content
stringlengths
20
64.1k
रासस पश्चिमी वायुका कारण आज देशका पहाडी भू-भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ।     , जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त प्रणालीका कारण देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ भने  प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्...
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' मा प्रस्तुत गरेको छ।,  , आजको शृंखलामा हामीले कात्तिक ५ देखि कात्तिक ११ गतेसम्म खिचिएका केही तस्बिर समेटेका छौं।, काठमाडौंको न्यूरोडमा सजाइएको झिलिमिली बत्तीअगाडि सेल्फी लिँदै। तस्...
सेतोपाटी संवाददाता खोटाङमा काकामाथि खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले भतिजलाई पक्राउ गरेको छ। , दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१३ हाबुभञ्ज्याङ बस्ने ४२ वर्षीय पत्थरमान राईलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो।, उनीमाथि आफ्नै ५९ वर्षीय काका मानबहादुरको हत्या गरेको आरोप छ। , आपसी वादविवादको क्रममा म...
सेतोपाटी संवाददाता दाङको तालमा डुबेर एक जनाको मृत्यु भएको छ।, जिल्लाको दंगीशरण गाउँपालिका वडा नं. ४ मौली गाउँका ६५ वर्षीय लवरु चौधरीको स्थानीय सिंचाईका लागि निर्मित तालमा डुबेर मृत्यु भएको हो।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार भैंसी गोठमा गएका चौधरी शुक्रबार बिहान ११ बजेतिर तालमा ड...
नवीनबाबु गुरूङ छठ मनाउन काठमाडौंको कमलपोखरी सजाउन थालिएको छ। , आइतबार परेको छठ पर्व मनाउन भक्तजनहरूले शनिबार कमलपोखरी सजाउन थालेका हुन्। , कमलपोखरीमा छठी देविको मूर्ति पनि राखिएको छ। यस्तै पोखरीका संरचनामा रंगरोगन तथा बत्तीले सजाइएको छ। , निष्ठापूर्वक ४ दिनसम्म मनाइने छठ पर्व भोलि (सोमबार) ‘नहाय खाए’ विधिबाट सुरू गरिन...
सेतोपाटी संवाददाता जुवा खेलेको आरोपमा ललितपुरको धापाखेलबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।  , ललितपुर महानगरपालिका-२३ धापाखेल बस्ने होमकुमार लावतीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-७ पिलाछे बस्ने ४८ वर्षीय नरेन्द्र महर्जन समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो।, प्रहरी वृत्त सातदोबाटो...
सेतोपाटी संवाददाता दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , तुलसीपुरस्थित मदनआश्रित चोकमा रा ७ प १६२९ नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ तुलसीपुर उपमहानगरपालिका-१७ मज्गैका का २४ वर्षीय रवि बस्नेतको मृत्यु भएको हो।, शुक्रबार बेलुका पौने ९ बजे तुलसीपुर उपमहानगरपालिका-६ को मदन आश्रित चोक नजिकै अनियन्त्रीत भ...
सेतोपाटी संवाददाता कालिकोटमा बम विस्फोट हुँदा २ जना बालिकाको मृत्यु भएको छ।, शनिबार बिहान करिब ८ बजे कालिकोटको तिलागुफा नगरपालिका-१० रानावाडास्थित कोदोबारीमा बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जयश्वर रिमालले जानकारी दिए।, उनका अनुसार बम विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ।, तिलागुफा नगरपालिका-१० बस्ने ४...
डा. ऋचा अमात्य, मानसिक रोग विशेषज्ञ डिप्रेसन भन्नाले मनमा निरासापन हुनु र निरासपनको भावनालाई बुझिन्छ। कहिलेकाहीँ मानिस सानो कुराले पनि यत्तिकै निरास हुन्छ।, कहिलकाहीँ रून मन लाग्छ। आफूले सोचेजस्तो परीक्षा नभएमा विद्यार्थीहरूमा निरासापन आउँछ। आफूले भनेजस्तो भएन भने, काममा धेरै तनाव भयो भने, सम्बन्धमा समस्या आयो भने, अन...
सेतोपाटी संवाददाता  , डेंगीको संक्रमणका कारण रूपन्देहीका पत्रकार टेक मास्की रानाको निधन भएको छ।  ३० वर्षदेखि रुपन्देहीलाई कार्यक्षेत्र बनाएर पत्रकारितामा क्रियाशील रानाको बुधबार बिहान निधन भएको हो।, डेंगी संक्रमणसँगै जण्डिस, निमोनिया र मिर्गौलामा समेत समस्या देखिएपछि उनलाई असोज २६ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलम...
मधुकर अधिकारी अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ। त्यसमाथि वैधानिक तबरले ग्रीन कार्ड हुँदै नागरिक बन्न अनेक प्रक्रिया पूरा गर्नुपर्छ। यसरी अमेरिकाको नागरिक भइसकेपछि पनि यहाँको परिवेशलाई पच्छयाउँदै राजनीतिमा सक्रिय हुन र उमेदवार बनेर निर्वाचनमा निर्वाचित हुन पहिलो पिँढीका आप्रवासीका लागि सङ्घर्षका अनेक...
रासस प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पुर्‍याउने भन्दै सरकारले कोटा निर्धारण गर्छ। तर डोल्पामा विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल पुग्न सकेको छैन।, सरकारी कोटा प्रणाली तोकिए पनि उपल्लो डोल्पाका नागरिकले खाद्यान्न र आयोडिनयुक्त नुन नपाउने अवस्थाका कारण स्थान...
एजेन्सी संसारकै फोहोरी मान्छेको उपनाम पाएका इरानका अमाउ हाजीको ९४ वर्षको उमेरमा मृत्यु भएको छ।, इरानी सञ्चारमाध्यमका अनुसार इरानको दक्षिणी प्रान्त फार्सको देज्गाह गाउँ गत आइतबार उनको मृत्यु भएको हो।, हाजीले ५० वर्षसम्म पानीले आफ्नो शरीर नुहाएका थिएनन्। केही महिनाअघि गाउँलेहरूले उनलाई नुहाउन प्रोत्साहन गरेका थिए। नुहाए...
नवीनबाबु गुरूङ चन्द्रमासअनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत् ११४३ लाई आज बिहान सूर्योदयसँगै स्वागत गरिएको छ।, नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। बिहान सूर्योदयसँगै नयाँ वर्ष सुरू भएको खुसीयालीमा अहिले राजधानी काठमाडौंमा विभिन्न स्थानमा शुभकामना र्‍याली निकालिएको छ।, यस संवतलाई नेवार समुद...
सेतोपाटी संवाददाता अभिनेत्री प्रियंका कार्कीको घरबाट नगद र सुनका गरगहना चोरी भएको छ। ललितपुरको भैंसेपाटीस्थत उनको घरबाट लक्ष्मीपूजाको राति चोरी भएको हो।, ललितपुर प्रहरी प्रवक्ता एसपी सूर्यविक्रम शाहीका अनुसार कार्कीले लक्ष्मीपूजाको साँझ खाना खान बाहिर गएका बेला घरबाट नगद ३० हजार र ५-७ तोला सुनका गहना चोरी भएको उजुरी द...
सेतोपाटी संवाददाता रोल्पामा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ।, जिल्लाको गंगादेव गाउँपालिका- ७ आराखोलाका २२ वर्षीय अमर बिकको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेले बताए।, पैदल हिँडिरहेका बिकको मंगलबार बेलुका साढे ६ बजेतिर स्थानीय भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको डिएसपी घिमिरेले जानकारी ...
रासस लिंगे पिङबाट लडेर १८ वर्षीय युवकको मृत्यु भएको छ।, दैलेखको नारायण नगरपालिका–६ काँडाचौर बसपार्कमा पिङ खेल्ने क्रममा लडेर सोही वडा बस्ने १८ वर्षीय नवराज बोगटीको मृत्यु भएको हो।, पिङ खेल्न सुरू गरेलगत्तै दुईपटकसम्म पिङमा मच्चिएका उनी एक्कासि लडेका थिए।, स्थानीयले उनको उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेख लगे...
नारायण खड्का रोल्पामा बुधबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।, रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ सेवा केन्द्रनजिकै जुगेखोलामा भएको जिप दुर्घटनामा परी एकै घरका दाजुभाइसहित तीन जनाको ज्यान गएको जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले सेतोपाटीलाई जानकारी दिए।, मृत्यु हुनेमा घोराही...
रासस महिलाको तस्बिर दुरूपयोग गरी गैरकानुनी कार्य गर्ने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।, प्रहरीको साइबर ब्युरोले पीडित महिला र सम्मानित व्यक्तिको तस्बिर दुरुपयोग गरी सार्वजनिक नैतिकता र शिष्टाचारविरूद्धका सामग्री सामाजिक सञ्जालमा लेखी चरित्रहत्या गर्ने तनहुँ शुक्लागण्डकी नगरपालिका–८ का रवीन्द्र भण्डारीलाई पक्र...
भगवती पाण्डे सरकारले पटका, झिरझिरे लगायत पड्काउन र बाल्न प्रतिबन्ध लगाए पनि बुटवलमा कार्यान्वयन हुन सकेको छैन। , तिहार सुरू भएसँगै बजार तथा गाउँगाउँमा पटका र झिरझिरेको आतंक नै सिर्जना हुने गरेको छ। भारतीय खुला सीमा-नाकाको फाइदा उठाउँदै गैरकानुनी रूपमा भित्र्याइने यी सामग्रीको बिक्री-वितरणमा स्थानीय प्रशासन भने बेखबर ब...
सेतोपाटी संवाददाता पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिकामा यात्रुबाहक बसको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।, मोटरसाइकलमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन्। उनको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।, पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १-०१-०१२ प ४९९६...
रासस उदयपुर जिल्लाको दुइटा स्थानमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।, जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार गए राति नगरपालिका–१ स्थित श्रवनचोकमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सोही स्थान बस्ने ३७ वर्षीय धनबहादुर तामाङको मृत्यु भएको छ।, प्रहरीका अनु...
डा. प्रकाश श्रेष्ठ जाडोमा विशेषगरी दीर्घ रोग हुनेहरूले ध्यान दिनुपर्छ। त्यसमा पनि बाथ, स्वासप्रश्वास सम्बन्धी दम र मुटुका रोगीहरूले अझै बढी ध्यान दिनुपर्छ। जब जाडोयाम सुरू हुन्छ, स्वासप्रश्वासका लागि प्रयोग हुने नलीहरू खुम्चिने गर्छ।, नलीहरू खुम्चिसकेपछि मुरलीको जस्तै आवाज आउँछ। त्यो आवाज आउनु भनेको दम बल्झिनु हो। दमक...
पूर्णप्रसाद मिश्र प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्।, यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्...
एजेन्सी इन्डोनेसियामा हराइरहेकी एक जना महिलाको शव सर्पको पेटभित्र भेटिएको छ।, द गार्डियनका अनुसार सुमात्रा टापुमा पर्ने  जाम्बु प्रान्तकी ती महिला रबर खेतीमा काम गर्थिन्।  ५४ वर्षकी जहरा आइतबार बिहान काम गर्न घरबाट हिँडेकी थिइन्। साँझ उनी घर नफर्किएपछि श्रीमानले उनको खोजी थालेका थिए। बारीमा उनले श्रीमतीका चप्पल, ज्याक...
सेतोपाटी संवाददाता जुवा खेलेको आरोपमा काठमाडौंको पैयाटारबाट ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।, बुधबार राति पौने १२ बजे तार्केश्वर नगरपालिका पैयाटारस्थित भिमबाबु केसी घरबाट ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए।, उनीहरूबाट १६ थान कौडा र २ लाख ८६ हजार ६८० रुपैयाँ बरामद भएको छ।, प...
रोहित महतो महोत्तरीको भंगहा नगरपालिकामा दुई पक्षबीच भएको झडपले उग्र रूप लिएपछि कर्फ्यू जारी गरिएको छ।, बिहीबार बिहानैदेखि हिन्दु सेना सम्राटका कार्यकर्ता बताउने समूह र मुस्लिम समुदायबीच दिनभर झडप हुँदा अनिश्चित कालका लागि कर्फ्यू जारी गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी चन्देश्वर यादवले जानकारी दिए।, उनका अनुसार ...
सेतोपाटी संवाददाता कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, बुधबार लम्कीचुहा नगरपालिका-४ बलियाका १९ वर्षीय कमल बजगाईंको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।, तिहारको झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर बजगाईं घाइते भएका थिए।  , घाइते बजगाईंलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको जिल्...
रासस नारायणगढको सहिदचोकबाट बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचेचोक पुग्ने सडक निर्माण अलपत्र परेको छ। ठेकेदार कम्पनीले विभिन्न बहाना बनाउँदै निर्माणमा ढिलाइ गरेका कारण सडक निर्माण अलपत्र परेको हो।, सडक निर्माणका लागि चार वर्षमा तीन पटक म्याद थप गरिएको छ। यो अवधिमा सडक निर्माणको ७५ प्रतिशतमात्र काम भएको छ। सडक निर्माणको बाँ...
नवीनबाबु गुरूङ नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ। टीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा भए पनि दाजुभाइहरूले दिदीबहिनीबाट टीका ग्रहण गर्न सुरू गरिसकेका छन्। , आफ्ना दाजुभाइ र दिदीबहिनी नहुनेहरूले काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा टीका लगएका छन्। बालगोपालेश्वर मन्दिर व...
रासस हिन्दू धर्मावलम्बीको दोस्रो महान् पर्व तिहार (दीपावली)मा खेलिने देउसीभैली मानव संस्कृति, सभ्यता र समाजको वास्तविक चित्रसँग अन्तरसम्बन्ध राख्दछ। यसले नेपाली हिन्दू समाजको संस्कृति बोल्छ, मौलिकताका गीत गाउँछ र आफ्नोपन सबैमाझ भिज्ने गरी प्रकट गर्दछ।, यो मनोरञ्जन मात्र होइन, परम्परा, संस्कृति र इतिहास हो। यद्यपि पछिल...
रासस चिसो मौसम सुरू भएसँगै कुहिरोले दमौली बजारलाई छोप्छ। घामको किरण सुरू भएसँगै कुहिरो बिस्तारै फाट्छ। अनि दमौली बजार छर्लङ्ग देखिन्छ। साथमै देखिन्छ सुन्दर हिमश्रृङ्खला।, चिसो मौसम सुरू भएसँगै आन्तरिक पर्यटक कुहिरो र सूर्योदय हेर्न तनहुँको व्यास नगरपालिका-५ मानुङकोट पुग्ने क्रम बढेको छ। पर्यटकीय गन्तव्यस्थलको रूपमा वि...
नवीनबाबु गुरूङ यमपञ्चकको दोस्रो दिन सोमबार कुकुर तिहार कुकुरको पूजा गरी मनाइएको छ।, हिन्दु परम्परा अनुसार कार्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बहान कुकुरको पूजा गर्ने गरिन्छ। मानिसको निकट साथीको रूपमा मानिने कुकुर आज्ञाकारी र रक्षक भएकाले यसको पूजा गर्ने प्रचलन रहिआएको हो।, यसै अवसर पारेर नेपाल  आर्मी र नेपाल प्रहरीले ...
सेतोपाटी संवाददाता काठमाडौंको थापाथली क्षेत्रमा पानीपुरी बिक्री गर्दै आइरहेकी लमजुङकी ३४ वर्षीया सर्मिला तामाङको ठेलालाई केही दिनअघि नगर प्रहरीले हटाइदियो।, तामाङले आफ्नो पाखुरामा स्टिल राखिएको र अपरेशन गरी झिक्न पैसा नभएकोले ठेलामा पानीपुरी व्यापारबाटै पैसा संकलन गरी उपचार गर्ने भएकोले व्यापार गर्न दिन नगर प्रहरीसमक्...
रासस नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।, महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो।, दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थु...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि कोरोना ओमिक्रोनको सव-भेरियन्ट (एक्सबिबि) का संक्रमित पहिलो पटक पहिचान भएको बताएको छ।, यो भेरियन्ट हाल विभिन्न देशमा फैलिरहेको र कोरोनाको संक्रमण बढिरहेको देखिएको पनि मन्त्रालयले आइतबार निकालेको विज्ञप्तिमा उल्लेख छ।, मन्त्रालयले गत साउन २१ देखि असोज १४ ...
रासस प्रहरीले काठमाडौंका विभिन्न स्थानमा जुवातास र कौडा खेल्ने ६२ जनालाई पक्राउ गरेको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न स्थानमा जुवातास खेलेको अभियोगमा रु ९ लाख १२ हजार ८० नगदसहित ६२ जनालाई पक्राउ गरेको बताए।, पक्राउ परेकामध्ये ९ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएक...
अनुषा अधिकारी आज कुकुर तिहार। मान्छेको असल जनावर साथी पुज्ने दिन। तर के कुकुर र मान्छेबीच सधैं यस्तै निकट सम्बन्ध थियो? यिनीहरू कहिलेदेखि घरमा पालिन थालिए?, कुकुरलाई संसारभरि मान्छेको निकट साथीका रूपमा लिइन्छ। घरको रक्षा गर्नु, चोरबाट खबरदारी गर्नु, प्रहरीलाई अपराधी पत्ता लगाउन सघाउनु वा उहिले–उहिले शिकारीलाई जंगलमा स...
एजेन्सी कोरियन एयरलाइन्सको एउटा जहाज अवतरणको क्रममा आइतबार राति फिलिपिन्सको विमानस्थलमा धावनमार्गबाट निस्किएर घाँसे मैदानमा जोतिएको छ।, समाचार संस्था रोयटर्सका अनुसार दक्षिण कोरियाको इन्छन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एयरबस ए३३० जहाजले आइतबार मध्यराति फिलिपिन्सको सेबु अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्डि ङका क्र...
सेतोपाटी संवाददाता सोमबार साँझ काठमाडौंको बालाजुमा आगलागी भएको छ। , तारकेश्वर नगरपालिकाको लोलाङ हाइट, बालाजुमा रहेको एक जुत्ता कारखानामा आगो लागेको प्रहरी जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, उनका अनुसार कारखानासँगै जोडिएका केही सटरहरूमा पनि आगलागी भएको छ। आगलागी सोमबार साँझ ६...
रासस नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा ओमिक्रोन सबभेरियन्टको ‘एक्सबिबी’ पहिचान भएको बताए।, उनका अनुसार देशका विभिन्न ठाउँबाट गत साउन २१ देखि असोज २४ गतेसम्म कोरोना भाइरस भएका संक्रमितबाट नमूना संकलन गरेर जिनोमिक पहिचान गर्द...
रासस प्रायःसहरी क्षेत्रमा रहरमा कुकुर पाल्ने गरिन्छ। आर्थिक रूपमा सम्पन्न व्यक्तिले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन्। यसरी पालन गरिने कुकुरको भूमिका खास नभए पनि ग्रामीण भेगका गोठमा पाल्ने कुकुर भने गोठालाका सुरक्षाको भरोसा बन्ने गरेका छन्।, परम्परागत रूपमा घुम्ती गोठ राखेर गरिने पशुपालनमा कुकुर गोठालाका सारथी बन्न...
नवीनबाबु गुरूङ तिहारको आज महत्वपूर्ण दिन हो। आज नेपालीहरूको घर-घरमा लक्ष्मीपूजा गरिँदैछ।, लक्ष्मीपूजासँगै नेपालीहरूले साँझ दिपावली गरेर घर गाउँसहर झिलिमिली पारेका छन्। , देशको संघीय राजधानी काठमाडौं यति बेला दीपावलीले झलमल्ल बनेको छ। , घर, पसल, कार्यालय सबै ठाउँमा दीपावलीसँगै काठमाडौं सहर यति बेला झलमल्ल बलेको छ।, दीप...
रासस हाल देशमा पश्चिमी वायुको समान्य प्रभाव रहनुका साथै पूर्वी नेपालमा बङ्गालको खाडीमा विकसित न्यून चापीय क्षेत्र ‘सित्रङ्ग’ अप्रत्यक्ष आंशिक प्रभाव रहेको छ।, उक्त मौसमी प्रणालीको प्रभावले आज मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले ...
सेतोपाटी संवाददाता कैलालीमा थ्रेसरमा परेर एक जनाको मृत्यु भएको छ।, सोमबार कैलारी गाउँपालिका-३ भर्रीटोलकी ४५ वर्षीया बिना चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो।, खेतमा काटेको धान हाल्ने क्रममा उनको कपडा बेरिएर थ्रेसरमा परेको थियो। कपडापछि उनी पनि थ्रेसरमा परेकी थिइन्।, उनको घटनास्थलमै मत्यु भएको जिल्ला प्रहरी कार्यालय...
रासस कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। , गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्...
रासस दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा सोमबार दुई जनाको मृत्यु भएको छ।, मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका-२२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका-९ निवासी १४ वर्षीय शिवराज यादव रहेको प्रहरीले जनाएको छ ।, दुबै जना आफ्नै घरमा दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने ...
नवीनबाबु गुरूङ कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। , गाईको गलामा फूलको माला र टाउकोमा टीका लगाएर पूजा गरिएको छ। , गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईला...
सेतोपाटी संवाददाता सिरहा प्रहरीले १५ लाख मूल्य बराबरको पटका तथा पटकाजन्य पदार्थ नष्ट गरेको छ।, सिरहा प्रहरीका अनुसार भारतबाट केही दिनअघि नेपाल भित्र्याइएको उक्त पटाका प्रहरीले बरामद् गरेको थियो।, बरामद भएको पटका मंगलबार स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको हो।, प्रहरीले तिहारका बेला पटका नपड्काउन भनेको छ। , प्रह...
सेतोपाटी आज खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।, ग्रहणले अपरान्ह ४ः५२ बजे स्पर्श गर्ने छ। ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए।, करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उनले बताए। ...
सेतोपाटी संवाददाता दाङको घोराहीमा फर्निचर उद्योग र सो रूमहरूमा आगलागी हुँदा करोडौंको क्षति भएको छ।, बिजुली सर्ट हुँदा सोमबार मध्यरातमा आगो लागेको थियो। घोराही उपमहानगरपालिका-१५ उमेशमार्गमा रहेका तीन वटा फर्निचर उद्योगमा एकै साथ आगो लागेपछि स्थानीय त्रसित बनेका थिए।, आगलागीबाट तीन फर्निचर उद्योग, एउटा सो रूम पूर्ण रूपम...
नारायण खड्का दाङको दंगीशरण गाउँपालिका-२ का २२ वर्षीय कृष्ण शाह रूपन्देहीको बुटवलस्थित कृषि सहकारी संस्थामा कार्यरत छन्।, तिहार आइसकेकाले कृष्णकी १६ वर्षीया बहिनी रमाले उनलाई छिट्टै आउन भनेकी थिइन्। आमाबुवाका उनीहरू दुई सन्तान मात्र हुन्। कृष्ण अविवाहित छन्।, बहिनी रमासँग टीका लगाउने उत्साहसहित कृष्ण गाउँ फर्किएका थिए।...
सेतोपाटी संवाददाता दार्चुलामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, मंगलबार ब्यास गाउँपालिका– ५ धौलाकोटमा ट्र्याक्टर दुर्घटनाबाट चालकको मृत्यु भएको हो।, ब्यास गाउँपालिका–४ डोकटबाट सदरमुकाम आइरहेको सु प प्र ०२००१० च १४४७ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो।, दुर्घटनामा सोही गाउँपालिकाको ४ नम्बर वडाका अन...
सेतोपाटी संवाददाता गत असोजको अन्तिम सातामा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युत गृहमा क्षति पुर्‍याउँदा कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतविहीन बनेको छ।, गत असोज १९-२५ गतेसम्मको भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका-४ स्थित विद्युत गृहको ११०० मिटर लामो नहरमध्ये झन्डै ७०० मिटरमा क्षति पुर्‍या...
सेतोपाटी संवाददाता कैलालीमा कोठामा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एक पुरूषको मृत्यु भएको छ। , गौरीगंगा नगरपालिका–५ अण्डैया शिविरका ४० वर्षीय गणेश सिजाली मगरको मृत्यु भएको प्रहरीले जनाएको हो।, प्रहरीका अनुसार घरको कोठामा बत्ती बाल्ने क्रममा उनको बायाँ हातमा करेन्ट लागि गम्भीर भएका थिए।, घाइतेको उपचारका क्रममा मृत्यु ...
पूर्णप्रसाद मिश्र/रासस प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरू भएको छ।, कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।, यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग तिहार...
सेतोपाटी संवाददाता कैलालीमा ड्युटी गरिरहेका प्रहरीलाई बसले ठक्कर दिँदा मृत्यु भएको छ।, शुक्रबार साँझ इलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत हवल्दार ३६ वर्षीय नेत्रप्रसाद जैसीलाई बसले ठक्कर दिँदा मृत्यु भएको हो।, उनलाई धनगढीबाट पूर्व जान लागेको बसले चिसापानी आउने क्रममा ठक्कर दिएको हो।, घटनाबारे थप अनुसन्धान भइरहेको ...
सेतोपाटी संवाददाता सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने तिहारको समयमा रातको नौ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीले अनुरोध गरेको छ।, जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार विज्ञप्ति जारी गरी आफ्नो चिनजान भएको स्थानमा मर्यादित एवं सभ्य तवरले रातको नौ बजेसम्म देउसीभैलो खेल्न अनुरोध गरेको हो।, परिसर काठमाडौ...
सेतोपाटी संवाददाता सशस्त्र प्रहरीको गाडी दुर्घटना हुँदा कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ।, जीतपुरदेखि तौलिहवातर्फ जाँदै गरेको सशस्त्र प्रहरीको ट्रक शुक्रबार साँझ बाणगंगा नगरपालिका वडा नम्बर ३ सिउटीमा दुर्घटनामा परेको हो।, उक्त दुर्घटनामा परी साइकलमा सवार यात्रुसहित एक जना सशस्त्र प्रहरीको मृत्यु भएको प्रहरीले जनाएक...
सेतोपाटी संवाददाता पर्सामा हात्तीको आक्रमणबाट एक जना युवकको मृत्यु भएको छ।, शुक्रबार दिउँसो सवा २ बजे ठोरी गाउँपालिका-५ सुवर्णपुरमा जंगली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक गिरीले जानकारी दिए।, बारा जितपुर सिमरा उपमहानगरपालिका-५ डुमरवाना बस्ने ३१ वर्षीय रमेश महराको मृत्यु भएक...
सेतोपाटी संवाददाता यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौंको रत्नापार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ हुने भएको छ।, रत्नापार्कस्थित शान्तिवाटिकामा कात्तिक ६ गते बिहान ६ देखि ७ बजेसम्म १९औँ काग सम्मेलन हुन लागेको हो। सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ...
रासस पर्वतको कुश्मा नगरपालिकाले सामुदायिक विद्यालयबाट एसईईमा ‘ए’ प्लस अङ्क ल्याएर उत्तीर्ण हुने विद्यार्थीलाई मासिक भत्ता दिने भएको छ।, नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको हो। कुश्मा नगरपालिकाले विद्यार्थीहरुको पढाइप्रतिको लगाव बढाउन तथा सामुदायि...
डा.अरूण शाही हाम्रो समाज वा परिवारमा कोही न कोही स्तन क्यान्सरसँग लडिरहेकै हुन्छन्। किनकि, अधिकांश गाउँ, टोल या सहरमा यो रोग नभएको व्यक्ति भेटिन मुस्किल हुन्छ।, तथ्यांकले पनि  यसलाई थोरबहुत पुष्टि गर्छ। विश्वमा महिलामा हुने क्यान्सर मध्ये स्तनक्यान्सर पहिलो नम्बरमा छ। नेपालमा भने पाठेघरको मुखको क्यान्सरपछि यो दोस्रो न...
सेतोपाटी संवाददाता दाङको बबई नदीमा नुहाउने क्रममा शनिबार दिउँसो दुई बालिका बेपत्ता भएका छन्। , जिल्लाको दंगीशरण गाउँपालिका वडा नं. २ की १३-१४ बर्षीया रमा शाह र सल्यान दामाचौर – १ की १५ वर्षीया गोमा चन्द बगेर बेपत्ता भएका हुन्। , चन्द आफन्तको घरमा पाहुना आएकी थिइन्। , इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्...
सेतोपाटी संवाददाता हरेक पाँच वर्षमा सिंहदरबार पस्ने पात्र फेरिरहेका छन् तर अवस्था उही छ। बाहिर चिटिक्क सिंगारिए पनि सिंहदरबार भित्रका दृश्यहरू फेरिन सकेका छैनन्।, न काम गर्ने शैली फेरिएको छ, न त त्यसको इतिहास बचाउन कसैको ध्यान पुगेको नै छ। वि.सं.२०७२ वैशाख १२ गतेको भूकम्पपछि भत्किएका संरचनाहरूको अझै पुनःनिर्माण राम्रो...
नवीनबाबु गुरूङ तिहारले लगभग नेपालीहरूलाई छोपिसकेको छ। बजारमा किनमेल गर्नेदेखि घर, पसल सजावटको काममा मानिसहरू व्यस्त छन्।, हर्ष र उल्लासको पर्व तिहार ५ दिनसम्म मनाइन्छ। तिहारलाई झिलिमिली बत्तीको पर्व, दिपावली पनि भनिन्छ।, तिहार ढोकैमा आइसक्दा काठमाडौका विभिन्न व्यापारिक केन्द्र, घर, टोलमा झिलिमिली देखिन थालिसकेको छ।, क...
रासस डेंगीका कारण थप एक जनाको मृत्यु भएको छ। हालसम्म डेंगीबाट ५२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। गत साउनदेखि हालसम्म ४३ हजार छ सय ८५ जना सम्भावित डेंगीको बिरामी देखिएको मन्त्रालयको तथ्याङ्क छ। मुलुकका ७७ वटै जिल्लामा डेंगी फैलिएको मन्त्रालयले जनाएको छ।, शनिबार ४३ जनामा कोरोना सङ्क्रमण प...
नारायण खड्का तुलसीपुरमा दुई जना किशोरकिशोरीको हत्या भएको एक हप्तापछि प्रहरीले पक्राउ परेकामध्ये दुई जनाविरूद्ध मुद्दा चलाउन सिफारिस गर्ने अन्तिम तयारी गरेको छ।, सबैभन्दा पहिला पक्राउ परेका टिपर चालक र उनका सल्यानका साथीविरूद्ध किटानी जाहेरीसहित प्रहरीले उनीहरूबिरूद्ध मुद्दा चलाउन सरकारी वकिल कार्यालयसमक्ष सिफारिस गर्न...
सेतोपाटी संवाददाता १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।, प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै उनलाई थप हिरासतमा राख्न आइतबार अदालतसँग अनुमति मागेको थियो। यससँगै अदालतले उनलाई दुई दिन हिरासतमा रा...
सेतोपाटी संवाददाता आज काग तिहार मनाइँदैछ। काग तिहार कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाउने गरिन्छ।, कागलाई यमराजको दूतका रूपमा मीठा खानेकुरा दिएर काग तिहार मनाउने गरिन्छ।, यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ।, कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर...
नवीनबाबु गुरूङ आजदेखि तिहार सुरू भएको छ। आज घरघरमा काग तिहार मनाइँदैछ।, तिहारमा हरेक दिन विभिन्न पूजा गरिन्छ। तिहारमा हुने पूजामा फूलको विशेष प्रयोग हुन्छ। त्यसैले पनि तिहारलाई फूलै फूलको पर्व पनि भन्ने गरिन्छ।, तिहारमा फूलको खपत धेरै हुने भएपछि किसानहरूले फूलको व्यवसायिक खेती नै गर्छन्।, काठमाडौं उपत्यका वरपर पनि फूल...
सेतोपाटी संवाददाता युएनडिपी संसद सहयोग परियोजनाको सहयोग र नेपाल सेन्टर फर सेक्यूरिटी गर्भर्नेन्सको आयोजनामा संसदीय लोकतन्त्र र पत्रकारिता विषयक ३ दिने कार्यक्रम सम्पन्न भएको छ।, देशका सात वटै प्रदेश र संघीय संसदमा केन्द्रित रहेर पत्रकारिता गर्ने पत्रकारहरुको क्षमता अभिवृद्धि मार्फत संसदीय लोकतन्त्र र संघीयता सुदृढिकरण...
रासस कार्तिक कृष्ण त्रयोदशीको साँझ आज यमदीपदान सुरु गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको छ।, कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीपदान गरिन्छ।, यमदीपदान परिवार सदस्य सङ्ख्याका आधारमा प्रत्येकको छुट्टछुट्टै दिनुपर्ने धर्मशास्त्रविद् रामचन्द्र गौतमले बताए। यमद...
सेतोपाटी संवाददाता ललितपुर महानगरपालिकाले आजदेखि फुटपाथमा पसल राख्न दिने भएको छ।, पैदल यात्रुलाई असर गरेको भन्दै यसअघि सडक किनारमा राखिएका फुटपाथ पसल हटाएको महानगरले तिहारलाई लक्षित गरी पसल राख्न दिने भएको हो।, स्थानीयले उत्पादन गरेका फूल, रङ, कपडा, जुत्ता चप्पललगायत तिहार लक्षित सामग्री राखेर पुटपाथमा आजदेखि तिहारभरि...
रासस पर्वत ग्याँदीकी धनमाया नेपाली आजभोलि बागलुङ बजारको चोकचोक र गल्लीगल्लीमा भेटिन्छन्। काँधमा ढाको र हातमा पोकापुन्तुराका साथमा भेटिने उनले फलफूल बेच्छिन्। उनको कथा भने नमीठो छ। उनले चोकचोक र गल्लीगल्लीमा बसेर फलफूल बेच्न थालेको १६ वर्ष भयो। यसरी फलफूल बेच्नु उनका रहर होइन। पोखराबाट सुरू भएको फलफूल बेच्ने यात्रा म्य...
सेतोपाटी संवाददाता न्यूरोडस्थित पसलहरूमा व्यापारीले तिहारका लागि राखेको झिलिमिली काठमाडौं महानगरपालिकाले हटाइदिएको छ।, पसल सजावटको लागि राखिएका फूल गेट र झिलिमिलीले सर्वसाधारणलाई बाटो हिँड्न कठिनाइ भएको भन्दै महानगरले आज हटाएको हो।, काठमाडौं महानगरका प्रहरी उपरीक्षक राजु पाण्डेले न्युरोड क्षेत्रका पसल अगाडि राखिएका फू...
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथा, पारलैंगिक पुरुष एलिन भण्डारीले २१ वर्ष हुँदादेखि हर्मोन औषधि खान थालेका हुन्। सामाजिक सञ्जालमार्फत पहिलोपटक उनले हर्मोनबारे थाहा पाएका थिए।, त्यति बेला यसबारे धेरै जानकारी नभए पनि विदेशी साथीहरूले उनलाई खाँदा राम्रो हुने सल्लाह दिएका थिए। त्यसअघि उनले ललितपुको...
सेतोपाटी संवाददाता दाङको बबई नदीमा डुबेर बेपत्ता रहेका दुई बालिकाको शव २४ घन्टापछि फेला परेको छ। , दंगीशरण गाउँपालिका वडा नं. २ की १४ वर्षीया रमा शाह र सल्यान दामाचौर– १ की १५ वर्षीया गोमा चन्द नुहाउने क्रममा शनिबार दिउँसो १ बजेतिर बगेर बेपत्ता थिए। सल्यानकी चन्द आफन्तको घरमा गएकी पाहुना हुन्। , तुलसीपुर उपमहानगरपालिक...
सेतोपाटी संवाददाता काठमाडौं महानगरले डोजर लगाउँदै आएको टुकुचा सुरूङ उत्खनन् गर्न नपाउने पुरातत्व विभागले ठहर गरेको छ।, पुरातत्वविद् भाष्कर ज्ञवालीको संयोजकत्वमा बनेको विज्ञ समितिले टुकुचाको संरक्षण गर्नुपर्ने भनी प्रतिवेदन बुझाएको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए।, ‘समितिले बुझाएको प्रतिवेदनमा म...
समिक्षा अधिकारी आर्काइभः, काग, यमराजको दूत। तिहारको पहिलो दिन कागपूजा गरी खानेकुरा खुवाउने चलन छ। उसो त नेपाली समाजमा कागलाई खबरवाहकका रूपमा पनि लिइन्छ। आफन्त, नातेदार दिवंगत भए, कोही पाहुना आउने भए, बार्दली या रूखमा बसेर सन्देश दिन्छ भन्ने मान्यता अझै छ।, हिन्दू धर्मकथाअनुसार यमराजलाई बहिनी यमुनाले कागमार्फत् नै पहिल...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले अनधिकृत फोहोर फाल्नेलाई कारबाही गरी ४ लाख रुपैयाँ जरिवाना संकलन गरेको छ। , राति फोहोर फाल्नेलाई कारबाही गरी ४ लाख ५ सय रुपैयाँ जरिवाना रकम संकलन गरेको महानगरपालिकाले जनाएको छ।, सडक तथा नदी किनाराजस्ता सार्वजनिक स्थलमा घरको फोहोर बोकेर फाल्न आउने व्यक्ति, व्यवसायी तथा संस्थाका...
रासस नेपालमा अत्यन्त दुर्लभ मानिएको राज गोमन (किङ कोब्रा) सर्प पछिल्लो समय नेपालको मध्यपहाडी क्षेत्रमा फाटफुट देखिन थालेपछि सर्पसम्बन्धी विज्ञहरूले यसको संरक्षण गर्नुपर्ने भन्दै छलफल सुरू गरेका छन्।, अत्यन्त विषालु प्रजातिको सर्प भए पनि नेपालमा भने यसले मानिसलाई टोकेको जानकारी नभएको विज्ञहरू बताउँछन्। वन्यजन्तु संरक्ष...
नवीनबाबु गुरूङ यस वर्षको तिहार आइतबारदेखि सुरू हुँदैछ। तिहार नजिकिँदै गर्दा बजारमा चहलपहल र झकिझकाउ सुरू भइसकेको छ।  तिहार नजिकिएसँगै बजारमा मानिसहरूको भीड लाग्न थालेको छ।, काठमाडौंको निकै व्यस्त रहने बजार असन, इन्द्रचोक, न्युरोड क्षेत्रमा तिहारका लागि चाहिने सामग्री बिक्री हुन थालिसकेका छन्।, व्यापारीहरूले विशेष गरेर...
रासस कात्तिक ८ गते मंगलबार कात्तिक कृष्ण औंसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।, ग्रहणले अपराह्न ४ः५२ बजे स्पर्श गर्ने छ। ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।, करिब ३२ मिन...
सेतोपाटी संवाददाता बझाङमा एक युवक मृत फेला परेका छन्। , मष्टा गाउँपालिका–१ पुरीगाँउ बस्ने ४२ वर्षीय लाल पुरी मृत फेला परेको प्रहरीले जनाएको छ ।, पुरी सोही ठाउँस्थित डुङरी खोला किनारामा बिहीबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।, उनका अनुसार घटनाबारे थपे आवश्यक...
रासस चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको प्रयोगशालाले विशिष्ठ श्रेणी (ए क्याटेगोरी) को मान्यता प्राप्त गरेको छ।, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (नेसनल पब्लिक हेल्थ ल्याब्रोटरी) ले उक्त मान्यता प्रदान गरेको हो। राजधानी बाहिर यो मान्यता प्राप्त गर्ने सिएमसी पहिलो हो।,  , चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पत...
सेतोपाटी संवाददाता कमेडियन अपूर्वक्षितिज सिंहलाई  काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।, उनको आज बयान लिइने काठमाडौं जिल्ला अदालतका प्रवक्ता दिपक दाहालले जानकारी दिए।, न्यायाधीश माधवप्रसाद मैनालीको इजलाशमा उनको बयान लिइने उनले बताए। यस्तै आजै थुनछेक बहस समेत हुनसक्ने प्रवक्ता दाहालले बताए।, ‘अहिले इजलाशले प्रतिवादीको ...
रासस अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।, भूमिकास्थान नगरपालिका–१ ढाकावाङका अन्दाजी ७२ वर्षीय वीरबहादुर गमालको भिरबाट लडेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए।, उक्त नगरपालिकाको धारापानीस्थित साइन रेसुङ्गा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्...
सेतोपाटी संवाददाता शिक्षित क्षेत्रबाटै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिमाथि दुर्व्यवहार हुन्छ। क्रुज एड्स नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै पारलैंगिक महिला रूबिना तामाङले बिहिबार अस्पतालमा नर्सबाट दुर्व्यवहार भएको घटना सुनाएकी थिइन्।, एक वर्षअघि उनी काठमाडौंस्थित अस्पतालमा रगत जाँच गर्न गएकी थिइन्। प...
सेतोपाटी संवाददाता सर्लाहीमा सहकारीका कर्मचारीमाथि गोली प्रहार गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।, प्रहरीले आइतबार चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) विजय यादवले जानकारी दिए।, बुधबार बिहान सवा ११ बजे बागमती नगरपालिका वडा नम्बर १ मिलन चोकमा रहेको सगुन बचत तथा ऋण ...
सेतोपाटी संवाददाता विद्युत तारबाट 'हुक' गरी माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ क्वाङखोलामा बेलुकी साढे ४ बजेतिर माछा मार्ने क्रममा हसनापुर गाउँका २० वर्षीय विपीन बिकको मृत्यु भएको प्रहरीले जनाएको छ।, इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार विपीन सोही गा...
सेतोपाटी संवाददाता दाङमा भएको हायस दुर्घटनामा परी चार जना घाइते भएका छन्।, बुधबार दिउँसो साढे ३ बजे तुलसीपुर उपमहानगरपालिका–१३ भञ्ज्याङमा दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ। दुर्घटनामा परी चार जना घाइते छन्। , घाइते मध्ये चालकको अवस्था गम्भीर छ।, नेपालगन्जका चालक २७ वर्षीय राजन बिक, सहचालक तुलसीपुर ...
सेतोपाटी संवाददाता प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा रहेका बाघलाई पर्यटनसँग जोड्नु पर्ने बताएका छन्।, बिहीबार राष्ट्रिय प्रकृति संरक्षण कोषको ४० औं वार्षिक उत्सव समारोहमा बोल्दै कोषका संरक्षकसमेत रहेका प्रधानमन्त्री देउवाले संख्या बढेसँगै बाघ-मानव द्वन्द्व बढ्नु चुनौतीको विषय रहेको बताए।, चुनावपछिको सरकारले बाघल...
सेतोपाटी संवाददाता काठमाडौंकाे चन्द्रागिरि नगरपालिका-८ मा प्रहरीको 'स्वाइप अपरेसन'मा अवैध घरलु मदिरा नष्ट गरिएको छ।, प्रहरी वृत्त थानकोट, प्रहरी प्रभाग बलम्बुकाे संयुक्त टाेलीले बिहीबार 'स्वाइप अपरेसन' गरी अवैध घरलु ५ हजार लिटर रक्सी नष्ट गरेको हो।, काठमाडौं प्रहरी परिसर टेकुका अनुसार करिब ५ हजार अखाद्य र गुणस्तरहीन म...
सेतोपाटी संवाददाता कमेडियन अपूर्वक्षितिज सिंहलाई २ लाख ५० हजार धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। , बिहीबार काठमाडौं जिल्ला अदालतले उनलाई  २ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको प्रवक्ता दीपक दाहालले जानकारी दिए। , न्यायाधीश माधवप्रसाद मैनालीको इजलाशले उनलाई रिहा गर्न आदेश दिएको हो। बिहीबार अदालतले उनको बयान ...
सेतोपाटी संवाददाता काठमाडौंस्थित गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउनुपर्ने भएको छ।, पशुपति क्षेत्र विकास कोषले सम्झौता विपरीत संरचना बनेकोले हटाउन समय दिएको हो।, कोषले मारवाडी सेवा समिति नेपाल र गौशाला धर्मशाला सञ्चालक समितिलाई मापदण्डविपरीत बनेका संरचना हटाउन आग्रह गरेको हो।, ३५ दिनभित्र ...
एजेन्सी कोरोनाभाइरस विरूद्धको बुस्टर डोजको माग नभएपछि भारतमा १० करोड डोज खोप नष्ट गरिएको छ।, संसारकै ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाका सिइओ आधार पुनावालाले बजारमा माग नभएपछि आफ्नो कम्पनीले उत्पादन गरेको झन्डै १० करोड डोज खोप नष्ट गरिएको बताएका छन्।, टाइम्स अफ इन्डियाका अनुसार पुनेमा जारी विकासशील ...
रासस तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीमा चितुवाको आक्रमणबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ।, मृत्यु हुनेमा ११ वर्षीय विना चेपाङ रहेको बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।, घरबाट सानिआमाको घर जाने क्रममा सालघारीमा चितुवाको आक्रमणबाट ती बालिकाको मृत्यु भएको हो।, बिहान ६ः३० बजेको समयम...
सुरेश आचार्य/रासस 'वीरेन्द्रनगर चक्रपथ' नाम दिएर १७ वर्षअघि निर्माण सुरूआत गरिएको सडक अहिलेसम्म विवादका कारण अधुरै रहेको छ। वीरेन्द्रनगर उपत्यकालाई एउटै सडकले जोड्ने उद्देश्यले विसं २०६२ बाट निर्माण थालिएको थियो। , कर्णाली प्रदेशको राजधानी कायम भइसक्दासमेत वीरेन्द्रनगर उपत्यकामा निर्माणाधीन चक्रपथको काम पूरा हुनसकेको ...
रासस सुर्खेतको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र सञ्चालित निर्माणाधीन, अधुरा र अलपत्र अवस्थामा रहेका आयोजनाको मासिक कार्ययोजना र प्रगति विवरण बुझाउन सम्बन्धित निर्माण कम्पनीलाई ३५ दिने समयसीमा तोकेको छ।, राष्ट्रिय गौरवका योजना तथा नगरपालिकाबाट बजेट विनियोजन भएर सञ्चालन गरिएका आयोजना निर्माण क...