content stringlengths 20 64.1k ⌀ |
|---|
नवीनबाबु गुरूङ थारू समुदायले आज जितिया पर्व मनाउँदै छन्। थारू समुदायका महिलाहरूले तीन दिनसम्म मनाउने यो पर्वको आज (उपवास) व्रतको मुख्य दिन हो।, थारू समुदायले मनाउने प्रमुख चाडमध्येको जितिया पर्व आश्विन कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ। , जितिया पर्वको अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जिति... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकको हेलम्बुबाट एक जना शिक्षकलाई उद्धार गरिएको छ।, हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित खोलामा शनिबार चिप्लेर बेपत्ता भएका केशव सिवाकोटीको उद्धार गरिएको हो।, उनी दोलखाको कालिञ्चोक ३ का हुन्।, शनिबारदेखि हराइरहेका उनलाई आज नेपाली सेना र नेपाल प्रहरीले उद्धार गरेका छन्। उनलाई सेनाको हेलिकप्... |
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले पाटन अस्पतालमा भर्ना भएर डेंगीको उपचार गराइरहेका बिरामीलाई झुल दिएको छ। , महानगरका सामाजिक विकास समितिका संयोजक राजु महर्जनले आइतबार अस्पतालमा आयोजित एक कार्यक्रममा अस्पतालका निर्देशक प्रा.डा रवि शाक्यलाई झुल हस्तान्तरण गरेका हुन्। महानगरले हाललाई १ सय ५० थान झुल हस्तान्तरण गर... |
एजेन्सी जापान सरकारले टाइफूनको उच्च जोखिममा रहेको भन्दै क्युशू क्षेत्रका घर खाली गर्न नागरिकलाई आग्रह गरेको छ।, त्यस क्षेत्रका करिब २० लाख मानिसलाई सुरक्षित स्थानमा जान सरकारले आग्रह गरेको ,बीबीसीले, जनाएको छ। क्युशू क्षेत्रमा जुनसुकै बेला आँधी आउन सक्ने जापानको मौसम विज्ञान संस्थाले जनाएको छ।, आँधी २ सय ५० मिलोमिटर ... |
सेतोपाटी संवाददाता १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको छ।, लामिछाने सम्पर्कविहीन भएपछि प्रहरीले उनलाई इन्टरपोलमार्फत पक्राउ गर्न लागेको हो।, उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जार... |
सुदीप श्रेष्ठ काठमाडौं महानगरपालिकाले डोजर चलाएको टुकुचा खोल्साको भूमिगत सुरूङ आजभन्दा १३० वर्षअघि तत्कालीन प्रधानमन्त्री वीरशमशेर राणाले बनाएको तथ्य भेटिएको छ।, नारायणहिति दरबारबाट निस्किने बेला नै टुकुचालाई जमिनको सतहभन्दा १५ फिटमुनि ४ सय ४० मिटर लामो सुरूङमा हालेर जयनेपाल हलको आँगन हुँदै तीनधारा मार्गस्थित काठमाडौं... |
सेतोपाटी संवाददाता पुरातत्व विभागले टुकुचा जमिनमुनिबाट बगाउन १३० वर्षअघि राणा प्रधानमन्त्री वीरशमशेरका पालामा निर्माण भएको भूमिगत सुरूङलाई ‘ऐतिहासिक महत्वको पुरातात्विक सम्पदा’ भन्दै त्यसमा क्षति पुग्ने गरी काम नगर्न काठमाडौं महानगरपालिकासँग छलफल गर्ने भएको छ।, ‘टुकुचालाई जमिनमुनि बगाउन इँटाको गुम्बज शैलीमा सुरूङ बनाइ... |
सेतोपाटी संवाददाता धनुषामा आमाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, हत्या आरोपमा प्रहरीले सबैला नगरपालिका-५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। , उनीमाथि ३६ वर्षीया आमा सिकिलिया देवीको हत्या गरेको आरोप छ। मनोजलाई प्रहरीले शुक्रबार बिहान पक्राउ... |
सेतोपाटी संवाददाता बाजुरामा ७० वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।, बलात्कार आरोपमा बुढीगंगा नगरपालिका-६ का ४० वर्षीय बिष्णु भारतीलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। , उनले ७० वर्षीया बृद्धामाथि बलात्कार गरेको भन्ने उजुरी प्रहरीमा परेको थियो। त्यसको आधारम... |
सेतोपाटी संवाददाता आज देशभरको मौसममा सामान्यतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।, हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्... |
सेतोपाटी संवाददाता जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको अधिकांश सडक यतिबेला फराकिलो र कालोपत्र भएका छन्। जसका कारण पछिल्लो समय जनकपुरधाम बजार क्षेत्रको स्वरुप फेरिएको छ।, मधेस प्रदेशको राजधानी घोषणा हुनुपूर्वसम्म अतिक्रमण र जीर्ण रहेका नगर क्षेत्रका अधिकांश मुख्य तथा सहायक सडक यतिबेला स्तरोन्नतिसँगै कालोपत्र भएपछि नगर क... |
रामविकास चौधरी/रासस बहुचर्चित मर्चवार लिफ्ट सिँचाइ आयोजनाको सिँचाइ सेवा दुई हजार दुई सय हेक्टरमा सीमित भएको छ। तीस वर्षअघि स्थापना हुँदा पाँच हजार छ सय हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने लक्ष्य लिइएको थियो। सिँचाइका लागि पानी नपाउँदा किसानको उत्पादन शक्ति प्रभावित भएको छ। , ‘सियारी–मर्चवार’ नामक नहरको बीच–बीचमा किसानले ब... |
नारायण खड्का दाङको लमही नगरपालिका-९ रिहार निवासी हुमा वलीले व्यवसायिक बाख्रापालन सुरू गरेको पाँच वर्ष नाघिसक्यो।, त्यसअघि उनले गुजरामुखी र परम्परागत रूपमा बाख्रापालन गर्दै आएकी थिइन्। विगत पाँच वर्षदेखि भने उनले आफ्नै गाउँ रिहारमा व्यवस्थित खोर बनाएर बाख्रापालन गरिरहेकी छन्।, गाउँमा सहकारी संस्था स्थापनासँगै वलीले बा... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रमा डोजर चलाएको छ। , शुक्रबार महानगरपालिकाले नयाा बानेश्वर चोकमा सडक वरपर रहेका अनधिकृत संरचनामाथि डोजर चलाएको हो। यसअघि १५ दिन अगाडि यो क्षेत्रमा रहेका संरचना हटाउन महानगरले आग्रह गरेको थियो। , महानगरको निर्णय अटेर गरेको भन्दै आज नयाँ बानेश्वरको सडक किनार... |
भगवती पाण्डे विद्युत प्राधिकरणले वस्तीमाथिकै प्रसारण लाइनबाट हाइल्टेभोज करेन्ट प्रवाह गर्दा बुटवलबासी जोखिममा परेका छन्। बुटवलको राजमार्ग चौराह ग्रिडमा जोडेर कपिलवस्तु, अर्घाखाँची र पाल्पाका लागि विद्युत वितरण गर्न बस्तीमाथीबाट लगिएको ३३ केभिए लाइनका कारण बुटवलका धेरै बस्ती जोखिममा परेको हो।, योगिकुटी शवस्टेसनलाई ... |
सेतोपाटी संवाददाता प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित बाँकेमा एक युवक पक्राउ परेका छन्।, खुजुरा गाउँपालिका वडा नं. ४ एल गाउँका २९ वर्षीय आशिष चौधरी पक्राउ परेका हुन्।, उनी चार ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगरसहित बिहीबार पक्राउ परेका हुन्।, जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले भारतबाट नेपालतर्फ पैदल हिँडे... |
सेतोपाटी संवाददाता देशभर थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा ३८२७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।, १७५२ जनाको पिसिआर परीक्षण गर्दा ६० जना र २०७५ जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनामा संक्रमण पुष्टि भएको ... |
मनिका विश्वकर्मा तपाईंहरूले 'हाची' फिल्म हेर्नुभएको छ?, कुकुर र मानिसबीचको आत्मीय सम्बन्ध झल्काउने यो फिल्ममा हाची नामको कुकुर आफ्नो मृत मालिक कुर्दै वर्षौंसम्म रेल-वे स्टेसनमा बिताउँछ।, यो जापानको वास्तविक घटनामा आधारित फिल्म हो। यस्तै घटना पाटनको अल्का अस्पतालमा दोहोरिएको छ।, जावलाखेलबाट एकान्तकुना जाँदा ओरालोमा दाह... |
सेतोपाटी संवाददाता झापामा दुई जना नाबालिगमाथि बलात्कार गरेको आरोपमा एक जना वृद्ध पक्राउ परेका छन्। , इलाका प्रहरी कार्यालय अनारमनिको टोलीले बलात्कार आरोपमा मेचिनगर नगरपालिका-१२का ७३ वर्षीय वृद्ध कपिलमणि पौडेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। , उनले १७ वर्षीया र उनकी बहिनी ११ वर्षीया नाबाल... |
विवेक राई पछिल्लो केही दिनयता देशभर डेंगी संक्रमण बढेरहेकोमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल डेंगी विरामीले भरिएको छ। , करिब सय बेड क्षमताको उक्त अस्पतालमा अहिले सबैजसो बेड डेंगु संक्रमितले भरिएका छन्। अस्पतालका इमर्जेन्सी इन्चार्ज डा. श्रवणकुमार मण्डलका अनुसार अहिले दुई-चार जनाबाहेक सबै डेंगीका विराम... |
सेतोपाटी संवाददाता यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।, त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ।, पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जना... |
डा.केदार खड्गी अल्ट्रासाउण्ड परीक्षणको एउटा प्रविधि हो। अल्ट्रासाउण्डले रोग पत्ता लगाउन ठूलो सहयोग गर्छ। , अल्ट्रासाउण्डमा ‘हाइफ्रक्वेन्सी’ को ‘साउण्ड वेभ’ प्रयोग गरिन्छ। यसमा विकिरणको प्रयोग नहुने भएकाले बच्चादेखि वृद्धसम्मलाई यो प्रविधिको प्रयोग गरेर समस्याको पहिचान गर्न सकिन्छ।, शरीरका धेरै अंगको अल्ट्रासाउण्ड गर्न... |
सेतोपाटी संवाददाता चितवनकी वरिष्ठ दन्त चिकित्सक डा. सरू थापाले 'बेस्ट डेन्टल च्यारिटी अवार्ड २०२२' प्राप्त गरेकी छन्।, 'इन्टरनेसनल अवार्ड अफ एक्सिलेन्स इन डेन्टिस्ट्री' ले प्रदान गर्ने अवार्डलाई दन्त चिकित्साको अस्कार अवार्ड मानिन्छ। भारतको चेन्नईमा भएको कार्यक्रममा दन्त चिकित्सक डा. थापालाई उक्त अवार्ड प्रदान गरिएको ... |
सेतोपाटी संवाददाता प्रहरीले रुपन्देहीबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।, बागलुङ दगातुन्डाडा घर भई बुटवल उपमहानगरपालिका-८ सुख्खानगर बस्ने ३३ वर्षीय सन्त्तोष सलामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।, उनका अनुसार शुक्रबार दिउँसो सलामीलाई पे... |
सेतोपाटी संवाददाता धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर ३ स्थित यदुकुहामा मृत भेटिएकी महिलाको हत्या भएको खुलेको छ।, गत सोमबार २८ वर्षीया बबितिया देवीको उनका ३० वर्षीय जेठाजुले योजनाबद्ध तरिकाले हत्या गरेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।, 'जेठाजु वीरेन्द्र दास र बबितिया देवीबीच अनैतिक सम्बन्... |
सुदीप श्रेष्ठ काठमाडौं महानगरपालिकाले बिहीबार जयनेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि इँटाको गुम्बजभित्र बगिरहेको टुकुचाको भूमिगत अंश उत्खनन गर्यो।, नारायणहिति दरबार संग्रहालय परिसरबाट बाहिर निस्केदेखि टुकुचा सतहमा देखिँदैन। यो भूमिगत बग्दै तीनधारा मार्गको काठमाडौं प्लाजामुनि आइपुगेपछि मात्र बाहिर न... |
सेतोपाटी संवाददाता हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ। साथै भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल देशको प्रदेश १, मधेश प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशम... |
रासस कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।, विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।, कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा... |
सेतोपाटी संवाददाता आजबाट काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरेको छ।, महानगरका नगरप्रमुख बालेन शाहका सचिवालय सदस्य सुनिल लम्सालले महानगरपालिकाको नगर सभाको ११औँ अधिवेशनबाट सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नीति पारित गरे... |
सेतोपाटी संवाददाता पहिरोका कारण पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ।, दाङ लमहीको रिहार भन्दा झन्डै ४ किलोमिटर अगाडि पहिरोका कारण सडक खण्ड अवरुद्ध भएको हो। , जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले पहिरो पन्छाएर सडक खोल्नका लागि डोजर पठाइसकिएको जानकारी दिए।, राजमार्ग अवरूद्ध हुँदा गन्तब्यतर्फ जान हिँडेका दर्जनौं गाड... |
सविता बुढा अविरल वर्षासँगै आएको पहिरोमा परि अछाममा १२ जनाको मृत्यु भएको छ। जिल्लाको कमलबजार नगरपालिका–६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ। , यस्तै ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २-२ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले सेतोपाटीलाई जा... |
नवीनबाबु गुरूङ आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी आज विश्वकर्मा पूजा मनाइँदै छ।, हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ। कालिगडले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पूजाआजा गरेर बिश्वकर्मा पूजा गरी मनाएका छन् ।, आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानम... |
एजेन्सी भारतीय व्यापारी गौतम अदानी विश्वकै दोस्रो धनी व्यक्ति बनेका छन्। , फोर्ब्स पत्रिकाका अनुसार अदानी ग्रुपका अध्यक्ष गौतम १५५.५० बिलियन अमेरिकी डलर बराबरको सम्पतीसहित संसारकै दोस्रो धनी बनेका हुन्।, अदानीले अमेजनका अध्यक्ष र संस्थापक जेफ बेजोसलाई पछि पारेका हुन्। बेजोसको सम्पत्ति २.३ बिलियन डलर अर्थात १.४९ प्रतिश... |
सेतोपाटी संवाददाता लगातारको वर्षासँगै आएको पहिरोले अछाममा ठूलो धनजनको क्षति गरेको छ। , जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पहिरोले कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा ५ वटाभन्दा बढी घर पुरिएको छ। , पहिरोले कमलबजार नगरपालिका–६ मा दुई घर पुरिँदा ९ जना बेपत्ता भएका छन्। यस्तै तुर्माखाँद गाउँपालिका–५ मा ३ घर पुरि... |
सेतोपाटी संवाददाता लमहीको रिहार नजिकै झरेको पहिरो पन्छापछि अवरुद्ध पूर्व-पश्चिम राजमार्ग खुलेको छ।, रिहार भन्दा झन्डै ४ किलोमिटर पश्चिम तर्फ अविरल वर्षाका कारण बिहान पहिरो झरेपछि सडक खण्ड अवरुद्ध बनेको थियो। , जिल्ला प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले साढे दश बजेतिर पहिरो पन्छाएर सडक खण्ड सुचारु भइसकेको जानकारी दिए। ,... |
सेतोपाटी संवाददाता नाबालिगमाथि बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ।, काठमाडौंको टोखा नगरपालिका-१ बानियाँटार बस्ने २१ वर्षीय राजेश मगरलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, उनलाई प्रहरीले बुधबार बिहान साढे ७... |
रासस गत शुक्रबार राति दार्चुलामा बाढी र पहिरोमा परी बेपत्ता भएका १० जनाको अवस्था अझै अज्ञात छ।, घटना भएको छ दिनसम्म पनि बाढी र पहिरोमा परी बेपत्ता भएकाहरू फेला परेका छैनन्।, बेपत्ता भएकाको खोजीकार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासीले खोजीकार्य जारी नै राखेको भए पनि अहिलेसम्म नभेटिएको प्रमुख जि... |
एजेन्सी भारतले अफ्रिकी मुलुक नामिबियाबाट आठ वटा चितुवा ल्याउने भएको छ।, प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो जन्मदिनको अवसरमा ती चितुवालाई भारतमा स्वागत गर्न लागेका छन्।, भारतबाट सन् १९५२ मा लोप भएको चितुवाको संख्या बढाउने मोदीको इच्छा अनुसार नामिबियाबाट अफ्रिकी प्रजातिका चितुवा ल्याउन लागिएको एनडिटिभीले जनाएको छ।, मोद... |
सेतोपाटी संवाददाता सुनसरीको धरानमा एक जना वृद्धाको हत्या भएको छ।, धरान उपमहानगर–२० मा एक्लै बस्दै आएकी ६५ वर्षीया वृद्धा पूर्णीमाया राईको निवासमै हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। , ‘उहाँलाई घाइते बनाएर हत्या गरेको देखिन्छ’, सुनसरी प्रमुख एसपी प्रभु ढकालले सेतोपाटीसँग भने, ‘गत राति हत्या भएको जस्तो द... |
रासस ललितपुर, जाउलाखेलको केन्द्रीय चिडियाखानामा हिजोआज वन्यजन्तुका लागि साँघुरो बन्दै गएको छ। करिब पाँच हेक्टर क्षेत्रफलमा फैलिएको नेपालको केन्द्रीय चिडियाखानामा वन्यजन्तुको संख्या बढ्दै जाँदा बासस्थान साँघुरिएको बताइएको छ।, यसैगरी आगन्तुकको भीडले होहल्ला हुँदा वन्यजन्तुलाई असर पर्ने गरेको छ। वन्यजन्तुअनुकूल खोर भए पन... |
सबिना श्रेष्ठ 'फरक छुट्याऊ' खेल खेल्ने हो भने पनि यी दुईबीच फरक छुट्याउन हम्मे–हम्मे नै पर्नेछ।, काठमाडौंको सबभन्दा ठूलो उत्सव येँया (इन्द्रजात्रा) बेला हामीले टोलटोलमा विभिन्न स्वरूपका भैरवको मूर्ति पूजा गरिएको देख्छौं। इन्द्रचोकमा फूलैफूलले ढकमक्क ढाकिएको आजु द्यः (आकाश भैरव) सबभन्दा विशेष भइहाल्यो। नजिकै वंतुमा त्य... |
सेतोपाटी संवाददाता धनगढीमा सोमबारदेखि २० औं सत्याग्रह सुरू गरेका डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या आएपछि सेती प्रादेशिक अस्पताल भर्ना भएका छन्।, खानेकुरा नखाएकाले स्वास्थ्यमा समस्या देखिएको सेती प्रादेशिक अस्पतालका डाक्टर शेरबहादुर कमरले बताए।, ‘अहिले सुगर धेरै घटेको छ। श्वासप्रश्वासमा पनि बिस्तारै समस्या देखिन... |
रासस तनहुँको भानु नगरपालिका–३ माझीवनका १३ र १७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक युवालाई १९ वर्ष कैद फैसला भएको छ।, तनहुँ जिल्ला अदालतले भानु नपा–३ माझीवनका ३३ वर्षीय रमेश तामाङलाई १९ वर्ष कैद र दुवै पीडित बालिकालाई एक/एक लाख रूपैयाँ क्षतिपूर्ति दिने फैसला सुनाएको हो।, जिल्ला अदालतका न्यायाधीश दलबहादु... |
सेतोपाटी संवाददाता काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र आगामी असोज १ गतेदेखि धुमपान निषेध गरेको छ।, महानगरपालिकाले बिहीबार एक सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिडी, सिगार,तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ।,... |
सेतोपाटी संवाददाता हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ।, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का... |
सेतोपाटी संवाददाता गोरखाको जरेबरमा निर्माणाधीन पुल फेरि बिबादमा परेको छ।, पुलको दुवैतर्फ सडक ट्याक नपुगेको भन्दै यसअघि बिबादमा तानिएको यो पुलको मुखमा सडक ट्याक पुर्याउन खोज्दा अर्को बिबाद देखा परेको हो।, गोरखा नगरपालिका वडा नम्बर ३ नारेश्वर घलाङ क्षेत्र र सिरानचोक गाउँपालिका वडा नम्बर ५ जरेबर फाँट जोड्न दरौंदी नदीमाथ... |
रासस जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पुर्याइएका १६ जना नेपाली बालकको उद्धार गरिएको छ।, भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार उद्धार गरी नेपाल ल्याइएको शान्ति पुनःस्थापना गृहका नेपालगञ्जस्थित क्षेत्रीय संयोजक भूमि भट्... |
सेतोपाटी संवाददाता नेपाल टेलिकमले वरिष्ठ इन्जिनियर उमेश गुप्तालाई सेवाबाट हटाएको छ।, उनी टेलिकमको विशेष आयोजना विभागमा कार्यरत थिए।, उनले २०७४ माघ ८ देखि २०७७ मंसिर २७ सम्म बेतलबी अध्ययन बिदा लिएका थिए।, त्यसपछि उनी कार्यालयको काममा फर्केका थिए।, तर २०७८ फागुन ३ देखि उनी कार्यालयमा अनुपस्थित छन्। उनलाई गत साउन १३ मा स... |
रासस काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नम्बर ४ चलाल गणेस्थानस्थित ढुङ्गा खानीमा गए राति पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ।, एक जना घाइते भएका छन्।, जिल्ला प्रहरीका कार्यालयका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशीका अनुसार सो घटनामा परी ४४ वर्षका नीरबहादुर तामाङ र उनकी बहिनी वर्ष ४४ की सावीत्री तामाङको मृत्यु... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिका विरूद्ध फुटपाथ व्यवसायी आन्दोलित भएका छन्।, जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै महानगरपालिकाको कार्यालय घेराउ गर्दै आन्दोलनमा उत्रिएका हुन्।, बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा भएर साना व्यवसायीहरू भद्र... |
सेतोपाटी संवाददाता वीर अस्पतालले साउनदेखि घरबहाल कर महानगरपालिकालाई बुझाउने भएको छ।, अस्पतालको स्वामित्वमा रहेका विभिन्न घरटहरालाई बहालमा लगाइएको र सो वापत प्राप्त हुने रकमको १० प्रतिशत २०७९ असार समान्तसम्म सबै तिरिसकेको भन्दै आगामी आर्थिक वर्षदेखि महानगरलाई बुझाउने भएको हो ।, यसभन्दा अघि अस्पतालले स्थानीय तह सञ्चालन... |
सविता बुढा डोटी सायलकी १३ वर्षीया जानकी बादी कहिल्यै स्कुल गइनन्। उनका दाजु पनि पढ्न गएनन्। जानकीका बुवा बितेपछि आमाले मागेर खाने गरेकी छन्।, जानकी र उनका भाइलाई साथमै ल्याएर अत्तरिया आएकी उनकी आमा दिनभरि बजारमा माग्न हिँड्छिन्। मागेर पाइएको पैसाले आफू रक्सी खान्छिन्।, जानकीलाई पनि उनकी आमा आफैंसँग हिँडाउन खोज्छिन्। ब... |
नवीनबाबु गुरूङ फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै विभिन्न सडक व्यवसायीहरू आन्दोलित भएका छन्।, जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवाइमा फुटपाथ व्यवसायीहरुले बिहीबार काठमाडौं महानगरपालिका घेराउ गरेका हुन्।, फुटपाथ एवं साना व्यवसायीलाई विकल्प नदिई काठमाडौं महानगरले हटाएको भन्दै उनीहरू आक्रोशित भ... |
युनिक श्रेष्ठ नीरबहादुर तामाङ काभ्रे-भक्तपुर आउजाउ गरिरहन्थे। आफ्नो स्कुटरमा उनी केही हप्तायता काभ्रे जाने-फर्किने गरिरहेका थिए।, ४४ वर्षीय नीरबहादुरको पुर्ख्यौली घर काभ्रे बेथानचोक गाउँपालिका-४ चलाल गणेशस्थानमा हो। पुर्ख्यौली घरमा उनकी ७५ वर्षीया आमा लडुलम र ४० वर्षीया बहिनी साबित्री बस्थे। आमा लडुलमको हेरचाह साबित्र... |
सेतोपाटी संवाददाता ‘प्रहरी हौं’ भनेर ३० लाख रुपैयाँ लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।, काठमाडौंको ठमेलस्थित ओरियन्टल मनी एक्सचेन्जका कर्मचारीबाट ३० लाख बढी रकम लुटपाट गरेको आरोपमा तीन जनालाई बुधबार पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइराला... |
सेतोपाटी संवाददाता लागुऔषधसहित एक जना काठमाडौंबाट पक्राउ परेका छन्। , गोकर्णेश्वर नगरपालिका-७ ग्रिनहिल सिटीबाट एक जनालाई बुधबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। , महोत्तरी माइस्थान घर भई ग्रिनहिल सिटी बस्ने २५ वर्षीय गुप्तबहादुर लुंगेलीलाई पक्राउ गरेको हो। उनीबाट ८४७ पिस लागुऔषध बरामद भएक... |
मन्दिरा घिमिरे काठमाडौं महानगरपालिकाले टुकुचा खोला अतिक्रमणमुक्त गरेर त्यहाँ दायाँबायाँ सडक करिडोर बनाउने तयारी गरेको छ।, महानगरले बिहीबार जय नेपाल हलको आँगन उत्खनन् गरेको थियो। त्यहाँ टुकुचा खोला फेला परेको छ। टुकुचा खोला पुरेर त्यहाँ भवनलगायत संरचना बनाइएको थियो। इँटाको पर्खालमा सुरूङ बनाएर टुकुचालाई बगाइएको छ। , मह... |
युनिक श्रेष्ठ उत्तरी छिमेकी चीनको संसद जनकंग्रेसका अध्यक्ष ली चान्शु सोमबारदेखि नेपाल भ्रमणमा छन्। सोमबार अपरान्ह चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आएका चान्शुले हिजैदेखि भेट राजनीतिक भेटघाट सुरू गरेका छन्।, चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो वरीयतामा रहेका चान्शुलाई सरकारले भिभिआइपी पाहुनाको सम्मान दिइरहेको छ। ... |
सविता बुढा गत शुक्रबार दार्चुलाको महाकाली नगरपालिका–२ का गणेशसिंह खरालको परिवार साँझको खाना खाएर सुत्ने तरखरमा थियो। त्यही बेला एक्कासि मुसलधारे पानी पर्न थाल्यो।, राति १२ बजे अचानक भुइँचालो नै आएजस्तो भयो। घरजमिन हल्लियो, हुरीबतास चल्यो। जमिन-आकाश गर्जेको आवाज आयो।, महाकाली नदीको डरलाग्दा आवाज गणेशको परिवारको कानमा प... |
सेतोपाटी संवाददाता नेपालको तीन दिने भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुले मंगलबार उच्चस्तरीय भेटवार्ता गर्दैछन्। , प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतासँग हुने उच्चस्तरीय भेटवार्तामा निस्कने बेला राजधानीको सवारी आगमन दिनभरजसो प्रभावित हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जा... |
रासस लहरै बसेर केराको पातमा कोदाको सेल, दुनामा कागुनाको खीरसहित केरा र आलुको अचार खाइरहेका थिए विद्यार्थी। उक्त दृश्यले हाम्रा समाजमा पहिले–पहिले हुने गरेका भोजभतेरको झल्को दिन्थ्यो। खुसी थिए विद्यार्थी, खाजा बाँड्न खटिएका शिक्षक तथा कर्मचारी पनि उत्तिकै प्रफुल्ल देखिन्थे।, कृषिप्रतिको अनिच्छासँगै खेतबारी बाँझिएपछि यत... |
रासस कैलालीको टीकापुरका निर्मला चौधरीको जीवनमा विभिन्न खाले समस्या आइरहन्छन्। उनी समस्या पर्दा श्रीमानलाई सबभन्दा पहिले सम्झन्छिन्।, आर्थिक लगायतका समस्या हुँदा उनी श्रीमानसँग सल्लाह गर्ने, मनलाई बलियो बनाउने गर्छिन्।, ‘समस्या बिनाको जीवन हुँदैन, आर्थिक लगायतका विभिन्न समस्या झेल्नुपर्छ। मलाई पनि विभिन्न समस्या पर्दै ... |
रासस नेपाल सरकारले विपद्मा परेको पाकिस्तानलाई राहतस्वरूप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ।, पाकिस्तानमा हालैको बाढीपहिरोजन्य घटनाका पीडितलाई राहतस्वरूप सहायता सामग्री उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।, उक्त सहायता सामग्री राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले मनोरञ्जन करमार्फत दुई सतामै झन्डै ८५ लाख उठाएको छ। , महानगरपालिकाले मनोरञ्जन करबाट दुई सतामै ८४ करोड ३४ हजार ९ सय ३१ रूपैयाँ उठाएको महानगरको राजश्व विभागले जानकारी दिएको छ।, सबैभन्दा धेरै कर बुझाउनेमा डेल्टिन क्यासिनो होटल म्यारिट-एक रहेको छ। उक्त क्यासिनोले २१ लाख ४२ हजार ... |
सेतोपाटी संवाददाता रोल्पामा खोलाले बगाउँदा बेपत्ता एक किशोरीको शव फेला परेको छ। , सुनिल स्मृति गाउँपालिका वडा नं. ४ सुलीचौरकी १४ वर्षीया फरिदा खातुनलाई सोमबार तीन बजेतिर स्थानीय फगाम खोलाले बगाएको थियो। खातुन आफ्ना अन्य दुई साथीका साथमा खोला किनारको बालुवामा खेल्न गएकी थिइन्। उनका साथीहरूले खातुन टिकटक बनाउने क्रममा ख... |
सेतोपाटी संवाददाता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ धनराशिको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ।, मंगलवार गैर आवासीय नेपाली संघ र बीबी फाउण्डेशनको संयुक्त पहलमा काठमाडौंमा एक कार्यक्रम आयोजना गरी पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई लाई १ करोड रुपैयाँको भवन कीर्ति रत्न पुर... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले पुस मसान्तसम्म सबै सहकारी संस्थालाई साधारण सभा गर्न अनुरोध गरेको छ। , मंगलबार एक विज्ञप्ति जारी गर्दै पुस मसान्तसम्म सबै सहकारीलाई साधारण सभा गरी विवरणसहित प्रतिवेदन पेश गर्न सहकारी विभागका प्रमुख देवेन्द्र पोखरेलले अनुरोध गरेको हुन्।, यस्तै साधारण सभा भएको १५ दिनभित्र प्रति... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार २०३ जनामा संक्रमण पुष्टि भएको हो।,
५ हजार ५९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।,
एक हजार ३०० जनाको पिसिआर र तीन हजार ७५९ जनाको एन्टिजेन परीक्षण गरि... |
सेतोपाटी संवाददाता प्रहरीले ३३ जना मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएको छ। , माइतीघरमा प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो। , माइतीघरमा प्रदर्शन गर्न अहिले रोक लगाउँदा पनि जबरजस्ती बस्न खोजेको हुँदा ३३ जना मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक... |
सेतोपाटी संवाददाता कृषि विकास बैंक न्युरोड शाखाको चार करोड रकम घोटाला भएको घटनामा नेपाली सेनाका पूर्वसहायक रथी रमेश बिष्ट र बैंककी कर्मचारी दीपिका रेग्मीलाई दोषी ठहर भएका छन्।, सोमबार विशेष अदालतका न्यायाधीश शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुशीप्रसाद थारूको संयुक्त इजलासले उनीहरू दुई जनालाई कैद र बिगोबमोजिम जरिवा... |
सेतोपाटी संवाददाता काठमाडौंको फोहोर व्यवस्थापन समस्या सुल्झिन नसक्नुमा धेरैले सिसडोल र बञ्चरेडाँडाका बासिन्दालाई दोष दिन्छन्। डम्पिङ साइट वरपर बसोबास गर्नेहरूले विभिन्न माग राखेर आन्दोलन गर्दा समस्या बल्झिरहन्छ भन्ने धेरैको बुझाइ छ।, तर यही मात्र कारण होइन।, अर्को एउटा समस्या छ जसले काठमाडौंको फोहोर व्यवस्थापनमा मात्र... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले नेपाल प्रहरीका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जगतमान श्रेष्ठलाई ट्राफिक विज्ञ सल्लाहकारमा नियुक्त गरेको छ।, महानगरको प्रमुखस्तरीय निर्णयअनुसार मंगलबार श्रेष्ठलाई नियुक्ति दिइएको हो।, मंगलबारदेखि नै लागु हुने गरी उनलाई विज्ञ सल्लाहकारको रूपमा नियुक्ति दिएको महानगरले जान... |
सेतोपाटी संवाददाता हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानभन्दा दक्षिणमा र पूर्वी भू-भागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित र... |
सेतोपाटी संवाददाता चितवन प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेर घरदैलो अभियान सुरू गरेको छ। , चाडपर्वको समयमा अपराधिक गतिविधि हुन नदिन प्रहरीहरूले घर-घरमा पुगेर सचेतनामूलक सामग्री वितरण गर्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज अधिकारीले बताए।, जुवा, तास नखेल्न, लागूअौषध तथा मदिरा सेवन नगर्न, घर बाहि... |
रासस नुवाकोटको बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा गए राति मिनीट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।, गम्भीर घाइते भएका अर्का एक जनालाई उपचारका लागि काठमाडौं लागिएको छ।, गएराति महादेवफाँटस्थित बा २० च ९४४२ नम्बरको कार सडक छेउमा रोकेर त्यसबाट ओर्लन लागेका दुई जनालाई मिनीट्रकले ठक्कर दिएको जनाइएको छ।, ठक्करबाट बेलकोटगढ... |
रासस धनुषाको गणेशमान चारनाथ–४ पोर्ताहास्थित चारनाथ खोलामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन्।, प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरी टोली र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा प्रहरीको गोली लागेर धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ का ३० वर्षीय गणेशबहादुर बुढाथोकी घाइते भएको प्रहरीले... |
सेतोपाटी संवाददाता विष्णुमाया परियार २० वर्षयता अमेरिकामा बसोबास गर्छिन्।, गोरखाको ताक्लुङको कथित दलित परिवारमा जन्मिएर हुर्किएकी विष्णुमायाले अमेरिका पुग्नुअघि नेपालमा पढाइका निम्ति संघर्ष गर्नुपर्यो। , उनका बुबाआमाका ११ सन्तानमध्ये विष्णुमाया पाँचौं हुन्। विष्णुमाया हरेक पटक जातीय विभेद खेप्दा 'यस्तो किन भयो' भन्ने... |
सेतोपाटी संवाददाता रूसमा पढ्न जाँदा आकर्षक जागिर पाइने र त्यहीँबाट युरोप छिर्न सकिने प्रलोभनमा नेपाली विद्यार्थीहरू फसेको पाइएको छ।, मस्कोस्थित नेपाली राजदूतावासले मंगलबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता प्रलोभनमा नपर्न आग्रह गरेको छ।, ‘नेपालका विभिन्न शैक्षिक परामर्श केन्द्रहरूमार्फत स्टुडेन्ट भिसामा रसिया आउने नेपाल... |
सेतोपाटी संवाददाता नेपालमा बच्चा चोरहरू आएको अफवाह फैलिरहेका बेला छिमेकी भारतमा पनि त्यस्तै अफवाहका कारण चार जना साधुहरूमाथि आक्रमण भएको छ।, एनडिटिभीका अनुसार मंगलबार महाराष्ट्रको सांगली जिल्लामा उत्तर प्रदेशबाट गएका चार जना साधुहरूलाई बच्चा चोरको आरोपमा भीडले कुटपिट गरेको हो।, ती साधुहरूले एक जना बच्चालाई पन्धानपुर ज... |
नवीनबाबु गुरूङ राष्ट्र बैंकले भदौ आजदेखि सर्वसाधारणलाई नयाँ नोट दिन थालेको छ।, अरू बैंकहरूलाई पनि नयाँ नोट वितरण गर्न भदौ २६ गते नयाँ नोट पाएका थिए। सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँ बराबरको नयाँ नोट सहटी सुविधा पाउनेछन्। , सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको एक/एक बण्डल नयाँ नोट पाउने ... |
सेतोपाटी संवाददाता पर्सामा साढे सात लाख स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन्। , वीरगञ्ज महानगरपालिका-२ श्रीराम सिनेमा हल पछाडि सडकबाट स्रोत नखुलेको नगद ७ लाख ५३ हजार ३ सय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। , पोखरिया नगरपालिका-९ बैरिया विर्ताका ३५ वर्षीय महम्द रिजवान आ... |
सेतोपाटी संवाददाता लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरुबाट उत्पादित विद्युत प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ।, नेपाल विद्युत प्राधिकरणले लमजुङको बेंसीसहर नगरपालिकाको उदीपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेसनसम्मको प्रसारण लाइनमा आइतबारबाट विद्युत प्रव... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले असनस्थित सुरज आर्केडमा डोजर चलाएको छ। , अल्टिमेटम दिएको दश दिन बितिसक्दा पनि नक्साअनुसार काम नगरेको भन्दै महानगरले आइतबार डोजर चलाएको हो। , महानगर प्रहरीका उपरीक्षक दिनेश अर्यालले भने बाटोमा भएको सुरज आर्केडको पेटीमात्र भत्काएको बताए। , ‘भित्रका संरचना भत्काएका होइनौं,’ उनले ... |
सेतोपाटी संवाददाता कमेडियन अपूर्व क्षितिज सिंहले आफूले भन्न धेरै कुराहरू बाँकी रहेको बताएका छन्।, हिरासतबाट छुटेर आइतबार उनले फेसबुकमा स्ट्याटस लेख्दै आफूसँग भन्न बाँकी धेरै कुराहरू भएको बताएका हुन्।, उनले आफ्नो स्वास्थ्य अवस्थामा पनि सुधार भएको पनि बताए। उनलाई कोरोना संक्रमण पुष्टि भएपछि सरकारी वकिल कार्यालय काठमाडौं... |
रासस स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी रोग नियन्त्रण गर्न राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।, डेंगीको संक्रमण बढदै गएपछि मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै स्थानीय तह परिचालन गरेर डेंगी नियन्त्रण गर्न अभियान चलाउने निर्णय गरेको हो।, स्वास्थ्य मन्त्रालयले सामान्य प्... |
रासस महोत्तरीको पिपरा गाउँपालिका–६ रतौली गाउँमा आइतबार स्यालले टोक्दा चार जना गम्भीर घाइते भएका छन्। उनीहरू सबै एउटै टोलका भएको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पँगेनीका अनुसार घाइते हुनेमा तीन महिला र एक पुरुष छन्।, गाउँ नजिकैको वनको झाडीबाट टोलमा पसेको एउटा स्यालले स्थानीय ३५ ... |
नवीनबाबु गुरूङ येँया पुन्हीको चौथो दिन आइतबार बसन्तपुर क्षेत्रमा छुट्टै रौनक थियो। जात्राको चौथो दिन महिलाहरूले ‘थोँ’ (स्थानीय रक्सी) खान तछाडमछाड गरेका थिए।, द्वादशीको दिन यःसिं ठड्याएपछि येँया जात्रा सुरू हुन्छ। यसै दिनबाट जात्रा नसकिदाँसम्म श्वेत भैरव प्रदर्शन गरिन्छ। बेलुकी ‘हाथा हायकेगु’ गरिन्छ। यो भनेको श्वेत भै... |
रासस जिल्ला अस्पताल खोटाङमा शल्यक्रियामार्फत प्रसूति गराउने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।, दिक्तेलस्थित जिल्ला अस्पतालमा कार्यरत ‘एनेस्थेसियन’ बिदामा बसेपछि सो सेवा बन्द गरिएको अस्पतालले औपचारिकरूपमा सूचना प्रकाशन गरेर जानकारी दिएको हो।, जिल्ला अस्पताल खोटाङमा एनेस्थेसियाका एक जना मात्र कर्मचारी रहेको र उनको ... |
सेतोपाटी संवाददाता हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।,
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेकाले सोमबार देशका केही स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि... |
रासस बागलुङ नगरपालिका–११ रायडाँडाको तल्लो रामतोला बस्तीका घर, खरबारी र सुन्तलाको बगानमा समेत चिरा पर्दै पहिरो खसेको छ।, पहिराले ११ घरका बासिन्दा सात दिनदेखि घरमा बस्न सकेका छैनन्। घरमाथि पहिरो थुप्रिएर बसेको छ भने घरको आँगन चिरिएको छ। , केही घरगोठ बगेका छन् भने केही चिरा परेका छन्। पहिराले बग्ने डरले अधिकांश घरका बास... |
सेतोपाटी संवाददाता कीर्तिपुरमा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ।, मिटरब्याज पीडित प्रदर्शनका लागि माइतीघर मण्डल आउँदै गर्दा प्रहरीले रोकेको थियो।, गाडीमा आउन लागेका उनीहरूलाई प्रहरीले रोकेपछि विवाद सुरू भएको थियो।, प्रहरीले गाडीमा आउन नदिएपछि मिटरब्याज पीडितहरू हिँडेरै माइतीघर आउन लागेका थिए। हिँडेर आउन लाग्दा प... |
रासस रूकुम भुमे गाउँपालिका–९ चुनवाङ निवासी ५५ वर्षीया तुलसी पुन तीन वर्षअघिदेखि मिर्गौला पीडित थिए।, दुवै मिर्गौला फेल भएपछि उनी नियमित डायलासिस गर्दै आएका थिए। केही समय काठमाडौंमा डायलासिस गरेपछि दाङको लमहीमा डायलासिसका लागि आए। छोरीको घर तुलसीपुर भएकाले तुलसीपुर ल्याउनका लागि पहल भयो।, सोहीअनुसार राप्ती प्रादेशिक अस... |
सेतोपाटी संवाददाता राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक छिटो प्रमाणीकरणका लागि दबाब स्वरूप आन्दोलन गर्न माइतीघर पुगेका नागरिकताविहीन संघर्ष समितिका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। , आफूसहित संघर्ष समितिका ४ जनालाई प्रहरीले सिंहदरबारस्थित प्रहरी बिटमा नियन्त्रणमा राखेको इन्द्रजित साफीले बताए। नियन्... |
रासस बर्दियाको मधुवन नगरपालिका–२ को कुश्मीनिया सामुदायिक वनमा भैंसी चराउन गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ।, आइतबार उक्त सामुदायिक बनमा भैंसी चराउन गएका मधुवन नगरपालिका–२ अमरपुरका ६१ वर्षीय झोठारु थारुको बाघको आक्रमणबाट मृत्यु भएको हो।,
,
स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय पालिका... |
सेतोपाटी संवाददाता दाङमा डेंगीबाट एक महिलाको मृत्यु भएको छ। , घोराही उपमहानगरपालिका वडा नं. १४ निवासी ४० वर्षीया मायाकुमारी बिसीको उपचारका क्रममा सोमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। , प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईका अनुसार डेंगी संक्रमित बिसी सोम... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर १७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १७६ जनामा संक्रमण पुष्टि भएको हो। ,
४ हजार ९५९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। ,
दुई हजार ६०० जनाको पिसिआर र दुई हजार ३५९ जनाको एन्टिजेन परीक्षण... |
सेतोपाटी संवाददाता बागमतीको पानीको प्रवाह बढाउने उद्धेश्यले शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा बनाइएको तालमा पानी भरिएको छ।, तालमा पानी भरिएसँगै आगामी दसैंलगत्तै बागमतीमा पानी छोड्न सुरू गरिने आयोजनाका इन्जिनियर निश्चल छत्कुलीले जनाएका छन्। , झन्डै १ किलोमिटर क्षेत्रमा फैलिएको तालमा अहिले ८ लाख लिटर पानी जम्मा भएको ... |
सेतोपाटी संवाददाता पुलबाट मालबाहक ट्रक खस्दा झापामा एक जनाको मृत्यु भएको छ। घटनामा अन्य तीन जना घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुरको देउनियाँ पुलमा इँटा बोकेको ट्रकले पैदलयात्री आमा–छोरीलाई ठक्कर दिँदा आमाको मृत्यु भएको हो।, भद्रपुर नगरपालिका– २ गैरीगाउँ निवासी २३ वर्षीया तुलसा खवास (तामाङ)क... |
सेतोपाटी संवाददाता डाक्टर गोविन्द केसीले आफ्नो माग तथा विगतका सम्झौता कार्यान्वयन नगरेको भन्दै धनगढीमा २० औं अनसन सुरू गरेका छन्।, मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारको लागि निरन्तर आवाज उठाउँदै आइरहेका केसीले धनगढीको एलएनचोकस्थित कृष्णमन्दिरको धर्मशालामा ७ बुँदे मागसहित अनसन सुरू गरेका हुन्।, सोमबार धनगढीमा प... |
युनिक श्रेष्ठ बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१० स्थित न्यू ग्यालेक्सी स्कुलले गत बिहीबार एउटा सूचना निकाल्यो। उक्त स्कुलले आफ्ना विद्यार्थीका अभिभावकलाई लक्षित गरी सूचना निकालेको थियो।, सूचनामा अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय ल्याउँदा र लैजाँदा विशेष ध्यान दिन भनिएको छ। विद्यालयले यसरी सूचना निकाल्नुको कारण पन... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.