content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता मधेश प्रदेशको रौतहट र गौर आसपासका क्षेत्रमा भारी वर्षा मापन गरिएको छ। पछिल्लो ६ घण्टामा गौर आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार सो क्षेत्र भएर बहन साना नदीमा बाढीको जोखिम बढेकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई आज (बुधबार) स...
रासस पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा आज गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ बस्ने २६ वर्षीय दयाराम मुक्तान र भीमफेदी गाउँपालिका–१ निवासी २३ वर्षीय दिपेश गोले छन्।, डुम्रेबाट दमौलीतर्फ आउँदै बा४३प ३०२० नम्बरको मो...
रासस कर्णाली प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ।, असार १५ गते धान दिवसका अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।, सरकारले जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।, प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक विज्ञप्ति जारी गरी असार १५ गते सार्वजनिक बिदा दिइएको ...
रासस पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।, हेटौंडा उपमहानगरपालिका–१३ बस्ने २६ वर्षीय दयाराम मुक्तान र भीमफेदी गाउँपालिका–१ निवासी २३ वर्षीय दिपेश गोलेको मंगलबार मृत्यु भएको हो।, डुम्रेबाट दमौलीतर्फ आउँदै बा४३प ३०२० नम्बरक...
सेतोपाटी संवाददाता काठमाडौंको संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्तको कार्यालयमा शरणार्थीहरूले धर्ना दिएका छन्। , मंगलबार बिहान विभिन्न मुलुकबाट विस्थापित भएर काठमाडौंमा शरणार्थी जीवन बिताइरहेकाहरूले धर्ना दिएका हुन्। , महाराजगन्जस्थित कार्यालयअगाडि उनीहरूले सोमबारदेखि धर्ना दिइरहेका छन्। , धर्ना दिने अधिक...
सेतोपाटी संवाददाता दुई दिनदेखि परेको लगातारको वर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरूद्ध भएको छ।, यो सडकखण्डको आधा दर्जन बढी स्थानमा पहिरो झरेपछि बुधबार बिहानैदेखि आवागमन अवरूद्ध भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।, प्रहरीका अनुसार सिद्धबाबादेखिनै आधा द...
रासस प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका छन्।, १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना दिँदै उनले सरकारले व्यावसायिक कृषि विकास कार्यक्रमको कार्यान्वयन तथा जलवायु अनुकूलित, पोषणयुक्त धान, उच्च उत्पादन...
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षामा सहभागीहरू सबैजसो फेल भएका छन्।, उपप्रशासक, शाखा अधिकृत, मुख्य कार्यालय सहायक, आर्थिक उपनियन्त्रक, लेखा अधिकृत पदमा लिइएको लिखित परीक्षामा एक हजार चार सय ६३ जना सहभागी थिए। तर मुख्य कार्यालय सहायक पदमा एक जना मात्रै अन्तर्वार्ताका लागि छनौट भएका छन्।...
रासस पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।, नारायणगढ–बुटवल सडक विस्तारका लागि नवलपुरको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन बुधबार बिहान बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक...
सेतोपाटी संवाददाता नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ।, सन् १९९६ मा नेपाल र भारतबीच भएको महाकाली एकीकृत सन्धिअनुसार मूलनहर निर्माणकार्य थालनी भएको थियो। नहर थालनी भएको २० वर्षभित्र नहर निमार्ण गरी सक्नुपर्ने भए पनि लामो समय नहर निर्माण ढिलाईको कारण गति लिन नसकेको नहर आयोजना...
सेतोपाटी संवाददाता सिराहामा बोक्सीको आरोपममा एक महिलालाई मलमूत्र खुवाउने दुई जना महिला पक्राउ परेका छन्।, गत असार ११ गते सिराहा भगवानपुर गाउँपालिका वडा नम्बर ४, ठाडी टोल बस्ने ६० वर्षीया महिलालाई टोलकै दुई महिलाले बोक्सी भन्दै मलमूत्र खुवाएका थिए। , प्रहरी चौकी ठाडी, सिराहाबाट खटिइएको प्रहरी टोली भगवानपुर- ४, ठाडीका ३...
सेतोपाटी संवाददाता आजबाट तीन दिन मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने विभागले जनाएको छ। , प्रदेश–१, मधेस प्रदेश, वागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएक...
सेतोपाटी संवाददाता वर्षासँगै आएको लेदोले अवरूद्ध भएको नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गए राति करिब २ः४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो।, लेदो हटाएपछि आज बिहानदेखि सडक दुइतर्फी पुनः सञ्चालन गरिएको हो।, सडकमा झरेको ले...
रासस लन्डनको हेजबाट एक नेपाली बेपत्ता भएका छन्।, लन्डनमा बस्दै आइरहेका २४ वर्षीय रिदम पोखरेल गत मे २९ देखि बेपत्ता भएको हिलिन्डन प्रहरीले बताएको छ।, करिब एक महिना हुन लाग्दा पनि उनी भेटिएका छैनन्।, स्थानीय प्रहरीले सर्वसाधारणलाई उनको खोजीका लागि सहयोग गरिदिन आग्रहसहित सूचना सम्प्रेषण गरेको छ।, उनी पछिल्लो पटक बेलायतको...
रासस काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ। जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा नागरिकलाई सहज होस् भनेर कामपाले सोमबारदेखि २४ घण्टा हटलाइन सञ्चालन गरेको जनाएको छ।  , नागरिकलाई समस्या परे ११८० नम्बर फोन गरेर जानकारी लिन र कामपाबाट ...
मन्दिरा घिमिरे कुनै पनि सहरको स्तर त्यहाँ कति चिल्ला सडक छन्, कति फ्लाइओभर र कति अग्ला टावर छन् भन्नेले निर्धारण गर्दैन।, सहरको स्तर निर्धारण गर्छ खुला सार्वजनिक स्थलले, पैदल मार्ग र सार्वजनिक यातायातले, हरियालीले, त्यहाँको सम्पदा र संस्कृतिले।, अरू कुरा अरू कुनै बेला गरौंला, आज हामी हरियालीबारे कुरा गर्दैछौं।, काठमाड...
सेतोपाटी संवाददाता कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। , सोमबार राति काठमाडौंको कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। बा २ ख १२३१ नम्बरको हायस गाडीले ठक्कर दिएको हो। , मृत्यु हुनेमा ५२ वर्षीय देवकुमार सेन छन्। स्याङ्जाका सेनको बिएन्डबी अस्पतालमा उप...
सेतोपाटी संवाददाता काठमाडौं र ललितपुरका विभिन्न ठाउँमा हैजाको जीवाणु फेला परेको छ।, काठमाडौंको बागबजार, डिल्लीबजार, नैकाप, थानकोट, कपन, बूढानिलकण्ठ, बालाजु, बोहराटार, बल्खुमा हैजाका जीवाणु फेला परेका छन्।, ललितपुरको सानेपामा पनि हैजाको जीवाणु फेला परेको छ।, पानीमा हैजाको जीवाणु रहेको भेटिएपछि ललितपुरमा सडक पेटीमा पानी...
रासस कैलालीको लम्कीचुहा नगरपालिका–८ मलभङ्गा गाउँमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।, सोमबार पोखरीमा डुबेका उनीहरू बेहोस थिए।, मलभङ्गाकी ७ वर्षकी आश्रिया विष्ट र ६ वर्षकी भावना कुँवरको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए।, इँटाभट्टा नजिकै रहेको पोखरीमा सोमबा...
रासस कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।, वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका–६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक रमेशराज मल्लले बताए।, ‘चट्याङ पर्दा खेतमा काम गरिरहेका श्रेष्ठको घटनास्थलमै मृत्य...
रासस दोलखाको विगु गाउँपालिका–१ लामावगरको रिकु भिरबाट लडेर एकजनाको मृत्यु भएको छ।, लामावगरस्थित रिकु भिरबाट लडेर जाजरकोट जिल्ला छेदाघाट नगरपालिका–१० का ३२ वर्षीय नवीन पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।, लामावगर सिमीगाउँ जोडको सडक निर्माणका क्रममा भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।, सडक न...
रासस धादिङमा दुई जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ।, खनियाबास गाउँपालिका–२ अक्थलीका २५ वर्षीय सुनिल तामाङ र अबिनास तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए।, प्रहरीले उनीहरूको डेरामा खानतलासी गर्दा म्यागजिनसहित पेस्तोल, खुकुरीसमेत बरामद गरेको थियो।, आर...
सेतोपाटी संवाददाता मंगलबार बिहानैदेखि परेको वर्षाको कारण बुटवलका विभिन्न स्थान जलमग्न भएका छन्।, यहाँका बजारक्षेत्र र सडक डुबानमा परेका छन्।, अमरपथ, राजमार्ग चौराह, कालिकानगर, देवीनगर, दीपनगर, सुख्खानगर लगायतका क्षेत्रमा सडकबाटै भल बगेको छ।, मोतिपुर, सेमलार र तिलोत्तमाका कतिपय बस्तीमा घरभित्रै पानी पसेको छ।, रूपन्देही...
एजेन्सी अमेरिकाको टेक्सास राज्यमा एउटा लरीभित्र कम्तीमा ४० वटा शव फेला परेका छन्।, द न्युयोर्क टाइम्सका अनुसार सान आन्तोनियो सहरको बाहिर क्षेत्रमा बेवारिस अवस्थामा फालिएको लरीमा सोमबार ती शव फेला परेका हुन्।, अधिकारीहरूले १२ जनालाई जिवित फेला पारेपछि उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।, मृत्यु हुन...
विनोद सापकोटा गए रातिदेखि परेको वर्षाका कारण झापाको कनकाई नदीमा पानीको बहाव बढेको छ।, कन्काईको बाढीले करिब एक सय घर डुवानमा परेका छन्।, कन्काईको एक भंगालो बस्ती पसेको छ। इलाका प्रहरी कार्यालय शिवगञ्ज पूर्वको बस्ती डुवानमा परेको हो। उनीहरूलाई सुरक्षित स्थानमा लैजाने तयारी छ।, मेची, निन्दा, बिरिङ, कनकाई, रतुवा लगायतका न...
रासस सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्ड अवरूद्ध भएको छ।, अविरल वर्षाले पाल्पा खण्डको दोभानदेखि सिद्धबाबा मन्दिर क्षेत्रमा माथिबाट पहिरो खसेर सडक अवरूद्ध बनेको हो।, आज बिहानैदेखि नै पहिराले सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। , आवश्यक पर्ने साधन तथा उपकरणको बन्दोबस्त भए पनि अहिले पानी ...
सेतोपाटी संवाददाता चट्याङ लागेर रूपन्देहीमा एक जनाको ज्यान गएको छ।, जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार जिल्लाको सियारी गाउँपालिका २ का ४५ वर्षीय रामनाथ बरहीको चट्याङ लागेर मृत्यु भएको हो।, मंगलबार बिहानै खेतमा काम गर्न गएको बेला चट्याङ लागेर बरहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रवक्ता ...
दिपकजंग शाही छोराछोरी छ जना छन्, पाँच छोरा र एक छोरी। सबैभन्दा ठूला छोरा वीरेन्द्र २२ वर्षका भए। छ सन्तानमध्ये चार जनामा गम्भीर प्रकृतिको अपांगता छ। बोल्छन् तर कुरा बुझिँदैन। कम्मरमुनिको भाग चल्दैन। श्रवण क्षमता सामान्य छ।, साहिँला छोरा महेन्द्र १८ वर्षका भए। पछिल्लो सन्तान छोरी छन्। नाम हो ममता, सात वर्षकी भइन्। महेन...
सेतोपाटी संवाददाता त्रिचन्द्र क्याम्पसलाई प्रबलीकरणको माग गर्दै विद्यार्थीहरूले आन्दोलन गर्दै आएका छन्।, वि.सं १९७५ सालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमसेरले निर्माण गरेको यो क्याम्पसलाई पुनर्निर्माण नभई पुरानै शैलीमा प्रबलीकरण गर्न उनीहरूको माग छ। , सरकारले यसै वर्षदेखि क्याम्पस भवन पुनर्निर्माण गर्ने जनाएको छ...
सेतोपाटी संवाददाता चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको भरतपुर-बर्दघाट २२० किलोभोल्ट (केभी) प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ।, चितवनको भरतपुर महानगरपालिका-११ आँपटारीस्थित सबस्टेसनबाट नवलपरासीको अरूण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारण लाइनमा सोमबार विद्युत प्रवाह (चार्ज) गरी सञ्च...
सेतोपाटी संवाददाता कैलालीमा चट्याङ परेर एक जनाको मृत्यु भएको छ।  , कञ्चनपुरको कृष्णपुर नगरपालिकाका-५ का ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ लागेर मृत्यु भएको हो।, मंगलबार बिहान गोदावरी नगरपालिका-३ मालाखेतीमा  रेडियन्ट ग्यास कम्पनी नजिक रोपाइँ गर्न गएका थिए।, साेही क्रममा उनको चट्याङ लागेर मृत्यु भएको कैलालीका प्रहरी प्रव...
सेतोपाटी संवाददाता ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन्। , आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान राजेन्द्र थापाले कुटपिट गरेका हुन्। , घिसिङ कुसुन्तीमा बस्छन्। पुल्चोकस्थित प्रतिष्ठानमा क...
सेतोपाटी संवाददाता ललितपुरमा एक जना पुरूषलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ। , महालक्ष्मी नगरपालिका-४ इमाडोल पिपलबोटबाट एउटा पेस्तोल र दुई राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्दीविक्रम शाहले जानकारी दिए।, प्रहरीले सोही नगरपालिकाका-८ लुभू बस्ने ५३ वर्षीय श्यामकृष...
भगवती पाण्डे मंगलबार बिहानैदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बुटवलका विभिन्न स्थान जलमग्न भएका छन्। यहाँका बजारक्षेत्र र सडक डुबानमा परेका छन्।, बुटवलको अमरपथ, राजमार्ग चौराह, कालिकानगर, देवीनगर, दीपनगर, सुख्खानगर लगायतका क्षेत्रमा सडकबाटै भल बगेको छ।, मोतिपुर, सेमलार र तिलोत्तमाका कतिपय बस्तीमा घरभित्रै पानी पसे...
सेतोपाटी संवाददाता बैंकिङ कसूर मुद्दामा एक करोड बढी जरिवाना पाएका फरार व्यक्ति पक्राउ परेका छन्। , रामेछाप सुनपाती गाउँपालिका-४ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६ जोरपाटी बस्ने ४३ वर्षीय विनोद लामा भन्ने विनोद घिसिङलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो। , ब्युरोले उनलाई मंगलबार जोरपाटीबाट पक्रा...
राजु अधिकारी गएरातिदेखि परेको अविरल वर्षासँगै मोरङको सिंघीया खोलामा आएको बाढी बस्तीमा पस्दा ४० घर डुबानमा परेका छन्।, मंगलबार बिहान विराटनगर महानगरपालिका-१ गंगाचोकमा रहेको सुकुम्बासी बस्तीका ४० घर डुवानमा परेका हुन्।, स्थानीय सिंघीया खोलामा आएको बाढीका कारण खोला किनारमा रहेका ४० घर डुबानमा परेका हुन्। घरमा बाढी पसेपछि...
सेतोपाटी संवाददाता कोरोना महामारीका बेला जोखिम मोलेर बिरामीको उपचारमा लागे पनि जोखिम भत्ता नदिएको भन्दै रूपन्देहीको भैरहवास्थित भीम अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरू आन्दोलित बनेका छन्।, सीमित साधन र स्रोतका बाबजुद बिरामीहरूको उपचारमा सक्रिय रहे पनि सरकारले जोखिम भत्ता उपलब्ध नगराएको उनीहरूको गुनासो छ।, कोरोना सं...
सेतोपाटी संवाददाता भक्तपुरमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , २१ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जना युवकलाई मंगलबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिएको छ। , पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका-२ ब...
नवीनबाबु गुरूङ विभिन्न मुलुकबाट विस्थापित भएर काठमाडौंमा शरणार्थी जीवन बिताइरहेकाहरूले धर्ना सुरू गरेका छन्।, संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्तको कार्यालय महाराजगन्जअगाडि उनीहरूले सोमबारदेखि धर्ना दिइरहेका छन्। धर्ना दिनेमा अधिकांश शरणार्थी म्यानमारबाट विस्थापित भएर  आएका रोहिंग्याहरू छन्।  उनीहरूसँगै ...
रासस निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन्।, राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको गलकोटबाठ बुर्तिबाङ खण्ड र बागलुङबाट म्याग्दी जाने सडक पहिराले पूर्णरूपमा अवरुद्ध बनाएको छ।, लोकमार्गअन्तर्गत गलकोट नगरपालिका र ढोरपाटन नगरपालिकाको तुरतुरेमा पहिरो खस्दा सडक अवरु...
सेतोपाटी संवाददाता तनहुँको चुँदी खोलाले बगाएर डेढ वर्षिया बालिकाको ज्यान गएको छ।, आइतबार साँझ साढे ७ बजे तनहुँको भानु नगरपालिका-७ चन्द्रावती बस्ने रचना श्रेष्ठकी १ वर्ष ६ महिनाकी छोरी काब्यालाई घर नजिकै रहेको खोलाले बगाएको थियो।, घरदेखि २० मिटर दुरीमा रहेको उक्त खोलाले बेपत्ता पारेपछि खोज्ने क्रममा स्थानीय र प्रहरीले ...
रासस राष्ट्रिय समाचार समिति (रासस) का नवनियुक्त कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससमा आफूले चुनौतीभन्दा अवसर धेरै देखेको बताएका छन्।, आइतबार रासस केन्द्रीय कार्यालयमा पदबहाली गर्दै उनले मुलुक सङ्घीय संरचनामा गइसकेको र सञ्चार क्षेत्रमा आएको आमूल वृद्धि विकासलाई राससले अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए।, ‘राससमा देश...
सेतोपाटी संवाददाता झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ मा एक पुरूषको शव फेला परेको छ।, प्रहरीका अनुसार वडा कार्यालय नजिकै ह्युमपाइपभित्र बोरामा राखेको अवस्थामा शव फेला परेको हो।, आइतबार बेलुकी शव फेला परेको थियो।, ह्युमपाइपभित्र पहेँलो र रातो रङको बोरा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।, बोरा खोलेर हेर्दा ...
सेतोपाटी संवाददाता देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, सोमबार देशभर सामान्य बदली रहनेछ। देशभरका पहाडी भू-भागका धेरै स्थानहरूमा र बाँकी भू-भागका थ...
रासस थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामी बाँकेमा बढ्दै गएको छ।, खासगरी थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा स्वास्थ्य कार्यालयमार्फत सिकलसेलसँगै थालसेमियाको ‘स्क्रिनिङ’ कार्य सुरु भएपछि दुवै रोगका बिरामी बढ्दै गएको देखिएको हो।, स्वास्थ्य कार्यालय बाँकेका अनुसार राप्तीसोनारी गाउँपालिकामा भेटिएका थप पाँच...
रासस जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक युवालाई पक्राउ गरेको छ।, भरतपुर महानगरपालिका–१० स्वामीचोक घर भई हाल भरतपुर–५ विकासचोक बस्दै आएका ३२ वर्षका प्रकाश विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, उनको कोठामा चेकजाँच गर्दा पेस्तोल, गोली, एक लाख १४ हजार, सुनको सिक्री र पाँच थान मोबाइल ब...
रासस ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबिबिएस’ पढाउन आर्थिक  सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ ।  , यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ ।  गत शुक्रबार मैवाखोलाको ११ औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको ...
सेतोपाटी संवाददाता कञ्चनपुरमा एक युवक मृत फेला परेका छन्।, आफ्नै घरकाे आँगनमा दोधारा चाँदनी नगरपालिका–६ मिलन चोक बस्ने २८ वर्षीय यमबहादुर श्रेष्ठ मृत फेला परेका हुन्।, घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपरले जनाएको छ।, कञ्चनपुरमा एक युवक मृत फेला
सेतोपाटी संवाददाता लोकदोहोरी गायिका दिलमाया बिकको मृत्यु भएको घटनामा पक्राउ परेका व्यक्तिविरूद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा जाहेरी दर्ता भएको छ। , आइतबार प्रहरी वृत्त बालाजु पुगेर मृतकका परिवारले पक्राउ परेका सिन्धुपाल्चोक घर भई काठमाडौंमा सुन पसल सञ्चालन गरिरहेका सूर्य श्रेष्ठविरूद्ध जाहेरी परेको हो। मृतक दिलमायाका...
सेतोपाटी संवाददाता करेन्ट लागेर कैलालीमा एक युवतीको मृत्यु भएको छ।, कैलारी गाउँपालिका वडा नम्बर ३ की १९ वर्षीया सुनिता बराल नुहाउने क्रममा करेन्ट लागेर मृत्यु भएको हो।, मोटर लगाएर पानी तानेर नुहाउने क्रममा उनलाई आइतबार करेन्ट लागेको थियो।, उनलाई निसर्ग अस्पताल धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।...
सेतोपाटी संवाददाता काठमाडौंको तारकेश्वर नगरपालिकामा आगामी पाँच वर्षभित्र चक्रपथ निर्माण गरी यातायात सेवा सहजरुपमा सञ्चालन गरिने भएको छ।, काठमाडौँको उत्तर पश्चिम क्षेत्रमा रहेको तारकेश्वरले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै आगामी पाँच वर्षभित्र नगरपालिकाका सबै वडालाई समेट्ने गरी तारकेश्वर चक्रपथ निर्माण गर...
सेतोपाटी संवाददाता किनमेलका लागि छिमेकी देश भारततर्फ जान थालेका दुई नेपाली महिला भारतमा सामूहिक बलात्कारमा परेका छन्। , दाङको राजपुर गाउँपालिकाका वडा नं. ६ का ती नेपाली महिला किनमेलको लागि आइतबार भारतीय बजारतर्फ जंगलको बाटो हुँदै जाने क्रममा जंगलमै भारतीय नागरिकबाट सामूहिक बलात्कारमा परेका हुन्। , दाङका  प्रहरी प्रवक्...
सेतोपाटी संवाददाता १७ वर्षीया किशोरीको पेटमा अड्किएको चम्चा शल्यक्रिया नै नगरी निकालिएको छ।, थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले आमाशयमा अड्किएको चम्चा निकालेका हुन्। , नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टिमले इन्डोस्कोपी गरी आमाशयमा गएर अड्किएको चम्चा न...
भगवती पाण्डे गत साता लुम्बिनी साँस्कृतिक नगरपालिका, सूर्यपुराका राजनारायण चौधरीले बुहारीलाई प्रसूति गराउन बुटवलको आम्दा अस्पताल पुर्‍याए। शल्यक्रिया गरेर बच्चा जन्माउँदा ६० हजार रूपैयाँ खर्च लाग्यो। राजनारायणलाई सरकारी तथा सामुदायिक अस्पतालमा सुत्केरी सेवा निःशुल्क हुन्छ भन्ने थाहा थियो।, उनले आम्दा पनि सामुदायिक अस्प...
सेतोपाटी संवाददाता कैलालीमा एक जना कर्मचारी भिरमा हातखुट्टा बाँधेर फालेको अवस्थामा फेला परेका छन्।, डडेल्धुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत लोकेन्द्रसिंह भण्डारी कैलालीको गोदावरी नगरपालिका-४ गाइमारेमा घाइते अवस्थामा फेला परेका हुन्।, सोमबार उनीमाथि केही व्यक्तिले आक्रमण गरी ज्यान मार्ने उद्देश्यल...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४१ जनामा संक्रमण पुष्टि भएको हो।, ३ हजार ३५८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ३३७ जनाको पिसिआर र एक २१ जनाको एन्टिजेन परीक्षण गरिएको थि...
दिपकजंग शाही कुरा दुई दशकअघिको हो। सुर्खेतको लेकबेँसी–९, काल्तडीका सन्तोष खाम्चा वर्षभरिका धेरै दिन भारतमा बिताउँथे। दसैं, तिहारजस्ता मुख्य चाडमा सकेसम्म घर आए पनि बाँकी दिन भारतमै हुन्थे।, सन्तोष गोवामा बस्थे। त्यहाँ धेरै वर्ष होटलको कूक भएर काम गरे। उनी २०५८ सालमा आफ्नै ठाउँ सुर्खेत फर्के। गोवामा प्राप्त अनुभवका आधा...
रासस काठमाडौं उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन्।, प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए। , तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ।, यस वर्ष उपत्यकामा पहिल...
सेतोपाटी संवाददाता ६३ लाख ६५ हजार जरिवाना पाएका बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रामेछाप घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ बस्ने ३२ वर्षीय रामचन्द्र थापा मगरलाई पक्राउ गरेको हो। , उनलाई आइतबार पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशकुम...
सेतोपाटी संवाददाता चितवनको माडीमा धारिलो हतियारको प्रहार गरी एक महिलाको हत्या भएको छ।, माडी नगरपालिका-६ स्याउलीबासकी ५५ वर्षीया मायादेवी तामाङको सोमबार दिउँसो हत्या भएको हो।, प्रहरीले उनकै छोरा अर्जुन तामाङले पछाडिबाट धारिलो हतियार प्रहार गरेको आशंकामा अनुसन्धान भइरहेको बताएको छ।, उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, ...
सेतोपाटी संवाददाता लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु भएको घटनामा पक्राउ परेका व्यक्तिलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ।, जिल्ला अदालत काठमाडौंले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भई काठमाडौंको गोठाटार बस्ने ३८ को सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई हिरासतमा राख्न अनुमति दिएको हो। , उनलाई प...
रासस सर्लाहीको कविलासी नगरपालिका–८ अगर्वामा एक युवकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै सहोदर भाइसहित दुई जनालाई पक्राउ गरेको छ।, कविलासी नगरपालिका–८ अगर्वाका स्थानीयवासी अन्दाजी वर्ष २४ का अमरेन्द्र ठाकुरको घाँटी रेटेर विभत्स ढंगले हत्या गरिएको अवस्थामा यही असार ७ गते बिहान शव फेला परेको थियो।, प्...
रासस उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको पाइएको छ।, प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजा रोगबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले खानेपानी प्रदूषित भएकाले हैजा देखिएको बताउनुभयो । , महाशाखाले हैजा दे...
रासस भारतसँग सीमा जोडिएका महोत्तरीका ग्रामीण गल्छिडा हुँदै नेपालबाट भारततर्फ मदिरा तस्करी गर्नेहरूको जालो फैलिँदै गएको छ।, मटिहानी नगरपालिकाबाट सुदूरपश्चिमको सोनमा गाउँपालिकासम्मका सीमावर्ती क्षेत्रका दर्जनौँ चोरबाटो हुँदै मदिरा तस्करीमा वृद्धि भएको हो।, महोत्तरीको भारतीय सीमासँग जोडिएको करिब ३९ किलोमिटरभित्र क्रमशः म...
सेतोपाटी संवाददाता आइतबार बिहान प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा वर्षा भइरहेको छ।, आज दिउँसो पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , गण्डकी, कर्णाली र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।, राति प्रदेश...
सेतोपाटी संवाददाता कास्कीका दुई स्थानमा अति भारी वर्षा भएकाले उक्त क्षेत्रमा बिहान ९ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ। , महाशाखाका अनुसार कास्कीका लुम्ले र जुमलेटी वर्षामापन केन्द्रमा पछिल्लो ६ घण्टामा अति भारी वर्षा मापन भएको हो।, जुम्लेटीमा १३६.५ मिलिमिटर र लुम्लेमा १२२.४ मिलिमिटर वर्ष...
सेतोपाटी संवाददाता दोलखाको बिगु गाउँपालिका वडा नम्बर ४ मा निर्माणाधीन पुलमा बाढीले क्षति पुर्‍याएको छ।, बाढीले गर्दा पुलमुनिको ग्याबिन भासिएको छ। ग्याबिनमा राखिएका टेका पनि ढलेपछि ढलान गर्ने तयारी गरिएको पुलको फर्मा भाँचिएका छन्।, पुलमा छड बाँध्ने काम भइरहेको थियो। शुक्रबार रातिको बाढीले पुलका केही सामान र संरचना पनि ...
सेतोपाटी संवाददाता नेपाल कानून व्यवसायी परिषदले अधिवक्ता तहको लिखित परीक्षा सातै प्रदेशबाट गर्ने भएको छ।, भदौ २३ गतेदेखि २६ गतेसम्म परीक्षा चल्नेछ।, बागमती प्रदेशको काठमाडौंमा परीक्षा हुनेछ भने प्रदेश नम्बर १ को विराटनगरमा हुनेछ।, मधेश प्रदेशको जनकपुरमा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदू...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकस्थित मेलम्ची नदीमा आएको बाढीले मेलम्ची नगरपालिका वडा नम्बर ११ स्थित फट्टेको पुलमा क्षति पुर्‍याएको छ।, वर्षासँगै मेलम्चीमा पानीको बहाब बढ्दै गइरहेको छ।, फट्टेस्थित ह्युमपाइप राखेर बनाइएको अस्थायी पुलमा बाढीले क्षति पुर्‍याएपछि स्थानीय बासिन्दालाई नदी वारपार गर्न कठिनाइ हुँदै गइरहेको छ।...
एजेन्सी बंगलादेशमा पद्मा नदीमाथि देशकै लामो पुल बनेको छ।, बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री शेख हसिनाले शनिबार ६.१५ किलोमिटर लामो पुलको उद्घाटन गरेकी छन्।, यो पुलले राजधानी ढाकालाई बंगलादेशको दक्षिणपश्चिम क्षेत्रसँग जोड्ने छ। ३.८६ अर्ब अमेरिकी डलर खर्चेर बनाइएको पुलमा माथि गाडी गुड्ने चार लेनको बाटो छ भ...
रासस महोत्तरीको गौशाला नगरपालिका–५ मा दुई तले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ।, जलेश्वर नगरपालिका–४ सुगागाउँ घर भई हाल गौशाला–५ स्थित दिनेश यादवको घरमा डेरा लिई बस्दै आएकी २६ वर्षीया पुनम महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।, छतमा सुकाएका कपडा लिन गएकी...
रासस चितवनको भरतपुर विमानस्थल टावरनजिकै आज बिहान लागेको आगो १० मिनेटमै नियन्त्रणमा लिइएको छ।, आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा बाधा नहुने जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले बताए।, उनकाअनुसार बिहान पौने ४ बजे टावरनजिक बिजुलीको तार सर्ट भएर आगो लागेको थियो।, बिजुली...
रासस महोत्तरीको जलेश्वर नगरपालिका–६ मा एक समूहले १९ तोला सुन चोरी गरेका छन्।, स्थानीय दिलीपकुमार मिश्रको घरबाट सुन, १५ तोला चाँदीका गहनासहित करिब २० लाख बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।, मिश्रको परिवार असार ६ गते बिबाहका लागि भारतको बिहार राज्यको मुज्जफरपुरस्थित आफन्तको घरमा गएका थिए। सोही बेला घरमा भएका गहन...
सेतोपाटी संवाददाता निजी सवारी साधनले यात्रु बोकेपछि दाङमा सार्वजनिक सवारी साधन संचालकहरूले विरोध गरेका छन्।, त्रिसिद्धेश्वरी राप्ती सार्वजनिक यातायात प्रालि, अम्विकेश्वरी सार्वजनिक यातायात व्यवसायी प्रालि तथा तुलसीपुर टेक्सी तथा माइक्रो  मिनिबस बस व्यवसायी प्रालिले विज्ञप्ति निकालेर निजीले यात्रु बोकेको भन्दै विरोध गर...
सेतोपाटी संवाददाता पोखराको फिर्केखोला नजिकै सडक भासिएको छ।, आज बिहान सडक भासिँदा एक घरसमेत जोखिममा परेको स्थानीय बासिन्दाले बताएका छन्।, पोखरा महानगरपालिका वडा नम्बर ४ स्थित बुढानिलकण्ठ किरियाकर्म अगाडिको सडक भासिएको हो। करिब १० मिटर सडक भासिएको छ।, सडक भासिएको ठाउँको पोखरा महानगरकी उपमेयर मञ्जुदेवी गुरूङले अवलोकनसमेत...
सेतोपाटी संवाददाता बागमती प्रदेशका सांसद एवम् पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर अजयक्रान्ति शाक्यले मूर्त-अमूर्त सम्पदाको संरक्षणमा आफू निरन्तर लागि रहने प्रतिवद्धता जनाएका छन्। , बागमती प्रदेश सरकारको विषयगत मन्त्रालय अन्तर्गत तत्कालिन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि चालु आर्थिक वर्षमा विन...
एजेन्सी दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।, समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।, मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका युवा छन्। उनीहरूको मृत्यु कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ।, दक्षिण अफ्रि...
सेतोपाटी संवाददाता जाजरकोटको नलगाड नगरपालिकामा पर्ने एक जंगलमा महिलाको शव फेला परेको छ। , नलगाड नगरपालिका–१ की ४२ वर्षीया भगवती शाही घर नजिकैको जंगलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।, शव सडेको र गन्हाउने अवस्थामा पुगिसकेपछि गाउँलेले प्रहरीलाई खबर गरेको जाजरकोटका प्रहरी प्रमुख प्रहरी ...
युनिक श्रेष्ठ लोकदोहरीकी गायिका दिलमाया बिक शनिबार बिहान मृत फेला परिन्।, सुर्खेतकी दिलमाया काठमाडौंको तार्केश्वर नगरपालिका-११ नेपालटारस्थित सर्वोत्तम श्रेष्ठको साढे दुई तले घरमा मृत फेला परेकी हुन्। उनी त्यहाँ कोठा भाडामा बस्थिन्।  , उनी खाटमा उत्तानो परेको अवस्थामा फेला परेकी थिइन्। , मृत भेटिनुअघि उनको फेसबुकमा एउट...
सेतोपाटी संवाददाता चन्द्रागिरि नगरपालिकाको जंगलमा हराएका तीन जना विदेशी नागरिकको प्रहरीले उद्धार गरेको छ। , शनिबार हाइकिङ गएका तीन जना विदेशी हराएपछि उनीहरूको उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , अमेरिका पोर्टोरिकोका ३४ वर्षीय डग्लस रो, भारतको चन्डिगढका ३० वर्षी...
सेतोपाटी संवाददाता इलाममा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। , माङसेबुङ गाउँपालिका-२ दहगाउँस्थित भित्री सडकखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ। , आइतबार दिउँसो करिब १२ बजे पाँचथरको रविबाट झापाको दमक जाँदै गरेको मे १ ज ४८७ नम्बरको ग...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले आइतबारदेखि पानीपुरी र चटपटे बिक्री-वितरण गर्न रोक लगाउने भएको छ।, पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जीवाणु भेटिएको भन्दै महानगरपालिकाले पानीपुरी बेच्न प्रतिबन्ध लगाएको हो।, पानीपुरी नबेच्न आग्रह गर्दै नगर प्रहरीले आइतबार माइकिङ गरेर जानकारी दिइरहेको छ।, ‘महानगरभित्रका सडक...
रासस पृथ्वी राजमार्ग पुनः अवरूद्ध  भएको छ।, पहिरो हटाई दुईतर्फी सञ्चालनमा ल्याइएको केहीबेरमै पुनः पहिरो खसेर राजमार्ग दुईतर्फी अवरूद्ध भएको हो।, चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित नाग्दी खोला नजिकै झन्डै सवा १२ बजे खसेको सुख्खा पहिरो पञ्छाई दुई बजेबाट सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो। , सडक सञ्चालनमा आएको केही ...
सेतोपाटी संवाददाता सिराहाको लहानमा गोली चल्दा एक जना घाइते भएका छन्। , आइतबार बिहान पौने ९ बजे लहान नगरपालिका-२२ बेलहिजातियाहीस्थित रविन चौधरीको घरमा गोली चलेको हो। गोली एक जनाको पेटमा लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र शाहले जानकारी दिए। , १८ वर्षीय दिलिप मुखियाको पेटको नाइटोभन्दा माथ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ९ जनालाई हैजा देखिएको छ।, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले विभिन्न स्थानका ९ जनालाई आइतबार हैजा पुष्टी भएको जानकारी दिए।, काठमाडौंका डिल्लीबजार, बागबजार, कपन, थानकोटलगायत स्थानमा हैजा देखिएको र ललितपुरको सानेपामा पनि बिरामी भेटिएका छन्।, असार २ गते ...
सेतोपाटी संवाददाता मदन भण्डारी फाउण्डेसनले हरेक वर्ष प्रदान गर्दै आएको मदन भण्डारी राष्ट्रिय पुरस्कार घोषणा गरेको छ। , फाउण्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार यसवर्ष धरानका कृष्ण राई र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रेरणा माध्यमिक विद्यालय ललितपुरले पाउने भएका छन्। दुवै पुरस्कारको राशि एक/एक लाख...
सेतोपाटी संवाददाता पहिरोले अवरूद्ध पृथ्वी राजमार्ग खुलेको छ।, आज मध्यान्ह करिब १२ बजेतिर मुग्लिन-कुरिनटार सडकखण्डअन्तर्गत नाग्दीखोलामा पहिरो झरेको थियो।, उक्त पहिरो पन्छाएपछि अहिले सडक दुवैतर्फी खुलेको प्रहरीले जनाएको छ।, पहिरो खसेको तीन घन्टापछि सडक एकतर्फी खुलेको थियो। ,  , चार घन्टापछि खुल्यो पृथ्वी राजमार्ग
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २९ जनामा संक्रमण पुष्टि भएको हो।, एक हजार ७३० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ७७ जनाको पिसिआर र एक ६५३ जनाको एन्टिजेन परीक्षण गरिएको थि...
दिपकजंग शाही सुर्खेतको बराहताल गाउँपालिका-५ चेपाङ गाउँकी पुतली सुनारको भान्सामा यो वर्ष हरियो तरकारी छुटेन। सुख्खायाममै पनि तरकारी खाली भएन।, आफ्नो बारीमा लगाएको बेमौसमी तरकारी खेतीबाट उत्पादन भएको तरकारी भान्सामा त प्रशस्त भयो नै, केही त गाउँमै पनि बेचिन्।, ‘यो सिजनमा लगाएको तरकारी परिवारले नियमित खायौं। अझ केही तरका...
सेतोपाटी संवाददाता रौतहट फतुवा विजयपुर नगरपालिकाका मेयरसहित २१ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार काठमाडौंस्थित विशेष अदालतमा नगरपालिका प्रमुख गोपाल राय यादव, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरू, वडाध्यक्ष र नगरपालिका सदस्यहरूविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो...
सेतोपाटी संवाददाता केही दिनयता काठमाडौं उपत्यकामा हैजाको जोखिम बढेको छ। इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आइतबारसम्म उपत्यकाका १२ जना व्यक्तिमा हैजा संक्रमण पुष्टी भएको छ।, महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासका अनुसार उपत्यकाका ९ वटा ठाउँमा हैजा संक्रमण भेटिएको छ। जसमा बागबजार, डिल्लीबजार, कपन, सानेपा...
विनोद सापकोटा लिम्बू जातिको बाहुल्य रहेको इलामको माङसेबुङ र चुलाचुली गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजी भाषाका रूपमा लागू गर्ने भएका छन्।, आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै माङसेबुङको ११ औं गाउँसभा र चुलाचुलीको १० औं गाउँसभामा आगामी आर्थिक वर्षदेखि लिम्बू भाषालाई पालिकाभरि स्थानीय सरकार...
सेतोपाटी संवाददाता कैलालीमा लिफ्ट मागेर लुटपाट गरेर भागेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। , प्रहरीले लुटपाट गरेको आरोपमा तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए। , पक्राउ पर्नेमा भारतको हरियानाका २१ वर्षीय भगत सिंह, १८ वर्षीय साहिल बा...
राजेश घिमिरे केही दिनदेखि बिरामी भएर चितवनको सौराहामा ढलेकी काजलकली नामकी हात्तीले प्राण त्यागेकी छ।, राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाका भेटेरीनरी प्रविधिक  किरणराज रिजालका अनुसार काजलकलीको आइतबार दिउँसो ३ बजेर ४० मिनेटमा मृत्यु भएको हो।, पोष्टमार्टम गरेर उसलाई ढलेको ठाउँ नजिकै गाडिए...
सेतोपाटी संवाददाता प्रहरीले श्रीमती जबरजस्ती करणी गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ। , गोरखा घर भई सोलुखुम्बु नगरपालिका-६ बस्दै आएका २६ वर्षीय विजय राज थिनाल नाम गरेका अबुज खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिए। , उनका अनुसार श्रीमतीले गत शुक्रबार जाहेरी दि...
रासस सडक डिभिजन कार्यालय काठमाडौंले पटक/पटक म्याद थप गर्दा पनि पेप्सीकोला–मूलपानी–ब्रह्मखेल चार किमी सडक कालोपत्र नसकिएपछि निर्माण व्यवसायीलाई कारबाहीको तयारी भएको छ। , डिभिजनले आव २०७३/०७४ मा चार किमी सडक निर्माणका लागि रु १९ करोडको लागतमा ठेक्का गरेको थियो।, पहिलोपटक १८ महिना समय दिए पनि भण्डार/थोडुङ/वर्ल्डवाइड/महाल...
रासस सशस्त्र प्रहरीको टोलीले सोमबार धनुषाको बिदेह नगरपालिका–१ महिनाथपुरबाट हतियारसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।, सशस्त्र बेस क्याम्प महिनाथपुरबाट खटिएको टोलीले हतियारसहित भारतको बिहारको मुजफ्फरपुर ७ साहेबगङ्ज निवासी २९ वर्षीय राहुल रञ्जन, २० वर्षीय उज्ज्वल कुमार र २६ वर्षीय सञ्जय कुमारलाई पक्राउ गरेको धनुषा...
रासस केही दिनदेखि नियमित परेको वर्षाको कारण काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा पुनः समस्या आएको छ। काठमाडौंदेखि बञ्चरेडाँडासम्म पुग्ने सडकमा निरन्तर परेको पानीले समस्या आउँदा नियमित रूपमा गाडीहरू जान सकेका छैनन्।   , सामान्य अवस्थामा प्रतिदिन ३०० वटासम्म फोहोरका गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए। पानीको कारण बाटो अ...
सेतोपाटी संवाददाता देशका विभिन्न भू–भागमा आज बिहानैदेखि पानी परिरहेको छ। आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने भएको छ। , प्रदेश–१ को एकदुई स्थानमा भारी  वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। , राति  देशभरका पहाडी भू...
रासस सप्तरीको डाक्नेश्वरी नपा–१ कविलासामा सोमबार गाडीको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ।, भित्री सडकखण्डमा जन्तीमा आएको बा१८च ९३९० नम्बरको गाडीले पछाडि ब्याक गर्ने क्रममा पैदलयात्रु डाक्नेश्वरी–४ भुतही बस्ने ५० वर्षीय रघुवीर रामलाई ठक्कर दिएको थियो।, ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान ...