content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता कोरोना महामारीका कारण दुई वर्ष रोकिएको विराटनगरको राधाकृष्ण रथयात्रा आज निकालिदै छ।, कोरोनाकै जोखिमले यसपटक पनि रथयात्रा ननिकाल्ने प्रशासनको निर्णयको चौतर्फी विरोध भएपछि शनिबार रथयात्रा निकाल्ने तयारी भएको हो। , ५४ वर्षयता विराटनगरमा हरेक वर्ष  श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकालिने गरिएक...
दिपकजंग शाही डिभिजन वन कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएका वीरेन्द्रनगर नगरपालिका–१३ भूतचोकका ५८ वर्षीय धनीराम लामिछानेका परिवार र कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबीच सहमति भएको छ।, सहमतिपछि परिवारले शनिबार मृतकको शव बुझ्दैछन्। शव पोष्टमर्टमका लागि कर्णाली प्रदेश अस्पतालमा राखिएको छ।, शुक्...
सेतोपाटी संवाददाता बाँकेमा करेन्ट लागेर बुवा-छोराको मृत्यु भएको छ।, नेपालगन्ज उपमहानगरपालिका-१७ मा शनिबार बिहान ५ बजे अटो रिक्सा चार्ज गर्नेक्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार एक जना महिला घाइते समेत छन्।, करेन्ट लागेर २५ वर्षीय बब्लु कल...
सेतोपाटी संवाददाता बर्दियामा डुबेर दुई जना बालकको मृत्यु भएको छ। , शुक्रबार अपराह्न नुहाउन खोलामा पसेका दुई जना बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए। , बढैयाताल गाउँपालिका-४ स्थित मान खोलामा गएका १२ वर्षीय आयुष तिरूवा र १३ वर्षीय गौरव भुजेलको मृत्यु भए...
मन्दिरा घिमिरे काठमाडौंको भित्री बस्तीमा एकाबिहानै लाग्ने तरकारी बजार जानुभयो भने हिजोआज एउटा नयाँ परिवर्तन देख्नुहुनेछ।, त्यो हो, प्लास्टिकमुक्त अभियान।, असन, बालकुमारी, केलटोल, भेडासिं, इन्द्रचोक लगायतका सडक पसलमा अचेल प्लास्टिक झोलामा तरकारी दिइँदैन। तपाईंहरूले कपडाको झोला बोकेर जानुपर्नेछ।, ती ठाउँमा 'मेरो पसलमा प...
सेतोपाटी संवाददाता म्याग्दी–मान्छेको आस्था र विश्वास कति गाढा हुन्छ भन्ने कुरा जनैपूर्णिमाका दिन म्याग्दीको प्रख्यात शक्तिपीठ खयर भारानीमा देखियो। जनैपूर्णिमा मेला भर्नै भनेर लाखौं रुपैयाँ खर्चेर बेलायत, सिंगापुर र बेल्जियमलगायतका मुलुकबाट तिर्थालु आएका थिए। , उनीहरू मध्ये कसैले भारानीलाई भेडाको साँढ, कसैले बोका र कसै...
शोभा शर्मा उनी घोप्टो परेर मिसिल पढिरहेकी थिइन्। अदालतमा अरू त के पढ्नु र? जसले पढे पनि मिसिलै त हो!, उनले पढ्नु चाहिँ सामान्य होइन भनेर मलाई सर्वोच्च अदालतकी वैतनिक वकिल सुधा धितालले बताइन्।, रातो पहिरन र सिउँदोभरि सिन्दुर लगाएकी ती महिला सोमबार सर्वोच्चको वैतनिक वकिल कक्षमा आफ्नो पावरवाला चस्माबाट मिसिलका मसिना अक्ष...
डा. तिर्थराज भण्डारी  कुनै पनि दुखाइ लामो समयसम्म रह्यो भने त्यो दीर्घ दुखाइ हो।, सामान्य औषधि खाँदा, आराम गर्दा या फिजियोथेरापी गर्दा पनि दुखाइमा कमी भएन र उक्त दुखाइ तीन महिनासम्म रह्यो भने त्यसलाई दीर्घ दुखाइ भनिन्छ।, त्यस्तै औषधि सेवन गरेको खण्डमा ६ साताभन्दा बढी समयसम्म पनि कायमै रह्यो भने त्यसलाई दीर्घ दुखाइ मान...
सेतोपाटी संवाददाता विराटनगरको राधाकृष्ण रथयात्राको ५४ औं संस्करण भर्खरै सुरू भएको छ। , तिनपैनीस्थित राधाकृष्ण मन्दिरबाट हजारौं  श्रद्धालु सहभागी भएर रथ निस्किएको हो। , कोरोना महामारीका कारण दुई वर्ष रोकिएको विराटनगरको राधाकृष्ण रथयात्रा यसपटक पनि अनिश्चित थियो।, कोरोनाकै जोखिमले यसपटक पनि रथयात्रा ननिकाल्ने प्रशासनको ...
सीताराम हाछेथू दिनप्रतिदिन बढ्दै गएको जनसङ्ख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लङ्घनजस्ता प्रवृत्तिले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन जटिल र चुनौतीपूर्ण बन्दै गएको छ।, काठमाडौं उपत्यकाको ट्राफिक जाम हाम्रा लागि कुनै नौलो र अनौठो कुरा होइन। दशकौंदेखि कायम यो समस्या अनौठो र उदेकलाग्दो कुरा चाहिँ ...
रासस नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधिसहित काठमाडौंमा रहेका अन्तर्राष्ट्रिय समुदायले नेपालको शान्ति प्रक्रियाको मौलिक नेपाली मोडल सफल होस् भन्दै शुभेच्छा प्रकट गरेका छन्।,  , सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शनिबार उनकै निवास खुमलटारमा शिष्टाचार ...
रासस राष्ट्रिय भूमि आयोगले बैतडीका भूमिहीनका लागि आवेदन खुला गरेको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि आवेदन खुला गरिएको हो।, राष्ट्रिय भूमि आयोगले ३५ दिने सूचना प्रकाशन गर्दै आफ्नो वडामा तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरेको छ। राष्ट्रिय भूमि आयोग जिल्ला समितिका जिल्ला अध्यक...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २९९ जनामा संक्रमण पुष्टि भएको हो।  , ४ हजार ३३७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , १६७० जनाको पिसिआर र २६६७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अ...
रासस काठमाडौं उपत्यकामा उत्पादन हुने कुहिने फोहर काठमाडौंमै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन।, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कुहिने फोहर यही व्यवस्थापन गर्ने घोषणा गरेपनि हालसम्म कार्यान्वयन हुन सकेको छैन। , सम्भावित पाँच स्थानको पहिचान गरे पनि स्थानीय सकारात्मक हुन नसक्दा थप प्...
सेतोपाटी संवाददाता नेपाली सेनाले अंग्रेज सेनालाई युद्धमा पराजित गरेको खुसीयालीमा विक्रम सम्वत् १८७७ सालदेखि पाल्पाको तानसेनमा मनाउन सुरू गरिएको विजय उत्सव यसवर्ष पनि मनाइएको छ।, कोरोना महामारीका कारण विगतका दुई वर्ष मनाउन नसकिए पनि यस वर्ष भने शुभसाइतमै शनिबार दिउँसो भगवती रथयात्रा सहित विजय उत्सव मनाइएको हो।  , विश्व...
सेतोपाटी संवाददाता नर्तकीसँग उत्तेजित हाउभाउमा नाचेका नेपाल प्रहरीका नायब निरीक्षक (सई) राजकिशोर साह कारबाहीमा परेका छन्।, अर्केष्ट्रामा भइरहेको नाचगानमा बर्दीमै रहेका सई साह नाचेको भिडिओ सार्वजनिक भएपछि कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। , गढीमाई नगरपालिका-६ ध...
सेतोपाटी संवाददाता नेपाली कांग्रेसका नेता प्रदीप गिरिको आज अन्त्येष्टि गरिँदैछ। शनिबार राति ७५ वर्षको उमेरमा उपचारकै क्रममा निधन भएका गिरिको आज हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिनेछ।, कांग्रेस संसदीय दलको कार्यालयका अनुसार उनको पार्थिव शरीर मेडिसिटी अस्पतालको शिवालयमा आज बिहान ९ देखि ११ बजेसम्म श्रद्धाञ्जलीका लागि ...
नवीनबाबु गुरूङ नेपाली कांग्रेसका नेता एवं संघीय सांसद प्रदीप गिरिको पार्थिव शरीर अहिले अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस मुख्यालय सानेपामा राखिएको छ।, गिरिलाई श्रद्धाञ्जली दिन अहिले नेता, कार्यकर्तादेखि आफन्त तथा शुभचिन्तकको पार्टी कार्यालयमा ठूलो भिड छ।, प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेत...
सेतोपाटी संवाददाता बाँकेमा ७ वर्षीय बालक मृत अवस्थामा फेला परेका छन्। , शनिबार जानकी गाउँपालिका-५ छतेनपुर बस्ने मुङसिलाल करवलका ७ वर्षीय छोरा सन्जु करवलको मृत्यु भृएको हो। , उनी सोही ठाउँको नालामा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। , उनको मृत्यु कसरी भएको हो भन्ने खुलेको छैन। प्रहरीले घटनाबारे अन...
सेतोपाटी संवाददाता आज आइतबार देशभर मौसममा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा रहेकाले बिहान प्रदेश १ का केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानमा चट्याङसहित हल्का  देखि मध्यम वर्षा भइर...
नवीनबाबु गुरूङ दुई-दुई पटक विश्वकै १४ सर्वोच्च शिखरको सफल आरोहण गर्ने पहिलो व्यक्ति बनेका सानु शेर्पाको आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत सम्मान गरिएको छ| , दोहोर्‍याएर १४ वटा सर्वोच्च शिखर आरोहणमा उनले विश्व किर्तिमान समेत कायम गरेका छन्। , शनिबार पाकिस्तानबाट नेपाल फर्किंदा नेपाल पर्वतारोहण संघ, मा...
सेतोपाटी संवाददाता पर्साबाट १७२ किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , शनिबार वीरगन्ज महानगरपालिका-२१ परवानीपुरबाट एक जना तेल ट्यांकर चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। , प्रहरीले भारत उत्तरप्रदेश गाजीपुर ग्राम जिल्लाको सिहोरी वरठीका ३९ वर्षीय...
राजु विश्वकर्मा/रासस ‘आब ककरा बाबु कहबै, के कर साहारामे रहबै’ (अब कसलाई बुबा भन्नु? कसको साहरामा बाँच्नु?) लहान नगरपालिका–१४ बस्तीपुरका जितनीदेवी रामले रोइकराइ गरेपछि उपस्थित गाउँलेहरुले पनि आँसु थाम्न सकेनन्।, समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनको खबर सुनेलगत्तै विक्षिप्त बनेकी जितनीदेवीको आ...
सेतोपाटी संवाददाता महोत्तरीमा एक जना मिटरब्याजी आरोपीतिलाई प्रहरीले पक्राउ गरेको छ। , सीतापुर भंगाहा नगरपालिका-५ बस्ने अनिरूद्र साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए। उनलाई प्रहरीले गएराति घरबाट पक्राउ गरेको हो। , उनीविरूद्ध १० जनाले प्रहरी कार्यालयमा जाहेरी द...
सेतोपाटी संवाददाता अवैध रूपमा ल्याएको सुनजस्तो देखिने अर्धठोस वस्तुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार करिब एक किलो बराबरको सुनजस्तो देखिने अर्धठोस वस्तुसहित भारतीय नागरिकलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।, ३१ वर्षीय राहुल रेमानानलाई शनिबार...
मनिका विश्वकर्मा यौनिक तथा अल्पसंख्यक समुदायका कथा, पिटर राईले आफूलाई पारलैंगिक महिला भनेर चिनाउन थालेको जम्मा दुई महिना भयो। त्यसअघि उनलाई आफू पुरुषभन्दा फरक छु भन्ने मात्र थाहा थियो। आफूलाई समलिंगी पुरुष भनेर चिनाइरहेका थिए।, समलिंगी पुरुष भनेको पुरुष भएर पुरुषप्रति आकर्षित हुनु हो। पारलैंगिक महिला भनेका महिलाका गुण...
सेतोपाटी संवाददाता राज्यले प्रदान गर्ने सुविधाअन्तर्गतको सामाजिक सुरक्षालाई पैसासँग मात्र नजोड्न सरोकारवालाहरूले आग्रह गरेका छन्।, अहिले सामाजिक सुरक्षा भन्नेबित्तिकै वृद्धभत्ता, बालबालिकाको पोषण भत्ता लगायतका रकमलाई मात्र आमरूपमा बुझ्ने गरिएकोले सामाजिक सुरक्षालाई अब निश्चित रोजगार तथा अन्य माध्यमबाट हुन सक्ने जीविको...
नारायण खड्का दाङमा एउटा टिपरमा एकाबिहानै भएको आगजनी बीमाको लोभका कारण भएको तथ्य प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। , घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुरका  गाडी धनी ४१ वर्षीय धनेश्वर भण्डारीको निर्देशनमा गाडी चालक ३२ वर्षीय अरूण चौधरी र सहचालक २६ वर्षीय आकाश चौधरी मिलेर आगो लगाएको तथ्य सार्वजनिक भएको जिल्ला प्रहरी ...
युनिक श्रेष्ठ काठमाडौंको कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड सञ्चो शाखाका सुपरभाइजरले महिला कामदारमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।, सुपरभाइजर हरि चापागाईंले कम्पनी कामदारमाथि लामो समयदेखि पटक-पटक यौन दुर्व्यवहार गरेको आरोप लागेको हो। सञ्चो उत्पादन गर्ने कम्पनीमा ३० जना बढी महिला काम गर्छन...
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले नक्सा पास बिनै बनाएका संरचना भत्काउन थालेको छ।, बुधबार बिहान मेयर बालेन शाह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहित टोलीले काठमाडौं मलमा निर्माण गरिएको संरचना भत्काएको हो।, प्रहरीले संचरना भत्काउनु अगाडिनै पसल खाली गराइसकेको थियो। नक्सा पास गर्दा लिएको प्रयोजनभन्दा...
सेतोपाटी संवाददाता तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ । उक्त घटनामा आमा घाइते भएकी छिन्। , विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो। मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्ड...
सेतोपाटी संवाददाता नेपाल एकीकरणको ऐतिहासिक महत्व बोकेका पदमार्गको सरंक्षण, प्रवर्द्धन र प्रचार–प्रसारका लागि ‘लिगलिगकोट–सिरानचोककोट–गोरखा दरबार म्याराथन दौड प्रतियोगिता’ २०७९ हुने भएको छ।, गोरखाका तीन स्थानीय तह र नेपाली सेनाको रिपुमर्द्धन गणको संयुक्त आयोजनामा ४० किलोमिटरको दौड प्रतियोगिता आयोजना गरिने गोरखा नगरपालिक...
रासस राष्ट्रिय भूमि आयोग खोटाङले भूमिहीन र अव्यवस्थित बसोबासीलाई भूमि प्राप्तिका लागि असोज ४ गतेभित्र निवेदन दिन आग्रह गरेको छ। जिल्लाका १० वटै स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आयोगले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन भनेको हो।, आयोगको केन्द्रीय कार्यालयले सूचना प्रकाशन गरेसँगै ज...
सेतोपाटी संवाददाता आगामी आइतबारसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , पानी पार्ने मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा रहेकाले मुलकको पश्चिमी क्षेत्रमा वर्षा भइरहेको महाशाखाले जनाएको छ। , आज शुक्रबार देशका अधिकांश भू-भागको मौसममा सामान्य देख...
एजेन्सी जापानमा पछिल्लो समय २ लाख भन्दा बढी कोरोना संक्रमित फेला परेका छन्।, जापानमा एकै दिनमा २ लाख ५५ हजार पाँच सय ४२ जनामा कोभिड -१९ को सङ्क्रमण देखिएको जापानको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। ४ लाख ८२ हजार २२७ जनामा परिक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन्।, यो सङ्ख्या हालसम्मकै सबैभन्दा बढी हो।...
सेतोपाटी संवाददाता डाक्टर धर्मागत भट्टराईले अन्तर्राष्ट्रिय युवा इम्युनोलोजिस्ट अवार्ड पाएका छन्।, विश्वभरका इम्युनोलोजिस्टको आधिकारिक संस्था युरोपियन सोसाइटी फर इम्युनोडिफीसियन्सिज (इसिड) द्वारा उत्कृष्ट ३ युवा इम्युनोलोजी विज्ञलाई दिईने ‘इसिड ट्यालेन्ट अवार्ड २०२२’ पुरस्कारबाट नेपालका इम्युनोलोजिस्ट चिकित्सक धर्मागत...
दुर्गा देवकोटा/रासस कैलालीमा घरको नक्सापास न्यून संख्या गर्ने गरेको पाइएको छ। लाखौं रुपैयाँ खर्च गरेर घर बनाए पनि नक्सापास गर्नेबारे नागरिक सचेत बन्न सकेका छैनन्। उनीहरूले नक्सापासको महत्व अझै बुझ्न सकेका छैनन्। न्यून व्यक्तिले मात्र मापदण्डअनुसार घर बनाउने गरेको पाइएको छ। , वि.सं २०७२ मा भूकम्प गएपछि सहरी विकास तथा भ...
रासस प्रतिकूल मौसमका कारणले अवरूद्ध रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन महिनापछि उडान भएको छ। नेपाल एयरलाइन्सले आज उडान भरेको हो।, जहाजले काठमाडौंबाट सात यात्रु लिएर आएको र ताप्लेजुङबाट पाँच यात्रु लिएर काठमाडौं फर्केको नेपाल वायुसेवा निगम ताप्लेजुङ कार्यालय प्रमुख लोकेन्द्र लिम्बूले जानकारी दिए।, उनका अनुसार अब...
एजेन्सी स्विडेनमा जन्मदर अत्यन्त न्यून भएको तथ्याङ्क सार्वजनिक भएको छ। सन् २०२२ को पहिलो ६ महिनाको जन्मदर १६ वर्षपछिकै सबैभन्दा कम रहेको देखिएको हो।, स्विडेनका तथ्याङ्क अधिकारीहरूले दिएको जानकारी अनुसार यस अवधिमा ५४ हजार ६ सय ५० शिशु जन्मिएका छन्। यो सङ्ख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा ६ दशमलव ७ प्रतिशत कम हो।, ...
सेतोपाटी संवाददाता झाडा पखालाका कारण दाङमा एक सात वर्षीया बालिकाको मृत्यु भएको छ भने थप तीन जना बिरामीको उपचार जारी छ। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार राजपुर गाउँपालिका वडा नं. ७ गजमिरेकी ७ वर्षीया बालिका सम्झना परियारको मृत्यु भएको हो। , गजमिरे नेपाल–भारत सीमा नाका क्षेत्रमा पर्दछ। , गाउँ नजिकको स्...
रासस  , विसं २०८० को पात्रो (पञ्चाङ्ग) प्रकाशनका लागि १७ वटा निवेदन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।, विसं २०८० को पञ्चाङ्ग प्रकाशन गर्नका लागि निवेदन दिन गत साउन ४ गतेको गोरखापत्रमा सूचना प्रकाशन गरी समितिले एक महिनाको समय दिएको थियो । , समितिको सूचनाअनुसार पुराना १४ पञ्चाङ्ग र नयाँ तीन गरी १७ वट...
रासस चितवनमा छुट्टाछुट्टै दुर्घटनामा आज तीन जनाको मृत्यु भएको छ।, इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको तथा रत्ननगरका अर्का एक व्यक्तिको मृत्यु भएको हो।, काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना६ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा८८प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरस...
एजेन्सी जापानको सरकार अहिले संसारका धेरै मुलुकलाई अनौठो लाग्ने काम गरिरहेको छ। अरू देशका सरकार आफ्ना युवाहरूलाई जाँड-रक्सी नखाऊन् भनेर विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेका हुन्छन्। कतिपय ठाउँमा त रक्सीको सार्वजनिक बेचबिखन नै प्रतिबन्ध लगाइएको छ।, सिएनएनका अनुसार जापान सरकार भने आफ्नो देशका युवायुवतीले रक्सी खान छोडे...
अजितकुमार झा/रासस नेपालको सबभन्दा ठूलो नदीका रूपमा रहेको सप्तकोसी नदीको पूर्वी तटबन्ध फुटेको आज १४ वर्ष पूरा भई १५ औं वर्षमा प्रवेश गरेको छ।, विनाशकारी बाढी आएको र करोडौंको धनजन क्षति भएको घटना अझै पनि पीडितले सम्झिरहेका छन्। घटना सम्झँदै त्रसित हुने स्थानीयको जनजीविका घटना भएको १४ वर्ष बितिसक्दासमेत पूर्वावस्थामा फर्...
सेतोपाटी संवाददाता पश्चिम तराईका थारू समुदायले धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका छन्।, पुरानै परम्परागत हरेरी पूजा गर्दै अएका थारू समुदायले यस वर्ष पनि धान उत्पादनमा वृद्धि हुने विश्वासका साथ हरेरी पूजा मनाएका हुन्। , धानमा किरा लाग्नबाट बचाउन र धान उत्पादनमा वृद्धि हुने विश्वासले हरेरी पूजा गर...
निर्मला घिमिरे महोत्तरीका विकल झा ओमनमा 'एभिएसन' अर्थात 'उड्डयन' पढाउँछन्। सिम्रिक एअर र सौर्य एअरमा एक–एक वर्ष काम गरेपछि उनी दक्षिण–पश्चिम एसियाको अरबी मुलुक ओमन पुगेका हुन्। , सात वर्षअघि, सन् २०१५ सेप्टेम्बरमा ओमन पुगेका उनी त्यहाँको 'मोर्डन कलेज अफ बिजनेस एन्ड साइन्स' मा 'एभिएसन म्यानेजमेन्ट' पढाउँछन्।, 'सौर्यमा ...
रासस धेरै पढ्ने र जागिर खाने सपना बोकेकी बागलुङ नगरपालिका–११ रायडाँडाकी दुर्गा सापकोटाको सपना कक्षा १२ पढ्दै तुहियो। आफूबाहेक परिवारका सबै सदस्य जन्मजात अपांगता भएपछि छ वर्षको उमेरयता सापकोटाका दिन निकै कष्टकर रहे। , पारिवारिक बोझ र आर्थिक संकटका कारण उनको बाँकी जीवन मेलापात र परिवारको लालनपालनमै बित्यो। उनको थाप्लोमा...
रासस दाङको दङ्गीशरण गाउँपालिकाले खरिद गरेको जेसिबी डेढ वर्षमै बिग्रिएको छ।, अहिले उक्त जेसिबी हेकुलीस्थित इलाका प्रहरी कार्यालयको प्राङ्गणमा थन्क्याएर राखिएको छ।, आर्थिक वर्ष २०७५/७६ मा रु ३३ लाखमा खरिद गरिएको उक्त जेसिबीले आम्दानी भने केही गर्न सकेन।, ‘खरिद गरेको डेढ वर्षमै बिग्रियो, अहिले थन्क्याएर राख्नुपर्ने अवस्थ...
सेतोपाटी संवाददाता ललितपुर महानगरमा वायुमण्डलबाट कार्बनडाइअक्साड लिई त्यसलाई अक्सिजनमा परिणत गर्ने मेसिन ‘एल्गी रियाक्टर’ राखिएको छ। , यो मेसिनले मासिक १५ सय लिटर अक्सिजन उत्पादन गर्छ। मेसिनले उत्पादन गरेको अक्सिजन वातावरणमा नै मिसिन्छ। जबकि धेरै अक्सिजन उत्पादन गर्ने भनिएको पिपलको रुखले मासिक ५० लिटर अक्सिजन उत्पादन ...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ६२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ६२३ जनामा संक्रमण पुष्टि भएको हो।  , ४ हजार ९४५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , १ हजार ६२१ जनाको पिसिआर र ३ हजार ३२४ जनाको एन्टिजेन परीक्षण ...
नारायण खड्का बाँकेको खजुराकी ६४ वर्षीया डोल्मा सुनारलाई धेरै वर्षदेखि शरीर चिलाउने समस्या छ। यसबाट उनी हैरान भइन्। दाङको तुलसीपुर, डुर्मीगाउँका ५१ वर्षीय ईश्वरीप्रसाद चालिसेलाई खुट्टामा एलर्जी भइरहने समस्या भयो।, यी दुवै जना गत साताको एक दिन दाङको तुलसीपुर उपमहानगरपालिका–१९ स्थित प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीम...
रासस बालिका अपहरणको आरोपमा प्रहरी जवानसहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ।, धादिङ घर भई बागलुङ नगरपालिका–१ रामरेखा बस्दै आएकी सपना थापाकी छ वर्षीया छोरी सुहाना तामाङलाई अपहरणको प्रयास गरेको भन्दै प्रहरी जवान शङ्कर आचार्य र जैमिनी नगरपालिका–७ की ३६ वर्षीया भगवती क्षेत्रीलाई प्रहरीले आज  नियन्...
सेतोपाटी संवाददाता बाँकेलाई केन्द्रबिन्दु बनाएर शुक्रबार मध्यराति भूकम्प गएको छ। , राति १: २८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।, भूकम्पको धक्का बाँके, बर्दियासहित पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो ।, बाँकेलाई केन्द्रबिन्दु ब...
सेतोपाटी संवाददाता अझै एक-दुई दिनसम्म वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन्।, जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईले दिएको जानकारी अनुसार मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आएकाले केही दिन वर्षाको सम्भावना रहेको छ।, मौसमविद भट्टराईका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमतिर सरदर स्थ...
रासस जिल्ला प्रशासन कार्यालय कैलालीले नजिकिँदै गरेको महिलाहरूको महान चाड हरितालिका तीज कार्यक्रम खर्चिलो तथा भड्किलो रूपमा नगर्न आग्रह गरेको छ। , विगत केही वर्षयता हरितालिका तीज पर्व मनाउने नाममा विभिन्न तडकभडकसहितका अत्यन्त खर्चिला कार्यक्रम गर्ने गरेकोमा त्यस्ता क्रियाकलाप नगर्न कार्यालयले आज एक सूचना जारी गर्दै आग्...
सेतोपाटी संवाददाता भक्तपुरको सूर्यविनायक नगरपालिका अन्तगर्त दधिकोटमा शुक्रबार धुमधामसँग श्रीकृष्ण जन्माष्टमी मनाइएको छ।, श्रीकृष्ण महिमाको प्रवचन र राधाकृष्णको नृत्य प्रदर्शन गरेर पर्व मनाइएको हो।, स्थानीय ब्रम्हकुमारी राजयोग उपसेवा केन्द्रमा आयोजना गरिएको कार्यक्रममा केन्द्रका अगुवाले प्रवचन दिएका थिए। त्यस्तै बाल कृ...
एजेन्सी चिनियाँ मूलका एक क्यानडियन अर्बपतिलाई चीनमा १३ वर्ष जेल सजाय सुनाइएको छ।, समाचार संस्था रोयटर्सका अनुसार सांघाईको एक अदातलले शुक्रबार अर्बपति सिआओ चिन्हुवालाई घुस खुवाएको, अरूको पैसा गैरकानुनी रूपले चलाएकोलगायत विभिन्न मुद्दामा दोषी ठहर गर्दै १३ वर्ष जेल सजायको फैसला गरेको हो। उनको कम्पनी टुमरो होल्डिङ्सलाई ८....
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनस्थित कृष्णमन्दिरको पूजा, आराधना गरेकी छन्।, शुक्रबार ललितपुरको पाटनस्थित मंगलबजारमा रहेको कृष्णमन्दिरको दर्शन गरेकी हुन्। राष्ट्रपति भण्डारीले आज कृष्ण जन्माष्टमीको अवसर पारेर मन्दिरको दर्शन गरिन्।, कृष्ण अष्टमीको दिनमा आज ललितपुरको पाटनस्थित मंगलबजारमा रहेको कृष...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा गएराति परेको ठूलो पानीले गोदावरी, हनुमन्ते, विष्णुमती, मनोहरा, नख्खुलगायत स-साना खोलामा जलसतह बढेको छ।, यसैबीच बाढी पूर्वानुमान महाशाखाले ती खोला क्षेत्रको आसपासमा शनिबार बिहान ८ बजेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ।, भदौ ४ बिहान २बजे, पछिल्लो ३घण्टा गोदावरी,ह...
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीको चेकिङमा परी ५१ जना कलेजका विद्यार्थीहरू कारबाहीमा परेका छन्।, बुधबार गरिएको ट्राफिक प्रहरी चेकिङमा ५१ जना कलेजका विद्यार्थीहरू कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।, कलेजका विद्यार्थीहरूको सुरक्षालाई मध्यनजरमा राख्दै कार्यालयले ट्राफिक चेकजाँच अ...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर थप ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ६ हजार ३८३ जनाको कोरोना परीक्षण गर्दा उक्त संक्रमित थपिएका हुन्।, मन्त्रालयका अनुसार ३ हजार ८७६ जनाको पिसिआर र २ हजार ५०७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। हाल देशभर देशभर पाँच हजा...
रासस उदयपुरको वेलका नगरपालिकाको केही वडामा सप्तकोसी नदीको बाढी प्रवेश गरेर कटान गरेको  झन्डै एक किलोमिटर क्षेत्रमा नगरपालिकाले कटान नियन्त्रणका लागि तटबन्ध निर्माण सुरू गरेको छ।, नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार केही दिनअघि मात्र बाढीले नगरको वडा नं २ ,३ र ८ का डुम्रीबोट सहितका क्षेत्रमा नदी कटानले गाउँघर असुरक...
सेतोपाटी संवाददाता विद्यार्थी भर्ना गर्दा बिना रसिद शुल्क लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग सुर्खेतले एक विद्यालयको कागजात जफत गरेको छ।, कक्षा ११ को भर्ना गर्ने क्रममा रसिदबिनै रकम संकलन गरेको आरोपमा वीरेन्द्रनगरमा अवस्थित जन नमूना माध्यमिक विद्यालयको कागजात अख्तियारले जफत गरेको हो।, अख्तियारले २ लाख ७६ हज...
सेतोपाटी संवाददाता दाङको घोराही उपमहानगरपालिका वडा नं. २ रामपुरका २८ वर्षीय अटोचालक मुक्तान चौधरीलाई  पुर्पक्षका लागि थुनामा पठाइएको छ। ११ जनालाई भने दाङ जिल्ला अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको छ।, अदालतकी शाखा अधिकृत उर्मिला तिमिल्सिनाले छोरा, बुहारी, मलामी, पुरोहितसहित थप एक चालकसमेत गरी ११ जनालाई साधारण तारे...
सेतोपाटी संवाददाता दार्चुलामा बुधबार एउटा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।, दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार गोकुलेश्वरबाट सदमुकामतर्फ आइरहेको से १ ज ५५१ नम्बरको जिप बुधबार अपरान्ह सवा ४ बजेतितर शैल्यशिखर नगरपालिका-६ उल्लानी भन्ने ठाउँमा दुर्घटनामा परेको हो।, घुम्तीमा दुर्घटना भए...
सेतोपाटी संवाददाता भेटाएको नागरिकताको दुरूपयोग गरी कम्पनी खोलेर ठगी धन्दा चलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई बुधबार पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , भक्तपुर मध्यपुर ठिमी नगरपालिका-९ बस्ने २८ वर्षीय सुरेश भ...
सेतोपाटी संवाददाता मोरङको सुन्दर हरैचामा आगोले जलेर एक जनाको ज्यान गएको छ। , बुधबार राति करिब १० बजे सुन्दरहरैचास्थित बेलेपुर भन्ने ठाउँमा बालकृष्ण गिरीको घरमा आगो लाग्दा उक्त घरमा रंग लगाउन आएका मजदुरको मृत्यु भएको छ। , इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार विद्युत सर्ट भएर लागेको आगोमा परि बेलबारी ११ का मजदुर कुमार...
सेतोपाटी पूर्वयुवराज्ञी हिमानी शाह रूघा र ज्वरोसहित घाँटीमा समस्या आएपछि बुधबार साँझ मेडिसिटी अस्पताल भर्ना भएकी छन्।, उनी केही दिनअघि हिमानी ट्रस्टको कार्यक्रमका लागि अस्ट्रेलिया गएकी थिइन्। त्यहीँ उनको घाँटीमा समस्या सुरू भएको पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव फणि पाठकले जानकारी दिए।, उनी अस्ट्रेलियाबाट सोमबार काठम...
सेतोपाटी संवाददाता रौतहटको चन्द्रपुर नगरपालिकास्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा यात्रुवाहक बस र अटो एक आपसमा ठोकिँदा ३ जनाको ज्यान गएको छ। चन्द्रपुर-२ लच्का नजिकै बस र अटो रिक्सा आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको हो।, काठमाडौंबाट सर्लाहीको बयलबासतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २०१ नम्बरको बस र बागमतीबा...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले १५ दिनभित्र कलंकीमा रहेको खसी बजार हटाउन निर्देशन दिएको छ।, वडा नम्बर १४ मा पर्ने बल्खु खोलामा जोडिएको करिब सात रोपनी ८ आना जग्गामा रहेको खसी बजार हटाउन महानगरले निर्देशन दिएको छ।, खसी बजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर...
सेतोपाटी संवाददाता हाल बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।, जल तथा मौसम विज्ञान विभागका अनुसार  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको हो। , हाल पानी पार्ने मनसुनको न्यून चापीय...
एजेन्सी भारतको राजस्थानमा एक दलित महिला शिक्षिकालाई केही व्यक्तिले जिउँदै जलाएका छन्।, विद्यालय जान लागेकी ती शिक्षिकालाई एक समूहले पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएकी थिइन्। आगलागीबाट नराम्ररी जलेकी शिक्षकाको अस्पतालमा उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।, करिब ७ दिन ...
एजेन्सी चिनियाँ कम्पनीको स्वामित्व रहेको एप टिकटक अमेरिकाका निम्ति टाउको दुखाइको विषय बनेको छ। एपमार्फत् अमेरिकाको डेटा बेइजिङ पुग्ने भन्दै वासिङ्टनमा बेलाबखत बहस उठ्ने गरेको छ। पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पालामा नसुल्झिएको यो  बहस अहिले जो बाइडेनका पालामा पनि उत्तिकै चासोको विषय छ।, सिनेटरहरूले टिकटकको बढ्दो लोक...
पूर्णप्रसाद मिश्र/रासस जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक विस्तार सुरू भएको सात वर्षमा पनि पूरा नहुँदा धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ। , काम सुरू भएको भएको सात वर्षमा पनि सम्पन्न हुन नसक्दा घाम लागेका बेलामा धुलो र पानी परेका बेलामा हिलोले त्यस क्षेत्रमा समस्या हुने गरेको छ। धुलो यस क्षेत्रमा वायु प्रद...
सेतोपाटी संवाददाता काठमाडौंबाट थप ६० टिपर फोहोर आज बन्चरेडाँडा पठाइएको छ।, नेपाल टिपर तथा ट्रक व्यवसायी समितिको सहयोगमा फोहोर लगिएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ।, कुलेश्वरस्थित ट्रान्सफर सेन्टरबाट ६० टिपर फोहोर बन्चरेडाँडातर्फ लगिएको हो। , तर फोहोर फाल्न भने आज पनि स्थानीयले अवरोध गरेका छन्। बुधबार पक्राउ ...
रासस बलात्कारको आरोप लागेका पुर्चौंडी बहुमुखी क्याम्पसका प्रमुख राजेन्द्रसिंह नेगीलाई कारागार चलान गरिएको छ। , जिल्ला अदालतले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।, कैलाली घर भई पुर्चौंडीमा ज्याला/मजदुरी गर्दै आएकी एक महिलामाथि क्याम्पस प्रमुख नेगीले ...
सेतोपाटी संवाददाता दाङमा विद्यालय जान डुंगामा राप्ती नदी तरिरहेका विद्यार्थी सवार सानो डुंगा (पटेला) दुर्घटना हुँदा २५ विद्यार्थी घाइते भएका छन।, लमही नगरपालिका-९ बाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका-७ स्थित मावि सिक्टामा अध्यनका लागि जान खोजेका विद्यार्थी दुर्घटनामा परेका हुन्।, जिल्ला प्रहरी प्रमुख एसपी ...
सेतोपाटी संवाददाता भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले आफैंले सञ्चालन गर्दै आएको शैक्षिक कार्यक्रममा शिक्षार्थीका रूपका सहभागी ज्येष्ठ नागरिकलाई मोबाइल फोन वितरण गरेको छ। , प्रतिष्ठानले ललितपुरको बुङ्मतिमा ४० निरक्षर ज्येष्ठ नागरिकका लागि गत वर्षदेखि साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ। कक्षामा सहभागी सबैलाई एक था...
भगवती पाण्डे नेपाल विद्युत प्राधिकरण, लुम्बिनी प्रादेशिक कार्यालय, बुटवलले यहाँका उद्योगहरूबाट मात्रै विद्युत महसुल बापत झन्डै ६ अर्ब रुपैयाँ उठाउन बाँकी रहेको छ।, प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुख नवराज ओझाका अनुसार ३३ वटा उद्योगहरूबाट आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा ५ अर्ब ९५ करोड ६५ लाख ९४ हजार रुपैय...
सेतोपाटी संवाददाता हुन्डी कारोबार गरेको आरोपमा प्रहरीले ६९ लाख नगदसहित तीन जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ६९ लाख नगदसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , काठमाडौंको तार्केश्वर नगरपालिका-१० मनमैजु बस्ने ४५ वर्षीय माधव श्रेष्ठ, बारा...
सेतोपाटी संवाददाता बुटवलमा पहिलो पटक घिन्ताघिसि जात्रा प्रदर्शन गरिएको छ।, गाईजात्रा अन्तर्गतको यो जात्रा यसअघि काठमाडौं उपत्यकामा मात्र सीमित रहेको थियो। घिन्ताघिसि जात्रा पहिलो पटक बिहीबार बुटवलमा प्रदर्शन गरिएको हो।, नेवाः सेवा समिति बुटवल वडा नं. १ र २ ले पहिलो पटक बिहीबार बिहान यो जात्रा प्रदर्शन गरेको हो।, विश्व...
सेतोपाटी संवाददाता महिलामाथि बलात्कार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एक पुरूषलाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई बिहीबार पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , रामेछाप खाँडादेवी गाउँपालिका-८ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्ने ४४ वर...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ५४२ जनामा संक्रमण पुष्टि भएको हो।  , ४ हजार ९३० जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , २ हजार ८२ जनाको पिसिआर र २ हजार ८४८ जनाको एन्टिजेन परीक्षण गर...
नारायण खड्का सुन पसल बेचेका एक जनालाई 'हनी ट्र्याप'मा पारेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। , हनी ट्र्यापमा पारेको आरोपमा प्रहरीले चार महिला र एक पुरूषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको हो। यस घटनामा संलग्न दुई जना अझै फरार छन्। , रोल्पा परिवर्तन गाउँपालिका वडा नं. ५ घर भई घोराही ...
सेतोपाटी संवाददाता दक्षिण कोरिया पठाइदिन्छु भन्दै ७ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , झापा अर्जुनधारा नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-६ सितापाइला बस्ने ३४ वर्षीय दिनेश खतिवडालाई बिहीबार प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, काभ्रेपलाञ्...
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीको चेकिङमा परी एक सय १४ जना कलेजका विद्यार्थीहरू कारबाहीमा परेका छन्।, बुधबार गरिएको ट्राफिक प्रहरी चेकिङमा एक सय १४ जना कलेजका विद्यार्थीहरू कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।, कलेजका विद्यार्थीहरूको सुरक्षालाई मध्यनजरमा राख्दै कार्यालयले ट्राफ...
सेतोपाटी संवाददाता सुर्खेतमा वन सम्बन्धी मुद्दामा पक्राउ गरिएका व्यक्तिको मृत्यु भएपछि आफन्त आन्दोलिन बनेका छन्।, वीरेन्द्रनगर वन डिभिजन कार्यालयमार्फत बिहीबार पक्राउ गरिएका वीरेन्द्रनगर–१३ भूतचोकका ५८ वर्षीय धनीराम लामिछानेको वन कार्यालय पुर्‍याउनेबित्तिकै मृत्यु भएको हो।, लामिछानेको मृत्यु भएपछि आफन्तले पक्राउ गर्ने...
नारायण अधिकारी वंश विस्तार र सम्भावित महामारीबाट बचाउन चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिङ्गे बाढी, रोग र बाघले खाएर  सकिएका छन्।, २०७३ मा ल्याइएका १५ अर्ना र २०७४ मा ल्याइएका सात बाह्रसिङ्गे सखाप भएका हुन्।, निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुल्ला खोर (इन्क्लोजर) निर्माण गरी राखिएका अर्नाले सात बच्चा...
सेतोपाटी संवाददाता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पाँच हजार घुससहित एक जना प्लमर लाई पक्राउ गरेको छ।, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महांकाल चौर शाखा कार्यालयमा कार्यरत सिनियर प्लमर गणेशबहादुर खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस मागेको सूचना आयोगमा आएको थियो।, आयोगको टोलीले खुलाललाई सेवाग्राहीब...
एजेन्सी भारतको जम्मु-कश्मिरमा इन्डो-तिब्बतियन बोर्डर पुलिस र जम्मु कश्मिर प्रहरीका जवान सवार बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।, जम्मु कश्मिरमा पर्ने चन्दनवारीमा मंगलबार अपरान्ह बस नदीमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बसको ब्रेक फेल भएकाले दुर्घटना भएको जनाइएको छ।, बसमा ३९ जना सवार थिए। घाइते भएकाहरूलाई...
सेतोपाटी संवाददाता सिराहामा एम्बुलेन्समा राखेर गाँजा ओसारपसार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, सोमबार राति पौने ९ बजे लहान नगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गबाट एक जनालाई गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए।, प्रहरीले धनगढीमाई नगरपालिका-९ बस्...
सेतोपाटी संवाददाता बुटवलको एक होटलमा महिला र पुरूष मृत भेटिएका छन्।, तिनाउ पुलपारी फूलबारी चोकमा रहेको कारीकोट होटलको कोठामा सोमबार दुई जना मृत फेला परेको प्रहरीले जनाएको छ।, उनीहरू आइतबार राति होटलको कोठामा सँगै बसेका थिए। पुरूष झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्...
सेतोपाटी संवाददाता मन्त्रिपरिषदको साउन २६ गतेको बैठकले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागू गर्ने निर्णय गरेको छ।, सरकारले बजेट भाषण गर्दा नै सरकारी कर्मचारीदेखि शिक्षकसम्मको तलब १५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको थियो।, बजेटमा वृद्धि गरिएअनुसार नै कर्मचारी, शिक्षकहरूको तलब तोकिएको हो। अधिकृतदेखि माथिका पदमा...
सेतोपाटी संवाददाता काठमाडौंको फोहोर बोकेर गएको गाडी बञ्चरेडाँडा सडकखण्डको आलेटारमै अड्किएको छ।, काठमाडौंबाट फोहोर बोकी गएको गाडीलाई स्थानीयले अवरोध गरेपछि बञ्चरेडाँडा सडकखण्डको आलेटारमै अड्किएको काठमाडौं महानगरका नगर प्रहरीका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिए।, उनका अनुसार बिहानदेखि स्थानीयहरूले फोहो...
सेतोपाटी संवाददाता काठमाडौ‌ंको फोहोर फाल्न स्थानीयले अवरोध गरेपछि बञ्चरेडाँडामा प्रहरीले हवाई फायर गरेको छ। , मंगलबार दिउँसो काठमाडौंबाट लगिएको फोहोरका गाडीलाई स्थानीयले रोकेका छन्। फोहोरका गाडीलाई अवरोध पुर्‍याएपछि प्रहरीको सुरक्षा घेराबीच बञ्चरेडाँडामा फोहोर फाल्ने गरिएको छ। , स्थानीयलाई सम्झाउँदा पनि नमानेपछि र प्र...
रासस पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलस्थित मार्बल बोकेको ट्रेलर र जीप ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ। , चितवनबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बरको मार्बल बोकेको ट्रेलरले आज बागमती प्रदेश–०१–०२५च ७८७२ नंको जीपलाई ठक्कर दिँदा जीपमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धाद...
युनिक श्रेष्ठ गत मंगलबार (साउन २४ गते) राती साढे १२ बजे काठमाडौंको कीर्तिपुरस्थित एक घरमा डकैती भयो। , कीर्तिपुर नगरपालिका-४ का ७४ वर्षीय नारायण बस्नेतको घरमा ४-५ जनाको समूहले ढोका फोडेर भित्र पसे। बस्नेत भएको ठाउँमा पुगेर खुकुरी देखाए। बस्नेत राम्ररी कान पनि सुन्दैनन्। बस्नेत आफ्नी श्रीमती र बहिनीसँग बस्थे। उनीहरू सब...
राजु अधिकारी भारतमा मात्रै निर्भर नेपाली चियाको अन्तर्राष्ट्रिय बजार अब चीनतिर पनि फैलिने सम्भावना बढेको छ। उत्तरी छिमेकीले ‘गुणस्तर पुगेको नेपाली चिया ठूलो आकारमा आयात गर्ने’ वचन दिएपछि नेपाली चिया उद्योगमा आशा जागेको छ।, नेपाली चिया क्षेत्र पछिल्लो समय आयातमै कर लगाउने भारतीय तयारीले आतंकित छ। यहीबेला चीन भ्रमणमा रह...
सेतोपाटी संवाददाता रोल्पामा अरिंगालले टोकेका एक व्यक्तिको मृत्यु भएको छ। , रोल्पा नगरपालिका वडा नं. १० धाङ्सीका ५४ वर्षीय जयबहादुर बुढा मगरलाई सोमबार बेलुका अरिंगालले टोकेको थियो। , अरिंगालले शरीरका विभिन्न भागमा टोकेर घाइते उनलाई उपचारको लागि जिल्ला अस्पताल रेउघा लगिएकोमा उपचारका क्रममा राति ११: २० बजेतिर मृत्यु भएको...
सेतोपाटी संवाददाता सल्यानमा लेनदेनको विषयलाई लिएर भाइ-बुहारीसहित तीन जनामाथि एसिड प्रहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। , दार्मा गाउँपालिका वडा नं. ३ चम्फुटाकुराका ५० वर्षीय  बेचे रावतले मदिरा सेवन गरी सोमबार बेलुका साढे ७ बजेतिर सहोदर भाइ  ४९ वर्षीय भीमबहादुर रावत, उनकी ४० वर्षीया दीपा रावतलाई लक्षित गरी प...