content
stringlengths
20
64.1k
सेतोपाटी अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनलाई कानुनी अनुमति दिने ५० वर्ष पुरानो फैसला शुक्रबार उल्ट्याएको छ।, यो फैसलासँगै अब महिलाहरूले गर्भपतन गर्न पाउने अधिकारबारे अमेरिकी राज्यहरूले आ-आफ्नो हिसाबले निर्णय गर्न सक्नेछन्। राज्यहरूले आफैंले यसबारे कानुन बनाउन पाउने छन्।, पचास वर्षअघि अदालतले अमेरिकामा गर्भपतन गर्न क...
सेतोपाटी संवाददाता सिँचाइ गर्ने क्रममा करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ।, भजनी नगरपालिका-६ का अन्दाजी ३२ वर्षीय परदेशी डगौराकाे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।, प्रहरीका अनुसार शुक्रबार साँझ खेतमा रोपाईँ गर्न सिँचाइ गर्ने क्रममा डगाैरालाई करेन्ट लागेको हाे।, घाइते उनलाई उपचारका लागि अस्पताल लैजाने क्...
रासस नेपालगञ्ज-१० स्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन्। क्षमताभन्दा बढी राखिएपछ उनीहरूको सुरक्षा चिन्ता र चुनौती बढ्दै गएको छ।, विसं २०२० मा स्थापना गरिएको उक्त कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको छ।, कारागार विभागले ३०० जना क्षमता निर्धारण गरेकाेमा हाल ७७६ कैदीबन्दी रहेका ...
ध्रुवसागर शर्मा म्याग्दीको एउटै गाउँपालिकामा रहेका २१६ पहिराका कारण बस्ती जोखिममा परेका छन्। स्थानीयवासीले पहिराका कारण असुरक्षित भएको गुनासो गर्दैआएका छन्।, उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका आठ वडामा साना ठूला गरी २१६ पहिरा रहेका र ती पहिराका कारण बस्ती नै जोखिममा छन्। पहिरा रोकथाम तथा नियन्त्रणका लागि पहिराको ...
रासस गएराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ।, बाढीको त्रासले  मध्यरातमा  हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए। हेलम्बु–२ का प्रभा भण्डारीले राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको बताइन्। , गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्...
सेतोपाटी संवाददाता गए रातिदेखि परेको अविरल वर्षाले  पोखरा महानगरपालिकाको वडा नम्बर २५ का विभिन्न ठाउँमा पहिरो जानुका साथै बस्ती डुबानमा परेको छ।, पहिरोले त्यहाँ रहेका विभिन्न गाई तथा बाख्रा रहेको पशु फार्म बगाएको छ। दर्जनौ चौपाया पहिरोमा परेको वडाध्यक्ष मोतिलाल तिमिल्सिनाले सेतोपाटीलाई जानकारी दिए। तिमिल्सिनाका अनुसार...
सेतोपाटी संवाददाता देशको संघीय राजधानी काठमाडौं मन्दिरको पनि राजधानी हो। त्यसैले काठमाडौंलाई मन्दिरै मन्दिरको शहर पनि भनिन्छ। , काठमाडौंका पाइला पाइलामा अनेकौं देवी देवताका मूर्ति भेटिन्छन्। कतै मन्दिर त कतै खुला नै छोडिएका यहाँका मूर्तिहरुको अवस्था धेरै ठाँउमा दयनीय छ, जस्तै काठमाडौं शहरको अवस्था छ। , मन्दिरले चिनाएक...
रासस जिल्ला प्रहरी कार्यालय, बाराले हत्याको आरोपमा एक नाबालकसहित १२ जनालाई पक्राउ गरेको छ। , पक्राउ पर्नेमध्ये ११ जनालाई वीरगञ्ज कारागार पठाइएको छ भने एक नाबालकलाई बाल सुधारगृह, भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।, बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलका राकेशभक्त पौडेललाई कुटपिट गरी हत्या गरेको...
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' मा प्रस्तुत गरेको छ।, आजको शृंखलामा हामीले असार ४ देखि असार १० गतेसम्म खिचिएका केही महत्वपूर्ण तस्बिर समेटेका छौं।, काठमाडौंको एक विद्यालयमा कोरोना विरुद्धको खोप लगाउँदै बालबालिक...
सेतोपाटी संवाददाता कैलालीमा नदीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।, टीकापुर नगरपालिका-६ सिम्रेनीकी १२ वर्षीया ज्योती घर्तीमगरको कर्णाली नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।, शुक्रबार दिउँसो उनी नदीमा नुहाउन गएकी थिइन्। , त्यसक्रममा उनी नदीमै बेहोस भएपछि डुबेकी थिइन्। उपचारको लागि उनलाई टिकापुर अस्पताल लगिएको थिय...
रासस तेह्रथुमको लालीगुराँस नगरपालिकामा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, दुईजना गम्भीर घाइते समेत भएका छन्। , लालीगुराँस नगरपालिकाको लसुनेबाट बसन्तपुरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त नम्बरको ट्र्याक्टर बसन्तपुर बजार छेउ जिरोप्वाइन्टमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।, ट्र्याक्टरमा सवार...
रासस पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा नजिकै वनकट्टीमा शनिबार बिहानै बस दुर्घटना भएको छ।, काठमाडौंबाट सुर्खेतका लागि छुटेको बस दुर्घटना हुँदा ८ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।, बिहान करिब ६ बजेको समयमा ना ८ ख १३६ नम्बरको बस सडक छेउमा पल्टिएको हो।, ४३ जना सवार उक्त बस तीव्र ...
सेतोपाटी संवाददाता काठमाडौंको कलंकीमा एक जना महिलाको हत्या भएको छ। , शनिबार एक महिलाको हत्या भएको प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले जानकारी दिए। उनीमाथि ढुंगाले हिर्काएर हत्या भएको हो। , कलंकीको फुटपाथमा तरकारी बेच्ने अन्दाजी ३७ वर्षीय मेनुका उप्रेतीमाथि बिहान करिब ८ बजेतिर ढुंगा प्रहार भएको ह...
रासस पछिल्लो समयमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यम प्रयोग गरी प्रलोभन दिएर ठगी गर्ने कार्य बढिरहेको भन्दै प्रहरीले त्यसतर्फ सचेत हुन नागरिकमा अनुरोध गरेको छ। , नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सूचना जारी गरी त्यस्ता गतिविधि भइरहेको जानकारी आएमा सूचना दिनसमेत अनुरोध गरेको छ।, पछिल्लो समय नेपालमा म...
सेतोपाटी संवाददाता देशभरका ६८१ पुस्तकालय बन्द भएको पाइएको छ। वि.स.१९७४ देखि हालसम्म खुलेका ९२८ पुस्तकालयमध्ये राम्रोसँग सञ्चालन भइरहेका पुस्तकालयको  संख्या जम्मा २२७ मात्रै रहेका छन्। केही भने जेनतेन चलिरहेका पाइएको छ। , रिड नेपाल र शान्ति भोलेन्टियर एसोसिएसनको सहकार्यमा शिक्षा मन्त्रालयले गरेको सर्भेले यस्तो देखाएको ...
डा. मन्दिरा कार्की बुद्धि बंगारा भनेको सबैभन्दा अन्तिममा आउने दाँत हो। १६-१७ वर्षको उमेरमा आउने भएकाले भएकाले त्यसलाई बुद्धि बंगारा भनिएको हो। यो दाँत आउँदा दुख्ने समस्या पनि हुन्छ। अन्तिममा आउने भएकाले कतिपय अवस्थामा स्पेस पुग्दैन त्यसैले असजिलो हुन्छ। त्यस्तो बेलामा गिजाले छोपिएको छ कि अन्य समस्या छ भनेर हेर्नुपर्छ।...
रासस सिन्धुपाल्चोकमा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ।, जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो। , शनिबार बिहान रिंगटा लागेर ढलेका गोलेलाई उपचारका लागि चौतारा अस्पताल लगिएको केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्या...
सेतोपाटी संवाददाता कास्कीमा विद्यार्थीहरूमाथि बाल यौन दुरूपयोग गरेको आरोपमा विद्यालय सञ्चालक पक्राउ परेका छन्। , माछापुच्छ्रे गाउँपालिका-४ स्थित ज्ञान ज्योती इङ्ग्लिस बोर्डिङ स्कुलका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो। ४८ वर्षीय रामचन्द्र शाहीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पक्राउ गरेको हो। , उनले आफ्नै ...
सेतोपाटी संवाददाता काठमाडौंको नेपालटारमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। , शनिबार काठमाडौं महानगरपालिका नेपालटारस्थित एक घरमा भाडामा कोठा लिएर बसेकी एक महिलाको शव फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , सुर्खेत घर भई दिल माया विश्वकर्मा भन्ने महिलाको ...
सेतोपाटी संवाददाता काठमाडौंबाट कटुवा पेस्तोल र गोलीसहित ‍दुई जना पक्राउ परेका छन्।, काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित क्याफेबाट १ थान कटुवा पेस्तोल र १ थान गोलीसहित दुई जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो।, पक्राउ पर्नेहरूमा नवलपरासी बर्दघाट नगरपालिका-१४ घर भएका ३० वर्षीय राजु विक र बाँके खजुरा गाउँपालिका-१ घर...
रासस गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दा बढी घर डुबानमा परेका छन्।, वर्षापछि हेम्जाको सुइखेतस्थित चौरासी नहर फुटेर पानी बस्तीमा पस्दा सुन्दरी चोक र म्याग्दी चोकका घर डुबानमा परेको वडाध्यक्ष मोतिराज तिमिल्सिनाले बताए।, यसैगरी पहिराले स्थानीय लक्ष्मी विक र रविना परियारको घर पूर्ण...
सेतोपाटी संवाददाता नेपालमा थप २७ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। , शनिबार २७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। २३ जनाको पिसिआर र ४ जनाको एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।, १८ सय २ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। , यसको संक्रमणबाट पछ...
सेतोपाटी संवाददाता झापामा १३ वर्षीया बालिकामाथि बालयौन दुरूपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, बुद्धशान्ति गाउँपालिका-४ जुनेली बस्ती बस्ने २६ वर्षीय विजय राईलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। , उनीमाथि १३ वर्षीय बालिकालाई बालयौन दुरूपयोग गरेको आरोप छ। ...
सेतोपाटी संवाददाता काठमाडौंमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। , काठमाडौं महानगरपालिका-१५ अन्‍नपूर्ण चोकमा गएराति टिपरले मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।, बा.२ क ७२९३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०१७ प ०९६८ नम्बरको मोटरसाइकललाई ठक्‍कर दिएको हो। , जसबाट मोटरसाइकल चालक सिन्धुली कमलामाई नगरपा...
सेतोपाटी संवाददाता बालबालिकाहरूलाई भुलाउने बहानामा मोबाइल र टेलिभिजनको बानी नबसाल्न चिकित्सकहरूले सुझाव दिएका छन्। , चिकित्सकहरू मात्रै सदस्य रहेको रोटरी क्लब अफ मेडिकोफ्युजनले बालबालिकाहरूलाई मोबाइल र टेलिभिजन नदेखाउँ भन्दै अभियान नै संचालन गरेको छ।, शनिबार बुटवलमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष एवं बालरोग विशेषज्...
रासस पाँचथरमा रूखको गोलियाले किचेर एक युवकको मृत्यु भएको छ।, सल्लाको गोलिया पल्टाउने क्रममा गोलियाले किचेर पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ बरबोटेका १८ वर्षीय राजेश आङदेम्बेको शनिबार मृत्यु भएको हो।, गोलिया पल्टाइरहेका आङदेम्बेलाई अचानक किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।, उक्त घटना...
रासस बाँकेको राप्ती सोनारी गाउँपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु भएको छ।, शनिबार कोहलपुरतर्फ आइरहेको ना ५ ख ४२०४ नम्बरको ट्रकले भे११प ७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाँकेको बैजनाथ गाउँपालिका–२ की २८ वर्षीया दीपिका खत्रीको मृत्यु भएको इलाका प्रहरी...
सेतोपाटी संवाददाता गैरआवासीय नेपाली संघ (एनआरएन) ले काठमाडौं महानगरपालिकासँग सहकार्य गर्ने भएको छ। गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डलले बिहिबार महानगरपालिकाका मेयर बालेन शाहसँग भेट गरेको हो।, भेटमा एनआरएन महानगरपालिकासँगको सहकार्यमा काठमाडौं महानगरपालिकाको स्तरउन्नती, ट्राफिक व्यवस्थापनको लागि ट्राफिक लाइट, आधुनिक...
रोहित महतो करिब ५ सय धार्मिक पर्यटक बोकेर बिहीबार अपरान्ह रामायण सर्किट रेल जनकपुर आइपुगेको छ।, पर्यटक बोकेर नेपाल आएको यो पहिलो भारतीय रेल हो। १४ डिब्बा रहेको उक्त रेलको प्रत्येक बोगीमा भारतीय कला, संस्कृति, परम्परा, सम्पदालगायत चित्र छन्। , जनकपुर रेल्वे प्लेटफर्ममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र उद्योग व...
रासस पढ्नका लागि उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण पर्वतकी एक महिला बनेकी छ। जिल्लाको मोदी गाउँपालिका–८ चित्रेकी विष्णु गुरूङ ६० वर्षको उमेरमा विद्यालय जान थालेकी हुन्। , स्थानीय जनसिद्ध माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत गुरूङ साक्षर हुन नसकेकै कारण विभिन्न समस्या भोगेपछि बुढेसकालमै भए पनि पढ्ने रहर पूरा गर्न वि...
सेतोपाटी संवाददाता सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, दुर्घटनामा ५५ वर्षीया एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए। , उनका अनुसार बिहीबार बिहान पौने ११ बजे विराटनगरबाट कटारी जाँदै गरेको ना ५ ख १८९८ नम्बरको बस कोशी ब्यारेज र कंकालिनी मन...
रासस गत जेठ ३० गते तिलोत्तमा नगरपालिका–६ मा मृतावस्थामा फेला परेकी २५ वर्षीया सुविना गिरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।, सुविनाका बाबु नवलपरासीको कावासोती नगरपालिका–१६ बस्ने नरु गिरीले ३८ वर्षीय सञ्जय (सुविनाका श्रीमान्) र कञ्चन गाउँपालिका घर भई मामाघर बस्दै आएका भान्जा २१ वर्षीय कुश...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४९ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार ४९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार २३४ जनाको पिसिआर र १२६० जनाको एन्टिजेन परीक्षण गरिएको थिय...
युनिक श्रेष्ठ बुधबार अपराह्न ५ बजिसकेको थियो। मुगुको छायाँनाथ रारा नगरपालिका-२ गमगढी बजारस्थित मुगु डिभिजन वन कार्यालय परिसरमा एक पुरूष आइपुगे।, उनी मुगमकार्मारोङ गाउँपालिकाका-१ चितैकुनाका ५६ वर्षीय चेम्पा तामाङ हुन्। चेम्पा कार्यालयमा पुगेपछि महिनौंदेखि  राखिएको एउटा कुकुरले पुच्छर हल्लाउन थाल्यो। त्यो कुकुरको नाम छै...
सेतोपाटी संवाददाता शंकास्पद मृत्यु भएकी रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकी नगरकी अमृता खत्री टण्डनको अन्त्येष्टिका लागि माइती पक्ष सहमत भएको छ।, अमृताको मृत्यु भएको ७३ दिनपछि शुक्रबार माइती पक्षले उनको दाहसंस्कार गर्ने जनाएको हो।, मृतकका दाजु पुष्पक खड्काले बहिनीको मृत्यु भएको साढे दुई महिनापछि अन्येष्टि ग...
सेतोपाटी संवाददाता झापाकी १३ वर्षीया बालिकालाई प्रलोभनमा पारेर भारत लैजान खोज्ने दुई जनाविरूद्ध  प्रहरीले मानव वेचबिखन तथा ओसारपसार मुद्दा चलाएको छ। , बिहीबार मोरङ जिल्ला अदालतबाट पाँच दिनको  म्याद थप गरी अनुसन्धान सुरू गरेको मोरङका जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन्।, झापाको बिर्तामोड-५ मू...
रासस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीस्थित एक टर्की फर्ममा टर्कीमा बर्डफ्लु पुष्टि भएपछि करिब एक हजार ३०० पक्षी नष्ट गरिएको छ।, केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु पुष्टि भएको थियो।, सो फर्ममा १०० भन्दा बढी टर्की मरेपछि परीक्षणका लागि नमुना काठ...
सेतोपाटी संवाददाता राष्ट्रिय युवा परिषदले हरेक वर्ष गर्दै आएको राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन यस पटक धनुषाको जनकपुरधाममा बिहीबारदेखि सुरू भएको छ।, मुझेलियास्थित होटल राजदरबारमा असार ९ र १० गते दुई दिन चल्ने सम्मेलनको उद्घाटन मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गरेका हुन्। , राष्ट्रिय युवा परिषदका कार्यकारी उपा...
सेतोपाटी संवाददाता दलित भएकै कारण घरबेटीले कोठा भाडामा नदिएको अर्को घटना बाहिरिएको छ।, भक्तपुरको चाँगुनारायण नगरपालिका-४ स्थित कविता रायमाझीको घरमा सामान सार्दासार्दै आफू दलित भएको थाहा पाएपछि निकालिएको भन्दै मुना दयाल भनिने सम्झना विश्वकर्माले बिहीबार प्रहरीमा उजुरी दिएकी छन्।, ओखलढुंगाको मोलुङ गाउँपालिका-८ घर भएकी २...
सेतोपाटी संवाददाता  ललितपुर महानगरपालिकामा  आजबाट ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइँदैछ।  , भोलि शनिबार भने खोप दिइने छैन। भोलि बाहेक १५ गतेसम्म विद्यालय वा वडामा रहेको स्वास्थ्य संस्थामा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोप लगाउन पाइने महानगरपालिकाले जानकारी दिएको छ। , आज वडा नम्बर १, २ ...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उपत्यकाका तीनै जिल्लामा भारी वर्षा भइरहेको हो। , भारी वर्षा भएसँगै काठमाडौं उपत्यकाका नदीहरूमा पानीको सतह बढेको छ। गए रातिदेखिको वर्षाका कारण नदीमा पानीको सतह बढेको छ।, विभागका अनुसार बागमती, विष्णुमती, रूद्रमति, हनुमन्ते, म...
रासस महोत्तरीको जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ।, महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का ८० वर्षीय राजकरण यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।, कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव बिहान २ बजे एक्कासी बेहोस भएका थिए।, उपचारका ल...
सेतोपाटी संवाददाता पहिरोका कारण अवरुद्ध सिस्नेरी सडकखण्डमा आजदेखि पुनः यातायात सञ्चालनमा आएको छ ।, पहिरोका कारण केही दिनदेखि अवरुद्ध हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जोड्ने छोटो मार्गको सिस्नेरी खण्डमा यातायात पुनः सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिए।, मकवानपुरको ...
नारायण खड्का लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य राज्य तथा परिवार कल्याण मन्त्री विमला वली र वाइसियलका नेता एकराज बस्नेतका बीचमा साढे ६ लाख जतिको लेनदेन भएको खुलेको छ।, राज्यमन्त्री वलीमाथि छानबिन गर्न गठित कार्यदलसमक्ष बस्नेतले सोही विवरण प्रस्तुत गरेका छन्।, ‘मैले उहाँसँग ६ लाख ४० हजार रुपैयाँ पटक/पटक गरी लिएको थिएँ,’...
सेतोपाटी संवाददाता काभ्रेमा बस दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन्। , दुर्घटनामा परी चार जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक चक्र जोशीले जानकारी दिए। , उनकाअनुसार शुक्रबार दिउँसो साँगाबाट बनेपातर्फ जाँदै गरेको बा ३ ख २८४४ नम्बरको बस र बा ७ च १५४५ नम्बरको कार ठक्कर खाँदा दुर्घटना भएको...
सेतोपाटी संवाददाता बाँके प्रहरीले १९ लाख मूल्य बराबरको भन्सार छलीको चिनी र बोडीको दाल बरामद गरेको छ। , भन्सार छली गरी चोरी पैठारी गरेको ५ सय २० बोरा चिनी र ५१ बोरा बोडीको दाल नेपालगञ्ज उपमहानगरपालिका-१ स्थित नन्दनी मिल्सबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक चक्रडम्मर पालले सेतोपाटीलाई बताए। , ...
सेतोपाटी संवाददाता प्रहरीले कर्तव्य ज्यान तथा डाँका चोरी मुद्दाका फरार अभियुक्तलाई दुई वर्षपछि पक्राउ गरेको छ। , काठमाडौं महानगरपालिका-७ गौरीघाटका २५ वर्षीय विवेक मल्ललाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसनधान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , उनका अनुसार २०७७ साल जेठ २ गते मोरङ घर ...
सेतोपाटी संवाददाता प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई सुनसहित नियन्त्रणमा लिएको छ।, सिराहाका निरन्जन कुमार सिंहलाई सुनको ब्रासलेटसहित नियन्त्रणमा लिएको भन्सार कार्यालयका प्रमुख महेश भट्टराइले जानकारी दिए। , उनका अनुसार सिंहले सनसिल्क स्याम्पूको झोलमा मिसाएर १०० ग्राम सुन लुकाएर ल्याएका हुन्।, भट्...
सेतोपाटी संवाददाता रूपन्देहीमा शनिबारदेखि ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरूद्धको फाइजर खोप लगाउने तयारी गरिएको छ।, जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीले यसअघि १२ वर्षदेखि माथिका नागरिकलाई कोरोना विरूद्धको खोप लगाइसकिएको र शनिबारदेखि ५ वर्षदेखि ११ वर्षसम्मका बालिबालिकालाई लगाउने तयारी गरिएको जनाएको हो।,...
किरणराज रिजाल राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाका भेटेरीनरी प्रविधिक किरणराज रिजालको प्रायः समय अचेल काजलकलीको स्वास्थ्योपचारमा बितिरहेको छ।, काजलकली नेपाल आएको करिब ५ वर्ष हुन लाग्यो। नेपाल आउँदा दुबै कञ्चट बसेको दुब्लो पातलो हात्ती काजलकलीको स्वास्थ्योपचार उनले सुरुआती दिनबाटै गरेका...
सेतोपाटी संवाददाता दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए) चुनावलाई लक्षित गरी शुक्रबार बिहानैदेखि नेपाल–भारत सीमा नाका सिल गरिएको छ।, आइतबार हुने चुनावमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न भारतले गरेको पत्राचारपछि पश्चिम बंगालसँग सीमा जोडिएका झापाको काँकडभिट्टा, भद्रपुर तथा इलामको प...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४३ जनामा संक्रमण पुष्टि भएको हो।, ३ हजार ५५५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार  ८५२ जनाको पिसिआर र एक ७०३ जनाको एन्टिजेन परीक्षण गरिएको...
सविना कार्की राम्रा सामुदायिक स्कुल, काठमाडौंका राम्रा सामुदायिक विद्यालयबारे शृंखला लेख्ने क्रममा यसपटक हाम्रो छनोटमा परेको छ क्षेत्रपाटीस्थित कन्या मन्दिर माध्यमिक विद्यालय।, नामै काफी छ भनेझैं यस विद्यालयमा छात्रा मात्र पढ्छन्। , हालैको एक दिन हामी विद्यालय पुग्यौं। छत्रपाटी चिकित्सालय नजिकै विद्यालयको गेट छ। गेटबा...
सेतोपाटी संवाददाता देशभरिबाट अडिसन गरी नेता छान्ने भनिएको टेलिभिजन कार्यक्रम ‘द लिडर’ का लागि रजिष्ट्रेसन शुल्क एक हजार रुपैयाँ तिरेका ३०९ जनाले अझै पैसा फिर्ता नपाएको देखिएको छ।, शुक्रबार पत्रकार सम्मेलन गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रजिष्ट्रेसन गरेका आकांक्षीको पैसा फिर्ता दिनु आफ्नो नैतिक द...
शोभा शर्मा जिल्ला न्यायाधीशलाई दुई करोड घुस खुवाएर व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छाड्ने तारतम्य मिलाउन प्रयास गरेका रूद्रप्रसाद पोखरेल झापा गौरादह स्थायी घर भएका कानुन व्यवसायी हुन्।, उनी २०५१ सालदेखि नै वकालत गर्दै आएका छन्। उनले २०५३ सालमा अधिवक्ताको लाइसेन्स लिएर वकालत गर्न थालेका थिए। अहिले उनको ल फर्म आरपी प...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३१ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार ४२५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ५७५ जनाको पिसिआर र ८५० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।...
सेतोपाटी संवाददाता स्वास्थ्य बीमा गरेका नागरिकको उपचार रकम सरकारले असार २० गतेसम्म भुक्तानी नगरे दुई अस्पतालले उपचार सेवा बन्द गर्ने चेतावनी दिएका छन्। , बुधवार बीएण्ड सी र नोबेल मेडिकल कलेजले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले स्वास्थ्य बीमा गरेका बिरामीले उपचार गरेको रकम असार २० गतेसम्म भुक्तानी नगरे उपचार सेव...
सेतोपाटी संवाददाता उच्च अदालत विराटनगरको गेट अगाडि खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भक्तपुर मध्यपुर ठिमी नगरपालिका-९ का ४६ वर्षीय रमेश राजबाहकलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए। , प्रहरीले उनलाई बुधबार भक्तपुरबाट पक्रा...
सेतोपाटी संवाददाता नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नीशोक परेको छ।, बिजुक्छेकी पत्नी शोभा प्रधानको बुधबार दिउँसो उपचारको क्रममा हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको उक्त पार्टीका नेता एवं भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले जानकारी दिए। ६२ वर्षीया शोभा क्यान्सरबाट पीडित थि...
सेतोपाटी संवाददाता ललितपुरमा एक जना पुरूषको शव फेला परेको छ। , बुधबार ललितपुर महानगरपालिका-२७ चापागाउँ ओखाटस्थित घरको शौचालयमा पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ। , उनको सनाखत हुन सकेको छैन। , उनी बेवारिसे व्यक्ति भएको प्रहरीले जनाएको छ। उनी मापसे गर्ने र सामान्य ज्याला मजदुरी गर्ने व्यक्ति हुन्। , उनको सनाखतको ल...
सेतोपाटी संवाददाता जिल्ला न्यायाधीशलाई दुई करोड घुस खुवाएर व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छाड्ने तारतम्य मिलाउन प्रयास गरेका अधिवक्ता रूद्रप्रसाद पोखरेल कानुनी उपचार खोज्ने बताएका छन्।, बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफूलाई नेपाल बार एसोसिएसनको सदस्यबाट स्वनिलम्बन गरेको पनि बताएका छन्।, ‘...
सेतोपाटी संवाददाता सुर्खेतमा सरकारी जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , रूकुम चौरहजारीका २८ वर्षीय धर्मराज बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए। , उनका अनुसार बुधबार वीरेन्द्रनगर नगरपालिका-७ सडक खण्डमा जीप दुर्घटना भएको हो।, बा १ झ ८७८४ नम्बरको सरकारी ...
सबिना श्रेष्ठ काठमाडौं हनुमानढोकामा दुई ढुंगाका खम्बाको सहारामा ठडिएको एउटा ठूलो घन्टी छ। यसलाई सन् १७९७ मा राजा रणबहादुर शाहले निर्माण गर्न लगाएका हुन्।, त्यही घन्टीको छेउमा केही महिनाअघिसम्म गुम्बज शैलीमा बनेको र शिरमा गजुर भएको एउटा मन्दिर देख्न सकिन्थ्यो।, विष्णु मन्दिर भनेर चिनिने यसको वास्तविक स्वरूप गुम्बज होइन...
सेतोपाटी अफगानिस्तानमा बुधबार आएको भूकम्पका कारण हजार जनाभन्दा बढी मानिसको मृत्यु भएको छ।, बिबिसीका अनुसार एक हजार पाँच सयभन्दा धेरै मानिस भूकम्पमा परी घाइते भएका छन्।, अफगानिस्तानको दक्षिण पूर्वी क्षेत्रमा पर्ने खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा बुधबार पूर्वाह्न साढे एक बजे ६.१ म्याग्निच्युडको भूकम्प...
द न्यूयोर्क टाइम्स यी तीन दिदीबहिनीलाई राम्ररी थाहा थियो, अब घर छाड्ने बेला भयो।, उनीहरू तीन वर्षे तिम्ल्याहा हुन्।, तीन वर्ष भनेको उनीहरूका लागि एकदमै भर्भराउँदो उमेर हो। यो बेला संसारै जित्ने आँट आउँछ। अवसर छोप्न आँखा नाचिरहन्छ। नयाँ चुनौती मोल्न हरदम पेट पोलिरहन्छ।, यही उमेरको जोशले होला, यी दिदीबहिनीले आफ्नो थातथल...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदका लागि बढुवा सिफारिस भएका छन्। , बुधबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार १७ जना एसएसपीको डिआइजीका लागि बढुवा सिफारिस भएका हुन्। , लामो समयदेखि रिक्त रहेको डिआइजी पदको लागि बढुवा सिफारिस भएको हो।, पहिलो ...
सेतोपाटी संवाददाता हाल प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। प्रदेश १, मधेश प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ।, मौसम पूर्वानुमान म...
सेतोपाटी संवाददाता बिहिबारबाट सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप दिँदै छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पहिलो चरणमा देशका २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा खोप दिइनेछ। , पहिलो मात्रा खोप लगाएका बालबालिकालाई आगामी साउन २ देखि ८ गतेसम्म दोस्रो मात्रा खोप दिइने मन्त...
सेतोपाटी संवाददाता पोखरा आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको लुम्ले र धम्पुसबीचमा केन्द्र बनाएर ४.९ रेक्टर स्केलको धक्का महसुस गरिएको हो।, राति ३:५७ मा भूकम्पको धक्का महसुसपछि मानिसहरू डराएर घर बाहिर निस्केका थिए।, राति सुतिरहेको बेला गएको भूकम्पको धक्का आसपासको जिल्ल...
पूर्णप्रसाद मिश्र/रासस काठमाडौं, असार ९, नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रसम्बन्धी विभिन्न विषयमा अध्ययन तथा अनुसन्धान गरी उपयोगी ग्रन्थ तयार गर्ने, गराउने मुख्य उद्देश्यले स्थापना भएको नेपाल प्रज्ञा प्रतिष्ठान आजदेखि ६५ वर्ष पूरा गरी ६६औँ वर्षमा प्रवेश गर्दैछ।, वि.सं. २०१४ असार ९ गते प्रत...
सेतोपाटी संवाददाता शिक्षक सेवा आयोगअन्तर्गत बढुवा सिफारिस समिति सचिवालय, शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेश पोखराले शिक्षकहरूलाई बढुवा गरेको छ।, कार्यसम्पादन मूल्याङ्कनका आधारमा शिक्षक बढुवा गरिएको निर्देशनालयले जानकारी दिएको छ।, बढुवाका लागि निवेदन परेका मध्ये सबैभन्दा बढी अंक प्राप्त गर्ने शिक्षकलाई बढुवा गरिएको...
एजेन्सी/रासस डेनमार्कमा कोरोना भाइरसविरुद्ध चौथो मात्रा खोप लगाउने तयारी गरिएको छ।, सरकारले कोरोनाविरुद्धको चौथो मात्रा खोप लगाउन सबैलाई आग्रह गर्ने सरकारी अधिकारीहरूले जनाएका छन्।, उनीहरूका अनुसार झन्डै २० लाख मानिसलाई चौथो मात्रा खोप लगाउने गरी तयारी भइरहेको छ।, यसपटक पनि सुरुमा स्वास्थ्यकर्मी र ५० वर्षभन्दा बढी उमे...
सेतोपाटी संवाददाता गोरखामा पनि भूकम्प गएको छ। , आज बिहान ७:२२ बजे गोरखाको आरूघाट गाउँपालिकास्थित थुमी आसपास केन्द्र रहेर भूकम्प गएको हो।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखामा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।, आजै बिहान कास्कीमा पनि भूकम्प गएको थियो।, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार का...
सेतोपाटी संवाददाता झापाको शिवसताक्षीस्थित कमल बनियानी खोलामा एक पुरूषको शव फेला परेको छ।, शव सडेको अवस्थामा बुधबार साँझपख फेला परेको हो।, खोलाको बगरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।, इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक महेन्द्र खड्काका अनुसार शवको प्रकृति हेर्दा बाढीले बगाएर ल्याएको हुन सक्छ...
सेतोपाटी संवाददाता भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ मा पर्ने आदर्श चोकमा गए राति टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।, जगातीतर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपरले गए राति करिब २ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ।, दुर्घटना...
सेतोपाटी संवाददाता अविरल वर्षापछि पहिरो झर्दा अवरूद्ध डुम्रे-वेशीसहर-चामे सडकखण्ड चार दिनपछि पुन: सञ्चालनमा आएको छ।, असार ५ गते उदीपुरमा पहिरो खसेपछि यो सडकखण्ड अवरूद्ध थियो।, बुधबार बेलुकीदेखि यो सडक पुन: सञ्चालनमा आएको डुम्रे-वेशीसहर-चामे सडक आयोजनाले जानकारी दिएको छ।, सडक एकतर्फी रूपमा सञ्चालन गरिएको छ। , वैकल्पिक ...
रासस ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमा पुनः राखिने भएको छ। विसं २०२८ अघिसम्म यहाँको कोतगढीमा राखिएको उक्त तोप नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख ल्याइएसँगै पुनः गढीमा राखिने भएको हो। , दैलेखस्थित कालीदत्त गुल्मका गुल्मपति सेनानी विनोद चौलागाईँले सुन्दरी तोपलाई आज गढीमा पुनःस्थापना गर्...
सेतोपाटी संवाददाता मोरङमा गुडिरहेको बसभित्र एसिड पोखिँदा पाँच जना घाइते भएका छन्। , मंगलबार दिउँसो कटहरी गाउँपालिकामा रंगेली जाँदै गरेको बसभित्र एसिड पोखेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। , प्रहरीका अनुसार को १ ख ३९८१ नम्बरको बसभित्र कटहरी-४ बस्ने २५ वर्षीय सुन पसल सञ्चालक रा...
सेतोपाटी संवाददाता रूपन्देहीको भैरहवास्थित बाल सुधार गृहबाट अन्यत्र लैजान खोज्दा त्यहाँ रहेका बालकहरू आक्रोशित भएका छन्।, कारागार विभागले भैरहवाको बाल सुधार गृहमा रहेका केही बालकहरूलाई स्थानान्तरण गर्न खोज्दा उनीहरू आक्रोशित भएका हुन्। , स्थानान्तरण गर्न गएका प्रहरी अधिकृतमाथि बालकहरूले आक्रमण प्रयास गरेको स्थानीयले ब...
सेतोपाटी संवाददाता सेन्ट लरेन्सका व्यवस्थापक संकायका संयोजक र शिक्षक पुर्पक्षको लागि थुनामा पठाउन आदेश भएको छ। , काठमाडौं जिल्ला अदालतले बाल यौन दुरूपयोग गरेको आरोपमा प्रहरीले दुई जनालाई मंगलबार पुर्पक्षको लागि कारागार चलान गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , काठमाडौं ...
पूर्णप्रसाद मिश्र काठमाडौं उपत्यकामा खानेपानीको समस्या समाधानका लागि वैकल्पिक रूपमा मकवानपुरस्थित सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सकिएको छ।, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सम्भाव्यता अध्ययन गरी दैनिक १५ करोड लिटर पानी 'लिफ्टिङ' गरी राजधानीमा ल्याउन सकिने प्रारम्भिक प्र...
सेतोपाटी संवाददाता पूर्वी पहाडी जिल्लामा लगातार वर्षा हुँदा पहिरो जाने क्रम रोकिएको छैन। ताप्लेजुङको सिरिजंगा गाउँपालिकाको मामांखेका ६३ घरपरिवार पहिरोका कारण विस्थापित भएका छन्।, सिरिजंगा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष बुद्धि दाहालका अनुसार पहिरोको त्रासका कारण ६३ परिवारले बासस्थान छाडेका छन्। पहिरोका डरले लत्ताक...
रासस कञ्चनपुरको पुनर्बास नगरपालिकामा मंगलबार मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ। पुनर्बास–६ टाउनका दुई वर्षीय मनिष रानामगरको मृत्यु भएको हो। , तीव्र गतिमा गुडिरहेको मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए।, युपी ३१ के ८१३० नम्बर...
सेतोपाटी संसारकै धनी व्यक्ति एलन मस्ककी एक छोरीले अदालतमा आफ्ना बुवाबाट 'अलग' हुन निवेदन दिएकी छन्। अमेरिकी अखबार सिएनएनका अनुसार उनले आफ्ना बुवा एलन मस्कको नामबाट पहिचान नबनाउने भन्दै अदालतमा निवेदन दिएकी हुन्।, उनले आफ्नो लैंगिक पहिचान, नाम-थर बदल्न चाहेको र चर्चित तथा धनाढ्य बुबासँग कुनै पनि हिसाबले नाता राख्न नचाह...
एजेन्सी पाकिस्तान र अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ रेक्टरस्केलको भूकम्प गएको हो।, दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको यूएसजीएसले जनाएको छ। भूकम्पको गहिराइ ५१...
रासस डलर भन्दै कागजका टुक्रा दिएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, प्रहरी वृत्त कालिमाटीको टोलीले जेठ १७ गते काठमाडौं महानगरपालिका–१४ कलङ्कीमा सिन्धुपाल्चोक सुनकोशीका ६२ वर्षीय एक व्यक्तिलाई ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसेका ३३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो।, जिल्ला प्रह...
सेतोपाटी संवाददाता आज प्रदेश १ र बागमती प्रदेशका केही, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै  र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनेछ।, हाल गण्डकीका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। कर्णाली, गण्डकी, मधेश प्रदेश तथा प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाकी...
रासस अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साको वीरगञ्जबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।, अवैधरूपमा कल बाइपास गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले भारतका इरफान सुफियान खानलाई वीरगञ्जबाट पक्राउ गरेको हो।, ब्यूरोबाट खटिएको टोली...
एजेन्सी कम्बोडियाको मेकङ नदीमा विश्वकै सबैभन्दा ठूलो आकारको ताजा पानीमा पाइने माछा फेला परेको छ। नदीमा पाइएको उक्त क्याटफिस जातको माछाको तौल ३ सय केजी छ।, यसअघि सन् २००५ मा थाइल्याण्डस्थित मेकङ नदीमा पाइएको २ सय ९३ केजीको क्याटफिस माछा विश्वको सबैभन्दा ठूलो ताजा पानीको माछाको रुपमा थियो ।, यद्यपि विश्वमा ताजा पानी (फ्...
रासस एक नाबालिकालाई अपहरण गरी जबर्जस्ती करणी गरी फरार भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–७ बरेवा टोलका १९ वर्षीय इर्साद अन्सारी छन्।, जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बाराको कलैया उपमहानगरपालिका–५ स्थित एक घरमा लुकेर बसेको अवस्थामा अन्सारी फेला...
सेतोपाटी संवाददाता रोल्पाको एक होस्टेलमा १९ वर्षीय युवती मृत भेटिएकी छन्।, रून्टीगढी गाउँपालिका वडा नम्बर ५ छिन्नेटाकी कृष्णी कामी मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ।, कृष्णी केही समयदेखि घरेलु तथा साना उद्योग कार्यालयले सञ्चालन गरेको ब्युटी पार्लर तालीम लिइरहेकी थिइन्।, तालीम लिने कार्यालयको होस्टेल कोठामा उनी...
सेतोपाटी संवाददाता रूकुम पश्चिमको आठबिसकोट नगरपालिकामा ठूलोभेरी सञ्चार केन्द्रले चलाएको रेडियो नयाँ नेपाल एफएम ९८.२ मेगाहर्जले पत्रकारहरूलाई पारिश्रमिक नदिएपछि आन्दोलन भएको छ।, एक वर्षदेखि पारिश्रमिक नपाएको भन्दै रेडियोमा कार्यरत पत्रकार तथा कर्मचारी गरी ६ जना मंगलबारदेखि आन्दोलनमा छन्।, उनीहरूले पारिश्रमिकबापत १० लाख...
रासस पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरबाट मृत्यु भएको छ।, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङदावा शेर्पाको क्यान्सरबाट मृत्यु भएको हो।, शेर्पाको बेजास्थित उलिस बाइसा अलेन्टेज इपिई अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको शेर्पा किदुग पोर्चुगलका सल्लाहकार धन शेर्पाले बताए।, उनको शव नेपाल पठाउने...
सेतोपाटी संवाददाता काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रूद्र पोखरेलबीच ठगी मुद्दामा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न दुई करोडको डिल भएको अडिओ सार्वजनिक भएको छ।, उक्त अडिओ सार्वजनिक भएपछि छलफल गर्न कायममुकायम प्रधानन्यायायाधीश दीपककुमार कार्कीले आज न्याय परिषद्को बैठक ...
रासस विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ।, हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, सर्पदंशबाट सिकिस्त तामाङको उपचारका क्रममा चारआलीस्थित सर्पदंश उपचार केन्द्रमा मृत्यु भएको बताइएको छ।, सर्पदंशबाट झापामा ...
सेतोपाटी संवाददाता काठमाडौंको शंखरापुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। , गएराति ९ बजे शंखरापुर नगरपालिका-१ देउराली भञ्ज्याङमा टिपरले ठक्कर दिँदा एक पैदलयात्री महिलाको मृत्यु भएको हो। , प्रदेश ३ ०१-००६ ख ३४७४ नम्बरको टिपरले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१३ फटकसिला घर भएकी ३९ वर्षीया लिलामाई दनुवारको मृत्य...
रासस मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गतको बागलुङ खण्डमा सुरूङ मार्ग बनाउन अध्ययन थालिने भएको छ।, लोकमार्ग बागलुङको काठेखोलास्थित अछतेदेखि बिहुँ गलकोटको नरेठाटी सम्मको सुरूङ मार्ग अध्ययन गरिने भएको छ। यसका लागि संघीय सरकारले ५० लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको छ। , भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरूङ मा...
सेतोपाटी संवाददाता घटनाबारे कसैलाई सुनाए मारिदिने धम्की दिने पीडकको डरले मौन बसेकी १४ वर्षीया बालिका गर्भवती भएपछि मात्रै बलात्कारको घटना बाहिरिएको छ। , मोरङ मिक्लाजुङकी ती बालिकाको गर्भमा चार महिनाको बच्चा रहेको भन्दै परिवारका सदस्यले प्रहरी गुहारेपछि चार महिना अघिको घटना बल्ल बाहिर आएको हो।, ‘नानीको स्वास्थ्यमा समस्...
रासस कञ्चनपुरको वेदकोट नगरपालिका–७ स्थित पूर्व-पश्चिम राजमार्गमा आज बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख ८०७७ नंको बसको ठक्करबाट शुक्लाफाँटा नगरपालिका–६ का अन्दाजी ३० वर्षीया विमलादेवी जोशीको मृत्...
सेतोपाटी संवाददाता मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारका छोराले गाउँपालिकाको गाडीमा कार्यालयमै पुगेर तोडफोड गरेका छन्। , कांग्रेसबाट निर्वाचित आफ्ना बुवाले गाउँपालिकाको जिम्मेवारी बाँडफाँट गर्दा एमालेका जनप्रतिनिधिलाई स्पेस दिएको भन्दै आक्रोशित छोरा ज्योतिले बुवाले चढ्दै आएको गाडी तोडफोड गरेका हुन्।, म...