content
stringlengths
20
64.1k
रासस पश्चिम चितवनमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।, मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ देवनगर बस्ने ५१ वर्षीया माया विक रहेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।, निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार स्थानीय दक्षिणकाली सामुदायिक वनमा घाँस काट्न गएकी विकलाई शुक्रबार दिउँसो १२ः३० बजे ह...
रासस निजामति कर्मचारी अस्पताल र आन्दोलन चिकित्सक तथा कर्मचारीबीच सहमति भएको छ।, अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेल, डक्टर्स एसोसिएसन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा सुमनबाबु मरठ्ठा र अस्पताल निजामति कर्मचारी युनियनका अध्यक्ष सन्तोष धिमालबीच तीन बुँदे सहमति भएको अस्पतालका आर्थिक तथा प्रशासन विभाग प्रम...
सेतोपाटी संवाददाता अझै केही दिन मुलुकका केही स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा रहेकाले ठूलो पानी पर्ने सम्भावना नभए पनि केही दिन मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।, हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्ड...
एजेन्सी थाइल्यान्डको दक्षिणपूर्वी प्रान्त चोनबुरीस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तीमा १४ जनाको ज्यान गएको छ। आगलागीमा परि ४० जना घाइते भएको समाचार संस्था एपीले जनाएको छ।, स्थानीय समय अनुसार शुक्रबार १२:४५ बजे बजे सताहिप जिल्लास्थित माउन्टेन बी नाइटस्पोटमा आगलागी भएको थियो।, प्रत्यक्षदर्शीहरूले स्टेज नजिकैको छतमा ...
डा आशिष दत्त रिस एक किसिमको भावनात्मक अवस्था हो। मान्छेको विभिन्न भावनात्मक अवस्था हुन्छन्। कहिले मान्छे दुःखी हुन्छ, कहिले हाँस्छ, कहिले अत्तालिन्छ त्यो नै रिस एउटा भावना हो। यो सामान्य हो। यो प्राकृतिक हिसाबलेनै उत्पन्न हुन्छ।, हामीले हरेक दिन धेरै कुरा अनुभूति गरिरहेका हुन्छौं। अनुभूति गर्ने क्रममा विभिन्न किसिमको ...
सेतोपाटी संवाददाता दुई महिनादेखि काठमाडौंको सडकमा फोहर थुप्रदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ। बाटो मर्मतको कारण देखाउँदै काठमाडौं महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै फोहर देखिन थालेको हो। , विशेष गरी काठमाडौंका मुख्य सडक कलंकी, कालीमाटी, टेक...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ, धाप, नाकाते, र आसपास ठूलो वर्षा भएको छ।, यस क्षेत्रमा पछिल्लो तीनदेखि छ घण्टा ठूलो वर्षा मापन गरिएको भन्दै जल तथा मौसम विज्ञान विभागले जिल्लाको मेलम्ची, बलेफी र अन्य साना खोलामा आकस्मिक बाढीको चेतावनी दिएको छ।, बाढी पुर्वानुमान महाशाखाले कमजोर भिरालो जमिनमा पहिरोको जो...
रासस लगातारको वर्षापछि आएको बाढीका कारण हेलम्बु-मेलम्ची र पाँचपोखरी सडकखण्ड अवरुद्ध भएको छ। , ग्यालथुम, चनौटे, तालामाराङ, सिमखेतलगायत ठाउँमा बाढीसँगै पहिरो जाँदा मेलम्ची-हेलम्बु सडकखण्ड अवरूद्ध भएको हो।, सडक अवरूद्ध भएपछि काठमाडौंसम्म चल्ने सार्वजनिक यातायातका साधन तथा एम्बुलेन्स बाटोमै फसेका छन्। बाढीका कारण मेलम्ची ...
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, समाज, कला, धार्मिक, सांस्कृतिक  लगायतका क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' मा प्रस्तुत गरेको छ।, आजको शृंखलामा हामीले साउन १५ देखि साउन २१ गतेसम्म कैद गरिएका केही महत्वपूर्ण तस्बिर समेटेका छौं।, सुर्खेतमा रवि लामिछाने क्रेज। मंगलबार सुर्खेतमा ...
सेतोपाटी संवाददाता सडक पिच गर्न माग गर्दै ललितपुर महानगरपालिकाको नख्खुबाट भैंसेपाटी जाने बाटो ‍स्थानीयले अवरूद्ध गरेका छन्।, शनिबार बिहान ललितपुर महानगरपालिकाको नख्खुबाट भैंसेपाटी जानेबाटो पिच गर्न भन्दै सडक अवरूद्ध गरेका हुन्।, वडा नम्बर १८, २१, २२ र २५का स्थानीयले मिलेर बाटो छेकेर अवरूद्ध गरेका थिए। , उनीहरूले अवरूद...
नारायण खड्का सल्यानमा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ। , शारदा नगरपालिका-४ साइलाकम्दकी ४ वर्षीया जोशना बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो। , जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काका अनुसार प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा शनिबार दिउँसो साढे १२ बजेतिर बालिकाको मृत्यु भएको हो। , उनको जिल्ला अस...
सेतोपाटी संवाददाता जुवा खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको ह्छ। , काभ्रेको नमोबुद्ध नगरपालिका-१० पुरानोगाउँ बस्ने लक्ष्मण गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-९ बस्ने ३३ वर्षीय प्रेम श्रेष्ठलगायत १० जनालाई पक्राउ गरेको हो। , उनीहरूलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको हो।, जुवातास खेल...
सेतोपाटी संवाददाता देशभर थप ६६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , पछिल्लो २४ घण्टामा ४ हजार ६८२ जनाको कोरोना परीक्षण गर्द ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। , मन्त्रालयका अनुसार एक हजार ९४२ जनाको पिसिआर गर्दा ३२६ जनामा संक्रमण र २ हजार ७४० जनाको एन्टिजेन परीक्...
सेतोपाटी संवाददाता कैलालीमा कुलोमा डुबेर एक जना बालकको मृत्यु भएको छ।, टिकापुर नगरपालिका-१ एकतानगर शिविर बस्ने लाल सिंह परियारका १२ वर्षीय छोरा दिनेशको मृत्यु भएको हो। , शनिबार दिउँसो उनी सोही ठाउँस्थित जमरा कुलोमा डुबेका हुन्।  , जिल्ला प्रहरी कार्यालयका अनुसार उनी नुहाउने क्रममा अचानक पानीमा डुबेका थिए। उनको उद्धार ...
रासस तनहुँका विभिन्न स्थानमा रहेका क्रसर उद्योग बिना दर्ता सञ्चालन हुँदै आएका छन्।, जिल्लामा सञ्चालनमा रहेका १९ क्रसर उद्योगमध्ये १० वटा दर्ता नभएको र सर्त पूरा नगरी सञ्चालन हुँदै आएका हुन्। , अन्य नौवटाले दर्ता गरी सञ्चालन गरे पनि मापदण्ड पूरा नगरेकाले नवीकरण रोकिएको जिल्ला समन्वय समितिले जनाएको छ।, क्रसर उद्योग सञ्च...
रासस हेटौंडाका उद्योगले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयलाई १४ करोड रुपैयाँ बढी भाडा बुझाउन बाँकी छ। , कार्यालयले विभिन्न उद्योगहरूलाई उक्त रकम भुक्तानीका लागि पत्राचार गरेको छ।, लामो समयदेखि सहुलियत दरमा भाडा लिइरहेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले चार वर्ष अगाडिको निर्णय कार्यान्वयन गर्दै उद्योगला...
रासस बैतडीको सुर्नया गाउँपालिका–७ का ३७ वर्षीय रघुवीर कुँवर मृत अवस्थामा फेला परेका छन्।, जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोकराज जोशीका अनुसार उनी वडा नम्बर ७ रौतगाउँको गोराखला टोल घर भएका बिहान वडाको घङ्राड भन्ने ठाउँमा मृत भेटिएका हुन्।, पारिवारिक स्रोतका अनुसार उनी बिहीबार दिउँंसो साम...
रासस सप्तकोसी नदीमा पानीको सतह पुनः बढ्दै गएको छ। पानीको बहाव बढेपछि ५६ मध्ये ३३ ढोका खुला गरिएको छ। शनिबार मध्याह्न ब्यारेजका २९ वटा ढोका खोलिएकामा थप चारवटा ढोका खोलिएको हो।, शनिबार अपराह्नको मापनअनुसार पानीको बहाव दुई लाख २५ हजार तीन सय ५० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ। जलाधार क...
रासस गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु १ ख १८६६ नम्बरको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको मृत्यु भएको छ।, आज बिहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले बताए।, ट्रक बा...
रासस अविरल वर्षाले आएको पहिराले गए रातिदेखि डुम्रे–बेँसीशहर ​र बेँसीशहर चामे सडक  पुनः अवरुद्ध भएको छ । डुम्रे बेँसीशहर सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराे र मर्स्याङ्दी गाउँपालिका–४ रामबजार पहिराले बेँसीशहर चामे सडक अवरुद्ध भएको हो । , वैकल्पिक सडकका रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठ...
सेतोपाटी संवाददाता देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।, देशका पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको ...
सेतोपाटी संवाददाता उत्तरी गोरखाको सिर्दिवासबाट माछीखोलातर्फ खच्चड ल्याउँदै गर्दा पहिरोमा परेर गम्भीर घाइते भएका सुरेश गुरूङ (बुलसिं) को उपचारका क्रममा मृत्यु भएको छ।, साउन २० गते धार्चे गाउँपालिका वडा नम्बर १ यारू बगरस्थित क्यान्टिलिभर पुलनजिकै पहिरो खस्दा खच्चड धनीसमेत रहेका ड्राइभर (खचण्ड धपाउने व्यक्ति) गुरूङ घाइते...
सेतोपाटी संवाददाता सर्वोच्च अदालत अगाडि धर्ना दिन पुगेकी निहारिका राजपुतलाई प्रहरीले बसन्तपुर पुर्‍याएको छ। , बसन्तपुरमा न्याय माग्दै अनशन बस्दै आएकी राजपुत आइतबार बिहान सर्वोच्च पुगेकी थिइन्। , निषेधित क्षेत्र भएको भन्दै उनलाई त्यहाँबाट प्रहरीले हटाएको जिल्‍ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले...
सेतोपाटी संवाददाता त आर्थिक वर्षमा दाङ र रूकुममा १९ वटा झोलुंगे पुल बनेका छन्।, पुल निर्माणको काम गर्दै आएको सेवा प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालय दाङका अनुसार ३ जिल्लामा १९ वटा पुलहरू निर्माण भएका हुन।, दाङ, रूकुम पूर्व र रूकुम पश्चिम आर्थिक वर्ष २०७८/०७९ मा १९ वटा  झोलुंगे पुल क्षेत्रगत कार्यक्रमअन्तर्गत निर्माण ...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ७६० जनामा संक्रमण पुष्टि भएको हो। , ५ हजार ९२६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ५८९ जनाको पिसिआर र तीन हजार ३३७ जनाको एन्टिजेन परीक्षण ग...
सेतोपाटी संवाददाता उदयपुरको वेलका नगरपालिकास्थित कोसी प्रभावित क्षेत्रबाट मानिसहरूलाई सुरक्षित ठाउँमा ल्याइए पनि बिहीबार बिहानैबाट मानिसहरू आफ्नो घर फर्किन थालेका छन्। , नगरपालिकाका मेयर अशोक कार्कीले आरक्षले जग्गा हडप्ने हल्ला फैलिएपछि बिहीबार बिहानैदेखि मानिसहरूमा घर फर्किन थालेको बताए।  , 'प्रभावित क्षेत्र कोसी टप्...
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट राजश्व छली गरेको सुर्तीजन्य पदार्थसहित चार जनालाई पक्राउ गरेको छ। , सिन्धुली तीनपाटन गाउँपालिका-६ घर भई बूढानीलकण्ठ नगरपालिका-११ बस्ने ५६ वर्षीय पोष्टराज गौतम, मोरङ विराटनगर नगरपालिका-१२ घर भई धोबिघाट बस्ने ५३ वर्षीय सुरेश पोखरेल, सर्लाही विष्णु गाउँपालिका-३ घर भई हाल कुलेश्वर ब...
सेतोपाटी संवाददाता विप्लव नेतृत्वको नेकपा सल्यानका एक नेता मृत फेला परेका छन्। , नेकपाका विशेष कमिटी सदस्य तथा पूर्वजिल्ला इन्चार्ज ५४ वर्षीय लोकपाल केसी (महेन्द्र) बिहीबार मृत फेला परेका हुन्। , उनी बागचौर नगरपालिका-१० मोख्लास्थित धान खेतमा मृत फेला परेको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए।, जिल्ला...
रासस ग्रामीण हुलाकी मार्ग निर्माणमा ढिलाइ हुँदा जनप्रतिनिधिले आक्रोश पोखेका छन्।, नियम, कानुन र प्रक्रिया पूरा गरेर ठेक्कापट्टा लिएका निर्माण व्यवसायीले आफूले कबोल गरेको समयसीमाभित्र विकास निर्माणको काम नगर्दा जनप्रतिनिधि मात्र होइन मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पनि आक्रोश व्यक्त गरेका छन्।, हुलाकी राजम...
सेतोपाटी संवाददाता प्रहरीले विमानस्थलबाट ३२० ग्राम सुनको बेरूवा औंठीसहित दुई जनालाई पक्राउ गरेको छ।, मोरङ विराटनगर महानगरपालिका-१५ रामपुरका विवेक तिम्सिना र दक्षिणकाली नगरपालिका-४ का साजन श्रेष्ठलाई पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ। , प्रहरीले विवेक र साजनको साथबाट दुई-दुई था...
युनिक श्रेष्ठ काठमाडौंमा चिनियाँ नागरिकलाई अपहरण गर्ने दुई जना प्रहरीसहित ६ जना पक्राउ परेका छन्।, बुधबार राती प्रहरीले ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , पक्राउ पर्नेमा गोरखा आरूघाट गाउँपालिका-७ घर भई काठमाडौंको रानीबारी बस्ने ३७ वर्षीय कर्णबहादुर गुर...
रासस कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा लागुऔषधसहित श्रीमानश्रीमती पक्राउ परेका छन्।, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका लागुऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले जीवनकुमार सिंह र उनकी श्रीमती विमला बुढा क्षेत्रीलाई बिहीबार दिउँसो साढे एक बजे पक्राउ गरे...
रासस भक्तपुरमा गुन्हुँपुन्ही (जनैपूर्णिमा) साउन २६ गते र सापारू (गाईजात्रा) साउन २७ गते मनाइने भएको छ।, यस वर्ष जनैपूर्णिमा र गाईजात्रा एकै दिन परेकाले अन्यौल उत्पन्न भएको जनाउँदै भक्तपुर नगरपालिकाले तलेजूका पुजारीहरूसँगको छलफलपछि साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निर्णय गरेको हो।, भक्तपुरमा चाडपर्व मन...
रासस सूर्यविनायक नगरपालिका–७ गुन्डुस्थित पाथिभरा मन्दिर परिसरमा द्वारकाधाम निर्माण हुने भएको छ।, श्रीमद्भागवत तथा गौ संरक्षण केन्द्रले बिहीबार गरेको पत्रकार सम्मेलनमा पश्चिम भारतको गुजरातमा रहेको प्रसिद्ध द्वारकाधाम जस्तै धाम गुन्डुमा बन्ने बताएको हो।, पाथिभरा मन्दिरका मूल गुरु अरविन्द शास्त्रीले भने, 'भक्तपुरको गुन्ड...
युनिक श्रेष्ठ भारतमा सुन चोरी गरेको घटनामा चार जना नेपाली पक्राउ परेको खुलेको छ। , जिल्ला प्रहरी कार्यालय कैलालीले चार जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए। , बुधबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको थियो। , मुम्बई उड्...
रासस कालीगण्डकी करिडोरअन्तर्गतको बेनी-जोमसोम सडकखण्ड तीन दिनपछि बिहीबार साँझदेखि सञ्चालनमा आएको छ।, मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडक काभ्रेभिरमा गएको सुक्खा पहिराेका कारण गत सोमबारदेखि अवरुद्ध बनेको थियो।, अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरमा सुक्खा पहिरो गएको र सोही स्थानको घो...
सेतोपाटी संवाददाता आज देशभर मौसम बदली भई काठमाडौं उपत्यकासहित केही स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , महाशाखाका अनुसार अहिले (शुक्रबार बिहान) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान र बागमती प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।, आज दिउँसो म...
सेतोपाटी संवाददाता मुग्लिन–नारायणगढ सडक खण्ड फेरि अवरूद्ध भएको छ।, चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा ठूलो पहिरो झरेपछि गएराति २ बजेबाट सडक अवरूद्ध भएको  जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।, प्रहरीका अनुसार हाल तीन वटा डोजरको सहायताले पहिरो पन्छाउने काम सुरू भएको छ।, ठूलो पहिरो खसेकाले हटाउन समय लाग...
रासस काठमाडौं विश्वविद्यालयले स्नातकोत्तर तहमा सञ्चार अध्ययन (मास्टर्स इन मिडिया स्टडिज) कार्यक्रम सुरु गरेको छ।, विगत १६ वर्षदेखि सो विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्दै आएको विश्वविद्यालयको मानविकी सङ्कायअन्तर्गत भाषा तथा आमसञ्चार विभागले यसै शैक्षिकसत्रदेखि सञ्चार उद्यमशीलता, व्यवस्थापन र विशिष्टताका आयामहरू अध्या...
दुर्गा देवकोटा/रासस गत वर्ष कात्तिकमा आएको बाढीमा घरखेत गुमाएका कैलालीका तटीय क्षेत्रका नागरिक नियमित वर्षा हुन थालेपछि त्रासमा छन्। वर्षा नियमित र नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका नागरिक रातिको समयमा निदाउन सकेका छैनन्। , टीकापुरको वैदीकी सुशीला बस्नेतले गत वर्ष धान स्याहार्न नपाएको पीडा भुलेका छैनन्। उनलाई नि...
सेतोपाटी संवाददाता नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल आजबाट अवकाश भएका छन्।, प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार ५६ वर्षे उमेर हदका कारण पोखरेलले शुक्रबारदेखि अवकाश पाएका हुन्।, अनिवार्य अवकाश पाउनुअघि गत साउन २ गते पोखरेलले पदबाट राजीनामा दिएका थिए। प्रहरी महानिरीक्षक धिरजप्र...
रासस राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र अव्यवस्थित रूपमा रहेका तार हटाइने भएको छ।, ठमेल पर्यटन विकास परिषद्को कार्यालयमा बिहीबार सरोकारवाला निकायसँग बसेको बैठकले ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक कम्पनीका तार हटाउने निर्णय गरेको हो ।, परिषद्का अध्यक्ष भविश्वर शर्माले राजधानीको प्रमुख ...
एजेन्सी संयुक्त राज्य अमेरिकाले मंन्कीपक्स प्रकोपलाई राष्ट्रिय जनस्वास्थ्य संकटकाल घोषणा गरेको छ। , संक्रमितहरुको संख्या अमेरिकाभर बढ्दै गएपछि जनस्वास्थ्य संकटकाल घोषणा गरेको हो। यसअघि विभिन्न राज्य र सिटीहरुले मङकीपक्स संकटकाल घोषणा गरे पनि राष्ट्रिय संकटकाल भने घोषणा गरिएको थिएन।, स्वास्थ्य र मानव सेवा विभागसँगको छल...
रासस झापाको मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ। , पानीमा तैरिरहेको अवस्थामा आज बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए। , पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको हो।, शिशु जन्मनेबित्तिकै खो...
सेतोपाटी संवाददाता प्रहरीले कैलालीबाट बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ।, बैतडी डिलासैनी गाउँपालिका-२ का राजेन्द्र सिंह भण्डारी र डोटी जोरायल गाउँपालिका-२ का समिर ओली, कैलाली चुरे गाउँपालिका-६ का टेकबहादुर रावत र धिरेन्द्र रावतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।, प्रहरीले उनीहरूलाई शुक्रब...
सेतोपाटी संवाददाता नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सल्यान जिल्लाका नेता लोकमान खत्री (लोकपाल) को मृत्यु प्रकरणमा उनीसँगै मदिरा सेवन गरेका व्यक्तिविरूद्ध किटानी जाहेरी परेको छ।, लोकमानका छोरा लोकेशकुमार खत्रीले छत्रेश्ववरी गाउँपालिका वडा नम्बर १ का ४० वर्षीय टोपबहादुर खत्रीविरूद्ध जाहेरी दिए...
सेतोपाटी संवाददाता प्रहरीले निहारिका राजपुतलाई सिंहदरबारबाट नियन्त्रणमा लिई बसन्तपुरमा लगेको छ। , आफूले न्याय नपाएको भन्दै सिंहदरबार क्षेत्रमा अनशन बस्न पुगेकी राजपुतलाई प्रहरीले निषेधित क्षेत्रमा अनशन बस्न नपाउने भन्दै बसन्तपुर पुर्‍याएको प्रहरीले जनाएको छ। , ‘सिंहदरबार क्षेत्रमा कहीँ कतै बस्न पाइँदैन,’ प्रहरी स्रोतल...
भगवती पाण्डे अधिकांश सहरको प्रमुख चुनौती बनेको छ-फोहोरमैला व्यवस्थापन। घर-घरबाट संकलन गरिने र बजारमा यत्रतत्र फालिएका फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा सहर दुर्गन्धित बन्ने गरेको छ। बासिन्दाको स्वास्थ्यमा पनि जोखिम हुने गरेको छ।, यता रूपन्देहीको तिलोत्तमा नगरपालिकालाई भने ढुक्क छ।, तिलोत्तमामा नगरपालिका र राष्ट्रसंघ...
भगवती पाण्डे साउन लागेसँगै बुटवलमा डेंगीका बिरामी बढ्दै गएका छन्। असारदेखि नै डेंगीका बिरामी अस्पतालमा आउने गरेकोमा साउन लागेपछि भने दैनिक १५/१६ जनामा डेंगीको संक्रमण देखिएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ।, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले असारमा फाट्टफुट्ट बिरामी आउने गरे पनि साउन लागेप...
सेतोपाटी संवाददाता अविरल वर्षासँगै आएको पहिरोले मंगलबारदेखि बुधबार दिउँसोसम्म मुग्लिन-नारायणगढ सडक खण्ड अवरूद्ध भयो।, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकाको १७ किलो र इच्छाकामना गाउँपालिका वडा नम्बर ६ मा पर्ने ३ नम्बर पुलको बीचमा खसेको पहिरोले सडक अवरूद्ध भएको हो।, यसैगरी भरतपुर महानगरपालिका २९ मा...
एजेन्सी चीनमा एक जना प्रेमीले आफ्नी प्रेमिकालाई कारले ठक्‍कर दिएर हत्या गरेका छन्। , बुधबार हेबेई प्रान्तको ताङ्गशानमा वाङ नाम गरेकी एक महिलालाई झाङ नामका प्रेमीले पहिला ठक्कर दिए। उनी ढलेपछि प्रेमीले पटक-पटक गाडीले किचेर उनको हत्या गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।, त्यो भिडिओ अहिले चिनियाँ सामाजिक सञ्जाल प्र...
भगवती पाण्डे गत असार १० गते अर्घाखाँचीको मालारानी गाउँपालिका–२, डाँडाकटेरीकी २७ वर्षीया सरू भट्टराईको हत्या भयो। उनकै श्रीमान कमल भुसालले खरबारीमा घाँसदाउरा लिन गएको समयमा एक्लै पारी गम्छाले घाँटी कसेर हत्या गरेका थिए।, गत जेठ १३ गते मालारानी गाउँपालिकामै सात वर्षकी एक बालिकालाई बलात्कार गर्ने प्रयास गरेको आरोप लगाएर ...
सेतोपाटी संवाददाता लोक सेवा आयोगको परीक्षा दिँदा उत्तरपुस्तिकामा फोन नम्बर लेख्ने परीक्षार्थीको परीक्षा रद्द गरिएको छ।, कर्णाली प्रदेश लोक सेवा आयोगले लिएको स्वास्थ्य सेवातर्फको परीक्षामा एक जना उम्मेदवारले ‘मलाई फोन गर्नू’ लेखेर आफ्नो मोबाइल नम्बर उत्तरपुस्तिकामा लेखेका थिए।, विज्ञापन नम्बर ५८४/५८८-०७८/७९ स्वास्थ्य स...
सेतोपाटी संवाददाता आन्तरिक राजस्व कार्यालयकी कम्प्युटर अधिकृत ३० हजार घुससहित पक्राउ परेकी छन्। , बुधबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानलाई ३० हजार घुससहित पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।, उनले कम्प्युटर बिल...
सेतोपाटी संवाददाता करिब ४५ वर्षअघि काठमाडौंको छुस्या बहालबाट दिपंकर बुद्धको मूर्ति चोरी भयो।, हरेक दिन पूजा गरिने र हरेक वर्ष पञ्चदानमा महत्वपूर्ण मानिने बुद्धको मूर्ति चोरी भएपछि बहालका सदस्यहरूलाई आपत पर्‍यो। उनीहरूले अर्को वर्षको पञ्चदानसम्ममा पहिलेभन्दा सानो १८ इन्चको बुद्ध मूर्ति बनाए र त्यसैलाई पूजा गर्न थाले।, ...
नारायण खड्का कारागारमा रहेका केटा साथी छुटाइ दिने भन्दै युवतीलाई तनहुँबाट दाङमा बोलाएर बलात्कार गरेको तथ्य सार्वजनिक भएको छ।, नेकपा माओवादी केन्द्रका नेता विष्णु शर्मामाथि युवतीलाई बलात्कार गरेको आरोप लागेको छ। , दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ डाँडाखुटी घर भई वडा नं. ९ बेलुवामा बसोबास गर्दै आएका ३८ वर्षीय विष...
सेतोपाटी संवाददाता प्रहरीले लागु औषध खैरो हेरोइनसहित १२ जनालाई पक्राउ गरेको छ।, प्रहरीले नेपालका विभिन्न स्थाबाट ४५९ ग्राम खैरो हेरोइनसहित १२ जनालाई पक्राउ गरेको लागु औषध नियन्त्रण ब्यूरोका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए।, पक्राउ पर्नेमा ताप्लेजुङ फुङ्लिङ नगरपालिका-१ का २७ वर्षीय राजकुमार तामाङ, मौ...
रासस मेलम्ची नगरपालिका–४ थकनीको डाँडाकटेरीमा १४ घर पहिरोको उच्च जोखिममा परेका छन्। जोखिममा परेका १४ घरको आज नगर उपप्रमुख उमा प्रधानलगायत जनप्रतिनिधि र प्राविधिकले अवलोकन गरेपछि तत्काल राहतका लागि वडामार्फत नगर कार्यपालिकामा सिफारिस गर्न आग्रह गरिने भएको वडासदस्य कमल तामाङले बताए।, कान्छाराम तामाङ, जितबहादुर तामाङ, रणब...
रासस विराटनगरस्थित विराट नर्सिङ होममा एक महिलाको पाठेघरबाट नौ किलो २०० ग्रामको फाइब्रोड नामक ट्युमर शल्यक्रिया गरी झिकिएको छ।, मोरङको पथरी शनिश्चरे नगरपालिका–४ निवासी ३९ वर्षीया महिलाको पेटबाट अस्पतालका चिकित्सक ज्ञानेन्द्रमान सिंह कार्कीको नेतृत्वमा बुधबार सफल शल्यक्रिया भएको हो।, करिब एक घण्टा २० मिनेट लगाएर गरिएको ...
राजु अधिकारी 'बाह्र वर्षमा खोलो फर्किन्छ' भन्ने सुन्दै आएका उदयपुर, बेलका नगरपालिका बासिन्दाको थातथलोमा सप्तकोशी ३४ वर्षपछि फर्किएको छ। , २०४५ सालमा कोशीले धार परिवर्तन गरेपछि पसिना र श्रम खर्चेर आवादीयुक्त बनाएको ठाउँमा बुधबार नदीको बहाव आयो। यसले बेलका नगरका पाँच वटा वडा र सुनसरी बराहक्षेत्रका दुई वटा वडा सोहोर्‍यो।...
रासस महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले कपनको भृकुटी चोकबाट हुण्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ। , सादा पोशाकमा खटेको प्रहरी टोलीले गोरखा चुमनुव्री गाउँपालिका घर भई हाल काठमाडौं तीनचुली बस्ने वर्ष २४ का धावा घ्याल्चेनलाई बुधबार राति पक्राउ गरेको हो।, बुधबार साँझ भृकुटी चोक सडकख...
रासस प्रदेश लोकसेवा आयोग, कर्णालीले यही साउन ४ गते लिएको स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूहका परीक्षार्थीलाई दुई वर्ष उम्मेदवार हुन नपाउने गरी रोक लगाउने निर्णय गरेको छ।, आयोगबाट साउन ७ गते सञ्चालन भएको विज्ञापन नं ५८४–५८८/०७८–०७९ को सहायकस्तर चौथो तह, अहेव पदको प्रथम चरणको लिखित परीक्षामा सहभागी सिद्धकुमाख गाउँपा...
सेतोपाटी संवाददाता हाल देशभर सामान्य बदली रही काठमाडौं उपत्यकासहित केही स्थानमा हल्का वर्षा भइरहेको छ।, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौ...
रासस राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ।, बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेपछि कक्षा ११ पढाइ हुने अधिकांश विद्यालयले एक साताभित्र विद्यार्थी भर्ना गर्ने गरी आ...
रासस १० वर्षे शसस्त्र द्वन्द्वको उद्गम स्थलको रुपमा रहेको बागलुङको ताराखोलाका शहीद, बेपत्ताका परिवार तथा घाइतेलाई गाउँपालिकाबाट मासिक भत्ता प्राप्त गर्ने भएका छन्। ताराखोला गाउँपालिकाले द्वन्द्वको क्रममा भएका शहीद, वेपत्ताका परिवार, घाइते तथा अपाङ्गलाई मासिक भत्ता दिने भएको छ। , पालिकाले गाउँसभाबाट नीति तथा बजेटमा सो ...
रासस सप्तरीमा बुधबार करेन्ट लागेर ससुरा–बुहारीसहित तीन जनाको मृत्यु भएको छ। कञ्चनपुर नगरपालिकामा गए राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो। , मृत्यु हुनेमा कञ्चनरुप–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार छन्। उनीहरु ससुरा–बुहारी हुन्।, इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रामकुमार...
रासस म्याग्दीका प्रमुख नदीमा बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु परिचालन गरिएको छ । , जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार स्थानीय तहहरुले कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा बर्खामा आउने बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु व्यवस्थापन गरेका हुन्।, प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बर्खायामको अवधि...
सेतोपाटी संवाददाता कोसी प्रभावित क्षेत्रमा उद्धार कार्य बिहीबार बिहानैबाट सुरू गरिएको छ।, नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी प्रभावित क्षेत्रमै रहेर उद्धार कार्य जारी राखेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए।, प्रजिअ यादवका अनुसार प्रभावित क्षेत्रमा पानीको सतह कम हुँदै गएको र उद्धार तथ...
राजु अधिकारी कोसी टप्पु वन्यजन्तु आरक्षले आफू नभएको मौका छोपेर जग्गा कब्जा गरिदिने त्रासकै कारण कोसी बाढीमा फसेका सयौं सर्वसाधारण ज्यान माया मारेर घरखेत रूघेर बसेका छन्।, ३४ वर्षपछि धार बदलेर कोसीको भँगालो गाउँ पसेपछि उदयपुरको बेलका नगरपालिका १, २, ३, ८ र ९ नम्बर वडा तथा सुनसरीको बराहक्षेत्र नगरपालिकाको ६ र ९ नम्बर वड...
सेतोपाटी संवाददाता नेपालगन्जबाट काठमाडौंका लागि उडेको केहीबेरमै इन्जिनमा समस्या देखिएपछि श्री एयरलाइन्सको जहाज फेरि नेपालगन्ज फर्किएको छ।, श्री एयरलाइन्सको नेपालगन्ज कार्यालयका अनुसार ७९ यात्रु र ४ जना चालक दलका सदस्यसहित बिहीबार बिहान ९ बजेर ४९ मिनेटमा उडेको जहाज पाँच मिनेट नपुग्दै फेरि नेपालगन्ज फर्किएको हो।, जहाजमा...
एजेन्सी अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी एक जना सांसदको सवारी दुर्घटनामा मृत्यु भएको छ।, समाचार संस्था रोयटर्सका अनुसार इन्डियाना राज्यबाट रिपब्लिकन पार्टीकी सांसद रहेकी ज्याकी वालोर्स्कीको बुधबार भएको सवारी दुर्घटनामा मृत्यु भएको हो।, इन्डियाना राज्यमै भएको उक्त दुर्घटनामा ५८ वर्षीया वालोर्स्कीसहित उनक...
सेतोपाटी संवाददाता म्यादी प्रहरीमा भर्ना हुन्छु भनेर गत चैत १३ गते हिँडेको छोरा आजसम्म घर नफिर्किंदा भक्तपुरको एउटा परिवार चिन्तामा डुबेको छ।, सूर्यविनायक नगरपालिका–४, शिकारीटारका २३ वर्षे किरण सायाँ श्रेष्ठको कुनै खबर नपाएपछि परिवार चिन्तित बनेको हो। , ‘म्यादी प्रहरीमा भर्ना हुन्छु भनेर हिँडेको छोराको कुनै खबर पाएका ...
सेतोपाटी संवाददाता सप्तकोसी नदीमा आएको बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ। , प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको हो। बुधबार सप्तकोसी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वटा वडाको मानववस्तीमा प्रवेश गरेर तहसनहस पार्दा १५ सय घरपरिवार विस्थापित भएका छ...
भगवती पाण्डे जन्मदिनमा अनाथ, अशक्त तथा वृद्धाश्रमहरूलाई सहयोग गर्ने चलन नेपालीहरूका लागि नौलो होइन। गुल्मीको छत्रकोट गाउँपालिकाका एक जना पूर्ववडाध्यक्षले चाहिँ अलिक फरक काम थालेका छन्। , उनले आफ्नो जन्मदिनका अवसरमा बाँदर नियन्त्रणका लागि ५० हजार रुपैयाँ प्रदान गरेका छन्। , छत्रकोट गाउँपालिकाको वडा नं. ४ का पूर्ववडाध्य...
सेतोपाटी संवाददाता परराष्ट्रमन्त्री नारायण खड्काले कोसी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।, बिहीबार बिहान आफ्नो निर्वाचन क्षेत्र समेत रहेको उदयपुरको वेलका नगरपालिकास्थित प्रभावित क्षेत्र पुगेर मन्त्री खड्काले कोसी पीडितहरूको सुरक्षा र राहतका लागि राज्यको सम्पूर्ण शक्ति अहिले प्रभावित क्षेत्रमा खटिएको बताएका छन्। ,...
सेतोपाटी संवाददाता झापामा पौडी खेल्ने क्रममा खोलाले बगाएर एक जना बेपत्ता भएका छन्। , गौरादह नगरपालिका र कमल गाउँपालिकाको सीमानामा रहेको ढ्याङ्गरी खोलामा पौडी खेल्दा खोलाले बगाएर १८ वर्षीय उज्वल खरेल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, कमल गाउँपालिका १  स्थित सो खोलामा उनी मंगलबार दिउँसो २ बजे साथीहरू...
सेतोपाटी संवाददाता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिवस्तरीय कर्मचारी ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। , अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले मन्त्रालयका उपसचिवस्तरका सिनियर एयर ट्राफिक कन्ट्रोलर प्रमोद नेपाललाई पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।, उनलाई...
सेतोपाटी संवाददाता घुससहित पक्राउ परेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको गाडीबाट थप १६ लाख ५० हजार रकम बरामद भएको छ। , उनले चढेको बा १ झ ९९४६ सरकारी नम्बरको कारबाट स्रोत नखुलेको थप १६ लाख ५० हजार रुपैयाँ बरामद भएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जा...
सेतोपाटी संवाददाता हाफ-पाइन्टका टाँकभित्र सुन लुकाएर ल्याउने एक जना भारतीय नागरिक पक्राउ परेका छन्। , मंगलबार दिउँसो १ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय नागरिक डेभिड मक्करलाई पक्राउ गरेको प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए। , थाई स्माइल एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौ...
सेतोपाटी संवाददाता मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थान भन्दा केही उत्तरतिर र पूर्वी भू-भागमा सरदर स्थानमा अवस्थित रहेकाले अझै केही दिन भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखा जनाएको छ।, महाशाखाका अनुसार आगामी शुक्रबारसम्म आशिंकदेखि पूर्ण बदली रही मुलुकका केही स्थानमा भारी वर्षा हुने भएको हो।, हाल देश...
सेतोपाटी संवाददाता करिब २४ घण्टापछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पुन: अबरूद्ध भएको छ। , २४ घन्टापछि पहिरो पन्छाएर खुलेको सडक त्यसको चार घण्टा पछि नै पुनः अवरुद्ध भएको हो।, भरतपुर महानगरपालिका २९ नारायणगढ मुग्लिन सडक खण्डको केरावारी (मौरी खोल पुल नजिकै) लगातारको वर्षाको कारण माथिबाट लेदो सहितको पहिरो खसेर ब...
सेतोपाटी संवाददाता लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको बाँध फुटेको छ।, उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार बुधबार बिहान करिब ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर पुरानै धारमा फर्किएको हो। , यो सँगै बेलका नगरपालिका- १, २, ३, ८, ९ तथा सुन...
सेतोपाटी संवाददाता लगातारको वर्षसँगै झरेको पहिरोले  अवरूद्ध हुंँदै आएको नारायणगढ- मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ।, पहिरो पन्छाएपछि आज बिहान ९ बजेर १० मिनेटबाट दुईतर्फी बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, आज बिहान २ बजेर ३० मिनेटदेखि भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित केराबारी मौरी खोला पु...
सेतोपाटी संवाददाता राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा विद्यार्थी भर्ना गर्ने समय बढाउन विद्यालय र क्याम्पसहरुलाई निर्देशन दिएको छ।, बुधबार एक सूचना जारी गर्दै एसइईको नतिजा साउन ११ मा प्रकाशित भएको र विद्यालय तथा क्याम्पसले फरक-फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखेकाे विषयमा बाेर्डकाे गम्भीर ध्यानाकर्षण भएकाे...
रासस म्याग्दीको मालिका गाउँपालिका-७ स्थित मराङखोलामा आएको बाढीले पुल बगाएपछि आवतजावत बन्द भएको छ। शिवरात्रि र भारवाङ बस्तीको सिमाना भएर बग्ने मराङखोलामा रहेको काठको अस्थायी पुल (साँघु) सोमबारको बाढीले बगाएको थियो।, विसं २०७७ असार २५ र २६ गतेको बाढीले मराङखोलामा सोही वर्ष निर्माण भएको ट्रस प्रविधिको पुल बगाएपछि आवतजावत...
सेतोपाटी संवाददाता उदयपुरको बेलका नगरपालिका–१, २, ८ र ९ मा सप्तकोसी नदीले कटान गरेको छ। पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन्।, सप्तकोसीको पानीको बहावले अहिले करिब ५० मिटरजति जमिन कटान...
रासस चौधर नदीको बाढी कञ्चनपुरको बेदकोट नगरपालिका–४ सार्कीपार्की गाउँमा पसेको छ। बाढीले निरन्तर जग्गा कटान गरिरहेको छ। , बाढीका कारण बस्ती पूरै जोखिममा छ। स्थानीयवासी सुरक्षित वासस्थानको खोजीमा छन्। सशस्त्र प्रहरी र स्थानीय अहिले उद्धारमा खटिएका छन्। गए राति चौधरको बाढी सडक कटान गरी बस्तीमा पसेको स्थानीयले बताएका छन्।,...
रासस जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अब डायलासिस सेवा सञ्चालन गर्ने भएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डायलासिस उपकरण (मेसिन) उपलब्ध गराएपछि उक्त सेवा सुरु हुन लागेको हो। , प्रतिष्ठानका निर्देशक डा राजीव शाहका अनुसार २०६८ मा स्थापना भएको प्रतिष्ठानमा मिर्गाैलारोगीको उपचार डायलाय...
रासस वर्षाका कारण आएको पहिरोले मकवानपुरका विभिन्न स्थानका सडकखण्डमा यातायात अवरुद्ध भएको छ। गए राति वर्षासँगै आएको पहिरोले सिस्नेरी सडकखण्डमा यातायात अवरुद्ध भएको छ । , इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा गए राति आएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहा...
सेतोपाटी संवाददाता झापाको गौरादह नगरपालिकास्थित कमलखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक किशोरको शव आज फेला परेको छ ।, गौरादह–९ स्थित कमलखोलामा कमल गाउँपालिका–१ का १८ वर्षीय  उज्वल खरेल मङ्गलबार पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।, सशस्त्र प्रहरी बाहिनी पकली सुनसरीबाट खटिएको गोताखोरको टोलीले आज बिहान उनको शव फेल...
सेतोपाटी संवाददाता मनकामना केवलकार करिब डेढ महिनासम्म बन्द हुने भएको छ। , सञ्चालन प्रविधि स्तरोन्नति गर्न भन्दै आगामी साउन २३ गतेदेखि केबलकार सेवा ६ देखि ७ हप्तासम्म बन्द हुने भएको हो।, एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नती गर्न सेवा बन्द गर्न लागिएको मनकामना केवलकार प्रालिले जानकार दिएको छ।, चितवनको कुर...
सेतोपाटी संवाददाता ललितपुरको पुल्चोकमा एक पुरूष मृत फेला परेका छन्। , बुधबार बिहान पुल्चोकस्थित एक घरमा डेरा गरी बसेका पुरूष मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक अंगुर जिसीले जानकारी दिए। , प्रहरीले उनको पहिचान खुलिनसकेको बताएको छ।  पुल्चोक क्षेत्रमा उनी कुमार भनेर चिनिन्थे। , उनी आफ्नै को...
रासस रूकुम पूर्वको भूमे गाउँपालिका–३ दोमैमा पहिरो झर्दा अवरूद्ध भएको मध्यपहाडी लोकमार्ग आज बिहानदेखि सञ्चालनमा आएको छ। मंगलबार साँझ सडक माथिबाट पहिरो खस्दा आवागमन बन्द भएको थियो। , सडकमा झरेको पहिरो पन्छाएपछि सडक पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए।,...
सेतोपाटी संवाददाता दाङमा आठ बर्षीया बालिका बलात्कार आरोपमा २९ वर्षीय युवक पक्राउ परेका छन्। , शान्तिनगर गाउँपालिका वडा नं. ५ का २९ वर्षीय चमन विक बलात्कार आरोपमा बुधबार बिहान पक्राउ परेका हुन्।, विकले बहिनी नाता पर्ने बालिकालाई आमा-बुवा घरमा नभएको मौका छोपी मंगलबार दिउँसो बलात्कार गरेको उजुरीको आधारमा पक्राउ गरेको इला...
सेतोपाटी संवाददाता दाङको राप्ती गाउँपालिकाले बुधबारदेखि सात दिन विद्यालय बन्द गराएको छ। , विद्यालयमा पढ्न आउने विद्यार्थीमा भाइरल ज्वरो बढेको भन्दै मंगलबारको कार्यपालिकाको बैठकले गाउँपालिका भित्रका सबै विद्यालय सात दिने बिदा गर्ने निर्णय गरेको हो। , सामुदायिक तथा संस्थागत विद्यालयमा भाइरल ज्वरोको संक्रमण बढेको भन्दै स...
राजु अधिकारी लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको तटबन्ध फुटेको छ।, तटबन्ध फुटेर कोसीको पानी बस्तीमा पसेपछि अहिले मानिसहरू सुरक्षित स्थानतिर लागेका छन्।, स्थानीयहरू घरमा पालेका राँगा-भैंसी, सुँगुरलगायत चौपायासहित झिटीमिटी बोकेर हिँडिरहेका छन्। डुबानमा फसेकाहर...
राजु अधिकारी लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको तटबन्ध फुटेको छ।, तटबन्ध फुटेर कोसीको पानी बस्तीमा पसेपछि अहिले मानिसहरू सुरक्षित स्थानतिर लागेका छन्।, स्थानीयहरू घरमा पालेका राँगा-भैंसी, सुँगुरलगायत चौपायासहित झिटीमिटी बोकेर हिँडिरहेका छन्।  डुबानमा फसेकाह...
नारायण खड्का दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष शंकर खड्का दिनभर खेतमा हलो जोत्न व्यस्त थिए। उनले हलो जोत्नुको एउटै उद्धेश्य थियो, विद्यालयको जग्गाको संरक्षण गर्नु। , स्थानीय बाल मितेरी माध्यमिक विद्यालयको झन्डै १५ कठ्ठा बढी जग्गा संरक्षण गर्नका लागि विद्यालय परिवारको सामूहिक निर्णय अनुसार वडाध्यक्ष...
युनिक श्रेष्ठ सोमबार बिहान काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत फेला परे।, तार्केश्वर नगरपालिका-२ काभ्रेस्थली पदमशालमा रहेको एक तले घरभित्र चार जनाको शव फेला परेको थियो।, गोरखा भिमसेनथापा गाउँपालिका-६ अश्राङ स्थायी घर भई पदमशालमा एक तले घर बनाएर बसेका ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया श्रीमती सुनिता, १३ ...
रासस अविरल वर्षाका कारणले पहिरो जाँदा अवरूद्ध भएको हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्ग भैंसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालनमा भएको छ।, आज दिउँसो भीमफेदी गाउँपालिका–२ स्थित माथिबाट खसेको लेदो माटोसहितको पहिरोका कारण अवरूद्ध भैंसे–भीमफेदी सडकखण्डमा करिब ३ घण्टापछि पुनःसञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीको प्र...