content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता ललितपुरको लुभुमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, शनिबार बिहान करिब २ बजे महालक्ष्मी नगरपालिका-८ लुभु चौतारामा मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधीरराज शाहीले जानकारी दिए।, दुर्घटनामा ज्यान गुमाउनेमा सर्लाही घर भई लुभु बस्दै आएका २६ वर्षीय मोहन बाबु खत्री ...
रासस पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रूखबाट लडेर गएराति एक जनाको मृत्यु भएको छ।, तिनाउ गाउँपालिका–२ हापुरका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।, उपचारका लागि बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदा राति ११ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।, पोल्ने क्रम...
रासस  , जिल्ला प्रशासन कार्यालय तनहुँले तोकिए भन्दा बढी शुल्क लिने दुई होटललाई रु चार लाख जरिवाना गरेको छ। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकामा सञ्चालित दुई होटललाई प्रशासन कार्यालयले रु दुई लाखका दरले जरीवाना गरेको हो। , व्यास नगरपालिकास्थित ग्रिनपार्क हाइवे रेष्टुरेण्ट र कल्चर भिलेज रिसोर्टले ग्राहकसँग ...
सेतोपाटी संवाददाता दाङको बबई नदी तर्ने क्रममा बगेर बेपत्ता भएका व्यक्तिको शव फेला परेको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १४ का ५१ वर्षीय इन्द्रबहादुर चौधरीको शनिबार बिहान शव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ।, उनी शुक्रबार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बाट नदी पार गर्दै थिए...
सेतोपाटी संवाददाता डेंगीका अधिकांश बिरामीमा घाँटीमा समस्या देखा परेको भन्दै सजग रहन चिकित्सकहरूले आग्रह गरेका छन्।, डेंगी संक्रमितले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेको भन्दै सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका हुन्।, अल्का अस्पतालमा कार्यरत चिकित्सक डाक्टर रक्षा गौतमले डेंगी हु...
सुशीला रेग्मी/रासस गत असोजको २२ गते रातको करिब ३ बजेको थियो। ठूलो वेगले एक्कासि ड्याङडुङ आवाज सुनेपछि बेगबहादुर पल्ली एक्कासि निद्राबाट ब्युँझिए। अँधेरी रात निद्राबाट ब्युँझिएर आँखा मिच्दै दैलो उघार्दै बाहिर निस्कँदा एक्कासि घर अगाडि ठूलो पहिरो खसेको देख्दा उनलाई कताकता सपनामा रहेजस्तो अनुभूति भयो। , निस्दी गाउँपालिका...
रासस म्याग्दीस्थित धौलागिरि हिमालको आधार शिविरमा हिउँले पुरिएर ४५ घोडाखच्चड मरेका छन्। विश्वको सातौं (आठ हजार एक सय ६७) मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ।, आरोही र पर्यटकका सामग्री ढुवानी गर्न खच्चड लिएर आधार शिविरमा पुगेका मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका नौ जनाको उद्धार भएको छ।...
रासस भरतपुर महानगरपालिकाको ठिमुरा र तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरू भएको आठ वर्ष भयो। निर्माण सम्पन्न भएर गाडी गुडिसक्नुपर्ने बेलामा पुलको ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ। , पुल निर्माण अलपत्र अवस्थामा छ। बन्दै गरेको पुल निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै अधुरो छाडेको छ।  , निर्माणका क्रममा पुल दु...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू भत्काएको भन्दै उच्च अदालतमा परेको रिटहरूमाथि आज सुनुवाई हुँदैछ। , न्यायाधीश टेक प्रसाद ढुंगाना र बिमल सुवेदीको इजलासमा परेको उक्त मुद्दा पेशी सूचीको पहिलो नम्बरमा छ। , यसअघि उच्च अदालत पाटनले टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन...
सेतोपाटी संवाददाता काठमाडौंको नक्सालस्थित क्राउन प्लाजा होटलमा जलेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ। , शरीरमा आगो लागेकी २३ वर्षीया युवतीको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। , यस घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई प...
सेतोपाटी संवाददाता ललितपुरको इमाडोलमा एक जना डाक्टर मृत फेला परेकी छन्।, सिभिल अस्पताल नयाँ बानेश्वरमा कार्यरत डाक्टर सुस्मिता पाठक मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी मनोज लामाले जानकारी दिए।, महोत्तरी जलेश्वर नगरपालिका घर भई ललितपुर महालक्ष्मी नगरपालिका-२* इमाडोलस्थित एउटा घरमा उनी डेरामा बस्दै आएकी ...
सेतोपाटी संवाददाता वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ।, किष्ट अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा थप सुधार आएको निर्देशक प्रा. डाक्‍टर सुरज बज्राचार्यले जानकारी दिए। बुधबार दिउँसो २ बजे स्वास्थ्य बुलेटिन जारी गर्दै उनलाई आइसियूबाट डिलक्स क्याबिनमा सारेको जानकारी दिएका हुन्।, उनलाई डिलक्स क्...
सेतोपाटी संवाददाता बारामा पोखरी किनारमा मृत फेला परेका तीन जनाको हत्या भएको खुलेको छ।, बुधबार दिउँसो प्रसौनी गाउँपालिका-५ प्रष्टोका गाउँस्थित नागिना पोखरी किनारमा मृत फेला परेका तीन जनाको हत्या भएको खुलेको हो।, जिल्ला प्रहरी कार्यालय बाराका एसपी होबिन्द्र बोगटीका अनुसार उनीहरूको घाँटी काटेर हत्या गरेको प्रारम्भिक अनुस...
सेतोपाटी संवाददाता बारामा एकै परिवारका तीन जना मृत फेला परेका छन्।, बुधबार दिउँसो प्रसौनी गाउँपालिका-५ प्रष्टोका गाउँमा एकै परिवारका तीन जना मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका एसपी होबिन्द्र बोगटीले जानकारी दिए।, गाउँको नागिना पोखरी किनारमा उनीहरू मृत फेला परेको एसपी बोगटीले बताए।, २५ वर्षीया सुजाता चौधरी, उ...
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथा, आउँदो मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार दुवैतर्फ दर्ता भएका जम्मा उम्मेदवार ६ हजार दुई जना छन्। , यसमध्ये पुरुष ५ हजार ४ सय ६९ जना छन् भने महिला ५३२ जना। बाँकी एक जनाको भने लैंगिक पहिचानमा अन्य लेखिएको छ। , ती एक ...
सेतोपाटी संवाददाता जल तथा मौसम विज्ञान विभागले आगामी (अर्को) हप्तासम्म मौसमी वर्षा रहिरहने पूर्वानूमान गरेको छ। , जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् सुमनकुमार रेग्मीले बुधबार न्यूज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उनले त्यसका लागि विभागले मौसमी सिष्टमको निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै उचित समयमा त...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ५१ जनामा संक्रमण पुष्टि भएको हो।, १ हजार ७२३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, ७४३ जनाको पिसिआर र ९८० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देश...
नवीनबाबु गुरूङ हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहार आउन अब एक सातामात्रै बाँकी छ। तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याई छ।, बोलाछेँ, ठिमी, ब्यासी, पोटरी स्क्वायरलगायत स्थानमा तिहारको लागि आवश्यक पर्ने माटाका भाँडा, पालाचा (पाला) बनाइँदै गरेको देख्न सकिन्छ।, काठमाडौं उपत्यकाम...
सेतोपाटी संवाददाता हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, जसको प्रभावले मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। , आज दिउँसो प्रदेश १ र बागमती  प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङस...
दुर्गा देवकोटा/रासस कैलालीको भजनीका श्याम चौधरीको परिवार बाढीका कारण आठ दिन खुला सडकको बसाइपछि बुधबार घर फर्कियो। वर्षा रोकिएपछि घरमा पानी सुकेकाले घर सरसफाइ गरौँ र घरमै बसौँ भनी फर्किएका श्यामका दम्पत्ति घर सरसफाइमा जुटे। घर सफा गर्न थाल्दा सर्प निस्कियो। , ‘घरभरि झारपात र हिलोमाटो भरिएको थियो, बूढाबूढी मिलेर सरसफाइ ...
सेतोपाटी संवाददाता अस्वस्थ भएर अस्पतालमा उपचाररत शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ। , किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा केही सुधार भएको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जानकारी दिएका छन्।, उनका अनुसार जोशीले सामान्य दोहोरो कुरा गर्न सक्ने अवस्थामा रहेका ...
नवीनबाबु गुरूङ बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछाने बिहीबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्।, अदालतले पहिलो पटक दिएको ७ दिनको समयसीमा आज सकिएपछि प्रहरीले उनलाई म्याद थपका लागि उपस्थित गराएको हो।, असोज २० गते काठमाडौं ओर्लिएलगत्तै पक्राउ परेका लामिछानेलाई प्रहरीले हतकडी लगाएर प्रहरी कार्या...
नवीनबाबु गुरूङ जिल्ला अदालत, काठमाडौंले सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। , बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका लामिछानेलाई आज प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो। अदालतले उनलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भ...
सेतोपाटी संवाददाता क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदैछ। , नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका क्रिकेटर लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको हो।, गत सोमबार २० गतेबाट लागू हुनेगरि प्रहरीले अनुसन्धानका लागि...
सेतोपाटी संवाददाता १०३ वर्षीय वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीलाई फेरि सघन उपचार कक्ष (आइसियू) मा सारिएको छ।, बिहीबार बिहान आइसियूमा सारेको किष्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिए।, ‘जोशी ज्यूको अक्सिजन स्याचुरेसन लेभल कमी भएकाले आज सघन कक्षमा सिफ्ट गरियो,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा उल...
रासस चितवनमा करेन्ट लागेर एक गैंडाको मृत्यु भएको छ।, आज बिहान ४ बजे खैरहनी नगरपालिका–१२ इचर्नी खोलानजिक रहेको बंगुरफार्ममा लगाइएको बिजुलीको तारमा करेन्ट लागेर गैंडाको मृत्यु भएको हो।,     , चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी पाँच/छ वर्षको भाले गैंडा मरेको हो। सो ठाउँमा चितव...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ५१ जनामा संक्रमण पुष्टि भएको हो।, १ हजार ७८६ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, ७२५ जनाको पिसिआर र एक हजार ६१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अ...
सेतोपाटी संवाददाता अन्नपूर्ण फेरो पदमार्गमा गएका एक अमेरिकी पदयात्रीको चिप्लिएर मृत्यु भएको छ।, मनाङको दानाक्यु र तिमाङको बीचतिर चिप्लिएका अमेरिकी नागरिक पल जोसेफको मृत्यु भएको मनाङ प्रहरी प्रमुख डिएसपी प्रेमसागर केसीले जानकारी दिए। , उनका अनुसार जोसेफसहितको टोली मनाङको विकट मानिने नार गाउँ पुगेर काठमाडौं फर्कने क्रमम...
सेतोपाटी संवाददाता तास खेल्दा हारजीत भएको विषयलाई लिएर उत्पन्न विवादका कारण ज्यान गुमाएका नवीन्द्र गुरुङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। , झापा जिल्ला प्रहरीले उनीहरूलाई असोज २० गते पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।, प्रहरीका अनुसार अर्जुनधारा-११ मा रहेको 'ताप्लेजुङ इलाम होटल' का ...
सेतोपाटी संवाददाता व्यवसायी सुरजराज पाण्डेले आउँदो मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन्।, उनले काठमाडौं क्षेत्र नम्बर १ (ख)बाट स्वतन्त्र उम्मेदवारी दिएका हुन्।, उनले आइतबार काठमाडौंको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयपत्र दर्ता गराएका थिए। , उनी व्यवसायी मात्रै नभएर सामाजि...
सेतोपाटी संवाददाता डडेल्धुराबाट उम्मेदवारी दिएका कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा विरूद्ध उजुरी परेको छ।, देउवाविरूद्ध नागरिकता र मतदाता नामावलीमा जन्म मिति फरक रहेको भन्दै उजुरी परेको हो।, उनीविरूद्ध गन्यापधुराका कर्णबहादुर मल्लले सोमबार डडेल्धुरा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्।, ‘नेप...
सेतोपाटी संवाददाता दरबारमार्गस्थित क्लब प्लाटिनमका दुई जना बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेका आठ जनालाई सार्वजनिक गरेको हो।, प्रहरीका अनुसार घटना मंगलबार बिहान सवा ५ बजेको हो।, काठमाडौं महानग...
विनोद सापकोटा पूर्व–पश्चिम राजमार्गको कनकाई पुलमा खाल्डाखुल्डी हुँदा दुर्घटना जोखिम बढेको छ।, झापाको कनकाई नदीको पुलको दर्जन बढी ठाउँमा कालोपत्रे उप्किएर ठूल्ठूला खाल्डा बनेका छन्। खाल्डा परेको कतिपय ठाँउमा रड ठाडा परेर दुर्घटना हुन थालेको इलाका प्रहरी कार्यालय झिलझिलेले जानकारी दिएको छ।, प्रहरीका अनुसार दसैं अवधिमा म...
रासस कुल २८ लाख ५६ हजार भारतीय नोटसहित वीरगन्जबाट तीन महिलालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।, वडा प्रहरी कार्यालय बिर्ता तथा प्रहरी चौकी इनर्वा नाकाको प्रहरी टोलीले वीरगन्जको रजतजयन्ती चोकबाट सो रकमसहित ती महिलालाई पक्राउ गरेको जनाएको छ।, पक्राउ पर्नेमा नुवाकोट शिखरवेसी–७ बस्ने ४५ वर्षीया अनिता तामाङ, धादिङकी ३० वर्ष...
रासस विराटनगर महानगरपालिकाले निर्माण भएका निजी तथा सरकारी भवनको नक्सा पास गर्न सूचना जारी गरेको छ।, महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा पास नगरी बनाइएका वा तल्ला थपको नक्सा पास नगरेको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनको एक सय दिनभित्र नक्सा पेस गरी स्वीकृत गर्...
रासस मनाङबाट आन्तरिक तथा बाह्य पर्यटक गरी ८२  जनाको उद्धार गरिएको छ।, मौसम प्रतिकूलताका कारण अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो।, अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)का प्रमुख लेखनाथ गौतमले जानकारी दिए।, हेलिकोप्टरमार्फत मनाङ पुगेका १६ जनामध्ये १३ जनाको मना...
नवीनबाबु गुरूङ दसैं भर्खरै सकिएको छ। चाडवाडसँगै वर्षायाममा लगाएको धानबाली पाकेर भित्र्याउने बेला हुँदै गर्दा किसानहरूमा यति बेला अर्को उत्साह थपिएको छ। , धानबाली पाकेर पहेँलै खेत हुँदा मौसमले भने किसानहरूलाई खासै साथ दिएको छैन। पाकेको धान काटेर भित्र्याउने बेला झरी पर्दा बाली खेतमा लत्रेको छ। मौसमकै कारण किसानहरूमा धा...
सेतोपाटी संवाददाता हाल नेपालमा हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसको प्रभावले देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। , प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रह...
रासस हुम्लाको चङ्खेली गाउँपालिका–६ स्थित मासीधारामा पहिरामा पुरिएर चार जनाको मृत्यु भएको छ।, ती चारै जनाको पहिचान खुलिसकेको र उनीहरू एउटै परिवारको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।, गत आइतबार राति आएको पहिरामा पुरिएर ६० वर्षीया तुलसा, सात वर्षीय वसन्त , नौ वर्षीया सुस्मिता र १२ वर्षीया हैजाली विकको मृत्य...
रासस चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ।, खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको मृत्यु भएको हो।, छत्यालको उद्धार हुन नसक्दा मृत्यु भएको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताइन्।, उ...
रासस ताप्लेजुङको कञ्चन मनी ट्रान्सफरमा लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। , प्रहरीले तीन जनाबाट छ लाख १३ हजार ३४० रुपैयाँ र एक सय ४३ तोला सुन सोमबार बेलुकी बरामद गरेको हो।, जिल्ला सदरमुकाम फुङ्लिङस्थित उक्त ट्रान्सफरमा कार्यरत कर्मचारीलाई नियन्त्रणमा लिएर चार लुटेराले यही १७ असोजमा नगद तथा सुन लुट...
रासस राष्ट्रपति विद्यादेवी भण्डारी उपचारपछि आज अस्पतालबाट डिस्चार्ज भएकी छन्।, कोरोना संक्रमण भई त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत् उनको स्वास्थ्यमा सुधार आएपछि आज मध्यान्ह १२ः४५ बजे अस्पतालबाट डिस्चार्ज भएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए। , 'उहाँको स्वास्थ्य अवस्थामा स...
सेतोपाटी संवाददाता गरिब बिरामीको उपचारका लागि ओमकुमारी शान्ति कोषले स्थापना गरेको अक्षय कोषका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले ४० लाख ११ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरेको छ।, मंगलबार बेनी बजारमा आयोजित कार्यक्रममा मोनाका अध्यक्ष कर्ण पुनले कोषका अध्यक्ष राजेश शाक्यलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।,...
रासस बाढीले घर डुबानमा परेपछि नेपालगञ्ज उपमहानगरपालिका–२० गायत्रीटोलकी पेम्बा तामाङ शुक्रबार रातिदेखि नजिकैको विद्यालयमा परिवारसहित आश्रित छिन्। उनी बस्ने कोठामा मात्रै करिब २५ देखि ३० जना बाढीपीडित रहेका छन्। , उनलाई बाढीका कारण घर भत्किने हो कि भन्ने चिन्तासँगै डेंगी संक्रमणको अर्को चिन्ताले पिरोलेको छ।, 'चिसो भुइँम...
दिपकजंग शाही १९ गतेदेखि सुरू भएको लगातार वर्षाले कर्णालीमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। पछिल्लो एक सातामा वर्षाका कारण आएको पहिरो तथा विभिन्न प्रकृतिका विपदमा परि प्रदेशभर ३३ जनाको मृत्यु भएको छ।, कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार २२ जना मानिस बेपत्ता भएका छन् भने २१ जना घाईते भएका छन्। वर्षाका कारण...
रासस लगातारको वर्षाले दसैं मनाएर फर्किने सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका यात्रु समस्यामा परेका छन्।, सुदूरपश्चिममा दसैंको दिनदेखि वर्षा भइरहेको छ। वर्षाले यहाँका विभिन्न जिल्लाका राजमार्ग बन्द, हिलाम्मे र खाल्डाखुल्डीले गर्दा  यात्रु जोखिमपूर्ण यात्रा गरिरहेका हुन्।, पाँच दिनदेखिको अविरल वर्षाले यहाँका दशरथचन्द रा...
सेतोपाटी संवाददाता नाबालिगमाथि बलात्कार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ।, नुवाकोट बेलकोटगढी नगरपालिका-१३ घर भई काठमाडौं बौद्ध बस्ने ३५ वर्षीय रामबहादुर सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।, सुनारले सोमबार राति ११ वर्षीया नाबालिगलाई उनकै डेरामा ...
सेतोपाटी संवाददाता पोखरामा रहेको फेवाताल सफाइ अभियान सुरू गरिएको छ।, पोखरा महानगरपालिकाको नेतृत्वमा वडाहरूको सक्रियतामा ३३ स्थानबाट फेवाताल सफाइ अभियान सुरू गरिएको हो।, ३३ वटै वडाका जनप्रतिनिधिसहित करिब पाँच हजार भन्दा बढीले फेवाताल सफाइ अभियानमा सहभागिता जनाएका छन्।, पोखरा महानगरका मेयर धनराज आचार्यले दुई सय ट्रक भन्...
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ४४ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार २२२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, ५७९ जनाको पिसिआर र १६४३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभ...
सेतोपाटी संवाददाता १०३ वर्षीय वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार देखिएको छ।, किष्ट अस्पतालमा उपचाररत जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार भएको अस्पतालका निर्देशक प्रा.डा.सुरज बज्राचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।  , अस्पतालले मंगलबार दिउँसो २ बजे उनको स्वास्थ्य बुलेटिन ज...
रासस मंगलबार एकैदिन देशभरबाट ८८ हजार छ सय ६६ ले कोभिड विरूद्धको खोप लगाएका छन्।, पछिल्लो २४ घन्टामा देशभर ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ४४ जनामा संक्रमण पुष्टि भएको हो।, २ हजार २२२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, ५७९ जनाक...
सेतोपाटी संवाददाता झापामा डेंगी संक्रमण भएर दुई जनाको मृत्यु भएको छ।, जिल्ला स्वास्थ्य कार्यालय झापाका अधिकृतसहित दुई जनाको मृत्यु भएको हो।, भद्रपुर नगरपालिका–७ निवासी ५७ वर्षीय शशिकुमार भट्टराई र बिर्तामोड नगरपालिका–३ निवासी ५२ वर्षीया निशा क्षेत्रीको डेंगी संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाए...
सेतोपाटी संवाददाता काठमाडौंको दरबारमार्गस्थित क्लब प्लाटिनमका दुई जना बाउन्सरमाथि धारिलो हतियार प्रहार भएको छ।, मंगलबार बिहान करिब ५ बजे काठमाडौंको सोह्रखुट्टे क्षेत्रमा दुई जना बाउन्सरमाथि धारिलो हतियार र बियरको बोटलले प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।, अज्ञात समूहले प्रह...
नवीनबाबु गुरूङ लघुवित्तिय संस्थाहरुको ज्यादतीको विरूद्ध विरोध मंगलबार प्रदर्शन भएको छ।, माइतीघरमा जम्मा भएर प्रदर्शनकारीलाई नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेकाका थिए।, प्रदर्शनकारीहरुले ‘सामुहिक ऋण मिनाहा गर’, ‘आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर’, ‘आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर’, ‘समाजवा...
रासस एक सातादेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट जुम्लामा १० जनाको मृत्यु भएको छ।, एक जना अझै बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए।, मंगलबार विपद व्यवस्थापन समितिको बैठकमा जिल्लामा विपदले पारेको धनजनको क्षतिबारे जानकारी दिँदै उनले कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय ...
सविता बुढा बुधबारदेखि लगातारको परिरहेको अविरल वर्षाका कारण सुदूरपश्चिममा जनजीवन प्रभावित बनेको छ।, प्रदेशका पहाडी जिल्लामा ग्रामिण सडक, विद्युत अवरूद्ध भएको छ भने जोखिम ठाउँमा पहिरो समेत खसिरहेको छ।, सडक अवरूद्ध हुँदा दसैंका लागि गाउँघर गएकाहरूलाई आ–आफ्नो कार्यक्षेत्रमा फर्किन समस्या भएको बताइएको छ।, लगातारको वर्षाका ...
डा. रविन बहादुर बस्नेत, कन्सल्टेन्ट युरो सर्जन मान्छेका दुइटा मिर्गौला हुन्छन्। मिर्गौलाको विभिन्न काममध्ये प्रमुख काम शरीरको फोहोर पिसाबको माध्यमबाट फाल्ने हो। ती फोहोर नुन लगायतका तत्व हुन्छन्। त्यसलाई मिर्गौलाले पिसाबमा घोलेर फाल्छ, कुनै पनि तत्व घुलनशीलताको मात्राभन्दा धेरै छ भने नघुलेर ढुंगा बन्छ। जन्मजात मिर्गौल...
नवीनबाबु गुरूङ दसैं सकिन एक दिन बाँकी छ। कोजाग्रत पूर्णिमासँगै दसैं समापन हुन्छ। दसैं सकिन लाग्दा आफ्नो घरगाउँमा दसैं मनाउन गएकाहरू काठमाडौं फर्किन थालेका छन्।, दसैं सकिएसँगै सरकारी तथा निजी कार्यालय तथा संघसंस्थाहरू खुल्ने भएपछि काठमाडौं फर्किनेहरू बढ्न थालेका हन्।, काठमाडौंको मुख्य नाका कोटेश्वर, कलंकी, बल्खु, नयाँ ...
रासस नेपालमा यस वर्षको अक्टोबर २ तारिखसम्म मनसुन रहने पूर्वानुमान गरिएको थियो। तर पूर्वनिर्धारित मितिभन्दा करिब दुई साता मनसुन लम्बिएको छ। , अबको एक सातापछि नेपालबाट मनसुन बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिए।, जुन ५ तारिखदेखि नेपालको पूर्वी भेग भएर मन...
रासस नुवाकोटको विदुर नगरपालिका–५ मा शनिबार अपराह्न बोलेरो गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।, घाइते हुने दसैंको टीका लगाउन जान लागेका एकै परिवारका सदस्य तथा आफन्त हुन्।, बेलकोटगढी–१२ मदानपुरबाट दसैंको टीका लगाउन बेलकोटगढी–७ रातमाटेतर्फ जान लागेको बोलेरो विदुर नपा–५ मा अनिय...
रासस चार हजार आठ सय मिटरको उचाइमा रहेको मेमे पोखरी घुम्न जाँदा बेपत्ता एक युवतीको शव शनिबार भेटिएको छ।, दसैं मनाउनका लागि ऐतिहासिक एवं पर्यटकीयस्थल मेमे पोखरी घुम्न जाँदा बेपत्ता बेँसीसहर नगरपालिका–१० साँधुकी २४ वर्षीया शर्मिला तामाङको शव फेला परेको हो।, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलका अन...
रासस गोरखामा रूखमा झुन्डिएको अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ।, भीमसेन थापा गाउँपालिका वडा नम्बर ६ स्थित मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उनका जुम्ल्याहा छोराको शव झुन्डिएको अवस्थामा शनिबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए।, 'सात वर्षका दुई ...
रासस त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा-काठमाडौं सडक खण्डको भीमफेदी गाउँपालिका–२ को बाह्रघुम्तीमा शनिबार बिहान खसेको सुख्खा पहिरोले यातायात अवरूद्ध भएकव थियो। सडक डिभिजनको डोजरले पहिरो पन्छाएपछि शनिबारै साँझ ५ बजेदेखि यातायात सञ्चालन भएको छ।, बाह्रघुम्तीमा बिहान पहिरो खसेपछि प्रहरीले काठमाडौंबाट आएका सवारीसाधनलाई सिमभञ्ज...
रासस सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ।, शनिबार राति ८ः३० बजे भरतपुर महानगरपालिका भरतपुर २९ सत्रकिलोस्थित खानी खोला पुलनजिक सुख्खा पहिरो खसेको हो। , पहिरो खसेपछि अहिले गन्तव्यमा हिँडेका सवारीसाधनको लाइन लागेको छ।, सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो पन्छाउने काम सुरू गरिने इल...
सेतोपाटी संवाददाता १७ दिनदेखि ललितपुरको किष्ट अस्‍पतालमा उपचाररत् १०३ वर्षीय वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीलाई आइसियूमा सारिने भएको छ।, आइतबार अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जारी गरेको विज्ञप्तिअनुसार उनको स्वास्थ्यमा उल्लेखनीय प्रगति नभएकाले आइसियूमा सार्न लागिएको हो।, ‘समग्र स्वास्थ्यमा उल्लेखनीय ...
राजेश घिमिरे चितवन मेडिकल कलेजले आइसियु कक्षमा पसेर तोडफोड गर्नेहरूलाई कारबाही गर्न माग गरेको छ।, अस्पतालमा तोडफोड गरी स्वास्थ्यकर्मीमाथि कुटपिटको धम्की दिनेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न माग गर्दै कलेजले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको ध्यानाकर्षण गराएको हो।, पाचन प्रणालीमा संक्रमण भएर रगतमा फैलिएपछि धेरै ...
सेतोपाटी संवाददाता पहिरोले घर भत्किँदा कालिकोटमा एकै परिवारका पाँच जना बेपत्ता भएका छन्।, कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार तिलागुफा नगरपालिका–७ बालीगाउँमा ध्रुवराज विष्टको घर पहिरोले भत्किएको हो।, आइतबार बिहान साढे १० बजे घर माथिबाट खसेको पहिरोले घर भत्काएको हो।, ४२ वर्षीय ध्रुवराज विष्ट, उनकी ३५ वर्षीया श्रीमत...
सेतोपाटी संवाददाता हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ।, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। , हाल नेपालमा बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्र...
सेतोपाटी संवाददाता रामेछापको भिरपानीमा बस दुर्घटना भएको छ।, रामेछापबाट काठामाडौं आउँदै गरेको बा ३ ख ४०४८ नंको बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।, घाइते सबैलाई थप उपचारको लागि धुलिखेल अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले बताए।, १२ जना मध्ये एक जना गम्भीर घाइते रहेको प्रहरीले जनाएक...
सेतोपाटी संवाददाता कञ्चनपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, बेलौरी नगरपालिका–१ फाटियाका ५२ वर्षीय पुरनसिंह पन्तको करेन्ट लागेर मुत्यु प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार सर्भिस-तारमा छुँदा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो। उनको शव पोस्टमर्टमका लागि महाकाली अस्पतालमा लगिएको छ।, करेन्ट लागेर एक जनाको...
सेतोपाटी संवाददाता हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।, प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।, जसको प्रभावले आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूर...
सेतोपाटी संवाददाता कालीकोटमा एक जना प्रहरी जवान नदीमा बगेर बेपत्ता भएका छन्।, खाँडाचक्र नगरपालिका–८ स्थित सेरावाडा खोला तर्ने क्रममा कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत जुम्लाको तातोपानी गाउँपालिकाका प्रहरी जवान पदम रावत बगेका थिए।, सेरावाडा खोलाले बगाएका रावत तीला नदीमा पुगेर बेपत्ता भएको कर्णाली प्रदेश प्रहरी...
सेतोपाटी संवाददाता १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।, काठमाडौं जिल्ला अदालतले सोमबार उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। दसैं बिदाका कारण अदालत बन्द भएका कारण पक्राउ परेका उनलाई आजमात्रै अदालतमा...
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले महसुल संकलन गर्ने काउन्टर शनिबार नखोल्ने भएको छ।, भिडभाड कम गर्न भन्दै प्राधिकरणले शनिबार पनि काउन्टर सञ्चालन गर्दै आएको थियो।, शनिबार सञ्चालन हुँदै आएको महसुल संकलन काउन्टर असोज ११ को निर्णयअनुसार कात्तिक १ गतेदेखि बन्द गरिने प्राधिकरणले जनाएको छ।, शनिबार काउन्टर खोलिराख्न...
सेतोपाटी संवाददाता कालिकोटमा मलामी गएका १३ जना सम्पर्कविहीन भएका छन्।, आइतबार मलामी गएका तिलागुफा नगरपालिका वडा नम्बर ४ राँचुली गाउँका उनीहरू अहिलेसम्म सम्पर्कविहीन छन् भने खोजी गर्न प्रहरी परिचालन गरिएको छ।, स्थानीय हेमराज शाहीको मृत्यु भएपछि शव घाटमा लिएर गएका मलामीहरू सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ। उनीहरू कुक...
सेतोपाटी संवाददाता कारको ठक्करले दाङमा एक जना महिलाको मृत्यु भएको छ।, कारले ठक्कर दिँदा घोराही उपमहानगरपालिका वडा नम्बर १० चारबगियाकी ७५ वर्षीया कुँवारी उपाध्यायको मृत्यु भएको प्रहरीले जनाएको छ।, डिएसपी राजन गौतमका अनुसार आइतबार साँझ ६ बजेतिर हापुरदेखि नारायणपुरतर्फ आउँदै गरेको कारले उपाध्यायलाई ठक्कर दिएको थियो।, कार...
सेतोपाटी संवाददाता उत्तरी गोरखामा पहिरोमा परेर घाइते भएका एक जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।, सुर्खेत घर भएका ४२ वर्षीय दीपक विकलाई उद्धार गरिएको हो।, केही दिनदेखिको अविरल वर्षाले गोरखाको चुमनुब्री गाउँपालिका–६ लोक्पामा पहिरो झरेको थियो। उक्त पहिरोमा परेर घाइते भएका उनलाई आइतबार हेलिकप्टरबाट उद्धार ...
सेतोपाटी संवाददाता हुम्लाको चंखेली गाउँपालिका–६ मा पहिरोले घर भत्किँदा चार जनाको मृत्यु भएको छ।, मेल्डाम डुमबाडा बस्ने मनबिर विकको घर माथिबाट आएको पहिरोले घर भत्काउँदा घरमा भएका ९ जनाको परिवारमध्ये चार जनाको मृत्यु भएको हो।, कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बेलुका ७ बजेतिर आएको पहिरोमा बिकको घर भत्किएको ...
सेतोपाटी संवाददाता तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण कर्णाली प्रदेशका जिल्ला जोड्ने सबै सडक अवरूद्ध भएका छन्।, जिल्ला जोड्ने मुख्य सडकहरूमा नेपालगन्ज-सुर्खेत जोड्ने रत्न राजमार्ग, साविकको कर्णालीका जिल्ला जोड्ने कर्णाली राजमार्ग, छिन्चु-जाजरकोट-डोल्पा सडक खण्ड, सुर्खेत–दैलेख सडक खण्ड निरन्तरको वर्षाका कारण आएको...
रासस नारायणी नदीको सतहले फेरि खतराको तह पार गरेको छ। बिहान घट्दो अवस्थामा रहेको नारायणीले बिहान ११ः५५ बजे फेरि खतराको तह पार गरेको हो।, देवघाट मापन केन्द्रमा नारायणीका तह ९.०८ मिटर पुगेको छ। यो क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ।, त्यस्तै नारायणी नदी पुल क्षेत्रमा पानीको सतह अहिलेसम्मकै धेरै १२ मिटर पुगेको छ। यहाँ ...
रासस चार दिनदेखि निरन्तर परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रूकम खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ।, सडक खण्डको निसीखोला गाउँपालिका–४ जिरीखोला, कालापैराखोला लगायत दर्जनौं स्थानमा माथिदेखि झरेको पहिराले सडक अवरूद्ध हुँदा सयौं यात्रु अलपत्र परेका छन्।, बुर्तिबाङ बजारदेखि छोटो तथा लामो दुरीमा सञ...
रासस कर्णालीको राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खानेपानी आपूर्ति बन्द गरेको छ। खानेपानीका सबै मुहानमा अत्यधिक बाढी आएका कारण आपूर्ति बन्द गरिएको हो।, संस्थाका प्राविधक शाखा प्रमुख इन्जिनियर बालाराम तिवारीले गएराति १२ बजेदेखि खानेपानी आपूर्ति बन्द गरिएको जानकार...
सेतोपाटी संवाददाता हामी सबैलाई थाहा भएकै कुरा हो, दाँत स्वस्थ राख्न माझ्नुपर्छ। तर पनि दाँतमा कीरा लागिरहेको हुन्छ। अरू समस्या पनि आउँछ। कतिले त निकालेरै फाल्नुपर्छ।, किन होला त? , किनकी हामीमध्ये धेरैले दाँत माझ्दा गल्ती गरिरहेका हुन्छौं। दाँत स्वस्थ राख्न कसरी माझ्नुपर्छ भन्ने जानेकै छैनौं। , सानोदेखि नै गर्दै आएको ...
सेतोपाटी संवाददाता चार दिनदेखि परेको अविरल वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवलमा तटबन्ध नै बगाएको छ।, बुटवल-११, बुद्धनगर, शिवालय टोललाई नदीबाट सुरक्षित बनाउन लगाइएको तटबन्ध र पर्खाल बाढीले बगाएको हो।, सो स्थानमा गत वर्ष पनि बाढीले क्षति पुर्‍याएपछि उपमहानगरपालिकाले ६० मिटरको तटबन्ध लगाएको थियो। तर बिहीबार रातिको बा...
सेतोपाटी मौसम पूर्वानुमान महाशाखाले देशका पूर्वी क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ। देशको पश्चिमी भूभागमा भने भारी वर्षा भइरहेको छ।, महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा अहिले भारी वर्षा भइरहेको छ। नवलपुरमा सबभन्दा बढी २७५ मिलिमिटर पानी प...
नारायण खड्का तीन दिनदेखि लगातार भइरहेको वर्षाका कारण दाङको देउखुरी क्षेत्र जलमग्न भएको छ। , राप्ती गाउँपालिका वडा नम्बर ५, ६ र ७ मा दुई सय ५० वटाभन्दा धेरै कच्ची घर डुबानमा परेका छन्। सयौं मानिस विस्थापित भएका छन्। , गाउँपालिकाको वडा नम्बर ६ मा घरहरू डुबानमा पर्दा छानामा बसेर हारगुहार गरिरहेका ६ जनालाई उद्धार गरिएको ज...
सेतोपाटी संवाददाता यो वर्षको नोबेल शान्ति पुरस्कार घोषणा भएको छ।, यो पुरस्कार यसपालि बेलारूसका मानव अधिकार कार्यकर्ता एलेस बिआलियात्स्कीका साथै रूस र युक्रेनका मानव अधिकार संस्थालाई संयुक्त रूपमा दिइने भएको हो।, पुरस्कार पाउने रूसको 'मेमोरियल' र युक्रेनको 'सिभिल लिबर्टिज' संस्था हुन्।, सम्मानको घोषणा गर्दै नोबेल पुरस्...
रासस भगवान रामचन्द्रको जन्मभूमि अयोध्याबाट शुक्रबार ‘रामराज्य रथ यात्रा’ महोत्तरीको सदरमुकाम जलेश्वरमा आएको छ।, श्रीरामदास मिसनको आयोजनामा भारत एवं नेपालको ६० दिने यात्राका लागि निस्केको ‘श्रीरामजीको दिग्विजय यात्रा’ शुक्रबार जलेश्वर आइपुगेको हो।, सयौं साधुसन्तसहित महोत्तरीको प्रमुख भन्सार नाका भिट्ठामोड आइपुगेको रथ य...
रासस/सिन्ह्वा पाकिस्तानमा यस वर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या एक हजार सात सय पुगेको छ।, यस प्रकोपको कारण पाकिस्तानमा १२ हजार आठ सय ६७ घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले बिहीबार राति जनाएको छ। , एनडिएमएले जारी गरेको प्रतिवेदनअनुसार देशमा छुट्टाछुट्टै वर्षा वा बाढीजन्य दु...
रासस तीन दिनको झरीसँगै शुक्रबार बिहानदेखि परेको भीषण वर्षाले राप्ती नदीको सतह ह्वात्तै बढेको छ।, योसँगै तटीय क्षेत्रका नागरिक त्रसित भएका छन्। वर्षाका कारण राप्ती नदीमा खतराको तह पार भई आकस्मिक साइरन बजेको छ। स्थानीय प्रशासनले बाढी आउने निश्चित भइसकेकाले अग्लो तथा आश्रयस्थलमा जान आग्रह गरेको छ।, वर्षाले बाँकेको कुसुमस...
रासस गत बुधबार साँझदेखि अविरल वर्षा भइरहेको छ। वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डमा पटकपटक पहिरो झरिरहँदा तनहुँ प्रहरीले सास्ती खेप्नुपरेको छ। , पूर्वमा आँबुखैरेनीदेखि पश्चिममा कोत्रेसम्मको करिब ७५ किलोमिटरभित्र पृथ्वीराजमार्ग क्षेत्रमा पर्छ। अविरल वर्षाका कारण छिनछिनमा पहिरो खस्ने क्रम नरोकिएपछि कठिनाइ भ...
रासस काठमाडौं उपत्यकामा फूलपातीदेखि आज शुक्रबार दिउँसोसम्म विभिन्न घटना/दुर्घटनामा परी सात जनाको ज्यान गएको छ।, मृत्यु हुनेमा चार पैदल यात्रु र तीन जना मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने भएको प्रहरीले जनाएको छ।, उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले चाडपर्वमा पनि सवारीस...
सेतोपाटी संवाददाता झापाको बिर्तामोडमा शुक्रबार साँझ परेको चट्याङ लागेर बिर्तामोड ३ सैनिकमोडमा एक बालिकाको मृत्यु भएको छ। स्थानीयवासीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो।, इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार बिर्तामोड नगरपालिका वडा नम्बर २ का रूपलाल हस्दाकी छोरी ११ वर्षीया सन्जु हस्दाको मृत्यु भएको हो।, बालिका...
नारायण खड्का मोटरसाइकल दुर्घटनामा परी दाङमा दुई जना सशस्त्र प्रहरीको मृत्यु भएको छ।, राप्ती गाउँपालिका वडा नम्बर ६ लठवाका ३६ वर्षीय सुलेश चौधरी र लमही नगरपालिका वडा नम्बर १ का ३५ बर्षीय लाहानु चौधरीको दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले सेतोपाटीलाई बताए।, उनीहरू दुवै जना सशस्त्र प्रहरी...
नारायण खड्का प्युठानमा शुक्रबार दिउँसो पहिरोले घर बगाउँदा बेपत्ता भएका ६ जनामध्ये एक जनाको शव फेला परेको छ।, माण्डवी गाउँपालिका वडा नम्बर ४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिँदा ६ जना बेपत्ता भएका थिए। ६ जनामध्ये एक जनाको शव भने साँझ फेला परेको माण्डवी गाउँपालिकाका अध्यक्ष नवराज अधिकारीले जानकारी दि...
रासस नेपालमा पछिल्लो पाँच दिनदेखि लगातार पानी परिरहेको छ। मनसुन सक्रिय रहेकाले अझै तीन दिन पानी पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार मनसुन न्यून चापीय क्षेत्रको असर कायमै रहेकाले केही दिन वर्षाको सम्भावना छ। आगामी मंगलबारदेखि मौसम क्रमिक रूपमा स...
सेतोपाटी संवाददाता केही दिनदेखिको अविरल वर्षाका कारण जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर पाँच जनाको मृत्युु भएको छ।, प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीका अनुसार दुई जना बेपत्ता छन् भने दुई जनाकाे गम्भीर अवस्थामा उद्धार गरिएको छ। उद्धार गरिएका दुई जनालाई उपचार निम्ति अस्पताल पठाइएको छ।, घट...
रासस त्रिभुवन राजपथको बाह्र घुम्तीमा केही बेरअघि सुख्खा पहिरो जाँदा हेटौंडादेखि काठमाडौंतर्फको यातायात अवरूद्ध भएको भैंसे प्रहरी चौकी मकवानपुरले जनाएको छ।, केही घन्टाभित्रै सुख्खा पहिरो हटाएर दुवैतर्फको यातायात सञ्चालन गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।, काठमाडौंबाट आएका र हेटौंडाबाट काठमा...
रासस गोरखाको मनास्लु इलाकाको न्याक गाउँमा आएको पहिरोका कारण बिहीबारदेखि अलपत्र परेका २ इजरायली र ६ नेपालीलाई नेपाली सेनाले उद्धार गरेको छ।, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, इजरायली नागरिक ओरी ओरअफ र यरीभ बोर्ट तथा तेम्बा गोथे, हुतेन लामा भोटे, पासाङ भोटे, पासाङ तामाङ, जनकराम राई र मिम्बा छिरिङ शेर्पालाई...
राजेश घिमिरे अविरल वर्षाले गलेको भिरबाट सडकमा लेदो खसिरहेको थियो। कतै ठूला चट्टान र गेगर झरेका थिए। सडक हिलाम्मे थियो, कतै सडकमै खोलो बगेको देखिन्थ्यो। यात्रुहरू घन्टौंदेखि सडकमा अलपत्र थिए। , वर्षायाममा यस्तै हुन्छ नारायणगढ–मुग्लिन सडकको हाल।, यसपालि त दसैंमा पनि सुखले यात्रा गर्न दिएन यो सडकले। केराबारी, सत्रकिलो र ...