content stringlengths 20 64.1k ⌀ |
|---|
नवीनबाबु गुरूङ ललितपुर, पाटनमा करिब चार सय वर्ष पुरानो नरसिंह जात्रा मनाइएको छ। मल्ल राजा सिद्धीनरसिंहको पालादेखि सुरू भएको विश्वास गरिने यो जात्रा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाउने परम्परा छ।, पाटनका विभिन्न टोलमा नरसिंहसहित विभिन्न देवदेवीले यात्रा गरेका छन्। नरसिंह जात्रामा बाजागाजा, प्रत्यक्ष भजनसहित नरसिं... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , मंगलबार ५ हजार ६१९ जनाको कोरोना परीक्षण गर्दा ८४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, मन्त्रालयका अनुसार २ हजार ७२२ जनाको पिसिआर र २ हजार ८९७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। हाल देशभर देशभर ... |
नारायणी रजौरे गत वर्ष कात्तिक २२ गते दाङ, तुलसीपुरबाट सल्यान, कपुरकोटतर्फ गइरहेको रा१ज ४३८ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिका–४ श्रीखोलामा दुर्घटनामा पर्यो। चार जनाको घटनास्थलमै मृत्यु भयो। आठ जना गम्भीर घाइते भए। मृतक सबै सल्यानको कपुरकोट गाउँपालिका–३ का एकै गाउँका थिए।, गत असार १६ गते घोराहीबाट बेसाहीतर्फ गइरहेको... |
सेतोपाटी संवाददाता आज प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रहि अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा रहेकाले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ।... |
रासस कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाले सामाजिक सञ्जालको हाबी बढी भएकाले निर्वाचनमा मिथ्या सूचना सम्प्रषेण रोक्न कठिनाइ भएको बताएका छन्।, नेपाल मतदाता अधिकार मञ्चले आज ‘निर्वाचनमा फैलने मिथ्या, भ्रामक एवं गलत सूचना र घृणास्पद अभिव्यक्ति नियन्त्रणमा नीति निर्माताको भूमिका’ विषयक अन्तर्क्रियाम... |
सेतोपाटी संवाददाता निहारिका राजपुतले आफूमाथि बलात्कारको आरोप लगाएका व्यक्ति शिवराज श्रेष्ठ पक्राउ परेका छन्।, मंगलबार प्रहरीले शिवराज श्रेष्ठलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी टेकप्रसाद राईले जानकारी दिए। , शिवराजमाथि निहारिका नाबालिग हुँदा बलात्कार गरेको र उक्त करणीबाट बच्चा जन्मिएको आरोप छ। त... |
सेतोपाटी संवाददाता काठमाडौंको कोटेश्वरमा एक जनाको हत्या गरी फरार भएका आरोपित १६ वर्षपछि पक्राउ परेका छन्। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जना आरोपितलाई १६ वर्षपछि पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, दोलखा बैतेश्वर गाउँपालिका-२ टार ३६ वर्षीय रामकुमार मगरलाई प्रहरीले ... |
सेतोपाटी संवाददाता सरकारले आज (भदौ १) बाट ४० माइक्रोन भन्दा कमको प्लास्टिक झोला पूर्णरूपमा प्रतिबन्ध लगाएको छ। , वन तथा वातावरण मन्त्रालय अन्तर्गत वातावरण विभागले एक सूचना जारी गर्दै प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदुषण न्यूनीकरण गर्न ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा... |
सेतोपाटी संवाददाता बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब रु १९ लाख ७० हजार दुई सय ५३ भेटी संकलन भएको छ।, साउनका पाँच सोमबारका दिन पूजाआजाका लागि आएका भक्तजनले चढाएका रकमबाट सो भेटी जम्मा भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।, कोषका कोषाध्यक्ष कुमारी रोकाले पहिलो सोमबार रु. तीन लाख... |
सेतोपाटी संवाददाता मध्यपुरथिमि नगरपालिकामा तीन दिन चार रातसम्म सञ्चालन भएको नीलबाराही र भैल प्यांख अर्थात् भैरव नाच सम्पन्न भएको छ। विभिन्न देवी–देवताका मुखुण्डो धारण गरी धार्मिक, सांस्कृतिक, ऐतिहासिक नीलबाराही, लायकू भैरव नाच आज बिहानबाट सम्पन्न भएको छ भने महाकाली नाच भने यही भदौ ३ गतेमात्रै सम्पन्न हुनेछ।, मध्यपुरथि... |
एजेन्सी इजिप्टको कोप्टिकस्थित एक चर्चमा आगो लाग्दा १५ बालबालिकासहित कम्तिमा ४१ जनाको मृत्यु भएको छ।, राजधानीको उत्तर पश्चिमस्थित इम्बाबामा रहेको अबु सिफाइन चर्चमा लागेको आगलागीको कारण भने खुलिनसकेको भए पनि विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।, उद्धारमा खटिएका चार प्रहरीसहित १६ जना घाइते भ... |
सेतोपाटी संवाददाता हाल सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्य बदली तथा अन्य भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। , मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेकोले आज बिहान सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जना... |
भगवती पाण्डे रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपुरमा अज्ञात समूहकाे गोली प्रहारबाट एक जना युवा गम्भीर घाइते भएका छन्।, गोली लागेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका बिकास गुरुङ घाइते भएको प्रहरीले जनाएको छ।, गए राति करिब ११ बजेतिर बसन्तपुर वडा कार्यालय अगाडि गुरुङसँग जम्का भेट भएपछि उक्त समूहले... |
रासस रसुवाको थाम्बुचेतमा प्रहरी र स्थानीय गतलाङबासीबीच भएको झडपमा प्रहरी निरीक्षकसमेतका केही सुरक्षाकर्मी घाइते भएका छन्।, गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जलविद्युत् शेयर पाउनुपर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको हो।, सो झडपमा दुई प्रहरी निरीक्षकसमेत आठ प्रहर... |
नारायण खड्का प्युठानमा भएको जीप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। दुई जना भने उपचारपछि घर फर्किएका छन्। , जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर ६ बहानेमा आइतबार बेलुकीपख लु १ ज १५४५ नम्बरको जीप दुर्घटना हुँदा वडा नम्बर ५ की ७ वर्षीया करुणा बुढा, उनकी २५ दिनकी बहिनी चेतना बुढा र सोही ठाउ... |
सेतोपाटी संवाददाता आज साउन महिनाको अन्तिम सोमबार। देशभरका शिवालयहरूमा श्रद्धालुको भीड लागेको छ।, साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरूले आज विधिपूर्वक व्रत समाप्त गर्दछन्।, काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्... |
सेतोपाटी संवाददाता कालीगण्डकी नदीको अवैध दोहन रोक्न साविकको धौलागिरिका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका जिल्ला समन्वय समितिले साझा पहल थालेका छन् । , कालीगण्डकी नदीबाट अवैधरुपमा भइरहेको गिट्टी, बालुवा, ढुङ्गाको उत्खनन रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको कार्यान्वयनका लागि जिल्ला समन्वय समितिले साझा धारणा ब... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले सडकमा रहेका सिमेन्टका डिभाइडर हटाएर प्लाष्टिकका डिभाइडर राखेको छ।, सिमेन्टको डिभाइडरमा दुर्घटनाको सम्भावना बढी भएकाले त्यसलाई न्यूनिकरणका लागि आफूहरूले ललितपुरको कुपण्डोल क्षेत्रमा प्लास्टिक (रबर) का डिभाइडर राखिएको महानगरका मेयर चिरिबाबु महर्जनले जानकारी दिए।, सोमबार बिहान नग... |
रासस चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ। बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो। दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन केन्द्रमा रहेका गोही खाएको हो।, निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार घाइते बाघले शिकार गर्न नसकेपछि मानिस छिर्ने गरेको केही ह... |
सेतोपाटी संवाददाता काठमाडौंको विष्णुमती खोलामा हामफालेका एक पुरूषको उद्धार गरेको छ।, आइतबार राति साढे सात बजे एक पुरूषले काठमाडौं महानगरपालिका वडा नं. १६ बालाजु चोक नजिक पुलबाट बिष्णुमती खोलामा हाम फालेका थिए।, ती पुरूषको उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, उनका... |
अशोक घिमिरे ललितपुरको बालकुमारी बस्ने समीक्षा गुरुङ पुतली सडकस्थित एक कम्पनीमा काम गर्छिन्। काममा आउनजान उनलाई सार्वजनिक सवारी साधन कुरेर बस्नुपर्ने बाध्यता नै थियो। आफू दिनहुँ आउजाउ गर्ने रुटमा चल्ने सवारी साधनमा हुने अत्यास लाग्दो भीडले उनलाई निजी सवारी प्रयोग गर्न बाध्य तुल्यायो। अहिले उनी स्कुटरमा कार्यालय आउने जा... |
सेतोपाटी संवाददाता काठमाडौंको थानकोटमा खाजा पसल सञ्चालन गर्दै आएका एक पुरूषमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , काठमाडौं महानगरपालिका-५ बस्ने ३० वर्षीय... |
सेतोपाटी संवाददाता सुर्खेत भेरीगंगा–५ का स्थानीयले नेपालगञ्ज–सुर्खेत जोड्ने रत्न राजमार्ग अवरूद्ध गरेका छन्।, जंगली जनावरको आक्रमणबाट स्थानीय दुई जनाको मृत्यु भएपछि आफन्त र छिमेकीले राजमर्गअन्तर्गत बबईमा सडक अवरूद्ध गरी आन्दोलन गरिरहेका छन्।, आइतबार बेलुका भेरीगंगा–५ गेरवानीका रामबहादुर चन्द र कवी ओलीको जनावरले आक्रमण... |
सेतोपाटी संवाददाता काठमाडौंको फोहोर बञ्चरेडाँडामा फाल्नका लागि दुई सय प्रहरी परिचालन गरिएको छ। फोहोर खसाल्न अवरोध नहोस् भनेर प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) रमेश पण्डितले जानकारी दिए।, उनका अनुसार सोमबार बिहान फोहोर फाल्ने क्रममा स्थानीयले अवरोध गरेका थिए।, ‘बिहान ५०-६० टि... |
नवीनबाबु गुरूङ लामो समयदेखि काठमाडौंको फोहोर उठ्न नसकिरहेको बेला नेकपा एमालेको भातृ संगठन युवा संघले सोतबार नयाँ बानेश्वर क्षेत्रको फोहोर उठाएको छ।, सडक प्रयोगकर्तालाई असर गर्ने गरि थुप्रिएको फोहोरले दुर्गन्ध बढेपछि एमाले निकट युवाहरूले फोहोर उठाएका हुन्। , पटक पटकको प्रयासपछि पनि विवाद कायमै रहँदा काठमाडौंको फोहोर उ... |
सेतोपाटी संवाददाता ललितपुरको ठेंचोमा एक पुरूषको शव फेला परेको छ। , गोदावरी नगरपालिका वडा नम्बर १२ ठेंचोमा सोमबार बिहान करिब ६ बजे खेतबारीमा एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए। , मृतक सोही ठाउँमा बस्ने ३० वर्षीय राजेन्द्र देसार हुन्। उनको शव घोप्टो परेको... |
रासस करिब एक साताअघि महोत्तरीको भङ्गहा नगरपालिका–९ कञ्चनवन गाउँमा एक पुरूषले आफ्नी पत्नी र सासूको जिउमा मट्टितेल छर्की आगो लगाएकामा गएराति उनको पत्नीको मृत्यु भएको छ।, रामगोपालपुर नगरपालिका–८ बस्ने शंकर सदाले ससुराली गाउँ कञ्चनवनमा सासू ६५ वर्षीया रेश्मादेवी सदासँगै पत्नी ३५ वर्षीया प्रमिलादेवी सदालाई यही साउन २१ गते ... |
सेतोपाटी संवाददाता नेदरल्यान्ड पठाइदिन्छु भन्दै एक करोड बढी ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, खोटाङ बाह्रपोखरी गाउँपालिका-५ घर भई काठमाडौंको कोटेश्वर बस्दै आएका ३५ वर्षीय प्रकाश राईलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जनाकारी दिए। प्रहरील... |
सेतोपाटी संवाददाता ललितपुरको बागडोलमा बस पल्टिँदा आठ जना घाइते भएका छन्। , सोमबार दिउँसो १ बजे बा ३ ख २७१८ नम्बरको बस ललितपुर महानगरपालिका-४ बागडोलमा पल्टिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए। , मध्य उपत्यका बस रिंगरोडमा बागडोलबाट बल्खुतर्फ जाँदै थियो। , सो बस अनियन्त्रित भएर ... |
सेतोपाटी संवाददाता बञ्चरेडाँडा-सिसडोलका स्थानीयले भदौ १ देखि गर्ने भनेको आन्दोलन फिर्ता लिएका छन्।, आइतबार बसेको मन्त्रिपरिषद बैठकले सहरी विकास मन्त्रालयलाई सम्झौता कार्यान्वयन गर्न निर्देशन दिएको थियो। तीन महिनाभित्र समस्या समाधानको संयुक्त प्रतिवेदन मन्त्रिपरिषदमा पेस गर्ने निर्णयसँगै भदौ १ देखि गर्ने भनेको आन्दोलन ... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , सोमबार ५ हजार ७३७ जनाको कोरोना परीक्षण गर्दा ८८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, मन्त्रालयका अनुसार ३ हजार १५५ जनाको पिसिआर र २ हजार ५८२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। हाल देशभर देशभर प... |
रासस लागुऔषध मुद्दामा भक्तपुर जिल्ला अदालतबाट कैद र जरिवानाको फैसला भएर फरार भएकी एक महिलालाई सोमबार प्रहरीले पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो। , पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ३९ वर्षीया निर्मला श्रे... |
सेतोपाटी संवाददाता कास्कीको माछापुच्छ्रे गाउँपालिकाकी एक नाबालिग गर्भवती भएपछि उनी पढेको विद्यालयमा अभिभावकले ताला लगाएका छन्।, माछापुच्छ्रे गाउँपालिका-६ स्थित भुमेश्वर माविबाट एसइई दिएकी नाबालिग गर्भवती भएको भन्दै अभिभावकले आइतबार ताला लगाएको स्थानीयवासीले बताएका छन्। , गर्भवती भएकी नाबालिग एसइई तयारीका लागि सोही विद... |
रासस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन भएका स्वास्थ्यका कर्मचारीलाई सम्बन्धित स्थानीय तहले नै तलब-भत्ता व्यवस्था गर्न निर्देशन दिएको छ। , मन्त्रालयको कर्मचारी प्रशासन शाखाका अधिकृत वैकुण्ठराज रेग्मीले सोमबार सात सय ५३ वटै स्थानीय तहलाई पत्र लेख्दै सुरू समायोजन भएका वा दोहोरो सहमतिका आधारमा समायोजन मिलान भई हा... |
सविना कार्की राम्रा सामुदायिक स्कुल, ओजस्वी लामिछाने चन्द्रगिरि नगरपालिकाको नैकापबाट संस्कृत पढ्न दरबार हाइस्कुल पुग्छिन्। कक्षा ८ मा पढ्ने ओजस्वीलाई उनका बुबा अविनाश लामिछानेले विद्यालय पुर्याउने र घर लैजाने गर्छन्।, ओजस्वीलाई नजिकका विद्यालय छाडेर संस्कृत पढाउन सात किलोमिटर टाढाको स्कुल पठाएको अविनाश बताउँछन्। , 'घ... |
सेतोपाटी संवाददाता जंगली जनावरको आक्रमणबाट दुई जनाको मृत्यु भएपछि स्थानीयले अवरूद्ध गरेको सुर्खेत-नेपालगञ्ज सडक खुलेको छ।, सोमबार बिहान ११ बजेदेखि स्थानीयले सडक अवरूद्ध गरी आन्दोलित थिए।, स्थानीय र प्रशासन बीचको छलफलपछि सडक खुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीकले बताए।, मंग... |
रासस भक्तपुरको मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित रमाइलो चोकको एउटा घरको कम्पाउन्डको ढोका पल्टेर लाग्दा एक बालिकाको मृत्यु भएको छ।, स्थानीय तिलकप्रसाद गौतमको घरको कम्पाउन्डमा रहेको फलामे ढोका अचानक पल्टिँदा सोही घरमा पाहुना आएकी नुवाकोटको विदुर नगरपालिका–८ घर भई हाल भक्तपुर बोडेकी पाँच वर्षीया श्रीसिजा अर्यालको मृत्यु भए... |
सेतोपाटी संवाददाता काठमाडौंको सुन्दरीजलमा एक जना पुरूष खसेर बेपत्ता भएका छन्। , शनिबार दिउँसो एक जना पुरूष सुन्दरीजलस्थित बागमतीमा खसेर एक पुरूष बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , बेपत्ता भएका पुरूषको खोजी गर्ने काम भइरहेको मैनालीले बताए। उनको पहिचान खुलिसकेको ... |
नारायण खड्का दाङको घोराही उपमहानगरपालिका वडा नं. २ रामपुरमा मध्यान्ह १२ बजेतिर स्थानीय ७७ वर्षीया हरिकला भण्डारी रा १ ह ५१७० अटोबाट ओर्लिंदै गर्दा लडिन्। घटना गत असार १४ गतेको हो।, अटो चालक थिए स्थानीय २८ वर्षीय मुक्तान चौधरी। त्यो अटो चौधरीको आफ्नै हो। तत्कालै उनले घाइते भण्डारीलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञा... |
सेतोपाटी संवाददाता काठमाडौंको सुन्दरीजल खोलामा बेपत्ता भएका पुरूषको उद्धार भएको छ।, शनिबार दिउँसो साढे २ बजे सुन्दरीजल खोलाबाट एक पुरूषको प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , एक पुरूष चिप्लिएर खोलामा खस्दा बगाएको छ भन्ने खबर प्रहरीले पाएको थियो। सो खबर ... |
रासस राष्ट्रको लागि हप्ताको दुई घन्टा स्वयंसेवा भन्ने नाराका साथ बागमती सफाइ महाअभियानको ४८३ औं हप्तामा तीनकुने तरकारी बजार क्षेत्रअघिको नदी किनारमा सफाइ गरिएको छ।, सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए। , सफाइमा पूर्वमुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेल, अधिक... |
सेतोपाटी संवाददाता काठमाडौंबाट सालकको खपेटा जस्तो देखिने वस्तुसहित तीन जनालाई पक्राउ गरेको छ। , शनिबार दिउँसो काठमाडौं महानगरपालिका-२६ सामाखुशीबाट करिब ३ किलो ५५० ग्राम सालकको खपेटा जस्तो देखिने वस्तुसहित तीन जनालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। , प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले मकवानपुर... |
सेतोपाटी संवाददाता नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)मा ट्रकले बसलाई ठक्कर दिँदा १९ जना घाइते भएका छन्।, शनिबार दिउँसो पौने ३ बजे भैरहवा-भुमही सडखण्डमा ट्रकले बसलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।, नवलपरासी रामग्राम नगरपालिका-५ बाईपास चोकमा पश्चिमबाट पूर्व जाँदै गरेको बागमती प्रदेश ०३-००१ क ०१८९ न... |
रासस तनहुँको व्यास नगरपालिका–१४ मा अवस्थित छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक लगाइएको छ।, छाब्दी बाराही विकास कोष तनहुँले निर्णय गरी अनिश्चितकालका लागि परेवा प्रवेशमा रोक लगाउने निर्णय गरेको हो।, छाब्दी मन्दिरमा उडाउँदै आइएको तराईका परेवाबाट विभिन्न किसिमका रोग लागेर मन्दिर परिसरमा रहेका परेवासमेत मर्न थालेपछि परे... |
मनिका विश्वकर्मा 'चम्पा! चिम्पु! यहाँ आऊ त!' , उनले बोलाउनेबित्तिकै चम्पा र चिम्पु झ्यालनजिकै आए। फलामे झ्यालबाट बाहिर नियाले। अनि उनले दिएको पाउरोटी, स्याउ, केरा लगायत खाजा कपाकप खाए।, पाँच वर्ष उमेरका चम्पा र चिम्पुका लागि उनी आमा र बुवा दुवै हुन्। उनलाई पनि छुकछुके चम्पा-चिम्पुको सन्तानजत्तिकै माया छ। चम्पा र चिम्प... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आजदेखि फोहोर बोकेका थप गाडी बञ्चरेडाँडा पुग्ने बताएका छन्।, शनिबार बेलुकी एक सय ५२ वटा गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुगेको उनले बताए।, अवरोध नभए आजदेखि तीन सय ५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने उनको भनाइ छ।, ‘कुनै अवरोध नभएमा दैनिक २५० देखि ३५० गाडी फोहोर... |
सेतोपाटी संवाददाता हाल काठमाडौं उपत्यकासहित देशभर बिहानैदेखि पानी परिरहेको छ। , जल तथा मौसम विज्ञान विभागका अनुसार मधेश प्रदेशबाहेक देशभरका अधिकांश स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ। आइतबार दिउ... |
एजेन्सी राजस्थानको जालोर जिल्लामा शिक्षकको कुटाइबाट एक दलित विद्यार्थीको मृत्यु भएको छ। , जिल्लाको सायला थाना क्षेत्रको सुराना गाउँस्थित एक निजी विद्यालय सञ्चालकको भाँडोबाट एक दलित विद्यार्थीले पानी पिएको भन्दै शिक्षकले निर्मम कुटपिट गरेका थिए।, शिक्षकको कुटाइबाट गम्भीर घाइते भएका सरस्वती विद्या मन्दिरको कक्षा तीन मा ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकाका नदी तथा खोला किनारका स्थानीय र करिडोर सडक प्रयोगकर्तालाई सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।, विभिन्न स्थानमा गएरातिदेखि नै भारी वर्षा भइरहेकाले ८ बजेसम्म सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ।, 'पछिल्लो ३ देखि ६ घण्टामा काठमाडौं उपत्यकाको मनोहरा, गोदावरी खोला,... |
सेतोपाटी संवाददाता पौडी खेल्ने क्रममा डुबेर दाङमा एक जना युवाको मृत्यु भएको छ।, घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुर बुका गाउँका २६ वर्षीय निराजन पोखरेलको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेका अनुसार साथीहरूसँग पौडी खेल्न गएका पोखरेलको डुबेर मृत्यु भएको हो।, अर्... |
सेतोपाटी संवाददाता गोरखाको पालुङटारमा एक युवाको शव फेला परेको छ।, पालुङटार नगरपालिका वडा नम्बर ५ चिसापानीमा करिब ३७ वर्षका बुद्धिबहादुर विकको शव फेला परेको प्रहरीले जनाएको छ।, गए राति १२ बजेतिर बाटोमा मानिस लडिरहेको छ भन्ने सूचनाका आधारमा घटनास्थलमा पुगेको प्रहरी टोलीले विकको उद्धार गरेको थियो।, उनलाई उपचारका लागि आँप... |
एजेन्सी भारतीय अर्बपति राकेश झुनझुनवालाको आइतबार निधन भएको छ। ६२ वर्षीय झुनझुनवालाको आइतबार ब्रिच क्यान्डी अस्पतालमा निधन भएको स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ। , सेयर मार्केटमा लगानी गरेर पैसा कमाएमा झुनझुनवालालाई भारतका वारेन बफेट पनि भनिन्थ्यो।, पछिल्लो समय उनले आकाश एयर नामको एयरलाइन्स कम्पनी खो... |
सेतोपाटी संवाददाता काठमाडौंमा मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ६ जना चालक कारबाहीमा परेका छन्। , काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ६ जना स्कुल बसका चालकले मापसे गरेको अवस्थामा फेला पारेको हो। , उपत्यकाका विभिन्न स्थानमा गरेको चेकिङमा १४ वटा स्कुल बसका चालक कारबाहीमा परेका थिए। जसमध्ये... |
सेतोपाटी संवाददाता गाडीले ठक्कर दिएर बाख्रा मरेको भन्दै बञ्चरेडाँडामा स्थानीयले फोहोर फाल्न अवरोध गरेका छन्। , काठमाडौं उपत्यकाको फोहोर लाने बन्चरेडाँडाको बाटोमा बाख्रा मरेपछि फोहोरको गाडी रोकिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए।, उनका अनुसार बाख्रा मरेपछि फोहोर बोकेको गाडी बन्चरेडाँडा पुर्... |
सेतोपाटी संवाददाता काठमाडौंको कीर्तिपुरमा एक जना युवकको पोखरीमा डुबेर मृत्यु भएको छ। , कीर्तिपुर नगरपालिका-१ सलिछेँ बस्ने २४ वर्षीय गोविन महर्जनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार गोविन आइतबार राति सवा १० बजे बाघभैरव मन्दिर नजिकै रहेको देवपोखरीमा ड... |
सेतोपाटी संवाददाता म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजारस्थित श्री कृष्णगण्डकी ज्येष्ठ नागरिक सेवा केन्द्र ज्येष्ठ नागरिकहरूको मन बिसाउने चौतारीका रुपमा स्थापित भएको छ।, हरेक दिन मध्यान्ह १२ बजेदेखि ४ बजेसम्म खुल्ने केन्द्रमा बेनी क्षेत्रका ज्येष्ठ नागरिकका साथै युवा पनि सहभागी हुन्छन्। , केन्द्रमा बसेर उनीहरू जीवनका सु... |
सेतोपाटी संवाददाता पर्सामा एक युवकको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , जिल्ला प्रहरी कार्यालय पर्साले बारा बिश्रामपुर गाउँपालिका-५ बस्ने २८ वर्षीय उत्तम पटेल र उनका दाइ ३० वर्षीय प्रितम पटेललाई पक्राउ गरेको हो। उनीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानका... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ४५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ४५५ जनामा संक्रमण पुष्टि भएको हो।, ४ हजार ८२९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ३०८ जनाको पिसिआर र दुई हजार ५२१ जनाको एन्टिजेन परीक्षण गरि... |
सेतोपाटी संवाददाता पर्सामा किसानले मल बोकेका ट्रक नियन्त्रणमा लिएका छन्। , आइतबार दिउँसो वीरगन्ज महानगरपालिकाका किसानले मल बोकेका चार वटा ट्रक र एउटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए।, ती ट्रक र ट्याक्टर अहिले महानगरपालिका कार्यालय परिसरमा राखिएको उ... |
एजेन्सी इजिप्टको एक चर्चमा आगलागी हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ।, आइतबार इजिप्टको गिजा शहरमा रहेको चर्चमा आगो लाग्दा ४५ जना घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ।, चर्चमा प्रार्थनाका निम्ति ५ हजार जना भेला भएका थिए। आगलागीपछि भागदौड मच्चिएको थियो।, चार वटा दमकलले परिचालन गरेर आगो नियन्त्रणमा लिइएको थियो।... |
सेतोपाटी संवाददाता ललितपुरको हरिसिद्धिस्थित ऐतिहासिक पोखरी ‘द्योः पुखु’ पुनर्निर्माण गर्दा स्विमिङ पुल बनाएको भन्दै विवाद भएको छ। मौलिक स्वरूप बिगारेर निलो र सेतो रंगको बुट्टेदार टायल हालेर पोखरी बनाएपछि स्थानीयले विरोध गरेका हुन्। , नेपाल भाषामा द्योः को अर्थात देवता हो। हरेक वर्ष हरिसिद्धिका देवगण र पुजारीहरू सापारू... |
सेतोपाटी संवाददाता नेपालबाट चोरी भएर अमेरिका पुगेको पुरातात्विक महत्वको काठको कलात्मक सालभञ्जिका टुँडाल र प्रस्तरबाट निर्मित दुई साधुका बीचमा उभिएको शिवको मूर्ति फिर्ता भएको छ ।, पुरातात्विक महत्वको टुँडाल काठमाडौं महानगरपालिका–२४ इटुम्बहाल महाविहारको मुख्य ढोकामाथिबाट सन् १९८४–१९८५ मा चोरी भएको पुरातत्व विभागले जनाएक... |
एजेन्सी पोल्याण्ड र जर्मनीको सीमामा बग्ने ओडर नदीमा हजारौं माछा रहस्यमय तरिकाले मरेका छन्। विषाक्त पदार्थका कारण हजारौं माछा तथा जलचर मरेको बीबीसीले जनाएको छ। नदीको पानी परीक्षण गर्दा समेत विषाक्त रसायन के हो भन्ने अझै पत्ता लागेको छैन।, पानीमा विषाक्त रसायन मिसिएका कारण उत्पन्न हुनसक्ने सम्भावित प्रकोपप्रति दुबै सरक... |
सेतोपाटी संवाददाता विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। , इलाम नगरपालिका-१ नारायणटार घर भई काठमाडौं महानगरपालिका-२९ सामाखुशी बस्ने ३७ वर्षीय प्रकाश राई र सि... |
रासस डोल्पाको त्रिपरासुन्दरी नगरपालिका– ३ स्थित जिउभन्ने स्थानमा एक स्काभेटर पहिरोमा पुरिँदा चालकको मृत्यु भएको छ।, आज बिहान करिब ९ बजेतिर बाटो खनिरहेको अवस्थामा माथिबाट पहिरो आएर स्काभेटर पुरिएको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए।, स्का... |
सेतोपाटी संवाददाता बर्दीया राष्ट्रिय निकुञ्जको बफर जोनमा घाँस काट्न गएका सुर्खेतका दुई जना मृत फेला परेका छन्।, सुर्खेतको भेरीगंगा नगरपालिका–५ गेरवानीका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीया कवि ओली मृत फेला परेका हुन्।, जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनीहरू आइतबार बिहान घाँस काट्न जंगल गएका थिए।, बेलुका चार ... |
नवीनबाबु गुरूङ प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा सुरू भएको छ। आज देशभरका विभिन्न ठाउँमा गाईजात्रा मनाइँदै छ। यसै क्रममा काठमाडौंको बसन्तपुरमा पनि गाईजात्रा मनाइएको छ। , एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा श्रृं... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ७८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ७८१ जनामा संक्रमण पुष्टि भएको हो। , ४ हजार ७१२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार २९० जनाको पिसिआर र दुई हजार ४२२ जनाको एन्टिजेन परीक्षण ... |
सेतोपाटी संवाददाता 'धर्मो रक्षति रक्षित, प्रकृति रक्षति रक्षित, वृक्ष रक्षति रक्षित' अर्थात् धर्मको रक्षा, प्रकृतिको रक्षा र वृक्षको रक्षाबाट मानवको रक्षा हुन्छ। , यही विश्वासअन्तर्गत रक्षा बन्धनका अवसरमा 'वातावरण स्वयम सेवक समूह'ले शुक्रबार काठमाडौंको पाशुपत क्षेत्र, मृगस्थलीमा 'वृक्ष बन्धन' कार्यक्रम आयोजना गरेको छ।... |
सेतोपाटी संवाददाता भक्तपुरमा गाईजात्रा पर्व बिहानैदेखि सुरू भएको छ। कोरोना भाइरसको महामारीका कारण विगत दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित गाईजात्रा पर्व यस वर्ष भव्य रूपमा मनाइँदै छ।, तलेजु स्थानबाट भक्तपुरका नगरवासीले तलेजुको ताहामचा बनाई भक्तपुर परिक्रमा गराएपछि सात दिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजदेखि ... |
सबिना श्रेष्ठ हामीले भजनहरूमा भगवानको जीवनी सुन्दै आएका छौं। उनीहरू भने आफ्नो मृत आफन्तजनको जीवनी भजन गाउँदै हिँडेका छन्।, गाईजात्राको अवसर पारेर पाटन पिलाछेँका दिवंगत रमेश महर्जनको स्मृतिमा उनका आफन्तले जीवनी भजन गाएका हुन्।, उनीहरू यही भजन गाउँदै पाटनका १७ बहाःबहीः र चार स्तुप परिक्रमा गर्छन्। स्तुपहरूमा बत्ती पनि ब... |
मनिका विश्वकर्मा नेवार समुदायले काठमाडौं उपत्यकामा प्रत्येक वर्ष भदौ शुक्ल प्रतिपदाको दिन गाईजात्रा अर्थात् सापारू मनाउँछन्।, यस दिन वर्षभरमा दिवंगत भएका आफन्तको नाममा प्रतिकात्मक गाई बनाएर नगर घुमाउने चलन छ।, लिच्छविकालतिरै विकसित भएको र मल्लकालमा प्रसिद्धि पाएको यो पर्व हिजोआज नेवार समुदायमा मात्र सीमित छैन। विगत दु... |
सेतोपाटी संवाददाता बलात्कार आरोपीलाई सजाएको माग गर्दै आमरण अनसन बस्दै आएकी निहारिका राजपुतले आत्मदाहको प्रयास गरेकी छन्।, प्रहरी वृत्त महाराजगन्जका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अंगुर जिसीका अनुसार उनले राष्ट्रपति भवन शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी हुन्। उनी बसन्तपुरमा अनसन बस्दै आएकी थिइन्।, ‘बसन्तपुरम... |
रासस जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ।, विभागको तथ्याङ्ककअनुसार देशका अधिकांश स्थानमा हालसम्म सरदर वर्षा भएको छ।, यो वर्ष जेठ १८ देखि साउन २६ (जुन १ देखि अगष्ट ११) सम्म जम्मा आठ सय ५८ दशमलव पाँच मिलिमिटर वर्षा भएको छ।, विभागअन्तर्गतको हावापानी विश्लेष... |
रासस श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ। , पर्साको वीरगञ्ज महानगरपालिका-२३ इटियाहीका २६ वर्षीय दिनेशप्रसाद यादवले २३ वर्षीया श्रीमती प्रतिमाकुमारीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानका... |
सेतोपाटी संवाददाता आज शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार बागमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।, ... |
एजेन्सी विश्व प्रसिद्ध उपन्यासकार सलमान रुस्दीमाथि आक्रमण भएको छ।, अमेरिकाको न्युयोर्कमा एक कार्यक्रममा मञ्चमा बसिरहेका बेला रूस्दीमाथि छुरा प्रहार भएको हो। उनको घाँटी र पेटमा छुरा हानिएको न्युयोर्क प्रहरीलाई उद्धृत गरी समाचार संस्था एपीले जनाएको छ।, रुस्दीलाई हेलिकप्टरबाट तत्कालै नजिकैको अस्पतालमा लगिएको छ। उनको भेन... |
एजेन्सी भारतीय मूलका विश्वप्रसिद्ध लेखक सलमान रूस्दीमाथि शुक्रबार अमेरिकाको न्यूयोर्क राज्यमा हमला भएको छ। एक सार्वजनिक कार्यक्रमबीच नकाब लगाएका व्यक्तिले मञ्चमै उक्लेर रूस्दीको घाँटीमा छुरा प्रहार गरेका थिए।, उनको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी आइसकेको छैन। बिबिसीका अनुसार न्यूयोर्क राज्यका गभर्नर केथी होचुलले ... |
सबिना श्रेष्ठ कस्तो हुन्थ्यो होला, हामीसँग 'टाइम ट्राभल' गरेर वर्तमानबाट अतीतमा फर्किने शक्ति भइदिएको भए!, हामी लिच्छवि वा मल्ल राजाले काठमाडौं उपत्यकामा मन्दिर, दरबार वा पोखरी निर्माण गराइरहेको दृश्य आफैं उपस्थित भएर हेर्ने थियौं।, मन्दिर परिसरमा राजपरिवारका सदस्यले गरेको यज्ञ होस् वा प्राचीन कालमा काठमाडौंले मनाउने ... |
सेतोपाटी संवाददाता महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया संगीता टमटा रहेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।, शुक्रबार दिउँसो एक बजे नुहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट बेपत्ता भएका... |
रासस महोत्तरीको सुदूर उत्तरी चुरे काखको बस्तीमा प्रहरीले कुखुराको खोरमा लुकाइ राखिएको चोरी कटानको साल (साखु)को काठ बरामद गरेको छ।, बर्दिबास नगरपालिका–११ खयरमारा बस्तीका हीरालाल योञ्जनको कुखुराको खोरमा चिरान गरी ३२ वटा कडी बनाइएको ३५.३८ क्यूबीक फिट सालको काठ बरामद गरिएको प्रहरीले जनाएको हो।, बरामद काठको मूल्य करिब रु द... |
नारायण खड्का बाँकेको कोहलपुर नगरपालिका - १४ पार्वतीपुरमा एक दम्पतीको हत्यामा अर्का एक युवकको पनि संलग्नता खुलेको छ।, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी एनबहादुर मल्लले पक्राउ परेकाको बयानका आधारमा नेपालगञ्ज उपमहानगरपालिका-१९ सुर्जे गाउँका २६ वर्षीय राजु बेहेना पनि उक्त घटनामा संल्गन व्यक्ति हुन्।, २५ वर्षी... |
डा.श्रीराम खड्का सामान्यत, बच्चा योनीमार्गबाट जन्मिन्छ। तर कारणवस योनीमार्गबाट बच्चा जन्माउन नसकिए वा योनीमार्गबाट भन्दा पेट चिरेर जन्माउँदा सुरक्षित हुने अवस्थामा सिजरियनको माध्यमबाट जन्माइन्छ।, आमा र बच्चा दुवैको लागि राम्रो होस् भनेर सिजरियन डेलिभरी गराइन्छ। जस्तो, बच्चा ठूलो छ आमाको योनीमार्गबाट आउन सक्दैन अथवा बच... |
सेतोपाटी संवाददाता रसुवामा लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ। , गोसाइकुण्ड गाँउपालिका-५ स्थित शुक्रबार गोसाइकुण्ड तिर्थबाट घर फर्कने क्रममा लेक लागेर तीन जना बेहोस भएका थिए। उनीहरूको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो। , बेहोस हुनेहरूमा नुवाकोटको ककनी गाँउपालिका-८ बस्ने ४५ वर्षीय न... |
सेतोपाटी संवाददाता बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। , शनिबार बिहान सवा ७ बजे महागढीमाई नगरपालिका-२ इनरवामा बस्ने एक पुरूषको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। , सोही नगरपालिका वडा नम्बर ८ बस्ने ३५ वर्षीय सुरेन्द्रप्रसाद यादवको मृत्यु भएको हो। , उ... |
सेतोपाटी संवाददाता स्याङ्जामा घाँस काट्ने क्रममा लडेर एक वृद्धको मृत्यु भएको छ।, शनिबार बिहान पौने ११ बजे आँधिखोला गाउँपालिका-२ रंगेठाटीमा लडेर एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए। , अन्दाजी ६१ वर्षीय देवनारायण सार्की घरदेखि अन्दाजी दुई किलोमिटर टाढा रहेको ... |
सेतोपाटी प्राणघातक हमलामा परेका विश्वप्रसिद्ध लेखक सलमान रूस्दीको स्वास्थ्य अवस्था नाजुक रहेको बिबिसीले जनाएको छ। उनलाई भेन्टिलेटरमा राखिएको छ भने एउटा आँखाको ज्योति गुम्ने खतरा छ।, भारतीय मूलका रूस्दीमाथि शुक्रबार अमेरिकाको न्यूयोर्क राज्यमा हमला भएको थियो। साढे दुई हजार जनाभन्दा बढी सहभागी एक कार्यक्रमबीच कालो नकाब ... |
नारायण खड्का रूकुम पूर्वमा भएको जीप दुर्घटनामा परी जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सहित चारजना घाइते भएका छन्। , जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ सेरो मोडमा लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खस्दा चार जना घाइते भएका हुन्। , जीप दुर्घटना हुँदा प्रहरीका डिएसपी प्रकाश डाँगीस... |
सेतोपाटी संवाददाता पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको छ।, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान नौ बजे ट्रक त्रिशूलीमा खसेको हो।, मुग्लिनबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको हो।, प्रहरी नायब... |
रामबहादुर थापा/रासस गए राति बागलुङ ढोरपाटन नगरपालिका–५ साहुथोकमा खसेको पहिराले भुजीखोला थुनिएपछि स्थानीयमा एकाएक त्रास छायो। भुजी किनारका बासिन्दा दुई वर्षअघिको त्रासदीपूर्ण घटना सम्झेर झस्किए। कुनै विपद् आइनलागोस् भने कामना गरिरहे।, भाग्यवश थुनिएको आधा घण्टापछि खोला पुरानै धारतिर सोझियो। कुनै खाले क्षति निम्तिएन। खोल... |
नारायण खड्का दाङमा एक जना शिक्षकले आफ्नी छोरीसँग प्रेम गर्न खोजेको भन्दै विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन्। , राजपुर गाउँपालिका वडा नं. ३ स्थित जनज्योति माध्यामिक विद्यालय बेलामा कक्षा १२ मा पढ्ने १९ वर्षीय मन्साराम यादवलाई सोही विद्यालयका निमावि राहत शिक्षक पाटेश्वर यादवले निर्घात कुटपिट गरेका हुन्। , कुटपिटबा... |
रासस स्याङ्जाको वालिङ नगरपालिका–९ का पूर्व वडाध्यक्ष बसन्त श्रेष्ठ मृत फेला परेका छन्।, वालिङ–१३ गाहाखोलास्थित सिद्धार्थ राजमार्गबाट आँधीखोलातर्फ जाने भित्री कच्ची सडकमा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए।, भित्री कच्ची सडकमा ग १६ प ५४६१ नंको स्कुट... |
सेतोपाटी संवाददाता हेटौंडामा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ। , सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ।, बिहीबार हेटौंडाबाट मनहरीतर्फ गइरहेको ना २ च ४१६१ नम्बरको एम्बुलेन्सले पैदलयातत्री शेर्पालाई ठक्कर दिएको हो।, शेर्पाको मनहरि गाउँपालिका-९ को खरङ्... |
सेतोपाटी संवाददाता तनहुँमा माइक्रो बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।, बिहीबार बा ४ ख ९९९९ नम्बरको माइक्रो दुर्घटना हुँदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।, माइक्रो दमौलीबाट पोखरातर्फ जाँदै थियो। माइक्रो अनियन्त्रित भई सम्धीखोला पुलको रेलिङमा ठोक्किएको हो... |
सेतोपाटी संवाददाता प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।, बाग्लुङको बाग्लुङ नगरपालिका-३ घर भई काठमाडौंको बसुन्धारा बस्दै आएका ५२ वर्षीय छत्रबहादुर रोक्का क्षेत्रीलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, उनका अनुसार क्षेत्... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ८१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ८१५ जनामा संक्रमण पुष्टि भएको हो। , ४ हजार ५३४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , दुई हजार ४११ जनाको पिसिआर र दुई हजार १२३ जनाको एन्टिजेन परीक्षण ग... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंहले नवलपरासीको सुस्ताका मिटरब्याजी पीडितमध्ये आधाको समस्या समाधान भइसकेको बताएका छन्। , आफू प्रहरी प्रमुख बनेको १०० दिन पूरा भएको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बोल्दै आइजिपी सिंहले आधाको समस्या समाधान भएपछि आन्दोलि... |
सेतोपाटी संवाददाता विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचारका लागि भर्ना भएका एक जना कैदी भागेका छन्। अस्पतालबाट बुधबार राति भागेका कैदी विराटनगर–१८ का ४५ वर्षीय लक्ष्मण दास हुन्। , बैंकिङ कसुर मुद्दामा ६ महिना कैद सजाय पाएका दास शौचालय जाने बहानामा राति १० बजेतिर फरार भएको अस्पतालले जनाएको छ।, दासलाई लेनदेन मुद्दामा ... |
एजेन्सी भारतमा एक जना वकिलले रेलवे कर्मचारीले टिकट काट्दा फिर्ता नदिएको २० रुपैयाँ फिर्ता लिन २३ वर्ष मुद्दा लडेका छन्।, बिबिसी हिन्दीका अनुसार मथुराका तुंगनाथ चतुर्वेदीले सन् १९९९ डिसेम्बर २५ मा मथुराबाट मुरदावादसम्म जान रेलका दुइटा टिकट किनेका थिए। मथुराबाट मुरदावाद जान एक जनाको भाडा ३५ रुपैयाँ लाग्थ्यो। उनले सय रुप... |
सेतोपाटी संवाददाता नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंहले आगामी चुनावमा प्रहरी निष्पक्ष हुने बताएका छन्। , प्रहरी प्रमुखको नेतृत्व सम्हालेको १०० दिन पूरा भएको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बोल्दै आइजिपी सिंहले प्रहरीले चुनावमा कुनै पनि दलको पक्ष नलिने बताए। , उनले यसअ... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.