content stringlengths 20 64.1k ⌀ |
|---|
डा. श्वेता सिंह कुनै पनि दम्पतीले एक वर्षसम्म कुनै अस्थायी साधनको प्रयोग नगरी नियमित सम्पर्कमा बस्दासमेत बच्चा बस्न सकेन भने त्यसलाई इनफर्टिलिटी भनिन्छ। , श्रीमान र श्रीमतीमा समस्या छ भने इनफर्टिलिटी हुने हो। श्रीमानको शुक्रकिटमा केही समस्या छ, मधुमेह, उच्च रक्तचाप, थाइराइडलगायतका समस्या छन् भने अथवा गुप्तांगमा कुनै स... |
सेतोपाटी संवाददाता उकेरा अनलाइनको कन्टेन्ट मेनेजमेन्ट सिस्टम (सिएमएस) मा अनधिकृत रूपमा प्रवेश गरेर समाचार मेटाइएको छ। , उकेराको सञ्चालक पाथसिड नेपाल प्रालिले एक विज्ञप्ति जारी गर्दै सर्भरमा पटक पटक आक्रमण गरिएको र समाचार हटाइएको उल्लेख गरेको छ। , अनलाइनका प्रधान सम्पादक केपी ढुंगानाले रवि लामिछानेको नागरिकता र पासपोर्... |
रोहित महतो धनुषामा जन्ती बोकेको विंगर र तरकारी बोकेको गाडी ठोक्किएर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।, पूर्व-पश्चिम राजमार्गअन्तर्गत धनुषाको वीरेन्द्र बजार चोकमा शनिबार बिहान ५ बजे भएको दुर्घटनामा बा १ ज ८३९६ नम्बरको विंगरमा सवार ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।, ईलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा ९ ज... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालका लागि अमेरिकी राजदूतसँगको भेटबारे नेकपा एमालेका नेता भीम रावललाई जवाफ फर्काएका छन्। , बालेनले शुक्रबार फेसबुकमा स्टाटस राख्दै अमेरिकाका राजदूत डीन आर. थम्पसनले उनलाई पटक पटक भेट्न खोजेको र परराष्ट्र मन्त्रालयसँग अनुमति लिएर मात्रै भेट्न आउन आग्रह गरेको... |
सेतोपाटी संवाददाता धनगढीमा ग्रेडरले च्यापेर स्कुले बालिकाको ज्यान गएपछि मृतकका आफन्तले चालक र निर्माण कम्पनीका सञ्चालकविरूद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा हालेका छन्। , मृतक बालिकाका बुवाले चालक र कम्पनी सञ्चालकका नाममा मुद्दा दर्ता भएको बताए। , सो निवेदनका आधारमा प्रहरीले कानुनी प्रक्रियाबाट न्याय दिनुपर्ने माग... |
सेतोपाटी संवाददाता काठमाडौंको हनुमानढोकामा एक पुरूष मृत फेला परेका छन्। , मंगलबार काठमाडौं महानगरपालिका-२४ हनुमानढोका कालभैरव मन्दिर अगाडि अन्दाजी ५५ वर्षीय पुरूष मृत फेला परेका हुन्। , सडकमा बस्ने उनको हाल नाम, थर, वतन नखुलेका प्रहरीले जनाएको छ। , जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार घटना शंका... |
सेतोपाटी संवाददाता राष्ट्रिय भूमि आयोग, जिल्ला काठमाडौंले सुकुम्बासीहरूको उचित व्यवस्थापनबिना नै काठमाडौं महानगरपालिका डोजर लिएर बस्ती भत्काउन पुगेको आरोप लगाएको छ। , आयोगले सबैको कुरा सुन्दा र बुझ्दा महानगरपालिका नै एकलौटी रूपमा अघि बढेको पाइएको बताएको हो। , मंगलबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा राष्ट्रिय भूमि ... |
रासस सप्तरीमा एक जनाको हत्या भएको छ।, सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको हो।, उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा फेला परेको छ। हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेशकुमार सिंहले बताए।, उनी सोमबारदेखि बेपत्ता थिए। राउतको खोजी गरिदिन ... |
नारायण अधिकारी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर देख्न र सुन्नमा जति सुन्दर छ त्यहाँ उपचार गर्न आउने बिरामीले पाउने दुःख र सास्ती त्यति नै छ।, पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति हुँदाहुँदै पनि बिरामीले चिकित्सक भेट्न मुस्किल हुने गरेको बिरामीको गुनासो छ। , अस्पताल परिसरमै चिकित्सक र कर्मचारीका लागि आवासको ... |
सेतोपाटी संवाददाता काठमाडौं उपत्यका विकास प्राधिकरणले खोलालगायतका जग्गा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ।, ३५ दिनभित्र त्यस्ता संरचना नहटाए प्राधिकरण आफैँले हटाइदिने आज गोरखापत्रमा प्राधिकरणले निकालेको सूचनामा उल्लेख छ।, काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका... |
सेतोपाटी संवाददाता ललितपुरको लेलेस्थित जलकुमारी बालकुमारी मन्दिरमा चोरी भएको छ। , बुधबार गोदावरी नगरपालिका-५ मा रहेको मन्दिरमा भएका ३३ कोटी देवताका आकृतिमध्ये २५ वटा चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सुधिरराज शाहीले जानकारी दिए। , उनका अनुसार मध्यराति १:२२ बजे दुई जना चोर मन्दिरको ताला फोडेर भित्र पसेको सिस... |
मनिका विश्वकर्मा सरस्वती महर्जनले सानोमा स्कुल पढ्न पाइनन्। ३० घन्टा टाफ्रिक प्रहरी भएर स्कुले विद्यार्थीलाई बाटो कटाइदिँदा भने स्कुल पढ्न गएजत्तिकै सुखद अनुभूति सँगालिन्।, ती विद्यार्थी कहिलेकाहीँ हात हल्लाउँदै उनलाई भन्थे, 'थ्यांक्यु, ट्राफ्रिक आन्टी!', त्यसले झनै उनलाई ऊर्जा थपिदिन्थ्यो। अशक्त, वृद्धवृद्धालाई बाटो ... |
रासस भरतपुर महानगरपालिकाले अवैध रूपमा निर्माण गरिएका संरचना हटाउने भएको छ।, महानगरपालिकाले ३५ दिने सूचना जारी गर्दै अवैध संरचनालाई हटाउन आग्रह गरेको हो।, महानगरपालिकाले मंगलबार जारी गरेको सूचनामा तोकिएको समयभित्र त्यस्ता संरचना सम्बन्धित धनीले नहटाए आफैंले हटाउने जनाएको छ। , संरचना हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित व्... |
एजेन्सी चिनियाँ अर्बपति तथा इ-कमर्स साइट अलिबाबाका संस्थापक ज्याक मा जापानमा लुकेर बसेको तथ्य सार्वजनिक भएको छ। चीनमा सुरक्षा नभएको भन्दै उनी परिवारसहित जापानमा लुकिरहेको द गार्डियनले लेखेको छ।, दुई वर्षअघि सांघाईमा भएको सम्मेलनमा चिनियाँ नियामक निकायहरूले प्रविधि कम्पनीमाथि गर्ने व्यवहारको ,आलोचना गरेका थिए,।, ‘एउटा ... |
रासस खानेपानी मन्त्री उमाकान्त चौधरीले यही मंसिर २७ गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताएका छन्। , आज मेलम्ची खानेपानी आयोजनाको कार्यप्रगति बुझ्न मुहानस्थल अम्बाथान पुगेका मन्त्री चौधरीले २७ गतेभित्र काठमाडौंमा पानी वितरण सुरू गरिने बताएका हुन्। , गत जेठ दोस्रो सातादेखि बन्द गरिएको मेलम्चीमा गएको सोमबारदेखि सुरूङम... |
एजेन्सी चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वमहासचिव एवं चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ।, चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले ९६ वर्षीय जेमिनको निधन भएको बताएको छ।, जेमिन सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपति बनेका थिए।, उनी सन् १९८९ देखि २००२ सम्म चिनियाँ कम्युनिष्ट पार्टीको महासचिव बनेका थिए।,
रह... |
रासस पछिल्लो समय ढोरपाटन नगरपालिकाले यस क्षेत्रलाई विकाससँग जोड्न थालेको छ। यस वर्षदेखि वडा नं ९ को ढोरपाटन उपत्यकामा नगर अस्पताल निर्माण गर्न सुरू भएको छ। , जिल्लाकै सबभन्दा दुर्गम मानिने ढोरपाटनमा नगर अस्पताल बन्न थालेपछि स्थानीयवासी खुसी भएका छन्।, केन्द्र सरकारले विनियोजन गरेको साढे १४ करोड ७६ लाख रुपैयाँ लागतमा अ... |
नारायण खड्का तुलसीपुरमा एक क्लबले मेला लगाउने तयारी गरेपछि त्यसको विरोधमा उद्योग वाणिज्य संघले बजार बन्द गराएको छ। , युथ्स् अफ तुलसीपुरले बिहीबारदेखि तुलसीपुर उपमहानगरपालिका-६ हात्तीखौवा नजिकै मेला लगाउने तयारी गरेपछि त्यसविरूद्ध व्यापारीहरूले बजार बन्द गराएको हो। , वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले व्यापारीहर... |
सेतोपाटी संवाददाता ३५ औं विश्व एड्स दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा दीप प्रज्वलन गरिएको छ।, माइती नेपालले बुधबार दिप प्रज्वलनको आयोजना गरेको हो। गौशाला चोकमा आयोजित उक्त कार्यक्रममा मानिसहरूले एड्सबाट ज्यान गुमाएकालाई श्रद्धाञ्जली दिएका हुन्।, यसैगरी माइतीघरमा विश्व स्वास्थ्य संगठनको आयोजनमा पनि दीप प्रज्वलन गरिएको छ... |
सेतोपाटी संवाददाता म्यादी प्रहरीलाई गाली गरी सामाजिक सञ्जालमा भिडिओ हालेको आरोपमा एक जना युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ। , विभिन्न आक्षेप, लाञ्छना लगाएर सुरक्षाकर्मीको चरित्रमा दाग पुर्याएको आरोपमा युट्युबरलाई साइबर ब्युरोले पक्राउ गरेको एसपी पशुपतिकुमार रायले जानकारी दिए। , पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका... |
रासस डोटीको पूर्वीचौकी गाउँपालिका–६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गए राति निधन भएको छ । उनको हृदयघातका कारण निधन भएको हो । , बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासी बेहोस भएर ढलेका पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिए।, उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा... |
सेतोपाटी संवाददाता बैतडीमा एक युवती मृत र एक किशोरी घाइते अवस्थामा फेला परेका छन्। , बुधबार दिउँसो २ बजेतिर शिवनाथ गाउँपालिका–६ नेपाल टेलिकमको टावर नजिकै रहेको जंगलमा २१ वर्षीय माया लुहारको घाँटी रेटिएको अवस्थामा मृत फेला परेकी हुन्। , यस्तै दिउँसो १ बजेतिर सोही ठाउँको गाईवस्तु चराउने चौरमा १५ वर्षीय नेहा लुहार पनि घा... |
सेतोपाटी संवाददाता अन्नपूर्ण गाउँपालिका–८, काफलडाँडा, म्याग्दीमा जनस्तरबाट बनाइएको ‘पुन समुदाय सङ्ग्रहालय’को उद्घाटन गरिएको छ। पुन समुदायको जीवनशैली झल्काउने उद्देश्यले ‘करबाकेली बाबा संरक्षण समिति’ले बनाएको सङ्ग्रहालय उद्घाटन सगरमाथा आरोही एवं चलचित्र अभिनेत्री दिया पुनले मंगलबार गरेकी हुन्। , ढुंगा र काठबाट परम्परा... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले काभ्रेको बेथान चोक गाउँपालिकाका खानीजन्य सामग्रीमा कर नउठान पनौती नगरपालिकालाई अन्तरिम आदेश दिएको छ।, बेथानचोक गाउँपालिकालाई कर तिरेर ढुवानी भएका खानीजन्य सामग्रीमा पनौती नगरपालिकाले समेत कर उठाएपछि सर्वोच्च अदालतमा रिट दायर भएको थियो।, स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरीत पनौती नगर... |
सेतोपाटी संवाददाता जिल्ला प्रहरी कार्यालय कालिकोटमा पुस्तकालय स्थापना गरिएको छ। ‘सँगै पढौं’ भन्ने नाराका साथ पुस्तकालय स्थापना गरिएको प्रहरीले जनाएको छ।, प्रहरी हिरासतमा रहेका थुनुवाको लागि केन्द्रित गरी शुरू गरिएको उक्त पुस्तकालय क्रिडाक नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा सञ्चालित सहयात्रा परियोजनाले स्थापना गरेको हो।... |
सेतोपाटी भारतीय पत्रकार रविश कुमारले टेलिभिजन च्यानल 'एनडिटिभी इन्डिया' को कार्यकारी सम्पादक पदबाट राजीनामा दिएका छन्।, एनडिटिभीमा भारतको व्यावसायिक घराना अडानी समूहको प्रवेशपछि उनले राजीनामा दिएका हुन्।, एनडिटिभीका अध्यक्ष सुपर्णा सिंहले आफ्ना कर्मचारीहरूलाई पठाएको आन्तरिक इमेलमार्फत् रविश कुमारको राजीनामाको खबर बाहि... |
पूर्णप्रसाद मिश्र/रासस प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ।, त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो... |
रासस काठमाडौं उपत्यकामा शृंखलाबद्ध रुपमा मोटरसाइकल चोरी हुने गरेको तथ्य प्रहरीले फेला पारेको छ।, एकै व्यक्तिले पटकपटक मोटरसाइकल चोरी गरी बिक्री गर्ने तथ्य फेला परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक प्रहरी उपरीक्षक कृष्णप्रसाल कोइरालाले जानकारी दिए।, उनका अनुसार खोजी अभियानमा संलग्न प्रहरी ट... |
सेतोपाटी संवाददाता धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिएर विद्यार्थीको मृत्यु भएपछि पीडित पक्षले आन्दोलित बनेको छ।, धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा आज बिहान ग्रेडरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिँदा विद्यार्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।, धनगढी उपहानगरपालिका–४ बस्ने चेतना साउदको घटनास्थलमै मृत्... |
एजेन्सी भारतीय पत्रकार रविश कुमारले आफ्नो युट्युब च्यानलबाटै पत्रकारितालाई निरन्तरता दिने भएका छन्। , बुधबार उनले टेलिभिजन च्यानल 'एनडिटिभी इन्डिया' को कार्यकारी सम्पादक पदबाट राजीनामा दिएसँगै यो घोषणा गरेका हुन्।, बिहीबार रविशले आफ्नो राजीनामाको कारण खुलाउँदै दर्शकलाई भिडिओमार्फत् सम्बोधन गरेका छन्।, ‘मैले राजीनामा ... |
नारायण खड्का तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ।, आजदेखि युथ्स अफ तुलसीपुरले तुलसीपुर–६ हात्तीखौवामा मेला लगाउने तयारी गरिरहेको समयमा त्यसको विरोधमा वाणिज्य संघका पदाधिकारीले उपमहानगरपालिकामा तालाबन्दी गरेका हुन्।, व्यापारीले उपमहानगरपालिकाको कार्यालय प्रवेशद्वारमा ... |
निशा भण्डारी काठमाडौंको माइतीघर मण्डलमा लैंगिक हिंसाविरूद्ध सचेतनामुलक प्रदर्शन भएको छ। , आइतबार सामुदायिक वन उपभोक्ता महासंघ नेपालले लैंगिक हिंसाविरूद्ध सचेतनामुलक र्याली आयोजना गरेको हो।, महासंघका अनुसार महिलामाथि हुने हिंसाविरूद्धको १६ दिने अभियान अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो।, प्रदर्शनपछि उनीहरूले सचे... |
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ।, चालु आवका साउन, भदौ र असोजसम्मको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, प्राधिकरणले यस अवधिमा विद्युत बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको छ। आवको पहिलो तीन महि... |
सेतोपाटी संवाददाता काठमाडौंस्थित एक गेष्ट हाउसमा एक व्यक्ति मृत फेला परेका छन्। , पाल्पा बर्तुङ्ग गाउँपालिका-६ का ६० वर्षीय कुमार चन्द्र कोइराला मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। , उनका अनुसार कोइराला काठमाडौं महनगरपालिका-१६ माछापोखरीस्थित पाल्पा तिनाउ फूलबारी... |
सेतोपाटी संवाददाता प्रदेश नम्बर १ का प्रहरी निरीक्षक सञ्जय बुचाको कमाण्डमा खटिएको प्रहरी टोलीले अवैध हातहतियारसहित एक व्यक्ति पक्राउ गरेका छन्।, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका - ४ बस्ने हंसराज लिम्बुका छोरा नवीन कुमार नाल्बोलाई प्रहरी टोलीले पक्राउ गरेकाे हो।, उनीमाथि आफ्नै भाइ शुक्रराज नाल्बो लिम्बुको भरूवा बन्दुक... |
रासस धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टर स्केलको भूकम्प गएको हो।, यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रबिन्दु भएर तीन दशमवल सात रेक्टर स्केलको भूकम्प गएको थियो।, केही दिन पहिले पश्चिम नेपाल ... |
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले देशभित्र उत्पादित विद्युत आन्तरिक रूपमै खपत बढाउन मधेश प्रदेशका जिल्लामा करिब ४ हजार मेगावाट विद्युत खपत गर्न सक्ने गरी प्रसारण सञ्जाल बनाउने भएको छ।, प्राधिकरणले सन् २०५० भित्रमा मधेश प्रदेशका बारा, पर्सा, रौतहट, महोत्तरी, धनुषालगायतका जिल्लाका दक्षिणी भेगमा हुने मानवबस्ती... |
सबिना श्रेष्ठ एघार वर्षअघिको त्यो दसैं अर्जुन तामाङको जीवनमा दशा बनेर आएको थियो।, उनी घर लिप्न पहेँलो माटो खन्न गएका थिए। त्यही माटोले पुरेर घाइते भए। 'स्पाइनल इन्जुरी' का कारण मेरूदण्ड चलेन। उनको सहारा ह्विलचेयर बन्यो।, अर्जुनले ह्विलचेयरमै बसेर बनाउन मिल्ने थांकाको काम सिके। सिक्दासिक्दै काठमाडौंको बोधिसत्व इन एक्सन... |
रासस मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन्। , आइतबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात श्रीलक्ष्मीनारायण मठ मटिहानीको आतिथ्यता ग्रहण गर्दै आज बिहान जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन्।, रामजानकी विवाहमहोत्सवमा अयोध्या... |
सेतोपाटी संवाददाता प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ।, त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो।, म... |
नवीनबाबु गुरूङ संसदीय निर्वाचनका बेला खुकुलो भएको काठमाडौं उपत्यकाको सवारी आवतजावत फेरि बढेको छ।, सोमबारदेखि काठमाडौंका सडकमा लामो ट्राफिक जाम देखिन थालेको छ।, सवारी जामका कारण यात्रुहरूले सास्ती खेप्नु परेको छ।, तस्बिरहरू:,
तस्बिरमा हेर्नुस् काठमाडौंको जाम |
रासस वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरूङमा पानी पठाएको छ।, असारदेखि सुरूङ बन्द रहेकाले सुरूमा थोरै पानी परीक्षणका रूपमा पठाइएको छ।, यो पानी काठमाडौंस्थित सुरूङको अन्तिम बिन्दु सुन्दरीजल आइपुग्न करिब एक हप्ता लाग्... |
नवीनबाबु गुरूङ काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त भएको छ। बस्ती हटाउन सोमबार गएको महानगरको टोलीमाथि स्थानीयले ढुंगामुढा गरेपछि उक्त क्षेत्र तनावग्रस्त बनेको हो।, एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिरसम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो।, समितिले सूचना... |
सेतोपाटी संवाददाता काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरिएको छ। , बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरेको हो।, त्यस्तै समितिको समन्वयनमा महानगरपालिकाले त्यहाँ डोजर चलाउन प्रहरी परिचालन गरेको काठमाडौं महानगरपालिकाका नगर प्रहरी उपरीक्षक दिनेश अर्याल... |
सेतोपाटी संवाददाता काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ।, सुकुम्बासी बस्तीभित्र प्रहरी छिर्न लाग्दा स्थानीय र प्रहरीबीच ढुंगा हानाहान भएको हो। त्यस्तै स्थानीयहरूले टायर बालेर विरोध प्रदर्शन गरेका छन्।, काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन गरिएको... |
नवीनबाबु गुरूङ काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा महानगरले डोजर चलाउने भएपछि स्थानीयले आ-आफ्ना सामान घरबाहिर निकालेका छन्।, काठमाडौं महानगरपालिकाले अनाधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरु हटाउने अभियान अन्तर्गत सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरू गरेको हो। तर, सो बस्तीमा मानिसहरुले भने डोजर चलाउने काममा... |
सेतोपाटी संवाददाता काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने क्रममा प्रहरी र स्थानीयबीच झडप हुँदा काठमाडौं नगर प्रहरी प्रमुख घाइते भएका छन्।, सुकुम्बासी बस्तीभित्र प्रहरी छिर्ने क्रममा स्थानीय र प्रहरीबीच ढुंगा हानाहान हुँदा प्रहरी उपरीक्ष राजु पाण्डे घाइते भएको काठमाडौं महानगरपालिकाका नगर प्रहरी उपरीक्षक दिनेश ... |
रासस हिमाली क्षेत्रका कृषकको जीवनस्तर सुधार गर्ने र आर्थिक रूपमा सबल बनाउने उद्देश्यले अगाडि सारिएका कार्यक्रममा नै भ्रष्टाचार भएको पाइएको छ।, स्थानीय सरकारले हिउँदे फलफूलका बिरूवा स्याउ, दाँते ओखर, च्याउको बीउ तथा जैविक विषादी उपलब्ध गराउने कार्यक्रम अगाडि सारेको छ।, सोही कार्यक्रममा नै भ्रष्टाचार गरिएको भन्दै अख्तिय... |
सेतोपाटी संवाददाता काठमाडौंको गोकर्णेश्वरमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ।, सोमबार दिउँसो गोकर्णेश्वर नगरपालिका-४ भगवतीस्थानस्थित सडकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। , बा.९ च ३३८२ नम्बरको कार र प्र-१-०२-००१ प २३३० नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।, दुर्घटना हुँदा मोटरसाइकल च... |
नारायण खड्का दाङका किशोर-किशोरी शरद आचार्य र रोशनी महताराको मृत्यु प्रकरणमा निर्दोष भएको थाहा पाउँदा-पाउँदै पनि प्रहरीले तीन जनालाई तीन सातासम्म हिरासतमा राखेको छ।, असोज ३० गते उनीहरूको शव फेला परेपछि घटनाको अनुसन्धानका क्रममा सुरूमा प्रहरीले हेटौंडाका टिपर चालक २४ वर्षीय सुवास थिङ, सल्यान कपुरकोटका २१ वर्षीय सहचालक स... |
सेतोपाटी संवाददाता काठमाडौंको बागमती किनारमा रहेको सुकुम्बासी टोलीलाई हटाउन जाँदा खुकुरी ल्याउने व्यक्तिलाई महानगर प्रहरीलेे नियन्त्रणमा लिने भएको छ।, महानगर प्रहरी प्रमुख राजु पाण्डेले थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी वस्तीमा खुकुरी लगायत हतियार ल्याउने व्यक्तिहरूलाई नियन्त्रणमा लिने बताएका हुन्। , ‘हामी ... |
सेतोपाटी संवाददाता थापाथलीको सुकुम्बासी बस्ती हटाउन जाने क्रममा सुकुम्बासीको आक्रमणमा परी काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेसहित ३६ प्रहरी घाइते भएका छन्।, घाइतेमध्ये ३४ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा र २ जनाको वीर अस्पतालमा उपचार भइरहेको घाइतेका उपचारमा खटिएका नगर प्रहरी निरीक्षक सूर्य केसीले ... |
रासस जिल्ला प्रहरी कार्यालय बागलुङले प्रशासकीय अधिकृत हुँ भनी ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।, प्रहरीले जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई ठगी गर्ने गोरखाको सहिद लखन गाउँपालिका–४ का बुद्धिमान परियारलाई पक्राउ गरेको हो।, प्रहरीले बजारमा ठगी गरेको भन्ने सूचना पाएपछि बागलुङ नगरपालिका–३ गुठी स्... |
सेतोपाटी संवाददाता काठमाडौंको टोखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। , सोमबार राति टोखा नगरपालिका-६ ग्रिनल्यान्ड हरियाली बस्तीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। , बा.७४ प ५७५९ नम्बरको मोटरसाइकल चालक नुवाकोट पंचकन्या गाउँपालिका-४ बस्ने २६ वर्षीय सबिन कँडेलको मृत्यु भएको ह... |
सेतोपाटी संवाददाता सर्वोच्च अदालतको गेटमा न्याय माग्दै रातो रङ छ्याप्ने दुई जना युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, मंगलबार बिहान न्याय माग गर्दै सर्वोच्च अदालतमा रातो रङ छ्याप्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। , श्रीमानबाट हिंसा भएको हुँदा ... |
नवीनबाबु गुरूङ काठमाडौंको थापाथलीस्थित बागमती किनारका सुकुम्बासीले मंगलबार काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्।, अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिको आग्रहकमा महानगरले थापाथलीको सुकुम्बासी क्षेत्रमा डोजर लगाएपछि स्थानीय आक्रोशित भएका हुन्।, आक्रोशित स्थानीयले ‘डोजर आतंक बन्द गर’ भन्दै महानगरम... |
सेतोपाटी संवाददाता नवलपरासीमा मादक पदार्थ सेवन गरी विवाद गर्ने मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।, जिल्ला प्रहरी कार्यालय नवलपरासीले एक जना मतदान अधिकृतलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए। , रामग्राम नगरपालिका-४ जितपुर घर भई पाल्हिनन्दन गाउँपालिकाको पश... |
मन्दिरा घिमिरे बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले काठमाडौंको बागमती किनारमा बसोबास गर्दै आएका सुकुम्बासीलाई आफू बसेको जग्गा खाली गर्न सूचना दिएपछि केही महिलाहरू बच्चा बोकेरै प्रदर्शन गर्न पुगेका छन्।, काठमाडौंको बागमती किनारका सुकुम्बासी बस्तीलाई हटाउन बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले केही दिन अघि १० दिन... |
सेतोपाटी संवाददाता जुम्लामा मतदान केन्द्रतर्फ गइरहेको जिप दुर्घटना हुँदा मतदान अधिकृतसहित ६ जना घाइते भएका छन्।, निर्वाचन सामग्री लिएर जुम्लाको सदरमुकाम खलंगादेखि तातोपानी गाउँपालिका–८ मा रहेको जनजागृती माध्यमिक विद्यालय मतदान केन्द्र ताम्ती जाँदै गरेको भे १ च २१८८ नम्बरको जिप दुर्घटना भएको हो।, बिहीबार दिउँसो साढे २ ... |
एजेन्सी मलेसियन एयरलाइन्सको कलसाइन एम-एच १७ भएको जहाज खसाएर तीन सय जनाको हत्या अभियोगमा तीन जनालाई आजिवन जेलको फैसला सुनाइएको छ।, नेदरल्याण्डको अदालतले रूसी सेवासँग आवद्ध तीन जनालाई आजिवन काराबासको फैसला सुनाएको न्युयोर्क टाइम्सले जनाएको छ।, सन् २०१४ नेदरल्याण्डको आम्सटरडमबाट मलेसिया उडेको जहाजलाई पृथकतावादी समूहले क्... |
सुशीला रेग्मी निस्दी गाउँपालिका–४ भिरपानीका राजकुमार परियार गौरीशंकर मावि मित्यालमा कक्षा १० मा अध्ययन गर्छन्। उनी गाउँदेखि करिब डेढ घन्टा बढीको पैदल हिँडेर विद्यालय पुग्नुपर्दा समस्या भएको गुनासो पोख्छन्।, गाउँमै मावि तहसम्मको विद्यालय नभएपछि डेढ घन्टाभन्दा बढी (एकतर्फी) हिँडेर स्कुल पुग्न उनलाई सहज छैन। गाउँमै रहेको... |
सेतोपाटी संवाददाता जावलाखेलस्थित निजामती प्रशिक्षण प्रतिष्ठानको दक्षिणतर्फ भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ।, शुक्रबार बिहान ७:४६ बजे ललितपुर निर्वाचन क्षेत्र नं ३ गठबन्धनको सम्पर्क कार्यालय समेत रहेको उक्त सार्वजनिक पार्कमा स्थानीय बासिन्दाले शंकास्पद वस्तु देखेका थिए। त्यसपछि ल... |
युवराज श्रेष्ठ कालीगण्डकी गाउँपालिका ७ आँधीमुहानका वयोवृद्ध बमबहादुर माझी अहिले फुर्सदमा छन्। साहुको घरमा काम गरेर जवानी बिताए।अहिले उनको आफ्नै घर छ, परिवार छ। साहुको घरमा बेहिसाब काम गर्न जानु पर्ने बाध्यता छैन।, कालीगण्डकी नदी किनारमा सानो घर बनाएर बसेका बमबहादुरका श्रीमती, जेठा छोरा र एक छोरी बितिसकेका छन्। तीन छोर... |
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, सामाजिक, कला, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो 'यो साताका क्लिक' मा प्रस्तुत गरेको छ।, आजको श्रृंखलामा हामीले कात्तिक २७ देखि मंसिर २ गतेसम्म खिचिएका केही तस्बिर समेटेका छौं।, , , ललितपुरको झम्सीखेलस्थित ज्ञानमण्डलामा रहेको विइन्ड हर्स ग्यालरीमा... |
रासस सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन्।, नेचासल्यान गाउपालिका-४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउमा मृत भेटिएका हुन्। , जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिलजंग शाहका अनुसार... |
सेतोपाटी संवाददाता भक्तपुरमा पानी ट्यांकरको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु भएको छ। , शनिबार बिहान १० बजे भक्तपुर नगरपालिका-२ झौखेलबाट ब्यासी आउँदै गरेको बा ५ ख ९१४२ नम्बरको पानी ट्यांकरले एक जना बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ। , ठक्करबाट रामेछाप सुनापाती गाउँपालिका-४ घर भई ब्यासी बस... |
सेतोपाटी संवाददाता डोटीमा एक पुरूष मृत अवस्थामा फेला परेका छन्।, जोरायल गाउँपालिका –३ तोडेगडाका अन्दाजी ६० वर्षीय हिरालाल ओली शनिबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ।, उनी जोरायल गाउँपालिका-३ चन्कट्टे नजिकैको बाटोमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भोला भट्टले जानकारी दिए।, प्रहरीका अनुसार उनी भा... |
सेतोपाटी संवाददाता झापामा नेपाली सेनाको जीपसँग ठोक्किँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ।, पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा भएको दुर्घटनामा मेची नगरपालिका-१३ धाइजन बस्ने होमबहादुर खत्रीको मृत्यु भएको हो। प्रहरीका अनुसार उनी प्रदेश१-०१-०१२ प ३८५७ नम्बरको मोटरसाइकलमा पूर्वबाट पश्चिमतर्फ जाँदै थिए।... |
सेतोपाटी संवाददाता दाङको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले प्रयोग गर्ने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। , मौन अवधिमा स्रोत साधनको दुरूपयोग गरी निर्वाचन प्रभावित पार्न खोजिएको आरोपसहित शनिबार घोराही-१७ का स्थानीयले मेयर चढ्ने रा १ झ १४५ नम्बरको गाडीको हावा खुस्काइ दिएका थिए। गाडीको हावा फालिदिएपछि गा... |
एजेन्सी माइक्रो ब्लगिङ साइट ट्विटरका नयाँ मालिक एलन मस्कले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्विटर चलाउन दिने भएका छन्।, यसअघि उनले ट्रम्पको ट्विटर खाता फेरि सक्रिय गर्ने कि नगर्ने भन्ने विषयमा ट्विटरमै पोल गरेका थिए। उक्त पोलमा उनको खाता फेरि सक्रिय हुनुपर्छ भन्नेहरूको बहुमत भएकाले ट्रम्पलाई फेरि ट्विटर चल... |
सेतोपाटी संवाददाता रौतहट सदरमुकाम गौरमा गएराति भएको भीषण आगलागीमा परेर तीनजना बालबालिकाको मृत्यु भएको छ।, गौर नगरपालिका-१ माईस्थान चौकस्थित इस्लाम कपडा-डसना पसलमा र सँगै रहेको मोटरसाइकल ग्यारेजमा बुधबार राति ११ बजे आगलागी हुँदा दुई बालिका र एक बालकको घटनास्थलमै जलेर मृत्यु भएको रौतहटका एसपी वीरबहादुर बुढामगरले जानकारी... |
रासस सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ।, पूर्वी चितवनको राप्तीबाट काठमाडौँ जाँदै गरेको माइक्रोबस ट्रकमा ठोक्किएर उनको आज बिहान निधन भएको हो।, जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बा ४ ख ४१२ नम्बरको माइक्रोबस रोकिराखेको ना २ ख ८५२२ नम्बरको पराल लोड भएको ट्रकमा बिहान ५ः३० बजे ठोक... |
रासस तेह्रथुममा मतदान गर्न मतदान केन्द्रमा पुगेका एक वृद्धको निधन भएको छ।, लालीगुराँस नगरपालिका–८ सोल्मास्थित रत्न मावि मतदान केन्द्रमा भोट हाल्न पुगेका ८८ वर्षीय योङहाङ दीप लिम्बूको मतदान केन्द्रमै निधन भएको हो।, रत्न मावि मतदान केन्द्रको गेटमा पुगेपछि लिम्बू लडेका थिए। वृद्ध उच्च रक्तचापको बिरामी रहेको प्रमुख जिल्ला... |
रासस काठमाडौंको बाफलमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ।, काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सडकमा ना ६ ख ४३८० नं ट्रकको ठक्करबाट पैदलयात्री काभ्रेपलाञ्चोक चौरेदेउराली गाउँपालिका–४ घर भएकी ४९ वर्षीया सरस्वती तामाङको आज बिहान मृत्यु भएको हो।, ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी तामाङको उपचारका क्रममा मनमोहन अस्... |
सेतोपाटी संवाददाता गुल्मीको सत्यवतीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।, दुर्घटनामा चारजना घाइते समेत भएका छन्। घाइतेमध्ये एकजनाको अवस्था गम्भिर रहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ। , प्रहरीका अनुसार सत्यवति गाउँपालिका-३ ठूलो लुम्पेकबाट कुटडाँडा लु २ च ५३४० को जिप जाँदै थिय... |
सेतोपाटी संवाददाता पद्मकन्या (पिके) क्याम्पसका छात्राद्वारा तेस्रो साइकल र्याली आयोजना गरेका छन्।, महिला हिंसा विरूद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको र्यालीमा करिब २०० जना साइकलेको सहभागिता थियो। , महिला सशक्तिकरणका साथै महिला हिंसा विरूद्ध जनचेतना फैलाउन वर्षेनी साईकल र्यालीको आयोजना हुँदै आएको का... |
सेतोपाटी संवाददाता प्रहरी हौं भनेर सुनका गरगहना बनाउने कारखानामा डाँका मारेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। , काठमाडौं महानगरपालिका-१८ नरदेवीस्थित पाँच तले घरको पहिलो तलामा डकैती भएको हो। दुई जना भारतीय नागरिकले सञ्चालन गरेको उक्त कारखानामा कात्तिक २९ गते डाँका मारेको थियो। , यस घटनामा संलग्न ५ जनालाई प्... |
रासस पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जंगलमा बिहीबार साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी दुई घाइते भएका छन्।, पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश नम्बर २–०२–००३ प ९१७८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको स ९ प १५९१ नम्बरको मोट... |
रासस तनहुँमा मोटरसाइकल दुर्घटनामा परेर आज एक युवकको मृत्यु भएको छ।, घिरिङ गाउँपालिका–१ पुटारका २२ वर्षीय सुनिल दरैको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो। , जगौलिटारस्थित कच्ची सडकमा बनटारबाट पुटारतर्फ जाँदै गरेको लु ३९ प ५०९७ नंको मोटरसाइकल अनियन्त्रित भई सडकदेखि ५० मिटर तल खस्दा दरैको मृत्यु भएको हो। दुर्घटनामा प... |
सेतोपाटी संवाददाता कञ्चनपुरमा घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। , शुक्रबार राति कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीमा रहेको एक घरमा आगलागी भएको थियो। , सोही क्रममा सोही ठाउँकी ७० वर्षीया मनसरादेवी सुनारको आगलागीका कारण जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी चक्र शाहले जानकारी दिए।,
कञ्चनपु... |
नवीनबाबु गुरूङ संयुक्त राष्ट्रसंघको लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको दोस्रो दिन काठमाडौंमा लैंगिक हिंसाविरूद्ध वाकाथन सम्पन्न भएको छ।, जोन्टा क्लब अफ काठमाण्डूले काठमाडौंको दरबारमार्गबाट निकालेको वाकाथनमा सयौं मानिसहरूको सहभागिता रहेको थियो। , महिला तथा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सक्रियता प्रवर्द्ध... |
रासस इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर भूकम्प गएको छ।, राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार शनिबार साँझ ७ बजेर ५१ मिनेट जाँदा इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो।, उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले गएको छ।, केही दिन प... |
सेतोपाटी संवाददाता दाङमा करेन्ट लगाएर माछा मार्ने क्रममा शनिबार दिउँसो एक जनाको मृत्यु भएको छ।, तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ मा ५० वर्षीय सुरेश डाँगीको दिउँसो साढे २ बजेतिर करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार डाँगीको घर कैलालीको भजनी हो।,... |
सेतोपाटी संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा उम्मेदवार रवि लामिछानेको प्रचारमा रहेको गाडी तोडफोड भएको छ। , आइतबार दिउँसो चितवनको क्षेत्र नम्बरमा पर्ने मुग्लिन नजिकै गाडी तोडफोड भएको हो। , तोडफोडबाट बा १४ च ७६८४ नम्बरको गाडीको सीसा फुटेको छ।, एक जना युवा गाडीमा... |
सेतोपाटी संवाददाता मोरङमा मामाको हत्या गरेको आरोपमा प्रहरीले भान्जालाई पक्राउ गरेको छ। , पथरी शनिश्चरे नगरपालिका-१ बस्ने ४२ वर्षीय काजी मोहराको हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।, उनको हत्या गरेको आरोपमा प्रहरीले उनका भान्जा उर्लाबारी नगरपालिका-८ बस्ने २२ वर्षीय सुजन पाचकोटीलाई पक्राउ गरेको हो। ... |
रासस राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्तहरूले आयोगको श्रेणी घटुवा भएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगका अध्यक्ष तथा सदस्यहरूलाई तत्काल मार्ग प्रशस्त गर्न माग गरेका छन्। , पूर्व आयुक्तहरूले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगको अन्तर्राष्ट्रियस्तरलाई ‘क’ श्रेणीबाट ‘ख’ श्रेणीमा झार्न भएको निर्णयप्रति ध्य... |
सेतोपाटी संवाददाता सिराहामा खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर तीन जना बालकको मृत्यु भएको छ। , मिर्चैया नगरपालिका-१० प्रयागपुरस्थित जेके इँट्टा उद्योगभित्र रहेको खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा डुबेर ३ जना बालकको आइतबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।, मृत्यु हुनेहरूमा... |
रासस नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ भंगेरीमा सोमबार साँझ आमाछोरीको हत्या भएको छ।, धारिलो हतियार प्रयोग गरेर २० वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनको छोरी तीन वर्षीया कृष्टिना खतिवडाको हत्या भएको दुप्चेश्वर गाउँपालिका–५ का वडाध्यक्ष मइतबहादुर तामाङले जानकारी दिए।, उनका अनुसार धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीर... |
सेतोपाटी संवाददाता भक्तपुरमा मोटरसाइकल ट्यांकरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। , सोमबार सवा ७ बजे भक्तपुर नगरपालिका-१ नगरकोट मोड जय नेपाल चोकमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए। , कालोपाटीबाट सल्लाघारी जाँदै गरेको बागमती प्रदेश ०२-०३१ प ७८६२... |
सेतोपाटी संवाददाता पोखरामा प्रहरीले नक्कली सुन धितो राखी ऋण लिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। , पर्वतको कुश्मा घर भई पोखरा महानगरपालिका-२५ सराङकोटका २५ वर्षीय अभिषेक सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। , उनका अनुसार सुनारले बैंकमा नक्कली सुन धितो... |
सबिना श्रेष्ठ काठमाडौं महानगरपालिकाले दसैंअगाडि असनको डबली खाली गराएपछि योसँग जोडिएका दुइटा पाटा बाहिरिए; संस्कृति र इतिहाससँग नजिक।, एउटा हो यो डबलीमा नचाइने कुम्हो प्याखँ (कुमार नाच)। यो नाच लोप भएकै २६ वर्ष भइसक्यो। नाच कसरी लोप भयो र यसका सांस्कृतिक–ऐतिहासिक पाटा के–कस्ता थिए भन्नेबारे हामीले केही दिनअघि ,'कहिले भ... |
एजेन्सी अमेरिकाको भर्जेनिया विश्वविद्यालयको परिसरभित्र गोली चल्दा तीन विद्यार्थीको मृत्यु भएको छ।, विश्वविद्यालयको फुटबल क्लबका खेलाडीसमेत रहेका तीन जनाको गोली प्रहारबाट मृत्यु भएको बिबिसीले जनाएको छ। , विद्यार्थी सवार बस चार्लोसभिलस्थित पार्किङ हातामा प्रवेशलगत्तै गोली प्रहार भएको थियो। , गोली चलाएको आशंकामा विश्ववि... |
रासस काठमाडौं महानगरपालिकाले सडकआश्रित मानव (असहाय, बेसहारा) को व्यवस्थापनमा प्रतिबद्ध रहेको जनाएको छ। , महानगरका प्रमुख बालेन्द्र साहले सडकआश्रित मानवको व्यवस्थापनमा महानगरले विगतमा पनि काम गर्दै आएको र आगामी दिनमा पनि अझै प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाएका हुन्। , मानवसेवा आश्रमसँगको सहकार्यमा महानगरले उन... |
एजेन्सी विश्वको जनसंख्या ८ अर्ब पुगेको छ।, संयुक्त राष्ट्रसंघको निकायले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वको जनसंख्या ८ अर्ब पुगेको हो। सन् २०२३ भित्र चीनमा भन्दा भारतमा सबैभन्दा धेरै जनसंख्या हुने प्रक्षेपण गरिएको छ।, ११ वर्षको अवधिमा विश्वको जनसंख्या १ अर्ब नाघेको राष्ट्रसंघले जनाएको छ।, राष्ट्रसंघका महासचिव एन्टो... |
सेतोपाटी संवाददाता वैदेशिक रोजगार विभाग, बुद्धनगरका नायब सुब्बा प्रमोद पाण्डे घुस रकमसहित पक्राउ परेका छन्। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंगलबार उनलाई घुस रकमसहित पक्राउ गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। , उनले वैदेशिक रोजगार कसुरमा मिलापत्रपछि रोक्का भएको बैंक खाता सुचारू गर्न सेवाग्राहीसँग ३०... |
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले एकैदिन २७५ वटा व्यावसायिक परिचय पाटी (साइन बोर्ड) हटाएको छ। , मापदण्ड विपरीत र अनुमति नलिई राखिएका परिचय पाटी सोमबारबाट हटाउन सुरू गरिएको थियो। पहिलो दिन महानगरले २७५ वटा पाटी हटाएको हो। , महानगरले काठमाडौंका चार क्षेत्रबाट यी सामग्री हटाएको हो।, महानगर प्रहरी बलका नगर प्रहरी... |
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले सिनामंगल क्षेत्रमा रूख कटान गरेको छ।, आज बिहान महानगरबाट खटिएको टोलीले जोखिमयुक्त रूख कटान गरेका हुन्।, बिजुलीका तार अवरोध गर्ने रूख र हाँगा कटान गरिएको महानगरले जानकारी दिएको छ।, नगर प्रहरी निरीक्षक प्रकाश पण्डितले जोखिमयुक्त रूख कटान गरिएको सेतोपाटीलाई बताए।, ‘वडा र विद्युत प्र... |
सेतोपाटी संवाददाता त्रिभुवन विश्वविद्यालयले स्नातक तह मानविकी तथा सामाजिकशास्त्र संकायको (चार वर्षे) प्रथम वर्ष २०७७ को नतिजा सार्वजनिक गरेको छ। , लामो समयदेखि रोकिएको नतिजा त्रि.विले मंगलबार सार्वजनिक गरेको हो। नतिजा हेर्न परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट ,www.tuexam.edu.np, मार्फत हेर्न सकिन्छ। , परीक्षा नियन्त्... |
रासस कर्मचारी अभावका कारण जिल्ला प्रशासन कार्यालय रसुवाले प्रदान गर्दै आएको नागरिकता वितरण आजदेखि स्थगन गरेको छ।, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आसन्न निर्वाचनमा आवश्यक कर्मचारी खटाइएको र कार्यालयमा कर्मचारीको अभाव भएका कारण निर्वाचनसम्बन्धी कामबाहेक अन्य सबै प्रकारका सेवा बन्द गरिएको जनाइएको छ।, प्रशासनले सार्वजनिक... |
सेतोपाटी संवाददाता झापामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ।, मंगलबार साँझ कन्काई नगरपालिका-७ दुर्गापुरस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट दम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।, प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका-६ बस्ने ५२ वर्षीय नरेन्द्र मैनाली र उनकी श्रीमत... |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.