content stringlengths 20 64.1k ⌀ |
|---|
सेतोपाटी संवाददाता भीरबाट लडेर मृत्यु भएको भनिएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-१ साम्नेगाउँका ७० वर्षीय वीरबहादुर गमालको हत्या भएको रहस्य खुलेको छ।, गमालको गत बुधबार साँझ भीरबाट लडेर मृत्यु भएको भनिए पनि उनी आफैं लडेको नभई उनकै दाजु ७४ वर्षीय हिमबहादुर गमालले धकेलेर हत्या गरेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी ... |
सेतोपाटी संवाददाता कमेडियन अपूर्वक्षितिज सिंहले आफू हारे जसले जसलाई पनि मुद्दा हाल्न सकिने 'नजीर' बस्ने प्रतिक्रिया दिएका छन्।, बिहीबार साढे २ लाख धरौटीमा छुटेका अपूर्वक्षितिज सिंहले शुक्रबार फेसबुकमा प्रतिक्रिया दिएका छन्। , कमेडी गरेकै भरमा कमेडियनलाई थुनेको यो पहिलो घटना भएको पनि उनले बताए।, ‘यो हार्यो भने जसले जस... |
एजेन्सी चीनसँग सीमा विवाद रहेको भारतको पूर्वोत्तर राज्य अरूणाञ्चलमा शुक्रबार भारतीय सेनाको एक हेलिकप्टर दुर्घटनामा परेको छ।, टाइम्स अफ इन्डियाका अनुसार सिङगिङ गाउँनजिक हेलिकप्टर दुर्घटनमा परेको हो। हेलिकप्टरमा पाइलट र एक जना यात्रु थिए। दुर्घटना भएको ठाउँमा सडक पुगेको छैन।, उद्धारका लागि अर्को टोली पठाइएको बताइएको छ।... |
पूर्णप्रसाद मिश्र/रासस हाल गाँजाको प्रयोग गर्न प्रतिबन्ध लगाइएकाले २१ वटा आयुर्वेदिक औषधि बनाउन नसकिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ।,
,
गाँजा प्रतिबन्धबाट सबभन्दा धेरै आयुर्वेदिक औषधि बनाउने कम्पनी मारमा पर्ने गरेका छन्।, नेपाल सरकारको विशेषज्ञ समूह नीति अनुसन्धान प्रतिष्ठान र नेपाल स्वास्थ्य अन... |
सेतोपाटी संवाददाता बाजुरामा अटोबाट खस्दा एक जनाको मृत्यु भएको छ। साँफे-मार्तडी सडकअन्तर्गत पर्ने द्वारी खोल्सामा शुक्रबार अटोबाट खस्दा बुढीगङ्गा नगरपालिका-२ बजेडीका ४० वर्षीय मोती विकको मृत्यु भएको हो।, मार्तडीबाट बल्दे आउँदै गरेको सु.प्र.प ०१००१ ह ४०६३ नम्बरको अटोबाट खसेर घाइते भएका विकको उपचारका लागि जिल्ला अस्पताल ... |
सेतोपाटी संवाददाता झापाको गौरादह नगरपालिका वडा नम्बर ८ मा एक पुरुषले गोली हानेर आत्महत्या गरेका छन्।, आफूले बोकेको पेस्तोलबाट गोली हानेर मंगलबार साँझ आत्महत्या गरेको इलाका प्रहरी कार्यालय, गौरीगन्जले जानकारी दिएको छ।, प्रहरीका अनुसार गौरादह ८ जुरोपानी बस्ने वीरन साहले मंगलबार साँझ अन्दाजी सात बजेतिर गोली हानी आत्महत्य... |
सेतोपाटी संवाददाता काठमाडौंका रेष्टुरेन्ट र मिठाइ पसलका भान्छामा सरसफाइको समस्या देखिएको छ।, मंगलबार अनुगमनका क्रममा नयाँ बानेश्वर क्षेत्रका मिठाइ पसल, रेष्टुरेन्ट तथा थकाली खाना घरहरूको भान्छामा स्वच्छता र सफाइको समस्या देखिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। , स्वास्थ्य विभागको नेतृत्वमा गएको अनुगमनका क्रममा वडा न... |
नारायण खड्का दाङमा हत्या गरिएका किशोर-किशोरीको मंगलबार एकै साथ अन्त्येष्टि गरिएको छ।, तुलसीपुर उपमहानगरपािलका वडा नं. १३ दमारगाउँको सामुदायिक जंगलबीच चिरोमा असोज ३० गते हत्या गरी गाडेको अवस्थामा १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद अचार्यको शव फेला परेको थियो।, उनीहरूको तुलसीपुर–१२ स्थित बबई नदी घाटमा एकै साथ अन्त्य... |
सेतोपाटी संवाददाता बलात्कार आरोपमा प्रहरी हिरासत रहेका राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरूद्ध प्रहरीले तेस्रोपटक म्याद थप्दै छ। , थप अनुसन्धानको आवश्यकता रहेको भन्दै प्रहरी आज म्याद थपका लागि सन्दीपलाई अदालतमा उपस्थित गराउने भएको छ।, पछिल्लो पटक २७ असोजमा अदालतले पाँच दिन थुनामा राखेर अनुसन्धान गर... |
सेतोपाटी संवाददाता संघ र प्रदेश सरकारबाट इजाजत लिई व्यवसाय गरिरहेकाहरूले पनि काठमाडौं महानगरपालिकाबाट व्यवसाय दर्ता गरी सञ्चालन गर्नुपर्ने भएको छ।, महानगरको बबरमहलस्थित राजश्व विभागले सूचना जारी गरेर महानगर क्षेत्रभित्र व्यापार व्यवसाय सञ्चालन गर्ने कतिपय व्यवसायीहरूले संघ र प्रदेश सरकारबाट इजाजत लिएको तर महानगरबाट अ... |
सेतोपाटी संवाददाता कैलालीमा एक जना मृत फेला परेका छन्।, टीकापुर नगरपालिका–६ बेलुवा बोझीमा सोही ठाउँका ४५ वर्षीय हरिगंगा चौधरी मृत फेला परेको प्रहरीले जनाएको हो।, चौधरीको मृत्युबारे प्रहरीले अनुसन्धन गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।,
कैलालीमा एक जना मृत फेला |
एजेन्सी साउदी अरेबियाको एक अदालतले अमेरिकी नागरिक साद इब्राहिम अल मादीलाई ट्वीट गरेको आरोपमा १६ वर्षको जेल सजाय सुनाएको छ।, साउदीको अदालतले ७२ वर्षिय अल-मादीलाई देशलाई अस्थिर पार्ने प्रयास गरेको र आतंकवादलाई सहयोग गरेको अभियोगमा दोषी ठहर गर्दै सजाय सुनाएको इब्राहिमका छोराले बीबीसीलाई जानकारी दिएका छन्।, अमेरिकी र साउद... |
सेतोपाटी संवाददाता १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।, प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै उनलाई थप हिरासतमा राख्न बुधबार अदालतसँग अनुमति मागेको थियो। यससँगै अदालतले उनलाई चार दिन हिरासतमा रा... |
सेतोपाटी संवाददाता सर्लाहीमा एक सहकारीका कर्मचारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ।, बुधबार बिहान सवा ११ बजे बागमती नगरपालिका वडा नम्बर १ मिलन चोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी विजय यादवले जानकारी दिए।, लालबन्दी नगरपालि... |
नारायण खड्का दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँमा विभत्स हत्या गरिएका किशोर-किशोरी हत्याकाण्ड अनुसन्धान गर्न पक्राउ परेका केहीमाथि पोलिग्राफ परीक्षण गरिने भएको छ। , स्थानीय १५ वर्षीया रोशनी महतरा र १४ वर्षीय शरद आचार्य स्थानीय जंगलको चिरोमा हत्यापछि शव माटोले पुरेको अवस्थामा असोज ३० गते फेला परेका थिए।,... |
रासस थारु समुदायलाई अधिकार सम्पन्न बनाउने उम्मेदवारलाई मत दिने कञ्चनपुरका थारु समुदायले जनाएका छन्। , घोषणापत्रमा थारु समुदायका मुद्दालाई प्राथमिकतामा राख्ने राजनीतिक दल र तिनका उम्मेदवार आफ्नो रोजाइमा पर्ने उनीहरूको भनाइ छ। , 'लोकतान्त्रिक गणगतन्त्र, धर्म निरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्वका सवाल संविधानको ... |
रासस ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ स्थित याम्फेवा खोला नजिक मंगलबार राती ट्र्याक्टर दुर्घटनामा हुँदा चार जनाको मृत्यु भएको छ।, ५५५६ नम्बरको ट्र्याक्टर दुर्घटनामा हुँदा मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्र्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला-४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिल... |
सेतोपाटी संवाददाता कमेडियन अपूर्व क्षितिज सिंहको मुद्दा दर्ता गर्न काठमाडौं जिल्ला अदालत लगिएको छ।, सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दर्ता गर्न अदालत लगिएको सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए। स्ट्यान्डअप कमेडी गर्दा नेवा: समुदायमाथि चोट पुर्याएको भन्दै उनीविरूद्ध मुद्दा परेको थियो।, जिल्ला प्रहरी... |
सेतोपाटी संवाददाता मलामी बोकेर झापाको कुञ्जिबारी जाँदै गरेको बस शिवसताक्षीमा बुधबार दिउँसो दुर्घटनामा परेको छ।, पूर्वपश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षीको वडा नम्बर ९ झरना पुल नजिक भएको दुर्घटनामा २८ जना घाइते भएका छन्।, त्यसमध्ये तीन जनाको अवस्था गम्भीर छ।, कनकाई नदीको मुक्तिघाटमा शवको दाहसंस्कार सकेर मलामी लिएर फर्क... |
सेतोपाटी संवाददाता बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। जिल्लाको मष्टा गाउँपालिका ४ स्थित चिउरीमा बुधबार दिउँसो जिप दुर्घटनामा परेको हो।, प्रारम्भिक विवरणअनुसार दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, घटनास्थलमा घाइतेहरूको उद्धारमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय बझाङमा डिएसपी जागेश्व... |
सेतोपाटी संवाददाता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।, ललितपुरको मेडिसिटी अस्पतालमा नियमित स्वास्थ्य परीक्षणका क्रममा उनी अस्पताल भर्ना भएकी हुन्।, अस्पताल स्रोतका अनुसार दाहाललाई आज अस्पतालमै राखिनेछ। सीता दाहाल ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसप... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा होटलमा साथीसँगै सुतेका एक जना मृत फेला परेका छन्।, बुधबार महेन्द्रनगरस्थित रारा होटलमा साथीसँगै सुतेका किसन साउद मृत फेला परेको प्रहरीले जनाएको छ।, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्रबहादुर शाहले सँगै सुतेका साथीले खबर गरेपछि प्रहरीलाई घटनाबारे थाहा भएको बताए। , मृतकको शव परीक्ष... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा बुधबार दिउँसो भूकम्पको धक्का महशुस भएको छ।, दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो।, भूकम्प कति म्याग्नेच्युडको थियो र केन्द्रबिन्दु कहाँ थियो भन्ने खुलिसकेको छैन। ,
काठमाडौंमा भूकम्पको धक्का |
सेतोपाटी संवाददाता २८ लाख रुपैयाँ घुस लिएको आरोपमा दुई जनालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। , बागमती प्रदेश खानेपानी तथा सरसफाइ डिभिजन नं. ४, मन्थली रामेछापका इन्जिनियर (आठौं तह) नवराज सत्याल र करारमा कार्यरत प्लमर बखतबहादुर थापालाई घुससहित नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्... |
सेतोपाटी संवाददाता नेपाल र तिब्बतको बोर्डरमा केन्द्र बनाएर बुधबार दिउँसो भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा ५.९ म्याग्नेच्युडको भूकम्प गएको हो। , यसको केन्द्र सिन्धुपाल्चोकको तिब्बतसँग सीमा जोडिएको क्षेत्रमा रहेको उनले जानकारी दिए। , भूकम्पको धक्का काठमा... |
सेतोपाटी संवाददाता यस वर्षको भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।, विकास समितिका अनुसार कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा सदस्य यमद्वितीया भाइटीका,(किजापूजा)को उत्तम साइत रहेको छ।, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको ... |
सविना कार्की राम्रा सामुदायिक स्कुल, काठमाडौंको बौद्ध क्षेत्रमा छ जनकल्याण माध्यमिक विद्यालय। यो विद्यालय कक्षा तीनसम्म पढाइ हुने गरी २०१० सालमा स्थापना भएको थियो। लामो समय तीन कक्षामै सीमित रह्यो।, प्रजातन्त्र पुनर्स्थापनापछि कक्षोन्नति हुँदै २०५८ सालमा कक्षा १० सम्म पुग्यो। , यस विद्यालयमा विगत सात वर्षदेखि प्रधानाध... |
सेतोपाटी संवाददाता कमेडियन अपूर्वक्षितिज सिंहविरूद्ध काठमाडौं जिल्ला अदालतमा चार वटा शीर्षकमा मुद्दा दर्ता भएको छ।, बुधबार काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको कार्यालयका प्रमुख तथा सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए।, उनका अनुसार उनीविरूद्ध चार वटा शीर्षकमै मुद्दा दर्ता भए... |
सेतोपाटी संवाददाता आज मुलुकका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।, पश्चिमी भू-भागमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जसका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरैर बाँकी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। , गण्डकी, ... |
सेतोपाटी संवाददाता बझाङमा जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ७ पुगेको छ।, बुधबार दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका–२, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप जिप दुर्घटनामा परेको हो।, यस्तै दुर्घटनामा अन्य १६ जना यात्रुहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङ डिएसपी जागेश्वर भण्डारीले बताए।, उ... |
सेतोपाटी संवाददाता महेन्द्रनगर नगर विकास समितिको जग्गा हिनामिना गर्ने तत्कालीन समितिका अध्यक्षहरू, कर्मचारीहरू र दर्ता स्रेस्ता कायम गर्ने कार्यमा संलग्न ३७ जनाविरूद्ध आरोपपत्र दायर गरिएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा गैरकानूनी तवरले लिज तथा बिक... |
राजेश घिमिरे सडक विभागअन्तर्गतको पुल महाशाखाले नारायणी नदीमा नयाँ पुल बनाउन टेण्डर आह्वान गरेको छ। नयाँ पुल हाल पुल रहेको स्थानको आडैमा बन्ने गरी टेण्डर आह्वान गरिएको हो। , पुल महाशाखामा प्रमुख इन्जिनियर उमेश विन्दु श्रेष्ठले पूर्व–पश्चिम राजमार्गको ‘राइट अफ वे’ भित्रै ४२० मिटर लामो नयाँ पुल निर्माण गर्ने तयारी भएको ब... |
नवीनबाबु गुरूङ सरकारले आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ।, ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।, वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा ... |
सेतोपाटी संवाददाता सरकारले प्लास्टिकबाट बनेका फूलगुच्छा, मालालगायत उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिवन्ध लगाएको छ।, प्लास्टिकजन्य फूलगुच्छा बिक्री वितरण गरेको पाइएमा १ लाखसम्म जरिवाना लगाइने पनि वन तथा वातावरण मन्त्रालयले चेतावनी दिएको छ।, गत साउन १२ गते नेपाल राजपत्रमा सूचना निकालेर सोही मितिदेखि प्लास्टि... |
नारायण अधिकारी/रासस दशैँ र तिहारजस्ता पर्वमा सबै रमाइरहँदा नेपाल प्रहरी भने झन् बढी सजगताका साथ काममा खटिनुपर्छ। सार्वजनिक बिदा होस् वा पर्व उनीहरुका लागि जुनसुकै बेला काममा जाने मनस्थितिमा तयारी रहनुपर्छ।, सबैले घरघरमा पर्व मनाइरहँदा उनीहरु सडकमा जनता र देशका लागि सुरक्षा दिइरहेका हुन्छन्। यसरी खटिने प्रहरीले न शुक्र... |
रासस नेपालको शहरी क्षेत्रको जनसङ्ख्या ६६.०८ प्रतिशत पुगेको छ। जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क अनुसार शहरी क्षेत्रमा बसोवास गर्नेको जनसङ्ख्या २०६८ को जनगणनाको परिणामभन्दा बढेको शहरी विकास मन्त्रालयका सहसचिव रामचन्द्र दङ्गालले जानकारी दिए। २०६८ सालमा शहरी क्षेत्रको जनसङ्ख्या ६३.१९ प्रतिशत थियो। त्यसबेला ग्रामीण भेगको... |
नवीनबाबु गुरूङ यति बेला तिहार नजिकिएको छ। तिहारमा गरिने हरेक पूजामा फूलको विशेष प्रयोग हुने भएकाले तिहारलाई फूलैफूलको पर्व पनि भनिन्छ।, तिहारमा सयपत्री, मखमली, गोदावरी लगायत फूलको विशेष माग हुने भएकाले पनि किसानहरू यसको खेतीमा लागि पर्छन्।, भक्तपुरको गुण्डुमा किसानहरूले सयपत्रीसँगै मखमलीको व्यावसायिक खेती गर्दै आएका छ... |
सेतोपाटी संवाददाता कैलालीमा सामुदायिक वन उपभोक्ता समितिको २५ लाखभन्दा बढी रकम हिनामिना गर्ने पदाधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। , चुरे गाउँपालिका ३ स्थित गुप्तपानी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष सहितका ४ जनाविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा... |
नवीनबाबु गुरूङ यति बेला उपत्यका लगायत देशको धेरै भू-भागबाट मनसुन बाहिरिएको छ। काठमाडौं उपत्यकाको मौसम पनि खुला देखिएको छ।, मौसम सफा भएसँगै उपत्यकाबाट विभिन्न हिमालहरू छर्लंग देखिन थालेका छन्।, उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका मनास्लु, गौरीशंकर, ल्होत्से, मकालु, कञ्चनजंघा हिमाल प्रष्ट देख्न सकिन्छ। , हेरौं काठमाडौं, ल... |
नारायण खड्का दाङको तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँको जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा फेला परेका दुई किशोर किशोरीको टाउकोमा गहिरो चोट देखिएको छ । , स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव गाडिएको अवस्थामा आइतबार दिउँसो फेला परेको थियो। , जिल्ला प... |
सेतोपाटी संवाददाता दार्चुलामा अरिंगालले टोक्दा बालकको मृत्यु भएको छ। , शैल्यशिखर नगरपालिका ६ ग्वानिमा अरिंगालले ६ वर्षीय प्रशान्तसिंह धामीको मृत्यु भएको हो। , प्रशान्तलाई आमासँगै मेलामा गएका बेला आइतबार दिउँसो अरिंगाल टोकेको थियो।, अरिंगालको टोकाइबाट घाइते बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।,
दार्चुलामा अरिंगालले ट... |
रासस डडेल्धुरासहित सुदूर पहाडका जिल्लामा विद्युत सेवा अवरूद्ध भएको छ। , कैलालीको सहजपुरमा ३३ केभीको तार टुटेपछि विद्युत सेवा अवरूद्ध भएको विद्युत प्राधिकरण डडेल्धुराका प्रमुख रामदिनेश राय यादवले जानकारी दिए।, उनका अनुसार आइतबार रातिदेखि विद्युत सेवा अवरूद्ध भएकामा अहिले मर्मतको काम जारी छ। मर्मत हुनेबित्तिकै विद्युत स... |
सेतोपाटी संवाददाता पेस्तोल देखाएर एक घरमा लुटपाट गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले आइतबार दुई जनालाई पक्राउ गरेको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, उदयपुर घर भई चाँगुनारायण बस्ने ४१ वर्षीय अम्बरबहादुर मगर र संखुवासभा घर भई जोरपाटी बस्ने ३२ वर्ष... |
सेतोपाटी संवाददाता रूपन्देहीको भैरहवास्थित बाल सुधार गृहबाट गएराति ३ बजे पाँच जना बालक भागेका छन्।, विभिन्न घटनामा सम्लग्न भएको आरोप प्रमाणित भई भैरहवाको बाल सुधार गृहमा रहेका उनीहरु रातको करिब ३ बजे भागेको बालसुधार गृहले जनाएको छ।, उक्त सुधार गृहमा रहेकामध्ये नवलपरासीका ३ जना रूपन्देहीका र कपिलवस्तुका एक/एक जना गरी ५... |
नारायण खड्का दाङको तुलसीपुर उपमहानगरपालिका-१३ दमार गाउँको जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा फेला परेका किशोर- किशोरीको हत्याकाण्डबारे अनुसन्धान नजिक पुगेको प्रहरी अधिकारीले बताएका छन्। , स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँ घर भई दमारगाउँस्थित मामा घरमा बसेर अध्ययन गर्दै आएका... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४६ जनामा संक्रमण पुष्टि भएको हो।,
२ हजार २८७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।,
एक हजार १८३ जनाको पिसिआर र एक हजार १०४ जनाको एन्टिजेन परीक्षण गरिएको... |
सेतोपाटी संवाददाता कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका फरार व्यक्ति १२ वर्षपछि पक्राउ परेका छन्।, प्रहरी वृत्त ठिमीले दाङ घोराही उपमहानगरपालिका-१९ बस्ने प्रेमबहादुर रानालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।, उनीमाथि सोही ठाउँका ३२ वर्षीय सूर्यबहादुर रानाको हत्या गरेको आ... |
सेतोपाटी संवाददाता मानवशास्त्री ओम गुरूङको निधन भएको छ।, ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा सोमबार दिउँसो उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ। उनी ६८ वर्षका थिए। , उनको स्वास्थ्य समस्या आएपछि आइतबार नै अस्पतालमा लगिएको थियो।, गुरूङ पहिला किड्नीका बिरामी थिए। किड्नीको समस्या निको भएर फेरि क्यान्सर दे... |
सेतोपाटी संवाददाता सरकारले आइतबार निधन भएका शताब्दी पुरूष सत्यमोहन जोशीको निधनमा शोक मनाउन मंगलबार देशभरि सार्वजनिक बिदा दिएको छ। , गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै जोशीको निधनको शोकमा नेपाल राज्यभरिका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरू विदेशस्थित कूटनीतिक नियोगहरूमा मंगलबार बिदा दिने निर्णय भ... |
सेतोपाटी संवाददाता लुम्बिनीस्थित मायादेवी मन्दिरमा रहेको दानपेटिकामा ३ महिनामा २७ लाख १८ हजार रुपैयाँ भेटी संकलन भएको छ।, चालू आर्थिक वर्ष २०७९/८० को साउनदेखि असोजसम्म तीन महिनाको अवधिमा उक्त रकम संकलन भएको हो।, लुम्बिनी विकास कोषले आइतबार र सोमबार गरी दुई दिनसम्म आन्तरिक तथा बाह्य पर्यटकबाट दानपेटिकामा संकलन भएको भेट... |
रासस म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरबाट छिमेकी बागलुङ जिल्लाको बागलुङ नगरपालिका–४ कुडुले जोड्ने तीन सय ८८ मिटर लामो झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।, नेपाल सरकारको ‘सस्पेन्सनब्रिज’ डिभिजनले दुई जिल्ला जोड्ने तीन सय ८८ मिटर लामो र एक सय ७० मिटर अग्लो झोलुङ्गे पुलको निर्माण सुरू गरेको हो।, एक घण्... |
सेतोपाटी संवाददाता प्रहरी महानिरीक्षक (आइजिपी) धिरजप्रताप सिंह इन्टरपोलको ९०औं महासभामा सहभागी हुन भारत प्रस्थान गरेका छन्।, कात्तिक १ गतेदेखि ४ गतेसम्म हुने महसभामा सहभागी हुन उनी सोमबार नयाँ दिल्ली गएका हुन्।, उनीसँगै डिआइजी उमेशराज जोशी, एसपी अनुपम शमशेर जबरा, इन्स्पेक्टर यमकुमार श्रेष्ठसहित पाँच सदस्यीय टोली भारत ... |
सेतोपाटी संवाददाता दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँको जंगलमा हत्या गरी एकै ठाउँमा फालेको अवस्थामा फेला परेका किशोर-किशोरीको शव पोष्टमर्टमका लागि फरेन्सिक विज्ञ झिकाइने भएको छ। , तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा फरेन्सिक विज्ञ नरहेको हुँदा घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सम्... |
सेतोपाटी संवाददाता झापाको बिर्तामोडमा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।, जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड-२ बेलडाँगीको भित्री सडकमा विपरीत दिशाबाट आउँदै गरेका दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुइटै मोटरसाइकलका चालकको मृत्यु भएको हो।, मृत्यु हुनेमा मे ५ प १६०४ नम्... |
रासस अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत कम्प्युटर अपरेटरलाई घुस रकमसहित पक्राउ गरेको छ। , ५ सय रुपैयाँ घुस लिएको आरोपमा सञ्जयप्रसाद यादवलाई पक्राउ गरेको हो। , विशेष उजुरी एवं सूचनाका आधारमा अपरेटर यादवलाई सेवाग्रहीसँग पाँच हजार घुस लिइरहेको अवस्थामा कार्यालयबाट आज रङ्गेहात पक्रा... |
सेतोपाटी संवाददाता हिजो सोमबारदेखि काठमाडौं उपत्यकामा चिसो बढ्न थालेको छ।, अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन, तर बिस्तारै चिसो बढ्ने क्रममा छ। अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।, काठमाडौं उपत्यकामा सोमबार यता चिसो बढ्न थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाका... |
रासस बाबुको सहादतको सम्मानस्वरुप आफूलाई दोसल्ला ओढाइरहँदा महोत्तरी गाउँपालिका–१ सनउखराकी २० वर्षीया रामरतीकुमारी यादवका बरबर्ती आँसुका धारा झरे।, सोमबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले आयोजना गरेको ६७औँ प्रहरी दिवस–२०७९ मा अमर प्रहरीका परिवारजनलाई सम्मानस्वरुप दोसल्ला ओढाइँदा उनलाई मन थाम्न सकस परिरहेको थियो।, ‘म त... |
सेतोपाटी संवाददाता पोखराको बेगनास तालमा डुबेर एक जनाको मृत्यु भएको छ। , पोखरा महानगरपालिका-३१ माझीकुनास्थित बेगनास तालमा डुबेर वडा नम्बर १३ बाझापाटन बस्ने २८ वर्षीय लालबहादुर गुरूङको शुक्रबार मृत्यु भएको हो।, डुंगा चलाउने क्रममा पल्टिएर यनी डुबेका थिए। पानीमा डुबेर बेपत्ता भएका उनको खोजी गर्नेक्रममा शव फेला परेको हो। ... |
सेतोपाटी संवाददाता देशको ७७ वटै जिल्लामा डेंगी रोग फैलिएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगी रोग ७७ वटै जिल्लामा फैलिएको हो।, यसको संक्रमणबाट शनिबारसम्म ४७ जनाले ज्यान गुमाएका छन्।, गत साउनदेखि हालसम्म ३८ हजार ९१८ जनामा डेंगी पुष्टि भएको मन्त्रालयले जनाएको छ।, यस्तै पछिल्लो २४ घण्टामा ५२ जनामा कोरोना... |
नवीनबाबु गुरूङ इकोज इन दी भ्यालीको आयोजनामा शनिबार ललितपुरको बुङमतीमा 'बुंग महोत्सव' सम्पन्न भएको छ।, बुङमतीको इतिहास र संस्कृति चिनाउने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न समूहको सांगितिक प्रस्तुति तथा स्थानीय कलाकृतीको प्रदर्शन गरिएको थियो। , महोत्सवमा रैथाने, कुटुम्ब, दी नाइट, पन्चामृत लगायत समूहको साथमा स्थानीय... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लंघन गर्ने एक हजार ४०७ जनालाई कारबाही गरेको छ।, शनिबार कार्यालय मातहतका विभिन्न ठाउँमा विशेष चेकिङ गरेको थियो। त्यसअन्तर्गत ट्राफिक नियमको उल्लंघन गर्ने एक हजार ४०७ जनालाई कारबाही गरेको कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अवदेश बि... |
सेतोपाटी संवाददाता विश्व भोकमरी सूचकाङ्क (जिएचआई) २०२२ मा नेपाल ८१ औं स्थानमा परेको छ।, कन्सर्न वर्ल्डवाइड आइरिस सहायता एजेन्सी र वेल्टहंगरहिल्फ नामक जर्मन संस्थाले संयुक्त रूपमा उक्त प्रतिवेदन हालै सार्वजनिक गरेका हुन्।, संसारभरिका १२१ देशमध्ये नेपाल ८१ औं स्थानमा रहेको हो भने दक्षिण एसियामा नेपालभन्दा अघि श्रीलंका ६... |
सेतोपाटी संवाददाता पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षीमा शनिबार साँझ भएको सवारी दुर्घटनामा परेर स्थानीय एक युवकको मृत्यु भएको छ।, पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको भ्यानको ठक्करबाट मे ६ प १३९२ नम्बरको मोटरसाइकलमा सवार झापा शिवसताक्षी नगरपालिका वडा नम्बर ९ बस्ने दिप्सन राईको मृत्यु भएको जि... |
रासस धादिङबेँसीस्थित एक होटल सञ्चालक दिनदहाडै अपरिचित व्यक्तिबाट ठगिएकी छन्।, पोखरा घर भएको बताउने सिङ्गापुरे आर्मीको क्याप्टेन हुँ भन्दै शुक्रबार खाजा खान आएका अपरिचित व्यक्तिले होटल सञ्चालकसँग उल्टै पैसा मागेर भागेका हुन्।, महँगा सामान भएको झोला ‘होटलमै राखिदिनुस्, एकछिन बजार घुमेर आउँछु’ भनेर होटल सञ्चालक सेती गुरु... |
सेतोपाटी संवाददाता शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ।, आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको हो।, किष्ट अस्पातलका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार उनको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो।, जोशीको निधनबारे उनका आत्मकथा लेखक तथा पत्रकार गिरीश गिरिले ट्विट गर्दै थ... |
निशा भण्डारी शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर नजलाउने निर्णय भएको छ। यसअघिनै मृत्युपछि आफ्नो शरीर दान गरिसकेका जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो।, आइतबार किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय भएको हो। , शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि ल... |
सेतोपाटी संवाददाता आइतबार निधन भएका शताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिव शरीर दिउँसो सर्वसाधारणको श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका कार्यालयको परिसरमा राखिने भएको छ।, किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार अहिले उनको पार्थिव शरीर अस्पतालमै छ। केहीबेरपछि अस्पतालबाट पार्थिव शरीर महानगर परिसर पुर्य... |
सेतोपाटी संवाददाता शताब्दी पुरूष सत्यमोहन जोशीको आइतबार बिहान ,उपचारकै क्रममा निधन, भएको छ।, यसअघिनै आफ्नो शरीर दान गरिसकेका जोशीको कसरी अन्त्येष्टि गर्ने भन्ने बारे अहिले किष्ट अस्पताल ललितपुर महानगरपालिका र परिवारका सदस्यबीच छलफल हुँदैछ।, ‘यसअघिनै अस्पताललाई आफ्नो शरीर दान गरिसकेका जोशीको कसरी अन्त्येष्टि गर्ने भन्न... |
सेतोपाटी संवाददाता तीन वर्षअघिको एक बिहान सत्यमोहन जोशीलाई भेट्दा हामीले सोधेका थियौं, 'तपाईंको इच्छा के छ?', उनले भनेका थिए, 'सय वर्ष पूरा गरेर एक सय एक पुगुञ्जेल संसारमा भौतिक उपस्थिति जनाउन पाए हुन्थ्यो।', सय वर्ष पूरा गर्ने उनको इच्छा पूरा भयो। उनले २०७९ वैशाख ३० गते आफ्नो १०३औं जन्मदिन मनाए।, त्यही भेटमा उनले आफ्... |
सेतोपाटी संवाददाता शताब्दी पुरूष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको छ।, उनी २४ दिनदेखि किष्ट अस्पतालमा उपचाररत थिए।, जोशीको निधनमा राष्ट्रपतिदेखि सर्वसाधारणहरूले दु:ख व्यक्त गरेका छन्। जोशीको शव श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिने भएको छ।, जोशीको शवलाई नजलाइने भएको छ। उनको शव अध्य... |
एजेन्सी रूसमा सैनिक तालिम केन्द्रमा एक जना बन्दुकधारीले गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ।, समाचार संस्था रोयटर्सका अनुसार शनिबार युक्रेनविरूद्ध लड्न चाहने स्वंयसेवकहरूलाई सैन्य तालिम गराइने चौरमा गोली चल्दा १५ जना घाइते भएका छन्। , युक्रेनको सीमा नजिकको तालिम केन्द्रमा दुई जनाले अन्धाधुन्ध गोली चलाएका थिए। उनीहरू क... |
नवीनबाबु गुरूङ १०३ वर्षीय वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिव शरीरलाई किष्ट अस्पताल परिसरमा राखिएको छ।, किष्ट अस्पतालका चिकित्सक, नर्स, कर्मचारी लगायतले श्रद्धाञ्जली दिन केहीबेर अस्पताल परिसरमा शवलाई राख्न लागिएको हो।, सुरूमा परिवारका सदस्यहरूले श्रद्धाञ्जली दिएपछि शवलाई अस्पताल परिसरमा राखिएको हो। त्यहाँ श्र... |
सेतोपाटी संवाददाता १०३ वर्षीय वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिव शरीरलाई ललितपुर महानगरपालिका ल्याइएको छ।, जोशीको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि शव यात्रा गर्दै ललितपुर महानगर ल्याइएको हो।, किष्ट अस्पतालका चिकित्सक, नर्स, कर्मचारी लगायतले श्रद्धाञ्जली दिन केहीबेर अस्पताल परिसरमा राखिएको थियो। त्यसअघि परिवा... |
युवराज श्रेष्ठ नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ भाग लिएका खेलाडीको आकाशबाट खसेर मृत्यु भएको छ।, प्याराग्लाइडिङ गर्दागर्दै करिब सय मिटरमाथिबाट सराङकोटमा खस्दा नेपाली सेनाका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको कस्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए।, पोखरा-१० अस्पतालचोक बस्न... |
सेतोपाटी संवाददाता भक्तपुरमा ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।, गएराति मध्यपुर ठिमी नगरपालिका-६ बाहाखा भिमसेन चोकमा ट्याक्सीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।, सानोठिमीबाट निकोसेरा जाँदै गरेको बा १ ज ९०६० नम्बरको ट्याक्सी र व... |
नारायण खड्का दाङको जंगलमा गाडिएको अवस्थामा किशोर-किशोरीको शव फेला परेको छ। , तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँको जंगलमा स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव गाडेको अवस्थामा आइतबार दिउँसो फेला परेको हो। , घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीप... |
युनिक श्रेष्ठ १०३ वर्षीय वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भयो।, असोज ७ गते देखि ललितपुरको किष्ट अस्पतालमा उपचाररत उनको निधन भएपछि सबैको मनमा एउटा जिज्ञासा थियो- शवलाई हिन्दु संस्कार तथा परम्पराअनुसार जलाउने कि अस्पताललाई बुझाउने।, २०७७ माघ ३० गते नै ललितपुर महानगरपालिकाको रोहबरमा... |
सत्यमोहन जोशी सेतोपाटी आत्मकथा शृंखलाबाट, पुरातत्व तथा संस्कृति विभागको डाइरेक्टर नियुक्त हुँदा नेपालमा सर्वसाधारण निम्ति कार्यक्रम प्रस्तुत गर्ने एउटै हल थिएन।, २०१५ सालमा पहिलोपटक जननिर्वाचित सरकारले मलाई भर्खर गठन गरिएको यो निकायमा नियुक्ति दिएको थियो। त्यस्तोमा पुरातत्वको काम जसोतसो अघि बढ्दै थियो। सांस्कृतिक गतिव... |
सेतोपाटी संवाददाता बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनबाट साढे दुई करोड बढी जरिवाना तोकिएका व्यक्ति पक्राउ परेका छन्। , भक्तपुर सूर्यविनायक नगरपालिका-५ घर भई नक्साल बस्ने ५० वर्षीय ब्रजेश उपाध्यायलाई प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , उच्च अदालत... |
सत्यमोहन जोशी सेतोपाटी आत्मकथा शृंखलाबाट, हिजोआज स्कुले केटाकेटीहरू परम्परागत पोसाकमा सजिएर चर्या नृत्य गरिरहेको देख्दा रमाइलो लाग्छ।, आर्यावर्त आदिबुद्ध, त्यसपछि बज्रसत्व र पछिल्ला बुद्ध शाक्यमुनी सिद्धार्थ गौतमले यो नृत्य प्रतिपादन तथा विकास गरेको मानिन्छ।, नेपालको मौलिक शास्त्रीय नृत्य भनेकै यही चर्या हो। यसका गीत ... |
सेतोपाटी संवाददाता दाङको जंगलमा गाडिएको अवस्थामा किशोर-किशोरीको शव फेला परेको घटनामा एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँको जंगलमा स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नं. ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव गाडेको अवस्थामा आइतबार दिउँसो ... |
सत्यमोहन जोशी सेतोपाटी आत्मकथा शृंखलाबाट, संस्कृति क्षेत्रमा लाग्दालाग्दै म नाट्य क्षेत्रमा पनि संलग्न भएँ। दुइटा भाषामा थुप्रै नाटक लेख्नुबाहेक मैले अभिनय पनि गरेको छु। यो फरक विधालाई लिएर यदाकदा प्रश्न आउने गरेका छन्।, म मुलुककै पुरानो नाट्य परम्परा 'कात्तिक नाच' हुने ललितपुरको बासिन्दा भएकाले नाटकमा मेरो लगाव थियो।... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार ३२ जनामा संक्रमण पुष्टि भएको हो।,
१ हजार १६२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।,
६३४ जनाको पिसिआर र ५२८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देश... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले थापाथलीस्थित एक संस्थाको भवनमा डोजर चलाएको छ। , सार्वजनिक जग्गामा निर्माण गरिएकाले ओम शान्तिको उक्त भवनमा डोजर चलाएको काठमाडौं महानगर प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , ‘उक्त भवन सार्वजनिक जग्गामा निर्माण गरिएको रहेछ,’ उनले भने, 'बागमती सभ्यता एकीकृत व... |
रासस बर्दियाको गेरुवा गाउँपालिकामा ट्र्याक्टरको ठक्करबाट एक जनाको ज्यान गएको छ।, कर्णाली नदीले बगाएर ल्याएका दाउरा स्थानीयले संकलन गरेका दाउरा बोकेर राजापुर फर्कंदै गरेको भे २ त २०९ नं को ट्र्याक्टरले खोनपुर गाउँमा स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार गेरुवा गाउँपालिका–४ खल्लागाउँका २५ वर्षीया नविन ठकुरीको मृत्यु भएको ... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४२ जनामा संक्रमण पुष्टि भएको हो।,
१ हजार ६९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।,
१०६९ जनाको पिसिआर परीक्षण गरिएको थियो। अहिले देशभर ६३८ जना सक्रिय स... |
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले थापाथलीस्थित एक संस्थाको भवनमा डोजर चलाएको छ। , सार्वजनिक जग्गामा निर्माण गरिएकाले ओम शान्तिको उक्त भवनमा डोजर चलाएको काठमाडौं महानगर प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , ‘उक्त भवन सार्वजनिक जग्गामा निर्माण गरिएको रहेछ,’ उनले भने, 'बागमती सभ्यता एकीकृत विकास... |
सेतोपाटी संवाददाता सिराहाका एक युवकको विराटनगरमा अपहरणपछि हत्या भएको छ।, सिराहा गोलबजारका-२ का १८ वर्षीय अंशु सदाको हत्या भएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) शान्तिराज कोइरालाले जानकारी दिए। , उनका अनुसार सदाको अपहरणपछि हत्या गरिएको हो। , ‘सिराहाबाट अपहरण गरेर असोज २६ मा विराटनगर ल्याएका रहेछन्’, कोइरालाले ... |
राजेश घिमिरे कुरो एक हप्ता अघिको हो। नेपालसँग सीमाना जोडिएको भारतको बिहार राज्यको एउटा गाउँमा बस्ने आमा–छोरालाई बाघले आक्रमण गरेर ज्यानै लियो।, बाल्मीकि टाइगर रिजर्भसँग जोडिएको गाउँ ‘बलुवा’मा बस्थे उनीहरू। बाघ प्रायः उनीहरूकै गाउँको उखुबारीमा बस्थ्यो।, बिहारको रामनगर प्रखंडमा ‘चम्पारण आदमखोर’ नामले परिचित यो रोयल बेंग... |
सेतोपाटी संवाददाता पशुपतिनाथमा भक्तजनले चढाएका सामग्रीहरुको बिक्री शुरु गरिएको छ।, पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा भक्तजनहरुले अर्पण गरेका गहना, लत्ताकपडा लगायतका जिन्सी सामग्रीहरुलाई बिक्री कक्षमार्फत बिक्री गर्न शुरु गरेको हो।, कोषले पशुपति क्षेत्र परिसरबाट असोज २३ गतेदेखि बिक्री वितरण शुरु गर्न थालेको... |
सेतोपाटी संवाददाता यतिबेला भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डु गाउँ मखमली, सयपत्री र गोदावरीको सुगन्धले मगमगाएको छ।, तिहार आउन अझै १२ दिन बाँकी रहँदा यहाँका किसान, गृहिणीलगायत फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त देखिन्छन्।, यस क्षेत्रका खेतबारी, करेसाबारी रंगीन फूलले छपक्क छोपेको छ भने स्थानीयवासीलाई फूल... |
सेतोपाटी संवाददाता दाङमा मोटरसाइकलले ठक्कर दिदा पाँच बर्षीय बालकको मृत्यु भएको छ। , शान्तिनगर गाउँपालिका-७ खैरेनीका ५ वर्षीय छोरा स्मार्ट डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानाएको छ। , शुक्रबार बेलुकी हापुरेबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ७ प ३१३१ नम्बरको मोटरसाइकले बालकलाई ठक्कर दिएको थियो।, प्रहरीका ... |
सेतोपाटी संवाददाता किष्ट अस्पतालले १८ दिनदेखि उपचाररत् १०३ वर्षीय वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएकोले अवस्था चिन्ताजनक रहेको बताएको छ।, जोशी लामो समयदेखि प्रोस्टेट तथा मुटुको समस्याबाट गुज्रिरहेका थिए। , उनमा कमजोरी देखिएका कारण असोज ७ गते इमर्जेन्सीमा ल्याई भर्ना गरी उपचार सुरू गर... |
सेतोपाटी संवाददाता दाङको बबई नदी तर्ने क्रममा एक जना बेपत्ता भएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ का ५१ वर्षीय इन्द्रबहादुर चौधरी शुक्रबार दिउँसो बगेर बेपत्ता भएका हुन्। , इलाका प्रहरी कार्यालय सञ्चार शाखाका अनुसार उनी बिहीबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ स्थित गिधन्या गाउँमा आफन्तको १३ दिने शुद्धीशा... |
सेतोपाटी संवाददाता चितवन प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित तीन जना भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ।, वीरगन्जबाट नारायणगढतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको कारमा ठूलो परिमाणमा लागुऔषध भेटिएपछि चालकसहित चार जनालाई नियन्त्रणमा लिइएको एसपी नवराज अधिकारीले जानकारी दिए। , एसपी अधिकारीकाअनुसार भारतीय नम्बर प्... |
सेतोपाटी संवाददाता आफ्नै साथीहरूबाट अपहरणमा परेका सिराहा गोलबजार-३ का १७ वर्षीय अंशु सदाको हत्या फिरौती वापतको रकम नदिँदा भएको खुलेको छ। , सिराहा गोलबजारबाट अपहरण गरेर विराटनगर ल्याएका अपहरणकारीहरू फिरौती वापतको पैसा बुझ्न जाने क्रममा प्रहरी फन्दामा परेका हुन्। , जिल्ला प्रहरी कार्यालय मोरङ जिल्ला प्रहरी कार्यालय मोर... |
डा. जगत जीवन घिमिरे दमका बिमारीको हेरचाह धेरै महत्वपूर्ण विषय हो। यो लामो समयसम्म ख्याल गर्नुपर्ने कुरा हो। , उपचारको योजनालाई राम्रोसँग अनुशरण गर्नुपर्छ। दमको अवस्था अनुसारको औषधि दिइएको हुन्छ। कस्तो अवस्थालाई गाह्रो भएको मान्ने र गाह्रो भएको अवस्थामा के गर्ने भन्ने कुरा चिकित्सकका अनुसार चल्नुपर्छ। नियमित रूपमा गर्न... |
सेतोपाटी संवाददाता हाल कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। , जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर रहेको छ।, आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौस... |
सेतोपाटी संवाददाता अन्तर्राष्ट्रिय युवा इम्युनोलोजिस्ट अवार्डबाट डा. धर्मागत भट्टराई पुरस्कृत भएका छन्।, विश्वभरका इम्युनोलोजिस्टको आधिकारिक संस्था युरोपियन सोसाइटी फर इम्युनोडिफीसियन्सिज (इसिड) ले नेपालका डा भट्टराईसहित विश्वका उत्कृष्ट ३ युवा इम्युनोलोजी विज्ञलाई यस वर्षको ‘इसिड ट्यालेन्ट अवार्ड २०२२’ बाट सम्मान गर... |
सेतोपाटी संवाददाता २३ दिनअघि अस्पतालमा भर्ना भएका १०३ वर्षीय वाङ्गमय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक छ।, किष्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यका अनुसार उनको स्वास्थ्यमा शनिबार पनि कुनै सुधार आएको छैन। अस्पतालले शनिबार बिहान ११ बजे उनको स्वास्थ्यबारे बुलेटिन जारी गर्दै अवस्था चिन्त... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.