content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता बलात्कार आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछाने आउँदो बिहीबार नेपाल फर्किने भएका छन्।, उनले शनिबार फेसबुकमा लेख्दै आफू असोज २० गते नेपाल फर्किने बताएका हुन्। उनले नेपालमा आएर आफूमाथि लागेको आरोपको सामना गर्ने बताएका छन्। , उनले आफू निर्दोष रहेको बताउँदै आएका छन्। उनीमाथि १७ वर्षीया बालिकालाई ...
नवीनबाबु गुरूङ ललितपुरको खोकनाका स्थानीय बासिन्दाले प्रत्येक वर्ष दसैंको साटो ‘सिकाली पर्व’ मनाउँदै आएका छन्।, यस पर्वमा हिन्दु धर्मका विभिन्न १४ देवीदेवताको पूजाआजाका साथै परम्परागत नाच तथा संगीत प्रदर्शन गरिन्छ।, दसैंको अवधिभर मनाइने यो जात्रामा आफन्त तथा साथीभाइलाई बोलाएर खुवाउने, नाचगान तथा जात्रा देखाउने हुन्छ।, ...
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका–७ को हरैया पुलस्थित भित्री सडकखण्डमा प्रदेश २–०२००३ प ७६७९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।, मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ।, दुर्घटनामा सोही ठाउँका ३२ वर्षीय विवेक महतको मृत्यु भएको प्रहर...
रासस धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै आज दिउँसो सवारी साधन दुर्घटना हुँदा एकको मृत्यु भएको छ। , यस दुर्घटनामा सात जना घाइते समेत भएको जिल्‍ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। , सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...
रासस यही असोज १ गतेको बाढी र डुबानका कारण कैलालीको भजनीका अधिकांश नागरिक विस्थापित हुनुपर्‍यो। केही पूर्णरूपमा विस्थापित भए भने केही आंशिक रूपमा।, पूर्ण रूपमा विस्थापित भएका यतिबेला भत्केको घर निर्माणमा जुटेका छन् भने आंशिक रूपमा विस्थापित भएका राहतको लागि नगरपालिका धाउनमै व्यस्त छन्। , चाडपर्व आएसँगै भजनीका अधिकांशको...
सुदीप श्रेष्ठ हात्तीसारमा टुकुचा खोल्सा जमिनमुनि बगाउन निर्माण गरिएको सुरूङ उत्खननको घटनापछि दुइटा नाम सामुन्ने आए —, एउटा नाम वीरशमशेर जंगबहादुर राणा, जसले आजभन्दा कम्तिमा १३० वर्षअघि स्थानीय किसानहरूको जग्गा अधिग्रहण गरी भूमिगत सुरूङ बनाए।, अर्को जोगवीर स्थापित, जसको इञ्जिनियरिङ डिजाइनमा टुकुचा सुरूङ बन्यो।, टुकुचा ...
सेतोपाटी संवाददाता ‘म हिमाल चढ्न एकदमै उत्सकु छु। मेरो जन्म हिमालमै मर्नका निम्ति भएको हुनुपर्छ,’ विश्वका अधिकांश उच्च हिम हिमश्रृंखलामा कीर्तिमान राखेकी ४९ वर्षिया हिलारी नेल्सनले फ्रान्सको मन्ट ब्ल्यांकबाट फर्किएपछि ,द ग्याजेट,सँग भनेकी थिइन्।, सन् २०१८ मै आफ्नो मृत्युबारे उनको कल्पना सत्य साबित भएको छ। बुधबार उनको ...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३८ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार ८१८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, एक हजार २८४ जनाको पिसिआर र एक हजार ५३४ जनाको एन्टिजेन परीक्षण गरिएको ...
रासस मुस्ताङको घरपझोङ गाउँपालिकाले पाँच किलोग्रामसम्म अट्ने स्याउको कार्टुन वितरण गर्ने भएको छ।, गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रमअनुसार प्लास्टिक झोलाको विकल्पमा पाँच किलो अट्ने स्याउको कार्टुन वितरण गर्न लागिएको हो।, किसानलाई ७५ प्रतिशत अनुदान सहयोगमा कार्टुन वितरण गरिने गाउँपालिकाका अध्यक्ष मोह...
सेतोपाटी संवाददाता काठमाडौंको बालाजुमा आगलागी भएको छ।  , बालाजुस्थित रानीवनको एक फर्निचर उद्योगमा बुधबार दिउँसो आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , ‘रानीवनस्थित एक फर्निचरमा आगलागी भएको छ। हामी घटनास्थल जाँदैछौ, विस्तृत जानकारी पछि आउनेछ,' उनले सेतोपाटीसँग भने। ,...
सेतोपाटी संवाददाता नेपालमा अहिले डेंगीको प्रकोप बढिरहेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस वर्ष बर्खायाम लागेयता डेंगीबाट २५ हजार ४ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ।, ७६ जिल्लामा यसको संक्रमण फैलिएकोमा सबभन्दा बढी १० जिल्लामा यसको प्रकोप देखिएको मन्त्रालयले जनाएको छ।, मन्त्रालयका अनुसार काठमाडौं,  ललित...
रासस धनुषामा फलाम रड प्रहार गरी काकाले आफ्नै चार वर्षीय भतिजाको हत्या गरेका छन्।, क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोल बस्ने किशन पासवानका छोरा चार वर्षीय अनुश पासवानलाई उनका काका २८ वर्षीय रवि पासवानले हत्या गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।, उनका अनुसा...
सेतोपाटी संवाददाता देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको छ। हाल मनसुनको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ। , जसको प्रभावले प्रदेश १, मधेस र बागमती प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, बिहीबार दिउँसो प्रदेश १, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा चट...
रासस महोत्तरीको मटिहानी नगरपालिकाका एक महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय २४ वर्षीय मोजाहिर अन्सारी पक्राउ परेका छन्।, ती महिलालाई बलात्कारपछि हत्या गरेको अभियोगमा स्थानीय अन्सारीलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो।, अभियुक्त अन्सारीले महिलालाई बलात्कारपछि पेचकसले घाँटी, छाती र पेटमा घोचेर हत्या गरी ब...
सेतोपाटी संवाददाता महोत्तरीको मटिहानी नगरपालिका–१ की ४० वर्षीया अमना खातुनको हत्या भएको खुलेको छ। उनको शव बाँसघारीमा फेला परेको थियो। फलामको पेचकसले घाँटी, छाती र पेटमा प्रहार गरी सलले घाँटी कसेर उनको हत्या गरेको प्रहरीले जनाएको छ।, खातुनको बलात्कार गरी हत्या गरिएको हुनसक्ने अनुमान प्रहरीको छ। यद्यपि पोस्टमर्टम रिपोर्...
सेतोपाटी संवाददाता काठमाडौंको रानीवनस्थित एक फर्निचरमा लागेको आगलागी नियन्त्रणमा आएको छ।  , बुधबार दिउँसो रानीवनको एलजी प्रालि फर्निचर उद्योगमा लागेको आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार साढे १२ बजे लागेको आगलागी झन्डै साढे २ बजे नियन्त्रण...
सेतोपाटी संवाददाता काठमाडौं महानगरले चाडपर्व लक्षित बजार अनुगमनको क्रममा ‘डी एण्ड डी खाद्य सप्लायर्स’ को सामान जफत गर्नुका साथै संगम स्वीटलाई चेतावनी दिएको छ। , बुधबार उपमेयर सुनिता डंगोलको नेतृत्वमा बजार अनुगमनको क्रममा ‘डी एण्ड डी खाद्य सप्लायर्स’ को सामान जफत गर्नुका साथै संगम स्वीटलाई चेतावनी दिएको उनको सचिवालयले ...
एजेन्सी अमेरिकाको फ्लोरिडा राज्यस्थित दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान इयानको प्रकोप देखिएको छ।, इयानको कारण भारी वर्षा र बाढी आएको छ। अमेरिकामा पछिल्लो एक दशकमा पहिलो पटक यति शक्तिशाली तुफान आएको बिबीसीले जनाएको छ। , बुधबार आएको यो तुफानलाई तीव्रताको आधारमा पाँचौं श्रेणीमा राखिएको छ र यसमा प्रतिघण्टा २५० किलोमिटरक...
डा. सूर्य देवकोटा, मुटु रोग विशेषज्ञ सामान्यततया मान्छेमा स्वास्थ्य समस्या भएपछि मात्रै अस्पताल जाने चलन छ। छाती दुख्यो भने, रिंगटा लाग्यो भने बल्ल मुटु परीक्षण गर्छन्। अहिले जनचेतना बढेकाले पहिले नै मुटुको परीक्षण गर्ने क्रम पनि बढ्दो छ।, तीस वर्ष कटेपछि वर्षमा एकपटक मुटु परीक्षण गर्नुपर्छ। व्यस्त सहरी जीवन, औद्योगीक...
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा बनेको सिनियर प्रहरी अधिकृत आवास गृहको उद्घाटन गरिएको छ।, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी किरण बज्राचार्यले उक्त भवनको उद्घाटन गरिन्।, १ करोड ७ लाख २१ हजार ९४७ रुपैयाँ लागतमा आवास गृह निर्माण भएको हो।, १ करोड ४९ लाख ७ हजार ३२४ रुपैयाँ बजेट भएपनि निर्...
सेतोपाटी संवाददाता विश्व मुटु दिवसका अवसरमा बुटवलमा जनचेतनामूलक र्‍याली निकालिएको छ।, सन् १९९९ मा पहिलो पटक मनाउन सुरू गरिएको मुटु दिवस हरेक वर्ष सेप्टेम्बर २९ तारिखमा विश्वभर मनाउने गरिन्छ। सोही अनुसार यस वर्ष पनि आफ्नो मुटु पनि स्वस्थ राखौं र अरूको मुटु पनि स्वस्थ राखौं भन्ने नारासहित बुटवलमा पनि मुटु दिवस मनाइएको ह...
भगवती पाण्डे मिर्गौलाका बिरामीहरूको डायलासिस सेवा प्रदान गर्दै आएका अस्पतालले लामो समयदेखि डायलासिस गरे बापतको रकम पाउन नसक्दा आर्थिक संकटमा पुगेको गुनासो गरेका छन्।, सरकारले गत वैशाख महिनादेखि नै मिर्गाैलाका बिरामीहरूको डायलासिस सेवा बापतको रकम भुक्तानी नगरेको भन्दै बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजले एक महि...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चाडपर्वको नाममा फुटपाथमा व्यापार गर्न दिने कुरामा महानगर लचिलो नहुने बताएका छन्।, बिहीबार सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै मेयर शाहले सडकमा पैदल यात्रीको पहिलो अधिकार हुने बताएका छन्।, ‘सडकमा पैदलयात्रीको पहिलो अधिकार रहन्छ। यसलाई स्थापित गराउन महानगर...
सेतोपाटी संवाददाता डेङ्गुुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गुुका कारण मृत्यु भएको हो । , स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेङ्गुु पुष्टि भएको थियो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको ...
शुरबहादुर सिंह/रासस सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग निर्माण भएको डेढ दशक नाघेको छ।, सुर्खेत बाङ्गेसिमलबाट जुम्ला जुगाड खोलासम्म जोड्ने यो राजमार्गको लम्बाइ दुई सय ३२ किलोमिटर रहेको छ। यो राजमार्गलाई कर्णाली लोकमार्गका नामले पनि चिन्ने गरिन्छ।, वि.सं २०६३ चैत ३१ गते पहिलोपटक जुम्लामा गाडी पुगेको थियो। राजमार्ग ज...
सेतोपाटी संवाददाता बाजुरामा दलित समुदायका व्यक्तिमाथि कुटपिट गरेको आरोपमा एक जना वडा अध्यक्ष पक्राउ परेका छन्।, त्रिवेणी नगरपालिका-७ का वडा अध्यक्ष जुद्धबहादुर ऐडी कुटपिटको आरोपमा पक्राउ परेका हुन्।, उनीमाथि बाजुराकै बुढीगंगा नगरपालिका घर र हाल कञ्चनपुर बस्दै आएका टीकाराम सुनारलाई कुटपिट गरेको र गर्न लगाएको आरोप छ।, ब...
शंकर श्रेष्ठ/रासस ग्रामीण भेगका बस्तीमा जाने प्रायः सबै सडक कच्ची छन्। बर्खाको बेला भत्किएका सडक मर्मत नहुँदा ठूला सवारी गुड्न सक्दैनन्। दसैंमा यात्रुको चाप बढेका बेला ग्रामीण सडकमा चल्ने साना सवारी साधनले मनोमानी भाडा असुलेको पाइएको छ।, उकालो–ओरालो र घुम्तीमा यात्रुबाहक बस जानै सक्दैनन्। त्यसैको मौका छोपेर निजी नम्बर...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४५ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार ६७८ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, एक हजार ३०७ जनाको पिसिआर र एक हजार ३७१ जनाको एन्टिजेन परीक्षण गरिएक...
रासस गुल्मीमा सवारी दुर्घटना कम गर्न न्यूनतम समय निर्धारण गरिएको छ। सवारी व्यवस्थापन जिल्ला समिति गुल्मीको बिहीबार बसेको बैठकबाट न्यूनतम समय निर्धारण गरिएको हो।, चाडपर्वको समयमा सवारी दुर्घटना बढ्न सक्ने भएकाले मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–रिडी सडकमा न्यूनतम समय निर्धारण गरिएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला...
रासस डेंगीको संक्रमण बढेपछि सरकारले काठमाडौं र ललितपुरका १४ स्थानीय तह तथा उपत्यकाका १६ अस्पताललाई पाँच लाख ५० हजार थान सिटामोल उपलब्ध गराएको छ।, डेंगी संक्रमितको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले स्वास्थ्य मन्त्रालयले ती निकाय तथा अस्पताललाई निःशुल्क वितरणका लागि पारासिटामोल उपलब्ध गराएको हो। , काठमाडौं महानगरपालिक...
सेतोपाटी संवाददाता माटोको ढिस्कोमा पुरिएर कैलालीमा एक जनाको मृत्यु भएको छ।, बुधवार साँझ गौरीगंगा नगरपालिका–४ राजीपुरकी ५२ वर्षीय जयकला खत्रीको मृत्यु भएको हो।, उनी घरनजिकैको सामुदायिक विद्यालयमा घर पोत्नका लागि आवश्यक पर्ने माटो खन्ने क्रममा ढिस्कोमा च्यापिएपछि मृत्यु भएको प्रहरीले जनाएको छ।, माटोको ढिस्कोमा पुरिएर क...
राजेश घिमिरे मंगलबार एक दम्पतीलाई एम्बुलेन्सले चितवन मेडिकल कलेज पुर्‍यायो। आकस्मिक कक्षमा पुग्दा उनीहरू दुबै छटपटाइरहेका थिए। श्रीमतीलाई हृदयघात भइसकेको थियो। स्वास्थ्य परीक्षण गर्दा श्रीमानको मुटुमा पनि कडा समस्या देखियो। हृदयघात भएकी श्रीमतीको तुरून्तै शल्यक्रिया गरी नशा खोलेर आइसियुमा उपचार भइरहेको छ। मुटुको चाल अ...
रासस जुम्लाको हिमा गाउँपालिका–१ आचार्य लिहीमा स्याउ बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार बागमती प्रदेश, ०३००१ ख २१६४ नम्बरको ट्रक बुधबार राति दुर्घटना हुँदा ट्रक चालक मकवानपुर निवासी अविनाश लामाको मृत्यु भएको हो।, सहचालक मकवानपुरक...
सेतोपाटी संवाददाता मनास्लु हिमालमा गएको हिउँ पहिरोमा परेर एक जनाको मृत्यु भएको छ।, आज दिउँसो गएको हिउँ पहिरोमा परेर क्याम्प ३ बाट क्याम्प ४ तर्फ अक्सिजनलगायत सामग्री लिएर जाँदै गरेका अनुप राईको मृत्यु भएको हो।, मनास्लु हिमाल नजिकैको बस्ती सामागाउँमा रहेकी पर्यटन विभागकी अधिकृत यशोदा अर्यालले एक जनाको मृत्यु भएको सेतोप...
सेतोपाटी संवाददाता गायिका जेरूसा राई चार दिनदेखि हराइरहेकी छन्।   , भदौ ६ गते बेलुकी घरबाट निस्किएकी जेरूसाको खोजी भइरहे पनि उनी कहाँ गइन् भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ। गत बिहीबार बेलुकी साढे सात बजे कसैलाई केही नभनी घरबाट निस्किएकी छोरी फेला नपरेको उनकी आमा इश्का घिमिरेले बताइन्।, गत असार २७ गते अमेरिकाबाट ने...
सेतोपाटी संवाददाता गोरखाको मनास्लु हिमालमा गएको हिउँ पहिरोमा परेकाहरूको उद्धार गर्न सुरू गरिएको छ।, आज मध्यान्ह गएको पहिरोमा परेर १० जनाभन्दा बढी घाइते भएका थिए।, गोरखाका एसपी केदार खनालले हिउँ पहिरोमा परेकामध्ये २ जनाको उद्धार गरिएको बताए।, ‘२ जनालाई उद्धार गरी कैलास एयरको हेलिकप्टरबाट काठमाडौंको कपनस्थित कोरोना अस्प...
नारायण खड्का अमेरिका जान भनेर एक महिना पहिले घरबाट हिँडेका दाङका एक युवकको भारतमा मृत्यु भएको छ। , दंगीशरण गाउँपालिका वडा नं. ६ राजपुरका २६ वर्षीय विनोद साहुको सोमबार उपचारका क्रममा दिल्लीमा मृत्यु भएको खबर आफूले पाएको  वडाध्यक्ष रोशनजंग शाहले सेतोपाटीलाई बताए। , फुपाजु उत्तमबहादुर वलीले विनोदको डेंगीका कारण सोमबार बि...
सेतोपाटी संवाददाता १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेविरूद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ।, सन्दीप लामिछानेविरूद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए। , उनका अनुसार इन्टरपोलमा डिफ्यु...
सेतोपाटी संवाददाता प्रहरीले ओखलढुंगाबाट शिक्षकको हत्या गरेको आरोपमा एक युवतीलाई पक्राउ गरेको छ।, ओखलढुंगाको सिद्धिचरण नगरपालिका-८ सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगा प्रहरी नायब उपरीक्षक शुकदेव खनालले जानकारी दिए।, उनका अनुसार धमलाले विद्यालयमा पढाउँदै आएका ३३ वर्षीय शिक्षक...
सेतोपाटी संवाददाता धनुषामा प्रहरीले श्रीमतीको हत्या गरी फरार भएको आरोपमा श्रीमानलाई श्रीमतीको किरिया गरेकै ठाउँबाट पक्राउ गरेको छ।, आइतबार विहारी नगरपालिका-५ ललियाका ५० वर्षीय श्रीमान रामा मण्डललाई श्रीमतीको किरिया गरेकै ठाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रदिप क्षेत्रील...
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले आजबाट पर्व लक्षित बजार अनुगमन सुरू गरेको छ।, मंगलबार प्रदर्शनी मार्ग, टुकुचा, खसी बजार लगायतका क्षेत्रमा महानगरकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा बजार अनुगमन भएको हो।, बजार अनुगमनमा ३ वटा समूह परिचालन भएको थियो।  , संघ तथा प्रदेश कार्यालयहरु सहभागी भएको अनुगमनका क्रममा सुलभ पसल...
सेतोपाटी संवाददाता आगामी बिहीबार रातिबाट मुलुकभर भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको र दैनिक वर्षाको सम्भावना कम हुँदै गएकाले आगामी बिहीबार रातिबाट सामान्यतया मौसम सफा रहने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।, ‘आ...
सेतोपाटी संवाददाता मनास्लु हिउँ पहिरोमा परेर घाइते भएकाहरू सबैको उद्धार गरिएको छ।, जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले सोमबार र मंगलबार बिहान गरी सबै घाइतेको उद्धार गरिएको बताए।, सोमबार २ जना घाइतेलाई उद्धार गरेर काठमाडौं ल्याइएको थियो भने आज ९ जना घाइतेको उद्धार गरिएको हो।, मनास्लुको तेस्रो बेस क्याम्पबा...
सविता बुढा आमाछोरा बिहान सँगै स्कुल जान्छन्, सँगै फर्किन्छन्। आमा ३२ वर्षकी छन्, छोरा १५ वर्षका।, तपाईंले सोच्नुभयो होला, आमा शिक्षक र छोरो विद्यार्थी।, कुरो यसो होइन। दुवै जना विद्यार्थी हुन्। आमा सात कक्षामा पढ्छिन्, छोरो छ कक्षामा।, आमा बिहान चाँडै उठेर घरको केही काम गर्छिन्। आजकाल गर्मी मौसम छ, स्कुल बिहान लाग्छ। ...
सेतोपाटी संवाददाता चाडपर्वको समयमा अपराधिक गतिविधि हुन नदिन चितवन प्रहरीले घर–घरमा पुगेर सचेतनामूलक सामग्री वितरण गर्न थालेको छ।, चाडपर्वको समयमा चोरी, लुटपाट जस्ता अपराधिक घटनामा वृद्धि हुने, जुवा, तास, लंगुर बुर्जा खेल्ने खेलाउने, लागूअ‍ौषध तथा मदिरा सेवन गरी होहल्ला तथा झगडा गर्ने, सवारी दुर्घटना बढ्ने देखिएकाले यस...
रासस वि.सं. २०७२ सालमा गएको गोरखा भूकम्पले क्षति पुगेको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिर परिसरमा रहेको सत्तल पुनःनिर्माण हुने भएको छ।, मनकामना मन्दिरका मूलपुजारी इन्सान थापामगर र मन्दिरका गुठियार थकाली भीमबहादुर श्रेष्ठले संयुक्त रुपमा सोमबार सत्तलको शिलान्यास गरेका थिए।, मनकामना क्षेत्र विकास समितिका अध्यक...
रासस सात वर्षअघि गएको विनाशकारी गोरखा भूकम्पले क्षति पुर्‍याएको नुवाकोटको ऐतिहासिक सात तले दरबारसहित आसपासका धार्मिक एवं पुरातात्विक सम्पदाको पुनर्निर्माणका लागि चिनियाँ पक्ष त्रिशूली आइपुगेको छ। , चीन सरकारले जिम्मेवारी लिएको सो दरबारसहित आसपासका विभिन्न सात संरचनाको पुनर्निर्माण तथा मर्मत सम्भारका लागि चिनियाँ पक्षल...
रासस दाङको तुलसीपुर उपमहानगरपालिका–७ प्रसेनी निवासी प्रेमबहादुर कुमाल माटोका प्लेट र कप बनाउँदै थिए। कुनै समय माटाका गाग्री बनाउने कुमाल हिजोआज प्लेट, कप बनाउनमै व्यस्त छन्।, ‘कुनै समय गाग्री, भुर्का, हाँडीको धेरै माग आउँथ्यो, तर अहिले बजारमा प्लाष्टिकका गार्गी आएकाले त्यसको माग छैन’, उनले भने, ‘बरू अहिले प्लेट र कपको...
रासस बागलुङमा अरिंगालले टोकेर एक जनाको मृत्यु भएको छ। जैमिनी नगरपालिका–७ जैदीका ४३ वर्षीय ज्ञानबहादुर रानाको अरिंगालले टोक्दा मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिए।, रातको समयमा घर नजिकैको जंगलमा अरिंगाल पोल्ने क्रममा अरिंगालले टो...
सेतोपाटी संवाददाता धनुषाबाट प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई पक्राउ गरेको छ।, सोमबार गणेशमान चारनाथ नगरपालिका-६ का ४० वर्षीय रेवीया सदालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रदिप क्षेत्रीले जानकारी दिए। , उनका अनुसार श्रीमान रेवीयाले घरमै ३५ वर्षीया श्रीमती आशा ...
युवराज श्रेष्ठ गण्डकी प्रदेशका मन्त्रीहरूसहित सरकारी अधिकारी र पोखराका पर्यटन व्यवसायी मंगलबार लावालस्कर लगाएर विमानस्थल पुगे। हवाइजहाजमार्फत् पोखरा झरेका पर्यटकलाई उनीहरूले बाजा बजाएर स्वागत गरे।, पर्यटकलाई स्वागत गर्न गएको जम्बो टोलीको तुलनामा पर्यटकको संख्या अत्यन्त न्यून थियो। उनीहरूले ३ जना विदेशी पर्यटकलाई मात्र...
सेतोपाटी संवाददाता देशभरि अहिले डेंगीको प्रकोप बढेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनयता २५ हजार ५ सय ४३ जनामा डेंगीको संक्रमण देखिएको छ।, तीमध्ये ३२ जनाले ज्यान गुमाएका छन्।, मन्त्रालयका अनुसार सबैभन्दा धेरै डेंगी सक्रमण बागमती प्रदेशमा देखिएको छ। बागमती प्रदेशमा मात्रै १९ हजार ९ सय १० (कूल संक्र...
दिपकजंग शाही जाजरकोटको बारेकोट गाउँपालिकाका गोविन्द सिंहसँग झण्डै ५ सय गुलेली छन्। वन्यजन्तु र चराचुरूंगीको संरक्षण गर्न रूचाउने गोविन्दले यी गुलेली किन राखे होलान्? , 'यो पनि चराहरूको संरक्षणका खातिर हो। मानिसहरू गुलेली किनेर चरा नमारून् भनेर मैले आफ्नो गाउँतिरका पसलमा भेटे जति गुलेली किन्छु र आफैंले राख्छु,' उनले भन...
सेतोपाटी संवाददाता लुम्बिनी आएका विदेशी पर्यटकलाई स्वागत गर्दै बुद्ध जन्मभूमि लुम्बिनीमा ४३ औं विश्व पर्यटन दिवस मनाइएको छ।, लुम्बिनी विकास कोषसहित लुम्बिनी होटल संघ, लुम्बिनी पर्यटन व्यवसायी संघ लगायतका संघसंस्थाहरूले पर्यटन दिवसको अवसरमा लुम्बिनी भ्रमणमा आएका पर्यटकहरूलाई खादा लगाइदिएर स्वागत गरी पर्यटन दिवस मनाएका ...
रासस उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा सोमबार गएको हिमपहिरामा परी मृत्यु भएका संखुवासभाका ३४ वर्षीय अनुप राईको शव हेलिकप्टरमा मंगलबार काठमाडौं लगिएको छ।, लामो प्रयासपछि राईको शव हेलिकप्टरमार्फत राजधानी पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए।, मौसममा सुधार आएपछि र...
नारायण खड्का गएराति सल्यानमा जीप दुर्घटना भएको छ।  , जिल्लाको कपुरकोट गाउँपालिका वडा नं. ३ मुलपानीमा राति करिब सवा १ बजेतिर गाडी दुर्घटना भएको अनुमान गरिएको छ। , दाङको तुलसीपुरस्थित गोटीखोला प्रहरी चौकीमा राति १२ बजे इन्ट्रिगरि रा १ ज ५६३  नम्बरको डबल क्याप जीप सल्यानतर्फ लागेको इलाका प्रहरी कार्यालय तुलसीपुर दाङका सञ...
सेतोपाटी संवाददाता कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ।, शनिवार साँझ टिकापुर नगरपालिका-२ विजयनगर शिविरका ७० वर्षीय भोकारी थारूको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो।, टिकापुर नगरपालिका-२ विजयनगरमा से ६ प ३१८१ नम्बरको मोटरसाइकलको ठक्कर दिएको थियो ।, घटनापछि मोटरसाइकल चालकलाई प्रहरी नियन्त्रणमा लिए...
ध्रुवसागर शर्मा बाँस र निगालाको चोयाबाट बनाइएका घरायसी प्रयोजनका समाग्रीहरु त हामी सबैले प्रयोग गर्दै आएका छौँ तर शिरदेखि पाउसम्मै चोयाबाट बुनेका पोशाक लगाएर गाउँका मेलापातदेखि सहरमा हुने पर्व, महोत्सवमा पुग्नाका साथै सोही पोशाकबाट आम्दानीसमेत गर्ने कोही व्यक्ति देखेका छैनौ भने म्याग्दीको मालिका गाउँपालिका वडा नं २ रु...
सेतोपाटी संवाददाता दाङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ। , जिल्लाको दंगीशरण गाउँपालिकाका ५९ वर्षीय शालिकराम वलीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए। , शनिबार बेलुका सात बजेतिर तुलसीपुर उपमहानगरपालिका-६ उच्चअदालत अगाडि दुर्घटना भएक...
सविता बुढा गत चैतको एकदिन रातको आठ बजेतिर पूर्व–पश्चिम राजमार्गअन्तर्गत घोडाघोडी नगरपालिकाको साँडेपानीमा एक जना साइकल यात्रीलाई पछाडिबाट ठक्कर दिएर एउटा बस भाग्यो।, साइकल यात्री घाइते भए।, नम्बर खुल्न नसकेको उक्त बस प्रहरीले तत्कालै नियन्त्रणमा लिन सकेन। बस खोजी गर्ने काम प्रहरीका लागि ठूलै चुनौती थियो।, बस फेला पार्न...
रोहित महतो के हाम्रा प्रहरी कार्यालय महिलाका मुद्दामा संवेदनशील छन्? के उनीहरू महिलाका कुरा सुन्छन्? उनीहरूको संरक्षण गर्छन्? उनीहरूलाई न्यायपूर्ण व्यवहार गर्छन्?, प्रहरी संगठन, कामकारबाही र प्रहरी कर्मचारीको शैलीलाई लिएर उल्लिखित प्रश्नबारे बेलाबेला बहस हुने गर्छ। , हामीले यस्ती महिला भेटेका छौं जो प्रहरी कार्यालयमा ...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ५१ जनामा संक्रमण पुष्टि भएको हो।, ३ हजार २४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, एक हजार २०६ जनाको पिसिआर र १८१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अह...
सेतोपाटी संवाददाता सरकारी कोटामा बेलायत जान चाहने नर्सहरूसँग विभिन्न बहानामा पैसा असुल्न थालिएको गुनासो बढ्न थालेको छ। , गत भदौ ६ मा नेपाल सरकार र बेलायत सरकारबीच शून्य लागतमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका लागि नेपालबाट नर्सिङ जनशक्ति लैजाने सम्झौता भएको थियो।, दुई देशका सरकारबीच बिनाशुल्क नेपाली नर्स बेलायत पठा...
सेतोपाटी संवाददाता प्रहरीले स्काई वर्ल्ड सर्भिस सेन्टर कम्पनीमा संलग्न सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ।, आइतबार नेपाल राष्ट्र बैंक ऐन २०५८ र संगठित अपराध निवारण ऐन २०७० अन्तर्गतको कसुरमा संलग्न ५ चिनियाँ र दुई जना भारतीय नागरिकलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी...
सेतोपाटी संवाददाता नेपालमा गर्भपतनले कानुनी मान्यता पाएको बारे ४२ प्रतिशत महिला मात्रै जानकार रहेको एक अध्ययनले देखाएको छ। नेपालले १० असोज २०५९ मै गर्भपतनलाई कानुनी मान्यता दिएको हो। मुलुकी ऐनको ११औं संशोधनद्वारा गर्भपतनले कानुनी मान्यता पाएको थियो। कानुनी मान्यता पाएको २० वर्षमा नेपालले गर्भपतनलाई स्वास्थ्य सेवाको रु...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नेपालमा गर्भपतनबारे अझै ढुक्क भएर कुरा गर्ने अवस्था नरहेको बताएकी छन्। , आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उपमेयर डंगोलले गर्भपतनलाई पापका रुपमा हेरिँदा समस्या बढिरहेको बताएकी हुन्। , ‘सुरक्षित गर्भपतन महिलाको प्रजनन् अधिकार हो। गर्भपतन सेवाल...
सेतोपाटी संवाददाता प्रहरीले ललितपुरबाट २५ लाख बराबरको लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। , प्रहरीले ललितपुरबाट २५ लाख ५१ हजार ६०० बराबरको लागुऔषध एम्पुलसहित तीन जनालाई पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए। , पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-२५ का ३९ वर्...
विवेक राई अहिले धेरैजसो डेंगीका बिरामी घरमै छन्। यस्तो अवस्थामा के-के कुरा खाने, कस्ता औषधि सेवन गर्ने भन्ने धेरैलाई अलमल हुन्छ। , कतिपयले सामाजिक सञ्जालमा लेखिएका विभिन्न औषधि सेवन गर्दा उल्टो त्यसले बिरामीको स्वास्थ्यमा समस्या आएको चिकित्सकहरू बताउँछन्। , टेकु अस्पतालका डाक्टर शेरबहादुर पुनले बिरामीहरूले अरूको लहलहै...
रासस लमजुङमा भूकम्पको धक्का महसुस भएको छ।, बेँसीसहर नगरपालिका–४ पुरानोकोट केन्द्रविन्दु बनाएर आइतबार राति ८ः४१ मा दुई दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। , जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको स्थानीयवासीले बताएका छन्।,  , लमजुङमा भूकम्पको धक्का मह...
रामविकास चौधरी बुद्ध जन्मस्थल लुम्बिनी नजिक रहेका पुरातात्विक महत्वको सम्पदा संरक्षणको अभावमा नदीको भेलसँगै बगेका छन्। रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१२ स्थित अमहवा गाउँनजिकै निपनियामा रहेका पुरातात्विक भग्नावशेष बाढीको भेलसँगै दानव नदीमा विलय हुँदै गएका छन्।, केही वर्षयतादेखि दानवनदीले कटान सुरू गरेपछि जमि...
पूर्णप्रसाद मिश्र विभिन्न पेशा, व्यवसाय एवं अध्ययनका लागि घरबाट टाढा रहेका परिवारका सदस्य आ–आफ्नो थातथलोमा जम्मा भएर मनाइने बडादसैं पर्व आजदेखि सुरु भएको छ।, प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन ध...
सेतोपाटी संवाददाता सुनसरी जिल्लाको चतरा र आसपासमा ठूलो पानी परिरहेको छ।, यी क्षेत्र भइ बहने स–सना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने र डुबान भइरहने होचा ठाउँमा जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।, आज प्रदेश-१ र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाल...
सेतोपाटी संवाददाता १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाइसकेको छ। लामिछाने सम्पर्कविहीन भएपछि उनलाई इन्टरपोलमार्फत पक्राउ गर्न लागेको प्रहरीले जनाएको छ।, उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पु...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज न्युरोड क्षेत्रमा अत्यावश्यक बाहेक कुनै पनि सवारी प्रवेश निषेध गरेको छ।, बढ्दो सवारी चापलाई ध्यानमा राखेर काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज न्युरोड क्षेत्रमा दिउँसोको समयमा गाडी प्रवेश निषेध गरेको हो।, (यात्रुवाहक, मालवाहक, निजी तथा दुईपांग्र...
सेतोपाटी संवाददाता एभरेष्ट अप्टिमिस्ट क्लवले काठमाडौंको कीर्तिपुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।, क्लबका संस्थापक अध्यक्ष तथा लायन्स क्लव डिस्ट्रिक्ट ३२५-ए २ का पूर्व डिस्ट्रिक्ट गभर्नर स्वर्गीय बिजु बज्राचार्यको ४५ औं दिनको पुण्यतिथिको अवसर पारेर कीर्तिपुरमा नि:शुल्क स्वास्थ्य सिविर आयोजना गरिएको हो। , एभ...
कृष्ण आचार्य/रासस पानी पर्नासाथ नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रा गर्ने जो कोहीलाई पनि पहिरो खसेर जाम हुन्छ कि भन्ने चिन्ता हुन्छ। बर्सेनि पहिराले सास्ती दिने यो सडकमा यस वर्ष पनि दुई दर्जन पटक पहिरो खस्यो । एकैदिन घण्टौँसम्म सडक अवरुद्ध हुँदा सवारी चालक र यात्रुले निकै समस्या झेल्नुपर्‍यो। , गत जेठ महिनायता मात्रै यो...
सेतोपाटी संवाददाता आजबाट नवरात्री शुरु भएको छ।, नेपालीहरूको महान चाड विजया दशमी अर्थात बडा दशैँको आज पहिलो दिन हो।, आश्विन शुक्ल प्रतिपदाबाट शुरु हुने बडा दशैँ १५ दिनसम्म (कोजाग्रत पूर्णिमा) मनाइन्छ। नवरात्र शुरु भएसँगै देशभरका देवी आलयहरुमा दर्शनार्थीको भिड देख्न सकिन्छ।, काठमाडौंका भगवती मन्दिरमा पनि दर्शनार्थीहरुको...
रासस मेची भन्सार कार्यालयले आजदेखि पूर्वीनाका काँकडभिट्टाबाट निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई नजिकको धुलाबारी बजारसम्म आवतजावत गर्न निःशुल्क ‘सुविधा पास’ उपलब्ध गराउन थालेको छ।, तीन वर्षदेखि भारतीय सवारी साधनलाई यो सुविधा दिइएको थिएन।, भन्सार कार्यालयले आइतबार सूचना जारी गरेरै असोज १० गतेदेखि नाकाबाट ...
नवीनबाबु गुरूङ काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा आज घटस्थापना गरिएको छ। बिहान १० बजेर २३ मिनेटको शुभ साइतमा जमरा राखिएको हो।, उक्त अवसरमा नेपाली सेनाको एक टुकडीले मंगल धुन बजाउनुका साथै हर्ष बढाईंसमेत गरेको थियो ।, दशैंको टीकाको दिन उक्त जमरा देवीको प्रसादको रुपमा ग्रहण गरिन्छ ।, प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदा...
सेतोपाटी संवाददाता चन्द्रागिरि नगरपालिकाले आफ्ना नगरवासीका लागि प्राथमिक अस्पताल थानकोटबाट डेंगी रोगको निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाएको छ। चनपा–४ स्थित सो अस्पतालबाट अहिले दैनिक सो रोगको निःशुल्क परीक्षण तथा उपचार समेत भइरहेको छ। , नगरप्रमुख घनश्याम गिरीले नगरवासीको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई नगरवासीलाई ड...
एजेन्सी रूसमा सोमबार एक बन्दुकधारीले विद्यालयमा गोली चलाएका छन्।, समाचार संस्था रोयटर्सका अनुसार सोमबार दिउँसो रूसी सहर इजेभ्स्कको एउटा विद्यालयमा छिरेका बन्दुकधारीले सुरूमा गार्डलाई गोली हानेका थिए।, त्यसपछि उनले चलाएको गोली लागेर केही विद्यार्थीसहित ६ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।, बन्दुकधारीले आफूल...
सेतोपाटी संवाददाता नर्सहरूलाई बेलायत पठाउने बहानामा कसैले पैसा असुल्न खोजे वैदेशिक रोजगार विभाग वा प्रहरीमा तुरून्तै ठगी मुद्दा दर्ता गराउन श्रम मन्त्रालयले आग्रह गरेको छ।, बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा जान चाहने नर्ससँग पैसा असुल्न खोजे तुरून्तै ठगी मुद्दा दर्ता गर्न श्रम मन्त्रालयले अपिल गरेको हो।, श्रममन्त्री...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५३ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार ६२४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, ८२५ जनाको पिसिआर र १७९९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देश...
सेतोपाटी संवाददाता सरकारीकरण हुनुपर्ने जग्गा व्यक्तिका नाममा दर्ता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ ।, अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख भीमबहादुर खत्री, बढैयाताल गाँउपालिका–६ का एक वडाध्यक्षसमेतलाई अपुताली खाने कोही नभई सरकारीकरण हुनुपर्ने जग्ग...
सेतोपाटी संवाददाता कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रदेशभित्र चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेको छ।, प्रदेश प्रहरी कार्यालयले शुक्रबार सार्वजनिक गरेको सुरक्षा योजनाअनुसार दसैं र तिहारलाई लक्षित गरी प्रदेशभर ४ हजार १४१ जना प्रहरी सुरक्षामा खटिने भएका छन्।, चाडपर्व लक्षित सुरक्षा योजना आइतबारदेखि लागू हुनेछ। प्र...
सेतोपाटी संवाददाता शताब्दी पुरुष सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन्। , विगत केही दिनदेखि निरन्तर कमजोर महसुस हुने, खानामा अरूचि हुने जस्ता समस्या भएकाले उनी शुक्रबार किस्ट अस्पतालमा भर्ना भएका हुन्।, अस्पतालका अनुसार उनी चिकित्सकहरूको निरन्तर निगरानीमा छन्। , शुक्रबार अस्पतालका चिकित्सक तथा नर्सिङ टिम उनको निवासमा प...
सेतोपाटी संवाददाता बागमती प्रदेश प्रहरी कार्यालयले हराएका ३ सय २९ जना मानिसमध्ये २ सय ३३ जना फेला पारेको छ। , बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो ३ महिने कार्यविवरण सार्वजनिक गर्दै हराएका ३ सय २९ जना मानिसमध्ये २ सय ३३ जना फेला पारेको जनाएको छ।, चितवनबाट ८५,  मकवानपुरबाट ७४, काभ्रेबाट ३६, सिन्धुलीबाट ३०, रामेछापबाट ...
सेतोपाटी संवाददाता सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीकी पत्नी गीता सोडारीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। , नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा जागिर खाएर भ्रष्टाचार गरेको भन्दै अख्तियारले गीताविरूद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो। , गीता कैलालीको शिव माध्यमि...
सुदीप श्रेष्ठ काठमाडौं महानगरपालिकाले टुकुचा बग्ने भूमिगत सुरूङ खन्न गत बिहीबार जयनेपाल हलको जुन ठाउँमा डोजर चलायो, त्यसको एक सातापछि शुक्रबार त्यही ठाउँनिर सडकपेटी भासिएको छ।, महानगरले खनेको ठाउँ र सडकको बीचमा जयनेपालको पर्खाल थियो। अहिले पर्खालको सट्टा जस्तापाताले बारिएको छ। त्यही जस्ताले बारिएको ठाउँमा शुक्रबार बिह...
रासस वन तथा वातावरणमन्त्री प्रदीप यादवले वन्यजन्तु संरक्षणमा समुदायको महत्वपूर्ण भूमिका रहने बताएका छन्।, चितवन राष्ट्रिय निकुञ्जको ५०औं स्थापना दिवसको स्वर्ण महोत्सव तथा राष्ट्रिय संरक्षण दिवस, २०७९ को अवसरमा शुक्रबार कसरामा आयोजित कार्यक्रममा उनले वन र वन्यजन्तु संरक्षणमा ठूलो चुनौती रहेको भन्दै यसमा साथ र सहयोग समु...
रासस शुक्रबार हेटौंडामा पौडी खेल्ने क्रममा खोलाले बगाउँदा तीन बालकको मृत्यु भएको छ।, हेटौंडाको न्युरेनीस्थित कर्रा खोलामा डुबेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। , अपराह्नको समयमा पौडी खेल्ने क्रममा कर्रा खोलाले बगाएर बेपत्ता भएका तीन बालक मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घ...
सेतोपाटी संवाददाता शनिबार काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।  , हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको छ। यस्तै भारतको उत्तर प्रदेशमा न्यून चापीय क्षेत्र रहेको छ।, जसको प्रभावले बागमती ,गण्डकी, लुम्बिनी  र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको...
सेतोपाटी संवाददाता काठमाडौंको अत्यधिक भिड हुने न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण (यात्रुवाहक, मालवाहक तथा निजी) चारपाङ्ग्रे सवारी साधनलाई आजबाट खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ।, असोज ८ गते देखि फुलपातीसम्म यो व्यवस्था लागू गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।, शुक्रबार एक ...
सेतोपाटी संवाददाता पहिरोको कारण नारायणगढ–मुग्लिन सडक अवरूद्ध भएको छ।, शुक्रबार राति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि सडक अवरूद्ध भउको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।, प्रहरीका अनुसार अहिले दुवैतर्फ सडक अवरुद्ध भएपछि जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेक...
रासस मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा पानी झार्न रोकिराखेको बा ५ ख ७८१७ नम्बरको ट्रकमुनि खेल्दै छिरेका एक १७ महिनाको बालकको सोही ट्रकले किच्दा मृत्यु भएको छ।, मृत्यु हुनेमा सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई हाल लोकन्थली बस्ने केशवलाल श्रेष्ठका १७ महिनाको छोरा सलिन श्रेष्ठ छन्।, सलिन खेल्दै गाडीमुनि छि...
सेतोपाटी संवाददाता पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालन भएको छ।, गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि अवरुद्ध सडक बिहान ६ः३० बजेदेखि सञ्चालन भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।, अहिले रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्। रातभर सडक अव...
सेतोपाटी संवाददाता सेतोपाटी, सहकर्मी नवीनबाबु गुरूङले खिचेको फोटो यस वर्षकै राजनीतिक फोटो पत्रकारिता विधामा उत्कृष्ट ठहरिएको छ।, राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपालले आफ्नो २५ औं स्थापनाको वार्षिकोत्सवको अवसरमा आयोजित ‘राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२२’मा राजनीतिक विधातर्फ आफ्ना प्रतिष्पर्धीलाई पछि पार्दै ग...
विनोद सापकोटा झापाको मेची राजमार्गअन्तर्गत मेचीनगर १२ पिपलडाँगीमा दुई वटा मोटरसाइकल एक आपसमा जुध्दा दुई जनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा परेर एक जना गम्भीर  घाइते भएका छन्।, चारआली-बुधबारे सडड खण्डमा गएराति ११.३० बजेतिर चारआलीतर्फ आउँदै गरेको प्र १–०१–०१४ प ३३५० र विपरित दिशाबाट जा...
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्कोमा ट्रकले ठक्करबाट एक पैदल यात्रुको ज्यान गएको छ।, ललितपुर प्रहरीका अनुसार शनिबार साँझ बाटो काट्ने क्रममा बा २ ख ८४ ९५ नम्बरको ट्रकले ठक्कर दिँदा सिन्धुलीका ४२ वर्षिय नरबहादुर कामीको मृत्यु भएको हो।, ट्रकको ठक्करबाट गम्भीर घाइते भएका कामीको उपचारका क्रममा ग्वार्कोस्थित बीएन्डबी अस्...
निजा राजभण्डारी (बाटाजु) दसैँको बेला गर्भवती महिलाहरूले यात्रा गर्दा विशेष ध्यान दिनुपर्छ। गर्भवतीको लागि पहिलो तीन महिना अलि जोखिमको अवस्था हुन्छ। बच्चा भर्खर पाठेघरमा टाँसिएको हुनाले अझै चनाखो हुनुपर्छ।, कुन ठाउँमा जाने, कति समयको लागि जाने, कस्तो सवारी साधनमा यात्रा गर्ने, कति दुरीको यात्रा गर्ने जस्ता कुराहरू महत्...