content
stringlengths
20
64.1k
नारायण खड्का दाङ एयरपोर्टमा पहिलो पटक जहाजमा इन्धन भर्न सुरू भएको छ। बिक्रम सम्बत २०११ सालदेखि सेवा सुरू भएको दाङ एयरपोर्टमा आइतबार नेपाल वायु सेवा निगमको जहाजमा चार सय ६० लिटर इन्धन भरेको हो। , आयल निगमको केन्द्रीय कार्यालयबाट एक जना, रूपन्देहीको भैरहवा कार्यालयबाट दुई जना र बाँकेको नेपालगञ्ज कार्यालयबाट एक जना प्राव...
सुदीप श्रेष्ठ काठमाडौंको हात्तीसारमा भूमिगत बग्ने टुकुचालाई सतहमा ल्याउने भन्दै मेयर बालेन शाहले डोजर चलाएको १३० वर्ष पुरानो राणाकालीन सुरूङ पुनर्निर्माण गर्ने जिम्मा कसको हो भन्ने अहिले प्रश्न उठेको छ।, पुरातत्व विभागको प्रतिवेदनलाई आधार मान्ने हो भने काठमाडौं महानगरपालिकाले भत्काएको सुरूङ महानगरले नै मौलिक स्वरूपमा ...
सविता बुढा अहिले समाजिक सञ्जालमा कञ्चनपुरको वेदकोट नगरपालिकाले छाडा गाईलाई खाल्डोमा जिउँदै पुरिएको भन्ने चर्चा छ। , गाईलाई गाडिएका केही तस्वीर, भिडिओ सामाजिक सञ्जालमा आएका छन्। , छाडा गाईलाई जिउँदै गाडेर मारिएको भन्ने आरोप लागेपछि वेदकोट नगरपालिकाले भने यो विषयमा भ्रम फैलाइएको दाबी गरेको छ।, वेदकोट नगरपालिकाका मेयर भो...
सेतोपाटी संवाददाता दार्चुलाको नेपाल-भारत सिमानामा पर्ने महाकाली नदीमा भइरहेको एकतर्फी तटबन्धनको काम रोक्ने सहमति भएको छ। , महाकाली नदी किनारामा भारतले बनाइरहेको संरचना रोक्ने सहमतिभएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए। , उनका अनुसार बुधबार बैठक बसेर हाललाई विवादि...
सेतोपाटी संवाददाता काठमाडौं महानरपालिकाले २८ ‍औं स्थापना दिवस सप्ताहव्यापी कार्यक्रमसहित मनाउने भएको छ। , महानगरापलिकाले २८ औं स्थापनाको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउन लागेको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए। , उनका अनुसार मंसिर २३ गते बिहान विशेष सरसफाइ गरी औपचारिक रूपमा कार्यक्रम सुरू गरी...
रासस दार्चुलामा भारतले एकतर्फी तटबन्ध निर्माण गर्न थालेपछि दुवै देशका नागरिकबीच आइतबार दोहोरो झडप सिर्जना भएको थियो।, बुधबार भारतको धार्चुलामा बसेको दुवै देशका प्रमुख सुरक्षा निकायको छलफलले भारतले एकतर्फी निर्माण गर्न लागेको ग्याबिन तटबन्ध तत्काल रोक्ने सहमति भएको छ। नेपालतर्फ मोडिएको नदीलाई पुनः आफ्नै धारमा फर्काइने ...
रासस नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्।, पूर्व पश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक ठक्कर खाएको थियो।, बागलुङबाट भैरहवाका लागि छुटेको लु १ ख ४६७० नम्बरको बस र पश्चिमबाट छुटेको लु २ ख ८९३ नम्बरको ट्रक ठोक्किँदा दुर...
सेतोपाटी संवाददाता वन तथा वातावरण मन्त्रालयअन्तर्गत वातावरण विभागले सवारी साधनबाट निस्केको धुवाँले वायु प्रदूषण बढाएको बताएको छ।, हिउँदमा काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषणको अवस्था बिग्रेको विभागको भनाइ छ।, वायु प्रदूषणको मुख्य कारक सवारी साधनबाट निस्केको धुवाँ रहेको विभागको दाबी छ। साथै खुला रूपमा फ...
लक्ष्मी गारु/रासस लामो इतिहास, संस्कृति, परम्परा अनि सम्पदाले भरिपूर्ण काठमाडौँ उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाइने अनेकौँ चाडपर्वको आफ्नै महत्व र विशेषता छ।, यस्तै पर्वमध्ये एउटा प्रमुख र मौलिक पर्व हो, ‘यःमरी पुन्हि’। हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको अवसरमा आज धुमधामल...
सेतोपाटी संवाददाता नेवारी संस्कृति संरक्षणका लागि आज योमरी पुन्ही अर्थात् ज्यापु दिवस मनाइँदैछ।, ज्यापु दिवसको अवसरमा हाकु पटासीमा सजिएका महिलाहरु विभिन्न परम्परागत बाजा बजाउँदै शहरका विभिन्न गल्ली परिक्रमा गरेर ज्यापु दिवस मनाउँदै छन्।, आजको दिन हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुद...
सेतोपाटी संवाददाता नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन 'अनन्त'को चीनमा क्वारेन्टिनमा उपचार सुरू गरिएको छ।, पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालको क्वारेन्टिनमा उपचार सुरू भएको हो।, चौथो लहरको कोरोना महामारीका कारण चीनभर कडा लकडाउन छ। पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत रहेका पुन लामो समयदेखि जटिल प्रकारको वंशाणु...
सेतोपाटी संवाददाता भोट हाल्न गाउँ जाने क्रममा नरसिंह विष्टको हत्या गरिएको प्रकरणको अनुसन्धानका लागि वडा अध्यक्षसहित तीन जना पक्राउ परेका छन्। , मंसिर ३ गते रातिदेखि बेपत्ता भएका दार्चुलाको ब्यास गाउँपालिकाका विष्ट निर्वाचनको दिन हत्या गरिएको अवस्थामा फेला परेका थिए।, विष्टको हत्या गरिएको भन्दै परेको किटानी जाहेरीका आध...
युवराज पाण्डे दुर्गम मानिने बाँकेको नरैनापुर गाउँपालिकाका स्थानीय विकासको मूल प्रवाहमा आउन सकेका छैनन्।, सडक पूर्वाधार विकास भए पनि यहाँ साक्षरताको अभावले स्थानीय परम्परागत मान्यता र विश्वासका आधारमा जीविकोपार्जन गरिरहेका छन्। कृषि र पशुपालनलाई प्रमुख पेशा बनाएका उनीहरूको आम्दानीको कुनै दरिलो स्रोत छैन।, खरले निर्माण ...
रासस पाल्पाको रामपुर नगरपालिकामा सार्वजनिक जग्गा संरक्षण अभियान सुरू भएको छ।, सार्वजनिक जग्गा ओगटेर बनाइएका संरचना हटाएर जग्गा संरक्षणमा यहाँका जनप्रतिनिधि, राजनीतिक दल लगायतका सरोकारवाला निकायले जोड दिएका छन्।, सार्वजनिक जग्गा संरक्षण तथा बाल खेल संसार अभियानका संयोजक कृष्णप्रसाद पौडेलले सार्वजनिक जग्गा संरक्षण गरेर ...
राजु अधिकारी अन्यत्रभन्दा धेरै ब्याज पाइने लोभमा अवैध रूपमा बैकिङ कारोबार गरिरहेका व्यापारीलाई पैसा जिम्मा लगाउँदा धेरै सर्वसाधारणको रकम जोखिममा परेको पाइएको छ। , खासगरी सुनचाँदी पसल सञ्चालकहरूले वित्तीय संस्थाले झैं गरी पासबुक बनाउने, सर्वसाधारणबाट बचत संकलन गर्ने अवैध काम गर्दा तिनकहाँ रकम जम्मा गर्नेको लगानी जोखिमम...
सेतोपाटी संवाददाता चितवनमा मोटरसाइकल र तरकारी बोकेको गाडी ठोक्किँदा एक जना जर्मन नागरिकको मृत्यु भएको छ।, इच्छाकामना गाउँपालिका-३ फिस्लिङ नजिकै काठमाडौंबाट मुग्लिन जाँदै गरेको बाइक र विपरीत दिशाबाट आउँदै गरेको गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी विजयराज पण्डितले जानकारी दिए। , बिह...
सेतोपाटी संवाददाता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली उडेको विमान केहीबेरमै आकस्मिक अवतरण भएको छ। , बिहीबार दिउँसो सवा २ बजे उडेको इन्डिगो एयरको विमानका एक जना यात्रु बिरामी परेपछि आकस्मिक अवतरण भएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपेन्द्र जिसीले जानकारी दिए। , १६१ यात्रु बोकेक...
रासस पचास शय्या विस्तारसँगै संरचना अभाव भएपछि छ वर्षअघि मेहलकुना अस्पतालको नयाँ भवन निर्माण सुरू गरिएको थियो।, तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र एनके लोहनी केएसके जेभी निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएर भवन निर्माण सुरू गरिएको थियो।, पचास शय्या क्षमतामा स्तरोन्नतिसहित निर्माणाधीन मेहलकुना अस्पताल...
सेतोपाटी संवाददाता ललितपुरमा झुन्डिएको अवस्थामा फेला परेकी किशोरीको उपचारको क्रममा मृत्यु भएको छ।, सप्तरी सुरूंगा घर भई सानेपा बस्दै आएकी १६ वर्षीया सदीक्षा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सूर्य विक्रम शाहीले जानकारी दिए।, उनका अनुसार चौधरी आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।, ...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले फोहर न्यूनीकरण अभियान सुरू गरेको छ।, महानगरपालिकाकाले घरबाट निस्कने कुहिने फोहरबाट कम्पोष्ट मल बनाउन सहुलियत दरमा कम्पोष्ट बिन उपलब्ध गराउने भएको हो।, महानगरले फोहर न्यूनीकरणका लागि यस्तो अभियान थालेको जनाएको छ। , महानगरको वातावरण विभागले सूचना जारी गर्दै फोहर न्यूनीकरणमा सहय...
सेतोपाटी संवाददाता काठमाडौंका घर-घरमा आजदेखि पुन: मेलम्चीको पानी वितरण गरिने भएको छ।, मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट मेलम्चीको पानी सुरूङमा पठाइएको थियो।, अम्बाथानबाट २६ किमी सुरूङ हुँदै मेलम्चीको पानी सुन्दरीजलमा आइपुग्छ। सुन्दरीजलमा पानी शुद्धिकरण गरेपछि काठमाडौंका घरघरमा वितरण गर्ने गरिन्छ।, ...
रासस सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङमार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदैछ।, गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरूङको अन्तिम विन्दुमा यहीँ मंसिर १८ गते आइपुगेको पानी सुरूङमा सुरूङ सफा गर्न वाग्मतीमा बगाइएको थियो। गत जेठ अन्तिम साता बन्द गरिएको...
सेतोपाटी संवाददाता कञ्चनपुरमा एक जना पुरूष मृत फेला परेका छन्। , पुनर्वास नगरपालिका वडा नम्बर ११ अम्मरबस्तीका अन्दाजी ४५ वर्षीय हरि कार्की मृत फेला परेको प्रहरीले जनाएको छ।, उनी शुक्रबार बिहान बेलौरी सडकखण्डको छेउमा मृत फेला परेका हुन्। , घटनाबारे बुझ्न प्रहरी टोली घटनास्थलमा गइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ...
सेतोपाटी संवाददाता पोखराको मणिपाल अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ।, पोखरा महानगरपालिका -१८ सराङकोटकी ६५ वर्षीय धनसरी घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए। , उनका अनुसार बिरामी भएर भर्ना गरेकी छोरालाई भेट्न जाँदा शुक्रबार दिउँसो अस्पतालको तीन तलाबाट खसेर ...
सेतोपाटी संवाददाता धनगढीमा एक युवती मृत फेला परेकी छन्। , धनगढी उपमहानगरपालिका–६ जालीमा शुक्रबार बिहान २१ वर्षीया अस्मिता साउँद मृत फेला परेको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार घोडाघोडी नगरपालिका–६ की उनी दिदीको घरमा बस्दै धनगढीमा पढिरहेकी थिइन्। , प्रहरीका अनुसार भान्छा कोठामा बिहान साढे ५ बजे उनी मृत भेटिएपछि प्रह...
सेतोपाटी संवाददाता नेपाल र जापानबीचको व्यापारिक साझेदारी तथा दक्ष जनशक्ति आदानप्रदानको उद्देश्यले जापान टाउन सञ्चालनमा ल्याइएको छ।, नेपालका लागि जापानी राजदूत  युकाता टिकुताले जापान टाउनको उद्घाटन गरेका हुन्।, सूचना प्रविधिसँग सम्बन्धित जनशक्तिलाई रोजगारीमा सहयोगको उद्देश्यले काठमाडौंको अनामनगरमा जापान टाउन सञ्चालनमा ...
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभर निर्माण कार्य शुरू भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ।, आज बिहानबाट ग्वार्को चोकमा फ्लाइओभर निर्माण कार्य शुरु भएपछि सडकमा ट्राफिक जामको समस्या बढ्दै गएको हो।, ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ। आयोजनाको ठेक्का प...
रासस कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ। वडाले बालविवाह न्यूनीकरण गर्न यस्तो निर्णय गरेको जनाइएको छ।, बालविवाहविरुद्धको साझा अभियान कालीकोटका संयोजक खडानन्द अधिकारीको वडालाई बालविवाह न्यूनीकरणका लागि वडाले गरेको निर्णयले केही हदसम्म कम गर्ने बताए।...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ। आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ६.८ डिग्री मापन गरिएको छ। यस्तै अधिकतम तापक्रम १९.९ डिग्रीको अनुमान गरिएको छ।, मौसमविदका अनुसार अब देशभर चिसो बढ्दै जानेछ। मौसमविद हिरा भट्टराईका अनुसार तापक्रम घट्ने क्रममा छ। अब चिसो क्रमशः...
सेतोपाटी संवाददाता मेलम्चीको पानी सुन्दरीजल आइपुगेको छ।, गत मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट सुरूङमा पानी छाडिएको थियो।, अम्बाथानदेखि सुन्दरीजलसम्म २६ किमी सुरूङ छ। अम्बाथानबाट पानी पठाएको ८ दिनमा सुन्दरीजल आइपुगेको छ।, सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा मेलम्चीको पानी आइपुगेको मेलम्ची खानेपानी...
रासस नारायणगढ–मुग्लिन सडकखण्डको तीन नम्बर पुलबाट आज बिहान ट्रक खसेको छ।, मुग्लिनबाट नारायणगढतर्फ आइरहेको बा२ख ७४६२ नम्बरको खाली ट्रक भित्तापट्टिबाट पुलमुनि खसेको हो।, दुर्घटनामा ट्रक चालक धादिङ घर भई मौवा खोला बस्ने सन्तबहादुर राईको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सुनदीप तामाङले ...
सेतोपाटी संवाददाता काठमाडौंमा आगोले जलेर गम्भीर घाइते भएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ।, आइतबार साँझ २७ वर्षीया पुष्पा न्यौपाने धुम्बाराहीमा आगोले जलेको अवस्थामा फेला परेकी थिइन्।, उनको उपचारको क्रममा सोमबार बिहान सवा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। , का...
रासस पहिले–पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो। पछिल्लो समय गुन्द्री विरलै देख्न पाइन्छ। कात्तिकमा धान काटेपछि अलि लामो पराल छुट्याएर गुन्द्री बुन्ने चलन गाउँघरमा अझै पनि कहीँकतै छँदैछ।, परालको गुन्द्री वर्षभरि ओछ्याउन, बस्न, अन्न सुकाउन, गाईवस्तुलाई गोठमा बार लगाउन र आफन्तलाई उपहार दिन बढी प्रयोग गरिँदै आएक...
सेतोपाटी संवाददाता कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीमाथि बलात्कार आरोप लागेको छ।, एक महिलाले न्यायाधीश गिरीले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन्। पीडित महिलाले मंसिर पहिलो साता नै जाहेरी दिएको प्रहरीले जनाएको छ।  , यता न्यायाधीश गिरीले पनि ती महिलाविरूद्ध चोरीक...
सेतोपाटी संवाददाता पटक/पटकको सार्वजनिक सूचना अटेर गरेको भन्दै सुनसरीको इनरूवा नगरपालिकाको कार्यालयले आजदेखि अतिक्रमित सडकपेटी खाली गराउन सुरू गरेको छ। , ३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेको भन्दै नगरप्रमुख केदार भण्डारीसहितको नगरपालिकाको टिम नै डोजर लिएर सडकमा निस्किएको हो। , मंगलबार ...
सेतोपाटी संवाददाता काठमाडौं महनगरपालिकाले लोक सेवा आयोगको परीक्षा पास गरेर वेटिङ लिस्टमा भएका इन्जिनियरलाई करारमा जागिर दिने भएको छ।, महानगरका अनुसार पूर्वाधार कामका लागि इन्जिनियर राख्नुपर्ने हुँदा गत वर्ष लोकसेवाको परिक्षा दिएर वेटिङमा परेकालाई प्राथमिकता दिएको हो। , मंगलबार एक विज्ञप्ति जारी गर्दै महानगरले गत वर्ष ...
सेतोपाटी संवाददाता पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले २७ लाख ठगी गरेको आरोपितलाई पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए। , झापा घर भई भक्तपुरको गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिब आचार्यलाई मंगलबार पक्राउ गरेको हो। , उ...
रासस काठमाडौं महानगरपालिकाभित्रका पुराना आकाशे पुल मर्मतको काम प्राविधिकले जाँच गरेपछि अघि बढ्ने भएको छ। , हाल महानगरभित्र नयाँ र पुराना गरी १० वटा पुल सञ्चालनमा छन्। जसमा चार पुल आवश्यकता अनुसार स्थानान्तरण गर्न सकिने छन् भने अन्य ६ वटा पुराना पुल मर्मत गर्नुपर्ने अवस्थामा छन्। , कामपाले नयाँ पुल आफ्नै लगानीमा केही व...
सेतोपाटी संवाददाता साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने पक्राउ परेका छन्। , ब्युरोको नक्कली पेज बनाएर सर्वसाधारणलाई झुक्याएको आरोपमा १८ वर्षीय युवकलाई पक्राउ गरेको एसपी भाग्येन्द्र पुरूष ढकालले जानकारी दिए। , चितवन रत्ननगर नगरपालिका-५ झुवानी टोल बस्ने १८ वर्षीय करण महतोलाई साइबर ब्युरोले पक्राउ गरेको हो। उनले ‘साइब...
सुदीप श्रेष्ठ काठमाडौंको हात्तीसारमा भूमिगत सुरूङबाट बग्ने टुकुचालाई सतहमा ल्याउने भन्दै मेयर बालेन शाहले साढे दुई महिनाअघि त्यहाँका घरहरूमाथि डोजर चलाएका थिए।, त्यसयता हात्तीसारका जग्गा/घरधनीहरू आफ्ना लालपुर्जा, नापीनक्सा र महानगरले नै पास गरेर दिएको घरको नक्सा बोकेर अदालत गएका छन्। पुरातत्व विभागले पनि टुकुचा बग्ने ...
रासस करिब पाँच महिनाअघि काठमाडौँ महानगरपालिकाले सुरू गरेको स्रोतमै फोहोर वर्गीकरण गर्ने कार्य तत्कालका लागि स्थगन भएको छ। फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने भन्दै गत साउन १ गतेदेखि कामपाले ३२ वटै वडाबाट स्रोतमै फोहोर वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापनका लागि लैजान सुरु गरेको थियो। सुरूको एक दुई हप्ता कामपाको...
राजु अधिकारी भारतीय पक्षले झन्डै एक वर्षपछि मीरगन्ज पुलको अवरोध हटाएको छ। बिहारलाई नेपालको विराटनगरसँग जोड्ने मार्गमा पर्ने मीरगन्ज पुलमा भएको अवरोध खुलेपछि मंगलबार साँझदेखि मालवाहक सवारी साधन त्यही पुल हुँदै विराटनगर प्रवेश गर्न थालेका छन्।, यो पुलमा सधैंजसो दोहोरिने अवरोधले नेपाली उद्योगी–व्यवसायीका लागि लागत र झन्झ...
शोभा शर्मा समलिंगी विवाह गर्न पाइने कानुन बनाउन परमादेश माग्दै सर्वोच्च अदालतमा रिट परेको छ।, काठमाडौं महानगर-२६ बस्ने ४१ वर्षीया लक्ष्मी घलान, मितिनी नेपाल, महिला कानुन र विकास मञ्च लगायतले संयुक्त रूपमा रिट दायर गरेका हुन्।, निवेदकमध्ये एक मञ्चका अधिवक्ता दिपेश श्रेष्ठका अनुसार सोमबार संवैधानिक इजलासमा रिट दर्ता गरि...
रासस रूपन्देहीमा पर्ने सीमामा भारतले एकलौटी तरिकाले पर्खाल निर्माण गर्न लागेपछि नेपाली प्रशासनले त्यसमा हस्तक्षेप गरेको छ। , रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवा नजिकै भारतले एकलौटी रूपमा पर्खाल निर्माण सुरू गरेको छ। दसगजासँगै जोडिएर एकलौटी रूपमा पर्खाल निर्माण गर्न लागेकाले स्थानीय प्रशासनले यसमा आ...
रासस पोर्चुगल पठाइदिने नाममा २७ लाख रूपैयाँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ।, झापाको कन्काइ नगरपालिका–७ स्थायी घर भई भक्तपुरको गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिव आचार्यले विदेश पठाउने नाममा ठगी गरेको पाइएकाले पक्राउ गरिएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।, घिमिरेले उमेश अधिकारीसमेत ग...
सेतोपाटी संवाददाता कञ्चनपुरमा हात्तीले आक्रमण गर्दा एक जना महिलाको मृत्यु भएको छ।, दाउरा खोज्न जंगल पुगेकी बेदकोट नगरपालिका–१ हात्तीथलाकी ७१ वर्षीया हीरादेवी धानुकलाई हात्तीले आक्रमण गरेको हो।, हात्तीको आक्रमणबाट धानुकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी भरत गिरीले जानकारी दिए।, बैजनाथ मध्यवर...
रासस सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ मार्गबाट एक हप्ताअघि हालेको पानी राजधानी आइपुगेको छ।, गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङको अन्तिम बिन्दुमा आइपुगेको पानी बागमतीमा बगाइएको छ। गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङमा जम्मा भएको फोहोर सफा गर्न सुरूङको पान...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले सरकारी, निजी कार्यालय परिसरमा रहेका फोहोर व्यवस्थापन गर्न आग्रह गरेको छ।, महानगरभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था र गैरसरकारी संस्था वा अन्य प्रकृतिका निजी कार्यालय परिसरमा फोहोरमैला थुप्रिएकोले हटाउन महानगरले सूचना न...
सेतोपाटी संवाददाता भिनाजुले प्रहार गरेको हँसियाले लाग्दा कैलालीमा सालोको मृत्यु भएको छ।, हँसियाले लाग्दा जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको हो।, भिनाजु नाता पर्ने स्थानीय ५० वर्षीय गौरीलाल ढुङ्गानाले भण्डारीलाई हँसिया प्रहार गरेका थिए।, हँसिया प्रहारबाट अर्का सालो ४० वर्षका जयराज ...
सेतोपाटी संवाददाता नेपालको पहिलो ‘फ्लाइओभर’ (ओभर पास) को निर्माण आगामी शुक्रबारदेखि सुरू हुने भएको छ।, ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाइओभर निर्माणको काम १४ महिनाभित्र सक्ने लक्ष्य छ।, आयोजनाको ठेक्का पाएको आरसी, समानान्तर र रेलिग्रेले शुक्रबारदेखि फ्लाइओभर निर्माण सुरू गर्न लागेको सडक विभागका महानिर्देशक अर्जुनजंग...
सविता बुढा कुरा ६ वर्षअघिको हो। धनगढीको एक सडकमा मानसिक रोगी एक गर्भवती महिला बेवारिसे भएर डुल्थिन्। शरीरमा झुत्रो हुन थालेको फोहर लुगा हुन्थ्यो।, धनगढीकै बासिन्दा कल्पना भट्ट तिहार मनाउन काठमाडौंबाट घर अएकी थिइन्। उनले ती महिलालाई देखिन्। उनको मन भावुक भयो।, कल्पनाले काठमाडौंका सडकमा पनि बेवारिसे महिलाहरू नदेखेकी होइ...
सेतोपाटी संवाददाता सुर्खेतमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। , हत्या आरोपमा प्रहरीले पञ्चपुरी नगरपालिका-३ तोक्मा बस्ने ३८ वर्षीय अम्मरबहादुर आले मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी पदमबहादुर विष्टले जानकारी दिए। , उनले मंगलबार दिउँसो आफ्नी ३० वर्षीया श्रीमती मिना आले मगरको...
एजेन्सी राष्ट्रिय जनता दलका नेता तथा भारतीय राज्य विहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको मिर्गौला प्रत्यारोपण गरिएको छ।, यादवलाई उनकी छोरी रोहिणी आचार्यले मृगौला दान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।, मिर्गौला रोगले पीडित यादवको उपचार सिंगापुरस्थित माउन्ट एलिजावेथ अस्पतालमा भइरहेको छ।, यादवको सघन उपचार कक्...
रासस प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ। मतगणना सकिएर राजनीतिक दलबीच नयाँ सरकार बनाउन रस्साकस्सी चलिरहेका बेला यहाँका युवाहरू भने रोजगारीको खोजीमा भारत जान थालेका छन्।, चुनावी रौनक सकिएसँगै सिङ्जा क्षेत्रका गाउँमा पुरूषको संख्या घट्न थालेको सिङ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल बताउँछन्।, ...
सबिना श्रेष्ठ जोरपाटीस्थित बोधिसत्व इन एक्सन (बिआइए) को भवनबाहिर एउटा बोर्ड छ, जसमा लेखिएको छ– निःशुल्क ह्विलचेयर मर्मत केन्द्र।, यहाँ ह्विलचेयर मर्मतको काम २८ वर्षीय रामकाजी मिजारले गर्छन्, जो आफैं पनि ह्विलचेयरमा हिँडडुल गर्छन्।, रामकाजीले यो काम थालेको झन्डै एक दशक भयो। दुई महिनायता उनलाई गोकर्णेश्वर नगरपालिकाले आर...
सेतोपाटी संवाददाता काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ। आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ७ डिग्री मापन गरिएको छ ।, मौसमविदका अनुसार अब देशभर चिसो बढ्दै जानेछ। मौसमविद हिरा भट्टराईले सेतोपाटीसँग भने, ‘तापक्रम घट्ने क्रममा छ। अब चिसो क्रमशः बढ्दै जान्छ। पछिल्लो केही दिन यता न्यूनतम...
सेतोपाटी संवाददाता बाँकेको राप्ती नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ।, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरका १३ वर्षीया अर्चना थारू र २२ वर्षका कञ्चन थारूको नदी तर्ने क्रममा मृत्यु भएको हो।, उनीहरू शनिबार दिउँसो नदी तर्ने क्रममा बेपत्ता भएका थिए। उनीहरूको शव आज बिहान ९ बजेतिर फेला परेको प्रहरीले जनाएको छ।, ...
सेतोपाटी संवाददाता बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ की माया लुहारको हत्याका आरोपी सशस्त्र प्रहरी जवान भरत कोली पक्राउ परेका छन्।, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) मोहनकुमार आचार्यका अनुसार कोली आइतबार बिहान कञ्चनपुरबाट पक्राउ परेका हुन्।, महेन्द्रनगरको बसपार्कमा हिँड...
विनोद सापकोटा आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइ हुने गरेको झापाको पर्यटकीय दोमुखा जाने सडक अब कालोपत्रे हुने भएको छ। , शिवसताक्षी नगरपालिकाले पूर्व-पश्चिम राजमार्गको माइधार देखि दोमुखा सम्मको २९ सय मिटर सडक कालोपत्रे गर्ने भएको हो।, नगरपालिकाले उक्त सडक कालोपत्रे गर्न दसौं नगर सभाबाट ६ करोड रुपैयाँ बजेट विनियोजन ...
सेतोपाटी संवाददाता रामेछापमा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। , आइतबार बिहान पौने १२ बजे खाँडादेवि गाउँपालिका-३ भीरपानी हुन्दुरखोलामा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन्। , पगरवासबाट सिन्धुली जाँदै गरेको ज -१ ह ५०६९ नम्बरको अटो आफै अनियन्त्रित भएर सडकबाट अन्दाजी ६ मिटर तल खसेको जिल्ला प्रहरी कार्याल...
सेतोपाटी संवाददाता काठमाडौंको इन्द्रचोकमा दुई जना चिनियाँ नागरिकमाथि चक्कु प्रहार भएको छ। , आइतबार बिहान साढे ११ बजे काठमाडौं महानगरपालिका-२५ इन्द्रचोकमा एक चिनियाँ नागरिकले धारिलो हतियार चक्कु प्रहार गरी दुई जना चिनियाँ नागरिकलाई घाइते बनाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। , ३७ वर्...
सेतोपाटी संवाददाता नेपाल विद्युत प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणालीको सञ्जाल विस्तार गर्ने भएको छ। प्राधिकरणले तत्कालको समस्या समाधान गर्न हाल रहेका प्रसारण र वितरण प्रणालीका संरचनाको सुदृढीकरण र विस्तार गर्ने छ। दीर्घकालीन समस्या समाधा...
एकराज पाठक मङ्सिर ४ को चुनावको पाँच दिनअघि काठमाडौंको एक होटलमा भेट्दा डा क्याट्रिन रोल्पा जाने तयारीमा थिइन्।, यसपालि पनि उनको उही काम थियो निःशुल्क स्वास्थ्य शिविर।, हाडजोर्नीसम्बन्धी विशेषज्ञ ७४ वर्षीया उनी बर्सेनि नेपाल आउँछिन्, यहाँका कुनाकन्दरामा पुग्छिन्, स्वास्थ्य शिविर राख्छिन् र विशेषगरी उनको विशेषज्ञताको हा...
सेतोपाटी संवाददाता काठमाडौंको इन्द्रचोकमा चक्कु प्रहारबाट घाइते भएका चिनियाँ नागरिकको उपचारको क्रममा मृत्यु भएको छ।, आइतबार बिहान साढे ११ बजे काठमाडौं महानगरपालिका-२५ इन्द्रचोकमा एक चिनियाँ नागरिकले अरू दुई जना चिनियाँलाई चक्कु प्रहार गरी घाइते बनाएका थिए। तीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिस...
सेतोपाटी संवाददाता ललितपुरको ग्वार्को चोकमा शुक्रबारदेखि फ्लाइओभर निर्माणको काम सुरू हुने भएको छ। , शुक्रबार बिहान ६ बजेदेखि ग्वार्को चोकमा फ्लाइओभर बनाउन लागिएको हो। , ग्वार्कोमा धेरै जाम हुने क्षेत्रहरूमध्ये पर्छ। लामो समयदेखि निर्माण गर्ने भनिएको फ्लाइओभर निर्माण सुरू हुन लागेको हो।, निर्माणको काम सुरू भएसँगै यहाँक...
रासस रूपन्देहीको दक्षिणी क्षेत्र मर्चबारका स्थानीयलाई एक युवाले घर बनाइदिन्छु भन्दै लाखौं ठगी गरेका छन्।, विदेशीदाताबाट सहयोग लिई घर बनाइदिने आश्वासन दिँदै रजिष्ट्रेसनका लागि लाखौं असूल गरी अहिले ती युवा फरार छन्।, रकम दिएर घर निर्माणको आशमा रहेका मर्चबार तथा लुम्बिनीका स्थानीय अहिले आफ्नो रकम फिर्ता लिन प्रशासनिक निक...
सेतोपाटी संवाददाता दार्चुलाको भारत- नेपाल जोड्ने सीमामा दुई पक्षबीच ढुंगा हानाहान भएको छ। , आइतबार साँझ महाकाली नगरपालिका-४ पुलघाटमा करिब ४ बजेतिर भारतीय र नेपाली स्थानीयबीच ढुंगा हानाहान भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेश शाहीले जानकारी दिए। , महाकाली पारि भारतीय पक्षले तटबन्‍धन बनाउन ग्याबिन वालहरू लगाइ...
नवीनबाबु गुरूङ सरकारले आफूहरूमाथि गरेको धरपकडको विरोधमा सोमबार काठमाडौंमा सुकुम्बासीमाथि प्रदर्शन भएको छ।, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले बिना विकल्प उठिबास गराउन नपाउने भन्दै प्रदर्शन गरेका हुन्।, प्रदर्शनकारीले थापाथलीस्थित सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाउन खोज्दा आक्रमण गर्नेहरुमाथि महानगरल...
रासस वनको माँझमा एउटा सानो गाउँ छ। त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ। विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन्। उनीहरूका लागि बनाइएका डेस्क-बेञ्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन्। विद्यार्थीको अभावमा विद्यालय नै रित्तिएको छ। , प...
रासस नलगाड जलविद्युत आयोजना आवतजावतका लागि सडकमा पर्ने मोटरेबल पुल अलपत्र परेको छ। , नलगाड नगरपालिका-५ र बारेकोट गाउँपालिका-८ बीचमा रहेको खारास्थित नलगाड नदीमा पुल निर्माण नहुँदा यहाँका सर्वसाधारणलाई आवतजावतमा समेत समस्य हुँदै गएको हो।, सडक निर्माण पूरा भए पनि पुल निर्माण नहुँदा आवतजावतसँगै दैनिक उपभोग्य सामग्री लिनसम...
सुरेश आचार्य सबै विद्यार्थी केही बोल्न नसक्ने र केही सुन्न नसक्ने छन्। जहाँ अन्य विद्यालयभन्दा फरक तरिकाले पढाउनुपर्छ। १० कक्षासम्मको विद्यालयमा ९६ जना विद्यार्थी छन्। विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई सांकेतिक भाषामै पढाउनुपर्छ।, त्यसैले पनि शिक्षकले हात र मुखको इशारा गरेर ती बालबालिकालाई अध्यापन गराउनुपर्छ।, सुन...
सेतोपाटी संवाददाता चलचित्र विकास बोर्डका अध्यक्ष अभिनेता भुवन केसीको नियुक्तिविरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएन।, बोर्डको अध्यक्ष हुनका लागि केसीको शैक्षिक योग्यता नपुग्ने भन्दै नरेश पौडेल लगायतले दिएको रिटमा न्यायाधीश आनन्दमोहन भट्टराई र प्रकाश सिहं राउतको इजलासले अन्तरिम आदेश नदिई  पूर्ण सुनुवाइक...
रासस नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पहाडी सडक खण्डमा सावरी दुर्घटना बढ्न थालेपछि पाँच स्थानमा प्रहरी बिट थप गरिने भएको छ। , जिल्ला प्रहरी कार्यालयको समन्वयमा सुरक्षाकर्मी, पालिका प्रतिनिधि, यातायात व्यवसायी, नागरिक समाजसहितको संयुक्त बैठकले जिल्लाको पहाडी क्षेत्रमा प्रहरी र ट्राफिकसहित चेकिङ पोष्ट स्थापना गर्ने निर...
सेतोपाटी संवाददाता टिपरको ठक्करबाट रूपन्देहीमा मोटरसाइकल चालकको मृत्यु भएको छ।, रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर २ हिरापुरमा बालुवा लोड गरेको रा १ ख ७१३ नम्बरको टिपरले लु २० प १९५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।, टिपरको ठक्करबाट मोटरसाइकल चालक बुटवल उपमहानगरपालिका वडा नम्बर १६ का ३८ वर्षीय शालिकराम शर...
एजेन्सी भारतको राजधानी नयाँ दिल्लीमा बाक्लो तुवाँलो लागेर वायु प्रदुषण बढेपछि सरकारले निजी पूर्वाधार निर्माणमा रोक लगाएको छ।, धुलो तथा धुँवा उत्सर्जन कम गर्नका लागि सरकारले निर्माणसम्बन्धी काममा रोक लगाएको समाचार संस्था रोयटर्सले जनाएको छ। , दिल्लीका बासिन्दा हरेक जाडो याममा वायु प्रदुषणको समस्या खेप्दै आएका छन्। सवार...
सेतोपाटी संवाददाता ललितपुरको चापागाउँमा एक जना मृत फेला परेका छन्। , गोदावरी नगरपालिका-११ चापागाउँस्थित एक घरमा डेरा गरी बस्ने एक पुरूष सोमबार मृत फेला परेका हुन्। , नुवाकोट घर भई डेरामा बस्दै आएका ५० वर्षीय कान्छा तामाङ कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका डिएसपी दीपक भारतीले जानकारी...
रासस गत वर्ष भदौमा मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका–५ पाटनका करिब छ सय ६३ घरधुरी जोखिममा परेपछि त्यसको संरक्षणका लागि ग्याबिन पर्खाल लगाउन सुरू गरिएको छ। , नगरपालिकाको पहलमा गण्डकी प्रदेश सरकारको रु दुई करोड ५० लाखको लागतमा ग्याबिन पर्खाल लगाउन थालिएको हो। व्यास–५ को पाटनमा एक सय दुई मिटर र व्यास–३ को...
सेतोपाटी संवाददाता सडक डिभिजन कार्यालय दाङले पुस ५ गतेभित्र पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङ खण्डमा सडक मिचेर बनाएका संरचना हटाउन आग्रह गरेको छ। , मंगलबारदेखि लागू हुने गरी १५ दिने सूचना जारी गर्दै  दाङ खण्डको धानखोलादेखि शिवखोलासम्मको सडक क्षेत्र दायाँ-बायाँ ३१/ ३१ मिटरभित्र रहेका संरचना हटाउन कार्यालयका सूचना अधिक...
सेतोपाटी संवाददाता काठमाडौंमा क्लब र डिस्को बिहान ४ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने भएको छ।, काठमाडौंका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा मंगलबार बसेको सुरक्षा समितिको बैठकले रात्रिकालीन व्यवसायलाई समय तोकेको हो।, यस्ता व्यवसायलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित गर्न समय तोकेको जिल्ला प्रहरी परिसर काठमाडौंले जना...
राजेश घिमिरे भरतपुर महानगरपालिका नारायणगढस्थित नारायणी नदीको किनारलाई प्रमुख पर्यटकीय गन्तव्य मान्छ। पछिल्ला वर्षमा यहाँ चहलपहल निकै बढेको छ। नदीमा स्नान गर्ने, आरती गर्ने, डुंगा चढ्ने, खाजा खाने, फोटो खिचाउनेदेखि समय बिताउन आउनेहरूले नदी किनार प्रायः भरिभराउ देखिन्छ।, आइतबार भने यो चौरमा एकाएक फोहोरको डंगुर देखापर्‍य...
सेतोपाटी संवाददाता काठमाडौंमा प्रहरीले दिउँसै चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। , काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ सुन्ताखानका ४२ वर्षीय राजु तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहोराले जानकारी दिए। , उनका अनुसार तामाङले बौद्ध, कपन जस्ता एरियामा दिउँसै चो...
सेतोपाटी संवाददाता धनगढीमा निषेधाज्ञा जारी गरिएको छ।, जिल्ला प्रशासन कार्यालय कैलालीले जारी आदेशमा बिहीबार साँझ ७ बजेदेखि अर्काे सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो।, बिहीबार बेलुका ७ बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए।, बुधबार बिहान १...
रासस सिरहाको गोलबजारबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन्।, गोलबजार नगरपालिका–११ बलकवा मैनाबती पुलबाट कटुवा पेस्तोल एक थानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।, पक्राउ पर्नेमा गोलबजार–४ बस्ने १९ वर्षीय कृष्णाकुमार यादव र सोही नगरपालिका–११ बलकवा बस्ने २१ वर्षीय मोहम्मद अरमान खान रहेको जिल्ला प्रहरीले सिरह...
सेतोपाटी संवाददाता राष्ट्रिय भूमि आयोगले काठमाडौंलगायत ठाउँमा रहेका सुकुम्बासीलाई अहिले नै नहटाउन आग्रह गरेको छ।, आयोगले आज गोरखापत्रमा सूचना निकालेर काठमाडौं महानगरसहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैरसरकारी निकायलाई कुनै पनि स्थानका सुकुम्बासीलाई अहिले नै नहटाउन भनेको छ।, ‘कुनै पनि स्थानका भूमिहीन दलित, भ...
रासस नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धौवादीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ।, दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो।, दुर्घटनामा दुई महिला र दुई पुरुष गरी चार जनाको घटन...
सविता बुढा बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ की माया लुहारको शव हत्या गरिएको अवस्थामा जंगलमा फेला पर्‍यो।, गत बुधबार दिउँसो घाँटी रेटेर हत्या गरेको अवस्थामा उनको शव शिवनाथ गाउँपालिका वडा नम्बर ६ को जंगलमा फेला परेको थियो।, २१ वर्षकी माया गत मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा म्यादी प्रहरीका रूपम...
सेतोपाटी संवाददाता काठमाडौंको हलचोकमा बससँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। , काठमाडौं महानगरपालिका-१५ हलचोकस्थित सडकमा बिहीबार साँझ बससँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।, बा.७८ प २६८७ नम्बरको मोटरसाइकल र बा.५ ख ६९५ नम्बरको बस ठोक्किएका हुन्। , दुर्घटनामा मोटरसाइकल चालक धादिङ थाक्र...
सेतोपाटी संवाददाता घरको चार तलामाथिबाट खस्दा भक्तपुरमा एक जनाको मृत्यु भएको छ।, बिहीबार साँझ मध्यपुरठिमी नगरपालिका-६ मिलरोडस्थित एक घरको चौथो तलाबाट खसेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।, उक्त घर भुवन श्रेष्ठको हो। उनका १७ वर्षीय छोरा भूमिनलाल खसेर गम्भीर घाइते भएका ...
सेतोपाटी संवाददाता धनगढीमा जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा तोडेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका छन्। , ग्रेडरको ठक्करबाट आफ्ना सहकर्मीको मृत्यु भएपछि धनगढीका विद्यार्थीहरू आन्दोलित भएका हुन्।, बिहिबार बिहान १० बजे धनगढीको पञ्चोदय माद्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउँदको सडक निर्माणका क्रममा ग्रेडर...
सेतोपाटी संवाददाता धनुषामा कुटपिट गरी एक जनाको हत्या भएको छ।, बिहीबार राति मिथिला बिहारी नगरपालिका-४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादवको कुटपिट गरी हत्‍या भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।, उनको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।, प्रभु यादव र सोही ठाउँका सुरज यादवबीच जग्गा जमिनको वि...
सबिना श्रेष्ठ एक विदेशी फोटोग्राफरले हिउँ चितुवाका तस्बिर खिचेको भनेर संसार झुक्याएको भन्ने कुरा अहिले चर्चामा छ। यसबारे छानबिन हुँदै गर्ला।, यही बेला ललितपुर झम्सिखेलस्थित विन्डहर्स ग्यालरी हिउँ चितुवाकै प्रदर्शनी भइरहेको छ। नेपालका वाइल्ड-लाइफ फोटोग्राफर तासी आर घलेले खिचेका हिउँ चितुवाका तस्बिरहरू हेर्न पाइने सुनेर...
रासस जमिनलाई टुक्रा–टुक्रा गरेर घडेरीमा बिक्री वितरण गर्ने चलन बढेपछि भेडाबाख्रा पालनका लागि चरन क्षेत्रको अभाव भएको छ।, कृषियोग्य जमिन कम हुँदै गएपछि भेडा चराउने ठाउँको कमी भएको हो।, चरन क्षेत्रको अभावका कारण भेडापालकलाई भेडा चराउन र भेडा बचाउन सकस पर्न थालेको छ।, सुनसरीको हरिनगरा गाउँपालिका–४ का दयानन्द पाल, सदानन्द...
सेतोपाटी संवाददाता कपिलवस्तुमा एक जना भारतीय नागरिकमाथि अज्ञात समुहले गोली प्रहार गरेको छ।, बिहीबार साँझ मायादेवी गाउँपालिका वडा नं. ४ चाकरचौडामा ३५ वर्षीय भारतीय नागरिक ईरसाद खानमाथि गोली प्रहार गरेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ।, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले चाकरचौडास्थि...
सेतोपाटी संवाददाता धनगढीमा जिल्ला प्रशासन कार्यालयको निषेधाज्ञा तोडेर विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ।, स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले सात राउन्ड हवाई फायर गरेको छ।, प्रहरीले हवाई फायर गरेपछि विद्यार्थीहरू तितरवितर भएका छन्। , ग्रेडरको ठक्करबाट आफ्ना सहकर्मीको मृत्यु भएपछि धनगढी...
सेतोपाटी संवाददाता मेलम्ची नदीको पानी सुरूङबाट काठमाडौंतर्फ पठाइएको छ।, सिन्धुपाल्चोकको अम्बाथानबाट मेलम्चीको पानी मंसिर १२ गतेदेखि सुरूङमा पठाउन सुरू गरिएको हो।, मेलम्चीको पानी सुरूङ हुँदै सुन्दरीजलमा आइपुग्छ। सुन्दरीजलको प्रशोधन केन्द्रमा पानी शुद्धिकरण गरेपछि काठमाडौंका घर-घरमा वितरणका लागि पानी पठाउने तयारी छ।, आय...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले महानगरभित्र आन्दोलन गर्दा सार्वजनिक सम्पत्ति क्षति भएमा आन्दोलनकारीलेनै क्षतिपूर्ति तिर्नुपर्ने नियम ल्याएको छ। , शुक्रबार महानगरले सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाभित्र आन्दोलन गर्दा कुनै पनि सार्वजिक सम्पत्तिको नोक्सान वा क्षति भए सोही पार्टी/समूहले तिर्नुपर्ने बताएक...
भगवती पाण्डे लुम्बिनी प्रदेश सरकारले कोभिड संक्रमणबाट मृत्यु भएकाका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरे पनि झण्डै ९ सय मृतकका आफन्तले राहत पाउन सकेका छैनन्।, तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले २०७७ साल जेठ २० गते कोभिड संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउ...
सेतोपाटी संवाददाता महिला कानुन तथा विकास मन्चले काठमाडौं महानगरपालिकामा लैङ्गिक हिंसा छ कि छैन भनेर प्रश्न गरेको छ। महानगरपालिकाको लैंगिक हिंसा निवारण कोषमा उजुरी नआएपछि यस्तो प्रश्न उठेको हो।, लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत शुक्रबार काठमाडौंमा आयोजित लैंगिक हिंसा विरुद्ध महानगरपालिकाको भूमिका विषयक कार्...
रासस अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तरहीन काम गर्ने ११ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।, राज्यको स्रोत तथा साधनको दुरूपयोग गरेको आरोपमा सर्लाहीको चक्रघट्टा गाउँपालिकाका तत्कालीन गाउँपालिका अध्यक्षसहित ११ जनाविरूद्ध अख्तियारले मुद्दा दायर गरेको हो। ,     , चक्रघट्टा गाउँपालिकाका–४ सुन्दरपुरस्थित ब...
सेतोपाटी संवाददाता खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख दीपेन्द्र घिमिरे मृत फेला परेका छन्।, शुक्रबार दिउँसो धुलिखेल नगरपालिका-७ स्थित कार्यालय भवनको चौथो तलाको छतमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए। , अन्दाजी ५० वर्षीय उनी लमजुङ घर भई...