content
stringlengths
20
64.1k
एजेन्सी अमेरिकी खाद्य तथा औषधि प्रशासनले सबैभन्दा कम उमेरका बालबालिकामा फाइजर र मोडर्नाद्वारा विकसित कोभिड–१९ खोपको आपतकालिन प्रयोगका लागि शुक्रबार अनुमति प्रदान गरेको छ । अधिकांश मुलुकमा रोग प्रतिरोध क्षमताको पर्खाइमा रहेको यो अन्तिम उमेर समूह हो ।, एजेन्सीले छ महिनादेखि पाँच वर्षका बालबालिकाका लागि मोडर्नाको दुई मात...
सेतोपाटी संवाददाता आधुनिक समाजको उच्च वर्ग बस्ने शिक्षित नागरिकहरुको शहर हो काठमाडौं। भनिन्छ शिक्षित समाज र शिक्षित व्यक्तिले नैतिकताको विकास गर्छ।, काठमाडौं शहरमा बस्ने अधिकांश मानिस शिक्षित छन्। तर आफ्नो शिक्षालाई व्यवहारिक बनाउने कसरी? र कहिले? यो प्रश्न सधैँ नै हुँदै आइरहेको छ।, हामी नैतिकताको पाठ सिकाउँछौँ, भाषण ...
रासस पहिरोका कारण अवरुद्ध भैसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालनमा आएको छ ।, भीमफेदी गाउँपालिका–४ पान्द्राङमा गए शुक्रबार राति वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा शनिबार बिहानदेखि दुवैतर्फी रुपमा सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।, यस्तै, हेटौंडा–भीमफेदी हुँदै काठमाडौं जोड्ने छोटो...
सेतोपाटी संवाददाता जाजरकोटको छेडागाड नगरपालिकाका प्रारम्भिक बालविकास शिक्षकहरूको प्रथम भेलाले सामूहिक घोषणापत्र जारी गरेको छ।, संघीयतापछि देशमै पहिलोपटक पालिकास्तरमा जेठ २ र ३ गते भएको बालविकास शिक्षकहरूको सम्मेलनले १५ बुँदे घोषणापत्र जारी गरेको हो।, बालविकासका बारेमा भएका असल अभ्यास, चुनौती तथा आगामी योजनाका बारेमा छ...
सेतोपाटी संवाददाता गोरखाको एक घरमा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ। , गएराति शहिदलखन गाउँपालिका वडा नम्बर ७ स्थित तिवारी टोलको एक घरमा आगलागी भएर वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए। , पुरानो खाब्दी स्कुल नजिकैको घरमा बस्ने ६९ वर्षकी केशरीमाया वस्तीको मृत्यु भए...
सेतोपाटी संवाददाता रोल्पामा भिरबाट साइकलसहित तीन सय मिटर तल खसेका युवकको मृत्यु भएको छ। , जिल्लाको परिवर्तन गाउँपालिका वडा नं. ५ खेसाबाङका २१ वर्षीय दिनेश वली साइकलसहित भिरबाट करिब तीन सय मिटर तल खसेका थिए।, शुक्रबार बेलुका साढे ६ बजेतिर बाटोमा साइकल चलाउने क्रममा अनियन्त्रित भई भिरबाट साइकलसहित खसेका वलीको गम्भीर अवस...
नारायण खड्का दाङको तुलसीपुरमा २५ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। यस घटनामा संलग्न दुई जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।, बलात्कार आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका-९ दोघरेका २४ वर्षीय शंकर विक र २३ वर्षीय कमल चौधरीलाई पक्राउ गरेको छ। ...
सेतोपाटी संवाददाता भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनका गहनासहित एक यात्रुलाई नियन्त्रणमा लिएको छ। , जजिराकाे जहाजबाट आएका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आएका पाल्पा रिब्दिकाेटका राजेन्द्र कुँवर सुनका गरगहनासहित पक्राउ परेका हुन्।, कुँवरलाई मोजामा लुकाएर ल्याएको अवस्थामा १ सय २२ ग्राम...
सेतोपाटी संवाददाता नुवाकोटमा एक जना पुरूषको हत्या भएको छ। , बेलकोटगढी नगरपालिका वडा नम्बर ८ स्थित एक घरमा ५६ वर्षीय एकबहादुर तामाङ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए।, ककनी गाउँपालिका वडा नम्बर ८ बस्ने तामाङ आफ्नो ससुरालीमा मृत फेला परेका हुन्।, गत बिहीबार बि...
सेतोपाटी संवाददाता चितवनको चारकिलो भन्ने ठाउँमा सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरूद्ध भएको छ।, शनिबार साढे ११ बजेतिर इच्छाकामना-६ चारकिलोमा सुख्खा पहिरो झरेको हो। , इलाका प्रहरी कार्यालय मुग्लिङ र सडक कार्यालयको समन्वयमा अवरोध हटाउने प्रयास भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपी नरहरि अधिकारीले...
रासस दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल भ्रमणका लागि आएका छन्। , उनी तीन दिने भ्रमणको लागि शनिबार नेपाल आइपुगेका हुन्। , काठमाडौं अवतरण गरेसँगै उनी झापा प्रस्थान गरेका छन्। राजकुमारलाई नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले स्वागत गरेका थिए। , उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको प...
सेतोपाटी संवाददाता रूपन्देहीमा प्रहरीले १४ वर्षीया बालिका बलात्कार गरे‍को आरोपमा एक जनालाई पक्राउ गरेको छ।  , सैनामैना नगरपालिका-३ मुर्गियाका ६० वर्षीय मइते थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। , प्रहरीका अनुसार बुधबार बालिकाको परिवारले दिएको उजुरीको आधारमा थापालाई पक्राउ गरेको हो। पीडितले थापाले आफूलाई लामो समयदेख...
सेतोपाटी संवाददाता रोल्पामा एक जना जनप्रतिनिधि बालिकामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्।, त्रिवेणी गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य ३५ वर्षीय मोहन केसीमाथि १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ।, पक्राउ परेका केसी नेपाली कांग्रेसबाट गत स्थानीय तह निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका व्यक्ति हुन्। , ज...
सेतोपाटी संवाददाता नेपालमा मंकीपक्स भाइरससँग लक्षण मिल्ने बिरामी फेला परेका छन्।, उनी हालै विदेशबाट नेपाल आएका हुन्।, एक युवामा मंकीपक्स भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएको हो।, शुक्रराज ट्रपिकल तथा सरूवारोग अस्पतालका एक डाक्टरका अनुसार ती युवाको परीक्षण गर्ने तयारी छ।, ‘विदेशबाट आएका एक नेपाली युवाको हातमा मंकीपक्ससँ...
सेतोपाटी संवाददाता बाघलाई डार्ट गरेर नियन्त्रणमा लिने सहमतिपछि चितवनमा बाघको आक्रमणबाट मृत्यु भएकी महिलाको शव उठाइएको छ।, प्रहरीले अहिले शव पोष्टमर्टमका लागि भरतपुर अस्पताल लगेको बताएको छ।, बाघले भरतपुर महानगरपालिका-२७ मेघौलीस्थित राधा कृष्ण सामुदायिक वनमा निउरो टिप्न गएकी २३ वर्षीया रेखा बस्नेतलाई आक्रमण गरेको थियो। ...
सेतोपाटी संवाददाता प्रतिनिधि सभामा अर्थमन्त्री जनार्दन शर्माले आफूले करको दर परिर्वतन गर्दा राष्ट्रघात नगरेको दाबी गरेका छन्।, बिहीवार प्रतिनिधि सभामा सांसदहरूले उठाएको मन्त्रालय सम्बन्धी प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले करको दर परिर्वतन गर्दा कुनै किसिमको राष्ट्रघात नगरेको बताए।, उनले राजश्वका दरहरू परिवर्तन गर्ने...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १६ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार २६८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ३८ जनाको पिसिआर र एक २३० जनाको एन्टिजेन परीक्षण गरिएको थि...
सेतोपाटी संवाददाता चितवनमा बाघको आक्रमणबाट एक युवतीको मृत्यु भएपछि चितवन राष्ट्रिय निकुञ्जको टोलीले बाघ खोजिरहेको छ।, उक्त टोलीमा निकुञ्जका कर्मचारी, सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी छन्।, बाघले भरतपुर महानगरपालिका-२७ मेघौलीस्थित राधा कृष्ण सामुदायिक वनमा निउरो टिप्न गएकी २३ वर्षीय...
सेतोपाटी संवाददाता चितवनमा एक युवतीलाई आक्रमण गरेको १० घण्टापछि नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ।, चितवन राष्ट्रिय निकुञ्जको टोलीले भरतपुर-२७  मेघौली नजिककै राधाकृष्ण सामुदायिक वनभित्र बाघ भेटाएको हो।, टोलीमा निकुञ्जका कर्मचारी, सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी थिए।, दोस्रोपटक ड...
रासस कतिपय शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) मा विद्यार्थी र अभिभावक ठगिएका घटना नयाँ होइन। तर काठमाडौंको एक कन्सल्टेन्सीका सेयरधनी नै ठगिएका छन्।, काठमाडौं महानगरपालिका–३२ स्थित अर्बिट इन्टरनेसनलका सेयरधनी तारकेश्वर गाउँपालिका–१, नुवाकोटका श्रीबहादुर तामाङलाई थाहै नदिइ पूर्वसञ्चालक चाँगुनारायण नगरपालिका–८, भक्तप...
युनिक श्रेष्ठ काठमाडौंबाट लागु औषध नियन्त्रण ब्युरोले सेतो हेरोइनसहित सात दक्षिण अफ्रिकन नागरिकलाई पक्राउ गरेको छ। , पक्राउ परेका सात जनालाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरू सबै जना दक्षिण अफ्रिकन हुन्।, उनीहरूबाट प्रहरीले ठूलो मात्रामा लागु औषध हेरोइन बरामद गरेको हो।, ब्युरो प्...
डाक्टर रूपक भारी आँपमा शरीरलाई चाहिने खनिज, भिटामिन, पानी, पोटासियम, क्याल्सियम लगायत पाइन्छ। अहिले आँपको मौसम छ। आँपमा अरू फलफूलमा भन्दा धेरै प्राकृतिक चिनी हुन्छ।, आँप सामान्यतः हरेक व्यक्तिले मात्रा मिलाएर खानुपर्छ। स्वस्थ र स्वादिलो भन्दैमा जथाभावी केही पनि खान हुँदैन। , कतिपयले सुगर (मधुमेह) का बिरामीले आँप खानै ...
सेतोपाटी संवाददाता एक हप्तादेखि काठमाडौंमा अनसन बसिरहेकी महोत्तरी, जलेश्वरकी निहारिका सिंह राजपुतको मुद्दामा आरोपितलाई झिकाउन उच्च अदालत जनकपुरले आदेश दिएको छ।, धनुषा जिल्ला अदालतको फैसलाविरूद्ध निहारिकाले ०७८ फागुन १५ गते उच्च अदालत जनकपुरमा दर्ता गराएको जबरजस्ती करणी मुद्दामा उच्चले बिहीबार यस्तो आदेश दिएको हो।, न्य...
सेतोपाटी संवाददाता काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ नारायणटारस्थित एक पार्टी प्यालेसमा भइरहेको बिबाह भोजका क्रममा झगडा गरी खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, छिमेकी पार्टी प्यालेसमा मादक पदार्थ सेवन गरेका मानिसहरूबीच असार १ गते झगडा भएको थियो। घटनाको खबरपछि प्रहरी बृत्त बौद्धबा...
सेतोपाटी संवाददाता हाल काठमाडौं उपत्यकासहित मुलकका अधिकांश स्थानमा वर्षा भइरहेको छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित  हल्का वर्षा भइरहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, आज दिउँसो पनि वर्षाको सम्भावना रहेको छ। , प्रदेश १ र मधेश प्रदेशका  एक वा दुई स्था...
विनोद सापकोटा भारतको पश्चिम बंगालमा पर्ने पानीट्याङ्कीमा रेलको ठक्करबाट एक जना नेपालीको मृत्यु भएको छ।, झापाको मेचीनगर वडा नम्बर ६ काँकडभिट्टाका ३० वर्षीय विजय श्रेष्ठको रेलको ठक्करले मृत्यु भएको प्रहरीले जनाएको छ।, भारतको बिहारबाट पश्चिम बंगालतर्फ जाँदै गरेको रेलले श्रेष्ठलाई बिहीबार बेलुकी करिब ८:१० बजेतिर ठक्कर दिए...
सेतोपाटी संवाददाता ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा पहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ।, वर्षासँगै बिहीबार बेलुकी ११ बजेतिर झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारीको मृत्यु भएको सिरीजङ्घा गाउँपालिकाका उपाध्यक्ष चित्रकुमार लिम्बुले सेतोपाटीलाई जानकारी दिए।, हिजो राति ११ बजेतिर आएको पहिरोमा परेको...
विनोद सापकोटा ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा गए राति झरेको पहिरोमा पुरिएर एकै घरका दुई जनाको मृत्यु भएको छ। , जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी कैलाश राईका अनुसार गएराति वर्षासँगै झरेको पहिरोमा पुरिएर सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको मृत्यु भएको हो। अर्का एक जना घाइते भएका छन्। , ...
भगवती पाण्डे सडक निर्माणको क्रममा बनाएका डाइभर्सन बगाएपछि पूर्व पश्चिम राजमार्गको बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ। , बिहीबार राति परेको वर्षापछि आएको बाढीले डाइभर्सन बगाउँदा रातिदेखिनै उक्त सडकखण्ड अवरुद्ध भएको डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ।, कार्यालय प्रमुख जयलाल मरासिनीका अनुसार रूपन्देहीको देवदहस्थित घो...
रासस कालीगण्डकी नदीमा  र्‍याफ्टिङ गर्ने क्रममा बेपत्ता सातै जनाको जीवितै उद्धार गरिएको छ। , पाल्पाको रानीमहल क्षेत्रमा र्‍याफ्टिङ गर्ने क्रममा बिहीबार साँझ डुंगा पल्टिँदा भारतको गोरखपुरबाट आएका पर्यटक बेपत्ता भएका थिए।, डुंगा पल्टिएको करिब पौने घण्टाभित्र सातै जनाको जीवितै उद्धार गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी जग...
रासस न्यायको माग गर्दै गत जेठ २७ गतेदेखि काठमाडौँमा आमरण अनशनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका–९ की सोनालीकुमारी सिंह (निहारिका राजपुत) र सरकारकारबीच पाँच बुँदे सहमति भएको छ।, राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सहमति भएपछि गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर गए राति निहारिकाले अनशन तोडे...
सेतोपाटी संवाददाता ताप्लेजुङ पहिरोका घाइतेलाई हेलिकप्टरबाट उद्धार गरिने भएको छ।, ताप्लेजुङको सिरीजंघा गाँउपालिका–७ खेवाङमा बिहीबार राति गएको पहिरोमा परेर घाइते भएकाहरूको उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा पुगेको छ।, गृहमन्त्री बालकृष्ण खाणले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल, सशस्त्र प्रहरी बलका प्रद...
सेतोपाटी संवाददाता आफ्नै विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा गुल्मी प्रहरीले शिक्षकलाई पक्राउ गरेको छ।, कक्षा ३ मा पढ्ने छात्रामाथि यौन दुर्व्यवहार गरेको उजुरी आएपछि रूरूक्षेत्र गाउँपालिका वडा नम्बर ३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयका ती शिक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानका...
रासस नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का राधिका आचार्यको आज विद्यालय पढाउन जाँदै गर्दा लडेर मृत्यु भएको छ।, तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५ वर्षीय आचार्य चढेको स्कुटर दुर्घटना भई भिरबाट खस्दा तादी खोलाले बगाएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक...
युनिक श्रेष्ठ मुगुको डिभिजन वन कार्यालय परिसरमा केही दिनदेखि कालो र खैरो रङ मिसमास भएको कुकुरले डेरा जमाएको छ।, ऊ धेरैजसो समय एकैठाउँ चुपचाप बस्छ। बेलाबेला वरिपरि घुम्छ। तर कार्यालय परिसर छाडेर कहीँ जाँदैन।, चौबीसै घन्टा वन कार्यालयमा बस्न थालेको यो कुकुरलाई यहाँका कुनै कर्मचारीले पालेको होइन। कार्यालय रखवारी गर्न राख...
रासस तनहुँको शुक्लागण्डकी नगरपालिकाले सेवाग्राहीलाई सेवा प्रवाह सञ्चालन केन्द्रबाट सबै प्रक्रिया पूरा गरी सेवा दिन सुरू गरेको छ।, सेवाग्राहीले कार्यालयमा बिना झन्झट सेवा लिन पाउँदा नगरवासी खुसी छन्।, कुन फाइल कुन फाँटमा कसरी लैजाने, सही कसले गर्ने हो भन्ने अप्ठ्यारो हुन्थ्यो तर अहिले एकै ठाउँमा बसी बसी सेवा पाउँदा खुस...
सेतोपाटी संवाददाता मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको मर्स्याङ्दी-काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ।, तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट काठमाडौंको मातातीर्थसम्मको ८२ किलोमिटर प्रसारण लाइनलाई बिहीबारबाट १३२ केभीम...
रासस बाँकेको नेपालगञ्जस्थित कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या भएको छ।, ३५० जनाको क्षमता रहेको कारागारमा हाल ७५३ जना कैदीबन्दी राख्नुपरेको नेपालगञ्ज कारागारका प्रमुख रामकुमार सोनकरले जानकारी दिए। , उनका अनुसार क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण गर्मी समयमा अलि बढी समस्या हुने गरेको छ...
एजेन्सी बेलायत विकिलक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका पठाउने भएको छ।, बेलायतकी गृह मन्त्री प्रिती पटेलले शुक्रबार असान्जलाई अमेरिका सुपुर्दुगी गर्ने आदेशमा हस्ताक्षर गरेको बिबिसीले जनाएको छ।, बेलायत सरकारको उक्त निर्णयविरूद्ध असान्ज पुनरावेदन गर्न सक्नेछन्। त्यसका लागि उनलाई १४ दिन समय दिइएको छ।, सन् २०१० र २०११...
दिपकजंग शाही दैलेखको नौमुले बजारका व्यवसायी विक्रम हमाल बारम्बार बिजुली अवरूद्ध हुने समस्याले हैरान छन्। , नौमुलेमा उनका धेरै वटा पसल छन् जहाँ छुट्टाछुट्टै वस्तु र सेवा उपलब्ध हुन्छ।, विक्रमको इलेक्ट्रोनिक सामानको पसल र फोटो स्टुडियोमा अन्य पसलमा भन्दा बढी विद्युत खपत हुन्छ। बारम्बार विद्युत अवरूद्ध हुँदा यी पसलमा काम...
सेतोपाटी संवाददाता सुर्खेतमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। , शनिबार बिहान ना ४ ख ९७६१ नम्बरको मालबाहक ट्रक सुर्खेतमा दुर्घटनामा परेको थियो। , गुर्भाकोट नगरपालिका–९ स्थित भालुखोला चौपारी डाँडामा ट्रक दुर्घटना हुँदा दुई जना त्यही ट्रकमा च्यापिएका थिए। उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी न...
सेतोपाटी संवाददाता काठमाडौंको ट्रिनिटी कलेजका सुरक्षागार्डलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले चार जना विद्यार्थीलाई पक्राउ गरेको छ।, काठमाडौं महानगरपालिका वडा नम्बर २९ कालिकास्थानस्थित ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा सोही कलेजका चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्...
नारायण खड्का लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्य मन्त्री बिमला खत्री वलीले गरेको हर्कतपछि मंगलबार दिनभर उनको चर्को विरोध भयो। , प्रहरी प्रशासनलाई आक्रोशित स्थानीय शान्त पार्न निकै सकस खेप्नुपर्‍यो।  , मंगलबार बिहान करिब ८ बजे अंगरक्षकसहित झण्डावाला गाडी लिएर दाङ तुलसीपुर उपमहानगरपालिका-५ आलुमण्डीस्थित एकराज बस्नेतको घरम...
भगवती पाण्डे रुपन्देहीको गैडहवा गाउँपालिका–७, सूर्यपुरामा रहेको अभिषेक आयल सप्लायर्समा २०७७ साल चैत २९ गते आगलागी भयो भलवारीस्थित आयल निगमको डिपोबाट तेल बोकेर गएको लु२ख २८७५ नम्बरको ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा अचानक आगो सल्कियो। ट्यांकरको तीन नम्बर च्याम्बरबाट चार हजार लिटर पेट्रोल अन्डर ग्राउन्ड ट्यांकीमा खन...
रासस संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजनामा ज्यान गुमाएका मजदुरको परिवारले शव बुझ्न मानेका छैनन्।, मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा कार्यरत मजदुर कैलालीको लम्कीचुवा नगरपालिका–३ चिसापानीका ५० वर्षीय अमरबहादुर महतरा गत शनिबार मृत फेला परेका थिए।, उनको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले चार दिन...
रासस लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटका एक पुरुष हराएको २७ वर्षपछि फेला परेका छन्।, कामको सिलसिलामा भारत गएका ४४ वर्षीय किसान परियारलाई प्रहरीको सहयोगमा उद्धार गरिएको हो।, गत जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा परियारको खोजी गर्न निवेदन परेको थियो। त्यसका आधारमा खोजतलास गर्दा परियार भारतको उत्तर प्रदेश वासपत जिल्ला...
रासस माछा मार्ने क्रममा करेन्ट लागेर बागलुङको बडिगाड गाउँपालिका–२ का छबिलाल बलामीको मृत्यु भएको छ।, स्थानीय बडिगाड खोलामा गए राति करेन्ट लगाएर माछा मार्न खोज्दा ३२ वर्षीय बलामीको मृत्यु भएको बडिगाड–२ का वडाध्यक्ष ढालप्रसाद शेरचनले बताए।, बलामीको शवलाई अहिले परीक्षणका लागि बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पु...
रासस बाढीले तनहुँको चुँदीखोलामा बाढी आउँदा भानु नगरपालिका २ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ।, बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो।, बाढीले पुलमा क्षति पुर्‍याएपछि चारपाङ्ग्रे सवारीसाधन यातायात सेवा अवरुद्ध भएको स्थानीय राजेश कार्कीले बताए।, बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका ५, ६, ७, १०, १२ र १३ क...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना महिला गोलीसहित पक्राउ परेकी छन्।, आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट एक राउन्ड गोलीसहित सर्लाही हरिपुर नगरपालिका-७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। उनलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो।  ,...
सेतोपाटी संवाददाता काठमाडौंको प्रहरी वृत्त स्वयम्भूका प्रमुख प्रहरी नायब उपरीक्षक मिलन केसीलाई जिम्मेवारीबाट हटाइएका छन्। , निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार समीरमान सिंह बस्नेतलाई भेट्न सुन्धारास्थित कारागारमा गएको खुलेपछि उनीमाथि जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन थ...
सेतोपाटी संवाददाता काठमाडौंको टोखामा कारको ठक्करबाट स्कुटरमा सवार पाँच वर्षीय बालकको मृत्यु भएको छ। , मंगलबार दिउँसो टोखा नगरपालिका-६ धापासी डाँफे कोलोनीनजिक सडकमा दुर्घटना हुँदा पाँच वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।, प्रदेश १-०२१ च २९५६ नम्बरको कार र प्रदेश २-०३५ प ०५२० नम्बरको स्कुटर ठोक्किएका थिए। , दुर...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले टेकुमा रहेको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट मर्मत गर्न सकिने बताएका छन्। , बुधबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो प्लान्ट मर्मत गर्न सकिने बताएका हुन्। , ‘हाम्रो टेकुमा रहेको विद्युत उत्पादन गर्ने प्लान्ट छ। त्यो बनाउन सकिँदो रहेछ...
सेतोपाटी संवाददाता पहिरो खसेपछि पृथ्वीराजमार्गको मुग्लिन-कुरिनटार खण्ड अवरूद्ध भएको छ।, अविरल वर्षापछि आज दिउँसो पहिरो खसेपछि सडक दुवैतर्फ अवरूद्ध भएको यात्रुहरूले बताएका छन्।, पहिरो पन्छाउने प्रयास भइरहेको छ।, पहिरो खसेर सडकमा लेदो र गेग्रानसमेत जमेकोले सवारी साधन आवागमन हुन सकेका छैनन्। यात्रुहरू गन्तब्यमा जान सकेका...
एजेन्सी रूसले बेलायती मिडियाका २९ जनालाई प्रतिबन्ध लगाएको छ। , द गार्जियनका पाँच जना पत्रकारसहित २९ जनालाई रूस प्रवेश गर्न प्रतिबन्ध लगाएको विदेश मन्त्रालयले जनाएको छ।, पश्चिमी राष्ट्रले रूसमाथि लगाएको प्रतिबन्धको जवाफमा रूसले यो कदम लिएको हो।, रूसको बारेमा भ्रामक सूचना फैलाउने र बेलायती सरकारको रूस विरोधी कार्यका कार...
रासस दुबई पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।, प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबईको प्रतिष्ठित कम्पनीमा आर्म्स गार्डको काम लगाइदिन्छु भनी सात लाख रूपैयाँ ठगी गर्ने मुगु खत्याड गाउँपालिका घर भई काठमाडौंको मूलपानी बस्ने ३१ वर्षीय निराजन कार्कीलाई मंगलबार पक्राउ गरी बु...
सञ्चिता घिमिरे काठमाडौं उपत्यकालगायत देशभरका ठूला सहरहरूमा स्रोतमा नै वर्गीकरण गरेर मात्रै फोहोर विसर्जन गरिने भएको छ।, सहरी विकास मन्त्रालयले यसो गर्दा ८० प्रतिशत फोहोर स्रोतमा नै व्यवस्थित हुने भन्दै नगरपालिकाहरूसँगको सहकार्यमा यसलाई अघि बढाउन लागेको हो।, प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा विनियोजन विधेयक, २०७९ अन्...
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला अदालतमा बलात्कार आरोपमा पक्राउ परेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेविरूद्ध मुद्दा दायर भएको छ। , बुधबार सरकारी वकिल कार्यालय काठमाडौंले पाण्डेविरूद्ध अदातलमा लगेको हो।, उनीविरूद्ध मानव बेचबिखन तथा ओसारपसार र बाल यौन दुर्व्यवहारको मुद्दा दार्ता भएको सरकारी वकिल क...
सेतोपाटी संवाददाता पहिरो खसेपछि अवरूद्ध पृथ्वीराजमार्गको मुग्लिन-कुरिनटार सडकखण्ड खुलेको छ।, अविरल वर्षापछि आज दिउँसो पहिरो खसेपछि सडक दुवैतर्फ अवरूद्ध भएको थियो।, पहिरो हटाएपछि अपरान्ह साढे ३ बजेदेखि सडक पुन: सञ्चालनमा आएको छ।, पहिरो खसेपछि सडकमा लेदो र गेग्रानसमेत जमेको थियो।, करिब डेढ घन्टापछि सडक पुन: सञ्चालनमा आए...
रासस चितुवाको आक्रमणबाट मृत्यु भएका पाँच वर्षीय सुप्रिम बगाले मगरको परिवारलाई बन्दीपुर गाउँपालिकाले राहत उपलब्ध गराएको छ।, गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बुधबार मृतकका बुबा प्रेम बगाले मगरलाई ५० हजार हस्तान्तरण गरेका थिए।, चितुवाको आक्रमणबाट मंगलबार बन्दीपुर गाउँपालिका–१ बोडिस्वाँरामा सुप्रिमको ज्यान गएको थियो।...
सेतोपाटी संवाददाता आज बिहान प्रदेश १ र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित  हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, यस्तै प्रदेश १ र मधेश प्रदेशमा सामान्य बदली, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको विभागले जना...
सेतोपाटी संवाददाता झापामा ट्याक्टरको ठक्करबाट एक युवकको मृत्यु भएको छ।, झापा गाउँपालिका ३ कत्लामारीको भित्री सडकमा मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक २० वर्षीय अख्तर अलीको मृत्यु भएको हो।, उनको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ।, उत...
राजेश घिमिरे लामो प्रयासपछि चितवनमा आउन लागेको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) केन्द्र अन्यौलमा परेको छ।, प्रयोगात्मक परीक्षाका लागि मापदण्ड तय गर्दै प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्न ट्रायल सेन्टरहरुलाई आह्वान गरिएको थियो।, बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात ...
सेतोपाटी संवाददाता चितवनको मेघौलीमा निउरो टिप्न जंगल गएकी एक महिलालाई बाघले बेपत्ता बनाएको छ ।, भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने वर्ष २३ की पूर्व म्यादी प्रहरीसमेत रहेकी रेखा बस्नेतलाई बिहीबार बिहान बाघले वेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बस्नेतसहि...
सेतोपाटी संवाददाता काठमाडौंको त्रिपुरेश्वरमा गत सोमबार एक जना युवकको शव फेला परेको छ। , सोमबार बिहान करिब ६ बजे बारा सिम्रौनगढ नगरपालिका-८ घर भई ललितपुरको सानेपा बस्ने अन्दाजी २२ वर्षीय अभिषेक जैसवालको शव फेला परेको हो। , आइतबार रातिबाट हराएका उनी सोमबार बिहान त्रिपुरेश्वरको निर्माणाधीन १० तले भवन कम्पाउन्डमा मृत फेला...
सेतोपाटी संवाददाता पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी-मुग्लिन सडकखण्डमा पुलबाट टिपर खोलामा खस्दा एक जनाको मृत्यु भएको छ।, मर्स्याङ्दी जलविद्युतको पावर हाउस नजिकै पुलबाट टिपर आज बिहान खोलामा खसेको थियो।, आँबुखैरेनी गाउँपालिका वडा नम्बर ४ रूवाखोलाको पुलबाट टिपर खोलामा खस्दा चालक तनहुँको म्याग्दे गाउँपालिका वडा न...
सेतोपाटी संवाददाता गृह मन्त्रालयले सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुजितकुमार साहलाई कारबाही गर्ने तयारी गरेको छ।, सर्लाही हरिपूर्वा नगरपालिका वडा नम्बर ९ का साह बलम्बुस्थित एपिएफ अस्पतालमा कार्यरत छन्।, उनी वैशाख १३ गतेदेखि बिदा स्वीकृत नगराई अस्पतालमा अनुपस्थित रहेको गृह मन्त्रालयले आज जारी गरेको सूचन...
सेतोपाटी संवाददाता धनगढीबाट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।, धनगढी उपमहानगरपालिका-८ धनगढी गाउँका २१ वर्षीय रामदास राना र  १८ वर्षीय किशोरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरू नातामा मामा-भान्जा हुन्। , धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँमा रानाले बि युनिक नामक फोटो स्टुडियो ...
रासस त्रिभुवन विश्वविद्यालय इञ्जीनियरिङ अध्ययन संस्थानअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ३ रिचोकटारका मनिष प्रजा अल्पसंख्यक चेपाङ समुदायकै पहिलो सिभिल इञ्जिनियर बनेका छन्।, सो संस्थानको गत जेठ ३० गते प्रकाशित नतिजाअनुसार बल्खुस्थित एड्भान्स इञ्जिनियरिङ कलेजबाट उनले सिभिल इञ्जिनियर उत्तीर्ण गरेका छन्।,...
सेतोपाटी संवाददाता नेपालको समावेशी विकासका लागि स्थानीय नीति निर्माणमा युवाको भूमिका अपरिहार्य रहेको निष्कर्ष सरोकारवालाहरूले निकालेका छन्।, छवटा प्रदेशका २३ पालिकाहरूको युवा, मिडिया र नागरिक समाज संस्थाहरूले नेपालको समावेशी विकासका लागि स्थानीय नीति/निर्माण र कार्यान्वयनमा युवाको भूमिका अपरिहार्य रहेको ठहर गरेका हुन्...
सेतोपाटी संवाददाता मंगलबार बिहान प्रदेश १, मधेश प्रदेश , बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेग गर्जन र चट्याङ्ग सहित मध्यम वर्षा भइरहेको छ।, दिउँसो प्रदेश नं १ का धेरै क्षेत्रमा वर्षा हुने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाका अनुसार प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, ...
सेतोपाटी पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन भएको छ।, वर्षासँगै गए राति १२ः४५ बजे चितवनको इच्छाकामना–६ तोपेखोला स्थित नाम्सेपुलमा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो।, आज बिहान पहिरो पन्छाइ दुइतर्फी सवारी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, चार दिनपछि आँबुखैरेनी सडक दुई...
रासस साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रासायनिक मल भित्र्याउन सुरु गरेको छ।, १७ हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई धमाधम आफ्ना डिपो/बिक्री कक्षमार्फत वितरण भइराखेको र २२ हजार मेट्रिक टन युरिया मल असारको पहिलो सातादेखि स्वदेश भित्रिन थाल्ने कर्पोरेशनले जनाएको छ।, कर्पोरेशनले २० हजार मेट्रिक टन डिएपी र २२ हजार मेट्...
रासस गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ।, बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो।, गण्डकी प्रदेश सरकारले तनहुँ, चितवन र नवलपुर जोड्ने गरी निर्माण हुन लागेको तीनमुखे पुललाई प्राथमिकतामा राखेको छ।, देवघाट क्षेत्र...
रासस पाल्पाको तानसेनमा फोहोर व्यवस्थापन चुनौती बनेको छ।, फोहोर व्यवस्थापनका लागि निर्माण गरेको स्यानेटरी ल्याण्डफिल साइट एक दशकदेखि प्रयोगमा आउन सकेको छैन।, तानसेन शिवपोखरीको सम्मोबारीमा निर्माण भएको ल्याण्डफिल साइटले नजिकैको बस्तीमा दुर्गन्ध फैलाएको भन्दै स्थानीयबासीले अवरोध गरेपछि प्रयोगमा आउन सकेन।, फोहोर व्यवस्थाप...
रासस महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–३ मा गए राति टेम्पोलाई बोलेरो पिकअपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।, मृत्यु हुनेमा बर्दिबास नगरपालिका–३ का २६ वर्षीया कुन्ता ढुङ्गेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।, घाइते ढुंगेलको जनकपुरस्...
सेतोपाटी संवाददाता नेपाली विद्यार्थीहरू उच्च शिक्षाको लागि भारतको मुम्बई विश्वविद्यालयमा पुग्ने गरेका छन्। मुम्बई विश्वविद्यालय भारतको सबैभन्दा पुरानो र प्रमुख विश्वविद्यालयहरू मध्ये एक हो। , मुम्बई विश्वविद्यालयका उपकुलपति प्रा. सुहाष पेड्नाकरका अनुसार यहाँ नेपाली विद्यार्थीका रोजाईका विषयहरू पठनपाठन हुने गर्छ। , काठ...
सेतोपाटी संवाददाता मोरङमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। , विराटनगर महानगरपालिका-१४ का ६० वर्षीय मजेबुलको मृत्यु भएको प्रदेश-१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ।, प्रहरीका अनुसार मंगलबार विराटनगरतर्फ जाँदै गरेको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका मजेबुललाई ठक्कर दिएको हो। , घटनापछि मजेबुला...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले केही समयका लागि  नयाँ नक्सा दर्ता कार्य स्थगित हुने जनाएको छ। , महानगरपालिकाले मंगलबार विज्ञप्ति जारी गर्दै नयाँ नक्सा दर्तासम्बन्धी कार्य असार १५ गतेसम्मको लागि स्थगित गरेको सहरी विकास योजना महाशाखाका प्रमुख श्रीकुमार महर्जनले जानकारी दिए। , उनका अनुसार गत जेठ १६ गते सरकारले ...
नवीनबाबु गुरूङ जेष्ठ शुक्ल पूर्णिमा अर्थात् ज्या पुन्हीका अवसरमा पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरअगाडि तत्कालीन राजा श्रीनिवास मल्लको सिंहासन सर्वसाधारणको अवलोकनका लागि राखिएको छ।, त्यसैको पछाडि राजा सिद्धिनरसिंह मल्लको समयको पौभाः चित्र राखिएको छ। हरेक वर्ष ज्या पुन्हीका दिन सिंहासन र पौभाः चित्रसँगै कृष्ण मन्दि...
राजेश घिमिरे केही महिलाहरू एक ठाउँमा बसेर कोही पिठो मुछ्दै थिए, कोही पिठोका सासाना डल्ला बनाउँदै थिए त कोही ती डल्ला काठको चौकामा बेल्दै सानो रोटीको आकार दिँदै थिए। कोही रोटीभित्र किमा हालेर पोको पार्दै त्यसलाई कराहीमा तातेको तेलमा तार्दै थिए।, उनीहरू भरतपुरको गौरीगञ्जस्थित उमा अधिकारीको घरको छतमा बसेर समोसा बनाउँदै थ...
सेतोपाटी संवाददाता काठमाडौंको बसन्तपुर डबलीमा एक युवती न्याय माग्दै अनसन बसेको पाँच दिन भएको छ। उनीसँगै जस्मिन ओझा र देव शर्मा पनि अनसनरत छन्। , २०७६ कात्तिक ६ गते साँझ आफू नाबालिग हुँदा धनुषाको क्षिरेश्वर नगरपालिका-३ बस्ने शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको र गर्भ बसेको उनको भनाइ छ। आफूमाथि बलात्कार ...
नारायण खड्का अर्काको घरभित्रै पसेर मंगलबार बिहान एक महिला र उनकी नाबालिक छोरीमाथि कुटपिट गरेपछि प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीलाई बुटवल पठाइएको छ। , दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ आलुमण्डीस्थित एकराज बस्नेतको घरमा प्रवेश गरी पत्नी मिना र नाबालिक छोरीलाई कुटपिट ...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १२ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार ३४१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ७४३ जनाको पिसिआर र आठ ६८ जनाको एन्टिजेन परीक्षण गरिएको थि...
सेतोपाटी संवाददाता पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए।, ठगी आरोपमा काठमाडौंको बालुवाटार घर भई टोखा बस्ने ३५ वर्षीय रोहित प्रजापति भन्...
सेतोपाटी संवाददाता कक्षा ८ मा पढिरहेकी १२ वर्षीया नाबालिकालाई प्रलोभनमा पारेर बलात्कार गरेको अभियोगमा ओखलढुंगा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। , पछिल्लो एक महिनाको अवधिमा विभिन्न प्रलोभन र डरधाक देखाउँदै ती बालिकालाई चार जनाले जबरजस्ती गरेको उजुरी परेपछि प्रहरीले ओखलढ्ंगा सिद्धिचरण नगरपालिका वडा नम्बर ३ का चार जना...
रोहित महतो वर्षौंदेखि भारतको पञ्जाबमा मजदुरी गरेर महोत्तरीको भंगहा नगरपालिका–५, सिद्धपुरका जुगलकिशोर मण्डलले स्थानीय अनुरुद्ध साहसित २२ कठ्ठा जग्गा किने। पत्नी मालतीदेवी मण्डलको नाममा त्यो जग्गा दर्ता भयो। त्यही जमिनको उब्जनीले उनीहरूको परिवारको गुजारा चल्न थाल्यो।, परिवार ठूलो हुँदै गएपछि त्यसको आम्दानीले पुगेन। नाति...
सेतोपाटी संवाददाता सेतोपाटीले यौन दुर्व्यवहारविरूद्ध थालेको संवादको पहिलो श्रृंखलामा हामीले कान्जीरोवा नेसनल सेकेण्डरी विद्यालयका नौ र दश कक्षा पढ्ने विद्यार्थीसँग गरेका थियौं।, उक्त विद्यालयका १० विद्यार्थीसँग बसेर हामीले यौन दुर्व्यवहारका घटनाले उनीहरूमा पार्ने असरबारे सोधेका थियौं।, त्यस्तै, उनीहरूले यस्ता घटनाबारे...
भगवती पाण्डे रूपन्देहीको तिलोत्तमा नगरपालिकामा अमृता खत्री टण्डनको शंकास्पद मृत्युको घटना सेलाउन नपाउँदै तिलोत्तमा वडा नं. ६ की सुविना गिरीको पनि शंकास्पद मृत्यु भएको छ।, तिलोत्तमा नगरपालिका ६ सेमरीचोककी २५ वर्षीया गिरी सोमबार राति करिब १ बजेतिर आफ्नै होटलमा झुण्डिएको अवस्थामा फेला परेको उनको परिवारले जनाएको छ।, होटलम...
मन्दिरा घिमिरे बागमती प्रदेश सरकारले हेटौंडामा आयोजना गरेको एक कार्यक्रममा काठमाडौं र काठमाडौंवासीलाई गाली गर्दै समय र ऊर्जा खर्च गरिएकाले आफूहरू बीचमै हिँडेको मेयर बालेन शाहले बताएका छन्।, स्थानीय जनप्रतिनिधिहरूका लागि आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रममा एक दिन मात्र बसेर फर्केका मेयर शाहले विज्ञप्ति जारी गर्दै भने...
सेतोपाटी संवाददाता काठमाडौंको प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक मिलन केसीमाथि छानबिन हुने भएको छ। , सुन्धारा कारागारमा रहेका हत्या आरोपित समीरमान सिंह बस्नेतलाई आइतबार भेट्न गएको घटनामा छानबिन हुने भएको हो। , केसीले बस्नेतलाई भेट्न गएको खुलेपछि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीक...
रासस बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाल्पामा एक पुरुष पक्राउ परेका छन्। चौध वर्षीया बालिकालाई करणी गरेको आरोपमा रिब्दीकोट गाउँपालिका– १ ख्याहाका ३९ वर्षीय विष्णुबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो।, जिल्ला प्रहरी कार्यालयको टोलीले करणीपश्चात फरार रहेका बिकलाई पक्राउ गरेको हो।, बिकले बालिकालाई यही जेठ २३ गते र...
सेतोपाटी संवाददाता तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर १ बोडीस्वाँरामा चितुवाको आक्रमणबाट पाँच वर्षका सुपिम्र रिलामीको मृत्यु भएको छ।, मंगलबार घरको आँगनमा खेलिरहेका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो।, बालकको शव चितुवाले चिथोरेको अवस्थामा घर नजिकै छपेली सामुदायिक वनमा फेला परेको प्रहरीले जनाएको छ।, चितुवाले बालकक...
सेतोपाटी संवाददाता आज बिहान प्रदेश १, मधेश र बागमतीका अधिकांश स्थानमा वर्षा भइरहेको छ। , जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना छ। , यस्तै प्रदेश १, बागमती र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको सम...
रासस तनहुँको भानु नगरपालिका–२ स्थित चुँदीखोलामा डुबेर आइतबार दुई जनाको मृत्यु भएको छ। चुँदी खोलामा माछा मार्दै पौडी खेल्ने क्रममा उनीहरूको ज्यान गएको हो।, मृत्यु हुनेमा भानु नगरपालिका–२ का ३५ वर्षीय धनबहादुर गुरुङ र सोही ठाउँका २२ वर्षीय सागर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जान...
रासस धादिङको ईजारा र सिस्नेखोलामा मंगलबार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।, धादिङको निलकण्ठ नगरपालिका–३ ईजारामा बा१८च २८२० नम्बरको बोलेरो जिप दुर्घटना भएको हो। धादिङवेसीबाट जुरेथुमतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा निलकण्ठ नगरपालिका–१ जुरेथुमका ३२ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्र...
रासस नाबालिकालाई बलात्कार गरेको आरोपमा बागलुङमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ। प्रहरीले बरेङ गाउँपालिका–३ का २४ वर्षीय अनिल श्रीषलाई पक्राउ गरेको हो। , प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार यही जेठ २७ गते बालिका दिदीको घर जाँदै गर्दा उनलाई डरधम्की देखाएर बाटोमै बलात्कार गरेका थिए।, पीडित पक्षले जेठ ३० ग...
रासस नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सबै विद्यार्थीलाई सहुलियत दरमा विद्युतीय चुल्हो व्यवस्था गर्न माग गरेको छ।, नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा आज वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका प्राविधिक निर्देशक डा नारायणप्रसाद अधिकारीलाई भेटेर सरकारद्वारा सहुलियत दरमा वितरण ...
सेतोपाटी संवाददाता बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेको अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ। , मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत रहेका पाण्डेविरूद्ध प्रहरीले मानव बेचबिखन तथा मानव ओसारपसार र बाल यौन दुर्व्यवहारको मुद्दामा अनुसन्धान अघि बढाएको थियो। उक्त मुद्दाको अनुसन्ध...
सेतोपाटी संवाददाता काठमाडौंको कोटेश्वरबाट कछुवासहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ।, वन्यजन्तुको अवैध कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई कोटेश्वरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर नगरपालिका-९ घर भएका २५ वर्षीय राज ...
सेतोपाटी संवाददाता सुनसरीको इटहरीस्थित बजार क्षेत्रमा सोमबार बिहान एक चितुवा देखा परेको छ।, इटहरी उपमहानगरपालिका वडा नम्बर ६ जुट विकास क्षेत्रमा चितुवा देखिएको हो।, ‘चितुवा जुट विकास क्षेत्रमा यताउता गरिरहेको छ। नियन्त्रणका लागि वन कार्यालयसँग समन्वय भइरहेको छ,’ इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक खगेन्...