content stringlengths 20 64.1k ⌀ |
|---|
रासस अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार अछाम जिल्लाको बाबाला केन्द्रबिन्दु भएर आज साँझ ६ बजेर ८ मिनेट जाँदा ४.२ रेक्टर स्केलको भूकम्प गएको हो।, उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ।, पछिल्लो समय देश... |
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा नवजात शिशुको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , हेलम्बु गाउँपालिका-५ कल्लेरी बस्ने २२ वर्षीया रबिना तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए। , मंगलबार राति साढे ८ बजे रबिनाले छोरालाई जन्माएपछि घाँटी थिचेर हत्... |
एजेन्सी विश्वका १ अर्ब युवाको श्रवण शक्ति गुम्ने खतरा रहेको एक अध्ययनले देखाएको छ।, गीतसंगीत सुन्नका लागि हेडफोन र एयर बडको असुरक्षित प्रयोग बढिरहेकाले त्यसले श्रवण शक्ति गुम्ने खतरा रहेको पाइएको द गार्डियनले उल्लेख गरेको छ।, अनुसन्धाकर्ता टोलीका अनुसार १२ देखि ३४ वर्ष उमेर समूहका २४ प्रतिशत व्यक्तिले असुरक्षित तहमा स... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकामा ट्राफिकहरू निर्वाचनका लागि खटिएका कारण विभिन्न ठाउँमा जाम भएको छ। , उपत्यकामा कार्यरत ट्राफिकहरू चुनावका लागि बाहिर खटिँदा जनशक्तिको अभाव भएको काठमाडौं उपत्यका ट्राफिक कार्यलयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।, उनका अनुसार काठमाडौं उपत्यकामा झन... |
एजेन्सी पोल्याण्डमा क्षेप्यास्त्र खस्दा दुई जनाको मृत्यु भएको छ।, युक्रेनसँगको सीमा क्षेत्रमा पर्ने प्रेजवाडोमा क्षेप्यास्त्र खस्दा दुई जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।, रूसले प्रहार गरेको क्षेप्यास्त्र खसेको आशंका भए पनि त्यसबारे पुष्टि हुन सकेको छैन। घटनाको जिम्मेवारी लिन रूसले अस्वीकार गरेको छ। , अमेरिकासहित उत... |
सेतोपाटी संवाददाता मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चार दिन रेल सेवा बन्द हुने भएको छ।, मंसिर १ गते बिहीबार देखि मंसिर ४ गतेसम्म रेल सेवा सञ्चालन नहुने केन्द्रीय कार्यालयका प्रबन्ध संचालक निरन्जनकुमार झाले जानकारी दिए।, सोमबारबाट भने नियमित समयमा रेल सञ्चालन हुने कार्यालयले जनाएको छ।, कार्या... |
सेतोपाटी संवाददाता भक्तपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। , बुधबार बिहान पौने ८ बजे मध्यपुरठिमी नगरपालिका-६ राईटोल माथिल्लो कुण्डोलमा ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए। , आगलागीमा परी आत्मारामकी २५ वर्षीया छोरी अस्म... |
सुशीला ओली/रासस दाङको घोराही सहरदेखि गाउँसम्म सडकको ट्याक बनाउने काममा व्यस्त छिन्, अनिता थारु। उनी चार वर्षदेखि दाङलगायत ठाउँमा सडक तथा पुल निर्माण गर्न ग्रेडर मेसिन चलाउँदैछिन्।, पछिल्लो समय भने उनले घोराही उपमहानगरपालिका भित्रका विकास निर्माणका काममा ग्रेडर मेसिन चलाउँदै आएकी छन्।, उनले १२ कक्षासम्म पढेकी छन्। आर्थ... |
सेतोपाटी संवाददाता आसन्न निर्वाचनलाई लक्षित गर्दै सुर्खेतमा मदिरा बिक्री तथा सेवनमा रोक लगाइएको छ।, शुक्रबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले आजदेखि मतदानको दिन मंसिर ४ गतेसम्म मदिरा बिक्री तथा सेवनमा रोक लगाउने निर्णय गरेको हो।, प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित... |
रासस अमेरिकाबाट नेपाल ल्याइएको १० किलो गाँजासहित दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।, त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा बच्चाहरूको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाइछिपाइ ल्याएको अवस्थामा उक्त १० किलो तीन सय ग्राम लागुऔषध गाँजा बरामद गरिएको प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।, ब्युरोका प्रव... |
रासस पृथ्वी राजमार्ग सडक विस्तारको क्रम तीव्र रुपमा भइरहेको छ। सो क्रममा अब चार सय ६६ रुख काटिने भएका छन्।, यसअघि मुग्लिन–पोखरा सडक आयोजनाले सडकका दायाँबायाँ रहेका चार हजार दुई सय पाँच रुख कटान गरिसकेको छ।, आयोजनाका वातावरण विज्ञ युवराज ढकालका अनुसार ९० प्रतिशत रुख कटान भइसकेको छ। बाँकी रहेका रुखमध्ये पनि सकेसम्म बचाए... |
रासस गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रशासन क्षेत्रमा कर्मचारी टिकाउन मुस्किल हुने गरेको बताएका छन्। , इलाका प्रशासन कार्यालय, टीकापुरको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै उनले कामको चापका कारण प्रशासन क्षेत्रमा कर्मचारी टिकाउन मुस्किल हुने गरेको बताएका हुन्।, 'राज्यबाट नागरिकका लागि थप हुने सेवा सुविधा गृ... |
सेतोपाटी संवाददाता अखिल (क्रान्तिकारी)ले स्नातक तहको परीक्षाफल एक साताभित्र सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयसँग माग गरेको छ।, परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई बिहीबार ज्ञापन पत्र बुझाउँदै अखिल क्रान्तिकारीका संयोजक पवन कार्कीले एक साताभित्र ९ वटा माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी दि... |
डा. पारस श्रेष्ठ छालामा सेतो दाग अथवा कुनै किसिमको बुट्टा देखिनु सेतो दुबी हो।, छालाको रंग उडेर दाग देखिनु पनि सेतो दुबीनै हो। यो छालाको जुनसुकै भागमा हुनसक्छ। शरीरमा छालालाई रङ दिने कोषहरुको कमि भएर देखापर्ने समस्या हो, सेतो दुबी।, हरेक व्यक्तिको शरीरमा रोगसँग लड्ने क्षमता हुन्छ त्यो क्षमता कहिलेकाहीँ बढी भएर आफ्नै श... |
सेतोपाटी संवाददाता हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। दिउँसो प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।, यस्तै प्रदेश १, बागमती तथा गण्डकीका पहाडी भू–भागको केही ठाउँमा हल्का वर्षा र हिमपातको... |
सेतोपाटी संवाददाता किष्ट शिक्षण अस्पतालले ५० औं सफल मिर्गौला प्रत्यारोपण गरेको छ। , किष्टले अहिलेसम्म ५१ जना बिरामीको मिर्गौला प्रत्यारोपण गरेको हो। ती सबै प्रत्यारोपण सफल भएको अस्पतालले जानकारी दिएको छ। , स्वास्थ्य तथा जनसंख्या मन्त्रलयको अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयले गत फागुन १८ गते किष्टलाई मिर्गौला प्रत... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस आगामी मंसिर १ देखि ५ गतेसम्म बन्द हुने भएका छन्।, शुक्रबार त्रिवि रजिष्ट्रारको कार्यालयले एक सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र राखिएकाले आगामी मंसिर १, २ र ५ गतेसम्म विश्वविद्यालयका सबै क्याम्पस र का... |
सेतोपाटी संवाददाता युक्रेनको खेर्सन क्षेत्रबाट रूसको सेना फिर्ता गएको छ। रूसको रक्षा मन्त्रालयले आफ्नो सेना खेर्सन क्षेत्रबाट पछि हटेको बताएको सिएनएनले लेखेको छ।, सिएनएनका अनुसार खेर्सनको पश्चिमी क्षेत्रबाट रूसका बीस हजार सेना त्यसतर्फ प्रवेश गर्न खोज्दै थिए। पूर्वी क्षेत्रबाट युक्रेनी सेनाले घेरा हालेपछि उनीहरू फिर्त... |
रासस पर्वतकाे कुश्माबजार र बागलुङको बलेवा जोड्ने गरी निर्माण गरिएको केबुलकार मोडेलको यान्त्रिक पुल केही दिनका लागि बन्द हुने भएको छ।, पुलको नियमित मर्मतका लागि शनिबारदेखि झण्डै एक साताका लागि बन्द गरिने कम्पनीले जनाएको छ।, पुलको दुवै भागमा रहेका लठ्ठा, डब्बा तथा अन्य मेसिनरी सामानको नियमित मर्मत तथा सफाइका लागि बन्द ग... |
रासस काठमाडौं महानगरपालिकाले खुला रूपमा आगो बाल्ने तथा फोहोर जलाउने काममा प्रतिबन्ध लगाएको छ।, खुला रूपमा आगो बाल्ने तथा फोहोर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकूल असर गर्ने भएकाले यस्ता कामलाई प्रतिबन्ध लगाइएको महानगरपालिकाले आज जारी गरेको सार्वजनिक सूचनामा जनाइएको छ।, यस्ता क... |
सेतोपाटी संवाददाता नेपाली भाषा र साहित्यिकको जगेर्ना र विकासको टेवा पुर्याउने उद्देश्यले ‘समकालिन साहित्य चौतारी’ स्थापना भएको छ। , जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा आधिकारिक रूपमा दर्ता भएको संस्थाले साहित्यकार विमला चन्द सानुको अध्यक्षतामा नौ सदस्यीय कार्य समितिसमेत गठन गरेको छ।, साहित्यिक क्षेत्रका अग्रजको सम्मा... |
सेतोपाटी संवाददाता प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। , शुक्रबार धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ। , प्रहरीका अनुसार गिरीले १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेका हुन्। , प्र... |
रासस नवलपरासीपूर्वको कावासोती नगरपालिका-१ कोइलापानीमा उपचारको बाहानामा झाँक्रीले अगुल्टोले मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएका छन्।, सामाजिक सञ्जालमा उपचारको बहानामा झाँक्रीले अगुल्टो मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएको भिडिओ भाइरल भएको नौ दिनपछि घटना बाहिर आएको हो।, काठमाडौँ बसेर विभिन्न प्रतियोगितामा भाग लिँदै... |
रासस शनिबार साँझ पुनः भूकम्पको धक्का महसुस गरिएको छ।, राति ८ बजेर १२ मिनेटमा सुदूरपश्चिमका बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, कञ्चनपुर, कैलाली लगायत जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार बझाङको पटादेवल केन्द्रबिन्दु भएर ५.४ र... |
रासस बर्दियाको मधुवन नगरपालिका-८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ।, शनिबार बिहान बाघ मृत फेला परेको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिए।, मृतावस्थामा फेला परेकाले उक्त बाघ एक दिन अगाडि नै मरेको हुनसक्ने वन कार्यालयले जनाएको छ। जंगल हेरालुले मृतावस्थामा देखे... |
सेतोपाटी संवाददाता धादिङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।, प्रहरीका अनुसार शनिबार राति ८:२० बजे ज्वालामुखी गाउँपालिका-४ टारीमा जिप दुर्घटना भएको हो।, टारीबाट अर्याल गाउँ जाँदै गरेको ग १ ज ५५८० नम्बरको धानको पराल बोकेको जिपमा सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामकुमार खत्रीले जानका... |
सेतोपाटी संवाददाता भक्तपुरमा कार र बाइक ठोक्किँदा एक जनाको मृत्यु भएको छ। , शनिबार बेलुकी सल्लाघारीमा बाइक र कार ठोक्किँदा काभ्रे पाँचखाल नगरपालिकाका सन्दीप बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। , उनका अनुसार बा ६ च ८१५ नम्बरको कार कोटेश्वरबाट सल्लाघारी जाँद... |
रासस खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा केन्द्र भएर शनिबार साँझ पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको छ।, पाटादेवल प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक रामबहादुर बमका अनुसार गत मङ्गलबार मध्यराति आएको भूकम्पले स्थानीयका घर चर्किएपछि स्थानीयलाई बाहिर बस्न माइकिङ गरेको हो।, ‘मङ्गलबा... |
रासस जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७ औँ सम्मेलन (कोप–२७) मा खाद्य सङ्कटको मुद्दाले अपेक्षाकृत प्राथमिकता नपाएको देखिएको छ।, अफ्रिकी मुलुक इजिप्टमा भइरहेको यस सम्मेलनलाई अफ्रिकी कोपसमेत मानिन्छ।, सम्मेलनका हालसम्मका कार्यक्रम र छलफलमा उठेका विषयवस्तु हेर्दा यस महादेशका ... |
रासस मुगुबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।, कालीकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुबाहक जीप दुर्घटना भएको हो। , मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे१च ४४१२ नम्बरको जीप आज दिउँसो कर्णाली राजमार्गमा दुर्घटना हुँदा सात जना घाइते भएका छन्।, दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा,... |
रासस सोलुखुम्बुमा घाँस काट्न गएका एक पुरुष मृत फेला परेका छन्।, सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्नासाका ४० वर्षीय एकबहादुर कार्कीको शव मंगलबार सोलुखोलामा भेटिएको हो।, कार्की यही कात्तिक १९ गते घरबाट घाँस काट्न निस्केका थिए। त्यसयता उनी बेपत्ता थिए।, घर नफर्किएपछि स्थानीयवासी र प्रहरीले खोजी गर्दा उनी खोलामा मृत फेला परे... |
सेतोपाटी संवाददाता बझाङ, सुर्मा गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, बझाङका नायब सुब्बा शिवराज उपाध्यायविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।, तत्काल जिल्ला हुलाक कार्यालय, बझाङमा कार्यरत रहँदा गैरकानूनी स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनमा अनुसन्धान गर्दा उ... |
नवीनबाबु गुरूङ चन्द्रग्रहण लागेको छ।, नेपाली पञ्चाङ्गअनुसार आज अर्थात् कात्तिक २२ गते मंगलबार साँझ ५:११ मा सुरू भएको ग्रहण बेलुका ६:३४ मा समाप्त भएको छ। अग्नि तत्वीय राशि मेष तथा भरणी नक्षत्रमा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्नेछ। , आकाश सफा भएका ठाउँबाट आजको चन्द्र ग्रहण देखिएको छ। सूर्य र चन्द्रमाबीच पृथ्वी आएर दे... |
सेतोपाटी संवाददाता रूपन्देहीमा करोडौं मूल्यको भन्सार छलीको सामान बरामद भएको छ। भैरहवा भन्सार कार्यालयले अवैध पैठारी गरी नेपाल भित्र्याइएको २ करोड रूपैयाँ मूल्य बराबरको सामानसहित एक जनालाई पक्राउ गरेको हो।, अनुसन्धानको क्रममा कपिलवस्तु पुगेको भन्सारको गस्ती टोलीले मायादेवी गाउँपालिका वडा नम्बर ८ स्थित बरकुलमा भण्डारण ग... |
भूमिराज पिठातोली सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। कर्णाली प्रदेशका केही जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको हो।, सुदूरपश्चिमका बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, बैतडी, दार्जुला र डडेल्धुरामा भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन्।, कतिपय ठाउँमा भूकम्पलगत्तै सर्वसाधार... |
कृष्ण न्यौपाने/रासस 'पढाइजस्तो ठूलो केही रहेनछ, जीवनलाई पढाइ अति आवश्यक रहेछ', तनहुँको व्यास नगरपालिका–१४ का ४२ वर्षीय विश्वबुढा परियारले भने, 'जब मान्छे शिक्षित हुन्छ, तब घरको व्यवहारदेखि समाज र देश विकासमा टेवा पुग्छ।', व्यास–२ दमौलीस्थित बाल मन्दिर माविमा कक्षा ११ मा अध्ययन गरिरहेका परियारले विद्यालय छाडेको २५ वर्ष... |
सेतोपाटी संवाददाता गए रातिको भूकम्पले घर भत्काउँदा डोटीमा जनधनको क्षति भएको छ।, पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ का ६ जनाको भूकम्पले घर भत्किँदा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन्।, घाइते भएका ६ जनालाई हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।, खप्तड केन्द्र भएर गए र... |
रासस गए रातिको भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ।, घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारका लागि केहीबेर अघि हेलिकप्टरबाट डोटी अस्पताल पुर्याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले बताए।, सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरुको उद्धार... |
सेतोपाटी संवाददाता गए रातिको भूकम्पले घर भत्काउँदा डोटीमा ६ जनाको मृत्यु भएको छ।, पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ का ६ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जानकारी दिएको छ।, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको सेतोपाटीलाई जानकारी दिइन्।, ‘६ जनाको मृत्यु भएको छ। पाँच जना घाइ... |
सेतोपाटी संवाददाता नेपाल रेडियोलोजिकल सोसाइटी बागमती प्रदेशको अध्यक्षमा अमृत काफ्ले चुनिएका छन्। मंगलबार भरतपुरमा सम्पन्न प्रथम अधिवेशनले काफ्लेको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको हो।, समितिको उपाध्यक्षमा रुपेश सिलवाल, स्वेच्छा जोशी, रोशन पटेल, महासचिवमा चिरञ्जीवि पन्थी, सचिवमा रमेश श्रेष्ठ, कोषाध्यक्षमा केशव देवक... |
सेतोपाटी संवाददाता प्यूठानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।, गए राति करिब १२ बजेतिर जिप दुर्घटनामा परेको थियो। उनीहरू पूर्णिमा मेला हेर्न जाँदै थिए।, लु १ ज ३७०७ नम्बरको जिप दुर्घटना हुँदा मैयाँ घर्ती, खुमान थापा र जुनकी थापाको मृत्यु भएको प्यूठान प्रहरीले जनाएको छ।, प्यूठान नगरपालिका... |
नवीनबाबु गुरूङ ‘पम्प फर पिस’ नामक संस्थाले नेपालमा पहिलो पटक ‘पम्प ट्रयाक’ निर्माण गरेको छ। ललितपुरको कुपण्डोलमा यो संस्थाले पम्प ट्रयाक निर्माण गरेर बुधबारबाट सञ्चालनमा ल्याएको हो।, यो ट्रयाकमा उबडखाबड घुम्तिहरू हुन्छन्। यसमा माउन्टेन बाइकरले रमाइलो र साहसिक यात्राको अभ्यासका लागि प्रयोग गर्न सक्छन्।, ‘पम्प फर पिस’ स... |
रासस वर्षा सकिएर सुक्खा मौसम लागेपनि मेलम्चीको पानी राजधानीमा नआउँदा खानेपानीको अभाव बढ्न थालेको छ।, सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा हेडवर्क्स निर्माण नसकिएकाले वर्षामा सुरूङमा पानी बन्द गरिन्छ। , वि.सं २०७८ असार १ गतेको बाढीले आयोजनास्थलमा क्षति भए... |
सेतोपाटी संवाददाता पत्रकार सरोजराज अधिकारी काठमाडौंको एक होटलमा मृत फेला परेका छन्। , अधिकारी बुधबार साँझ सुन्धाराको एक होटलमा मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोराले सेतोपाटीलाई जानकारी दिए।, एसएसपी बोहोराका अनुसार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केका थिए। उनी घर नफर्केपछि बुधबार उनकी श... |
सेतोपाटी संवाददाता काठमाडौंको बसुन्धारामा ट्रक र स्कुटर ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ।, बुधबार साँझ ४: ४० बजे काठमाडौं ३ नारायण गोपाल चोकबाट ५० मिटर पश्चिमतर्फ बसुन्धरा सडकखण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुई जना घाइते भएका थिए। , तत्कालै प्रहरी वृत्त महाराजगञ्जबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली ... |
सविता बुढा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र भएर मंगलबार राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो।, भूकम्पका कारण सुदूरपश्चिममा डोटीको पूर्वीचौकी गाउँपालिका–३ गौरामा जनधनको क्षति पुग्यो। यहाँ भूकम्पका धक्काका कारण घर भत्किँदा ६ जना स्थानीयको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। , यस्तै, ८ घर पूर्ण... |
सेतोपाटी संवाददाता भूकम्प प्रभावित डोटीमा राहत सामग्री पठाइएको गृह मन्त्रालयले बताएको छ।, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज विज्ञप्ति निकालेर भूकम्प प्रभावित क्षेत्रमा धनगढीबाट एक ट्रक राहत सामग्री पठाइएको उल्लेख गरेका छन्।, गए राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा डोटीको पूर्वीचौकीमा ... |
रासस नेपालमा पछिल्लो २२ दिनमा छ पटक भूकम्पको धक्का महसुस गरिएको छ।, यही कात्तिक २ गतेदेखि २३ गतेसम्म छ पटक भूकम्पले धक्का दिएको हो।, भूकम्प मापन केन्द्रका अनुसार चार रेक्टर स्केलभन्दा माथिका छ पटकसम्म भूकम्प गएको हो।, कात्तिक २ गते दिउँसो ३ बजेर ७ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर गएको भूकम्प ५.९ रेक्टर स्केलको थ... |
रासस हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। , नाम्खा गाउँपालिका–५ स्थित यारीको बुका पाल्वाङमा जिप दुर्घटना भएको हो।, यारीका लागि गएको बा१८च १४१७ नम्बरको जिप बुधबार ११ बजे दुर्घटना हुँदा नाम्खा गाउँपालिका–५ यारी गाउँका २८ वर्षका कुङ्गा तान्जेन लामाको घट... |
सेतोपाटी संवाददाता हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। , विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भु-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमाली भू-भागमा मध्यम हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन आग्रह ... |
भगवती पाण्डे जिल्ला प्रशासन कार्यालय रूपन्देहीले गत कात्तिक १९ गते मंसिर ४ गते हुन गइरहेको निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन गर्न रोक लगाएको सूचना जारी गर्यो।, सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालद्वारा जारी गरिएको उक्त सार्वजनिक सूचनामा मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस... |
रासस काठमाडौंको बसुन्धरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ।, नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको ना ८ ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, गए राति ट्रकले स्कुटरलाई ठक्कर दिएको थियो।, पोखरा महानगरपालिका वडा नम्... |
सेतोपाटी संवाददाता पानी पिउने करूवा प्रहार गर्दा झापामा बिहीबार बिहान एक जना भारतीय महिलाको घटनास्थलमै मृत्यु भएको छ। , बुद्धशान्ति गाउँपालिका वडा-१ बुधबारे बजारमा डेरा गरी बस्दै आएकी भारतको महाराष्ट्र गुरेली ग्राम पञ्चायत घर भएकी २६ वर्षीया सपना गोरडको उनकै श्रीमानले करूवा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प... |
रासस तनहुँको भिमाद नगरपालिका–७ अर्चलेमा आगोले जलेर एक बालकको मृत्यु भएको छ। , मृत्यु हुनेमा नौ वर्षीय सुभाष थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, घरको भान्सा कोठामा आगो ताप्ने क्रममा गत कात्तिक २१ गते जलेर घाइते भएका थापाको उपचारका क्रममा पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा गएराति मृत्यु भएको प्रहरी नायब उप... |
सेतोपाटी संवाददाता बाजुराको काँडा क्षेत्र केन्द्र भएर भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिकाअन्तर्गत काँडा आसपास केन्द्र भएर आज बिहान ५ बजेर १३ मिनेटमा भूकम्प गएको हो।, ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो।, उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूक... |
एजेन्सी रूसी आक्रमणबाट क्षति पुगेको विश्वकै ठूलो कार्गो हवाइजहाज एन्टोनोभको मर्मत हुने भएको छ।, जहाज मर्मतका लागि आवश्यक प्राविधिक खाका बनाउने काम सुरु भएको सिएनएनले जनाएको छ।, गत फेब्रुअरी २७ मा रूसले युक्रेनको हवाइ अड्डा होस्टोमलमा आक्रमण गर्दा कल साइ एन-२२५ रहेको एन्टोनोभ जहाजमा क्षति पुगेको थियो। , क्षति पुगेको ज... |
नवीनबाबु गुरूङ काठमाडौंको तीनकुनेस्थित सडकमा पानी भरिएपछि सवारी साधन आवागमनमा समस्या भएको छ।, मेलम्ची खानेपानी आयोजनाको पाइपमा पानी पठाएर परीक्षण गर्ने क्रममा सडकमा पानी जम्मा भएको हो।, मेलम्ची खानेपानी आयोजनाबाट हिजोआज पानी ल्याइएको छैन। तर उक्त आयोजनाको पानी वितरणका लागि पाइपलाइन विस्तार तथा परीक्षणका काम भइरहेका छन... |
सेतोपाटी संवाददाता काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बस त्रिशुलीमा खसेको छ। , शनिबार राति सवा ६ बजे बेनिघाट रोराङ गाउँपालिका-१० हुग्दिखोलास्थित त्रिशुली किनारमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए।, बा ४ ख ५७९० नम्बरको बस २०० मिटर तल खसेको खत्रीले बताए। , दुर्घटना हुँदा चालकसह... |
रासस सूर्योदय र कुहिरो हेर्न तनहुँको व्यास नगरपालिका–५ मानुङकोटमा आन्तरिक तथा बाह्य पर्यटकको भिड बढ्दै गएको छ।, शनिबार पाँच हजार बढी पर्यटक मानुङकोट पुगेका थिए।, दमौली बजारलाई कुहिराले ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न यस वर्षकै सबैभन्दा बढी पर्यटक शनिबार मानुङकोट पुगेका हुन्।, मानुङकोटमा शुक्रबार रातिदेखि नै पर्य... |
सेतोपाटी संवाददाता भक्तपुरको लोकन्थलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।, दुर्घटनामा परी गम्भीर घाइते भएका पुण्यप्रसाद बोहोराको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-३ का २७ वर्षीय बोहोराको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको... |
सेतोपाटी संवाददाता ओखलढुंगामा श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। , सिद्धिचरण नगरपालिका-११ सोब्रु बस्ने कल्पना खड्का राईको हत्या गरेको आरोपमा उनका श्रीमान रामबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो। , उनलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो।, रामबहादुरले मादक पदार्थ सेवन गरी श्रीमतीसँग ... |
सेतोपाटी संवाददाता भक्तपुरको लोकन्थलीमा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।, शनिबार राति १० बजे लोकन्थलीमा मोटरसाइकल दुर्घटना भएको हो।, प्र ३-०२-०१२प ६३३५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको छ।, दुर्घटना हुँदा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-३ घर हुने २७ वर्षीय पुण्यप्रसाद बोहोरा घाइत... |
रासस जयनगर–कुर्था रेलमार्गमा कात्तिक २१ गतेदेखि तीन दिन यात्रुको सुविधाअनुसार अनटाइम्ली (निर्धारित सिफ्टभन्दा बाहेक) रेल सेवा सञ्चालन गरिने भएको छ।, कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई दृष्टिगत गरी नेपाल रेल्वे कम्पनीले कात्तिक २१, २२ र २३ गते यात्रुको सुविधाअनुसार अनटाइम्ली रेल से... |
एजेन्सी भारतका पहिलो मतदाताका रूपमा परिचित श्याम शरण नेगीको १ सय ५ वर्षको उमेरमा निधन भएको छ।, बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि भारतमा सन् १९५२ मा भएको पहिलो आम निर्वाचनमा नेगीलेनै पहिलो पटक मतदान गरेको बिबिसीले जनाएको छ।, उनको शनिबार राति निधन भएको हो।, शताब्दी पुरूष नेगीले मृत्यु हुनु तीन दिनअघि पनि हिमाञ्चल प्रदे... |
विक्रम गिरी राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताएकी छन्। , विश्वको सर्वाेच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा आज १५ शय्याको ‘हिमालयन शेर्पा अस्पताल’को उद्घाटन गर्दै उनले संविधानमै स्वास्थ्य सेवा लिन पाउने सबै न... |
मनिका विश्वकर्मा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका कथा, 'नमस्ते म आदित्य राई। समलिंगी पुरूष साथै शारीरिक अपांगता भएको व्यक्ति। म आफूलाई यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हुनुमा गर्व गर्छु,' १२ वर्षअघि आदित्यले एफएम रेडियो 'पहिचान' मा आफ्नो परिचय दिएका थिए।, गर्वसाथ आफ्नो वास्तविक पहिचान बताउने हिम्मत गर्दा आदित्... |
सेतोपाटी संवाददाता पछिल्लो २४ घन्टामा देशभर २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २८ जनामा संक्रमण पुष्टि भएको हो।, एक हजार ८७९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।, एक हजार २१९ जनाको पिसिआर र ६६० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहि... |
रासस निर्वाचनका बेला कञ्चनपुरको दक्षिणि क्षेत्र जोडने कलुवापुर बेलौरी राजमार्ग निकै चर्चामा आउने गरेको छ।, निर्वाचन प्रचारप्रसारमा राजमार्ग कालोपत्र गर्ने कार्यलाई टुंगोमा पुर्याएरै छोड्ने निर्वाचनमा राजनीतिक दलका उम्मेदवारले प्रतिबद्धता व्यक्त गर्छन्। तर, निर्वाचन सकिएपछि राजमार्ग कालोपत्र गर्ने कार्य सबैले बिर्सने ... |
सेतोपाटी संवाददाता पछिल्लो एक सातामा तीन सय जनामा डेंगीको संक्रमण देखिएको छ।, स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका अनुसार शुक्रबारसम्म तीन सय नयाँ संक्रमित थपिएको हो। , योसँगै देशभर डेंगी संक्रमितको संख्या ४७ हजार ६८ पुगेको छ।, कात्तिक महिनाको सुरूमै संक्रमितको संख्या घटे पनि ... |
रासस कात्तिक २२ गते मङ्गलबार लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। , चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समिति... |
रासस प्रहरीको साइबर ब्यूरो काठमाडौँले नक्कली फेसबुक आइडी बनाएर महिलाको चरित्रहत्या गर्ने व्यक्तिको खोजी तीव्र पारेको छ।, सोही क्रममा ब्यूरोले उक्त आपराधिक क्रियाकलापमा संलग्न सप्तरीको सुरुङ्गा नगरपालिका–१ बस्ने १९ वर्षीय सुमीतकुमार थापालाई पक्राउ गरेको छ।, उनलाई आइतबार जिल्ला अदालत काठमाडौँमा पेस गरिएकामा अदालतको अनुम... |
एजेन्सी तान्जानियामा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ।, दारेसलामबाट बुकोबाका लागि उडेको प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा खसेको थियो।, बीबीसीका अनुसार विमानमा रहेका २६ जना यात्रु घाइते छन्। स्थानीय र माझीहरूले डुंगाबाट यात्रुलाई उद्धार गरेका थिए।, घटनास्थलमा सबैभन्दा पहिले पुगेका माझीसँग कु... |
प्रतिमा सिलवाल पूर्व–पश्चिम राजमार्गमा पर्ने चितवनको खुर्खुरेबाट दक्षिणतर्फ करिब सात किलोमिटर बाटो छिचोलेपछि एउटा सानो बजार पुगिन्छ।, खैरहनी नगरपालिका–१० मा रहेको कठार बजार हो यो।, बजारको मुखैमा वडा कार्यालय छ। त्यसको करिब पाँच सय मिटर अगाडि बढेपछि कठार माध्यमिक विद्यालयको सामुन्ने 'व्यवस्थित' देखिने घरहरू भएको एउटा ब... |
नारायण खड्का दाङका रोशनी महतरा र शरद आचार्य हत्या प्रकरणमा संलग्न चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ। , उनीहरूको हत्यामा संलग्न रहेको भन्दै तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ दमारगाउँका ३९ वर्षीय गणेश भनिने हरिश चन्द्र पौडेल, सोही ठाउँका २८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिमबहादुर बुढा र ४७ वर्षीय प्रकाश भनिने अ... |
सेतोपाटी संवाददाता रुपन्देहीको देवदहमा एक दम्पती मृत फेला परेका छन्।, देवदह नगरपालिका वडा नम्बर ५ पाल्पाली टोलमा बसोबास गर्दै आएका ३६ वर्षीय बालेन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल्मी मगर आफ्नै घरमा सोमबार बिहान मृत भेटिएका हुन्।, कोठामा ढोका भित्रबाट चुकुल लागेको अवस्थामा उनिहरुको शव फेला परेको प्रहर... |
सेतोपाटी संवाददाता सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवा देखिएको छ।, अमेरिकन फोटोग्राफर किटी पवलोस्कीले हिउँ चितुवाको फोटो गत अक्टोवर ८ मा आफ्नो क्यामेरामा कैद गरेकी थिइन्।, ५ हजार ४ सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको उनले आफ्नो ,वेभसाइट,मा उल्लेख गरेकी छन्।, ५ हजार एक सय ६४ मिटर उचाइमा हिउँ चितुवाको पा... |
रासस हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।, उक्त मौसमी प्रणालीको प्रभावले बदली हुनका साथै हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।, महाशाखाका मौसमविद् मञ्जु बासीले देशभर सामान्य बदली र पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिइन्।, उन... |
सेतोपाटी संवाददाता प्रहरीले काठमाडौंबाट जुवातास खेलिरहेकाहरूलाई नियन्त्रणमा लिएको छ।, तीन लाख ५८ हजार ८ सय ५५ रूपैयाँसहित जुवातास खेलिरहेकाहरू पक्राउ परेका हुन्।, एसपी दिनेश मैनालीका अनुसार आइतबार बेलुकी करिब ८ बजे काठमाडौं महानगरपालिका ७ गंगाहिटि मिरमिरे टोलस्थित एक घरबाट उनीहरूलाई नगदसहित पक्राउ गरिएको हो।, उनीहरूको... |
सेतोपाटी संवाददाता धरान उपमहानगरपालिकाले कात्तिक २२ गते मंगलबार सार्वजनिक बिदा दिएको छ।, कात्तिके पूर्णिमा (बराहक्षेत्र मेला) का अवसरमा उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको हो।, प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले आज विज्ञप्ति निकालेर उपमहानगरपालिकाभर मंगलबार सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।, विद्यालय, क्याम्... |
रासस राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मुस्ताङ भ्रमणमा जाने भएकी छन्। , राष्ट्रपति भण्डारीले त्यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै बुद्धको मूर्ति अनावरण र विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रम तय भएको हो।, राष्ट्रपति शुक्रबार बिहान ८ बजे मुक्तिनाथ पुग्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रस... |
एजेन्सी संयुक्त राष्ट्र संघको प्रतिवेदनले विश्व तापक्रम १.५ डिग्री सेल्सियसभन्दा तल राख्ने सम्झौता कार्यान्वयन नहुँदा चरम जलवायु संकटमा फस्ने स्थिति देखापरेको औँल्याएको छ।, सन् २०१५ मा पेरिसमा भएको जलवायु परिवर्तन शिखर सम्मेलनमा विश्व तापक्रम १.५ डिग्री सेल्सियसभन्दा तल राख्नका निम्ति आवश्यक नीति अबलम्बन गर्ने सम्झौता... |
सेतोपाटी संवाददाता गत असोजको अन्तिम सातामा आएको भारी वर्षाका कारण साना जलविद्युत गृहहरूमा ठूलो क्षति पुर्याएपछि नेपाल विद्युत प्राधिकरणले मुगु र हुल्लामा वैकल्पिक व्यवस्था गरी तत्कालका लागि विद्युत आपूर्तिको व्यवस्था गरेको छ।, पहिरोले क्षति पुर्याएका विद्युत गृह पुनर्निर्माण तथा मर्मत नगरी त्यस क्षेत्रमा विद्युत उपल... |
सेतोपाटी संवाददाता आगामी मंसिर ४ गते हुने निर्वाचनका दिन आउनसक्ने विपद् व्यवस्थापनका लागि सरकार तयारी अवस्थामा रहेको बताएको छ। , सरकारले मंसिर ४ गते आउनसक्ने प्राकृतिक प्रकोप तथा मौसमी प्रतिकुलताको सम्बन्धमा आँकलन गरी व्यवस्थापनको निम्ति तयारी अवस्थामा रहेको बताएको हो। बिहीबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै गृह मन्... |
सेतोपाटी संवाददाता काठमाडौंको लाजिम्पाटमा स्कुल बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर एक बालकको मृत्यु भएपछि प्रहरीले बालबालिकाको रेखदेखमा ध्यान पुर्याउन अनुरोध गरेको छ।, काठमाडौं महानगरपालिका-२ लाजिम्पाटस्थित बेस्ट इलिमेन्टरी मन्टेश्वरी स्कुलको कक्षा ५मा अध्ययनरत १३ वर्षीय बालकको उपचारको क्रममा बिहीबार बिहान ... |
सेतोपाटी संवाददाता हुन्डी कारोबार गरेको आरोपमा काठमाडौंको न्युरोडबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।, ३१ लाख ८१ हजार ३८५ रुपैयाँसहित तीन जनालाई न्युरोडबाट तीन जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए।, विशालबजारको अनुज सेन्टर र खिचापोखरीको जयदुर्गा ट्रे... |
सेतोपाटी संवाददाता १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा राखिएको छ।, बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस भएपछि हेर्दाहेर्दैमा राखिएको हो।, आज प्रतिवादी लामिछानेको तर्फबाट मात्रै ८ जना वकिलहरूले बहस गरेका छन्। चार जन... |
पूर्णप्रसाद मिश्र/रासस हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज तुलसीको दामोदरसँग विवाह गरिँदैछ।, प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज... |
सेतोपाटी संवाददाता भक्तपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।, बिहीबार अपराह्न साढे ४ बजे मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमी हलेसीमार्ट नजिकै दुर्घटना भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।, बागमती ए ए ए २६८७ नम्बरको स्कुटर र बागमती प्रदेश-०२-०३७ प १८५२ नम्बरको मोटरसाइक... |
एजेन्सी सामाजिक सञ्जाल ट्विटरका नयाँ मालिक एलन मस्कले आजदेखि सयौं कर्मचारीहरूलाई कामबाट निकाल्ने भएका छन्।, ट्विटरका कर्मचारीहरूलाई गरिएको आन्तरिक इमेललाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले जनाएअनुसार ठूलो संख्यामा कर्मचारी निकाल्ने प्रक्रिया मस्कले शुक्रबारदेखि थाल्ने भएका हुन्।, ट्विटरमा अहिले ७ हजार ५ सयभन्दा बढी कर्म... |
सेतोपाटी संवाददाता काठमाडौंको कीर्तिपुरमा २९ तोला सुन र एक लाख ५० हजार रुपैयाँ डकैती भएको घटनाका मुख्य आरोपी पुर्पक्षका लागि थुनामा पठाइएका छन्।, गत साउन २४ गते बिहान ३ बजे कीर्तिपुर नगरपालिका वडा नम्बर ४ चम्पादेवीस्थित एक घरमा अज्ञात समूहले डकैती गरेका थिए।, हतियारसहित पसेर उनीहरूले २९ तोला सुनका गरगहना र साढे एक लाख... |
सेतोपाटी संवाददाता कागजको कार्टुन बक्समा सुनको लेपन लगाएर तस्कारी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तस्करी गरेको आरोपमा ३९ वर्षीय भारतीय नागरिक मोहम्मद कसिमलाई पक्राउ गरेको हो। दुबईबाट नेपाल एयरलाइन्सको विमानमार्फत कात्तिक ८ गते काठमाडौं आएका उनलाई प... |
सेतोपाटी संवाददाता परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ।, बिहीबार साँझ कार्यालयबाट घर फर्किने बेला सुब्बालाई सिंहदरबारको पूर्वीगेटमा बाटो काट्न लाग्दा मोटरसाइकलले ठक्कर दिएको थियो।, प्रहरीका अनुसार साँझ ६ बजे पूर्वी गेटअगाडि हनुमानस्थानबाट अनामनगरतर्फ आउँदै गरेको प्रदेश न... |
सेतोपाटी संवाददाता क्यान्सरसँग लडिरहेका बालबालिकालाई आर्थिक एवम् मानसिक रूपमा सहयोग गर्न ३७ वर्षिय समीर श्रेष्ठले ‘परोपकारी साइकल यात्रा’ सुरू गर्दैछन्। स्थानीय घर चितवनका समीरले आउँदो आइतबार (कात्तिक २० गते) देखि उक्त यात्रा सुरू गर्ने भएका हुन्।, समीर काठमाडौंदेखि इलामसम्म साइकलमा जाँदैछन्। काठमाडौंदेखि इलाम करिब ६०... |
सेतोपाटी संवाददाता १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा बहस सकिएको छ। , काठमाडौं जिल्ला अदालतमा शुक्रबार सरकारी वकिल कृष्णा भण्डारीले जवाफी बहस गरेका हुन्। जवाफी बहस सकिएसँगै अब केहीबेरमै आदेश आउने अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।, न्यायाधी... |
युनिक श्रेष्ठ १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ। , काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। उ... |
सेतोपाटी संवाददाता गुल्मी र स्याङ्जाको संगमस्थल कालीगण्डकीमा हाम फालेर एक व्यक्ति बेपत्ता भएका छन्।, स्याङ्जा र गुल्मी जोड्ने आँधिमुहान पुलबाट हाम फालेर कालीगण्डकी गाउँपालिका-१ गुल्मी हर्मिचौर निवासी ३५ वर्षीय टेकराज पाण्डेय बेपत्ता भएको जैपते चौकीमा कार्यरत प्रहरी जवान राजु बाँनियाले जानकारी दिए।, उनका अनुसार शुक्रबा... |
सेतोपाटी संवाददाता काठमाडौंमा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ। , सिन्धुपाल्चोक चौतारा-७ घर भई कागेश्वरी मनोहरा नगरपालिका-८ गोठाटार बस्ने ७० वर्षीया आमाको हत्या गरेको आरोपमा ३५ वर्षीय जयबहादुर तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।, उ... |
सेतोपाटी संवाददाता कीर्तिपुरमा चितुवाका कारण मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्। , बिहीबार राति करिब ९ बजे त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानअगाडि मोटरसाइकल दुर्घटनामा परेको हो। , चितुवाले बाटो काट्दै गरेको देखेपछि मोटरसाइकलले ब्रेक समात्दा लडेर चालक घाइते भएका हुन्। , प... |
रोहित महतो महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतका छोराको डिएनए बलात्कार आरोपी धनुषाको धनुषा क्षीरेश्वरनाथ नगरपालिका-३ का शिवराज श्रेष्ठसँग मिलेको छ।, विधि विज्ञान प्रयोगशाला काठमाडौंले शुक्रबार उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए ९९.९९९ प्रतिशत मिलेको रिपोर्ट आएको जाहेरीवाली निहारिकाक... |
सेतोपाटी संवाददाता दाङको घोराहीमा श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेका छन्।, घोराही उपमहानगरपालिका वडा नं. १३ डुमरगाउँका ३६ वर्षीय नवीन रोकाले ३७ वर्षीया निरु रोकाको हत्यापछि आफैले आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ।, जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार उच्च रक्तचापका बिरामी नवीनलाई श्रीमतील... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.