content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता दाङको बंगलाचुली गाउँपालिकामा पहिरोले पुर्दा एक महिला र खोलामा आएको बाढीले बगाउँदा एक पुरुषको मृत्यु भएको छ।, जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीका अनुसार बंगलाचुली –४ गहतेराकी ३० वर्षीया हिरा नेपालीको पहिरोले पुर्दा मृत्यु भएको हो।, शुक्रबार बेलुका स्थानीय खोलामा बाढी हेर्न गएकी उनलाई माथिबाट झर...
सेतोपाटी संवाददाता नाबालिकामाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन्। बिहीबार बिहान ११ बजेतिर उनी नेपाल फर्किएसँगै पक्राउ परेका हुन्।, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार सन्दीपलाई पक्राउ गरी प्रहरी वृत्त गौशाला लगिएको छ। उनलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लि...
सेतोपाटी संवाददाता बाराको अमलेखगन्जमा बिहीबार बिहान भएको बस दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।, नारायणघाटबाट पथलैया हुँदै वीरगन्ज जाँदै गरेको बा०६-००१ ख-०११० नम्बरको बस अमलेखगन्जमा दुर्घटना भएको बाराका प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिए।, उनका अनुसार घाइतेहरूलाई हेटौंडा र चित...
रासस मनाङमा वर्षासँगै हिमपात भएको छ। मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ।, हिमपात भएपछि स्थानीय घर बाहिर निस्किन सकिरहेका छैनन्।, ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बुधबार रातिदेखि हिमपात भएको जानकारी दिए।, 'बिहान हिउँ मात्रै परेको थियो। अहिले हिउँसँगै वर्षा भ...
रासस करेन्ट लागेर धनुषाको जनकपुरधाममा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।, आफ्नै घरमा पानी तान्ने मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका–२३ का ६० वर्षीय दिनेश चौधरी र उनका भाइ ५४ वर्षीय रामेश्वर चौधरीको मृत्यु भएको हो।, करेन्ट लागेर गम्भीर घाइते दुवै जनाको जनकपुरधामस्थित प्र...
रासस अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन्।, अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका वार्ड नम्बर १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका तीन सयभन्दा बढी घर डुबानमा परेका छन्।, बाढी घरभित्र पसेपछि अन्नपात कपडा लत्...
सेतोपाटी संवाददाता पाल्पामा दुई जना युवाको शव फेला परेको छ। दसैंको फूलपातीका दिन रमाइलो हेर्न हिँडेका पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ३ झिरूबासका २१ वर्षीय वीरेन सोमै र इन्द्रबहादुर खरू तीन दिनपछि मृत भेटिएका हुन्।, गत सोमबार फूलपातीका दिन साँझ रमाइलो हेर्न भनी मित्याल मौलाथरमा एउटै मोटरसाइकलमा गएका उनीहरूको शव अ...
रासस बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगन्जमा बस दुर्घटनामा परी मृत्यु भएका नौ जनाको सनाखत भएको छ। बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ।, हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका १२ जनामध्ये नौ जनाको सनाखत भएको प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए। , मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालि...
डम्मर बुढा मगर एक दशक अगाडिसम्म बागलुङका ग्रामीण भेगमा कटुवाल कराउने प्रथा सञ्चारको उपयुक्त माध्यम थियो। कटुवालले गाउँमा कुनै सार्वजनिक सभा, सम्मेलन तथा काम परे अग्लो ठाउँबाट चर्काे स्वरमा कराएर गाउँलेलाई सूचना दिने गर्थे। जब मोबाइल फोनको प्रयोग बढ्दै गयो, तब कटुवाल प्रथा पनि हराउन थाल्यो।, बागलुङको तमानखोला गाउँपालिक...
रासस कञ्चनपुरको महेन्द्रनगरमा बिहीबार साँझ बससित मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।, महेन्द्रनगरस्थित बसपार्कबाट राजमार्गमा निस्किरहेको सु प्र प्र ०२–००१ ख ११६१ नम्बरको बसलाई ठक्कर दिँदा भीमदत्त नगरपालिका–८ का २० वर्षीय सुनिल रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लोकेन्द...
सेतोपाटी थाइल्यान्डमा साना बालबालिकाको हेरचाह गर्ने प्रि-स्कुल चाइल्ड डे केयर सेन्टरमा एक पूर्व प्रहरी अधिकारीले गोली चलाउँदा कम्तिमा ३४ जनाको मृत्यु भएको छ।, थाइल्यान्डको उत्तर-पूर्वी क्षेत्रस्थित नान्ग बुआ लाम्फू भन्ने ठाउँमा भएको हमलापछि बन्दुकधारी पूर्वप्रहरी अधिकारी फरार रहेको बिबिसीले जनाएको छ।, प्रहरीका अनुसार ...
रासस बुधबारदेखि परेको अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि पूर्वी नवलपरासीको पहाडी क्षेत्रका बुलिङटार र बौदिकाली गाउँपालिका सडक सम्पर्कबाट विच्छेद भएका छन्।, लगातार परेको पानीले पहाडी क्षेत्र जाने मुख्य सडकको दलदले–कुमसोत–पोखरी खण्डको पाङ्ग्रेमा बुधबार बिहान पहिरो खसेपछि दलदले हुँदै पहाडी क्षेत्रका बुलिङटार र बौ...
सेतोपाटी संवाददाता बाराको अमलेखगन्जमा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु हुने १६ मध्ये १४ जनाको सनाखत भएको छ।, प्रहरीका अनुसार मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका-२ बस्ने लिलाराज चौधरी, चितवनको खैरहनी नगरपालिका-५ बस्ने नन्दकुमारी पुडासैनी, चितवनको कालिका नगरपालिकाका सफल कडेल, पर्साको वीरगन्ज महानगरपालिका- १...
सेतोपाटी संवाददाता नारायणी नदीको सतहले खतराको तह पार गरेको छ। चितवनको देवघाटस्थित मापन केन्द्रले नदीको सतहले खतराको तह पार गरेको जानकारी दिएको हो।, नारायणी नदीको सतह बिहानैदेखि चेतावनीको तहभन्दा माथि पुगेको थियो। देवघाटमा पानीको सतह ७.३ मिटर नाघ्दा सतर्क रहन चेतावनी दिने गरिन्छ। नौ मिटरभन्दा माथि पुग्नुलाई खतराको तह म...
रासस धादिङको पृथ्वी राजमार्ग र त्रिभुवन राजपथका विभिन्न स्थानमा पहिरो र बाढीका कारण राजमार्गमा यातायात साधन सञ्चालनमा समस्या आएको छ।, त्रिभुवन राजपथअन्तर्गत धुनीबेँसी नगरपालिकाको सिस्नेखोला सुरूङमार्ग क्षेत्रमा लगातार गइरहेको पहिरो हटाउन समस्या भएको छ। लगातारको वर्षाले सडकमाथिबाट अनियन्त्रित रूपमा पहिरो झरिरहेको छ। डो...
अञ्जली थापा जितपुर—सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने चालकसहित ३६ जना घाइते छन्।, उक्त बसमा सवार केही यात्रुमात्र सामान्य रहेका र धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। यही बसमा सवार १५ वर्षीय बालक हुन् बिरोज पाख्रिन।, बारा घर भएर मकवानपुरगढी बस्ने बिरोज मूलघरको टीका सकेर बिहान...
सेतोपाटी संवाददाता आज आश्विन शुक्ल पक्षको द्वादशी। दशैँको टीका लगाउने क्रम शुक्रबार पनि जारी छ। , नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ। , घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्। यो क्रम पूर्णिमासम्म रहन्छ।, आश्विन शुक्ल पूर्णिमाका...
रासस अविरल वर्षाका कारण पटकपटक खसेको पहिरोले अवरूद्ध नारायणघाट–मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ।, भरतपुर महानगरपालिका–२९ स्थित केराबारी र अठार किलोमा खसेको पहिरो हटाएर बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।, प्रहरीका अनुसार केराबारीको पहिरो ५ बजेर ५० मिनेटमा हटाइएको थियो भने १८ किलोको पहिरो ६ बजेर २० ...
सेतोपाटी संवाददाता कञ्चनपुरमा बस र मोटरसाइकल आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ।, बिहीबार भीमदत्त नगरपालिका–४ चम्मनचोक अगाडि पूर्व–पश्चिम राजमार्गमा सुपप्र ०२–००१ ख ११६१ नम्बरको बस र म १ प ६२७२ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।, सो दुर्घटनामा भीमदत्त–८ तिलाचौरका मोटर साइकल चालक २० वर्षीय सुनिल रानाको मृत्यु...
रासस यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ।, नोबेल पुरस्कार दिने ‘द स्विडिस एकेडेमी’ ले एर्नोले विषयको जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेको जनाएको छ। त्यसैका लागि उनलाई नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो।, एर्नोले सामाजिक असम...
सेतोपाटी संवाददाता काठमाडौंको चन्द्रागिरिमा पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।, शुक्रबार बिहान साढे एक बजे चन्द्रागिरि नगरपालिका २ तल्लो मसिने स्थित ध्यानकेन्द्र पहिरोले बगाउँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।, उनका अनुसार मृतकहरूमा श...
सेतोपाटी संवाददाता पहिरोमा परी ९ जनाको ज्यान गएको अछाम तुर्माखाँदको नाडागाउँमा लगातारको बर्षाले फेरि समस्या पारेको छ। बिहीबार दिउँसोबाट भइरहेको वर्षाले त्रिपालमा बसेका पहिरो पीडितलाई थप प्रभावित पारेको हो।, गएको असोज १ गते पहिरोले घरबास लगेपछि स्थानीयहरू त्रिपालको ओत बनाएर बसेका थिए। , हावाहुरीले त्रिपाल उडाइदिएको र ल...
नारायण खड्का सल्यानको कपुरकोटमा पहिरोले केही घर पुरेको छ। जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर ५ सल्लाममा चार घर पहिरोले पुरेको स्थानीयले बताएका छन्।, स्थानीय सञ्चारकर्मी सन्तोष घर्तीले चार परिवारको घर पहिरोले पुरेको जानकारी दिए।, ‘म अहिले घटनास्थलमा छु र प्रहरी पनि आएको छ,’ उनले भने, ‘पहिरोले बगाएका घर देखिँदैनन्। ह...
रासस बागलुङ नगरपालिका वडा नम्बर ११ को तल्लो रामतोलामा पहिरो खसेको एक महिना भयो।, महिना दिनदेखि निरन्तर बगेको पहिरोका कारण यहाँका दर्जनौं घरपरिवारले दसैंको टीकासमेत आफ्नो घरमा बसेर लगाउन पाएनन्।, भदौको १९ गतेदेखि जमिन चिरा परेको र २१ गते अविरल वर्षापछि जमिन बग्न थालेको थियो। निरन्तर बगिरहेको जमिनमा दसैंका बेला भइरहेको ...
रासस अविरल वर्षासँगै पहिरो जाँदा अवरूद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। शुक्रबार बिहान पृथ्वी राजमार्गको दुई ठाउँमा पहिरो जाँदा सडक अवरूद्ध भएकामा पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराइएको प्रहरीले जनाएको छ।, व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो पन्छाएर दुईतर्फी सडक सञ्चालनमा ल्याइएको तनहुँ जिल्ला प्रहरी कार्यालय...
सेतोपाटी संवाददाता अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा पहिरो जाँदा सडक यातायात बन्द हुन पुगेको छ।, सहिद मार्गअन्तर्गत दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने सडक खण्ड फेरि अवरूद्ध भएको छ।, लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी निरीक्षक रामबहादुर जिसीका अनुसार दाङको भालुवाङदेखि प्यूठान ज...
सेतोपाटी भारतको हरियाणास्थित एक कम्पनीद्वारा उत्पादित रूघाखोकीको औषधि 'कफ एन्ड कोल्ड सिरप' खाएर अफ्रिकी देश गाम्बियामा ६६ जना बालबालिकाको मृत्यु भएको छ।, यो घटनापछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले उक्त औषधि उत्पादक कम्पनीका नाममा चेतावनी जारी गरेको बिबिसीले जनाएको छ।, डब्लुएचओ प्रमुख टेड्रोस गेब्रियेससले भनेका छन्...
सेतोपाटी संवाददाता दाङस्थित इलाका प्रहरी कार्यालय सिसहनियामा बाढी पसेको छ।, इप्रका सिसहनियामा बाढी पसेपछि त्यहाँ कार्यरत ११ जना प्रहरीसहित हातहतियार, सञ्चारसेट लगायत महत्वपूर्ण सामग्री अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ।, लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्र घोषित राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको...
नारायण खड्का बर्दिया जिल्लामा बबई नदीको पानी बस्तीमा पसेपछि ७० भन्दा बढी घरपरिवार विस्थापित भएका छन्। , जिल्लाको गुलरिया नगरपालिका वडा नम्बर ५, ८, ११ र १२ नम्बर वडामा बबईको बाढी पसेपछि उनीहरू विस्थापित भएका हुन्।, लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी निरीक्षक रामबहादुर जिसीका अनुसार वडा नम्बर ५ मा ३५,...
रासस मौसम पूर्वानुमान महाशाखाले देशका पूर्वी क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ। देशको पश्चिमी भूभागमा भने भारी वर्षा भइरहेको छ।, महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा अहिले भारी वर्षा भइरहेको छ। नवलपुरमा सबभन्दा बढी २७५ मिलिमिटर पानी परेको...
रासस गत भदौ ९ गतेदेखि बेपत्ता उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरकी वडा सदस्य छत्रकुमारी थापा (राउत) को शव आइतबार भेटिएको छ। उनको शव ३८ दिनपछि फेला परेको हो। , जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयालका अनुसार ३८ वर्षीया राउत गत भदौ ९ गतेदेखि बेपत्ता थिइन्।, उनको कंकाल बेलका नगरपालिका–८ सेतीखोल...
सेतोपाटी संवाददाता दाङमा डुबेर बालकको मृत्यु भएको छ। जिल्लाको लमही नगरपालिका वडा नम्बर ६ स्थित अर्जुन खोलामा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिए।, वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक पुष्पलाल थापाले लमही – ४ अर्नवा गाउँका अमित बिक र सोही ठाउँका ल...
सेतोपाटी संवाददाता पोषणविद् मनसा ठकुराठी दसैंमा एउटा व्यक्तिले बढीमा १ सय ५० ग्राम मासु मात्र खान सुझाउँछिन्।, दैनिक मासु खाने व्यक्तिले ७० देखि ८० ग्राम मासु पचाउन सक्ने भए पनि १ सय ५० ग्राम मासु खान सकिने उनको तर्क छ।, मासु प्रोटिन युक्त खानेकुरा हो। तर शरिरलाई आवश्यक हुने फाइबर मासुमा नपाइने भएकाले मासुसँगै साग, मू...
रासस संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित सभाखोलामा नुहाउन गएका बाबु–छोरा बेपत्ता भएका छन्।, बेपत्ता हुनेमा खाँदबारी–७ का ४० वर्षीय तारानाथ काफ्ले र उनका छोरा १५ वर्षीय सनम छन्।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारका अनुसार दुवै जना सोमबार दिउँसो आफ्नै गाडी लिएर सभाखोला गएका थिए। ...
रोहित महतो जनकपुरधाममा दसैंको रौनक छ। ठूला आवाजका बाजागाजासहित यहाँका शक्तिपीठहरू दुलहीझैं सजाइएका छन्। सहरी क्षेत्र मात्र नभई यहाँका टोलटोलमा पनि मेलाको भिडभाड छ। हर्ष र उल्लास छ।, सहरी क्षेत्रकै मुख्य राजमार्गबाट झन्डै पाँच सय मिटर मात्र पश्चिमतर्फ रहेको वडा नम्बरस्थित ७ विशाल टोल भने सुनसान छ।, यहाँ मुसहर समुदायका ...
सुदीप श्रेष्ठ आर्काइभबाट, कोरोनाको पिसिआर टेस्ट गर्न नाकमा सुइरो घुसाउँदा मेरो सातोपुत्लो उडेको थियो। कहिलेकाहीँ इन्जेक्सन लगाउनुपर्‍यो भने सुई देखेरै सिरिंग भएर आउँछ।, यस्तो पितुर्के मान्छेलाई जीउको मासु काट्ने वा छाला ताछ्ने कुरा सुन्दा के भयो होला!, मेरो त डरले जीउभरि काँडा उम्रेका थिए, जब मैले पाटन, सुबहाल (सौबहाल...
पोष्टबहादुर बस्नेत आर्काइभबाट, महिनौं लामो झरीको मौसम सकिएपछि सुरु हुन्छ, शरद ऋतु। खेतमा धान झुलेको बेला मध्यपहाडका किसान फुर्सदिला हुन्छन्। वसन्त ऋतुझैं मौसम शितल हुन्छ–अचाक्ली गर्मी सकिन्छ र मुटु कमाउने सिरेटो आएको हुँदैन। खुला आकाशमा चंगा उड्न थाल्छन्। मध्यरातमा सुगन्ध फैलाउने पारिजातका फूल झिसमिसेमै छरिएर भूइँ सेत...
ध्रुवसागर शर्मा बुढेसकालमा छोरो नै बाबुआमाको सहारा हुन्छ भन्ने नेपालीहरूको मानसिकता र सोचाइमा पछिल्लो समय धेरै परिवर्तन आएको छ। , म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश (इजरायल) मा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाएका छन्।, रूमक...
नवीनबाबु गुरूङ नवरात्रिको नौ दिनसम्म विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको दसैं घर वा पूजा कोठामा बुधबार विजयादशमीका दिन बिहान देवी विसर्जन गरिएको छ। विधिपूर्वक देवी विसर्जनपछि शुभ साइतको प्रतीक रातो वा सेतो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइयो। घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विज...
रासस चितवनमा गाडीको ठक्करबाट श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छिन्।, भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १५च ७४७९ नम्बरको जीपले मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०३६ प ११७४ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा मोटरसाइकलमा सवार पर्वतको महाशिला गा...
रासस इन्टरनेट जडान गर्ने क्रममा करेन्ट लाग्दा तेह्रथुममा बुधबार एक युवकको मृत्यु भएको छ।, करेन्ट लागेर आठराई गाउँपालिका–४ इवाका २४ वर्षीय निलम इङनामको मृत्यु भएको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक योगराज सुवेदीले जानकारी दिए।, उनको घटनास्थलमै मृत्यु भएको हो।, इन्टरनेट जडानका लागि विद्युतीय पोलमा च...
रासस राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट दसैंको टीका ग्रहण गरेकी छन्, बडादसैँ २०७९ को अवसरमा उनले शितलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरेकी हुन्।, राष्ट्रपतिले आफूले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणला...
रासस काठमाडौँ उपत्यकासहित देशका विभिन्न भू–भागमा गए रातिदेखि नै वर्षा भइरहेको छ। देशको पश्चिमी भागमा पनि भारी मात्रामा वर्षा भएको छ। , मौसम पूर्वानुमान महाशाखाले जनाएअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेकाले बुधबार दिनभर देशैभर हल्का तथा मध्यम वर्षा हुने अनुमान छ। आज प्रदेश नं १, मधेश प्रदेश...
रासस तनहुँ कारागारमा रहेका कैदीबन्दी आफन्तसँग टीका लगाउन पाउँदा खुसी भएका छन्।, विजया दशमीको दसौं दिन बुधबार कारागारभित्रै आफन्तसँग टीका लगाउन पाउँदा कैदीबन्दी खुसी भएका हुन्।, कोभिड–१९ को संक्रमणपछि पहिलो पटक कैदीबन्दीले आफन्तको हातबाट टीका लगाउन पाएका हुन्। विगतका वर्ष कोभिड–१९ को जोखिमका कारण आफन्तबाट टीका लगाउन रो...
नारायण खड्का दाङमा खोलामा आएको बाढीमा बगेर एक जना बेपत्ता भएका छन्। हिजो रातिदेखिको अविरल वर्षाको कारण घोराही उपमहानगरपालिका वडा नम्बर १० गुर्जेखोलामा आएको बाढीले स्थानीय ५४ वर्षीय कल्लु चौधरी बगेर बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले सेतोपाटीलाई बताए। , चौधरी दिउँसो खोला तर्ने क्रममा बगेको र खोजी गर...
सेतोपाटी संवाददाता नाबालिकामाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पक्राउ परेका छन्। बिहीबार बिहान ११ बजेतिर उनी नेपाल फर्किएसँगै पक्राउ परेका हुन्।, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार सन्दीपलाई पक्राउ गरी प्रहरी वृत्त गौशाला लगिएको छ। उनलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लि...
रासस लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ। रातिदेखि नै नारायणी नदीको जलसतह बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको त्रिवेणीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक...
रासस नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा अवरूद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। , कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहीबार बिहान ८ः२० बजे लेदोसहितको पहिरो खसी सडक दुईतर्फी सडक अवरूद्ध भएको हो।, सडक अवरूद्ध भएसँग...
सेतोपाटी संवाददाता बालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने आज नेपाल फर्किने भएका छन्। , उनले आफ्नो फेसबुक पेजमा स्टाटस राख्दै बिहान १० बजे कतार एयरवेजबाट त्रिभुवन विमानस्थल अवतरण गर्ने बताएका हुन्। , उनले आफूले प्रहरीलाई पनि यसबारे खबर गरिसकेको बताएका छन्। आफूले अनुसन्धानमा प्रहरीलाई सहयोग गर्ने पनि स्ट...
रासस अविरल वर्षासँगै खसेका पहिराका कारण राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गलगायत बागलुङका अधिकांश ग्रामीण सडक अवरूद्ध भएका छन्।, तीन दिनदेखिको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्डको दर्जनौं स्थानमा पहिरो गएको छ।, पहिरोकै कारण बागलुङ बजार–बलेवा–कुश्मीशेरा, टाकुरी–अदुवाबारीलगायत सडक अवर...
चेतना गुरागाईं आर्काइभ, कास्कीको मिया पाटन मुसलमान बहुल गाउँ हो। कुनै समय यहाँ रहमद अली र मोहम्मद मिया भन्ने मुखिया थिए। दसैं बेला वरिपरि गाउँका बाहुन, क्षत्री, गुरुङ, मगर लगायत सबै जातका मान्छे सगुन लिएर मुखिया भेट्न जान्थे। मुसलमान मुखियाका आँगनमा सगुन चढाएपछि मात्र यहाँका हिन्दुको दसैं पर्व सुरू हुन्थ्यो।, दसैं नै ...
नारायण खड्का दाङमा खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ। अर्का एक जना बेपत्ता छन्। , खैरेनी खोलामा आएको बाढीले बगाउँदा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ धमकापुरका ४८ वर्षीय मदन डाँगीको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार डाँगी बुधबार राति दस बजेतिर सोही ...
रासस नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गर्ने चेतावनी दिएको छ।, विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउने कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै उक्त कार्य नगर्न/नगराउन प्राधिकरणले चेतावनी दिएको हो।, ...
रासस गोरखा दरबारस्थित दसैं घरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ।, विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ७ बजेर १० मिनेटको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौं पठाएका हुन्।, फूलपातीको डोली बा२झ ३८८२ नंको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्ड...
सेतोपाटी संवाददाता नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले डेंगी नियन्त्रण गर्न र सिटामोल पर्याप्त उपलब्ध गराउन माग गरेको छ।, नेविसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङलाई उक्त मागसहित शनिबार ज्ञापन पत्र बुझाएका हुन्।, बजारमा सिटामोलको अभावका कारण डेंगीका बिरामीले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना भएक...
रासस खोटाङमा गुड्दै गरेको बसमा आगलागी भएको छ। , हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको हो।, काठमाडौंबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा ३ ख ८९८१ नंको बसमा शनिबार अपराह्न एक्कासी आगलागी भएको हो।, बसमा आगलागी हुँदा कुनै मानवीय क्षती भने नभएको घटनास्थलमा पुगेका प्रहर...
सेतोपाटी संवाददाता देशभर थप १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।, पछिल्लो २४ घण्टामा १३३२ जनाको कोरोना परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, ५९१ जनाको पिसिआर परीक्षण गर्दा १७ जना र ७४१ जनाको एन्टिजेन गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो।, यसको संक्रमणबाट ९६ ...
सेतोपाटी संवाददाता अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी-पहिरो आएको छ। खोला, नदीहरूमा बाढी उर्लिएको छ भने सडकहरू पहिरोका कारण अवरूद्ध बनेका छन्।, बिहीबार बिहान १२ बजेसम्म प्राप्त जानकारीअनुसार बाढीका कारण दाङमा दुई जनाको मृत्यु भइसकेको छ भने एक जनाको अवस्था अज्ञात छ। , बाढी-पहिरोका कारण तटीय क्षेत्रहरूमा उच्च ...
सेतोपाटी संवाददाता अर्घाखाँचीमा सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर २७ बाँदर मरेका छन्।, जिल्लाको  सन्धिखर्क नगरपालिका वडा नं ९ स्थित नौलापानी जंगलमा सिँचाइको लागि बनाइएको पोखरीमा परेर २७ वटा बाँदर मरेको जिल्ला वन कार्यालय अर्घाखाँचीले जनाएको छ।, जिल्ला वन कार्यालय अर्घाखाँचीका फरेस्टर दिपक पाण्डेले बाँदर पानी खान पोख...
सेतोपाटी संवाददाता काठमाडौंको माकलबारीमा एउटा राँगोलाई गोली हानेर मारिएको छ।, आइतबार बिहान साढे ७ बजे गोकर्णेश्वर नगरपालिकास्थित माकलबारीमा एउटा राँगोलाई गोली हानेर मारिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।, फुलपाती भित्र्याउनको लागि बली दिन राखिएको राँगो डोरी चुडाएर ...
सेतोपाटी संवाददाता धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले तीन महिनाको सेवा सुविधाबापत पाउने रकमको पोशाक विभिन्न संघसंस्थामा आश्रितलाई दिने भएका छन्।, मेयर हमालले सामाजिक सञ्जाल फेसबुकमा आफूले प्राप्त गरेको ३ महिनाको सेवा सुविधा उनीहरूको पोशाकमा खर्चिने जानकारी दिएका हुन्।, उनले साउन, भदौ, असोज र पर्व खर्चबापत २ लाख ...
रासस झापामा आमा र काकाको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।, हत्या आरोपमा कमल गाउँपालिका–२ मिलडाँगीका २३ वर्षीय चन्द्रबहादुर माझीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। , शनिबार राति उनले घरमा सुतिरहेका ५० वर्षीया आमा चन्द्रकला र काका ५० वर्षीय सन्तबहादुर माझीको धारि...
राजु अधिकारी जब दसैंको फूलपाती लाग्छ पूर्वी तराईको सन्थाल समुदायका पुरूषहरू अरूबेलाभन्दा व्यस्त हुन्छन्।, वर्षभरी आ–आफ्नो काममा व्यस्त रहने उनीहरूलाई फूलपातीदेखि ५ दिन भने घरैघरै पुगेर नाच्ने व्यस्तताले छोप्छ। एकै पोशाकमा सजिएका पुरूषहरू लहरै उभिएर घरी अघि र पछि गर्दै बाजाको तालमा नाचिरहेका छन्।, शरदको घाममा तर्तरी पस...
सेतोपाटी संवाददाता घैँटाको मुख्य भागमा प्वालै प्वाल छन्। बाँसको फाटा (भाटा) को फ्रेम बनाएर चार वटा घैँटा चारतिर झुन्ड्याइएका छन्। एउटामाथि अर्को खप्टेर दुई वटा घैँटा टाउको माथि राखिएका छन्।, यी ६ वटै घैँटा एउटै फ्रेममा जडित छन्।, अर्को गज्जब के छ भने यी ६ वटै घैँटामा दियो बालिएका छन्।, फ्रेममा जडित यी ६ वटा घैँटा टाउक...
युवराज श्रेष्ठ विदेशीका लागि मात्र होइन, नेपालीका लागि पनि मर्दी हिमाल पदमार्ग अहिले पनि लोकप्रिय छ। हिँड्न सक्ने मान्छे मर्दी हिमाल बेसक्याम्प पोखराबाट एकै दिनमा पुग्न सक्छन्। हिमाल र हिउँका अनुभव लिन सक्छन्। , लालीगुराँसका जंगल बाटो भएर हिमालसम्म पुग्ने सबैभन्दा छोटो पदमार्गका रूपमा मर्दी पदमार्ग स्थापित हुँदै थियो।...
एजेन्सी इन्डोनेसियामा फुटबल खेलको क्रममा भएको दंगा भागदौडमा परिणत हुँदा आइतबार मृत्यु हुनेको संख्या १७४ पुगेको छ। , स्थानीय समयानुसार आइतबार बिहान ९:३० बजे मृत्यु हुनेको संख्या १५८ पुगेको थियो। , १०ः३० यो संख्या १७४ पुगेको पूर्वी जाभाका डेपुटी गभर्नर एमिल डार्डकले जानकारी दिए।, इन्डोनेसियाली प्रहरीलाई उद्धृत गर्दै विभ...
रासस मकवानपुरको हेटौंडामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।, पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै सोमबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।, मृत्यु हुनेमा झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपा...
सेतोपाटी संवाददाता खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ का १४ वर्षीय अभिषेक भुसालको तुलसीपुर–१२ स्थित ग्वारखोलामा नुहाउने क्रममा आइतबार बेलुका डुबेर मृत्यु भएको छ।, दाजुसहित नुहाउन भनेर राप्ती बबई क्याम्पसको नजिकको ग्वारखोला पुलनजिकै गएका भुसालको स्थानीय उरहरी–जस्पुर सिँचाइ कु...
सेतोपाटी संवाददाता दाङको तुलसीपुर क्षेत्रमा चोरीका घटनामा बढेका छन्।, गत वर्ष तुलसीपुर क्षेत्रमा कुल २३ वटा चोरी सम्बन्धी मुद्दा दर्ता भएकोमा यस वर्ष भदौ यता मात्रै १३ वटा मुद्दा दर्ता भइ सकेका छन्।, शनिबार मात्रै तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित तुलसीपुर सिटी हस्पिटलमा चोरी भएको थियो। त्यहाँबाट एक लाख ७४ हजार ...
नवीनबाबु गुरूङ दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर-घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइयो।, घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैं घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला...
रासस काठमाडौं उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन्।, यो महिनाको सुरूदेखि आज फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैं मनाउन आ–आफ्नो घर गएका हुन्।, विगत दुई वर्ष कोभिडका कारण दसैं मनाउन काठमाडौं उपत्यका बाहिर जानेको संख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो। उपत्यकाबाट बाहिरका जिल्ला...
सेतोपाटी संवाददाता महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन्।, प्रहरी निरीक्षक अपूर्व ढुंगानालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामबहादुर खत्रीले जानकारी दिए।, ढुंगानालाई प्र...
रासस महाकाली राजमार्गअन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–४ बसाली नजिक अटोरिक्सा दुर्घटना हुँदा सात जना घाइते भएका छन्।, घाइते हुनेमा अटोरिक्सा चालक डिलासैनी गाउँपालिका–६ का ३४ वर्षीय धनसिंह थलाल, ५० वर्षीय वीरसिंह खत्री, ४५ वर्षीया अम्मरा खत्री, १३ वर्षीया संगीता थलाल, २५ वर्षीया निर्मला थलाल, १६ वर्षीय धनपति थलाल ...
रासस बडादसैंको महासप्तमी अर्थात फूलपातीको दिन आइतबार अपराह्नसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो।, विभिन्न जिल्ला निस्कने सवारी साधनको चापले पश्चिम जाने नाका नागढुंगामा विगत पाँच दिनदेखि देखिएको जाम चेकपोस्टसम्मै थियो।, आइतबार जब साँझ पर्दै गर्‍यो, विस्त...
सेतोपाटी संवाददाता आज बडादसैंको नवौं तथा अन्तिम दिन दुर्गा भवानीको पूजा आराधना गरी महानवमी पर्व मनाइन्छ।, घटस्थापनाका दिन आ-आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइन्छ।, महानवमीका अवसरमा आज दसैंघर र कोतलगायत विभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा, भेडा र राँगाको बलिसहित व...
डा भगवान कोइराला (यो लेख सेतोपाटीमा पहिलोपटक २०७६ पुस १६ गते प्रकाशित थियो।), हामीले पहिलादेखि नै सुन्दै आएका कुरा हुन्- शरीरको तौल नियन्त्रणमा राख्नुपर्छ। रक्तचाप ठिक्क राख्न नुन कम खानुपर्छ। तौल घटायो भने सुगर नियन्त्रण गर्न सजिलो हुन्छ।  , व्रत (फास्टिङ) बसे कुनै न कुनै फाइदा हुन्छ भन्ने पनि हामीलाई लाग्दै आएको हो।...
रासस राष्ट्रपति विद्यादेवी भण्डारीले वडादसैंको आठौं दिन आज महाअष्टमीका अवसरमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा  दर्शन एवं पूजाआज गरेकी छन्। , राष्ट्रप्रमुखबाट आजका दिन सो मन्दिरमा दर्शन एवं पूजाआजा गरिने परम्परा बमोजिम आज राष्ट्रपति भण्डारीले सो मन्दिरमा पूजाआजा र दर्शन गरेकी हुन्।, उ...
रासस उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिरा जाँदा एक जनाको मृत्यु भएको छ।, आज बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको मृत्यु भएको हो।, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालका अनुसार हिमपहिरामा परेका चारमध्ये तीनजना भने ...
रासस राष्ट्रपति विद्यादेवी भण्डारीले दसैं २०७९ को अवसरमा विशिष्ट व्यक्तिका साथै सर्वसाधारणलाई विजया दशमीमा टीका र प्रसाद प्रदान गर्ने भएकी छन्।, राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार यही असोज १९ गते बुधबार विजया दशमीका दिन राष्ट्रपतिबाट टीका तथा प्रसाद प्रदान गर्ने कार्यक्रम छ।, राष्ट्रपति कार्यालयले तया...
एजेन्सी स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोले ‘लोपोन्मुख होमिनिनको जीनोम र मानव विकाससँग सम्बन्धित’ खोजका लागि सन् २०२२ को चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार प्राप्त गरेका छन्। , नोबेल पुरस्कार वितरण समितिले सोमबार उक्त पुरस्कारको घोषणा गरेको हो।, पुरस्कार समितिका अनुसार मानव जातिको विलुप्त तर मानव जाति निकट पूर्वज प...
रासस म्याग्दीको रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) तीन लाख रूपैयाँको बोलकबोल भएको छ।, सोमबार भएको कालरात्रिमा खुला बडीबढाऊमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो। बडीबढाऊमा सहभागी सचिन केसीले सबैले भन्दा धेरै तीन लाख १५ हजार रूपैयाँ तिर्ने क...
नवीनबाबु गुरूङ हिन्दु नेपालीहरूको महान् पर्व दसैंले छोइसकेको छ। कामको शिलशिलामा देश विदेशका विभिन्न ठाउँमा पुगेकाहरू दसैंका बेला आफ्नो घर गाउँ फर्किन्छन्।  यतिबेला सहर छोडेर गाउँ फर्किनेहरूको लर्को देखिन्छ। , धेरै मानिसहरू दसैं मनाउन आफ्नो गाउँघर फर्किरहेका बेला केही भने यही नै बेला देश छोड्ने बाध्यतामा छन्। , शुक्रबा...
सेतोपाटी संवाददाता असोज ४ गते घरबाटै ,हराइरहेका बाँकेका दुई बालिका, पोखराको लुम्लेस्थित एक होटलमा फेला परेका छन्। , जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरियाका १३ वर्षीया बन्दना बिक र ११ निशा परियार सम्पर्कबिहिन भएका थिए। त्यसपछि खोजी गर्ने क्रममा फेला नपरेपछि परिवारजन चिन्तित थिए।, इलाका प्रहरी कार्य...
एजेन्सी अफगानिस्तानको राजधानी काबुलको शैक्षिक केन्द्रमा आत्मघाती बम विष्फोट हुँदा १९ जनाको मृत्यु भएको छ। शुक्रबार बिहान काबुलको पश्चिमी क्षेत्रमा रहेको काज एजुकेशन सेन्टरमा बम विष्फोट भएको बिबिसीले जनाएको छ। विस्फोटको जिम्मेवारी हालसम्म कसैले पनि लिएको छैन।, त्यस क्षेत्रमा अल्पसंख्यक हजारा समुदाय बस्ने भएकाले इस्लामि...
सेतोपाटी संवाददाता हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन अन्त्य हुने बाटोतिर लागेको छ।, आज भन्दा भोलि, भोलिभन्दा पर्सी नेपालमा आंशिक बदली हुने र वर्षाको सम्भावना घट्दो छ। यस्तै अब भारी वर्षाको सम्भावनासमेत नरहेको मौसमविदहरूले जानकारी दिएका छन्। , मौसम पूर्वानुमान महाशाखाका...
रासस गत वर्षको बाढीले पक्की पुल बगाएको मेलम्ची र इन्द्रावतीको दुई स्थानमा अस्थायी पुल हालिएको छ। विसं २०७८ असारमा मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीले सात पक्की पुल र ११ झोलुङ्गे पुल बगाएको थियो। , नगरपालिकाले मेलम्ची र इन्द्रावती नदीमा ह्युमपाइप राखेपछि दसैंमा यातायात सहज भएको छ। नगरपालिकाले गए राति इन्द्रावती नदी...
रासस काठमाडौं महानगरपालिकाले कुहिने फोहोर काठमाडौं उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ।, सबै किसिमका फोहोर बञ्चरेडाँडा पुर्‍याउँदा पटक–पटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारी रूपमा फोहोरको दीर्घकालीन समाधानका लागि स्थान पहिचानको काममा लागेको कामपाले जनाएको छ। , बञ्चरेडाँडामा हानि...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ६३ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार ५३५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, ९४१ जनाको पिसिआर र एक हजार ५९४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अ...
सेतोपाटी संवाददाता लुम्बिनी प्रदेश योजना आयोगको गाडीले जेब्राक्रसिङमै पैदलयात्रीलाई ठक्कर दिएको छ।, प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्री सवार बा २ झ ३०८५ नम्बरको सरकारी गाडीले जेब्राक्रसिङमै पैदलयात्रीलाई ठक्कर दिएको हो।, बुटवलबाट भैरहवातर्फ जाँदै गरेको क्षेत्री सवार उक्त गाडीले तिलोत्तमा नगरपालिकास्थित ड्राइ...
सेतोपाटी संवाददाता चाडपर्वमा हुने यात्रुको चापलाई दृष्टिगत गरी दसैं अवधिभर काभ्रे जिल्लाभर टिपर सञ्चालन गर्न रोक लगाइएको छ।, दसैं मनाउन काठमाडौँ उपत्यकाबाट काभ्रेपलाञ्चोकको रुट भएर जिल्ला बाहिर जाने–आउने सवारीसाधन र यात्रुको चापलाई मध्यनजर गरी शुक्रबारदेखि असोज २४ गतेसम्म जिल्लाभित्र टिपर नचलाउने निर्णय भएको हो।, काभ्...
सेतोपाटी संवाददाता लाल मोहम्मद मृत्यु प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।, शुक्रबार प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।, पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ बस्ने २१ वर्षीय महोरम मियाँ, वीरगन्ज-१५ का १९ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका-१ ...
सेतोपाटी संवाददाता 'उति बेला दसैँ आउनभन्दा १० दिन अगाडि नै चौतारा, डाँडामा पिङ हाल्ने चलन थियो, युवाले पिङ हाल्ने युवतीले राति धजा बान्ने चलन थियो, अहिले त न पिङ हाल्छन् न धजा बान्छन्, के–के चलन आएआए, पुराना संस्कृतिहरू सबै हराए ।', बागलुङ निसीखोला–४ की ७३ वर्षीया मनकली घर्ती पुराना संस्कृति हराउँदै गएकोमा चिन्तित छिन...
नवीनबाबु गुरूङ महाकवि लक्ष्मीप्रसाद देवकोटाको भवन (कविकुञ्ज) उद्घाटन भएको छ। दसैंको अवसर पार्दै निर्माणको जिम्मेवारी पाएको नेपाल प्रज्ञा प्रतिष्ठानले शुक्रबार भवनको उद्घाटन गरेको हो।, १२ आना १ दाम क्षेत्रफलमा फैलिएको यो भवनलाई प्रतिष्ठानले संग्रहालयको रुपमा सर्वसाधारणलाई खुला राख्ने जनाएको छ। सोही अनुसार संग्रहालयको भ...
रासस सप्तरीको छिन्नमस्ता गाउँपालिकाको ललापटीमा आज दिउँसो करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ।, मृत्यु हुनेमा छिन्नमस्ता–४ ललापटी बस्ने ५० वर्षका नारायण यादव रहेको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए।, घरदेखि टाढा गाउँकै खेतबारीमा कृषि मिटरद्वारा जडान गरिएको पानी तान्ने मोटरमा करेन्ट लागेर उनको मृत्यु भए...
नारायण खड्का सल्यानमा शनिबार बिहान जीप दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ। १७ जना घाइते भएका छन्। , जिल्लाको कुमाख गाउँपालिका वडा नं.  ७ डुमकोटका  ३९ वर्षीय  मानबहादुर पुन र सोही ठाउँकी  १४ वर्षीया एनका पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोस खनालले सेतोपाटीलाई जानकारी...
सेतोपाटी संवाददाता यस वर्षको मनसुन एक साता धकेलिने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यतयाः १६ असोज अर्थात् फूलपातीभित्र मनसुन बाहिरिसक्नुपर्ने भए पनि बंगालको खाडीमा सामुद्रिक आँधी बनेपछि मनसुन कम्तीमा एक साता पर धकेलिएको हो।, यसैबीच मौसम पूर्वानुमान महाशाखाले विजया दशमी, एकादशी र द्वादसीका दिन ठूल...
शर्मिला पाठक/ रासस काठमाडौं महानगरपालिकाले डेढ महिनामा १३५ संरचना भत्काएको छ। , भदौ ६ गतेदेखि अवैध रूपमा बनाइएका १३५ संरचना भत्काएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। , ‘धेरै थोरैको कुरा छैन यस अवधिमा कुनै न कुनैरूपमा सार्वजनिक जग्गा प्रयोग गर्नेको संख्या बढी पाइएको छ,’ उनले भने।, सार्वजनिक जग्गा मिच्ने ...
डा.अजित खनाल हामीले खाएको खानेकुरा खाद्य नली हुँदै आमाशयमा पुग्छ। आमाशयमा एसिडको उत्पादन भइरहेको हुन्छ। खानासँग भित्र गएका व्याक्टेरियालाई मार्नेदेखि खाना पचाउने काम त्यहीँ एसीडले गर्छ। एसिडले तन्तुलाई जलाउने र बचाउने सक्ने क्षमता पनि राख्छ।, शरीरलाई एसिडबाट बचाउन जुन काम हुन्छ त्यो काममा कुनै पनि किसिमले कमी आयो भने ...
आशिक तिवारी नेपालीहरूको महान पर्व दसैं-तिहार घर आँगनमा भित्रिसकेको अवसरमा हामीले खानेकुरा कतिको स्वच्छ र स्वास्थ्यपरक छ भन्नेतर्फ हेक्का राख्न जरूरी छ।, नेपालमा मनाइने चाडहरूमध्ये, हिन्दूहरूको महान चाड बडादसैं एक हो। आफूभन्दा ठूला व्यक्तिको हातबाट रातो टीका र आशीर्वाद लिने र मिठाइ खाने पर्वका रूपमा दसैं चिनिन्छ।, यो प...
रासस नारायणी नदी किनारलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीयस्थल बनाउन तीन मन्त्रालयले काम सुरू गरेका छन्। भरतपुर महानगरपालिकाले तयार गरेको गुरूयोजनाअनुसार समन्वयात्मक रूपमा तीनवटै योजनाको काम अघि बढेको हो।,  , ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नारायणी नदी व्यवस्थापन आयोजनाले नदी तटबन्धनसँगै सौन्दर्यकरणको काम गर्दैछ। ...