content
stringlengths
20
64.1k
सेतोपाटी संवाददाता आज दिउँसो प्रदेश १, मधेश र बागमतीमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।,  , पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण तराईका धेरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ। प्रदेश १, मधेश, बागमती र लुम्बिनीका एक दुई स्थानमा हल्का वर्षा हुनेछ। , हिमाली भू–भागका थोरै स्थानमा हिमपातको समेत सम...
सेतोपाटी संवाददाता पछिल्लो समय नेपालको खेलकुद क्षेत्र निरन्तर खस्किरहेको छ। एकपछि अर्को खेलहरुमा पराजय भोगिरहेको नेपाल उत्कृष्ट जित निकाल्न असक्षम छ। , क्रिकेट होस् वा फुटबल उत्कृष्ट नतिजा निकाल्न नेपाल असक्षम भएको केही समय यताका खेलहरूबाट स्पष्ट हुन्छ। , नेपालमा सबैभन्दा धेरै फ्यान भएको फुटबलमा समेत गुट, उपगुटका कारण...
सेतोपाटी फोटो टिम सेतोपाटी फोटो टिमले देशको राजनीति, समाज, कला, खेलकुद, घुमफिरलगायत क्षेत्रबाट छानिएका तस्बिरहरूको संगालो ‘यो साताका क्लिक’ मा प्रस्तुत गरेको छ।, आजको शृंखलामा हामीले पुस २ देखि पुस ८ गतेसम्म खिचिएका केही महत्वपूर्ण तस्बिर समेटेका छौं।, संघीय संसद भवन नयाँ बानेश्वरमा आफ्नो जातीय भेषभुषामा शपथ ग्रहण गर...
डा. विवेक रौनियार माइग्रेन भनेको टाउको दुख्ने एक किसिमको समस्या हो। माइग्रेन हुँदा टाउकोभित्रको स्नायु नसा सक्रिय भए दुख्ने हुन्छ।, माइग्रेन हुँदा एकापट्टी टाउको दुख्ने र बान्ता आउलाजस्तो हुने, कहिलेकाहीँ बान्ता पनि हुने, प्रकाश र आवाजसँग 'इरिटेसन' हुने हुन्छ।, यस्तो अवस्था चारदेखि ७२ घन्टासम्म हुने र बाराम्बार यस्तै ...
सेतोपाटी संवाददाता सिन्धुपाल्चोकमा भर्‍याङको सिँढीबाट लडेर एक जना पुरूषको मृत्यु भएको छ।, शुक्रबार राति १० बजे बलेफी गाउँपालिका-४ माथिल्लो बजार बस्ने ४५ वर्षीय शेरबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिवकुमार बुढाथोकीले जानकारी दिए। , पौने ९ बजे ४६ वर्षीया श्रीमती केशरी भुई तलामा रहेको सिलिङ पं...
रासस अव्यवस्थित रूपमा बसेका पाल्पाको रामपुरबासीलाई जग्गाधनी पुर्जा वितरण सुरू गरिएको छ।, लामो समयसम्म तत्कालीन गाउँ पञ्चायत, वडा तथा विद्यालयले बिक्री गरेको जग्गामा बसोबास गर्दै आएका यहाँका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेका हुन्।, राष्ट्रिय भूमि आयोगले २०२८/२९ देखि रसिदमा जग्गा किनेर भोगचलन गर्दै आएका अव्यवस्थित...
रासस कोभिड–१९ को नयाँ भेरियन्ट बिएफ ७ हालसम्म नेपालमा पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। , छिमेकी राष्ट्रहरूमा उक्त भेरियन्टको संक्रमण दर दिनानुदिन वृद्धि हुँदै गएको र प्रारम्भीक प्रतिवेदनअनुसार यस भेरियन्टले छोटो समयमा धेरै व्यक्तिलाई संक्रमण गर्ने देखिएको मन्त्रालयले बताएको छ। यद्यपि अहिलेसम्म...
रासस एक जना विदेशी नागरिकले झुटा विवरण पेस गरी नेपाली नागरिकता लिएको पाइएको छ।, म्यानमारबाट आएका एक नागरिकले सर्लाहीमा बसेर नेपाली नागरिकता लिई मदरसामा पठनपाठन गराउँदै आएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।, कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार झुटा विवरण पेस गरी सर्लाहीको...
युवराज श्रेष्ठ माटोले पुरेको ल्यान्डफिल साइटमा पोखरा महानगरपालिकाले फेरि फोहोर फालेको छ।, महानगरले शुक्रबार राति र शनिबार बिहान पुरिएको ठाउँमाथि नै फोहोर फालेको हो। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा बाधक भएको भन्दै ल्यान्डफिल साइट पुरिएको थियो।, विमानस्थलको पूर्वतर्फ काटिएको रिठ्ठेपानी डाँडाको माटो ल्...
निशा भण्डारी भोलि डिसेम्बर २५, अर्थात् क्रिसमस डे। विश्वभर नै यशु ख्रिष्टको जन्मदिनमा क्रिसमस मनाउने चलन छ। , नेपालमा पनि पछिल्ला वर्षमा धुमधामले क्रिसमस मनाउने चलन बढेको छ। क्रिस्चियनले मात्र नभई सबैले यस दिनलाई पर्वको रूपमा मनाउँछन्।, खासगरी युवायुवती क्रिसमस इभ र क्रिसमस डे मनाउँछन्।, क्रिसमसका उपलक्ष्यमा काठमाडौंक...
रासस अमेरिकाको वासिङ्टन डिसीस्थित नेपाली दूतावासको सवारीसाधनमा लुटपाट भएको छ।, त्यहाँस्थित नेपाल दूतावासले एक सूचना जारी गर्दै अमेरिकाको डालास, अस्टिन र ह्युस्टनमा सञ्चालित कन्सुलर सेवा शिविरबाट संकलित ‘मनी अर्डर’ र ‘क्यासियर चेक’ लुटिएको जनाएको हो।, दूतावासले डिसेम्बर १५ देखि २० सम्म टेक्सासको डालस, अस्टिन र ह्युस्टन...
एजेन्सी अफगानिस्तानमा तालिबान सरकारले महिलालाई विश्वविद्यालय अध्ययनमा प्रतिबन्ध लगाएको केही समयपछि उनीहरूलाई गैर-सरकारी संस्थाहरूमा काम गर्नसमेत प्रतिबन्ध लगाएको छ।, संयुक्त राष्ट्रसंघ, अमेरिका र बेलायतले तालिबानको यस कदमलाई आधारभूत अधिकारको उल्लङ्घन भएको भन्दै निन्दा र भर्त्सना गरेका छन्। , तालिबानले भने राष्ट्रिय हि...
सेतोपाटी संवाददाता हाल देशका उच्च हिमाली भू-भागमा हल्का हिमपात र तराईँमा हुस्सु र कुहिरो लागिरहेको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गण्डकी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ। यस्तै देशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।, आज दिउँसो ...
सेतोपाटी संवाददाता धनुषामा गोली प्रहार गरी एक पुरुषको हत्या भएको छ।, मुखियापट्टी मुसहरनिया गाउँपालिका—२ बस्ने अन्दाजी ४० वर्षीय धनुक दासको हत्या भएको प्रहरीले जनाएको छ।, साँझ साढे सात बजेतिर अज्ञात व्यक्तिले गोली प्रहार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दीपक रायले बताए।, 'मृतक घरमै बसेका बेला कसैले ग...
सेतोपाटी संवाददाता लागुऔषध सेवन गरी सवारी साधन चलाउने सात जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। , शनिबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले शनिबार गरेको विशेष चेकिङमा सात जनालाई कारबाही गरेको प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।, कार्यालयले लागुऔषध नियन्त्रण ब्युरो कोटश्वर र प्रहरी वृत्त जगात...
सेतोपाटी संवाददाता बुद्ध एयरका अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधन भएको छ।, ९३ वर्षका उनको आइतबार बिहान निधन भएको हो।, भोजपुरको दिंगलास्थित साल्मामा जन्मिएका बस्नेतले भारतको बनारसबाट एलएलबीसम्मको अध्ययन पूरा गरेका थिए।, उनी नेपाल बार एसोसिएसनको संस्थापक सदस्य पनि थिए।, उनी सर्वोच्च अदालतको न्यायाधीश, नेपाल निर्वाचन ...
सेतोपाटी संवाददाता क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले क्रिसमस डे मनाउँदैछन्।, आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिएको नेप...
नारायण खड्का दाङ तुलसीपुरका ४४ वर्षीय व्यवसायी निमबहादुर बुढाथोकी शनिबार बिहान झिसमिसेमै झाडु बोकेर घरबाट निस्किन्छन्। , सरासर तुलसीपुर बसपार्क पुगेर उनी सरसफाइमा लाग्छन्। उनले यो काम विगत दुई वर्षदेखि गर्दै आएका छन्। , उनी कुनै संघ-संस्था वा निकायका कर्मचारी भने होइनन्। उनले तुलसीपुर बसपार्कस्थित ‘बुढाथोकी सप्लायर्स’...
एजेन्सी उत्तरी अमेरिकामा आएको हिम आँधीका कारण अमेरिका र क्यानडामा कम्तिमा ३८ जनाको ज्यान गएको छ।, खराब मौसमका कारण अमेरिकामा मात्रै ३४ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ। , यो आँधीको सबैभन्दा बढी प्रभाव न्यूयोर्क राज्यको बफेलो सहरमा देखिएको छ। क्रिसमसको समयमा आएको भयानक शीत आँधीबाट न्युयोर्क राज्यमा मात्रै १२ जनाको ...
सेतोपाटी संवाददाता काठमाडौंको हसनटारबाट एउटा चितुवालाई नियन्त्रणमा लिएको छ। , आइतबार बिहान सवा १० बजे नागार्जुन नगरपालिका-७ हसनटारबाट नियन्त्रणमा लिइएको हो। , चितुवाले कुकुरहरू खाएर दु:ख दिएपछि प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि वन कार्यालयलाई बोलाएर चितुवालाई नियन्त्रणमा लिएको हो।, अहिले उक्त चितुवालाई ललितपुरको जावल...
सेतोपाटी संवाददाता काठमाडौंको कालिमाटीमा शंखधर साख्वाः को मूर्ति फेला परेको छ।, शनिबार काठमाडौं महानगर प्रहरी टोलीले परोपकार पुलमुनि शंखधर साख्वाःको मूर्ति फेला परेको महानगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए।, उनका अनुसार उक्त मूर्ति शनिबार फेला परेको थियो। तर भेटिएको स्थानबाट आइतबार मात्र निकालिएको हो।, ‘क...
सेतोपाटी संवाददाता काठमाडौंको स्युचाटारमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।, आइतबार अपरान्ह साढे ५ बजे नागार्जुन नगरपालिका-१० स्युचाटार अमरज्योति स्कुल नजिकैको घरमा एक पुरूषलाई करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।, स्युचाटारमा डेरा गरी बस्ने २८ वर्षीय दुर्गानन्...
सेतोपाटी संवाददाता महोत्तरीको सम्सी गाउँपालिका-२ पर्साका असलम शेखले आफ्नो पसलमा काम गर्ने खुर्सीद अन्सारीलाई चरम यातना दिएका कारण उनको मृत्यु भएको छ। , उनको मृत्युसँगै गएको बुधवारको उक्त घटनाको भिडियो बाहिरिएको छ। , ४० वर्षीय खुर्शीदलाई असलम शेखले नग्न बनाई चरम यातना दिएको उक्त भिडिओमा देखिन्छ। , खुर्सीद असलमको पसलमा ...
सेतोपाटी संवाददाता बैतडीकी माया लुहार हत्याका आरोपित भरतराम कोली पुर्पक्षका लागि करागार चलान भएका छन्।, प्रहरीले अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा पौस ५ गते प्रतिवेदन बुझाएपछि ६ गते जिल्ला अदालत बैतडीले उनलाई पुर्पक्षका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक योगेश खत्...
सेतोपाटी संवाददाता भक्तपुरमा आगलागी हुँदा ५ महिने शिशुको मृत्यु भएको छ। , सूर्यविनायक नगरपालिका-६ पाण्डुबजार हाइटस्थित युनिटी टोल डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-१ घर भएकी सर्मिला मोक्तानको कोठामा आगलागी भएको जिल्ला प्रहरी परिसरका एसपी प्रजित केसीले जानकारी दिए।, आइतबार साँझ करिब ६ बजे आगलागी हुँदा आगोले जले...
सेतोपाटी संवाददाता झापाको शिवसताक्षी –१० टेक्रा स्थित कनकाई नदीको काँसघारीमा फेला परेको शवको पहिचान खुलेको छ।, उक्त शव कनकाई नगरपालिका वडा नम्बर ४ बस्ने ५५ वर्षीय पदमलाल बाँस्तोलाको भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।, बाँस्तोला बुधबारदेखि बेखबर थिए। स्थानीयले उनको हत्या भएको बताएका छन्।, ‘शरीरका केही भागमा च...
सेतोपाटी संवाददाता झापाको कन्काई नदी छेउमा एक पुरूषको शव फेला परेको छ। , शिवसताक्षी नगरपालिका-१० टेक्रास्थित कन्काई नदीको काँस घारीमा बिहीबार साँझ ५ बजेतिर एक पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जानकारी दिए। , उनका अनुसार ती पुरूषको मृत्यु शंकास्पद छ। अहिले नै के भएको भन्नेबारे विस्तृतमा...
युनिक श्रेष्ठ केन्द्रीय कारागार कार्यालयले 'सिरियल किलर' चार्ल्स शोभराज कैदमुक्त भए पनि भोलिमात्रै अध्यागमन विभागलाई बुझाउने भएको छ।, केन्द्रीय कारागार जगन्नाथदेवलका सुरक्षा स्रोतका अनुसार उनलाई भोलिमात्रै अध्यागमन विभागमा बुझाउने भएको हो। , शोभराजका वरिष्ठ अधिवक्ता गोपाल शिवाकोटीले पनि भोलिमात्रै बुझाउने तयारी रहेको ...
सेतोपाटी संवाददाता बैतडीमा शिक्षक धनबहादुर विष्टको हत्या गरेको आरोपमा पक्राउ परेका श्रीमान–श्रीमतीलाई प्रहरीले सार्वजनिक गरेको छ।, बिहीबार पत्रकार सम्मेलन गरेर प्रहरीले उनीहरूलाई पक्राउ गरेर सार्वजनिक गरेको हो। , शिक्षकको हत्या आरोपमा पुर्चौडी नगरपालिका–३ न्वादेउकी विमला बोहरा र उनका श्रीमान प्रजा बोहरालाई प्रहरीले पक...
सेतोपाटी संवाददाता 'मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियान' अन्तर्गत बिहीबार महोत्तरी र धनुषा जिल्लाका दलित तथा सीमान्तकृत बस्तीहरूमा 'छोरी शिक्षा बीमा जागरूक सचेतना कार्यक्रम' आयोजना गरिएको छ।, सामाजिक विकास मन्त्रालयले, युरोपियन युनियन र युनिसेफको साझेदारीमा पहिलो चरणअन्तर्गत मधेस प्रदेशको आठ वटै जिल्लामा सचेतनाका ...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतको आदेशपछि कैदमुक्त हुन लागेका सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराजलाई कारागारले अध्यागमन विभागलाई बुझाउने भएको छ। , केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेका उनलाई कैदमुक्त गरी आजै अध्यागमन विभागलाई बुझाउने तयारी रहेको जेलर ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए। अहिले नै उनी छुटिसकेका भ...
सेतोपाटी संवाददाता केन्द्रीय कारागार कार्यालयले 'सिरियल किलर' चार्ल्स शोभराज बिहिबार कैदमुक्त भए पनि आज मात्रै अध्यागमन विभागलाई बुझाउने भएको छ।, केन्द्रीय कारागार जगन्नाथदेवल सुरक्षा स्रोतका अनुसार उनलाई आज १० बजेपछि अध्यागमन विभागमा बुझाउने तयारी गरिएको हो।, शोभराजका वकिल वरिष्ठ अधिवक्ता गोपाल शिवाकोटीका अनुसार कागज...
रासस कैलालीस्थित टीकापुर सामुदायिक पुस्तकालयका उत्कृष्ट पाठकलाई रु १० हजार पुरस्कार प्रदान गरिएको छ।, महिनाभरि पुस्तकालयमा आई अध्ययन गर्ने उत्कृष्ट पाठकलाई पुरस्कार दिने घोषणाअनुसार मङ्सिर महिनाको पाठकका रुपमा टीकापुर सरोकार समूहले टीकापुर बहुप्राविधिक शिक्षालयका विद्यार्थी उपेन्द्र चौधरीलाई पुरस्कार प्रदान गरेको छ।, ...
सेतोपाटी संवाददाता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम रहेकोले मास्क प्रयोग गर्न आग्रह गरेको छ।, मन्‍त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले फरक स्वरूपमा कोरोना संक्रमणको जोखिम देखिएकोले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सबैमा मास्कको प्रयोग गर्न आग्रह गर्दै विज्ञप्ति निकालेका छन्।, ‘मास्क प्रय...
सेतोपाटी संवाददाता कञ्चनपुरको बेलौरी नगरपालिका–१ मा गए राति एक घरमा अज्ञात समूहले गरगहना चोरी गरेको छ।, गरगहनासहित ७ लाख रुपैँया बराबरको चोरी भएको हो।, ललिता भट्टको घरबाट नगदसहित सुनका गरगहना गरी ७ लाख बराबर चोरी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरत गिरीले बताए।, उनकाअनुसार चोरी गर्ने समूहको खोजी...
सेतोपाटी संवाददाता बैतडीको मेलौलीमा अस्पताल निर्माण गर्ने विषयमा विवाद हुँदा ३५ जना घाइते भएका छन्।, नगरपालिकाको वडा नम्बर १ मा अस्पताल बनाउने निर्णय भएको थियो।, तर वडा नम्वर ७ का स्थानीयले आफ्नो ठाउँमा अस्पताल बनाउनुपर्ने माग राखेका छन्।, सोही विषयमा विवाद हुँदा दुई वडाका स्थानीयहरूबीच झडप भएको हो।, जिल्ला प्रहरी कार...
सेतोपाटी संवाददाता हाल देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सु/कुहिरो लागेको छ। , मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।, आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।, देशका अधिकांश भूभागमा ताप...
सेतोपाटी संवाददाता चितवनको नारायणगढ-गोन्द्रङमा ६ लेन सडक बिस्तारका लागि घर भत्काउन थालिएको छ।, सडक क्षेत्रभित्र परेका घरहरु शुक्रबारदेखि भत्काउन थालिएको हो।, सडक डिभिजन कार्यालय भरतपुरले नारायणगढको पुल्चोकबाट घर भत्काउन सुरु गरेको छ। यो सडक निर्माणका क्रममा ५८ वटा घर भत्काउनुपर्ने देखिएको सडक डिभिजन कार्यालयका प्रमुख ...
भगवती पाण्डे २०७० सालमा कालिका माविको भवन मागेर स्नातक कक्षा शुरू गरेको बुटवल कालिका क्याम्पस स्थापनाको ९ वर्षमै उत्कृष्ट क्याम्पस बन्न पुगेको छ। , बिबिएस, बिएड र बिसिएको पढाई हुने यो क्याम्पस त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसमध्ये सबैभन्दा कान्छो सामुदायिक क्याम्पस हो।, कक्षा १२ सम्मको पढाईमा देशकै उत्कृष्ट साम...
नारायण न्यौपाने नेपाली सेनाले राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकता र चर्चामा रहेको काठमाडौं–तराई मधेस द्रुतमार्गको काम चाँडो सक्न  समन्वय तथा अनुगमनसम्बन्धी समिति गठन गरेको छ।, ‘आजको सुरूआत, भोलिको आधार: काठमाडौं–तराई मधेस द्रुतमार्ग’ भन्ने नाराकासाथ नेपाली सेनाको व्यवस्थापनमा यो आयोजना अघि बढिरहेको छ।, ने...
सेतोपाटी संवाददाता सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज जेलमुक्त भएका छन्।, सर्वोच्च अदालतको बुधबारको आदेशपछि शोभराज शुक्रबार जेलमुक्त भएका हुन्।, १९ वर्षदेखि कैद सजाय काटिरहेका फ्रेन्च नागरिक चार्ल्स शोभराजलाई (बुधबार) छोड्न र १५ दिनभित्र देश फर्काउन भन्दै सर्वोच्च अदालतले आदेश दिएको थियो।, सर्वोच्चको आदेश अन...
सेतोपाटी संवाददाता गरिब तथा असाहय बिरामीको उपचार गर्दै आएको म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको अध्यक्षमा पत्रकार हरिकृष्ण गौतम निर्वाचित भएका छन्।, कोषको चौंथो अधिवेशनले सर्वसम्मत रुपमा कार्यसमिति निर्वाचित गरेको छ। , कोषका प्रथम उपाध्यक्षमा खमबहादुर थापा, द्वितीय उपाध्यक्षमा लोकबहादुर पुन, महासचिवमा विन...
सेतोपाटी संवाददाता १९ वर्ष जेल बसेर छुटेका चार्ल्स शोभराजलाई भोलि मात्र फ्रान्स पठाइने भएको छ।, अधिवक्ता निहिता विश्वासले आज कागजी प्रक्रिया नसकिएकोले भोलि मात्र फ्रान्स पठाइने बताइन्।, ‘मलाई गृह मन्त्रालयबाट फोन आएको थियो। उताबाट आजै सबै कागजी प्रक्रिया नसकिएकोले शोभराजलाई भोलि मात्र फ्रान्सलाई पठाइने भएको छ’, उनले भ...
रासस काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाको एकीकृत गुरूयोजना निर्माण सुरू गरेको छ।, सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि यो कार्यक्रम समावेश गरिएको छ।, काठमाडौं उपत्यकाको एकीकृत गुरूयोजना नेस्ट जियोकन प्यारागन जेभीले निर्माणको ठेक्का पाएको प्राधिकरणका सूचना अधिकारी ...
नवीनबाबु गुरूङ सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराज जेलमुक्त भएका छन्।, सर्वोच्च अदालतको बुधबारको आदेशपछि शोभराज शुक्रबार जेलमुक्त भएका हुन्। अध्यागमन लैजाने क्रममा पत्रकारहरूलाई भने उनको फोटो/ भिडिओ खिच्न दिइएन। शोभराजै आग्रहमा प्रहरीले यसो गरिएको बुझिएको छ।, १९ वर्षदेखि कैद सजाय काटिरहेका फ्रेन्च नागरिक चार्...
सेतोपाटी संवाददाता उत्तरी गोरखामा ढुंगा लागेर घाइते भएकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको छ।, चुमनुब्री गाउँपालिका बिही गाउँमा ढुंगा लागेर घाइते भएकी २१ वर्षीया छानी गुरूङलाई हेलिकप्टरबाट उद्धार गरिएको हो।, उनलाई काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएको छ। उनको उपचार जारी छ।, उनी धार्चे गाउँपालिका वड...
सेतोपाटी संवाददाता १९ वर्षपछि जेलबाट छुटेका विकिनी किलर चार्ल्स शोभराजलाई १० वर्ष नेपाल आउन नपाउने गरि निष्कासन गरिएको छ।, गृह प्रवक्ता फडिन्द्र मणि पोखरेलका अनुसार शोभराजलाई १० वर्ष नेपाल फर्कन नपाउने गरि निष्कासन गर्ने निर्णय गृह मन्त्रालयले गरेको छ।, ‘चार्ल्स शोभराजलाई १० वर्ष नेपाल आउन नपाउने गरि ‘डिपोट’ गर्ने गृह...
सविता बुढा गत पुस ३ गते साँझ अत्तरियाको पूर्व-पश्चिम राजमार्गमा कैलालीको घोडाघोडीका सुनचाँदी पसल सञ्चालक विकास सुनारमाथि गोली प्रहार भयो।, अत्तरियाबाट पसल बन्द गरेर साँझ घर फर्किने क्रममा गोली प्रहार गरेर उनको साथबाट पैतिस तोला सुन र केही नगद लुटेर पनि लगेको सुनारको भनाइ छ।, उनीमाथि तीन राउण्ड गोली प्रहार भयो। गोली ला...
सेतोपाटी संवाददाता बादी समुदायबाट पहिलो पटक उच्च शिक्षा हासिल गरेका बादी युवतीहरूले सरकारले बादी युवतीहरूको शिक्षामा विभेद गरेका कारण बादी युवतीहरू बाध्यात्मक यौन व्यवसाय अगाल्न बाध्य भएको बताएका छन्।, राजधानीमा आयोजित कार्यक्रममा बोल्दै बादी समुदायबाट पहिलो पटक व्यापारमा स्नाकोत्तर गरिरहेकी देबीसरा बादी र अधिवक्ता बन...
सेतोपाटी संवाददाता १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पुरूषलाई प्रहरीले पक्राउ गरेको छ। , सूर्यविनायक नगरपालिका-४ मोर्डन चोक बस्ने सर्लाही हरिपुर नगरपालिका-६ का २९ वर्षीय महमद आरिफ शेखलाई प्रहरीले पक्राउ गरेको हो। उनी सोमबार साँझ पक्राउ परेका हुन्।, उनले ती किशोरीलाई सूर्यविनायक नगरपालिका-४ मोर्डन चोकमा...
सेतोपाटी संवाददाता धादिङमा बस र माइक्रो ठोक्किँदा एक जनाको मृत्यु भएको छ।, मंगलबार दिउँसो साढे १ बजे गजुरी गाउँपालिका-२ बिहानीपम्पस्थित पृथ्वी लोकमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ।, काठमाडौंबाट बेसिशहर जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रो (हाइस) र विपरीत दिशाबाट आउँदै गरेको लु २ ख २६४४ नम्बरको बस ठोक्किएका हु...
सेतोपाटी संवाददाता धनगढी उपमहानगरपालिका–९ मा  मंगलबार बिहान चोरी गर्न आएका समूह र स्थानीयबीच भएको मुठभेडपछि गोली चलेको छ।, प्रहरीका अनुसार धनगढी–९ स्थित शिवरामनगर टोलमा लुटपाट गर्न आएका हतियार धारीको समूहलाई गाउँलेले लखेटेपछि भागेका थिए। , गाउँलेले घेरेपछि चोरले हवाई फायर गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कैलालीक...
राजेश घिमिरे अपरान्ह ४ बजेतिर रामनगरका नुरेश्वर अधिकारी र विश्वास बास्तोला हस्याङफस्याङ गर्दै जुगेडी बजारतर्फ ओर्लिरहेका थिए। नारायणगढ-मुग्लिन सडकमा पर्ने जुगेडी बजारबाट करिब डेढ घन्टा पैदल हिँडेपछि पुगिने मगर खहरेबाट फर्किएका हुन् उनीहरू।, मगर खहरे भरतपुर महानगरपालिकामा पर्ने कविलासको पहाडमा रहेको मुहानबाट निस्किएको ...
सेतोपाटी संवाददाता झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।, बाह्रदशी गाउँपालिका-१ बस्ने ३७ वर्षीय जगतबहादुर भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जानकारी दिए।, मंगलबार दिउँसो सवा ४ बजे कचनकवल गाउँपालिका-१स्थित पश्चिम देउराली चारकोशे सामुदायिक वनमा भुजेल घाँस दाउरा लिएर फर्किँदै थिए...
भगवती पाण्डे पाल्पामा नेपाली सेनाले भवन निर्माणका लागि जग खन्दै गर्दा पुराना तोपका गोला फेला परेका छन्।, पाल्पाको जिल्ला सदरमुकाम तानसेन नगरपालिका वडा नं. ४ सिल्खान टोलको गोलाखानामा नेपाली सेनाको दि फेशम महिन्द्र दल गणले भवन निर्माणको लागि जग खनिरहेको थियो।, जग खन्ने क्रममा मंगलबार जमिनमुनि गाडिएको अवस्थामा धेरै वर्ष ...
नवीनबाबु गुरूङ काठमाडौं महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा डोजर चलाएको छ।, धोविखोलास्थित देवीनगरको सरकारी जग्गामाथि अवैध रूपमा बनाइएका संरचनामा डोजर चलाएको काठमाडौं महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए। , 'अवैध रूपमा बनाइएका संरचनामा डोजर चलाइएको हो,' उनले भने, 'आफैं भत्काउन भन्दा पनि नटेरेका कारण आज ड...
विवेक राई काठमाडौं महानगर प्रहरीका सई लोकनाथ चुडालले नगर प्रहरीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै मंगलबार पदबाट राजीनामा दिएका छन्। उनले महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले तलका कर्मचारीहरूमाथि अत्याचार गर्ने हुँदा आफूले राजीनामा दिएको बताएका छन्।, चुडालका अनुसार गत भदौयता महानगर प्रहरीको नेतृत्व सम्हालेका राजु पा...
मन्दिरा घिमिरे काठमाडौं महानगरपालिकाको गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) मा झन्डै २२ हजार फोन आएको छ।, राष्ट्रिय सभा गृहबाट सञ्चालन भइरहेको कल सेन्टरमा ६ महिनाको अवधिमा २१ हजार ८८६ जनाले फोन गरी गुनासो तथा सोधपुछ गरेको काठमाडौं महानगरका सञ्चार विभागका भरत पोखरेलले जानकारी दिए। कल सेन्टर गत जेठ २३ गतेदेख...
सेतोपाटी संवाददाता पर्साको कार्टुन उद्योगमा आगलागी हुँदा १४ करोड बराबरको क्षति भएको छ। , मंगलबार मध्यराति बिन्दबासिनी गाउँपालिका-२ गर्दौलस्थित बाबा प्रिन्‍टिङ एन्ड प्याकेजिङ इन्ड्रस्ट्रिज प्रालिमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए।, आगलागी भएपछि वीरगन्ज महानगरपालिकाबाट दुई वटा, पोखरिय...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा डोजर चलाउने भएको छ। , धोविखोलास्थित देवीनगरको सरकारी जग्गामा अवैध रूपमा बनाइएका संरचनामाथि डोजर चलाउन लागेको काठमाडौं महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकरी दिए। , उनका अनुसार अवैध रूपमा बनाइएका संरचनामाथि डोजर चलाउन लागिएको हो। , 'अवैध रूपमा बनाइ...
सेतोपाटी संवाददाता पर्सामा झगडा हुँदा एक जनाको मृत्यु भएको छ।, जिराभवानी गाउँपालिका-४ ठेकरीया बस्ने ३६ वर्षीय सैमुल्लाह राउत गद्दीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए।, उनी बुधबार बिहान ४ बजे घरमा गम्भीर अवस्थामा भेटिएका थिए। उनलाई सोही ठाउँका २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा कुटप...
शेरबहादुर सिंह महेन्द्रनगर भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले दैनिकजसो अवलोकनका लागि आउने पर्यटकका लागि महाकाली नदीमा अवस्थित दोधारा चादँनी झोलुङ्गे पुल क्षेत्र वरपर सार्वजनिक शौचालय नभएको दुःखेसो पोखे।, विसं २०६० को दशकमा दोधारा चादँनी नगरपालिकालाई पहिलोपटक मूलधारसित जोडेको एसियाकै लामो करिब डेढ किलो...
भगवती पाण्डे मानव बेचबिखन मुद्दामा अदालतबाट ३० वर्ष कैद सजाय भई फरार रहेका एक जनालाई रूपन्देही प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ।, कपिलवस्तुको चन्द्रौटाका दुई जना महिलालाई भारतमा लगेर बेचेको अभियोगमा २०७४ सालमा जिल्ला अदालत कपिलवस्तुबाट ३० वर्षको कैद र २ लाख ५० हजार जरिवाना तोकिए पनि फरार रहेका रूपन्देहीको कञ्चन गाउँप...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले महानगरमा कार्यरत पाँच अधिकारीहरूको सरूवा गरेको छ।, मंगलबार महानगरपालिकाले काठमाडौं महानरपालिकामा कार्यरत पाँच जना कर्मचारीको सरूवा गरेको काठमाडौं महानगरपालिकाका सह-प्रवक्ता महेश काफ्लेले जानकारी दिए।, उनका अनुसार काठमाडौं महानगरमै कार्यरत पाँच जना कर्मचारीको अन्य विभागमा सरूव...
सेतोपाटी संवाददाता बैतडीका शिक्षक धनबहादुर विष्टको मृत्यु प्रकरणमा छानबिन नभएको भन्दै आन्दोलन गर्न संघर्ष समिति गठन भएको छ। , बुधबार सो समितिले बिहानैदेखि जिल्लाका विभिन्न स्थानमा यातायात अवरूद्ध पारेको थियो। , यातायातका साधन चल्न नसकेपछि प्रशासन र मृतकका आफन्तबीच छलफल भयो। , प्रहरीले घटनाबारे अनुसन्धान कहाँ कति भयो भ...
सेतोपाटी संवाददाता कञ्चनपुरमा १० वर्षीया छोरीलाई बलात्कारको आरोपमा बुवा पक्राउ परेका छन्। , बुधबार दोधारा चाँदनी नगरपालिकाका २७ वर्षीय बुवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।, प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले मंगलबार राति नाबालिका छोरीमाथि बलात्कार गरेको भन्ने आरोपमा लागेको छ ।, बालिकाकी हजुरआमाले उजुरी प्रहरी ...
सेतोपाटी संवाददाता चर्को ब्याजदर र प्रतिकूल बैकिङ नीतिविरुद्ध आन्दोलन घोषणा गर्दै विराटनगरका उद्योगी व्यवसायीले बिहीबारदेखि बन्द हड्तालमै उत्रिने योजना सार्वजनिक गरेका छन्। , उद्योगी व्यवसायीहरूले सरकार र नेपाल राष्ट्र बैंकले आफूहरूलाई विस्थापनमै पार्ने नियत राखेर चर्को ब्याजदर लादेको भन्दै आन्दोलनमा जानुपर्ने बाध्यता...
सेतोपाटी संवाददाता बुटवलको सोह्र छत्तीस कुलोको किनारमा एक महिलाको शव फेला परेको छ।, अन्दाजी ३५ वर्षीया महिलाको शव बुधबार बिहान १६ छत्तीस कुलोमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।, बुटवल उपमहानगरपालिका वडा नं. ९ र वडा नं. ११ को बीच भएर बग्ने उक्त कुलोमा भेटिएको शव रातीको समयमा कसैले ल्याएर फालेको हुनसक्ने...
सेतोपाटी संवाददाता घाँटीमा मासु अड्किएर दैलेखमा एक जनाको मृत्यु भएको छ।, कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार बिहान खसीको मासु खाँदा घाँटीमा अड्किएर नारायण नगरपालिका–६ भूर्तिका ३८ वर्षीय वीरबहादुर सार्कीको मृत्यु भएको हो।, सवा दश बजेतिर घाँटीमा अड्किएको मासु ननिक्लिएपछि उनको उपचारका लागि जिल्ला अस्पताल दैलेख...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपाकलिकाले बालाजु औद्योगिक क्षेत्रभित्र बारूण यन्त्र शाखा सञ्चालनमा ल्याएको छ।, विपदको समयमा छिट्टै सेवा दिन पाइयोस् भनी बालाजुमा समेत बारूण यन्त्र सञ्चालनमा ल्याइएको विपद व्यवस्थापन विकासका निर्देशक रविनमान श्रेष्ठले जानकारी दिए। , उनका अनुसार महानगरको उत्तरी भेग बालाजुमा बारूण यन्त्र...
सेतोपाटी संवाददाता सर्वोच्च अदालतले सिरियल किलर चार्ल्स शोभराजलाई कैदमुक्त गर्न आदेश दिएको छ। , बुधबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई कैदमुक्त गर्न आदेश दिएको हो। अन्य मुद्दामा थुनामा बस्न नपर्ने भएमा आजैदेखि कैदमुक्त गर्न र १५ दिनभित्र आफ्नै देशमा फर्काउने व्यवस्था मिलाउन आ...
सेतोपाटी संवाददाता प्रहरी वृत्त सोह्रखुट्टेको हिरासतमा रहेका एक जना थुनुवा फरार भएका छन्।, बुधबार दिउँसो करिब ३ बजे जिल्ला अदालत काठमाडौंबाट एक जना आरोपी फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।, फरार हुनेमा भारतीय नागरिक १९ वर्षीय सचिनकुमार छन्।, लागु औषध नाइट्राभेटसहित पक्राउ परेक...
एजेन्सी चीनमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेपछि भारतले पनि सतर्कता बढाएको छ।, चीनमा कोरोना संक्रमण अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ।, चीनका स्वास्थ्य अधिकारीका अनुसार आगामी केही महिनामा त्यहाँ करिब ८० करोड मानिस कोरोना भाइरसबाट संक्रमित हुनसक्ने बिबिसीले जनाएको छ।, ओमिक्रोनको सबभेरियन्ट बिएफ-७ का संक...
सेतोपाटी संवाददाता हाल प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही तराईका थोरै भू-भागमा हुस्सु लागेको छ।, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालको पुर्वी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ।, यसको प्रभावले आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। र...
सेतोपाटी संवाददाता पर्सामा महिलाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। , बुधबार बिहान साढे ५ बजे वीरगन्ज महानगरपालिका-२७ जसौलीस्थित सडकमा एक महिला मृत फेला परेकी थिइन्। उनी सोही ठाउँकी ३० वर्षीया रिंकु कुमारी हुन्।, उनको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डि...
सेतोपाटी संवाददाता तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ खानिखोलामा सडक भासिएको छ।, आज बिहान करिब १० बजेतिर सडक भासिएपछि पृथ्वीराजमार्ग अवरूद्ध भएको छ।, सडक चौडा गर्ने क्रममा पुलनजिकै सडक भासिएको हो।, जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काका अनुसार सडक डाइभर्सन बनाउन खोज्दा सडक भासिएको हो।, ‘सडकमा ठूलो...
सेतोपाटी संवाददाता राजश्व चुहावट गरेको आरोपमा काभ्रेको तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ७ जनाविरूद्ध भ्रष्टाचारको आरोपपत्र दायर भएको छ। , अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार काठमाडौंस्थित विशेष अदालतमा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ७ जनाविरूद्ध आरोपपत्र दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकार...
सेतोपाटी संवाददाता पाँचथरमा जेसिबीले पहाड कोट्याउने क्रममा ढुंगाले लागेर एक युवकको मृत्यु भएको छ।, आइतबार बिहान साढे १० बजे याङवरक गाउँपालिका-३ सामाखुस्थित इङ्वा हाइड्रोपावरको जेसिबीले बाटो निर्माण गर्न पहाड कोट्याइरहँदा ढुंगा झरेको हो। उक्त ढुंगाले लागेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दि...
सेतोपाटी संवाददाता सल्यानको सिद्धकुमाख गाउँपालिकाका कर्मचारीले कार्यालयको कामकाज रोकेका छन्। गाउँपालिकाकाका इञ्जिनियर विवेकमान बस्नेतमाथि ठेकेदार पक्षले हातपात गरेपछि पालिकामा कार्यरत कर्मचारीले कामकाज रोकेका हुन्।, आइतबार बेलुका गाउँपालिकाका अध्यक्ष भरत गिरीसहितको प्राविधिक टोलीलाई वडा नम्बर २ बाट अवलोकनका लागि बोलाइ...
एजेन्सी पाँच वर्षअघि रहस्यमयी तरिकाले मृत्यु भएका क्यानडाका एक अर्बपति जोडीका हत्यारा पत्ता लगाउनेले साढे ३ करोड डलर इनाम घोषणा गरिएको छ।, सन् २०१७ डिसेम्बर १५ मा ब्यारी र हनी सेर्मनको जोडी आफ्नै घरको स्विमिङ पुलमा मृत भेटिएको सिएनएनले जनाएको छ।, सुरूमा उनीहरूले आत्महत्या गरेको अनुमान गरिएको थियो। पछि उनीहरूको हत्या भ...
सेतोपाटी संवाददाता धनगढीमा ग्रेडरको ठक्करबाट मृत्यु भएकी चेतना साउँदको घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। , गत मंसिर १५ गते धनगढीमा पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्ने बालिका साउँदको बिहान स्कुल जाने क्रममा ग्रेडरले च्यापेर मृत्यु भएको थियो। , गत मंसिर १६ गते मृतकका बालिकाका आफन्तले चालक र निर्माण कम्पनी...
सेतोपाटी संवाददाता दलित समुदायप्रति चोट पुग्ने गरी अभिव्यक्ति दिएकोमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले क्षमा मागेका छन्। , आइतबार उपमहानगरपालिकाका मेयर साम्पाङले एक विज्ञप्ति जारी गर्दै क्षमा मागेका हुन्।, उनले ठट्यौली उखानको शैलीमा चमारे शब्दको प्रयोग गर्दा दलित समुदायलाई दु:ख लागेको बताउँदै क्षमा मागेका हुन...
सेतोपाटी संवाददाता काठमाडौं महानगरपालिकाले घरमै कुहिने फोहोरबाट कम्पोष्ट मल बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सहुलियत दरमा कम्पोष्ट बिन वितरण सुरू गरेको छ।, स्थानीय बासिन्दाले आफ्नो घरको जैविक फोहोरबाट कम्पोष्ट मल बनाएर प्रयोग गर्न सकुन् भनेर यो कार्यक्रम कार्यान्वयन गरिएको महानगरपालिकाको वातावारण विभागकी उपनिर्देशक स...
रासस कैलालीको अत्तरियामा गोली चलेको छ।, सुन व्यवसाय सञ्चालन गर्ने घोडाघोडी नगरापलिका–१ बस्ने २८ वर्षीय विकास सुनारमाथि गोली चलेको हो।, मोटरसाइकलमा यात्रा गरिरहेका विकासमाथि अत्तरियाको पूर्व रोडमा रहेको सशस्त्र प्रहरी कार्यालय नजिकै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी...
सेतोपाटी संवाददाता कतारमा जारी विश्वकपमा सट्टेबाजी गराउने थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई भक्तपुरबाट पक्राउ गरेको एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। , भक्तपुरको चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने ३१ वर्षीय सुनिल चौगुठी र सूर्यविनायक नगरपालिका-...
रासस सोलुखुम्बुमा भरुवा बन्दुक र खुकुरी लिएर धाकधम्की दिँदै गरेको अवस्थामा दुई युवक पक्राउ परेका छन्।, माप्य दूधकोसी गाउँपालिका–२ का ३२ वर्षीय खगेन्द्र राई र सोही ठाउँका २४ वर्षीय प्रवेश राईलाई प्रहरीले पक्राउ गरेको हो।, उनीहरूलाई शनिबार सोलुदूधकुण्ड नगरपालिका–१ बाट एक थान भरुवा बन्दुक र एक थान खुकुरीसहित पक्राउ गरिएक...
सेतोपाटी संवाददाता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई आफूखुसी बिदा नबस्न आग्रह गरेको छ।, मन्त्रालयले बिदा बस्नुअघि जानकारी दिन भनेको हो।, जिल्ला समन्वय समितिका कार्यालय र स्थानीय तहहरूलाई पत्राचार गर्दै मन्त्रालयले पूर्वस्वीकृतिबिना बिदा नबस्न भनेको छ।, मन्त्रालयका उपसचिव रवीन्द्रजंग थापाले पत्रा...
सेतोपाटी संवाददाता काठमाडौंबाट प्रहरीले चोरी तथा डाँका गरेको आरोपमा पक्राउ गरेका १० जनालाई पुर्पक्षको लागि कारागार चलान गरेको छ।, कात्तिक २८ गते बसुन्धराको एक घरमा मानिसलाई बन्धक बनाएर चोरी तथा डकैती गरेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको थियो।, उनीहरूलाई शुक्रबार जिल्ला अदालत काठमाडौंले पुर्पक्षको लागि थुनामा प...
सेतोपाटी संवाददाता काठमाडौंको एक घरबाट खसेर एक जना वृद्धको मृत्यु भएको छ।, आइतबार राति आफ्नै घरको कौसीबाट खसेर चन्द्रागिरि नगरपालिका-१४ नयाँ नैकाप बस्ने ९२ वर्षीय पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। , श्रेष्ठ दुई तलामाथि रहेको कौसीबाट खसेपछि गम्भीर घाइते भएका थिए। , गम्भीर घाइते रहेका उनको उपचारको लाग...
सेतोपाटी संवाददाता बारामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। , निजगढ नगरपालिका-१ स्थित सडकमा प्र.२-०३-००९ प ३९४३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।, आइतबार साँझ उक्त मोटरसाइकल प्र.२-०३-००१ ख ४२२९ ट्रकमा ठोक्किएको एसपी होबिन्द्र बोगटीले ...
सेतोपाटी संवाददाता नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्ज साइकल चढेर काठमाडौंबाट बंगलादेशको राजधानी ढाका पुगेका छन्।, सामाजिक सञ्जालमा उनले दिएको जानकारीअनुसार काठमाडौंबाट हिँडेको ९ दिनमा उनी ढाका पुगेका छन्।, उनी भारतको बाटो हुँदै १ हजार २५ किलोमिटर पार गरेर बंगलादेश पुगेका हुन्। ढाकामा उनलाई बंगलादेशस्थित जर्मन र...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले २३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरूवा गरेको छ। , सोमबार प्रहरी प्रधान कार्यालयले एसपीको काज सरूवा गरेको हो।, प्रहरीले आठ वटा जिल्ला प्रहरी कार्यालयका प्रमुखको हेरफेर गरेको हो। , काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका दुर्गाराज रेग्मीको जिल्ला प्रहरी कार्यालय झापामा सरूवा भएक...
सेतोपाटी संवाददाता कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। , सोमबार बिहान धनगढी उपमहानगरपालिका-३ स्थित लालीगुराँस होटलमा काम गर्ने २२ वर्षीय महेश भारतीको मृत्यु भएको हो। , विद्युतको तारमा अड्किएको बेलुनलाई फलामको रडले निकाल्ने क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। , उनलाई उपचारको लागि मायामेट्रो अ...
सेतोपाटी संवाददाता नेपाल प्रहरीले ९ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को काज सरूवा गरेको छ। , सोमबार प्रहरी प्रधान कार्यालयले ९ जना डिएसपीको काज सरूवा गरेको हो। , केन्द्रीय अनुसन्धान ब्‍यूरो (सिआइबी) महाराजगन्जमा रहेका दानबहादुर थापाको इलाका प्रहरी कार्यालय बुटवलमा सरूवा भएको छ।, बुटवलमा रहेका ठगबहादुर केसीको जिल्ला प्...
सेतोपाटी संवाददाता झापामा दुई जनाको शव फेला परेको छ। , सोमबार पौने ३ बजे मेचीनगर नगरपालिका-१३ चारआली जंगलमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जानकारी दिए। , मृतक एक जना पुरूष र अर्का महिला छन्। , डिएसपी पाठकका अनुसार दुबै जनाको पहिचान भइसकेको छैन। , ‘स्थानीयले शव देखेपछि प्रहरीलाई खब...
सेतोपाटी संवाददाता बैतडीमा मृत फेला परेका शिक्षकको हत्या गरिएको भन्दै विद्यार्थी तथा आफन्तहरू आन्दोलनमा उत्रिएका छन्।, अन्दाजी ५० वर्षीय शिक्षक धनबहादुर विष्ट शनिबार दिउँसो आफ्नै निवास बाहिरको पछाडि पट्टिको भिरालो भागमा मृत फेला परेका थिए।, उनी पाटनको कृष्ण माध्यमिक विद्यालयमा कार्यरत थिए। , सोमबार विष्ट कार्यरत रहेको...
सेतोपाटी संवाददाता खोटाङमा भीषण आगलागी हुँदा पाँच घर नष्ट भएको छ।, सोमबार अपरान्ह साढे ५ बजे केपिलाशगढी गाउँपालिकामा रहेको बजारमा आगलागी भएको हो।, आगलागी हुँदा चार घर जलेर पूर्ण रूपमा क्षति पुगेको र अर्को घर भत्काएर आगलागी नियन्त्रणमा लिइएको खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाइँले जानकारी दिए। , आगलागी अहिल...
सेतोपाटी संवाददाता झापाको चारआली जंगलमा मृत फेला परेका दुई जनाको पहिचान खुलेको छ। , सोमबार दिउँसो पौने ३ बजे मेचीनगर नगरपालिका-१३ चारआली जंगलमा दुई जनाको शव फेला परेको थियो। , उनीहरू श्रीमान-श्रीमती भएको खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले जानकारी दिए। , यसअघि उनीहरूको पहिचान हुनसकेको थिएन। , मृतक अर्ज...
शर्मिला ज्ञवाली पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढेर गएको छ।, मानव बेचबिखनको प्रवृत्ति (ट्रेन्ड) परिवर्तन हुँदा पीडित पक्षले झनै पीडा भोग्नुपर्ने समस्या गहिरिँदै गएको देखिएको छ। बेचबिखनमा देखिएका प्रवृत्तिगत भिन्नताका कारणले आन्तरिक तथा बाह्य श्रममा रहेका मजदूरका मानव अधिकार पनि उलङ्घन भएका छन्।, आन्तरिक...
सेतोपाटी संवाददाता पोखराबाट २७ लाख रुपैयाँ बराबरको सुनको गहना चोरी आरोपमा एक महिला पक्राउ परेकी छिन्।, ललाइफकाइ गरेर विभिन्न ९ जनाका सुनका गहना चोरी गरेको आरोपमा पर्वतको मोदी घर भएका टीका श्रेष्ठ पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश  टोलबाट पक्राउ परेकी हुन्।, पोखराका विभिन्न स्थानका वृद्ध–वृद्धाले लगाएका सुनका गहना तथ...