content
stringlengths
20
64.1k
सविता बुढा नेपाल विद्युत प्राधिकरण भन्छ– देशमा ९० प्रतिशत विद्युतीकरण भएको छ। बाँकी १० प्रतिशत गाउँ बिजुलीविहीन छन्।, यस्तै एउटा गाउँ हो सुदूपश्चिमको दुर्गम पहाडी जिल्ला बाजुराको विकट स्वामीकात्र्तिक खापर गाउँपालिका वडा नम्बर एकको रुडी गाउँ। यहाँका बासिन्दाले अझै बिजुली बाल्न पाएका छैनन्।, साँझ परेपछि उनीहरूलाई सधैँ प...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाको आठौं नगर बैठकले नगर प्रहरीको दैनिक भत्ता बढाउने प्रस्ताव गरेको छ।, बैठकले सडकमा फुटपाथ नियन्त्रणका लागि खटिने नगर प्रहरीको भत्ता बढाएर पाँच सय पुर्‍याउन प्रस्ताव गरेको छ।, महानगरले यसअघि नगर प्रहरीलाई दैनिक तीन सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको थियो। काठमाडौं महानगरका मेयर...
युवराज श्रेष्ठ शुक्रबार साँझ आमाको हात समातेर ११ वर्षीय रविन तिवारी घर फर्किंदै थिए। आफन्तको घर पुगेर फर्किंदा पोखरामा मुसलधारे पानी बर्सिरहेको थियो। उनीहरू सडक किनारका बाटो हिँडिरहेका थिए।, सडक किनारका नाली ढकनीले छोपिएका थिए। उनीहरू त्यही ढकनीले छोपेको नालीमाथि हिँडिरहेका थिए। सडकमा बगेको खोलाले ढकनी ढाकिएको थियो। प...
सेतोपाटी संवाददाता बैतडीमा जबरजस्ती करणी उद्योगमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन्। , सिगास गाउँपालिका –३ स्थित स्वास्थ्यचौकीमा कार्यरत २७ वर्षीय खगेन्द्रसिंह धामी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। , एक महिला कर्मचारीमाथि जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको...
रासस ट्राफिक प्रहरीले काठमाडौंको रानीबारीबाट मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ।, उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौ‌ महानगरपालिका–२६ रानीबारीबाट मोटरसाइकल चोरी गर्ने धादिङ थाक्रे गाउँपालिका–५ गौरीखर्कका ३० वर्षीय रमित लामालाई पक्राउ गरेको हो।, कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रस...
सेतोपाटी संवाददाता हाल  सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशहरूमा सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशहरूका केही स्थानहरूमा तथा प्रदेश १ र  बागमती प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देख...
सेतोपाटी संवाददाता पहिरोले दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ।, राप्ती राजमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ साततले नजिकै पहिरो झरेपछि सडकखण्ड अवरुद्ध भएको हो।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले आज बिहान ८ बजेतिर पहिरो झरेपछि सडकखण्ड अवरुद्ध भएको बताए।, बर्षा कम हुनासाथ पहिरो...
रासस कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ बडुवाल चौराहाका खेमराज भट्टकी दुई वर्षीया छोरी मानुशी भट्ट आज बिहान नहरमा मृत भेटिएकी छन्।, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले बिहीबारदेखि हराइरहेकी बालिका शुक्रबार बिहान घर अगाडिको महाकाली सिँचाइको शाखा नहरमा मृतावस्थामा भेटिएको बताए।, ‘हराइरहेकी बालिकाको शव स्थान...
सेतोपाटी संवाददाता महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतलाई मधेश प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ। शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले उनलाई ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए।, आर्थिक अवस्था कमजोर रहेकाले अदालतमा मुद्दा लड्न निहारिकाला...
नवीनबाबु गुरूङ पार्किङ व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाको टोली राहदानी विभाग पुगेको छ।, शुक्रबार दिउँसो नगर प्रहरी, महानगरीय ट्राफिक प्रहरीसँगको सहकार्यमा त्रिपुरेश्वरस्थित राहदानी विभागमा पार्किङका लागि बनाइएको भूमिगत स्थानमा कार्यालय राखिएको भन्दै हटाउन खोजिएको हो।, राहदानी विभागमा दैनिक हजारौं सेवाग्राहीको भ...
सेतोपाटी संवाददाता कपिलवस्तुको मायादेवी गाउँपालिका-५ मा एक जनाको गोली हानी हत्या भएको छ। , शुक्रबार दिउँसो अज्ञात समूहले मायादेवी- ६ का ५५ वर्षीय घुरहु भनिने रामअनुज पासीमाथी गोली प्रहार गरेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ।, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले शुक्रबार दिउँसो अज्ञा...
सेतोपाटी संवाददाता ललितपुरको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट  'एआइटिएम' क्याम्पसमा मेयर छात्रवृत्तिअन्तर्गत दुई जना विद्यार्थीले पढ्न पाउने भएका छन्।, शुक्रबार क्याम्पसमा आयोजित कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र क्याम्पसका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशन राठीले 'मेयर छात्रवृत...
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।, नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, पक्राउ पर्नेमा भीमेश्वर नगरपालिका-८...
सेतोपाटी संवाददाता यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशका मेकानिकल इञ्जिनियर र एक जना बिचौलिया घुस रकमसहित पक्राउ परेका छन्।, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले उनीहरूलाई तीन हजार रूपैयाँ घुससहित पक्राउ गरेको हो।, सवारी नवीकरण, जाँचपास, रूटपरिमट नवीकरण जस्ता कार्यमा घुस मागेको भन्ने निवेद...
सेतोपाटी संवाददाता हाल शनिबार देशभरको मौसममा सामान्यदेखि पुर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेकाले  प्रदेश १,  लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मध्यमदेखि हल्का वर्षाको भइरहेको छ।, आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रद...
सेतोपाटी संवाददाता हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ ।, ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।, आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना त...
सेतोपाटी संवाददाता अनुमति बीना बनाइएका घर–टहरा भत्काउने अभियानलाई काठमाडौं महानगरपालिकाले शनिबार पनि निरन्तरता दिएको छ ।, शनिबार बनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा महानगरले भत्काउन थालिएको महानगरपालिकाले जानकारी दिएको छ ।, काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गामा रहेको...
रासस हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ।, पशुपतिनाथको मूल मन्दिरभित्र तस्बिर खिच्न मनाही छ। पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही गर्न लागिएको पशुपति क्षेत्...
सेतोपाटी संवाददाता झापामा श्रीमानले छुरा प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेका छन्।, झापा गाउँपालिका ६, चन्द्रबस्तीमा गएराति करिब साढे ९ बजे श्रीमानको छुरा प्रहारबाट श्रीमतीको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, झापा गाउँपालिका ६ का ४६ वर्षीय नाइके हस्ताले आफ्नै श्रीमती ४० वर्षीया तालामई हस्तालाई छातिमा छुरा ...
सेतोपाटी संवाददाता झापामा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , झापा गाउँपालिका-६ स्‍थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले ३५ वर्षीया श्रीमती तालामाईको हत्या गरेको आरोप छ। , शुक्रबार राति सवा १० बजे मादक पदार्थ सेवन गरी हास्दाले आफ्नी श्रीमतीको कोखमा धारिलो हतियार प्रहार गरी हत्या गरेक...
सेतोपाटी संवाददाता नेवा समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ।, शनिबार नेवा समुदायका अभियन्ताहरूले परिसर टेकु पुगेर सिंहविरूद्ध जाहेरी दिएका हुन्।, सिंहको स्ट्यान्डअपको भिडिओ कमेडी क्याफेको युट्युब च्यानलमार्फत् ‘नेवार...
डा. निमेश पौडेल साधारणतय डेंगी भाइरस ग्रसित पोथी लामखुट्टेको टोकाइले आउने ज्वरो र भाइरल संक्रमण नै डेंगी हो।, डेंगीका कारण उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्ने, छालामा दाग लाग्ने आदि हुन्छ।, सुरूको दिनमा १०३, १०४ डिग्री ज्वरो आउँछ। कसैलाई यो भन्दा बढी पनि आउन सक्छ। ‘मैले त फ्लेक्जन खाएँ, सिटामोल खाए...
रासस अवैधरूपले बनाइएका संरचना भत्काउने क्रममा शनिबार काठमाडौं महानगरपालिकाले बनस्थली चोकबाट ढुंगेधारा जाने बाटोमा रहेको सात टहरा र तीनवटा भर्‍याङ हटाएको छ।, गत मंगलबारदेखि महानगरपालिकाले नक्सा पासअनुरूप निर्माण नभएका र नक्सा पासअनुरूप निर्माण भए पनि सोहीअनुरूप प्रयोग नभएको संरचना अवैध भएको भन्दै त्यस्ता संरचना हटाउँदै...
सेतोपाटी संवाददाता देशभर थप १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , पछिल्लो २४ घण्टामा थप १७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। , २ हजार ८३९ जनाको परीक्षण गरिएकोमा सो संख्यामा संक्रमण देखिएको हो। ६४३ जनाको पिसिआर गर्दा ६५ जना र २ हजार १९६ जनाको एन्टिजेन परीक...
सेतोपाटी संवाददाता यो साता कोभिड–१९ संक्रमण क्रमशः घट्दो क्रममा रहेको तथ्यांकले देखाएको छ।, यो महिनामा सबैभन्दा बढी संक्रमण भदौ १ गते देखिएको थियो। त्यसदिन ८५२ संक्रमित भेटिएका थिए।, त्यसपछिका दिनमा क्रमशः घट्दै गएकामा भदौ ६ गते एक्कासी बढेर ६५८ संक्रमित फेला परेका थिए। भदौ ७ गतेपछि भने संक्रमण पुनः घट्दो क्रममा रहेको...
सेतोपाटी संवाददाता भिजिट भिसामा खाडी मुलुक जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका १९७ जनालाई प्रहरीले रोकेको छ।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १९७ जना नेपालीको कागजात शंकास्पद देखिएको भन्दै रोकेको हो।, कार्यालयले गत बिहीबार देखि अहिलेसम्म खाडी मुलुक जान खोज्ने नेपालीहरूलाई रोकेको कार्याल...
सेतोपाटी संवाददाता चीनबाट तस्करी गरिएको आशंकामा मोरङ प्रहरीले ठूलो परिमाणको स्याउ बोकेका ट्रक र कन्टेनर नियन्त्रणमा लिएको छ।, कानुनी प्रक्रिया छलेर भारतबाट नेपाल भित्र्याइएको भन्दै प्रहरीले स्याउसहितका ढुवानी साधन नियन्त्रणमा लिएको हो।, भेहिकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भिसिटिएस)मा प्रविष्ट नगरी स्याउ ढुवानी ...
सेतोपाटी संवाददाता ट्राफिक प्रहरीले ट्राफिक नियमको उल्लंघन गर्ने दुई सय २७ जनालाई कारबाही गरेको छ।, बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मातहत कार्यालयले काठमाडौंको विभिन्न स्थानमा विशेष चेकिङ गर्दा दुई सय २७ जनाले ट्राफिक नियमको उल्लंघन गरेको पाएको हो।, १ सय २५ जना पानी ट्याङ्करका चालक, ३ जना एम्बुलेन्स ...
सेतोपाटी संवाददाता सामाजिक सञ्जाल फेसबुक ह्याक गरी ठगी गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ। , फेसबुक ह्याक गरी साथी, आफन्‍त तथा सहकर्मीसँग रकम मागेर ठगी गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए। , मोरङको पथरी शनिश्चरे नगरपालिका-१० म...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले न्युरोडस्थित नबिल बैंकको भवनमा बनाइएका अवैध संरचना हटाउन निर्देशन दिएका छन्।, बुधबार उक्त भवनको बेसमेन्टमा बनेका संरचना हटाउन निर्देशन दिइएको काठमाडौं महानगरपालिकाका सह-प्रवक्ता महेश काफ्लेले जानकारी दिए।, ‘साउनको पहिलो साता नक्सा पास नगरी बनाएका अनाधिकृत संर...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ४८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४८७ जनामा संक्रमण पुष्टि भएको हो।  , ४ हजार १७७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , १८०६ जनाको पिसिआर र २३७१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अ...
रासस दोलखाको लामाबगरस्थित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ड्याममा बेपत्ता एक युवकको शव दुई सातापछि फेला परेको छ।, माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ड्याममा साउन २३ गते खसेर बेपत्ता भएका रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका–१ का २८ वर्षीय रमेश बस्नेतको शव बुधबार फेला परेको दोलखाको प्रहरी निरीक्षक सानु तामाङले बता...
मन्दिरा घिमिरे काठमाडौं महानगरपालिकाले नक्सा पासबिना बनाइएका संरचनाहरू भत्काउन सुरू गरेको छ।, अनधिकृत संरचनाहरू भत्काउँदा भएको खर्चको भरपाई महानगरले सम्बन्धित घरधनीलाई नै गराउने भएको छ।, काठमाडौंका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहका अनुसार डोजर चलाएर अनधिकृत संरचना भत्काउँदा लाग्ने खर्च घरधनीलाई नै भरपाई गराइने...
सेतोपाटी संवाददाता ललितपुरको नख्खु कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदी फरार भएका छन्।, बुधबार अपरान्ह ४ बजेपछि उपचारको लागि महाराजगन्जस्थित टिचिङ अस्पातल लगिएका कैदी फरार भएको नख्खुका जेलर सुवासकुमार बुढाथोकीले जानकारी दिए। फरार हुनेमा रामेछापका भोला बुढाथोकी छन्।, उनी कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरह...
सेतोपाटी संवाददाता डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ। , बोगटान फुड्सिल गाउँपालिका –७ चवराचौतारा चनुकाँडाको फूलेढुंगामा ट्र्याक्टर दुर्घटना हुँदा चनुकाँडाका रामबहादुर भुलका १७ वर्षीय छोरा जीवन भुलको मृत्यु भएको हो। , जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टका अनुसार जीवन...
सेतोपाटी संवाददाता हाल देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रही बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहिबार) दिउँसो लुम्बिनी र मधेस प्रदेशका एक दुई स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर...
रासस तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारको तल्लोटारमा चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन्।, ५ वर्षीय बालक सुलभ परियार चितुवाको आक्रमणबाट घाइते भएका हुन्।, घाइते बालकको डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा सामान्य उपचारपश्चात् थप उपचारका लागि चितवन पठाइएको बन्दीपुर गाउँपालिकाका निवर्तमान अध्यक्ष पूर्णसिं थापाले ...
सेतोपाटी संवाददाता बझाङमा एक युवाको शव फेला परेको छ।, सेती नदीमा वेवारिसे शव फेला परेको प्रहरीले जनाएको छ।, बुधबार साँझ केदारसयुँ गाउँपालिकाको चौडामा नदी किनारा बगरनजिकै करिब ३० वर्षका युवाको शव फेला परेको हो।, नदी किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शवको पहिचान भएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेक...
सेतोपाटी संवाददाता हतकडीसहित भागेका नख्खु कारागारका कैदी लुभुबाट पक्राउ परेका छन्।, बुधबार महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचारको लागि लगिएका बेला कैदी हतकडीसहित फरार भएका थिए।, रामेछाप पिल्पुङग गाउँपालिका वडा नम्बर २ का ३१ वर्षीय भोला बुढाथोकी फरार भएका थिए।, उनलाई बिहीबार बिहान ७ बजे ललितपुरको महालक्ष्मी नगरपालिका-...
सेतोपाटी संवाददाता कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ।, बेलौरी नगरपालिका ८ मा सुपप्र ०२००३ प ४३९९ नम्बरको मोटरसाइकल बुधबार दुर्घटना भएको थियो।, ४० वर्षका भिकारी रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।, मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो।, मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरमा एकको मृत्यु
रासस त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएका कैदीबन्दी फरार भएको घटनाको सम्बन्धमा अध्ययन गर्न नेपाल प्रहरीले छानबिन समिति गठन गरेको छ।, रामेछाप पिल्पुङग गाउँपालिका वडा नम्बर २ का ३१ वर्षीय भोला बुढाथोकी बुधबार भागेका थिए।, उनलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयले उपचारका लागि अस्पताल लगेको थियो।, कैदीबन...
रासस अछाममा सासूलाई कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ।, पञ्चदेवल विनायक नगरपालिका–६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।, कुटपिट गर्ने बुहारीको नाम प्रहरीले सार्वजनिक गरेको छैन। सासुमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको श्रव्यदृश्य (भिडियो) सामाजिक सञ्जालमा सार्वजन...
रासस तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी घाइते बनाएको छ।, साँझ करिब ५ बजे सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो।, रानाले हो-हल्ला गरेपछि भागेको चितुवाले प...
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने कार्यलाई निरन्तरता दिएको छ। , बिहीबार बिहान नयाँ बानेश्वर-शंखमुल क्षेत्रमा अनुमति बीना बनाइएका संरचना हटाउनू भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहित टोली पुगेको हो।, टोलीले पार्किङका लागि बनाइएको भू...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अल्फा बिटाका सञ्चालकसँग झोक्किएका छन्।, बिहीबार अनुमति बीना बनाइएका अवैध संरचना निरीक्षण गर्ने क्रममा नयाँ बानेश्वरस्थित अल्फाबिटा पुगेका थिए।, अल्फाबिटाले पार्किङका लागि बनाएको संरचनामा व्यापारिक प्रायोजनको संरचना बनाएपछि त्यसलाई मेयर शाहले हटाउन भनेका थिए। त्...
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना आजै भत्काउने भएको छ। , अल्फाबिटाका सञ्चालकले‍ दाबी गरेजस्तो ती संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि भत्काउन जान लागेको काठमाडौंका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए। , ‘निरीक्षण गर्न जाँदा अल्फाबिटाका सञ्चालकले ...
सेतोपाटी संवाददाता भारतले सैनिक भर्ती गर्न लागु गरेको अग्निपथ योजनाबारे स्पष्ट नभएको भन्दै नेपालले तत्काल नेपालबाट हुने भर्ती स्थगित गरेको छ।, प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरूण सुवेदीका अनुसार परराष्ट्र मन्त्री नारायण खड्काले बुधबार काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई  मन्त्रालयमा बोल...
रासस मेलम्ची र इन्द्रावती खोलामा अघिल्लो वर्ष असार १ र साउन १६ मा आएको बाढीले नोक्सान गरेको सडक र पुल पुलेसाहरूको पुनर्निर्माण नहुँदा नागरिकले सास्ती व्यहोरिरहेका छन्। खोलामा पानीको बहाव बढ्नेबित्तिकै कैयौं ठाउँमा बाटो अवरूद्ध हुने समस्या अहिले पनि छ।, मेलम्ची नगरपालिकाका केही वडा र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका नागर...
सेतोपाटी संवाददाता काठमाडौंको कीर्तिपुर नगरपालिकाले पनि अवैध रूपमा बनाएका संरचना भत्काएको छ। , बिहीबार नगरपालिकाको वडा नम्बर १० नयाँ बजारमा रहेको नगरपालिकाको नयाँ कार्यालय भवन नजिकैको एक घरको कम्पाउन्डमा बनाएको अवैध संरचना भत्काएको मेयर राजकुमार नकर्मीले जानकारी दिए। , जयबहादुर महर्जनको घर जग्गामा बनाएको संरचना भत्काए...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना भत्काएको छ।, अल्फाबिटाका सञ्चालकले‍ दाबी गरेजस्तो ती संरचना नक्सा पास गरेर बनाएको नपाइएपछि महानगरले भत्काउँदै छ। , बिहीबार मेयर बालेन शाहले दोस्रो पटक दिउँसो नक्सा बोकेरै उक्त संरचना भत्काउन डोजर लिएर पुगेका थिए। , बालेन, नगर प्रह...
सेतोपाटी संवाददाता सवारी ज्यान मुद्दा मिलाइदिने भन्दै एक लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंले दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , नुवाकोट सूर्यगढी गाउँपालिका-४ घर भई कीर्तिपुर नगरपालिका-८ पाँगास्थित डेरामा बस्दै आएका ५६ व...
सेतोपाटी संवाददाता कैलालीको लम्कीचुहामा बालिकालाई बलात्कार गरेको आरोपमा ६२ वर्षीय एक पुरूषलाई प्रहरीले पक्राउ गरेको छ। , लम्कीचुहा नगरपालिका–८ घर भएका गणेश सिंह ठकुरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लम्कीका इन्स्पेक्टर शंकर खड्काले बताए। , आरोपीले दुई जना बालिकालाई बलात्कार गरेको आरोप छ।, प्रहरीका अनुसार ९ बर्ष...
सेतोपाटी संवाददाता रूकुम-पूर्वमा लुटपाट र कुटपिटमा संलग्न रहेको आरोप खेपेका दुई युवा दुई महिनापछि पक्राउ परेका छन्। , पक्राउ पर्नेमा रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नं. १ मैकोटका २९ वर्षीय उमेश परियार र सोही ठाउँका २४ वर्षीय किस्मत परियार छन्। , जिल्ला प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगीले उनीहरू दुबै जनालाई...
रासस कैलालीमा गाईसँग ठोक्किएर सोमबार राति मोटरसाइकल चालकको मृत्यु भएको छ।, मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-१३ हिमाली टोलका ३० वर्षीय गंगा बोगटी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए।, उनका अनुसार धनगढी-१३ अत्तरियाबाट धनगढीतर्फ आउँदै गरेको सुप-प्र ०१०११ प ३८१६ नम्बरक...
सेतोपाटी संवाददाता अमेरिकी डलर सस्तोमा साटिदिने भन्दै लाखौं रकम लिएर ५, १०, २० रूपैयाँको बण्डल थमाएर श्रृंखलाबद्ध रूपमा ठगी गर्ने समूहका दुई जना पक्राउ परेका छन्। , प्रहरीले ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , सस्तो दर...
नवीनबाबु गुरूङ सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्।, नेपाल विद्यालय कर्मचारी परिषदले सेवा तथा सुविधा ग्यारेन्टी गर्न माग गर्दै आन्दोलन गरिरहेका छन्।, विद्यालय कर्मचारी (सहायक लेखापाल)लाई ३६ हजार सात सय ३० पारिश्रमिक दिनुपर्ने माग पनि छ।, यस्तै विद्यालय सहयोगीलाई २६ हजार २ सय १० पारिश्रमिक द...
सेतोपाटी संवाददाता काठमाडौंका फुटपाथ व्यापारीहरूले बिनाविकल्प धोका दिन पाइँदैन भन्दै र्‍याली निकाल्दै काठमाडौं महानगरपालिकालाई ज्ञापन-पत्र बुझाएका छन्।, मंगलबार स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समिति नाराबाजी गरेपछि ज्ञापन-पत्र बुझाउन काठमाडौं महानगरपालिकाको कार्यालय पुगेका थिए।, उनीहरूले ‘रोजगारीको ग्यार...
सेतोपाटी संवाददाता पछिल्लो २४ घण्टामा देशभर थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। , मंगलबार ४ हजार ९४९ जनाको कोरोना परीक्षण गर्दा ६३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, मन्त्रालयका अनुसार २ हजार ७५७ जनाको पिसिआर र २ हजार १९२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। हाल देशभर देशभर ...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जनालाई पक्राउ गरेको छ। , सोमबार दुबईबाट काठमाडौं आएका एक यात्रुलाई प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , पक्राउ पर्नेमा भारतको दिल्ली बस्ने ३४ वर्षीय विकास महाजन छन्। , उ...
सेतोपाटी संवाददाता सप्तरीमा तस्कर समूहले ढुंगामुढा गरेपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको छ।, मंगलबार दिउँसो साढे १२ बजे बलान बिहुल गाउँपालिका-४ बेल्हीमा तस्कर समूह र प्रहरीबीच झडप भएको हो। प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले तीन राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्...
सेतोपाटी संवाददाता गृहमन्त्री बालकृष्ण खाणको सुरक्षामा खटिएका पिएसओ प्रहरी वरिष्ठ नायब निरीक्षक टंक कार्कीमाथि प्रहरी प्रधान कार्यालयले अनुसन्धान सुरू गरेको छ। , उनको सुन तस्करीमा संलग्नता भएको भन्ने समाचार आएपछि प्रहरीले उनीमाथि छानबिन तथा अनुसन्धान थालेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद र...
सेतोपाटी संवाददाता घरको तीन तलाबाट खसेर काठमाडौंको कीर्तिपुरमा एक जनाको मृत्यु भएको छ। , कीर्तिपुर पाँगा बस्ने एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , मृत्यु हुनेमा ३६ वर्षीय शिव महर्जन छन्। उनी सोमबार बिहान ७ बजे आफ्नै घरको तीन तलाबाट खसेका थिए। , उनको उपचारको लागि ...
रासस कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ।, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको मंगलबार बसेको संवैधानिक इजलासले लोकसेवा...
सेतोपाटी संवाददाता मिटरब्याजी जगदिश बानियाँ पश्चिम नवलपरासीबाट पक्राउ परेका छन्। , सोमबार जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले मिटरब्याजी जगदिश बानियाँलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भोजराज पाण्‍डेले जानकारी दिए। , प्रतापपुर गाउँपालिका-९ बेलाटारी बस्ने उनलाई प्रहरीले पक्राउ गरी काठमाडौं पठाएको छ। उनीमाथि केन...
सेतोपाटी संवाददाता हाल देशभर आंशिकदेखि सामान्य बदली रहि कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा उत्तर दिशामा अवस्थित रहेक...
रासस गोरखामा तीजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन्। गोरखा नगरपालिका–७  मान्द्रेढुंगाका महिला तथा पुरूष तीजको भोज खाएपछि बिरामी परेका हुन्। , वडाध्यक्ष विष्णु श्रेष्ठका अनुसार भोज खाएका अघिकांश बिरामी परेका छन्।, ‘कृष्ण जन्माष्टमीका दिन स्थानीय महिला तथा पुरूष मिलेर तीजको दर खाएका थिए। सोही...
विवेक राई गत शनिबार 'अक्सिजेनेटर' मेसिन नभएपछि काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र अस्पतालमा मुटुको शल्यक्रिया ठप्प भयो। चिकित्सकका अनुसार यो मेसिनलाई मुटुको शल्यक्रिया गर्दा फोक्सोको रुपमा प्रयोग गरिन्छ।, शल्यक्रिया गर्न चाहिने मुख्य उपकरण नै नभएपछि अस्पतालले भर्ना भएका बिरामीलाई घर पठाइदियो। लगत्तै त्य...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका मेयर बानेन शाहले जथाभावी सडकमा फोहोर फाल्नेलाई सिसीटिभी हेरेर कारबाही गर्ने बताएको छन्।, काठमाडौं उपत्यका अपराध अनुसन्धान गोष्ठीलाई सम्बोधन गर्दै मेयर शाहले पछिल्लो समय काठमाडौं उपत्यकाको फोहोर मैला व्यवस्थापनमा समस्या भएको भन्दै जथाभावी फोहोर फाल्नेलाई सिसीटिभी हेरेर कारबाही ग...
सेतोपाटी संवाददाता घोराहीस्थित मानव निर्मित तालमा तीन दिन अगाडि डुबेका एक व्यक्ति अझै फेला पर्न सकेका छैनन्। , सोमबार मध्यान्ह १२ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १७ कर्जाहीका ४० वर्षीय अमर चौधरी मानव निर्मित कर्जाही तालमा डुबेका थिए। , जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार घोंगी खोज्न भनेर कुलो हुँदै त...
सेतोपाटी संवाददाता देशभर थप २८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। , पछिल्लो २४ घण्टामा थप २८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार ३४२३ जनाको परीक्षण गरिएको थियो। , जसमध्ये १८१६ जनाको पिसिआर विधिबाट र १६०७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। पिसिआरब...
सेतोपाटी संवाददाता मोरङको बेलबारी ११ का वडाध्यक्ष विक्रम राईले चलाएको कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । , पूर्व पश्चिम राजमार्गको दमकस्थित चिया बगान क्षेत्रमा उनले चलाएको कारले ती र्पैदलयात्रुलाई ठक्कर दिएको थियो। शनिवार साँझ कारको ठक्करबाट मृत्यु भएका व्यक्तिको अहिलेसम्म सनाखत हुन सकेको छैन। , इलाका ...
राजु अधिकारी कुनै पनि खेलकुदकर्मीका लागि सबैभन्दा महत्वको विषय हुन्छ, अनुशासन। विराटनगरका सुरज सुवेदी (नागरिकताको नाम अमर सुवेदी) कराँते खेलका सरकारी नियुक्ति पाएका प्रशिक्षक मात्रै थिएनन्, एउटा कहलिएको नर्सिङ कलेजमा ‘अनुशासन विभाग’ प्रमुख पनि थिए। , विद्यार्थी र आफ्ना प्रशिक्षार्थी खेलाडीलाई हरदम अनुशासनको दायरामा बा...
भगवती पाण्डे मृत्यु भएको भनिएको व्यक्तिलाई बुटवलको एक चर्चमा 'जीवित' गराइएको भन्दै सामाजिक सञ्जालमार्फत् भिडिओ सार्वजनिक भएपछि रूपन्देही जिल्ला प्रशासन कार्यालयले यसबारे अनुसन्धान गर्ने भएको छ। , रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यसरी भ्रम फैलाउनु दण्डनीय भएको बताउँदै यसबारे थप अनुसन्धान अघि बढाउने बता...
सेतोपाटी संवाददाता काठमाडौंको नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट प्रहरी उपरीक्षक धनपति सापकोटा हटाइएका छन्।, आइतबार काठमाडौं महानगरपालिकाले सापकोटालाई नगर प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएर नयाँ प्रहरी उपरीक्षकलाई जिम्मेवारी दिइएको हो। , महानगरपालिकाले प्रहरी उपरीक्षक राजु पाण्डेलाई प्रमुखको जिम्मेवारी दिएको हो।  , सा...
रासस नेपाल प्रहरीले अदालतबाट १२ लाख रूपैयाँ जरिवाना ठहर भएकी एक महिलालाई पक्राउ गरेको छ।, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उच्च अदालत पाटनबाट १२ लाख जरिवाना र तीन दिन कैद सजाय भएका सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ घर भई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका बस्ने २६ वर्षीया सविना थापालाई शनिबार पक्राउ गरी आइ...
सेतोपाटी संवाददाता बलात्कार मुद्दामा आरोपी शिवराज श्रेष्ठको डिएनए जाँच गर्नुपर्ने मागसहित अनसन बसेकी निहारिका राजपुतले १७ औं दिनमा अनसन तोडेकी छन्। , कानुनमन्त्री गोविन्द शर्मा बन्दीको उपस्थिति र वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीको रोहवरमा काठमाडौंका सिडिओ गोविन्द रिजालसँग तीन बुँदे सहमतिपछि आइतबार साँझ उनले अनसन तोडे...
आदित्य दाहाल केही समय अगाडि साइबर ब्यूरोको कार्यालय भोटाहिटीमा एउटा उजुरी पर्‍यो।, आफ्नो अन्तरङ्गको फोटो बाहिर ल्याइदिने धम्की दिएको जनाउँदै पीडित महिलाले उजुरी दर्ता गरेको थिइन्।, फेसबुकमा नक्कली ‘प्रोफाइल’मार्फत ती पीडित महिलालाई साथी बन्न अनुरोध गर्दै ‘फ्रेण्ड रिक्वेस्ट’ आयो। चिनजान नभएको व्यक्तिले पठाएको उक्त रिक्...
रासस सर्वोच्च अदालतले आइतबार सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आगामी मङ्गलबार सुनाउने भएको छ।, कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको संवैधानिक इजलासले सो फैसला सुनाउने भएको हो।, सर्वोच्च अदालतका प्रव...
सेतोपाटी संवाददाता हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको छ। , सोमबार ...
रासस चितवनको माडी नगरपालिका–३ का एक वृद्ध निकुञ्जको मध्यवर्ती क्षेत्रमा मृत अवस्थामा भेटिएका छन्।, ७५ वर्षीय झगरु महतो मृत अवस्थामा भेटिएका हुन्।, आइतबार साँझ ६ बजे सिमलचौर क्षेत्रमा महतोको शव भेटिएको थियो।, शव भेटिएको क्षेत्रमा गैँडाको पाइला देखिएकाले गैँडाको आक्रमणबाट निजको मृत्यु भएको अनुमान गरिएको निकुञ्जका सूचना ...
सेतोपाटी संवाददाता साढे १४ सय ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित बाँकेमा एक व्यक्ति पक्राउ परेका छन्। , नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ११ त्रिभुवन चोक नजिकैबाट सोही वडा निवासी ४९ वर्षीय कल्लु कबडिया पक्राउ परेका हुन्। , लागुऔषधको लुकीछिपी कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले आइतबार ...
सेतोपाटी संवाददाता मोरङको सुनवर्षी नगरपालिका ८ खरेवारी सीमा ईलाकाबाट हतियारसहित २ जना पक्राउ परेका छन्।, आइतबार सशस्त्र प्रहरीले दुई वटा पेस्तालसहित सोही ठाउँ बस्ने २८ वर्षिय आरिफ आलमलाई पक्राउ गरेको हो।, को २७ प ४०६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका आलमलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सिक्टीले एउटा अ...
गोपालप्रसाद बराल/रासस यसपालि बर्खायाममा पनि राम्ररी पानी परेन। असारमा दुई झमट, साउनमा त्यही तीन/चार पटक। भदौ लागेपछि त झन चैत/वैशाखको झैं तातो बतास चल्दैछ। पानी पर्ने लक्षण देखिँदैन।, राम्ररी पानी नपर्दा महोत्तरीका किसानले अपेक्षित रूपमा मुख्यबाली धान रोप्न पाएका छैनन्। पहिलेको रोपिएको ठाउँमा पनि सुख्खाले धानको बिरूवा...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर थप ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ६५८ जनामा संक्रमण पुष्टि भएको हो।  , ६ हजार ६४३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। , ३ हजार ३८१ जनाको पिसिआर र ३ हजार २६२ जनाको एन्टिजेन परीक्षण गर...
सेतोपाटी संवाददाता काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले उपत्यकाको फोहर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिएका छन्।, काठमाडौंका ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ। फोहर वर्गीक...
सेतोपाटी संवाददाता 'मृत्यु भएको व्यक्तिलाई जीवित बनाएको' भन्दै भ्रम फैलाएको आरोपमा बुटवलको एक चर्चका पास्टर पक्राउ परेका छन्।, सोमबार बिहान बुटवल उपमहानगरपालिका-११ बुद्धनगरबाट पास्टर राजेन्द्र गोतामेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए। आइतबार सामाजिक सञ्जालमा एक जन...
सेतोपाटी संवाददाता बलात्कार अभियोगमा पक्राउ परेका विराटनगरका दुई जना कराँते प्रशिक्षक जेल चलान भएका छन्।, मोरङ जिल्ला अदालतले सोमबार उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।, एक जना १९ वर्षीया छात्रालाई बेहोस पारेर पटक/पटक बलात्कार गरेको आरोपमा कराँते प्रशिक्षकद्वय विनोद राउत र सुरज सुवेदी साउन ८ मा पक्र...
नारायण खड्का दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर- १२ कपडादेवीका २० वर्षीय अर्जुन पोखरेल साउन २६ गते राति रेस्टुरेन्टमा थिए। तुलसीपुर– ६ रजौरास्थित ड्रिम्सल्यान्ड रेस्टुरेन्टमा राति ९ बजेतिर चार जना युवा पुगे। उनीहरूले अर्जुनमाथि कुटपिट गरे। , अर्जुनले भदौ १ गते दिएको किटानी जाहेरीअनुसार उनलाई कुटपिट गर्नेहरू तुलसी...
युनिक श्रेष्ठ नवलपरासी पश्चिममा निर्दोष व्यक्तिहरूलाई लागुऔषध मुद्दामा फसाइएको खुलेको छ।, रामग्राम नगरपालिका-१७ पिपरहियाबाट असार २२ गते भारतको विहार मोतीहारीका रामा गुप्ता र जितेन्द्र पासवानलाई लागुऔषध मुद्दामा जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्ता-पश्चिम) ले पक्राउ गरेको थियो। उनीहरू अझै पनि प्रहरी हिरासतमै...
रासस कर्णाली राजमार्गका दुई ठाउँमा ३६ घण्टा अवरूद्ध हुने भएको छ।, कर्णाली राजमार्गमा बनेका पक्की पुलको भार क्षमता जाँच गर्नका लागि राजमार्ग अवरूद्ध गर्न लागिएको हो।, कर्णाली राजमार्गअन्तर्गत दैलेख आठबिस नगरपालिका–५ घट्टेखोला पुल र कालीकोट नरहरिनाथ गाउँपालिका–८ को कर्णाली नदीमा बनेको पक्की पुलको भार क्षमता जाँच गर्नका ...
विनोद सापकोटा झापा, दमकमा अनलायन गेमिङमार्फत नेपालमा प्रतिबन्धित 'वान एक्सबेट' एपद्वारा पैसाको हारजित हुने खेल खेल्ने र खेलाउने चार जना पक्राउ परेका छन्। दमकको एक कल्सलटेन्सी सञ्चालकहरूसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोमबार सार्वजानिक गरेको हो। , प्रहरीले गोप्य सूचनाका आधारमा उनीहरूलाई सात दिन निगरानी गरी प्...
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले 'अन्डरग्राउण्ड पार्किङ' क्षेत्रमा सञ्चालित पसल हटाउन सुरू गरेको छ।, सवारी साधनको पार्किङको लागि भनी अनुमति मागेर व्यापार व्यवसाय सञ्चालन गरेपछि महानगरले उक्त ठाउँ खाली गराइरहेको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए।, उनका अनुसार अहिले बानेश्वरस्थित संसद भवनको पश्चिम गेट अ...
सेतोपाटी संवाददाता संयुक्त राज्य अमेरिकाले खाद्य सुरक्षाका लागि नेपाललाई डेढ करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ।, काठमाडौंस्थित अमेरिकी राजदूतावासले दिएको जानकारीअनुसार अमेरिकी सहयोग नियोग युएसएडमार्फत नेपाललाई उक्त रकम दिन लागिएको छ। अमेरिकी सरकारले हालै  विश्व खाद्य संकटलाई कम गर्न विभिन्न मुलुक र संस्थालाई २.७६ अर...
रासस उपत्यकाबाट प्रतिबन्धित लागुऔषधसहित प्रहरीले भदौ २ र ३ गते तीन पुरूषलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीद्वारा पक्राउ परेका तीनमध्ये एक जना कर्तव्य ज्यान मुद्दामा आठ वर्ष सजाय भुक्तान गरी छुटेका र अर्का सिभिल इञ्जिनियर रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको ...
सेतोपाटी संवाददाता बन्द गराउँदै हिँडेको आरोपमा काभ्रेको बनेपामा एक जनालाई स्थानीयले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् ।, मंगलबार बिहान बनेपाको चारदोबाटोमा गाडीमाथि ढुंगा प्रहार गरेपछि चालक र सह-चालकले ती व्यक्तिलाई कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन्।, पक्राउ पर्नेमा नरहरीनाथ नगरपालिका, कालिकोटका २४ वर्षिय पल रा...
रासस सरकारले संघ तथा प्रदेश तहका २४ जना सहसचिवको सरूवा गरेको छ।, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको मन्त्रिस्तरीय बैठकले सो निर्णय गरेको हो। , निर्णयअनुसार सहसचिव अणप्रसाद न्यौपानेलाई गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयबाट सोही प्रदेशको प्रदेश प्रमुख कार्या...
सेतोपाटी संवाददाता कीर्तिपुर नगरपालिकाले स्वास्थ्य र शिक्षामा नगरबासीलाई विशेष छुट व्यवस्था गर्न सम्बन्धित पक्षसँग सम्झौता गरेको छ।, नगरपालिकाले कीर्तिपुर अस्पतालमा उपचार गराउन जाने स्थानीयबासीलाई उपचारमा ५० प्रतिशतसम्म छुट र सामुदायिक कलेजमा स्नातक तहका विद्यार्थीलाई शत प्रतिशत छुट व्यवस्था गरेको हो।, नगरपालिकाले आइत...
एजेन्सी भारतमा आतंकवादी हमलाको योजना बनाएका एक संदिग्धलाई रूसको फेडरल सेक्युरिटी सर्भिसले पक्राउ गरेको छ। उनी इस्लामिक स्टेटसँग आवद्ध रहेको र भारतमा सत्तारूढ दलका नेता लक्षित आक्रमणको योजना बनाएको ,टाइम्स अफ इ,न्डियाले जनाएको छ।, पक्राउ परेका मसराबखुन अजामोभ उज्बेकिस्तानका नागरिक रहेको बताइएको छ। भाजपाका नेताहरूले इस्...
रासस काठमाडौँ, भदौ ४, प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन गरिने ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत शुक्रबार रातभर जाग्राम बसेर समापन गरिएको छ। , अष्टमीका दिन पूजा आराधना गरी रात्रिकालमा जाग्राम बसेपछि ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत समापन हुने विधि छ । वैदिक सनातन धर्मावलम्बीले भाद्र कृष्ण अष्टमीका दिन पूजा आराधना गरी देशभर भ...
एजेन्सी बस लगायतका सवारी साधनमा चालक निदाएर सवारी दुर्घटना हुँदै आएको हामीले सुनिरहेका छौ। , तर अफ्रिकन देश इथियोपियामा एक विमानका दुबै पाइलटनै निदाएपछि विमान निर्धारित विमानस्थलमा अवतरण हुन सकेन।, सुडानको खार्तूमबाट सोमबार इथियोपियाको राजधानी आदिस अबाबाका लागि उडेको जहाजका दुवै पाइलट अवतरण गर्नुअघि नै गहिरो निद्रामा ...