content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता आगामी मंसिरमा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुने भएको छ।, लुम्बिनी विकास कोषको बुधबार बसेको परिषद् बैठकले कोभिड महामारीका कारण लुम्बिनीमा पर्यटकको आवागमन कम भएको भन्दै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने निर्णय गरेको हो।, कोषका अध्यक्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्र...
रासस दिपायल सिलगढी नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालन गरेको नगरबसमा यात्रा गर्ने पत्रकार, ज्येष्ठ नागरिक, विद्यार्थी तथा अपाङ्गता भएका व्यक्तिलाई ५० प्रतिशतसम्म भाडा छुट दिने निर्णय गरेको छ। , नगरबसमा यात्रा गर्ने ६८ वर्षमाथिका पालिकाले वितरण गरेको क, ख र ग वर्गमा परेका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, पत्रकार...
चन्द्रकला भण्डारी/रासस ‘बसाइँ सर्नेको ताँतीले बस्नेको मन रूँदछ, लाखौंका लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ।’ वि.सं २०२६ तिर गायक जेबी टुहुरेले साहित्यकार लव प्रधानका यी शब्दमा स्वर भरेपछि अहिलेसम्म जनजनमा लोकप्रिय भएर गुञ्जिरहेको छ यो गीत।, राजनीतिक जागरणका लागि जनताको जीवनलाई दुरूस्त उतारिएको यो गीतले उसबेला प...
सेतोपाटी संवाददाता श्रीमतीको हत्या आरोपमा रूपन्देहीको कञ्चन गाउँपालिका वडा नं.१ डेलरका यमबहादुर थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ। क्षेत्रीले आफ्नै श्रीमती ३१ वर्षीय सावित्री थापा क्षेत्रीको हत्या गरेको प्रहरीको आरोप छ।, घटना विवरण अनुसार सावित्रीको शव बुधबार बिहान साढे ९ बजेतिर आफ्नै घरको सुत्ने कोठामा फेला पर...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी) को सरूवा भएको छ।, बिहीबार प्रहरी महानिरीक्षकले गरेको निर्णयअनुसार २४ जना एसपीको सरूवा गरिएको हो। , अख्तियार दुरूपयोग अनुसन्‍धान आयोग प्रहरी महाशाखा टंगालका अजय केसीको जिल्ला प्रहरी कार्यालय कास्कीमा सरूवा गरेको छ। , राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान ...
रासस अख्तियार दुरूपयोग अनुसनधान आयोगले मोटरबाटो निर्माण योजनाको नापी किताब र बिल तयार गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको आरोप लागेका रोल्पाको गङ्गादेव गाउँपालिकका इञ्जिनियर नवन डाँगीविरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। , आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार रोल्पाको प्राविधिक शाखा प्रमुखको रूपमा कार्...
सेतोपाटी संवाददाता २३ वटा कछुवासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं महानगरपालिका-६ बौद्ध सिद्धार्थ ओरालो नजिकैबाट छत कछुवासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , टोखा नगरपालिका-३ टोखाका २१ वर्षीय रमेश डंगोल र सुनसरी बह्राक्षेत्र नगरपाल...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका ३६ जना प्रहरी उपरीक्षक (एसपी) को पदस्थापन भएको छ।, हालै प्रहरी नायब उपरीक्षक (डिएसपी)बाट एसपीमा बढुवा भएका ३६ जना अधिकृतहरूको पदस्थापन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।, बिहीबार प्रहरी महानिरीक्षकले बढुवा भएका ३६ जना अधिकृतको पदस्थापन गर्ने निर्णय गरेको हो। ,२४ जना एसपी,को सरूव...
सुसन चौधरी काठमाडौंको सिनामंगलस्थित गैरीगाँउ-९ मा १० रूपैयाँको एक जार पानी पाइने आधुनिक पँधेरो बनाइएको छ। , बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको पहलमा डिभिजन-५ खानेपानी कार्यालय र शक्तिविनायक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको संयोजनमा यो योजना सम्पन्न भएको हो। , महंगो जारको पानीको लागि यो उत्तम विकल्प रहेको स...
विनोद सापकोटा झापाको कमल नदीको कटानले बर्सेनि सयौं बिघा खेतीयोग्य जमिन बगर बनाउँछ। वर्षा सुरू हुने बेलादेखि नै यहाँका स्थानीयलाई घर-खेत जोगाउन मुश्किल हुन्छ। , यो वर्ष पनि नदीमा आएको बाढीले शिवसताक्षी नगरको ३ नम्बर वडामा १५ विघा जग्गा बगर बनायो। घरमा पालेका हाँस, कुखुरा, बाख्रा बाढीले बगायो। मुश्किलले स्थानीयले भागेर ...
सेतोपाटी संवाददाता बौद्ध स्तुप परिसर छिर्न खोजेका दृष्टिविहीनहरूमाथि बिहीबार त्यहाँका सुरक्षाकर्मीले दुर्व्यवहार गरेका छन्।, केही दृष्टिविहीनको समूह बिहीबार बिहान मुख्य प्रवेशद्वारबाट पस्न खोजेपछि बौद्ध विकास समितिका सुरक्षाकर्मीले बाटो छेकेर दुर्व्यवहार गरेका हुन्।, विकास समिति सुरक्षागार्डको पोसाक लगाएका पाँच-छ जना ...
सेतोपाटी संवाददाता पूर्वी चितवनको खैरहनीमा भएकाे एक सांघातिक हमलाका मुख्य अभियुक्त र्‍याक्स भनिने साेचेन्द्र राईलाई चितवन प्रहरीले पक्राउ गरेर अदालत पेस गरेकाे छ।, आपराधिक घटनामा विभिन्न मुद्दा खेपेका र ११ वर्ष जेलजीवन बिताइसकेका राईलाई जिल्ला प्रहरी कार्यालय चितवनको टाेलीले बुधबार काठमाडौंबाट पक्राउ गरेकाे थियाे।, गत...
सेतोपाटी संवाददाता आगामी आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ।,  , मनसुन सक्रिय रहेकाले आइतबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।,  , प्रदेश न १, मधेस, बागमती, गण्डकी र लुम्बिनी...
सेतोपाटी संवाददाता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयहरूबाट प्रस्ताव आह्वान गरेको छ।, आज सूचना निकालेर केन्द्रले साउन २९ गतेभित्र प्रस्ताव पेश गर्न भनेको छ।, इच्छुक विद्यालयले सम्बन्धित स्थानीय तहमार्फत् प्रस्ता...
सेतोपाटी संवाददाता माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योगका लागि निवेदन दिन पाउने भएका छन्।, राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सूचना निकालेर पुनर्योग गर्न सकिने बताएको छ।, २०७८ सालको एसईईको परीक्षाफल बुधबार प्रकाशित भएको थियो।, साधारण तथा प्रा...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरीले इन्स्पेक्टरसहित ६८ जना स्वास्थ्यकर्मी माग गरेको छ।, प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) माग गर्दै आज आवेदन माग भएको हो।, प्रहरी निरीक्षक (चिकित्सक) तर्फ २२ जना माग भएको छ। जसमा ११ जना खुलातर्फ माग भएको छ।, यस्तै प्रहरी न...
सेतोपाटी संवाददाता अछाममा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ।, पन्चदेवल बिनायक नगरपालिका वडा नम्बर ७ पुल्लेतोला दोम्सीगाडाका ४० वर्षीया मान्मा बिकको श्रीमानको कुटाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ।, ४८ वर्षीय पहेलु कामीले गए राति कुटपिट गर्दा उनको मृत्यु भएको हो।, श्रीमतीलाई कुटपिट गरेर पहेलु भागेका छन्।, उनक...
सेतोपाटी संवाददाता पोखराबाट काठमाडौंका लागि उडेको यति एयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएको छ।, पोखरा विमानस्थलबाट उड्नेवित्तिकै पाइलटले जहाजको इन्जिनमा समस्या देखिएको जानकारी गराएका थिए।, उडेको ६ मिनेटमै उक्त जहाजलाई पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराइएको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले सेतोपाटीलाई ब...
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरिमा आतंक मच्चाएपछि राँगालाई गोली हानेर मारिएको छ।, चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ गोदाम चौरमा राँगाले आतंक मच्चाएपछि गोली हानिएको प्रहरीले जानकारी दिएको छ।, आज बिहान करिब साढे ७ बजे उक्त राँगालाई गोली हानिएको थियो। एक राउण्ड गोली हानेर राँगा मारिएको काठमाडौं प्रहरीले जानकारी ...
सेतोपाटी संवाददाता धनगढीमा मोटरसाइकल अनियन्त्रित हुँदा एक जनाको मृत्यु भएको छ।, धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरमा अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको से ६ प ८०२८ नम्बरको  मोटरसाइकले बिहीबार गाईलाई ठक्कर दिएको थियो।, सोही क्रममा मोटरसाइकल पछाडी सवार धनगढी–३ का ५५ वर्षीय निर्मल हमालको मृत्यु भएको हो।, यस्तै मोटरस...
नवीनबाबु गुरूङ काठमाडौँ उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आजदेखि सुरू भएको छ ।, वर्षभर दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ)मा बास परोस् भन्ने कामना गर्दै उनीहरुका आफन्तले एक महिनासम्म आफ्नो घर नजिकै रहेका बौद्ध विहार तथा चैत्यको परिक्रमा गर्ने प्रचलन छ ।, नेपाल भाषामा ‘गूँ’को अर्थ नौ...
सेतोपाटी संवाददाता नेपालले पछिल्लो दश वर्षमा बाघको संख्या लक्ष्यभन्दा बढी बनाएको छ।, विश्व बाघ दिवसका अवसर शुक्रबार सार्वजनिक भएको नेपालको बाघ गणनाको तथ्यांकअनुसार नेपालमा अहिले ३५५* वटा बाघ छन्।, नेपालले सन् २०२२ सम्म २५० वटा बाघ पुर्‍याउने लक्ष्य राखेको थियो।, सन् २०१० मा काठमाडौंमा ग्लोबल टाइगर्स वर्कसप भएको थियो। ...
रासस कैलाली भन्सार कार्यालयभित्र सञ्चालित राष्ट्रिय वाणिज्य  बैंकको काउन्टरका एक कर्मचारी बिहीबार बाँदरले कार्यालयभित्र गरेको फोहोरले बनेको दुर्गन्धित वातावरणमा नाकमुख छोपेर हिँड्दै गरेको भेटिए। ,  , भन्सार कार्यालयको मुख्य ढोकाबाट भित्र पसेका बाँदरले ठाउँ-ठाउँमा दिसा पिसाब गर्दा बनेको दुर्गन्धित वातावरणले उनी नाक र म...
रासस बाँकेको कोहलपुर–१४ पार्वतीपुरका कृष्णकुमार गडरिया दम्पतीको घरमै सुतेको अवस्थामा सोमबार राति हत्या भएपछि बस्ती नै शोकमा छ।, घरमै सुतिरहेका व्यक्तिको योजनाबद्ध तरिकाले हत्या भएको खबरले सबैमा डर र त्रास उत्पन्न भएको स्थानीयवासी रामसोहन खटिकले बताए।, पच्चिस वर्षीय कृष्ण र उनकी २३ वर्षीया पत्नी अञ्जलीको मंगलबार बिहान ...
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट 'हनी ट्र्याप' मा संलग्न आरोपमा दुई जनालाई पक्राउ गरेको छ।, सोलुखुम्बु नेचासल्यान गाउँपालिकाका-३ घर भई बालकोट बस्दै आएका २४ वर्षीय शेखर बाँस्तोला र २० वर्षीया रोजिना राउतलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जा...
नारायण खड्का इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रवीण चौलागाईं पक्राउ परेका छन्।, कोहलपुरमा प्रहरी हिरासतमा रहेकी एक महिलालाई शुक्रबार बिहान २ बजेतिर निकालेर भवनको माथिल्लो तलामा लगेपछि उनीमाथि यौन दुर्व्यवहार तथा बलात्कार भएको आशंकामा चौलागाईं पक्राउ परेका हुन्।, असईले मध्यरातमा आफ्नो कोठामा ल...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ५७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ५७७ जनामा संक्रमण पुष्टि भएको हो। , ४ हजार २८२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ४७४ जनाको पिसिआर र एक हजार ८०८ जनाको एन्टिजेन परीक्षण...
सेतोपाटी संवाददाता बीमाको २ करोड ५० लाख रुपैयाँ रकम हत्याउन नक्कली विवाह गरी एक युवकको दुर्घटना गराई हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।, प्रहरीले सोमबार र बुधबार नेपालका विभिन्न स्थानबाट बीमा गराई ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको  केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक श्याम कुमार महतोले ...
रासस पृथ्वीराज मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा अवरूद्ध भएको सडक सञ्चालन भएको छ।, आज बिहान सडकको बीच भागमा ट्रक पल्टिएपछि अवरूद्ध भएको छिर्कने–डुम्रे सडक बिहान १०ः१५ बजेबाट एकतर्फी सञ्चालनमा आएको हो। , बालुवा बोकेर आउँदै गरेको ग १ ख ४७९२ नं को ट्रक पल्टिएपछि उक्त सडक दुईतर्फी रूपमा अवरूद्ध भएको...
सेतोपाटी संवाददाता बलात्कार आरोपमा पक्राउ परेका विराटनगरका दुई जना कराँते प्रशिक्षकले पीडित किशोरीलाई नसालु पदार्थ खुवाएर बलात्कार गरेको र त्यसको भिडिओ बनाएर ब्ल्याकमेलिङ गरेको खुलेको छ।, विराटनगरको एउटा कलेजमा स्टाफ नर्स पढिरहेकी १९ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा विराटनगरका विनोद राउत र सुरज सुवेदी पक्राउ ...
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि बस पल्टिएको छ।, बुधबार बिहान ट्याक्सीमाथि बस पल्टिएको हो। बस सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको र विपरीत दिशाबाट ट्याक्सी आउँदै थियो।, बा ३ ख ४४४० नम्बरको बसले बा २ ज ६०१ नम्बरको ट्याक्सीमाथि पल्टेको हो। बस पल्‍टिएपछि एउटा मोटरसाइकल पनि ...
एजेन्सी फिलिपिन्समा बुधबार ७.१ म्याग्नेच्युडको भूकम्प जाँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ।, समाचार संस्था रोयटर्सका अनुसार उत्तरी फिलिपिन्सको लुजोन टापुमा भूकम्प गएको हो। भूकम्पले एउटा अस्पताल र भवन भत्किँदा उनीहरूको मृत्यु भएको र ६० जना घाइते भएका छन्।, राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले उद्धार र राहत टोलीलाई परि...
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। , काठमाडौं चन्द्रागिरि नगरपालिका-१ का ४८ वर्षीय श्यामबहादुर थापालाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। , उनका अनुसार थापाले पीडितलाई सानिमा बैंक लिमिटेड चेक काटेर दिएका थ...
राजेश घिमिरे चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको आवासमा २ सयभन्दा बढी कर्मचारी बस्छन्। अस्पताल निर्माणका क्रममा यहाँ कार्यरत चिकित्सक, कर्मचारीलाई सेवामा सहज वातावरण बनाउन २५० भन्दा बढी आवास तयार पारिएको थियो।, अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीका लागि भनेर बनाइएका आवासीय घरमा अस्पतालसँग सम्बन्ध नै नरह...
भगवती पाण्डे साढे दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी बुटवलको सडकको ठेक्का सम्झौता गरिए पनि ६ वर्षसम्म निर्माण कार्य पूरा नगर्ने ठेकेदार कम्पनीलाई फेरि ठेक्का अवधि थप गर्ने चलखेल गरिएको छ।, बुटवलको मुख्य बजारभित्र रहेको राजमार्ग चौराहदेखि चिडियाचौकी सम्मको साढे तीन किलोमिटर सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार कम्प...
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ।, परीक्षा नियन्त्रक अर्जुन रायमाझीले आज एसईईको नतिजा प्रकाशित गरिएको सेतोपाटीलाई बताए।, कक्षा १० मा रहेका पाँच लाख १४ हजार विद्यार्थीमध्ये यसवर्ष चार लाख ९५ हजार सात सय ५१ जनाले एस...
सेतोपाटी संवाददाता गृह मन्त्रालयले भ्रमण भिसाको प्रयोग गरी विदेश गएर श्रम तथा रोजगारको प्रलोभनमा नपर्न अनुरोध गरेको छ। , बुधबार मन्त्रालयका सहसचिव तथा प्रवक्‍ता फणिन्द्रमणी पोखरेलले विज्ञप्ति जारी गर्दै भ्रमण भिसाको प्रयोग गरी विदेश गएर सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न अनुरोध गरेको हो। , ‘भिजिट भिसामा विदेश...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ५६४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ५६४ जनामा संक्रमण पुष्टि भएको हो।, ४ हजार ४५४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ७७८ जनाको पिसिआर र एक हजार १७६ जनाको एन्टिजेन परीक्षण गर...
सेतोपाटी संवाददाता टिकटक बनाउन भिडिओ खिच्ने क्रममा सल्यानको कुपिन्डे दहमा पसेका युवा मृत फेला परेका छन्।, वनगाड कुपिन्डे नगरपालिका- ८ बाबियाचौरस्थित कुपिन्डे दहमा पसेका ३७ वर्षीय वेदबहादुर बस्नेतको बुधबार दिउँसो शव निकालिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी सुमित खड्काले जानकारी दिए। उनको शव पोष्टमार्टमका लागि ज...
मन्दिरा घिमिरे काठमाडौं महानगरपालिकाले साढे एक करोड खर्चेर र्‍यापर ‘यमबुद्ध’ को नाममा पार्क बनाउने भएको छ। , र्‍यापर यम बुद्धको नाममा काठमाडौं नगरपालिका-१६ खुसिबुस्थित नयाँबजारमा रहेको जग्गामा पार्क बनाउन महानगरले साढे एक करोड बजेट विनियोजन गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। , उनका अनुस...
सेतोपाटी संवाददाता जनकपुरधामको फुटपाथ कब्जा गरी लगाइएका खुद्रा पसल हटाइएपछि व्यापारीहरूले जानकी मन्दिर परिसरमै बजार लगाएका छन्।, करौडौं खर्च गरेर सौन्दर्यकरण गरिएको मन्दिरको प्राङ्गणमै उनीहरूले बजार लगाएपछि स्थानीयले विरोध जनाएका छन्।, आस्थाको केन्द्र मन्दिर परिसरमा जथाभावी बजार लगाएपछि दर्शनार्थीलाई समस्या हुनुका साथ...
सेतोपाटी संवाददाता काठमाडौंबाट सुर्खेत आउँदै गरेका बसमा ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ।, मंगलबार बेलुका काठमाडौंबाट सुर्खेतको वीरेन्द्रनगरका लागि छुटेको ना ७ ख ५८११ नम्बरको बसमा ढुंगा लागेको हो।, सडक माथिबाट खसेको ढुंगा बसभित्र पुग्दा दैलेखको भगवतीमाई गाउँपालिका–२ का १७ वर्षीया पार्वती शाही र सुर्खेतको वीरेन्द्रनग...
रासस पूर्वराजपरिवारले प्रयोगमा ल्याएका तीन सवारी नारायणहिटी दरबार संग्रहालयमा सर्वसाधारणका लागि प्रदर्शनमा राखिएको छ।, नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले आज पूर्वराजा त्रिभुवन र महेन्द्रले प्रयोग गरेका तीन सवारी सर्वसाधारणले हेर्न पाउने गरी आज खुला गरेको हो।, संस्कृति, ...
सविता बुढा कैलालीको लम्कीचुहा नगरपालिका–९, सोनपुरका जगलाल चौधरीले पथरिया नदीको सोमपुर घाटमा पुल बन्ने कुरा सुनेको दस वर्ष भयो।, अहँ, नदीमा पुल बनेको छैन। बर्खायाममा नदी तर्न कष्ट झेल्नुपर्ने बाध्यता यथावत् छ। हिउँदका केही महिना सजिलै नदी वारपार गरे पनि बर्खा सुरू भएपछि गाउँका बासिन्दाको पीडा बल्झिन्छ।, पथरिया नदीको सो...
सेतोपाटी संवाददाता व्यक्ति अपहरण गरी सात लाख फिरौती मागेको आरोपमा पक्राउ परेका ६ जनालाई नौ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। , दाङ देउखुरी जिल्ला अदालतले उनीहरूलाई बुधबार नौ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले सेतोपाटीलाई बत...
नारायण खड्का बाँके कोहलपुरको पार्वतीपुरमा एक दम्पत्ती हत्याकाण्डमा संलग्न दुई जना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ। , उनीहरू दुबै जना नेपालगन्जका हुन्। पक्राउ परेकाहरूले प्रहरी समक्ष घटना स्वीकारिसकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी ऐनबहादुर मल्लले सेतोपाटीलाई बताए। , कोहलपुर नगरपालिका-१४ का २५ वर्षीय ...
सेतोपाटी संवाददाता काठमाडौंको ज्याठामा रहेको 'कल सेन्टर' मा प्रहरीले छापा मारेको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ज्याठास्थित एक कल सेन्टरबाट चार जना चिनियाँलाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, प्रहरीले काठमाडौं महानगर-२६ ज्याठfमा रहेको भियना होटल रहेको कम्पाउन्डमा सञ्चालन भइरहेको...
रासस जङ्गली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन्।, जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा निरज फोजुका अनुसार जङ्गली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जना गम्भीर रहेकाले थप उपचारार्थ सबैलाई त्रिशुली अस्पताल रिफर गरिएको छ।, उपचारका लागि बुधबार अपराह्न अस्पताल आएका बिराम...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ। , बुधबार बिहान एक किलो ६१० ग्राम सुन जस्तो देखिने अर्धठोस वस्तुसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो। , ४२ वर्षीय यूसुफ हारोनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। , फ्लाई दुबईको ...
सेतोपाटी संवाददाता हाल काठमाडौं उपत्यकासहित देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी  प्रदेशमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  बारा, पर्सा, चितवन, पूर्वी नवलपरासी, रूपन्देही र कास्कीका केही स्थानमा भारी वर्षा भइरहेको छ।, वर्षा र बाढीले क्षति पुर्‍याउन सक्...
रासस काभ्रेमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगी रोगको सङ्क्रमण बढ्दै गएको पाइएको छ।, करिब एक महिनाअघि पाँचखालमा देखिएको डेंगीको सङ्क्रमण हाल तीन स्थानीय तहको नौ जनामा पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।, काभ्रेमा तीन वर्षपछि गत असार दोस्रो साता पाँचखालमा भेटिएका डेंगी सङ्क्रमित जिल्ला बाहिरका हुन्। ती...
सेतोपाटी संवाददाता १९ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रदेश-१ का दुई जना कराँते प्रशिक्षक पक्राउ परेका छन्। , मोरङ प्रहरीले विराटनगर-४ का  सुरज सुवेदी र विराटनगर-३ का  विनोद राउतलाई पक्राउ गरेको हो। उनीहरूमध्ये सुवेदी संखुवासभा र राउत मोरङका कराँते प्रशिक्षक हुन्। राष्ट्रिय खेलकुद परिषदबाट स्थायी नियुक्ति ...
सेतोपाटी संवाददाता धादिङमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ।, निलकण्ठ नगरपालिका वडा नम्बर ४ को बेसारेस्थित बेशीघरमा पहिरोले घर पुरिँदा शर्मिला रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।, गए राति पहिरोले घर पुरिएको थियो। घरमा रहेकी उनलाई पहिरोले पुरेको थियो। प्रहरी र स्थानीयले शव पहिरोबाट निकालेका छन्।, धादिङमा पह...
राजेश घिमिरे बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरले २०७८ साल असारमा रेडियोलोजी विभागका लागि दुई जना डाक्टर आवश्यक परेको भनेर विज्ञापन गर्यो।, दरखास्त एक जनाको मात्रै पर्यो।, परीक्षा भएर नतिजा आउन झन्डै एक महिना लाग्यो। आवेदक व्यक्ति क्यान्सर अस्पतालको रेडियोलोजी विभागका लागि उत्तीर्ण भए।, करिब नौ महिनापछि वै...
ध्रुवसागर शर्मा दार्शनिक रूसोले ‘प्रकृतिमा आश्रित मानिस कहिल्यै बुढो हुँदैन, प्रकृतिले मानिसलाई सधैँ जवान बनाइरहन्छ’ भनेका थिए।, नभन्दै उनको यो उक्तिलाई म्याग्दीको धवलागिरि गाउँपालिका–४ को दुर्गम गाउँ बगरा गाउँका १०५ वर्षीय पनाजु पुर्जाको दैनिकीले पनि सत्य साबित गरिदिएका छन्।, मानिसले भौतिक क्षेत्रमा जति नै ठूलो उन्नत...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले उपत्यकाकै सार्वजनिक यातायात व्यवस्थित गर्ने महानगरको एजेण्डा भएको बताएकी छिन्। , मंगलबार साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित र बोर्ड सदस्य सुशील प्याकुरेलसँगको भेटमा उपमेयर सुनिता डंगोलले उपत्यकाकै सार्वजनिक यातायात व्यवस्थित गर्ने महानगरको एजेण्डा भएक...
सेतोपाटी संवाददाता टिकटक बनाउन भनेर सल्यानको कुपिन्डे दहमा पसेका युवा डुबेर बेत्तपा भएका छन्।, वनगाड कुपिन्डे नगरपालिका- ८ बाबियाचौरस्थित कुपिन्डे दहमा पसेका ३७ वर्षीय वेदबहादुर बस्नेतको अहिले खोजी भइरहेको छ। सल्यान कपुरकोट ६ का उनी अहिले दाङको तुलसीपुरमा बस्दै आएका थिए।, सल्यान प्रहरी प्रमुख डिएसपी सुमित खड्काका अनुस...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ६३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ६३८ जनामा संक्रमण पुष्टि भएको हो।, पाँच हजार ५५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार २१५ जनाको पिसिआर र दुई हजार ८४० जनाको एन्टिजेन परीक्ष...
विनोद सापकोटा झापाको कचनकवलमा एउटै रूखमा झुण्डिएको अवस्थामा मृत भेटिएका तीन किशोरीले आत्महत्या गरेको पुष्टी भएको छ। , पोष्टमार्टम रिपोर्ट र प्रहरी अधिकारीले गरेको शूक्ष्म अनुसन्धानमा हत्या भएको हुनसक्ने कुनै ठोस प्रमाण फेला नपरेपछि उनीहरूले सामुहिक आत्महत्या गरेको प्रारम्भीक निष्कर्ष प्रहरीले निकालेको छ।, धरानस्थित वि...
सेतोपाटी संवाददाता पशुपतिनाथ मन्दिर परिसरमा महायज्ञ लगाइरहेका सिद्धबाबाको महायज्ञमा नाराबाजी गरेपछि प्रहरीले रोशनी शाहीलाई नियन्त्रणमा लिएको छ। , सिद्धबाबा बलात्कार आरोपी हुन्। उनको मुद्दा अदालतमा विचाराधीन छ। शाहीले मंगलबार उनीविरूद्ध नाराबाजी गरेकी थिइन्। , नाराबाजी गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।  उनल...
सेतोपाटी संवाददाता बुटवलका जनप्रतिनिधीले सडक निर्माणमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीको ठेक्का अवधि नथप्न सडक निर्माण आयोजना र डिभिजन सडक कार्यालयलाई आग्रह गरेका छन्।, बुटवल राजमार्ग चौराहदेखि गोलपार्कसम्मको ४ किलोमिटर सडक निर्माण गर्न वर्षौंदेखि ढिलासुस्ती गर्दै बुटवलवासीलाई सास्ती दिने निर्माण कम्पनीलाई कारवाही गर्...
रासस गोदावरी नगरपालिका-१२ ठेचोमा नवदुर्गा भवानी देवीको बाह्रवर्षे मेलाका साथै जात्रा सुरू हुँदैछ। हरेक बाह्रवर्षमा सो मेला गर्ने परम्पराअनुरूप मंगलबार रातिदेखि जात्रा सुरू हुने भएको हो। , राति ८ बजेदेखि ९ बजेपछि नवदुर्गा भवानीदेवी मन्दिरको ढोकामा ताल्चा मारेसँगै मेला तथा जात्रा सुरू हुने भएको नवदुर्गा भवानीदेवी गुठीका...
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट बैकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। , कास्की पोखरा महानगरपालिका-१७ घर भई काठमाडौं महानगरपालिका-१३ बाफल बस्दै आएकी निशा गुरूङलाई पक्राउ गरेको केन्द्रिय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।, उनका अनुसार गुरूङले पीडितलाई कुमार...
नारायण खड्का बाँकेको कोहलपुरमा दाजु र भाउजुको योजनामा भाइ-बुहारीको हत्या भएको छ।, जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले दाजु-भाउजुले योजना बनाएर भाइ र बुहारीको हत्या गरेको पुष्टि भएको सेतोपाटीलाई जानकारी दिए।, ‘दाजु विजयकुमार गडरिया र उनकी श्रीमती रेखाको योजनामा भाइ कृष्ण र उनकी श्रीमती अञ्जलीको हत्या गरेको त...
रासस त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई राष्ट्रिय सूचना आयोगले बीस हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ।, मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरूङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीसहित बसेको आयोगको इजलासले सूचन...
सेतोपाटी संवाददाता महिलालाई एसिड छ्यापिदिन्छु भन्दै युट्युबमा भिडिओ बनाएर हाल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , नेपाल प्रहरीको साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए।, प्रहरीले नवलपरासी (बर्दघाट सुस्तापूर्व), हुप्सेकोट गाउँपालिका वडा नम्बर ३ गिरुवारी टोल बस्ने २६ वर्ष...
नारायण खड्का युवतीको प्रयोग गरी व्यक्ति अपहरणपछि फिरौती माग्ने समूह दाङमा पक्राउ परेको छ। , जसमा मुख्य भूमिका बबई गाउँपालिका-४ का ३५ वर्षीय लिला बिक र ३५ वर्षीय नेवबहादुर घर्ती (मार्सल) रहेको प्रहरीले जनाएको छ। बिक नेकपा एमाले युथ फोर्स र घर्ती नेकपा माओवादी केन्द्रको वाइसिएलका नेताहरू हुन्। , इलाका प्रहरी कार्यालय तु...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित मुलुकभर आज बिहानैबाट वर्षा भइरहेको छ। देशभर मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार आज दिउँसो देशभर मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको ...
सेतोपाटी संवाददाता एउटै घरमा भाडामा बस्ने महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ वनहरी घर भई तुलसीपुर– ६ को एउटा घरमा भाडामा बस्दै आएका १९ वर्षीय प्रदीप विक पक्राउ परेका हुन्।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार अर्घाखाँची भएकी प...
सेतोपाटी संवाददाता बझाङमा झन्डै दुई महिनादेखि बेपत्ता बालक मृत फेला परेका छन्।, जयपृथ्वी नगरपालिका–१ कैलास पिमि बस्ने महेशबहादुर शाहीका ९ वर्षीय छोरा धरेन्द्रबहादुर शाही जेठ १४ गतेदेखि बेपत्ता थिए।, उनी घरदेखि २ घण्टा पुर्व मष्टा गाउँपालिका– १ थार्‍यामा बुवासँग गाइगोरूलाई लेकतिर लिन जाने क्रममा बाटोमै छुटेका थिए।, सोह...
सेतोपाटी संवाददाता चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा चिकित्सा शिक्षा पढ्न इच्छुकहरूबाट आवेदन माग गरेको छ।, बुधबार सूचना प्रकाशित गरेर आयोगले पाकिस्तान सरकारबाट नेपाल सरकारलाई प्राप्त चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्तिका लागि इच्छुकहरूबाट आवेदन माग गरेको छ।, शैक्षिक सत्र २०२२/०२३ का लागि पाकिस्तान सरकारको पिटिए...
रासस विषालु च्याउ खाँदा बैतडीमा पाँच जना बिरामी परेका छन्।, मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन्।, बिरामी पर्नेमहा १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन्।, उनीहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपच...
रासस राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज दिउँसो ३ बजे सार्वजनिक गर्ने भएको छ।, एसइईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिए।, ‘विगतमा नतिजा सार्वजनिक भएपछि विद्यार्थी जन्म मिति, अङ्कलगायत गल्ती भयो भन्दै सच्याउन आउने गरेका थिए,...
युनिक श्रेष्ठ स्काई वर्ल्ड सर्भिस सेन्टर कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएको प्राइभेट कम्पनी हो। यो कम्पनी २०७७ माघ १५ गते दर्ता भएको थियो।, कम्पनीको कार्यालय काठमाडौं महानगरपालिका-९ तीनकुनेस्थित कम्पाउन्डसहितको घरमा थियो। टेलिफोन बुथ, साइबर क्याफे लगायत कामका लागि भनेर कम्पनी दर्ता गराएको देखिन्छ।, सोमबार त्यही स्क...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले भोलिदेखि फोहोर संकलन गर्ने भएको छ।, महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालका अनुसार आज जनशक्ति थप गरेर सडक निर्माणको काम सम्पन्न गर्ने र भोलिदेखि फोहोर उठाउन सुरू गरिने भएको हो।, ‘भोलि १२ गते बिहीबार बिहान ६ बजेदेखि तपाईँको पायक पर्ने स्थानमा फोहोरमैला ढुवानीका लागि ...
नवीनबाबु गुरूङ ललितपुरको सातदोबाटोदेखि लगनखेलसम्म सडकका दुवैतर्फ साइकल लेन व्यवस्थित गरिँदैछ।, ललितपुर महानगरपालिकाले बार (ब्यारिकेटेड पोल) सहितको साइकल लेन तयार पार्न लागेको हो।, महानगरले यसअघि पनि सडकमा साइकलका लागि छुट्टै लेन संकेत गरेको थियो।, महानागरले लगनखेल–सातदोबाटो सडक खण्डमा परीक्षणस्वरूप ब्यारिकेटेड पोल राख...
रासस काभ्रेको बनेपा नगरपालिका– १३ भैँसेपाटीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा मोटरसाइकल चालक रोशी गाउँपालिका–१ का १८ वर्षीय कृष्ट लामा रहेका छन्।, अरनिको राजमार्गअन्तर्गत बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको ना८ख ८०८७ नम्बरको ट्रकलाई सोही दिशाबाट जाँदै गरेको बा ६७ प २८९२ नम्बरको मोट...
सेतोपाटी संवाददाता नवलपरासी पूर्व (नवलपुर) काे विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ दाउन्नेमा बस दुर्घटना भएको छ।, पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ़ जाँदै गरेको ना ५ ख ५१०० नम्बरको बस बुधबार बिहान साढे ५ बजे अनियन्त्रित भई पल्टिएको थियो।, बस सडकमै पल्टेपछि आगलागी भएको प्रहरीले जनाएको छ।, दुर्...
सेतोपाटी संवाददाता बिग्रेर सडकमै छाडिएको ट्रकमा कार ठोक्किँदा मोरङको बेलबारीमा एक जनाको मृत्यु भएको छ।  , बेलबारी-१० भाउन्ने रोकिराखेको ट्रकमा बुधबार बिहान कार ठोक्किएको थियो। त्यसक्रममा कारमा रहेका झापा दमक–४ का राजीव बराइलीको मृत्यु भएको हो।  , पूर्व–पश्चिम राजमार्गमै रोकेर राखेको ट्रकमा कार अनियन्त्रित भएर ठोक्किएक...
सेतोपाटी संवाददाता झापाको बुद्धशान्तिमा घर नजिकैको कुलोमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुद्धशान्ति–६ मा रहेको कुलोमा मंगलबार दिउँसो पौडी खेल्ने क्रममा बुद्धशान्ति–४ का चन्द्र मावोको १२ वर्षीय छोरा इचिहाङ मावोको डुबेर मृत्यु भएको हो।, मृतक बालकको शव पोष्टमर्टमक...
राजेश घिमिरे भरतपुर अस्पतालले डाक्टर, नर्ससहित ४७ जना स्वास्थ्यकर्मी माग गरेको छ। करार सेवा र मासिक ज्यालादारीमा डाक्टर, स्टाफ नर्स, फार्मेसी सहायक र ल्याब टेक्निसियन माग गरिएको सूचना प्रकाशन गरेको छ।, सोमबार प्रकाशन भएको सूचनामा तत्कालका लागि ६ महिना काम गर्नेगरी ८ जना करार सेवा र ५ जना मासिक ज्यालादारी सेवाका लागि म...
रासस मुलुकमा दुई हप्ता अघिदेखि कोभिड संक्रमण पुनः वृद्धि भइरहेको छ। मुलुकवासीले स्वास्थ्य मापदण्ड पालना गर्न कम गरेसँगै सो संक्रमणका बिरामी थप बढ्दै गइरहेका हुन्। , बागमती प्रदेशभित्र कोभिडका बिरामीको संख्या उच्च देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा चुमनलाल दासले बताए।, ‘संक्रमणका बिरामी बागमती ...
रासस नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) जिल्ला कोभिड-१९ विरूद्धको पूर्ण खोप लगाउने पहिलो जिल्ला बनेको छ। नवलपरासीका ९९ प्रतिशत लक्षित जनसङ्ख्याले कोभिड-१९ विरुद्धको पहिलो मात्रा र ९७ प्रतिशतले दोस्रो मात्राको खोप लगाएका छन्।, बाह्र वर्षमाथिका लक्षित सबै नागरिकले कोरोनाविरूद्धको खोप लगाएकाले कोभिड-१९ विरूद्धको खोप सञ्चालन...
सेतोपाटी संवाददाता काठमाडौंको तिनकुनेस्थित एक कल सेन्टरमा प्रहरीले छापा मारेको छ।, सोमबार तिनकुनेस्थित एक कल सेन्टरमा छापा मारेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक भरत बोहराले जानकारी दिए। , अहिले छापा मार्ने काम भइरहेको हुँदा सबै विवरण नआएको उनले बताए। , ‘काम भइरहेकै छ। सबै विवरण आइसकेको छैन,’ उनल...
रोहित महतो प्रादेशिक अस्पताल जनकपुर, बर्न वार्डको बेड नम्बर १३९ मा उपचाररत राधिका कार्कीका तर्फबाट प्रहरीमा किटानी जाहेरी परेको छ। जाहेरीमा आरोपित व्यक्तिको फोन नम्बर र मोटरसाइकल नम्बर पनि छ तर प्रहरीले पक्राउ गर्न सकेको छैन। जाहेरी दिएको एक महिना भयो।, गत जेठ १६ गते प्रहरीले नै राधिकालाई अस्पताल भर्ना गराएको थियो। शर...
सेतोपाटी संवाददाता प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएको एउटा कार्यक्रममा उनीविरूद्ध नाराबाजी भएको छ।, सोमबार दिउँसो भीमसेन थापा स्मृति प्रतिष्ठानले राजधानीको कमलादीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवा सहभागी भएका थिए।, कार्यक्रममा प्रधानमन्त्री देउवाले बोल्न खोज्दा पहिला एक जना युवाले ‘नागरिकता विधेयक ...
भगवती पाण्डे आकाश मडारिएर पानी पर्न थालेपछि बुटवलको ज्योतिनगरकी विष्णुकुमारी रायमाझीलाई घरभित्र पस्न डर लाग्छ। एक वर्ष पहिले घरमाथिबाट झरेको पहिरोले आफ्नोसहित छिमेकीका एक दर्जन घर बगाएको दृश्य विष्णुकुमारीले बिर्सेकी छैनन्।, विष्णुकुमारी मात्र होइन। ज्योतिनगरकै सावित्रा अर्याललाई पनि आकाशमा कालो बादल देखिन थालेपछि रात...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५६८ जनामा संक्रमण पुष्टि भएको हो।, ४ हजार ८०० जनाको कोरोना परीक्षण गर्दा झन्डै १२ प्रतिशतमा कोरोना देखिएको हो।, ३ हजार ८४ जनाको पिसिआर र एक हजार ७१६ जनाको एन्टिजेन परीक्षण गरि...
सेतोपाटी संवाददाता पोखरामा संचालित एकमात्र अन्नपूर्ण केवलकारले आन्तरिक पर्यटकलाई २० प्रतिशत छुट दिने घोषणा गरेको छ।, केवलकारको मनसुन अफरका रूपमा साउन र भदौ महिना छुट दिने निर्णय गरेको कम्पनीका महाप्रबन्धक दिनेश पौड्यालले बताए।, अन्नपूर्ण केबलकारमा यात्रा गर्दा यात्रुले यसअघि ७ सय रुपैयाँको टिकट काट्नुपर्थ्यो। मनसुन अफ...
सेतोपाटी संवाददाता ललितपुरको बालकुमारीमा स्कुटरलाई ठक्कर दिएर भागेको गाडी चालकलाई प्रहरीले पक्राउ गरेको छ। , सोमबार बिहान सवा ३ बजे ललितपुर महानगरपलिका-८ बालकुमारीस्थित केएफसी रेष्टुरेन्ट अगाडि सडकमा कोटेश्वरबाट सातदोबाटो जाँदै गरेको गाडीले बा ४५ प १३४५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको थियो। त्य...
सेतोपाटी संवाददाता भक्तपुरको सल्लाघारीमा रहेका २१ वटा पूराना रूख काटिएको छ। , सोमबार डिभिजन वन कार्यालय भक्तपुरले पूराना तथा कमजोर भएका २१ वटा रूख काटेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , ‘अहिले काट्ने र हटाउने काम भइरहेको छ। प्रहरीले सुरक्षा दिने काम गरिरहेको छ,’ उनले भने...
सेतोपाटी संवाददाता ललितपुरको एकान्तकुनाबाट विष्णुदेवी मन्दिर हुँदै नख्खु- भैंसेपाटी जाने सडक एकतर्फी बनाइएको छ।, ललितपुर महानगरपालिकाले बढ्दो सवारी चापलाई ध्यानमा राखेर साउन १० गते मंगलबारबाट बिहान ८ बजेदेखिर साँझ ८ बजेसम्म नख्खुपुलबाट गायत्री पेट्रोलपम्प हुँदै एकान्तकुनातर्फ आउने सवारी साधनलाई निषेध गरेको छ।, यस्तै ल...
सेतोपाटी संवाददाता धनगढीमा माेटरसाइकलकाे ठक्करबाट एक जनाकाे मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मोटरसाइकलको ठक्करबाट धनगढी उपमहानगरपालिका-२ पुरानो भन्सार रोडमा साेहीका अन्दाजी ५५ वर्षीय नेत्रप्रसाद पन्तकाे मृत्यु भएको हाे।, उनलाई धनगढी-३ का २२ वर्षीय सौजन खड्काले चलाएको से ३ प ९९० नम्बरको मोटरसाइकलल...
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंको कल सेन्टरबाट ३६ जना व्यक्तिहरूलाई पक्राउ गरेको छ। , स्काई वर्ल्ड सर्भिस सेन्टरबाट एक चिनियाँ, दुई भारतीय र ३३ नेपालीसहित ३६ जना व्यक्तिहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , पक्राउ पर्नेमा स्काई वर्ल्ड सर्भिस सेन्टरको व...
भगवती पाण्डे बितेका दुई वर्ष कोरोना महामारीका कारण श्रावणी मेला लाग्न नसकेको रूपन्देहीको पर्राेहा परमेश्वर बोलबम धाममा यसवर्ष भने दर्शनार्थीहरूको घुइँचो लाग्न थालेको छ।, हरेक वर्ष श्रावणी मेलामा जलार्पणको लागि आउने दर्शनार्थीहरूको ठूलो भिड लाग्ने बोलबम धाममा कोरोना महामारीका कारण दुई वर्ष श्रावणी मेला समेत स्थगित गरिए...
सेतोपाटी संवाददाता विदेशी बैंकमा करोडौं रकमको शंकास्पद कारोबार भएको पाएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, नुवाकोट विदुर नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-३ पानीपोखरी बस्ने ४१ वर्षीय अमित श्रेष्ठलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनीमाथि प्रहरीले ...
सेतोपाटी संवाददाता दाङमा एक पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा निजी विद्यालयका एक शिक्षक पक्राउ परेका छन्।, जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ५ स्थित स्टार समिट इंग्लिस स्कुलका शिक्षक ५० वर्षीय श्यामलाल चौधरी पक्राउ परेका हुन्।, जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार आरोपित शिक्षकलाई सोमबा...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ। , सोमबार अपराह्न ४ बजे मेलम्ची नगरपालिका-१२ बाहुनेपाटीबाट इन्द्रावती गाउँपालिका-५ नयाँबस्ती जोड्ने झोलुंगे पुल तर्ने क्रममा दुई जना चिप्लिएर इन्द्रावती खोलामा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। , च...
रासस सप्तरीको खडक नगरपालिकास्थित लालपुरमा करेन्ट लागेर एक जना वृद्धको मृत्यु भएको छ।, मृत्यु हुनेमा खड्क नगरपालिका वडा नम्बर ११ बस्ने ६० वर्षका शत्रुहन खङ्ग (मण्डल) रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, खेतमा सिँचाइ गर्नका लागि जडान गरिएको पानी तान्ने मोटर खोल्ने क्रममा उनलाई करेन्ट लागेको थियो।, लामो खडेरीले धानब...
सेतोपाटी संवाददाता हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही दक्षिण तिर अ...