content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता देशभर थप २३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, बुधबार २३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, ३ हजार ८३६ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १९५६ जनाको पिसिआर परीक्षण गर्दा १२८ र १८८० जनाको परीक्षण गर्दा १०२ जनामा संक्रमण पुष्ट... |
सेतोपाटी संवाददाता दाङमा एक शिक्षकले बिद्यार्थीलाई निर्घात कुटपिट गरेका छन्। जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं. ३ स्थित बिपी माध्यामिक विद्यालय पातेटाकुरामा कक्षा ९ मा अध्यनरत १५ वर्षीय सुशील बुढाथोकीमाथि शिक्षक उदयराज भण्डारीले निर्घात कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ।, घाइते विद्यार्थीको तुलसीपुरस्थित सिटी ... |
सेतोपाटी संवाददाता दाङ तुलसीपुरको शौचालयमा एक महिला मृत फेला परेकी छन्। , तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ कपडादेवीकी ३८ वर्षकी कमला लामिछाने शौचालयमा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जन स्वाँरले जानकारी दिए। , प्रहरी प्रवक्तासमेत रहेका स्वाँरका अनुसार उनी श्रीमान कृष्ण लामिछानेसँग झ... |
मनोज सत्याल केही वर्षअघिसम्म तराई जिल्लामा मात्र फैलिने डेंगीले अब काठमाडौंलाई समेत आक्रान्त बनाउन थालेको छ।, डेंगी सार्ने कालो र सेतो रङको मसिनो लामखुट्टे प्रजाति काठमाडौंमा पहिलोपटक सन् २००९ मा पत्ता लागेको थियो। त्यति बेला काठमाडौं र ललितपुरमा गरिएको अनुसन्धानले यहाँको हावापानीमा डेंगी लामखुट्टे सक्रिय देखेर अनुसन्... |
भगवती पाण्डे वर्षौंसम्म निर्माण कार्य अलपत्र रहेको बुटवलको मुख्य सडकमा घन्टौंसम्म सवारी साधनको जाम हुन थालेको छ।, बुटवलको राजमार्ग चौराहदेखि चिडियाचौकीसम्म साढे ३ किलोमिटर सडक ६ वर्षसम्म अलपत्र हुँदा यही सडक हुँदै आवतजावत गर्ने हजारौं सवारी साधन र यात्रुले सास्ती भोगिरहेका छन्।, पछिल्लो समय सडक पिच गर्ने भन्दै बुटवल ब... |
रासस नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा तनहुँ कारागारको थुनामा रहेका नायक पल शाहको मुद्दामा तनहुँ अदालतमा असोज २ गते सुनुवाइ हुने भएको छ। यसअघि यही भदौ १५ गतेका लागि तोकिएको पेसी स्थगित भएको थियो। , तनहुँ अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले असोज २ गतेका लागि पेसी तोकिएको जानकारी दिए।, नायक शाहविरूद्ध नवलपुर अद... |
दिपकजंग शाही कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरूले सामूहिक रूपमा राजीनामा दिने घोषणा गरेका छन्।, प्रतिष्ठानमा कार्यरत डाक्टर करण साहलाई अदालतले पक्राउ पुर्जी जारी गरेपछि त्यसको विरोधमा त्यहाँ कार्यरत अरू चिकित्सकले राजीनामाको घोषणा गरेका हुन्।, प्रतिष्ठानका निर्देशक डा. पुजन रोकायाका अनुसार अहिले चिकित्... |
सेतोपाटी संवाददाता ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकीको प्रमुख कार्यकारी अधिकृतमा डा. कल्पनादेवी देवकोटा नियुक्त भएकी छन्।, उनलाई गण्डकीका वन तथा वातावरणमन्त्री दीपक थापाले बुधबार नै पद तथा गोपनीयताको सपथ खुवाएका छन्।, गोरखाको पालुङ्टार स्थायी घर भएकी देवकोटाले अष्ट्रेलियाको भियनाबाट विद्यावारिधी गरेकी थिइन्। , गण... |
सेतोपाटी संवाददाता सहसचिव बसन्त अधिकारीले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन्। , सहसचिव अधिकारीले बुधबारदेखि काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदबहाली गरेका हुन्। , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अधिकारीलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा गरेको... |
सेतोपाटी संवाददाता काठमाडौंमा डेंगी रोगको प्रकोप छ। अस्पतालहरूमा डेंगी लागेका बिरामी आउने क्रम ह्वात्तै बढेको छ। डेंगीबाट बच्न मानिसहरू लामखुट्टेबाट जोगिने अनेक उपाय अपनाइरहेका छन्।, तर धेरैलाई थाहा नहुन सक्छ, डेंगी फैलाउने लामखुट्टेको आनीबानी र आकारप्रकार हामीले चिन्दै आएको लामखुट्टेभन्दा फरक छ।, यो काठमाडौंको हावापा... |
राजु अधिकारी उदयपुरको बेलका नगरपालिका वडा ७ का वडाध्यक्ष निकेश राई त्यसबेला भर्खरै निर्वाचित भएका थिए। आफ्नै वडामा पर्ने गोवाटार भन्ने गाउँमा बस्नेत परिवारमा विवाद भएको खबर आएपछि मध्यस्थता गरेर मिलाउन उनी त्यहाँ पुगे।, यो जेठ ५ गतेको कुरा हो। उनी त्यहाँ पुगेपछि गाउँले र बस्नेत परिवारका सदस्य पनि भेला भए। कुरा सुन्दा थ... |
रासस रात्रिकालीन बजार सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय रूपन्देहीले सञ्चालन मापदण्डको मस्यौदा तयार गरेको छ।, व्यवसायीले जिल्लाको बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकामा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने विषयमा बहस सुरू गरेपछि प्रशासनले मापदण्डको खाका तयार गरेर व्यवसायिक सङ्घसंस्थासँग छलफलसमेत गरेको हो। , ... |
सेतोपाटी संवाददाता ९ दिनदेखि हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिज सिंह सोमबार पनि छुटेका छैनन्। , कमेडियन अपूर्वविरूद्ध जाहेरी दिएका अभियन्ताहरूले नै सहमति गरी छाड्न पहल गरे पनि उनी ९ औं दिनमा पनि नछुटेका हुन्।, जाहेरी परेपछि उनी भदौ १२ गते पक्राउ परेका थिए। आठ दिनपछि अभियन्ताहरूले नै उनलाई क्षमा गरेको र हिरासतबाट छा... |
रासस काठमाडौं महानगरपालिकाले दुई दिनमा एक सयभन्दा धेरै अवैध संरचना डोजर लगाएर भत्काएको छ। महानगरले यही भदौ ६ गतेदेखि अवैध संरचना भत्काउन सुरू गरेको हो।, सोमबार नयाँ बसपार्कबाट गोंगबुतर्फ २० मिटरअगाडि मित्रनगरमा रहेका ५० बढी अवैध संरचना भत्काइएको महानगरले जनाएको छ। यसरी भत्काइएका संरचनाअन्तर्गत सडक पेटी मिचेर बनाइएका स... |
सेतोपाटी संवाददाता संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका सुरक्षाकर्मी छुटेका छन्।, सोमबार साँझ गरूड सेक्युरिटीका सुरक्षागार्ड शेरजंग गुरूङ हिरासतबाट छुटेका हुन्।, प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उनलाई हिरासतबाट साधारण तारेखमा रिहा गर्न आदेश... |
रासस भक्तपुरका सरकारी तथा निजी अस्पतालहरूमा सञ्चालित क्यान्टिनले कुहिएको मासुदेखि सडेगलेका खानेकुरासमेत बिक्री गरेको पाइएको छ। , भक्तपुर नगरपालिकाको अनुगमन समितिले सोमबार गरेको अनुगमनमा अस्पतालका क्यान्टिन दुर्गन्धित र फोहोर रहेको पाएको हो।, 'बिरामी उपचार गर्ने अस्पतालको क्यान्टिनले नै बिरामी उत्पादन गरिरहेको पाइएको छ... |
रासस विषालु सर्पको टोकाइबाट कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–१० दैजीकी अन्दाजी १८ वर्षीया पुष्पा दमाईको सोमबार मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार घरमै सुतेको बेला पुष्पा बेहोस अवस्थामा फेला परेपछि आफन्तले उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको बताइए... |
सेतोपाटी संवाददाता देशका विभिन्न भागमा आज पनि वर्षाको सम्भावना रहेको छ। केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ। , प्रदेश–१ का थोरै स्थानमा र वागमती प्रदेशका एक-दुई स्थानमा सामान्य देखि मध्यम वर्षा भइरहेको छ ।, हाल मनसुनको न्यून चापीय रेखा पूर्व तिर सरदर स्थान भन्दा केही उत्तर तर्फ र पश्चिम तिर सरदर स्थानको आसपास रहेको... |
रासस मकवानपुरमा जापानी इन्सेफलाइटिस संक्रमणबाट तीन जनाको मृत्यु भएको छ।, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार संक्रमणबाट जिल्लाको बकैया गाउँपालिका–७ का दुई जना र हेटौंडा उपमहानगरपालिका–३ बसामाडीका एक जनाको मृत्यु भएको हो।, यसैगरी मकवानपुरमा डेंगीको प्रकोप पनि नियन्त्रणभन्दा बाहिर रहेको जिल्ला स्वास्थ्य कार्यालय... |
रासस सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेको ओरियन्ट म्याग्नेसाइट उद्योग ३४ वर्षदेखि सञ्चालनमा नआउँदा धेरैले रोजगारीको अवसर गुमाएका छन्।, नेपाल ओरियन्ट म्याग्नेसाइट प्रालिको नामबाट सञ्चालित उद्योग बन्द हुँदा प्रत्यक्ष, अप्रत्यक्षरूपमा तीन हजारभन्दा बढीको रोजगारी गुमेको छ।, उद्योग सञ्चालन हुँदा तत्कालीन समयमा एक मजदुरले म... |
रासस जिल्ला अदालत जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहलाई नियन्त्रणमा लिन पक्राउ पुर्जी जारी गरेको छ।, जिल्ला प्रहरी कार्यालय जुम्लाले डा. साहले प्रतिष्ठानमा उपचारका क्रममा बाल हिंसा गराएको आरोपमा जाहेरी दरखास्त दर्ता भएको व्यहोरा अनुरोध गर्दै अनुसन्धान अभियोजनका लागि पक्राउ अनुमति... |
एजेन्सी चीनमा गएको शक्तिशाली भूकम्पमा परि कम्तीमा ४६ जनाको मृत्यु भएको छ। , दक्षिण पश्चिम चीनको सिचुवान प्रान्तमा सोमबार गएको ६ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परि १६ जना वेपत्ता हुनुका साथै दर्जनौ घाइते भएका छन्।, स्थानीय समय अनुसार सोमबार दिउँसो १ बजे भुकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ। भूकम्पको केन... |
रासस अज्ञात रोगका कारण मनाङका चौंरीमा बिरामी भई मर्न थालेका छन्।, मनाङ ङिस्याङ गाउँपालिका–३ र ५ वडाका खर्कमा रहेका चौरीमा अज्ञात रोग देखिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले जनाएको छ।, केन्द्रका प्रमुख नारायण कुसुमले खर्कका चौरी बिरामी भएको जानकारी आएपछि प्राविधिक टोलीले उपचार थालेको बताए। चौरीलाई म... |
सेतोपाटी संवाददाता ढुंगा सहितको पहिरो झरेपछि बुटवल-पाल्पा सडकखण्ड अवरूद्ध भएको छ।, मंगलबार बिहान ८ बजे बुटवल र पाल्पाको सीमा क्षेत्र तल्लो सिद्धबाबा नजिक ढुंगा सहितको पहिरो झरेको छ।, जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका वडा नम्बर ३ तल्लो सिद्धबाबानजिक पहिरो झरेपछि... |
सेतोपाटी संवाददाता जिल्ला प्रहरी परिसर काठमाडौंले कमेडियन अपूर्वक्षितिज सिंहको अनुसन्धान सकेर प्रतिवेदन बुझाउने तयारी गरेको छ।, परिसरले मंगलबार अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाउने तयारी गरेको हो।, परिसर प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले यसको अन... |
डम्मर बुढामगर/रासस एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्रमा विद्युतको पहुँच थिएन। विद्युतको पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे। तर अहिले हरेक बस्ती–बस्तीमा विद्युतको पहुँच पुगेको छ।, यसले गर्दा अहिले ढिकी, जाँतो र पानीघट्ट विस्थापित भएका छन्। पानीघट्ट अन्... |
दीपक बोहरा/रासस दाङ दंगीशरण गाउँपालिका–६ वागरका प्रदीप चौधरीले सिकलसेल एनिमियाको उपचारका लागि मात्रै १७ लाख रुपैयाँ खर्च गरिसके।, एक्काइस वर्षीय उनी विगत आठ–नौ वर्षदेखि सिकलसेल पीडित छन्। तर राज्यले औषधि सहज रूपमा उपलब्ध गराउन नसक्दा उनलाई निकै समस्या हुने गरेको छ। , ‘एक त सिकलसेलको उपचार गर्दा लाखौं खर्च गरेको पीडा छ... |
नारायण खड्का रोल्पामा गत मंगलबार राति विभत्स हत्या गरिएका दम्पती हत्याकाण्ड अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिलाइबी) को टोली खटिएको छ। , जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले घटना अनुसन्धान गर्न तीन दिन अगाडि सिआइबीको टोली रोल्पा आएको जानकारी दिए। , रोल्पाको परिवर्तन गाउँपालिका वडा नं. २ राङ्स... |
युवराज श्रेष्ठ उपल्लो मुस्ताङको नेपाल–चीन सीमाना छुट्याउने २४ नम्बर पिलरबाट चीनतर्फ भव्य भवन लगायतका आधुनिक संरचना बनेका छन्। तारबारले घेरिएको संरचनामा नेपाल छिर्न एउटा गेट छ।, नेपाल–चीन आवतजावत तथा व्यापारिक प्रयोजनको कोरला नाकाको नेपालतर्फ कुनै संरचना छैन। मरूभूमि जस्तै सुख्खा र समथर ठाउँ छ।, कुनै बेला यो ठाउँ नेपाल... |
रासस जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।, रेलमार्गको ट्रयाक निर्माणको मुख्य कार्य सम्पन्न भइसकेकाले आगामी बिहीबार रेल सञ्चालनको परीक्षण गर्ने नेपाल रेल्वे कम्पनीले तयारी गरेको छ। , रेल्वे ट्रयाक निर्माणको मुख्य का... |
एजेन्सी गत आइतबार दिउँसो भारतीय राज्य गुजरातको अहमदावादबाट एउटा मर्सिडिज बेन्ज कार आर्थिक राजधानी मुम्बईतर्फ आउँदै थियो।, मुम्बई-अहमदावाद हाइवेमा गुडिरहेको उक्त मर्सिडिज कार स्थानीय समयअनुसार दिउँसो पौने तीन बजे दुर्घटनामा पर्यो। मुम्बईदेखि एक सय किलोमिटर टाढाको पालघार जिल्लामा सूर्या नदीको पुलमाथि कार दुर्घटना भएको... |
सेतोपाटी संवाददाता अरिङ्गालले टोक्दा काठमाडौंमा २ जना बिरामी भएका छन्।, शनिबार बेलुकी शंकरापुर नगरपालिका वडा नम्बर २ पटापमा अरिङ्गाल पोल्ने क्रममा टोक्दा २ जना बिरामी भएका हुन्।, ३० वर्षका सुमन तामाङ र २० वर्षका सन्तबहादुर तामाङलाई अरिङ्गालले टोकेको प्रहरीले जनाएको छ।, उनीहरूलाई साँखुस्थित पिपुल्स लाइफ कियर अस्पतालमा ... |
सेतोपाटी संवाददाता जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएपछि मुस्ताङ उडेको समिट एयरको जहाज पुन: पोखरा विमानस्थलमै फर्किएको छ।, आज बिहान ७ बजेर ५९ मिनेटमा उडेको जहाजको इन्जिनमा समस्या देखिएपछि ८ बजेर ६ मिनेटमा पुन: पोखरा विमानस्थलमै अवतरण गरिएको हो।, जहाजमा १८ यात्रु थिए भने चालक दलका चार जना थिए।, ‘इन्डिकेसन समस्या दे... |
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा टिकटक बनाउने क्रममा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ।, शनिबार राति साढे ८ बजे तुलसीपुर उपमहानगरपालिका-३ साततलेस्थित सडक छेउको भीरबाट खसेर एक युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) पुष्पराज मल्लले जानकारी दिए।, उनी तुलसीपुर-७ भुँयारथान बस्... |
सेतोपाटी संवाददाता वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी काठमाडौं उपत्यका र यस आसपासका जिल्लामा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइन्छ।, परम्परागत रूपमा नेवार समुदायले मनाउने इन्द्रजात्रा भाद्र शुक्लपक्ष द्वादशीको दिनदेखि आठ दिनसम्म बिभिन्न नाचगान र रथजात्रा गरी मनाइन्छ।, यस जात्राको प्रमुख कार्य लिंगो स्थापना हो। हन... |
रोहित महतो बारामा डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ।, सो क्रममा प्रहरीले २ जना डाँकालाई नियन्त्रणमा लिएको छ।, जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुहिस्थित ग्यास सिलिण्डर बनाउने एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको थियो।, गए राति करिब १ बजेतिर ११ जनाको डाँका समूह एरोट... |
गोपालप्रसाद बराल/रँसस नदी, नदी उकासपर्ति र पहाडी शृङ्खलामा अनियन्त्रित उत्खनन बढेको गुनासो बढदा पनि नियन्त्रणमा सम्बद्ध निकाय उदासिन देखिएका छन्।, स्थानीय तह, जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला समन्वय समिति र स्थानीय प्रशासनको उदासिनताले जिल्लामा अवैध र अनियन्त्रितरुपले उत्खनन् भइरहेको जनगुनासो बढेको ... |
सेतोपाटी संवाददाता कमेडियन अपूर्व क्षितिज सिंहको पक्ष र अभियन्ताबीच छलफल हुने भएको छ।, आइतबार जिल्ला प्रहरी परिसर काठमाडौं टेकुमा दुई पक्षबीच छलफल गर्न लागेको अभियन्ता यादवलाल कायस्थले जानकारी दिए।, यस विषयलाई टुंग्याउन दिउँसो २ बजे छलफल गर्न लागेको उनले बताए।, ‘आज दुई बजे प्रहरी चौकीमा यो विषयमा छलफल हुँदैछ। अपूर्वजी... |
तारानाथ आचार्य/रासस भुजीखोलाको किनारै किनार ढोरपाटन घुम्न जानेहरु धेरैले सोध्छन् ‘केही वर्ष पहिले बाढी र पहिराले बढारेको खोला यही हो?’ कुलबहादुर गहभरी आँसु पार्छन्। विस्तारै ओभाउँदै गरेको घाउ कोट्याएजस्तै लाग्छ उनलाई। परिवार उजाडिएसँगै बास उडाएको भदौ १७ गतेको त्यो राती सम्झिँदै भन्छन्, ‘हो यहीँ खोला हो, हाम्रो त घर उज... |
सेतोपाटी संवाददाता मिर्गौला बेचबिखन गरेको आरोपमा पक्राउ परेका चार जना व्यक्तिहरू पुर्पक्षका लागि थुनामा पठाइएका छन्।, मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका अनुसार मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा चार जना आरोपित पुर्पक्षका लागि थुनामा पठाइएका हुन्।, नुवाकोट शिवपुरी गाउँपालिका-७ बस्ने ४६ बादरे भन्ने मुरली दमाई, ३० व... |
एजेन्सी भारतको व्यापारिक कम्पनी टाटा सन्सका पूर्वअध्यक्ष साइरस मिस्त्रीको सडक दुर्घटनामा परी निधन भएको छ।, प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार गुजरातको अहमदावादबाट मुम्बई आउँदै गरेका मिस्त्री सडक दुर्घटनामा परेका हुन्।, उनी चढेको मर्सिडिज कार आइतबार दिउँसो सडकको डिभाइडरमा ठोक्किएको थियो। कारमा सवार चार जनामध्ये दुई जनाको... |
सेतोपाटी संवाददाता संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्नु भन्ने एक जना सुरक्षागार्ड पक्राउ परेका छन्।, मन्त्री श्रेष्ठमाथि दुर्व्यवहार गरेको भन्दै ठमेलस्थित छाया सेन्टरका सुरक्षागार्डलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहराले जानकारी ... |
दिपकजंग शाही तस्बिरमा म्याग्दीका कृष्णलाल श्रेष्ठको आधा खुट्टा छैन। हिँड्डुल गर्न अलि सहज बनाउने कृत्रिम खुट्टा अलग राखिएको छ।, तस्बिरमा निन्याउरो अनुहार लगाएको कृष्णलालको भनाई फोटोका बायाँपट्टि नेपाली र अंग्रेजी दुवैमा लेखिएको छ।, ‘फेरि युद्ध कहिल्यै नहोस्’ भनेर शीर्षक दिईएको छ।, उनले भनेका छन्, ‘तत्कालिन विद्रोहीले ... |
सेतोपाटी संवाददाता कमेडियन अपूर्वक्षितिज सिंहलाई छुटाउन अभियन्ताहरूले क्षमापत्र लेखेर प्रहरीलाई बुझाउने भएका छन्।, आठ दिनदेखि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका सिंहलाई छुटाउन अभियन्ताहरूले क्षमा गरेको भन्दै पत्र तयार पारिरहेको अभियन्ता यादवलाल कायस्थले जानकारी दिए।, ‘क्षमापत्र तयार हुँदैछ। लेखिरहेका छौं। क... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा चट्याङ लागेर दम्पतीको मृत्यु भएको छ।, आइतबार साँझ ५ बजे कृष्णपुर नगरपालिका–७ का दीपक राना र उनकी श्रीमती मन्तोरा रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।, उनीहरू माछा मारेर फर्किँदै थिए।, सोहीक्रममा एक्कासी पानी परेपछि मोटरसाइकल रोकेर रूखको ओत लागेका थिए।, रूखमा परेको चट्याङ उनीहरूलाई लाग्दा... |
सेतोपाटी संवाददाता काठमाडौंको नागढुंगाबाट ११ किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।, दुई जनालाई प्रहरीले चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।, शनिबार धादिङबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसमा सवार दुई जनामाथि प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले चेक ग... |
रासस अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका पूर्व जनप्रतिनिधिसहित पाँच जनाविरूद्ध आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।, मिलेमतोमा ढुंगा, गिटी तथा बालुवा बिक्रीबापत बागलुङ नगरपालिकालाई हानिनोक्सानी हुनेगरी गण्डकी प्रदेशको कानुनबमोजिम तोकिएको दरभन्दा कम कर उठाएको ठहर गर्दै पूर्व नगरउपप्रमुख* सुरेन्द... |
सेतोपाटी संवाददाता पृथ्वीराज थापाको गभर्नरमा नयाँ नेतृत्व चयन गर्दै बालबालिका तथा किशोरकिशोरीको सवालमा निरन्तर काम गर्दै आएको नेपाल डिस्ट्रिक अफ अप्टिमिष्ट ईन्टरनेशनलको प्रथम महाधिवेशनले सकिएको छ।, भक्तपुरमा सम्पन्न दुई दिने अधिवेशनले डेपुटी गभर्नरमा केशव काफ्ले, लेफ्टिनेट गभर्नरमा सुनितादेवी गौडेल, ऋषिश्वर थपलिया, रि... |
सेतोपाटी संवाददाता हाल नेपालमा मनसुनको न्यून चापीय रेखा पूर्वतिर सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश गण्डकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रही बाँकि प्रदेशहरुमा आंशिक बदली रहेको छ। , प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशका एक... |
एजेन्सी क्यानडामा छुरा प्रहारबाट कम्तिमा १० जनाको मृत्यु भएको छ। मध्य सास्काचेवान प्रान्तमा भएको घटनामा १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।, प्रहरीका अनुसार उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा अन्धाधुन्ध छुरा आक्रमण भएको हो। , ३१ वर्षीय ड्यामियन स्यान... |
एजेन्सी चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानमा भूकम्प गएको छ।, सोमबार बिहान सिचुवानको पश्चिमी क्षेत्रमा ६.२ म्याग्निच्युडको भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ। भूकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ।, सिचुवानमा गत जुनमा पनि ६ दशमलव १ रेक्टरको भुकम्प गएको थियो।,
चीनको सिचुवानमा शक्तिशाली भूकम्प |
सेतोपाटी संवाददाता प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ। उनकी ८४ वर्षीया आमा धनकुमारी राईको आज बिहान १०ः२५ बजे विराटनगरमा निधन भएको हो।, स्वास्थ्य समस्या जटिल बन्दै गएपछि उनको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो। उनी श्वासप्रश्वास लगायतका समस्याबाट ग्रस... |
सेतोपाटी संवाददाता रूपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता बृद्धि र प्राविधिक चुहावट नियन्त्रणका निर्माण गरिएको योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ।, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सोमबार सरकार र नेपाल विद्यु... |
सेतोपाटी संवाददाता बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले गरेको घुम्ती शौचालय खरिद प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले अनुसन्धान थालेको छ।, आर्थिक वर्ष २०७५/०७६ मा बृहत्तरले झण्डै ३६ लाखमा खरिद गरेको दुइटा घुम्ती शौचालयमा अनियमितता भएको उजुरी परेको थियो।, उजुरीको आधारमा अनुसन्धानको क्रममा शौचालय खरिद ... |
सेतोपाटी संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पर्यटन मन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न आग्रह गर्दा पक्राउ परेका सुरक्षा गार्डलाई भेटेका छन्।, सोमबार प्रहरी वृत्त दरबारमार्ग पुगेर लामिछानेले मन्त्री श्रेष्ठलाई लाइनमा बस्नु भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरूङसँग भेटेर कुराकानी गरेका... |
सेतोपाटी संवाददाता दाङको अमेलियामा बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन्।, पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणघाटबाट बर्दिया तर्फ जाँदै गरेको ना ६ ख ९६७९ नम्बरको बस लमही नगरपालिकाको वडा नम्बर ९ मा पर्ने शिवखोलामा बेलुका साढे ४ बजेतिर दुर्घटना हुँदा यात्रारत ३० यात्रुमध्ये १६ जना घाइते भएका छन्।, घाइते सबैलाई उप... |
विनोद सापकोटा स्कुटरमा सवार एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ।, शुक्रबार साँझ ५ः४० बजेतिर झापाको मेचीनगर–९ मा रहेको थोप्लेबिरान सामुदायिक वन क्षेत्रको भित्री सडकबाट स्कुटर चलाएर घर गइरहेकी एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको हो।, मृत्यु हुनेमा बुद्धशान्ति–५ की ३४ वर्षीया सम्झना श्रेष्ठ रहेको जिल्ला प्र... |
राजेश घिमिरे श्रीमानले बेवास्ता गरेपछि पर्वतकी सावित्रा विक दुई छोरा लिएर चितवन आएको १२ वर्ष भयो। भरतपुरका विभिन्न ठाउँमा बसेर फलफूल बिक्री गरी गुजारा चलाउँदै आएकी छन् उनी।, उनी डोकोमा फलफूल राखेर बेच्न बस्थिन्, नगर प्रहरीले लखेटिहाल्थ्यो। यसैगरी चलेको थियो उनको दैनिकी।, एक दिन चिनेजानेका मान्छेले उनलाई केन्द्रीय बस ट... |
सेतोपाटी संवाददाता हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ।, जसको कारण देशभर हल्का वर्षा भइरहेको छ। शनिबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ।, प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्र... |
रासस सिरहामा पानी तान्ने विद्युतीय मोटरमा करेन्ट लागेर एक साताभित्र तीन जनाको मृत्यु भएको छ।, बिहीबार इनारभित्रै करेन्ट लागेर बुबा–छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा गोलबजार नगरपालिका–६ ग्रामीण बजार बस्न ४२ वर्षीय विजय साह र उनका छोरा १९ वर्षीय अमर रहेको प्रहरीले जनाएको छ।, पानी तान्ने मोटरमा खराबी आएपछि पहिला बुबा ... |
मन्दिरा घिमिरे प्रेमिकाको हत्या गरी फरार आरोपितलाई प्रहरीले दुई वर्षपछि रूपन्देहीबाट पक्राउ गरेको छ।, कपिलवस्तुको शिवराज नगरपालिका-७ का ३६ वर्षीय काशीराम मुराउलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय, सालझन्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले जानकारी दिए।, मरासिनीका अनुसार काशीरामले २०७७ माघ १० गते जंगलमा गुल्मी अर्... |
रासस उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले शनिबार उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन्। , यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइन्छ। भाद्र शुक्ल अष्टमी अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने भाद्र कृष्ण अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौत... |
सेतोपाटी संवाददाता राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष धर्मेन्द्र झाले आशाहरुले मान्छेलाई बचाउने भएकाले मानिसले जीवन निराश बनाउन नहुने बताएका छन्।, भक्तपुरको गठ्ठाघरमा शुक्रबारदेखि सुरु भएको दुई दिने नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिष्ट इन्टरनेशनलको प्रथम जिल्ला अधिवेशनमा उनले आशा नै नहुने हो भने जीवन सकिने भएकाले जीव... |
रासस केही वर्ष अघिसम्म घर आसपासमा होस या सडकमा पञ्चेबाजाको आवाज सुन्ने बित्तिकै दौडने मानिसहरू गाउँबजारमा यत्रतत्र भेटिन्थे । कारण थियो बाजा बजाउँदै नयाँ बेहुलाले बेहुली ल्याए भनेर । , हो केही वर्ष अघिसम्मको यो पञ्चेबाजा बजाउने परम्परा अहिले आएर गाउँघरमा कमै मात्र सुन्न सकिन्छ । पछिल्लो पुस्तामा परम्परागत बाजाभन्दा पन... |
रासस , पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पतालको रुपमा अगाडि बढाइने भएको छ । स्थानीयले धनधान्याञ्चल महायज्ञ आयोजना गरेर विसं २०६४ मा स्थापना भएको चिकित्सालयले विसं २०६७ बाट उपचार सेवा प्रारम्भ गरेको हो । यसलाई देशकै पहिलो प्राकृतिक चिकित्सा अध्या... |
सेतोपाटी संवाददाता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाललाई सदावहार पर्यटकीय गन्तव्यका रूपमा प्रचारप्रसार गरिने बताएका छन्।, नेपाल पर्यटन बोर्डले आयोजना गरेको ‘प्रिजेन्टिङ नेपाल फोटो कम्पिटिसन २०२२’का विजयीलाई पुरस्कृत गर्दै मन्त्री श्रेष्ठले नेपालमा बाह्रै महिना पर्यटन गतिविधि सञ्चालनका ला... |
डा. एकता जैसवाल दुरविनको माध्यमबाट पेट नचिरिकन सानो सानो प्वाल बनाएर गरिने सर्जरीलाई ल्याप्रोस्किोपिक सर्जरी भनिन्छ।, पछिल्लो केही समययता संसारभरि नै ल्याप्रोस्कोपिक विधिबाट पेट तथा पाठेघरको शल्यक्रिया वा अपरेसनको लोकप्रियता बढ्दै गएको छ। , पाठेघर निकाल्ने, पाठेघरमा मासुको डल्ला पलाएको छ भने पाठेघरको नलीहरु खोल्न अथवा... |
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' मा प्रस्तुत गरेको छ।, आजको शृंखलामा हामीले भदौ १२ देखि भदौ १८ गतेसम्म खिचिएका केही तस्बिर समेटेका छौं।, कुशे औंसीको दिन गोकर्णेश्वर मन्दिर परिसरमा बत्ती बालेर प्रार्थना गर्दै एक युवत... |
रासस सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा पिकअपको ठक्करबाट गएराति एक मोटरसाइकल चालकको मृत्यु भएको छ।, दुर्घटनामा अर्का एक घाइते भएका छन्।, मृत्यु हुनेमा मोटरसाइकल चालक इटहरी–२ का २८ वर्षीय लोमस दाहाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, इटहरी–२ गङ्गामार्गस्थित कोसी राजमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–... |
एजेन्सी भारतको उत्तरप्रदेशमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा चार जना नेपाली नागरिकको मृत्यु भएको छ।, शनिबार बिहान साढे ३ बजे बाराबंकी जिल्लामा बसलाई ट्रकले ठक्कर दिँदा कम्तीमा चार जना नेपाली नागरिकको मृत्यु भएको र २४ जना घाइते भएको टाइम्स अफ इन्डियाले जनाएको छ।, प्रहरीका अनुसार बसमा ६० जना नेपाली कामदार थिए। सो बस... |
सेतोपाटी संवाददाता काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षबाट भागेका एक जना अभियुक्त होटलबाट पक्राउ परेका छन्।, शुक्रबार बिहान साढे ८ बजे फ्लाइ दुबईको विमानबाट काठमाडौं आएका सुनसरीका ३० वर्षीय रिजवान आलमलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) कृष्... |
सेतोपाटी संवाददाता गायक योगेश्वर अमात्यले प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिज सिंहलाई रिहा गर्न लगाउनू भन्दै अभियन्ताहरूलाई आग्रह गरेका छन्।, उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेवा अभियन्ताहरूसँग छाड्न पहल गर्न आग्रह गरेका हुन्।, उनले नेवा समुदायका संघ संगठनहरूले चाहिने मुद्दामा ध्यान नदिई स-साना कुर... |
रासस भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चुच्चेढुङ्गास्थित नगर अस्पतालको स्तरोन्नति गर्ने भएको छ।, ग्रामीण क्षेत्रमा १५ शैय्यामा सञ्चालित उक्त अस्पतालमा प्रभावकारी र गुणस्तरीय सेवा विस्तार गर्ने उद्देश्यले अस्पताल सञ्चालनका लागि नगरप्रमुख जीवन खत्रीको अध्यक्षतामा चाँगुनारायण नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति गठन ... |
सेतोपाटी संवाददाता देशभर दुई सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो।, ३ हजार ५३७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। देशभर २ हजार ६४२ जना सक्रिय संक्रमित छन्।, यसको संक्रमणबाट पछिल्लो २४ ... |
रासस सुनसरीमा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना प्रहरीको मृत्यु भएको छ।, कोसी गाउँपालिका-१ मा शनिबार दुर्घटनामा परी दुई प्रहरीको मृत्यु भएको हो।, मृत्यु हुनेमा सप्तरी सप्तकोसी नगरपालिका-३ का प्रहरी हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरी सहायक हवल्दार प्रकाश गोजेवार छन्।, सुनसरीका प्रहरी नायब उपरीक्षक ... |
रासस राष्ट्रपति विद्यादेवी भण्डारी काजी तुलाराम पाँडेप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन्। , शनिबार काठमाडौंको बसन्तपुरमा आयोजित स्मृतिसभामा उनले काजी पाँडेको २५४ ओं स्मृतिसभामा पाँडेको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेकी हुन्। , काजी तुलाराम पाँडे नेपाल एकीकरणको अभियान सुरू गरेका शाहवंशीय राजा पृथ्वीनारायण... |
सेतोपाटी संवाददाता मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका–१० राप्तीपुल नजिकैबाट शनिबार ७४ किलो ७० ग्राम लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।, पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–१३ का ३१ वर्षीय प्रकाश तामाङ र पर्साको ठोरी गाउँपालिका–३ बर्मानगरका ३४ वर्षीया चन्द्रकुमारी श्रेष्ठ छन्।, जिल्ला प्रहरी कार्या... |
सेतोपाटी संवाददाता प्रेमीसँग जन्मदिन मनाएर घर फर्कँदै गरेकी विराटनगरकी १८ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन्।, विराटनगरको एउटा क्याफेमा जन्मदिन मनाएर प्रेमीसँग घर फकिँदै गर्दा उनीमाथि सामूहिक बलात्कार भएको हो।, प्रहरीका अनुसार घर पुग्नुअघि विराटनगर १४ जतुवास्थित नहरको डिलमा गफ गरेर बसेका थिए। प्रेमीसँग गफ गरे... |
नवीनबाबु गुरूङ गौरा पर्व हर्षोल्लासका साथ काठमाडौंमा मनाइएको छ।, विशेषगरी सुदूरपश्चिम क्षेत्रमा मनाइने धार्मिक तथा सांस्कृतिक महत्त्वको यो पर्व शनिबार दिउँसो राजधानीको टुँडिखेलमा बृहत् धार्मिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाइएको हो।, गौरा पर्वमा सुदूरपश्चिममा कुनै किसिमको विभेद तथा छुवाछूत माने पाप लाग्ने ध... |
नारायण खड्का तुलसीपुर र घोराहीका मेयरले ढिला गरी काम गर्ने हो भने चारलेन सडकको सम्झौता रद्द गरी नयाँ निर्माण व्यवसायीसँग सम्झौता गर्नुपर्ने सुझाएका छन्। , तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्का र घोराहीका उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी लगायतका प्रतिनिधिले तुलसीपुर–घोराहीदेखि बबई पुलसम्म चार लेन सडक विस्तार... |
पूर्णप्रसाद मिश्र/रासस विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको अमिताभ बुद्ध मार्गमा काठमाडौं महानगरपालिकाले कालोपत्र गरेको सडक तीन महिना पनि टिकेन।, बौद्ध क्षेत्रको टुसालबाट महाँकाल र सम्पदा मार्ग हुँदै बौद्ध चैत्य पुग्न सकिने सडक गत आर्थिक वर्षमा कालोपत्र भएको थियो। कालोपत्र भएको तीन महिना पनि सडक नटिकी भत्केर... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले २४ घन्टे अल्टिमेटम दिएपछि भृकुटीमण्डपस्थित फनपार्कले कर तिरेको छ। भृकुटीमण्डपस्थित फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोररञ्जन कर महानगरको राजस्व विभागलाई केही समयअघि बुझाएको महानगरको राजस्व विभागका प्रमुख शिवराज अधिकारीले जानकारी दिए। , उनका अनुसार उक्त मनोरञ्जन कर पाँच वर्षक... |
सेतोपाटी संवाददाता देशभर थप २६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा थप २६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।, ३ हजार ५५७ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १७३२ जनाको पिसिआर परीक्षण गर्दा १८० र १८२५ जनाको परीक्षण गर... |
सेतोपाटी संवाददाता बझाङमा अरिंगालले टोकेर एक बालिकाको मृत्यु भएको छ।, प्रहरीका अनुसार थलारा गाउँपालिका –७ की ८ वर्षीया छोरी करिस्मा सुनारको अरिंगालले टोकेर मृत्यु भएको हो।, बिहीबार बिहान अरिंगालको गोलो घरभित्र पस्दा उनी आक्रमणमा परेकी थिइन्। उपचारका क्रममा अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।, घरका अन्य दुई स... |
सेतोपाटी संवाददाता रोल्पामा खुकरी प्रहार गरी एक दम्पतीको विभत्स हत्या भएको छ।, जिल्ला प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेले हत्या गरिएका दुबै जनालाई खुकुरी प्रहार गरेको पाइएको सेतोपाटीलाई जानकारी दिए।, ‘महिलाको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ,’ घिमिरेले भने, ‘उनका श्रीमानको टाउको, कानलगायत शरीरका विभिन्न भागमा खु... |
रासस लुम्बिनी प्रदेश सरकारले विपदमा परेका नागरिकको निःशुल्क हवाई उद्धार गर्ने भएको छ। , प्रदेशको आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयले प्रदेशभित्र प्राकृतिक तथा गैरप्राकृतिक विपदमा परेका नागरिकको ज्यान बचाउने उद्देश्यले कार्यविधि बनाएर निःशुल्क हवाई उद्धारको प्रक्रिया अघि बढाएको हो। , हवाई उद्धार सेवा सञ्चाल... |
सेतोपाटी संवाददाता कैलालीको धनगढी उपमहानगरपालिका –३ स्थित मोहना नदीमा डुबेर धनगढीका दुई जना बेपत्ता भएका छन्। , बेपत्ता हुनेमा धनगढी उपमहानगरपालिका– ३ का १० वर्षीय प्रिन्स राना र धनगढी–१९ खेदाका २७ वर्षीय माने भनिने रिसमान चौधरी रहेको प्रहरीले जनाएको छ।, उनीहरू बिहीबार साँझदेखि बेपत्ता भएका हुन्। प्रहरीले बेपत्ता दुवै... |
रासस सुनसरीको बराहक्षेत्र वडा नम्बर ६ र ९ को आधाआधा भागमा विभाजित भएर बनेको दुई वडा श्रीलंका टापूको नामले चिनिन्छ। श्रीलंका टापूका बासिन्दाको आर्थिक निर्भरता कृषि र पशुपालनमा बन्दै गएको छ।, मधेसको आदिवासी चन्दवंशीलगायत सबैखाले जातजाति पहाडका राई, लिम्बू, बाहुन, क्षेत्री, मगरको बसोबास भएको बस्ती नेपालको ठूलो नदी सप्तको... |
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वको अवसरमा भदौ १७ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।, यसअघि सरकारले बुधबार एक सूचना जारी गर्दै १७ गतेको बिदा कटौती गरेको बताएको थियो।, वैशाख १ गतेको राजपत्रमा उल्लेख गरिएको बिदा जेठ १० गतेको मन्त्रिपरिषद बैठकको निर्णयअनुसार कटौती गरिएको आन्तरिक मामिला... |
रासस नेपाल प्राध्यापक संघले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का समस्या प्राज्ञिक संवादबाट समाधान गर्न आग्रह गरेको छ।, बिहीबार संघका अध्यक्ष प्राध्यापक डाक्टर रमेशकुमार जोशीले विज्ञप्ति जारी गर्दै त्रिवि जस्तो गरिमामय संस्थामा अस्थिरता निम्त्याउनु, अध्ययन गर्ने विद्यार्थीमा दिनप्रतिदिन नैराश्य जागृत गराइनु, कर्मचारी र प... |
सेतोपाटी संवाददाता सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उच्च अदालत दिपायलमा कार्यरत तत्कालीन रजिष्ट्रार रणबहादुर कटवालविरूद्ध मुद्दा दर्ता भएको छ।, बिहीबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा कटवालविरूद्ध मुद्दा दर्ता भएको हो।, दर्ता भएको मुद्दामा कटवालले चालु आर्थिक वर्ष २०७८/७९ मा विनियोजित बजे... |
रासस ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाबाट हराएका २१ मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ।, उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट विभिन्न मितिमा चोरी भएका सवारीसाधन फेला पारेर बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो।, हस्तान्तरण कार्यक्रममा कार्यालयका प्रवक्ता,... |
सेतोपाटी संवाददाता दाङको तुलसीपुरमा सिँचाइ कुलोले बगाएर एक महिलाको मृत्यु भएको छ। , तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० को गौरीगाउँले कुलोले बगाएर तुलसीपुर– ६ गोलौरा गाउँकी ४७ वर्षीया सीता बस्नेत भण्डारीको मृत्यु भएको हो।, ऋषिपञ्चमीको व्रत बसी बिहीबार बेलुका करिब सात बजेतिर घरतर्फ जाँदै गरेकी उनी गौरीगाउँले कुलो पार ... |
सेतोपाटी संवाददाता बर्षासँगै झरेको पहिरोले अवरूद्ध बुटवल-पाल्पा सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन।, सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा खण्डको हिउँदे खोलामा बिहीबार दिउँसो सडकमाथिबाट लेदोसहित पहिरो झरेपछि सडक अवरूद्ध बनेको थियो।, पहिरोका कारण बिहीबार दिउँसो साढे ४ बजेदेखि अवरूद्ध बनेको लुम्बिनी प्रदेश ट्राफिक प... |
सेतोपाटी संवाददाता रोल्पामा अटोरिक्सा दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। दुर्घटनामा परी पाँच जना घाइते भएका छन्।, अटोरिक्सा दुर्घटनामा परी माडी गाउँपालिका वडा नम्बर २ की ललिता घर्तीका १५ महिने छोरा अनमोल घर्तीको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए। , भुसालका अनुसार बिहीबा... |
रासस पासाङल्हामु मार्गअन्तर्गत ग्रामीण भेगमा भएको सवारी दुर्घटनामा एक चालकको बिहीबार निधन भएको छ। निधन हुनेमा दोलखा जिल्ला गौरीशंकर गाउँपालिका–५ घर भएका नम्बर ना३ख एक सय ९१ कन्टेनरका डिब्बा चालक २३ वर्षीय विश्वनाथ भुजेल रहेको जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दले जानकारी दिए।, रसुवाबाट काठमाडौं जाने क्रममा उक्त डिब्बा दु... |
रासस उच्च अदालत पाटनले मतपेटिका खरिदसम्बन्धी ठेक्का 'शशीधर/काविल/ब्रिजटेक जेभी' कम्पनीलाई दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ।, न्यायाधीश महेन्द्रनाथ उपाध्यायको इजलासले बुधबार उक्त अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।, अयोग्य कम्पनीको बोलपत्रलाई निर्वाचन आयोगले स्वीकृत गरेको उल्लेख गर्... |
सेतोपाटी संवाददाता मधेश र सुदूरपश्चिमबाहेक बाँकी प्रदेशमा अहिले वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेशका १ का एक दुई स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। मौसमविदका अनुसार सबैभन्दा बढी गण्डकी प्रदेशमा व... |
सेतोपाटी संवाददाता लेदोसहितको पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध भएको छ।, वर्षाको कारण माथिबाट लेदोसहितको पहिरो झरेपछि सडक दुईतर्फी अवरूद्ध भएको छ। , सोही सडक खण्डको केराबारीमा पनि पहिरोले सडक अवरूद्ध भएको छ। यहाँ पहिरोले बिहीबार पनि ९ घण्टा सडक बन्द भएको थियो। ,
लेदोसहितको पहिरो झरेपछि नारायणगढ-मुग्लिन सड... |
रासस ‘गौराको बिरुडो ठूलो, दशैंको जमरा,
आउनी रए झानी रए तै लोली गमरा’, बिहीबार महेन्द्रनगरस्थित खुलामञ्चमा देउडिया (गीतकार) रमेश पन्तले यसै गीतबाट देउडा खेल सुरू गरे। देउडा खेल सुरू गर्दा माहोल रोमाञ्चक बन्यो। महेन्द्रनगरमा दुई वर्षपछि बिहीबार देउडा भाका गुञ्जिएको हो। हरेक वर्ष महेन्द्रनगरको खुलामञ्चमा महिनौंसम्म चल्ने... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.