम्रो उद्धार टिमले १४ जनाको शव भेटेको छ। १२ जनाको छरिएको अवस्थामा र २ जनाको चेपिएको अवस्थामा फेला परेको हो, अन्यको खोजी भइरहेको छ’, ...
सेतोपाटी संवाददाता मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को सानुसरे भन्ने ठाउँमा तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।, यार्सागुम्बा खोज्न गएकाहरूले जहाज दुर्घटनाग्रस्त अवस्थामा देखेपछि स्थानीय प्रशासनलाई खबर गरेका थिए।, आइतबार बिहानदेखि हराइरहेको जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको ह...
सेतोपाटी संवाददाता उदयपुरमा ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।, सोमबार बिहान साढे २ बजे कटारी नगरपालिका-१४ भदौरेस्थित सिद्धिचरण राजमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए।, पथलैयाबाट सिमेन्ट लोड गरी सोलु हाइड्रोपावरको लागि जाँदै गरेको ना ८ ख ८२९७ नम्बरक...