content
stringlengths
20
64.1k
रासस भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ। यहाँ हाल दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ। , गत शनिबार अर्थात् असार ३२ गते शून्यमा झरेको सङ्क्रमण मंगलबारमात्रै यस प्रदेशमा नौ जनामा सङ्क्रमण देखिएको छ। स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार गत शनिबार कोरोना सङ्क्रमण शून्य रह...
सेतोपाटी संवाददाता न्युरो वैज्ञानिक दर्शना नारायननले इजरायलका विश्वचर्चित लेखक तथा इतिहासका प्राध्यापक युभल नोहा हरारीबारे केही साताअघि ‘करेन्ट अफेयर्स’ म्यागजिनमा एउटा लेख लेखिन्।, उक्त लेखमा नारायननले वैज्ञानिक तथ्यलाई तोडमोड गर्ने हरारी ‘,साइन्स पपुलिस्ट’ भएको बताएकी छन्।, पहिला पनि वैज्ञानिक वृत्तमा हरारीले आफ्ना ...
सेतोपाटी संवाददाता काठमाडौंमा एक जना पुरूष मृत अवस्थामा फेला परेका छन्। , चन्द्रागिरि नगरपालिका-२ बसुन्डोलस्थित एक उद्योगभित्र पुरूष मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। , पुमरी इम्पेक्स प्रालिको ब्लक बनाउने उद्योगमा काम गर्ने सोलुखुम्बु चौरीखर्क घर भई काठमाडौं महानगरपालिका-१५ भगवान पाउ बस्ने ४५ वर...
रासस पहिराले अवरूद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड पुनः सञ्चालन भएको छ।, आज बिहान ६ बजेदेखि अवरूद्ध भएको उक्त सडकखण्ड ९ बजेदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। , बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड दुईतर्फी अवरूद्ध भएको थियो।, सडकमाथिबाट ख...
सेतोपाटी संवाददाता मकवानपुरको हेटौंडा क्याम्पसमा परीक्षा दिन पुगेका छात्रामाथि कर्मचारीले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले तोडफोड गरेका छन्। , बुधबार बिहानदेखि विद्यार्थीहरूले आन्दोलन गरेका थिए। पछि आन्दोलनले उग्र रूप लिएपछि विद्यार्थीहरूले क्याम्पसमा ढुंगामुढा गरेका हुन्। , मंगलबारबाट स्नातक तह दोस्रो वर्षको प...
सेतोपाटी संवाददाता रोल्पामा माओवादी केन्द्रका कार्यकर्ताले प्रहरी हवल्दारमाथि कुटपिट गरेका छन्। , त्रिवेणी गाउँपालिका वडा नं. ७ अँधेरीखोलामा मंगलबार बेलुका ७ बजेतिर सोही ठाउँका प्रहरी हवल्दार रामबहादुर बाँठालाई माओवादी कार्यकर्ताले कुटपिट गरेका हुन्। , प्रहरी हवल्दार बाँठाको निधारमा चार वटा टाँका लगाउनु परेको प्रहरीले...
सेतोपाटी संवाददाता पर्साको वीरगन्जबाट ४१ लाख ५५ हजार नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , भारत विहार पूर्वी चपारण थाना रक्सौल-११ घर भएका २५ वर्षीय राकेश कुमारलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए। , बिहान ८ बजे आएको स...
सेतोपाटी संवाददाता परीक्षा दिन पुगेका छात्रामाथि दुर्व्यवहार गर्ने दुई जना कर्मचारीलाई हेटौंडा क्याम्पसले निलम्बन गरेको छ। , बुधबार क्याम्पस र सरोकारवालाहरूबीच बसेको बैठकले स्नातक तह दोस्रो वर्षको परीक्षा दिन गएका छात्राहरूमाथि दुर्व्‍यवहार गर्ने दुई जना कार्यालय सहयोगीलाई निलम्बन गरेको क्याम्पसले जनाएको छ। , ती कार्य...
सेतोपाटी संवाददाता फिरौती माग्ने ध्येयसहित एक वर्षकी बालिका अपहरण गर्ने दुई जनालाई पक्राउ गर्दै मोरङ प्रहरीले बालिकाको पनि सकुशल उद्धार गरेको छ। , सोमबार बिहान विराटनगरबाट अपहरित बालिकालाई प्रहरीले भारतको दरभंगाबाट उद्धार गरेर बुधबार विराटनगर ल्याएको छ।  , अपहरण गर्ने अनु साह र रवीन्द्रकुमार साहलाई प्रहरीले पक्राउ गरे...
सेतोपाटी संवाददाता मोरङमा युरेनियमजस्तो पदार्थसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। , जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार पत्रकार सम्मेलन गरी पक्राउ परेका १५ जनालाई सार्वजनिक गरेको हो। यस्तै युरेनियम भनिएको पदार्थ पनि देखाएको छ।, त्‍यो पदार्थ युरेनियम नै हो भन्ने पुष्टि भइनसकेको प्रहरी नायब उपरीक्षक राजन कार्कीले ज...
नारायण खड्का बिदामा घर जाँदै गर्दा बाटोमै नेकपा माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणमा परी घाइते भएका प्रहरी हवल्दार रामबहादुर बाँठाले राजनीतिक दबाबकै कारण जिल्ला प्रहरी कार्यालय रोल्पाले आफ्नो मुद्दा दर्ता गर्न नगरेको गुनासो पोखेका छन्। , ‘यहाँ राजनीतिक हिसाबले एकदमै प्रेसर आएर हाम्रो डिएसपी सापले त जसरी पनि मिल्नुप...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ३५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार परीक्षण गरेको दश प्रतिशत अर्थात् ३५७  जनामा कोरोना संक्रमण पुष्टि भएको हो। , तीन हजार ९८१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ५६२ जनाको प...
सेतोपाटी संवाददाता एसियाली मुलुक जापानको राहदानी (पासपोर्ट) विश्वकै शक्तिशाली पासपोर्टको सूचीमा पहिलो नम्बरमा रहेको छ।, लन्डनस्थित हेन्ली कम्पनीले गरेको संसारभरिका पासपोर्टको एक सर्वेक्षणमा जापानको राहदानी शक्तिशाली देखिएको हो। जापानी नागरिकले पहिले नै भिसा नलगाई संसारका १ सय ९३ मुलुकको भ्रमण गर्न पाउँछन्, जुन देशले स...
सेतोपाटी संवाददाता प्रहरीले बनेपाबाट जग्गाको कागजात किर्ते गरेर ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। , धादिङ जीवनपुर-५ घर भई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-९ बस्दै आएका ३७ वर्षीय रविप्रसाद रेग्मीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशी जानकारी दिए। , प्रहरीले उनलाई सोमबार बनेपा नगरप...
रासस काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का दुई बालक बुधबार सुनकोसी नदीले बगाएर बेपत्ता भएका छन्।, तेमाल गाउँपालिकाको वडा नम्बर २ स्थित लामबगरमा बुधबार दिउँसो पौडी खेल्ने क्रममा नदीले बगाएर उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार बेपत्ता ...
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। , नक्साल नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने गिरोहका तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, प...
रासस कपिलवस्तुमा गाडीको ठक्करबाट बुधबार दुई जनाको मृत्यु भएको छ। बुद्धभूमि नगरपालिका–९ चम्पापुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने भ्यानले ठक्कर दिँदा वाणगंगा–१० मा बालिकाको मृत्यु भएको छ। , बुधबार बा५ख ९३५० नम्बरको बसले रा७प ३५९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर उपमहान...
युनिक श्रेष्ठ सुनसरी कोशी गाउँपालिकाका महेशप्रसाद भिन्डवार आइतबार बिहानै काठमाडौं आइपुगे।, उनी काठमाडौं आउनबित्तिकै कोटेश्वरको डेरामा सामान राखेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए।, उनी ग्लोबल आइएमई बैंकमा रहेको पैसा चोरी भएको भन्दै त्यहाँ पुगेका थिए। उनी प्रहरी कार्यालय पुगेको यो पहिलो दिन भने होइन...
सेतोपाटी संवाददाता ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभुका ५४ वर्षीय श्यामकृष्ण श्रेष्ठ सोमबार जिल्ला प्रहरी परिसर ललितपुरबाट हाजिर जमानीमा छुटे।, गत असार १३ गते दिउँसो साढे २ बजे उनी पक्राउ परेका थिए। उनले चलाएको प्रदेश नम्बर ३-०२-०१२ प ६२४१ नम्बरको स्कुटरमा पेस्तोल भेटिएपछि प्रहरीले उनलाई इमाडोलबाट पक्राउ गरेको थियो। ...
रासस बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आगामी एक हप्ता काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ। , यसअघि फोहोर व्यवस्थापन गर्दै आएको स्थान नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले आगामी एक हप्ता व्यवस्थापनको काम नहुने भ...
रासस मकवानपुरको भीमफेदीबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ।, नेपाल प्रहरीको महानिरीक्षकको सचिवालयको केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार भीमफेदी गाउँपालिका–२ गुम्बाडाँडास्थित सडकमा रोकिराखेको ना२ह ४४० नम्बरको अटोरिक्साबाट ३३५ किलो ३८१ ग्रा गाँजा बरामद गरिएको हो। , प्रहरीका अनुसार अटोरिक्सा चाल...
रासस गोरखामा गाडीको ठक्करबाट सोमबार एक युवतीको मृत्यु भएको छ। अजिरकोट गाउँपालिका–३ भच्चेक सडखण्डमा ग१ज ४६८६ नम्बरको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार अजिरकोट गाउँपालिका–२ की २३ वर्षीया मेलिना गुरुङको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेका अनुसार भच्चेकबाट चित्रेपोखरीतर्फ गइरहे...
सेतोपाटी संवाददाता आजदेखि बिहीबारसम्म देशभर वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेकाले आजदेखि तीन दिनसम्म देशैभरि वर्षा हुने सम्भावना देखिएको हो। , मंगलबार बिहान पनि प्रदेश नम्बर १, बागमती, गण्डकी तथ...
सेतोपाटी संवाददाता समानता फाउन्डेशनका फेलोहरूले आफ्नो सीप र ज्ञानको उपयोग गर्दै कर्णाली प्रदेशका एक विद्यार्थीलाई उच्च शिक्षाको लागि फेलोशिप दिनको लागि कला तथा शिल्प प्रदर्शनी गर्ने भएका छन्।, समानता फेलोहरूले साउन ७ गते उनीहरूकै परिकल्पना र नेतृत्वमा सिर्जनात्मक सीप र ज्ञान प्रयोग गरी  तयार पारेका कला तथा शिल्पका विभ...
रासस अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ केरुगामा बाँदर धपाउने क्रममा आज एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा स्थानीय टंक खनाल छन्। , बारीमा पसेको बाँदर धपाउने क्रममा खनाल घाइते भएको स्थानीय गिरिबाबु खनालले जानकारी दिए।, गम्भीर घाइते उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो।, बाँदर धपाउने...
रासस कोरोना भाइरसको सङ्क्रमण एक सातादेखि फेरि उकालो लागेको छ।, असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या सोमबारसम्म आइपुग्दा सङ्क्रमण ४५७ पुगेको छ।, असार २६ गते १२१ मा सङ्क्रमण र ६७८ सक्रिय सङ्क्रमित रहेकोमा सोमबार सक्रिय सङ्क्रमित एक हजार ७७६ पुगेका छन्।, आइतबार र सोमबार सङ्क्रमणका कारणले एक/एक सङ...
सेतोपाटी संवाददाता काठमाडौंको सिको गर्दै पोखरा महानगरपालिकाले व्यक्ति तथा निजी कम्पनीका शौचालय सर्वसाधारणलाई निःशुल्क प्रयोगका लागि उपयोगमा ल्याउने भएको छ। , पोखराको मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले सास्ती पाइरहेको अवस्थामा महानगरले निजी शौचालयलाई समेत सार्वजनिक प्रयोगमा ल्याउने तया...
रासस मिथिलाका विवाहित नारीले मधुश्रावणी पर्व मनाइरहेका छन्। १३ दिनसम्म मनाउने यो पर्वमा अहिले मैथिल नवयौवना समवयस्कसँगको हासपरिहास र सामूहिक गायनमा रमाइरहेका छन्। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा सोमबारबाट सुरुआत भएको यो पर्व १३औँ दिनमा समापन गरिनेछ।, मिथिलाका प्रत्येकजसो बस्ती अहिले मधुश्रावणीको रङमा व्यस्त देख...
रासस कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बहुमुखी क्याम्पस नजिक बसको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा गौरीगङ्गा–२ कटानका अन्दाजी ४६ वर्षीय खडक थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, प्रहरीका अनुसार सोमबार चौमाला बुहमुखी क्याम्पस नजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेकोे ना ६ ख ९६९३ नम्बरक...
रासस कालिकोटको नरहरिनाथ गाउँपालिका–६ माल्कोटमा रहेको उपस्वास्थ्यचौकी बन्द भएको छ। गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा उपस्वास्थ्यचौकी बन्द भएको हो।, ‘गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाएछ, दुई स्थायी स्वास्थ्यकर्मी पनि बिदामा बसेको सुनियो। एक हप्तादेखि स्वास्थ्यचौकी बन्द छ। उपस्वास्थ्यचौकी बन्द हुँदा सेवाग्र...
रासस चितवनमा गत आर्थिक वर्षमा २१३ जनामा डेंगी रोगको संक्रमण देखिएको छ। तीन हजार ५६४ जनाको परीक्षणका क्रममा सो संख्यामा संक्रमण देखिएको हो।, स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार यो संख्या आर्थिक वर्ष २०७७/७८ को भन्दा कम हो। यस वर्षमा एक हजार ९८६ जनाको परीक्षणका क्रममा २४७ जनामा डेंगी दे...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, सुनकोशी गाउँपालिका-५ हलेगाभा बस्ने ५६ वर्षीय डम्मरबहादुर भुजेललाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।, उनले सुस्त मनस्थिति भएकी...
एजेन्सी केही सातादेखि दक्षिण युरोपलाई आक्रान्त पारेको ‘हिटवेभ’ उत्तरतर्फ सरेको छ। हिटवेभका कारण बेलायतको तापक्रममा नयाँ रेकर्ड कायम हुने चरणमा पुगेको छ।, द गार्डियनका अनुसार बेलायतमा अहिलेसम्म मापन भएको उच्च तापक्रम ३८.७ डिग्री सेल्सियस हो। मंगलबारको तापक्रम ४० डिग्री सेल्सियस पुगेर उक्त रेकर्ड तोडिने अनुमान गरिएको छ।...
रासस पहिलोपटक जिल्ला अस्पताल बैतडीमा नौ चिकित्सकले सेवा दिन थालेका छन्।, दरबन्दीका चिकित्सकको समेत अभाव झेलिरहने जिल्ला अस्पतालमा पछिल्लो समयमा भने दुई विशेषज्ञसहित नौ चिकित्सकले सेवा दिन थालेका हुन्।, पहिलोपटक जिल्ला अस्पतालमा दुई विशेषज्ञसहित नौ चिकित्सकले सेवा दिइरहेका अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दि...
रासस उत्तरी धादिङको गंगाजमूना गाउँपालिकाका व्यापारीसँग कर कार्यालयका कर्मचारी भनेर रकम संकलन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, कर कार्यालयका कर्मचारी बताउँदै कर संकलन गर्न गाउँ आएको बताउने दुई जनालाई कर रकम संकलन गरिरहेको अवस्थामा सोमबार पक्राउ गरिएको हो।, पक्राउ पर्नेमा देव अधिकारी र मैना सापकोटा रहेको जिल्ल...
रासस कृषिमा आकाशे पानीको भर पर्दै आएका बाँकेको बैजनाथ गाउँपालिका–७ पेडारीवासीको सिँचाइको सपना श्रमदानबाटै पूरा गरिएको छ।, वडाध्यक्ष दिनेशकुमार थारुको नेतृत्वमा पेडारीवासीले दुई दिनसम्म कुलो खन्नका लागि श्रमदान गरेपछि सिक्टा सिँचाइको पानी पेडारीगाउँमा पुगेको हो।, दुई दिन लगाएर करिब पाँच सय मिटर कुलो खनेपछि गाउँमा पानी ...
सेतोपाटी संवाददाता मौसमविद्हरुले मनसुन निस्क्रिय हुँदा देशभर गर्मी बढेको बताएका छन्।, उनीहरूले केही दिन यता मनसुन निस्क्रिय भएको अवस्थामा गर्मीको अनुभव भएको बताएका हुन्। मंगलबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै जल तथा मौसम विज्ञान विभाग जलवायु शाखाकी मौसमविद् विभूती पोखरेलले हाल देशको विभिन्न भागहरुमा तापक्रम बढी...
रासस पर्साको  वीरगन्ज  महानगरपालिका–२५ सिर्सिया सडकखण्डबाट प्रहरीले भारतीय ट्रक जाँच क्रममा दुई क्विन्टल ५० किलो गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।, प्रहरीले एन एल ०२ जी ३७९१ नम्बरको भारतीय ट्रक रोकेर जाँच गर्दा चालक बस्ने क्याबिनमा लुकाइछिपाई राखेको अवस्थामा दुई क्विन्टल ५० किलो गाँजा बरामद गरेको गरिएको प...
रासस राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको चाहना बमोजिम स्वास्थ्य शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनुपर्ने बताएकी छन्।, आइतबार चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य सेवा जनताको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएका कारण यसमा विशेष ध्यान दिनुपर्ने बताएकी हुन्। , रोग लागेर...
रासस काठमाडौं उपत्यका ट्राफिक कार्यालयले सवारी साधनमा गजल, कविता तथा समाजमा विकृति ल्याउने किसिमका साहित्य लेखिएका ३५० सवारीसाधनलाई कारबाही गरेको छ। , उक्त सवारी साधानलाई कारबाहीस्वरूप जरिवाना गर्दा एक लाख ५० हजार रुपैयाँ सङ्कलन भएको कार्यालयले जनाएको छ।, सवारी साधनमा लेखिएका अश्लिल, अपाच्य गालीगलौच, कानूनविपरीत तथा स...
सेतोपाटी संवाददाता कस्तुरीको बिनासहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले नै फसाएको आरोप लागेपछि गठित छानबिन समितिले यसमा प्रहरीको संलग्नता नभएको निष्कर्ष निकालेको छ। , काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत प्रहरी उपरीक्षक दिलिप घिमिरेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समितिले पाँचथर तुम्बेया गाउँपालिका-५ घर भई कपन ब...
रासस भरतपुर महानगरपालिका–१९ का वडा सदस्य राजकुमार गुरुङको गाडीले ठक्कर दिँदा नेपाली सेनाका अमल्दारको मृत्यु भएको छ।, मंगलपुरबाट रामपुरतर्फ जाँदै गरेको गुरुङ चढेको ग२च ९०६२ नम्बरको गाडीले भरतपुर महानगरपालिका–१५ शीतलचोक नजिक विपरीत दिशाबाट आउँदै गरेको बा३३प १४५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।, जिल्ला प्रहरी कार्...
सेतोपाटी संवाददाता चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय सेवा आयोग कार्यालयले खुला प्रतिस्पर्धामार्फत सहप्राध्यापक माग गरेको छ।, ९ जना सहप्राध्यापक माग गर्दै सेवा आयोग कार्यालयले आज सूचना निकालेको हो।, बाली विज्ञान, बागवानी विज्ञान, माटो विज्ञान, कृषि तथ्यांक शास्त्र, भेटेरिनरी माइक्रोबायोलोजी, भेटेरिन...
सेतोपाटी संवाददाता राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको शुल्क वृद्धि गरेको छ। , आयोगले एक सूचना जारी गर्दै गत शैक्षिक सत्रभन्दा यस वर्ष ३.६ प्रतिशतले शुल्क बढाएर चिकित्सा शिक्षाको नयाँ शुल्क निर्धारण गरेको हो। , आयोगका उपसचिव मेघराज शर्माका अनुसार शैक्षिक सत्र २०७८/७९ का लागि आयोगले चिकित्सा शिक्षा अन्तर्गत स्न...
सेतोपाटी संवाददाता सोमबार बिहानैदेखि काठमाडौं उपत्यकासहित बागमती प्रदेश, प्रदेश १, गण्डकी प्रदेशका थोरै स्थान र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। , मनसुनको न्युन चापीय रेखा हाल पनि सरदर स्थानभन्दा दक्षिण तिर रहेकाले मनसुन सक्रिय हुन नसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका...
सेतोपाटी संवाददाता बाजुरामा आज बिहान भूकम्पको धक्का महशुस भएको छ।, सोमबार बिहान ४ बजेर ३१ मिनेटमा भूकम्प गएको हो।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको बम्हाटोल केन्द्र रहेर भूकम्प गएको हो।, केन्द्रले दिएको जानकारीअनुसार ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।, यसअघि दार्चुलामा ४.२ म्याग्निच्युडको...
रासस काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा सवारी साधन जाँच तथा अभिलेख राख्न अत्याधुनिक उपकरण जडान गरिने भएको छ। , उपत्यका भित्रिने र बाहिरिने सवारी साधनका दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएका छन् भने आशंका लागेका सवारी साधन तथा यात्रुलाई खानतलासी गर्ने काम उनीहरुले नै गरिरहेका छन्। उपत्य...
एजेन्सी अमेरिकाको इन्डियाना राज्यस्थित एक मलमा राइफल बोकेका अज्ञात व्यक्तिले फूड कोर्टमा गोली चलाउँदा तीन जनाको मृत्यु हुनुका साथै थप २ जना घाइते भएका छन्।, आइतबार साँझ ग्रीनवुड पार्क मलमा राइफल र म्यागजिनहरू लिएर प्रवेश गरेका करिब २२ वर्षका ती व्यक्तिले फूड कोर्टमा गोली चलाउँदा घटना भएको ग्रीनवुड, इन्डियानाका मेयर मा...
सेतोपाटी संवाददाता साउनको पहिलो सोमबार (आज) देशभरका शिवालयमा भक्तजनहरुको भीड लागेको छ।, आज बिहानैदेखि देशभरका शिव मन्दिरमा भक्तालु जनहरुको पूजा, अर्चनाका लागि भीड लागेको हो।, काठमाडौंको पशुपति नाथको मन्दिरमा पनि भक्तजनहरुको उल्लेख्य भीड रहेको छ।, साउन महिना विशेष गरेर आशुतोष भगवान (महादेव) को प्रिय महिना भएकोले साउनको...
नवीनबाबु गुरूङ साउन महिनाको पहिलो सोमबार आज पशुपतिसहित अधिकांश शिवालयहरुमा जल चढाउने र पूजा गर्नेहरुको घुइँचो लागेको छ।, पहेँलो बस्त्र धारण गरेका बोलबम तीर्थयात्रीहरु सुन्दरीजलबाट खाली खुट्टा पैदल पशुपतिनाथ मन्दिरमा जल चढाउन आएका छन्।, साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल र दूध चढाएर पूजा गर्ने चलन...
नरेन्द्रसिंह कार्की/रासस दार्चुलाको अपि हिमाल गाउँपालिका–२ का गोविन्दसिंह कार्की सानैदेखि यार्सागुम्बा टिपेर आफ्नो खर्च जुटाउने गर्छन्। उनी वर्षका १२ महिनामध्ये एक महिना उच्च हिमाली भेगस्थित यार्सागुम्बा टिप्न जाँदा वर्षभरिलाई खर्च जुटाउँछन्।, पढाइ सामान्य साक्षर मात्र गरेका कार्की यार्सागुम्बाकै कारण परिवारको जोहो चल...
रासस कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुर मुक्तकमैयाका शिविरका ३२ वर्षीय लालबहादुर डगौराले महेन्द्रनगरमा मिस्त्री काम नगरेको दिन घरमा चुल्हो बाल्न मुश्किल हुन्छ।, वि.सं २०५७ मा कमैया मुक्त हुनुअघि महेन्द्रनगर बजारस्थित वन कार्यालय छेउको खाली जमिनमा बसेर बजारमा मजदुरी गरेर जीविका चलाएका उनी परिवार मुक्तपछि झण्डै आठ किल...
प्रशन्न पोखरेल बाढीले पुलको एक भाग बगाएपछि गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ९ को धर्मोदय माध्यमिक विद्यालय बर्खे बिदा हुनुभन्दा अघि नै बन्द भयो।, जेठ अन्तिम साता परेको पानीले यहाँको खारखोलामा ठूलो बाढी आयो। खोलाले धार परिवर्तन गर्‍यो, खेत कटान गरिदियो, पुल बगायो।, जेठ २६ र असार ९, १० गते खारखोलामा आएको बाढीले पुलल...
सेतोपाटी संवाददाता प्रहरीले कास्कीमा जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।, पर्वत कुश्मा नगरपालिका-६ घर भई पोखरा महानगरपालिका-१३ बस्ने २४ वर्षीय खिमबहादुर विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , प्रहरीले उनलाई शनिबार घटनास्थलबाट पक्राउ गरेको हो। , प्रहरीका अनुसार विकले १३ वर्षीया बालिका...
सेतोपाटी संवाददाता बाँके प्रहरीले नौ वर्ष बढी जेल सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। , प्रतिबन्धित लागुऔषध मुद्दामा अदालतले ९ वर्ष २१ दिन कैद तोकेको कोहलपुर नगरपालिका–१५ का ३२ वर्षीय अजयकुमार चौधरी पक्राउ परेका हुन्। , जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेका अनुसार जिल्ल...
सेतोपाटी संवाददाता मकैबारीमा आएको बाँदर धपाउने क्रममा लडेर गम्भीर घाइते भएका अर्घाखाँचीका एक व्यक्तिको मृत्यु भएको छ।, गत असार १९ गते मकैबारीमा आएको बाँदर धपाउन गएका छत्रदेव गाउँपालिका वडा नं. ४ का ३९ वर्षीय टंक खनाल लडेर गम्भीर घाइते भएका थिए।, लडेर गम्भीर घाइते भएका खनालको आइतबार राति लुम्बिनी प्रादेशिक अस्पताल बुटव...
रासस राष्ट्रिय वन क्षेत्रमा वन पैदावार तस्करी गरेको आरोपमा ६१ जना पक्राउ परेका छन्। गत आर्थिक वर्षमा वन पैदावारका ४१ मुद्दामा ८३ जना संलग्न रहेको पाइएकामा ६१ जनालाई पक्राउ गरिएको हो।, डिभिजन वन कार्यालयका अनुसार अन्य २२ जना फरार छन्।, पक्राउ परेकालाई वन ऐनअनुसार कारबाही सुरू गरिएको छ।, यस्तै, वन्यजन्तु चोरी सिकारी मुद...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका ३४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डिएसपी)का लागि बढुवा सिफारिस भएका छन्।, सोमबार बसेको बढुवा समितिको बैठकले गरेको निर्णय अनुसार ३४ जना प्रहरी निरीक्षकलाई डिएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।, बढुवा सिफारिस पहिलो नम्बरमा हुनेमा होमबहादुर थापा, दोस्रोमा दिपेन्द...
एजेन्सी अमेरिकाको लस भेगसमा जहाज दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।, लस भेगसको दक्षिणी क्षेत्रमा रहेको विमानस्थलनमा  स्थानीय समयानुसार आइतबार मध्यान्ह १२ बजे दुई जहाज आपसमा ठोक्किएर दुर्घटना भएको बताइएको छ।, सिबिएसन्युजका अनुसार पाइपर पिए-४६ कलसाइन भएको जहाज र सेस्ना-१७२ जहाज आपसमा ठोक्किँदा दुर्घटना भएको हो।, दु...
राजेश घिमिरे पत्रकारमाथि कुटपिटको उजुरीको आधारमा पक्राउ पुर्जी जारी गरेपछि विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख फरार भएका छन्। चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले प्राधिकरणका कार्यालय प्रमुख राजिवकुमार सिंहलाई पक्राउ गर्न आइतबार नै पक्राउ पुर्जी जारी गरिएको बताए।, ‘हामीले उनलाई पक्राउ गर्ने प्रयास...
सेतोपाटी संवाददाता रूपन्देहीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।, देवदह नगरपालिका-८ का ११ वर्षीय सुमन थापाको मृत्यु भएको देवदह प्रहरीले जनाएको छ।  , देवदह नगरपालिका बंगालीस्थित बंगालीखोला साठीबारी बाँधमा डुबेर मृत्यु थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।, थापा आइतबार साथीहरूसँगै पौडी खेल्ने भन्दै उक्त बाँधमा पुगेक...
सेतोपाटी संवाददाता काठमाडौंको साँखुमा एक जनाको शव फेला परेको छ। , सोमबार दिउँसो शंखरापुर नगरपालिका-३ साँखुस्थित खोला किनारमा शव सडिसकेको अवस्थामा फेला परेको जिल्‍ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।  , स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। , ‘खोलाले बगाएर पनि ल्याएको हुनसक्छ। अहि...
रासस प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले काञ्जिरोवा हिमाल आरोहण गराउने उद्देश्यले आर्थिक वर्ष २०७८/७९ मा दुई पटक सूचना प्रकाशित गर्‍यो।, दुवै पटकको सूचनामा आरोहण गराउन इच्छुक कम्पनीको आवेदन परेन। आरोहण दलमार्फत् अन्तर्राष्ट्रियस्तरसम्म कर्णालीका हिमालको पहिचान गराउने उद्देश्यले मन्त्रालयले रु ६० ...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ४५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४५७ जनामा संक्रमण पुष्टि भएको हो।, चार हजार ६५१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ३४१ जनाको पिसिआर र दुई हजार ३१० जनाको एन्टिजेन परीक्ष...
भगवती पाण्डे पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।, लामो समयदेखि परेको खडेरीले आक्रान्त बनेपछि किसानले पानी पर्ने विश्वासमा यस्तो उपाय निकालेका हुन्।, पिरमा परेका किसानले गाउँका अगुवालाई बाँधेर मन्दिर लैजाँदा पानी पर्छ भन्ने विश्वासमा जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगेको...
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट 'हनी ट्र्याप' मा संलग्न आरोपमा तीन जनालाई पक्राउ गरेको छ।, सिन्धुली कमलामाई नगरपालिका-६ घर भई बौद्ध बस्दै आएकी ३१ वर्षीया कल्पना बस्नेत, ३१ वर्षीय कृष्णहरी खड्का र वडा नम्बर ४ घर भई बालकोट बस्दै आएका २८ वर्षीय संजय कार्कीलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय...
रासस हेटौंडा उपमहानगरपालिकामा यही  शैक्षिक सत्रबाट उपमहानगरपालिकाअन्तर्गतका विद्यालयमा कक्षा १ देखि कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने भएको छ।, ती कक्षामा ‘हाम्रो हेटौँडा’ नामक स्थानीय पाठ्यक्रम  लागू हुने हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन्। हाम्रो हेटौंडा नामको उक्त पुस्तकको छपाइ भ...
एजेन्सी  ‘ऊ मलाई निकै मायालु तरिकाले हेर्छ। आफ्ना सुन्दर आँखाले मलाई बाहिर डुलाउन इशारा गर्छ। उसलाई बाहिर लाने हिम्मत म गर्न सक्दिँन। डुल्न जाँदा हामी दुबै गिरफ्तार हुनेछौँ, घरमा कुकुर पालेकी मासा भन्छिन्।, इरानको राजधानी तेहरानमा कुकरलाई डुलाउनु अपराध हो। घरबाहिर डुलाउन लगेको खण्डमा प्रहरीले जनावर जफत गर्छ भन्ने त्यस...
सेतोपाटी संवाददाता लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्‍धान सकेको छ। , प्रहरीले अनुसन्धान सकेर मंगलबार सरकारी वकिलको कार्यालय काठमाडौंमा पेश गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , प्रहरीले यस घटनामा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१ घर भ...
सेतोपाटी संवाददाता थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , शनिबार थप २०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९० जनाको कोरोना परीक्षण गरिएको थियो। , जसमध्ये ११९९ जनाको पिसिआर गर्दा १५२ मा संक्रमण र १८९१ जनाको एन्टिजेन ग...
सेतोपाटी संवाददाता धादिङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। , गल्छी गाउँपालिका-८ कोल्पुखोलामा बा.४ ख ९२९६ नम्बरको बसले बा.५६ प २४९६ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। , दुर्घटनामा मोटरसाइकल चालक सोही गाउँपालिका-१ कल्लेरी बस्ने १८ वर्षीय सुनिल ठ...
सेतोपाटी संवाददाता काठमाडौंमा एक जना पुरूष मृत फेला परेका छन्। , शनिबार काठमाडौं महानगरपालिका-२५ भेडासिंहमा एक जना पुरूष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। , उनी सडकपेटीमा मृत फेला परेका हुन्। उनको नाम, थर, वतन खुलेको छैन। , प्रहरीका अनुसार उनी अन्दाजी ४५ वर्षका पुरूष हुन्। , प्रहरीले यस घटनाको थप अनुसन्धान अघ...
रासस चन्द्रागिरि नगरपालिकाले फोहर व्यवस्थापनमा काठमाडौं महानगरपालिकालाई सहयोग गर्दै थप सहकार्यसमेत गर्ने प्रतिबद्धता जनाएको छ। , यसका लागि उपत्यकाभित्रको ठूलो क्षेत्रफल भएका ती पालिकाका प्रमुखका बीचमा पहिलोपटक आपसी संवादसमेत भएको छ।, काठमाडौं महानगरले भोलिदेखि फोहर व्यवस्थापनअन्तर्गत कुहिने र नकुहिने फोहर अलग–अलग संकल...
नारायण खड्का दाङको राप्ती गाउँपालिकाले जंकफूड र प्लाष्टिकका माला तथा खादा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। , पछिल्लो समय सम्मानका नाममा जताततै स्वागत सत्कार बढी तामझामयुक्त भइरहेको समयमा गाउँपालिकाको कार्यपालिका बैठकले निर्णय गरी प्लाष्टिक माला र खादा प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो। , गाउँपालिकामा ...
सेतोपाटी संवाददाता सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ ।, सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँ...
सेतोपाटी संवाददाता आजबाट काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर अलग अलग संकलन गर्ने भएको छ।, महानगरले स्थानीयबासीसँग गरेको सहमति अनुसार फोहोर वर्गीकरण गरेर मात्र व्यवस्थापन गर्ने योजना अनुसार आज साउन १ गतेबाट अलग अलग फोहोर संकलन गर्न लागेको हो।, काठमाडौंको फोहोर फाल्ने गरिएको ल्याण्डफिल साइट बञ्चरेडाँडा वरपरका...
सेतोपाटी संवाददाता हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेकाले मुलुकका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। , प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेश भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, आज र भोलि देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का...
सेतोपाटी संवाददाता सरकारले साउन १ गते देखि लागू हुने गरी नेपालमा १० प्रकारका सामग्रीहरू आयात गर्न रोक लगाएको छ। , सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा वैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित भदौ १४ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो।, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रब...
रासस कर्णाली नदीमाथि सुदूरपश्चिम र कर्णाली प्रदेश जोड्ने थप दुई पक्की पुल निर्माण सम्पन्न छन्। सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको सुर्खेत जिल्ला जोड्ने पुल बनेका हुन्। पुल निर्माण हुँदा आवतजावतमा सजिलो हुनुका साथै व्यापार व्यवसाय प्रवद्र्धनमा पनि सहज हुने जनाइएको छ ।, सुर्खेतको पञ्चपुरी नगरपालिका–११ कुइने ...
रोहित महतो तीन वर्षअघि भारतको कुरूक्षेत्र युनिभर्सिटी हरियाणाबाट पास भएका सिभिल इन्जिनियर हुन् उनी। , अहिले त उनको दैनिकी व्यस्त भइसक्नुपर्थ्यो, दिमागमा पनि कुन पूर्वाधार कसरी बनाउने भन्ने कुरा खेलिरहेको हुनुपर्थ्यो। मनमा पूर्वाधारका नाप नक्सा नाचिरहेको हुनुपर्थ्यो। , तर उनी खाली छन्। , ‘यो खालीपन मलाई राज्यले दिएको ह...
रासस साउन लागेसँगै पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको चहलपहल बढेको छ। यो महिना भगवान शिवको महिना भएकाले यस बेलामा शुद्ध जल अर्पण मात्र गर्दा पनि भगवान् खुसी हुनुहुने धार्मिक विश्वास छ।, पशुपति क्षेत्रमा चहलपहल बढेसँगै देवादिदेव महादेवलाई शुद्ध जल अर्पण गर्ने बोलबम यात्रीको पनि आजैदेखि भीड लागेको पशुपति क्षेत्र विकास को...
नवीनबाबु गुरूङ सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरू नेविसंघ र अखिल (क्रान्तिकारी) ले गभर्नर महाप्रसाद अधिकारीको राजीनामाको माग गर्दै आइतबार घेराउ र विरोध प्रदर्शन गरेका छन्।, दलीय सलंग्नता र शैक्षिक योग्यता समेतका विषयहरूमा प्रश्न उठेको भन्दै यूवा विद्यार्थी संगठनहरू केही दिनयता आन्दो...
भगवती पाण्डे लुम्बिनी प्रदेश सरकारले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल र दाङस्थित राप्ती प्रादेशिक अस्पतालमा ओपिडी र इमर्जेन्सी टिकट तथा जनरल बेड निःशुल्क गरेको छ।, सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमै यी दुई वटा अस्पतालमा उपचारका लागि आउने बिरामीका लागि ओपिडी र इमर्जेन्सी टिकट तथा जनरल बेड निःशुल्क गर्ने घो...
नारायण ढुङ्गाना /शर्मिला पाठक पेचिलो सवाल बन्दै आएको संघीय राजधानी काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौतीपूर्ण बन्दै गएको छ। उपत्यकाका सडकमा थुपारिने फोहर हप्तौंसम्म नउठ्ने र त्यसबाट दुर्गन्ध फैलिने समस्या उपत्यकावासीका लागि काँडो झैँ बिझेको छ। कहिले आन्दोलन त कहिले वर्षालगायत विविध कारणले उपत्...
राजेश घिमिरे चितवनको सौराहामा ‘क्यानोपी वाक ब्रिज’ निर्माण गरिने भएको छ। सौराहास्थित बाघमारा सामुदायिक वनमा वन्यजन्तु अवलोकनका लागि क्यानोपी वाक ब्रिज निर्माण गर्न प्रदेश सरकारले बजेट छुट्टाएको छ। बाघमारा सामुदायिक वन चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको वन हो।, बागमती प्रदेश सरकारले पर्यापर्यटनको विकास...
सेतोपाटी संवाददाता काठमाडौंमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। , नागार्जुन नगरपालिका-१ रानीवनका २८ वर्षीय रोमन थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, उनका अनुसार शनिबार दिउँसो बालाजुको गंगा हल सडक खण्डमा दुर्घटना भएको हो। तारक...
एजेन्सी ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना हुँदा पाइलटसहित ८ जनाको मृत्यु भएको छ।, समाचार संस्था रोयटर्सका अनुसार सर्वियाबाट जोर्डन गइरहेको उक्त एएन-१२ जहाज शनिबार साँझ उत्तरी ग्रिसको एउटा गाउँमा दुर्घटनामा परेको हो। मकैबारीमा खस्नुभन्दा अघि जहाजमा आगोको मुस्लो देखिएको थियो।, जहाजको इन्जिनमा समस्या देखिएपछि पाइलट आपतका...
सेतोपाटी संवाददाता मानव अंग बेचबिखन गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।, मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेका पाँच जनालाई सार्वजनिक गरेको हो।, पक्राउ पर्नेमा रामेछाप मन्‍थलीका २८ वर्षीय बिधान हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका, गुल्मीका ३१ वर्षीय विजय कुँवर, विम...
रासस चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को अमलटारी सेक्टरबाट उद्धार गरिएको गैँडाको बच्चा (केटो) को मृत्यु भएको छ।, करिब एक हप्ता अगाडि अमलटारीबाट उद्धार गरेर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्रमा लगिएको केटोको निमोनियाका कारण मृत्यु भएको जनाइएको हो। , कोष...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १३५ जनामा संक्रमण पुष्टि भएको हो।, तीन हजार ४१ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , एक हजार ४७३ जनाको पिसिआर र एक हजार ५६८ जनाको एन्टिजेन परीक्षण ग...
सेतोपाटी संवाददाता नेपालमा पछिल्लो साढे दुई महिनामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह- प्रवक्ता समिर अधिकारीका अनुसार ७३ दिन पछि आइतबार (साउन १) नेपालमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको हो।, ‘गत वैशाख २१ गते एक जनाको मृत्यु भएको थियो,’ अधिकारीले सेतोपाटीसँग भने, ‘त...
सेतोपाटी संवाददाता कोरोनाको पहिलो र दोस्रो लहरताका संक्रमणको ‘इपिसेन्टर’ नै बनेको विराटनगरमा अहिले फेरि संक्रमित संख्या बढ्न थालेको छ।, यसपटक मोरङ कारागारमा २३ जनाभन्दा बढीमा संक्रमण पुष्टि भएपछि विराटनगरमा सतर्कता अपनाउन प्रशासन र महानगरले अपिल जारी गरेका छन्।, जिल्ला प्रशासन र विराटनगर महानगरले स्वास्थ्य सतर्कता अपन...
रासस अहिले बाघ देखिने याम भएकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या दिनप्रतिदिन बढ्दै गएको छ।, यो याममा निकुञ्ज सफारी गर्दा बाघ देखिने सम्भावना बढी हुन्छ। बाघ हेर्ने उद्देश्यले नै पर्यटकले जंगल सफारी गर्छन्।, मंगलबार बर्दिया राष्ट्रिय निकुञ्ज सफारी गरेर फर्केका जर्मनी र इजरायलबाट आएका पर्यटक निकुञ्जक...
एजेन्सी सम्बन्ध विच्छेदको पीडा भुल्न ७० वर्षीया जेनी हार्बटले फोटोग्राफी रोजेकी थिइन्।, फोटोग्राफीको सोखले विश्वका कुनाकन्दरामा पुर्‍यउँला र भयानक शिकारी जनावरसँग साक्षात्कार होला भन्ने उनले सायदै सोचेकी थिइन्। आर्टिक क्षेत्रमा जेनीलाई सेतो भालुले लखेट्यो। यो घटनाबाट विचलित नभइकन उनले फिनल्याण्ड पुगेर  खैरो भालुको तस्...
रासस सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइले कैलालीको टीकापुरमा घण्टाघर निर्माणका लागि रोयल प्रशंसा जेभीसँग सम्झौता गर्‍यो।, घण्टाघर निर्माणका लागि एकाइले रोयल प्रशंसासँग २०७५ फागुन १९ गते सम्झौता गरेको थियो। , सम्झौताअनुसार निर्माण कम्पनीले २०७७ भदौ २५ गते काम सम्पन्न गर्नुपर्ने भए पनि कोरोना...
सेतोपाटी संवाददाता नेपालमा पेट्रोलियम खानीको प्रचुर सम्भावना रहे पनि यकिन गर्न नसक्दा खानीहरू बेवारिसे बनेका छन्।, पेट्रोलियम पदार्थमा परनिर्भर रहनुपरेको नेपालमा १० वटा खानी छन्। सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण कार्य अघि बढाइएको छ । तर कुनै पनि ठाउँमा ...
रासस महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–४ बरथटोलमा पोखरीमा डुबेका अवस्थामा गएराति एक बालकको शव भेटिएको छ।, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीका अनुसार गएराति स्थानीय भाग्यनारायण यादवका छोरा दुई वर्षीय सार्थक यादवको शव गाउँकै शिवजी पोखरी फेला परेको हो।, बालक सार्थक घरबाट खेल्न भनी निस्केकाम...
सविता बुढा डल्ली रावलको डेढ बिगाहा जग्गा गोदावरी नदीले बगायो। कैलालीको गोदावरी नगरपालिका–३ मालिका टोलकी रावलको यो जग्गा एकै पटक नदीले लगेको होइन।, प्रत्येक बर्खामा अलिअलि गर्दै पाँच वर्षमा गोदावरी नदीले उनको डेढ बिगाहा खेत कटान गरिदियो। अब उनीसँग पाँच कट्ठा मात्र बाँकी छ।, डल्ली भन्छिन्, ‘बचेको पाँच कट्ठा पनि ऐलानी हो...
रासस लमजुङको मर्स्याङ्दी कोरिडोरअन्तर्गतको निर्माणाधीन २२० केभी उदीपुर–मार्कीचोक–भरतपुर डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सुस्त गतिमा अघि बढेको छ।     , निर्माण सम्पन्न गर्नुपर्ने गत जुन महिनासम्म भए पनि यस आयोजनाको निर्माण अझै ४० प्रतिशत बाँकी छ।, आयोजनाका उदीपुर–भरतपुरका डिभिजन प्रमुख नारायण रेग्मीले भने, ‘वि...
विवेक राई पछिल्लो दुई सातायता कोरोना संक्रमण दर तीन गुणा बढेको छ।, स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो दुई सातामा ४३ हजार ४३९ जनाको परीक्षण गरिएकोमा १६५५ जनामा संक्रमण पुष्टि भएको छ। , यो भनेको ३.८ प्रतिशत संक्रमण दर हो। जबकि त्यसअघि संक्रमण दर जम्मा १.१७ प्रतिशत थियो। असार १ देखि १५ गतेसम्म कुल ४१ हजार २२४ ज...