content
stringlengths
20
64.1k
रासस प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ।, यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर...
सेतोपाटी संवाददाता दाङको राप्ती गाउँपालिकामा करेन्ट लागेकी भाउजूलाई छुटाउन खोज्दा देवर र देउरानीको मृत्यु भएको छ।, सोमबार दिउँसो साढे १ बजेतिर राप्ती वडा नम्बर २ का २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षीया श्रीमती हिमाको घरमा करेन्ट लागेर मृत्यु भएको हो।, इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक सुजनविक...
सेतोपाटी संवाददाता पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको आधिकारिक इन्स्टाग्राम खाता ह्याक भएको छ। , पाकिस्तान तहरीक-ए-इन्साफ (पिटिआई) का अध्यक्ष समेत रहेका खानको इन्स्टाग्राम सोमबार ह्याक भएको टाइम्स अफ इन्डियाले जनाएको छ। , टाइम्स अफ इन्डियाका अनुसार ह्याकरले इमरानको इन्स्टाग्राम ह्याक गरेपछि उक्त अकाउन्टबाट क्...
रासस बुधबारदेखि मौसम सुधार हुने भएको छ।, बुधबारदेखि मनसुनको न्यून चापीय रेखामाथि अर्थात् भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर भई मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जुवसीको भनाइ छ।, उनकाअनुसार पछिल्लो केही दिनयता देशको अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ। यो क्रम बधुबारदेखि रोकिने बत...
सेतोपाटी संवाददाता गोरखामा सडक बनाउनुअघि नै पुल निर्माण गरिएको छ।, गोरखा नगरपालिका वडा नम्बर ३ नारेश्वर र छिमेकी गाउँ, सिरानचोक गाउँपालिका वडा नम्बर ५ जरेबर जोड्न गाडी गुड्ने पुल बनाइएको हो।, सडकको ट्याक नै नखनिएको ठाउँमा पुल निर्माण कार्य करिब सकिएको छ। नारेश्वर हुँदै घलाङबाट सडक ट्याक खन्न सुरू गरे पनि पुल निर्माणस्...
रासस कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।, प्रदेश मन्त्रिपरिषद्को निर्णयानुसार साउन शुक्ल पञ्चमी (नागपञ्चमी)का अवसरमा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।, मन्त्रालयका प्रवक्ता उपसचिव निधिराज न्यौपानेले प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक सङ्घसंस्थामा बिदा लागू हुने बताए।,...
रासस म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिराले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ।, तीन जना बेपत्ता भएका छन्।, घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो।, घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ।, गोठे र उनकी श्रीमती गोरी विक पहिर...
रासस दिउँसो विद्यालयमा व्यस्त हुने मीनबहादुर केसी साँझ–बिहान र बिदाको समयमा भने बारीमै काम गरिरहेका हुन्छन्।, शान्तिनगर गाउँपालिका–४ गिधनियाका उनले छ कठ्ठा जग्गामा कागती र केराखेती गरेका छन्।, शान्तिनगर गाउँपालिका–३ स्थित आधारभूत विद्यालय केराघारी लामो समयदेखि प्रधानाध्यापकको रहेका केसीले आफ्नो बारीमा कागती र केराखेती...
रासस नारायणी नदीको पानी सतर्कता तह नजिक पुगेको छ।, नारायणी नदीको देवघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको र पानीको सहत बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।, नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जिल्लाका पाँचवटा स्थानीय तह नारायणी नदीबाट प्रभावित...
नवीनबाबु गुरूङ प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइएको छ।, यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिका–२४ स्थित धापाखेल नागपोखरीमा नागपञ्चमी मेला लागेको छ। हरेक वर्ष श्रावण शुक्लपक्ष पञ्चमी तिथिका दिन सो स्थानमा मेला लाग्ने गर्दछ। , नागदह संरक्षण समितिका अध्यक्ष सलामसिंह मोक्तानले नागपोखरीमा दर्शनार्थीको भीड लागिरहेको बताए। कोरोना महामारीका कारण सो स्थानमा दुई वर्षअघिदेखि उक्त स्...
केदार मगर/रासस खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेको छ।, जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एक घर पूर्ण रूपमा भत्किएको छ भने अन्यमा चर्किएर क्षति भएको जनाइएको छ।, यही साउन १५ गते बिहान...
सेतोपाटी संवाददाता माछा मार्न पोखरीमा पसेका एक युवक बेपत्ता भएको तीन घण्टापछि मृत फेला परेका छन्। , विराटनगर १९ का ३० वर्षीय फुलु ऋषिदेव गाउँकै पोखरीमा मृत फेला परेका हुन्। , माछा मार्न भनेर साथीहरूसँगै पोखरीमा पसेका उनी सोमबार बिहान १० बजे पोखरीमा पसेका थिए। लगत्तै डुबेर बेपत्ता उनलाई सशस्त्र प्रहरीले दिउँसो १ बजे मृ...
रासस पहिराका कारण नारायणगढ–मुग्लिन सडक र पृथ्वीराजमार्ग अवरूद्ध भएपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सडकमा सवारी साधन रोकिएका छन्।, नवलपुर हुँदै पोखरा तथा काठमाडौं जाने सवारी साधन जिल्लामै रोकिएको ट्राफिक प्रहरीले जनाएको छ।, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप थापाले चितवनको नारायणगढ–मुग्लिन सडक...
सेतोपाटी संवाददाता कपिलवस्तुको वाणगंगास्थित कोइली नदीमा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्।, सोमबारदेखि नै परेको अविरल वर्षासँगै खोलामा आएको बाढीले दुई जनालाई बगाएर बेपत्ता बनाएको थियो। बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला परे पनि एक जना भने बेपत्ता रहेको प्रहरीले जनाएको छ।, प्रह...
सेतोपाटी संवाददाता म्याग्दीमा पहिरोले पुरिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। , मंगलबार बिहान साढे ६ बजे मालिका गाउँपालिका-२ रुममा पहिरो खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तीलक भारतीले जानकारी दिए। , उनका अनुसार पहिरोले तीन वटा घर बगाएको छ। एउटा घरका पाँच जनाको मृत्यु र अर...
सेतोपाटी संवाददाता विराटनगर नाका गाँजा तस्करीको सजिलो ‘ट्रान्जिट’ बन्दै गएको छ।, भारत लैजान ठिक्क पारिएको अवस्थामा विराटनगर क्षेत्रबाट बाक्लै रूपमा गाँजा बरामद हुन थालेको घटनाले यस्तो देखाएको हो। , पूर्वी नेपालका पहाडी जिल्लामा उत्पादन हुने गाँजा भारतमा महँगो मूल्यमा बिक्री वितरण हुने भएकोले यसको तस्करी हुँदै आएको छ। ...
सेतोपाटी संवाददाता तनहुँको आँबुखैरेनीदेखि गोरखा सदरमुकाम आउजाउ गर्ने मुख्य सडक पहिरोले अवरूद्ध भएको छ।, गोरखाको मझुवादेउराली-तीनकिलो सडकखण्डमा पहिरो खसेपछि आज दिउँसो सडक अवरूद्ध भएको थियो।, पहिरो पन्छाएर सडक पुन: सञ्चालन गर्ने तयारी भइरहेको छ।, गोरखकाली रबर उद्योग नजिकै पहिरो खसेर सडक दुवैतर्फी अवरूद्ध भएको थियो।, गोर...
दिपकजंग शाही पहिलो संविधानसभाका बैठकहरूमा बेलाबेला उनी पनि सदस्यको हैसियतले बोलिन्। कहिले देशको समसामयिक परिस्थितिका बारेमा त कहिले विशेष घटना र अवस्थाका बारेमा बैठकमा कुरा उठाइन्।, पहिलो संविधानसभा (२०६४–२०६८) मा ६०१ जना सभासदमध्येकी एक भरतकुमारी रेग्मी अब देशभरका शिक्षकको सूचीमा समाहित हुँदै छिन्।, दैलेखको नारायण नग...
रासस तेह्रथुममा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ।, जिल्लाको छथर गाउँपालिका–५ ठकुरी टोलका ५३ वर्षीय भक्तबहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ।, आज बिहान भण्डारीलाई आफ्नै छोरा २४ वर्षीय टंकले धान कुट्ने मुस्ली टाउकामा प्रहार गरेका थिए। , घाइते भएका भण्डारीलाई छिमेकी र शुक्रबारे चौकीबाट खटिएको प्रहरी टोलील...
सेतोपाटी संवाददाता अविरल वर्षापछि आएको बाढीले नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि गण्डक बाँँधका सबै ३६ वटै ढोका (फाटक) खोलिएको छ।, दुई दिनदेखि परेको लगातारको वर्षाका कारण पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधको ढोका खोलिएको हो।, देवघाटस्थित जलमापन केन्द्रले नारायणी नदीको पानीका सतह खतरा नजिक पुगेको जनाए...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ८१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ८१४ जनामा संक्रमण पुष्टि भएको हो।, पाँच हजार ४१५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ७६२ जनाको पिसिआर र दुई हजार ६५३ जनाको एन्टिजेन परीक्...
नारायण खड्का विरोधपछि दाङ टरिगाउँ एयरपोर्टबाट विमानमा इन्धन भर्नका लागि ल्याइएको बाउजर फिर्ता लैजाने प्रक्रिया तत्काललाई रोकिएको छ। , हवाई इन्धन कार्यालय दाङका प्रमुख विपिन श्रेष्ठले बिरोधपछि तत्काललाई माथिबाटै बाउजर नपठाउनू भन्ने खबर आएको ,सेतोपाटी,लाई जानकारी दिए।, ‘केन्द्रको निर्देशन अनुसार हिजो नै त्यो पठाउनुपर्ने...
रासस पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको छ।, एक जना घाइते छन्।, अविरल वर्षापछि घर माथिबाट आएको पहिराले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको एक तलाको कच्ची घरको कोठा भत्किँदा कोठा भाडामा बस्ने वर्ष २६ का सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी ...
एजेन्सी पाकिस्तानमा एउटा सैनिक हेलिकप्टर दुर्घटना हुँदा लेफ्टिनेन्ट जर्नेलसहित ६ जनाको मृत्यु भएको छ।, द डनका अनुसार बलुचस्तान प्रान्तमा आएको बाढी पीडितको उद्धारमा खटिएको  उक्त हेलिकप्टर सोमबार साँझ दुर्घटनामा परेको थियो। खराब मौसमका कारण हेलिकप्टर दुर्घटना परेको बताइएको छ।, दुर्घटनामा लेफ्टिनेन्ट जर्नेल सर्फराज अली ६...
सेतोपाटी संवाददाता मध्य रातमा थुनामा रहेकी महिलालाई आफ्नो कोठामा लैजाने इलाका प्रहरी कार्यालय कोहलपुरका असई प्रविण चौलागाईँ निलम्बित भएका छन् । , मुद्दा शाखामा कार्यरत चौलागाईं बिरूद्ध बलात्कार मुद्दा दर्ता भए लगतै उनी निलम्बनमा परेका हुन्। , बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौंपानेका अनुसार प्रहरी आचरण व...
एजेन्सी रूसको मिसाइल आक्रमणमा परी युक्रेनका धनाढ्य व्यापारी र उनकी पत्नीको मृत्यु भएको छ। बिबिसीका अनुसार ७४ वर्षीय ओलेक्सी वादातुर्स्कीको र उनकी पत्नी रायसाको मृत्यु भएको हो।, युक्रेनी अधिकारीहरूका अनुसार दक्षिणी सहरी माइकोलायिभमा आइतबार रूसले गरेको हवाई आक्रमणमा उनीहरू परेका हुन्। , वादातुर्स्की अन्न निर्यात गर्ने क...
सेतोपाटी संवाददाता पोखरा महानगरपालिका - ६ डिहिगोपाटनमा पहिरोले घरको कोठा पुरिँदा एक जनाको मृत्यु भएको छ।, गएराति घर पछाडिबाट झरेको पहिरोले स्थानीय लक्ष्मी खड्काको ब्लकले बनाएको घर पुरिएको थियो। पहिरोले घर पुरिँदा कोठा भाडामा बस्दै आएका माछापुच्छ्रे गाउँपालिका– १ का तातोपानीका २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको कास्क...
रासस अमेरिकाको मासाचुसेट्स राज्यको एक विद्यालयस्तरको पाठ्यक्रममा नेपाली सामाजिक अभियन्ता डा विष्णुमाया परियारबारेको पाठ समावेश गरिएको छ। , सो राज्यको कक्षा ७ को सरकारी पाठ्यक्रममा अमेरिका निवासी डा परियारबारेको पाठ समावेश गरिएको अमेरिका निवासी पत्रकार प्रदीप परियारले जानकारी दिए। विश्वको इतिहास र भूगोल विषयको १२ नम्बर...
रासस ‘मेरो वडामा प्रधानमन्त्री आउनुभयो भने पनि गुन्द्रीमै बसाउँछु’, यी भनाइ हुन् मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुनकुमार कार्कीको ।, गत वैशाख ३० गते स्थानीय चुनावबाट उनी वडाध्यक्ष निर्वाचित भएका हुन्। त्यसयता सो वडामा प्रधानमन्त्री आएका छैनन् तर, जे जति उच्च पदस्थ अतिथि वडा कार्यालयमा आइपुगेका छन्, उनीहरू सबैलाई वड...
रासस इलाका प्रहरी कार्यालय बनेपाले प्रतिबन्धित लागुऔषध कारोबारमा संलग्न पाँच जनालाई शनिबार राति पक्राउ गर्‍यो। प्रहरीले भारतबाट वीरगञ्ज हुँदै काभ्रेको बनेपामा लागुऔषध कारोबारमा संलग्न भएका उनीहरूलाई पक्राउ गरेको हो। , लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न बाराको पिपरपाती गाउँपालिका–४ का समसोदिन मियाँ, बाराकै डुमरवाना–...
सन्जिब बगाले काठमाडौं, कीर्तिपुरकी जेनी थापाले झन्डै १५ वर्ष विकासका क्षेत्रमा काम गरिन्। म्याग्दीमा जन्मे-हुर्केकी जेनीलाई त्यसपछि भने आफूले चाहेको क्षेत्रमा काम गर्ने वातावरण मिलेन। उनी बुवा-आमाकी एक्ली सन्तान थिइन्। उनका श्रीमान पनि एक्लो सन्तान भएकाले दुई परिवार अनि आफ्नो करिअरलाई सँगै लैजान कठिन भयो। अर्कातिर आफ्...
रासस लगातारको वर्षासँगै झरेको पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध भएको छ।, केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण आज बिहान हलेसी तुवाचुङ नगरपालिका–७ स्थित महादेवस्थान नजिक पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गतको दिक्तेल–जयराम सडक अवरूद्ध भएको हो।    , सडकमाथिबाट पहिरो खसेपछि दिक्तेलबाट काठमाडौं, उदयपुर, इटहरी, धरान...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाका साथै महालक्ष्मी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमित भेटिएका छन्। पानी जम्मा हुने स्थानमा सरसफाइमा ध्यान नदिएका कारण  रोगका बिरामी भेटिएका हुन्। , महानगरको वडा नं ५ र १४ तथा महालक्ष्मीका केही वडामा उक्त सङ्क्रमित भेटिएका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा सतिश विष्टले बताए। ‘हा...
रासस पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ।, आइतबार रातिदेखि परेको वर्षाका कारण आज बिहान २ बजेदेखि अवरूद्ध भएको उक्त सडकखण्ड आठ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको हो। , आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरामा सडकमाथिबाट पहिरो खस्दा अवरूद्ध भएको सडकखण्ड पहिरो पन्छाएर दु...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय रूपन्देहीले स्रोत नखुलेको १२ लाख ५० हजार नेपाली रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।, ईलाका प्रहरी कार्यालयको टोलीले आइतबार दिउँसो साढे २ बजेतिर रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १ वाइपास रोडबाट उक्त रकमसहित भारत उत्तर प्रदेश जिल्ला महाराजगञ्ज जुगौली बस्ने ४६ ...
सेतोपाटी संवाददाता महोत्तरीको बर्दिबास बजारको एक घरमा आगलागी भएको छ। , सोमबार दिउँसो एक घरको तेस्रो तलामा रहेको ३६५ जिम हलमा आगलागी भएको इलाका प्रहरी कार्यालयले जनाएको छ। , आगलागी अहिले ९५ प्रतिशत नियन्त्रणमा आइसकेको प्रहरी नायब उपरीक्षक रबि रावलले जानकारी दिए। , ‘अहिले कसरी आगलागी भएको हो भन्ने हेर्न भ्याइसकेको छैन। ...
रासस नक्कली कागजपत्र तयार गरेर बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयबाट एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटना बाहिर आएपछि सोको छानबिन थालिएको छ। , वडा कार्यालयको सिफारिसमा इलाका प्रशासन कार्यालय सिमराबाट भारतको दार्जिलिङ्गी निवासी २१ वर्षीया राजनी राईले गत साउन ३१ गते बाराको निजगढ नगरपालिका–१२ रामथली बसोबास...
सेतोपाटी संवाददाता काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको शव फेला परेको छ।, तारकेश्वर नगरपालिका- २ काभ्रेस्थलीमा सोमबार बिहान श्रीमान्-श्रीमती र दुई छोराछोरीको शव फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , उनीहरू बिहान अबेरसम्म नउठेपछि स्थानीयले घरको ...
एजेन्सी श्रीलंकामा इन्धन कारोबार गर्दा क्युआर कोडमार्फत गर्ने व्यवस्था लागू गरिएको छ। इन्धनको अभाव हुनु र इन्धन किन्न चाहने उपभोक्ता धेरै भएकाले भिड व्यवस्थापन गर्न गाह्रो भएपछि क्युआर कोड प्रणाली लागू गरिएको हो।, क्युआर कोडमार्फत कारोबार गरेपछि इन्धनको समान तथा पारदर्शी वितरण हुने, लाइनमा भिड लगाउन नपर्नेलगायतका फाइद...
सेतोपाटी संवाददाता काठमाडौंमा चार जनाको मृत अवस्थामा फेला परेको घटनामा सुसाइड नोट फेला परेको छ।, सोमबार बिहान तार्केश्वर नगरपालिका-२ पदमशालमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन्।, गोरखा भिमसेनथापा गाउँपालिका-६ अश्राङ  स्थायी  घर भई अहिले पदमशालमा एक तले घर बनाएर बस्दै आएकाहरू मृत अवस्थामा फेला परेका हुन्।...
रञ्जिता अधिकारी/रासस प्यूठान जिल्ला सरुमारानी गाउँपालिका–६ बढीचौरकी १९ वर्षीया हिमा कुसुन्डा महेन्द्र माध्यमिक विद्यालय धर्नामा कक्षा १२ मा अध्ययनरत छन्। उनको मातृभाषा कुसुन्डा हो। परिवार, छरछिमेक सबैले नेपाली भाषा बोल्ने हुँदा उनलाई नेपाली भाषाकै बानी पर्‍यो। मातृभाषा बोल्न आउँदैनथ्यो। अचेल उनी कुसुन्डा भाषामा गीत ले...
युनिक श्रेष्ठ काठमाडौंको तार्केश्वर नगरपालिका-२ पदमशालमा मृत अवस्थामा फेला परेका चारै जनाको पहिचान खुलेको छ। , सोमबार एक तले घरभित्र एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन्। मृतकहरू गोरखा स्थायी घर भई अहिले पदमशालमा बस्दै आएकाहरू हुन्। , मृत फेला पर्नेमा ३८ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३४ वर्षीया सुनिता,...
सेतोपाटी संवाददाता मुस्ताङ जाने सडकमा पहिरो खसेपछि सबै यातायात अवरूद्ध भएको छ। आइतबार बिहान ११ बजे मुस्ताङको काभ्रे भिर नजिकै बादरजुङमा ठूलो पहिरो गएपछि सडक ठप्प भएको हो।, सडक अवरूद्ध भएसँगै मुस्ताङ जान लागेका सयौं सवारी साधान बिच बाटोमै अलपत्र परेका छन्। , पहिरो खस्ने क्रम अझै नरोकिएकाले बाटो खुलाउन कम्तिमा एक सातादे...
सेतोपाटी संवाददाता पछिल्लो एक सातादेखि नेपालमा कोरोना संक्रमण निरन्तर बढिरहेको छ। जसका कारण अस्पताल भर्ना हुने संक्रमितको संख्या पनि विस्तारै बढिरहेको छ। , काठमाडौं उपत्यकामा मात्र सयभन्दा बढी संक्रमित अस्पतालमा उपचाररत् छन्। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आज ८९५ जना संक्रमित थपिएका छन्। योसँगै दे...
सेतोपाटी संवाददाता महोत्तरीको बर्दिबासमा भएको आगलागी नियन्त्रणमा आएको छ। , सोमबार दिउँसो सवा २ बजे बर्दिबास नगरपालिका-२ बजारस्थित सिद्धार्थ बैंक समेत भएको घरको तेस्रो तलामा आगलागी भएको थियो।, अहिले नियन्त्रणमा आइसकेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए। महमद फारूखको तीन तले घर...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ८९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ८९५ जनामा संक्रमण पुष्टि भएको हो।, ५ हजार ९०९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , तीन हजार ६८५ जनाको पिसिआर र दुई हजार २२४ जनाको एन्टिजेन परीक्षण ग...
रासस जिल्ला प्रशासन कार्यालय, पर्साले  सेवाग्राहीको सजिलोका लागि  राष्ट्रिय परिचयपत्र र ई–पासपोर्टको अनलाइन फारम पालिकास्तरबाट भर्न सक्ने गरी  व्यवस्थापन  गरेको छ।, राष्ट्रिय परिचयपत्र, ई–पासपोर्टलाई छिटोछरितो र व्यवस्थित बनाउनको लागि दुबै अनलाइन फारम जिल्लाका चौध वटै पालिकाबाट भर्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अध...
सेतोपाटी संवाददाता आज साउन १५ अर्थात खीर खाने दिन। तीज, श्राद्ध, देवाली, ब्रतबन्ध, भोजभतेर जस्ता शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्दक खानाको रूपमा लिइन्छ। शुद्ध, स्वास्थ्यवर्दक तथा खान सहज भएकै कारण बच्चाको अन्न खुवाई सुरुवात समेत खीर खान लगाएर गरिने प्रचलन छ।, चामल, दूध, ...
सेतोपाटी संवाददाता खोटाङ केन्द्र भएर आज बिहान भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारीअनुसार आइतबार बिहान ८ बजेर १३ मिनेटमा *६ म्याग्निच्युडको भूकम्प गएको हो।, भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महशुस गरिएको थियो।, खोटाङको मार्टिनविर्ता केन्द्र भएर भूकम्प गएको हो।, राष्ट्रिय भूकम्...
सेतोपाटी संवाददाता माध्यमिक शिक्षा परीक्षा एसईईको पुरक परीक्षा भदौ ११ र १२ गते हुने भएको छ।, राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० सानोठिमी भक्तपुरले ग्रेडबृद्धि परीक्षाको समय तालिका आइतबार प्रकाशित गरेको हो।, गत वैशाखमा भएको एसईई परीक्षामा भाग लिएका विद्यार्थीले बढीमा दुई विषयमा मात्र ग...
रासस आफ्नै सहोदर भाइको रकम लिन लुटपाटको नाटक रच्ने महोत्तरीका एक व्यापारी आफैँ फन्दामा परेका छन्।, रामगोपालपुर नगरपालिका–७ सहसौलाका बासिन्दा अरुणकुमार चौधरी आफैँले रचेको बनावटी लुटपाट घटनाको फन्दामा परेका हुन्।, ढाँटछल गरेर भाइको रु पाँच लाख लिने चौधरीको सपना प्रहरीको सुक्ष्म अनुसन्धानले अन्त्य गरिदिएको छ।, उनी अहिले ...
सेतोपाटी संवाददाता आज बिहान खोटाङ केन्द्र रहेर गएको भूकम्पले छिमेकी जिल्ला भोजपुरको एक घर भत्काएको छ।, बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको थियो।, भूकम्पको धक्का काठमाडौं उपत्यकासम्म महशुस गरिएको थियो।, भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बिहान गएको भूकम्पले भोजपुरस्थित टक्सारमा रहेको के...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी स्कुल बस चलाउने चालकहरू कारबाहीमा परेका छन्। , आइतबार बिहान पाँच वटा स्कुलका सवारी चालकले मादक पदार्थ सेवन गरी बस चलाएको खुलेपछि कारबाही गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।, कार्या...
नारायण खड्का दाङको तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टमा ल्याइएको बाउजर (जहाजमा इन्धन भर्ने) फिर्ता लैजाने तयारी गरेपछि त्यसको विरोध सुरू भएको छ।, हवाई इन्धन डिपो कार्यालय दाङका प्रमुख विपिन श्रेष्ठका अनुसार आइतबार नै बाउजर केन्द्रमा पठाउने तयारी भइरहेको छ।, ‘मलाई केन्द्रको आदेश छ र मैले आज नै बाउजर केन्द्रका लागि पठाउनुपर...
सेतोपाटी संवाददाता असंलग्न आन्दोलनमा आवद्ध राष्ट्रका युवाहरूको अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा भाग लिएर नेपाली प्रतिनिधि मण्डल आइतबार स्वदेश फर्किएको छ।, अजरबैजानको राजधानी बाकुमा आयोजित युवाहरूको शिखर सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत  गएका थिए...
नारायण खड्का दाङको टरिगाउँ एयरपोर्टबाट विमानमा इन्धन भर्नका लागि ल्याइएको बाउजर फिर्ता लैजाने भएपछि स्थानीयले विमानस्थलमा तालाबन्दी गरेका छन्।, उपमेयर स्यानी चौधरीको नेतृत्वमा गएको उद्योगी व्यावसायी र जनप्रतिनिधिको टोलीले एयरपोर्टको बाउजर ट्याङ्कर र इन्धन ट्याङ्की राखेको गेटमा बाहिरबाटै ताला लगाइदिएका हुन्।, आइतबार बा...
रासस सर्पदंशका बिरामी एक ३२ वर्षीय युवाको समयमै भ्यान्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु भएको छ।, सिन्धुली घर भई बर्दिबास-४ माइस्थानमा निजी विद्यालय सञ्चालन गर्दै आएका युवराज श्रेष्ठको शनिबार राती सर्पले डसेपछि लगत्तै भ्यान्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु भएको परिवारजनले बताएका छन्।, श्रेष्ठ बर्दिबास-४ स्थित माइस्थान...
लक्ष्मीप्रसाद सापकोटा/रासस नेपालकै अग्ला र लामा पुल तथा साहसिक पर्यटकीय पूर्वाधार रहेको पर्वतमा आव २०७८/७९ मा १४ वटा झोलुंगे पुल निर्माण भएका छन्। जिल्लाका विभिन्न पालिकामा रहेका साना तथा ठूला खोलामा ती पुल निर्माण गरिएका हुन्। झोलुङ्गे पुल निर्माण भएसँगै स्थानीयवासीको दैनिक जीवन सहज भएको छ। , पुलको व्यवस्थाले वर्षाया...
सेतोपाटी संवाददाता शनिबार प्युठानमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ।, घटनास्थलमा एक जनाको मृत्यु भए पनि उपचारको क्रममा थप दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, रूपन्देहीको सिद्धार्थनगर नगरपालिका र मायादेवी गाउँपालिकाबाट स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका यात्रु बोकेको लु ३ च ३५३ नम्वरक...
रासस तनहुँको शुक्लागण्डकी नगरपालिकामा खेर गएको प्लाष्टिक उपयोग गरी सडक निर्माण गरिएको छ।, शुक्लागण्डकी नगरपालिका-७ सेराटारमा स्थानीयस्तरमा जम्मा गरिएको प्लास्टिक प्रयोग गरी सडक निर्माण गरिएको व्यवस्थापन केन्द्रका प्राविधिक विमल बाँस्तोलाले जानकारी दिए।, नगरपालिका-७ सेराटारस्थित सूर्य नेपाल प्रालिको आर्थिक सहयोग एवंं प...
युनिक श्रेष्ठ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत साउन ८ गतेदेखि एउटा अभियान सञ्चालन गर्‍यो। , उपत्यकामा चल्ने सवारीसाधनहरूले ट्राफिक नियमको पालना गरेका छन्/छैनन् भन्ने जाँच गर्न अभियान सञ्चालन गरेको हो।, स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारीसाधनहरूलाई कारबाही तथा स...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ६२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ६२० जनामा संक्रमण पुष्टि भएको हो।, ५ हजार ८४६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ६५१ जनाको पिसिआर र तीन हजार १९५ जनाको एन्टिजेन परीक्षण ग...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरूवा भएको छ। , आइतबार प्रहरी प्रधान कार्यालयले १३ जना एसपीको सरूवा गरेको हो। यस्तै चार जिल्लाका प्रमुख पनि फेरिएका छन्। , जिल्ला प्रहरी कार्यालय उदयपुरमा नेपाल प्रहरी विशेष सुरक्षा गण जनकपुर, धनुषामा रहेका ज्ञानेन्द्रप्रसाद फुयालको सरूवा गरेको छ।, ...
एजेन्सी भारतकी ७२ वर्षीया साबित्री जिन्दाल एशियाकै सबैभन्दा धनी महिला बनेकी छन्।, हरियाणाकी पूर्व मन्त्री र ओम प्रकाश (ओपी) जिन्डाल ग्रुपकी मानार्थ अध्यक्षसमेत रहेकी सावित्री एशियाकै सबैभन्दा धनी महिला बनेकी हुन्। उनले चीनकी अर्बपति याङ हुइयानलाई पछि पार्दै यसपालि पहिलो स्थान लिएकी हुन्।, ब्लुमबर्ग बिलिनेयर इन्डेक्सका...
सेतोपाटी संवाददाता राजनीतिक नियुक्ति बन्द गर्न माग गर्दै चिकित्सक र विद्यार्थीले लामो आन्दोलन चलाएको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्ट्रारमा सूर्य संग्रौलालाई नियुक्त  भएका छन।, उनी कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाका पति हुन्।, त्रिुभवन विश्वविद्यालयको प्राध्यापकबाट अवकाश भएका संग्रौला पछिल...
रासस प्रधानमन्त्री शेरबहादुर देउवाले पशुपति क्षेत्र भएर बग्ने बागमतीलाई स्वच्छ बनाउन माथिल्लो तटीय क्षेत्रमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिएको बताएका छन्।, खानेपानी मन्त्रालयले गुह्येश्वरीमा निर्माण गरेको फोहर पानी प्रशोधन केन्द्रको आइतबार उद्घाटन गर्दै उनले यसले विश्वका हिन्दुको आस्थाको केन्द्र पशुपतिनाथमा धार...
सेतोपाटी संवाददाता बेलायतका राजकुमार चार्ल्सले ओसामा बिन लादेनको परिवारबाट दस लाख पाउन्ड लिएको खुलासा भएको छ।, सन्डे टाइम्सको रिपोर्टअनुसार चार्ल्सले लादेनका दुई सौतेनी भाइहरूबाट सन् २०१३ मा यो रकम लिएको सार्वजनिक भएको बिबिसीले लेखेको छ।, यो रकम चार्ल्सको परोपकारी संस्था 'प्रिन्स अफ वेल्स च्यारिटेबल फन्ड' ले लिएको हो।...
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यसवर्ष भारतमा १६ अर्बको बिजुली निर्यात गर्ने बताएका छन्। , आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले क्रस बोर्डर विद्युत व्यापारमा खुला पहुँच र प्रशारण मूल्य निर्धारणलाई प्राथमिकता विषयक परामर्श कार्यशालामा बोल्दै घिसिङले यसपालि १६ अर्ब बढ...
रासस मलामी जाँदा चिप्लिएर बडिगाड खोलामा बेपत्ता भएका पुरुष मृतावस्थामा भेटिएका छन्।, गुल्मीको मुसिकोट नगरपालिका–४ आरुपाटा बस्ने ५५ वर्षीय तुलबहादुर अधिकारीको शव आइतबार भेटिएको हो।, अधिकारी शनिबार साँझ साढे ४ बजे मलामी जाने क्रममा चिप्लिएर बडिगाड खोलामा बेपत्ता भएका थिए।, बेपत्ता भएको खबर पाउनासाथ स्थानीयका साथसाथै प्र...
रासस अवैध रूपमा मूर्तिसहित विभिन्न सामग्री ल्याउँदै गरेको अवस्थामा पर्सा प्रहरीले आज वीरगन्जबाट एक जनालाई पक्राउ गरेको छ।, चाँदीजस्तो देखिने धातुबाट बनेको साना मूर्तिहरू तथा कचौरासहित पर्सा, वीरगन्ज महानगरपालिका–६ बस्ने १८ वर्षीय साहिलकुमार साहलाई पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।, साहले...
सेतोपाटी संवाददाता साढे दुई वर्षमा सक्नुपर्ने साढे तीन किलोमिटर सडक ६ वर्षसम्म पनि निर्माण सम्पन्न गर्न नसक्नुको मनासिव कारण पेस गर्न भन्दै बुटवल व्यापारिक आयोजनाले ठेकेदार कम्पनीसँग स्पष्टीकरण माग गरेको छ।, बेलहिया-बुटवल व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत विभिन्न मितिमा एउटै ठेकेदार कम्पनीसँग ठेक्का सम्झौता गरिए...
सेतोपाटी संवाददाता काडमाडौंका एकता घिमिरे र सञ्जीव न्यौपानेका नवजात छोरा रिहानलाई उपचार गर्दा लापरबाही गरेको भन्दै ३५ लाख तिराउने गरी उच्च अदालतले गरेको फैसलाको पूर्णपाठ  सार्वजनिक भएको छ।, न्यायाधीश  सुवास पौडेल र हरिप्रसाद पौडेलको इजलासले जेठ ९ गते गरेको फैसलाको पूर्णपाठमा ग्राण्डी अस्पतालले रिहानको उपचार गर्दा चरम ...
दिपकजंग शाही सञ्चालक कम्पनीले सुर्खेत सिटी बसपार्कको भाडा नतिरेपछि वीरेन्द्रनगर नगरपालिका अदालती प्रक्रियामा गएको छ।, नगरपालिकाले शुक्रबार सुर्खेत जिल्ला अदालतमा सञ्चालक कम्पनी पिआर कन्स्ट्रक्सनविरूद्ध मुद्दा दायर गरेको हो।, नगरपालिकाको असार ३१ गतेको निर्णयअनुसार मुद्दा प्रक्रिया सुरू गरिएको नगरपालिकाका प्रमुख प्रशासक...
सेतोपाटी संवाददाता हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थान आसपास रहेकाले आगामी सोमबारसम्म मुलुकभरका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश नम्बर–१, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै ...
रासस बैतडीको डिलाशैनी गाउँपालिकाले पालिकाभित्र एमबिबिएस पढ्न चाहनेलाई छात्रवृत्ति दिने भएको छ। गाउँपालिकाभित्रका एमबिबिएस पढ्न चाहनेका लागि छात्रवृत्तिको आवेदन खुला गरिएको छ। , ‘एक गाउँ, एक डाक्टर’ नीतिअन्तर्गत आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम स्वीकृत कार्ययोजनाअनुसार आवेदन खुला गरिएको गाउँपालिकाका प्रवक्ता य...
सेतोपाटी संवाददाता दाङको देउखुरीमा स्कुल बसले किच्दा तीन वर्षिया बालिकाको ज्यान गएको छ।, गढवास्थित न्यु मुनराइज बोर्डिङ स्कुलको ना ६ ख ६४३२ नम्बरको बसले किच्दा सोही स्कुलमा पढ्ने गढवा गाउँपालिका-७ मानपुर उत्तर टोलकी पूजा थापाको मृत्यु गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।, प्रहरीका अनुसार शुक्रबार स्कुल सकेर घर ...
सेतोपाटी संवाददाता छात्रामा अज्ञात रोगर देखेर विरामी पर्न थालेपछि दार्चुलाका विद्यालय बन्द गरिएको छ।, अपि हिमाल गाउँपालिका–४ मा रहेको खण्डेश्वरी माविका अध्ययनरत छात्रामा एक्कासी छट्पटाउने, मुर्छा पर्ने, रूने, कराउने तथा भीडभाडदेखि डराउने लक्षणहरू देखिएपछि विद्यालय १३ गतेदेखि बन्द छ।, विद्यालयका प्रधानाध्यापक खडकसिंह ल...
सेतोपाटी संवाददाता जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास विरूद्ध उजुरी परेको छ।, सरकारी कागज किर्ते गरी नक्कली परिचयपत्र बनाएको र सो परिचय पत्रले मन्दिरको सम्पती हिनामिना गरेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषामा उनी विरुद्ध उजुरी परेको हो।, सो परिचयपत्र कुन निकायको कुन निर्णयले जारी भएको समबन्धमा अनुसन्धान ...
रासस दाङ तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविले चार शय्याको स्वास्थ्य कक्ष स्थापना गरेको छ। बिरामी परेका विद्यार्थीलाई उपचार गर्नका लागि उक्त शय्या स्थापना गरिएको हो। विद्यालयले नै चार लाख लगानी गरेर विद्यालयमा चार वटा शय्या सञ्चालनमा ल्याएको हो। , विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार विद्यालयमा द...
सेतोपाटी संवाददाता एसिड आक्रमणमा परेकाको उपचार निःशुल्क हुने भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै एसिड आक्रमणमा परेका व्यक्तिहरूले देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क आकस्मिक उपचार सेवा लिन सक्ने बताएको हो।  , आकस्मिक उपचार पछि थप उपचारका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिभुवन विश्...
सेतोपाटी संवाददाता इलाका प्रहरी कार्यालय कोहलपुरको मुद्दा शाखामा कार्यरत असई प्रविण चौलागाईं बिरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ। , बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौंपानेका अनुसार शनिबार पीडित महिला आफ्ना आमा बुवाको साथ जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा आएर असई चौलागाईं बिरूद्ध बलात्कार मुद्दा दिएकी ह...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ६० लाख माथि जनसंख्या छ। त्यसमध्ये २० लाख मानिसले आफ्नै सवारीसाधन प्रयोग गर्ने गर्छन् तर ४० लाख मानिसले अझै पनि प्रयोग गर्ने भनेको फुटपाथ नै हो।, त्यही फुटपाथ पनि अतिक्रमणको लागि हानाथाप हुन्छ। दृष्टि भएकाहरुलाई त प्रयोग गर्न कठिन हुने सडकपेटी दृष्टिविहीनका लागि कस्तो होला? यो मननय...
डा. अरूण शाही पुरूषलाई पनि स्तन क्यान्सर हुन्छ तर महिलाको दाँजोमा निकै थोरैलाई हुन्छ। अर्थात एक सय जनालाई स्तन क्यान्सर भएमा त्यसमध्ये ९९ जना महिला र एक जना पुरूष हुन्छन्।, पुरूषमा हुने स्तन क्यान्सरका लक्षण धेरै किसिमका हुन्छन्। कहिलेकाहीँ स्तन र काखीमा गिर्खा आउँछ। निप्पलमा रगत आउने या सेतो पानी बग्ने हुन्छ कहिले सु...
सेतोपाटी संवाददाता प्युठानको स्वगर्गद्वारी मन्दिरबाट फर्किँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , शनिबार दिउँसो पौने १२ बजे मन्दिर पुगेर फर्किँदै गरेको गाडी अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिए। , उनका अनुसार लु १ च ३५३ नम्बरको गाडी दुर्घट...
युनिक श्रेष्ठ काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष श्यामकुमार अधिकारीको परिवार शोकमा छ। अधिकारी स्वतन्त्र उम्मेदवारी दिएर जितेका वडाध्यक्ष हुन्।, उनले मंगलबारमात्रै आफ्ना भतिजा गुमाए। कीर्तिपुरको टुँसाल चम्पादेवी बस्ने २१ वर्षीय सलिन अधिकारी गत मंगलबार साँझ मृत फेला परेका थिए।, उनी ललितपुरको गोदावरी न...
रासस कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–७ मा रहेको पाँचसय किलोवाटको साना जलविद्युत आयोजना मर्मतका लागि गाउँपालिकाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग माग गरेको छ। , उक्त गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले मन्त्रालयमा पुगेर विद्युत सञ्चालनका लागि बजेट माग गरेका हुन्। , जिल्लामा रहेको एकमात्र पाँच सय किलोवाटको...
सेतोपाटी संवाददाता देशभर ४३८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। , पछिल्लो २४ घण्टामा थप ४३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। शनिबार ३६९९ जनाको कोरोना परीक्षण गरेको थियो। , जसमध्ये १७७९ जनाको पिसिआर र १८२० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। , पिसिआरबाट २९२ र एन्टिजेनबा...
रासस बाटो मर्मतको कारण साबिकबमोजिम फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंका सडकमा फोहोर थुप्रिन थालेका छन्।  , सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साबिकबमोजिम फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौंको मुख्य चोकमा फोहोर थुप्रिन थालेको हो। मुख्यगरी अनामनगर, कलंकी, कालीमाटी, बल्खुलगायतका स्थानमा फोहोर ...
रासस बैतडीमा चितुवाको आक्रमणबाट शनिबार एक वृद्ध घाइते भएका छन्।, घाइते हुनेमा मेलौली नगरपालिका–२ कोटका ७० वर्षीय गणेशबहादुर चन्द छन्।, चन्दलाई घर नजिकैको बारीमा चितुवाले आक्रमण गरेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए।, बिहान चन्दको खोरबाट खसी लगेको चितुवा नजिकैको बारीमा दुम्सीका लागि थ...
सेतोपाटी संवाददाता काठमाडौंको दक्षिणकालीमा एक पुरूष मृत फेला परेका छन्। , दक्षिणकाली नगरपालिका-८ छैमलेस्थित ढुंगेल बस्तीको खोल्सामा एक पुरूष मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।, उनी शुक्रबार मृत फेला परेका थिए। , मृत्यु हुनेमा नुवाकोट घर भएका ३५ वर्षीय धनकुमार राई छन्। , उनको मृत्यु के का...
सेतोपाटी संवाददाता अखाद्यवस्तु मिसाएर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने ९ वटा खाद्य उद्योगविरूद्ध खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रूपन्देहीले अदालत र जिल्ला प्रशासनमा मुद्दा दर्ता गरेको छ।, एउटा उद्योगले आफूले उत्पादन गर्ने ज्वानो र मसलामा मिसावट गर्नुको साथै लेबल नलगाएको र अनुज्ञापत्र नलिई उद्योग संचालन ...
सेतोपाटी संवाददाता नवलपरासी पूर्वमा दुई वर्षीया बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। , कावासोती नगरपालिका-१४ हेगौली बस्ने पुरण चौधरीकी २ वर्षीया छोरी प्रिन्सा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। , आफ्नै घर अगाडि रहेको माछा पोखरीमा डुबेर शनिबार बिहान मृत्यु भएको छ।, खेल्ने क्रममा पोखरीमा डुबेर अशक्त भएकी उनको मध्यव...
रासस पर्साको वीरगञ्जमा करिब एक हजार जना अटाउने होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।, पूर्वाधारको सबै काम सम्पन्न भइसकेको छ भने एक सय श्ययामा अक्सिजन जडानको काम मात्र बाँकी छ। , निर्माणको जिम्मा पाएको हनुमान कन्स्ट्रक्सनका इञ्चार्ज विशाल दाहालका अनुसार गत वर्ष कोरोना संक्रमण दर बढ्दै गएपछि सीमा नाकाबाट न...
रासस नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले यस वर्षको उत्कृष्ट ‘इन्जा खोजी पत्रकारिता’ पुरस्कार वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीलाई प्रदान गरेको छ।, अन्तर्राष्ट्रिय कम्पनी कोकाकोलाले नेपालमा कर छली गरेको विषयलाई पत्रकारिताको माध्यमबाट सूचना सम्प्रेषण गरी राज्यलाई रु सात अर्ब राजस्व असुल गर्न सहयोगी भूमि...
सेतोपाटी संवाददाता राहदानी बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। , प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले चार जनालाई पक्राउ गरेको जिल्‍ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। , काठमाडौं महानगरपालिका-११ को त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकैबाट चार जनालाई पक्राउ गरेको हो। , पक्राउ ...
रासस देशभर सामान्य बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ। , जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्य बदली भई अधिकांश भू–भागमा मेघगर्जन-चट्याङ हल्कादेखि मध्यम वर्षा हुने भएको छ। , साथै प्रदेश नं १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको...
रासस महोत्तरीको गौशाला–सम्सी सडकखण्डमा छुरा प्रहार गरी एक व्यापारीको पाँच लाख रुपैयाँ लुटिएको छ।, इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रका अनुसार जिल्लाको रामगोपालपुर नगरपालिका–७ सहसौला बस्ने ३५ वर्षीय अरुणकुमार चौधरीमाथि अज्ञात समूहले छुरा प्रहार गरी उनको साथमा रहेको पाँच लाख रुपैयाँ लुटेको हो।, आ...
सेतोपाटी संवाददाता हलिउड अभिनेता लियोनार्दो डिकाप्रियोले बाघको संख्या लक्ष्यभन्दा धेरै बढाउन सफल भएकोमा नेपाललाई बधाई दिएका छन्।, उनले विश्व बाघ दिवसका अवसरमा शुक्रबार आफ्नो फेसबुक र ट्विटरमार्फत नेपाललाई बधाई दिएका हुन्।, उनले आफ्नो बधाई सन्देशमा लेखेका छन्, 'आज विश्व बाघ दिवस। नेपालले सन् २०२२ सम्म बाघको संख्या दोब्...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ७१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ७१० जनामा संक्रमण पुष्टि भएको हो।, ५ हजार २५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ५४१ जनाको पिसिआर र दुई हजार ४८४ जनाको एन्टिजेन परीक्षण ग...