content stringlengths 20 64.1k ⌀ |
|---|
राजेश घिमिरे काठमाडौंबाट आफन्तको घरमा जान आएकी एक युवतीलाई चितवनमा महिनौंसम्म बन्धक बनाएर बलात्कार गरिएको घटना सार्वजनिक भएको छ।, काठमाडौंमा घरको ढलान गर्ने काममा मजदुरी गर्ने २७ वर्षीया युवतीको हराएको ८२ दिनपछि उपचारको क्रममा मृत्यु भएको छ।, जेठ २० गते उपचारका लागि भरतपुर अस्पताल पुग्दा ती महिलामा अत्याधिक रक्तस्राव ... |
एजेन्सी भारतको हिमाञ्चल प्रदेशको परवानूमा एउटा केबलकारमा अड्किएका ११ जनाको उद्धार भएको छ। , सोमबार दिउँसो प्राविधिक समस्याका कारण केबलकार बाटोमा अड्किँदा ११ जना पर्यटक फसेका थिए। साँझसम्ममा उनीहरू सबैको सकुशल उद्धार भएको इन्डियन एक्प्रेसले जनाएको छ।, गत अप्रिलमा भारतमा केबलकार अड्किँदा तीन जनाको मृत्यु भएको थियो। झार... |
सेतोपाटी संवाददाता राष्ट्रिय समाचार समिति (रासस) को अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।, सोमबार बसेको बैठकले झालाई राससको अध्यक्षमा नियुक्त गर्ने निर्णण गरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।, झालाई चार वर्षे कार्यकालका लागि नियुक्त गर्ने निर्णय भएको हो।,... |
सेतोपाटी संवाददाता सामाजिक क्षेत्रमा क्रियाशील अप्टिमिस्ट इन्टरनेशनलले २ दिने ड्रिस्ट्रिक कन्फ्रेन्स गरेको छ।, शुक्रबारबाट चितवनको सौराहामा सुरू भएको कन्फ्रेन्सलाई बागमती प्रदेशका उद्योग तथा वाणिज्य आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले उद्घाटन गरेका थिए।, कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सामाजिक क्षेत्रमा क... |
सेतोपाटी संवाददाता जाजरकोटको कुशे गाउँपालिकाका जनप्रतिनिधि र बालविकास शिक्षकहरूले प्रारम्भिक बालविकास केन्द्रमा बालबालिकाहरूको नियमित उपस्थिति र उपस्थिति दर सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्।, शनिबार र आइतबार भएको प्रारम्भिक बालविकास केन्द्रका शिक्षकहरूको पालिकास्तरीय प्रथम भेलाबाट जनप्रतिनिधि र शिक्षकहरूले बालवि... |
रासस गोरखामा करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु भएको छ।, सिरानचोक गाउँपालिका–५, जरेवरमा करेन्ट लागेर नेपाल विद्युत प्राधिकरण गोरखा वितरण केन्द्रमा कार्यरत प्राविधिक रामकुमार लिम्बूको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार खनालका अनुसार हुकिङ गरी चोरी गरिएको विद्युत लाइन छुटाउन पोलमा चढ्द... |
सेतोपाटी संवाददाता आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। , प्रदेश १ को एक- दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। , प्रदे... |
रासस नेपाल प्रहरीले विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरी पानीको जार बेच्ने दुई जनालाई पक्राउ गरेको छ।, प्रहरी वृत्त कालीमाटीको टोलीले अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरी कम गुणस्तरको पानी बिक्री गर्ने सर्लाही लालबन्दीका २५ वर्षीय आशिष कार्की र चितवन रत्ननगरका २६ वर्षीय किरण श्रेष्ठलाई आइतबार पक्राउ गरेर सोमबार सार... |
रासस मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।, अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्र... |
सेतोपाटी संवाददाता महोत्तरीमा सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सम्सीबाट गौशालातर्फ आउँदै गरेका एकडारा गाउँपालिका ५ का सुशील साह ११६.५० ग्राम बिस्कुटसहित पक्राउ परेका हुन्।, इलाका प्रहरी कार्यालयको अस्थायी प्रहरी पोष्ट कठुधाराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।, साहले बोकेको सुनको विषयमा थप खुल्न सकेको ... |
रासस उच्च अदालत पाटनले अनलाइन मिडिया नियमनका लागि प्रेस काउन्सिल नेपाललाई बाटो खुला गरेको छ।, काउन्सिलको नियमन क्षेत्राधिकारमाथि चुनौती दिएर एक अनलाइनले दायर गरेको रिट निवेदनको सुनुवाइपछि अदालतले आदेश दिएको हो।, जथाभावी विषयवस्तु दिई पाठकमा भ्रम पैदा गरेको, काउन्सिलको निर्देशन अवज्ञा गर्दै आचारसंहिता उल्लङ्घन गरेको भन... |
सेतोपाटी संवाददाता नेपाल निर्माण व्यवसायी महासंघले इन्धनमा गरिएको मूल्यवृद्धिले निर्माण उद्योग नै ठप्प हुने अवस्थामा पुगेको बताएको छ।, इन्धनमा भएको मूल्यवृद्धिले मुलुकभर सञ्चालित राष्ट्रिय गौरवका आयोजना र अति जरूरी निर्माण परियोजनाहरू पनि अब बन्द हुने स्थिति उत्पन्न भएको महासंघले दाबी गरेको छ।, महासंघका महासचिव रोशन द... |
एजेन्सी भारतमा पछिल्लो २० दिनमा पाँच गुणाले कोरोना संक्रमित बढेका छन्। , भारतीय स्वास्थ्य विभागका अनुसार जुन १ मा ३९१७ संक्रमित फेला परेको भारतमा ५ जुनमा ४३६२, जुन १० मा ८३१८, जुन १५ मा १२१५४ र १९ जुनमा १२२१८ जना संक्रमित फेला परेका छन्। , पछिल्लो ५ दिनमा लगातार १२ हजार बढी नयाँ संक्रमित फेला परेका छन्। पछिल्लो एक सा... |
रासस राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।, यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै... |
रासस राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ। , बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यसपटक एसईईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी ... |
सेतोपाटी संवाददाता काठमाडौंमा बलात्कारपछि लुटपाट गरी फरार भएका आरोपित पक्राउ परेका छन्।, काभ्रे तेमाल गाउँपालिका-९ घर भई बनेपामा डेरा गरी बस्दै आएका ३० वर्षीय भोटे भनिने विश्व तामाङलाई प्रहरीले पक्राउ गरेको हो।, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार उनलाई प्रहरीले आइतबार राति पक्राउ ... |
सबिना श्रेष्ठ २०७६ साल पुस महिना २८ गते, पत्रिकामा एउटा समाचार छापिएको थियो– शंखमूलमा विद्युतीय शवदाह गृह राखिने।, त्यो समाचारले शंखमूलस्थित मणिडोल टोलका स्थानीय सशंकित भए। वर्षौंदेखि परम्परागत शवदाह गृहमा दाहसंस्कार गरिरहेका उनीहरूलाई विद्युतीय शवदाह ल्याउने कुरा चित्त बुझेन। उनीहरू ललितपुर महानगरपालिकालाई घच्घच्याउन... |
सेतोपाटी संवाददाता धनुषाको जनकपुरधामस्थित बाँसबारी रेष्टुरेन्ट एन्ड क्याफेमा भीषण आगलागी भएको छ।, मंगलबार बिहान ९ बजेतिर लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। आगलागीबाट रेष्टुरेन्ट जलेर पूर्ण रूपमा ध्वस्त भएको स्थानीयले जानकारी दिएका छन्।, प्रहरी र वारूण यन्त्र घटनास्थलमा पुगिसकेको धनुषाका डिएसपी प्रदीपबहादुर क्षे... |
नवीनबाबु गुरूङ आज अन्तर्राष्ट्रिय योग दिवस।, नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिकमा मनाउने गरिन्छ।, संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ।, भारतीय प्रधानमन्त्री नरेन्द्र मोद... |
सेतोपाटी संवाददाता सर्लाहीमा एक युवकको शव हत्या गरिएको अवस्थामा फेला परेको छ। , कविलाशी नगरपालिका-८ बस्ने २४ वर्षीय अरविन्द ठाकुरको हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। , मंगलबार बिहान साढे ६ बजेतिर उनको शव सोही वडाको खेतको कुलोमा फेला परे... |
रासस नेपाल सरकार, पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रममा आधारित महिनावारी स्वच्छता व्यवस्थापनसम्बन्धी कक्षा ४ देखि १२ सम्मको सन्दर्भ सामग्री तयार भएको छ।, राष्ट्रिय महिनावारी सञ्जालसँगको सहकार्य र जिआइजेडको सहयोगमा ग्लोबल एक्सन नेपाल (ज्ञान) ले प्रकाशन गरेको सो सामग्री आज राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहलगायतको ... |
राजु अधिकारी नियुक्त भएकै दिनदेखि विभिन्न विवादमा पर्दै आएका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डाक्टर ज्ञानेन्द्र गिरी आर्थिक अनियमितताको अर्को विवादमा मुछिएका छन्।, सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्देशन र आफ्नै पूर्व निर्णयसमेत लत्याउँदै प्रतिष्ठानले करोडौंको स्वास्थ्य उपकरण खरिद गरेको छ।... |
सेतोपाटी संवाददाता डलर साट्ने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , प्रहरी वृत्त कालीमाटीको टोलीले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-६ घर भई काठमाडौंको नागार्जुन नगरपालिका-९ स्युचाटार बस्ने ३३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेको हो।, उनलाई प्रहरीले गत शुक्रबार राति कलंकीबाट पक्राउ गरेको जिल्ला प... |
सेतोपाटी संवाददाता ललितपुरमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , महालक्ष्मी नगरपालिका-१० लाकुरी भञ्ज्याङ नारायण डाँडामा सोमबार राति टिपर दुर्घटनामा परेको हो। , नारायणडाँडा उकालोमा बा ४ ख ७३३६ नम्बरको टिपर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनाबाट टिपर चालकको मृत्यु भएको हो। , मृतक काभ्... |
सेतोपाटी संवाददाता आफ्नै अपहरणको नाटक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , सप्तरी राजगढ गाउँपालिका-३ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोल बस्ने ३१ वर्षीय कृष्णकुमार शर्मालाई प्रहरीले पक्राउ गरेको हो। , उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। प्रहरी उपरीक्षक कृष्ण क... |
एजेन्सी भारतमा आइतबार एउटा जहाजको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको छ।, आइतबार दिउँसो बिहारको पटनाबाट राजधानी दिल्लीका लागि उडेको स्पाइसजेटको जहाजमा टेकअफका बेला चरा ठोक्किएको थियो। उडेको केहीबेरमै जहाजको इन्जिनमा आगो लागेपछि आकस्मिक अवतरण गरिएको हो। उडिरहेको जहाजको एकातिर धुँवाको मुस्लो आएको स्थानीयले देखेक... |
सेतोपाटी संवाददाता प्रहरीले किर्ते काम गरी ठगी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। , केन्द्रिय अनुसन्धान ब्युरोले किर्ते काम गरी ३ करोड ७० लाख रूपैयाँ मूल्य बराबरको ११ आना २ पैसा जग्गा बिक्री गरी ठगी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको केन्द्रिय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महतोले जान... |
रासस बैतडीमा चार दिनका लागि बिजुली सेवा बन्द हुने भएको छ।, नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार आज सोमबारदेखि असार १० गतेसम्म चार दिन बैतडीमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो।, विद्युत् सबस्टेशन मर्मत गर्ने कार्य सुरु हुने भएकाले विद्युत् सेवा अवरुद्ध हुने भएको हो।, ‘नयाँ सबस्टेशन ... |
युनिक श्रेष्ठ शान्तादेवी महतो जापानबाट काठमाडौं आएको एक महिना भयो। उनी २४ वर्षदेखि सपरिवार जापानमै बस्दै आएकी थिइन्।, काठमाडौं आएदेखि उनी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) धाइरहेकी छन्। किनभने उनको जग्गा थाहापत्तो नदिई अरू कसैले बिक्री गरेको छ।, शान्ताले २०६१ माघ १३ गते नेपाल आउँदा कीर्तिपुर नगरपालिका- २ मा ११ आना २... |
रासस मेलम्ची क्षेत्रमा जडान गरिएको पूर्वसूचना प्रणाली (साइरन) को अवस्था परीक्षण गरिएको छ।, मनसुनको समयमा हुनसक्ने सम्भावित जोखिमबाट सचेत गराउन गत आवमा मेलम्ची नगरपालिकाको तालामाराङ, मेलम्ची बजार र बाहुनेपाटी बजारमा जडान गरिएको साइरनको अवस्था परीक्षण गरिएको हो।, मेलम्ची नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालका अनुसार मन... |
रासस अमेरिकाले करिब २२ लाख मात्रा कोरोनाविरूद्धको खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको छ।, ती खोप पाँच वर्षदेखि ११ वर्षका बालबालिकालाई प्रयोग गर्न मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल मात्रा खोप १५ लाख म... |
सेतोपाटी संवाददाता गोरखाको धार्चे गाउँपालिका वडा नम्बर १ यारू बगरस्थित यारू खोलामा आएको बाढीले बगाएको खच्चड बचाउन गएका एक व्यक्ति बेपत्ता भएका छन्।, चुमनुब्री गाउँपालिका वडा नम्बर ३ का ३३ वर्षीय माइला गुरूङ आइतबारदेखि बेपत्ता छन्। उनको खोजी भइरहेको छ।, बाढीले खच्चडलाई बगाएपछि उनी बचाउन गएका थिए। खच्चडलाई बचाउन खोज्दा ... |
सेतोपाटी संवाददाता जिल्ला अदालत काठमाडौंबाट फरार भएका एक व्यक्तिलाई प्रहरीले तीन घन्टापछि नियन्त्रणमा लिएको छ।, जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लैजाँदै गर्दा आइतबार सप्तरीको कचन गाउँपालिका घर भई तिलगङ्गा बस्दै आएका अनिल ठाकुर फरार भएका थिए।, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागु... |
सेतोपाटी संवाददाता नेपालका चार प्रदेशमा मनसुनी वायुको असर रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायु प्रभाव छ।, बाँकी क्षेत्रमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको पनि प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशा... |
सेतोपाटी संवाददाता अविरल वर्षापछि झापाको रतुवा खोलामा आएको बाढीले १३ परिवार विस्थापित भएका छन्।, गए रातिदेखि परेको अविरल वर्षाको कारण रतुवा खोलामा आएको बाढीले दमक वडा नं. ७ रेडक्रस भवन पछाडि खोला किनारको वस्तीमा कटान गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, कटानमा परी दमक ७ बस्ने खड्ग लिम्बू, विष्णु लिम्बू , सुव... |
सेतोपाटी संवाददाता सशस्त्र प्रहरीका ३७ डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ।, बढुवा समितिको आइतबारको निर्णयअनुसार डिएसपीहरूलाई एसपीमा बढुवा सिफारिस गरिएको हो।, एसपी पदमा ३७ पद रिक्त छ। रिक्त पदमा पदपूर्ति गर्न डिएसपीहरूलाई बढुवा सिफारिस गरिएको छ।, बढुवा सिफारिसमा चित्त नबुझे सात दिनभित्र बढुवा उपर उजुरी सुन्ने... |
रासस लगातारको वर्षासँगै आएको पहिरोले सङ्खुवासभाको भोटखोला गाउँपालिका र मकालु गाउँपालिका जाने उत्तर दक्षिण सडकखण्डको खाँदबारी –किमाथांका सडक अवरुद्ध भएको छ। , मकालु गाउँपालिका–३ नयाँ बस्तीमा पहिरो खस्दा उत्तर दक्षिण सडकखण्ड अवरुद्ध भएको हो। उत्तर दक्षिण सडक अवरूद्ध हुँदा मकालु वडा नम्बर ३, ४ र भोटखोला गाउँपालिका जाने स... |
युनिक श्रेष्ठ १७ डिसेम्बर २०२० मा न्युयोर्क टाइम्समा एउटा समाचार छापियो। जसमा ५० जनाभन्दा बढी भारतीय नयाँदिल्लीबाट पक्राउ परेको उल्लेख थियो। ,कल सेन्टर सञ्चालन गर्ने बहानामा उनीहरूले 'स्क्याम' सञ्चालन गरिरहेको समाचारमा उल्लेख थियो।, उनीहरूले भारतमै बसेर प्रविधिको प्रयोग गरी अनाधिकृत रूपमा व्यक्तिगत विवरणमा पहुँच पुर्... |
सेतोपाटी संवाददाता कपिलवस्तुको शिवराज नगरपालिका–१ मा पर्ने धानखोलामा पहिरोले बगाउँदा दुई जना भारतीय बेपत्ता भएका छन्।, प्युठानको स्वर्गद्वारीबाट दर्शन गरी लु २ ख २७१६ नम्बरको फोर्सबाट फर्किँदै गर्दा फोर्स गाडीबाट झरेर खोला तर्ने क्रममा पहिरोले बगाएको हो। भारतको सिद्धार्थनगर जिल्ला बस्ने वर्ष १७ का निखिल कौशाल, वर्ष १८... |
रासस भक्तपुर नगरपालिका दरबारक्वायर परिसरको पूर्वी चोकको उत्तरतर्फ रहेको ऐतिहासिक शिलु महादेव मन्दिरमा ३७१ वर्ष पुरानो ‘बो’ सिंह अर्थात् उड्ने सिंह पुनः स्थापना गरिएको छ। , विसं १९९० को महाभूकम्पमा भत्किएपछि शिखर शैलीको उक्त मन्दिरलाई फर्सी आकारमा निर्माण गरिएपछि फर्सी देवका रुपमा चिनिँदै आए पनि विसं २०७२ को भूकम्पले म... |
सेतोपाटी संवाददाता बुटवलको तिनाउ नदीमा बुटवलका एक व्यक्तिको शव फेला परेको छ।, सोमबार बिहानै बुटवल उपमहानगरपालिका वडा नं. ११ प्रगतिनगरस्थित तिनाउ नदीको किनारमा एक वयस्क पुरूषको शव फेला परेको थियो।, उक्त शव बुटवल-११ बुद्धनगरका ६५ वर्षीय किशोरबहादुर नेपालीको रहेको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी ... |
सेतोपाटी संवाददाता दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ मा बाटोको नयाँ ट्रयाक खन्ने क्रममा एक कसौडी गाडेको धन फेला पार्ने जेसिबी चालक छुटेका छन्। , आवश्यक परेको खण्डमा हाजिर हुने गरी चौधरीलाई छोडिएको प्रहरीले जनाएको छ। , असार १ गते दिउँसो बाटो खन्ने क्रममा तुलसीपुर– १५ मलवारका २५ वर्षीय सुवाशचन्द्र चौधरीले धातुको क... |
सेतोपाटी संवाददाता नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट गाउँपालिका-७ घर भई काठमा... |
सेतोपाटी संवाददाता प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक (डिएसपी) मिलन केसी केन्द्रीय कारागार सुन्धारामा रहेका हत्या आरोपित समीरमान सिंह बस्नेतलाई भेटेको घटनाको छानबिन सकिएको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनाली नेतृत्वको तीन सदस्यीय छानबिन समितिले आइतबार प्रतिवेदन बुझाएको ह... |
रासस बागलुङ नगर सह–लगानी खानेपानी तथा सरसफाइ परियोजनाले आगामी पुस मसान्तभित्र नगरक्षेत्रमा शुद्ध खानेपानी खुवाउने प्रतिबद्धता जनाएको छ।, बागलुङ नगरपालिकाको अगुवाइमा ठेकेदार, आयोजना र खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सोधिएको प्रश्नमा आयोजना प्रमुख कुलप्रसाद पौडेल र लिफ्ट खानेपानी आयोजना निर्माण गरिरहेको ठेकेदार कम... |
सुदीप श्रेष्ठ छ महिनापछि छोरीसँग सुन्धारा घुम्दा म आजको दिन सम्झिँदै हुनेछु, जब मनसुनको सिमसिमे झरीमा रूझ्दै पुनर्निर्माण हुँदै गरेको सुन्धारा क्षेत्र रिपोर्टिङ गर्न आएको थिएँ।, सुन्धारा आजभन्दा बिल्कुलै फरक छ।, यहाँ ४२ रोपनीको खुला पार्क छ जहाँ मध्यम उचाइका रूख, हरिया बुट्यान र रंगीबिरंगी फूलहरू छन्।, रूखको छहारीमा स... |
सेतोपाटी संवाददाता काठमाडौंमा एक पुरूषको शव फेला परेको छ। , कागेश्वरी मनोहरा नगरपालिका-४ ढुंगेधारास्थित अन्दाजी ५० वर्षीय एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, उनका अनुसार ती पुरूषको शव ढुंगेधारास्थित खाली चौरमा आइतबार साँझ साढे पाँच बजेतिर फेला परेक... |
दिपकजंग शाही घरमा कोही पाहुना आउँदा अंग्रेजी भाषा बोलेर स्वागत गर्छन्। हालखबर के छ, बस्नुहोस्, पानी पिउनु हुन्छ कि– आगन्तुकलाई यस्ता कुरा अंग्रेजीमै सोध्छन्। आफ्नो परिचय अंग्रेजी भाषामै दिन्छन्। आगन्तुकको परिचय पनि अंग्रेजीमै माग्छन्।, उनी अंग्रेजी बोल्न नजान्ने वा नसक्नेका लागि नेपाली भाषामै बोल्न सहज भइदिन्छन्। उनी ... |
राजेश घिमिरे काजलकली ढलेको पहिलो पटक होइन। एक महिनाको अवधिमा ऊ तीन पटक ढलिसकी।, अघिल्ला दुई पटक औषधीले काम गर्यो। ऊ जेनतेन उठ्न सकेकी थिई। यसपटक काजलकली उठ्ने सम्भावना कम छ। पाँच दिनअघि ढलेकी ऊ लम्पसार अवस्थामै छ। , काजलकली चितवनको सौराहामा पालिएको पोथी हात्तीको नाम हो। केही महिना अघिसम्म ऊ कहिल्यै नदेखेका मान्छेलाई... |
एजेन्सी भारतको हिमाञ्चल प्रदेशको परवानूमा एउटा केबलकार बीच बाटोमा अड्किएको छ। , सोमबार दिउँसो प्राविधिक समस्याका कारण केबलकार बाटोमा अड्किँदा ११ जना पर्यटक फसेको इन्डिया टुडेले जनाएको छ। फसेका पर्यटकको उद्धार गर्न ट्रली परिचालन गरिसकेको छ। , तीन जनाको उद्धारसमेत गरिसकेको छ। केबलकारमा अड्किएका सबै जना नयाँ दिल्लीका हुन... |
सेतोपाटी संवाददाता बैंकिङ कसुर मुद्दामा फरार रहेका व्यक्ति पक्राउ परेका छन्। , केन्द्रीय अनुसन्धान ब्युरोले एक जनालाई सोमबार चितवनबाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, खैरहनी नगरपालिका-४ बस्ने ३५ वर्षीय धनबहादुर तामाङलाई पक्राउ गरेको हो। , उनीविरूद्ध उच्च अदालत पाटनले ०७७ असार ६ गते... |
सेतोपाटी संवाददाता कपिलवस्तुमा वर्षासँगै खसेको पहिरोमा पुरिएर वेपत्ता दुई भारतीय नागरिक मध्ये एक जनाको शव फेला परेको छ।, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार सोमबार बिहान साढे सात बजेतिर कपिलवस्तुको शिवराज नगरपालिका-१ पैरा खोलामा झरेको पहिरोमा परि उनीहरू बेपत्ता भएका थिए।, स्वर्गद्वारी दर्शन गरि प्यूठानको भिंग्री... |
सेतोपाटी संवाददाता धादिङमा सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएर काठमाडौं ल्याउँदै गरेको दुई ट्रक मल लुटिएको छ। , शनिबार दिउँसो काठमाडौं आउँदै गरेको मल बोकेको दुई ट्रक रासायनिक मललाई स्थानीयले लुटेका हुन्। स्थानीयले अन्दाजी ४०० बोरा मल लुटेको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक अपूर्ण ढुंगानाले जानकारी... |
सेतोपाटी संवाददाता नेकपा एमालेका उपाध्यक्ष एवं पुर्व अर्थमन्त्री विष्णु पौडेलले एमाले कुनैपनि नामको गठबन्धनको बाटोमा नरहेको बताएका छन्।, एमालेसँग गठबन्धन बनाउने र गठबन्धन भत्काउने कुनै फुर्सद नभएको स्पष्ट पारे।, रिटर्नी फेडेरेसन नेपाल लुम्बिनी प्रदेश भेलालाई शनिबार बुटवलमा उनले केहि दलका नेताले आफूलाई एमालेले प्रधानमन... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १४ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार ५३४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ५९० जनाको पिसिआर र ९४४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।... |
सेतोपाटी संवाददाता सवारी चालक अनुमति-पत्रको प्रयोगात्मक परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ परेका छन्। , काठमाडौंको गोकर्णेश्वर नगरपालिका-७ दक्षिढोकास्थित यातायात व्यवस्था कार्यालय, चाबहिलबाट एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , सिन्... |
रासस चितवनमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार रत्ननगर नगरपालिका–९ गणेशचोक नजिकै टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ना ४ ख २७४८ नम्बरको ट्रकले ठक्कर दिँदा रत्ननगर नगरपालिका–१० का ३७ वर्षीय उमेश दराइको मृत्यु भएको हो।, ट्रकको ठक्करबाट गम्भीर घाइते भएका दराइको भरतपुर अस्पत... |
नारायण खड्का शनिबार दिउँसो इलाका प्रहरी कार्यालय तुलसीपुरमा फरक दृश्य देखियो। तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौर सिमराटोलका स्थानीय सबै कार्यालय पुगेका थिए।, उनीहरू कुनै झगडा हेर्न त्यहाँ पुगेका थिएनन्। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ सिमराटोलको खेत हुँदै आँखा अस्पताल सम्मको नयाँ ट्रयाक खोल्ने काम भइरहेको ... |
नवीनबाबु गुरूङ हामीले देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका क्लिक’ मा प्रस्तुत गरेको छ।, आजको शृंखलामा हामीले जेठ २८ देखि असार ३ गतेसम्म खिचिएका केही महत्वपूर्ण तस्बिर समेटेका छौं।, यौनिक तथा लैंगिक अल्पसंख्यकले शनिबार काठमाडौंमा निकालेको ‘नेपाल प्राइड परेड’ म... |
रासस प्रधानाध्यापकको कुटाइबाट घाइते बनेकी खोटाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता प्राथमिक विद्यालयकी शिक्षिका गोमा कार्कीलाई थप उपचारका लागि विराटनगर सिफारिस गरिएको छ। , आर्थिक पारदर्शिताको विषयमा विवाद हुँदा प्रधानाध्यापक लक्ष्मी पौडेलले कुटपिट गरेपछि घाइते बनेकी शिक्षिका कार्कीलाई जिल्ला अस्पत... |
रासस रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जिप दुर्घटना भएको छ।, दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। उनीहरू उक्त जिपको चालक तथा सहचालक रहेको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा चालक ... |
सेतोपाटी संवाददाता मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।, हाल देशको प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका पहाडी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश ... |
रासस ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध बनेको छ।, निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो।, बाक्लो तुँवालो र निरन्तर वर्षाका कारण उडान अवरुद्ध हुन पुगेको नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए।, पछिल्लो केही दिनयता ताप्लेजुङमा निरन... |
सेतोपाटी संवाददाता काठमाडौंको टोखामा एक युवाको हत्या भएको छ।, टोखा नगरपालिका वडा नम्बर १ मालुङ बसोबास गर्दै आएका पाँचथरका २२ वर्षीय दीपेन लिम्बूको हत्या भएको हो।, गएराति युवाहरूको कुटपिटबाट लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ।, हत्यामा संलग्न मोरङ घर भई टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बूसहित तीन जनालाई पक्राउ गरि... |
सेतोपाटी संवाददाता कैलालीको टीकापुरमा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ।, जंगलबाट निस्केका हात्तीले कर्णाली नदी किनार सनकट्टीघाटमा आक्रमण गर्दा टीकापुर नगरपालिका वडा नम्बर १ की ५० वर्षीया टङ्क सोडारीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, सोडारी कामबाट घर फर्कदै थिइन्। शनिबार साँझ उनलाई हात्तीले आक्रमण गर... |
रासस चितवन, माडीमा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा माडी नगरपालिका–८ का २५ वर्षीय सूर्य गुरुङ र ३० वर्षीय शिव राई छन्।, कार्यालका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार माडी नगरपालिका–७ देवेन्द्रपुरस्थित एक घरको इनार सफा गर्ने क्रममा शनिबार दिउँ... |
सेतोपाटी संवाददाता देशका केही नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ।, जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज असार ५ गते कोशी, तमोर, सुनकोशी, नारायणी, मर्स्याङ्दी, कन्काई, कमला, बागमती, पूर्वी राप्तीलगायत नदीहरूको बहाव उल्लेख्य बढ्नेछ।, यी नदीहरूमा बहाव सतर्कता तह आसपास पु... |
सेतोपाटी संवाददाता सल्यानमा वनमा लागेको डढेलोमा परेर एक पुरूषको मृत्यु भएको छ।, सिद्धकुमाख गाँउपालिका वडा नम्बर ३ डाँडा कटेरीका ५७ वर्षीय दलबहादुर बुढाथोकीको डढेलोमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ।, बुढाथोकी सल्लाको खोटो संकलनका लागि वनमा पुगेका थिए। दुबिचौर र हलुवारे सामुदायिक वनमा लागेको डडेलोमा परेर शनिबार उनको... |
सेतोपाटी संवाददाता सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, पाँच यात्रु घाइते भएका छन्।, दुर्घटनाका घाइतेमध्य जिल्लाको वनगाँड कुपेन्डे नगरपालिका वडा नम्बर ४ का ३२ वर्षीय मोतिलाल बुढाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए।, दुर्घटनामा परेर वनडाँड ४ का ५७ वर्षीय मने बुढा... |
सेतोपाटी संवाददाता चितवनस्थित नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत पर्ने खहरे खोलामा खसेर एक सहचालक बेपत्ता भएका छन्।, उनी आज बिहान चिप्लिएर खोलामा पुगेका थिए।, इच्छाकामना गाउँपालिका वडा नम्बर ५ खहरे खोलामा चिप्लेर कैलालीको गोदावरीका ३५ वर्षीय तेजबहादुर बोहोरा बेपत्ता रहेको प्रहरीले जनाएको छ।, उनी काठमाडौँबाट धनगढीतर्फ जा... |
सेतोपाटी संवाददाता काठमाडौंबाट हराएका बालक भारतको पटनामा फेला परेका छन्।, उनलाई उद्धार गरेर आफन्तको जिम्मासमेत लगाइसकिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ।, असार १ गते साँझ साढे ६ बजेदेखि १४ वर्षका बालक नवीन रूवाली हराइरहेका थिए।, क्रिकेट खेल्न भन्दै काठमाडौं महानगरपालिका वडा नम्बर ३१ नगेन्द्रकान्छा चोकस्थित डेराबाट ... |
सेतोपाटी संवाददाता ललितपुरको झम्सीखेल-बखुण्डल सडक आइतबारबाट एकतर्फी भएको छ। ललितपुर महानगरपालिकाले बढ्दो सवारी चापलाई ध्यानमा राखेर बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म चार पाङ्ग्रे सवारी साधन वान वे गरेको हो। , महानगरपालिकाका भित्री सडकमा बढेको सवारी चापले आवागमनमा समस्या उत्पन्न भएपछि न्यूनिकरणका लागि महानगरीय ट्राफिक महा... |
सेतोपाटी संवाददाता तनहुँको डुम्रे र लमजुङको वेशीसहर जोड्ने सडक अवरूद्ध भएको छ।, तनहुँको भानु नगरपालिका वडा नम्बर ८ कुडुलेफाँट सडक भत्केपछि बाटो अवरूद्ध भएको हो। त्यहाँ राखिएको ह्युमपाइप बगाएपछि डुम्रे–बेँसीसहर सडकखण्ड अवरूद्ध भएको हो।, खहरेखोलामा आएको बाढीले तीनवटा ह्युमपाइप बगाउँदा सडक भ्वाङ परेपछि सवारी आवतजावत रोकि... |
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा २५ वर्षीया युवतीमाथि भएको सामूहिक बलात्कार काण्डमा अर्का एक आरोपित पक्राउ परेका छन्।, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेका अनुसार तुलसीपुर-९ दोघरेका २० वर्षीय कान्छी भनिने अर्जुन परियार पक्राउ परेका हुन्। अब सोही ठाउँकै २२ वर्षीय अर्का अर्जुन परियार मात्रै फरार रह... |
रासस गए रातिदेखि परेको अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकखण्डको विभिन्न स्थानमा गरी आधा दर्जन स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।, यस खण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिर, बेलौती विसना, मस्र्याङ्दी गाउँपालिकाका खुदी, खुदी भुलभुले लगायतका स्थानमा सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमज... |
राजेश घिमिरे गत शुक्रबार भरतपुर महानगरपालिकाले गरेको समृद्ध भरतपुर महानगरपालिकाको आगामि कार्यदिशा विषय अन्तरक्रियामा भागलिन पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, मुख्यमन्त्री राजेन्द्र पाण्डे, संघीय तथा प्रदेश सरकारका मन्त्रीहरू, अर्थ सचिव, योजना आयोगका उपाध्यक्ष, विभिन्न वि... |
नारायण खड्का दाङमा बाटो खन्ने क्रममा गाडेको अवस्थामा फेला परेको सिक्का परीक्षणका लागि पुरातत्व विभागका अधिकारी दाङ आउने भएका छन्।, जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले पुरातत्व विभागका मानिससँग कुरा भइरहेको हुँदा उनीहरू छिट्टै दाङ आउने र ती पुरातत्विक महत्वका सिक्काहरू परीक्षण हुने सेतोपाटीलाई बताए।, ‘ऐतिहासिक र प... |
सेतोपाटी संवाददाता सर्लाहीमा कार दुर्घटना हुँदा चार वर्षीय बालकको मृत्यु भएको छ। , गएराति धनकौल गाउँपालिका-५ स्थित छठी घाट पुलमा बिआर ०५ एआर ५१३७ नम्बरको कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए। , कार आफैं अनियन्त्रित भएर पुलबाट १५ फिट तल खसेर दुर्घटना भएको हो।... |
एजेन्सी श्रीलंकाकामा सरकारले कर्मचारीहरूलाई दुई हप्ता घरबाटै काम गर्न निर्देशन दिएको छ। , इन्धनको अभावले मुलुकमा संकट आइरहेको हुँदा दुई हप्ताको लागि घरबाटै काम गर्न निर्देशन दिएको समाचार संस्था रोयटर्सले जनाएको छ।, सरकारको व्यवस्थापकीय कमजोरी र कोभिड-१९को महामारीले गर्दा दुई करोड २० लाख श्रीलंकाली आर्थिक संकटमा बस्न ब... |
एजेन्सी अमेरिकी राष्ट्रपति जो बाइडेन साइकलबाट लडेका छन्।, समाचार संस्था रोयटर्सका अनुसार ७९ वर्षीय बाइडेन शनिबार डेलावेयरको रेहोबोथ बिचमा साइकल चलाउने क्रममा लडेका हुन्। उनी छुट्टी मनाउन त्यहाँ पुगेका थिए।, समर्थकहरूलाई अभिवादन गर्नका लागि बाइडेन साइकल चढेका थिए। साइकलबाट लड्दा उनलाई चोट भने लागेको छैन। लड्नासाथ उनी ... |
एजेन्सी क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्यमा पछिल्ला दिनहरूमा भारी गिरावट आइरहेको छ। , शनिबार बिटक्वाइनको मूल्यमा सन् २०२० यताकै सबैभन्दा धेरै गिरावट आएको समाचार संस्था एपीले जनाएको छ। शनिबार केही समयको लागि एउटा बिटक्वाइनको मूल्य १८ हजार डलरभन्दा तल झरेको थियो।, संसारभरि रहेका विभिन्न क्रिप्टोकरेन्सीमध्ये बिटक्वाइन मू... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २८ जनामा संक्रमण पुष्टि भएको हो।, ३ हजार ९१४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ८६२ जनाको पिसिआर र २ हजार ५२ जनाको एन्टिजेन परीक्षण गरिएको... |
रासस चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेपछि नियन्त्रणमा लिइएका बाघले खोर भरिएका छन्।, हाल कसरामा दुई वटा र सौराहामा दुई खोरमा बाघ रहेका छन्। थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा रहेका बाघलाई छोड्नु वा अन्यत्र पठाउनुको विकल्प निकुञ्जसँग छैन।, निकुञ्जको मुख्य कार्यालय कसरामा दुईवटा खोरमा बाघ छन्... |
राजेश घिमिरे गत सोमबार दिउँसो मेघौलीस्थित राधाकृष्ण सामुदायिक वनभित्र सडक ग्राभेल गर्ने काम चल्दै थियो। पर्यटकलाई जिप सफारी गराउने बाटो बिग्रिएकाले बनाउन एक्साभेटर काम गर्दै थियो। वनका पदाधिकारीहरू कामको अनुगमनमा थिए।, एउटा रूखमुनि बसेर गफ गर्दैगर्दा सामुदायिक वनका सहसचिव जयश्वर भण्डारीको पछाडि ठूलो गर्जनसहित बाघ उफ्र... |
सबिना श्रेष्ठ नब्बे सालको भुइँचालोपछि सहर पुनर्निर्माण क्रममा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाले एकछेउ आफ्नो पूर्णकदको प्रतिमा र अर्को छेउ प्रवेशद्वारसहित 'जुद्ध सडक' बनाए जसलाई आज हामी न्यूरोड भन्छौं।, त्यही बेला उनले आफ्नो शालिकदेखि इन्द्रचोकसम्मको सडक फराक पारे र सडकका किनारमा व्यावसायिक प्रयोजनका लागि उस्तै ... |
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्कीपक्स भाइरसको आशंका गरिएका २६ वर्षीय पुरूषमा कुष्ठरोग लागेको पुष्टि भएको बताएको छ।, विदेशबाट आएका एक व्यक्तिको हात लगायतमा फोका देखिएपछि बिहीबार मङ्कीपक्सको आशंका गरिएको थियो।, बिहीबार उक्त व्यक्तिलाई शुक्रराज ट्रफिकल तथा सरूवा रोग अस्पताल टेकुमा स्वास्थ्य परीक... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ३४ जनामा संक्रमण पुष्टि भएको हो।, ३ हजार ६१० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार २३४ जनाको पिसिआर र एक ३७६ जनाको एन्टिजेन परीक्षण गरिएको... |
सेतोपाटी संवाददाता राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्बा) सरहका एक सरकारी कर्मचारीले चार वर्षमै ६ करोड २४ लाख पैसा कमाएको देखिएको छ। , स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान झापाका तत्कालीन वरिष्ठ व्यवस्थापनका सहायक भिमकान्त भण्डारीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शुक्रबार भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। ,... |
रासस महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमलाई स्थगित गरेको छ।, अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेले आज सूचना जारी गर्दै सरकारको स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमवापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम स्थगित गर्नुपरेको बताएको छ। , ‘यस अस्पतालबाट सञ्चालित... |
सेतोपाटी संवाददाता प्रहरीले बारामा हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।, कलैया उपमहानगरपालिका-९ का ३१ वर्षीय बजरंगी साह तुरहालेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। , उनका अनुसार जेठ २६ गते तुरहालेले सोही स्थान बस्ने ७२ वर्षीय अहमद मिँया चुडिहारको हत्या ग... |
सेतोपाटी संवाददाता प्रहरीले विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।, बारा जितपुर सिमरा उप-महानगरपालीका-१ घर भई काठमाडौं महानगरपालिका-१४ हाँडीगाउँ बस्ने ३२ वर्षीय रूपेश कार्कीलाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार कार... |
सेतोपाटी संवाददाता रूपन्देहीको होटलमा सञ्चालित पौडी पोखरीमा डुबेर एक युवाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार होटल पौवाद्वारा सञ्चालित स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको हो। , चार दिनको अन्तरमा रूपन्देहीका होटलको पौडी पोखरीमा दुई जना य... |
रासस तनहुँको व्यास नगरपालिका–५ स्थित साँगेखोलामा म्याग्दे गाउँपालिका–७ का १८ वर्षीय रुपेश बिकको शुक्रबार डुबेर मृत्यु भएको छ। , माछा मार्ने क्रममा खोलामा बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए।, बिकसँगै माछा मार्न गएका १७ वर्षीय विशाल उचैको भने सामान्य अवस्थामा प्रहरी... |
सेतोपाटी संवाददाता मंकिपक्सको आशंका गरिएको एक जना व्यक्तिमा कुष्ठरोग पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा संगीता कौशल मिश्राले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार रहेका व्यक्तिमा कुष्ठरोग पुष्टि भएको जानकारी दिइन्।, उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा विभिन्न छ ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा हनी ट्र्यापमा पारी रकम असुली गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार ६ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।, उनका अनुसार विभिन्न ठाउँमा आपराधिक लाभ लिन योजनाबद्ध तरिकाले महिलाहरूको समूह नै परिच... |
सेतोपाटी संवाददाता आज प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ। यस्तै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/ यातायात क्षे... |
डा.अनिल आचार्य मुटुको अपरेसन विभिन्न किसिमका बिरामीको गर्नुपर्ने हुन्छ। केहीले जन्मजात नै मुटुको समस्या लिएर आएका हुन्छन्। उनीहरू जन्मदै मुटुमा कुनै समस्या हुन्छ। जसमध्ये कतिपयको जन्मिएलगत्तै अपरेसन गर्नुपर्ने हुन्छ, केहीको अल्ली पछि गर्दा पनि हुन्छ। कतिपय जन्मजात रोगको त सुरूमा थाहै हुँदैन, धेरै ठूलो उमेर भइसकेपछि अर... |
एजेन्सी विश्वभर विस्थापित बालबालिकाको सङ्ख्या दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ ।, संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले अहिले विस्थापित बालबालिकाको संख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ ।, यो सङ्ख्या गत वर्ष सन् २०२१ को अन्त्य तिरको भएको पनि राष्ट्रसंघीय अधिकारी... |
सेतोपाटी संवाददाता पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ।, वर्षासँगै चितवनको इच्छाकामा–४ स्थित घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा राजमार्ग दुइतर्फी अवरुद्व बनेको थियो ।, पहिरो हटाएर बिहान २ः३० बजेदेखि यातायात दुइतर्फीरुपमा पुनः सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ... |
सेतोपाटी संवाददाता दाङबाट जाजरकोट जाँदै गरको ट्रक दुर्घटनामा परेको छ। शनिबार बिहान ना ४ ख ९७६१ नम्बरको मालबाहक ट्रक सुर्खेतमा दुर्घटनामा परेको हो।, गुर्भाकोट नगरपालिका–९ स्थित भालुखोला चौपारी डाँडामा ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.